`

आदिवासी जनजाति महिला महासंघको माइतीघरमा खबरदारी कार्यक्रम(तस्बिरहरु)

काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो पहिचान: आदिवासी महिला एकताको अभियान’ नाराका साथ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले राजधानीमा खबरदारी कार्यक्रम गरेको छ।

महासंघले माइतीघर मण्डलामा ध्यानाकर्षण तथा खबरदारी कार्यक्रम आयोजना गर्दै आदिवासी जनजाति महिलाको अधिकार, भूमि तथा पहिचानसँग सम्बन्धित मुद्दामा सरकारको ध्यानाकर्षण गराएको हो।

कार्यक्रममा सहभागीहरूले आदिवासी समुदायका परम्परागत भूमि अधिकारको संरक्षण, महिलाको समान सहभागिता, तथा सांस्कृतिक पहिचानको सम्मान सुनिश्चित गर्न माग गरेका थिए।

महासंघले राज्यले आदिवासी जनजाति महिलाका मुद्दालाई नीति तथा व्यवहार दुवै तहमा सम्बोधन गर्न ढिलाइ गरिरहेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

 

 

मलेसियालाई १६७ रनले हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै छनोट भएको छ।

समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

जितका लागि २७६ रनको लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमै सीमित भयो। मलेसियाका कप्तान सयद अजिजले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। शर्विन मुनियान्डीले १८ रन र ओपनर मोहम्मद हाजिकले १३ रन जोडे। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका बलरहरूले सन्तुलित प्रदर्शन गरे। शेर मल्लले ३ विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि कुशल भुर्तेलले विस्फोटक शतक प्रहार गर्दै १२६ रन बनाए। उनले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गरे। यो उनको लगातार दोस्रो शतक हो। यसअघि चीनविरुद्धको पहिलो खेलमा पनि उनले शतक बनाएका थिए। टी–२० अन्तर्राष्ट्रियमा यो उनको तेस्रो शतक समेत हो।

आसिफ शेखले पनि उत्कृष्ट प्रदर्शन गर्दै ६८ रन जोडे। उनले २४ बलमा ५ चौका र ७ छक्का प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रन, सन्दीप जोराले १५ रन, लोकेश बमले १० रन र कुशल मल्लले अविजित ९ रन बनाए।

मलेसियाका लागि बलिङमा भिरनदीप सिंहले ३ विकेट लिए भने विजय उनई र कप्तान सयद अजिजले २–२ विकेट लिए।

यसअघि पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको थियो। लगातार दुई जितसँगै नेपालले समूह विजेता बन्दै एसियन गेम्समा स्थान सुरक्षित गरेको हो। समूह ‘ए’ बाट मलेसिया पनि छनोट भएको छ भने लगातार दोस्रो हारपछि चीन प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेका छन्।

प्रतियोगिताको नियमअनुसार समूहका शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुने व्यवस्था रहेको छ।

फेरियो बालेनको बोली, आफ्ना मन्त्रीहरुको सम्पत्ति छानबिन नगर्ने [भिडियो]

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति छानबिन आयोगले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ।

आयोगलाई दिइएको कार्यादेश (टीओआर) मा वर्तमान प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति अनुसन्धान समावेश नगरिएको पाइएको हो।

सरकारले २०६२/६३ सालपछि सार्वजनिक उच्च ओहदामा पुगेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गत वैशाख २ गते मन्त्रिपरिषद्को निर्णयबाट पाँच सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको थियो। आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी रहेका छन्।

आयोग गठनको घोषणा गर्दा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले २०६२/६३ यता सार्वजनिक पदमा पुगेका सबै व्यक्तिहरूका साथै वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको पनि सम्पत्ति छानबिन हुने बताएका थिए। तर आयोगलाई प्रदान गरिएको कार्यादेशमा वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिनको व्यवस्था नरहेको खुलेको छ।

यससँगै आयोगको कार्यक्षेत्र र सरकारको प्रारम्भिक घोषणाबीच अन्तर देखिएको भन्दै प्रश्न उठ्न थालेका छन्।

 

सोधपुछ गर्न चौकी बोलाइएका ‘फेकु दास’ प्रहरीबाटै किन कुटिए ?

काठमाडौं। सर्लाहीको हरकठवा क्षेत्रमा प्रहरी कार्यालयमै बोलाइएका एक स्थानीय कुटिएका छन्।

प्रहरी जवानको कुटाइबाट धनकौल गाउँपालिका-५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका हुन्। उनी हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन्।

साइनिङ स्टार बोर्डिङ स्कुलका सञ्चालक संजय साहले फेकु दासका दुई छोराको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा प्रशासनले आवश्यक सोधपुछका लागि इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो।

त्यसपछि बुधवार दिउँसो फेकु दास श्रीमतीसहित प्रहरी कार्यालय पुगेका थिए। प्रारम्भिक विवरण अनुसार कार्यालयमै उनीहरूलाई सोधपुछ गर्ने क्रममा पत्रमा हस्ताक्षर गर्न भनिएको थियो। तर दासले विद्यालयको शुल्क पहिले नै तिरेको दाबी गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि विवाद सुरु भएको बताइएको छ।

त्यही विवाद चर्किँदै जाँदा प्रहरी जवान रामजीवन पासवानले दासमाथि बाँसको भाटा र बुटले कुटपिट गरेको आरोप लागेको छ। कुटपिटपछि उनी गम्भीर घाइते भएका थिए।

घटनामा दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल बरहथवास्थित हनुमन्त हस्पिटल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको हो।

घटना बाहिरिएपछि स्थानीयस्तरमा प्रश्न उठेका छन् कि प्रहरी कार्यालयभित्रै बोलाइएका नागरिकमाथि कुटपिट कसरी भयो। पीडित पक्षले आफूलाई अन्याय भएको दाबी गरिरहेको छ भने घटनाको निष्पक्ष छानबिनको माग पनि उठेको छ।

इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्रको कोठामा दास र प्रहरी जवानबीच विवाद भएको स्वीकार गरेका छन्। उनका अनुसार सोही विवादकै क्रममा कुटपिटको घटना भएको हो।

यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार प्रारम्भिक सूचनामा दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको देखिएको छ।

उनले घटनामा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

घटनाबारे विस्तृत छानबिन जारी रहेको प्रहरीले जनाएको छ।

फुट्यो राप्रपा, को-को अलग भए ?(सूचीसहित)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । पार्टीका केही वरिष्ठ नेता तथा पदाधिकारीहरूले पार्टीको वर्तमान नेतृत्वमाथि वैचारिक विचलन, संगठनात्मक कमजोरी र आन्तरिक लोकतन्त्रको अभावको आरोप लगाउँदै पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

जेठ २१ गते जारी संयुक्त वक्तव्यमा उनीहरूले आरपीपीको मूल वैचारिक आधार संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेको उल्लेख गर्दै वर्तमान नेतृत्व त्यस लक्ष्यबाट विचलित भएको आरोप लगाएका छन्। वक्तव्यमा पार्टीको नेतृत्वले गणतन्त्र सुदृढीकरणतर्फ झुकाव देखाएको र पार्टीको मूल उद्देश्य तथा महाधिवेशनका निर्णयहरूलाई बेवास्ता गरेको दाबी गरिएको छ।

असन्तुष्ट नेताहरूले पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र विधिसम्मत अभ्यास कमजोर बन्दै गएको आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार नेतृत्वको कार्यशैली, आन्तरिक मतभिन्नताप्रतिको व्यवहार तथा संगठन सञ्चालनका विषयमा उठाइएका प्रश्नहरूको उचित सम्बोधन हुन नसक्दा पार्टीको जनाधार खस्किएको छ।

वक्तव्यमा वरिष्ठ नेता तथा कार्यकर्ताहरूको योगदानको सम्मान हुन नसकेको, पार्टी विधानको पूर्ण पालना नभएको तथा फरक मत राख्नेहरूमाथि अनुशासनात्मक दबाब सिर्जना गरिएको आरोप समेत लगाइएको छ।

पहिलो चरणमा पार्टी परित्याग गर्ने नेताहरूमा महामन्त्री, डा. धवलशम्शेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी लगायतका नेता रहेका छन्।

पार्टीभित्र केही समययता देखिएको असन्तुष्टि र नेतृत्वसँगको मतभेदका कारण यो कदम चालिएको बताइएको छ। असन्तुष्ट पक्षले आगामी दिनमा थप नेताहरू तथा कार्यकर्ताहरू पनि आफ्नो अभियानमा जोडिन सक्ने संकेत दिएको छ।

उनीहरूले आफूहरू पार्टीको स्थापना कालदेखि अघि सारिएका सिद्धान्त र मूल्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै वैकल्पिक राजनीतिक यात्राबारे आगामी दिनमा थप निर्णय सार्वजनिक गरिने बताएका छन्।

यस घटनाक्रमले आरपीपीको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको छ भने पार्टीभित्र थप ध्रुवीकरण हुने सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

सूची:

तेस्रोपटक को सँग बिहे गर्दैछन् आमिर खान ?

एजेन्सी। बलिउड अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्राटसँग विवाह गर्ने पुष्टि गरेका छन्। अभिनेता स्वयंले विवाह जुलाई ५, २०२६ मा हुने बताएका हुन्।

दुई वर्षभन्दा बढी समयदेखि सम्बन्धमा रहेका आमिर र गौरी अब वैवाहिक जीवन सुरु गर्ने तयारीमा छन्। भेराइटी इण्डियासँगको कुराकानीमा आमिरले स्पष्ट रूपमा भनेका छन्, ‘विवाहको खबर सत्य हो। जुलाई ५ मा हाम्रो विवाह हुँदैछ।’

रिपोर्ट अनुसार उनीहरूले विवाहलाई ठूलो तामझाम बिना पारिवारिक वातावरणमै सम्पन्न गर्ने योजना बनाएका छन्। दुवै जना आफ्नो निजी जीवनलाई अनावश्यक चर्चाबाट टाढा राख्न चाहेकाले भव्य रिसेप्सन वा ठूलो समारोह आयोजना नगर्ने तयारी गरिएको छ।

आमिर खानले सन् २०२५ मा आफ्नो ६० औं जन्मदिनको अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। त्यसयता उनले विभिन्न अन्तर्वार्तामा गौरीले आफ्नो जीवनमा शान्ति र स्थिरता ल्याएको बताएका छन्।

यो विवाह आमिर खानको तेस्रो विवाह हुनेछ। यसअघि उनले सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग विवाह गरेका थिए। जुन सन् २००२ मा सम्बन्ध विच्छेदमा टुंगिएको थियो। उनीहरूका दुई सन्तान जुनैद खान र इरा खान छन्।

त्यसपछि आमिरले सन् २००५ मा निर्देशक किरण रावसँग विवाह गरेका थिए। उनीहरूको सम्बन्ध २०२१ मा टुंगिएको हो। उनीहरूका छोरा आजाद राव खान छन्।

सम्बन्ध विच्छेद भए पनि आमिरले रीना र किरण दुवैसँग सम्मानजनक सम्बन्ध कायम राख्दै आएका छन्। र सन्तानको अभिभावकत्व पनि सहमतिमा निभाइरहेका छन्।

गौरी स्प्राट बेंगलुरुकी उद्यमी हुन् र फेसन तथा ब्यूटी क्षेत्रसँग सम्बन्धित व्यवसायमा सक्रिय छिन्। उनी हाल मुम्बईमा बसोबास गर्छिन् र एक छोराकी आमा पनि हुन्।

आमिर र गौरीको चिनजान भने नयाँ होइन। उनीहरू करिब २५ वर्षअघि पहिलो पटक भेटिएको तथ्य पनि सार्वजनिक भएको छ।

कुशलको शतकमा नेपालको विशाल स्कोर, मलेसियासामु २७६ रनको चुनौती

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्रिकेट क्वालिफायरमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो। नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल नायक बने। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १२६ रनको विस्फोटक शतकीय पारी खेले।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो तेस्रो शतक हो। उनको आक्रामक ब्याटिङले नेपाली टोलीलाई बलियो अवस्थामा पुर्‍यायो।

आसिफ शेखले पनि उत्कृष्ट प्रदर्शन गर्दै २४ बलमा ६८ रन जोडे। उनले ५ चौका र ७ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाउँदा ४ छक्का र १ चौका हिर्काए।

मलेसियाका लागि विरनदीप सिंहले ३ विकेट लिए भने सैयद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।

नेपाल र मलेसिया दुवै टोली यसअघि नै आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन्। तर क्वालिफायर अन्तर्गतको यस खेलमा नेपालले ब्याटिङमा प्रभुत्व जमाउँदै मलेसियासामु कठिन लक्ष्य खडा गरेको छ।

बालेनलाई ज्ञात छ ‘सुगौली सन्धि’ ?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिपछि देशको राजनीतिक वातावरण तरंगित छ। 

उक्त भनाइलाई लिएर संसद् र सडक तातेका छन् । राजनीतिक र कुटनीतिक वृत्तबाट शाहकाे चर्काे आलाेचना भइरहेकाे छ। 

प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय हित र नेपालको स्थापित सीमा सम्बन्धी अडानविपरीत रहेको भन्दै विपक्षी दलहरू आन्दाेलित छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा तथा अन्य विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने भन्दै संसद चल्न दिएका छैनन् । उनीहरूले माग सम्बोधन नभएसम्म संसद् सञ्चालन हुन नदिने चेतावनी दिएका छन् । 

राष्ट्रियसभा बैठक पनि यही विवादका कारण प्रभावित बनेको छ।

प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्य र आधार सार्वजनिक गर्नुपर्ने माग उठिरहेका छन् भने कतिपयले यसलाई नेपालको राष्ट्रिय अडान कमजोर बनाएकाे टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शाहकाे अभिव्यक्तिमा संसद्बाहिर पनि विरोध चर्किएको छ। प्रधानमन्त्रीको भनाइविरुद्ध विभिन्न राजनीतिक संगठन तथा विद्यार्थी संगठनहरूले प्रदर्शन गर्दै देशभर पुत्ला दहन पनि गरेका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा छन्। उनले  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखि लिएर भाजपा अध्यक्ष नितिन नवीनका साथै सरकारमा रहेका उच्च अधिकारीहरूसँग भेट गरिसकेका छन्। 

उता भारतले नेपाल- भारत सिमा विवादकाे द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् ।

प्रधानमन्त्री शाहकाे याे अभिव्यक्तिपछि नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तटबन्ध निर्माणमा रोक लगाएको छ। नेपाल-भारत सीमा संयुक्त गस्तीका क्रममा निर्माण कार्य रोक्न मौखिक आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ।  स्थानिय प्रशासन भने माथिको आदेश कुरेर बसेको छ।

तर माथिबाट के आदेश भयो त्यो भने खुल्न सकेको छैन।

स्थानीय बासिन्दाले नदी कटानको जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सुस्ता बचाउ युवा अभियानले पनि तटबन्ध रोकिँदा समस्या थप गम्भीर बन्ने चेतावनी दिएको छ। 

यता रास्वपा भने सीमा विवाद जस्ताे संवेदनशिल विषयलाई सामान्यीकरण गरिरहेकाे छ। रास्वपा कार्यकर्ताहरू प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरिरहेका छन् । के साँच्चै जान्नेलाई छान्ने भनेर सरकारमा पुगेको दल, उक्त दलका नेता र कार्यकर्ताहरूले इतिहास बिर्सेका हुन् ? 

ज्ञात छ सुगौली सन्धि ?

नेपाल-भारत सीमा विवादको सन्दर्भमा बारम्बार चर्चा हुने ऐतिहासिक दस्तावेजमध्ये सुगौली सन्धि सबैभन्दा महत्वपूर्ण मानिन्छ । 

सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाल युद्धको अन्त्यपछि नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको यही सन्धिले आधुनिक नेपालको सीमाको आधार तय गरेको थियो ।

सन् १८१५ डिसेम्बर ३ मा हस्ताक्षर भएको र १८१६ मार्च ४ मा औपचारिक रूपमा लागू गरिएको सुगौली सन्धि नेपालको इतिहासकै सबैभन्दा महत्वपूर्ण तथा विवादास्पद सम्झौतामध्ये एक मानिन्छ ।

नेपालका तर्फबाट सन्धिमा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिस पक्षबाट लेफ्टिनेन्ट कर्नेल पेरिस ब्राडशले सन्धिपत्रमा हस्ताक्षर गरेका थिए ।

सुगौली सन्धिपछि नेपालले आफ्नो अधीनमा रहेका विशाल भूभाग गुमाउन बाध्य भयो । इतिहासकारहरूका अनुसार युद्धअघि नेपालको सीमा पूर्वमा टिस्टा नदीसम्म, पश्चिममा सतलज नदी आसपासका क्षेत्रसम्म तथा दक्षिणतर्फ हालका धेरै तराई भूभागसम्म फैलिएको थियो । 

तर युद्धमा पराजयपछि नेपालले काली नदीपश्चिमका कुमाउँ र गढवाल, काँगडा क्षेत्र, सिक्किमसँग जोडिएका भूभाग तथा तराईका ठूलो हिस्सा ब्रिटिसलाई सुम्पनुपरेको थियो ।

सन्धिले केवल भूभागको क्षति मात्र गराएन, नेपालको कूटनीतिक र सैन्य स्वायत्ततामाथि समेत प्रभाव पार्यो । काठमाडौंमा ब्रिटिस प्रतिनिधि राख्ने, गोर्खा सैनिकलाई ब्रिटिस सेनामा भर्ती गर्न अनुमति दिने तथा विदेशी सैन्य विज्ञ नियुक्तिमा प्रतिबन्ध लगाउने जस्ता प्रावधान पनि सन्धिमा समावेश थिए । त्यसअघि नेपालले फ्रान्सेली सैन्य प्रशिक्षकहरूको सहयोग लिँदै आएको थियो ।

यद्यपि सुगौली सन्धिपछि गुमाइएका सबै भूभाग नेपालबाट स्थायी रूपमा टाढा भएनन् । सन् १८१६ मै तराईका केही क्षेत्र नेपाललाई फिर्ता गरिएको थियो भने सन् १८५७ को भारतीय विद्रोह दबाउन नेपालले ब्रिटिसलाई सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र नेपाललाई फिर्ता दिइएको थियो । इतिहासमा यी भूभागलाई ‘नयाँ मुलुक’ भनेर चिनिन्छ ।

आज पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी विवादमा सुगौली सन्धिको उल्लेख हुने गरेको छ । नेपालले लिम्पियाधुराबाट उद्गम भएको महाकाली नदीलाई आफ्नो पश्चिमी सीमा मान्दै आएको छ । 

यही ऐतिहासिक सन्धि, पुराना नक्सा र दस्तावेजका आधारमा नेपालले उक्त क्षेत्रमाथि आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।

सुगौली सन्धिको पूर्णपाठ

३ डिसेम्बर, १८१५

१. माननीय इस्ट इन्डिया कम्पनी र नेपाल राजाका बीच चीरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।

२. युद्ध हुनुभन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन् र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्छन् ।

३. नेपालका राजा माननीय इस्ट इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन्,

– काली र राप्ती नदीको बीचका सम्पूर्ण तल्ला भागहरु,
– राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि बुटवल छोडेर ,
-गण्डकी र कोशी बीचको समस्त तल्लो भूभाग,
-मेची र टिस्टाबीचको समस्त तल्लो भूमि,
-मेची नदीभन्दा पूर्वतर्फका सम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी, जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससँगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिनभित्रमा गोर्खाली सेनाले खालि गरिदिनु पर्नेछ ।

४. नेपाल राज्यका प्रमुख र भारदारहरु, ज-जसको स्वार्थमा माथि उल्लिखित अभिधाराले हानि पुर्‍याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिस सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुई लाख रुपैयाँ पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिज अनुसार समानुपातमा बाँडिने छ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइने छ ।

५. नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरुको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै, त्यो इलाका तथा त्यस इलाकाका निवासीहरुसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।

६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र साथै, शान्ति भंग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरुबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिस सरकारलाई सुम्पनेछन् र नेपालका राजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नु पर्नेछ ।

७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिस सरकारको अनुमतिविना कुनै ब्रिटिस प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिल्यै पनि राख्ने छैनन् ।

८. दुवै राज्यका बीचमा मित्रता र शान्ति सम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।

९. यो सन्धि, जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि १५ दिनभित्रमा अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्टिनेन्ट कर्नेल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् ।

रमा हत्या काण्डको दुई साता : के गर्दै छ प्रहरी ?

काठमाडौं। दमक नगरपालिका-८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अझै निष्कर्षमा पुग्न सकेको छैन।

घटनाको अनुसन्धान सुरु भएको करिब दुई साता बितिसक्दा पनि ठोस नतिजा नआएपछि अनुसन्धान प्रक्रिया अल्मलिएको हो।

गत जेठ १६ गते शनिबार रतुवा खोलामा बोराभित्र प्याक गरिएको अवस्थामा उनको शव फेला परेको थियो। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। शव भेटिएको स्थान दमकको सेतुमाडी क्षेत्रस्थित रतुवा खोलाको पुलमुनि रहेको थियो, जहाँ सेतो प्लास्टिकको बोराभित्र शव फालिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार रमा गत बुधबार राति घरबाट निस्किएकी थिइन्। परिवारका सदस्यहरूले उनलाई साथी भेट्न गएको बताएका छन्। सोही दिन भेट्न बोलाउने साथी सुधार केन्द्रबाट छुटेको व्यक्ति रहेको खुलेको छ। ती युवकमाथि सोधपुछ गरिएको भए पनि हालसम्म उनको संलग्नता पुष्टि हुने आधार फेला परेको छैन।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार शव भेटिएको स्थान नै हत्या भएको स्थान होइन। प्रारम्भिक अनुसन्धानले घटनास्थललाई ‘सेकेन्डरी लोकेसन’ मात्र भएको देखाएको छ।  र वास्तविक हत्या भएको स्थान (प्राइमरी लोकेसन) पत्ता लाग्न बाँकी छ।

प्रहरीका अनुसार मृतकको मोबाइलको अन्तिम लोकेसन दमक बजार क्षेत्रमा देखिएको छ। राति करिब ११ बजेतिर मोबाइल बन्द भएको र त्यसपछि उनको गतिविधिबारे स्पष्ट जानकारी नभएको अनुसन्धानले देखाएको छ।

घटनाको प्रकृति हेर्दा एक जना व्यक्तिको मात्रै संलग्नता नदेखिएको प्रारम्भिक अनुमान प्रहरीको छ। तर हालसम्म कसैलाई पक्राउ गर्ने अवस्था नआएको इन्स्पेक्टर बानियाँले बताएका छन्।

प्रहरी स्रोतका अनुसार घटनास्थल, मोबाइल डाटा र अन्य प्रमाणका आधारमा घटनाको शृंखला पत्ता लगाउने प्रयास जारी छ। शंकास्पद व्यक्तिहरूलाई सोधपुछ गरिएको भए पनि ठोस निष्कर्षमा पुग्न बाँकी छ।

यसैबीच, अनुसन्धान चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न माध्यममा अपुष्ट जानकारी तथा भिडियो सामग्री सार्वजनिक भएकोप्रति प्रहरीले असन्तुष्टि जनाएको छ। यस्ता सामग्रीले अनुसन्धानमा असर पार्ने भन्दै प्रहरीले आधिकारिक पुष्टि नभएका विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार संवेदनशील अनुसन्धानका क्रममा बाहिरिने अपुष्ट सूचना र अनुमानका कारण न्यायिक प्रक्रिया प्रभावित हुन सक्ने जोखिम रहने भएकाले संयम अपनाउन आवश्यक छ।

मलेसियाविरुद्ध कुशल भुर्तेलको विस्फोटक शतक

 काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले मलेसियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरेका छन्।

२०औँ एसियाली खेलकुदअन्तर्गत भएको खेलमा भुर्तेलले केवल ४४ बलमा अविजित १०० रन बनाउँदै विपक्षी बलरमाथि पूर्ण रूपमा दबाब सिर्जना गरे। उनको इनिङ्समा १० चौका र ७ छक्का समावेश थिए।

भुर्तेलले २२७.२ को उत्कृष्ट स्ट्राइक रेटमा रन बटुल्दै नेपाली इनिङ्सलाई आक्रामक सुरुआत दिलाएका थिए।

ताजा स्थितिमा नेपालले १४ दशमलव ५ ओभरमा २ विकेटकाे क्षतिमा २ सय ८ रन बनाएर ब्याटिङ गरिरहेकाे छ ।

इजरायल-लेबनानबीच युद्धविराम घोषणा

एजेन्सी। अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान बुधबार युद्धविराम लागू गर्न सहमत भएका छन्।

तर इरान समर्थित हिजबुल्लाहले गोली आदानप्रदान पूर्ण रूपमा बन्द नभएसम्म कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ। जसले सम्झौतामाथि अनिश्चितता अझै बढाएको हो।

औपचारिक कूटनीतिक सम्बन्ध नभएका दुवै पक्षबीच संयुक्त विज्ञप्तिमा ‘पाइलट जोन’ स्थापना गर्ने सहमति भएको उल्लेख छ। सो क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर-राज्य सशस्त्र समूहहरूलाई हटाउँदै विशेष नियन्त्रण कायम गर्ने व्यवस्था रहने बताइएको छ।

युद्धविराम घोषणा भए पनि सीमावर्ती क्षेत्रमा त्यसअघि र पछि पनि झडप तथा आक्रमणहरू जारी रहेको जनाइएको छ। हिजबुल्लाहले इजरायली सेनालाई लक्षित आक्रमण गरेको दाबी गरेको छ भने इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ।

सम्झौता सार्वजनिक भएको केही घण्टापछि उत्तरी इजरायलमा ‘संदिग्ध हवाई लक्ष्य’ देखिएपछि हवाई आक्रमण चेतावनी जारी गरिएको थियो, यद्यपि कुनै हताहत पुष्टि भएको छैन।

संयुक्त विज्ञप्तिअनुसार युद्धविराम लागू हुन हिजबुल्लाहको गोलीबारी पूर्ण रूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लडाकूहरू हटाइनुपर्ने शर्त समावेश गरिएको छ।

वासिङ्टनमा भएको वार्ता लेबनानी र इजरायली प्रतिनिधिहरूबीच प्रत्यक्ष संवादको चौथो चरण भएको जनाइएको छ। यो संवाद मार्च २ पछि सुरु भएको सङ्घर्षपछि अघि बढिरहेको हो, जसमा हिजबुल्लाहले इरानको समर्थनमा इजरायलमाथि आक्रमण पुनः सुरु गरेको थियो।

दुवै पक्षले आगामी जुन २२ को हप्तामा पुनः वार्ता गर्ने सहमति पनि जनाएको छ, जसको उद्देश्य व्यापक शान्ति सम्झौतामा पुग्ने बताइएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानको द्वन्द्व र इरानसँग सम्बन्धित तनावलाई अलग-अलग रूपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। तर इरानले यी सबै घटनाहरू आपसमा जोडिएको दाबी गर्दै इरानी विदेशमन्त्री अब्बास अराघचीले बेरुतमा कुनै पनि आक्रमण भए युद्ध पुनः पूर्ण रूपमा सुरु हुने चेतावनी दिएका छन्।

इजरायली सेनाले बुधबार लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको ‘शत्रुतापूर्ण विमान’ र दुई प्रोजेक्टाइल रोकेको जनाएको छ। त्यसको जवाफमा हिजबुल्लाहले युद्धविराम उल्लङ्घन भएको भन्दै उत्तरी इजरायलमा सैनिक लक्ष्यहरूमा रकेट आक्रमण गरेको दाबी गरेको छ।

बिहीबार बिहान हिजबुल्लाहले दक्षिणी लेबनानको अल–कान्तारा सहरमा इजरायली सैनिक र सवारी साधनलाई लक्षित गर्दै रकेट प्रहार गरेको र चकिफ क्यासल नजिक इजरायली कमान्ड पोस्टमा दुई ड्रोन आक्रमण गरेको जनाएको छ।

यसअघि युद्ध रोक्ने उद्देश्यले प्रस्ताव गरिएको युद्धविराम अप्रिल १७ देखि लागू हुने भनिए पनि दुवै पक्षले एकअर्कामाथि उल्लङ्घनको आरोप लगाउँदै आक्रमण जारी राखेका थिए। हिजबुल्लाहका वरिष्ठ अधिकारी महमुद कोमातीले समूहले आंशिक युद्धविराम स्वीकार नगर्ने स्पष्ट पारेका थिए।

मानवीय क्षति पनि बढ्दै गएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार राजधानी बाहिरको मुख्य राजमार्गमा कारलाई लक्षित इजरायली आक्रमण भएको छ। इजरायली सेनाले धेरै गाउँ खाली गर्न चेतावनी दिएपछि दक्षिणी क्षेत्रमा २० भन्दा बढी स्थानमा आक्रमण भएको रिपोर्ट गरिएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार टायर सहर नजिक अल–हवास क्षेत्रमा भएको आक्रमणमा चार सिरियाली र दुई प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। तर इजरायली सेनाले उक्त क्षेत्रमा कुनै आक्रमण भएको जानकारी नभएको प्रतिक्रिया दिएको छ।

स्वास्थ्य मन्त्रालयले दक्षिणी क्षेत्रमा अन्य आक्रमणहरूमा एम्बुलेन्सलाई पनि लक्षित गरिएको र हिजबुल्लाहसँग आबद्ध अमल आन्दोलनको रिसाला स्काउट्स एसोसिएसनका दुई प्यारामेडिक्स मारिएको जनाएको छ। मन्त्रालयका अनुसार क्षतिग्रस्त एम्बुलेन्सका तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा मेडिकल सामग्री सडकभरि छरिएको देखिन्छ।

जिब्डिन सहरमा हिजबुल्लाहसँग सम्बन्धित इस्लामिक स्वास्थ्य समितिसँग आबद्ध एम्बुलेन्स टोलीमाथि भएको अर्को आक्रमणमा थप एक प्यारामेडिकको मृत्यु भएको एनएनएले जनाएको छ। द्वन्द्व सुरु भएदेखि हालसम्म कम्तीमा १३० आपतकालीन तथा स्वास्थ्यकर्मीहरूको ज्यान गइसकेको बताइएको छ।

लेबनानी सेनाले पनि इजरायली आक्रमणमा एक सैनिकको मृत्यु भएको र छुट्टै घटनामा एक अधिकारी तथा एक सैनिक घाइते भएको जनाएको छ।

सेनाले इजरायलले सैनिक, सवारी साधन र सैन्य स्थानहरूलाई योजनाबद्ध रूपमा लक्षित गरेको भन्दै कडा निन्दा गरेको छ।

‘काला हिरण’ : ‘यो सलमान खानको बायोपिक होइन’

काठमाडौं। चलचित्र ‘काला हिरण’ लाई लिएर विवाद थप गहिरिँदै गएको छ। निर्माण घोषणा र पोस्टर सार्वजनिक भएपछि सुरु भएको बहस अहिले कानुनी तहसम्म पुगेको छ।

बलिउड अभिनेता सलमान खानको कानुनी टोलीले फिल्म रोक्न माग गर्दै नोटिस पठाएपछि निर्माण पक्षले पनि सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छ।

निर्माता अमित जानीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत भिडियो सन्देश जारी गर्दै चलचित्रलाई लिएर फैलिएको बुझाइ गलत भएको बताएका छन्। उनका अनुसार ‘काला हिरण’ कुनै बायोपिक होइन र यो चलचित्रलाई केवल सलमान खानको दृष्टिकोण वा जीवन कथामा आधारित भनेर बुझ्नु गलत हुनेछ।

उनले भिडियोमा भनेका छन्, सलमान खानको कानुनी टोलीले चलचित्रको प्रदर्शन रोक्न र आगामी जुन २० मा सार्वजनिक गर्ने तयारी गरिएको टिजर समेत रोक्न दबाब दिइरहेको छ। जानीले यसलाई सिर्जनात्मक स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्।

यसैबिच एबिपी न्युजसँगको कुराकानीमा उनले चलचित्रको मुख्य उद्देश्य फरक रहेको दाबी गरेका छन्। उनका अनुसार ‘काला हिरण’ ले बिश्नोई समाजको इतिहास, उनीहरूको सांस्कृतिक विरासत, वन्यजन्तु संरक्षणप्रतिको प्रतिबद्धता र सामाजिक संघर्षलाई पर्दामा उतार्ने प्रयास गरेको छ। उनले सलमान खानलाई कथाको केवल एक हिस्सा मात्र बनाइएको स्पष्ट पारेका छन्।

यसअघि सलमान खान पक्षबाट कानुनी नोटिस जारी गरिएको थियो। सञ्चारमाध्यमका रिपोर्टअनुसार डीएसके लीगल नामक कानुनी फर्मले कास्टिङ निर्देशक अक्षय पाण्डेलाई उक्त नोटिस पठाएको हो। नोटिसमा प्रस्तावित चलचित्र ‘काला हिरण’ को निर्माण, प्रचारप्रसार र वितरण तत्काल रोक्न माग गरिएको उल्लेख छ।

नोटिसमा चलचित्रले सलमान खानसँग सम्बन्धित पुरानो काला हिरण शिकार प्रकरणलाई आधार बनाएको भन्दै यसले उनको व्यक्तिगत छवि, प्रतिष्ठा र गोपनीयतामा असर पार्न सक्ने दाबी गरिएको छ।

साथै, यसले अदालतमा विचाराधीन मुद्दामा समेत प्रभाव पार्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनको नाम, पहिचान वा उनीसँग सम्बन्धित घटनाक्रम प्रयोग गर्न अनुमति नदिएको स्पष्ट गरिएको छ।

यस घटनापछि चलचित्र उद्योगमा ‘व्यक्तिगत घटना र वास्तविक जीवनका पात्रहरूको प्रयोग’ सम्बन्धी कानुनी बहस पनि पुनः सतहमा आएको छ। विशेषगरी कुनै चर्चित व्यक्तिको जीवनसँग जोडिएका संवेदनशील घटनालाई चलचित्रमा उतार्दा अनुमति आवश्यक हुन्छ वा हुँदैन भन्ने प्रश्न फेरि उठेको छ।

सार्वजनिक विवरण अनुसार चलचित्रको पोस्टर गत शुक्रबार सार्वजनिक गरिएको थियो। पोस्टर सार्वजनिक भएपछि नै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको थियो। केहीले यसलाई साहसिक कथानक भनेका छन् भने केहीले संवेदनशील मुद्दालाई मनोरञ्जनका रूपमा प्रस्तुत गर्न नहुने टिप्पणी गरेका छन्।

निर्माण पक्षले आगामी जुन २० मा चलचित्रको पहिलो झलक र टिजर सार्वजनिक गर्ने घोषणा गरिसकेको छ। तर कानुनी विवादका कारण उक्त तालिका प्रभावित हुने हो वा होइन भन्ने विषय अझै स्पष्ट भएको छैन।

चलचित्रमा सलमान खान र ग्याङ्स्टर लरेन्स बिश्नोईबीचको विवाद पनि देखाइने चर्चा छ। तर मुख्य भूमिकामा को कलाकार छन् भन्ने विषय निर्माण पक्षले गोप्य राखेको छ, जसले चलचित्रप्रतिको कौतुहलता अझ बढाएको छ।

यो मुद्दाको ऐतिहासिक पृष्ठभूमि सन् १९९८ को काला हिरण शिकार प्रकरणसँग जोडिएको छ। त्यतिबेला सलमान खान जोधपुरमा चलचित्र ‘हम साथ साथ हैं’ को छायांकनमा थिए। त्यस क्रममा उनीमाथि काला हिरण र चिंकारा शिकारसँग सम्बन्धित मुद्दा दर्ता भएको थियो। सोही घटनापछि उनीसँगै सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमविरुद्ध पनि मुद्दा अघि बढाइएको थियो।

१९९८ अक्टोबर १२ मा सलमान खान पहिलो पटक पक्राउ परेका थिए र पछि जमानतमा रिहा भएका थिए। त्यसपछि लामो कानुनी प्रक्रियापछि सन् २०१८ अप्रिल ५ मा अदालतले उनलाई काला हिरण शिकार मुद्दामा ५ वर्ष जेल सजाय र १० हजार रुपैयाँ जरिबाना सुनाएको थियो।

हाल उक्त मुद्दा राजस्थान उच्च अदालतमा विचाराधीन अवस्थामा छ। पछिल्लो सुनुवाइ सन् २०२६ मे महिनामा भएको र अर्को सुनुवाइ सन् २०२६ जुलाई १३ का लागि तोकिएको बताइएको छ।

सलमान खान हाल जमानतमा बाहिरै रहेको अवस्थामा यो विवाद फेरि सार्वजनिक बहसको केन्द्र बनेको छ।

डिशहोमको फिफा विश्वकप २०२६ लक्षित विशेष अफर

काठमाडौं। आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै नेपालको डिटिएच टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीले बुधबार जारी गरेको सूचनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभी कम्बो सेवाका ग्राहकहरूले ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी ९ सय ९९ रुपैयाँमा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनाको निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन्। यो योजना जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको छ।

फिफा विश्वकप २०२६ अन्तर्गतका सबै १ सय ४ खेल हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुनेछन्। ग्राहकहरूले डिशहोमका डिटिएच, आइपिटिभी, डिगो, केबल टिभी तथा टिटु टिभी प्लेटफर्ममार्फत ती खेलहरू हेर्न सक्नेछन्।

डिशहोमले विश्वकपलाई अझ सहज र किफायती रूपमा दर्शकमाझ पुर्‍याउने उद्देश्यले यो योजना ल्याएको जनाएको छ। कम्पनीका अनुसार विश्वकै प्रतिष्ठित खेलकुद महोत्सवमध्ये एक मानिने फिफा विश्वकपका खेलहरू उत्कृष्ट गुणस्तरमा हेर्ने अवसर प्रदान गर्न विशेष योजना सञ्चालन गरिएको हो।

इच्छुक ग्राहकहरूले आफ्नो नजिकको डिशहोम डिलर वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सिजन पास खरिद गर्न सक्नेछन्। थप जानकारीका लागि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर बिक्री खुला

काठमाडौं। प्रोग्रेसिभ फाइनान्सका संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्रीका लागि खुला गरेका छन्।

वर्तमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि सो सूचना प्रकाशित गरिएको फाइनान्सले जनाएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन र अन्य प्रचलित कानुनी व्यवस्था अनुसार उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिएको छ।

फाइनान्सका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक मापदण्ड पूरा हुने गरी कागजातसहित कम्पनी सचिवको कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ।

इच्छुक सर्वसाधारणले तोकिएको समयसीमाभित्र सम्पर्क गर्न आग्रह गरिएको फाइनान्सले जनाएको छ।

प्रहरीको छापा : १२ जना पक्राउ

सुनसरी। इनरुवा नगरपालिका–६ स्थित सीतल सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति छापा मारेर उनीहरूलाई तासको खालबाट नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार उक्त स्थानबाट नगद एक लाख एक हजार सात सय पैतीस रुपैयाँ र एक बुङ तास बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा इनरुवा–६ बस्ने ४७ वर्षीय जुनलक राई, इनरुवा–९ बस्ने २८ वर्षीय ताहिर साफी, इनरुवा–६ बस्ने ६० वर्षीय रामप्रसाद चौलागाईं, इनरुवा–८ बस्ने ३७ वर्षीय उमेश साह हलुवाई र इनरुवा–६ बस्ने ४७ वर्षीय विनोद बोगटी रहेका छन्।

त्यस्तै सीतल सेकुवा कर्नरका सञ्चालक ५९ वर्षीय शुरबहादुर राउत, इनरुवा–८ बस्ने २९ वर्षीय नजावुल मियाँ, २५ वर्षीय अमिर मियाँ, भोक्राहा नरसिंह गाउँपालिका–२ बस्ने २७ वर्षीय फारुक अन्सारी, २२ वर्षीय मफूज अन्सारी, रामधुनी नगरपालिका–९ बस्ने ३३ वर्षीय उमेश सदा र कोशी गाउँपालिका–१ बस्ने ३४ वर्षीय बैजनाथ यादवलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ।

फिल्म ‘रोल नं १’ का निर्माताद्वारा माफीनामा सार्वजनिक

काठमाडौं। दर्शकको ध्यान आकर्षित गर्न सफल हुँदै आएको नेपाली फिल्म ‘रोल नं १’ का निर्माताले माफीनामा सार्वजनिक गरेका छन्।

विशेषगरी पूर्वी नेपालका केही सिनेमा हलहरूमा विद्यालयका विद्यार्थीहरूले समूहमा फिल्म हेर्न थालेपछि दर्शकमाझ सकारात्मक वातावरण बनेको देखिएको छ। यही सन्दर्भमा फिल्मको निर्माण संस्था सेभेन सीज सिनेमा प्रालिले बिहीबार सामाजिक सञ्जालमार्फत माफीनामा सार्वजनिक गरेको हो।

कम्पनीका अध्यक्ष विनोद पौडेलद्वारा हस्ताक्षरित उक्त माफीनामामा सुरुवाती चरणमा फिल्मलाई विशेष रूपमा विद्यार्थी वर्गलाई लक्षित गरी निर्माण गरिएको शैक्षिक चलचित्रका रूपमा प्रस्तुत गरिएको विषयप्रति क्षमायाचना गरिएको उल्लेख छ।

निर्माता पौडेलले फिल्म ‘रोल नं १’ विद्यार्थी जीवन, अभिभावकको भूमिका तथा समाजमा सकारात्मक सोच विकास गर्ने उद्देश्यसहित तयार गरिएको स्पष्ट पारेका छन्।

माफीनामामा प्रारम्भिक रूपमा फिल्मलाई मुख्य रूपमा विद्यार्थी वर्गलाई लक्षित शैक्षिक चलचित्रका रूपमा प्रस्तुत गरिएको भए पनि प्रदर्शनपछि प्राप्त दर्शक प्रतिक्रिया, सुझाव र अनुभवका आधारमा अब यो फिल्म केवल विद्यार्थीका लागि मात्र नभई अभिभावक, शिक्षक तथा समाजका सम्पूर्ण जिम्मेवार व्यक्तिहरूले हेर्नुपर्ने महत्वपूर्ण चलचित्र भएको निष्कर्षमा पुगेको उल्लेख गरिएको छ।

निर्माण संस्थाले फिल्मप्रति देखाइएको चासो र सुझावप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा क्षेत्रसँग सम्बन्धित सबैलाई फिल्म ‘रोल नं १’ हेर्न हार्दिक अनुरोधसमेत गरेको छ।

एक क्लिक…त्यसपछि सुरु हुन्छ यस्तो रहस्यमय प्रक्रिया

काठमाडौं। हामीले दैनिक रूपमा मोबाइल वा कम्प्युटरमा ब्राउजर खोलेर कुनै शब्द टाइप गर्छौं र केही सेकेन्डमै वेबसाइट हाम्रो स्क्रिनमा देखिन्छ। बाहिरबाट हेर्दा यो प्रक्रिया अत्यन्तै सहज र सामान्य लाग्छ।  तर यसको पछाडि इन्टरनेटको निकै ठूलो, व्यवस्थित र तहगत प्रविधि सक्रिय हुन्छ।

जब प्रयोगकर्ताले कुनै वेबसाइट खोल्ने प्रयास गर्छ, पहिलो काम उसको डिभाइसले सुरु गर्छ। मोबाइल, कम्प्युटर वा ट्याब्लेट जस्ता उपकरणलाई ‘क्लाइन्ट’ भनिन्छ।

क्लाइन्टले इन्टरनेटमार्फत वेबसाइटको जानकारी खोज्न थाल्छ। जहाँ वेबसाइटका फाइलहरू, डाटा, फोटो, भिडियो र कोडहरू भण्डारण गरिएका हुन्छन्,त्यो ‘सर्भर’ हो। सर्भर भनेको शक्तिशाली कम्प्युटर प्रणाली हो जुन सधैं इन्टरनेटमा जडित रहन्छ र प्रयोगकर्ताको अनुरोध अनुसार डाटा पठाउन तयार हुन्छ।

क्लाइन्ट र सर्भरबीचको सम्बन्ध नै इन्टरनेटको मूल आधार हो। प्रयोगकर्ताले कुनै वेबसाइट खोल्न चाहँदा क्लाइन्टले सर्भरलाई अनुरोध पठाउँछ, र सर्भरले आवश्यक सामग्री फिर्ता पठाउँछ। तर यो प्रक्रिया सिधै हुँदैन, बीचमा धेरै तहका प्रविधिहरू काम गर्छन्।

सबैभन्दा पहिले वेबसाइटको ठेगाना पहिचान गर्नुपर्छ। हामीले ब्राउजरमा लेख्ने नाम मानव भाषामा हुन्छ, जस्तै कुनै डटकम ठेगाना, तर कम्प्युटरले त्यस्तो नाम बुझ्दैन। कम्प्युटरले केवल संख्यात्मक आईपी एड्रेस बुझ्छ, जुन प्रत्येक वेबसाइटको वास्तविक डिजिटल ठेगाना हो।

यही समस्या समाधान गर्न ‘डोमेन नेम सिस्टम’ (डिएनएस) प्रयोग हुन्छ। डिएनएसलाई इन्टरनेटको फोनबुक जस्तै मानिन्छ, जसले वेबसाइटको नामलाई सम्बन्धित आईपी एड्रेसमा रूपान्तरण गर्छ। यो प्रणाली विश्वभर फैलिएका हजारौं सर्भरहरूको नेटवर्क हो। जसले सही ठेगाना पत्ता लगाउन केही मिलिसेकेन्डमै काम गर्छ।

सही आईपी एड्रेस फेला परेपछि क्लाइन्ट र सर्भरबीच वास्तविक डेटा आदानप्रदान सुरु हुन्छ। यो सम्पूर्ण सञ्चार प्रक्रिया ‘टीसीपी/आईपी’ प्रोटोकलमा आधारित हुन्छ। ‘टीसीपी’ ले ठूलो डाटालाई साना भागमा टुक्र्याउने, ती भागहरू सही क्रममा पुनः जोड्ने र डाटा सही रूपमा पुगेको सुनिश्चित गर्ने काम गर्छ।

‘आईपी’ ले ती साना डाटा टुक्रा, जसलाई ‘प्याकेट’ भनिन्छ, कुन बाटो हुँदै गन्तव्यसम्म पुग्ने भन्ने निर्धारण गर्छ। इन्टरनेटको संरचना यस्तो हुन्छ कि यी प्याकेटहरू एउटै बाटोबाट जानु आवश्यक हुँदैन। फरक फरक बाटो हुँदै पनि गन्तव्यमा पुग्न सक्छन्।

यो प्रणालीलाई अझ बुझ्न सजिलो बनाउने उदाहरण हो सडक सञ्जाल। ठूला सामानलाई एकै गाडीमा नहालेर साना साना भागमा बाँडेर पठाइन्छ, र ती भागहरू फरक फरक बाटो भएर पनि अन्तिम गन्तव्यमा पुग्छन्। त्यस्तै इन्टरनेटमा पनि डाटा साना प्याकेटमा विभाजन भएर नेटवर्क हुँदै यात्रा गर्छ र अन्तमा ब्राउजरले ती सबैलाई सही क्रममा जोड्छ।

यसपछि ब्राउजर र सर्भरबीच सञ्चारको अर्को तह सुरु हुन्छ, जसलाई ‘हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल’ (एचटीटीपी) भनिन्छ। ब्राउजरले सर्भरलाई अनुरोध पठाउँछ, जसलाई ‘रिक्वेस्ट’ भनिन्छ। सर्भरले त्यसको जवाफ दिन्छ, जसलाई ‘रेस्पोन्स’ भनिन्छ। यदि सबै प्रक्रिया सफल भयो भने सर्भरले ‘२०० ओके’ भन्ने सन्देश पठाउँछ, जसको अर्थ अनुरोध सफलतापूर्वक पूरा भयो भन्ने हो।

तर इन्टरनेटमा सबै कुरा सधैं सफल हुँदैन। कहिलेकाहीँ विभिन्न त्रुटिहरू पनि देखिन्छन्। ‘४०४’ को अर्थ माग गरिएको पेज भेटिएन भन्ने हुन्छ। ‘४०३’ को अर्थ प्रयोगकर्तासँग पहुँच अनुमति छैन भन्ने हुन्छ, ‘३०१’ को अर्थ वेबसाइटको ठेगाना स्थायी रूपमा परिवर्तन भएको छ भन्ने हुन्छ। र ‘५०३’ को अर्थ सर्भर अस्थायी रूपमा उपलब्ध छैन भन्ने हुन्छ। यी सबै कोडहरू इन्टरनेट प्रणालीमा हुने अवस्थाहरू बुझाउने संकेतहरू हुन्।

सर्भरबाट डाटा प्राप्त भएपछि ब्राउजरको वास्तविक काम सुरु हुन्छ, जसलाई ‘रेन्डरिङ’ भनिन्छ। ब्राउजरले प्राप्त गरेको ‘एचटीएमएल’ फाइल पढेर वेबपेजको आधार संरचना तयार गर्छ। त्यसपछि ‘सीएसएस’ ले त्यस पेजलाई डिजाइन, रंग, लेआउट र सौन्दर्य दिन्छ। ‘जाभास्क्रिप्ट’ ले वेबपेजलाई चलायमान र अन्तरक्रियात्मक बनाउँछ, जसले बटन क्लिक, मेनु खोल्ने, स्क्रोल गर्ने जस्ता कार्य सम्भव बनाउँछ।

यसका साथै वेबपेजमा प्रयोग हुने तस्बिर, भिडियो, अडियो, फन्ट र अन्य सामग्रीहरू पनि लोड हुन्छन्, जसलाई ‘एसेट्स’ भनिन्छ। यी सबै तत्वहरू मिलेर अन्ततः प्रयोगकर्ताको स्क्रिनमा पूरा वेबसाइट तयार हुन्छ। यो प्रक्रिया यति छिटो हुन्छ कि प्रयोगकर्ताले केही सेकेन्डमै सम्पूर्ण वेबसाइट देख्न सक्छ।

विश्वव्यापी रूपमा हेर्दा, एक सामान्य वेबपेज लोड हुन केही मिलिसेकेन्डदेखि केही सेकेन्डसम्म लाग्न सक्छ, तर त्यस समयमा हजारौं नेटवर्क उपकरण, राउटर, सर्भर, डेटा सेन्टर र प्रोटोकलहरू एकसाथ सक्रिय भएर काम गरिरहेका हुन्छन्। इन्टरनेटको यही संरचनाले विश्वभरका अर्बौं प्रयोगकर्तालाई एकै समयमा सेवा दिन सम्भव बनाएको छ।

ब्राउजरमा गरिएको एउटा सानो क्लिक वास्तवमा हजारौं तहको प्रविधि, नेटवर्क र प्रणालीहरूको संयुक्त परिणाम हो।

क्लाइन्टदेखि सर्भर, डिएनएसदेखि टीसीपी/आईपी, एचटीटीपीदेखि वेब रेन्डरिङसम्मको सम्पूर्ण प्रक्रिया मिलेर आधुनिक इन्टरनेटलाई छिटो, भरपर्दो र विश्वव्यापी बनाएको छ।

रोल्पामा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं। रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज बिहान अस्थायी नम्बर प्लेट एमएच१४टीसीजे ४७१ भएको बोलेरो सडकबाट खसेर दुर्घटना भएको हो।

दुर्घटनास्थलबाट हालसम्म नाम, थर र वतन नखुलेका दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

जस्तापाता तथा प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धानको काम गरिरहेको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

जनमतले थला परेको राप्रपा, विभाजनले थप थला पर्दै

 काठमाडौं । एक समय राजसंस्था, हिन्दुराष्ट्र र राष्ट्रवादका मुद्दालाई बलियोसँग उठाएर राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने प्रयास गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले संकटमा फसेको छ।

एकातिर पछिल्लो निर्वाचनले पार्टीको जनाधार कमजोर भएको छ भने अर्कोतिर नेतृत्वबीचको तीव्र द्वन्द्वले पार्टी विभाजनको संघारमा पुर्‍याएको छ। यसले चुनावी रूपमा कमजोर भइसकेको राप्रपालाई थप थला पार्ने देखिएको छ।

गत आमनिर्वाचनमा राप्रपाले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। प्रत्यक्षतर्फ १६२ स्थानमा उम्मेदवारी दिएको पार्टीले जुम्लामा मात्र जित निकाल्यो।

अधिकांश उम्मेदवारले जमानतसमेत जोगाउन नसकेको परिणामले राप्रपाको जनमत अपेक्षाभन्दा निकै कमजोर रहेको देखाएको थियो। समानुपातिकतर्फ पनि पार्टीले सोचेअनुसार उपलब्धि हासिल गर्न सकेन।

निर्वाचन परिणामपछि नेतृत्वको कार्यशैली, पार्टीको राजनीतिक दिशा र संगठन सञ्चालनलाई लिएर प्रश्न उठ्न थालेका थिए।

तर, पार्टीले प्रभावकारी समीक्षा गरेर कमजोरी सच्याउनेभन्दा आन्तरिक विवाद व्यवस्थापनमै समय खर्च गर्‍यो। परिणामस्वरूप विवाद समाधान हुनुको सट्टा झन् चर्किंदै गयो।

यसको चरम रूप महामन्त्री डा. धवलशमशेर राणाले पार्टी परित्यागको घोषणा गरेपछि देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र राणाबीच लामो समयदेखि चलिरहेको शक्ति संघर्ष अन्ततः पार्टी विभाजनतर्फ उन्मुख भएको छ।

राणाले नयाँ राजनीतिक शक्ति निर्माणको अभियान थालेका छन् भने लिङ्देन पक्ष महाधिवेशनमार्फत समस्या समाधान हुने दाबी गरिरहेको छ।

तर, पार्टीभित्रको अविश्वास यति गहिरिएको छ कि दुवै पक्षबीच संवादको सम्भावना न्यून देखिन्छ। राणा पक्षले वर्तमान नेतृत्वको वैधानिकतामाथि नै प्रश्न उठाएको छ भने लिङ्देन पक्षले पार्टीभित्र अनुशासन र एकताको आवश्यकता औँल्याइरहेको छ।

विवाद दुई नेताबीचको व्यक्तिगत टकरावमा सीमित छैन। यसले पार्टीको संगठनात्मक संरचना, कार्यकर्ता पंक्ति र राजनीतिक भविष्यलाई समेत असर पारिरहेको छ।

धेरै जिल्ला र भातृ संगठनमा समेत ध्रुवीकरण देखिन थालेको छ। नयाँ पार्टी गठन भएमा राप्रपाको परम्परागत मत आधार थप विभाजित हुने सम्भावना बढेको छ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समेत सार्वजनिक रूपमा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै शीर्ष नेताहरूको शक्ति संघर्षले कार्यकर्ता र युवापुस्तालाई निराश बनाएको बताएका छन्। यसलाई पार्टीभित्र बढ्दो असन्तुष्टिको रूपमा हेरिएको छ।

राजावादी आन्दोलनको उभारबाट राजनीतिक लाभ लिन सक्ने अवस्थामा देखिएको राप्रपा अहिले भने आफ्नै आन्तरिक द्वन्द्वमा अल्झिएको छ।

जनमत विस्तार गर्ने, संगठन सुदृढ बनाउने र वैकल्पिक शक्ति बन्ने चुनौती सामना गरिरहेको पार्टी नेतृत्व विवादका कारण झन् कमजोर बन्दै गएको छ।

चुनावी परिणामले कमजोर बनेको राप्रपाले आत्मसमीक्षा र संगठन पुनर्निर्माणमा ध्यान दिनुपर्ने बेला विभाजनको संकट निम्त्याएको छ। यसले पार्टीलाई मात्र होइन, राजावादी राजनीतिक धारलाई समेत क्षति पुर्‍याउन सक्छ।

महाधिवेशन अझै अनिश्चित छ। शीर्ष नेताहरूबीच विश्वासको संकट गहिरिएको छ। संवादको ठाउँ आरोप-प्रत्यारोपले लिएको छ। यस्तो अवस्थामा जनमतबाट कमजोर भइसकेको राप्रपा विभाजनको मारले थप थला पर्ने जोखिम बढ्दै गएको छ।

मधेस प्रदेश : करिब १६ प्रतिशत बालबालिका कुपोषणको शिकार

काठमाडौं। मधेस प्रदेशमा करिब १६ प्रतिशत बालबालिका कुपोषणको समस्याबाट प्रभावित रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीका अनुसार अभियानमार्फत गरिएको परीक्षणबाट यस्तो अवस्था देखिएको हो। स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले प्रदेशका १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा सञ्चालन गरेको पोषण अवस्थासम्बन्धी परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो।

उक्त परीक्षणअनुसार ३५ हजार ८८३ जना बालबालिका कुपोषित, आठ हजार ७७१ जना शीघ्र कुपोषित तथा दुई लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार यस्तो अवस्था सङ्कटपूर्ण श्रेणीमा पर्ने बताइएको छ।

तथ्याङ्कअनुसार मधेस प्रदेशमा कुपोषित र शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या ४४ हजार ६५४ पुगेको छ। यो सङ्ख्या परीक्षण गरिएका कुल बालबालिकामध्ये १५.७६ प्रतिशत रहेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपानका कारण प्रदेशमा कुपोषणको समस्या थप जटिल बन्दै गएको बताए।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव डा. प्रमोद यादवले कृषि उत्पादनका हिसाबले सम्पन्न मानिने प्रदेशमा समेत बाल कुपोषणको उच्च दर देखिनु चिन्ताको विषय भएको उल्लेख गरे।

उपलब्ध विवरणअनुसार नेपालको कुल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा मधेस प्रदेशमा बसोबास गर्छ भने देशभर जन्मिने करिब २९ प्रतिशत बालबालिका यही प्रदेशमा जन्मिने गरेका छन्।

जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस केवल औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले समाजमा अझै विद्यमान जातीय विभेद र छुवाछूतका घटनाले कानुनी तथा संवैधानिक व्यवस्थामात्र पर्याप्त नरहेको सन्देश दिएको उल्लेख गरेका छन्।

उनले नेपाललाई वि.सं. २०६३ साल जेठ २१ गते ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको र त्यसलाई थप संस्थागत गर्न वि.सं. २०६८ साल जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ जारी गरिएको स्मरण गराएका छन्। यी ऐतिहासिक कदमले समानता, मानव अधिकार र सामाजिक न्यायप्रतिको राज्यको प्रतिबद्धता स्पष्ट गरेको उनको भनाइ छ।

आङ्देम्बेले संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको भए पनि समाजका विभिन्न तहमा जातीय भेदभाव तथा छुवाछूतका घटना अझै देखिनु दुःखद रहेको बताएका छन्। यस्ता अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुर्‍याउने उनको भनाइ छ।

विभेदको अन्त्य केवल कानुन बनाएर वा दण्ड सजायको व्यवस्था गरेर मात्र सम्भव नहुने उल्लेख गर्दै उनले समाजमा समानता, सम्मान, सहिष्णुता र मानवीय व्यवहारको संस्कृतिको विकास आवश्यक रहेको बताएका छन्। उनले जातीय भेदभावविरुद्ध दृढतापूर्वक उभिँदै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न सबै राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

शुभकामना सन्देशको अन्त्यमा आङ्देम्बेले विविधताबीचको एकतालाई थप सुदृढ गर्दै विभेदरहित, समावेशी र समतामूलक नेपाल निर्माणको अभियानमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गरेका छन्। उनले जातीय भेदभावविरुद्धको दिवसलाई केवल उत्सवका रूपमा नभई समानता र सामाजिक न्यायप्रतिको सामूहिक प्रतिबद्धताको अवसरका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

कर्णाली सरकारको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्र केन्द्रमा

काठमाडौं। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै संरचनागत सुधार, सेवा विस्तार र रोग नियन्त्रणका व्यापक योजना अघि सारेको छ।

प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य प्रणालीलाई आधुनिक, पहुँचयोग्य र डिजिटल बनाउने स्पष्ट लक्ष्य देखिएको छ।

नीति तथा कार्यक्रममा प्रदेश अस्पताल, सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न कानुनी व्यवस्था गर्ने घोषणा गरिएको छ। यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिने उल्लेख छ।

प्रदेशभित्रका सबै अस्पताललाई प्रदेश सरकारको नाममा पुनः नामकरण गरी विशेषज्ञ चिकित्सकको दरबन्दीअनुसार स्तरोन्नति गर्ने योजना पनि समेटिएको छ। साथै, बिरामीको चाप बढी रहेका र सेवा कमजोर भएका स्थानीय अस्पताललाई भौतिक पूर्वाधारसहित सुदृढ बनाउने नीति लिइएको छ।

स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल बनाउने उद्देश्यअनुसार सबै स्वास्थ्य संस्थाको अभिलेख डिजिटलाइज गर्ने कार्यक्रम समावेश गरिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई रेफरल तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ। यसले रोग निदान, अनुसन्धान र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान गर्ने अपेक्षा गरिएको छ।

विद्यालय र समुदायस्तरमा स्वास्थ्य सेवा विस्तारलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। विद्यार्थीको चापअनुसार विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराउने र ‘लिटिल डाक्टर’ कार्यक्रममार्फत विद्यार्थीलाई स्वास्थ्य एम्बेसडरका रूपमा विकास गर्ने योजना उल्लेख छ। यसले प्रारम्भिक स्वास्थ्य सचेतना विस्तार गर्न मद्दत पुग्ने सरकारको विश्वास छ।

क्यान्सर, मुटु, मृगौला, अटिजम, पार्किन्सन, सिकलसेल एनिमिया लगायतका दीर्घ तथा जटिल रोगका बिरामीलाई उपचार सहायता उपलब्ध गराइने नीति पनि समावेश गरिएको छ। आकस्मिक स्वास्थ्य उपचार कोषलाई निरन्तरता दिइने तथा ट्रपिकल रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

बढ्दो नसर्ने रोग नियन्त्रणका लागि समुदायस्तरमै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिनेछ। यसका लागि वर्षभर विभिन्न महिनालाई विशेष स्वास्थ्य अभियानका रूपमा सञ्चालन गरिने नीति लिइएको छ, जसअनुसार फागुनलाई नसर्ने रोग स्क्रिनिङ महिना, वैशाखलाई खोप महिना, जेठलाई पोषण महिना र अन्य महिनालाई अनुशिक्षण तथा अनुगमनका रूपमा प्रयोग गरिनेछ।

योग, ध्यान र मानसिक स्वास्थ्य प्रवर्द्धनमार्फत कर्णालीलाई आरोग्य पर्यटनको केन्द्र बनाउने लक्ष्य पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। प्रत्येक स्थानीय तहमा योग केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ र ‘कर्णाली समग्र आरोग्यता अभियान’ सञ्चालन गरिने उल्लेख छ।

त्यस्तै, ‘एक जिल्ला एक नमुना स्वास्थ्य स्थानीय तह’ अभियान सुरु गर्ने घोषणा गरिएको छ। सुरक्षित मातृत्व, संस्थागत सुत्केरी सेवा र प्रेषण प्रणालीलाई थप प्रभावकारी बनाइने नीति पनि समेटिएको छ। ‘वन हेल्थ’ अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

नीति तथा कार्यक्रममा लैङ्गिक समानता, दलित, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, राउटे लगायत सीमान्तकृत समुदायको सशक्तीकरणका कार्यक्रम पनि समावेश छन्। महिला सशक्तीकरणका लागि सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिनेछ। साथै, लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाका लागि उद्धार, संरक्षण र पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ।

अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ। मानव सेवा आश्रम, वृद्धाश्रम र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रजस्ता सामाजिक संस्थाहरूलाई आवश्यक सहयोग उपलब्ध गराइने नीति लिइएको छ।

समग्रमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई सेवा विस्तारदेखि रोकथाममुखी प्रणालीसम्म रूपान्तरण गर्ने महत्वाकांक्षी दृष्टिकोण अघि सारेको देखिन्छ।

संरचनागत सुधार, डिजिटल स्वास्थ्य प्रणाली र समुदायस्तरमा पहुँच विस्तारलाई केन्द्रमा राख्दै सरकारले दीर्घकालीन स्वास्थ्य सुधारको लक्ष्य लिएको छ।

राम राम मात्रै भन्ने स्थितिमा राप्रपा

काठमाडौं। अध्यक्ष राजेन्द्र लिङ्देन र नेता धवलशम्शेर जबराबीचको शक्ति संघर्ष अन्ततः राप्रपा विभाजनमा गएर टुंगिने भएको छ ।

एकातिर चुनावी हारपछि निराश भएका कतिपय नेता कार्यकर्ताले पार्टी धमाधम छाडिरहँदा अर्कातिर अध्यक्ष लिङ्देन आफूलाई पार्टी विधानभन्दा माथि रहेको ठान्दै आलोचना गर्ने नेताहरूलाई कारबाहीका डण्डा बर्साइरहेको बेला पार्टी अनौपचारिक रुपमा विभाजन भइसकेको छ ।

लिङ्देन स्वेच्छाचारी ढंगले अघि बढेको, विधानलाई बारम्बार कुल्चिएको, पार्टीको महाधिवेशन गर्न नचाहेको, पार्टीमा फरक मत राख्नेलाई भित्तामै पुर्‍याउने उनको शैलीको विरोध गर्दै आएका नेता जबराले एक विज्ञप्ति जारी गर्दै लिङ्देनको चिप्ला कुराको पछि नलाग्न समर्थकहरूलाई आग्रह गरेका छन् ।

मंगलबार लिङ्देन जबरालाई फकाउँदै यही जेठको चौथो साता केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशनको मिति टुंगो लगाउने बताएका थिए । राप्रपाबाट अलग नहुन लिङ्देनको आग्रह थियो । भोलिपल्टै बुधबार जबराले भने लिङ्देनको शब्दजालमा नपरौँ भन्दै पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

यता राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अध्यक्ष लिङ्देन र जबराको चर्को विरोध गरेका छन् । उनले कहिल्यै मिल्न नसक्ने नेता भन्दै पार्टीपंक्तिलाई निराश भएर पार्टी नछाड्न र आगामी महाधिवेशनबाट पार्टीको सेट नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

हालै राप्रपाका तीन पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीबाट अलग नहुन नेता धवलसहितलाई आग्रह गरेका थिए ।

मानव भर्सेस एआई

काठमाडौं। मानव सभ्यताको इतिहास आविष्कार र नवीन सोचको निरन्तरताले बनेको छ । आगोको प्रयोगदेखि लिएर पहियाको आविष्कार, मुद्रण यन्त्रदेखि लिएर डिजिटल कम्प्युटिङसम्म-हरेक चरणले मानव जीवनको संरचना, सोच र सम्भावनालाई पुनःपरिभाषित गर्दै आएको छ।

यही लामो ऐतिहासिक यात्राको पछिल्लो र सबैभन्दा प्रभावशाली अध्यायका रूपमा आज कृत्रिम बौद्धिकता (एआई-आर्टिफिसियल इन्टेलिजेन्स) उदाउँदैछ।

एआई मानव बुद्धिको विस्तार, प्रतिस्पर्धी शक्ति र सम्भावित विकल्पका रुपमा व्याख्या गरिन्छ। यही कारणले यसको भविष्यलाई लिएर विभिन्न दार्शनिक, वैज्ञानिक र प्राविधिक बहसहरू तीव्र बनेका छन्। ती बहसहरू मध्ये सबैभन्दा चर्चित र विवादित अवधारणा हो। आई.जे. गुड द्वारा प्रस्तुत ‘इंटेलिजेन्स एक्सप्लोजन’ अर्थात् बौद्धिक विस्फोटको सिद्धान्त,जसले प्रविधिलाई मानव इतिहासको ‘अन्तिम आविष्कार’ बनाउन सक्ने सम्भावना देखाउँछ।

तर यही अवधारणा आज गम्भीर प्रश्नहरूको घेरामा छ। के मेसिनले वास्तवमै मानव बुद्धिलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्छ? के प्रविधि आफैं आत्म-सुधार गर्दै अनन्त रूपमा अघि बढ्न सक्छ? वा यो मात्र सैद्धान्तिक,भ्रामक कल्पना मात्र हो,जुन वास्तविक संसारका सीमाहरूले कैद गरेर सन्तुलनमा राख्छन्?

आजको एआई विकास,यसको उपलब्धि, सीमा र व्यवहारिक प्रयोगलाई विश्लेषण गर्दा स्पष्ट हुन्छ कि ‘अन्तिम आविष्कार’ भन्ने धारणा जति आकर्षक छ।  त्यति नै जटिल र विवादास्पद पनि छ। यही सन्दर्भमा यो लेखले एआईको सैद्धान्तिक आधार, व्यवहारिक सीमा, ऐतिहासिक उदाहरण र मानव भूमिकासँगको सम्बन्धलाई विश्लेषण गर्दै यस अवधारणाको वास्तविक अर्थ र सम्भावनालाई उजागर गर्ने प्रयास गर्दछ। 

सन् १९६० को दशकमा गणितज्ञ आई.जे. गुड (आई.जे. गुड) ले अघि सारेको ‘इंटेलिजेन्स एक्सप्लोजन’ अर्थात् बौद्धिक विस्फोटको अवधारणा आज  एआई –आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी सबैभन्दा प्रभावशाली तर विवादित सिद्धान्तमध्ये एक बनेको छ। उनको मूल तर्क सरल तर दूरगामी थियो, उनले भनेका छन्, ‘यदि कुनै यन्त्र मानिसभन्दा बढी बुद्धिमान बन्न सक्यो भने, त्यसले आफैं अझ उन्नत यन्त्र डिजाइन गर्न सक्छ, र यो चक्र निरन्तर तीव्र हुँदै जाँदा मानव बुद्धिमत्तालाई धेरै पछाडि छोड्न सक्छ।’ यही सम्भावनालाई पछि ‘फाइनल इनभेन्सन’ अर्थात् मानव जातिको अन्तिम आविष्कार भन्ने रूपमा पनि व्याख्या गरियो।

तर आधुनिक विज्ञान, प्रविधि र व्यवहारिक प्रणालीहरूले यो दाबीलाई न त पूर्ण रूपमा अस्वीकार गर्छन्। 

आई.जे. गुडको सिद्धान्तको आधार ‘रिकर्सिभ सेल्फ-इम्प्रुभिङ सिस्टम’ अर्थात् स्वयं सुधार गर्न सक्ने बुद्धिमत्ता प्रणाली हो। सैद्धान्तिक रूपमा यस्तो प्रणालीले प्रत्येक सुधारपछि आफ्नो क्षमता अझ बढाउँछ र पुनः अर्को सुधार गर्न अझ सक्षम बन्छ।

यसलाई गणितीय भाषामा एक्सपोनेन्सियल ग्रोथ (घातीय वृद्धि) को रूपमा बुझिन्छ। जसले अन्ततः सिङ्गुलारिटी (सिंगुलारिटी) भन्ने बिन्दुमा पुग्ने अनुमान गर्छ। जहाँ प्रविधिको विकास यति तीव्र हुन्छ कि मानवले त्यसलाई न नियन्त्रण गर्न सक्छ। तर यो अवधारणा अझै सैद्धान्तिक संरचना मात्र हो। व्यवहारिक प्रमाणित प्रणाली होइन।

वर्तमान एआई विकासलाई हेर्दा स्पष्ट हुन्छ कि हामी अझै ‘न्यारो एआई’ को चरणमै छौं। ओपनएआई वा गुगल डीपमाइन्ड जस्ता संस्थाले विकास गरेका प्रणालीहरू अत्यन्त शक्तिशाली छन्। तर ती विशिष्ट कार्यमा मात्र उत्कृष्ट हुन्छन्। यी प्रणालीहरू भाषा, छवि, रणनीति वा डेटा विश्लेषणमा उच्च प्रदर्शन गर्न सक्छन्।

तर तिनीहरूमा मानवजस्तो सामान्य चेतना,आत्मबोध, वा बहु-सन्दर्भीय निर्णय क्षमता छैन। यही सीमाले ‘अन्तिम आविष्कार’ अवधारणालाई तत्काल व्यवहारिक बनिनबाट रोक्छ।

यस सन्दर्भमा सन् २०१६ को अल्फागो र विश्वप्रसिद्ध गो खेलाडी ली सेडोलबीचको खेल एक महत्वपूर्ण उदाहरण हो। अल्फागोले मानव च्याम्पियनलाई पराजित गरेर प्रविधिको क्षमतामा नयाँ मापदण्ड स्थापित गर्‍यो।

तर पछि विश्लेषणले देखायो कि यसको सफलता अत्यन्त विशिष्ट डोमेनमा सीमित थियो। र सामान्य परिस्थितिमा यो मानवजस्तो लचिलो निर्णय क्षमता देखाउन सक्दैन। त्यसैले ‘मेसिनले मानवलाई जित्यो’ भन्ने निष्कर्ष आंशिक मात्र हो।  पूर्ण सत्य होइन।

आई.जे. गुडको ‘अन्तिम आविष्कार’ सिद्धान्तमाथि अर्को ठूलो चुनौती भौतिक र प्रणालीगत सीमाहरू हुन्। इतिहासले देखाएको छ कि अत्यन्त जटिल प्रविधि पनि साना त्रुटिका कारण असफल हुन सक्छ। सन् १९८६ को च्यालेन्जर अन्तरिक्ष यान दुर्घटना यसको स्पष्ट उदाहरण हो, जहाँ ‘ओ-रिङ’ जस्तो सानो यान्त्रिक कमजोरीले सम्पूर्ण मिसन असफल बनायो। 

यसले के देखाउँछ भने प्रविधिको सफलता केवल बुद्धिमत्ता वा डिजाइनमा निर्भर हुँदैन, बरु भौतिक वातावरण, गुणस्तर नियन्त्रण, र प्रणालीगत जोखिम व्यवस्थापनमा पनि निर्भर हुन्छ। एआई प्रणालीहरू पनि यस्तै सीमाबाट मुक्त छैनन्। डाटा, हार्डवेयर, ऊर्जा, सुरक्षा र अनिश्चित वास्तविक संसारका कारण तिनीहरू पूर्ण रूपमा स्वायत्त बन्न कठिन छ।

त्यसैगरी, ज्ञानको प्रकृति पनि ‘अन्तिम आविष्कार’ अवधारणासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। अर्थशास्त्री फ्रेडरिक हायेक (फ्रेडरिक हायेक) ले ‘ट्याकिट नलेज’ अर्थात् अघोषित ज्ञानको अवधारणा अघि सारेका थिए।

उनका अनुसार समाजमा धेरै महत्वपूर्ण ज्ञान यस्तो हुन्छ जुन लेख्न, कोडिफाई गर्न वा औपचारिक रूपमा मेसिनमा रूपान्तरण गर्न सकिँदैन।

चिकित्सकको अनुभव, इन्जिनियरको व्यवहारिक निर्णय, वा सामाजिक परिस्थितिको सूक्ष्म बुझाइ यस्ता ज्ञानका उदाहरण हुन्। यदि ज्ञान पूर्ण रूपमा कोडिफाई गर्न नसकिने हो भने, एआईले मानव बुद्धिलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्ने दाबी कमजोर हुन्छ।

अर्को महत्वपूर्ण पक्ष भनेको एआईको वास्तविक संसारसँगको सम्बन्ध हो। आज एआईले अनुसन्धानको प्रारम्भिक चरणजस्तै डेटा विश्लेषण, औषधि अणु पहिचान, वा मोडलिङमा ठूलो गति दिएको छ। तर त्यसपछि आउने चरणहरू जस्तै क्लिनिकल ट्रायल, उत्पादन प्रक्रिया, कानुनी अनुमति,र सामाजिक स्वीकार्यता पूर्ण रूपमा मानव-संचालित छन्। 

अन्तत: महत्वपूर्ण विश्लेषणात्मक निष्कर्ष के हो भने,एआईको शक्ति केवल यसको एल्गोरिदममा मात्र छैन। मानव इनपुट र सन्दर्भमा निर्भर हुन्छ । एआईले डेटा प्रशोधन गर्न सक्छ। तर डेटा चयन, उद्देश्य निर्धारण, व्याख्या र अन्तिम निर्णय अझै मानवकै हातमा रहन्छ।

यही कारणले एआईलाई पूर्ण स्वतन्त्र बुद्धिमत्ताको रुपमा व्याख्या गर्न मिल्दैन। बरु यसलाई ‘अग्मेन्टेड इन्टेलिजेन्स’ अर्थात् मानव बुद्धिको विस्तारको रूपमा  बुझ्न सकिन्छ। 

अन्ततः, भविष्यलाई ‘मानव वा एआई’ को द्वन्द्वको रूपमा नहेरी ‘मानव र एआई’ को सहविकासको रूपमा बुझ्नु बढी यथार्थपरक हुन्छ । यही सहविकासले प्रविधिमा आविष्कारको श्रृंखला जारी रहनेछ।

कोशीमा कति बढ्यो बेरुजु ?

विराटनगर । महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ५८ करोड ६६ लाख ८३ हजार बेरुजु देखिएको जनाएको छ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार प्रदेशका १८२ सरकारी कार्यालय, समिति तथा २६ अन्य संस्थासहित कुल २०८ निकायको लेखापरीक्षणका क्रममा सो बेरुजु देखिएको हो।

प्रदेश प्रमुख पर्शुराम खापुङ लाई नायब महालेखा परीक्षक श्रीकुमार राईले मंगलबार प्रतिवेदन बुझाएका थिए।

प्रतिवेदनअनुसार सरकारी कार्यालयतर्फ असुल गर्नुपर्ने  १४ करोड ६५ लाख १९ हजार, अनियमित भएको  ७ करोड ३२ लाख ६३ हजार, प्रमाण कागजात नपुगेको २७ करोड ४५ लाख ६१ हजार र पेस्की रु ३ करोड ३ लाख ३७ हजार बेरुजु देखिएको छ।

त्यस्तै समिति तथा अन्य संस्थातर्फ असुल गर्नुपर्ने रु ५१ लाख ८५ हजार, अनियमित ४ करोड ६९ लाख ९३ हजार, प्रमाण नपुगेको रु ९० लाख २५ हजार र पेस्की ८ लाख बेरुजु रहेको उल्लेख छ।

प्रतिवेदनले कुल लेखापरीक्षण अङ्कको १.१२ प्रतिशत बेरुजु कायम भएको देखाएको छ। हालसम्म अद्यावधिक बेरुजु भने ५ अर्ब ६३ करोड ५ लाख ३९ हजार पुगेको जनाइएको छ।

त्यस्तै स्थानीय तहतर्फ एक महानगरपालिका, एक उपमहानगरपालिका, ४३ नगरपालिका र ८३ गाउँपालिकासहित १२८ निकायको लेखापरीक्षणबाट पनि ठूलो परिमाणमा बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।

योगेशले किन सम्झिए बुढा मानिसले डन्डी समातेर बस पल्टिनबाट जोगाएको कथा ?

काठमाडौं। नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीको अभिव्यक्तिपछि उनले पुरानो प्रसंग स्मरण गर्दै कटाक्ष गरेका हुन्।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भनेका थिए, ‘शिर काटेर टेबलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन।’

उनले पार्टीको समीक्षा हुनुपर्ने भन्दै हस्ताक्षर अभियान र विभिन्न गतिविधिले पार्टी एकताबद्ध नहुने धारणा पनि व्यक्त गरेका थिए।

ओलीको अभिव्यक्तिपछि उपमहासचिव योगेश भट्टराईले एमालेको सातौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा एक वरिष्ठ नेताले सुनाएको कथा स्मरण गरेका थिए।

उनले बसभित्रको डन्डी समातेर आफूले बस पल्टिनबाट जोगाएको दाबी गर्ने एक वृद्धको कथा सुनाएको उल्लेख गर्दै व्यङ्ग्य गरेका हुन्।

उनको भनाई जस्ताको त्यस्तै:

नेकपा एमालेको सातौ राष्ट्रिय महाधिवेशनको (जनकपुर)बन्द सत्रमा पार्टीका एकजना बरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनु भएको थियो। एकजना बुढा मानिस बसमा चढेछन् । सीट खाली थिए तर ऊनी सीटमा बसेनन् । उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाए । बाटो उबड खवाड थियो । बस गुड्न सुरु गर्यों । बस घरी दायाँ ढल्किन्थ्यो बुढा मानिस बसको डन्डीलाई बायाँ तिर जोडले तान्थे । फेरी बस बायाँ ढल्किन्थ्यो बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे ।

यही रीतले बस अघि बढी रह्यो । बुढा मानिस सोही क्रिया गरिरहे । बुढा असिन पसिन भए । बस गन्तव्यमा पुगेर रोकियो । सबै यात्रु बाहिर निस्के । बुढाले सबैलाई जम्मा गरेर भने आज तपाईँहरू सबै मेरो कारणले बच्नु भयो । यात्रुहरू छक्क परेर सोधे कसरी । बुढाले सगौरव भने पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाए र तपाईँहरू बच्नु भयो ।

आज मलाई यो कथाको खुब सम्झना भयो ।

संघीय सरकारले रोकेपनि बागमतीमा सार्वजनिक सवारी दर्ता जारी

काठमाडौं। नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्ने संघीय सरकारको निर्णयबीच बागमती प्रदेश सरकारले दर्ता प्रक्रिया यथावत् सञ्चालन गर्न निर्देशन दिएको छ।

श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले सवारी दर्ताको अधिकार प्रदेश सरकारसँग रहेकाले हाल दर्ता नरोकिने बताएका छन्।

संघीय सरकारको पत्र प्राप्त भए पनि त्यसबारे अध्ययन भइरहेको र यातायात कार्यालयमा नियमित रूपमा काम भइरहेको उनले जानकारी दिए।

संघीय सरकारले दुई साताअघि ईभीसहित नयाँ सार्वजनिक सवारी साधनको दर्ता अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको थियो।

व्यवसायीहरूले भने दर्ता रोकिँदा ऋण, ब्याज र किस्ता भुक्तानीमा समस्या हुने गुनासो गरेका थिए।

अमेरिका–इरान सम्झौताको संकेतपछि डिजेल-पेट्रोलको मूल्य घट्यो

काठमाडौं। संयुक्त राज्य अमेरिका र इरानबीच सम्भावित कूटनीतिक सहमतिको अपेक्षासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि टर्कीले इन्धनको मूल्यमा कटौती गरेको छ।

टर्की सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल र डिजेल दुवैको मूल्य घटाउने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.३८ टर्किस लिरा र डिजेलको मूल्य प्रतिलिटर १.८१ लिराले घटाइएको छ। यस निर्णयले केही समयदेखि महँगो इन्धनको मार खेपिरहेका उपभोक्तालाई आंशिक राहत मिल्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटलाई मूल्य कटौतीको मुख्य कारण मानिएको छ। विश्व बजारमा मानक मानिने ‘ब्रेन्ट क्रुड’ तेलको मूल्य घटेर प्रति ब्यारेल करिब ९४.४० अमेरिकी डलरमा झरेको छ, जुन पछिल्ला दुई साताकै न्यून स्तर हो।

विश्लेषकहरूका अनुसार अमेरिका र इरानबीच जारी वार्ताबाट कुनै सकारात्मक नतिजा निस्कने सम्भावनाले तेल आपूर्तिमा सुधार आउने अपेक्षा बढाएको छ।

यसले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्दै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा दबाब सिर्जना गरेको हो।

टर्कीले गत मार्च महिनादेखि इन्धन मूल्यमा हुने तीव्र उतारचढाव नियन्त्रण गर्न ‘स्लाइडिङ–स्केल’ कर प्रणाली लागू गरेको थियो। उक्त प्रणालीअन्तर्गत अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ पाउने र मूल्य बढ्दा कर समायोजनमार्फत असर कम गर्ने प्रयास गरिन्छ।

यद्यपि मूल्य कटौती भए पनि टर्कीको अर्थतन्त्रमाथि ऊर्जा क्षेत्रको दबाब अझै कायम छ। उच्च ऊर्जा आयात लागत, कमजोर मुद्रा र बढ्दो जीवनयापन खर्चका कारण देशमा मुद्रास्फीति दर अझै ३२ प्रतिशतभन्दा माथि रहेको छ।

टर्कीको केन्द्रीय बैंकले पनि हालै वर्षअन्तसम्मको मुद्रास्फीति लक्ष्य पुनरावलोकन गर्दै आर्थिक चुनौतीहरू अपेक्षाभन्दा जटिल बन्दै गएको स्वीकार गरेको थियो। विशेषगरी मध्यपूर्वमा जारी तनाव, विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा देखिएको अनिश्चितता र तेल बजारको अस्थिरताले टर्कीको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ।

ऊर्जा बजारका जानकारहरूका अनुसार अमेरिका–इरान सम्बन्धमा हुने प्रगतिले आगामी महिनाहरूमा तेलको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ। यदि वार्ता सफल भएमा विश्व बजारमा थप आपूर्ति बढ्न सक्ने र त्यसले इन्धनको मूल्यलाई थप दबाबमा राख्न सक्ने अनुमान गरिएको छ।

यद्यपि मध्यपूर्वको भू–राजनीतिक अवस्था अझै संवेदनशील रहेकाले तेल बजारमा अस्थिरता पूर्ण रूपमा अन्त्य भइसकेको छैन।

त्यसैले हालको मूल्य कटौतीलाई स्थायी प्रवृत्तिका रूपमा भन्दा पनि अन्तर्राष्ट्रिय घटनाक्रमबाट प्रभावित अस्थायी सुधारका रूपमा हेरिएको छ।

एक महिनादेखि बेपत्ता असई युवतीसँग झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं। करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमा पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी निवासी सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्तिराम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेका छन्।

उनीहरूको शव पाँचखाल नगरपालिका-३ स्थित ठूली सामुदायिक वनभित्र एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार दुवै जनाको शव सडेको अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट घटना केही दिनअघि नभई लामो समयअघि भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार शक्तिराम सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा कार्यरत थिए। उनी वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा गएका थिए। यता शर्मिला चौधरी वैशाख १८ गते शक्तिरामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।

दुवै जना सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि सम्बन्धित निकायमा निवेदन दिएका थिए। शक्तिरामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा खोजतलासका लागि निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दर्ता गराएका थिए।

बुधबार बिहान वन क्षेत्रमा सल्लाको खोटो संकलन तथा अनुगमनका क्रममा पुगेका वन उपभोक्ता समितिका सदस्यहरूले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको थियो।

प्रहरीका अनुसार घटनास्थलबाट बरामद कपडा, व्यक्तिगत सामग्री तथा अन्य कागजातका आधारमा परिवार र आफन्तसँग रुजु गर्दा मृतकहरूको पहिचान खुल्न आएको हो।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बालेनलाई थकाउने, गलाउने र माफी मगाउने विपक्षी रणनीति

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई गलाउने र माफी मगाउने रणनीतिमा विपक्षी दलहरू पुगेका छन् । राजीनामाको लागि दबाब दिने पक्षबाट भने उनीहरू हट्ने भएका हुन् ।

हालै संसद्मा बालेनले भारतअनुकूल हुनेगरी नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्दा संसद् र सडकमा विपक्षी दलहरूले विरोध मात्रै जनाएको छैन, संसद् त बारम्बार ठप्प पारेका छन् । यस्तोमा रास्वपा सभापति रवि लामिछानेलाई भने प्रधानमन्त्री बालेनको सोही अभिव्यक्तिले राजकीय सम्मान भएको छ ।

तर, विपक्षी दलहरूले बालेनलाई जसरी पनि गलाउने र संसद्मा आएर माफी मगाउने रणनीतिमा अपनाएका हुन् । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली भने बालेनलाई देशद्रोही र राष्ट्रघाती भन्दै देशव्यापी आन्दोलन चर्काएर राजीनामा दिन बाध्य पार्न चाहेका थिए ।

अन्य विपक्षी दलहरू माफी मात्रै मगाउने पक्षमा उभिएपछि एमाले पनि राजीनामा दिनेगरी दबाब दिने रणनीतिबाट पछि हटेको छ ।

कांग्रेसले सुरुदेखि नै संसद्मा आएर प्रधानमन्त्रीले माफी मागून् भन्ने रणनीति बनाएको छ । कांग्रेस तत्काल राजीनामाको पक्षमा छैन, तर अभिव्यक्तिलाई गम्भीर कूटनीतिक त्रुटि भन्दै संसदीय दबाब निरन्तर राख्ने रणनीति अपनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि तत्काल राजीनामाभन्दा माफी माग्नेलाई नै प्राथमिकता दिएको छ । नेकपाले प्रधानमन्त्रीबाट गल्ती स्वीकार गराउने र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोर्‍याउने प्रतिबद्धता खोज्ने नीति लिएको देखिन्छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने यसअघि नै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । यो दल पनि सडक आन्दोलन गरेर प्रधानमन्त्री बालेनलाई थकाउने रणनीतिमा छ । सदनमा विरोध जारी राखेको छ ।

‘डन ३’ विवाद : रणवीरको प्रतिबन्ध फिर्ता

एजेन्सी। बलिउड फिल्मकर्मीहरूको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोयिज’ (एफडब्लुआईसीई) ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ ।

यो निर्णय निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट रणवीर सिंह अन्तिम समयमा बाहिरिएपछि गरिएको थियो । त्यसपछि संगठनले उनीविरुद्ध असहयोगको निर्णय गरेको थियो ।

तर भारतीय मोशन पिक्चर प्रोड्युसर्स एसोसिएसन (आईएमपीपीए) र सिने एन्ड टिभी आर्टिस्ट्स एसोसिएसन (सिन्टा) लगायत अन्य फिल्म संस्थाहरूको आग्रहपछि उक्त निर्देशन फिर्ता लिइएको हो ।

संगठनका प्रमुख सल्लाहकार अशोक पण्डितले मुम्बईमा सञ्चारकर्मीसँग कुरा गर्दै अन्य फिल्म संस्थाबाट प्राप्त प्रतिक्रियापछि निर्णय पुनर्विचार गरिएको बताए ।

उनले भने, ‘हाम्रो अघिल्लो पत्रकार सम्मेलनपछि हामीले अन्य चलचित्र संस्थासँग सहयोग मागेका थियौं । आईएमपीपीए र प्रोड्युसर्स गिल्ड अफ इन्डियाबाट प्रतिक्रिया प्राप्त भयो ।’

प्रोड्युसर्स गिल्ड अफ इन्डियाले ‘डन ३’ बाट रणवीर सिंहको अन्तिम समयमा बाहिरिने निर्णयले निर्माण कम्पनी एक्सेल इन्टरटेन्मेन्टलाई क्षति पुगेको भए पनि समग्र फिल्म उद्योगको हितका लागि विवाद समाधान गर्नुपर्ने सुझाव दिएको थियो ।

त्यसपछि संगठनले रणवीर सिंहविरुद्धको असहयोग निर्देशन तत्काल प्रभावबाट फिर्ता लिएको घोषणा गरेको हो ।

पण्डितले रणवीर सिंह, एक्सेल इन्टरटेन्मेन्ट र सम्बन्धित पक्षहरूलाई एउटै टेबलमा बसेर मैत्रीपूर्ण ढंगले विवाद समाधान गर्न पनि आग्रह गरेका छन् ।

संगठनका अध्यक्ष बीएन तिवारीले आफूहरू कुनै दबाबमा नझुकेको स्पष्ट पार्दै उद्योगको हित र सहमतिको वातावरणका लागि मात्र निर्णय गरिएको बताए।

बालेनको बोली देशद्रोही, नेपाल उनको पेवा होइन

हालै सम्पन्न निर्वाचनको अप्रत्याशित, अस्वाभाविक र कृत्रिम परिणामपछि देशको समग्र राजनीति एउटा गम्भीर मोडमा उभिएको छ। यस निर्वाचनले हाम्रो पार्टीलाई मात्र नभई सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु, देशभक्तिपूर्ण आन्दोलन र सुशासन तथा विकासको राष्ट्रिय अभियानलाई नै गम्भीर धक्का पुर्‍याएको छ। राष्ट्रिय अस्मितामाथि नै धावा बोलिएको यस्तो अत्यन्त जटिल र संवेदनशील परिस्थितिमा संगठन विभागले आयोजना गरेको यस महत्त्वपूर्ण भेलाको विशेष अर्थ र महत्त्व छ।

मलाई पूर्ण विश्वास छ, यस बैठक र भेलाले वर्तमान नेपाली राजनीतिमा पैदा भइरहेका कतिपय अन्योल, अस्पष्टता र कृत्रिम भ्रमहरुको पर्दा च्यात्नेछ। यस छलफलले पार्टीका सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरुलाई स्पष्ट वैचारिक दिशा प्रदान गर्दै नयाँ विश्वास, नयाँ जोश र अदम्य जाँगरका साथ आ–आफ्नो कार्यक्षेत्रमा फर्किने ऊर्जा प्रदान गर्नेछ।

आजको यस विशेष घडीमा म मुख्य रुपमा निर्वाचनको परिणाम, देशको समग्र राजनीतिक परिस्थिति, राज्य–संयन्त्रको दुरुपयोग र यी सबै घटनाक्रम पछाडिका अन्तर्निहित कारणहरुको चिरफार गर्नेछु। पार्टीको सांगठनिक जीवन, संगठनभित्र देखा परेका मसिना तर गम्भीर समस्याहरु र संगठनलाई आगामी दिनका ठूला चुनौतीहरुको सामना गर्न सक्ने गरी कसरी इस्पात जस्तै बलियो बनाउने भन्ने विषयमा हामीले निर्मम आत्मसमीक्षा गर्नुपर्नेछ। यी सांगठनिक पक्षहरु र कार्यविभाजन लगायतका विषयमा पछि बन्द सत्रमा संगठन विभाग प्रमुख र कमरेड महासचिवले सविस्तार प्रकाश पार्दै निष्कर्ष प्रस्तुत गर्नुहुनेछ। मेरो ध्यान भने अहिले राष्ट्रिय राजनीतिको विद्रुप अनुहार र त्यसमा हाम्रो पार्टीको अडानमा केन्द्रित रहनेछ।

भदौ २३–२४ को घटना स् क्रान्तिको आवरणमा रचिएको आपराधिक षड्यन्त्र
नेपाली राजनीतिको पछिल्लो कालखण्डमा घटेको गत भदौ २३ र २४ गतेको घटनालाई कसैले आन्दोलनु त कसैले क्रान्तिुको जामा पहिराउने कोसिस गरिरहेका छन्। यो स्वाभाविक पनि हो, किनभने आपराधिक गतिविधि गर्नेहरुले आफ्नो अपराधलाई लुकाउन सधैँ ‘क्रान्ति’ कै कवच प्रयोग गर्ने गर्छन्। युवा र नवयुवाहरुको रगत बगाउने, उनीहरुको हत्याको प्रपञ्च रच्ने र देशमा आतंकको राज फैलाउने क्रियाकलापलाई उनीहरुले क्रान्ति नभनेर के भनुन् ! आपराधिक क्रियाकलापको योजना आफैँ बुन्ने, काँक्रा आफू खाने र बियाँ अरुको गालामा टाँसेर आरोप लगाउने प्रवृत्ति नेपाली राजनीतिको क्यान्सर बनिसकेको छ।

तर, यथार्थ के हो भने भदौ २३ र २४ गतेका घटनाहरु कुनै श्वतस्फूर्त जनआन्दोलन वा क्रान्ति थिएनन्। त्यो नितान्त एउटा षड्यन्त्रपूर्ण र पूर्वनियोजित आपराधिक घटना थियो। यो दाबी मेरो मात्र व्यक्तिगत भनाइ होइन। राज्यकै जिम्मेवार निकाय, राष्ट्रिय मानवअधिकार आयोगले भर्खरै सार्वजनिक गरेको आफ्नो प्रतिवेदनको सारसंक्षेपमा स्पष्ट रुपमा उल्लेख गरेको छ कि भदौ २३ र २४ गतेका घटनाहरु पूर्वनियोजित र पहिले नै गहिरो षड्यन्त्र बुनिएको प्रायोजित घटना थिए।

त्यो षड्यन्त्र कसका विरुद्ध थियो रु स्पष्ट छ, त्यो षड्यन्त्र लोकतन्त्रका विरुद्ध थियो र मुख्य रुपमा हाम्रा विरुद्ध थियो। किनकि हामी संवैधानिक र लोकतान्त्रिक हिसाबले अत्यन्त बलियो अवस्थामा थियौँ। हामी जनताको जनमतबाट निर्वाचित, अत्यधिक बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका थियौँ। जननिर्वाचित त्यस सरकारलाई संवैधानिक, कानुनी र संसदीय बाटोबाट ढाल्ने अनेकौँ प्रयासहरु भए। संसदभित्रका सबै तिकडमहरु असफल भए। जब लोकतान्त्रिक विधिबाट सरकारलाई विस्थापन गर्न सम्भव भएन, त्यसपछि असंवैधानिक, अलोकतान्त्रिक र आपराधिक मार्ग अख्तियार गर्दै मुलुकमा हिंसा र आगजनीको सहारा लिइयो।

त्यस उपद्रवका लागि लामो समयदेखि तयारी र तालिमहरु सञ्चालन गरिएका थिए। सडकमा कसरी आगो लगाउने, अत्यन्त प्रज्वलनशील वस्तुहरुको निर्माण कसरी गर्ने, पेट्रोल बमहरु कसरी तयार पार्ने र सामान्य आगोलाई पनि अति उच्च तापक्रममा दन्किने कसरी बनाउने भन्ने जस्ता विध्वंसकारी तालिमहरु दिइएका थिए।

राष्ट्रव्यापी रुपमा आगलागीका काण्डहरु मच्चाउनका लागि गुगल म्यापको प्रयोग गरियो। कुन नेताको घर कहाँ छ रु कुन व्यापारिक प्रतिष्ठान कहाँ छ रु संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अंगहरु त सबैले देखेका थिए, तर नेताहरुका निजी निवास र नागरिकका सम्पत्तिहरु गल्ली र बस्तीभित्र लुकेका हुन्थे। त्यस्ता ठाउँहरुलाई गुगल म्यापबाट लोकेट गरेर आक्रमणकारीहरुलाई नक्सा वितरण गरिएको थियो। यो कुनै आकस्मिक आक्रोशको विष्फोट थिएन, यो त अघिल्लै दिनदेखिको योजनाबद्ध तयारीको परिणाम थियो।

चरित्र हत्या र राज्य-संरक्षित अराजकता
यस षड्यन्त्रको अर्को पाटो भनेको मनोवैज्ञानिक युद्ध थियो। देशका लोकप्रिय नेताहरुलाई कसरी अलोकप्रिय बनाउने, उनीहरुका विरुद्ध कस्ता झुटा आरोपहरु सिर्जना गर्ने र समाजमा कसरी भ्रमको खेती गर्ने भन्ने विषयमा एउटा संगठित गिरोह नै परिचालन गरियो। नेपालको सभ्य संस्कृति र सभ्यतामाथि नांगो हमला भयो। असभ्य भाषा, तल्लो स्तरको शैली, अमर्यादित बोली, वचन र व्यवहारको प्रदर्शन गरियो। कसैले सत्यको पक्षमा एक शब्द बोल्यो भने, त्यसका विरुद्ध एउटा साइबर गिरोह नै खटाएर अत्यन्तै लज्जास्पद र अश्लील टिप्पणीहरु गराउने काम भयो। यो शृंखला भदौको घटना अगाडिदेखि नै सुरु भएको थियो र विडम्बनाको कुरा, आजसम्म पनि यो राज्य-संरक्षित रुपमै चलिरहेको छ।

मैले राज्य संरक्षित किन भनिरहेको छु भने, आज देशको अवस्था यस्तो छ कि कोही सर्वसाधारण महिलाले अन्यायको विरुद्ध बोल्दा उनलाई प्रहरी प्रशासनले बोलाएर झपार्छ। राज्यसंयन्त्रले नै असभ्य भाषा र व्यवहारको प्रयोग गर्छ। राज्यशक्तिको चरम दुरुपयोग गर्दै, उल्टै पीडितलाई नै तर्साएर ‘मैले जानिनँछु, गल्ती गरेँ’ भनी माफी माग्न लगाइन्छ र कागज गराएर मात्र छाडिन्छ। कुकर्म गर्नेहरु राज्यको छहारीमा चोखिन खोजिरहेका छन्। यो कुनै लुकेको सत्य होइन।

विगतमा यस्ता क्रियाकलापहरु निर्बाध रुपमा हुने गर्थे भने अहिले झन् बढी योजनाबद्ध र पक्षपातपूर्ण ढंगले भइरहेका छन्। आफूलाई मन नपर्ने वा विरोधी विचार राख्नेहरुका विरुद्ध उजुरी हाल्न लगाउने, बिना प्रमाण गिरफ्तार गर्ने र झुटा मुद्दा चलाउने काम राज्य संयन्त्रबाटै भइरहेको छ। अर्कोतर्फ, आफ्ना आसेपासे वा सत्ता निकट व्यक्तिहरुले जस्तोसुकै जघन्य कुकर्म गरे पनि उजुरी नै दर्ता नगर्ने, उजुरी दर्ता भइहाले पनि अनुसन्धान अगाडि नबढाउने र कारबाहीबाट उन्मुक्ति दिने काम राज्यले गरिरहेको छ।

म यसै मञ्चबाट राज्य संयन्त्र र त्यसमा आसीन व्यक्तिहरुलाई स्पष्ट शब्दमा चेतावनी दिन चाहन्छु- समय र परिस्थिति सधैँ एकैनास रहँदैन। सत्ता र शक्तिको मातमा उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोस्। इतिहास साक्षी छ, १०४ वर्ष लामो जहानियाँ राणा शासन ढल्यो, ३० वर्षे पञ्चायती निरंकुशता ढल्यो, २४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो। अनेकौँ बलिया तन्त्रहरु इतिहासको गर्तमा बिलाए भने यो वर्तमानको ुअराजक तन्त्रु कति दिनको पाहुना हो रु यो धेरै लामो समय टिक्न सक्दैन।

संवैधानिक विचलन र रबर स्ट्याम्प राष्ट्रपति
भदौ २३ र २४ को राष्ट्रव्यापी उपद्रव र आगजनीलाई सामान्य घटना जस्तो बनाएर पचाउने प्रयास राज्यबाटै भइरहेको छ। यो कुनै सानोतिनो विषय होइन। त्यो आक्रमण केवल भौतिक सम्पत्तिमाथिको आक्रमण थिएनस त्यो देशभक्तिपूर्ण आन्दोलन, देशको सार्वभौमसत्ता, लोकतन्त्र र सुशासनको अभियानलाई निस्तेज पार्न रचिएको चक्रव्यूह थियो। यस अभियानको अग्रमोर्चामा नेकपा एमाले उभिएको हुनाले नै हामीमाथि सबैभन्दा निर्मम प्रहार भयो र हामीले नै सबैभन्दा ठूलो क्षति व्यहोर्नुपर्‍यो।

देशव्यापी आतंकले नागरिकलाई भयभीत बनायो। ‘तेरो घरमा आगो लगाउँछु, तँलाई बाँकी राख्दिनँ’ भन्ने धम्कीका बिच जब नागरिकको घरमा दन्किरहेको आगो निभाउन दुई-चार दिनसम्म राज्यको उपस्थिति देखिँदैन, तब नागरिक आतंकित हुनु स्वाभाविक हो। यही त्रासको मनोविज्ञानलाई भजाएर लोकतान्त्रिक विधिबाट जननिर्वाचित सरकारलाई अपदस्थ गरियो र एउटा असंवैधानिक सरकारको जग हालियो।

त्यसपछिको शृंखला झनै डरलाग्दो छ। असंवैधानिक सरकारको अवैध सिफारिसमा जननिर्वाचित प्रतिनिधि सभालाई गैरकानुनी ढंगले राष्ट्रपतिबाट विघटन गराइयो। राजनीतिक दलहरुसँग कुनै परामर्श गरिएन। संविधान र कानुनलाई लत्याउँदै, सडकबाट उठेका केही व्यक्तिहरु–जसको कुनै संवैधानिक हैसियत थिएन, उनीहरुको आदेशको भरमा संसद विघटन जस्तो गम्भीर कदम चालियो। राज्य संयन्त्रले सल्लाह कोसँग गर्ने रु उल्टो बाटो हिँड्दा आज देशको राजनीतिक र संवैधानिक वातावरण पूर्ण रुपमा विषाक्त भएको छ।

संविधानको रक्षक र पालक हुनुपर्ने राष्ट्रपति आज पूर्ण रुपमा रबर स्ट्याम्प बन्नुभएको छ। संविधानको कुन धारा अन्तर्गत वर्तमान प्रधानमन्त्री नियुक्त हुनुभयो रु के देश चलाउन संविधान चाहिँदैन रु संविधानविपरीत सरकार बन्ने, संविधानविपरीत संसद विघटन हुने, अनि सम्मानित राष्ट्रपतिले ‘मैले बडो जुक्ति लगाएर लोकतन्त्र बचाएँ’ भनेर गर्व गर्ने रु यो कस्तो विडम्बना हो १ गर्नुपर्ने काम नगर्ने र गर्न नहुने असंवैधानिक काममा आँखा चिम्लिएर हस्ताक्षर गर्ने प्रवृत्तिले सम्मानित संस्थाको गरिमालाई धुलोमा मिलाएको छ।

‘बडो जुक्ति’ को नाममा लोकतन्त्रलाई एकपछि अर्को कदम गर्दै सिध्याउने यो प्रयास नेकपा एमालेलाई कदापि मान्य छैन। हाम्रो पार्टी त्रास र भयबाट खुट्टा कमाउने पार्टी होइन। हामी देश, जनता, लोकतन्त्र र सुशासनप्रति पूर्ण प्रतिबद्ध छौँ र विगतमा झैँ त्याग र बलिदानको भावनासहित अगाडि बढ्नेछौँ।

निर्वाचनको नाटक र कृत्रिम परिणाम
हामीले सुरुदेखि नै असंवैधानिक सरकार र त्यसको अनाधिकृत सिफारिसमा भएको संसद विघटनलाई अस्वीकार गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको नीति लियौँ। तर, दुर्भाग्यवश, हाम्रै पार्टीभित्रको एउटा पंक्तिले यो षड्यन्त्रको गहिराइलाई समयमै बुझ्न सकेन। उनीहरुको अलमलका कारण हामीले जति सक्रियतापूर्वक प्रतिवाद गर्नुपर्ने थियो, त्यसमा केही कमी रहन गयो।

अर्कोतर्फ, अन्य राजनीतिक दलहरुले परिस्थितिको गम्भीरता नै बुझेनन्। उनीहरुले ‘चुनाव कि चुनाव’ भन्दै साँच्चैको लोकतान्त्रिक निर्वाचन हुँदैछ भन्ने भ्रम पाले। तर त्यो निर्वाचन थिएन, त्यो एउटा पूर्वनिर्धारित परिणाम ल्याउन मञ्चन गरिएको ुचुनावको तमासाु र नाटक मात्र थियो। पार्टीहरुलाई निषेध गरेर, अनुभवहीन र राजनीति नबुझेका व्यक्तिहरुबाट देश चलाउने परिकल्पना दुनियाँको कुन लोकतन्त्रमा हुन्छ रु के अमेरिकामा रातारात नयाँ पार्टीले देश चलाएका छन् रु डेमोक्रेटिक र रिपब्लिकन पार्टी नै प्रतिस्पर्धामा छन्। भारत वा चीनमा नयाँ पार्टीले रातारात सत्ता कब्जा गरेका छन् रु पक्कै छैनन्। नयाँ दलहरु आउनुलाई हामीले असहिष्णु नजरले हेरेका छैनौँ, तर लोकतन्त्रको आवरणमा भएको यो चुनावी प्रहसन भने गम्भीर छानबिनको विषय हो।

चुनावमा कस्तो सम्म धाँधली भयो भने, मतदान गर्दा औँलामा लगाइने मसी, जुन नङ काटेर नफालेसम्म जाँदैनथ्यो, यसपटक मतदान गरेर नजिकैको घर पुग्दा नपुग्दै उडिसकेको थियो। ब्यालेट पेपरमा लगाइएको छापको मसीको अवस्था के भयो होला रु यो गम्भीर छानबिनको विषय हो। हामीले धेरै चुनाव लडेका छौँ, जनताको नाडी छामेका छौँ। उम्मेदवारले आफ्ना अधिकांश मतदातालाई व्यक्तिगत रुपमा चिनेको हुन्छ। तर, चिन्नै नचिनेका, उम्मेदवारी समेत खारेज भएका व्यक्तिहरुले दोब्बर मत ल्याएर जित्ने अस्वाभाविक अवस्था सिर्जना गरियो। यो पूर्वनिर्धारित योजनाको हिस्सा थियो।

यद्यपि, हामीले यो कृत्रिम परिणामलाई पनि स्वीकारेर संसदमा प्रतिपक्षको रुपमा रचनात्मक भूमिका निर्वाह गरिरहेका छौँ। हामी संसदमा गएका छौँ भन्नुको अर्थ हामी यो षड्यन्त्रप्रति अन्धविश्वासमा छौँ भन्ने होइन। हामीले आँखा खोलेर सम्पूर्ण यथार्थको मूल्यांकन गरेका छौँ र संसदभित्रै रहेर राष्ट्रियता, लोकतन्त्र र सुशासनको पक्षमा लडिरहेका छौँ।

प्रतिशोधको राजनीति र नक्कली आयोगहरुको प्रपञ्च
असंवैधानिक सरकार गठन हुनुपूर्व नै त्यसका योजनाकारहरुले कस–कसलाई कारबाही गर्ने भनेर सूची तयार पारिसकेका थिए। त्यसैको निरन्तरता स्वरूप गौरीबहादुर कार्कीको नेतृत्वमा एउटा आयोग गठन गरियो। कार्की आफैँले पहिले नै ‘फलाना नेताहरुलाई कारबाही गर्नुपर्छ’ भनेर सार्वजनिक रुपमा बोल्दै हिँडेका थिए। त्यही पूर्वग्राही बोलीको इनाम स्वरूप उनलाई आयोगको अध्यक्ष बनाइयो।

मैले सुरुमै भनेको थिएँ-यो आयोग नक्कली हो। यो सत्यतथ्य छानबिन गर्न बनेको आयोग होइन, बरु छानबिन गरेझैँ नाटक गरेर विपक्षी नेताहरुलाई फसाउने ‘टास्क’ पाएको गिरोह हो। त्यसैले मैले त्यस आयोगलाई मान्यता दिइनँ र बयान दिन पनि अस्वीकार गरेँ। तर उनीहरुले आफ्नो लाज छोप्न ुबयान दियोु भनेर झुटो प्रचार गरे।

अहिले फेरि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अर्को कथित समिति बनाइएको छ। यो कुनै संवैधानिक वा कानुनी निकाय होइन। राजा ज्ञानेन्द्रले माघ १९ को ‘कु’ पछि आफ्ना विरोधीहरुलाई तह लगाउन जसरी शाही आयोग बनाएका थिए, यो पनि ठ्याक्कै त्यही प्रकृतिको कदम हो। देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत लगायतका स्थायी र कानुनी निकायहरु हुँदाहुँदै तिनलाई बेवास्ता गरेर यो नयाँ समिति किन चाहियो रु यसको एउटै उद्देश्य हो– नेकपा एमाले लगायत पुराना पार्टीका नेताहरुलाई छानी–छानी फसाउने। म स्पष्ट पार्न चाहन्छु, यस्ता असंवैधानिक र प्रतिशोधपूर्ण आयोगलाई हामी कुनै मान्यता दिँदैनौँ। म त्यहाँ बयान दिन जान्नँ र सम्पत्ति विवरण पनि पठाउँदिनँ। राज्यले जे गर्न सक्छ गरोस्। यो राज्यसंयन्त्र होइन, यो पूर्वाग्रह र प्रतिशोधको पोको हो।

मेरो घरमा आगो लगाएर सबै सम्पत्ति खरानी बनाएपछि राज्य मलाई नै सम्पत्ति विवरण मागिरहेको छ १ मैले के को विवरण दिने रु त्यही आगोको खरानी उठाएर दिने रु राज्यले छानबिन गर्नुपर्ने कुरा अकुत सम्पत्ति आर्जन गर्नेहरुको हो, तर यहाँ पीडितलाई नै प्रताडित गर्ने काम भइरहेको छ।

गौरीबहादुर कार्की आयोगले भदौ २३ को घटनाको छानबिन गर्ने रे १ जबकि त्यो हत्याकाण्ड उनीहरुकै योजनामा भएको थियो। कसले गोली चलायो रु आजसम्म राज्यलाई थाहा छैन। घटना हुँदा म बालुवाटारमा थिएँ, तत्कालीन गृहमन्त्री रमेश लेखक पनि घटनास्थलमा हुनुहुन्नथ्यो। हामीले सुरक्षा निकायलाई सम्भावित मानवीय क्षति रोक्न र शान्ति सुव्यवस्था कायम गर्न स्पष्ट निर्देशन दिएका थियौँ। तर सुरक्षाकर्मीले कुन परिस्थितिमा गोली चलायो, त्यो अनुसन्धानको विषय हो। यदि राज्यको हतियार दुरुपयोग भएको थियो भने गोली चलाउनेलाई किन पक्राउ गरिएन रु किन अनुसन्धान भएन रु गोली चलाउनेको अत्तोपत्तो छैन, तर केपी ओलीलाई फसाउनै पर्ने !

यस प्रतिशोधको पराकाष्ठा त मेरो व्यक्तिगत जीवनको एउटा अत्यन्त दुःखद घडीमा देखियो। चुनावपछि मेरो पुजनीय बुवाको स्वर्गारोहण भयो। म १३ दिनको काजकिरियामा थिएँ। १३ औँ दिनको काम सकेर म उठेको भोलिपल्ट नै सरकार गठन भयो। अनि नयाँ सरकारको पहिलो क्याबिनेट बैठकले रातारात निर्णय गरेर म स्वयं र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्ने आदेश दियो। बिना कुनै आधार, गौरीबहादुर कार्कीको त्यही हावा र पूर्वाग्रही प्रतिवेदनको भरमा हामीलाई पक्राउ गरियो।

हामीले अदालतमा म्याद थपको विरोध गर्‍यौँ। कानुनसम्मत नभएको कुरा राख्यौँ। तर म अदालतको धेरै आलोचना गर्न चाहन्नँ, तैपनि त्यस्तो गैरकानुनी गिरफ्तारीमा पनि अदालतले तीन–तीन पटक म्याद थप्यो। सम्मानित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दा खारेज गरियो। १३ दिनसम्म राज्य संयन्त्रले सारा शक्ति लगाउँदा पनि हामीविरुद्ध मुद्दा चलाउने एउटा पनि आधार र प्रमाण फेला पार्न सकेन। अन्ततः १३ दिनपछि सरकार मलाई स–सम्मान छाड्न बाध्य भयो। यो घटनाले वर्तमान सरकारको न्याय सम्पादनको नियत र तरिका उदांगो पारेको छ। हामी अदालतबाट स्वच्छ न्यायको अपेक्षा गर्छौं, किनकि न्याय सम्पादनबाटै अदालतको गरिमा बढ्ने हो।

गाण्डिवधारीको निरिहता स् राज्यसंयन्त्रको असफलता
महाभारतको युद्धपछिको एउटा प्रसंग यहाँ सान्दर्भिक हुन्छ। जब कृष्णको अवसानपछि द्वारकामा मुसल पैदा भएर यदुवंशको अन्त्य भयो, तब अर्जुनले त्यहाँ बाँचेका महिला र बालबालिकाहरुलाई सुरक्षित हस्तिनापुर लैजाने जिम्मा लिए। बाटोमा उनीहरुमाथि लुटेराहरुले आक्रमण गरे। अर्जुनले आफ्नो प्रख्यात ‘गाण्डिव’ धनुषमा ताँदो चढाउन खोजे। उनले लुटेराहरुलाई चेतावनी दिँदै भने, ‘म त्यही गाण्डिवधारी अर्जुन हुँ, जसले महाभारतको महायुद्ध जितेको थियो। तिमीहरु जस्ता सामान्य लुटेराले मलाई रोक्न सक्दैनौ।’

तर विडम्बना, त्यस दिन अर्जुनको गाण्डिव चलेन। उनी निरिह बने।

भदौ २३–२४ को घटनामा हाम्रो अवस्था पनि त्यही महाभारतपछिको अर्जुनको जस्तै भयो। हामीसँग जनमत थियो, महाभारत जितेजस्तै राजनीतिक सफलता थियो, तर हामीले सञ्चालन गरिरहेको राज्यसंयन्त्ररूपी ‘गाण्डिव’ अराजक भिल्लहरुको अगाडि पूर्ण रुपमा निरिह साबित भयो। राज्य संयन्त्रले नागरिकको सुरक्षा गर्न सकेन। यस्तो अवस्थामा पार्टी एक्लैले सडकमा प्रतिवाद गरेर मात्रै त्यो विशाल र संगठित षड्यन्त्रलाई रोक्न सम्भव थिएन।

त्यसैले, अब हामीले बुझ्नुपर्ने पहिलो कुरा के हो भने– हामीमाथि विरोधीहरुबाट कुन स्तरको, कति गहिरो र कति संगठित हमला भइरहेको छ। सामाजिक सञ्जाल र कतिपय मिडियाहरु कसरी हामीविरुद्ध हतियारको रुपमा प्रयोग गरिएका छन्, यसको मिहीन विश्लेषण हुनुपर्छ।

जबजको आलोकमा वैचारिक स्पष्टता र पार्टी एकता
यस चौतर्फी प्रहारको सामना कसरी गर्ने रु यसको एउटै मात्र अचुक अस्त्र हो– पार्टीको सुदृढ एकता। यो एकता स्वार्थको होइन, सही विचार र नीतिको एकता हुनुपर्छ। हामीले लिएका राजनीतिक नीति र विश्लेषणहरु पूर्णतः सही छन्। तिनै विचारमा टेकेर हामी एकताबद्ध हुनुपर्छ।

पार्टीभित्र कोही पूर्व फर्किने, कोही पश्चिम फर्किने, एकथोक निर्णय हुने तर बाहिर गएर अर्कोथोक बोल्ने अराजकता अब स्वीकार्य छैन। पार्टीको विधान, विधि, पद्धति र अनुशासनात्मक दायराभित्र रहेर मात्रै संगठन चुस्त र दुरुस्त रहन सक्छ। अहिले पार्टीभित्र समीक्षा गर्नुपर्छु भन्ने नाममा अनावश्यक भ्रम छर्ने, हतारिएर निष्कर्ष निकाल्ने र गुटबन्दी गर्ने प्रवृत्ति देखा परेका छन्। संस्थागत प्रक्रियालाई लत्याएर हस्ताक्षर अभियान चलाउने जस्ता कामले पार्टीलाई न वैचारिक रुपमा बलियो बनाउँछन् न सांगठनिक रुपमा। यतिबेलाको राष्ट्रिय आवश्यकता भनेको सम्पूर्ण तुषहरुलाई पन्छाएर सिंगो पार्टी पंक्ति एक ढिक्का हुनु हो।

हामीलाई जनताको बहुदलीय जनवाद ९जबज० ले निरन्तर मार्गदर्शन गरिरहेको छ। १९९० को दशकमा कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबज आज ३६ वर्षपछि पनि त्यत्तिकै सान्दर्भिक छ। तर यो जडसूत्र होइन। यो ३६ वर्षको लामो लोकतान्त्रिक अभ्यासका क्रममा हामीले जबजलाई अद्यावधिक र समयसापेक्ष परिमार्जन गर्दै लगेका छौँ।

कार्ल मार्क्सले युरोपको सन्दर्भमा प्रतिपादन गरेको मार्क्सवाद नेपालको माटोमा हुबहु लागु हुन सक्दैनथ्यो। त्यसैले नेपाली विशिष्टता र विकसित परिस्थिति अनुसार हामीले मार्क्सवादको सिर्जनात्मक प्रयोग गरेका छौँ। आजको हाम्रो नीति र रणनीति त्यही परिमार्जित जबजको आलोकमा तय भएका हुन् र यसैको आधारमा हामी अगाडि बढ्नुपर्छ। दशौँ महाधिवेशनले स्पष्ट रुपमा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादको अन्त्य गरौँ भन्ने मूल नारा तय गरेको थियो। तर हामीले पार्टी शुद्धीकरणको कामलाई प्रभावकारी बनाउन सकेनौँ। पार्टीलाई कमजोर बनाउने प्रवृत्तिहरुलाई सहेर बस्दा आज पार्टीको धार भुत्ते भएको छ। अब यो गल्ती दोहोर्‍याउनु हुँदैन।

विद्या भण्डारीको सदस्यता : निरन्तरता कि नयाँ प्रवेश ?
पार्टीभित्र र बाहिर विद्या भण्डारीजीको पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर नबुझ्नेहरुले अनावश्यक विवाद सिर्जना गरिरहेका छन्। नबुझ्नुको पनि एउटा हद हुन्छ १ उहाँ राष्ट्रपतिको गरिमामय पदमा आसिन हुँदा स्वाभाविक रुपमा पार्टीको सदस्य हुनुहुन्नथ्यो। जो व्यक्ति सदस्य नै छैन, उसको सदस्यता नवीकरण हुने कुरै भएन। त्यसैले केन्द्रीय कमिटीले विधानसम्मत रुपमै उहाँलाई नयाँ आवेदन दिन आग्रह गरेको थियो। उहाँले आवेदन दिनुभयो र कमिटीले सदस्यता प्रदान गर्‍यो।

विद्या भण्डारी वि.सं. २०३४ सालदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय र २०३७ सालदेखि अविच्छिन्न पार्टी सदस्य हुनुहुन्छ। उहाँले पार्टीको नीति वा सिद्धान्त मन नपरेर सदस्यता त्याग्नुभएको थिएन। राष्ट्रपतिको संस्था दलभन्दा माथि, स्वतन्त्र, तटस्थ र समग्र देश तथा संविधानप्रति जबाफदेही हुनुपर्ने संवैधानिक बाध्यताका कारण उहाँले दलको सदस्यताबाट राजीनामा दिनुभएको थियो। राष्ट्रपति पार्टीको निर्देशन र ह्वीपमा चल्न मिल्दैनथ्यो। कार्यकाल सकिएपछि आफ्नो पुरानो घरमा फर्किनु र पुरानै सदस्यताको कन्टिन्युटी पाउनु एकदमै स्वाभाविक कानुनी र राजनीतिक प्रक्रिया हो।

तर यति सामान्य कुरालाई पनि नबुझेर, सदस्यता दिइएपछि पार्टीभित्रकै एउटा तप्काले ‘हामीले जित्यौँ’ भन्दै विजयी सिकन्दर महान् पल्टेर खुसीयाली मनाउनु हास्यास्पद छ। यो कुनै गुटको हार वा जितको विषय नै होइन। त्यसैले यस्ता सानातिना र अर्थहीन कुराहरुमा खोँचे थाप्ने, निहुँ खोज्ने र बहकिने काम बन्द गर्न म सम्पूर्ण कमरेडहरुलाई आग्रह गर्दछु।

अविचलित यात्राको संकल्प
अन्तमा, म सम्पूर्ण पार्टी पंक्तिलाई फेरि पनि अपिल गर्न चाहन्छु– हामी विचारमा स्पष्ट छौँ, अब व्यवहार र संगठनमा एकताबद्ध होऔँ। विधिविहीनता र अराजकतालाई प्रश्रय नदिऔँ। हाम्रा अगाडि राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र जनअधिकारको सुनिश्चितता गर्ने महान् अभिभारा छ। राज्यशक्तिको दुरुपयोग गरेर हामीलाई जतिसुकै तर्साउन खोजिए पनि, जतिसुकै झुटका पुलिन्दाहरु तयार पारिए पनि सत्यको जित अवश्यंभावी छ।

उच्च मनोबल, फलामे अनुशासन र जबजको मार्गदर्शनसहित आउँदा संघर्षहरुका लागि तयार रहन म सबै कमरेडहरुलाई आह्वान गर्दछु।

‘इलिफेन्ट इन द फग’ टोलीलाई ब्लु डाइमण्ड सोसाइटीद्वारा सम्मान

काठमाडौं। फ्रान्समा आयोजित कान्स चलचित्र महोत्सव अन्तर्गत ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी पुरस्कार’ जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ का टोली सदस्यहरूलाई बुधबार नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तर मेहनत, लगनशीलता र संघर्ष आवश्यक पर्ने बताइन् ।

उनले एलजीबीटीक्यूए समुदायको अधिकार तथा मानवअधिकारका क्षेत्रमा काम गरेपछि कला क्षेत्रमा प्रवेश गर्दा धेरै चुनौतीहरूको सामना गर्नुपरेको अनुभव सुनाइन् ।

उनले भनिन्, ‘जुन सुकै क्षेत्र होस्, सजिलो हुँदैन, काम गर्न गाह्रो हुन्छ, तर दुख, मेहनत र लगनशील भएर काम गरियो भने सबै कुरा प्राप्त गर्न सकिँदो रहेछ भन्ने मलाई लागेको छ । एलजीबीटीआइक्यूए राइट्स एक्टिभिस्ट अथवा ह्युमन राइट्स एक्टिभिस्टको रुपमा काम गर्दा र त्यसपछि कला क्षेत्रमा प्रवेश गर्दा त्यो सजिलो पक्कै थिएन । विभिन्न चुनौतीहरू थिए । सुरुमा मलाई अनुभव र ज्ञान पनि थिएन, सिक्न समय लाग्यो तर मैले सिकेँ र मेहनत पनि गरेँ । अहिले गर्व लाग्छ ।’

अभिनेत्री लामाले ‘इलिफेन्ट इन द फग’ले कान्स फिल्म फेस्टिभलमा प्राप्त गरेको अन्तर्राष्ट्रिय सफलताले नेपाली तथा एलजीबीटीक्यूए समुदायका कथाहरूलाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

उनका अनुसार चलचित्रको विषयवस्तु विश्वले स्वीकार गरिसकेको छ र अब नेपाली दर्शकले पनि यसलाई आत्मसात् गर्ने विश्वास छ ।

उनले चलचित्र ‘तिनीहरू’ मानव संवेदनामा आधारित आमा-छोरीको संघर्षपूर्ण जीवनकथा भएको उल्लेख गर्दै समाजमा छायाँमा पारिएका समुदायका कथालाई उजागर गरिएको बताइन् ।

उनले दर्शकलाई चलचित्र हेरेर यसको सन्देश बुझ्न आग्रह पनि गरिन् ।

नेप्से लाग्यो उकालो

काठमाडौं । अघिल्लो दिन २२.२१ अंकले बढेको सेयर बजार बुधबार सामान्य वृद्धि गर्दै २.६६ अंकले उकालो लागेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २,७८० अंकमा पुगेको छ । बजार दिनभर सामान्य उतारचढावबीच कारोबार भएको थियो ।

आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकम पनि बढेर अघिल्लो दिनको ५ अर्ब २६ करोडबाट बढ्दै ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

समूहगत रूपमा आज निर्जीवन बीमा समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । यो समूह ३.३७ प्रतिशतले बढ्दै वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ । बजेटमा तेस्रो पक्ष बीमांक रकम दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याइएपछि बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षाले लगानीकर्ताको आकर्षण बढेको हो ।

जीवन बीमा १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत र विकास बैंक ०.६६ प्रतिशतले बढेका छन् ।

तर अन्य समूह भने सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार ०.२४, लगानी ०.२०, जलविद्युत् ०.११, फाइनान्स १.१६ र बैंकिङ ०.१३ प्रतिशतले घटेका छन् ।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ । एसबीएल डिबेन्चर (२०८४) १४.९३ प्रतिशत, विजय लघुवित्त ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावर ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्स ६.१७ प्रतिशतले बढेका छन् ।

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको मूल्य ५.१८ प्रतिशतले घटेको छ । सेन्ट्रल फाइनान्स ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स ३.३९ प्रतिशत र त्रिशूली जलविद्युत् ३.३९ प्रतिशतले घटेका छन् ।

आज कारोबारका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर शीर्ष स्थानमा रहेका छन् ।

भर्टेल टेक्नोलोजिजको नेपालमा औपचारिक सेवा प्रारम्भ

काठमाडौं । हवाई सेवा वितरण तथा खुद्रा बिक्रीसम्बन्धी नयाँ वितरण क्षमता (एनडीसी) आधारित समाधान सेवा उपलब्ध गराउँदै आएको विश्वव्यापी ट्राभल टेक्नोलोजी कम्पनी भर्टेल टेक्नोलोजिजले नेपालमा औपचारिक रूपमा सेवा प्रारम्भ गरेको घोषणा गरेको छ ।

कम्पनीले जनरल सेल्स एजेन्ट (जीएसए) स्ट्रिम ट्राभल सर्भिसेजमार्फत नेपालमा आफ्नो सेवा विस्तार गरेको हो । सोल्टी होटलमा आयोजित विशेष उद्योगगत कार्यक्रममा ५० भन्दा बढी अग्रणी ट्राभल एजेन्सी तथा पर्यटन र नागरिक उड्डयन क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमले नेपालमा आधुनिक हवाई सेवा वितरण तथा यात्रा खुद्रा बिक्री समाधानप्रति बढ्दो चासो र सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ ।

नेपालका लागि भर्टेलको आधिकारिक प्रतिनिधिका रूपमा स्ट्रिम ट्राभल सर्भिसेजले कम्पनीको उन्नत वितरण मञ्चको स्थानीय कार्यान्वयन र प्रवर्द्धनमा सहयोग गर्नेछ ।

यसमार्फत यात्रा एजेन्सीहरूले हवाई सेवा प्रदायकहरूसँग प्रत्यक्ष पहुँच प्राप्त गर्दै प्रतिस्पर्धी भाडादर, थप सेवा सुविधा तथा सहज आरक्षण प्रणालीमा पहुँच पाउनेछन् ।

कार्यक्रममा भर्टेल टोलीले आफ्नो व्यवसाय–देखि–व्यवसाय (बी–टु–बी) मञ्चसम्बन्धी विस्तृत प्रस्तुति तथा प्रत्यक्ष प्रदर्शन गरेको थियो ।

उक्त सत्रमा एनडीसी प्रविधिमार्फत यात्रा एजेन्सीहरूले सामग्रीमा सहज पहुँच, आरक्षण कार्यक्षमता तथा ग्राहक अनुभवमा कसरी सुधार गर्न सक्छन् भन्ने विषयमा जानकारी दिइएको थियो ।

भर्टेल टेक्नोलोजिजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेरिन जोसले नेपालमा उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्दै नेपाली यात्रा क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, स्ट्रिम ट्राभल सर्भिसेजका कार्यकारी निर्देशक आशिष के. सेनगुप्ताले नेपालमा भर्टेलको आधिकारिक जीएसए बन्न पाउनु गौरवको विषय भएको बताउँदै आधुनिक हवाई सेवा वितरण प्रविधि भित्र्याएर यात्रा व्यवसायीहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भर्टेलको आगमनले नेपालमा हवाई सेवा वितरण प्रणालीलाई थप सुदृढ बनाउने तथा अन्तर्राष्ट्रिय एनडीसी सामग्रीमा पहुँच विस्तार गरी यात्रा खुद्रा बिक्री प्रणालीलाई आधुनिक बनाउने अपेक्षा गरिएको छ ।

बोर्डको निर्देशन : निजी अस्पतालमा आकस्मिक सेवाबाहेक बीमा सेवा सीमित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाहरूलाई बीमा सुविधा अन्तर्गत आकस्मिक सेवामा आवश्यक पर्ने बिरामीको मात्र उपचार सुनिश्चित गर्न निर्देशन दिएको छ ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहका अनुसार कुनै पनि बिरामीलाई आकस्मिक उपचार आवश्यक देखिएमा मात्र बीमाअन्तर्गत सेवा प्रदान गर्न स्पष्ट निर्देशन दिइएको हो ।

बोर्डले यही जेठ १६ गतेदेखि वित्तीय स्रोत अभावलाई कारण देखाउँदै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूबाट प्रदान गरिने आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो ।

त्यस क्रममा बोर्डले बीमामा अनावश्यक आर्थिक भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाका नाममा उपचार नदिन समेत आग्रह गरेको छ ।

साथै सेवाग्राहीलाई पनि सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन र आवश्यक अवस्थाबाहेक सेवा लिन बाध्य पार्ने प्रयास नगर्न अनुरोध गरिएको छ ।

हाल स्वास्थ्य बीमा बोर्डमा आबद्ध ३६ वटा निजी अस्पतालहरूले बीमितलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

५ किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जना पक्राउ

झापा। नेपाली प्रहरीले झापाका विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका-४ स्थित एक घरमा छापा मार्दा ५ किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले जानकारी दिए ।

सोही घटनासँग सम्बन्धित आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-७ का ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का करिब २० वर्षीय सागर राईलाई पक्राउ गरेको छ ।

यसैबीच, झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रबाट पनि ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शंका लागेपछि खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दमक नगरपालिका–१० का ३२ वर्षीय सुरज रायको साथबाट ६ ग्राम १ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय बाबुराम दर्जीको साथबाट ८ ग्राम ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

दिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी। भारतको राजधानी नयाँदिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

यो घटना पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा पुष्टि गरिएको छ ।

दिल्लीको दक्षिणी भागमा रहेको घना बस्तीमा अवस्थित ‘फ्लोरिस स्टे’ नामक बेड-एन्ड-ब्रेकफास्ट होटलमा बुधबार बिहान आगलागी भएको हो । आगो तीव्र गतिमा फैलिँदा भवनभित्र रहेका पाहुना तथा कर्मचारीहरू फस्न पुगेका थिए ।

उद्धार तथा खोजी कार्य जारी रहँदा ४० भन्दा बढी घाइतेलाई नजिकका अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आठ वटा दमकल परिचालन गरी लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो ।

अधिकारीहरूले प्रारम्भिक उद्धारपछि २१ जनालाई मृत घोषित गरिएको पुष्टि गरेका छन् । प्रहरी र आपतकालीन टोलीहरू अझै पनि घटनास्थलमा तैनाथ छन् र थप खोज तथा उद्धार कार्य जारी छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये धेरै अफ्रिकी मुलुकका नागरिक भएको अनुमान गरिएको छ । उनीहरू उपचार तथा अन्य प्रयोजनका लागि दिल्ली आएका थिए । तर आधिकारिक रूपमा मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनका कार्यालयले पनि सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गरेको छ ।

आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

भारतमा यस्ता घटनाको प्रमुख कारणका रूपमा विद्युत् सर्ट सर्किट, पुरानो तारजडान र सुरक्षा मापदण्डको बेवास्तालाई लिने गरिएको छ ।

रवि भेटेपछि मोदीले भने – ‘नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन तयार छौँ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

उनले नेपाल र भारतको साझा तथा समृद्ध भविष्य निर्माणका लागि सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाललाई प्राथमिकताप्राप्त साझेदारका रूपमा लिइएको उल्लेख गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन भारत तयार रहेको स्पष्ट पारेका छन् ।

उनले नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक, सामाजिक तथा जनस्तरको सहकार्य विस्तारमा भारत प्रतिबद्ध रहेको पनि बताएका छन् ।

विपक्षी सांसदहरुलाई ओलीको सलाम, भने- बालेनले देशद्रोही कुरा गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशद्रोही अभिव्यक्ति दिएको बताएका छन् ।

ओलीले नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको संलग्नता आवश्यक नरहेको स्पष्ट गर्दै विवादलाई दुई देशबीचको संवादबाटै समाधान गर्नुपर्ने बताए। उनले सीमा विवादका विषयमा बाह्य पक्षलाई समावेश गर्ने धारणा अस्वीकार्य हुने टिप्पणी गरे।

ओलीले नेपालले भारतको जमिन मिचेको भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती कुरा को संज्ञा दिए।

उनका अनुसार नेपालले भारतको कुनै पनि जमिन नमिचेको दाबी गर्दै यस्ता अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्ने बताए।

उनले प्रतिपक्षी सांसदहरूको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै संसदमा देशको हितमा आवाज उठाउने काम भएको बताए।

साथै संसद सञ्चालन र सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै देशहितका विषयमा पर्याप्त रुलिङ नभएको टिप्पणी गरे।

ओलीले एमालेमाथि लक्षित आलोचना र राजनीतिक आक्रमण भइरहे पनि पार्टी अझ सशक्त रूपमा अघि बढ्ने दाबी गरे। ‘एमाले फेरि उठ्छ, धक्का दिनेहरूलाई फेरि धक्का दिन्छ,’ उनले भने।

उनले देशमा अत्याचारको अवस्था बढ्दै गएको आरोप लगाउँदै लोकतन्त्र र जनताको अधिकारको पक्षमा एमाले निरन्तर संघर्षमा रहने बताए।