`

राष्ट्र बैंक धमाधम ऋणपत्रमा केन्द्रित, आज फेरि २० अर्बको ऋणपत्र जारी

काठमाडौं । केही समयअघिसम्म निक्षेप संकल उपकरण वा रिभर्स रिपो जारी गरेर बजारको तरलता व्यवस्थापन गरिरहेको केन्द्रीय बैंक पछिल्लो पटक ऋणपत्रमा केन्द्रित हुँदै गएको छ । चालु आर्थिक वर्षमा पहिलो पटक १४ पुस २०८२ मा केन्द्रिय बैंकले २५ अर्ब रुपैयाँबराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गरेको राष्ट्र बैंकले मंगलबार फेरि आठौँ पटक ऋणपत्र जारी गर्न लागेको हो ।

सोमवार राष्ट्र बैंकले २५ अर्बको बन्ड जारी गरेकोमा आज (मंगलवार) राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एक वर्ष अवधिको लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ज’ जारी गरेको छ । अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र आज जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । तथापि, यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने छन् । तथापि, ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्ध गरी सोको २.५० प्रतिशत दरको हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने पनि बैंकले सूचनामा भनेको छ । राष्ट्र बैंकले २०५३ सालमा पहिलोपटक ‘नेपाल राष्ट्र बैंक बन्ड, २०५३’ जारी गरेको थियो । खासै ऋणपत्रलाई प्राथमिकतामा नराख्ने गरेको राष्ट्र बैंकले फेरि पछिल्लो समय ऋणपत्रलाई जोड दिन लागेको छ ।

 

 

 

पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याऔं : डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याउनुपर्ने बताएका छन् । विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीका समस्याहरु संवादमार्फत टुंग्याइनुपर्ने बताएका हुन् ।

उनले कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइ दिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्नेहरुका कारण आजको परिस्थिति सिर्जना भएको बताए ।

उनले वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताए । नेतृत्व हस्तान्तरणका लागि तयार रहन सभापति शेरबहादुर देउवालाई आग्रह गरे । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस एउटा गम्भीर संकटको मोडमा छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभावलाई लतारेर केही पदाधिकारी र केन्द्रिय कमिटीका मानिसबाट जनताको चाहना, नागरिकको चाहना, नेता, कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशन नबोलाएपछि यो अवस्था सिर्जना भयो ।’

उनले भने, ‘वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्छ । पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याइनुपर्छ । सहमति भाँड्ने उश्रृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ ।’

उनले एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुरा अस्वीकार्य रहेको छ । कांग्रेस संकटमा परे देश संकटमा पर्ने भएकाले उच्च जिम्मेवारीका साथ अघि बढ्न सबै नेताहरुलाई आग्रह गरे । विवाद समाधानका लागि वार्ता समिति बनेकाले मंगलवार बेलुकासम्म वार्ता निष्कर्षमा पु¥याउन आग्रह गरे ।

 

 

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक, कति बजे मतदान ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ । सार्वजनिक कार्यतालिकामा मध्यान्ह साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ । मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ ।

दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ । पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ । खम्बबहादुर खाती नेतृत्वमा हरेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।

हेर्नुस् निर्वाचन तालिका

राजेन्द्र लिङ्देनले गरे अनसन दमन ! ‘तरुनी’लाई समानुपातिक बन्दसूचीमा राखेको आरोपले लफडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक बन्दसूचीले सिर्जना गरेको विवाद अब सामान्य असहमतिको तह पार गरेर पार्टीको नेतृत्व शैली, आन्तरिक लोकतन्त्र र नैतिक अभ्यासमाथि गम्भीर प्रश्‍न उठाउने बिन्दुमा पुगेको छ ।

सूची सच्याउन माग गर्दै शान्तिपूर्ण आमरण अनसनमा बसेका महिला नेतृहरूलाई बल प्रयोग गरेर हटाइएको घटनाले राप्रपाभित्र अध्यक्ष लिङ्देनको अलोकतान्त्रिक चरित्रको पनि वास्तविकता उजागर गरेको छ ।

लिङ्देन शान्तिपूर्ण ढंगले उठेको आवाजको सम्बोधन होइन, दबाउन उद्धत रहेको देखाएको छ । त्यसो नहुँदो हो त अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्य नानुमाया आचार्य र महिला संगठनकी सचिव चम्फा अधिकारीले समानुपातिक सूची सच्याउन भन्दै गरेको उठाएको माग सम्बोधन गर्थे ।

उनीहरू शुक्रबारदेखि पार्टी कार्यालय धुम्बराहीमा आमरण अनसनमा थिइन् । उनीहरूको माग स्पष्ट थियो– समानुपातिक बन्दसूची सच्याइयोस् ।’

आचार्य र अधिकारीको अनसन केवल दुई महिला नेतृको व्यक्तिगत असन्तुष्टि थिएन । यो पार्टीभित्र लामो समयदेखि दबिँदै आएको असन्तोषको सार्वजनिक अभिव्यक्ति थियो, जसलाई अध्यक्ष लिङ्देनले गम्भीरतापूर्वक लिनुको साटो असहज ठाने ।

अनसनको दोस्रो दिन शनिबार उनले अनसनकारी आचार्य र अधिकारीले ओछ्याएको म्याट तान्दै चेतावनीपूूर्ण रूपमा भने, ‘हट् यहाँदेखि तुरुन्त ।’

लिङ्देन अनसनस्थल पुग्दा अनसनकारी दुई नेतृलाई लागेको थियो – अब संवाद होला र माग सुनुवाइ होला ।’

तर, त्यस्तो भएन । ठिक उल्टो भयो । अधिकारीका अनुसार तत्काल अनसनस्थलबाट हट् भन्दै म्याट तानेर दुव्र्यवहार भयो । दुई दिनपछि सोमबार त अनसनस्थलमा अध्यक्षनिकट महिला नेतृहरूको समूह पुग्यो ।

हुलहुज्जत, गालीगलौज र हातपात गर्दै अनसनबाट जबर्जस्ती हटाइएको उनी बताउँछिन् । सो क्रममा प्रहरीको उपस्थिति थियो र पत्रकारहरूलाई अनसनस्थल पुग्‍न रोक लगाइएको थियो । घटनापछि नानुमाया आचार्य ओम अस्पतालमा उपचाररत छिन् ।

घटनापछि सार्वजनिक भिडियोले विवादलाई अझै उकासेको छ । भिडियोमा नेतृ आचार्यलाई अध्यक्ष लिङ्देननिकट महिला नेतृहरूको समूहले समानुपातिक सूचीमा ‘तरुनी’लाई अवसर कसरी दिए भन्दै गालीगलोजसहित झपारेको देखिन्छ ।

‘हामीजस्तो कार्यकर्तालाई यसले तरुनीको संज्ञा दिएको छ । तैँले तरुनी भन्ने हामीलाई ? ओई तैँलै अस्ति जसरी बोल्थिइस्, अहिले बोल त । तरुनीको आरोप लाउँछस् । तँ बाहिर आइज । …तँ त्यसरी हिँडेकी थिइस् ?’ भिडियोमा थर्कमान गरेको देखिएको छ ।

अनसनरत नेतृ आचार्यले केही दिनअघि सञ्‍चारमाध्यमहरूमा राप्रपाको समानुपातिक सूचीमा आपत्ति जनाउँदै अध्यक्ष लिङ्देनले ‘तरुनी’हरूलाई राखेको आरोप लगाएकी थिइन् ।

यसपछि अध्यक्ष लिङ्देन स्वयं आक्रोशित भएका थिए । उनीनिकट मानिने महिला नेताहरूले पनि सोमबार त्यही विषय उठाउँदै आचार्यलाई दुर्व्यवहार गरेको देखिएको छ ।

राप्रपाको समानुपातिक सूचीप्रतिको असन्तुष्टि केवल महिला नेतृहरूमा सीमित छैन । वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी निर्णय प्रक्रियामाथि नै प्रश्‍न उठाएका छन् । समानुपातिक सूचीमा नाम पर्न योगदान र संगठनभन्दा नाटक मञ्‍चन र व्यक्तिगत पहुँच निर्णायक बनेको उनको आरोप छ ।

राजभण्डारीले अघिल्लो निर्वाचनमा पार्टीलाई दिएको ५० लाख रुपैयाँमध्ये ३५ लाख फिर्ता माग्‍नु र पार्टी कार्यालय भवनमा पुनर्विचार गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि समानुपातिक सूची सच्याउन अध्यक्षमाथि दबाब दिएका थिए । खस–आर्य क्लस्टरमा खुस्बु ओलीलाई पहिलो नम्बरमा राखिएको विषयलाई लिएर उनको आलोचना तीव्र छ ।

ओलीको झापास्थित गृहनगर कन्काइ नगरपालिकाको वडा नम्बर–६ मा गत वर्ष भएको उपनिर्वाचनमा राप्रपाको जमानत जफत भएको थियो, उपनिर्वाचनको यो परिणामले खुस्बुको संगठन निर्माणमा योगदान छर्लङ्‍ग पार्छ ।

तर, अध्यक्ष लिङ्देनले उनलाई अस्वाभाविक प्राथमिकता दिएको भन्दै पार्टी पंक्तिमा असन्तुष्टि फैलिएको छ ।

त्यस्तै, आदिवासी महिला क्लस्टरमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी पत्‍नी सरस्वती लामाको नाम पहिलो नम्बरमा राखिएको विषय पनि विवादमा छ ।

यसले समावेशिताभन्दा पारिवारिक पहुँचलाई प्राथमिकता दिएको आरोपलाई बल दिएको छ ।

 

भारतमा ग्यास सिलिण्डर विष्फोट, नौं नेपालीको मृत्यु

सुर्खेत । भारतको हिमालचल प्रदेशमा ग्यास सिलिण्डर विष्फोट हुँदा सल्यानको एकै गाउँका नौं नेपालीको मृत्यु भएको छ । हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका नौं नेपालीको ज्यान गएको हो ।

सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति टाकुराका दुई परिवारका नौं सदस्यको ग्यासको सिलिण्डर विष्फोटपछि भएको आगलागीमा परी निधन भएको हो । ज्यान गुमाउनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन् । यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले बताएका छन् ।

उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिण्डर अचानक विष्फोट भएको जानकारी पाइएको वडाध्यक्ष बुढाथोकीलले बताएका छन् । मृतकमध्ये केहीको शव जलेर नचिनिने अवस्था रहेको उनले बताए ।
धनबहादुर विक र काशीराम विकको परिवार दुई वर्षदेखि रोजगारीका लागि भारतको हिमाचलमा थिए । उनीहरूका परिवार अर्की बजारमा ज्याला मजदुरी गर्थे ।

 

 

राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन् । प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम थियो । हिजो आयोगमा उनले नाम फिर्ता लिएकी हुन् । उनी कास्कीबाट प्रतिनिधित्व गर्छिन् । उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् ।

वर्तमान राष्ट्रपति पौडेलकी छोरी संज्ञा र पूर्व राष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहनको नाम बन्दसूचीमा राखिएको विषयलाई लिएर सार्वजनिक रूपमा आलोचना भएको थियो । त्यसपछि स्वेच्छाले बन्दसूचीबाट नाम फिर्ता लिएको पौडेलले जानकारी दिइन् । ‘अहिलेको परिस्थितिअनुसार बन्दसूचीमा बस्न ठीक छैन भनेर नाम फिर्ता लिएको हुँ,’ उनले भनिन् ।

 

आजै फेरि बस्ने गरी सकियो कांग्रेसको त्रिपक्षीय वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि सुरु भएको त्रिपक्षीय वार्ता सहमतिउन्मुख देखिएको छ । आज (मंगलबार) बिहान लाजिम्पाटमा बसेको पहिलो चरणको छलफलपछि नेताहरूले आ–आफ्नो समूहसँग परामर्श गरेर पुनः बैठक बस्ने निर्णय गरेका छन् । बिहान साढे ८ बजेदेखि करिब तीन घण्टा चलेको वार्तामा संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षका गरी आठ जना नेताहरू सहभागी थिए । छलफलमा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट जीवन परियार र बद्री पाण्डे तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरे सहभागी थिए ।

वार्तामा सहभागी एक नेताका अनुसार पहिलो चरणको छलफलमा विवादका मुख्य विषयहरू पहिचान गरिएको छ र दुवै पक्ष सहमतिका लागि अधिकतम लचक हुन तयार देखिएका छन् । ‘सहमतिको प्रयास भइरहेको छ । अहिले छलफलका विषय नेताहरूलाई ब्रिफिङ गरेर धारणा तय गर्ने र फेरि बस्ने समझदारी बनेको छ’, ती नेताले भने । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनपछि देखिएको असन्तुष्टि समाधानका लागि सुरु भएको संवाद सकारात्मक र सौहार्दपूर्ण वातावरणमा भएको रमेश लेखकले बताएका छन् । उनका अनुसार पार्टीलाई एकताबद्ध राख्ने विषयमा सबै पक्ष सहमत छन् र दिउँसो साढे २ बजे पुनः बैठक बस्ने तय भएको छ ।

सहमहामन्त्री जीवन परियारले पनि संवाद सही दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् । ‘संवाद जारी छ, आजै सहमतिमा पुग्ने गरी छलफल अगाडि बढ्दैछ’, उनले भने । यसअघि सोमबार सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा भएको छलफलमा संस्थापन पक्ष एकताका लागि लचिलो हुने निष्कर्षमा पुगेको थियो । त्यस लगत्तै विशेष महाधिवेशन पक्षले चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक र महामन्त्रीद्वयबीच भएको छलफलमा पनि पार्टी एकतालाई प्राथमिकतामा राख्दै आ–आफ्नो अडान केही पछाडि हटाउने समझदारी बनेको थियो ।

स्रोतका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व लिन तयार देखिएको छ । विशेष महाधिवेशनबाट भएका व्यवहारिक र नीतिगत निर्णयलाई पार्टीले स्वीकार्ने सहमतिका आधार तयार हुँदैछन् । यसका लागि पुस १८ मा केन्द्रीय कार्यसमितिबाट विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय आज बस्ने केन्द्रीय समिति बैठकबाट उल्ट्याउनुपर्ने प्रस्ताव अघि सारिएको छ । त्यसैगरी, आसन्न निर्वाचनमा टिकट वितरणको विषय पनि वार्ताको प्रमुख एजेण्डा बनेको छ । विशेष महाधिवेशन पक्षले कार्यवाहक सभापतिको हस्ताक्षर भएको टिकटको व्यवस्था हुनुपर्ने माग राख्दै आएको छ । वर्तमान नेतृत्वको हस्ताक्षर भएको टिकट लिएर चुनाव नलड्ने घोषणा महामन्त्री गगन थापाले गरिसकेका छन् ।

यसबाहेक, आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र टिकट वितरणमा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा सुनिश्चित गर्ने प्रस्ताव पनि विशेष महाधिवेशन पक्षको मागमा छन् । यद्यपि, यी सबै प्रस्तावमा तत्कालै सहमति जुट्ने अवस्था नरहे पनि ‘दुवै पक्षले जितेको अनुभूति हुने’ गरी सहमति खोज्ने प्रयास भइरहेको संस्थापन पक्षका नेताहरूको भनाइ छ । कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद समाधानतर्फ वार्ता सकारात्मक मोडमा पुगेको संकेत देखिएसँगै आजको दोस्रो चरणको बैठकलाई निर्णायक मानिएको छ ।

 

 

 

कांग्रेस विशेष महाधिवेशनमा संवैधानिक राजतन्त्रदेखि नयाँ नेतृत्व र हिन्दू राष्ट्रसम्मका प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा पार्टीको भावी दिशा, नेतृत्व र वैचारिक पहिचानबारे तीव्र बहस देखिएको छ । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्र पुनर्बहालीको प्रस्ताव अघि सारेसँगै महाधिवेशन हलमा गणतन्त्र, हिन्दू राष्ट्र, नेतृत्व चयन र पार्टी सुधारका विषयमा व्यापक छलफल सुरु भएको छ ।

गण्डकी प्रदेशको तर्फबाट धारणा राख्दै सभापति शर्माले मुलुकमा देखिएको गहिरो राजनीतिक, आर्थिक र सामाजिक संकट समाधानका लागि कांग्रेसले नयाँ वैचारिक बाटो लिनुपर्ने बताए । उनले देशमा क्रियाशील सबै राजनीतिक शक्तिसँग संवाद र छलफल गरेर संवैधानिक राजतन्त्र पुनर्बहालीको वातावरण बनाउनु पर्नेमा जोड दिए । साथै राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल मूल्यसँगै सनातन धार्मिक स्वतन्त्रता सहित हिन्दू धर्मको पुनर्बहाली हुनुपर्ने उनको धारणा थियो ।

‘अहिले देश र जनता जोगाउनु नै मुख्य कार्यभार हो । नेपाली कांग्रेस बचाउनु पहिलो प्राथमिकता हो’, शर्माले भने, ‘देशमाथि परेको संकट समाधानका लागि जनताले फेरि पनि कांग्रेसकै नेतृत्व खोजिरहेका छन्, त्यसैले परिमार्जित र जनसेवामा समर्पित नेतृत्व विशेष महाधिवेशनबाट चयन हुनुपर्छ ।’ उनले विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउँदै पार्टीको स्पष्ट वैचारिक मार्गचित्र कोर्नुपर्ने आवश्यकता औंल्याए । गणतन्त्रलाई नै आत्मसात् गर्ने अवस्थामा पनि प्रतिक्रियावादी शक्तिले टाउको उठाउन नसक्ने गरी व्यवस्था सुदृढ गर्नुपर्ने उनको भनाइ थियो ।

समूहगत छलफलमा नेतृत्व र सुधारको माग
महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रस्तावमाथि समूहगत छलफलपछि प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका छन् । छलफलको केन्द्रमा नयाँ नेतृत्व चयन, आन्तरिक लोकतन्त्र, समावेशिता र वैचारिक स्पष्टता देखिएको छ । मधेश प्रदेशका वीरेन्द्र साहले पार्टीभित्र दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । उनले कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरूको सार्वजनिक सम्पत्तिको छानबिन हुनुपर्ने, उम्मेदवार चयनमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने र कारबाहीमा परेका व्यक्तिलाई न्यूनतम एक वर्ष निलम्बन गर्नुपर्ने सुझाव दिए । साथै संघीय बजेट जनसंख्याको आधारमा बाँडिनुपर्ने र प्रदेशमा क्लस्टर प्रणाली लागू गर्नुपर्ने उनको माग थियो ।

लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले पार्टीमा तल्लो तहबाटै नेतृत्वमा पुग्न पाउने अवसर सुनिश्चित गर्नुपर्ने बताए । उनले कांग्रेसमा सधैं माथिल्लो तहकै व्यक्तिहरू सार्वजनिक पदमा जाने प्रवृत्तिले पार्टी कमजोर हुँदै गएको टिप्पणी गरे । गण्डकी प्रदेश सभापति शर्माले फेरि धारणा राख्दै कांग्रेसले अरूको ‘वैशाखी’ टेकेर होइन, आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनका क्रममा भएका घटनाप्रति क्षमा माग्दै उनले अब पार्टीले नयाँ शिराबाट यात्रा सुरु गर्नुपर्ने बताए । ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा पनि संस्थापन पक्षले नसुनेको गुनासो गर्दै उनले गुमेका विरासत फर्काउन पहल गर्नुपर्ने र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग दोहोर्‍याए ।

नैतिकता, समावेशिता र महिला सहभागितामा जोड
कर्णाली प्रदेशका हर्ष बमले राजनीतिमा नैतिकताको अभाव भए शासक तानाशाह बन्ने चेतावनी दिए । ‘जसको नीति हुन्छ, उसैको नेतृत्व हुनुपर्छ । हलबाटै नेतृत्व चयन हुनुपर्छ’, उनले भने, ‘अँध्यारो कोठामा हुने जालझेल अब स्वीकार्य छैन ।’ बागमती प्रदेशकी सीता मिजारले साङ्गठनिक प्रतिवेदनमा दलित समुदायका विषय छुटेको भन्दै संविधान र पार्टी संरचनामा परिमार्जन गर्नुपर्ने माग गरिन् । उनले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा भूगोलको आधार नछुट्याए दलितहरूलाई चुनाव लड्न गाह्रो हुने बताइन् ।

पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विशेष महाधिवेशनबाटै नेता र नेतृत्व चयन हुनुपर्ने अडान राखेका छन् । चुनावी गठबन्धन नगर्ने स्पष्ट नीति बनाउनुपर्ने, आन्तरिक निर्वाचन कमिटी गठन गर्नुपर्ने र जेनजी पुस्ताको भावना आत्मसात् गर्दै युवाको सहभागिता बढाउनुपर्ने उनले बताए । लुम्बिनी प्रदेशकी अनिता शाहले पार्टीभित्र लोकतन्त्र र पारदर्शिताका विषय स्पष्ट रूपमा लेखिनुपर्ने बताइन् । उनले महिलाको सहभागिता ४० प्रतिशत पुर्‍याउनु पर्ने, महिलालाई नेतृत्वमा पुर्‍याउने ठोस योजना बनाउनुपर्ने र केन्द्रीय समिति सानो, चुस्त र प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् ।

कांग्रेसको भविष्यबारे निर्णायक मोड
विशेष महाधिवेशनमा उठेका यी बहस र प्रस्तावहरूले नेपाली कांग्रेस वैचारिक र संगठनात्मक रूपमा निर्णायक मोडमा पुगेको संकेत गरेका छन् । संवैधानिक राजतन्त्रदेखि गणतन्त्र सुदृढीकरण, हिन्दू राष्ट्र, नयाँ नेतृत्व, समावेशिता र आन्तरिक लोकतन्त्रसम्मका विषयमा भइरहेको खुला बहसले कांग्रेसको आगामी दिशा र भूमिकाबारे गहिरो प्रश्न खडा गरेको छ । अब विशेष महाधिवेशनले यी बहसलाई कसरी निष्कर्षमा पुर्‍याउँछ भन्नेमा पार्टीको भविष्य निर्भर रहने देखिन्छ ।

 

सुमन सायमी नेकपामा प्रवेश, काठमाडौं–८ बाट चुनावी तयारी

काठमाडौं । काठमाडौंका रैथाने समुदायमा परिचित नेता सुमन सायमी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । सायमीसहित केही नेताहरू नेकपामा प्रवेश गर्न लागेका हुन् । पार्टी एकताको औपचारिक कार्यक्रम भोलि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिएको छ ।

सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको पुष्टि गर्दै भने, ‘भोलि एकता हुँदैछ ।’ आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उनी नेकपाबाट काठमाडौं क्षेत्र नम्बर–८ मा उम्मेदवार बन्ने तयारीमा छन् । निर्वाचनको केही समयअघि पार्टी एकता गरेर चुनावी मैदानमा उत्रिने उनको रणनीति देखिन्छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए । चुनावपछि उनी स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्ने अभियानमा सक्रिय रहे ।

त्यसैगरी, २०७९ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सायमीले काठमाडौं क्षेत्र नम्बर–८ बाट प्रतिष्पर्धा गरेका थिए । उक्त निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए । सो चुनावमा सायमीले ६ हजार १७९ मत पाएका थिए । पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध थिए ।

सो पार्टीमा उनी वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए । तर, आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उनले नेकपासँग सहकार्य र एकताको बाटो रोजेका हुन् । ५२ वर्षीय सायमी काठमाडौंको कालीमाटी निवासी हुन् । स्थानीय मुद्दा, रैथाने पहिचान र शहरी सरोकारका विषयमा मुखर रूपमा बोल्दै आएका सायमी काठमाडौंका मतदातामाझ परिचित र चर्चित नेताका रूपमा चिनिन्छन् । नेकपामा उनको प्रवेशले काठमाडौं–८ को चुनावी समीकरण थप रोचक बन्ने देखिएको छ ।

 

 

नेकपाका २५ सय केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । डेढ दर्जन बढी कम्युनिष्ट घटक र विभिन्न राजनीतिक समूहहरूको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज आफ्नो केन्द्रीय समिति औपचारिक रूपमा घोषणा गर्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजे विशेष कार्यक्रमसहित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुँदैछ ।

कात्तिक १९ गते तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० वटा घटकबीच एकता भएर गठन भएको नेकपामा त्यसयता थप दल तथा व्यक्तिहरू समाहित हुँदै आएका छन् । हालसम्म पार्टीमा १७ भन्दा बढी घटक र स्वतन्त्र राजनीतिक समूहहरू जोडिइसकेका छन् । वामदेव गौतम, भीम रावल, राजेन्द्र श्रेष्ठदेखि नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसम्म पार्टीमा आबद्ध भइसकेका छन् । आइतबार मात्रै मनिष लिम्बू नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र जनता समाजवादी पार्टी (जसपा) उपाध्यक्ष शिवलाल थापाको समूह पनि नेकपामा समाहित भएको थियो ।

पार्टी नेतृत्वका अनुसार आज घोषणा हुने केन्द्रीय समिति महाधिवेशन आयोजक कमिटीका रूपमा रहनेछ । नेकपाका उपत्यका विशेष प्रदेश अध्यक्ष जगत सिंखडाका अनुसार कुल २,४९९ जना केन्द्रीय सदस्य घोषणा गर्ने तयारी छ । यद्यपि, पूर्व माओवादी केन्द्रतर्फबाट करिब २०० भन्दा बढी केन्द्रीय सदस्यको टुंगो लाग्न बाँकी रहेकाले आज झण्डै साढे २२ सय सदस्यले मात्रै शपथ लिनेछन् ।

केन्द्रीय सदस्यहरूलाई पार्टीका अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहण भौतिक र भर्चुअल दुवै माध्यमबाट हुनेछ । काठमाडौंमा उपलब्ध सदस्यहरू पेरिसडाँडामै उपस्थित हुनेछन् भने बाहिर रहेका सदस्यहरूका लागि अनलाइन माध्यमको व्यवस्था गरिएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यका अनुसार एकता प्रक्रियामा सहभागी दलका केन्द्रीय सदस्यहरू स्वतः नेकपाको केन्द्रीय सदस्य बन्ने नीति लिइएकाले केन्द्रीय समितिको आकार ठूलो भएको हो । उनका अनुसार पार्टीमा हाल झण्डै २५ सय केन्द्रीय सदस्य छन् ।

सिंखडाका अनुसार केन्द्रीय समितिमा पूर्व माओवादी केन्द्रबाट ६० प्रतिशत र नेकपा एकीकृत समाजवादीसहित अन्य घटकबाट ४० प्रतिशत सदस्य समावेश गरिएको छ । पार्टी एकता घोषणा गर्दा ६ महिनाभित्र महाधिवेशन गर्ने र निर्वाचित केन्द्रीय कमिटीको आकार १९९ सदस्यीय बनाउने सहमति भएको थियो । अहिले घोषणा हुने सबै सदस्यहरू महाधिवेशन आयोजक कमिटी सदस्यका रूपमा रहनेछन् र महाधिवेशनपछि केन्द्रीय समिति १९९ सदस्यीय नै बनाइने पार्टीको दाबी छ । शपथ ग्रहणपछि केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ शुल्क बुझाएपछि पार्टीको परिचयपत्र पाउने व्यवस्था गरिएको छ । आजको कार्यक्रमलाई नेकपाले पार्टी एकतापछिको महत्वपूर्ण संगठनात्मक शक्ति प्रदर्शनका रूपमा लिएको छ ।

 

कांग्रेस विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा देखिएको छ । एकातिर विशेष महाधिवेशन पक्षधरले दोस्रो विशेष महाधिवेशनलाई निरन्तरता दिइरहेका छन् भने अर्कोतिर पार्टी संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । दुवै गतिविधि आज एकै दिन परेका छन् ।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइए पनि विशेष महाधिवेशन पक्षका नेताहरूले बहिष्कार गर्ने जानकारी दिएका हुन् । उनीहरूका अनुसार विशेष महाधिवेशनपछि उत्पन्न परिस्थितिमा संस्थापन पक्षले बोलाएको बैठक वैधानिक नभएको ठहर गरिएको छ ।

यता, विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्द सत्र आज बिहान ९ बजेदेखि सुरु गरेका छन् । पुस २७ र २८ गतेका लागि तय गरिएको महाधिवेशन विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिएपछि कार्यतालिका संशोधन गर्दै मंगलबारसम्म लम्ब्याइएको हो । महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार समय अभावका कारण कार्यक्रम परिमार्जन गरिएको हो ।

आज पनि महाधिवेशन प्रतिनिधिको दर्ता जारी रहने र हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्‍याउने तयारी गरिएको छ । बन्द सत्रमा निर्वाचन समिति, अनुशासन समिति, केन्द्रीय समिति लगायतका संरचना भङ्ग गरी नयाँ नेतृत्व र नीति तय गर्ने तयारी विशेष महाधिवेशन पक्षको छ ।

अर्कोतर्फ, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित हुन निर्देशन दिइएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले बताएका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक दाबी गर्दै पार्टीको आधिकारिक निर्णय प्रक्रिया केन्द्रीय कार्यसमितिबाटै हुने अडान लिएको छ ।

यसैबीच, पार्टीभित्र बढ्दो विवाद समाधानका लागि आजै दुवै पक्षबीच वार्ता हुने भनिए पनि त्यसको समय र स्थान भने सार्वजनिक गरिएको छैन । कांग्रेसभित्र समानान्तर गतिविधि र बैठकहरूले पार्टीको आन्तरिक कलह अझ गहिरिँदै गएको संकेत देखिएको छ ।

विभाजनको जोखिममा कांग्रेस, विशेष महाधिवेशन–संस्थापन पक्षबीच वार्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसभित्र गहिरिँदै गएको आन्तरिक विवाद समाधानको निर्णायक प्रयासस्वरूप विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता हुने भएको छ । नीति र नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशन अघि बढाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग संवाद गर्न चार सदस्यीय वार्ता समिति गठन गरेका छन् ।

विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुनेछन् । संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने तयारी छ । वार्ताको समय र स्थान भने अन्तिम रूपले तोकिएको छैन, तर मंगलबार छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने सन्देश दिँदै आएका छन् । यद्यपि, पार्टी विभाजनको जोखिम बढ्दै गएपछि संस्थापन पक्ष संवादतर्फ अघि बढेको हो । देउवाले आफूपक्षीय नेताहरूसँग परामर्शपछि वार्ताका लागि खड्का र लेखकलाई जिम्मेवारी दिएका छन् ।

विशेष महाधिवेशन पक्षले आफूहरूसँग ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको समर्थन रहेको दाबी गर्दै आएको छ । संस्थापन पक्षले बेवास्ता गरे आजैदेखि नेतृत्व चयनको निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी समेत दिइएको छ । विशेष महाधिवेशन पक्षका नेताहरूका अनुसार यो प्रक्रिया पार्टी विधानअनुसार भएकाले वैधानिकतामा समस्या नहुने उनीहरूको अडान छ ।

वार्ता समितिका सदस्य देवराज चालिसेले भने, ‘हामी संवादका लागि पूर्ण रूपमा तयार छौं । सभापति देउवा पक्ष हठ त्यागेर आएमा पार्टीलाई एकताबद्ध राख्न अधिकतम लचकता अपनाउँछौं ।’ उनले वार्ताका लागि वार्ता मात्र होइन, विधानको सर्वोच्चता, राजनीतिक समाधान र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखिने स्पष्ट पारे ।

यसैबीच, कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक पनि बोलाएको छ । उता विशेष महाधिवेशन पक्षले समूहगत छलफल र नेतृत्व चयन प्रक्रिया अघि बढाउने कार्यक्रम सार्वजनिक गरिसकेको छ । दुवै पक्ष पार्टी फुटको पक्षमा नरहेकाले संवादबाट निकास खोज्ने प्रयास तीव्र बनेको देखिन्छ ।

आइतबार उद्घाटन सत्र र सोमबार बन्द सत्र सम्पन्न भइसकेको विशेष महाधिवेशनले अब नेतृत्व चयनको मोड लिने कि सहमतिमार्फत पार्टी एकताबद्ध रहने भन्ने प्रश्न आजको वार्ताले टुंगो लगाउने अपेक्षा गरिएको छ । कांग्रेसभित्रको यो शक्ति संघर्ष अब निर्णायक घडीमा पुगेको छ ।

चुनावमा उम्मेदवार हुने मेयर-उपमेयरले राजीनामा गर्नु नपर्ने

स्थानीय तहका जनप्रतिनिधिले राजीनामा नदिएपनि फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न सक्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ। आयोगले सोमबार सामाजिक सञ्जालमार्फत बहालवाला मेयर, उपमेयर लगायतले राजीनामा नगरी उम्मेदवार बन्न सक्ने स्पष्ट पारेको हो । तर, उम्मेदवारी दर्ता भइसकेपछि भने उनीहरू स्वत:पदमुक्त पद हुने आयोगले‍ जनाएको छ ।  

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’, भरतपुर महानगरकी मेयर रेणु दाहाल, धरान उपमहानगरका मेयर हर्क साङपाङ लगायतका स्थानीय तहका जनप्रतिनिधि उम्मेदवार बन्ने तयारीमा छन् । स्थानीय तह मात्रै नभएर संघीय संसद, प्रदेश सभामा रहेका जनप्रतिनिधिले पनि उम्मेदवारी दर्ता अघि नै राजीनामा गर्न अनिवार्य नरहेको आयोगले जनाएको छ । 

‘सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य, नगर वा गाउसभाको सदस्य पदमा बहाल रहेको व्यक्ति सङ्घीय संसदको सदस्य वा प्रदेश सभाको सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयन पत्र दर्ता भएपछी त्यस्तो पदबाट स्वत: पदमुक्त भएको मानिनेछ,’ आयोगले फेसबुकमा सार्वजनिक गरेको सामग्रीमा उल्लेख छ। 

यो प्रावधान समानुपातिक उम्मेदवारको हकमा पनि लागु हुने आयोगले जनाएको छ ।May be an image of text that says "निर्वाचित जनप्रतिनिधिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनु अधि पदबाट राजीनामा दिनु पर्छ कि पर्दैन? सड़धीय संसदको सदस्य, प्रदेश सभा सदस्य, गाऊ सभाको सदस्य वा नगर सभाको सदस्य पदमा बहाल रहेको व्यक्ति सझ्घीय संसदको सदस्य वा प्रदेश सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयनपत्र दर्ता भएपछ त्यस्तो पदबाट स्वतः पदमुक्त भएको मानिने छ| "मनोनयनपत्र दर्ता" भन्नाले समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूची दर्ता भएकोलाई समेत जनाउछ। W1A ក្កសា JI निर्वाचनआयोग,नेपाल निर्वाचन आयोग, नेपाल ELECTION COMMISSION, ELECTIONCOMMISSION,WEPAL NEPAL प्रतिलिसी रमा ।्वरय निर्वचन २0८શ २१ फागुन"

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई लिएर सैन्य हस्तक्षेप गर्ने बारम्बार धम्की दिएपछि इरानका विदेशमन्त्रीले सोमबार इस्लामिक गणतन्त्र युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताएका छन् ।

सुरुमा आर्थिक गुनासोबाटसुरु भएको दुई हप्ताभन्दा बढी लामो विरोध प्रदर्शन सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा शासन गर्दै आएको इस्लामिक प्रशासनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती बनेको छ । सङ्कटको गम्भीरताको सङ्केतपछि इरानी अधिकारीहरूले ८४ घण्टादेखि इन्टरनेटमा प्रतिबन्ध लगाएका छन् । सरकारले इन्टरनेटमा प्रतिबन्ध लगाउनु अधिकारकर्मीहरूको बुझाइमा इरानमा चलिरहेको आन्दोलनबारे नागरिकलाई यथार्थ तथ्य लुकाउनु र जानकारी बाहिरिन नदिनु हो ।

नर्वेमा मुख्यालय रहेको एक इरानी गैरसरकारी संस्था इरान ह्युमन राइट्स (आईएचआर) ले कम्तीमा १९२ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ । अप्रमाणित रिपोर्ट अनुसार सयौँको सङ्ख्यामा आन्दोलनकारीको मृत्यु भएको छ । आइएचआरले भनेको छ, ‘केही स्रोतले आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको हुनसक्ने र दुई हजार ६०० भन्दा बढी पक्राउपरेको बताएका छन् ।’

इरानमा प्रतिबन्धित विपक्षी समूह पिपुल्स मुजाहिद्दिन (एमइके) ले आफ्नो स्रोतलाई उद्धृत गर्दै तीन हजारभन्दा बढी व्यक्ति मारिएको बताएको छ । इरानको सरकारी मिडियाले सुरक्षा बलका दर्जनौँ सदस्यहरू मारिएको र उनीहरूको अन्त्येष्टि सरकार समर्थक र्यालीमा परिणत भएको बताएको छ।

इरानबाट निस्किने समाचार संस्था तथा पत्रपत्रिकाहरूले प्रदर्शनको आकर्षण क्रमशः घट्दै गइरहेको बताएका छन् । तेहरानका गभर्नर मोहम्मद सादेग मोटामेदियनलाई उद्धृत गरी एक टेलिभिजनमार्फत प्रशारित अन्तवार्तामा प्रदर्शन घटिरहेको बताइएको छ ।

सरकारले ‘दङ्गा’ का पीडितहरूका लागि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेसँगै सोमबार तेहरानमा प्रदर्शन निकालिएको छ । इस्लामिक गणतन्त्रको संस्थापन पक्षधरहरूले प्रदर्शनमा व्यापक सहभागिता भएको तस्बिर प्रसारण गरेको छ ।

एआई पहलमा भारतलाई अमेरिकी निम्तो

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आपूर्ति शृङ्खलालाई सुरक्षित गर्ने उद्देश्यले अमेरिकाको नेतृत्वमा सुरु गरिएको नयाँ अन्तर्राष्ट्रिय पहलमा सहभागी हुन भारतलाई आगामी महिना औपचारिक रूपमा आमन्त्रण गरिने नयाँदिल्लीका लागि नवनियुक्त अमेरिकी राजदूत सर्जियो गोरले सोमबार बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा भारतले रुसी तेल खरिद जारी राखेको आरोप लगाउँदै अधिकांश भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुई देशबीचको सम्बन्धमा केही चिसोपन आएको थियो । यद्यपि, दुवै पक्षले लामो समयदेखि रोकिएको व्यापार सम्झौतामा वार्ता अघि बढाइरहेका छन् । अमेरिकी दूतावासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजदूत गोरले संयुक्त राज्य अमेरिकाले गत महिना सुरु गरेको ‘प्याक्स सिलिका’ पहलको पूर्ण सदस्य बन्न भारतलाई आग्रह गरिने जानकारी दिए ।

अमेरिकाको नेतृत्वमा अघि बढाइएको यस प्रयासमा जापान, दक्षिण कोरिया, सिङ्गापुर र अस्ट्रेलियाजस्ता प्रमुख एसिया–प्यासिफिक साझेदारहरूसँगै इजरायल पनि सहभागी छन् । यस पहलको मुख्य उद्देश्य एआई आपूर्ति शृङ्खलामा चीनको बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउनु हो ।

‘शान्ति’ र ‘सिलिकन’ का लागि प्रयोग हुने ल्याटिन शब्दबाट नामकरण गरिएको ‘प्याक्स सिलिका’ गठबन्धनले चीनमा निर्भर नरहने गरी अत्यावश्यक प्रविधि र कम्पोनेन्टहरूको सुरक्षित आपूर्ति शृङ्खला निर्माण गर्ने लक्ष्य राखेको छ । ‘विश्वले द्रुत गतिमा नयाँ प्रविधि अँगाल्दै गएको सन्दर्भमा यो पहलको सुरुदेखि नै भारत र संयुक्त राज्य अमेरिकाले मिलेर काम गर्नु अत्यावश्यक छ’, गोरले आफ्नो कार्यभार सम्हाल्नुअघि भने ।

भारतलाई अमेरिकाका लागि ‘कुनै पनि साझेदारभन्दा कम महत्त्वपूर्ण नभएको’ मुलुकका रूपमा वर्णन गर्दै उहाँले द्विपक्षीय सम्बन्धलाई ‘अर्को स्तरमा’ पुर्‍याउने स्पष्ट जनादेश लिएर आफू आएको उल्लेख गरे। उनका अनुसार यो सम्बन्ध ‘विश्वको सबैभन्दा पुरानो लोकतन्त्र र विश्वको सबैभन्दा ठूलो लोकतन्त्र’ बीचको साझेदारी हो । राजदूत गोरले राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको व्यक्तिगत सम्बन्धले पनि द्विपक्षीय सहकार्यलाई बल दिएको बताए ।

‘संयुक्त राज्य अमेरिका र भारत साझा हितले मात्र होइन, उच्च स्तरको आपसी सम्बन्धले पनि जोडिएका छन् । वास्तविक मित्रहरूबीच असहमति हुन सक्छ, तर अन्ततः आफ्ना मतभेद समाधान गर्न सक्छन्’, उनले भने ।

विशेष महाधिवेशन चलिरहँदा संस्थापनले बोलायो केन्द्रीय समिति बैठक

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन चलिरहेको बेला नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

सोमबार साँझ विज्ञप्ति जारी गरेर मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक बोलाइएको जानकारी गराएका हुन् । बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

भदौको जेनजी विद्रोहपछि नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद चर्कँदै गएको थियो । नियमित महाधिवेशन गर्ने विषयमा कुरा नमिलेपछि महामन्त्री द्वयको अगुवाइमा हिजोबाट विशेष महाधिवेशन सुरू भएको छ ।

विशेष महाधिवेशनमा संस्थापन र शेखर कोइराला पक्ष सहभागी छैनन् ।

विशेष महाधिवेशनमा भोलि नेतृत्व छनोटको कार्यक्रम राखिएपछि काँग्रेस फुटको नजिक पुगेको छ । पार्टीलाई विभाजनबाट रोक्नका लागि उचित कदम चाल्ने नेताहरूले देउवा र महामन्त्रीद्वयमाथि दबाव सिर्जना गरिरहेका छन् ।

 

May be an illustration of text that says "नेपाली कांग्रेस केंद्रीय कार्यालय तीी स्मृति भबन ललितम्तुर, नैपात नैपान *?ಣಾಪడ್ಿ पौष २5, २०२ केन्द्रीय कार्यसमितिको बैठक सम्बन्धमा। नेपाली कांग्रेस कें्द्रीय कार्यसमतिको बैठक भोलि २०६२ पौप २९ गते मंगलबारका दिन विहान ၇၇း၀၀ वजे पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, पी. नगर ललितपुरमा वस्ने भएको ख उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहकु, आमत्त्ित सदस्यहरू ७ वटै प्रदेशकतर सभापतिहरुको उपस्यितिका लागि निर्देशानुसार अनुरोध गारिन्छ कृष्णपसाद बौडेल मुख्य सचिव 名いう、:・七のお・たの मशकीन (००९४७-੧। 북드ㅋㅋ독ㅋ /생9드리뮤딕산/북으드코워터지, 넛후드리감독어 पटाक्स 북9드ㅋ수독독 E-Taй: info@dnepalicongrens.org/ Internet Access: http:/www.pai.cengres.org"

रन्जु दर्शनाले समानुपातिकबाट नाम फिर्ता लिइन्, काठमाडौं-१मा उम्मेदवारी दिने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ रन्जु दर्शनाले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छिन् । नाम फिर्ता लिन निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको थियो । दर्शनाले वारेशमार्फत नाम फिर्ताका लागि निवेदन दिएकी हुन् ।

यसअघि पुस १४ गते पार्टीले बुझाएको समानुपातिक उम्मेद्वारको बन्दसूचीमा दर्शनाको नाम खसआर्य महिलामा समावेश थियो । समानुपातिक उम्मेद्वारका लागि रास्वपाले गरेको निर्वाचनमा उनले खसआर्य महिलातर्फ सबैभन्दा धेरै मत ल्याएकी थिइन् ।

तर, काठमाडौं-१बाट उम्मेद्वार बन्ने सम्भावनामा छलफल भएपछि उनले समानुपातिकबाट नाम फिर्ता लिनका लागि आयोगमा निवेदन दिएकी हुन् ।

नयाँ संविधान जारी भएपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् । २१ वर्षमै देशको सबैभन्दा ठूलो महानगरपालिकाको मेयर बन्ने साहस गरेकी उनले त्यसबेला प्रशंसा मात्रै बटुलेकी थिइनन्, राम्रो मत पनि प्राप्त गरेकी थिइन् । पुराना दलहरूको दबदबा रहेको समयमा भर्खरै उदाउँदै गरेको र युवाहरूको वर्चश्व रहेको विवेकशील नेपालीबाट उम्मेद्वारी दिएको रञ्जुले २३ हजार मत ल्याएर तेस्रो भएकी थिइन् ।

यसबेला रञ्जुको उम्मेद्वारी र उनले ल्याएको मतले नेपालमा वैकल्पिक राजनीति सम्भव छ र पुराना दलहरूको वर्चश्व तोड्न सकिन्छ भन्ने देखाएको थियो । यो निर्वाचनमा उनको उम्मेदवारीले नेपालमा वैकल्पिक राजनीतिको ब्रान्डिङ गरेको थियो । जसले २०७९को निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रुपमा काठमाडौंको मेयर बन्न सफल बालेन शाहका लागि जग बनाएको थियो ।

उनले उज्जवल थापाले सुरू गरेको विवेकशील अभियानमा सुरू देखि नै जोडिएकी र विवेकशील नेपालीले गरिरहेको वैकल्पिक राजनीतिलाई आम मानिसमा लैजान प्रमुख भूमिका खेलेकी थिइन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौं-५ बाट उम्मेद्वार बनेकी थिइन् ।

पछिल्लो समय उनी विवेकशील साझा पार्टीको महासचिवका रुपमा कार्यरत थिइन् । जेजनी विद्रोहपछि वैकल्पिक शक्तिहरूबीच एकता हुने क्रममा रास्वपा र विवेकशील साझा बीच एकताका लागि गठन गरिएको संवाद समितिमा पनि दर्शना थिइन् । रास्वपा र विवेकशील साझाबीच एकता भएपछि उनी रास्वपाको केन्द्रीय सदस्य बनेकी छिन् ।

समानुपातिक सूचीबाट नाम फिर्ता लिएपछि काठमाडौं-१मा प्रत्यक्षर्तफ उम्मेद्वारी दिनका लागि उनले छलफल थालेकी छिन् । यसमा रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थन रहेको तथा पार्टी सभापति रवि लामिछाने सकारात्मक रहेको रास्वपा स्रोतले जानकारी दिएको छ ।

गगन-विश्‍व ‘एक्सन’मा उत्रिँदा देउवा दर्शक, शेखर ‘कन्फ्युज’, काँग्रेस विभाजन उन्मुख

काठमाडौं । कांग्रेसमा गुट र भागबण्डा नयाँ कुरा होइन । तर, गगन-विश्‍वले विशेष महाधिवेशन डाकेपछि भने पुरानो समीकरणमा उथलपुथल आएको छ । भित्रभित्र स-साना गुटउपगुट रहलान् नै तर मुख्य रुपमा अब दुई समूह हुनेछन्- विशेष महाधिवेशन पक्षधर र विशेष महाधिवेशन विरोधी ।

हिजो महाधिवेशन सुरू हुँदासम्म त सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै उपस्थित भइदेलान् भन्‍ने आश थियो । यस्तो अपेक्षा गर्नलाई ३१ वर्षअघि तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको उदाहरण थियो । कहाँका किसुनजी, कहाँका शेरबहादुर दाइ ! बिहान बन्दसत्र सुरू हुनुअघि स्वकीय सचिव भानु देउवामार्फत खबर पठाए- महाधिवेशनस्थल आउँदै आउँदिनँ ।

देउवा नआएपछि अहिलेको संस्थापन पक्ष प्रष्ट रुपमा विशेष महाधिवेशनको विपक्षमा हुने नै भयो । २२ वर्षअघि आफैंले पार्टी फुटाएका शेरबहादुर देउवा विगत तीन महिनादेखि पार्टी विभाजनको बाटोमा हिँडेको दर्शक भएर हेरिरहेका छन् । दर्शक नभएर, कुनै लोभलालच नराखेर, समस्या समाधान गर्न चाहेको भए उनीसँग विकल्प थियो ।

दुई महामन्त्री गगन-विश्‍वले समयमै नियमित महाधिवेशन गरौं भनेकै थिए । महाधिवेशन गर्न कुन-कुन मितिमा के-के गर्ने भनेर तालिका पनि ल्याएका थिए । देउवाले यसैलाई कार्यान्वयन गराएर समयमा महाधिवेशन गराउन भूमिका खेलेको भए उनको हाइहाइ हुने थियो । तत्काल काँग्रेसभित्र त उनको पक्ष-विपक्ष हुन्थ्यो होला तर इतिहासमा उनी काँग्रेसले श्रद्धाका साथ सम्झिने पात्र हुने थिए । विशेष महाधिवेशनको बाटो हुँदै पार्टी फुट्यो भने बहुदलपछि हुने काँग्रेसको दोस्रो विभाजनको दोष उनकै थाप्लोमा पर्ने छ । उनी श्रद्धा होइन, आलोचनाका पात्र हुने छन् ।

उनलाई यो ठाउँसम्म उनकै निकटतमहरूले ल्याइपुर्‍याए । गणेशले झैं कैलाश फेरो मार्ने उनका श्रद्धालुहरूलाई डर थियो- महाधिवेशनबाट गगन वा शेखर सभापतिको रुपमा आए भने सभापति हुने त आशै छोडौं, पार्टीमा अहिले भएको हालीमुहाली पनि सिद्धिने डर ।

बरु अवसर थियो त शेखर कोइरालालाई । उनको मध्यमार्गको नीति सुरूमा ठिकै सुनिएको थियो । तर, यो मध्यमार्गले न गगन-विश्‍वलाई वैशाखे महाधिवेशनका लागि मनाउन सके, न देउवा पक्षलाई समयमै महाधिवेशन गर्न मनाउन सके ।

यो मध्यमार्गमा के गर्ने हो भन्‍नेमा उनी कन्फ्युजमै रहे । अहिलेकै नेतृत्वमा पुनर्संरचनाको प्रतिबद्धता नगरी काँग्रेसमा चुनावमा जानै हुँदैन भन्‍ने दुई महामन्त्रीको तर्क पनि उनलाई ठिकै लाग्यो । तर, चुनावको मुखमा कता महाधिवेशनतिर लाग्‍ने भन्‍ने संस्थापनको तर्क पनि उनलाई गलत लागेन । उनले कुनै निर्णय लिन सकेनन् । कन्फ्युजनमै रहे ।

उनको कन्फ्युजन यति लामो समय रह्यो कि विशेष महाधिवेशन सुरू हुँदा पनि उनले कुनै निर्णय लिन सकेनन् । बरू अर्को कन्फ्युजन थपियो- विशेष महाधिवेशनमा जाने कि नजाने ? अहिलेसम्म उनले कुनै निर्णय गर्न सकेका छैनन् ।

बरू, विशेष महाधिवेशनको उद्घाटन सत्र हेरेपछि भोलिपल्ट बिहानै सभापति देउवा भेट्न उनी महाराजगञ्‍ज गए । देउवालाई भने- पार्टी विभाजन हुँदैछ, यसलाई रोक्नुस् । तर, यो विभाजन रोक्ने कसरी हो ? उनले कुनै उपाय सुझाउन सकेनन् ।

शेखर निकटकै केही नेताहरू भन्छन्, समयमा नियमित महाधिवेशन गरेर वा विशेषमा उपस्थिति भएर यो संकटको बेलामा पार्टीको नेतृत्व गर्ने अवसर उनीसँग थियो, जसलाई उनले गुमाए । खासगरी, गगन र विश्‍वलाई आफ्ना प्रतिस्पर्धीका रूपमा हेर्ने उनको दृष्टिकोणका कारण उनी अनिर्णयको बन्दी भए ।

विशेष महाधिवेशनको दोश्रो दिन साँझ सभापति देउवा पक्ष र गगन-विश्‍व पक्षबीच संवाद हुने वातावरण बनिरहेको छ । यदि यो संवादले कुनै पनि निकास दिएन भने केही समय काँग्रेसमा विशेष महाधिवेशनले छानेको र पुरानो दुई वटा नेतृत्व हुनेछ । अनि, विशेष काँग्रेस र नियमित कांग्रेस हुने छ ।

यो विभाजन रेखा मेटाउन काँग्रेसको वर्तमान नेतृत्व र विशेषले छान्‍ने नेतृत्व सफल होला त ?  यसको जवाफ समयले दिने छ ।

एकताका आतंक मच्चाउने मनिषलाई प्रचण्डको ओत

काठमाडौं । पूर्वमा भूमिगत संगठनको नाममा केही वर्षअघिसम्म आतंक मच्चाउथे– मनिष हेल्लोक ।

जलविद्युत् क्षेत्रका प्रबद्र्धक र कर्मचारीलाई बन्धक बनाउँथे । फिरौती माग्थे ।  अलैँची व्यवसायीसँग चन्दा असुल गर्थे ।

विस्फोटक पदार्थ ठाउँठाउँमा राखेर शान्ति सुरक्षामा चुनौती दिने काम गर्थे ।

माओवादी युद्धपछि पूर्वी भेगमा कुनै संगठनले भूमिगत रूपमा आतंक मच्चायो भने त्यो मनिष नेतृत्वको किरात लिम्बुवान राष्ट्रिय परिषद्ले थियो ।

हाराहाङ समूहले केहीपछि खासगरी ताप्लेजुङको उत्तर–पूर्वी भेगमा आतंक मच्चायो ।

तर, केही समयमै तत्कालीन ताप्लेजुङका डीएसपी शान्तिराज कोइरालाले हाराहाङको आतंकवादी गतिविधि नियन्त्रणमा लिए ।

मनिष भने पक्राउ पर्ने र फेरि छुुटेर आतंक मच्चाउँथे । २६ भदौ २०७२ मा पक्राउ पर्दा त एक थान पेस्तोल, २ थान म्यागजिन र एक राउन्ड गोलीसहित पक्राउ परे ।

उनको पक्राउ पर्ने र छुट्ने साँधी नै भएन । उनी अरुण–सभाखोला पूूर्व स्वायत्त लिम्बुवानको माग गर्थे । पछिल्लो समय उनी लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष थिए ।

उनै मनिष सोमबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मिसिए । उनलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराए ।

प्रचण्ड औधी खुसी भए । कांग्रेस र एमालेलाई कटाक्ष गरे

‘अरु ठूला भनिएकाहरू विभाजनको बीचबाट गुज्रिएका छन् । धेरैभन्दा धेरै राष्ट्रिय शक्तिहरूबीच एकता गरेर समाजवादी आन्दोलनमा अग्रसर हुँदैछौँ,’ प्रचण्डले भने ।

गगन–विश्वसँग छलफल गर्ने जिम्मा देउवा र खड्कालाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेतहरूसँग छलफल गरेका छन् । केहीबेरअघि सभापति शेरबहादुर देउवासँग भएको छलफलले दुई महामन्त्रीसँग कुरा गर्ने जिम्मा सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिने निष्कर्ष निकालेको हो ।

‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ छलफलमा सहभागी मीनबहादुर विश्वकर्माले सुनाए, ‘कोही पनि पार्टी विभाजन चाहँदैन । मत मात्रै होइन, पार्टी पनि एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको हो । उनले महामन्त्रीहरूसँगको छलफल आजै र चाँडै हुने पनि बताए ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई फुटको अवस्थामा जान सक्ने भन्दै पार्टी जोगाउन दबाब दिएका छन् । आज (सोमबार) विशेष महाधिवेशनले आफू नेतृत्वको केन्द्रीय समिति नै भंग गर्ने कार्यविधि ल्याएसँगै देउवाले आफू निकटका पदाधिकारीहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा लागि महाराजगञ्ज पुगेका शेखरले विशेष महाधिवेशनपछि पार्टी सग्लो रहन नसक्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

यसैबीच महामन्त्री विश्वप्रकाश शर्माले पठाएका सम्भावित सहमतिका प्रस्तावहरू कोइरालाले देउवालाई बुझाएका छन् । नेता कोइराला उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित देउवा निवास पुगेका कोइराला देउवासँग आधा घण्टा भेटेर निस्किएका छन् । उनीहरूले विशेष महाधिवेशन पक्षधरहरूले न्यूनतम सहमतिका लागि बुझाएका प्रस्तावमा सकारात्मक बन्न र पार्टी एकता जोगाउन सभापति देउवालाई दबाब दिएका छन् । उता महाधिवेशनको बन्दसत्रमा सभापति देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने प्रस्ताव पेश भएको छ । शेखरसँगको भेट लगत्तै देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् ।

लम्बियो कांग्रेस विशेष महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो । बैठक मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिएका छन् ।

मंगलबार नै नेतृत्व चयन समेत थालिने उनले बताएका छन् । ‘महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ,’ उनले भने, ‘यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’ महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल जारी छ ।

समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने ६० पुगे, जनमतका मात्रै २० जना

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दलले बुझाएको समानुपातिक बन्दसूचीबाट ६० जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । आज (सोमबार) दिउँसो ३ बजेसम्म निवेदन दिनेको संख्या ६० रहेको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ । अब करिब एक घण्टा निवेदन दिने समय भएकाले थप हुन सक्ने उनले बताए । उनले थप १०० वटा जति निवेदन आयोगमा आएको बताएका छन् । उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन् । जनमतका २० जनाले निवेदन दिएका छन् । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका १२ र एमालेका ३ जना छन् । निर्वाचन आयोग स्रोतका अनुसार त्यो संख्या अझै थपिन सक्छ । एमालेका खसआर्यतर्फ नाम राखेका ठाकुरप्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

बन्दसूचीमा नाम रहेका व्यक्तिहरु स्वयं उपस्थित भएर नाम फिर्ता लिने निवेदन दिइरहेका छन् । १३ र १४ पुसमा ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ राजनीतिक दलले समानुपातिकतर्फ चुनावमा भाग लिने गरी बन्दसूची बुझाएका थिन् ।प्रतिनिधिसभाको २ सय ७५ सिटमा १ सय १० जना समानुपातिक प्रणालीबाट छानिन्छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले पनि समानुपातिकतर्फको बन्दसूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा निवेदन दिएकी छन् ।

बन्दसूचीमा आफ्नो नाम तल पारिएको भन्दै उनी असन्तुष्ट बनेकी रञ्जुको निवेदन लिएर पार्टीका एक प्रतिनिधि आज निर्वाचन आयोग पुगेका हुन् । रास्वपाले रञ्जुलाई खस आर्य महिलातर्फ समानुपातिक बन्दसूचीको १०औं स्थानमा राखेको थियो । तर पार्टीको प्राइमरी चुनावमा महिलातर्फ सबैभन्दा धेरै मत ल्याए पनि बन्द सूचीमा अपेक्षित प्राथमिकता नपाएको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको थियो । आइतबार पार्टीले बन्द सूचीमा संशोधन गरे पनि रञ्जुको स्थान अगाडि नबढाइएपछि उनी थप असन्तुष्ट बनेकी छन् । उज्यालो नेपाल पार्टीसँगको एकता भाँडिएपछि रास्वपाले बन्दसूची अद्यावधिक गरेको थियो । त्योसँगै समानुपातिकतर्फको केही नाम तलमाथि परेको हो ।

कांग्रेसको नेतृत्वमा सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेन–जी, नयाँ उदाएका शक्ति र राजनीतिक दलको बीचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् । उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाई छ । उनले अहिले राष्ट्रिय एकताको खाँचौ औल्याए । कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘सर्वसम्वत, सर्वदलीय जेनजीदेखि लिएर धेरै शक्तिहरु अहिले आएको छ, उनीहरुको गोलमेच सम्मेलन नेपाली कांग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नु पर्छ । यो महाधिवेशनले आफ्नो विधिविधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई कांग्रेसको विधान अनुसार त्यसलाई मान्नु पर्छ । राष्ट्रिय एकताको खाँचो छ ।’ उनले विशेष महाविधेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताए । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उनको भनाई छ ।

‘निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने बताएका छन् । मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका लागि आजदेखि सुरु भएको निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आचारसंहितालाई कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिए । राजनीतिक दलका उम्मेद्वारले अरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे भन्दै दोष देखाएर आफूले नै बढी आचारसंहिता पालना नगर्ने गरेकाले यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने बताए ।

आयोगका आयुक्तको संयोजकत्वमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कडा रुपमा आचारसंहिता पालना गराउने उनले सुनाए । २०७९ सालभन्दा पहिले जस्तो आचारसंहिता उल्लङ्घनलाई छुट दिने खालको नभएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । निर्वाचन आयोगका काँधमा निर्विकल्प रुपमा निर्वाचन गर्नुपर्ने दायित्व आएकाले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको पनि सामूहिक दायित्व भएको पनि उनले सुनाए ।

निर्वाचन विथोल्ने व्यक्तिलाई छुट दिन नहुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ । ‘निर्वाचन पर्यवेक्षकले अनेक गतिविधि गर्लान्, त्यसको अनदेखा गर्ने छुट पनि हामीलाई छैन, विगतमा पर्यवेक्षण गर्नेले उम्मेद्वारका पक्षमा गतिविधि गर्न थालेपछि कारबाही गरेर पर्यवेक्षण अनुमति खारेज गरी देश निकाला गरिएको थियो, यसैले पर्यवेक्षकको पनि अनुगमन गर्नुहोला, निर्वाचन कानुन र आचारसंहिता विपरीतका काम गरे कारबाही गर्नुहोला, त्यसको जानकारी आयोगमा पनि पठाउनुहोला’, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ।

कानुनको व्याख्या गलत ढङ्गले गर्ने, निर्वाचनको प्रक्रिया गलत गर्ने र कानुन उल्लङ्घन गर्नेलाई छुट दिनु नहुने उनले बताए । न्यायकर्मीले यसमा न्याय गर्नुहुन्छ भनेर नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी गराए । परेका उजुरीलाई मुख्य निर्वाचन अधिकृतले समयमै किनारा लगाउनुपर्नेमा पनि उनले जोड दिए ।

भङ्ग भएको अनुशासनलाई लयमा ल्याएर शान्ति स्थापनाका लागि निर्वाचन गर्नुपर्ने भएकाले त्यो दायित्व सबैले पूरा गर्नुपर्नेमा उनले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यानाकर्षण गराए । निर्वाचन आउने विषय पेचिला हुने गरेकाले त्यसलाई हेरेर मूल्याङ्कन गरेर काम गर्नुपर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । सफल रुपमा निर्वाचन गर्ने विषयलाई निष्ठा बनाउन पनि उनले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यानाकर्षण गराए । अहिले माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको काम, प्रतिनिधिसभा समानुपातिकतर्फको बन्द सूचीबाट निर्वाचित हुने ११० र प्रत्यक्ष निर्वाचित १६५ सदस्यको काम पनि एक साथ भइरहेको आयोगले जनाएको छ ।

माघ २० गते समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची अन्तिम गरी नाम प्रकाशन गरिने जनाइएको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले दुई दिने अभिमुखीकरण कार्यक्रममा चार समूह बनाएर छलफल गरिने जानकारी गराए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी करिब १२० जनाको सहभागिता रहेको छ । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं विश्वसनीय रुपमा निर्वाचन गराउन अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने बताए । निर्वाचनलाई थप व्यवस्थित, मर्यादित बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले सुनाए । कार्यक्रमले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुमा समान बुझाइ हासिल हुने विश्वास गरिएको छ ।

कांग्रेसमा ‘ल्याट्रल इन्ट्री’ देखि समानुपातिकमा एक पटकको सीमा

काठमाडौं । नेपाली कांग्रेसले पार्टी संरचना, उम्मेदवार छनोट र शासन अभ्यासमा दूरगामी प्रभाव पार्ने सुधार प्रस्ताव अघि सारेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्री गगन थापाले पेस गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावले पार्टीमा ‘ल्याट्रल इन्ट्री’ को ढोका खोल्नुका साथै समानुपातिक प्रणालीमा दोहोरिने अवसरलाई अन्त्य गर्ने नीति अघि सारेको छ ।

थापाको प्रस्तावअनुसार अब विभिन्न पेशागत तथा व्यावसायिक क्षेत्रमा लामो योगदान दिएका चर्चित र सक्षम व्यक्तिहरूले कांग्रेसको क्रियाशील सदस्यता नलिई पनि निश्चित प्रक्रिया पूरा गरी पार्टीको माथिल्लो संरचना र निर्वाचनमा प्रवेश पाउन सक्नेछन्। यसलाई ‘छड्के प्रवेश’ अर्थात् ल्याट्रल इन्ट्रीको व्यवस्था गरिएको छ । पार्टीका तर्फबाट निश्चित प्रतिशत उम्मेदवार यस्तै पृष्ठभूमिका व्यक्तिबाट बनाउने प्रस्तावसमेत गरिएको छ ।

समानुपातिकमा एक पटक मात्रै अवसर
प्रस्तावको अर्को महत्वपूर्ण पक्ष समानुपातिक निर्वाचन प्रणालीसँग जोडिएको छ । एउटै व्यक्तिले पटक–पटक समानुपातिक सांसद बन्ने परम्पराको अन्त्य गर्न अब एक व्यक्तिले जीवनमा एकपटक मात्र समानुपातिक सांसद बन्न पाउने व्यवस्था गर्ने उल्लेख छ । यससँगै पार्टीका तर्फबाट स्थानीय, प्रदेश र संघीय तहमा राज्यका कुनै पनि जिम्मेवारी वा शासकीय पदको अवधि पनि तोकिने प्रस्ताव गरिएको छ । थापाले पार्टीभित्र सीमित व्यक्तिले बारम्बार अवसर पाउने प्रवृत्तिले संगठन र लोकतन्त्र दुवै कमजोर बनाएको उल्लेख गर्दै यसलाई अन्त्य गर्न संरचनागत सुधार अपरिहार्य भएको बताएका छन् ।

संविधान संशोधन र निर्वाचन प्रणाली सुधार
महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रस्तावमा संविधानको मर्म र भावना अनुसार संघीय प्रणालीलाई थप प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउन संविधान संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । समावेशी र समानुपातिक प्रणालीलाई अझ सुदृढ गर्दै राजनीतिक स्थायित्व सुनिश्चित हुने गरी निर्वाचन प्रणाली परिमार्जन आवश्यक रहेको निष्कर्ष प्रस्तावमा छ । कांग्रेसले संविधान संशोधनका सवालमा प्रमुख राजनीतिक दल र सबै सरोकारवालासँग सघन संवाद र परामर्श गर्ने नीति लिने जनाएको छ । संविधानलाई गतिशील दस्तावेजको रूपमा व्याख्या गर्दै नागरिकको भावना अनुसार समयसापेक्ष संशोधन लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गरिएको छ ।

दलीय सुधारका ८ बुँदा
थापाले दलीय सुधारका लागि आठवटा ठोस प्रस्ताव अघि सारेका छन्। तीमध्ये केन्द्रीय सभापतिदेखि सबै तहका पदाधिकारी अनिवार्य रूपमा वडा तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था, पार्टीभित्र आन्तरिक लोकतन्त्रको संस्थागत अभ्यास, समयमै निष्पक्ष आन्तरिक निर्वाचन, र निर्णय प्रक्रियामा महिला, युवा, मधेसी, दलित, मुस्लिम, अपांगता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विषय प्रमुख छन् । त्यस्तै, उम्मेदवार छनोटमा आन्तरिक प्रतिस्पर्धा (प्राइमरी निर्वाचन) लागू गर्ने, डिजिटल मूल्यांकन प्रणालीमार्फत योग्यता र योगदानका आधारमा उम्मेदवार सिफारिस गर्ने, प्रत्येक तहमा कम्तीमा एक तिहाइ महिला सहभागिता अनिवार्य गर्ने प्रस्ताव पनि समेटिएको छ ।

संसद र नागरिक सहभागिता सशक्त बनाउने लक्ष्य
प्रस्तावमा शासन प्रणालीमा नागरिक सहभागिता विस्तार गर्न सार्वजनिक नीति निर्माणअघि सार्वजनिक सुनुवाइ, नागरिक संवाद र डिजिटल परामर्शको व्यवस्था गर्ने उल्लेख छ । साथै सार्वभौम संसदलाई नीति निर्माण र निगरानीको सशक्त केन्द्रका रूपमा विकास गर्ने, संसदीय समितिलाई अध्ययन र तथ्यमा आधारित निर्णय गर्ने संस्थाका रूपमा सबल बनाउने नीति लिइनेछ । गगन थापाको प्रस्तावले नेपाली कांग्रेसलाई नयाँ नेतृत्व संस्कृति, खुला प्रतिस्पर्धा र समावेशी लोकतन्त्रतर्फ उन्मुख गराउने प्रयासका रूपमा हेरिएको छ । महाधिवेशनबाट यी प्रस्ताव पारित भए कांग्रेसको आगामी राजनीतिक यात्रामा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।

 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गगन–विश्वलाई अपिल– पार्टी एकता प्रतिकूल गतिविधि नगर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता प्रतिकूल गतिविधि नगर्न अपिल गरेका छन् ।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा खड्काले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

उनले पार्टीमा एकतासाथ अगाडि बढ्न महामन्त्रीद्वय, महाधिवेशन प्रतिनिधिहरू सबैलाई अनुरोध गरे ।

सभापति शेरबहादुर देउवासँग निकटस्थ नेताहरूको छलफलपछि कार्यवाहक सभापति खड्काले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनपछि आगामी वैशाखमा १५औँ महाधिवेशन हुने र त्यहीँ महाधिवेशनमा नीति परिमार्जन र नेतृत्वको सहज परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले कांग्रेस अहिले निकै अप्ठेरो अवस्थामा रहेको पनि बताए ।

यता विशेष महाधिवेशनबाट कांग्रेसको नीति र नेतृत्व दुवै फेर्ने महामहामन्त्री गगन थापाले घोषणा गरिसकेका छन् । त्यसो हुँदा अब गगन सभापति बन्‍ने सम्भावना बढेर गएको छ ।

यदि, बन्दसत्रको हलबाट देउवालाई हटाएर गगन सभापति भए त्यसले पार्टी विभाजन गर्ने संशय पनि प्रकट भइरहेको छ ।

यस्तोमा कार्यवाहक सभापति खड्काले देउवासँगको छलफलपछि विज्ञप्ति जारी गरेर पार्टी एकता प्रतिकूल पार्ने गतिविधि नगर्न आग्रह गरेका हुन् ।

 

कांग्रेसको एकतामा असर पर्ने कुनै गतिविधि नगर्न खड्काको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पर्ने कुनै गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरलाई निर्देशन दिएका छन् । कार्यवाहक सभापति खड्काले सोमबार अपराह्न अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरलाई गम्भीर हुन आग्रह गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहेका बेला कावा सभापति खड्काले विज्ञप्ति जारी गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न अपिल गरेका हुन् । विशेष महाधिवेशनमा सहभागीलाई अपिल गर्दै खड्काले भनेका छन्, ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’
हेर्नुस् खड्काको अपिलः

गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारी नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी) लाई नियुक्त गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई संस्थानको नेतृत्व सुम्पने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार रिक्त रहेको संस्थानको अध्यक्ष पदमा भण्डारीलाई नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘गोरखापत्र संस्थानको रिक्त अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।’ उनी यसअघि अन्नपूर्ण पोस्ट दैनिकको प्रधान सम्पादकका रूपमा कार्यरत थिए ।

सोलुखुम्बुमा जीप दुर्घटना, दुईको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका ६ वाकुबाट वडा नम्बर ७ बरौदीतर्फ जाँदै गरेको बागमती प्रदेश बी एडी ७७४२ नम्बरको जीप सोमबार दिउँसो नयाँपाटी भन्ने स्थानमा दुर्घटना हुँदा अन्य ७ जना घाइते भएका छन् । दुर्घटनामा २८ वर्षीय चालक प्रदीप राई र कुसुम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।

उनका अनुसार जीप सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुई जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका र बाँकी ३ जनाको वाकु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रश्मिका गजलमा सन्तोषको स्वर गुञ्‍जियाे

हेर्दै हिमाल अग्लाे, कोसी घुमेर जाऊ

आऊ रमाइलाे याे, काेसी घुमेर जाऊ

कोसी प्रदेशको झापा बिर्तामोडमा ‘रश्मि गजल गुञ्‍जन’ सम्पन्‍न भएको छ । गजलकार रश्मि असफलका गजलहरू विश्‍व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठले एकल सङ्गीत र स्वरमा प्रस्तुत गरेका हुन् ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्‍च र गोल्डेन क्रियसनको आयोजना तथा अनाममण्डली र सप्तक सङ्गीत विद्यालय, बिर्तामोडको सहआयोजनामा आइतबार भएको कार्यक्रममा श्रेष्ठले असफलका विविध भावका ५ वटा गजल गाएका थिए ।

कोसी प्रदेशका प्रबुद्ध व्यक्तित्व, साहित्यकार तथा सङ्गीतकर्मीको उपस्थिति रहेको कार्यक्रममा भारतको दार्जिलिङका सङ्गीत साधक जीवनप्रकाश प्रधानको पनि सहभागिता थियो ।

कार्यक्रमलाई शुभकामना दिँदै स्रष्टा विवश बलिभद्र कोइरालाले रश्मि असफल आफैँमा कुशल शब्दशिल्पी भएकी र उनका गजलमा विश्‍व कीर्तिमानी सङ्गीतकारले भरेको धून अनि दिएको गला स्वाभाविक रूपमै सुमधुर हुने बताए । उनले नेपाली गजल गायनले गति लिएकामा खुसी पनि व्यक्त गरे ।

सङ्गीतकार जीवनप्रकाश प्रधानले अहिले नेपाली गजल गायन फैलिइरहेको अवस्थामा आफूले पनि ‘मतला’ एल्बम तयार पारेको र त्यही एल्बमका लागि नेपाल आएको सुनाए ।

‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०’का एक अभियन्ता तथा अनेगमका अध्यक्ष घनेन्द्र ओझाले गजल गायन अभियान १० वर्षभित्र सातै प्रदेशमा सञ्‍चालन गर्ने योजना अर्का अभियन्ता सङ्गीतकार/गायक सन्तोष श्रेष्ठ र आफ्नो रहेको भन्दै तर २ वर्षभित्रै ३ वटा प्रदेशमा सम्पन्न भइसकेको र अब चाँडै मधेस र लुम्बिनीमा पनि गायन गरिने सुनाए ।

अभियानअन्तर्गत नै राधा कणेल र आफ्ना शब्दमा सन्तोष श्रेष्ठकै सङ्गीत र स्वरमा ‘नसोधी’ एल्बम आइसकेको र ३ माघमा जीवनप्रकाश प्रधानको सङ्गीतमा भारतको दार्जिलिङबाट प्रकाशित राधा, रश्मि र आफ्ना शब्द रहेको ‘मतला’ एल्बम पनि सार्वजनिक हुने जानकारी दिए ।

ओझाले गजलकार असफल र सङ्गीतकार श्रेष्ठको छोटो परिचय दिँदै नारी गजलकारका एकल गजलको प्रत्यक्ष गायन कोसी प्रदेशमै पहिलो भएको बताए ।

असफल सशक्त र कुशल सर्जक भएकी भन्दै ओझाले उनलाई चाँडै गजलकृति प्रकाशनका लागि शुभकामना दिए ।

सङ्गीतकार एवं गायक श्रेष्ठ लोकबाट आधुनिक हुँदै अहिले गजल सङ्गीतमा सक्रिय रहेका भन्दै ओझाले श्रेष्ठ कुशल स्रष्टा पनि भएका बताए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल श्रेष्ठले गजल, कथा र उपन्यास कृतिसमेत प्रकाशन गरिसकेका जानकारी पनि ओझाले दिए ।

कार्यक्रमको अभिभावकत्व ग्रहण गरेका साहित्यकार पूर्वमुख्य सचिव एवं क्यानाडाका लागि पहिलो नेपाली राजदूत डा. भोजराज घिमिरेले नेपाली गजल गायन अभियानमा आफू पनि संलग्‍न रहेको र यस अभियानअन्तर्गत झापामा सुन्दर र भव्य कार्यक्रम भएकामा खुसी व्यक्त गर्दै गजलकार, सङ्गीतकार र अभियानलाई बधाई र शुभकामना दिए ।

स्रष्टा, सञ्‍चारकर्मी एवं समाजसेवी खगिन्द्रा खुसीको कुशल संयोजन र सञ्चालनमा कार्यक्रम रोचक बनेको थियो ।

यी हुन् मन्त्रिपरिषद बैठकका ६ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै, सरकारले वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार, गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।

हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरू :
– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने ।

– वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने ।

– २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।

– मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।

– गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने ।

– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

 

माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

 

गगनले भने – विशेष महाधिवेशनलाई अवैधानिक भन्‍न सक्दैसक्दैन, ढुक्क भएर बस्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन वैधानिक भएको दाबी गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले संविधान, कानुन र निर्वाचन आयोगले समेत आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक भन्‍न नसक्ने जिकिर गरे ।

महामन्त्री थापाले विशेष महाधिवेशनको वैैधानिकतामाथि कानुनतः प्रश्‍न उठाउने आँट कसैले गर्न नसक्ने दाबी गरे ।

उनले भने,‘यो विशेष महाधिवेशन वैैधानिक छ कि छैन ? यसको वैधानिक प्रावधान के छ ? हाम्रो संविधानले के भन्छ ? विरलै मात्र यस्तो संविधान छ, जुन संविधानमा राजनीतिक दलसम्बन्धी व्यवस्था गरिएको छ । त्यो मध्येको एउटा संविधान भनेको हाम्रो संविधान पनि हो ।’

उनले विशेष महाधिवेशन वैधानिक भएको जिकिर गर्दै महाधिवेशन प्रतिनिधिहरूले ढुक्क हुन आग्रह गरे ।

‘त्यो संविधानको व्यवस्था के छ, राजनीतिक दलसम्बन्धी ऐनमा के व्यवस्था छ ? हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित विधान हो,’ उनले भने, ‘आज यो विषयमा कसैले कानुनी प्रश्‍न उठायो भने नेपालको संविधानको आधारमा, नेपालको नेपालको निर्वाचन आयोगले १, २, ३ हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्‍न सक्दै सक्दैन । ढुक्क भएर बस्नुस् । सक्दैन ।’

महामन्त्री थापाले आफूहरूले कांग्रेसलाई जागृत गराउन पनि विशेष महाधिवेशन आयोजना गर्नुपरेको बताए ।

 

कुलमानका मान्छेहरु अर्को बन्दसूचीमा छिरे

काठमाडौं । उज्यालो नेपाल पार्टीका कम्तीमा २० नेताहरू राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूचीमा समावेश भएका छन् । जेनजी आन्दोलनमा घाइते भएका युवा राजेश पोर्तेल यो परिवर्तन पार्टीका अध्यक्ष हुन् । पोर्तेलले अधिकांश जेनजी युवाहरूलाई नै समावेश गरेर पार्टी दर्ता गरेका थिए । पार्टीले समानुपातिक उम्मेदवारहरुको बन्दसूची पनि बुझाइसकेको छ । उक्त सूचीमा रहेका नामहरु फिर्ता लिएर उज्यालो नेपालका तर्फबाट नाम समावेश गरिएको हो ।

उज्यालो नेपालका संस्थापक अध्यक्ष रहेका अनुपकुमार उपाध्याय खस आर्यतर्फ पहिलो स्थानमा रहेका छन् । उनी रास्वपाको पनि बन्द सूचीमा थिए । रास्वपाबाट नाम फिर्ता लिएर उनी यता आएको बुझिएको छ । केन्द्रीय सदस्य रिमा विश्वकर्मा भने रास्वपाकै सूचीमा यथावत छिन् ।

दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने निर्णय गर्दा निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने अवसर गुमाइसकेको उनेपाले अब राष्ट्रिय परिवर्तन पार्टीले बुझाएको बन्दसूची हेरफेर गर्दै अद्यावधिक गर्न लागेको हो । उनेपा अध्यक्ष कुलमान घिसिङले चुनाव तालमेलको लागि अन्य साना दलहरुसँग पनि छलफल गरिरहेको खबर बाहिरिएको छ ।

पछिल्लो एक वर्षमा घट्याे प्रेस स्वतन्त्रता हननका १२१ घटना

काठमाडौं । पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ वटा घटना भएका छन् । सबैभन्दा बढी ५० वटा धम्की र दुर्व्यवहारका घटना भएका छन् ।

प्रेस काउन्सिल नेपालका प्रवक्ता तथा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार पत्रकारमाथि धम्की र दुर्व्यवहारका घटना सर्वाधिक बागमतीमा १९ र मधेस प्रदेशमा १५ वटा भए ।

कुटपिट, आक्रमण र आगजनीका ३७ वटा घटना भएको छ । यी घटना सबैभन्दा बढी बागमतीमा १६ र मधेसमा ११ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

पेसागत असुरक्षाका १५ वटा घटना भएकोमा १४ वटा बागमतीमै भए । कब्जा र अवरोधका ९ वटा, पक्राउ तथा पक्राउ प्रयासका ५ वटा, नीतिगत बन्देज र शंकास्पद मृत्युको २–२ वटा र लैङ्‍गिक हिंसाका एकवटा घटना भए ।

प्रेस स्वतन्तता हननका घटनाबाट १९० जना पुरुष र १० जना महिला पीडित भए ।

यस अवधिमा १० वटा प्रेस स्वतन्त्रता दुरुपयोगका घटना पनि भएको काउन्सिलका प्रवक्ता खनालले बताए ।

 

आयल निगमको खुद नाफा १३ अर्ब ६७ करोड

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा १३ अर्ब ६७ करोड खुद नाफा कमाएको छ । निगमका अनुसार गत आर्थिक वर्षमा निगमले ३६७ अर्ब रूपैयाँको कारोबार गरेको छ । निगमले गत आर्थिक वर्षमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट उक्त रकम बराबरको कारोबार गरेको हो । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका थिए ।

निगमले सार्वजनिक गरेको तथ्यांकमा भनिएको छ, ‘गत आवमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट कुल ३६७ अर्बको कारोबार गरेकोमा खुद नाफा १३ अर्ब ६७ करोड भएको र सरकारी राजस्वमा १२४ अर्बको योगदान गरेको छ ।’ निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार निगमले गत आर्थिक वर्षमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल १२२ हजार किलोलिटर, मट्टितेल २ हजार किलोटिर र हवाई इन्धन १८ हजार किलोलिटर तटा एलपी ग्यास ४६ हजार टन आपूर्ति गरेको थियो ।

कार्यकारी निर्देशक भट्टले २०७१ सालमा सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’ नै निगम इतिहासमा सबैभन्दा महत्वपूर्ण कोशेढुंगा सावित भएको र यसैका कारण निगम आज आर्थिक रूपमा मजबुत बनेको उल्लेख गरे । करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा देशभरि दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण गर्नु आफैंमा चुनौतीपूर्ण रहेको भन्दै डा। भट्टले कर्मचारीको लगनशीलताको प्रशंसा गरे । एक कर्मचारीले औसत २० हजार सेवाग्राहीलाई सेवा दिइरहेको उनले बताए ।

 

 

देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूलाई छलफलमा बोलाएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा कार्यविधि प्रस्तुत भएपछि देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफू निकट नेताहरूलाई छलफलमा बोलाएका हुन् । ‘सभापतिले दिउँसो ३ बजे महाराजगञ्जमा छलफलका लागि बोलाउनुभएको छ,’ एक नेताले भने ।

संस्थापन पक्षले विशेष महाधिवेशनमा सहभागी नहुनका लागि गरेको अपिलका बाबजुद देशभरका बहुमत महाधिवेशन प्रतिनिधि कार्यक्रममा सहभागी बनेका छन् । १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट निर्वाचित पुष्पा भुसाल, डिला संग्रौला, देवेन्द्रराज कँडेल, उदय शमशेर राणा, भरत शाहलगायतका नेताहरू पनि विशेष महाधिवेशनमा सहभागी छन् । तीन महिनाअघि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूहकाे प्रदर्शन

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको छ । सोमवार काठमाडौंको माईतीघर मण्डलामा ढुंगाना समूहले वर्तमान सरकारले जेन–जी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको हो ।

ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार विफल भइसकेको भन्दै राजनीतिक दल र नागरिक समाज सम्मिमलित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताएको हो । सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले पुराना राजनीतिक दलका नेताहरुलाई सरकार प्रमुख नबनाउने गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताए । उनले प्रणाली नै खराब रहेको अवस्थामा वैधानिकता मात्र हेर्न नहुने कुरामा जोड दिए ।

उनले भने, ‘सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनमा जानुपर्छ । सबै कुरा बैधानिकतामा हेर्नु हुँदैन । सिस्टम नै बिग्रेको छ भने वैधानिकता हेरेर तपाई कहाँ पुग्नुहुन्छ । त्यसकारण अहिले सर्वसहमति गररे अघि जानुपर्छ । नयाँ पुराना सबैलाई राखेर सर्वसहमति गर्ने हो तर सर्वपक्षीय सरकारको नेतृत्व पुराना शीर्ष नेताले गर्ने हैन । यो कुरामा हामी क्लियर छौँ र मागिरहेका पनि यही हौँ ।’ कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बोक्न नसकेको भन्दै ढुंगाना समूह आन्दोलनरत छ ।

विशेष महाधिवेशन अवैध भएको संस्थापनको निष्कर्ष, अवैधानिक भन्न नसक्ने गगनको दावी

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिकताबारे तीव्र मतभेद देखिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशन अवैधानिक भएको निष्कर्ष निकालेको छ भने महामन्त्री गगन थापाले यसलाई पूर्णतः वैधानिक भन्दै कानुनी चुनौती आउन नसक्ने दाबी गरेका छन् ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकले महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन पार्टी विधानविपरीत रहेको ठहर गरेको हो । बैठकमा सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गर्न निर्देशन दिएका छन् । सोही निर्देशनअनुसार खड्का केहीबेरमै औपचारिक आह्वान गर्ने तयारीमा छन् ।

संस्थापन पक्षको निष्कर्षपछि कांग्रेसभित्र आन्तरिक विवाद थप सतहमा आएको छ । सभापति देउवाले आजै आफ्ना निकट केन्द्रीय सदस्यहरूसँग छुट्टै छलफल गर्दै पार्टीको आगामी रणनीति तय गर्ने तयारीसमेत गरेका छन् । यता, काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै महामन्त्री गगन थापाले संस्थापन पक्षको निष्कर्षलाई अस्वीकार गरेका छन् । उनले विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानअनुसार र पूर्णतः वैधानिक रहेको दाबी गरे ।

थापाका अनुसार कांग्रेसको विधान निर्वाचन आयोगबाट प्रमाणित भइसकेको छ र सोही विधानका आधारमा विशेष महाधिवेशन आयोजना गरिएको हो । ‘संविधान र राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था हेर्दा निर्वाचन आयोगले हाम्रो विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन’, उनले महाधिवेशन प्रतिनिधिहरूलाई ढाडस दिँदै भने ।

विशेष महाधिवेशनको वैधानिकताबारे आफूले कानुन व्यवसायीसँग समेत छलफल गरिसकेको उल्लेख गर्दै थापाले कुनै पनि कानुनी चुनौती सामना गर्न नपर्ने दाबी गरे । ‘ढुक्क भएर बस्नुस्, कानुनी रूपमा हामी सुरक्षित छौँ’, उनले प्रतिनिधिहरूलाई आश्वस्त पारे। विशेष महाधिवेशनलाई लिएर देखिएको यो दोहोरो धारणा कांग्रेसभित्र शक्ति संघर्षको नयाँ चरणको संकेतका रूपमा हेरिएको छ । अब कार्यवाहक सभापति खड्काको आह्वान र सभापति देउवाको थप राजनीतिक परामर्शले पार्टीको आन्तरिक समीकरण कुन दिशामा जान्छ भन्ने चासो बढेको छ ।

 

रवि–बालेन लक्षित गर्दै गगनले भने–पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूबाट सचेत रहौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पपुलिजम र अराजकतावादी प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर सचेतना आवश्यक रहेको बताएका छन् । पार्टीको जारी विशेष महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत उनले लोकतान्त्रिक मूल्य, उदारवाद र बहुलवादी सिद्धान्तमाथि चुनौती बढिरहेको उल्लेख गरे ।

थापाका अनुसार विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको प्रभाव नेपालमा पनि देखिन थालेको छ । प्रतिवेदनमा लोकतान्त्रिक प्रणालीलाई संस्थागत रूपमा बलियो बनाउनेभन्दा पनि ‘चमत्कारबाट देश बदलिन्छ’ भन्ने भ्रम फैलाउने पात्र र प्रवृत्तिहरू सक्रिय हुँदै गएको उल्लेख छ । उनले यस्ता सोच र गतिविधिले लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने चेतावनी दिएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्र कुनै जादु वा चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रियाको निरन्तर अभ्यास हो ।’ लोकतन्त्र मजबुत हुन लोकतान्त्रिक संस्था सक्षम, सबल र उत्तरदायी हुनुपर्नेमा जोड दिइएको छ । सरकार र राजनीतिक दल जनताप्रति जिम्मेवार भए मात्र विधि र पद्धतिको विकास हुने र त्यसबाट प्रणाली सुदृढ हुने थापाको धारणा छ । महामन्त्री थापाले लोकतन्त्रलाई केवल शासन प्रणालीको रूपमा मात्र नभई जीवन पद्धतिको रूपमा बुझ्नुपर्ने बताए । लोकतन्त्र विधिसम्मत, प्रक्रियामुखी र संस्थाप्रधान हुने स्पष्ट पार्दै उनले उदार तथा समावेशी लोकतन्त्र र बहुलवादी समाजको संरक्षण र प्रवद्र्धन नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गरे ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहतर्फ संकेत गर्दै थापाले पपुलिस्ट र अराजकतावादी प्रवृत्तिबाट सचेत रहन आग्रह गरे । लोकतन्त्र र संविधानको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्ने उनको आह्वान छ । यसैबीच, महामन्त्री थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेसले सशक्त भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्य तथा सफल बनाउन सक्रिय रूपमा लागिपर्ने बताए । उनले फागुन २१ मा हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि सरकारलाई पनि जिम्मेवार भूमिका खेल्न सचेत गराए । ‘नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्ध छ र सोही अनुरूप निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउँछ’, थापाले भने । उनले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै लोकतन्त्रलाई अझ प्रभावकारी बनाउन संरचनागत परिवर्तन र सुधार अपरिहार्य भएको धारणा राखे ।