`

भियतनामद्वारा २०३० मा सांस्कृतिक उत्पादन र सेवाबाट अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य

हानोई । भियतनामले सांस्कृतिक उद्योगको विकासलाई तीव्र पार्ने रणनीति अनुमोदन गरेको छ । यस रणनीतिअनुसार, सांस्कृतिक क्षेत्रमा वार्षिक करिब १० प्रतिशत वृद्धि हुने अपेक्षा राखिएको छ, र २०३० सम्म यसले देशको कुल उत्पादनमा ७ प्रतिशत योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

रणनीतिले सांस्कृतिक उद्योगका उत्पादनहरूको निर्यात मूल्य वार्षिक ७ प्रतिशतले वृद्धि हुने लक्ष्य समेत तय गरेको छ । यसैअनुरूप, देशभर सांस्कृतिक उद्योग केन्द्र, सिर्जनात्मक क्षेत्र र सांस्कृतिक परिसरोंको विकास गर्ने योजना बनाइएको छ, जसले स्थानीय र राष्ट्रिय ब्रान्डको विकासमा पनि योगदान पुर्‍याउनेछ ।

भियतनामले सन् २०४५ सम्म दिगो सांस्कृतिक उद्योग प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ, जसले राष्ट्रिय उत्पादनमा ९ प्रतिशत योगदान पुर्‍याउने र सांस्कृतिक वस्तु तथा सेवाहरूको निर्यात वार्षिक ९ प्रतिशतले बढाउने अपेक्षा गरिएको छ ।

 

अस्ट्रेलियाद्वारा टर्कीसँग संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन सह–आयोजनाको प्रस्ताव अस्वीकार

सिड्नी । अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन ९कोप–३१० का लागि टर्कीद्वारा गरिएको सह–आयोजनाको प्रस्ताव सोमबार अस्वीकार गरेको छ ।

दुवै देशबीचको प्रतिस्पर्धी बोलीले ब्राजिलको बेलेममा चलिरहेको यो वर्षको जलवायु वार्तालाई प्रभावित गर्दै लगेका कारण अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो ।

क्यानबेरा र अङ्कारा दुवैलाई हाल जारी गतिरोध अन्त्य गर्न तथा ब्राजिलको कूटनीतिक छविमा नकारात्मक प्रभाव नपार्न अन्तर्राष्ट्रिय समुदायबाट निकै दबाब परेको छ ।

कोप–३१ को आयोजक राष्ट्र सर्वसम्मतिले निर्धारण गर्नुपर्ने प्रक्रियाअनुसार अस्ट्रेलिया वा टर्की दुवै मध्ये कुनै एकले बोली फिर्ता नलिएसम्म वा सह–आयोजनामा सहमत नभएसम्म दुवै स्वतः बाहिरिने जोखिममा छन् । यस्तो स्थिति उत्पन्न भए कोप–३१ को जिम्मेवारी निर्धारित व्यवस्थाअनुसार जर्मनीमा सारिन सक्छ, जुन अभूतपूर्व कदम हुनेछ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार टर्कीसँग सह–आयोजना गर्ने प्रस्तावलाई स्पष्ट रूपमा खारेज गरेका थिए। उनले भने, “यो विकल्पै होइन र सबैलाई थाहा छ—त्यसैले यो प्रस्ताव अस्वीकार गरिएको हो ।”

यसका विपरीत टर्कीको एक कूटनीतिक स्रोतले अङ्काराले ‘सह–अध्यक्षता’ मोडेलको वकालत गरिरहेकाले सम्भावित सहकार्यको ढोका खुला नै रहेको तर सहमति नजुटे पनि एक्लै आयोजक बन्न तयार रहेको उल्लेख गरेको छ ।

अस्ट्रेलियाले आफ्नो प्रशान्त छिमेक राष्ट्रहरूसँग मिलेर दक्षिण अस्ट्रेलियाको एडिलेड सहरलाई सम्भावित आयोजक स्थलका रूपमा प्रस्ताव गरेको छ, जसले जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित प्रशान्त क्षेत्रलाई विश्वको ध्यान केन्द्रित गराउने उद्देश्य राखेको छ । प्रशान्त टापु राष्ट्रहरूले विगतमा कोप शिखर सम्मेलनहरूमा आफ्नो आवाज पर्याप्तरूपमा सुन्न नदिएको वा व्यावहारिक समाधान नदिएको गुनासो गर्दै आएका छन् ।

अस्ट्रेलिया स्वयं पनि जलवायु जोखिमका दृष्टिले कमजोर मानिन्छ । व्यापक वनस्पति–जीवजन्तु तथा उच्च तापक्रमका कारण आगलागीदेखि चरम मौसमी असरसम्म धेरै चुनौतीहरू रहेका छन् । तर यदि अस्ट्रेलिया आयोजक बन्न सफल भयो भने यसले आफ्नो हरित नीतिको कठोर मूल्याङ्कनको सामना गर्नु पर्नेछ ।

विश्वकै दोस्रो ठूलो कोइला निर्यातकर्ता भएका कारण देशले जीवाश्म इन्धनबाट लाभ उठाउँदै आएको र जलवायु कार्यलाई राजनीतिक तथा आर्थिक विवादको विषय बनाएको आलोचना हुँदै आएको छ । देशभित्र वर्षौंदेखि जारी ‘जलवायु युद्ध’ ले उत्सर्जन नीतिमा प्रगति अवरुद्ध गर्दै आएको पनि व्यापक रूपमा चिन्ताको विषय बनेको छ ।

यदि अस्ट्रेलियाले कोप–३१ आयोजना गर्ने अवसर पायो भने प्रशान्त क्षेत्रमा पहिलोपटक यस्तो ठूलो अन्तर्राष्ट्रिय जलवायु सम्मेलन बस्नेछ, जुन ऐतिहासिक उपलब्धि हुनेछ ।

टर्कीले पनि कोप–३१ ले विश्वका सबैभन्दा कमजोर क्षेत्र, विशेषतः प्रशान्त राष्ट्रहरू, सम्बन्धी मुद्दाहरूलाई विशेष सत्रहरूमार्फत प्राथमिकता दिनुपर्ने अपेक्षा राखेको बताइएको छ ।

अस्ट्रेलिया र टर्कीबीचको मतभेद समाधान गर्न ब्राजिलले एक विशेष दूत नियुक्त गरेको छ । तर कूटनीतिज्ञहरूका अनुसार नोभेम्बर २१ मा कोप–३० सकिनुअघि सहमति बन्ने कुनै सङ्केत अहिलेसम्म देखिएको छैन ।

एनपीएलको माहोल: प्रधानमन्त्री पुगिन् खेल हेर्न, हेलीकोप्टरबाट पुष्पवृष्टि (तस्बिरहरु)

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्‌घाटन गरेकी छन् ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्‌घाटन गरेकी हुन् । उद्‌घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

उद्‌घाटन समारोहमा त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ गरिरहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

मिलिन्द कुमारले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं । काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले एकै ओभरमा दुई विकेट हात पारेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर विरुद्धको खेलमा काठमाडौंका मिलिन्दले लहिरु मिलन्था र अनिल याददको विकेट लिएका हुन् । मिलन्था १२ बलमा सात रन बनाएर आउट भए भने कप्तान अनिल शून्यमा बाहिरिए । काठमाडौं गोर्खाजले पाँच ओभरमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ ।

प्रधानमन्त्रीको चेतावनी : भड्काउ अभिव्यक्तिमाथि शून्य सहनशीलता, तत्काल कारबाही

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेको बताएकी छन् । आज (सोमबार) नागरिक समाजका अगुवाहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गएको दावी गरिन् ।उनले निर्वाचनका दौरानमा द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति दिने जो–कोही भए पनि तत्काल कारबाही गरेर छोड्ने चेतावनी समेत दिइन् ।

‘युवा असन्तुष्टिको व्यवस्थापनसँगै, निर्वाचनको वातावरण ध्रुवीकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि हामी सचेत छौँ । निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो–कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरूले तत्काल र सार्वजनिक कारबाही गर्नेछन् । शान्तिपूर्ण मतदान सुनिश्चित गर्न गुप्तचर परिचालन बढाइएको छ,’ उनले भनिन्,’ नागरिक खबरदारी झनै आवश्यक छ ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनको सफलतामा मात्रै मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर हुने बताउँदै यस पटक असफल भइयो भने देश लामो राजनीतिक अन्योल र संवैधानिक संकटमा जाने चिन्ता व्यक्त गरिन् । उनले सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी गराउन निर्णायक भूमिका खेल्न नागरिक समाजका अगुवासँग आग्रह समेत गरिन् ।

प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन वर्तमान सरकारको राजनीतिक निर्णय नभएको स्पष्ट पारिन् । उनले भनिन्, ‘यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो । केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गर्दछु ।’

उनले निर्वाचनमा युवा सहभागिता बढाउन निर्वाचनसम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू अगाडि बढाइसकेको जानकारी दिइन् । ‘जेन–जी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषयु मात्र मानेका छैनौं । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौं । उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं,’ प्रधानमन्त्री कार्कीले भनिन्,’ ‘यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ ।’

 

 

एनपीएलमा आज जनकपुर र काठमाडौं भिड्दै, यस्तो छ सम्भावित प्लेइङ–११

काठमाडौं । आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दै छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ४ बजे सुरु हुनेछ । पहिलो संस्करणको खेलमा जनकपुरले काठमाडौंलाई सहजै हराएको थियो। यसपटक पनि जनकपुरले काठमाडौंलाई हराउने उद्देश्यका साथ मैदानमा उत्रनेछ । त्यसो त काठमाडौं पनि अघिल्लो संस्करणको हारको बदला लिंदै जित हासिल गर्न चाहन्छ ।

यस्तै पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको नेतृत्वमा रहेको जनकपुर यस संस्करणमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा मैदानमा उत्रिंदैछ । दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल जनकपुरले प्रतियोगिताका निम्ति भित्र्याएका चर्चित नाम हुन् । यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् । यस्तै, पहिलो संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ ।

यसबाहेक, सञ्जय कृष्णमुर्ती (अमेरिका) र निकोल लोफ्टी इटोन (नामिबिया) हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य दुई नाम हुन् । यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसमको साथ पाएको जनकपुरमा यसपटक भने उनको उपस्थिति रहने छैन  त्यसैगरी काठमाडौंले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको भूमिकामा नियुक्त गरेको छ । मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । आसन्न एनपिएलमा काठमाडौं विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली हो । टोलीले पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो ।

त्यसपछि काठमाडौंले स्कटल्यान्डका जेरहार्ड इरस्मससँग सम्झौता नवीकरण गरेको थियो । अमेरिकी अलराउन्डर मिलिन्ड कुमार, भारतीय मूलका अमेरिकी खेलाडी सन्नी पटेल र इङ्ल्यान्डका खेलाडीद्वय बेन चाल्र्सवर्थ र जोन सिम्पसन पनि टोलीमा जोडिएका छन् । काठमाडौंले मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ । यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई भित्र्याइएको थियो ।

दोस्रो संस्करणको जनकपुरको टोलीमा मार्की खेलाडी आसिफ शेखसहित अनिलकुमार साह, जान निकोल लोफ्टी इटोन, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, इमरान ताहिर, तुलबहादुर थापामगर, मयन यादव, आदित्य मेहता, विकास अग्री, सचिन भट्ट, लाहिरु मिलान्था, वायने पार्नेल र सञ्जय कृष्णमुर्ती छन् । त्यस्तै काठमाडौं गोर्खाजमा मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल छन् ।

एआई, रोबोटिक्स र हाइड्रोजनमा ह्युन्डाइको अभूतपूर्व लगानी

सियोल । दक्षिण कोरियाली अटामोबाइल कम्पनी ह्युन्डाइ मोटर ग्रुपले आगामी पाँच वर्षमा देशमा अभूतपूर्व ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यो कदम सियोल र वाशिङटनबीच भएको नयाँ व्यापार सम्झौताको केही दिनपछि आएको हो ।
ह्युन्डाइले यसलाई ‘कम्पनीको सबैभन्दा ठूलो घरेलु लगानी प्रतिबद्धता’ को रूपमा वर्णन गरेको छ ।

कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ, “लगानीको ठूलो हिस्सा उच्च स्तरीय एआई प्रविधि आधारित नयाँ व्यवसायहरूमा केन्द्रित हुनेछ, जसले कोरियाको एआई र रोबोटिक्स नवप्रवर्तन प्रणालीको विकासमा योगदान पु¥याउनेछ ।”

योजना अनुसार, समूहले ‘द्रुतगतिमा परिवर्तन हुँदै गरेको विश्वव्यापी व्यापार वातावरणमा सक्रिय रूपमा प्रतिक्रिया जनाउने क्षमताको’ झलक देखाएको छ ।
कम्पनीका अनुसार कुल लगानीको करिब ४० प्रतिशत एआई, सफ्टवेयर–डिफाइन्ड वाहन (एसडीभी), विद्युतीकरण, रोबोटिक्स र हाइड्रोजन क्षेत्रमा खँर्च हुनेछ ।

ह्युन्डाइको यस लगानीले दक्षिण कोरियामा निर्मित गाडीहरूको निर्यात १३ प्रतिशत बढाएर सन् २०३० सम्म २.४७ लाख एकाइ पु¥याउन मद्दत गर्नेछ ।
यस घोषणा अघि, अर्को ठूलो समूह स्यामसंगले पनि समान अवधिमा प्रायः एआई प्रविधिमा ४३१० अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ ।

स्यामसंग इलेक्ट्रोनिक्स विश्वका प्रमुख मेमोरी–चिप निर्मातामध्ये एक हो, जसले एआई उद्योग र यसको पूर्वाधारका लागि महत्वपूर्ण सामग्री प्रदान गर्दछ ।

ह्युन्डाइ मोटर ग्रुपमा कियासमेत पर्दछ, र यसले गत वर्ष दक्षिण कोरिया र विदेशमा कुल ७.२ मिलियनभन्दा बढी गाडी बिक्री गरिसकेको छ ।
यी लगानी प्रतिबद्धताहरू सियोल र वाशिङटनबीचको नयाँ व्यापार सम्झौतासँग सम्बन्धित छन्, जसअन्तर्गत ह्युन्डाइ गाडीहरू लगायत दक्षिण कोरियाली निर्यातमा कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत राखिनेछ ।
तर, यो नयाँ दर पहिलेको स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत लागू भएको २।५ प्रतिशत भन्दा अझै उच्च छ ।

मदीना नजिकै तीर्थयात्री बस दुर्घटनाः भारतीय नागरिक संलग्न, प्रधानमन्त्री मोदीद्वारा शोक व्यक्त

रियाद (साउदी अरेबिया) । साउदी अरबस्थित भारतीय दूतावासले पवित्र सहर मदीना नजिकै मुस्लिम तीर्थयात्रीहरू सवार बस दुर्घटना भएको पुष्टि गरेको छ । घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री मोदीले एक्समा लेख्दै भनेका छन्, “मदिनामा भएको दुर्घटनामा भारतीय नागरिकहरू संलग्न भएको खबरले अत्यन्त दुःखी भएको छु । आफ्ना प्रियजनहरू गुमाउनु भएका परिवारहरूप्रति मेरो हार्दिक संवेदना छ ।” उनले सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गर्दै रियादस्थित दूतावास र जेद्दास्थित वाणिज्य दूतावास पूर्ण क्षमताका साथ सहयोगमा जुटिरहेको जानकारी पनि दिएका छन् ।

साउदी अधिकारीहरूले मृतक र घाइतेहरूको आधिकारिक सङ्ख्या सार्वजनिक गरिसकेको नभए पनि भारतीय सञ्चारमाध्यमहरूले दर्जनौँको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन् । पवित्र स्थलहरू वरिपरि तीर्थयात्रीहरूको आवतजावत विशेषतः संवेदनशील मानिन्छ, किनकि हज वा उमराको समयमा अत्यधिक ट्राफिक तथा भीडभाडका कारण दुर्घटनाको जोखिम उच्च रहने गर्दछ ।

हज अवधिभन्दा बाहिर पनि लाखौँ मुस्लिम तीर्थयात्री उमराका लागि साउदी अरब पुग्ने हुँदा आवतजावतका साधनहरूमा नियमित रूपमा बढी चाप पर्न गइरहेको छ । यसअघि सन् २०२३ मार्चमा मक्का नजिकै पुलमा ठोक्किँदा आगलागी भएको तीर्थयात्री बस दुर्घटनामा २० जनाको मृत्यु भएको थियो र दुई दर्जनभन्दा बढी घाइते भएका थिए । त्यसैगरी, सन् २०१९ अक्टोबरमा मदीना नजिकै बस र भारी गाडीबीचको ठक्करमा ३५ जना विदेशी तीर्थयात्रीको मृत्यु भएको घटना पनि अझै स्मरणीय छ ।

तीर्थयात्रा साउदी अरबको द्रुत गतिमा विस्तार भइरहेको पर्यटन क्षेत्रको आधारभूत हिस्सा हो, जसले आर्थिक विविधीकरणमार्फत जीवाश्म इन्धनमै निर्भरता घटाउने राज्यको लक्ष्यमा योगदान पुर्‍याइरहेको छ । खाडी राज्यमा २० लाखभन्दा बढी भारतीय नागरिक कार्यरत रहेका छन्, जसले श्रम बजारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै प्रत्येक वर्ष अर्बौं डलर रेमिट्यान्स भारत पठाइरहेका छन् । उनीहरूको योगदानले साउदी अरबका धेरै मेगा–पूर्वाधार परियोजनाहरूलाई गति दिएको छ ।

भारत र साउदी अरबबीच दशकौँदेखि सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ । भारतको तीव्र गतिमा विकसित भइरहेको अर्थतन्त्र पेट्रोलियम आयातमा अत्यधिक निर्भर रहेको छ, जसमा साउदी अरब तेस्रो ठूलो आपूर्तिकर्ताका रूपमा महत्त्वपूर्ण स्थानमा रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न

ढाका । नयाँ अध्ययनले बङ्गलादेशमा ५ देखि १७ वर्ष उमेरका बालबालिकामध्ये ९.२ प्रतिशतले कुनै न कुनै प्रकारको श्रममा संलग्न रहेको तथ्य पत्ता लागेको छ ।

बङ्गलादेश तथ्याङ्क विभागले बालबालिका तथा महिलासम्बन्धी सबैभन्दा व्यापक सर्वेक्षण युनिसेफ र अन्य साझेदार संस्थासँगको सहकार्यमा सार्वजनिक गरेको हो ।

तथ्याङ्क विभागकी सचिव आलेया अक्टारले सर्वेक्षणको दायरामा गर्भवती महिलामा रगतको कमी जस्ता नयाँ परीक्षणहरू समावेश भएका कारण यसले अझ बढी महत्त्व राख्ने बताएका छन् ।

सर्वेक्षण अनुसार, मातृ रगतको कमी अझै उच्च रहेको छ, जुन ५२.८ प्रतिशत छ । एक हजार किशोरीमध्ये जन्मदर ८३ बाट बढेर ९२ पुगेको देखिएको छ । यी तथ्यहरूले मातृ–शिशु पोषण सुधार, स्तनपान प्रवद्र्धन र स्वास्थ्य सेवामा पहुँच विस्तारको अत्यावश्यक आवश्यकता औँल्याउँछ ।

बङ्गलादेशका लागि युनिसेफका प्रतिनिधि राना फ्लावरसले प्रतिवेदनले प्रगति र चुनौती दुवै देखाएको उल्लेख गर्दै यसले आगामी स्वास्थ्य र पोषण सुधारका कामहरूमा मार्गदर्शन गर्ने बताएका छन् ।

नागरिक अगुवालाई प्रधानमन्त्रीको आग्रह : दलहरूलाई सम्झाई दिनुस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचन वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभई संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी छन् । आज (सोमबार) नागरिक समाजका अगुवाहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गरिन् ।

उनले निर्वाचनको विश्वसनीयताका लागि प्रमुख दलहरूलाई मंसिर १० गतेभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनु पहिलो र अनिवार्य शर्त रहेको बताइन् । उनले सरकारले ट्रयाक–टु संवादमार्फत विभिन्न दलहरूसँग विश्वासको वातावरण बनाउने काम गरिरहेको उल्लेख गर्दै नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउनका लागि सहयोग गर्न अपिल गरिन् ।

उनले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने बताइन् । उनले सरकारले जेन–जी आन्दोलनलाई केवल ’कानुन व्यवस्थाको विषय’ मात्र नमानेका बताइन् । ‘यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौँ । उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौँ । यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ’, प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले युवा असन्तुष्टिको व्यवस्थापनसँगै, निर्वाचनको वातावरण ध्रुवीकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि सरकार सचेत रहेको बताइन् । ’निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो–कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरुले तत्काल र सार्वजनिक कारबाही गर्नेछन् । शान्तिपूर्ण मतदान सुनिश्चित गर्न ‘हट–स्पट’ नक्साङ्कन र गुप्तचर परिचालन बढाइएको छ । नागरिक खबरदारी झनै आवश्यक छ’, प्रधानमन्त्रीले भनिन् ।

 

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा संयुक्त साइबर सुरक्षा अभ्यास सुरु

सियोल । सयुक्त राज्य अमेरिका र दक्षिण कोरिया ले सम्भावित साइबर सुरक्षा खतराहरू विरुद्ध आफ्नो संयुक्त तयारी बलियो बनाउन सोमबार देखि संयुक्त साइबर सुरक्षा अभ्यास सुरु गरेको जनाइएको छ ।

शुक्रबारसम्म चल्ने साइबर एलायन्स अभ्यास मेरिल्याण्डको एक प्रशिक्षण सुविधामा हुने र यसको उद्देश्य भविष्यको साइबर युद्धका लागि राम्रो ब्रेसिङ गर्ने भएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रशिक्षण सिम्युलेटेड साइबरट्याक्ट परिदृश्य अन्तर्गत सम्भावित साइबर सुरक्षा खतरालाइ सम्बोधन गर्न सुचना तथा जानकारी र प्रक्रिया साझा गर्ने अभ्यास समावेश रहेको जनाइएको छ ।

योन्हाप समाचार एजेन्सीका अनुसार गत वर्ष दक्षिण कोरियाको साइबर अपरेसन कमान्डमा आयोजना गरिएको यो दोस्रो साई सुरक्षा सम्बन्धि अभ्यास हो ।

सियोल र वासिङ्टनले साइबर गठबन्धन प्रशिक्षण मात्र नभई साइबर खतराका लागि गुप्तचर साझेदारी, बहुराष्ट्रिय साइबर सुरक्षा अभ्यासमा संयुक्त सहभागिता र अन्यमा सहयोग विस्तार गर्न जारी राख्नेसमेत जनाएका छन् ।

 

दुर्गा प्रसाईको चेतावनी : व्यवस्था परिवर्तन नभएसम्म मेची–महाकाली ठप्प हुन्छ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म मेची–महाकालीसम्मको सम्पूर्ण व्यवसायिक गतिविधि ठप्प हुने चेतावनी दिएका छन् । आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा उनले आगामी ७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन्। प्रसाईंले भने, ‘व्यवस्था परिवर्तन नभएसम्म म महेन्द्र राजमार्गमा लगातार बस्नेछु । पूर्वी मेचीदेखि पश्चिमी महाकालीसम्म सबै दोकान, पसल र व्यवसाय बन्द हुनेछन् । नागरिकहरूले घरमै बस्नु पर्छ र आवश्यक परे मात्र बाहिर निस्किनु पर्छ ।’

उनले आन्दोलन रोक्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालनलाई मुद्दा नबनाउन समेत आग्रह गरे । उनले थपे, ‘एनपिएल १५ दिन ढिला हुँदा पनि खेलाडीहरु बुढो हुँदैनन् । घरमै बसेर एनपीएल हेर्नुहोस् । आन्दोलनमा बाधा नपार्नु होला ।’

पत्रकारले देशभर आन्दोलन हुँदा क्रिकेट खेलाडीहरु मैदानमा कसरी पुग्ने हुन् भन्ने प्रश्न गर्दा प्रसाईंले हँसाउँदै जवाफ दिए, ‘खेलाडी त कुदेर पनि पुग्छन् नि । प्रश्नमाथि प्रश्न नगर्नुस् । हामी मुख्य कुरा व्यवस्थामा छौं ।’ उनको यो कदमले व्यवसाय, यातायात र दैनिक जीवनमा व्यापक असर पर्न सक्ने देखिन्छ । विशेष गरी महेन्द्र राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम आवाजाही ठप्प हुने, व्यापारमा ठूलो घाटा हुने र नागरिक जीवन प्रभावित हुने आशंका व्यक्त गरिएको छ ।

भारत–अमेरिका एलपिजी सम्झौताः ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड

नयाँदिल्ली । भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपिजी आपूर्ति सुनिश्चित गर्ने एक ‘महत्त्वपूर्ण’ वार्षिक सम्झौतामा हस्ताक्षर गरेको छ । यसलाई भारतले ऊर्जा स्रोतहरूको दिगो विविधीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरेका गरेको छ ।

यसअघि अगस्ट महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कर ५० प्रतिशतसम्म बढाएपछि दुवै देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । अमेरिकी अधिकारीहरूले भारतले युक्रेनमा रूसी युद्धलाई परोक्ष रूपमा सहयोग पुर्‍याइरहेको आरोप लगाएपछि परिस्थिति झनै संवेदनशील बनेको थियो ।

राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित व्यापार सम्झौताको पूर्वसर्तका रूपमा रूसी कच्चा तेल आयातमा कटौती गर्न सहमति जनाएको दाबी गरे पनि भारतले उनको दाबीलाई औपचारिक रूपमा पुष्टि गरेको छैन । कृषि व्यापारदेखि रूसी तेल खरिदसम्मका विषयमा मतभेद भइरहे पनि नयाँदिल्ली र वासिङ्टनबीच वार्ता अविराम जारी छ ।

यसैबीच, भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले अमेरिकी खाडी तटबाट वार्षिक २२ लाख टन एलपिजी आपूर्ति गर्ने एक वर्षे संरचित सम्झौता सम्पन्न भएको जानकारी दिएका छन् । उनका अनुसार यस्तो प्रकारको सम्झौता भारत–अमेरिका बीच एलपिजी क्षेत्रमै पहिलो हो ।

मन्त्री पुरीले विज्ञप्तिमार्फत भने, “नागरिकहरूलाई सुरक्षित र किफायती एलपिजी उपलब्ध गराउन भारत निरन्तर रूपमा स्रोत विविधीकरण गरिरहेको छ । विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा बढिरहेको एलपिजी बजार—अमेरिका—अब भारतीय बजारका लागि औपचारिक रूपमा खुल्न गएको छ ।”

अक्टोबरमा अमेरिकी प्रतिबन्धपछि एचपिसिएल–मित्तल एनर्जीले रूसका प्रमुख दुई कम्पनीबाट कच्चा तेल खरिद स्थगित गरेको थियो । त्यस्तै, एउटा प्रमुख निजी भारतीय क्रेता रिलायन्स इन्डस्ट्रिजले पनि अमेरिकी तथा युरोपेली सङ्घ (इयु) का प्रतिबन्धहरूको सम्भावित प्रभावबारे मूल्याङ्कन भइरहेको जनाएको छ ।

विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतले जुन ३० मा समाप्त भएको त्रैमासिक अवधिमा पाँच क्वार्टरकै सबैभन्दा तीव्र आर्थिक वृद्धि दर्ता गरेको छ, जसमा उच्च सरकारी खर्च र उपभोक्ता विश्वसनीयता सुधार मुख्य आधार भएको विश्लेषण गरिएको छ ।

तर, अमेरिकी भन्सार शुल्क वृद्धि भारतको समग्र अर्थतन्त्रमा दबाबका रूपमा जारी छ । यदि शीघ्र कुनै छुट वा सहमति नजुटेमा चालू आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दरबाट ६०–८० आधार अङ्कसम्म कमजोर पर्न सक्ने सम्भावना रहेको अर्थशास्त्रीहरूको अनुमान छ ।

रास्वपाले दियो दल दर्ताका लागि आयोगमा निवेदन {तस्वीरहरु}

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमवार निर्वाचनमा आयोगमा पुगेर लीमा अधिकारीसहितका नेताहरूले दल दर्ताका लागि आयोगमा निवेदन पेस गरेकी हुन् । राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आफूहरूले दल दर्ताका लागि आयोगमा निवेदन दिएको नेतृ अधिकारीले जानकारी दिइन् । उनले विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई ट्र्याकमा ल्याउन पनि निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा आफ्नो पार्टी पुगेको समेत बताइन् ।

नेतृ अधिकारीले भनिन् ‘हामी निर्वाचन केन्द्रित भएका छौ । हाम्रा सम्पूर्ण गतिविधि निर्वाचनसँग सम्बन्धित छन् । वैकल्पिक शक्तिहरूको पनि निर्णायक भूमिका खेलिरहेको हाम्रो पार्टी जिम्मेवारी बोधका साथ लागेका छौँ । हामीले विधिको शासन, नागरिकको सर्वोच्चता र संविधानलाई ट्र्याकमा ल्याउन पनि हामी सबै फागुन २१ को निर्वाचनमा होमिनु पर्दछ भन्ने निष्कर्ष निकालेका छौँ ।’ त्यस अवसरमा नेतृ अधिकारीले जेन–जी आन्दोलनपछि सबै भन्दा पहिला मुलुकलाई निर्वाचनमा लैजानुपर्छ भनेर माग गर्ने पार्टी नै रास्वपा रहेको दाबी समेत गरिन् ।

एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू)

काठमाडौं। आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि त्रिवि रङ्गशालामा समर्थकहरू तीन घण्टा अगाडिदेखि नै आउन थालेका छन् ।

आज एनपीएलको उद्घाटनमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

एनपिएल : उदघाटन खेलमा जनकपुरले पहिले ब्याटिङ गर्दै

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को उदघाटन खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डौं गोर्खाजले टस जितेर बलिङ रोजेपछि जनकपुरले ब्याटिङ गर्ने भएको हो ।

एनपीएलको उद्घाटन खेल अपराह्न ४ बजे सुरु हुँदैछ । अनिल साहको नेतृत्वमा जनकपुर र करण केसीको नेतृत्वमा काठमाडौं गोर्खाज मैदानमा उत्रिँदै छन् । एनपीएलको प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्ने भएकी छन् ।

मन्त्री पुनको आग्रह : सबै माग पूरा गर्न सक्दिनँ, आफ्नै सरकार बनाएर पूरा गर्नुहोस्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवा वर्गलाई अब आफ्नो गाउँ फर्केर आगामी निर्वाचनमा भाग लिएर आफ्नै सरकार बनाएर माग पूरा गर्न आग्रह गरेका छन् । आज (सोमवार) सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० समूहले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले सबै माग तत्काल पूरा गर्न सकिने अवस्था नभएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरूले आफै चुनाव लड्नु पर्छ, सरकार बनाउनु पर्छ र त्यसपछि कुरा आफैंले अगाडि बढाउनु पर्छ । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन ।’ मन्त्री पुनका अनुसार, मन्त्रालयमा आएर मात्र माग राख्ने तर गाउँ–गाउँमा गएर सक्रिय नभएको अवस्थामा मागहरू पुरा गर्न सकिँदैन । उनले युवाहरुलाई चेतावनी दिए, ‘तिमीहरूको माग मात्र पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्छ । अब जेनजीका भाइ बहिनीहरूले काठमाडौँ बस्न छोडेर आफ्नै गाउँमा गएर युवा नेताहरू उठाएर यस्ता माग पूरा गर्नुपर्छ । केही मागहरू विचार गर्न सकिन्छ, तर सबै माग पूरा गर्न सकिँदैन ।’

जेन–जी २.० ले १६ वर्षको उमेरमा एसईई पास गरी सिटिइभिटीमा अध्ययन गर्दै देश–विदेशमा काम गर्ने विद्यार्थीहरूको जीवनयापन र देश विकासमा योगदान सम्बन्धी प्राविधिक शिक्षा प्रणालीका समस्याहरू समाधान गर्न एक हप्ताभित्र अल्टिमेटम दिएको थियो । विद्यार्थीहरूले समयमा माग पूरा नगरेको खण्डमा त्यसको जिम्मेवारी सिटिइभिटीले लिनुपर्ने बताएका छन् । त्यस्तै यसै वर्ष सिटिइभिटीको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहने करिब १० हजार विद्यार्थीका लागि अध्ययनको व्यवस्था मिलाउन पनि उनीहरूले माग गरेका छन् ।

 

भियतनाममा पहिरो जाँदा छ जनाको मृत्यु

हनोई(भियतनाम) । भियतनाममा भारी वर्षाले निम्त्याएको पहिरोका कारण कम्तिमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएको विपद् एजेन्सीका अधिकारीहरूले सोमबार बताएका छन् ।

विपद् व्यवस्थापन अधिकारीका अनुसार खान प्रान्तको सुन्दर खान पासमा माटो र चट्टान खस्दा यात्रु बस डुबेको थियो, जसमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।

मिडियाका अनुसार बसमा ३२ जना यात्रु थिए भने केही घाइतेहरूको टाउको लगायतका अङ्गमा चोट लागेका कारण स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताहरू बस भित्र फसेका केही यात्रुहरूलाई उद्धार गर्न निरन्तर प्रयास गरिरहेकोसमेत मिडियाले उल्लेख गरेका छन् ।

यस अघि आइतबार खानह होआको खानह सोन पासमा मजदुरहरूको आश्रयमा पहिरो जाँदा एक जना व्यक्तिको मृत्यु भएको हुनुका साथै अर्को एक जना बेपत्ता भएको विपद् अधिकारीले बताएका छन् ।

प्राकृतिक प्रकोपका कारणले यस वर्ष २७९ जनाको ज्यान लिएको दुई अर्ब डलर भन्दा बढीको क्षति भएको भियतनामको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

 

सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

खार्तुम(सुडान) । पछिल्लो समयमा बढ्दो मानविय आवागमनका तथा उच्च जनासङ्ख्याका कारण सुडानको मानविय अवस्था द्रुत रूपमा बिग्रँदै गएको संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले चेतावनी दिएका छन् ।

वढ्दो माविय सङ्कटका कारण यस क्षेत्रबाट भाग्न खोज्ने नागरिकहरूमा निराशता बढ्दै गएको पोर्ट सुडानमा युएनएचसीआरको उप–कार्यालय प्रमुख ज्याकलिन विल्माले प्रकाश पारेका छन् ।

उनले ठूलो सङ्ख्यामा मानिसहरू अल–फसिरमा रहेको जनाउदै उनीहरु हिँडिरहेको तर खतरा वा अल–फसिरमा फर्कने जोखिमका कारण उनीहरूलाई यात्रा रोक लगाइएको जनाएका छन् ।

यसै गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा बढ्दो भोकमरी र हैजाको प्रकोपले तीन हजार ५०० भन्दा बढीको ज्यान लिएको जनाएको छ ।

डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले सुडानले विश्वको सबैभन्दा खराब खाद्य सङ्कटको सामना गरिरहेको जनाउदै गत सेप्टेम्बर सम्म दुई करोड १० लाख भन्दा बढी मानिसहरूले खाद्य असुरक्षाको सामना गरिरहेको बतांएका छन् ।

उनले अल–फसिर र काडुगलीमा अनिकाल व्याप्त भएको पुष्टि गर्दै अहिले दारफुर र कोर्दोफानका अन्य २० वटा क्षेत्रहरू खतरामा परेको जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस ९युएनएमएएस० का अनुसार खाद्यान्नको अभाव र रोगका कारण मात्र नभई विस्फोटक पदार्थ र लडाइँबाट पनि विभिन्न खतरा बडेका छन् ।

संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले गत शुक्रबार अल–फसिरको अवस्था बारे छलफल गर्न र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मा सहरको पतनको क्रममा भएको सामूहिक हत्याको सम्बन्धमा तथ्य पत्ता लगाउने मिसन पठाउन सदस्य राष्ट्रहरूको अनुरोधलाई विचार गर्न एक सत्र आयोजना गरेको थियो ।

सुडानका विभिन्न क्षेत्रहरूमा सेना र आरएसएफबिचको लडाइँ बढिरहेको छ भने द्वन्द्वको सुरुवात भएको दारफुर क्षेत्र आरएसएफले गत महिना नियन्त्रणमा लिएको छ ।

पूर्व आईजीपी खनाल दल दर्ता गर्न पुगे निर्वाचन आयोगमा

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल पनि नयाँ राजनीतिक दल गठनमा जुटेका छन् । उनको समूह दल दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा पुगेको छ । खनालले ‘समुन्नत नेपाल पार्टी’ नामको दल दर्तामा लागेका हुन् । यो पार्टीको अध्यक्ष उनी आफैं रहने छन् । हिजो नै यो दल दर्ताका लागि राजबाबु यादवका नाममा निवेदन परेको थियो । आज खनाल स्वयम् गएर निवेदन संसोधन गर्दै अध्यक्षमा आफ्नो नाम राखेका हुन् ।

उक्त दलमा ३५ जनाको केन्द्रीय समिति प्रस्ताव गरिएको छ । महासचिवमा बालकृष्ण पण्डितको नाम छ । आफ्नो पार्टीलाई पूर्व सुरक्षा अधिकारीहरुको ठूलो समूहले साथ दिने खनालले दावी गरेका छन् । देशमा संघीय निर्वाचनको माहोल तात्दै गर्दा निर्वाचन आयोगमा राजनीतिक दलहरूको दर्ता–खारेजी प्रक्रियामा ठूलो हलचल भए पनि कुल संख्या भने १२२ मै स्थिर बनेको छैन । हालसम्म नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित पाँच दल एकीकृत भएर नयाँ दल– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएपछि ती पाँचै दल खारेज भएका छन् । यससहित यो अवधिमा जम्मा सात दल खारेज भए—एक अदालतको आदेशमा तथा ६ दल आफ्नै पदाधिकारीको निवेदनमा ।

यतिबेला आयोगले सात नयाँ दललाई दर्ता प्रमाणपत्र दिँदै कुल संख्या फेरि १२२ कायम गरेको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि यति नै संख्या थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, खारेज भएका जति दल थपिएका कारण दर्ता दलको संख्या स्थिर छ । यसबीच, नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा पुगेको र आयोगले निर्णय गरेपछि प्रमाणपत्र दिने तयारी भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय जेनजी पार्टीका प्रतिनिधि किरण विकले दिएको दर्ता निवेदन भने फिर्ता लिइसकेको आयोगले बताएको छ । हाल आयोगमा दर्ताको प्रक्रियामा रहेका दलको संख्या २८ छ । कोही कागजात रुजुमा छन्, कोही सनाखतको चरणमा । सनाखत र कागजात दुरुस्त भएपछि मात्रै दर्ताको अन्तिम निर्णय हुने आयोगको भनाइ छ । आयोगले अहिले प्रक्रियामा रहेका दल जेनजी समूहका हुन् वा अन्य को हुन् भन्ने छुट्टै वर्गीकरण भने गरेको छैन ।

 

अर्थका २५ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले २५ उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले कात्तिक ३० गतेको निर्णयअनुसार उनीहरूलाई विभिन्न निकाय तथा कार्यालयहरूमा सरुवा गरेको हो । कमल लामिछाने र मञ्जु अधिकारीलाई ठूला करदाता कार्यालयमा पदस्थापन गरिएको छ भने भीमप्रसाद आचार्यलाई राजस्व अनुसन्धान विभागमा सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, रामप्रसाद पाठकलाई अर्थ मन्त्रालयमा र अर्जुन न्यौपानेलाई वीरगञ्ज भन्सार कार्यालयको जिम्मेवारी दिइएको छ । अन्य उपसचिवहरूलाई पनि राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र करदाता सेवा कार्यालयहरूमा सरुवा तथा पदस्थापन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

हेर्नुस् सरुवा सूची

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । बंगलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले मानवताको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सुजाय सुनाएको हो ।

विशेष न्यायाधिकरणले महिनौं लामो सुनुवाइमा उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गरिएको थियो । हसिनासँगै र दुई शीर्ष सहयोगीहरूलाई जुलाई विद्रोहको समयमा गरिएको मानवता विरुद्धको अपराधको दोषी ठहर गरेको छ ।

अन्य दुई जना पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अलमामुन हुन् । ७८ वर्षीया हसिनाले गत वर्ष अगस्ट ५ मा भएको विद्यार्थी नेतृत्वको विद्रोहलाई दबाउन घातक कारबाहीको आदेश दिएको आरोपमा मुद्दाको सामना गर्न भारतबाट फर्कन न्यायाधिकरणको आदेशको अवज्ञा गरेकी छिन् । ४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो फैसला छ भागमा सुनाइने जानकारी दिए । बंगलादेश टेलिभिजनले उक्त फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरेको थियो ।

मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो । सभामुख मण्डलले गत कात्तिक २७ गते सभामुख मण्डलले जसपाका ४ र नागरिक उन्मुक्तिका एक गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए । सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन् ।

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

तेल अभिभ (इजरायल) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा असहमति जनाउँदै आफूले यस्तो पहललाई दृढ रूपमा रोक्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

यसैबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजासम्बन्धी अमेरिकाद्वारा तयार पारिएको प्रस्तावमा मतदान गर्नुपर्ने समय नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय कूटनीतिक चहल–पहल तीव्र बनेको छ । प्रस्तावले प्यालेस्टिनी आत्मनिर्णयको सम्भावनालाई खुला राखेकाले यसको राजनीतिक महत्त्व झनै बढेको छ ।

नेतान्याहुले वर्षौंदेखि प्यालेस्टिनी राज्य बन्ने हो भने त्यसले अन्ततः हमासलाई तागत दिन सक्ने र इजरायलको सिमानामा हमासद्वारा सञ्चालित ठूलो राज्यको सम्भावना पैदा हुने दाबी गर्दै आएका छन् । तर अमेरिकाले गाजामा युद्धविरामका लागि परिष्कृत प्रस्ताव अघि बढाउँदा इजरायलमाथि लचिलो देखिन अन्तर्राष्ट्रिय समुदायको तीव्र दबाब परेको छ ।

सुरक्षा परिषद्ले रुस, चीन तथा केही अरब राष्ट्रहरूको कडा आपत्तिका बीच पनि गाजामा अन्तर्राष्ट्रिय स्थायित्वकरण बल तैनाथ गर्ने प्रावधानसहितको अमेरिकी प्रस्तावमा मतदान गर्ने अपेक्षा गरिएको छ ।

हमास तथा अन्य प्यालेस्टिनी समूहहरूले भने उक्त प्रस्तावलाई गाजामा ‘अन्तर्राष्ट्रिय जनादेश’ थोपर्ने कदम भन्दै आपत्ति जनाएका छन् । उनीहरूले प्रस्ताव इजरायलप्रति पक्षपातपूर्ण रहेको र प्यालेस्टिनीलाई आफ्नै मुद्दाहरू व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित गराउने आरोप लगाएका छन् । उनीहरूका अनुसार कुनै पनि स्थायित्वकरण बल प्रत्यक्ष रूपमा संयुक्त राष्ट्रसङ्घको नियन्त्रणमा रहनुपर्ने तथा इजरायललाई त्यो संरचनामा समावेश गर्न नहुने स्पष्ट माग गरिएको छ ।

अमेरिकी प्रस्तावमा गाजालाई निःशस्त्रीकरण गर्ने उल्लेखलाई हमासले कडा रूपमा अस्वीकार गरेको छ । नेतान्याहुले आइतबार आफ्ना मन्त्रीहरूसँगको छलफलमा गाजाको असैन्यीकरण ‘सजिलो वा कठिन दुवै तरिकाले’ गरिने चेतावनी दिएका थिए ।

अमेरिकामाथि स्थायित्वकरण बलका लागि सैनिक योगदान दिन सक्ने मुलुकहरूको दबाब परेको हुँदा उसले प्रस्तावमा प्यालेस्टिनी आत्मनिर्णय सम्बन्धी भाषालाई अझ कडा बनाएको बताइन्छ । संशोधित प्रस्तावमा अब राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले ‘प्यालेस्टिनी राज्यका लागि विश्वसनीय मार्ग’ दिन सक्ने उल्लेख गरिएको छ । यसका विपरीत प्रतिद्वन्द्वी रूसी प्रस्तावले प्यालेस्टिनी राज्यको पक्षमा अझ सशक्त अभिव्यक्ति प्रयोग गर्छ ।

अन्तर्राष्ट्रिय समुदायले इजरायल–प्यालेस्टिनी दीर्घकालीन समाधानको एकमात्र व्यावहारिक मार्गका रूपमा दुई–राष्ट्र समाधानलाई वर्षौंदेखि औपचारिक मान्यता दिँदै आएको छ । तर नेतान्याहुका कडापन्थी गठबन्धन साझेदारहरूले उनलाई प्यालेस्टिनी स्वतन्त्रताको विषयमा कडा र कठोर कदम चाल्न दबाब दिइरहेका छन् ।

नेतान्याहुले आइतबार इजरायलको नीतिमा ‘एक इन्च पनि परिवर्तन नभएको’ उल्लेख गर्दै बाहिरी वा आन्तरिक कुनै पनि दबाबले आफूलाई विचलित नपार्ने बताएका छन् । उनले भने, “मलाई कसैको पुष्टि, ट्विट वा व्याख्यानको आवश्यक छैन ।”

पछिल्ला महिनाहरूमा उक्त दबाब झनै बढेको छ । सेप्टेम्बरमा बेलायत, अस्ट्रेलिया र क्यानाडाले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिएपछि नेतान्याहुले ती मुलुकहरूलाई ‘हमासले पुरस्कार दिने’ आरोपसमेत लगाएका थिए ।

यसबीच पश्चिम किनारमा बढिरहेको बसोबासकर्ता हिंसाका बारे नेतान्याहुले पहिलोपटक सार्वजनिक रूपमा टिप्पणी गर्दै हिंसा ‘एक सानो समूहका चरमपन्थीहरूको काम’ भएको दाबी गरेका छन् । यद्यपि प्यालेस्टिनी तथा मानवअधिकार समूहहरूले उक्त दाबी अस्वीकार गर्दै हिंसा व्यापक भएको र सरकार मौन बसेको आरोप लगाएका छन् ।

पश्चिम किनारमा इजरायली गोली प्रहारबाट पछिल्ला दिनमा सातौँ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूको भनाइ छ । इजरायली सैन्य अभियान तथा बसोबासकर्तासम्बन्धी आक्रमणहरू तीव्र रूपमा बढिरहेका छन् ।

इजरायली सेनाले आइतबार नब्लसमा भएको कारबाहीमा विस्फोटक प्रहार गर्ने प्रयासपछि जवाफी गोली चलाएको दाबी गरेको छ । त्यसपछि फेरो क्षेत्रमा ‘हानि पु¥याउन खोज्ने व्यक्ति’ मारिएको बताइएको छ, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्यालेस्टिनी पक्षबाट तत्काल प्रतिक्रिया आएको थिएन । पश्चिम किनारका पछिल्ला घटनामा १५–१७ वर्षका छ जना किशोरसमेत मारिएका छन् ।

नेतान्याहुले बसोबासकर्ताद्वारा गरिने हिंसालाई ‘केवल केही कट्टर समूहको गतिविधि’ भने पनि अधिकार समूहहरूले यो हिंसा वर्तमान अतिदक्षिणपन्थी सरकारको ‘दण्डहीनता’ का कारण बढेको बताएका छन् । सेटलर नेताहरूले सरकारका महत्त्वपूर्ण जिम्मेवारी, जस्तै राष्ट्रिय प्रहरी बल तथा पश्चिम किनार नीति नियमन गर्ने मन्त्रालयहरू नेतृत्व गरिरहेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पश्चिम किनारका यी घटनाले ‘गाजामा भइरहेको कूटनीतिक प्रयासलाई कमजोर पार्न सक्ने’ चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका अनुसार अक्टोबर महिनामा मात्रै इजरायली बसोबासकर्ताद्वारा प्यालेस्टिनीहरू विरुद्ध २६० भन्दा बढी आक्रमण दर्ता भएका छन् । यो सन् २००६ पछि कुनै पनि महिनामा सबैभन्दा उच्च हो ।

गाजामा पनि स्थिति जटिल छ । इजरायली सेनाले आइतबार आफ्नो नियन्त्रण क्षेत्रभित्र प्रवेश गरेका एक व्यक्तिलाई तत्काल खतरा उत्पन्न गरेको भन्दै मारिएको दाबी गरेको छ ।

दक्षिणी गाजाको खान युनुसस्थित मुवासी तम्बु शिविरमा भारी वर्षापछि बाढीका बीच विस्थापित परिवारहरू कठिनाइ बेहोर्दै बँस्थे । फाटेका तम्बुहरूबाट पानी लगातार चुहिँदै थियो, बालबालिकाहरू नाङ्गै खुट्टा हिँडिरहेका थिए । विस्थापित प्यालेस्टिनी अब्दल्लाह अबु कुटाले भने, “हाम्रो तम्बु र स्नानगृह कपडाबाट बनेका छन् । घामले पहिल्यै जीर्ण पारेको छ । वर्षा परे सबै चीज भिज्छ । यो पीडा वर्णनातीत छ ।”

प्रधानमन्त्रीले बोलाएको छलफलमा को–को नागरिक अगुवा छन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल चलिरहेको छ । छलफलमा नागरिक समाजका अगुवा-प्रतिनिधिहरु इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदार भक्त माथे, स्टेला तामाङ, विजयकान्त कर्ण, गीता शर्मा, दोभान राई सहभागी छन् ।

यस्तै, विजय तिमल्सिना, खगेन्द्र सङ्ग्रौला, तुलानारायण साह, रेवती कार्की, शिशिर उप्रेती, दीपेन्द्र घिमिरे, राजुप्रसाद चापागाईलगायत सहभागी छन् । छलफलमा जेनजीको माग सम्बोधन, आगामी चुनावको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जेनजी अगुवालगायतसँग छलफल गरेकी थिइन् ।

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा। आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी यतिबेला जिल्लाको सदरमुकामदेखि गाउँगाउँसम्मका चोक र चिया पसलहरूमा बढेको छ । बिहानै चियाको तातोपनसँगै केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को महाधिवेशन तयारीका साथै सरकारले घोषणा गरेको निर्वाचनको विषयमा गहन छलफल सुरु हुन थालिसकेको छ ।

युवाहरूमा पनि चुनावी सरगर्मी उत्तिकै बढेको छ । विशेषगरी, निर्वाचनको माहोल बनाउन यहाँका जेनजी युवाहरू सक्रियतापूर्वक लागिपरेका छन् । लहानमा नगरस्तरीय जेनजी समूह गठन गरी युवा परिचालनमा जुटेका उमेश यादवले निर्वाचनको अपरिहार्यतामा जोड दिए ।

‘घोषित मितिमा चुनाव हुनुको विकल्पै छैन । चुनावले मात्रै युवाहरूको मागलाई सम्बोधन गर्न सक्छ । पुरानो नेतृत्वलाई विस्थापित गरी नयाँलाई स्थापित गर्न सक्छ’, यादवले भने, ‘यही हिसाबले हामीले युवालाई सङ्गठित गर्दै वडा, नगर हुँदै क्षेत्रीय समितिहरू गठन र विस्तार अभियानलाई तीव्रता दिएका छौँ ।’

उनले जेनजी मधेस प्रदेशका संयोजक शिव यादव र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग समन्वय गरेर चुनावी योजनाहरू अगाडि बढाइरहेको जानकारी दिए।

युवा नेताहरूले लोकतन्त्रलाई सही मार्गमा ल्याउन र जेनजी आन्दोलनमा उठेका मागको सम्बोधनका लागि पनि निर्वाचनको विकल्प नभएको स्पष्ट धारणा सार्वजनिक गरिरहेका छन् । यद्यपि, सबै पक्ष चुनाव हुनेमा ढुक्क भने छैनन् ।

स्वतन्त्र युवा भोगेन्द्रकुमार यादवले भने केही दलहरूको तयारी र आन्तरिक विवादका कारण चुनाव हुनेरनहुनेमा प्रश्न उठेको बताए।

निर्वाचनको घोषणासँगै जिल्लाका प्रमुख राजनीतिक दलहरू आ–आफ्नो तयारीमा जुटेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादवले भने, ‘चुनावको माहोल बनाउन गाउँगाउँ पुगेर एक किसिमको अनौपचारिक अभियानमा लागेका छौँ ।’

त्यस्तै, जनमत पार्टीका केन्द्रीय सदस्य बालेश्वर यादवले चुनाव लक्षित कार्यक्रममा आफूहरू होमिसकेको बताए। उनका अनुसार जनमत पार्टीले चुनावको विकल्प नदेखेको र मधेस प्रदेशमा सकारात्मक माहोल बनाउन युवाहरूलाई परिचालन गरिसकेको छ ।

नेकपा (एमाले)का मधेस प्रदेश समितिका सदस्य सुमेश यादवले पार्टीको महाधिवेशन नजिक रहेकाले त्यसको तयारीमा जुटेको बताए। उनले संसद् पुनस्र्थापनाको माग रहे पनि एमाले निर्वाचनबाट नभाग्ने र महाधिवेशनले सबै विषयको छिनोफानो गर्ने प्रस्ट पारे।

नेपाली कांग्रेसका सिरहा–१ का क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट भाग्ने कल्पना पनि गर्न नसक्ने धारणा राखे। उनले पार्टी आन्तरिक रूपमा निर्वाचनको तयारीमा जुटिसकेको स्पष्ट पारे ।

यता नवगठित नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेताहरू चुनावी वातावरण बनाउन देशभरि अभियान चलाइरहेको बताउँछन् । पार्टीका युवा नेता हेमन्त यादवले सोही अनुसार तयारी थालेको बताउँदै प्रदेश, जिल्ला तथा नगरस्तरीय एकता घोषणा सभासँगै जेनजी आन्दोलनबाट उठेका मागहरूलाई सकारात्मक रूपमा लिएर चुनावमा जाने धारणा राखे ।

यसैबीच, जेनजी समूहका युवाहरू निर्वाचनको माहोल सिर्जना गर्न र जेनजी आन्दोलनको उपलब्धि सुनिश्चित गर्न सिराहाका १७ वटै पालिकामा सक्रियता बढाइरहेका छन् । जेनजी समूह सिरहाका सल्लाहकार सुदीप कुशवाहले यस अभियानले युवालाई मतदान प्रक्रियामा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

घोषित मिति फागुन २१ गते नजिकिँदै गर्दा नेपालको राजनीतिक परिदृश्यमा निर्वाचनको सुनिश्चितता र त्यसले ल्याउने परिवर्तनको आशाले जनस्तरमा व्यापक बहस र उत्साह जगाएको छ ।

विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । उनी यसअघिको बढुवामा छुटेका थिए ।

बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो । अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए । घटनापछि उनलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो ।

‘समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउनुपर्ने’

काठमाडौँ । आज नोभेम्बर १७ प्रत्येक वर्ष यस दिन समय अगावै जन्मिएका नवजात शिशु दिवस (वल्र्ड प्रिम्याचुरिटी डे) मनाउने गरिन्छ ।

चिकित्सकका अनुसार समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्छ र त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी छ । यस दिवसले समयपूर्व जन्मिएका शिशुहरू र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राख्दछ ।

आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा एली प्रधान रञ्जितकारले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताउँदै समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने धारणा राखेकी छिन् ।

उनी भन्छिन्, “त्यस्ता शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी)जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । यदी गरेको छैन भने परीक्षण गराउनुपर्छ नभए जोखिम बढ्दै जान्छ ।”

बाल आँखा रोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा केही समस्या देखिन सक्छ । उनले भनिन्, “जसमा आँखाको पर्दामा रगत जम्ने र समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ ।”

डा. प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छिन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । उनले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू-) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने बताएकी छिन्।

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् । समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो । इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो ।
यसमा हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धको अपराध सबैभन्दा महत्वपूर्ण छन् । हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ । सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ । ढाकामा १५ हजार प्रहरी परिचालन गरिएको छ । उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ ।
शनिबार अबेर रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् । हसिनाको अवामी लिग पार्टीले विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भन्दै आह्वान गरेको देशव्यापी बन्दपछि ढाका तथा अन्य ठाँउमा अर्धसैनिक सीमा रक्षक तथा प्रहरी बल तैनाथ गरिएको छ ।
अभियोजनकर्ताहरूले भारतमा रहेकी हसिना तथा पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेका छन् । तेस्रो अभियुक्त पूर्व प्रहरी प्रमुख राज्यको साक्षी बनेकाले उनलाई सजायको सिफारिस गरिएको छैन । यही मुद्दाको फैसला आज सोमबार सुनाइने अपेक्षा गरिएको छ । हसिना र पूर्व गृहमन्त्रीमाथि सन् २०२४ को जुलाई–अगस्ट महिनामा भएको विद्यार्थी आन्दोलनका क्रममा सयौँ नागरिकको हत्या गरेको आरोपमा अनुपस्थितिमै मुद्दा चलाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी रिपोर्टअनुसार घटनामा एक हजार ४०० जनासम्मको मृत्यु भएको उल्लेख छ भने अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ ।
गत हप्ताको बन्दपछि देशभर कच्चा बम विस्फोट र आगजनीका घटनामा वृद्धि भएपछि न्यायाधिकरणले सोमबारका लागि फैसला तय गरेको थियो । राजधानीमा कक्षाहरू, सार्वजनिक यातायात तथा औपचारिक गतिविधिहरूमा व्यापक अवरोध परेको थियो । सोमबार बिहान फैसलाको तयारी भइरहँदा अवामी लिगले पुनः बन्दको आह्वान गरेको छ र हसिनाले अडियो सन्देशमार्फत समर्थकहरूलाई ‘फैसला बारे नर्भस नहुन’ आग्रह गरेकी छन् । चार दशक लामो राजनीतिक यात्रामा उनी कम्तीमा १९ पटक हत्याको प्रयासबाट बचेको इतिहास छ ।
यहीबीच, ढाकाका विभिन्न स्थानमा कच्चा बम विस्फोट भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यी मध्ये एक विस्फोट क्याबिनेट मन्त्रिस्तरका सल्लाहकारको निवास अगाडि भएको बताइएको छ ।  बढ्दो हिंसाका बीच ढाकाका प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले सवारीसाधन जलाउने वा कच्चा बम प्रहार गर्नेहरूलाई ‘देख्नेबित्तिकै गोली हान्ने’ निर्देशन जारी गरेका छन् ।  हसिना गत वर्ष अगस्ट ५ मा अपदस्थ भएपछि भारत पुगेकी थिइन् । उनको पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले अन्तरिम सरकार प्रमुखको रूपमा पदभार सम्हाल्दै हसिनालाई कानूनी सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए । अन्तरिम सरकारले अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाइरहेको छ । युनुसले आगामी फेब्रुअरीमा निर्वाचन गरिने र अवामी लिगलाई चुनावमा सहभागी हुन नदिइने बताउँदै बङ्गलादेशको राजनीतिक भविष्य ‘संक्रमणको संवेदनशील मोड’ मा रहेको संकेत दिएका छन् ।

फरार दुई थुनुवा पक्राउ

सुरुङ्गा (झापा) । जेनजी आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका दुई थुनुवा पक्राउ परेका हुन् । उनीहरु जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध मुद्दामा थुनामा रहेर अनुसन्धान भइरहेका शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दाका ४० वर्षीय ननकिशोर साह फरार भएका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उनीहरुकै घरबाट पक्राउ गरी पुनः हिरासतमा ल्याएको हो ।

बाला चतुर्दशी मेला : पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं।  पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ ।

बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन यहाँका कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले उक्त निर्णय गरेको हो । यही मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको उनले बताए।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने पनि बैठकले निर्णय गरेको सदस्यसचिव जोशीले उल्लेख गरे। बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन पनि कोषले सबैमा अनुरोध गरेको छ । उनका अनुसार जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ ।

पशुपतिनाथ मन्दिर प्राङ्गण परिसरमा बत्ती बालेर रात बस्न नदिने निर्णय पनि भएको सदस्यसचिव जोशीले बताए। पशुपतिनाथको मूल मन्दिर परिसरभित्र भक्तजनको घुइँचो हुने भएकाले कुनै पनि किसिमका निःशुल्क सामग्री वितरण गर्नेलाई स्थान दिइने छैन ।

बत्ती बाली बस्ने भक्तजनका लागि कोर क्षेत्र, कैलाश, भकुण्टोल, वनकाली, हंसमण्डप, चारशिवालय, अन्य खाली स्थानहरूमा पाल, सायर टाँग्ने व्यवस्थाका लागि नेपाली सेनालाई अनुरोध गरिएको कोषले जनाएको छ । नपुग भएका अन्य स्थानमा कोषले पाल, सायरको व्यवस्था गर्नेछ ।

पशुपति क्षेत्रको कोर क्षेत्रस्थित वत्सलेश्वरी डबलीमा शथ्या, चिकित्सक, एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी सेवा प्रदान गर्न नेपाली सेनालाई अनुरोध गरिएको छ । अन्य संस्थाले स्वास्थ्य शिविर राख्न स्थान माग गरेमा कोर क्षेत्र बाहिर राख्न दिने निर्णय भएको निमित्त सदस्यसचिव जोशीले बताए।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

सत्ययुगमा वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती यो पर्वसँग जोडिएको छ ।

यस्तो महत्त्व बोकेको मेलाका लागि कोषले पशुपति क्षेत्रमा पर्याप्त मात्रामा धारा र शौचालयको व्यवस्था गर्नेछ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरिएको जनाइएको छ ।

बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । यस्ता पदार्थ बिक्री वितरण गरे कानुनी कारबाही गरिने निर्णय पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको छ ।

दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेका लागि मंगलबार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नामदर्ता गरेर बत्ती बाल्नका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । मंगलबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।

बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ ।

कैलाश चौरमा महिला र पुरुषका छुट्टाछुट्टै निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको छ । मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई अनुरोध गरिएको छ ।

मेला अवधिभर गौशालाबाट भुवनेश्वरी मन्दिरअघिसम्म मात्र पसल राख्न दिइने निर्णय भएको सदस्यसचिव जोशीको भनाइ छ । सुरक्षा निकायको सहयोग लिई कोषले पसलको व्यवस्थापन गर्नेछ । कैलाश चौरमा पसल राख्न नदिने, पाल टाँगेर बत्ती बाल्नका लागि ठाउँ उपलब्ध गराइने छ । कैलाश चौरका कुनाकुनामा भने निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, पाल सायर व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी भइरहेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिए । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली बत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवी परिचालनलगायत तयारी पनि अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।

मङ्सिर ३ गते बुधबार शतबीज छर्ने दिन पशुपतिनाथ र वासुकीनाथ मन्दिरमा विशेष पूजा नहुने भएको छ । शतबीज छर्ने भक्तजनको घुइँचो हुने भएकाले यस्तो निर्णय गराएको जानकारी पनि उनले दिए । बाला चतुर्दशी पर्वमा स्वयंसेवा गर्न चाहने संस्थालाई कोषको निर्देशनअनुसार मात्र गर्न दिइने छ ।

वीर अस्पतालको सेवा निजी भन्दा कम छैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले कुनै पनि निजी अस्पतालको सेवा भन्दा वीर अस्पतालको सेवा कम नभएको बताएकी छन् । सोमवार अस्पतालको अनुगमनमा पुगेकी उनले वीर अस्पतालको सेवा कुनै पनि अस्पतालको भन्दा कम नभएको उल्लेख गर्दै निर्धक्क भएर सो सेवा लिन पनि सबैलाई आह्वान गरिन्।

आफ्नो लामो समयको चिकित्सकीय ज्ञानको आधारमा पनि वीर अस्पतालको सेवा अन्य अस्पतालको भन्दा कम नभएको मन्त्री गौतमले दावी गरिन् । मन्त्री गौतमले लामो समय सेवा दिएर वीर अस्पताल थकित वृद्ध रोगी जस्तो भएको अवस्थाबाट जेनजी पुस्ता जसरी जुर्मुराएर उठेर राम्रो सेवा दिएको आफूले पाएको समेत बताइन् । त्यस अवसरमा उनले वीर अस्पतालका लागि आवश्यक नर्सहरूको व्यवस्था गर्न आफू लागिपर्ने आश्वासन समेत दिइन् ।

मन्त्री गौतमले भनिन् ‘पुरानो वीर अस्पताल जुन यत्रो वर्ष सेवा दिएर आफैँ पनि थकित अलि वृद्ध रोगी जस्तो भएको थियो । त्यो फेरि नयाँ जेनजी जसरी आफै पनि अलिकति जुर्मुराएर उठेर राम्रोसँग सेवा दिएको रहेछ । त्यसकारण तपाईहरू सबै जनाले निर्धक्क भएर सेवा लिने वातावरण यहाँ रहेछ । त्यसकारण सो सेवा लिन हुन भनेर म यहाँ आएका मिडियाहरूमार्फत सबैलाई भन्न चाहन्छु । मेरो यत्रो वर्षको मेडिकल ज्ञानको आधारमा म के भन्न चाहन्छु भने बाहिरको कुनै पनि निजीको सेवा भन्दा यहाँको सेवा कम छैन । त्यसकारण निर्धक्क भएर हाम्रो देशको निम्न वर्ग र निम्न मध्यम वर्गले यो सेवा लिनु भयो भने यहाँहरूको जीवन धेरै नै सहज हुनेछ ।’

मन्त्री गौतमले वीर अस्पतालको सेवालाई विस्तार गर्न भक्तपुरको दुवाकोटस्थित जग्गामा भवन बनाएर काम गर्ने सोच पनि आफूले बनाएको बताइन् । उनले प्रादेशिक अस्पतालहरूको क्षमता विस्तारमा पनि लाग्नुपर्ने आवश्यकता रहेको बताइन् ।

एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौँ । एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमार्फत ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी भएको हो ।

सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमा गत वर्ष २३ हजार ८६३ र यस वर्ष १८ हजार ९९३ सिफारिस अनलाइनबाट स्वीकृत भएका जानकारी दिएका छन् । “चालु आर्थिक वर्षमा मात्र अनलाइनबाट सिफारिस माग गर्नेको सङ्ख्या २० हजार ३९८ सेवाग्राही रहेका छन् । यो प्रणालीमा १९५ प्रकारका सेवासँग सम्बन्धित ढाँचा राखिएका छन्”, उनले भने ।

विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘सिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्दै लैजाने उद्देश्यले कामपाले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

विद्युतीय हस्ताक्षर प्रणालीलाई कार्यान्वयन गराउने विषय उल्लेख गर्दै उनले भने, “अनलाइन प्रणालीको पूर्ण कार्यान्वयनले नागरिकको धेरै समस्या सुल्झिन्छन् । सेवा लिन नागरिकले कार्यालय पुग्नु नपरोस् । पुग्नै परे पनि कुर्नु नपरोस् । यसका लागि हामी संवेदनशील बन्नुपर्छ ।”

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये सार्वजनिक सूचनामार्फत प्रक्रिया अगाडि बढाउनुपर्ने कामलाई तत्काल अगाडि बढाउन, अन्तिम लेखा परीक्षणका लागि जिम्मेवारी छुट्याउन, आवश्यक पर्ने कागजात तयार पार्न आग्रह गरिएको छ ।

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

एफएम रेडियोमा कार्यरत पत्रकारका लागि आजदेखि धनगढीमा सुरु भएको अनुशिक्षण कार्यक्रममा उनले सञ्चार क्षेत्रको विकास गर्दै यसलाई भरपर्दो र विश्वासिलो बनाउन सामूहिक ऐक्यबद्धताको खाँचो औँल्याए।

मुख्यमन्त्रीले समग्र सञ्चार क्षेत्रलाई बलियो बनाउँदै देश र लोकतान्त्रिक व्यवस्थालाई जोगाउने महत्त्वपूर्ण दायित्वबाट सञ्चार जगत चुक्न नहुने धारणा राखे । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष भरत शाहलगायत वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

नेपाल पत्रकार महासङ्घ र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको दुईदिने अनुशिक्षण कार्यक्रममा एफएम रेडियोमा कार्यरत पत्रकारहरूको सहभागिता छ ।

पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी

काठमाडौँ । आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस । यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरका रूपमा रहेको छ । हरेक वर्ष विश्वमा छ लाख ६० हजार महिलालाई पाठेघरको क्यान्सर हुने र करिब तीन लाख ५० हजार महिलाको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

नेपालमा क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो कारणमा पाठेघरको मुखको क्यान्सर रहेको छ । रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही क्यान्सरका कारण प्रतिदिन चार जना महिलाले ज्यानसमेत गुमाइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले पाठेघरको मुखको क्यान्सर, रोकथाम र निवारणका लागि यस नाराले सबै सरोकार भएका निकायलाई गम्भीर बनाउने विश्वास व्यक्त गरेका छन् । उनले सबैले आ–आफ्नो स्थानबाट क्यान्सर, रोकथाम र निवारणका लागि अहिलेदेखि नै कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

दिवसको अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले समयमै स्क्रिनिङ, एचपिभी (ह्यमून प्यापिलोमा भाइरस)खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्नुपर्ने बताएका छन्। यस रोगको निवाराणका लागि स्क्रिनिङ, खोप विस्तार अनिवार्य रहेको डा देवकोटाको धारणा छ ।

उनले भने, “पाठेघरको मुखको क्यान्सर निवारण लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीलाई पहिलो पटक निःशुल्क सेवा प्रदान गरिएको छ । यस वर्षको फागुनमा विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई उक्त खोप दिने कार्यक्रम छ ।”

यो क्यान्सर निवारणका लागि सन् २०३० सम्ममा सरकारले ९० प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने, ३० वर्ष माथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका ९० प्रतिशत महिलाको उपचार गर्ने रणनीतिक लक्ष्य लिएको छ ।

चिकित्सकका अनुसार ३० वर्ष उमेरभन्दा माथिका सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको प्रारम्भिक जाँच गराउनुपर्दछ । एचआइभी सङ्क्रमित महिलाले २५ वर्षको उमेरदेखि नियमित रूपमा प्रारम्भिक जाँच गराउनुपर्दछ ।

नेपाल जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार करिब ११ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएका छन् । यसका प्रमुख चुनौतीहरूमा महिलामा सचेतना अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्ति अभाव, नियमित कार्यक्रमको कमी, कमजोर तथ्याङ्क व्यवस्थापन, सामाजिक लाजभाव र आर्थिक रहेका छन् । जसले गर्दा धेरै महिलामा रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने र मृत्यु दर उच्च रहने गरेको डा देवकोटाले बताएका छन् ।

काठमाडौँ महानगरमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौँ । एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमार्फत ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी भएको हो ।

सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमा गत वर्ष २३ हजार ८६३ र यस वर्ष १८ हजार ९९३ सिफारिस अनलाइनबाट स्वीकृत भएका जानकारी दिए । “चालु आर्थिक वर्षमा मात्र अनलाइनबाट सिफारिस माग गर्नेको सङ्ख्या २० हजार ३९८ सेवाग्राही हुनुहुन्छ । यो प्रणालीमा १९५ प्रकारका सेवासँग सम्बन्धित ढाँचा राखिएका छन्”, उनले भने ।

विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘सिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्दै लैजाने उद्देश्यले कामपाले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

विद्युतीय हस्ताक्षर प्रणालीलाई कार्यान्वयन गराउने विषय उल्लेख गर्दै उनले भने, “अनलाइन प्रणालीको पूर्ण कार्यान्वयनले नागरिकको धेरै समस्या सुल्झिन्छन् । सेवा लिन नागरिकले कार्यालय पुग्नु नपरोस् । पुग्नै परे पनि कुर्नु नपरोस् । यसका लागि हामी संवेदनशील बन्नुपर्छ ।”

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये सार्वजनिक सूचनामार्फत प्रक्रिया अगाडि बढाउनुपर्ने कामलाई तत्काल अगाडि बढाउन, अन्तिम लेखा परीक्षणका लागि जिम्मेवारी छुट्याउन, आवश्यक पर्ने कागजात तयार पार्न आग्रह गरिएको छ ।

सुजनको राजीनामा स्वीकृत, दीपक बने अखिलको अध्यक्ष

काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले अध्यक्षमा दीपक धामीलाई चयन गर्दै डा. सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ । नेपाल कमर्श क्याम्पसमा भएको पदाधिकारी बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. कडरियाले जेएन–जी आन्दोलनमा विद्यार्थी मारिएका घटनाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । बैठकपछि नयाँ पदाधिकारिहरूको जिम्मेवारी वितरण समेत गरिएको छ । उपाध्यक्ष अञ्जना शिवाकोटी महासचिव बन्ने भएकी छिन् भने अन्य पदाधिकारीहरू यथावत् रहने छन् । अध्यक्ष बनेका धामीले नेपाल भने, ‘पदाधिकारी बैठकले सर्वसम्मत निर्णय गरेका छौं । अब आवश्यक निर्णयहरू केन्द्रीय कमिटीमा पेश गरिनेछ । बैठकपछि सुजन कडरियाले आफ्नो राजीनामा स्वीकृत गरेको जानकारी दिएर धन्यवाद व्यक्त गर्नुभयो ।’

डा. कडरियाले आफ्नो अनुभव र संघर्षलाई सम्झँदै भावनात्मक सन्देश पनि दिएका छन् । उनले भनेका छन्, ‘आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तीता–मीठा क्षणहरू औपचारिक रूपमा समाप्त भएका छन् । मैले कसैप्रति जानजानी वा अनजानीमा कुनै गल्ती वा कडा व्यवहार गरेको भए हृदयदेखि क्षमाप्रार्थी छु । अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ अघि बढ्नेछु र नेकपा एमालेको इमानदार सिपाहीको रूपमा खटिरहने प्रतिज्ञा गर्दछु ।’

राजीनामा पछि कडरियाले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले थपे, ‘भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा समाप्त भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु । यस घटनाले विद्यार्थीको हक–हित र अधिकारको पक्षमा बुलन्द स्वर उठाउने अनेरास्ववियुको भूमिका फेरि प्रमाणित भएको छ ।’ यस घटनापछि अनेरास्ववियु नयाँ नेतृत्वसहित आगामी रणनीति निर्माण गर्दै विद्यार्थी अधिकार र संगठनको मजबुतीतर्फ केन्द्रित हुने भएको छ ।

 

निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहमति आवश्यक रहेको बताएका छन् । उनले सबै राजनीतिक दलहरुको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् । उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए ।

उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’ उनले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलबारको बैठकमा टुंग्याउने जानकारी दिए । जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रुपमा लाने भन्ने समझदारी भएको उनको भनाई छ ।

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

भक्तपुर । बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल । अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका हिमाली दृश्य । यी अहिले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटको डाँडाबाट देखिने दृश्य हुन् ।

सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ ।

नगरकोटसँगै विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारयण मन्दिरसहितका सम्पदालाई पर्यटन प्रवर्द्धनका माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले गत वैशाख १ गतेदेखि आगामी चैत मसान्तसम्मका लागि आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले पर्यटकलाई थप आकर्षित बनाएको छ ।

पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म निर्माण कम्पनीले अलपत्र पारेपछि करिब रु १७ करोडको लागतमा उक्त मार्ग नगरपालिकाले कालोपत्र गरेसँगै नगरकोट जान सहज भएपछि पर्यटकहरूको आगमन बढेको पर्यटन व्यवसायी बताउँछन् ।

नगरकोट बसपार्कसँगै रहेको होटल मेरिगोल्डका सञ्चालक एवं पर्यटन व्यवसायी गोकुल लामिछानेले ११ वर्षदेखि सुस्ताएको पर्यटन व्यवसाय सडक कालोपत्र गरेपछि फस्टाएको बताएका छन् । यसअघि यहाँको पर्यटन व्यवसाय सडककै कारणले सुस्ताएको थियो । एघार वर्षसम्म एउटा ठेकेदारले सडक मात्रै अलपत्र पारेन, सिङ्गो पर्यटन व्यवसाय नोक्सानमा पारेको उनको भनाइ छ ।

लामिछानेले भने, “सडककै कारणले नगरकोट आउने पर्यटक घटेका थिए, सोही कारण व्यवसायीले मार खेप्नु पर्‍यो तर अहिले चाँगुनारायण नगरपालिकाले भ्रमण वर्ष सुरु गरेसँगै नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा सडक कालोपत्र गराएपछि पर्यटकको आगमन बढेको छ, यहाँका व्यवसायीमा अहिले उत्साह थपिएको छ ।”

नगरकोटस्थित होटल चौतारीका सञ्चालक एवं पर्यटन व्यवसायी बद्रि माकले पर्यटकको आगमनले व्यवसायमा लगानी थप गर्न आँट आएको बताएका छन् । विसं २०७२ को भूकम्पले भत्किएको होटललाई नयाँ स्वरुपमा निर्माण गरेर व्यवसायमा लगानी बढाएको बताउँदै उनले बिदा र शुक्रबारको दिन अग्रिम बुकिङ नगरे ठाउँ पाउन मुस्किल पर्ने उल्लेख गरेका छन् ।

नगरकोटका होटलदेखि डाँडाहरूबाट देखिने सूर्योदय, सूर्यास्त, सगरमाथा र हिमाली दृश्यहरूले पर्यटकको मन आनन्दित बनाउने बताउँदै उनले आन्तरिक पर्यटक एक रात बसेर जाने र बाह्य पर्यटकहरू तीन–चार दिनसम्म नगरकोटमा रमाउने जानकारी दिएका छन् ।

नगरप्रमुख खत्रीले भूकम्प, कोरोना र अलपत्र सडकका कारण थिलथिलो बनेको यहाँको पर्यटन व्यवसाय अहिले चलायमान बन्दै गएको बताएका छन्। सरकारले नगरकोट सडकको ठेक्का रद्द गरेलगत्तै नगरपालिकाले तीव्र गतिमा भक्तपुर–नगरकोट १४ किलोमिटर सडक कालोपत्र सम्पन्न गराएपछि पर्यटकको आगमन बढेको उनको भनाइ छ ।

नगरप्रमुख खत्रीले भने, “चाँगुनारायणबाट नगरकोटसम्म यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरू छन् । त्यसैले नगरले निर्णय गरेर नगरकोट सडकको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेर तीव्र गतिमा निर्माण सम्पन्न गरायौँ, यहाँको पर्यटन व्यवसायको विकास र प्रचारप्रसारका लागि नगरकोट भ्रमण वर्षको सुरुआत गरेका छौँ, पर्यटकको आगमनले व्यवसायी उत्साहित छन् ।”

चाँगुनारायण, मण्डनदेउपुर र बनेपा नगरपालिकाको समन्वयमा पर्यटन प्रवर्द्धनका लागि संयुक्त रूपमा गुरुयोजना निर्माण गरी अगाडि बढ्ने सहमति बनेको बताउँदै भ्रमण वर्ष सफल पार्न सबै नगरपालिकाको क्रियाशीलता रहेको उनले उल्लेख गरेका छन् ।

नगरकोटमा सामान्य, मध्यमवर्गदेखि उच्च तहका व्यक्तिहरू बस्न सक्नेगरी सामान्यदेखि पाँचचारे र साततारेसम्मका होटलहरू सञ्चालनमा आएका जनाउँदै नगरप्रमुख खत्रीले नयाँ होटलहरू पनि धमाधम थपिँदै गएका बताएका छन् ।

“नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गराउन सरकारसँग संवादमार्फत पहल गरिरहेका छौँ । पर्यटन प्रवर्द्धनका लागि प्रदेश र केन्द्रीय सरकारसँग पनि पहल गर्दै जाने छौँ”, नगरप्रमुख खत्रीले भने । नगरकोटको प्रकृति, संस्कृति र समुदायलाई बचाउँदै यस क्षेत्रका बस्ने, महसुस गर्ने, सिक्ने, प्रचारप्रसार गर्ने र अनुसन्धान गर्ने विषयमा योजनाबद्ध काम गर्दै जाने उनले बताए।

पर्यटन व्यवसायी एवं होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले यहाँ पर्यटकको आगमन बढेपछि व्यवसायीले होटलमा लगानी बढाउन थालेका बताएका छन् । नगरकोटको विकासमा भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ जिल्लाले लगानी बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित नगरकोट समुद्री सतहबाट दुई हजार १७३ मिटर उचाइमा छ । व्यवसायी ध्वजुका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ, दोर्जे लाक्पा, धौलागिरि, कञ्चनजङ्घा, मनास्लु, गणेश, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालुलगायत विश्वका उत्कृष्ट हिमशृङ्खलाहरू यहाँबाट देख्न सकिन्छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकनका लागि पनि प्रसिद्ध मानिन्छ ।

प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण, सूर्योदय–सूर्यास्तको अनुपम सौन्दर्य, र सांस्कृतिक विविधताको सङ्गमका रूपमा परिचित छ । यहाँबाट लाङटाङ, गणेश, हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँसम्म कि मौसम अनुकूल भएमा माउन्ट एभरेष्टसमेत देख्न सकिन्छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले एक दिनमा फरकफरक मौसमको अनुभूति गर्न पाइने नगरकोट हिमाली दृश्य, सूर्योदय र सूर्यास्तमात्रै नभई यहाँका हरियालीले भरिएको घना वनजङ्गल, पाखा–पखेरा, घाँसेमैदान र खुल्ला प्राकृतिक वातावरणले पर्यापर्यटनमा समेत आकर्षण बढाएको बताएका छन्।

यहाँका गुरुङ, तामाङ, शेर्पालगायत जातिको स्थानीय संस्कृतिले पनि पर्यटकलाई सांस्कृतिक अनुभव दिनुका साथै आकर्षित गर्ने उनले बताएका छन् । यहाँका ट्रेकिङ मार्ग, साइकलिङ ट्रेल, घरबास, साहसिक खेलहरूलगायत विविध किसिमका पर्यटकलाई आकर्षित गर्ने गतिविधिका कारण बहुपक्षीय पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको उनले उल्लेख गरेका छन् ।

‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले नगरकोटलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन ठूलो भूमिका खेलेको अध्यक्ष गुरुङले विश्वास व्यक्त गरेका छन्। उनले यीयस्ता विशेषताका कारण पर्यटकलाई नगरकोटतर्फ आकर्षित गर्नुका साथै स्थानीय व्यवसायीहरूलाई पनि उत्पादन र सेवा सुधार गर्ने अवसर प्रदान गरेको बताएका छन् ।

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

फुङ्लिङ (ताप्लेजुङ) । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसारमा कार्यक्रम गर्ने गर्दछ ।

किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ । लिम्बू जातीले खेतीपाती गरेको अन्नबाली घर भित्रयाएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कूलदेवतालाई चढाउने परम्परा रहीआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णीमा अगाडि नै घर भित्रयाइसकेको हुन्छ ।
सप्रेका (ठूला–ठूला कोदो बाला) धानको बाला टिपेर चोखो पारी जाँड बनाउने गर्दछन् । लिम्बू समुदायका बिजुवा (पूजारी) घर बोलाएर कूलदेवतालाई चढाउने गर्दछन् । वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चढाउनुलाई लिम्बू समुदायमा थिसोक भनिन्छ । अन्नको भात पकाएर चढाउनुलाई चासोक भनिन्छ ।

याक्थुङचुम्लुङका जिल्ला अध्यक्ष हाङमाया लेक्षर्बोका अनुसार प्रत्येक घरमा एक वर्ष पहिला पाकेको अन्न कुलदेवतालाई चढाएर मात्र आफूलाई अन्नको उपभोग गर्ने गर्दछ । लिम्बू समुदाय आफ्नै मौलिक संस्कृति र संस्कार रहेको यो जातिले विभिन्न पेसा र जीवनशैली अपनाउँदै आएका छन् । कृषिमा आधारित जीवनशैली अपनाउने यो जाति प्रकृति पूजकका रुपमा पनि रहेका छन् । लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको लेछर्बोले बताँउछन् ।

लिम्बू समुदायले महान् चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी)पूजा उद्यौली याममा बालीनाली भित्रयाउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व (चाड) हो ।

काराँत याक्थुङचुम्लुङ ताप्लेजुङ शाखाका सचिव सरोज कङ्लिवा लिम्बूका अनुसार लिम्बू समुदायका ग्रन्थ मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किराँत याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किराँत चाड एक परिचय पुस्तक अनुसार कृषियुग सुरु हुनुअघि लिम्बूहरूका आदिम पुर्खा ९सावा येत्हाङ०ले कन्दमूल काँचै खाएर जीवनयापन गर्थे । उनीहरू कुपोषण र अनेक रोगब्याधिको शिकार बन्न भए । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङ (कूलदेवता)सँग प्राथना गरेका छन् ।

यही प्राथनाले गर्दा नै उनीहरूले पेना-माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैँया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए । यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पूर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर(घोरीया) बीउबिजन रोपी छरी अन्न फलाउन सुरु गरे ।

यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरू(देवीदेवता)लाई चढाउने प्रचलन बसाले । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यी नै कथनअनुसार माङ (देवता)लाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहि आएको कङ्लिवा लिम्बूले बताएका छन् । आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने)जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

पहिला घर–घरमा चासोक थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिकरूपमा यसलाई महान् उत्सवका रूपमा मान्न थालेको पाइन्छ । यो पर्वमा खुसीयाली साटासाट गर्ने तथा वर्षभरि भेट नभएका आफन्तजन तथा साथीभाइसँग भेटघाटको अवसरका रूपमा लिने गरेका लिम्बू समुदायको भनाइ छ ।

चासोक तङ्नामको अवसरमा ताप्लेजङलगायत लिम्बू समुदायबसोबास गर्ने क्षेत्रहरुमा शुभकामना आदान–प्रदान तथा मौलिक गीत–सङ्गीतसहितको सांस्कृतिक कार्यक्रम (यालाङ, केलाङ)धान तथा च्याब्रुङ नाच गरी मनाउँने गर्दछन् ।

यसलाई धार्मिक महत्व मानिन्छ भने सामाजिक महत्वमा चासोक तङ्नाममा रिस, इष्र्या बिर्सेर आत्मियताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनी भेटघाट र शुभकामना आदानप्रदान गर्दछन् । पाहुना आउने–जाने, मिठो मसिनो विभिन्न खानपिन बनाइ खाने, सुख–दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीबाट हुक्वा, चेसुङ ल्याउने, माइत तथा ससुराली जाने अवसरका रूपमा यस पर्व मान्दै आएका छन् । सामूहिकरूपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो (गीत) आदि गाएर मनोरञ्जन गर्दछन् । यस्तै परम्परागत खेल पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्ने गर्दछन् ।

ताप्लेजुङमा किराँत याक्थुङचुम्लुङले आउँदो मङ्सिर १८ गते लिम्बू समुदायहरु भएको क्षेत्रमा सामूहिक चासोक तङनाम पर्व मनाउने तयारी रहेको कङ्लिवा लिम्बूले बताए । पर्वकै अवसरमा ताप्लेजुङमा विभिन्न खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यक्रमहरु हुने भएको छ ।

यता फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । लिम्बूहरूको महानपर्व चासोक तङ्नामको पावन अवसरमा स्थानीय बिदा दिएको हो । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै मिति २०८२ कात्तिक ३० गतेको ७६औँ कार्यपालिका बैठकको निर्णय अनुसार याक्थुङ चुम्लुङ धर्मावलम्बीहरूको महान चाड चासोक तङ्नामको पावन अवसरमा मिति २०८२ साल मङ्सिर १ गते सोमबारका दिन स्थानीय बिदा दिएको जानकारी गराएको छ ।