`

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सोमबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।

बैठकमा सरकारको कामकारबाहीका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

ईश्वर पोखरेलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । सो क्रममा पोखरेलले केहीबेरअघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिष्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

‘पार्टीलाई ठिक ढङ्गले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँ’
एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गरेका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन् । उनले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिन नहुने बताए । उनले जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिष्पर्धा भएको उल्लेख गर्दै यसलाई अस्वभाविक रुपमा लिन नहुने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धाको कुरा स्वभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिष्पर्धा हुन्थ्यो । अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिनु हुँदैन । दोस्रो कुरा, उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । यसमा अरु केही कुरा नै भएन । म चाहीँ पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत, विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको हुँ । म महाधिवेशनका प्रतिनिधि भएर आउनु भएका कार्यकर्ता साथीहरुलाई पार्टीलाई पुर्नव्यवस्थित, सांगठनिक, वैचारिक रुपमा पुर्नव्यवस्थित र नेतृत्वलाई अपडेटेड गर्नुपर्ने आवश्यकता रहेको कुरा आग्रह गर्न चाहन्छु ।’ उनले पार्टीलाई थप व्यवस्थित र पार्टी नेतृत्व अपडेट गर्नुपर्ने आवश्यकता रहेको व्यहोरा पार्टी कार्यकर्तालाई आग्रह गरे ।

 

बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते

सिड्नी (अस्ट्रेलिया) । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व)मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु हुनुको साथै कम्तिमा ४० जना घाईतेहरु अस्पतालमा भर्ना भएको न्यू साउथ वेल्स(एनएसडब्ल्यू)प्रहरीले सोमबार पुष्टि गरेको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्टमा गर्दै एनएसडब्लु प्रहरीले बोन्डीमा आइतबार भएको गोली हानाहानको पुष्टि गर्दै थप जानकारी चाँडै उपलब्ध गराइने बताएको छ ।

सिएनएनका अनुसार, यहुदी समुदायका प्रतिनिधिले ज्यान गुमाउनेहरूमा बालबालीकाहरु समेत रहेको पुष्टि गरेका छन् ।

अधिकारीहरूले घटना पछि बोन्डी समुद्र तट वरपरको क्षेत्र सील गरि अनुसन्धान जारी राखेको तथा हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

“अनुसन्धानकर्ताहरूले घटना स्थलमा अनुसन्धान गरिरहँदा बोन्डी समुद्र तट र बोन्डी क्षेत्रका वरपरका सडकहरू बन्द हुने र ड्रोनसहितका विमानहरूलाई अपराध स्थलमाथि उड्न निषेध गरिएको प्रहरीले जनाएको छ ।

हनुक्का मनाउन सयौं मानिसहरू भेला भएको अवस्थामा यहुदी समुदायलाई लक्षित गरिएको यो आक्रमणलाई आधिकारिक रूपमा आतंकवादी आक्रमण घोषणा गरिएको जनाइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले सामूहिक गोलीबारी पछि राष्ट्रका नाममा सम्बोधन गर्दै घटनाको निन्दा गरेका छन् । उनले उक्त घटनालाई “विनाशकारी आतङ्कवादी आक्रमणको रुपमा वर्णन गर्दै अस्ट्रेलियाको यहुदी समुदायसँग एकता व्यक्त गरेका छन् ।

उनले घटना “हनुक्का मनाइ रहेका यहूदी अस्ट्रेलियालीहरू लक्षित रहेको बताउदै आनन्दका साथ उत्सव, मनाई रहेका यहूदी विरोध, आतङ्कवाद भन्दै घटना हृदय विदारक भएको बताएका छन् ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्योनका अनुसार अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा भएको घातक गोली काण्डमा संलग्न दुई संदिग्ध वावु र छोरा छन् ।

पत्रकार सम्मेलनमा बोल्दै लान्यानोनले ५० वर्षीय बुबालाई प्रहरीले घटनास्थलमै गोली हानेर हत्या गरेको र २४ वर्षीय छोरालाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको र अवस्था गम्भीर रहेको बता्एका छन् ।

नजिकैको गाडीमा फेला परेका विस्फोटक उपकरणहरू अधिकारीहरूद्वारा सुरक्षित रूपमा हटाइएको पनि अधिकारीहरूले पुष्टि गरेका छन् ।

महाधिवेशन फुट्नका लागि होमवर्क होइन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गरेका छन् । सोमवार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्द सत्रस्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका उनले सो टिप्पणी गरेका हुन् । उपमहासचिव गुरुङले एमाले प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरुले पार्टी छोडने काम नगर्न जिकिर गरे । उनले पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पारे ।

निवर्तमान उपमहासचिव गुरुङले भने, ‘प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी हो । प्रतिष्पर्धामा विश्वास गर्ने हाम्रा नेताहरु हुुनुहुन्छ । यो फुट्नका लागि गरिएको होमवर्क होइन । यो त पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि यो गरिएको होमवर्क हो । को सक्षम नेता हो, कार्यकर्ताले मन पराएको नेता हो ? उनीहरुले विश्वास गरेको नेता को हो ? भन्ने कुराको कसी लगाउने थलो महाधिवेशन हो । हामी त्यही कसीमा उभिन्छौ । यो कसीबाट बाहिर निस्कदाखेरी जो विजयी भएर आउँछ, उसले पार्टीलाई सुदृढ ढंगले चलाउने गरेर उनीहरुले जितेका हुन्छन् । बाँकी जो पराजित हुन्छन, पराजित भएकाले पार्टी छोड्नु पर्छ भन्ने हामी मानसिकता राख्दैनौ । त्यसकारण उनीहरुको पनि भावना र विचारको सम्मान गर्दै हामी आफैभित्रको सत्तापक्ष र प्रतिपक्षको भावना नराखि सबै मिलेर अघि बढ्छौँ ।’ उपमहासचिव गुरुङले निर्वाचनमा पराजित हुनेहरुलाई समेटेर उनीहरुको भावनाको कदर गर्दै पार्टी अघि बढ्ने समेत बताए ।

 

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख विस्थापित

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये एक लाखभन्दा बढी बालबालिका रहेका छन् । यसबारे संयुक्त राष्ट्र बाल कोषले आइतबार जानकारी दिएको हो ।

संस्थाले दक्षिण किभुमा हिंसात्मक गतिविधि तीव्र रूपमा बढेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न द्वन्द्वमा संलग्न सबै पक्षलाई आह्वान गरेको छ ।

हिंसाले अझ फैलिँदै गएपछि विस्थापितको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ । डिसेम्बर २ यता भएको लडाइँका क्रममा कम्तीमा चार बालबालिकासहित सयौँ मानिसको ज्यान गएको छ ।

छिमेकी बुरुन्डीमा पनि हिंसाबाट भागेका व्यक्तिहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ । डिसेम्बर ६ देखि ११ सम्म पचास हजारभन्दा बढी नयाँ आगन्तुकहरू पहिचान भएका छन्, जसको करिब आधा बालबालिका रहेका छन् । शरणार्थीको पहिचान प्रक्रिया जारी रहेकाले यो सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।

यसै साता मार्च २३ आन्दोलन नामक विद्रोही समूहले दक्षिण किभुको दोस्रो ठूलो सहर उभिरा नियन्त्रणमा लिएको घोषणा गरेको थियो । यसअघि प्रान्तीय राजधानी बुकाभु फेब्रुअरीमा विद्रोही समूहको नियन्त्रणमा परेपछि उभिरालाई अस्थायी प्रशासनिक केन्द्रका रूपमा प्रयोग गरिएको थियो ।

विशेषज्ञहरूले उभिरा गुम्दा समयक्रममा दक्षिणपूर्वी क्षेत्रतर्फ मार्ग खुल्न सक्ने चेतावनी दिएका छन् । बाराका र फिजी क्षेत्रहरूमा पनि सरकारी सुरक्षा बल र विद्रोही समूहबीच झडप भइरहेको छ ।

सहोदर दाजु–भाइसहित यी हुन् ओली पक्षका खुला केन्द्रीय सदस्यका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट तयार पारिएको केन्द्रीय सदस्यको उम्मेदवार सूची सार्वजनिक भएको छ । कुल ३०१ उम्मेदवारमध्ये १२५ जनाले खुला प्रतिष्पर्धाबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यसै क्रममा, जाजरकोटका दुई सहोदर दाजुभाइ चन्द्रप्रकाश घर्ती (सीपी) र नारायण घर्ती ओली पक्षबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् । दाजु चन्द्रप्रकाश घर्ती यसअघि पनि केन्द्रीय सदस्य रहेका थिए भने उनका भाइ नारायण घर्ती पहिलो पटक उक्त पदमा उम्मेदवार बनेका छन् ।

सीपी घर्ती खुला जनजाति समूहबाट र नारायण घर्ती कर्णाली प्रदेशको युवा समूहबाट उम्मेदवार बनेका हुन् । नारायण घर्ती अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष समेत हुन् । उनी जाजरकोटबाट प्रतिनिधि बनेका थिए भने सीपी घर्ती केन्द्रीय सदस्यको रुपमा आयोजकका हिसाबले प्रतिनिधि बनेका थिए ।

हाल दाजु सीपी घर्ती भेरी नगरपालिकाका प्रमुखको जिम्मेवारी सम्हाल्दै छन् र दोस्रो कार्यकालका लागि सेवा दिइरहेका छन् । उनी अखिल नेपाल कम्युनिष्ट संगठन (अखिलको) सचिवालय सदस्यबाट बिदा भइसकेका छन् । ओली पक्षले स्पष्ट रूपमा आफ्नो पक्षका उम्मेदवारको सूची तयार गरी सबैले उम्मेदवारी मनोनयन गर्न निर्देशन दिएका छन् । यसैगरी, ईश्वर पोखरेल पक्षले पनि महाधिवेशनका सबै पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । विशेष रूपमा, जाजरकोटका दाजुभाइको उम्मेदवारीले आगामी निर्वाचनमा दुवै उम्मेदवारको विजयी हुने प्रबल सम्भावना बनाएको विश्लेषकहरू बताउँछन् ।

ओली पक्षबाट खुल्ला केन्द्रीय सदस्यका उम्मेदवार :
१) राजेन्द्र गौतम, संखुवासभा
२) भिम आचार्य, सुनसरी
३) अग्नी खरेल, झापा
४) लिलानाथ श्रेष्ठ, सिरहा
५) शेरवहादुर तामाङ, सिन्धुपाल्चोक
६) कृष्णगोपाल श्रेष्ठ, काठमाडौं
७) रघुजी पन्त, काठमाडौं
८) किरण गुरुङ, तनहु
९) गोरख वोगटी, हुम्ला
१०) लालवावु पण्डित, मोरङ
११) तुलसी न्यौपाने, संखुवासभा
१२) प्रेम दंगाल, सुनसरी
१३) देवेन्द्र दाहाल, झापा
१४) जितवहादुर दर्जी, झापा
१५) गोविन्द थापा, झापा
१६) दिपक कार्की, झापा
१७) विशाल भट्टराई, खोटाङ
१८) सुमन प्याकुरेल, सप्तरी
१९) अच्युत मैनाली, बारा
२०) इश्वरबहादुर रिजाल, दोलखा
२१) पार्वत गुरुङ, दोलखा
२२) माधव ढुंगेल, रामेछाप
२३) महेश वर्तौला, मकवानपुर
२४) यज्ञराज सुनुवार, ओखलढुङ्गा
२५) देवी ज्ञवाली, चितवन
२६) सुभाष देवकोटा, सिन्धुली
२७) यामवहादुर परियार, चितवन
२८) जगन्नाथ थपलिया, चितवन
२९) नारायणवहादुर सिलवाल, काठमाडौं
३०) किरण पौडेल, काठमाडौं
३१) डा. सूर्य पाठक, बागलुङ
३२) कृष्णवहादुर केसी, बागलुङ
३३) जीवन गौतम, दाङ
३४) पदम गिरी, पर्वत
३५) जगतबहादुर सुनार, कास्की
३६) खेममान खडका, रुकुम (पूर्व)
३७) सूर्यवहादुर थापा क्षेत्री, प्युठान
३८) खिमलाल भट्टराई, रुपन्देही
३९) दधिराम न्यौपाने, रुपन्देही
४०) सूर्य ढकाल, बाँके
४१) चेतनारायण आचार्य, रुपन्देही
४२) वलराम अधिकारी, कपिलवस्तु
४३) लक्ष्मीप्रसाद पोखरेल, दैलेख
४४) राजवहादुर वुढाक्षेत्री, दैलेख
४५) धर्मराज रेग्मी, सुर्खेत
४६) दलबहादुर रावल, हुम्ला
४७) निरज आचार्य, जाजरकोट
४८) दामोदर भण्डारी, बैतडी
४९) ऐनबहादुर महर, बझाङ
५०) भूमी त्रिपाठी, धादिङ
५१) लालवहादुर थापा, बाजुरा
५२) गणेश ठगुन्ना, दार्चुला
५३) हरदेव जोशी, दार्चुला
५४) झपटवहादुर वोहरा, अछाम
५५) राजेन्द्रसिंह रावल, कञ्चनपुर
५६) भागवत विश्वकर्मा, दाङ
५७) राजिव पहारी, कास्की
५८) गिरीधारीलाल न्यौपाने,
५९) अमन मास्के, काठमाडौं
६०) रस्मी आचार्य, कास्की
६१) खिम थापा,
६२) वालसिंह काउचा,
६३) नारायण मरासनी, स्याङ्जा
६४) कृष्ण अधिकारी, लमजुङ
६५) भिष्म अधिकारी, लमजुङ
६६) चिन्तन पठाक, झापा
६७) ऋषिकेश पोखरेल, मोरङ
६८) होमवहादुर थापा, झापा
६९) मिनवहादुर शाही, कालिकोट
७०) किसन श्रेष्ठ, तनहुँ
७१) शिवराज सुवेदी, रुपन्देही

युवा :

१) नरेश रोकाय, बाजुरा
२) सुशील थापा, दैलेख

महिला :

१) एलिजा गौतम, झापा
२) भगवति चौधरी –सुनसरी
३) गिता अधिकारी–झापा
४) सुनिता वराल–झापा
५) भारती पाठक–मकवानपुर
६) प्रभा वराल– चितवन
७) पार्वती रावल– चितवन
८) वालिका गिरी– चितवन
९) सिताकुमारी सुन्दास– स्यांजा
१०) मनकुमारी जिसी– वागलुङ
११) टुकाभद्र हमाल–लमजुङ
१२) प्रभा कोइराला – कास्की
१३) भगवती न्यौपाने– तनहू
१४) शोभा ज्ञवाली– वर्दिया
१५) कोमल वली– दाङ
१६) सरिता भुसाल –अर्घाखाँची
१७) सरिता भुसाल खनाल, नवलपरासी
१८) विमला अर्याल, नवलपरासी
१९) सन्तोषकुमारी शर्मा थापा, कैलाली
२०) निरुदेवी पाल –कंचनपुर
२१) लक्ष्मी केसी–नवलपरासी
२२) निर्मला पाठक (नर्मदा), झापा
२३) ज्ञानु केसी –रुपन्देही
२४) राधिका खतिवडा –सर्लाही
२५) सन्तना दाहाल, ललितपुर
२६) डोल्मा तामाङ –सिन्धुपाल्चोक
२७) विन्दु महर्जन– काठमाण्डौ
२८) विनादेवी राई, खोटाङ
२९) विना ज्ञवाली,
३०) सिता सुवेदी, वारा
३१) क्रान्ति वुर्लाकोटी, कास्की
३२) टीका ढकाल,
३३) देवका पहारी, कास्की
३४) विमला विक, बर्दिया
३५) सुशिला नेपाल, ललितपुर
३६) पद्या खडका, सुर्खेत
३७) वसन्ती अधिकारी,
३८) आरती पौडेल,
३९) रामकुमारी झाक्री, गुल्मी
४०) यसोदा रिमाल, लमजुङ
४१) उर्मिला सुनुवार, दोलखा
४२) सकुन्तला लेप्चा, इलाम
४३) कमलाकुमारी बोहरा, कंचनपुर
४४) तारा संजेल, ललितपुर
४५) शिवाकुमारी चौधरी,
४६) जलवर्षा राजवंशी, झापा
४७) अस्मिता थापा, ओखलढुङ्गा
४८) शिल्पा निराला कार्की, मोरङ
४९) सूर्यकुमारी श्रेष्ठ, दैलेख
५०) सरस्वती चिदी, पाल्पा
५१) सिता सिग्देल न्यौपाने, दाङ
५२) सकुन्तला श्रेष्ठ, भक्तपुर

एनपिएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका छन् ।

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् । अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । एनपिएलले नयाँ खेलाडी मात्र उत्पादन गर्ने नभई अन्तराष्ट्रियस्तरमा आफूलाई बलियो बनाउँदै लैजानेमा अध्यक्ष शाहको विश्वास छ ।

एनपिएलले सङ्गठनात्मक व्यवस्थापन र क्रिकेटको गुणस्तरका दृष्टिले उदाहरणीय मापदण्ड स्थापित गरेको उल्लेख गर्दै अध्यक्ष शाहले भविष्यमा नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि क्यानलाई निरन्तर सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

सुनिता डंगोल ओली प्यानलबाट केन्द्रीय सदस्य लड्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा प्रतिसपर्धा गर्ने भएकी छिन् । काठमाडौंको भृकुटिमण्डपमा जारी ११औं राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट प्रतिसपर्धा गर्ने भएकी हुन् । उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत महिला कोटाबाट उम्मेद्वार बन्ने भएकी हुन् ।

स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा रहेकी सुनितालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको स्थानिय निर्वाचनमा उपमेयरको टिकट दिएका थिए । मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाह निर्वाचित हुँदा एमाले उम्मेद्वार केशव स्थापित पराजित भएका थिए । तर, उपमेयरमा भने सुनिताले चुनाव जितेकी थिइन् ।

 

मोरोक्कोमा आएको आकस्मिक बाढीबाट १४ जनाको मृत्यु

राबात । मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्थानीय निकायले आइतबार जारी गरेको वक्तव्यमा यसबारे जानकारी दिएका हुन् ।

वक्तव्य अनुसार करिब एक घण्टाको अवधिमा परेको तीव्र मेघगर्जनसहितको वर्षाले प्रान्तका विभिन्न क्षेत्रहरूमा आकस्मिक बाढी निम्त्याएको हो । यसका कारण दर्जनौँ आवासीय घर तथा व्यापारिक प्रतिष्ठानहरू जलमग्न भएका छन् ।

यस अघि समाचारले सार्वजनिक गरेको विवरण अनुसार साफी नगरमा करिब ७० घर तथा व्यापारिक भवनहरूमा बाढी पसेको थियो भने १० वटा सवारी साधन बाढीले बगाएको थियो । बाढीका कारण सडक संरचनामा क्षति पुग्नुका साथै यातायात सञ्चालनमा व्यापक अवरोध सिर्जना भएको जनाइएको छ ।

स्थानीय प्रशासनका अनुसार हाल बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको छ भने क्षतिग्रस्त सडक, यातायात व्यवस्था तथा सार्वजनिक सेवाहरू पुनः सञ्चालनमा ल्याउने प्रयास तीव्र रूपमा अगाडि बढाइँदै छ ।

 

यु–१९ एसिया कप : नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

काठमाडौं। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्गशालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो ।

नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।

बलिङतर्फ बङ्गलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई दुई विकेट लिए ।

अहिले बङ्गलादेश जबाफी ब्याटिङ गरिरहेको छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो ।

यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले पदाधिकारी उम्मेदवारहरूको सूची अन्तिम रूप दिएको छ । ओली पक्षले सार्वजनिक गरेको प्यानलअनुसार अधिकांश पदमा पुरानै अनुहार दोहोरिएका छन् भने केही नयाँ समायोजन पनि देखिएको छ । उपाध्यक्ष पदका लागि रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार रहने तय भएको छ । महासचिवका दाबेदार मानिएका प्रदीप ज्ञवालीले पनि उपाध्यक्षमै उम्मेदवारी दिने भएका छन्।

यससँगै उपाध्यक्ष पदमा ओली पक्षबाट पाँच जनाको नाम अघि सारिएको छ । महासचिव पदमा हालका महासचिव शंकर पोखरेललाई नै निरन्तरता दिइने भएको छ । ओली पक्षले पोखरेललाई दोहोर्‍याउँदै संगठनात्मक स्थिरता कायम राख्ने सन्देश दिएको छ । उपमहासचिव पदका लागि विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ उम्मेदवार बन्ने भएका छन् ।

सचिव पदमा भने भानुभक्त ढकाल, पद्मा अर्याल र छबिलाल विश्वकर्मालाई पुनः उम्मेदवार बनाउने तयारी गरिएको छ । यस बाहेक सचिवका अन्य उम्मेदवारका रूपमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम प्यानलमा समेटिएको छ ।
ओली पक्षले पदाधिकारीको सूची सार्वजनिक गरेसँगै एमालेभित्र आन्तरिक प्रतिष्पर्धा थप तीव्र हुने देखिएको छ । महाधिवेशन नजिकिँदै जाँदा अन्य समूहहरूको रणनीति र सम्भावित गठजोडले पार्टीको नेतृत्व चयन प्रक्रियालाई थप रोचक बनाउने अनुमान गरिएको छ ।

 

 

ओली प्यानलमा परेनन् सुहाङ, स्वतन्त्ररुपमा लड्ने

काठमाडौँ । आफ्ना पिता सुवास नेम्वाङको असमायिक निधन भएपछि राजनीतिमा आएका सुहाङ नेम्वाङ स्वतन्त्ररुपमा केन्द्रीय सदस्य लड्ने तयारीमा रहेका छन् ।

सुवास नेम्वाङको निधन भएपछि २०८१ मा इलाम-२ मा रहेको रिक्त ठाउँमा उपचुनावका लागि एमालेले छोरा सुहाङ नेम्वाङलाई नै उम्मेदवार बनाएको थियो । र उनले जितेका थिए ।

३७ वर्षका उनले राजीतिमा आएको छोटै समयमा एमालेभित्र लोकप्रिय युवा नेताको छवि बनाए। संसद्‍मा आएर पनि उनले लोकप्रियता कमाए। आफ्ना बुवाजस्तै मृदुभाषी उनी सबैका प्रिय बने। तर, ११ औँ महाधिवेशनमा आइपुग्दा पार्टीको संस्थापन केपी शर्मा पक्षको प्यानलबाट उनी केन्द्रीय सदस्यको उम्मेदवार बन्न सकेनन्।

गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहपछि युवालाई पार्टीमा भित्र्याउने भन्दै विधान संशोधन समेत गर्‍यो।

विधानमा हेरफेर गरेर युवाका लागि ५ प्रतिशत छुट्याउँदा पनि युवामाझ आफ्नो पहिचान बनाइसकेका सुहाङ संस्थापन पक्षको प्यालनमा परेनन्।

ओली पक्षको प्यानलमा नपरेका उनी अव स्वतन्त्ररुपमा केन्द्रीय सदस्य लड्ने तयारीमा छन्।

ओली प्यानलमा चारै महानगरका उपमेयर केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा स्थानीय तहबाट उदाएका महिला नेतृहरू केन्द्रीय नेतृत्वमा पुग्ने प्रतिष्पर्धामा देखिएका छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहित एमालेबाट निर्वाचित चारै महानगरपालिकाका उपमेयर केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

काठमाडौं उपमेयर सुनिता डंगोल अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । उनी उपत्यका विशेष कमिटी अन्तर्गत महिला कोटाबाट उम्मेदवार बनेकी हुन् । यही कोटाबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य र बिना श्रेष्ठ पनि ओली प्यानलबाटै केन्द्रीय सदस्यको उम्मेदवारीमा छन् । सुनिता हाल एमालेको केन्द्रीय स्थानीय तह विभागकी सदस्य समेत हुन् । स्थानीय तह निर्वाचनमा देशभरका ६ महानगरपालिकामध्ये ४ वटामा उपमेयर जितेको एमालेले ती चारै निर्वाचित उपमेयरलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको हो ।

अध्यक्ष ओलीको प्यानलबाट महानगरका उपमेयर उम्मेदवार बन्नेहरूमध्ये तीन जना पहिलोपटक केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ भने दोस्रो पटक केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । यसअघि पनि उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी थिइन् । काठमाडौं महानगरकी सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य र विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निराला भने पहिलोपटक केन्द्रीय सदस्यमा उम्मेदवार बनेका हुन् ।

मञ्जली शाक्य बज्राचार्य हाल ललितपुर जिल्ला कमिटीको उपसचिवको जिम्मेवारीमा छन् । शिल्पा कार्की निराला भने मोरङ जिल्ला अधिवेशनमा उपसचिव पदको उम्मेदवार बनेर पराजित भएकी थिइन् । स्थानीय तहमा जननिर्वाचित भएर कार्यकारी भूमिकामा रहेका यी नेतृहरूलाई पार्टीको केन्द्रीय संरचनामा ल्याएर संगठन सुदृढ बनाउने रणनीतिका रूपमा एमालेले उम्मेदवारी अघि सारेको देखिन्छ । महाधिवेशनमा स्थानीय सरकारको अनुभव बोकेका महिला नेतृहरूको उल्लेखनीय उपस्थिति रहने संकेतसँगै केन्द्रीय नेतृत्वमा महिला सहभागिता बढाउने सन्देश पनि एमालेले दिएको छ ।

 

सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको लोकप्रियता बढ्यो

ल्युब्ल्याना । स्लोभेनियामा करिब एक तिहाइ नागरिकले सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको लोकप्रियतामा वृद्धिःअध्ययन
स्लोभेनियामा करिब एक तिहाइ नागरिकले सामाजिक सञ्जालमा सक्रिय प्रचारात्मक प्रभावशाली व्यक्तिहरूलाई नियमित रूपमा पछ्याउने गरेको पाइएको छ । ल्युब्ल्याना विश्वविद्यालयअन्तर्गत सामाजिक विज्ञान सङ्कायको सामाजिक सूचना विज्ञान केन्द्रले आइतबार सार्वजनिक गरेको अध्ययनले यस तथ्यलाई उजागर गरेको हो ।

गत मे महिनामा एक हजार दुई सय बयासठ्ठी अन्तरजाल प्रयोगकर्तामाझ गरिएको सर्वेक्षण अनुसार अधिकांश उत्तरदातालाई वस्तु तथा सेवाको प्रचार गर्ने प्रभावशाली व्यक्तिहरूको जानकारी रहेको देखिएको छ । तीमध्ये एकतीस प्रतिशतले यस्ता व्यक्तिलाई नियमित रूपमा पछ्याउने बताएका छन् ।

अध्ययनले तस्वीर तथा दृश्य सामग्रीमा आधारित सामाजिक सञ्जाल माध्यमहरू सबैभन्दा बढी लोकप्रिय रहेको उल्लेख गरेको छ । उत्तरदाताहरूले प्रभावशाली व्यक्तिलाई प्रायः विज्ञापन र प्रचारसँग सम्बन्धित रूपमा बुझ्ने गरेका छन् । यद्यपि यस्ता व्यक्तिहरूले उपभोक्ताको खरिद निर्णयमा प्रभाव पार्न सक्ने भए पनि त्यसको प्रभाव व्यक्तिअनुसार फरक हुने अध्ययनले देखाएको छ ।

सर्वेक्षणअनुसार स्वदेशी प्रभावशाली व्यक्तिहरूको तुलनामा विदेशी प्रभावशाली व्यक्तिहरू बढी चर्चित रहेका छन् । यसैगरी, आभासी प्रभावशाली व्यक्तिप्रतिको चासो भने अत्यन्तै कम रहेको पाइएको छ, जसमा थोरै संख्याका सहभागीहरूले मात्र उनीहरूलाई पछ्याउने बताएका छन् ।

एमाले प्रचार विभाग प्रमुख गौतमले भने–उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिन्छु

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने बताएका छन् । केपी शर्मा ओली निकट गौतम पदाधिकारीको कुनै पनि पदमा समेटिएका छैनन् । त्यसपछि उनले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन् ।  ‘म उपमहासचिव पदमा उम्मेदवारी दिँदैछु, नेतृत्वसँग बृहत्तर छलफल भयो, चुनाव भयो भने म उपमहासचिव पदमा लड्ने हो,’ उनले सुनाए । ओली समूहबाट उपमहासचिव पदमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार छन् ।

 

ओली ‘प्यानल’ मा हेरफेर : लेखराज भट्टले असन्तुष्टि जनाएपछि यसरी मिलाइयो

काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि गरिएको छ । लेखराज भट्टले सचिव पद दोहोर्‍याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाउन लागेको हो । भट्टले टिमबाटै अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको जानकारी दिए । ‘म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु’, उनले भने ।

माओवादी धारबाट आएका उनी दशौं महाधिवेशनमा सचिव भएका थिए । तर, उपमहासचिवमा यसअघि पदाधिकारीमै नरहेका भानुभक्त ढकाललाई ओली टिमबाट अघि सारेपछि असन्तुष्टि बढेको थियो । एमालेमा आगामी नेतृत्व चयनका लागि अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएरै प्रतिष्पर्धा हुँदैछ ।

ईश्वर पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन थप स्पष्ट हुँदै गएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पदाधिकारी उम्मेदवारको सूची लगभग टुंग्याएको छ भने अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिष्पर्धामा उत्रिने तयारी पनि औपचारिक रूपमा सार्वजनिक भइसकेको छ ।

ईश्वर पोखरेल समूहका अनुसार अध्यक्ष पदमा पोखरेल आफैं उम्मेदवार बन्ने निश्चित भएको छ । महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारिएको छ भने उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम तय भएको नेताहरूले बताएका छन् । उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने पक्का भएको छ भने बैजनाथ चौधरी पनि उपमहासचिवको प्रतिष्पर्धामा रहने सूचीमा छन् । सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेललगायत नेताहरूको नाम लगभग अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ । यसै सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि समावेश गरिएको छ । यद्यपि छलफल अझै जारी रहेकाले केही नाममा हेरफेर हुन सक्ने नेताहरूको भनाइ छ ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ईश्वर पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा हुनु स्वाभाविक प्रक्रिया भएको बताएका छन् । आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाका लागि नभई पार्टीलाई थप व्यवस्थित, विधिसम्मत र सामूहिक नेतृत्वको दिशामा अघि बढाउनका लागि भएको उनको दाबी छ । उनले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको पुनर्गठन र पुनव्र्यवस्थापनको पक्षमा उभिन आग्रह गर्दै नेतृत्वको नयाँ अभ्यास आवश्यक भइसकेको संकेत गरे । यससँगै पोखरेल र ओली दुवै पक्षले आ–आफ्ना उम्मेदवार मैदानमा उतारेर प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ ।

यता, उपमहासचिवका प्रत्याशी योगेश भट्टराईले भने आफूहरू प्यानल बनाएर निर्वाचनमा नजाने स्पष्ट पारेका छन् । निर्वाचन आयोगको निर्देशनअनुसार सबै उम्मेदवारले व्यक्तिगत रूपमा उम्मेदवारी दिने उनले बताए । पार्टी सचिवालयको निर्णयविपरीत विधान संशोधन हुनु दुर्भाग्यपूर्ण भए पनि बन्द सत्रले त्यसलाई स्वीकार गरेपछि निर्वाचन प्रक्रियामा सहभागी हुन आफूहरू तयार भएको उनको भनाइ छ । भट्टराईले वर्तमान नेतृत्वले अहिलेको जटिल राजनीतिक परिस्थितिलाई सम्हाल्न नसकेको टिप्पणी गर्दै पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुनर्गठन र नयाँ टिमसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । एमाले महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व, विधान र कार्यदिशालाई लिएर उठेका यी बहसहरूले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई अझ तीव्र बनाएको छ । अब महाधिवेशन प्रतिनिधिहरूको निर्णयले एमालेको आगामी नेतृत्व र राजनीतिक दिशा कुन मोडमा जाने भन्ने स्पष्ट गर्नेछ ।

 

एमाले महाधिवेशन : कुन पदमा उम्मेदवारी दिँदा कति लाग्छ शुल्क ?

काठमाडौं । नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो । पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ । केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिष्पर्धामा छन् । ओली र पोख्रेल दुवै प्यानलै बनाएर प्रतिष्पर्धामा उत्रिँदै छन् । दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाएका छन् ।
एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ । पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ । मतदान पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका छ ।

अन्तिमसम्म पनि सहमति जुटेन, पार्टी निर्वाचनमा अघि बढ्यो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सचिव पदका उम्मेदवार महेश बस्नेतले पार्टीभित्र अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास भए पनि असफल भएपछि महाधिवेशन निर्वाचनतर्फ गएको बताएका छन् । भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रसम्म पनि सहमतिका लागि पहल गरेको तर कुरा नमिलेको बताए । अध्यक्षलाई हटाएर सर्वसम्मति खोज्ने मान्यता गलत भएको उनको भनाइ छ । बरु वरिष्ठ उपाध्यक्ष दोहोर्‍याउने वा उपाध्यक्षको संख्या बढाउने प्रस्ताव समेत आएको भए पनि सहमति हुन नसकेको उनले बताए ।

बस्नेतले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिँदा आफ्नो राजनीतिक ‘रिटायरमेन्ट’ असहज बनाएको टिप्पणी गरेका छन् । पोखरेल वरिष्ठ उपाध्यक्षमै दोहोरिएको भए पार्टीका लागि राम्रो हुने र आन्तरिक द्वन्द्व टार्न सकिने उनको तर्क छ । अन्य नेताहरू—युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने र केशव बडाल—ले जीवनको उत्तरार्धमा ग्रासरूटमा काम गर्ने बाटो रोजेको उल्लेख गर्दै बस्नेतले पोखरेलको उम्मेदवारीले पार्टीभित्र अनावश्यक तनाव बढ्ने आशंका व्यक्त गरे ।

उनले पोखरेल समूहसँग तलदेखि संगठित गुट बनाएर अघि बढ्ने सामथ्र्य नरहेको दाबी गर्दै माधव नेपाल र झलनाथ खनाल जस्तो आधार निर्माण नभएको बताए । विदेशी शक्तिको दबाब र चौतर्फी आक्रमणबीच राष्ट्रियता, सार्वभौमसत्ता र विकासको अभियान केपी ओलीको नेतृत्वमै सम्भव हुने दाबी गर्दै बस्नेतले आफू अध्यक्षको प्रस्तावअनुसार सचिव पदमा उम्मेदवार बनेको स्पष्ट पारे । उनका अनुसार अध्यक्ष ओलीले छिट्टै प्रतिष्पर्धाका लागि मनोनयन दर्ता गर्नेछन् र एमाले अब सहमतिभन्दा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने अवस्थामा पुगेको छ ।

 

रामहरि खतिवडाको आरोप : अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिंड्न थाल्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन् । सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरु खोजेर हिंडेको उनले आरोप लगाए । छानीछानी भ्रष्टहरुलाई मात्रै मन्त्री बनाएको उनको दाबी छ । उनले वर्तमान सरकारमा केही मन्त्रीहरु भने काम गर्ने जस्ता देखिएको भए पनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको उनले बताए ।

उनले भने, ‘सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो–जो छन्, तिनीहरुलाई मात्रै खोज्दै हिँडेको छ । भर्खरै मैले सुन्दै थिएँ, अब विवादित मान्छेहरु आएका छन् । केही मान्छेहरु काम गर्ने जस्ता पनि देखिएका छन् । तर पनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन । हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तीब्रतर गतिमा लागेका छौँ ।’ उनले कांग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिए । महाधिवेशनको लागि हाल क्रियाशिल सदस्य नविकरण र वितरणको काम भइरहेको बताए ।

महेशलाई सचिव ‘पुरस्कार’, भानुभक्तको पहिलोपल्टै उपमहासचिवमा ‘छलाङ’

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी उम्मेदवारहरूको सूची लगभग टुंग्याएका छन् । यसक्रममा ओलीका विश्वास पात्र मानिने दुई नेताको नाम चर्चामा आएको छ-पोलिटब्युरो सदस्य महेश बस्नेत सचिव पदका उम्मेदवार र स्थायी कमिटी सदस्य भानुभक्त ढकाल उपमहासचिव पदका उम्मेदवार बन्दै छन् ।

१०औँ महाधिवेशनमा पोलिटब्युरो सदस्य निर्वाचित भएका महेश बस्नेतलाई यस पटक सचिव पदमा अघि सारिएको हो । पार्टीभित्र ओलीप्रति निष्ठावान नेताका रूपमा चिनिने बस्नेतले जेनजी आन्दोलनपछि सत्ताच्युत भएका बेला ओलीको सुरक्षा र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा छ ।भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि करिब एक साता सेनाको सुरक्षा घेरामा रहेका ओलीलाई सुरक्षित रूपमा भक्तपुरको गुण्डु पुर्‍याउनेदेखि त्यहीँ कुटी निर्माणको व्यवस्था मिलाउनेसम्मको जिम्मेवारी बस्नेतले सम्हालेको बताइन्छ । यही कारण ओलीले ‘गुन तिरेको’ चर्चा एमाले वृत्तमा चल्न थालेको छ ।

यता, अहिलेसम्म एमालेको कुनै पनि पदाधिकारी नभएका भानुभक्त ढकाल एकै पटक उपमहासचिव पदका उम्मेदवार बन्ने भएका छन् । स्थायी कमिटी सदस्य रहेका ढकाल अध्यक्ष ओलीका निकटतम सहयोगीमध्ये एक मानिन्छन् । ओली नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री समेत भइसकेका थिए । हाल उनी ११औं महाधिवेशनको स्वयंसेवक परिचालन समितिको संयोजकको जिम्मेवारीमा छन् ।

पार्टीभित्र लामो समयदेखि पदाधिकारी बन्ने प्रतीक्षामा रहेका नेताहरूबीच असन्तुष्टि देखिन सक्ने अनुमान गरिए पनि ओलीले आफ्नो भरोसाको घेरालाई प्राथमिकतामा राखेको संकेत यी निर्णयले दिएको विश्लेषण भइरहेको छ । पुस १ गते हुने महाधिवेशनको निर्वाचनले यी उम्मेदवारहरूको राजनीतिक भविष्य मात्र होइन, एमालेको भावी शक्ति सन्तुलन समेत तय गर्ने देखिन्छ ।

काठमाडौं महानगरले मनायो ३१ औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं। आज काठमाडौं महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो ।

काठमाडौं महानगरले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरे ।

उनले त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिएका छन् ।

बालेनको मन्तव्य: काठमाडौँ महानगरपालिकामा बस्छु भनेर गर्व गर्ने शहर बन्दैछ

काठमाडौं । वि. सं. १९७६ सालमा सफाइ अड्डका रुपमा स्थापना भएर २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा भएको काठमाडौँ महानगरपालिकाको मूल पहिचान सांस्कृतिक वैभवयुक्त सहर हो ।

यो वैभवलाई संरक्षण र पुस्तान्तरण गर्दै समृद्धि र विकासका आयाममा, यस अघिका विभिन्न कालखण्डमा काम गर्ने जनप्रतिनिधि र राष्ट्रसेवक, साझेदार, महानगरबासी तथा शुभेच्छुकको साथ र सहयोगलाई उच्च कदर गर्दै स्मरण गर्न चाहन्छु । ३१ औँ महानगर दिवसका अवसरमा सम्पूर्ण महानगरबासी, विकास साझेदार, राष्ट्रिय अन्तरराष्ट्रिय निकाय, निजी, उद्योग तथा वाणिज्य क्षेत्र सहित आम शुभेच्छुकहरुमा सुस्वास्थ्य, आरोग्य र ऐश्वर्य जीवनका लागि शुभकामना व्यक्त गर्दछु ।

काठमाडौँ महानगरपालिका आम महानगबासीको सर्वोत्तम हितका निम्ति दत्तचित्तले काम गरिरहेको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन् । प्राकृतिक सम्पदा र मानव निर्मित सिर्जनाको संरक्षण, संवर्धन र प्रवर्धन गरेर सहरको सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्नु, सहरी स्वच्छता र सरसफाइ गर्नु, समृद्धिका लागि एकीकृत पूर्वाधार विकास गर्नु, दैनिक सेवा प्रवाहलाई सहज र चुस्त बनाउनु, आम मानिसको जीवनलाई सहज बनाउनु हाम्रा दायित्व हुन् । यी दायित्वप्रति उत्तरदायी, इमान्दार भएर मितव्ययी तथा पारदर्शी भइ कार्य सम्पादन गरिरहेका छौँ ।

नियमित काम सँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाका रुपमा कार्यान्वयनमा ल्याइएका छन् । यस्तै, आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा राख्नु पर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रुपमा राखिएको छ ।

यसरी सञ्चालन गरिएका कार्यक्रममध्ये धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधारको काम सम्पन्न भएको छ । ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान गरिएको छ । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन, रात्रीकालीन सहरी सौन्दर्यलाई एकनाशको बनाउन ५ हजार ३१८ वटा पोलमा १३ हजार ३४० वटा बती राखेर सहरलाई उज्यालो बनाउँदैछौँ ।

हामी काठमाडौँ महानगरमा आए पछि २३ अरब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ । हाम्रो लक्ष्य करिब २ खरव मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण मुक्त गराउने रहेको छ । यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।

गएको वर्ष हामीले करिब २ अरब ८६ करोड रुपियाँ बराबरका पूर्वाधार योजना सम्पन्न गर्‍यौँ । करिब ९१ करोड लागत बराबरका सम्पदा संरक्षणमा काम गर्‍यौँ । यसबाट २७६ वटा मूर्त सम्पदा सम्बन्धी आयोजना र १२५ वटा अमूर्त सम्पदा सम्बन्धी कार्यक्रम सञ्चालन भए ।

यस वर्ष १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस भयो । वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरियो । ३२ वडामा स्वास्थ्य प्रवर्धन केन्द्रसहित ३५ वटा स्वास्थ्य संस्थामा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेका छौँ । फिजियोथेरापी सहित निदानात्मक, परामर्श सेवा सहित प्रवर्धनात्मक र ओपीडी सहित उपचारात्मक सेवा प्रारम्भ गरेका छौँ । १० वटा केन्द्रलाई बिमाको प्रथम सेवा विन्दुका रुपमा सञ्चालन गरेका छौँ ।

विद्युतीय शासन अन्तर्गत इशिफारिस र इकार्यालय प्रणाली कार्यान्वयमा ल्यायौँ । सफ्टवेयर डिभलपमेन्ट तथा सञ्चालन कार्ययोजना स्वीकृत गर्‍यौँ । घरधुरी सर्वेक्षणअन्तर्गत ड्रोन र डीजीपीएस सर्वेक्षण, लेयर डिजिटाइजेसन र नक्साङ्कनको काम भएको छ ।

१५२ वटा आगलागीका घटना, १४३ वटा जोखिमयुक्त रुख व्यवस्थापन र १३० वटा जलजन्य विपद व्यवस्थापन भयो । २ हजार ८९६ मिटर फायर ड्राइराइजर प्रणाली स्थापना भएको छ ।

सहरी योजना आयोगबाट १६४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएका छन् ।

६ अरब ३३ करोड ५८ लाख ५९ हजार २४६ रुपियाँ लागत अनुमान भएका २५१ वटा योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरियो । यी योजनाहरु प्रतिस्पर्धाका माध्यमबाट ५ अरब ४ करोड ९४ लाख ४३ हजार २४९ रुपियाँ लागतमा प्राप्त गरेर १ अरब २८ करोड ६४ लाख १५ हजार ९९७ रुपियाँ बचत भयो ।

कल सेन्टरमार्फत ८ हजार २०६ वटा र हेल्लो सरकारबाट १ हजार १०५ वटा गुनासा प्राप्त भएका थिए । यीमध्ये कल सेन्टरमा आएका ७ हजार ६९७ वटा र हेल्लो सरकारबाट आएका ७२० वटा गुनासा फर्स्योट गरियो । बाँकी फर्स्योट चरणमा छन् ।

यस वर्ष ३० हजार ३२३ जना ज्येष्ठ नागरिकहरुलाई मासिक ४ हजार रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान ग¥यौँ । यस्तै ज्येष्ठ नागरिक (दलित) भत्ता, ज्येष्ठ नागरिक एकल महिला भत्ता, एकल महिला भत्ता, पूर्ण अपाङ्गता भत्ता महानगरपालिकाले नियमित प्रदान गरेका भत्ता हुन् ।

ज्येष्ठ नागरिकहरुलाई वडाबाट तीर्थाटन गराउने कामलाई निरन्तरता दिएका छौँ । जोखिमपूर्ण श्रममा रहेका, अनाथ र यौनजन्य हिँसा पीडित बालबालिकालाई उद्धार, अस्थायी संरक्षण र पारिवारिक पुनर्मिलन गराइएको छ ।

सामुदायिक शिक्षाको सुधारका लागि डिजिटल शिक्षण प्रणाली, सीसीडी र ईसीडी कक्षा सञ्चालन, प्रणालीमा आधारित छात्रवृत्ति प्रदान कार्यलाई प्राथमिकतामा राखिएको छ ।

हामी कार्यालय सञ्चालन खर्चलाई घटाउने र पूँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने काम गरिरहेका छौँ । यसमा बहाल करको क्षेत्र विस्तार गरेका छौँ । नागरिकबाट संकलन गरिएको राजस्वलाई नागरिकको सामुहिक हितका क्षेत्रमा खर्च गरेका छौँ ।

स्थानीय स्रोत र साधनको अधिकतम प्रयोगबाट रैथाने सिपलाई आयमा रुपान्तरण गर्न उद्यममा आधारित ‘एक वडा, एक कार्यक्रम’’ सञ्चालन गरेका छौँ । यसबाट महानगरपालिका र स्थानीयको सम्बन्ध जोडिएको छ ।

विकेन्द्रीकरणका माध्यमबाट स्थानीय समस्या समाधान गर्न न्याय चौतारी, मेलमिलाप प्रवर्धन, महिला सञ्जाल र कानुनी सहजकर्ताको प्रबन्ध गरिएको छ । यसले, नागरिकमा न्यायको पहुँच वृद्धि भएको छ ।

महानगरबासीसँग बाचा गरेका काममध्ये यी प्रतिनिधिमूलक काम हुन् । यस्ता सार्वजनिक महत्वका तत्कालीन, मध्यकालीन र दीर्घकालीन धेरै योजनाहरु बनाएका छौँ । जसको कार्यान्वयनबाट महानगरबासीले म काठमाडौँ महानगरपालिकामा बसोबास गर्छु भनेर गर्व हुनेछ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारहरु, विकासका राष्ट्रिय अन्तरराष्ट्रिय साझेदार, नागरिक समाज, उपभोक्ता समिति, टोल सुधार समिति, क्लव, निजी, उद्योग तथा वाणिज्य क्षेत्र सबैप्रति नियमित साथ र सहयोगका लागि अपिल गर्दछु ।

(३१औै महानगर दिवसका अवसरमा आयोजित समारोहमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले राखेको मन्तव्यको सम्पादित अंश)

बुवाको काजक्रियापछि महानगर दिवसको कार्यक्रममा फरक रुपमा देखिए बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बुवाको काजक्रियापछि आफ्नो नियमित काममा फर्किएका छन् । उनी पितृशोकका कारण विदामा रहेका थिए ।

बुवाको १३ दिनको काजक्रिया सकेर बालेन आज कार्यालय फर्किएका हुन् । काठमाडौं महानगरपालिकाको ३१ औं स्थापना दिवसको कार्यक्रममा उनी सहभागी हुन् ।

कार्यक्रममा उनले लिखित मन्तव्य दिए । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतको सहभागीता थियो । बालेनले राष्ट्रपति पौडललाई स्वागत र विदाइ गरे ।

यसअघि लामो कपाल र दारी बालेनको पहिचान थियो भने अहिले उनी फरक रुपमा देखिन्छन् । बुवाको काजक्रियाका क्रममा उनले दारी–कपाल खौरिएका थिए । बालेनका पिता रामनारायण साहको गत १५ मंसिरमा निधन भएको थियो ।

बैंकहरूले पुसका लागि घटाए ब्याजदर घटाए, कसको कति ?

काठमाडौं । एक दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । आज सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशत विन्दु थियो ।

अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । ७ वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् । सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।
मुद्दती निक्षेपको अधिकतम ब्याजदर

पतञ्जली जग्गा प्रकरण : माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार विशेष अदालतमा हुने भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दा पेश हुने तय भएको हो । अदालतको कार्यसूचीअनुसार नेपालसम्बन्धी मुद्दा तेस्रो नम्बरमा राखिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आरोपअनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकको साँगामा रहेको हदबन्दी छुटको जग्गा पतञ्जलीले खरिद गर्न पाउने निर्णय गरेको थियो । त्यति मात्र होइन, उक्त जग्गा पछि बिक्री गर्न समेत अनुमति दिइएको विषयलाई अख्तियारले गैरकानुनी र भ्रष्टाचारजन्य कार्य ठहर गरेको छ ।

अभियोगपत्रमा उल्लेख भएअनुसार २०६६ माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले पतञ्जलीलाई ८१५ रोपनी जग्गा हदबन्दी छुटअन्तर्गत खरिद गर्न स्वीकृति दिएको थियो । त्यसपछि २०६६ चैत ६ गते पुनः मन्त्रिपरिषद् बैठकबाट सोही जग्गा बिक्री गर्न पाउने निर्णय गरियो । सरकारको यस्तो निर्णयका कारण राज्यलाई हानि पुगेको र नीतिगत आवरणमा भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

अख्तियारले माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यसअघि मुद्दाको प्रारम्भिक सुनुवाइपछि विशेष अदालतले असार ११ गते नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अब नियमित सुनुवाइको क्रममा अदालतले अभियोग, प्रमाण र प्रतिवादी पक्षका तर्कहरू सुन्नेछ । यो मुद्दालाई उच्च राजनीतिक तहसँग जोडिएको ठूला भ्रष्टाचार प्रकरणका रूपमा हेरिएको छ, जसको फैसलाले राजनीतिक र कानुनी दुवै क्षेत्रमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

 

 

दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेका छन् । उनले त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिए ।

राष्ट्रपति पौडेलले ३१औँ महानगर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरे। “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ, यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ”, राष्ट्रपति पौडेलले भने ।

उनले राजनीति पेसा, व्यवसाय होइन यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव हामी सबैमा जागृत हुन जरुरी छ भने । “नेपाली जनताले यतिबेला हामीसँंग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभुलौँ”, राष्ट्रपति पौडेलले भने । युवा पुस्ताको आन्दोलनमा प्रकट भएको चाहना पनि यही रहेको उनको भनाइ थियो । मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर अघि बढ्न राष्ट्रपति पौडेलले अपिल गरेका छन्।

“मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो, त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ, यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौँ भन्ने अपिल पनि म यस अवसरमा गर्दछु”, राष्ट्रपति पौडेलले भने ।

काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रूपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको तथा आर्थिक, सामाजिक, भौतिक विकास र सहरी व्यवस्थापनमा देखाएको नविनपना र सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो । “सेवाग्राही, लाभग्राहीलाई प्रदान गरिएका सेवा, सुविधा र योजनाले महानगरमा रहेको युवा नेतृत्व र ऊर्जाशील जनप्रतिनिधिको सक्रियताको सार्थकता पुष्टि गरेको मैले ठानेको छु”, राष्ट्रपति पौडेलले भने।

उनले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवद्र्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम हुन् भने । साथै उनले विद्युतीय शासनमा सूचना सञ्चार तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी एवं उत्तरदायी सेवाका लागि एकल सेवा केन्द्र सञ्चालन, गुनासो व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुले महानगरपालिकालाई नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र सेवाग्राहीमैत्री बनाएको बताए । “यसले नागरिकको आँगनको सरकार स्थानीय शासनका लागि सवल भएको सन्देश दिएको छ”, राष्ट्रपति पौडेलले भने।

काठमाडौँ नेपालको राजनीतिक परिवर्तन तथा शासकीय व्यवस्था रूपान्तरणको अनुभूति गर्ने सहर पनि भएकाले यो महानगरले अख्तियार गर्ने नीति, योजना, काम र कार्यक्रम मात्र होइन यसका भोगाइ तथा सिकाइ अन्य पालिकाका लागि उदाहरणीय हुने धारणा उनले व्यक्त गरे । “त्यसैले, तपाईँहरूले काम गर्दा सदैव उत्कृष्ट नीति, कार्यक्रम र योजना प्रस्तुत गर्न कुनै कसर बाँकी राख्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।

उनले राजधानी सहरको समृद्धिका लागि महानगरपालिकाले बनाएको नीतिगत व्यवस्था, कार्यक्रम, योजना कार्यान्वयनमा सङघ र प्रदेश सरकारलगायत सबै निकायको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गरे । सो अवसरमा राष्ट्रपति पौडेलले इतिहास र संस्कृतिको बेजोड सङ्गमका रूपमा रहेको राजधानीस्थित् आधुनिक समयका महानगरवासीको आवश्यकता, चाहना र सपना सम्बोधन गर्र्ने गुरुत्तर दायित्व निर्वाहमा काठमाडौँ महानगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नै विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको सहभागिता रहेको थियो । महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ,भने उपराष्ट्रपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार दिएका थिए ।

लेखराज भट्टले किन गरे सचिवमा उम्मेदवार नबन्ने घोषणा ?

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका क्रममा अध्यक्षका दाबेदार केपी शर्मा ओली समूहबाट सचिव पदका लागि तय गरिएको नाममध्ये एक लेखराज भट्टले उम्मेदवारी नदिने घोषणा गरेपछि पार्टीभित्रको पदाधिकारी समीकरण फेरिने संकेत देखिएको छ । पूर्व माओवादी पृष्ठभूमिका नेता भट्टले सचिव पदमा प्रतिष्पर्धा नगर्ने स्पष्ट गरेसँगै ओली समूहले अब उनको स्थानमा नयाँ उम्मेदवार अघि सार्नुपर्ने अवस्था आएको छ ।

महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि ओलीले आफ्नो समूहबाट नेतृत्व टिमको खाका सार्वजनिक गरिसकेका थिए । सोही खाकाअनुसार उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंग्याइएको थियो । महासचिव पदमा आकांक्षा देखाएका ज्ञवालीलाई अन्ततः उपाध्यक्षमा सीमित गर्दै शंकर पोखरेललाई महासचिव बनाउने सहमति जुटेको हो । अन्तिम समयसम्म पोखरेलले दाबी नछाडेपछि ओलीको रोजाइअनुसार उनी महासचिवमा अघि सारिएका हुन् ।

उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम फाइनल गरिएको छ । सचिव पदमा नौ जना निर्वाचित हुने व्यवस्था रहेकोमा ओली समूहबाट पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम यसअघि नै तय भइसकेको थियो । त्यही सूचीमा रहेका लेखराज भट्टले उम्मेदवार नबन्ने निर्णय गरेपछि सचिव पदका लागि एक स्थान रिक्त भएको छ । भट्टको निर्णयले एमालेभित्र विशेष गरी पूर्व माओवादी पृष्ठभूमिका नेताहरूको प्रतिनिधित्व र सन्तुलनबारे नयाँ बहस सुरु गराएको छ । अब ओली समूहले उक्त स्थानमा कसलाई अघि सार्छ भन्ने विषयले महाधिवेशनको अन्तिम चरणमा थप चासो र चर्चा बढाउने देखिन्छ ।

 

बढ्दै एमाले महाधिवेशनको सरगर्मी, १४ सय बढीले लिए मनोनयन फाराम

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको चुनावी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा सोमबार बिहान ११ बजेपछि उम्मेदवारी दर्ताका लागि मनोनयन फाराम वितरण सुरु गरिएको हो । महाधिवेशन प्रचार कमिटी सदस्य चेतन अधिकारीका अनुसार सोमबार मध्याह्नसम्म १४ सय बढी मनोनयन फाराम वितरण भइसकेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन फाराम वितरणको समय मध्यान्ह १२ बजेसम्म तोकिएको थियो भने उम्मेदवारहरूले दिउँसो साढे १ बजेसम्म दरखास्त फाराम दर्ता गर्न पाउने व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ । प्रारम्भिक नामावली प्रकाशनपछि सोही नामावलीमाथि दाबी–विरोध तथा उजुरी दिन दिउँसो साढे २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । प्राप्त उजुरीहरूमाथि छानबिन तथा निर्णय दिउँसो ३ः१० बजेसम्म गरिने कार्यतालिका रहेको छ ।

यदि कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा दिउँसो ३ः१० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको छ । यी सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अन्तिम नामावली प्रकाशनपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ । एमालेको ११औँ महाधिवेशन मंसिर २९ सम्म सञ्चालन हुने तय गरिएको छ । महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा उम्मेदवारी दिन ठूलो संख्यामा नेताहरू अग्रसर देखिएका छन्, जसले पार्टीभित्रको राजनीतिक चासो र प्रतिष्पर्धा दुवैलाई थप तीव्र बनाएको छ ।

ओली र पोखरेल दुबै समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार, को–को परे ?

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समितिका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दुबै पक्षले उम्मेदवारको सूची लगभग टुंगो लगाएका छन् । महाधिवेशनका लागि अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ ।

उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन । अहिले ओली र ज्ञवालीबीच छलफल जारी छ । यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले बतायो । ९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो । पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समितिका लागि ईश्वर पोखरेल पक्षले पनि उम्मेदवारको सूची लगभग टुंगो लगाएको छ । आइतबार रातिदेखि सोमबार बिहानसम्म चलेको समूहको आन्तरिक छलफलपछि पदाधिकारीसहित केन्द्रीय समितिका ३०१ सदस्यका लागि उम्मेदवार तय गरिएको नेताहरूले बताएका छन् । यस समूहबाट अध्यक्ष पदमा ईश्वर पोखरेल आफैं प्रतिष्पर्धामा उत्रिने निश्चित भएको छ । महासचिव पदका लागि सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । उपाध्यक्ष पदमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङ उम्मेदवार बन्ने भएका छन् भने उपमहासचिव पदका लागि योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिवकै सूचीमा बैजनाथ चौधरीको नाम पनि समावेश गरिएको बताइएको छ ।

सचिव पदमा भने बहुसंख्यक उम्मेदवार अघि सारिएको छ । यस पदका लागि कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, रचना खड्का र इन्द्रलाल सापकोटासहित ठाकुर गैरे र पुरुषोत्तम पौडेलको नाम समेत छलफलमा रहेको स्रोतले जनाएको छ । समूहले प्रारम्भिक रूपमा सचिव उम्मेदवारको सूची तयार गरे पनि अन्तिम क्षणसम्म केही नाममा सामान्य हेरफेर हुन सक्ने बताइएको छ । पोखरेल पक्षका नेताहरूका अनुसार पदाधिकारी मात्र होइन, केन्द्रीय समितिका सबै सदस्यका लागि समेत उम्मेदवारको सूची तयार भइसकेको छ । यद्यपि, महाधिवेशनको माहोल र थप राजनीतिक परामर्शका आधारमा केही पदमा उम्मेदवारको नाम तलमाथि हुन सक्ने संकेत पनि नेताहरूले गरेका छन् ।

मतदाता र भोटले पछ्याउने कांग्रेस बनाउनु पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नु पर्ने आवश्यकता रहेको बताए । विगतमाझैं अहिले पनि त्यसको जिम्मेवारी कांग्रेसमाथि रहेको बताए ।

देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्दै महामन्त्री थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताए । ठिक ढंगले काम गर्नसके निर्वाचन आफै जितिने उनको विश्वास छ । महामन्त्री थापाकाअनुसार राम्रो काम गर्न सके मतदाताहरु आफै पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताए । नेपाली कांग्रेसलाई मतले पछ्याउन सक्ने बनाउनु पर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । हामीले हिजो देशलाई हिंसाबाट बाहिर निकाल्यौँ, देशलाई जातीय द्वन्द्वको सम्भावनाबाट बाहिर निकाल्यौँ । आज फेरि एक पटक नेपाललाई सम्हाल्ने कांग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । सबैलाई समेट्दै लैजाने जिम्मेवारी निर्वाह गर्नको लागि नेपाली कांग्रेसको प्रत्येक साथी अब छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ हामी कांग्रेस हौँ, केही गल्ती, कमजोरी भएको छ, त्यसलाई स्वीकार्छौं, सच्याउँछौँ भनेर समुदायको बीचमा जाने, नागरिकका बीचमा जाने काम ठिक ढंगले गरौँ। चुनाव आफै जितिन्छि । चुनाव चुनाव भन्नै पर्दैन, आफै आउँछ । मतदाताले आफै पछ्याउँदै आउँछ, भोटले आफै पछ्याउँदै आउँछ । हामी भोटलाई पछ्याउन गएर भोट आउँदैन । भोटले हामीलाई पछ्याउने बनाउन सक्नु पर्छ । मतले हामीलाई पछ्याउन सक्ने बनाउनु पर्छ ।’

महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली कांग्रेसको नभएको पनि बताए । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने बताए । नागरिकमा आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई शान्त पार्ने जिम्मेवारी कांग्रेसको भएको बताए ।

एमाले महाधिवेशन : कसरी भइरहेको छ नेतृत्व पुस्तान्तरण ?

पार्टीका लागि चुनौतिपूर्ण समयमा एमाले ११औं महाधिवेशनमा होमिँदै गर्दा उठेका विभिन्न मुद्धामध्ये एउटा प्रमुख मुद्धा थियो-नेतृत्वको पुस्तान्तरण । पार्टी अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि यो मुद्धा अस्वीकृत भएको ठानिएको छ । तर, अध्यक्षलाई मात्रै नहेरेर पार्टी पदाधिकारी हेर्ने हो भने कम्युनिष्ट आन्दोलनको तेस्रो र चौथो पुस्ताको वर्चश्व बढ्दै गएको देखिन्छ । २० को दशकबाट पार्टी नेतृत्वमा होमिएको कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ता बिदा हुँदै गएको छ। अहिले खासगरी पञ्चायतकालको पछिल्लो कालखण्डमा विद्यार्थी राजनीतिमा होमिएको पुस्ताको वर्चश्व बढिरहेको छ भने यसपछि विद्यार्थी राजनीतिमा जोडिएको चौथो पुस्ता पनि पदाधिकारीमा दाबी गर्ने अवस्थामा पुगेको छ ।

केही वर्षअघिको एमाले नेतृत्व हेर्ने हो भने त्यहाँ पाका नेताहरूको वर्चश्व देखिन्थ्यो । २० को दशकमा भएको झापा आन्दोलन र यसकै आसपासबाट राजनीतिमा होमिएको पुस्ताले एमालेको सिंगो नेतृत्व तहमा कब्जा जमाएको थियो । झापा आन्दोलनबाट उदाएका प्रभावशाली नेता सीपी र राधाकृष्ण मैनाली ५० को दशकबाट नै पार्टी नेतृत्वबाट बाहिरिँदै गएका थिए भने अशोक राईले २०६९मा एमाले छोडेका थिए । तर, अहिले ७० नाघिसकेका झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, अष्टलक्ष्मी शाक्य,  युवराज ज्ञवाली,  लगायतले भरिएको पदाधिकारीको टिम देख्न सकिन्थ्यो । अधिकांश नेताहरू २० को दशकमा छिन्नभिन्न भएका विभिन्न कम्युनिष्ट घटकबाट कोअर्डिनेसन केन्द्र र पञ्चायतकालीन माले हुँदै एमालेको नेतृत्वमा आइपुगेका थिए ।

बाम राजनीतिका यी हस्तीहरूलाई चुनौति दिएर नयाँ अनुहारलाई नेतृत्व पंक्तिमा छिर्नै मुस्किल थियो । आठौं महाधिवेशन अघिसम्म महासचिव प्रणालीमा रहेका कारण नेतृत्वका रुपमा विकास हुँदै जाने बाटो पनि अवरूद्ध थियो । पार्टीभित्र एकल नेतृत्वको आलोचना गर्दै अहिलेका अध्यक्ष केपी शर्मा ओलीले ५०को दशकको सुरूवातबाटै पार्टीको लोकतान्त्रिकरणको मुद्धा उठाइरहेका थिए । उनकै प्रस्तावअनुसार २०६५ फागुनमा बुटवलमा भएको आठौं महाधिवेशनले बहुपदीय प्रणाली स्वीकार गर्‍यो । यसको अर्थ महासचिवको एकल नेतृत्वलाई अन्त्य गर्दै सामूहिक नेतृत्व स्थापित गर्नु थियो । एमालेमा पहिलो पटक महाधिवेशन प्रतिनिधिरूले नेतृत्व चयनका लागि प्रत्यक्ष मतदान गरेको यो महाधिवेशनमा ओलीको नीति पास भए पनि नेतृत्व भने रहन सकेन । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उनलाई झलनाथ खनालले पराजित गरेका थिए । खनाल २०३९ सालदेखि ४५ सालसम्म तत्कालीन मालेको महासचिव भइसकेका व्यक्ति थिए । महासचिवमा खनालकै पक्षमा रहेका ईश्वर पोखरेलले प्रदीप नेपाललाई पराजित गरेका थिए । वर्तमान महासचिव शंकर पोखरेल यही महाधिवेशनबाट सचिव बनेका थिए ।

ओलीले निरन्तर उठाएको पार्टीको लोकतान्त्रिकरण अन्तर्गत बहुपदीय प्रणाली र प्रतिनिधिको प्रत्यक्ष मतदानको अधिकारले नै उनलाई पार्टीको नेतृत्वमा पुर्‍यायो । २०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनमा २०५० सालदेखि आठौं महाधिवेशनसम्म लगातार १५ वर्ष नेतृत्व गरेका माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्ष बनेका थिए । पार्टी पदाधिकारीमा युवा नेता शंकर पोखरेलले पराजय भोगे पनि घनश्याम भूसाल, विष्णु पौडेल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई लगायत देखा परे । यसपछिको एमाले-माओवादी एकिकरण र फेरि विभाजन, संसद विघटनको विषयमा विवाद जस्ता नाटकिय घटनाक्रम भए, जसले पार्टीमा उथलपुथल सिर्जना गर्‍यो । अध्यक्ष ओलीसँग मतान्तर बढ्दै गएपछि बामदेव गौतमले पार्टी छोडे । माधव नेपाल र झलनाथ खनालले पार्टी विभाजन गर्दै नेकपा एस गठन गरे ।

चितवनमा भएको दशौं महाधिवेशनबाट ओली अध्यक्षमा दोहोरिए पनि पदाधिकारीमा तेस्रो पुस्ताका नेताहरूको व्यापक उपस्थिति रह्यो । उपाध्यक्ष पद दोस्रो पुस्ताका नेताहरूलाई छोडे पनि महासचिव, उपमहासचिव र सचिव जस्ता पदमा तेस्रो पुस्ताका नेताहरूको उल्लेख्य हस्तक्षेप रह्यो । शंकर पोखरेल महासचिव बन्दा प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरूङ उपमहासचिव बने। योगेश भट्टराई र गोकर्ण विष्टजस्ता नेताहरू सचिव बने । नेतृत्व तहमा तेस्रो पुस्ताका नेताहरूको हस्तक्षेप बढ्दै जाँदा दोस्रो पुस्ताका कतिपय नेताहरूले स्वेच्छिक रुपमा बिदाइ पनि लिइरहेका छन् ।एमालेको ११औं महाधिवशेन यसअर्थमा पनि महत्वपूर्ण बनेको छ । वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले कुनै पनि पदमा उम्मेद्वारी नदिने घोषणा गर्दै आफूभन्दा पछिको पुस्ताका लागि ठाउँ खाली गरिदिएका छन् । नेता केशव बडालले पनि सक्रिय राजनीति छोडेको घोषणा गरे ।

अहिले पदाधिकारीमा दाबी गरिरहेका अधिकांश नेताहरू विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका हुन् । नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो र दोस्रो पुस्ताले भूमिगत रूपमा पञ्चायविरूद्ध संघर्ष हाँकिरहँदा उनीहरू विद्यार्थीको मोर्चाबाट संघर्ष गरिरहेका थिए । वर्तमान महासचिव शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष तथा त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति हुँदै एमालेमा स्थापित भएका हुन् भने योगेश भट्टराई पनि अनेरास्ववियुको अध्यक्ष भएका नेता हुन् । यस्तै गोकर्ण विष्ट पञ्चायतकालको अन्तिम समयमा पार्टीमा आबद्ध भएका नेता हुन् ।  अहिले पदाधिकारीमा रहेका बाहेक युवा संघको नेतृत्व गरेर आएका महेश बस्नेत तथा अनेरास्ववियुबाट केही समयवर्षअघि मात्रै बिदा भएका महेश बर्तौला, सुनिता बराल, नवीना लामा, रचना खड्कालगायतका युवाहरूमध्ये केही अब नेतृत्व पंक्तिमा देखिन सक्छन् । अर्थात्, अब नेपाली कम्युनिष्ट आन्दोनलको चौथो पुस्ताले पनि पार्टीको नेतृत्वमा सहभागीता खोज्ने छ ।

सुस्त भए पनि एमालेमा नेतृत्व पुस्तान्तरणको यो बाटो ओलीले अघि सारेको पार्टीको लोकतान्त्रिकरणको नीति अन्तर्गतको बहुपदीय संरचना र प्रतिनिधिको मतद्वारा प्रत्यक्ष रुपमा नेतृत्व छनोटका कारणले नै भइरहेको हो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन मात्रै होइन, नेपाली समाजको लोकतान्त्रिकरणका लागि पनि एमालेले ११औं महाधिवेशनबाट यो अभ्यासलाई थप मजबुत बनाउन आवश्यक छ । नेतृत्वको शृङ्खलाबद्ध पुस्तान्तरणले अहिले देखिएको अन्तरपुस्ता संवादको कमीलाई पनि पुर्ति गर्दै जानसक्ने छ । अध्यक्षमा जो आए पनि पार्टीभित्रको लोकतान्त्रिक अभ्यास बलियो भए यसले पार्टीलाई नयाँ पुस्तासँग जोड्ने र उनीहरूको भावनालाई आत्मसात गर्ने दिशामा अघि बढाउँछ ।

रचनाले दिइन् अन्तर्राष्ट्रिय क्रिकेट ‘कमेन्टेटर’ ‘टक्लु दाइ’ लाई दौरा–सुरुवाल उपहार

काठमाडौं । नेपाली क्रिकेटप्रतिको निःस्वार्थ माया र निरन्तर समर्थनको सम्मान स्वरूप गायिका रचना रिमालले अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रयू लियोनार्डलाई विशेष उपहार प्रदान गरेकी छन् । एनपीएल फाइनलका अवसरमा रचनाले एन्ड्रयूलाई नेपाली पहिचान झल्किने कोट तथा दौरा–सुरुवाल उपहार दिँदै नेपालप्रतिको उनको प्रेमप्रति धन्यवाद व्यक्त गरेकी हुन् ।

एन्ड्रयू लियोनार्ड, जसलाई नेपाली क्रिकेटप्रेमीहरूले ‘टक्लु दाइ’ भनेर स्नेहपूर्वक चिन्ने गर्छन्, लामो समयदेखि नेपाली क्रिकेटका खेलहरूमा अङ्ग्रेजी कमेन्ट्री गर्दै आएका छन् । उनको ऊर्जाशील प्रस्तुति, भावनात्मक शब्द चयन र नेपालप्रतिको आत्मीयताले उनलाई नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय बनाएको छ । एनपीएल सिजन २ मा पनि उनको कमेन्ट्रीले फ्यानहरूको मन जित्न सफल भएको देखिन्छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रचना रिमालले एन्ड्रयू लियोनार्डसँगको भेटका तस्वीरहरू साझा गर्दै भावुक शब्दमा आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो रूपमा अघि बढिरहेको वर्तमान समयमा विश्व क्रिकेटकै नजर नेपालतर्फ केन्द्रित भइरहेको अनुभूति भएको उल्लेख गरेकी छन् । यस्तो महत्वपूर्ण घडीमा एन्ड्रयू जस्ता एक सशक्त समर्थक, कुशल कमेन्टेटर र बुलन्द आवाज नेपालका लागि अनुपम साथ भएको उनको भनाइ छ ।

रचनाले एन्ड्रयूका शब्दहरूले नेपाली क्रिकेटको आत्मा बोल्ने, उनको प्रशंसाले विश्वभर नेपाली क्रिकेटप्रति आकर्षण बढाउने र उनको ऊर्जाले खेलाडीदेखि समर्थक तथा आम जनमानससम्म नयाँ उत्साह जगाउने उल्लेख गरेकी छन् । विदेशी भए पनि नेपाललाई आफ्नै देश जस्तै माया गर्ने उनको स्वभाव सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको उनले बताएकी छन् ।

एन्ड्रयूलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्न पाउनु आफ्नो जीवनको एक महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै रचनाले नेपालले आज पाउँदै आएको सम्मान, पहिचान र अन्तर्राष्ट्रिय समर्थनमा उनको योगदान अतुलनीय रहेको बताएकी छन् । नेपाली क्रिकेटप्रतिको उनको प्रेम, ऊर्जा र सकारात्मक सोचले नेपालीहरूलाई अझ ठूलो सपना देख्न प्रेरित गरिरहेको भन्दै उनले आभार व्यक्त गरेकी छन् । नेपाली क्रिकेटको यात्रामा आवाज बनेर निरन्तर साथ दिँदै आएका एन्ड्रयू लियोनार्डप्रतिको यो सम्मानले नेपाली खेलकुद र संस्कृतिप्रतिको आपसी सद्भाव र कृतज्ञताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।

सिकार खेल्न हिँड्दा लडेर बन्दुक पड्किँदा आफ्नै साथीको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुई जनामध्ये अघिल्लो साथीलाई ठेस लागेर लड्दा पछाडिको साथीको गोली लागेर मृत्यु भएको छ । राक्सिराङ–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन जंगलमा हिँडिरहँदा लहरामा अल्झेर लड्दा पछाडि सँगै हिँडिरहेका मनहरी–६, बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, दुवैले भरुवा बन्दुक बोकेका थिए र ब्लोन लड्दा उनको बन्दुक पड्किएर पछाडि रहेका थिङको मृत्यु भएको हो । ब्लोनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले बताए । घटना आइतबार दिँउसोको हो ।

ओलीको उम्मेदवार सूची ‘फाइनल’, पोखरेल पक्षकाे पनि सबै पदमा ‘टक्कर’ दिने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन निर्णायक मोडमा पुगेसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह खुलेर आमने–सामने भएका छन् । पुस १ गते हुने निर्वाचनका लागि तालिका सार्वजनिक भएसँगै दुवै समूहले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको सूची लगभग टुंग्याएका छन् ।

अध्यक्ष ओलीले आफ्नो प्यानलका उम्मेदवारको सूची तयार पारिसकेको एमाले नेताहरूको दाबी छ । आकांक्षी नेताहरूको विवरण संकलन गर्न विश्वासपात्र नेतालाई जिम्मा दिएका ओलीले आइतबार बेलुका अन्तिम सूचीमा सहमति जुटाएको बताइन्छ । समन्वय संयन्त्रले उम्मेदवारी दिन चाहने र नचाहने नेताहरूको नामावली बनाएर शनिबार राति नै ओलीलाई बुझाइसकेको थियो ।

आफ्नो समूहका नेताहरू व्यवस्थापन गर्न सहज बनाउन ओलीले विधान नै संशोधन गराएका छन् । विधान महाधिवेशनले घटाएर १५ बनाएको पदाधिकारी संख्या फेरि बढाएर १९ पु¥याइएको छ भने केन्द्रीय समिति २५१ बाट ३०१ सदस्यीय बनाइएको छ । सचिवालयमा विरोध भए पनि ओलीले केन्द्रीय कमिटी बैठकमार्फत बहुमत प्रयोग गरी यो प्रस्ताव पास गराएका थिए । यही निर्णयपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका थिए भने वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान संशोधन अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिने संकेत दिएका थिए ।

ओली पक्षका अनुसार महत्वपूर्ण पदमा हालका पदाधिकारीहरूलाई दोहोर्‍याउने रणनीति लिइएको छ । तीन उपाध्यक्ष र महासचिव दोहोरिने लगभग निश्चित भएको बताइन्छ । महासचिवका आकांक्षी दुई नेतालाई उपाध्यक्षमा व्यवस्थापन गर्ने र सचिवमध्येबाट उपमहासचिव बनाउने योजना छ । भक्तपुरको गुन्डुस्थित ओली निवासमा जारी छलफलमा उपाध्यक्षमध्ये विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल र पृथ्वीसुब्बा गुरुङको नाम लगभग फाइनल भइसकेको स्रोतले जनाएको छ ।

बाँकी एक उपाध्यक्षमा प्रदीप ज्ञवाली वा शंकर पोखरेलमध्ये एकलाई अघि सार्ने तयारी छ । महासचिवमा ओलीको प्राथमिकता शंकर पोखरेल देखिएका छन् । उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र पद्मा अर्यालको नाम अगाडि आएको छ । सचिव संख्या ९ पुर्‍याइएपछि प्रदेशगत सन्तुलन मिलाउने प्रयास भएको छ । कोशीबाट शेरधन राई र भानुभक्त ढकाल, मधेसबाट ज्वालाकुमारी साह, बागमतीबाट महेश बस्नेत, गण्डकीबाट खगराज अधिकारी, लुम्बिनीबाट छविलाल विश्वकर्मा, कर्णालीबाट यमलाल कँडेल र सुदूरपश्चिमबाट लेखराज भट्ट सचिव बन्ने सम्भावना बलियो देखिएको छ ।

उता पोखरेल समूहले पनि अब सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । सुरुवातमा ओलीको सूची हेरेर रणनीति बनाउने सोचमा रहेको यो समूह अब एकै पटक मनोनयनमा जाने तयारीमा छ । थापागाउँस्थित कार्यालयमा छलफलमा जुटेको पोखरेल पक्षमा महासचिवका लागि सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ भने गोकर्ण विष्टलाई उपाध्यक्षमा अघि सार्ने लगभग तय भएको छ ।

योगेश भट्टराई उपमहासचिव उठ्ने पक्का भएको छ । सचिवतर्फ गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल र विन्दा पाण्डे आकांक्षी छन् । पदाधिकारी संख्या बढेपछि पोखरेल समूहलाई उम्मेदवार व्यवस्थापन सहज भएको बताइन्छ । यही अवसर प्रयोग गर्दै ओली पक्षका असन्तुष्ट नेतालाई आफूतिर तान्ने रणनीति पनि यो समूहले लिएको छ । केही नेताहरू चाँडै खुल्ने सम्भावना रहेको पोखरेल पक्षको दाबी छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगले सोमबार बिहान ९ बजेदेखि उम्मेदवारी फाराम वितरण र दिउँसो १ः३० बजेसम्म दर्ताको समय तोकेको छ । अन्तिम नामावली बेलुका ६ बजे सार्वजनिक हुनेछ । प्रक्रियागत रूपमा दुवै समूह उम्मेदवारी दर्तातर्फ अघि बढ्दै गर्दा एमाले महाधिवेशन अब स्पष्ट रूपमा ओली र पोखरेलबीचको प्रतिस्पर्धामा रूपान्तरण भएको छ ।

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ । भक्तपुरको सल्लाघारीमा शनिबार भव्य उद्घाटनसँगै सुरु भएको महाधिवेशनको बन्द सत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।

निर्वाचन प्रक्रियाअन्तर्गत आज (सोमबार) उम्मेदवारी दर्ता लगायतका मुख्य कार्यक्रमहरू हुँदैछन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सार्वजनिक गरेको कार्यतालिका अनुसार, नेतृत्वका लागि आकांक्षी उम्मेदवारहरूले आज बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म आफ्नो दरखास्त फाराम दर्ता गराउन सक्ने छन् ।

यस्तो छ आजको चुनावी कार्यतालिका
निर्वाचन आयोगले आजको दिनलाई उम्मेदवारी मनोनयन र अन्तिम नामावली प्रकाशनका लागि छुट्याएको छ । बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन भएसँगै चुनावी प्रक्रियाले गति लिनेछ । दिउँसो साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।

आयोगका अनुसार, उम्मेदवारको विरोधमा उजुरी दिन चाहनेका लागि दिउँसो २ः३० देखि ३ः०० बजेसम्मको समय निर्धारण गरिएको छ । दाबी विरोध र फिर्ताको प्रक्रिया सकिएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

भोलि मतदान
महाधिवेशनको मुख्य आकर्षण मानिएको नेतृत्व चयनको मतदान प्रक्रिया भने भोलि (मंगलबार) हुनेछ । निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले भोलि बन्ने नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

युट्युबमा आयो बालेनको र्‍याप ‘आम नेपाली बुवा’को भिडियो

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहको र्‍याप ‘आम नेपाली बुवा’को नयाँ भिडियोसहित सार्वजनिक भएको छ। चलचित्र झरीपछिको इन्द्रेणीका लागि तयार पारिएको भिडियो आज युट्युबमा सार्वजनिक भएको हो ।

यो र्‍यापमा एक जना इमान्दार सरकारी कर्मचारीले परिवारमा भोग्ने समस्या देखाइएको छ ।

लक्ष्मीप्रसाद देवकोटाको कविता ‘यात्री’ कविताको केही हरफ गीतका र्‍यापको कोरसको रुपमा प्रयोग गरिएको छ । देवकोटाको यात्री कविता रविन शर्माको स्वरमा रेकर्ड भएको थियो । यो र्यापको कोरसका लागि भने दिक्षा उप्रेतीले स्वर दिएकी छिन् ।

सिंहदरबार वैद्यखानाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका बालेनका बुवा डा.रामनारायण शाहको निधन भएको दुई सातापछि ‘आम नेपाली बुवा’को भिडियो दर्शकहरूमाझ आएको हो । यो र्यापको रेकर्डिङ र छायांकन भने केही समय पहिले नै भइसकेको थियो ।

चलचित्र झरीपछिको इन्द्रेणीको प्रदर्शन पुष ४ गतेबाट सुरू हुनेछ ।

काठमाडौं महानगरले गर्‍यो २३५ बाजागुरूलाई नगदसहित सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ । ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्यहरु, कार्यपालिकाअन्तर्गतका समितिका संयोजक लगायतको उपस्थितिमा सम्मान गरिएको हो।

सम्मानित हुने गृरुहरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५२ जना दाफा खिं गुरु रहेका छन् । यस्तै,  गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २६ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट शिफारिस भएका १४ जना गुरु रहेका छन् । केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका ४ टोलका ४ जना र विभिन्न संघसंस्थाहरुबाट सिफारिस भएका ७ जना बाजा गुरुलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले स्वःस्फूर्त परम्परागत बादन संस्कृति जोगाउन योगदान गर्ने बाजा गुरुहरुले प्रदान गरेको जीवन्तता कायम राख्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन् । ‘परम्पराको संरक्षण र प्रवर्धन अहिले नै आँखाले देखेजस्तो दृश्यात्मक हुँदैन तर अमूल्य हुन्छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘पछिल्लो समयका प्रशिक्षण र सांस्कृतिक क्रियाकलापहरुमा युवाहरुको आकर्षण बढ्नुले संस्कार पुस्तान्तरण हुने वातावरण बनेको छ ।’

कार्यक्रममा बोल्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बाजा गुरुहरुको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए । ‘बादन संस्कारले मूर्त सम्पदा क्षेत्रलाई जीवन्तता दिएका छन्, बाजा गुरुहरुकै कारण बादन संस्कार जोगिएको हो,’ संगतको भनाई छ, ‘यो परम्परा बचाइ राख्न महानगरपालिका र समुदायका बिच दिगो सम्बन्ध रहने हामीले अपेक्षा गरेका छौँ ।’  बाजा गुरुहरुको यो त्यागमाथि चर्चा गर्दै समितिका सदस्य तथा वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘सम्मान कार्यक्रम एक दिन हुन्छ तर महानगरपालिका गुरुहरुप्रति हरेक दिन अनुग्रहित छ ।’

कार्यक्रममा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समितिका अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यसहित वक्ताले, महानगरपालिकाले गुरुहरुलाई सम्मान गरेपछि सरकारबाट संरक्षण पाएको अनुभूति भएको धारणा राखेका थिए । बाजागाजा उपलब्ध गराउने, बजाउने तरिका सिक्ने तथा धार्मिक सामाजिक कार्यमा बादन गर्ने कामका लागि महानगरपालिकाको अझ सशक्त अभिभावकत्वको अपेक्षा गर्दै उनीहरुले अहिले थालिएका कार्यक्रमको प्रशंशा गरेका छन्।

१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । दिवसका अवसरमा आज प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । यसैगरी नारायण चौरमा रैथाने मौलिक खाद्य स्वच्छता मेला आयोजना गरिएको छ ।

सन्दीप लामिछाने बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्धित

काठमाडौँ। नेपालका स्टार लेग–स्पिनर सन्दीप लामिछाने सन् २०२६ को सिजनका लागि बंगलादेश प्रिमियर लिग (बीपीएल) टोली राजशाही वारियर्ससँग अनुबन्धित भएका छन्।

राजशाही वारियर्सले आइतबार सामाजिक सञ्जालमार्फत नयाँ सिजनका लागि लामिछानेलाई अनुबन्ध गरेको पुष्टि गरेको हो।

टोलीले आफ्नो पोस्टमा लेखेको छ,‘हिमालयन म्याजिक सन्दीप लामिछाने, नेपाल-स्वागत छ। तपाईं खेल हेरिरहनु मात्र होइन, यो लडाइँको हिस्सा हुनुहुन्छ। राजशाही वारियर्सलाई पछ्याउनुहोस् र सँगै गौरवको खोजी गरौँ।’

लामिछाने बीपीएल ड्राफ्टका लागि दर्ता भएका पाँच नेपाली खेलाडीमध्ये एक थिए। उनीसँगै दीपेन्द्र सिंह ऐरीलगायतले नाम दर्ता गरेका थिए। अक्सनमा लामिछाने नबिके पनि राजशाही वारियर्सले पछि ड्राफ्टबाहिरबाट उनलाई अनुबन्ध गरेको हो। यसअघि सन् २०१९ मा लामिछानेले बीपीएलकै सिलेट टाइटन्सबाट खेलेका थिए ।

लामिछाने नेपालका सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने क्रिकेटरमध्ये एक हुन्। उनले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, अष्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न स्टार्स र होबार्ट हरिकेन्स, क्यारेबियन प्रिमियर लिगमा जमैका टालावाह्स, सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्स, ग्लोबल टी-२० क्यानडामा मोन्ट्रियल टाइगर्स र भ्यानकुभर नाइट्स, तथा पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेलिसकेका छन्।

उनले आईपीएलसहित क्यारिबियन प्रिमियर लिग सीपीएल, बिग ब्यास लिग बीबीएल र क्यानडाको ग्लोबल टी–२० लिग जस्ता प्रमुख प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका छन् ।

बंगलादेशका प्रशंसकहरूले लामिछानेलाई पछिल्लो पटक २०२४ को आईसीसी टी–२० विश्वकपमा नजिकबाट हेरेका थिए, जहाँ नेपालले समूह चरणमा बंगलादेशको सामना गरेको थियो । त्यस खेलपछि लामिछाने बंगलादेशी कप्तान नजमुल हुसेन शान्तोसँग लामो कुराकानीमा देखिएका थिए । उनै शान्तोले आगामी बीपीएल सिजनमा राजशाही वारियर्सको नेतृत्व गर्नेछन् र अब यी दुई टोली साथी बन्नेछन् ।

बंगलादेश प्रिमियर लिगको नयाँ सिजन डिसेम्बर २६ मा सुरु हुँदै छ ।

सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनको मिति फागुन २१ बाट दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका हुन् । आगामी चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि उनले सुझाए ।

राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरिन् ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास जनाए ।