`

‘देश युवाहरूले चाहे जस्तो निर्माण गर्ने दिशामा अग्रसर भयो’ {तस्वीरहरु}

काठमाडौं । गुरुङ समुदायको ठूलो चाड तमु ल्होसारको अवसरमा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पनि पुगिन् । तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडिखेल पुगेकी प्रम कार्कीलाई आयोजकले उनकै स्केच फ्रेम गरेर उपहार दिएका थिए । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताइन् । ‘यही विविधता नै हाम्रो ठूलो शक्ति पनि हो । तमु ल्होसार जस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन् । यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन्,’ उनले भनिन्, ‘आज हामी घोडा वर्गको नयाँ वर्ष मनाउँदै छौँ । घोडा शक्ति, साहस, गति र कर्मठपनाको प्रतीक हो । यही ऊर्जा र सकारात्मक भावनालाई आत्मसात् गर्दै हामी सबैले देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र वेगमा अघि बढ्नु पर्नेछ ।’

जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि एकआपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौं भन्ने विश्वास नै नेपाली समाजको अर्को सुन्दर पक्ष रहेको प्रधानमन्त्री कार्कीले बताइन् । पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उनले बताइन् ।
तस्वीरहरुः नेपाल फोटो लाइब्रेरी

पुराना पार्टी सिद्धिइसके भन्ने सोसल मिडियाको शहरिया होहल्ला मात्रै हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना पार्टी सिद्धिए अब नयाँहरू उदाउँछन् भन्ने शहरिया होहल्लामा सत्यता नभएको बताएका छन् । उनले गाउँ–गाउँमा स्थापित दलहरूप्रति नै आमजनताको भरोसा रहेको दाबी गरे । रूकुमबाट काठमाडौंसम्म पैदल यात्रा गरेका नेकपा युवा नेता केशव रावलको यात्रा समापनका लागि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालबाट उदाएकाहरूले देशको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।

‘अहिले सोसल मिडिया र शहर बजारका मान्छेका होहल्ला हेर्‍यो भने विचारविहीन, निष्ठाविहीनले कब्जा गरे भन्ने जस्तो होहल्ला छ । पार्टी सिद्धिइसके भन्ने र्‍युमर छ’ प्रचण्डले भने, ‘जसले दशकौं लडाइँ लडेर आन्दोलन गरेर कीर्तिमान कायम गरेका, ती पार्टीको काम छैन भने जस्तो । त्यस्तै त्यस्तै सोसल मिडियाबाट होहल्ला गर्नेहरू तिनै नै मुक्तिदाता हुन् भने जस्तो शहर बजारमा या मोबाइल हेर्नेहरूको हातहातमा त्यस्तो हो कि भन्ने भ्रम पर्ने गर्छ । तर त्यसो होइन ।’

प्रचण्डले शहरमा भइरहेको भन्दा गाउँको माहौल पृथक रहेको दाबी गरेका छन् । ‘शहर बजारमा जे होहल्ला छ त्यस्तो होइन, गाउँमा पार्टीप्रति सकारात्मक भाव छ । सोसल मिडियामा जे जस्तो चर्चा छ, जनतामा त्यस्तो छैन । पार्टीप्रति जनतामा आशा–भरोसा कायमै छ भन्ने कुरा महसुस गथ्र्यो । तपाईंले पैदल यात्रामार्फत् त्यस्तै सन्देश ल्याउनुभयो धन्यवाद छ’ प्रचण्डले भने । नेकपा एकताको सन्देश दिन भन्दै युवा नेता रावलले रूकुमदेखि काठमाडौंसम्म १५ दिन यात्रा गरेका थिए ।

भयरहित निर्वाचन कसरी हुन्छ भन्ने यक्षप्रश्न यथावत : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन हुने वातावरण बन्न नसकेको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भगाइएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबलका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत रहेको बताएका हुन् ।

नेता ज्ञवालीले फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएपनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरूले विघटनविरुद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकी रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकिर समेत गरे । उनले भने, ‘फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएको छ । एकातिर प्रतिनिधि सभाका बहुसंख्यक सदस्यहरूले प्रतिनिधिसभा विघटनका विरुद्ध उठाएका गम्भीर प्रश्नको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकी नै छ । अर्कोतिर भगाइएका हजारौँ कैदी, लुटिएका सयौँ आधुनिक हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबलका कारण सिर्जित सुरक्षा चुनौतीका बीचमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत नै छ ।’ एमाले नेता ज्ञवालीले पपुलिजमको आधारमा मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पारेका छन् ।

पूर्व राष्ट्रपति यादव र भण्डारीबीच भेटवार्ता

काठमाडौं । गणतन्त्र नेपालका दुई पूर्व राष्ट्रपति डा. रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवासमा यादव र भण्डारीको भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको भण्डारी निकट स्रोतले जानकारी दियो ।

उज्यालो–रास्वपा एकताप्रति असन्तुष्टि : लावतीले गरे नाम फिर्ताको संकेत, पहिचानवादी अलमलमा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता-विलयपछि उज्यालो पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । उज्यालो नेपाल पार्टीका नेता तथा प्राध्यापक डा. महेन्द्र लावतीले रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा आफ्नो नाम राखिएकोप्रति आपत्ति जनाउँदै पार्टी एकता आफूहरूसँग सल्लाह नगरी गरिएको बताएका छन् ।

रास्वपाले बुझाएको समानुपातिक सूचीमा डा. लावती आदिवासी जनजाति पुरुष क्लस्टरको १२ औं नम्बरमा छन् । तर उनले उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको विषय आफूले समाचारबाट मात्रै थाहा पाएको बताएका छन् । उनले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समानुपातिकता आफ्ना ‘बटमलाइन’ मुद्दा भएको स्पष्ट पारे । यी विषय एकतासम्बन्धी ७ बुँदे सहमतिमा नसमेटिएको भन्दै उनले रास्वपाले स्पष्ट धारणा सार्वजनिक नगरे आफूहरू साथ नहुने चेतावनी दिए ।

लावतीमाथि पहिचानको मुद्दा छाडेको आरोप पनि बढ्दै गएको छ । प्रदेश नामकरणपछि सुरु भएको आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूको सपना बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । यस्तै, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले पनि पार्टी विलय प्रक्रियाप्रति असहमति जनाएका छन् । उनले संरक्षक कुलमान घिसिङले कसैसँग सल्लाह नगरी एकल निर्णयमा पार्टी विलय गराएको आरोप लगाएका छन् । थेगिमका अनुसार यसले पहिचान, धर्म निरपेक्षता र संघीयताको मुद्दा के हुने भन्ने अन्योल बढाएको छ । ‘यो एकता होइन, समाहित मात्रै हो’, उनले भने ।

सोमबार कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी रास्वपासँग एकता गरेपछि रास्वपाले तीन पक्ष समेटेर ११० जनाको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा उज्यालो पार्टीका १८ जना समावेश छन् । उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय खस–आर्य पुरुषतर्फ समानुपातिक उम्मेदवार बनेका छन् भने डा. महेन्द्र लावतीसहित संयुक्त पहिचानवादी मोर्चाका नेताहरूको नाम पनि सूचीमा परेको छ । एकातर्फ उज्यालो पार्टीका शीर्ष नेताहरू नै रास्वपाको समानुपातिक उम्मेदवार बनेका छन् भने अर्कोतर्फ पार्टीभित्र पहिचान, धर्म निरपेक्षता र संघीयताको मुद्दालाई लिएर असन्तोष र अलमल बढ्दै गएको छ ।

यता एकतापछि रास्वपाको उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै पार्टी एकता गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकताले देशलाई सही निकासतर्फ लैजाने बताएका छन् । घिसिङले यो मिलनलाई देशको सही निकासका लागि एउटा बलियो कदमको रूपमा व्याख्या गरेका छन् ।

‘उज्यालो नेपाल अभियानलाई थप सशक्त र संस्थागत बनाउन राजनीतिक शक्ति अपरिहार्य रहेको उल्लेख गर्दै आम नागरिकको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन् । एकताको मस्यौदा तयार पार्न सोमबार साँझ कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा निर्णायक छलफल भएको थियो । उक्त वार्तामा नेपाली राजनीतिका तीन प्रभावशाली र चर्चित पात्रहरू–रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको उपस्थिति थियो ।

जेनजी शहीदका आमा–बुबा कांग्रेस र रास्वपाबाट समानुपातिक उम्मेदवार

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारहरू संसदमा पुग्ने देखिएका छन् । प्रमुख दुई दल-नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका शहीद परिवारका सदस्यलाई समानुपातिक सांसद उम्मेदवारको सूचीमा समेटेका छन् । नेपाली कांग्रेसले भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई समानुपातिक उम्मेदवार बनाएको छ । आदिवासी जनजाति क्लस्टरबाट सूचीकृत नारायण काठमाडौं निवासी हुन् । उनी जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष समेत हुन् । संस्थाका पूर्व अध्यक्ष भोजविक्रम थापाले स्वास्थ्य कारणले राजीनामा दिएपछि श्रेष्ठ निर्विरोध रूपमा नेतृत्वमा आएका थिए ।

उता, रास्वपाले भदौ २३ गते जेन–जी आन्दोलनमा शहीद भएका काभ्रेका २३ वर्षीय रसिक खतिवडाकी आमा रचना खतिवडालाई समानुपातिक सूचीमा समेटेको छ । उनी खस–आर्य महिला क्लस्टरबाट नवौं नम्बरमा छिन् । पार्टीको सूचीमा नाम परेको खबरले रचना अचम्म र खुशी दुवैमा परेकी छन् । ‘छोराको सपना पूरा गर्न पाउँछु कि भन्ने आशा जागेको छ’, उनले प्रतिक्रिया दिइन् ।

शहीद छोराको न्यायका लागि सडकदेखि सिंहदरबार र बालुवाटारसम्म पुगेकी रचनाको आवाजलाई रास्वपाले राजनीतिक प्रतिनिधित्वमा रूपान्तरण गर्न खोजेको देखिन्छ । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएपछि रास्वपा सभापति रवि लामिछाने स्वयं जेनजी शहीद परिवारलाई भेट्न पुगेका थिए । त्यसयता रचनासँग निरन्तर सम्पर्क र कागजात संकलन हुँदै आएको थियो ।

‘हामीले पुरानो दलहरुलाई जितायौँ, तर हाम्रै बच्चा मारिए’, रचनाले भनिन्, ‘अब नयाँलाई साथ दिनुपर्छ । संसदमा पुगेँ भने कम्तीमा दुई शब्द बोल्न त पाउँछु ।’ उनका अनुसार, संसद पुगेपछि छोराले उठाएका मुद्दा र आफू जस्तै पीडित आमाहरूको आँशुको मूल्य खोज्नु नै उनको प्राथमिकता हुनेछ। धिरज र रसिक—दुवै युवाको मृत्युले जेनजी आन्दोलनलाई मात्र होइन, देशको राजनीति पनि गहिरो रूपमा छोएको छ । शहीदका परिवारलाई संसदमा पुर्‍याउने यी कदमलाई कसैले सहानुभूतिको राजनीति त कसैले पीडितको आवाजलाई राज्यको केन्द्रमा पुर्‍याउने प्रयासका रूपमा हेरेका छन् । जे होस्, जेनजी आन्दोलनका शहीदका घरआँगनबाट अब आवाज संसदभित्रै उठ्ने संकेत देखिएको छ ।

सेलिब्रेटीको राजनीतिक मोह : रियालिटी शोका होस्टदेखि पूर्व क्रिकेटरसम्म समानुपातिकको बन्दसूचीमा

काठमाडौं– राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् ।

आयोगले पुसको १३ र १४ गतेभित्र समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्देशन दिएपछि अधिकांश दलहरू अन्तिम समयसम्म पनि सूची तयार पार्न व्यस्त देखिएका थिए ।

यसपटक दलहरूले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा युवा, नयाँ अनुहार र विभिन्न क्षेत्रका सेलिब्रेटीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । कलाकार, खेलाडी, मिस नेपाल, सामाजिक अभियन्ता तथा जेन–जी पुस्ताका प्रतिनिधिहरूलाई प्राथमिकतामा राख्दै दलहरूले समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएका हुन् ।

नेपाली कांग्रेसले आफ्नो समानुपातिक बन्द सूचीमा ३५ वर्षमुनिका १५ जना युवालाई समेटेको छ । कांग्रेसले २०६४ पछि समानुपातिक प्रणालीबाट सांसद बनेका कुनै पनि नेतालाई यसपटक सूचीमा राखेन ।

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बन्दसूचीमा पाँच प्रतिशतभन्दा बढी जेन–जी पुस्ताको प्रतिनिधित्व छ । कांग्रेसले संस्थापन पक्षलाई ६० प्रतिशत र इतरपक्षलाई ४० प्रतिशत भागबण्डा मिलाएर उम्मेदवार छनोट गरेको जनाएको छ ।

नेकपा एमालेले पनि समानुपातिक बन्दसूची तयार गर्दा युवालाई प्राथमिकतामा राखेको देखिएको छ । भ्रातृ संगठनहरूमा सक्रिय युवालाई एमालेले अवसर दिएको हो ।

विद्यार्थी, युवा तथा महिला संगठनबाट आएका नेताहरू सूचीमा समेटिएका छन् । यद्यपि, एमालेले केही पुराना अनुहार दोहोर्‍याएको छ ।

१७ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि भर्खरै राजनीतिक जीवन थालेका नयाँ अनुहारहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरेकाे छ ।  नेकपाको सूचीमा भ्रातृ संगठनमा लामो समयदेखि सक्रिय रहेका कार्यकर्ताहरूको संख्या धेरै देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

रास्वपाको सूचीमा चर्चित क्रिकेटरदेखि कलाकार, गायक र सामाजिक अभियन्तासम्मको घुइँचो देखिन्छ ।

पार्टीले विभिन्न क्षेत्रका चर्चित र प्रभावशाली व्यक्तिहरूलाई समानुपातिक सूचीमा समावेश गरेको हो ।

रास्वपाले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक बन्द सूचीमा राखेको छ ।

उनी बालेन कोटाबाट सूचीमा परेका हुन् । गायक प्रकाश सपुत तथा रियालिटी शोका होस्टद्वय रिमा विश्वकर्मा र आसिफ शाह पनि रास्वपाको बन्द सूचीमा समावेश छन् । रिमा र प्रकाश दलित क्लस्टरबाट क्रमशः पहिलो र दोस्रो नम्बरमा रहेका छन् । आसिफ मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा अटाएका छन् ।

रास्वपाले पूर्व मिस नेपाल अनुष्का श्रेष्ठलाई पनि आफ्नो समानुपातिक बन्द सूचीमा समेटेको छ ।

पार्टीको सूचीमा त्रिशला गुरुङ, सत्यकला राई, सचिन ढकाल लगायतका अन्य चर्चित व्यक्तिहरूको नाम पनि समावेश गरिएको छ ।

 

आज तमू ल्होछार, किन मनाइन्छ ?

काठमाडौँ । प्रत्येक वर्ष पौष पन्ध्रका दिन देशैभरी गुरुङ समुदायमा तमु ल्होछार विशेष हर्षोल्लासका साथ मनाउने गरीन्छ । तमू  भाषामा ‘ल्हो’ भनेको वर्ष र ‘छार’ भनेको नयाँ हो । यसैमा आधारित तमू ल्होछार नयाँ वर्षको आगमनलाई स्वागत गर्दै पुरानो वर्षको विदाईका लागि मनाईने गरेको सांस्कृतीक मान्यता छ ।

तमु क्यालेण्डर अनुसार एक वर्षमा चारवटा ल्होछार पर्छन् । पौष शुक्ल प्रतिपदामा प्रवर्तन हुने ल्होछारलाई तोल ल्होछार भनिन्छ । ल्होछारमध्येको यो आदिम ल्होछार हो । पश्चिम तिब्बतको कैलाशमान सरोवर वरिपरिका केही जनसमुदाय, नेपालको हुम्ला, मनाङ, भुटानका केही जनसमुदायमा मात्रै तोल ल्होछार प्रचलनमा रहिआएको छ।

कैलाश मानसरोवरदेखि पूर्व, ल्हासादेखि पश्चिम, सम्पूर्ण पश्चिम तिब्बत, नेपालको हुम्ला, मनाङ र खुम्बुबाहेकका सम्पूर्ण नेपालको हिमाली क्षेत्र र नेपालका तामाङ समुदायले मनाउने सोनाम ल्होछार हो। सोनाम ल्होछार माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।  

ल्हासादेखि पूर्वको तिब्बत, नेपालका खुम्बुका र यहाँबाट शाखाबन्दी भएर अयन्त्र बसोबास गरेका शेर्पाहरूले मनाउने ल्होछार ‘ग्याल्पो ल्होछार’ हो  । ‘ग्याल्पो ल्होछार’  फागुन शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ । 

आज पौष १५ का दिन मनाईने ल्होछार तमू ल्होछार हो । अन्य तीनवटा ल्होछारहरु तिथीअनुसार मनाइन्छ भने तमू ल्होछार ‘सौरमान’ अनुसार मनाइन्छ । गुरुङहरुले मात्रै मनाउने भएकाले यसलाई तमू ल्होछार भनिएको हो ।          

ग्रह, राशि, तिथि, नक्षेत्र आदिमा ज्योतिषशास्त्रमा अधारित भएजस्तै बाह्र थरीका विभिन्न पशुपन्छीको नाउँबाट नामकरण गरिएको तमू वर्गचक्र ल्होकोरमा तमू क्यालेन्डरमा आधारित छ । उक्त क्यालेण्डरका अनुसार १२ वर्षमा एक तमू वर्गचक्र पुरा हुन्छ । १२ ल्होहरु गरुड गिद्ध (मुप्रील्हो), सर्प (सप्रील्हो), घोडा (तल्हो), भेंडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा (च्यल्हो), कुकुर (खिल्हो), म्रिग (फोल्हो), मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो) र बिरालो (ह्यूल्हो) वर्ग छन्।

तमू क्यालेन्डरअनुसार प्रत्येक वर्ष पौष १५ मा वर्ष परिवर्तन हुन्छ ।  तमूहरु समूदायमा बस्ने र प्राकृतिक स्वभावको भएकोले ल्होछार पनि सामुहिकरुपमा मिलेर मनाउँछन् । 

विशेष गरी पौष १४, १५ र १६ तिन दिनसम्म समाजघर अथवा कुनै फराकिलो ठाउँमा सामुहिकरुपमा खाना खाने, तमू मौलिक सांस्कृतिक नाँचगान, खेलकूद गर्ने, समाजका मान्यजनहरुबाट आशिर्वाद लिने, समाजका युवावर्गलाई हौसला बढाउने साथै समाज र राष्ट्रप्रति योगदान पुर्याउँने व्यक्तिहरुलाई राम्रो कामको प्रशंसा गर्दै सम्मान गरिन्छ ।

तस्बिरहरु :

कांग्रेसले पनि बुझायो उम्मेदवारको बन्दसूची, रामवरणका छोरादेखि को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसले रातिदेखि बिहानसम्मको कसरतपछि प्रतिनिधिसभाको समानुपातिक बन्दसूची बुझाएको छ । सूची बुझाउने अन्तिम समय गए रातिसम्म भएकाले हिजै कांग्रेसले निर्वाचन आयोगमा निस्सा राखेको थियो । पार्टी कार्यालय सानेपा नजिकै रहेको एक कटेजमा सोमबार अबेर राति केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नामको अन्तिम टुंगो लगाएको थियो ।

त्यही सूची लिएर प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र मुख्य सचिव कृष्ण प्रसाद पौडेल राति आयोग पुगे पनि सूची सच्याउन भन्दै सभापति शेरबहादुर देउवाकहाँ गएका थिए । सूची संशोधन गरेर ११० जनाको नाम कांग्रेसले बुझाएको छ । कांग्रेसभित्रका विभिन्न समूहका नेताबीचको रस्साकस्सीले उम्मेदवार छनोटमा समस्या उत्पन्न भएपछि सूची बुझाउन ढिला भएको एक केन्द्रीय सदस्यले बताए ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाएको कांग्रेस स्रोतले जनाएको छ । निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । कांग्रेसले बन्दसूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन । कोशी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।

हेर्नुस् आंशिक सूची

भीष्मराज आङ्दम्बे
गोपालमान सिंह राजभण्डारी
थलकुमार लिंखा विजय सोम्बाहाम्फे
गीता गुरुङ गीताकुमारी सेन्दाङ
सविता राई
प्रेमिका राना मगर
निर्मला गुरुङ गोमाकुमारी भट्टराई
सुशीला ढकाल आचार्य
रुक्मिणी देवी कोइराला
रिना उप्रेती
जमिल अख्तर मिया
गोमा के.सी.

डा. प्रमिला गच्छदार
मनुमाया विश्वकर्मा
चन्द्रेश्वर शर्मा खत्वे
नगमा शाहिद
चन्दन झा
मनहरि श्रेष्ठ
सत्यनारायण चौधरी

रामसुन्दर महरा
कन्चनाकुमारी पासवान
निनु कर्ण
कविता यादव
सुजाता देवी
परमिला महतो
औरमिला कुमारी यादव
मो. अन्सार खाँ
डा. चन्द्रमोहन यादव
महेन्द्र यादव

रामनरेश कुशवाहा राजेन्द्र जयसवाल
प्रियन्का दास
पवित्रा सुनार
सहजान खातुन
शान्ता कुमारी तामाङ
नियती सिंह
ग्याल्जे शेर्पा
पेम्वा छिरिङ तामाङ
सेतेमान तामाङ
महेन्द्र थिङ
विनोद प्रकाश कायस्थ
डा. जगतबहादुर तामाङ
गणेशमान चक्रधर
भीमसेन दास प्रधान
नारायण श्रेष्ठ
डा. गंगालक्ष्मी अवाल
रेनुका काउचा
कमला राजभण्डारी
शकुन्तला शर्मा
अर्जुननरसिंह के.सी.
श्रीविनोद भट्टराई
सितादेवी देवकोटा
सीता थपलिया (उर्मिला)
उमा शिवाकोटी
सर्मिला श्रेष्ठ
छिरिङ डोल्मा शेर्पा

रविको चुनाव क्षेत्र चितवनबाटै समानुपातिक सूचीमा मात्रै २१ जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक सूचीमा पार्टी सभापति रवि लामिछानेको चुनाव क्षेत्र चितवन जिल्लाबाट उम्मेदवारको वर्चस्व देखिएको छ । बालेन साह र कुलमान घिसिङसँग एकीकरण गरेपछि सूची बुझाउन ढिला भएको थियो । तीन समूहमा भागबण्डा गरेर रास्वपाले ११० जनाको सूची बुझाएको हो ।

चितवनबाट सबैभन्दा धेरै २१ जना समानुपातिकतर्फको उम्मेदवार सूचीमा परेका छन् । चितवनपछि मोरङबाट १५ जना उम्मेदवार रहेका छन् । सुदूरपश्चिम, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको कतिपय जिल्लाबाट भने समानुपातिकतर्फका उम्मेदवार शून्य छ । चितवनमा डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी शेर्पा, सन्देश गुरुङ आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सूचीमा छन् । त्यस्तै, खर्सआर्यमा चितवनबाट सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने, प्रभा ढकाल उम्मेदवार रहेका छन् । सूचीअनुसार चितवनबाट १६ जना खसआर्य क्लस्टर र ५ जना आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवार रहेका छन् ।

मोरङबाट डा. राम लामा, मिङमा ग्लाबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा. महेन्द्र लावती, मानकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, विशाल गुरुङ, रञ्जनी श्रेष्ठ, डा. ओजश्वी शेरचन, मीरा महर्जन र तुलसा वाइवासहित १३ जना आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । यस्तै खस आर्य समूहमा ३२ जनाको नाम समावेश छ । तीमध्ये चितवनबाट १६ जनाको नाम समावेश छ । यो भनेको खस आर्य समूहको ५० प्रतिशत हो । १६ जनामध्ये ८ जना पुरुष र ८ जना महिला छन् । खसआर्य महिलामा मोरङका रञ्जु दर्शना र थारु क्लस्टरबाट सुरेन्द्र चौधरी सिफारिस भएका छन् ।

काठमाडौंबाट ५, ललितपुर र भक्तपुर जिल्लाबाट ३/३ जना मात्रै समानुपातिक सूचीमा छन् । सूचीअनुसार ७७ जिल्लामध्ये ३५ जिल्लाबाटै समानुपातिक उम्मेदवार परेका छन् । उम्मेदवार सिफारिस भएका जिल्लामध्ये अधिकांशबाट एकभन्दा बढी सूचीमा छन् । सुनसरी, सिन्धुपाल्चोक, गोरखा, कास्की, खोटाङ, ताप्लेजुङ, दाङ, सिरहा, रुकुम, म्याग्दी, झापा, रुपन्देही, नुवाकोट, कञ्चनपुर, भोजपुर, सोलुखुम्बु, सप्तरी, पाँचथर, बाग्लुङ, धनुषा, रौतहट, सुर्खेत, बर्दिया, महोत्तरी, बारा, सुनसरी, कपिलवस्तु बाँके, ओखलढुंगालगायत जिल्लाबाट मात्रै उम्मेदवार सूचीमा परेका छन् । कम्तीमा ५ जना उम्मेदवारको भने सूचीमा जिल्ला खुल्न बाँकी छ ।

कृषिमन्त्रीका सय दिने उपलब्धि : उखुकाे सर्वाधिक मूल्य निर्धारणदेखि भूरा वितरणसम्म

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

जेन–जी विद्रोहपछि ६ असोजमा मन्त्री नियुक्त भएका परियारले मंगलबार १०० दिने उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

उनले यसबीचमा कृषि र आम किसानहरूसँग प्रत्यक्ष वा परोक्ष जोडिएका कृषिजन्य उत्पादन प्रवद्र्धन र बजारीकरण, प्रविधि प्रसारण र कृषि अनुसन्धानसँग सम्बन्धित नीतिगत तथा व्यवस्थापकीय सुधारको कार्यसम्पादन गरेको दाबी गरेका छन् ।

देशका विभिन्‍न स्थानमा खेतबारीमै पुगेर भेटघाट तथा छलफलमार्फत आम किसानका समस्याहरूबारे जानकारी लिँदै सम्भव भएसम्म तत्काल समाधान गरेको विषय पनि उपलब्धिमा समेटेका छन् ।

यी हुन् उपलब्धि :

 

उखुकाे सर्वाधिक न्यूनतम खरिद मूल्य निर्धारण

डा. परियार कृषिमन्त्री भएपछि हालसम्मकै सर्वाधिक न्यूनतम खरिद मूल्य तोकेर उखु किसानहरूको असन्तुष्टि सम्बोधन गरेका छन् । चालु आर्थिक वर्ष २०८२–८३ मा उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रूपैयाँ र थप अनुदान रकम ७० निर्धारण गरिएको छ ।

न्यूनतम खरिद मूल्यको निर्धारण र थप अनुदान उखु किसानहरूको आन्दोलनको माग, वार्ता समितिको प्रतिवेदन, मन्त्रालयमा विभिन्न चरणमा उखु किसान र चिनी उद्यमीसँग भएको छलफललाई आधार मानेर गरेका हुन् ।

यसबाहेक उखु उत्पादक किसान तथा चिनि उद्यमीहरूको समस्याहरूको दीर्घकालिन समाधानका लागि उच्चस्तरीय समिति गठन गरेका छन् । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिनिधित्व रहेको छ ।

वेबसाइट सार्वजनिक

मलखाद वितरणमा देखिएको समस्या सम्बोधन गर्न डा. परियार मन्त्री भएपछि छुुट्टै वेबसाइट सार्वजनिक गरिएको छ ।

अनुदानको मल वितरण सूचना प्रणाली अनलाइन ट्रयाकिङ पोर्टललाई परिमार्जित गरी देशभरका किसानहरू आफैंले पालिकामार्फत सहकारी संस्थाहरूबाट वितरण भएको मलको विवरण हेर्न सक्ने गरी उक्त वेबसाइट सार्वजनिक गरिएको हो ।

सरकारबाट अनुदानित रासायनिक मल वितरण कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन वेभसाइट प्रभावकारी हुने मन्त्री परियारले विश्वास गरेका छन् ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट हालसम्म चार लाख ६६ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि ग्लोबल टेण्डर आव्हान भइसकेको छ ।

दुई लाख ४३ हजार मेट्रिकटन मल कृषकहरूलाई वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ८३ हजार मेट्रिकटन मल मौज्दात रहेको र एक लाख ३५ हजार मेट्रिकटन मार्गस्थ रहेको छ ।

साथै, आगामी धान रोप्ने सिजनका लागि थप ६० हजार मेट्रिकटन मलखाद आवश्यक हुने र अतिरिक्त रकम अर्थ मन्त्रालयमा अनुरोध गरिएको मन्त्री परियारले बताए ।

मल वितरणमा जातीय भेदभाव !

मन्त्री परियारले विभिन्‍न ठाउँबाट मल वितरणका क्रममा जातीय भेदभावका कुरा सुन्नमा आएको बताएका छन् ।

कृषि सामाग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालयहरूमा स्थानीय पालिकाको निर्देशनअनुसार कोटाको मल कुनै पनि जातीय, साँस्कृतिक, साम्प्रदायिक भेदभाव नहुने गरी समानरूपमा बिक्री वितरण गर्न/गराउनका लागि निर्देशन दिए ।

किसानको बक्यौता भुक्तानी

दुग्ध उत्पादक किसानको बक्यौता रकम भुक्तानी भएकोलाई कृषिमन्त्री डा. परियारले उपलब्धिमा समेटेका छन् ।

दुग्ध विकास संस्थान (डीडीसी)ले गत भदौ मसान्तसम्मको दुग्ध उत्पादक कृषकहरूको बाँकी बक्यौता रकम एक अर्ब ३ करोडमध्ये ८१ करोडको भुक्तानी गरेको छ । बाँकी रहेको करिब २२ करोड आगामी फागुन मसान्तसम्म भुक्तानी हुने अपेक्षा मन्त्री परियारको छ ।

कृषिमन्त्री भएपछि डा. परियारले देशको पूर्वी क्षेत्रको जिल्ला पाँचथरको भ्रमणसमेत गरे ।

त्यहाँ उनले बन्द र जिर्ण अवस्थामा रहेको राँके चिज उत्पादन केन्द्रको अवलोकन गरे । दुग्ध कृषकहरूको गुनासो र उत्पादनको खपत बजार सुनिश्‍चित हुनुपर्ने माग सुने । त्यसपछि २० दिनभित्र नयाँ संरचना बनाउन उत्पादन केन्द्रको व्यवस्थापन पक्षलाई निर्देशन दिएका थिए । हाल द्रुत गतिमा काम भइरहेको र त्यसलाई पनि मन्त्री परियारले १०० दिने उपलब्धि भनेका छन् ।

कृषि बजार सुधार दाबी

मन्त्री परियारले १०० दिनभित्रै कालिमाटी फलफूल तथा तरकारी बजार र अन्य कृषि बजारको सुधार गरेको दाबी गरेका छन् ।

बजारलाई थप व्यवस्थित बनाई प्रभावकारी सञ्‍चालन गर्न हालको विद्यमान समिति संरचना, पूर्वाधार र व्यवस्थापन सुधारसँगै सरसफाई लगायतका विषयमा निर्देशन दिएका छन् ।

त्यसपछि सोही अनुसार आवश्यक सर्वेक्षण गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएको र प्रतिवेदन कार्यान्वयनको क्रममा रहेको भनिएको छ ।

कालिमाटीमा रहेको माछा बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि छुट्टै बजारको परिकल्पना अगाडि बढाएको विषय पनि मन्त्री परियारको उपलब्धिमा समावेश छ ।

उनले चोभारमा निर्माण भई अलपत्र अवस्थामा रहेका फलफूल तथा पुष्प व्यापारका लागि निर्माण भएका बजार संरचनाहरूको स्थलगत अवलोकन गरी यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । यो मन्त्री परियारको अर्को उपलब्धि हो ।

उनी मन्त्री भएपछि नै अत्तरिया, कोहलपुर र धरान कृषि थोक बजारहरूमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला निर्माण कार्य प्रारम्भ भएको छ ।

एक करोड ६९ लाख भूरा वितरण

मन्त्री परियारले १०० दिनभित्रै मकवानपुर, बारा र पर्साका मत्य उत्पादक किसान र मत्स्य प्रवद्र्धन केन्द्रसँग मत्स्य पालनको क्षेत्रमा देखिएका विभिन्न समस्याबारे छलफल गरे ।

आयातित माछासँग प्रतिस्पर्धा, क्षमता विकास तथा बजारीकरणका लागि मूल्यश्रृंखलामा सहजीकरणका विषयमा समेत छलफल गरे । समाधानार्थ आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिए । यसलाई पनि मन्त्री परियारले अर्को उपलब्धि मानेका छन् ।

उनले माछा पालनमा प्रयोग हुने विद्युत् मिटरलाई कृषि मिटरमा समावेश गर्न ऊर्जा मन्त्रालयसँग अनुरोध गरेका छन् ।

यसबाहेक उनले केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुको स्थलगत निरीक्षण गरी नेपालमा उत्पादित माछाको लागत न्यूूनीकरण लगायतका समस्याहरु सम्बोधन गर्न आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।

यस अवधिमा एक करोड ६९ लाख ६१ हजार भन्दा बढी भूरा माछाको उत्पादन गराइ किसानहरूलाई वितरण गरिएको छ ।

मन्त्री परियारले मत्स्य उत्पादन वृद्धि गरी देशलाई माछामा आत्मनिर्भर तर्फ उन्मुख गराउने उद्देश्यले त्यसो गरिएको बताए ।

राष्ट्रिय च्याउ दिवस घोषणा

मन्त्री परियारले च्याउ उत्पादक किसानहरूलाई च्याउ उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग हुने पराल ढुवानीमा सहजीकरणका लागि गृह मन्त्रालय र यातायात व्यवस्था विभागसँग अनुरोध गरेका छन् ।

यस्तै, गुणस्तरीय च्याउको उत्पादन प्रर्वद्धन तथा च्याउ उत्पादन कृषकहरूलाई प्रोत्साहन गर्न मंगलबार (आज) राष्ट्रिय च्याउ दिवस घोषणा गरिएको छ । यसलाई पनि मन्त्री परियारले आफ्नो १०० दिने उपलब्धिमा समेटेका छन् ।

केराकाे बजारीकरणमा जाेडबल

कृषि वैज्ञानिकसमेत रहेका मन्त्री परियारले नेपाली केरा उत्पादक किसान र नेपाली उत्पादनलाई जैविक सुरक्षा प्रदान गर्न आयात नियन्त्रणका लागि सरोकारवाला निकायहरूसँग अनुरोध गरेका छन् ।

स्वदेशी केरा उत्पादनलाई प्रवद्र्धन गर्न जातीय सम्भावना, आम उपभोक्ताको रोजाइका जात तथा नेपाली केराको बजारीकरणका लागि प्याकेजिङमा सुधार गरी प्रतिस्पर्धी बनाउने रणनीति सरकारले अख्तियार गर्ने पनि मन्त्री परियारले बताए ।

उनले आगामी ४५ दिनभित्र कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।

उनले यसबीचमा मह उत्पादन र खाद्य स्वच्छता तथा गुणस्तर सुधारको क्षेत्रमा काम भएको पनि दाबी गरेका छन् । यी त भए कृषिअन्तर्गत १०० दिनमा गरेका उपलब्धि ।

यसबाहेक पशुपंक्षीको क्षेत्रमा सङ्क्रामक तथा महामारीजन्य पशु रोग नियन्त्रणका लागि खोप दिएको, पशुपन्छीको नश्ल सुधार, स्थलगत निरीक्षण र अनुगमन आदि गरेको उपलब्धि भनेका छन् ।

गाजामा बायरन आँधीका कारण दुई लाख भन्दा बढी मानिस प्रभावित : युएनआरडब्लुए

एजेन्सी । प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी युएनआरडब्लुए ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ ।

गत १०–१७ डिसेम्बरको बीचमा आएको आँधीले आवासिय भवनहरु ध्वस्त बनाउनुका साथै शरणार्थी शिविरहरुमा क्षति पुगेको एजेन्सिले जनाएको छ । सामाजिक सञ्जाल एक्स मार्फत युएनआरडब्लुले लामो युद्ध र विस्थापनले गाजाका मानिसहरूलाई भग्नावशेष, अस्थायी आश्रय वा जीर्ण शिविरहरुमा बस्न बाध्य पारेको पुष्टि गरेको छ । आँधीलाई “प्राकृतिक प्रकोपको रूपमा वर्णन गदै यसले व्यापक विनाश र इजरायलीको नरसंहार पछि सुरक्षित आश्रयको अभावले गर्दा तिव्र क्षति भएको जनाएको छ । युएनआरडब्लुएका अनुसार आँधीका कारण कम्तिमा १७ वटा भवनहरू ढलेका छन् भने ४२ हजार भन्दा बढी शिविर तथा अस्थायी आश्रयहरू क्षतिग्रस्त भएका छन्, जसले गर्दा कम्तिमा दुई लाख ३५ हजार मानिसहरू प्रभावित भएको जनाइएको छ ।

यस महिनाको सुरुमा गाजामा मौसमी प्रकोपका कारण चार बालबालिका सहित १८ जनाको मृत्यु हुनुका साथै लामो युद्धबाट थलिएका लगभग ९० प्रतिशत गाजनहरुको आश्रय स्थलहरू बाढी प्रभावित भएको जनाइएको छ ।

हिजबुल्लाह नेताद्वारा लेबनानको संकटमा अमेरिका र इजरायललाई दोषारोपण

लेबनान । हिजबुल्लाहका नेता शेख नइम कासिमले लेबनानको जारी राजनीतिक, आर्थिक र सुरक्षा अस्थिरताको पछाडि संयुक्त राज्य अमेरिका र इजरायल मुख्य वाह्य कारक रहेको बताएका छन् । लेबनानको वर्तमान अवस्थालाई सम्बोधन गर्दै एक टेलिभिजन भाषणमा कासिमले लामो समयदेखिको अमेरिकी प्रभुत्व र निरन्तर इजरायली आक्रमणका कारण देश तुफानको केन्द्रमा रहेको बताए ।

उनले लेबनानले थप सम्झौता गर्नुअघि इजरायलले आफ्ना सबै सेना फिर्ता गरेर सैन्य कारबाही रोकेर, बन्दीहरूलाई रिहा गरेर र पुनर्निर्माण शुरु गर्न अनुमति दिएर युद्धविरामलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कासिमले निःशस्त्रीकरणको आह्वानलाई पनि अस्वीकार गरे । यसले आन्तरिक विभाजनलाई गहिरो बनाउने, लेबनानको रक्षालाई कमजोर पार्ने र इजरायललाई लेबनानी भूभागको केही भाग ओगट्न र प्रतिरोध बिना आक्रमण जारी राख्न सक्षम बनाउने चेतावनी दिए । हिजबुल्लाह र इजरायलबीच नोभेम्बर २७, २०२४ देखि युद्धविराम सम्झौता लागू भएको छ । सम्झौताका बाबजुद इजरायलले हिजबुल्लाहका खतराहरूलाई हटाउने उद्देश्यले लेबनानमा कहिलेकाहीं आक्रमणहरू जारी राखेको छ ।

यसरी मनाइँदै ‘तमु ल्होसार’ मनाइँदै (तस्वीरहरू)

काठमाडौँ । आज देशभर हर्षोल्लासका साथ ‘तमु ल्होसार’ मनाइँदै छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मनाउँदै आएका छन् । ‘गुरुङ समुदायमा ‘ल्हो’ भन्नाले वर्ष र ‘सार’ भन्नाले फेरिनु भन्ने बुझिन्छ । तसर्थ, वर्ष फेरिने दिनको सङ्केतका रूपमा यस पर्वलाई ‘तमु ल्होसार’ नामकरण गरिएको हो । विशेष गरी पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि दिनहरू लम्बिँदै जाने हुँदा अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा पनि यसलाई लिइन्छ ।

सूर्यको ताप र भौगोलिक अवस्थितिसँग पनि यो पर्वको गहिरो सम्बन्ध रहेको छ । गुरुङहरूको बाहुल्य रहेका लमजुङ, गोरखा, कास्की, मनाङ, स्याङ्जा लगायतका जिल्लाहरूमा सूर्यको ताप पहिले महसुस गरिने भएकाले पुस महिनामै यो पर्व मनाउने परम्परा बसेको विश्वास गरिन्छ । ल्होसारको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज गुरुङ समुदायले वसन्तपुरबाट सांस्कृतिक ¥याली सहित रत्नपार्क, भद्रकाली सहिदगेट हुँदै टुँडिखेलमा पुगेर आफ्नो मौलिक पर्वलाई भव्यताका मनाइरहेका छन् ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

अब कालोसूचीका कम्पनीहरुले पनि विदेशी लगानी भित्र्याउन सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई पाँचौं पटक संशोधन गरेको छ । संशोधनमार्फत नेपाल राष्ट्र बैंकले कुनै पनि कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन वा बाहिर लैजान सक्ने गरी सहज नीति लिएको हो । त्यसका लागि अब केन्द्रीय बैंकको अनुमति लिनु पर्दैन । केन्द्रिय बैंकको यो नीतिपछि नेपालमा कालोसूचीमा रहेका कम्पनीहरूले पनि विदेशी लगानी भित्र्याउन सक्ने छन् ।

यसअघि कालोसूचीमा रहेका कम्पनीलाई विदेशबाट लगानी ल्याउन प्रतिवन्ध थियो । केन्द्रिय बैंकले पाँचौँ संशोधनमा उल्लेख गरिएअनुसार कालो सूचीमा रहेका कम्पनीले लगानी भित्र्याउन मात्रै पाउने छन् । उनीहरुले लाभांशलगायत रकम फिर्ता लैजानका लागि भने कालोसूचीबाट बाहिर निस्किसकेको हुनुपर्नेछ । राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को पाँचौं संशोधन अनुसार अब शेयर स्वामित्व परिवर्तनमा विदेशी लगानी भित्र्याउन वा पठाउन राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक पर्ने छैन ।

नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले लगानी तथा आर्जित रकम फिर्ता लैजाने प्रक्रिया थप सरलीकृत गरिएको हो । अब विदेशी लगानीकर्ताले शेयर विक्रीबाट प्राप्त रकम, मुनाफा वा लाभांश, उद्योग वा कम्पनी खारेजी पछि बाँकी रहेको रकम, प्रविधि हस्तान्तरण सम्झौतामा प्राप्त रोयल्टी, लिज भाडा, आदी कानूनी प्रक्रियाबाट फिर्ता लैजान सक्ने छन् । यसले विदेशी लगानीकर्ताका लागि प्रक्रिया सजिलो, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । यस्तै सूचना प्रविधि (आईटी) क्षेत्रका कम्पनीले अमेरिकी डलर २० हजार वा सो बराबरसम्मको रकम विदेशमा लगानी गर्न कानूनले अब बाधा नपु¥याउने व्यवस्था पनि थपिएको छ ।

नयाँ व्यवस्थाअनुसार आईटी कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको सीमाभित्र रहने गरी विदेशका क्षेत्र वा उद्योगमा लगानी गर्न आवश्यक विदेशी मुद्रा सटही सुविधा राष्ट्र बैंकबाट पाउने छन । कम्पनीले कम्तीमा पछिल्ला तीन आर्थिक वर्ष सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख (दुईमध्ये न्युन) रकमसम्म लगानी गर्न सक्ने छन् । तर विदेशमा सेवा निर्यात गर्ने कम्पनीले २० हजार डलरसम्मको लगानी गर्दा कुनै अतिरिक्त शर्त पालन गर्नुपर्ने छैन । यसका लागि अब सिधै केन्द्रिय बैंक जानुपर्ने बाध्यता पनि हटाइएको छ । विदेशी मुद्रा सटही सुविधा वाणिज्य बैंकमार्फत लिन सकिने व्यवस्था गरिएको छ ।

 

ठेक्का तोड्नु बाध्यता : मन्त्री घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताएका छन् । सडक बोर्ड नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताए । उनले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नु पर्ने अवस्था आएको जानकारी दिए । उनले सबै निर्माण व्यवसायी गलत भने नभएको बताए ।

समयमा नै काम गर्ने निर्माण व्यवसायीहरु पनि रहेको उल्लेख गर्दै उनले उनीहरुलाई प्रोत्साहन गर्ने गरेको बताए । निर्माणमा समस्या देखिएका केही ऐन र नियामावलीमा संशोधन गर्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए । निर्माण व्यवसायी विना देशको सम्रग विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए । विकास बजेट खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुने उनको भनाई छ । निर्माण व्यवसायीको क्षमता विकास गर्नतिर ध्यान दिन आवश्यक रहेको पनि उनले बताए ।

उनले भने, ‘अहिले हामी जति पनि निर्माण व्यवसायीहरुलाई धेरै ठाउँमा ठेक्का तोड्ने र ठेक्कालाई व्यवस्थापन गर्ने काम गरिरहेका छौँ । धेरै ठेक्का तोड्ने कामहरु पनि भइरहेको छ । त्यो वास्तवमा हाम्रो वाध्याता हो । वर्षौसम्म काम नभएका ठेक्काहरु तोडिएको हो । धेरै वर्षसम्म काम नहुने र जनतालाई धेरै नै दुःख हुने, धेरै विलोमा आएर ठेक्का लिने र काम नहुने अवस्थालाई व्यवस्थापन गर्नलाई बाध्य भएर हामीले ठेक्का तोड्नुपर्ने अवस्था हो ।’

उनले भने, ‘त्यो भन्दै गर्दा सबै निर्माण व्यवसायीलाई हामी गलत भनेको होइन । धेरै राम्रा निर्माण व्यवसायीहरु पनि छन्, जसले राम्रा काम पनि गरेका छन् । सहि समयमा काम गरेका पनि छन् । त्यस्ता व्यवसायीहरुलाई हामीले निरन्तर रुपमा प्रोत्साहन पनि गरेका छौँ । केही ऐन र नियामावलीमा संशोधन गर्ने विषयहरुलाई पनि हामीले अगाडि बढाउनु पर्नेछ । निर्माण व्यवसायीलाई हामीले प्रोत्साहन नै गर्ने हो । नेपालमा निर्माण व्यवसायी विना देशको सम्रग विकास सम्भव छैन । निर्माण व्यवसायीले नै देशको विकास गर्ने हो । कुनैपनि बजेट खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुन्छ । त्यही भएकोले निर्माण व्यवसायीको क्षमता विकास धेरै नै जरुरी छ । त्यतातिर हामीले ध्यान दिनु पर्नेछ ।’

उनले सडक बोर्डमार्फत काम गर्नको लागि धेरै नै माग आउने गरेको बताए । तर बजेट धेरै कम भएकाले मागअनुसार काम गर्न समस्या रहेको उनको भनाई छ । उनले संघीयताको मर्म नबुझ्दा सडक मर्मतका काममा समस्या देखिएको पनि बताए । स्थानीय तह र प्रदेशले मर्मत गर्ने सडकलाई पनि संघीय सरकारलाई देखाएर काम नहुने गरेको पाइएको उनले जानकारी दिए ।

विशेष महाधिवेशन हुँदै हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिष्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए पनि बाधक भने नबन्ने उनले स्पष्ट पारेका छन् ।

मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू १५ औं महाधिवेशनको प्रतिष्पर्धी नभएकाले तटस्थ रहने बताएका छन् । ‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिष्पर्धामा असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर लाग्नु हुन्छ भने मैले रोक्ने कुरा हुँदैन।’

देउवाले १५ औं महाधिवेशनमा विधानतः आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरूलाई प्रोत्साहन मात्र गर्ने बताए । विशेष महाधिवेशन भने नहुने उनको दाबी छ । ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’ देउवाले भने, ‘त्यस कारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’

पद र स्वार्थ भन्दा माथि उठेर देशहितका लागि एक ठाउँमा उभियौं : कुलमान घिसिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै पार्टी एकता गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता भएको जानकारी दिँदै यो निर्णयले देशलाई सही निकासतर्फ लैजाने बताएका हुन् । घिसिङले यो मिलनलाई देशको सही निकासका लागि एउटा बलियो कदमको रूपमा व्याख्या गरे ।

‘उज्यालो नेपाल अभियानलाई थप सशक्त र संस्थागत बनाउन राजनीतिक शक्ति अपरिहार्य रहेको उल्लेख गर्दै आम नागरिकको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन् । एकताको मस्यौदा तयार पार्न सोमबार साँझ कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा निर्णायक छलफल भएको थियो । उक्त वार्तामा नेपाली राजनीतिका तीन प्रभावशाली र चर्चित पात्रहरू–रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको उपस्थिति थियो ।

 

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबीच भेटवार्ता, दिइन् बुद्धको तस्वीर उपहार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियान-दलका संरक्षक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ । उनीहरुबीच शान्ति, निर्वाचन र माग–सम्बोधनलाई केन्द्रमा राखेको कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै पक्षले संवादलाई निरन्तरता दिने, असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्ने र निर्वाचन प्रक्रियालाई जिम्मेवार ढंगले अघि बढाउने समझदारी गरेका छन् ।

प्रधानमन्त्री कार्कीले देश हाल कठिन अवस्थाबाट शान्ति–सुव्यवस्थातर्फ फर्किएको उल्लेख गर्दै अब अस्थिरता र अशान्ति धान्न नसक्ने बताइन् । ‘सबै खालका संशय चिर्दै मुलुक निर्वाचनको माहोलमा प्रवेश गरेको छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ, ‘यो देश मेरो पनि हो भन्ने भावनाले सबै पक्ष जिम्मेवार बन्नु पर्छ ।’ उनले प्रसाईंलाई आफ्ना मुद्दा लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाट राख्न र आवश्यक परे चुनावमार्फत अनुमोदन गराउन सुझाव दिइन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने सन्देशका रूपमा भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी थिइन् । साथै, भ्रष्टाचार नियन्त्रण र शोषित–पीडितलाई न्याय दिलाउने दिशामा सरकारले आधार तयार पार्दै गएको उल्लेख गर्दै उठाइएका जायज मागबारे गृहकार्य भइरहेको बताइन् । ‘नतिजा रातारात नदेखिए पनि प्रक्रिया अघि बढेको छ’, उनले भनिन्, ‘कतिपय मागको सम्बोधनका लागि थप छलफल गरौँ ।’

यसअघिको भेटमा दुर्गा प्रसाईंले प्रधानमन्त्रीसँग आफूले बाहिर सार्वजनिक रूपमा बोलेका केही अभिव्यक्तिप्रति माफी माग्दै दुर्गा माताको मूर्ति उपहार दिएका थिए । उनले प्रधानमन्त्रीलाई ‘दुर्गा माताको रूप धारण गरेर दृढतापूर्वक काम गर्न’ आग्रह गर्दै सरकारको साथमा आफूहरू उभिने प्रतिबद्धता जनाएका थिए । ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु’, मंसिर २२ गतेको भेटमा उनले भनेका थिए, ‘यो सरकारको पक्षमा सगरमाथा जस्तै अटल भएर उभिन्छौँ ।’
प्रसाईंले यसअघिका सरकारहरूले आफ्ना माग सुन्न नचाहेको गुनासो गर्दै अहिलेको सरकारले संवादका लागि ढोका खोलेकोमा धन्यवाद दिएका थिए ।

‘प्रधानमन्त्रीको टेबुलमै आएर माग राख्न पायौँ’, उनले भनेका थिए, ‘माग पूरा भए देशभर खुशीयाली छाउनेछ र सडक आन्दोलनको आवश्यकता पर्ने छैन ।’ प्रधानमन्त्री कार्कीले पनि बेथिति र भ्रष्टाचार नियन्त्रणकै उद्देश्यले सरकार बनेको स्पष्ट पार्दै, प्रसाईंले उठाएका कतिपय माग जेन–जी आन्दोलनका क्रममा उठेकै भएकाले तिनको सम्बोधन राज्यको दायित्व भएको बताएकी थिइन् । यद्यपि, ऋण मिनाहा जस्ता विषय राज्यले वहन गर्न सक्ने क्षमता र प्रभावका आधारमा गम्भीर रूपमा अध्ययन गर्नुपर्ने धारणा उनले राखेकी थिइन् ।

पाँच महिनामा चार खर्ब ९ अर्ब राजश्व, घरजग्गा र शेयर बजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ । अर्थ मन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको हो । यो लक्ष्यको तुलनामा ७८ दशमलव ७४ प्रतिशत हो । गत वर्षको सोही अवधिको तुलनामा राजश्व १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकूल परिस्थितिमा पनि राजश्व गत वर्ष भन्दा सकारात्मक उठेको जानकारी दिए । उनकाअनुसार राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ । तर आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ । नकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको उनको भनाइ छ । उनकाअनुसार मंसिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पुँजीगत लाभकरमा कमी आउनु पनि हो । घर जग्गाका कारोबारहरु शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा कम आएको र लक्ष्य भेट्न सकस परेको पाण्डेले जानकारी दिए ।

सहसचिव पाण्डेयले भने, ‘हाम्रो चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म राजश्वको अवस्था हेर्दा करिब ४०९ अर्बको राजश्व संकलन भएको छ । लक्ष्यअनुसार राजश्वको प्रगति हुन सकेको छैन । लक्ष्यअनुसारको प्रगति करिव ७८ प्रतिशत छ । गत वर्षको तुलनामा भने १.६ प्रतिशतको ग्रोथमा छौं । जुन यस्तो प्रतिकुल परिस्थीतिमा पनि राजश्व गतवर्ष भन्दा सकारात्मक उठिरहेको छ । लक्ष्यअनुसार राजस्व उठाउनका लागि अर्थ मन्त्रालय र मातहतका विभाग, कार्यालयहरु लागिरहेका छन् ।’ उनले भने, ‘आगामी असार मसान्तसम्म पुग्दा लक्ष्यअनुसार राजश्व असुल हुन्छ । राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्यअभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ ।

आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ । नकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्यो र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आएको देखिन्छ । अर्कोतर्फ पुँजीगत लाभकरमा पनि कमी आएको देखिन्छ । जस्तै घरजग्गाका कारोबारहरु शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा केही कम छ ।’ घरजग्गाका कित्ताकाट खुलिसकेको र शेयर कारोबारमा पनि अलिकति उछाल आउने छनक देखिएकाले आगामी दिनमा राजश्व बढ्ने अर्थ मन्त्रालयको विश्वास छ । अर्थ मन्त्रालयकाअनुसार आशन्न निर्वाचनमा हुने खर्च र पुनर्निर्माणमा गरिने खर्चले पनि राजश्व वृद्धिमा सहयोग पु¥याउने र लक्ष्य भेट्ने छ ।

 

यस्तो छ राप्रपाको समानुपातिक बन्द सूची, नयाँलाई अवसर (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभातर्फ समानुपातिकका ११० जनाको नाम निर्वाचन आयोगमा पेश गरेको छ । राप्रपाले २०६४ सालदेखि २०७९ सालसम्म अवसर पाएकालाई समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको थियो । त्यसअनुसार नयाँले अवसर पाएका छन्। पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले आफू समानुपातिक उम्मेदवार हुन पाउनुपर्ने अडान केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखेपछि मतदान नै गर्नुपरेको थियो ।

कार्यसम्पादन समितिमा लोहनीका पक्षमा धेरै मत खसेन र उनी उम्मेदवार हुन पाएनन् । राप्रपाका एक नेताका अनुसार खसआर्य र जनजाति पुरूषका लागि उम्मेदवार चयन गर्न मतदान भएको थियो । ‘२०६४ पछि अवसर पाएकाहरूलाई नदोहो¥याउने निर्णयमा पूर्व अध्यक्ष लोहनीले असहमति राख्दै आफू जनशक्तिबाट त्यसबेला सांसद भएकोले यो नियम लागू नहुने बताउनु भएको थियो, यसबारे मतदान हुँदा उहाँलाई उम्मेदवार नबनाउने पक्षमा धेरै मत आयो,’ ती नेताले भने ।

हेर्नुस् सूची

 

कांग्रेस पनि बल्ल पुग्यो समानुपातिक उम्मेदवारको सूची बुझाउन

काठमाडौं । नेपाली कांग्रेसले ढिलो गरेर समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । आयोगले तोकेको अन्तिम समय नजिकिँदै गर्दा मंगलबार बिहान कांग्रेसका नेताहरू सूची लिएर आयोग पुगेका हुन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माको नेतृत्वमा नेताहरू आयोग पुगेका थिए। निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समय दिएको थियो । कांग्रेस सोमबार नै सूची बुझाउने तयारीमा थियो, तर अन्तिम समयमा सूचीमा समेटिएका नामहरूमा हेरफेर गर्नुपरेपछि प्रक्रिया लम्बिएको नेताहरूको भनाइ छ ।

सूची बुझाउन थप ढिलाइ हुनुको अर्को कारण पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिनु रहेको बताइएको छ । डिजिटल हस्ताक्षर अस्वीकृत भएपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितका नेताहरू मंगलबार बिहान महाराजगञ्जस्थित देउवाको निवासमा पुगेर हस्ताक्षर गराएका थिए । त्यसपछि मात्र सूची आयोगमा पेस गरिएको हो । निर्वाचन आयोगले कांग्रेसले समयमै निवेदन दिइसकेको र उम्मेदवारको सनाखत प्रक्रिया पूरा भएकाले मंगलबार पनि सूची बुझाउन सकिने स्पष्ट पारेको थियो । कांग्रेसले यस पटक समानुपातिक उम्मेदवार छनोटमा नयाँ अनुहारलाई विशेष प्राथमिकता दिएको जनाएको छ । पार्टीका अनुसार २०६४ सालयता समानुपातिक प्रणालीबाट सांसद बनेका कुनै पनि नेताको नाम यसपटकको सूचीमा समावेश गरिएको छैन ।

प्रचार विभाग प्रमुख विश्वकर्माले प्रादेशिक भूगोल र जनसंख्याका आधारमा प्रतिनिधित्वको कोटा निर्धारण गरेर उम्मेदवार छनोट गरिएको जानकारी दिए । उनका अनुसार समानुपातिक सूचीमा ५ प्रतिशतभन्दा बढी ‘जेन–जी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन संस्थापन पक्षलाई ६० प्रतिशत र इतर पक्षलाई ४० प्रतिशत भागबन्डा गरेर सूची तयार गरिएको कांग्रेसको भनाइ छ। समानुपातिक सूचीमा सहमहामन्त्री भीष्मराज आङदेम्बे र वरिष्ठ नेता अर्जुननरसिंह केसीको नाम पनि समेटिएको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको ११० सिटलाई प्रादेशिक जनसंख्याको अनुपातमा बाँडफाँट गरिएको कांग्रेसले जनाएको छ । त्यसअनुसार कोसी प्रदेशबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जनाको नाम सूचीमा समावेश गरिएको छ । ढिलाइ भए पनि कांग्रेसले समावेशीता, पुस्तान्तरण र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राखेर समानुपातिक सूची तयार गरेको दाबी गरेको छ ।

 

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

राैतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते हुनुभएको छ । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए ।

हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सावारीसाधन धन्सार पुल नजिक रोकिएको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताए । ट्याङ्कर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छभने ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम बढिरहेको छ । उक्त ग्यास ट्याङ्कर उठाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली आउँदै गरेको उहाँले जानकारी दिए ।

फिरौती असुलेर विनोदको हत्यामा संलग्न तीन जनालाई जन्मकैद

काभ्रेपलाञ्चोक । ‘हनी ट्रयाप’ मा पारी काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको अपहरणपछि हत्या गरेको अभियोगमा संलग्न तीन जनालाई जन्मकैदको सजाय सुनाइएको छ । सोमबार जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले मुख्य अभियुक्तहरू मनिषा महत, आशिष पासवान र प्रतीक गौतमलाई जन्मकैदको सजाय सुनाएको हो ।

अदालतका श्रेस्तेदार इन्दिरा कार्कीका अनुसार तीनै जनालाई जनही २–२ लाख रुपैयाँ जरिवाना र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि दिइएको छ । यस्तै अदालतले सोही प्रकरणमा संलग्न अन्य चार जनालाई भने सफाइ दिएको छ । रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेललाई अभियोग प्रमाणित हुन नसकेको भन्दै सफाइ दिइएको हो ।

यसैगरी, मतियारको भूमिकामा मुद्दा चलाइएका काठमाडौं शंकरापुर नगरपालिका–५ का सरिन घिमिरेलाई दोषी ठहर गरिएको छ । उनको सजाय निर्धारणका लागि अदालतले अर्को पेशी तोकेको छ। घटनामा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत भने फरार रहेका छन्। काठमाडौं कीर्तिपुर नगरपालिका–५ मा मासु पसल सञ्चालन गर्दै आएका विनोद खड्गीलाई अभियुक्त समूहले २०८१ असोज ५ गते राति ‘हनी ट्रयाप’मा पारेर अपहरण गरेको थियो । अपहरणपछि फिरौती रकम असुलेर खड्गीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो ।

७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य एकैदिन एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।  आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री जियाको मंगलबार बिहान ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बीएनपीको मिडिया सेलले सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत उनको निधनको जानकारी दिएको छ । बीएनपीका अनुसार मंगलबार बिहान ६ बजे ‘फज्र’ को नमाज पढेको केही समयपछि उनले अन्तिम सास फेरेकी थिइन् ।

खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको लामो लण्डन बसाइपछि गत डिसेम्बर २५ मा मात्रै ढाका फर्किएका थिए । छोरा स्वदेश फर्केको पाँच दिनपछि जियाको निधन भएको हो । पछिल्लो केही महिनादेखि उनको स्वास्थ्य अवस्था निकै नाजुक थियो । यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको स्वास्थ्य लाभको कामना गर्दै हरसम्भव सहयोगको प्रस्ताव गरेका थिए । चार दशकभन्दा लामो समय राजनीतिमा सक्रिय खालिदा जिया सन् १९८१ मा पति एवं तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्या भएपछि राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले नै बीएनपीको कमान सम्हालेकी थिइन् ।

उनी सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००१ देखि २००६ सम्म उनी पुनः सत्तामा रहिन् । बंगलादेशमा बहुदलीय लोकतन्त्रको स्थापनाका लागि उनलाई महत्त्वपूर्ण नेता मानिन्छ । शेख हसिना प्रधानमन्त्री रहँदा खालिदा जिया जेलमा थिइन् भने उनका छोरा तारिक रहमानलाई पनि विभिन्न मुद्दामा दोषी ठहर गरिएको थियो ।

तर, सन् २०२४ मा शेख हसिनाविरुद्ध भएको विद्यार्थी आन्दोलनपछि गठन भएको मोहम्मद युनुसको अन्तरिम सरकारले जिया र उनका छोरालाई सबै मुद्दाबाट सफाइ दिएको थियो । बीएनपी अहिले बंगलादेशको सबैभन्दा ठूलो दलका रूपमा देखिएको छ र आगामी वर्ष हुने चुनावमा यो पार्टी सत्तामा आउन सक्ने अनुमान गरिएको छ । जियाले सन् २०२४ मा शेख हसिनाविरुद्ध भएको जनआन्दोलनलाई जेलबाटै समर्थन जनाएकी थिइन् ।

नेकपाका यी हुन् ११० समानुपातिक उम्मेदवार, अधिकांश नयाँ अनुहार (नामावली)

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । यस पटकको सूचीको विशेषता भनेको—अघिल्ला संघीय वा प्रदेशसभा सांसदहरूलाई समावेश नगरी अधिकांश नयाँ अनुहारलाई अवसर दिनु हो ।

नेकपाले पार्टीभित्र लिइएको नीतिगत निर्णयअनुसार यसअघि सांसद भइसकेका नेताहरूलाई समानुपातिक सूचीमा नदोहोर्‍याउने रणनीति अपनाएको जनाएको छ। सोही कारण पार्टीको बन्दसूची विभिन्न समुदाय, वर्ग र पेसाबाट आएका नयाँ प्रतिनिधित्वले भरिएको देखिन्छ । समानुपातिक सूचीमा पार्टी एकता प्रक्रियामा आएका चिरण पुनदेखि हालै मात्र पार्टी प्रवेश गरेका डा. मित्र परियारसम्मलाई समेटिएको छ ।

यसले नेकपाले संगठन विस्तारसँगै नयाँ कार्यकर्ता र विज्ञ व्यक्तित्वलाई समेत राजनीतिक मूलधारमा ल्याउन खोजेको संकेत गर्छ । समानुपातिक सूचीमा खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायको सन्तुलित सहभागिता देखिन्छ । खस आर्यतर्फ महिलामा करुणा बस्नेत र पुरुषतर्फ पूर्व राजदूत प्रमेश हमाल शीर्ष स्थानमा छन् ।

आदिवासी जनजातितर्फ दीपक जंगम, भीमकुमारी बुढा, परशुराम तामाङ, दिलीप प्रजापति र मंगलसिंह प्रजा समेटिएका छन् । मधेशी समुदायबाट तारा महतो, रामसखी देवी, जोगकुमार बर्बरिया यादव र सुरेन्द्रकुमार जयसवाल सूचीमा छन् । दलित समुदायबाट गीता गहतराज, पार्वती विक, गणेशबहादुर विश्वकर्मा तथा डा. मित्र परियारको नाम परेको छ ।

थारु समुदायतर्फ निशा चौधरी, अञ्जु दहित, भवनकुमार थारु र रामअवतार थारु अग्रस्थानमा छन् भने मुस्लिम समुदायबाट केसर जहा (सकिना मुस्लिम), जरिना बेगम, जार्मिया खातुन, कमरुल नशा र ताज मोहम्मद मियाँ समावेश छन् । सूचीमा क्रान्तिकारी महिला नेतृ पञ्चा सिंह, पूर्व लडाकु कमाण्डर कमला नहर्की, बीबी खनाल जस्ता नामहरू पनि परेका छन् । यसले राजनीतिक प्रतिनिधित्वमा महिला, पूर्व संघर्षका सहभागी र सामाजिक अभियन्तालाई समेत स्थान दिन खोजिएको देखाउँछ ।

हेर्नुहोस् नामावली
खस आर्य ३२ जना
करुणा बस्नेत
उमा अधिकारी
सीता दाहाल
पञ्चा सिंह
निशा न्यौपाने
कमला नहर्की
गङ्गा खड्का बोगटी
निर्मला साउँद
दिलकुमारी पन्त
मञ्जु कोइराला
उषाकुमारी पोख्रेल
भगवती नेपाल
इन्दिरा ढुङ्गाना
जयानन्द कार्की रावल
ज्ञानु आचार्य
यमुना गुरागाईँ
सावित्री पोखरेल
प्रदेशकुमार हमाल
महेन्द्रबहादुर कार्की
प्रेम बयक
नहेन्द्र खड्का
जितेन्द्र दाहाल
सुजाता काफ्ले
डम्बरबहादुर क्षेत्री
विनोद कटुवाल
राममणी पोख्रेल
तीर्थबहादुर बुढा
विष्णु लम्साल
भिमबहादुर भण्डारी
कृष्णबहादुर बुढा
गोविन्दराज पौडेल
विष्णुप्रसाद खनाल

आदिवासी जनजाति ३३ जना
दिपक जंगम
भिमकुमारी बुढा
सोमती गुरुग
सर्मिली लामा
ममता राजबंशी
अञ्जिता श्रेष्ठ
विष्णुकुमारी थापामगर
मेनुका थुलुंग
सुनिता बुढामगर
निर्मला श्रेष्ठ
रामदेवी तामांग
सुनिता घले
सीता श्रेष्ठ
सोनम लामा शाक्य
नलिनि सि
सविता तामांग
जमुना गइजु
कल्पना लिम्बु
परशुराम तामांग
दिलिप प्रजापती
झक्कुप्रसाद घर्ती
कृष्णकुमार राई
वेखानसिंह तमु
पासांग शेर्पा
भरतकुमार श्रेष्ठ
वीरबहादुर बुढाथोकी
दंगध्वज खोयाहांग
शेरबहादुर तामांग
मंगलसिंह प्रजा
जेतबहादुर पुन
रुकुम पाख्रिन
रहलसिंह तामांग
डा.पुष्पराज कर्णिकार

मधेशी १८ जना
तारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिं
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास

दलित १५ जना
गीता गहतराज
पार्वती विक
विनिता विक
रेखा राम
शारदा दमै
तारा विश्वकर्मा
सुमरियादेवी पासवान
कमला ज्ञवाली सिर्पाइली
गणेशबहादुर विश्वकर्मा
डा.मित्र परियार
सरद रसाईली
शंकर दुलाल
ठाकुरकुमार विक
कृष्ण नेपाली
गोपाल परियार

थारु ७ जना
निराशा चौधरी
अञ्जु दहित
सस्मति चौधरी
उषाकुमारी चौधरी
भवनकुमार थारु
रामअवतार थारु
लक्ष्यबहादुर चौधरी

मुस्लिम ५ जना
केसर जहा भन्ने सकिना मुस्लिम
जरिना वेगम
जार्मिया खातुन
कमरुल नशा
ताज मोहम्मद मियाँ

 

तोकियो उम्मेदवारको खर्च सीमा, कहाँकाले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारको खर्च सीमा तोकेको छ । आयोगले भौगोलिक अवस्था, जनसंख्या र निर्वाचन क्षेत्रको प्रकृतिलाई आधार मानेर प्रत्यक्षतर्फ उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको हो ।

निर्णयअनुसार काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १, ३, ६, ७ र ८ बाट उम्मेदवारी दिनेले बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । त्यस्तै क्षेत्र नम्बर २, ४, ५, ९ र १० का उम्मेदवारलाई भने २७ लाख रुपैयाँसम्म खर्च गर्न अनुमति दिइएको छ । भक्तपुर र ललितपुर जिल्लाका उम्मेदवारका लागि पनि खर्च सीमा २७ लाख रुपैयाँ नै तोकिएको छ ।

तराईका केही ठूला तथा जनघनत्व बढी भएका जिल्लामा उम्मेदवारले तुलनात्मक रूपमा बढी खर्च गर्न पाउने व्यवस्था गरिएको छ । झापा–१ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटलगायत जिल्लाका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न सक्ने छन् । झापाका निर्वाचन क्षेत्र २, ३ र ५ बाट चुनाव लड्ने उम्मेदवारलाई भने ३१ लाख रुपैयाँसम्म खर्च गर्न छुट दिइएको छ ।

आयोगले केही जिल्लाका निर्वाचन क्षेत्रका लागि खर्च सीमा अझ बढी राखेको छ । इलाम, धनकुटा, मोरङ, सुनसरी, ओखलढुंगा, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र कास्की जस्ता जिल्लाका उम्मेदवारले ४१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

यसैगरी दुर्गम तथा पहाडी जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । यस समूहमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, जाजरकोट, बझाङ, डोटी र बैतडीका विभिन्न निर्वाचन क्षेत्र समेटिएका छन् ।

खर्च पारदर्शी बनाउन आयोगले उम्मेदवारलाई बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट मात्र खर्च गर्न निर्देशन दिएको छ । उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार व्यक्ति तोकी नाम, ठेगाना र जिम्मेवारीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र उम्मेदवारले आफ्नो सम्पूर्ण खर्च विवरण आयोगमा बुझाउनु पर्नेछ । आयोगले खर्च सीमा उल्लंघन भए कानुनअनुसार कारबाही हुने स्पष्ट पारेको छ ।

कहाँका उम्मेदवारले कति पाउँछन् खर्च गर्न ?

समानुपातिकतर्फ ६४ दल मैदानमा, ५८ निर्वाचन चिन्हमा ४,४२४ उम्मेदवार (सूचीसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ ६४ राजनीतिक दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन् । आयोगले तोकेको आइतबार र सोमबारको समयसीमाभित्र ती दलहरूले सूची बुझाएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल ४,४२४ जना उम्मेदवार दर्ता भएका छन् । ती उम्मेदवारहरू ५८ वटा निर्वाचन चिन्हमार्फत चुनावी प्रतिस्पर्धामा रहने छन् । सूची बुझाउनेमध्ये ५४ वटा दलले आफ्नो–आफ्नै निर्वाचन चिन्ह कायम राख्दै बन्दसूची पेश गरेका छन् भने १० वटा दलले चार वटा फरक–फरक निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिकतर्फ भाग लिएका छन् ।

आयोगको विवरणअनुसार २२ वटा दलले समानुपातिक प्रणालीअन्तर्गत उपलब्ध सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । बाँकी दलहरूले भने कम्तीमा १० जनादेखि अधिकतम १०१ जनासम्म उम्मेदवार समेटेर बन्दसूची पेश गरेका छन् । कानुनी व्यवस्थाअनुसार न्यूनतम ११ जना उम्मेदवार समावेश गर्नुपर्ने प्रावधान रहेकोमा ६ वटा दलले ११ जनाको मात्रै बन्दसूची बुझाएका छन् ।

बन्दसूची पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दलका रूपमा सूचीकृत भएको छ भने नेपाली कांग्रेस अन्तिम दलका रूपमा सूची बुझाउने दल बनेको छ ।

चार वटा निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिकतर्फ सहभागी हुने दलहरूमा आम जनता पार्टी र जनादेश पार्टी नेपाल मोबाइल चिन्हमा, सचेतक नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल सिंह चिन्हमा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल जाँतो चिन्हमा तथा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी नेपाल बस चिन्हमा प्रतिस्पर्धामा रहने छन् ।

निर्वाचन आयोगले बन्दसूची दर्ता प्रक्रियापछि कानुनअनुसार सूची परीक्षण, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनको कार्यतालिका अघि बढाउने जनाएको छ । समानुपातिक प्रणालीतर्फ ठूलो संख्यामा दल र उम्मेदवार सहभागी भएपछि आगामी निर्वाचन थप प्रतिस्पर्धात्मक र बहुआयामिक हुने अपेक्षा गरिएको छ ।

कुन–कुन दलले बुझाए सूची ?
नेपाल मजदुर किसान पार्टी ११० सिट
नेपाल लोकतान्त्रिक पार्टी १२ सिट
राष्ट्रिय जनमोर्चा ११० सिट
जनप्रिय लोकतान्त्रिक पार्टी १२ सिट
नेकपा माक्सवादी (पुष्पलाल) २० सिट
गतिशिल लोकतान्त्रिक पार्टी ११ सिट
जनता समाजवादी पार्टी, नेपाल १०१ सिट
समावेशी समाजवादी पार्टी ३१ सिट
समावेशी समाजवादी पार्टी नेपाल १२ सिट
नेपाल जनता संरक्षण पार्टी १७ सिट
नागरिक शक्ति नेपाल २५ सिट
राष्ट्रिय जनमुक्ति पार्टी ११ सिट
नेपाल जनमुक्ति पार्टी ११ सिट
मंगोल नेशनल अर्गनाइजेसन ११० सिट
उन्नत लोकतन्त्र पार्टी २२ सिट
जनता लोकतान्त्रिक पार्टी, नेपाल २५ सिट
पिपुल फस्ट पार्टी १८ सिट
नेपालको लागि नेपाली पार्टी ४३ सिट
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ११० सिट
त्रिमूल नेपाल २३ सिट
स्वाभिमान पार्टी ११ सिट
प्रजातान्त्रिक पार्टी नेपाल ४१ सिट
नेकपा (माले) ११० सिट
राष्ट्रिय उर्जाशिल पार्टी नेपाल ४६ सिट
एकल चिन्ह मोवाइल ११० सिट
राष्ट्रिय एकता दल ३२ सिट
राष्ट्रिय गौरब पार्टी २५ सिट
एकल चिन्ह जाँतो (चकिया) ११० सिट
श्रम संस्कृति पार्टी ११० सिट
नेशनल रिपब्लिक नेपाल २९ सिट
जनअधिकार पार्टी ११ सिट
राष्ट्रिय परिवर्तन पार्टी ४९ सिट
संसदीय लाकतान्त्रिक राष्ट्रिय मञ्च ११० सिट
नेपाल सद्भावना पार्टी ११० सिट
नेकपा (एमाले) ११० सिट
जनमत पार्टी ११० सिट
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल २७ सिट
नेपाली कांग्रेस (बिपी) ११ सिट
राष्ट्र निर्माण पार्टी नेपाल ३५ सिट
राष्ट्रिय जनता पार्टी नेपाल १२ सिट
नेपाल मातृभूमि पार्टी २० सिट
मितेरी पार्टी नेपाल ११० सिट
एकल चिन्ह जकर भएको सिंह २५ सिट
नेपाली जनश्रमदान संस्कृति पार्टी ११ सिट
बहुजन शक्ति पार्टी २० सिट
नेपाली कम्युनिष्ट पार्टी (संयुक्त) ११० सिट
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ११० सिट
नेपाली जनता दल ११० सिट
जय मातृभूमि पार्टी ५५ सिट
राष्ट्रिय प्रजातान्त्रिक पार्टी ११० सिट
नेकपा (माओवादी) ११० सिट
सार्वभौम नागरिक पार्टी २८ सिट
प्रगतिशिल लोकतान्त्रिक पार्टी ११० सिट
नेपाल जनता पार्टी ६० सिट
एकल चिन्ह बस ११० सिट
संयुक्त नागरिक पार्टी ६१ सिट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ११० सिट
नेपाली कांग्रेस ११० सिट

 

रास्वपाको ११० समानुपातिक सूचीमा प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म (सूची)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि ११० जनाको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको छ । सोमबार राति बुझाइएको सूचीमा कला, खेल, राजनीति र विभिन्न सामाजिक समुदायका चर्चित तथा प्रतिनिधिमूलक व्यक्तिहरूलाई समेटिएको छ ।

रास्वपाको सूचीमा चर्चित गायक प्रकाश सपुत, क्रिकेटर ज्ञानेन्द्र मल्ल, फिल्म निर्माता आसिफ साह जस्ता नामहरू परेका छन् । यससँगै हालै एकताका लागि सहमति भएको उज्यालो नेपाल पार्टीका नेताहरूको रोस्टर पनि समावेश गरिएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, अभिनेत्री रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, अभिषेकराज सिंह, मनीषा कुमारी, सोमप्रसाद चौधरी, सीतादेवी पाण्डे, सरला लामिछाने, दुर्गाबहादुर घिमिरे र बालिका चौधरी सूचीमा छन् ।

समुदायगत क्लस्टर अनुसार आदिवासी जनजाति पुरुषतर्फ डा. राम रामा पहिलो नम्बरमा रहेका छन् भने क्रिकेटर ज्ञानेन्द्र मल्ल पाँचौं नम्बरमा परेका छन् । आदिवासी जनजाति महिलातर्फ टासी लाजोम पहिलो नम्बरमा छन् । खस आर्य समूहको पुरुषतर्फ विपिनकुमार आचार्य पहिलो नम्बरमा छन् ।

सो समूहमा सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने, रमेश प्रसाईं र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय छैटौं नम्बरमा रहेका छन् । खस आर्य महिलातर्फ प्रतिभा रावल पहिलो नम्बरमा रहँदा विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला) र क्रान्तिशिखा धिताल क्रमशः सूचीमा छन् ।

दलित पुरुषतर्फ रुपक विश्वकर्मा घिमिरे पहिलो र गायक प्रकाश सपुत दोस्रो नम्बरमा छन् । प्रकाशचन्द्र परियार, रामजी राम क्रमशः तेस्रो र चौथो नम्बरमा छन् । दलित महिलातर्फ अभिनेत्री रिमा विश्वकर्मा पहिलो नम्बरमा छिन् ।

थारु समुदायमा पुरुषतर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरी पहिलो नम्बरमा परेका छन् । मधेशी समुदायको पुरुषतर्फ डा. नन्दन यादव र महिलातर्फ पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा छिन् । मुस्लिम समुदायतर्फ पुरुषमा आसिफ शाह र महिलामा समिना मिया पहिलो नम्बरमा छन् । उनीहरूपछि मिर्जा रसिद वेग, मोहना अन्सारी र समिउन निशा सूचीमा छन् ।

निर्वाचन आयोगका अनुसार आइतबार र सोमबार समानुपातिक सूची बुझाउने समय तोकिएको थियो । हालसम्म ६४ राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । ती दलबाट कुल ४ हजार ४२४ जना उम्मेदवार समानुपातिकतर्फ कायम भएका छन् । आयोगका अनुसार ५४ दलले आ–आफ्नै चुनाव चिह्न कायम राखेर सूची बुझाएका छन् भने १० दलले विभिन्न चार वटा चुनाव चिह्न प्रयोग गरी सूची दर्ता गराएका हुन् ।

कांग्रेसले समय सीमाभित्र किन बुझाउन सकेन समानुपातिकको बन्दसूची ?

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची समयमै निर्वाचन आयोगमा बुझाउन नसक्दा राजनीतिक वृत्तमा चासो बढेको छ । आयोगले तोकेको समयसीमा सकिँदासम्म पनि आवश्यक कागजात पूरा नभएपछि कांग्रेसको बन्दसूची प्रक्रिया रोकिएको हो ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार) समय तोकेको थियो । सोही अनुसार दलहरू रातभर आयोगमा नामावली बुझाउने प्रक्रियामा सक्रिय थिए । कांग्रेसका तर्फबाट पनि नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल बन्दसूचीसहित आयोग पुगेका थिए ।

मंगलबार बिहान करिब ४ बजे महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि निर्वाचन आयोग पुगे । तर, आयोगमा बुझाउन ल्याइएको नामावलीको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नरहेको पाइएपछि आयोगका कर्मचारीले नामावली स्वीकार गर्न मानेनन् । हस्ताक्षर अनिवार्य कागजात भएकाले प्रक्रिया अघि बढ्न नसकेको हो ।

त्यसपछि महामन्त्री शर्माको पहलमा मुख्य सचिव पौडेल र नेता विश्वकर्मालाई सभापति देउवाको हस्ताक्षर गराउन महाराजगञ्जस्थित निवास पठाइएको थियो । उनीहरू हस्ताक्षर गराएर आयोग फर्किने तयारीमा रहेको भए पनि समाचार तयार पार्दासम्म नामावली बुझिसकिएको थिएन ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (मंगलबार) विहान भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं, काम टुंग्याउने प्रक्रियामा छौं ।’ उनका अनुसार प्राविधिक कारणले मात्र ढिलाइ भएको र बन्दसूची छिट्टै बुझाइनेछ ।

यद्यपि, निर्वाचन आयोगका एक कर्मचारीले कांग्रेसले यसअघि नै आवश्यक निवेदन बुझाइसकेको र सनाखत समेत गराइसकेको भन्दै मंगलबार पनि बन्दसूची बुझाउन सक्ने अवस्था रहेको जानकारी दिए । सभापतिको हस्ताक्षर जस्तो सामान्य तर अत्यावश्यक प्रक्रियामा समन्वय नहुँदा देशकै ठूला दलमध्ये एक नेपाली कांग्रेस समयसीमामा चुक्न पुगेको भन्दै राजनीतिक विश्लेषकहरूले पार्टीको आन्तरिक व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।

कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी निर्वाचनलाई लक्षित गर्दै संयुक्त सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् भने तीनै जना एकै राजनीतिक मोर्चाबाट निर्वाचनमा अघि बढ्ने भएका छन् ।

यसअघि नै रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने आन्तरिक सहमति गरिसकेको थियो । आइतबार बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा भने कुलमान घिसिङ सहभागी थिएनन् । त्यसपछि बालेन र रविले पटक–पटक कुलमानसँग वार्ता गर्दै सहमतिमा ल्याउने प्रयास गरेका थिए ।

सोमबार कुलमान घिसिङ र रवि लामिछानेबीच भएको भेटवार्तापछि अन्ततः उनीहरू समानुपातिकतर्फ एउटै दलको बन्द सूचीमार्फत निर्वाचनमा जाने सहमतिमा पुगेका हुन् । रास्वपाका उपसभापति डीपी अर्यालले तीनै जनाबीच सहमति भइसकेको पुष्टि गर्दै सहमतिपत्रमा हस्ताक्षरको प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।

आइतबारको प्रारम्भिक सहमतिमा छुटेका कुलमानलाई समेट्न जेन–जी अभियानीहरूको सक्रिय भूमिका देखिएको थियो । सुदन गुरुङलगायतका केही अभियानीहरूले कुलमानलाई प्रत्यक्ष रूपमा बालेन र रविसँग वार्तामा सहभागी गराउँदै सहजीकरण गरेका थिए । स्रोतका अनुसार उनीहरूकै पहलमा कुलमान, बालेन र रविबीच निर्णायक संवाद सम्भव भएको हो ।

वार्ताका क्रममा कुलमान घिसिङले सुरुमा रास्वपामा सह–सभापति पदको माग गरेका थिए । साथै, केन्द्रीय समिति, समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारमा उज्यालो नेपाल पार्टीलाई ३० प्रतिशत हिस्सा दिनुपर्ने प्रस्ताव पनि राखेका थिए । तर रास्वपा पक्षले नयाँ राजनीतिक शक्तिका लागि उक्त माग अत्यधिक भएको भन्दै १५ प्रतिशतभन्दा बढी दिन नसकिने स्पष्ट पारेको थियो ।

त्यसपछि रास्वपाले सह–सभापति होइन, उपसभापति पद प्रस्ताव गरेको थियो । सुरुमा कुलमानले यो प्रस्ताव अस्वीकार गरेपछि वार्ता अनिर्णित बनेको थियो । तर जेन–जी अभियानीहरूको निरन्तर पहलपछि कुलमान उपसभापति पदमा सहमत भएका हुन् । यस सहमतिसँगै रास्वपा, बालेन शाह र कुलमान घिसिङको संयुक्त राजनीतिक यात्रा औपचारिक रूपमा सुरु हुने संकेत देखिएको छ । नयाँ पुस्ता, वैकल्पिक राजनीति र प्रशासनिक अनुभवको संयोजनले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

नेकपासँग नाउपाको एकता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको छ । सोमबार रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र प्रचण्ड संयोजक रहेको नेकपाबीच पार्टी एकता गर्ने सहमति भएको हो ।

एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति भएको छ । सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गर्दै विविधतामा एकतालाई राष्ट्रिय विशेषता भनिएको छ ।

सहमति अनुसार दुवै पार्टीले विगतका कमजोरी सच्याउँदै सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन् ।

साथै, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समिति लगायत सम्पूर्ण संरचना आपसी सहमतिमा नेकपामा समायोजन गरिने छ । सहमतिमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

रवि लामिछाने र कुलमान घिसिङबीच लगभग सहमति, हस्ताक्षरको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबिचको वार्ता सहमति नजिक पुगेको छ ।
दुई घण्टादेखि जारी वार्ता लगभग टुंगोमा पुगेको कुलमान घिसिङ निकट स्रोतले नेपालवन एचडीलाई जानकारी दिएको छ । स्रोतका अनुसार केहिबेरमा सहमति हस्ताक्षरको तयारी हुँदै छ । के के सहमति भए भन्ने खुलिसकेको छैन ।
यसअघि रवि बालेनले सहमति गरेको कमलपोखरीस्थित असिम शाहको कार्यालयमा वार्ता जारी छ ।

जावेद अख्तर र मुफ्ती शमाइल नदवीको बहस: के भगवान छन् ?

के ईश्वरको अस्तित्व छ ? यो प्रश्न एउटा सदाबहार प्रश्न जस्तै हो । अध्यात्मिकहरू ईश्वर छन् भन्ने विश्वास गर्छन् भने नास्तिकहरू ईश्वर छैनन् भन्ने विश्वास गर्छन् । यी दुवै विश्वास हुन् । यी दुई विश्वासबीच हजारौं वर्षदेखि बहस जारी छ । केही समयअघि भारतीय पत्रकार सौरभ द्वीवेदीले यही प्रश्नमा दुई विद्वानलाई बहसमा उतारे । 

मुफ्ती शमाइल नदवी इस्लामिक विद्वान् र शिक्षाविद् हुन्। उनी कोलकाताको वाहन फाउन्डेसनका संस्थापक पनि हुन्। लखनऊको प्रतिष्ठित दारुल उलूम नदवतुल उलमाबाट स्नातक गरेका नदवी सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा अध्यापन र बौद्धिक गतिविधिमा सक्रिय छन्। साथै, मलेसियाको इन्टरनेशनल इस्लामिक युनिभर्सिटीबाट पीएचडी पनि गर्दैछन् । उनी ट्राभल ब्लग पनि बनाउँछन् ।

जावेद अख्तर प्रसिद्ध कवि, शायर, गीतकार र लेखक हुन् । उनी वैज्ञानिक सोच र आफ्नो घोषित नास्तिकताबारे पनि खुलेर बोल्ने गर्छन् र आफूलाई तर्कशीलताको पक्षमा उभ्याउँछन् ।

यी दुई विद्वानबीच हिन्दी भाषामा भएको बहसको सम्पादित सारांश नेपाली अनुवादसहित प्रस्तुत गरिएको छ: 

शमाइल नदवी

सम्पूर्ण प्रशंसा त्यस सृष्टिकर्ताका लागि जसले यस ब्रह्माण्डलाई एउटा उद्देश्यका साथ सिर्जना गर्नुभएको छ।
आदरणीय जावेद अख्तर साहब, श्रीमान् सौरभ द्विवेदी र सम्मानित दर्शकवृन्द,आज यहाँ उपस्थित हुनुभएकोमा तपाईं सबैलाई धन्यवाद।

आजको बहसमा हामी “डस गड एक्जिस्ट?” भन्ने विषयमा कुरा गर्न गइरहेका छौँ। यो यस्तो विषय हो, जसको सम्बन्धमा निर्णय लिन विभिन्न मापदण्ड हुन सक्छन्। त्यसैले बहस सुरु हुनु अघि यो जान्नु आवश्यक छ कि आजको विषयमा कुन मापदण्ड सही हुनेछ र कुन गलत हुनेछ। सबैभन्दा पहिलो मापदण्ड, जसतर्फ हाम्रो सम्मानित जावेद अख्तर साहब छिट्टै जानुहुनेछ, त्यो हो विज्ञान। तर विज्ञान वास्तवमा भगवान्को अस्तित्वलाई प्रत्यक्ष रूपमा प्रमाणित गर्न वा अस्वीकार गर्न मापदण्ड बन्न सक्दैन। यसको कारण के हो? यो म मात्र भन्दिनँ। विज्ञानका विशेषज्ञहरू स्वयं यो भन्छन्। नेशनल एकेडेमी अफ साइन्स भन्छ,विज्ञानसँग भगवान्को अस्तित्व प्रमाणित वा खण्डन गर्ने प्रक्रिया छैन। किनभने विज्ञानको सम्बन्ध अनुभवजन्य प्रमाणसँग हुन्छ र अनुभवजन्य प्रमाणको सम्बन्ध हाम्रो प्राकृतिक र भौतिक संसारसँग हुन्छ, जबकि भगवान् गैर–भौतिक र अलौकिक वास्तविकता हुनुहुन्छ। त्यसैले गैर–भौतिक वास्तविकतालाई त्यस्तो उपकरणबाट जाँच्न सकिँदैन, जसको काम भौतिक वास्तविकता खोज्नु हो। त्यसैले आजको बहसमा भगवान्को अस्तित्व प्रमाणित वा अस्वीकार गर्न वैज्ञानिक प्रमाण स्वीकार गरिने छैन।

दोस्रो मापदण्ड हुन सक्छ प्रकट हुनु, अर्थात् रिभेलेशन । धार्मिक ग्रन्थमार्फत हामी भगवान् अस्तित्वमा छन् कि छैनन् भन्ने कुरा प्रमाणित गरौँ। तर आजको बहसमा यो मापदण्ड पनि अप्रासंगिक छ। किनभने रिभेलेशन मेरो नजिक ज्ञानको स्रोत हो, वैध ज्ञानको स्रोत हो, तर जावेद अख्तर साहबका लागि यो वैध ज्ञानको स्रोत होइन। त्यसैले आजको बहसमा म कुनै पनि धार्मिक ग्रन्थबाट एक पनि प्रमाण प्रस्तुत गर्ने छैन, ताकि जावेद अख्तर साहबका लागि त्यो अस्वीकार्य नहोस्।

तेस्रो मापदण्ड हुन सक्छ अवलोकन। अर्थात् कसैले भन्यो,हामीलाई भगवान् देखाइदिनुहोस्। यदि हुनुहुन्छ भने देखाइदिनुहोस्। वा भगवान्को अस्तित्वका लागि अनुभवजन्य प्रमाण दिनुहोस्। तर यो वास्तवमा गलत उपकरणको प्रयोग हो। यो त्यस्तै हो, जस्तै जावेद साहबले मसँग माग गर्नुभयो कि मुफ्ती साहब, तपाईं मेटल डिटेक्टर प्रयोग गरेर प्लास्टिक पत्ता लगाएर देखाउनुहोस्। अब जब प्लास्टिक पत्ता लाग्दैन, त्यसैले प्लास्टिक अस्तित्वमा छैन भन्नु गलत हुन्छ। तपाईं गलत उपकरण प्रयोग गर्दै हुनुहुन्छ। यो उपकरण प्लास्टिक पत्ता लगाउनका लागि बनाइएको नै होइन। त्यसैले भगवान्को अस्तित्वका लागि अनुभवजन्य प्रमाण माग गर्नु एक बालसुलभ माग हो, र म विश्वास गर्छु कि हाम्रो सम्मानित जावेद अख्तर साहब यो स्तरभन्दा धेरै अघि बढिसक्नुभएको छ।

अब बाँकी रहन्छ केवल एउटा मात्र मापदण्ड,अकल, अर्थात् तर्क र विवेक। यही त्यो मापदण्ड हो, जसअन्तर्गत भगवान्को अस्तित्व प्रमाणित वा अस्वीकार गरिनेछ। तर किनकि यो विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ, त्यसैले तर्क पनि यस्तो हुनुपर्छ, जो निर्णायक होस्, अनिश्चित नहोस्, दुई र दुई चार जत्तिकै स्पष्ट होस्, र जसलाई तर्कसंगत रूपमा अस्वीकार गर्न सम्भव नहोस्।

उदाहरणका लागि, यदि हामी भनौँ,हाम्रो सम्मानित श्री सौरभ साहब एक मानिस हुनुहुन्छ, र सबै मानिसहरू चेतनशील प्राणी हुन्छन्, त्यसैले हाम्रो सौरभ साहब पनि चेतनशील प्राणी हुनुहुन्छ। अब यो तर्क अनिश्चित हो कि निर्णायक? यो पूर्ण रूपमा निर्णायक तर्क हो। यो दुई र दुई चार जत्तिकै स्पष्ट छ। यसलाई तर्कसंगत रूपमा अस्वीकार गर्न सकिँदैन। त्यसैले यदि आज जावेद अख्तर साहबले भगवान् अस्तित्वमा छैनन् भन्ने पक्षमा यस्तै कुनै निर्णायक, अक्लीय र तर्कसंगत प्रमाण प्रस्तुत गर्नुभयो भने, म घोषणा गर्दछु कि म निश्चय नै त्यस प्रमाणलाई स्वीकार गर्नेछु र त्यसमा गहिरो विचार गर्नेछु। तर यससँगै म भविष्यवाणीको रूपमा यो पनि घोषणा गर्छु कि यस्तो कुनै निर्णायक तर्क कसैले प्रस्तुत गर्न सक्दैन। हामी तर्क प्रस्तुत गर्नेछौँ, र निर्णायक तर्क प्रस्तुत गर्नेछौँ।

हामी तर्कसंगत दलील दिनेछौँ, यस्ता दलील, जसलाई सम्पूर्ण नास्तिक संसारले पनि खण्डन गर्न सक्दैन। अब एउटा सरल उदाहरण सोचौँ। म सम्पूर्ण दर्शकहरूलाई अनुरोध गर्छु,कल्पना गर्नुहोस्, हामी सबै एक अलग्गै टापुमा छौँ। यस्तो टापु, जहाँ हामीभन्दा पहिले कहिल्यै कोही पुगेको छैन। हिँड्दाहिँड्दै अचानक तपाईंले आफ्नो अगाडि गुलाबी रङको एउटा बल देख्नुभयो, जमिनमा राखिएको।

सबैभन्दा पहिलो प्रश्न तपाईंको दिमागमा के आउनेछ? यो बल यहाँ किन आयो? कसरी आयो? यो गुलाबी रङको नै किन छ? कुनै अर्को रङको पनि हुन सक्थ्यो। यो यस्तै आकारको नै किन छ? कुनै अर्को आकारको पनि हुन सक्थ्यो। स्वाभाविक रूपमा तपाईं यस निष्कर्षतर्फ पुग्नुहुनेछ कि अवश्य नै कसैले यी विशिष्ट गुणहरू सहित यो बल बनाएको छ र यहाँ राखेको छ। किनकि तपाईंलाई थाहा छ,यो बलको अस्तित्व अनिवार्य थिएन। यो अस्तित्वमा नहुन पनि सक्थ्यो। र यदि अस्तित्वमा आउनै थियो भने, कुनै अर्को रूप र रङमा पनि आउन सक्थ्यो।

अब यही बललाई विस्तार गर्दै जानुहोस्, विस्तार गर्दै जानुहोस्, विस्तार गर्दै जानुहोस् । यहाँसम्म कि त्यो बल ब्रह्माण्डकै आकारको भइदियोस्। अब बताउनुहोस्,के आकार बढ्दै जानाले प्रश्न बदलिन्छ? कदापि बदलिँदैन। प्रश्न अझै पनि यही रहन्छ,यो ब्रह्माण्ड कहाँबाट आयो? यी विशिष्ट गुणहरू सहित कहाँबाट आयो? किन आयो? कसले बनायो? यो प्रश्न त्यतिबेला पनि पूर्ण रूपमा वैध रहन्छ।

तर, यदि हामी यही प्रश्न जावेद अख्तर साहबसमक्ष राख्छौँ र केवल उहाँ मात्र होइन, सबै नास्तिकहरू र नास्तिक दृष्टिकोण राख्ने मानिसहरूसँग सोध्छौँ, यो ब्रह्माण्ड कहाँबाट आयो? तिनीहरूको उत्तर या त अज्ञानतामा आधारित तर्क हुनेछ वा ‘डग्म्याटिक’ हुनेछ। या त तिनीहरू भन्छन्, मलाई थाहा छैन यो कहाँबाट आयो, त्यसैले भगवान् अस्तित्वमा छैनन्। यो अज्ञानतामा आधारित तर्क हो। वा तिनीहरू भन्छन्,यो ब्रह्माण्ड आफैं बन्यो। यसको अर्थ यो हुन्छ कि त्यो बल पनि आफैं बनिनु पर्थ्यो। तर बलको सन्दर्भमा यस्तो व्याख्या स्वीकार गरिँदैन कि यो आफैं बन्यो, तर ब्रह्माण्डको सन्दर्भमा भने स्वीकार गरिन्छ। यसलाई हामी अर्को शब्दमा ‘डग्मा’ पनि भन्न सक्छौँ।

अर्को कुरा, हाम्रो जावेद अख्तर साहब अवश्य पनि “गड अफ ग्याप्स” को उदाहरण दिनुहुनेछ। उहाँ भन्नुहुनेछ, पहिले बिजुली चम्किँदा मानिसहरूले कुनै देवतालाई जिम्मेवार ठान्थे, पानी पर्दा अर्को देवतालाई ठान्थे। उनीहरूसँग प्रमाण थिएन। तर यो हाम्रो विश्वदृष्टि होइन। यो हाम्रो विश्वदृष्टि नै होइन। किनकि प्राकृतिक घटनाहरूको प्रक्रियाको व्याख्या बुझ्नुले कसरी यो प्रमाणित हुन्छ कि भगवान् अस्तित्वमा छैनन्? यसबारे म अझै अगाडि कुरा गर्नेछु।

म यो पनि अपेक्षा गर्छु कि हाम्रो सम्मानित जावेद अख्तर साहब भावनात्मक तर्कहरू पनि प्रस्तुत गर्नुहुनेछ, जुन सत्य निर्णय गर्ने सन्दर्भमा तर्कदोष हुन्छ। उदाहरणका लागि उहाँ भन्नुहुनेछ,यदि भगवान् छन् भने खराबी किन अस्तित्वमा छ? तर म भन्छु,खराबीको अस्तित्व भगवानको अस्तित्वको विरोधमा होइन, बरु समर्थनमा तर्क हो। किनकि यदि भगवान् छन् भने हामी सबै उहाँका सामु उत्तरदायी छौँ। र यदि हामी उत्तरदायी छौँ भने, उत्तरदायित्वका लागि खराबीको अस्तित्व आवश्यक हुन्छ। यसको बिना हामी उत्तरदायी हुनै सक्दैनौँ।

र, यदि हामी उत्तरदायी छैनौँ भने जावेद अख्तर साहबलाई सोध्नेछौँ,यदि भगवान् छैनन् भने यस संसारमा पीडा किन छ? अनि ती मानिसहरूको भावना र न्याय के, जसले पीडा सहेर बदला लिने इच्छा मनमै लिएर यस संसारबाट गए? के उनीहरूको सबै पीडा व्यर्थ गयो?

अब फेरि त्यही उदाहरणतर्फ फर्कौँ,यदि कसैले मसँग सोध्यो, यो बल कसले बनायो? वा यो विस्तारित बल कसले बनायो? म भन्छु,किनकि यो ब्रह्माण्ड र यसभित्रका सबै वस्तुहरू कन्टिन्जेन्ट छन्। कन्टिन्जेन्ट हुनुको अर्थ,आफ्नो अस्तित्वका लागि कसैमाथि निर्भर हुनु। स्पष्ट रूपमा यो ब्रह्माण्ड कन्टिन्जेन्ट छ। यदि कसैले भन्यो, ब्रह्माण्डमा कुनै चीज कन्टिन्जेन्ट छैन, म विनम्रतापूर्वक अनुरोध गर्छु, कृपया देखाइदिनुहोस्, कुन चीज कन्टिन्जेन्ट छैन। हामी पनि हेरौँ, हामी पनि विचार गरौँ।

दर्शनशास्त्रीहरूको शब्दावलीअनुसार ‘कन्टिन्जेन्ट’ वस्तुहरू अस्तित्वमा हुँदा हामी त्यस्तो अस्तित्वसम्म पुग्छौँ, जसलाई “नेसेसरी बीइंग” भनिन्छ । यस्तो अस्तित्व नहुनु असम्भव हो। किनकि यदि त्यो अस्तित्वमा नहुने हो भने कुनै पनि वस्तु अस्तित्वमा आउनै सक्दैन। र, यी सबै कन्टिन्जेन्ट वस्तुहरू अन्ततः उसैमा निर्भर छन्।

अब यदि तपाईं सोध्नुहुन्छ, त्यो अस्तित्वलाई कसले बनायो? त्यसको कारण के हो? फेरि त्यसको कारण के हो? र यसरी अनन्तसम्म जानुहुन्छ भने यसलाई हामी कारणहरूको अनन्त प्रतिगमन (इन्फिनिट रिग्रेस अफ कॉजेज) भन्छौँ, जुन तर्कदोष हो। अवधारणात्मक रूपमा अनन्त सम्भव हुन सक्छ, जस्तै सङ्ख्याहरू एक, दुई, तीन गर्दै गनिरहँदा अनन्तसम्म जान सकिन्छ। तर, म अवधारणाको कुरा गरिरहेको छैन। म व्यवहारिक वास्तविकतामा कुरा गरिरहेको छु। व्यवहारिक रूपमा देखाएर प्रमाणित गरिदिनुहोस् कि कारणहरूको अनन्त श्रृंखला सम्भव छ। यदि सम्भव छ भने, हामी मान्नेछौँ। उदाहरण दिनुहोस्। र, यदि सम्भव छैन भने, केवल एउटा मात्र विकल्प बाँकी रहन्छ: नेसेसरी बीइंग।

त्यस्तो नेसेसरी बीइंग, जो पूर्ण रूपमा स्वतन्त्र छ। किनभने, यदि त्यो पनि निर्भर भयो भने नेसेसरी रहनेछैन। त्यस्तो अस्तित्व, जो शाश्वत हो। यदि त्यो शाश्वत भएन र कुनै सुरुवात भयो भने स्वयं कन्टिन्जेन्ट हुनेछ। त्यस्तो अस्तित्व, जो शक्तिशाली छ किनभने कन्टिन्जेन्टलाई वास्तविक बनाउन शक्ति आवश्यक हुन्छ। त्यस्तो अस्तित्व जो बुद्धिमान र ज्ञानवान छ किनभने यो ब्रह्माण्ड विशिष्ट रूप र विशिष्ट प्राकृतिक नियमहरूअन्तर्गत अत्यन्तै सटीक रूपमा चलिरहेको छ।

जावेद अख्तर

धन्यवाद। सबैभन्दा पहिले म यो स्पष्ट गर्न चाहन्छु कि म यहाँ कुनै धर्ममाथि आक्रमण गर्न आएको छैन। म यहाँ कुनै धर्मको अपमान गर्न आएको छैन। म यहाँ कुनै धार्मिक विश्वास राख्ने मानिसलाई कम आँक्न आएको छैन। म केवल आफ्नो दृष्टिकोण, आफ्नो सोच, आफ्नो तर्क राख्न आएको छु।

म यो पनि स्पष्ट गर्न चाहन्छु कि नास्तिक हुनु कुनै घमण्डको विषय होइन, कुनै श्रेष्ठताको दाबी होइन। यो केवल एउटा निष्कर्ष हो, जुन म आफ्नो जीवनअनुभव, अध्ययन र सोचको आधारमा निकाल्न पुगेको छु। जति अधिकार एक धार्मिक मानिसलाई भगवान्माथि विश्वास गर्ने छ, उति नै अधिकार मलाई भगवान्माथि विश्वास नगर्ने पनि छ।

आजको बहसको विषय “के भगवान् अस्तित्वमा छन्?” हो। मेरो सीधा उत्तर छ,मलाई थाहा छैन। र म यो “मलाई थाहा छैन” भन्नु इमानदार उत्तर ठान्छु। किनभने जहाँ प्रमाण छैन, त्यहाँ निश्चित दाबी गर्नु बौद्धिक इमानदारी हुँदैन।

मुफ्ती साहबले विज्ञानको कुरा गर्नुभयो। म यसमा सहमत छु कि विज्ञान भगवान्को अस्तित्व न त प्रमाणित गर्न सक्छ, न त खण्डन। तर विज्ञानले एउटा कुरा अवश्य सिकाएको छ,हामीलाई नथाहा भएका कुराहरूको सूची निरन्तर सानो हुँदै गइरहेको छ। एक समय थियो, जब मानिसहरूलाई बिजुली चम्किँदा डर लाग्थ्यो, जब पानी पर्दा डर लाग्थ्यो, जब रोग लाग्दा डर लाग्थ्यो। आज ती सबै कुराहरूको वैज्ञानिक व्याख्या छ।

जब हामी मलाई थाहा छैन भन्छौँ, यसको अर्थ हामीले त्यस खाली ठाउँमा भगवान् राखिदिनुपर्छ भन्ने हुँदैन। इतिहासले हामीलाई यही कुरा सिकाएको छ कि हरेक “ग्याप” मा भगवान् राख्ने बानी अन्ततः गलत सावित भएको छ। आज हामी त्यसलाई “गड अफ ग्याप्स” भन्छौँ।

मुफ्ती साहबले एउटा बलको उदाहरण दिनुभयो। म त्यो उदाहरणसँग सहमत छैन। किनभने, बल एउटा मानव निर्मित वस्तु हो। हामीलाई थाहा छ, बल बनाइन्छ। हामीले बल बनाउँदै गरेको देखेका छौँ। तर ब्रह्माण्डको सन्दर्भमा हामीले कहिल्यै कुनै ब्रह्माण्ड बनाउँदै गरेको देखेका छैनौँ। त्यसैले दुवैलाई एउटै तराजुमा राख्नु बौद्धिक रूपमा सही छैन।

हामीलाई यो स्वीकार गर्नुपर्छ कि “मलाई थाहा छैन” भन्नु कमजोरी होइन। यो वैज्ञानिक सोचको आधार हो। यदि आज हामीले थाहा नभएको हरेक कुरामा भगवान् घुसाइदियौँ भने अनुसन्धान, जिज्ञासा र खोज सबै बन्द हुन्छन्। प्रश्न सोध्ने परम्परा नै समाप्त हुन्छ।

अब म खराबीको प्रश्नतर्फ आउँछु। यदि भगवान् सर्वशक्तिमान छन्, यदि भगवान् सर्वज्ञ छन्, यदि भगवान् पूर्ण रूपमा दयालु छन् भने, यस संसारमा यति धेरै पीडा, अन्याय, हिंसा र दुःख किन छ? बालबालिका किन पीडित छन्? निर्दोष मानिसहरू किन मारिन्छन्? यदि हामी भन्छौँ,यो सबै परीक्षा हो,त्यो उत्तर मलाई स्वीकार्य लाग्दैन।

यदि भगवान् छन् भने र उहाँले सबै देखिरहनुभएको छ भने उहाँ मौन किन हुनुहुन्छ? र, यदि भगवान् छैनन् भने कम्तिमा हामीलाई यो थाहा छ कि यो संसार हाम्रो जिम्मेवारी हो। तब अन्यायका लागि हामी एक–अर्कालाई दोष दिन सक्छौँ र सुधार गर्ने प्रयास गर्न सक्छौँ।

नैतिकता भगवानबाट आउँछ भन्ने कुरा पनि म स्वीकार गर्दिनँ। मानिसहरूले भगवान् नभए पनि नैतिकता विकास गरेका छन्। सहानुभूति, करुणा, सहयोग सबै मानवीय गुण हुन्। यी गुणहरू केवल धार्मिक विश्वासका कारण होइन, सामाजिक सहअस्तित्वका कारण विकसित भएका हुन्।

अन्त्यमा म यति मात्र भन्न चाहन्छु; म भगवान् अस्तित्वमा छैनन् भनेर प्रमाणित गर्न सक्दिनँ। तर म भगवान् अस्तित्वमा छन् भनेर विश्वास गर्नका लागि पर्याप्त कारण पनि देख्दिनँ। त्यसैले म “मलाई थाहा छैन” भन्ने स्थानमा उभिएको छु। र, म यसलाई बौद्धिक रूपमा सबैभन्दा इमानदार स्थान ठान्छु।

मुफ्ती शमाइल नदवी

म जावेद अख्तर साहबको वक्तव्यका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँले इमानदारीपूर्वक “मलाई थाहा छैन” भन्ने स्थान रोज्नुभएको छ। तर, म सम्मानपूर्वक भन्न चाहन्छु, “मलाई थाहा छैन” भन्ने वाक्य एउटा मनोवैज्ञानिक अवस्था हुन सक्छ तर यो कुनै दार्शनिक निष्कर्ष होइन। यदि “मलाई थाहा छैन” नै अन्तिम उत्तर हो भने तब कुनै पनि दार्शनिक बहस सम्भव हुँदैन।

जावेद साहबले “गड अफ ग्याप्स” को कुरा गर्नुभयो। म स्पष्ट रूपमा भन्न चाहन्छु; हाम्रो तर्क “गड अफ ग्याप्स” होइन। हामी यो भनिरहेका छैनौँ कि जहाँ विज्ञानले उत्तर दिन सकेन, त्यहाँ भगवान् घुसाइदिउँ। हामी के भनिरहेका छौँ भने यो ब्रह्माण्ड स्वयं एक तथ्य हो । एक वास्तविकता हो ।  र, यस वास्तविकताको अस्तित्वका लागि अन्तिम व्याख्या आवश्यक छ। प्रक्रियाको व्याख्या हुनु र अस्तित्वको व्याख्या हुनु दुई फरक कुरा हुन्।

बलको उदाहरणबारे जावेद साहबले भन्नुभयो,बल मानव निर्मित हो, ब्रह्माण्ड होइन। तर म सोध्न चाहन्छु, बल मानव निर्मित हो भन्ने कुरा हामीलाई कसरी थाहा भयो? किनभने, बलमा विशिष्ट गुणहरू छन्, उद्देश्य देखिन्छ र हामीसँग तर्क छ। यही तर्क हामी ब्रह्माण्डमा पनि प्रयोग गरिरहेका छौँ। ब्रह्माण्डमा अझ धेरै नियम, सन्तुलन र विशिष्टता देखिन्छ। यदि सानो बलले निर्माता संकेत गर्छ भने असीमित रूपमा जटिल ब्रह्माण्डले निर्माता संकेत किन नगर्ने?

जावेद साहबले “मलाई थाहा छैन” भन्नु बौद्धिक इमानदारी हो भन्नुभयो। तर म भन्छु यदि सबै प्रमाणहरू एक दिशातर्फ इङ्गित गरिरहेका छन्; तब “मलाई थाहा छैन” भन्नु इमानदारी होइन, पलायन हुनसक्छ। यदि हामी धुवाँ देख्छौँ भने आगो हुन सक्छ भन्ने निष्कर्ष निकाल्नु तर्कसंगत हुन्छ।

अब खराबीको प्रश्नमा आउँछु। जावेद साहबले सोध्नुभयो, यदि भगवान् दयालु छन् भने संसारमा यति धेरै पीडा किन? तर म फेरि भन्छु; खराबीको अस्तित्व भगवानको विरोधमा होइन। नैतिकता, न्याय र अन्यायका अवधारणा स्वयं भगवानको अस्तित्वतर्फ इङ्गित गर्छन्। यदि कुनै परम नैतिक मापदण्ड छैन भने, “खराब” भन्नुको अर्थ के रहन्छ?

जावेद साहबले भन्नुभयो, यदि भगवान् मौन छन् भने? म भन्छु, भगवान् मौन छैनन्। प्रकृतिका नियमहरू, मानव विवेक, नैतिक चेतना, यी सबै उहाँका संकेत हुन्। र, यदि हामीले सबै कुरा जबरजस्ती प्रत्यक्ष चमत्कारमार्फत मात्र चाह्यौँ भने तर्क होइन, जिद्दी हुन्छ।

जावेद साहबले भन्नुभयो, नैतिकता भगवानबाट आएको होइन। तर म सोध्न चाहन्छु, यदि नैतिकता केवल सामाजिक सहमतिमा आधारित हो भने त्यो सधैँ परिवर्तनशील हुन्छ। तब, हिटलर गलत किन थियो? केवल किनभने बहुमतले अस्वीकार गर्‍यो? वा कुनै वस्तुगत नैतिक सत्य पनि हुन्छ?

जावेद अख्तर

मुफ्ती साहबले ‘मलाई थाहा छैन’ लाई दार्शनिक निष्कर्ष होइन भन्नुभयो। तर, म फेरि दोहोर्याउन चाहन्छु,जहाँ निश्चित ज्ञान छैन, त्यहाँ “मलाई थाहा छैन” भन्नु नै सबैभन्दा इमानदार निष्कर्ष हो। इतिहासले यही सिकाएको छ कि निश्चित दाबीहरू धेरै पटक गलत सावित भएका छन्।

मुफ्ती साहबले भन्नुभयो, अस्तित्वको व्याख्या आवश्यक छ। म सहमत छु। तर आवश्यक छ भन्दैमा हामीसँग उत्तर छ भन्ने हुँदैन। आवश्यकताले सत्य जन्माउँदैन। आवश्यकता र प्रमाण दुई फरक कुरा हुन्।

बलको उदाहरण फेरि आउँछ। तर म पुनः भन्छु, हामीले बल बनाउँदै गरेको देखेका छौँ। ब्रह्माण्ड बनाउँदै गरेको कहिल्यै देखेका छैनौँ। तुलना यहाँ असफल हुन्छ। जटिलता आफैंमा निर्माताको प्रमाण होइन। प्रकृतिमा जटिलता स्वतः विकसित हुन सक्छ, र यसका उदाहरणहरू हामी विकासवादमा देख्छौँ।

नैतिकताको प्रश्नमा म यो स्पष्ट गर्न चाहन्छु, नैतिकता परम आदेशबाट होइन, मानवीय अनुभव, सहानुभूति र सामाजिक आवश्यकताबाट विकसित हुन्छ। हिटलर गलत थियो किनभने उसले पीडा दियो, मानिसहरूलाई मारे, र मानव सहअस्तित्व नष्ट गर्‍यो। यसको लागि भगवान् आवश्यक छैन।

अन्त्यमा म फेरि यही भन्छु, म भगवान् छैनन् भनेर प्रमाणित गर्न सक्दिनँ। तर, म भगवान् छन् भनेर विश्वास गर्न बाध्य पार्ने कुनै निर्णायक प्रमाण पनि देख्दिनँ। त्यसैले म “मलाई थाहा छैन” भन्ने स्थानमै उभिएको छु।

मुफ्ती शमाइल नदवी

म पुनः एक पटक स्पष्ट गर्न चाहन्छु, हामी “गड अफ ग्याप्स” को तर्क दिइरहेका छैनौँ। हामी कुनै पनि वैज्ञानिक खाली ठाउँमा भगवान् राख्न खोजिरहेका छैनौँ। हामी एउटा आधारभूत दार्शनिक प्रश्न सोधिरहेका छौँ, यो ब्रह्माण्ड अस्तित्वमा किन छ? विज्ञानले “कसरी” को उत्तर दिन सक्छ, तर “किन” को उत्तर दिन सक्दैन। अस्तित्वको अन्तिम कारण खोज्नु विज्ञानको विरोध होइन।

जावेद साहबले विकासवादको कुरा गर्नुभयो। विकासवाद जैविक विविधताको व्याख्या हो, अस्तित्वको अन्तिम कारणको होइन। जीवहरू कसरी विकसित भए भन्ने प्रश्न र ब्रह्माण्ड नै किन अस्तित्वमा आयो भन्ने प्रश्न एउटै होइनन्। यी दुईलाई मिसाउनु श्रेणीगत भ्रम हो।

जटिलता मात्र होइन, नियमबद्धता पनि महत्त्वपूर्ण छ। ब्रह्माण्ड अन्धाधुन्ध अराजकतामा छैन। यो निश्चित गणितीय नियमहरूअन्तर्गत चलिरहेको छ। यी नियमहरू यति सूक्ष्म रूपमा सन्तुलित छन् कि सानो परिवर्तनले पनि जीवन असम्भव हुन सक्थ्यो। यसलाई हामी “फाइन–ट्युनिङ” भन्छौँ। यो फाइन–ट्युनिङ संयोग हो भन्नु तर्कसंगत छैन।

अब नैतिकताको विषयमा फेरि फर्किन्छु। यदि नैतिकता केवल सामाजिक सहमति हो भने, समाजले गलत ठानेको कुरा गलत र सही ठानेको कुरा सही हुन्छ। तर इतिहासमा धेरै समाजहरूले दासप्रथा, नरसंहार र उत्पीडनलाई सही मानेका छन्। यदि त्यो बेला समाज सहमत थियो भने, के ती कुरा सही थिए? यदि होइन भने, तब नैतिकताको कुनै वस्तुगत मापदण्ड अवश्य हुनुपर्छ।

जाबेद अख्तर

मुफ्ती साहबले “किन” र “कसरी” को भिन्नता उल्लेख गर्नुभयो। तर, म यो भिन्नतालाई पूर्ण रूपमा स्वीकार गर्दिनँ। इतिहासले देखाएको छ, जहाँ “किन” को प्रश्न थियो, त्यहाँ “कसरी” को उत्तर आएपछि “किन” आफैं विलीन भयो। सूर्य किन उदाउँछ भन्ने प्रश्न थियो। आज हामीलाई थाहा छ,पृथ्वीको घुमाइका कारण उदाउँछ। अब त्यो “किन” अलग प्रश्न रहेन।

फाइन–ट्युनिङको तर्क पनि निर्णायक होइन। हामी एउटा मात्र ब्रह्माण्ड देखिरहेका छौँ। तुलना गर्नका लागि अर्को ब्रह्माण्ड छैन। यदि अरबौँ ब्रह्माण्ड छन् भने एउटा यस्तो हुनु असम्भव छैन, जहाँ जीवन सम्भव छ। यसलाई मल्टिभर्स परिकल्पना भनिन्छ। यो प्रमाणित छैन तर फाइन–ट्युनिङजस्तै अप्रमाणित छ।

नैतिकताको सन्दर्भमा समाजले गलत कामहरू स्वीकार गरेको इतिहास छ भन्ने कुरामा म सहमत छु। तर त्यसको अर्थ यो होइन कि नैतिकताको स्रोत भगवान् नै हुनुपर्छ। यसको अर्थ केवल यति हो मानव समाज अपूर्ण छ। हामी सिक्दै जान्छौँ, सुधार्दै जान्छौँ। नैतिक प्रगति स्वयं मानव अनुभवको परिणाम हो।

म यति मात्र भन्न चाहन्छु, अनिश्चितताको ठाउँमा विश्वास राख्नु व्यक्तिगत अधिकार हो। तर अनिश्चिततालाई निश्चित सत्यका रूपमा प्रस्तुत गर्नु समस्या हो।

शमाइल नदवी

जावेद साहबले मल्टिभर्सको कुरा गर्नुभयो। तर, मल्टिभर्स कुनै वैज्ञानिक तथ्य होइन, एउटा दार्शनिक परिकल्पना हो। यदि प्रमाण बिना मल्टिभर्स मान्न सकिन्छ भने प्रमाण बिना भगवान् मान्न किन समस्या हुन्छ? वास्तवमा मल्टिभर्स भगवानको विकल्प होइन, केवल प्रश्नलाई पछाडि सार्ने प्रयास हो।

“किन” को प्रश्न विज्ञानले समाधान गर्‍यो भन्ने दाबी पनि पूर्ण रूपमा सही छैन। पृथ्वी किन घुम्छ भन्ने प्रश्नको उत्तर दिन सकिन्छ। तर, अस्तित्व नै किन छ भन्ने प्रश्न त्यहीँ रहन्छ। केही नहुनुको सट्टा केही किन छ,यो प्रश्न विज्ञानको दायराभन्दा बाहिर छ।

मेरो अन्तिम बिन्दु यही हो, तर्क, विवेक र दर्शनले भगवानको अस्तित्वतर्फ संकेत गर्छन्।

जावेद अख्तर

मुफ्ती साहबले मल्टिभर्सलाई दार्शनिक परिकल्पना भन्नुभयो। म सहमत छु। तर फरक यति हो,मल्टिभर्स कुनै पूजा वा नैतिक आदेश माग्दैन। भगवान्को अवधारणा भने त्यससँगै धेरै दाबीहरू ल्याउँछ। त्यसैले दुवैलाई बराबर राख्न मिल्दैन।

“केही नहुनुको सट्टा केही किन छ” भन्ने प्रश्न रोचक छ, तर यसको उत्तर नहुनु पनि सम्भव छ। सबै प्रश्नको उत्तर हुनैपर्छ भन्ने मान्यता स्वयं प्रमाणित छैन। अज्ञातसँग शान्ति गर्न सिक्नु पनि बौद्धिक परिपक्वता हो।

मुफ्ती शमाइल नदवी

यो बहसको अन्त्यमा भन्न चाहन्छु, हामी भावनामा होइन, तर्कमा कुरा गरिरहेका छौँ। ब्रह्माण्डको अस्तित्व, यसको नियमबद्धता, नैतिकताको वस्तुगत स्वरूप,यी सबैले एउटा आवश्यक, स्वतन्त्र, बुद्धिमान अस्तित्वतर्फ इङ्गित गर्छन्। विज्ञानले प्रक्रियाहरू बताउँछ तर अस्तित्वको अन्तिम कारण बताउन सक्दैन। त्यसैले तर्क र विवेकले भगवान्को अस्तित्व स्वीकार गर्न बाध्य पार्छ।

जावेद अख्तर

अन्त्यमा, म भगवान् छैनन् भनेर प्रमाणित गर्न सक्दिनँ । र, मैले त्यसको प्रयास पनि गरेको छैन। तर म भगवान् छन् भनेर विश्वास गर्न पर्याप्त कारण देख्दिनँ। “मलाई थाहा छैन” भन्नु कमजोरी होइन, इमानदारी हो। प्रश्नहरू खुला राख्नु, खोज जारी राख्नु,यही मानव बुद्धिको सुन्दरता हो।

स्वागत नेपाल नेतृत्वको ‘उन्नत लोकतान्त्रिक पाटी’ ले बुझायो बन्दसूची

काठमाडौं । अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टी (एडभान्स डेमोक्रेटिक पार्टी) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गरेको छ । सोमबार उन्नत लोकतान्त्रिक पार्टीले समानुपातिकको बन्द सूची आयोगमा बुझाएको हो । राजालाई भोट हाल्न चाहनेका लागि खुला किताब चिह्न लिएर सो पार्टीले समानुपातिकको बन्दसूची बुझाएको सो दलका अध्यक्ष अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

‘मुखमा पार्टी भए पनि राजाका लागि भोट हाल्ने मन भएकाका लागि साझा चिह्न चाहियो भनेर राजसंस्थावादीको सल्लाह भएर खुला किताब चिह्नसहित आयोगमा आएका हौं’, नेपालले भने । २०७९ सालको चुनावमा झापा २ बाट स्वतन्त्र चुनाव लडेका नेपालले आफू यस पटक पनि सोही ठाउँबाट प्रत्यक्ष चुनाव लड्ने बताए । प्रतिनिधि सभाको सभामुख बनेका देवराज घिमिरेसँग उनी झिनो मतले पराजित भएका थिए ।

रेशम चौधरीको प्रश्न : ओली, बालेन र रविले चुनाव लड्न पाउने, मैले नपाउने भन्ने हुन्छ ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरीले आफूलाई चुनाव लड्न नदिने हो भने देशका शीर्ष नेताहरू पनि चुनाव लड्न अयोग्य हुने दाबी गरेका छन् । आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीलाई लिएर उठाइएका प्रश्नहरूलाई उनले ‘राजनीतिक पूर्वाग्रह’ को संज्ञा दिएका छन् ।

आफ्नो दलको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू चुनाव लड्न नपाउने भन्ने बहस नै गलत रहेको बताएका छन् । ‘रेशम चौधरीले चुनाव लड्न पाउँदैन भन्नु सबैभन्दा गलत प्रश्न हो’, उनले भने, ‘यदि म अयोग्य हुँ भने केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा वा रवि लामिछाने कसरी योग्य हुन्छन् ?’

उनले कानुनी र नैतिक मापदण्ड सबैका लागि समान हुनुपर्नेमा जोड दिए । जेल जीवन भोगेका वा विभिन्न विवादमा मुछिएका नेताहरूलाई चुनाव लड्न दिइने तर आफूलाई रोक्ने प्रयास हुनु अन्यायपूर्ण भएको उनको भनाइ थियो । चौधरीले २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’ स्मरण गर्दै उक्त आन्दोलन राज्य दमनविरुद्ध भएको दाबी गरे । आन्दोलनका क्रममा ७७ जनाले ज्यान गुमाएको र धेरै घाइते अझै उपचाररत रहेको उल्लेख गर्दै उनले ती घटनाका बेला सत्तामा रहेका नेताहरूलाई चुनाव लड्न छुट दिइनु तर आफूलाई वञ्चित गरिनु दोहोरो मापदण्ड भएको बताए ।
‘जेनजी आन्दोलनमा बगेको रगत सुक्न नपाउँदै ओली–देउवाहरू चुनाव लड्न पाउने, थारु भएकै कारण म नपाउने ?’ उनले प्रश्न गरे ।

उनले अदालत र राज्य संयन्त्रप्रति पनि प्रश्न उठाउँदै भने, ‘यहाँ जे पनि सम्भव छ । अदालतले प्रचण्डलाई चुनाव लड्न दिने अधिकार दिन्छ भने मलाई किन नदिने ?’ टीकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका बेला राष्ट्रपतिबाट सजाय मिनाहा भएको विषय उठेपछि चौधरीले आफू घटनामा संलग्न नै नरहेको दोहोर्‍याए । ‘फौजदारी कार्यविधि संहिताअनुसार घटनास्थलमा नभएको व्यक्तिलाई अभियुक्त बनाउन मिल्दैन’, उनले भने, ‘म घटनास्थलमै थिइनँ, त्यसपछि म कसरी दोषी भएँ ?’ उनले नेपालमा अझै पनि जातीय पहिचानका आधारमा विभेद र अन्याय भइरहेको आरोप लगाउँदै थारु समुदाय भएकै कारण आफूलाई लक्षित गरिएको दाबी गरे । ‘जातका आधारमा अन्याय र दमन अब स्वीकार्य हुँदैन, चौधरीले भने ।

 

 

निर्वाचनमा एमालेसँग सहकार्य गरेर जान सकिन्छ : राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा (एमाले) सँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गरेका छन् । सोमवार आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेका उनले एमालेसँग पनि कुरा शुरु गरिएको संकेत गर्दै सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताएका हुन् । नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सकिने समेत स्पष्ट पारे ।

उनले भने, ‘नेकपा एमालेसँग एकताको कुरा केही भएको भए विस्तारै आइहाल्छ । आज म भन्न सक्दिनँ, भन्दिनँ । रोकिँदैन । अरु दलहरुसँग पनि सहकार्य गर्ने कुरा संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, कम्युनिष्ट आन्दोलनको रक्षा, देशको रक्षा गर्ने कुरामा जो जो पार्टीहरु हामीसँग सहकार्य गर्न आउँछन् । उनीहरुसँग सहकार्य हुन्छ ।’

उनले भने, ‘हामीले विगतमा समानुपातिकबाट निर्वाचित भएका, विगतमा मन्त्री भईसकेका, प्रत्यक्षबाट सांसद भइसकेकाहरुलाई समानुपातिकमा आउने नदिने गरी निर्णय गर्‍यौँ । युवा पुस्तालाई पनि ध्यान दिएका छौ । ११० जना हामीले पेश गर्ने हो । आदिवासी, जनजाति, महिला, दलित, मधेशी, थारु, खसआर्य । यी सबै क्लष्टरबाट नेपालको संविधान र निर्वाचन कानूनअनुसार जो व्यवस्था गरिएको छ । र हालसालै सरकारले ल्याएको अध्यादेशअनुसार पनि हामीले ल्याएका छौँ ।’ नेता पाण्डेले विगतमा सांसद तथा मन्त्री भएकाहरुलाई समानुपातिक सूचीमा नराख्ने पार्टीका निर्णयअनुसार बन्द सूची निर्वाचन आयोगमा बुझाएको पनि बताए ।

 

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र

दाङ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ । अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभीले जनाएको छ ।

घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भए पनि पहिलो चरणमा सौडीकुलादेखि गुर्जेखोलासम्मको काम सुरु गरेको कम्पनीका कन्ट्र्याक्ट म्यानेजर सुनिल ढुङ्गानाले बताए। उनका अनुसार सो क्षेत्रमा सडकमा पर्ने विद्युत्का खम्बालाई व्यवस्थापन गर्नका लागि विद्युत् कार्यालयलाई अनुरोध गरिएको छ । गत मङ्सिर १ गतेदेखि द्ुई स्काभेटर लगाएर काम सुरुआत गरिएता पनि अहिले भने एक दर्जन बढी सवारीसाधन, रोलिङ मेसिन र आवश्यकताअनुसार मजदुर थपगरेर कामलाई तीव्र रुपमा अगाडि बढाइएको छ । “जति सक्यो छिटो काम सक्ने गरी अगाडि बढेको भन्दै सम्झौता मितिभन्दा अघि सक्ने हाम्रो लक्ष्य छ”, उनले भने, “त्यो अनुसार हामीले काम अघि बढाएका छौँ ।”

अहिले माटो ‘फिलिङ’ गर्ने र झाडी फाल्ने माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम भइरहेको छ । उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ । बीचबीचमा मेडिएन र दुवैतर्फ दुई÷दुई लेनको हुने उनले बताए । त्यसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुने छभने अन्य स्थानमा चारलेन मात्रै हुनेछ । सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइने छ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । चार लेनकै कामको सहजताका लागि सडकखण्डकै बेलझुण्डी रङ्गशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गरिएको छ । पानीका लागि डिपबोरिङ र त्यही साइड अफिस राखिएको छ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको छ । निर्माणको प्राविधिक जिम्मा सडक डिभिजन कार्यालयले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुङ्गा, गिट्टी र बिटुमिनतार मिसाएर कालोपत्र गरिनेछ ।

सम्झौता भएको मितिले ३६ महिनामा सक्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए । उनका अनुसार असारमा श्री दिवा–बन्दना भगवती जेभीसँग सम्झौता भएको हो । भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक निर्माण हुनेछ । मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानको काम भएर गत फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ । यसअघि सडकमा ठेक्का लागे बीचमै अलपत्र छाड्दा आवतजावतमा समस्या हुनुका साथै यात्रुहरु निकै मारमा थिए ।

“अहिले सडक निर्माणको कार्य दिनप्रति दिन निरन्तर अघि बढेकाले अब भने बाटो बन्छ भन्नेमा ढुक्क भएका छौँ”, सौडिकुला निवासी रामबहादुर चौधरीले भने। यसैबीच सडक डिभिजन कार्यालयले अहिले सडक निर्माणको काम भइरहेकाले सहजतापूर्वक यात्रा गर्न आम सवारीचालकलाई अनुरोध गरेको छ ।

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको एउटै चुनाव चिन्ह

काठमाडौं । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एउटै चुनाव चिह्नबाट प्रतिष्पर्धा गर्ने भएका छन् । तीनै दलले नाउपा नेपालको जाँतो चिन्हबाट चुनाव लड्ने सहमति भएको हो । एउटा समूह नेपाली कम्युनिष्ट पार्टी र अर्को समूह जसपा नेपालमा फर्किएपछि जसपामा अध्यक्ष अशोक राईको समूह मात्र बाँकी रहेको थियो ।

राईले राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरीको नाउपा नेपालसँगै मिलेर चुनाव लड्ने सहमति गरेका हुन् । तीनै दल सोमबार समानुपातिकको एकीकृत बन्दसूची लिएर निर्वाचन आयोग पुगेका छन् । तीन वटै पार्टीले नाउपाको जाँतो चिन्हमा समानुपातिक तर्फको बन्द सूची बुझाउँदै छन्। ‘हामीले एउटै चिन्हमा बन्दसूची बुझाउँदैछौं,’ जसपा नेतृ सुशीला श्रेष्ठले भनिन् ।