काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा बढी मत पाएका छन् ।
ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ ।
Author: nepalone
रास्वपाले काठमाडौं–१ बाट खोल्यो विजयको खाता, रञ्जु निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि रञ्जु दर्शना काठमाडौं–१ मा निर्वाचित भएकी छन् । रञ्जुको जितसँगै रास्वपाले विजयको खाता खोलेको छ ।
अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।
६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।
यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।
पहिलो कम्युनिस्ट प्रधानमन्त्रीले जितेको काठमाडौं–१ मा रास्वपाकी रञ्जुको जित निश्चित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं–१ मा उम्मेदवार बनेकी रञ्जु दर्शनाको जित निश्चित भएको छ ।
हालसम्म २३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत पाएकी छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका प्रवल थापाले ५२१६ मतसहित पछ्याई रहेका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्रले ३१८५ मत पाएका छन् ।
काठमाडौं–१ त्यस्तो क्षेत्र हो १० वर्षे माओवादी युद्धअघिसम्म यहाँ तारान्तार कम्युनिस्ट नेताहरूले चुनाव जितेका थिए ।
पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले यो क्षेत्रबाट विगतमा चुनाव जितेका थिए । २०६४ पछि भने यो क्षेत्रमा कांग्रेस विजयी हुँदै आएको थियो । यसपटक भने रास्वपाले कांग्रेस र कम्युनिस्ट उम्मेदवारलाई धेरे पछि पार्दै जित निश्चित बनाएको छ ।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई झिनो अग्रता, पछ्याउँदै नेकपाका नरेश भण्डारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक क्षेत्रमा अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाममा राप्रपाका ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता लिएका हुन् ।
उनले ८५ मत पाउँदा नेकपाका नरेश भण्डारीले ७४ मत पाएका छन् । कांग्रेसका दीपबहादुर शाहीले १९ र एमालेका शान्तिलाल महतले १६ मत पाए । यहाँ रास्वपा उम्मेदवार विनिता कठायतले अहिलेसम्म एक मत पनि पाएकी छैनन् ।
५५ क्षेत्रमा मतगणना : रास्वपा ४१, एमाले ५, कांग्रेस ५ नेकपा ३ र श्रम संस्कृति १ ठाउँमा अघि
प्रतिनिधि सभा निर्वाचनको मत गणना जारी छ।
अहिलेसम्म ५५ क्षेत्रमा मतगणना चलिरहेको निर्वाचन आयोगले जनाएको छ।
पछिल्लो विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ।
त्यसैगरि नेकपा एमालेले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ।
नेपाली कांग्रेसले ५ स्थानमा अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीले ३ स्थानमा अग्रता लिएको छ।
श्रम संस्कृति पार्टीले एक ठाउँमा अग्रता लिएको छ ।
महोत्तरी–१ मा नेकपाका गिरिराजमणि भन्दा रास्वपाका प्रमोद दोब्बर मतले अघि
महाेत्तरी १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार प्रमोद महतो अगाडि छन्।
अहिलेसम्म प्राप्त विवरणअनुसार घण्टी चिह्नका प्रमाेद महताेले ३५४७ मत पाएका छन्।
यस्तै नेकपाका गिरिराजमणि पाेखरेलले १६२०, कांग्रेसका मुकेश काफ्लेले ५१७ र एमालेका लक्ष्मी महताेले ७०३ मत पाएका छन्।
एमालेको अग्रता तीन क्षेत्रमा, अग्रता लिने को–को ?
काठमाडौं । नेकपा एमालेले तीन क्षेत्रमा अग्रता लिएको छ । लुम्बिनीको दुई र गण्डकीको एक क्षेत्रमा अग्रता लिएको हो ।
निर्वाचन आयोगका अनुसार गण्डकीको स्याङ्जा– १ मा मीनप्रसाद गुरुङ र लुम्बिनीको रुपन्देही–४ मा प्रमोदकुमार यादव र बाँके–२ मा मोहम्मद इस्तियाक राईले अग्रता लिइरहेका हुन् ।
यसअघि कोशीको तेह्रथुममा भानुभक्त ढकालले प्रारम्भिक अग्रता लिएका थिए । त्यहाँ अहिले कांग्रेसका सन्तोष सुब्बाले अग्रता लिएका छन् ।
कांग्रेसले अग्रता लिएको यी पाँच निर्वाचन क्षेत्र
नेपाली कांग्रेसले पाँच स्थानमा अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार काग्रेंसले तेह्रथुम १ मा सन्तोष सुब्वा, ललितपुर १मा उदयशमशेर राणा, मुस्ताङ १ मा योगेश थकाली, कपिलवस्तु ३ अभिषेकप्रताप शाह र कैलाली १ मा जनकराज चौधरीले अग्रता कायम गरेका छन् ।
नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपाको धावा, १७ सय बढी मतान्तर
भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रन्जितले अग्रता कायमै राखेका छन्।
उनले पछिल्लो मतपरिणाम अनुसार ३ हजार ८८४ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २ हजार १३३ मत प्राप्त गरेका छन्।
दुई जनाबीच १७५१ मतान्तर छ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका किरण न्यौपानेले ६०५ मत प्राप्त गरेका छन्।
Premier
नेकपा एमालेका सोमप्रसाद मिश्रले ३०२ मत प्राप्त गरेका छन्।
मोरङ–३ मा श्रम संस्कृतिका अमिर मगरको अग्रता, कांग्रेसका सुनिल शर्मा पछि
मोरङ क्षेत्र नम्बर ३ मा पनि मत गणना सुरु भएको छ।
५०० मत गणना हुँदा श्रम संस्कृति पार्टीले २१८, नेपाली कांग्रेसले ११९, रास्वपा ११६ र एमालेले २८ मत ल्याएका छन्।
यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता लिएको छ।
यहाँ श्रम संस्कृति पार्टीका अमिर मगर, नेपाली कांग्रेसका सुनिल शर्मा र रास्वपाका गणेश कार्कीबिच प्रतिस्पर्धा देखिएको छ।
धादिङ–१ मा आशिका तामाङलाई अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार धादिङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले अग्रता लिएकी छन्।
तामाङले ५५४ मत पाउँदा पाण्डेले ३३६ मत पाएका छन्। यस्तै, नेकपा एमालेका भूमि त्रिपाठीले २९५ मत पाएका छन्।
रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो अग्रता
रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापाले १७६ मत ल्याएका छन् ।
तीन क्षेत्रमा एमालेको अग्रता कायमै
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा तीन क्षेत्रमा अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार कोशीको तेह्रथुम, लुम्बिनीको रुपन्देही–४ र लुम्बिनीकै बाँके–२ मा एमालेले अग्रता लिइरहेको हो ।
तेह्रथुममा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, रुपन्देही–४ मा प्रमोदकुमार यादव र बाँके–२ मा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई अन्य दलका उम्मेदवार भन्दा अगाडि छन् ।
झापा–५ मा बालेन अग्रता बढाउँदै
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा देशवासीको सर्वाधिक चासो रहेको झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कामयै राखेका छन् ।
उनले १४७६ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछ्याइरहेका छन् । उनले ३८४ मत पाएका छन् । यो २३०३ मत गणना गर्दाको परिणाम हो ।
काठमाडौं– १ मा रास्वपाकी रञ्जुको फराकिलो अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले फराकिलो मतान्तर बनाएकी छन् ।
उनले ९ हजार ७८ मत प्राप्त गरेकी छन् । उनलाई कांग्रेसका प्रबल थापाले ४ हजार ८८ मतका साथ पछ्याइरहेका छन् ।
राप्रपाका रवीन्द्र मिश्रले २ हजार ३५५ मत पाएका छन् । नेकपाकी कृतु भण्डारीले २०१ मत पाइन् । यो वडा नम्बर १०, ११ र २९ नम्बर वडाको १७ हजार ६६३ मत गणना गर्दाको परिणाम हो ।
दाङ क्षेत्र नम्बर १ मा रास्वपाको अग्रता
दाङ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ। कुल २२३२ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेको छ। प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाले १५१६ मत प्राप्त गरी अग्रस्थान सुरक्षित गरेको छ।रास्वपाको तुलनामा अन्य ठूला दलहरूको मत परिणाम निकै कम देखिएको छ। नेपाली कांग्रेस (रूख) २९२ मतका साथ दोस्रो स्थानमा छ भने नेकपा एमाले (सूर्य) ले २२२ मत प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ। त्यस्तै अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा निकै पछाडि परेका छन्। तारा चिन्हले ८९ मत ल्याएको छ भने हलो चिन्हका उम्मेदवारले २५ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गिलास चिन्हले ४८ मत, आँपले १३ मत, स्वतन्त्र उम्मेदवार (चेस गोटी) ले १३ मत र गुलाफको फूलले ८ मत प्राप्त गरेका छन्। यस्तै छाताले ३ र मोबाइल चिन्हले २ मत पाएका छन्। गणना भएका कुल मतमध्ये १०१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मोरङको मतगणना भएको तीन क्षेत्रमै रास्वपाको अग्रता
मोरङका तीनवटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। सुरुवाती परिणाम अनुसार मत गणना सुरु भएका तीनवटै क्षेत्रमा रास्वपाले प्रारम्भिक अग्रता कायम गरेको छ।
मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपानेले ९६७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका शान्ति पाख्रिनले ६४३, नेपाली काँग्रेसका खड्ग फागोले ४३७ र नेकपा एमालेको घनश्याम खड्काले २३७ मत ल्याएका छन् ।
क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशीले प्रारम्भिक अग्रता कायम गरेका छन्।
उनले १६३० मत ल्याउँदा नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३६०, नेकपामा अमनलाल मोदीले ३३८ र नेकपा एमालेका जीवन घिमिरेले २५२ मत प्राप्त गरेका छन्।
त्यस्तै क्षेत्र नम्बर ५ मा रास्वपा कि आशा झाले १२२९ मत पाउँदै अग्रता सुरु गरेकी छिन्।
यो क्षेत्रमा जसपाका राजकुमार यादवले ५६५, नेकपाका शिवकुमार मण्डलले ३४५ र नेपाली काँग्रेसका फुलकुमार लालवानीले ३२७ मत प्राप्त गरेका हुन्।
चितवन–२, रवि लामिछानेले लिए अग्रता
भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायमै
भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन् । खत्रीले १४ सय मतसहित अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पछ्याइरहेका छन् ।
अहिलेसम्मकाे मतपरिणाम अनुसार बस्नेतले १२ सय मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेस उम्मेदवार कबिर रानाले १७१ प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।
नेकपाका रामप्रसाद सापकोटाले १७, नेमकिपाका रमेश वैद्यले १३८, राप्रपाका विक्रम थापाले ३५, श्रम संकृति पार्टीका अर्जुन बासुले १५ र उज्यालो नेपाल पार्टीका जित राम लामाले ३७ मत प्राप्त गरेका छन् ।
रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता
काठमाडौं–३ मा कुलमान पछि, राजु अघि
काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता बनाएको छ ।
बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाका राजु पाण्डेले अगाडि देखिएका छन् । अहिले राजु पाण्डे २५४ मतले अगाडि देखिएका छन् । पाण्डेले २ हजार ९६० मत ल्याएका छन् ।
यसअघिसम्म अग्रता बनाइरहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ भने पछि परेका छन् । कुलमानले २७०६ मत पाएका छन् ।
उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले पछ्याइरहेका छन् ।
बेथेलको शतकका बावजुद इंग्ल्याण्ड पराजित, भारत फाइनलमा
काठमाडौं। संजु सामसनको तूफानी ब्याटिङको मद्धतमा भारतले आईसीसी पुरुष टी२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
मुम्बईको वानखेडे स्टेडियममा खेलिएको यस रोमाञ्चक खेलमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। तर यो निर्णय इंग्ल्यान्डका लागि महँगो पर्यो। संजु सामसनले ४२ गेंदमा ८९ रन बनाउँदै भारतलाई विशाल स्कोर खडा गर्न मद्दत गरे। पावरप्लेमा नै ६७/१ पुगेको भारतले सामसन र ईशान किशनको बीच ९७ रनको साझेदारीको बदौलत आफ्नो पकड बलियो बनायो। त्यसपछि शिवम दुबेले २५ गेंदमा ४३, हार्दिक पाण्ड्याले १२ गेंदमा २७ र तिलक वर्माले ७ गेंदमा २१ रनको तीव्र पारी खेल्दै भारतलाई २०ओभरमा २५३/७ को विशाल स्कोर दिलाए।
२५४ रनको लक्ष्य लिएर उत्रिएको इंग्ल्यान्डको सुरुवात नराम्रो रह्यो। पावरप्लेमै फिल साल्ट, जस बटलर र ह्यारी ब्रुकका विकेट गुमाउँदै इंग्ल्यान्ड ६८/३ मा पुग्यो। जेकब बेथेलले ४८ गेंदमा ८ चौका र ७ छक्कासहित १०५ रन बनाउँदै शानदार पारी खेले तर अन्तिममा रन आउट हुँदा उनको प्रयास व्यर्थ भयो। अन्तिम ओभरमा जोफ्रा आर्चरले तीन छक्का बनाउँदै लडाइँ गरे तर भारतले ७ रनले जित निकाल्यो।
भारत अब ८ मार्चमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डसँग फाइनल खेल्नेछ। यो टी२० विश्वकप सेमिफाइनलमा यी दुई टिमको तेस्रो लगातार भेट हो । इंग्ल्यान्डले २०२२ मा १० विकेटले र भारतले २०२४ मा ६८ रनले जितेको थियो, र दुवै पटक विजेता टोलीले उपाधि पनि जितेको थियो।
झापाका कुन निर्वाचन क्षेत्रमा कति खस्यो मत, क्षेत्र नं. ५मा सबैभन्दा धेरै
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा देशव्यापी चासो रहेको झापा-५ मा ६५.११ प्रतिशत मतदाताले मतदान गरेका छन् । यहाँ एक लाख ६३ हजार ३७९ मतदाता रहेकोमा एक लाख ६ हजार ३७२ जनाले मतदान गरेका हुन् । यो जिल्लामै सबैभन्दा धेरै मत खसेको क्षेत्र हो भने प्रतिशतका हिसाबमा जिल्लाको दोस्रो धेरै हो ।
पाँच निर्वाचन क्षेत्र रहेको झापामा सात लाख १३ हजार ५३७ मतदाता रहेकोमा चार लाख ५८ हजार ३६२ जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ६४.२४ प्रतिशत हो ।
झापा-१मा ६३.९५ प्रतिशत मत खस्यो । एक लाख ३१ हजार ६७ जना मतदाता रहेको यो क्षेत्रमा ८३ हजार ८२२ जनाले भोट हाले । झापा-२मा सर्वाधिक धेरै ६५.२५ प्रतिशत मत खस्यो । यहाँ १ लाख ४७ हजार ५२२ मतदाता थिए, जसमध्ये ९६हजार ५२३ले मतदान गरे ।
एक लाख ४० हजार ८५७ मतदाता रहेको ३मा ८८ हजार ४४९ अर्थात ६२.७९ प्रतिशतले मतदान गरे भने एक लाख ३० हजार ७१२ मतदाता रहेको झापा ४ मा ८३ हजार ४६६ अर्थात ६३.८५ प्रतिशतले भोट दिएका छन् ।
रुकुम पूर्वकाे उत्तरी भेगबाट मतपेटिका सङ्कलन हेलिकप्टरबाट
काठमाडौं । रुकुम (पूर्व)काे उत्तरी भेगबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टर उडेकाे छ ।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार बिहीबार साँझ ५ बजे नेपाली सेनाको हेलिकप्टर सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकातर्फ उडेकाे हाे ।
उनले पैदल यात्रामा दुई दिन लाग्ने भएपछि हेलिकप्टरबाट मतपेटिका सङ्कलन थालिएकाे बताइन् ।
पहिलो चरणमा पुथा उत्तरगंगा गाउँपालिका-२ स्थित पेल्मा र सोही वडाको आधारभूत विद्यालय हार्दिवाङका मतपेटिकाहरू संकलन गरेर ल्याइएको छ ।
आजै दोस्रो चरणमा सिस्ने गाउँपालिका–१ स्थित साविकको पाखापानी गाविस भवनमा रहेको मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको परियारको भनाइ छ ।
जिल्लाका कुल ५७ मतदान स्थलमध्ये बाँकी ५४ वटा केन्द्रका मतपेटिकाहरू भने पैदल मार्गबाटै आज रातिसम्म सदरमुकाम पुर्याइनेछ।
प्रधानमन्त्रीलाई बालेनले भने- हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ आमा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई ‘आमा’ भनेर सम्बाेधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन)ले आभार प्रकट गरेका छन् । उनले कार्कीकाे नेतृत्वमा लाेकतन्त्रले जितेकाे भन्दै हर्ष प्रकट गरे ।
झापा-५ मा मतदान सकिएर मतपेटिका सिल भइरहेकाे विवरण आउँदा बालेनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा ।’
काठमाडौंका पूर्वप्रमुख बालेन पहिलाेपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी भएका हुन् ।

अपडेट : झापा-५ मा सकियाे मतदान, सिल गरिँदै मतपेटिका
काठमाडौं । झापा-५ मा मतदान सकिएकाे छ । अहिले मतपेटिका संकलनको काम भइरहेको छ ।
आजै सर्वदलीय बैठक बस्ने निर्वाचन कार्यालयले जनाएकाे छ । बैठकले गर्ने निर्णयकाे आधारमा मतगणना सुरु गरिने भएकाे छ ।
झापा-५ देशकै सर्वाधिक चर्चित निर्वाचन क्षेत्र हाे । चर्चित हुनुकाे कारण त्यहाँ एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी प्रतिस्पर्धामा उत्रिनाले हाे ।
दाेलखाकाे मालुमा स्थगित भएकाे ६ घण्टापछि मतदान सुचारु
काठमाडौं । दाेलखाकाे तामाकाेशी गाउँपालिका-४ काे मालुमा रहेकाे गाेलेश्वर मावि मतदान केन्द्रमा स्थगित मतदान सुरु गरिएकाे छ ।
घर फर्किँदै गरेका मतदाता र दलका प्रतिनिधिहरुलाई निर्वाचन कर्मचारीहरुले माइकिङ गरेर बाेलाएका छन् । बिहान करिब ३०० मत खसेपछि विवाद भएकाे थियाे ।
नेपाली काङ्ग्रेस र नेकपाका कार्यकर्ताहरले बिहान त्यहाँ मतपत्र लुटेकाे एमाले र रास्वपाले आराेप लगाएका छन् । त्यही क्रममा दलका प्रतिनिधिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातसमेत गरेका थिए । त्यसपछि विवाद बढ्याे । विवाद बढ्दै जाँदा बिहान ११ बजेतिर प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
प्रहरीले केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिएको छ । तामाकोशी-४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ, अर्जुन योगीलगायत प्रहरी नियन्त्रणमा छन् । काङ्ग्रेस र नेकपाले पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेका छन् ।
केन्द्रमा झापा-५, ४:३० सम्म गरे ६० प्रतिशत मतदाताले मतदान
दमक। झापा क्षेत्र नम्बर ५ मा ६० प्रतिशत मत खसेको छ ।
दिउँसो साढे ३ बजेसम्म ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीच तिव्र प्रतिष्पर्धा हुने देखिएको छ। उनीहरु दुवैजना प्रधानमन्त्रीका उम्मेदवार समेत हुन्।
साढे ४ बजेसम्ममा खस्यो ९० लाख मत
काठमाडौं। दिउँसो ४ बजेसम्म ८८ लाख मत खसेको छ ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा ८८ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।
सर्लाही-४ मा आजै मतगणना गरिने
काठमाडौँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत सर्लाही ४ मा शान्तिपूर्वक मतदान भइरहेको छ ।
निर्वाचनअन्तर्गत आज भएको मतदानमा सर्लाही ४ मा केही ठाउँमा विवाद भए पनि समाधान गरेर शान्तिपूर्वक मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले ५० प्रतिशतभन्दा बढी मत खसिसकेको बताए । साँझसम्म सबै मतदान स्थल-केन्द्रको मतपेटिका संकलन गरी गणनास्थलमा ल्याइसक्ने र सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने तयारी भइरहेको उनले बताए ।
यो क्षेत्रमा काङ्ग्रेस सभापती गगन थापा र रास्वपा नेता अमरेश कुमार सिंह बीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ।
मतदानको जानकारी गराउन निर्वाचन आयोगले सवा ६ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ सवा ६ बजे दिने भएको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी गराइने बताए ।
‘मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार साँझ ६ः१५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रवक्ता भट्टराईले सूचना जारी गर्दै भनेका छन् ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । ५ बजेसम्म लाइन बसेका मतादाताले भने त्यसपछि पनि मतदान गर्न पाउनेछन् ।
आयोगले दिउँसो पत्रकार सम्मेलन गरी उत्साहजनक रूपमा मतदाताहरू मतदानमा सहभागी भएको जानकारी गराएको थियो।
सुदूरपश्चिममा ४ बजेसम्म ४२ प्रतिशत भन्दा बढीले गरे मतदान
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा ४ बजेसम्म ४२ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका छन् ।
कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ।
प्रदेशका नौ वटै जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिए।
४ बजेसम्म देशभर ८० लाख मत खस्यो
काठमाडौं । बिहीबार अपरान्ह ४ बजेसम्म ८० लाख मत खसेको छ ।
देशभरिका १६५ निर्वाचन क्षेत्रमा ८० लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।
अहिलेसम्म कुल मतदाताको ४२ प्रतिशत भन्दा बढी मत खसेको हो ।
मतदाता ६४० तर खसेन एकै भाेट, किन गरे सिङ्गाे गाउँले निर्वाचन बहिष्कार ?
काठमाडौं । दाङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-३ काे बबई गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा मतदाताहरुले मतदान बहिस्कार गरेका छन् ।
गाउँपालिकाकाे वडा नम्बर-१ का अध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार जिला आधारभूत विद्यालय मतदान केन्द्रमा अहिलेसम्म एक जना मतदाता पुगेका छैनन् ।
त्यहाँ ६४० जना मतदाता छन् । गत स्थानीय तह निर्वाचनमा ४०० काे हाराहारीमा मतदान भएकाे थियाे । तर, प्रतिनिधिसभा निर्वाचनमा उनीहरु ‘नाे भाेट’काे पक्षमा उभिए ।
यस ठाउँ बाँके राष्ट्रिय निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा पर्छ । बर्दीया राष्ट्रिय निकुञ्जलगायत विभिन्न निकुञ्जकाे मध्यवर्ती क्षेत्रका वासिन्दाहरु वन्यजन्तुबाट असुरक्षित बन्दै गइरहेका बेला उनीहरुले प्रधानमन्त्रीलाई समेत भेटेर बस्ती स्थानान्तरणकाे माग गरेका थिए ।
तर, बस्ती स्थानान्तरण भएन । यसपछि निर्वाचन प्रचारका लागि विभिन्न दलका उम्मेदवारहरु जाँदा उनीहरुले बेवास्ता गरे । बस्ती स्थानान्तरण नभई मत नदिने अडान लिए ।
तर, पनि यहाँ मतदान केन्द्र ताेकियाे । मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य मतदान कर्मचारीसँगै सुरक्षाकर्मी निर्वाचन अधिकृतकाे कार्यालयले खटायाे ।
मतदाताहरु भने मतदान गर्न आएनन् । याे समाचार तयार पार्दासम्म जिला आधारभूत मतदान केन्द्रमा मतदान शून्य भएकाे छ ।
भक्तपुरमा ३ बजेसम्म ९२ हजार मतदाताले गरे मतदान
भक्तपुर। भक्तपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा दिउँसो १३ः५० बजेसम्म कुल ९१ हजारभन्दा बढी मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ३ बजेसम्म ४५ हजार ३५८ मत खसेको छ । जसमा महिला मतदाता २२ हजार ५७ र पुरुष मतदाता २३ हजार ३०१ रहेका छन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा ४६ हजार ५६५ मत खसेको छ । यस क्षेत्रमा महिला मतदाता २२ हजार ७१९ र पुरुष मतदाता २३ हजार ८४६ रहेका छन् । मतदान शान्तिपूर्ण रुपमा जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कर्णालीमा खस्यो ३० प्रतिशत मत
सुर्खेत। कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म ३० प्रतिशत मत खसेको छ ।
प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार दिउँसो १ बजेसम्म तीन लाख १८ हजार ३०२ मत खसेको छ ।
कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी रहेको उनले बताए । कर्णालीमा १० लाख ३७ हजार २५० मतदाता छन् ।
दार्चुलामा ३५ प्रतिशत मतदाताले गरे मतदान
धनगढी। दार्चुलामा प्रतिनिधसभा सदस्य निर्वाचनमा दिउसो २ बजेसम्म प्रतिशत मत खसेको छ ।
१ बजे सम्ममा ३२ हजार भन्दा बढीले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । जसमा १५ हजार १८७ पुरुष तथा १३ हजार महिला छन् ।
‘निर्वाचनबाट अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्नु छ’ (भिडियाे)
निर्वाचन बिथोल्न खोज्ने नेकपा बहुमतका २ कार्यकर्ता चितवनबाट पक्राउ
काठमाडौं। चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका-१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी सुमन श्रेष्ट र भरतपुर-१० बस्ने विद्यार्थी संयोजक २१ वर्षीय किरण गौतमलाई पक्राउ गरेको हो।
मतदानमा झापा-५ का मतदाताको उत्साहपूर्ण सहभागिता, अहिलेसम्म खस्यो ७२ हजार भन्दा बढी मत
दमक । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ ।
चुनावी प्रतिस्पर्धाका कारण देशभरको ध्यान खिचेको यो क्षेत्रलाई यसपटक ‘चुनावी इपिसेन्टर’का रूपमा समेत हेरिएको छ । निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म यस क्षेत्रमा ७२ हजार ५ सय ५४ मत खसिसकेको छ ।
यहाँ कुल १ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेका छन् । दिउँसो ३ बजेसम्मको विवरणअनुसार करिब आधाभन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भइसकेका छन् ।
