`

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना

जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग अन्तर्गतका पाँच रुग्ण अवस्थाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र रहेका उक्त राजमार्गका पाँच वटा ठेक्का तोड्ने क्रममा कानुनी प्रक्रिया अघि बढाएको हो ।

जुम्ला सडक डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एक गरी पाँचवटा ठेक्का तोड्ने प्रक्रियाअन्तर्गत सार्वजनिक सूचना जारी गरी सम्बन्धित निर्माण व्यवसायीहरूलाई स्पष्टीकरणका लागि मौका दिएको छ ।सम्झौताअनुसार काम गर्न, गराउन पटक–पटक ताकेता गरे पनि काम नभएपछि बाध्य भई ठेक्का रद्द गर्ने क्रममा सूचना जारी गरेको स्पष्ट गर्दै इन्जिनियर सिंहले प्रचलित नियमानुसार ठेक्का प्राप्त गरी काम नगर्ने निर्माण व्यवसायीलाई जमानत जफतसहित अन्य कानुनी कारबाही हुने जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रभित्र पाँचवटा ठेक्का सम्झौता भएको, सम्झौताअनुसार काम नभएपछि पटक–पटक ताकेता गरेको र धेरै पटकभन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियाअघि बढेको इन्जिनियर सिंहको भनाइ छ । यसरी सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्नसक्ने संशोधित कार्यतालिका एवं स्रोतसाधन परिचालनको भरपर्दो योजना तथा कार्य सम्पन्न गर्ने प्रतिबद्धता, ठेक्का नतोड्ने कुनै मनासिव कारण भए सत्यतथ्य प्रमाणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचनामार्फत आह्वान गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिएका छन् ।

तोकिएको समयमा काम सुरु नगरेमा कालोसूचीमा राख्ने, धरौटी तथा पेस्की जमानत जफत गर्ने र बाँकी कामका खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने प्रावधान रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

 

 

‘सिजन’ मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गल सफारी गराउँछन् । रानाथारू घरबास (होमस्टे) का सञ्चालक समेत रहेका उनी ‘सिजन’ मा पर्यटक नआएपछि दुई वर्षयता निराश छन् । ‘दुई वर्षअघि सम्म दसैँ–तिहारको समयमा थुप्रै पर्यटक शुक्लाफाँटा घुम्न आउनु हुन्थ्यो, हाम्रो होमस्टे पनि भरिभराउ हुन्थ्यो’, रानाले भने, ‘पर्यटक आउने सिजनमै पर्यटक नआउँदा होमस्टे रित्तै छन् ।’ उनले पर्यटक आउने समय दसैँ–तिहारको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएका कारण पर्यटक आउन नसकेको बताए ।

निकुञ्ज प्रशासनले गत असार १ देखि असोज १ गतेसम्म बर्सातको समयमा जङ्गल सफारी बन्द गर्ने गर्दछ । विगतमा असोज १ गतेदेखि जङ्गल सफारी खुल्ने भए पनि दुई वर्षयता दसैँ–तिहारको समयमा जङ्गल सफारी खुल्न नसकेको राना बताउछन् । ‘दसैँ–तिहारको समयमा मात्र एक लाखभन्दा बढी आम्दानी हुन्थ्यो’, रानाले भने, ‘अहिले फाटफुट भारतीय पर्यटक मात्रै आएका छन् ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टेमा बास बस्ने गरेको उनले बताए । ‘समयमा निकुञ्ज सफारी नखुल्दा यस वर्ष सिजनमै पर्यटक आएनन्, अब फागुनपछि मात्रै पर्यटक आउँछन्’, रानाले भने, ‘यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकले रानाथारूको संस्कृति र खाना मन पराउँछन् ।’

यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशी पर्यटकको रोजाइ होमस्टे हुने गरेको भए पनि यस वर्ष विगतमा जस्तो उल्लेख्य पर्यटक नआएको रानाथारू होमस्टे सञ्चालक केशमती राना बताउछिन् । ‘ढिलो गरी निकुञ्ज सफारी खुल्दा पर्यटक आएनन्, विगतमा जस्तो सङ्घसंस्थाहरुको भ्रमण पनि यस वर्ष भएन’, उनले भने, ‘दसैँ–तिहारको समयमा अग्रिम बुकिङ्ग हुने हाम्रो होमस्टेमा अहिले एक÷दुई जना भारतीय पर्यटक मात्रै छन् ।’ सिजनमै पर्यटक नआउँदा आम्दानी घटेपछि होमस्टे सञ्चालक निराश छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा होमस्टे सञ्चालनमा आएपछि यहाँका स्थानीय रानाथारु समुदायको आयस्तरमा समेत वृद्धि हुन थालेको छ । होमस्टेमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचारप्रसार समेत हुने गरेको राना बताउँछन् ।

वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरि खुला गरिएको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । ‘वर्षाले बिग्रेको बाटो र पुल मर्मत गर्नुपर्ने भएकाले निकुञ्ज सफारी हुन सकेको थिएन’, उनले भने, ‘अहिले पर्यटकका लागि निकुञ्जमा जंगल सफारी खुला गरिएको छ ।’ तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगे छन । निकुञ्ज भित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । रासस

 

जेनजी युनाइटेडको सिंहदरबारमा प्रधानमन्त्रीसँग वार्ता, बबरमहलबाट खबरदारी

काठमाडौं । जेनजी युनाइटेडका नाममा संगठित समूहका नौं प्रतिनिधि प्रधानमन्त्रीसँग वार्तामा बसिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्की र जेनजी युनाइटेडबीच सिंहदरबारमा वार्ता भएको हो । गत शनिबार सो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही समूहबाट नौं जनालाई आज वार्तामा बोलाइएको हो । समूहका अन्य व्यक्तिहरु भने बबरमहलमा प्रदर्शनरत छन् ।

सडकबाट ‘जेनजेड युनाइटेड’ को खबरदारी
काठमाडौँ । जेनजी पुस्ताका युवाहरूलाई एकताबद्ध हुन र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै जेनजेड युनाइटेडका युवाहरूले काठमाडौँको बबरमहलमा प्रदर्शन गरेका छन् । जेनजी समूहरतलाई एकताबद्ध भई शहीदका सपनाहरू पूरा गर्न खबरदारी गर्न जेनजेड युनाइटेडको नामबाट मंगलवार बबरमहलमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन् । प्रदर्शनकारीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौँ, एक हौँ’, ‘शहीदहरूको रगत नबिर्स’, ‘देशका घाउहरू हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूले जेन–जी समूहलाई एकताबद्ध गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, बाहिर निस्कनै गाह्रो

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने, ‘दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै छन् । बाहिर निस्कन सम्भव छैन ।’ हाल यस क्षेत्रमा करिब तीन हजार बढी विदेशी पर्यटक रहेको अनुमान छ । सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौँबाट लुक्ला आएका थिए ।

हिमपातका कारण बाटो नदेखिने हुँदा पर्यटकहरू हराउन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले भने, ‘मौसम प्रतिकूल भएकाले सबै पर्यटकलाई सुरक्षित रहन र होटल वा बस्तीमै बस्न अनुरोध गरिएको छ ।’

जिल्ला प्रशासनले उद्धार टोली तयारी अवस्थामा राखेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेमा अस्थायी प्रहरी पोस्ट छ, त्यहाँका प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर पर्यटकहरुका बारेमा जानकारी लिने कार्य भइरहेको छ ।

दिङ्बोचेभन्दा माथि करिब दुई हजार विदेशी पर्यटक रहेको अनुमान गरिएको छ । लगातारको हिमपात र वर्षाले चिसो बढेको छ । खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भनिन्, ‘आज बिहानदेखि निकै चिसो छ, हिउँले गाउँ ढाकेको छ, सबैजना घरभित्रै छौँ ।’ लगातारको हिमपातले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ । पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार सुनसान भएको छ । ‘हिउँले सुन्दर दृश्य त दिएको छ, तर दैनिकी भने कठिन बनाइदिएको छ,’ खुम्जुङकी शिक्षक कोपिला घतानीले बताइन् । रासस

‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल भित्रिने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ । हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए । यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेष गरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए ।

यसको प्रभाव वागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिन सक्ने सम्भावना रहेको उनको भनाई छ । उनकाअनुसार चक्रवातको प्रभाव बिहीवार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिवार दिउँसो) सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘बंगालको खाडीमा ‘मोन्था’ नाम गरेको सामुन्द्रिक चक्रवात विकास भएको छ । त्यो चाहीँ विस्तारै भारतको भूभागमा प्रवेश गरेको छ । विशाखपटनम क्षेत्रमा आजको दिनमा अवस्थित छ र यो अबको दुई दिनमा नेपाल प्रवेश गर्ने देखिन्छ । यो सामुन्द्रिक चक्रवातले समुन्द्री क्षेत्रबाट जुन जलवाष्पहरु लिएर आएको छ, त्यसले गर्दाखेरि नेपालको खासगरि कोशी प्रदेश र मधेस प्रदेशको क्षेत्रमा ठूलो वर्षाको सम्भावना देखिएको छ । उनले भने, ‘वागमती प्रदेश र कोशी प्रदेशको हिमाली क्षेत्रमा पनि यसको प्रभाव फैलिन सक्ने, १३ गते बिहीवार दिउँसोदेखि १५ गते शनिवार दिउँसोसम्म करिव यसको प्रभाव रहने देखिन्छ । खासगरि हिमाली क्षेत्रको कुरा गर्दाखेरि यो माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपातको पनि सम्भावना वागमती प्रदेश र कोशी प्रदेशको समग्र क्षेत्रमा देखिएको छ ।’

उनले हाल ठूला नदीहरूको वहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताए । वागमती र कोशी जस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम रहेको उनको भनाई छ । नदी सतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्क रहन उनले आग्रह गरे । उनले मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तीब्र बहावको सम्भावना रहेको बताए । १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन उनले आग्रह गरे ।

उनले भने, ‘अब ठूला नदीहरुमा वहावको अवस्था हाल सामान्य अवस्थामा रहेको, धेरै तल रहेको कारणले गर्दाखेरी यो करिव करिव २४-२५ घण्टासम्म सक्रिय रहनसक्ने प्रणालीले ठूलो बाढीको अवस्था वागमती, कोशी जस्ता ठूला नदीहरुमा पार्ने देखिँदैन । तर जल सतह उल्लेख्य बढ्ने सम्भावना छ । त्यसकारण सतर्कता तह आसपाससम्म पनि पुग्नसक्छ, नदी तटीय क्षेत्र सामान्य अवस्था भएको नदीहरुमा ठूलो वहाव आउँदाखेरि खतरा तहको वहाव नआएता पनि त्यसले जोखिम निम्त्याउने भयो । त्यसकारण सतर्कताको अपिल गर्दै हामीले प्रेस रिलिज पनि गर्दैछौँ । सँगै स–साना खोलाहरु जति पनि छन्, खासगरि मधेस प्रदेश र कोशी प्रदेशको । त्यसमा पनि पहाडी र चुरेको क्षेत्र भएर बहने स–साना खोला नालाहरुमा आकस्मिक वहाव, तिब्र बहावको सम्भावना देखिएको छ ।’

जल तथा मौसम विभाग प्रवक्ता विभूति पोखरेलले मंगलवार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन् । हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उनको भनाई छ । उनले पश्चिमी वायु साथै अरब सागरमा बनेको न्युनचापीय प्रणालीको प्रभावले गर्दा मंगलवारको बदली देखिएको बताइन् । बुधवारदेखि विस्तारै यो सुधार हुँदै आउने उनको भनाई छ । विहीवारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकाले नेपालको मौसम प्रभावित हुने उनले जानकारी दिइन् ।– न्युज एजेन्सी नेपाल

 

 

कर्णाली याक्स र एसियन पेन्ट्सबीच सम्झौता

काठमाडौँ । कर्णाली याक्स स्पोट्स प्रा।लीले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

एसियन पेन्ट्स नेपाल नेपालका अन्तर्राष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो । एसियन पेन्ट्सका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएको छ । एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इष्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि बिस्तार गरेको छ ।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ ।

कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

लगातार ओरालो लागेको सुनको भाउ कतिसम्म घट्ला ?

काठमाडौं । हालसम्मकै उच्च बनेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आईतवार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमवार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो ।

आज (मंगलवार) फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलवार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन रहेको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्राचार्यले सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको बताए । उनकाअनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो ।

महासंघका उपाध्यक्ष बज्राचार्यले भने, ‘सुनको भाउ धेरै नै बढिसकेको थियो, दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । कुनै न कुनै दिन झर्न त पर्ने नै हो । अब माथि गएर झर्छ कि अब यहिँबाट झर्छ भन्ने कुरा थियो । तर यो बीचमा तिहार थियो । तिहारमा खासगरी नेपालसँगै भारतमा धेरै सुनको खपत हुन्छ । धेरै खपत हुने हुँदा भाउ बढ्न अलिकति मद्दत गरिरहेको थियो । चाडपर्व सकिएसँग भारतमा पनि अलिकति माग घटेको छ ।’

उनले भने, ‘यहिँ दौरानमा जुन अस्तीको दिनहरूमा अमेरिकाले चाइनालाई जुन ट्यारिफहरू बढाइसकेपछि चाइनाबाट जुन रियर अर्थ चाइनाले अमेरिकामा सप्लाई गर्दिन भनेर नगरेको अवस्था देखियो । त्यसले गर्दा अमेरिकामा भएका इलेक्ट्रोनिक्स कम्पनीहरूमा असर पुग्यो र त्यो कारणले गर्दा पछिल्लो पटक अमेरिकामा अलिकति अन्योलको वातावरण भइसकेपछि पनि सुनको भाउहरू माथि जान चाहीँ नि मद्दत गरिरह्यो । नेपालमा तिहार चलिरहेका बेला अमेरिकाले अस्ट्रेलियासँग रियर अर्थको विषयमा एउटा सम्झौता गरेको छ । अस्ट्रेलियाले हामी दिन्छौँ अमेरिकालाई रियर अर्थ भनेर भनिसकेपछि सम्झौता भयो । एउटा कारण त्यो पनि हो ।’

उनी भन्छन्, ‘अर्को एउटा कारण अब यो दुई–तीन दिन अगाडि मात्रै अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहीँ एशियन कन्ट्रीहरूको भ्रमण गरेको अवस्था देखियो । र चिनियाँ राष्ट्रपतिसँग पनि कुरा भएको भन्ने सुनियो र त्यसमा सम्झौता भएको पनि छ, यो बिजनेसको विषयमा र त्यसले गर्दा अब चाहीँ केही मन्थर हुन्छ र अमेरिकाको जुन ट्रेड वार जुन थियो, त्यो अलिकति हल्का हुन्छ भन्ने हिसाबले नै यो अहिले सुनमा लगानी गर्नेहरू अरू सेक्टरमा डाइवर्ट भएको देखियो । अहिले यो दुई–चार दिनदेखि हामी देख्दैछौँ अमेरिकाको जुन डाउ जोन्स लगायतका शेयर मार्केटहरू अलिकति बढेको देखिएको छ । यसको मतलब अलिकति मान्छे सुनबाट अरू सेक्टरमा डाइवर्ट भएको देखियो । त्यो कारणले गर्दा खेरि पनि अहिले सुनको माग अलि कम भएको छ र सुन अलिकति घटेको हो ।’

बज्राचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा टे«ड वार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आंकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई–चार सय डलर घट्ने सम्भावना रहेको उनले बताए । –न्युज एजेन्सी नेपाल

राष्ट्रियसभाका सचिव अर्यालले दिए राजीनामा

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले आज (मंगलबार) देखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।’

उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । उनलाई विस २०८० बैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका थिए ।

विज्ञप्ती

जेनजी समन्वय संघर्ष समितिको माग : सर्वपक्षीय अन्तरिम सरकार

काठमाडौँ । मुलुकलाई सही निकास दिन सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारिएको छ । जेनजीद्वारा आह्वान जनआन्दोलन, २०८२ समन्वय संघर्ष समितिले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी मुलुकलाई निकास दिन राजनीतिक दलहरूसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग गरेको हो । राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधि सम्मिलित सो सरकार गठन हुनुपर्ने माग गर्नुपरेको समितिका प्रतिनिधि लेनिन विष्टले बताए ।

उनले सो सरकारले हवन छलफल गरी १८ महिना भित्र संविधान संशोधन, निर्वाचन प्रणालीमा आमूल सुधार, राष्ट्रिय नीतिमा पुनरावलोकन गरी मुलुकलाई निर्वाचनमा लैजानुपर्ने जिम्मेवारी पूरा गर्ने लक्ष्य राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको समेत बताए । विष्टले भने ‘संक्रमणकालीन व्यवस्थापन राष्ट्रिय संकट समाधानका लागि छोटो अवधिका लागि निम्न प्रक्रियाद्वारा अन्तरिम सरकार गठन गरिनेछ । सबै राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय समन्वय समिति गठन । उक्त समितिले सर्वसम्मतिको आधारमा अन्तरिम सरकार गठनको प्रस्ताव राष्ट्रपति समक्ष पेस गर्ने । कार्यकालको सीमा । अन्तरिम सरकारको कार्यविधि संविधान संशोधन र सुधारका कार्य सम्पन्न गर्नका लागि अधिकतम १८ महिना रहनेछ । यस अवधिमा संविधान संशोधन, निर्वाचन प्रणालीको आमूल सुधार र राष्ट्रिय नीतिको गहन पुनरावलोकन सम्पन्न गर्ने । अन्तरिम सरकारको कार्यकाल समाप्ति पछि स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत स्थायी सरकारको स्थापना गर्ने ।’

संघर्ष समितिले सो सरकार गठनका लागि सहयोग गर्न कांग्रेस, एमाले लगायतका पुराना राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ । संयोजक विष्टले नयाँ सरकार गठनका लागि आफूहरूले विभिन्न राजनीतिक दलहरूसँगको छलफललाई अघि बढाई सकेको समेत बताए।

‘आउँदो निर्वाचनमा सहभागी नहुने दलहरू लक्ष्मणरेखा बाहिर रहन्छन्’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दल दर्ताका लागि पुगेका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिवद्ध रहेको पनि बताए । मुलुक विषम राजनीतिक संकतबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आउँदो निर्वाचनमा प्रतिष्पर्धामा सहभागी नहुने दलहरु लक्ष्मण रेखा भन्दा बाहिर रहने पनि टिप्पणी गरे । उनले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिष्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरुलाई आग्रह पनि गरे ।

उनले भने, ‘हामीसँग अहिले आएको दाियत्वलाई जसरी पनि सम्पन्न गर्ने प्रयोजनको लागि मुलुकको वर्तमान कमजोर स्थितिमा पनि दलहरु प्रतिस्पर्धा गर्न आउँदैनन् भने हामी लक्ष्मण रेखा भन्दा बाहिर रहन्छौं । त्यसकारण मुलुकको संरक्षण गर्नु नै हाम्रो दायित्व भन्ने पवित्र सोच र विचार राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न आउनु भएको छ यहाँहरुलाई निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत गर्दछु ।’ उनले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाल सबैमा आग्रह समेत गरे ।

बालेनको ‘लबिङ’ मा ईः ईः को टिप्पणी : गृहमन्त्री फेरिए, प्रधानमन्त्री पनि जान सक्छिन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने तीव्र लबिङ थालेपछि राजनीति वृत्तमा तरङ्ग सिर्जना भएको छ । बालेनको यो कदमले सरकारभित्रको शक्ति सन्तुलन हल्लिएको छ भने सामाजिक अभियन्ता ईः ईः ले यसबाट प्रधानमन्त्री समेत फेरिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

‘सारथि फेरिए, प्रधानमन्त्री पनि फेरिन सक्छ’
बालेनले अर्याललाई हटाउन गरेको प्रयास केवल व्यक्ति परिवर्तन नभई राजनीतिक सन्तुलन भत्काउने खेल भएको सामाजिक अभियन्ता ईः ईः ले टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘गृहमन्त्री कमी कमजोरी रहित व्यक्ति होइनन्, तर सारथि फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुन सक्छ । यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिष्पर्धा चल्दै छ । अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ । के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो विडम्बना ! कस्तो निर्लज्जता !’ ईः ईः ले भनेका छन्, ‘सुशीला कार्की सर्वस्वीकार्य बन्नुमा ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो । तर बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता हुँदा उनीहरूबीच दूरी बढ्दै गएको छ ।’

बालेनको लबिङ : गृहमन्त्री ‘रिङ आउट’ अभियान
अन्तरिम सरकार गठनपछि बालेनले हालसम्म दुई पटक प्रधानमन्त्री सुशीला कार्कीसँग एक्लै भेटिसकेका छन् । विश्वसनीय स्रोतका अनुसार, दोस्रो भेटमा उनले अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘गृहमन्त्रीलाई बिदाइ गरेर नयाँ अनुहार ल्याउनु पर्छ’ भन्ने आग्रह गरेका थिए । बालेनले राजु पाण्डेलाई पहिलो प्राथमिकतामा, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउने प्रयास गरिरहेको स्रोतको भनाइ छ । तर प्रधानमन्त्री कार्की नजिकका वृतले भने बालेनको यो प्रयासलाई ‘शक्ति सन्तुलन भत्काउने कदम’ का रूपमा हेरेका छन्।

अर्यालको भूमिका र बालेनको असन्तुष्टि
पूर्व मुख्य न्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन पर्दा कानुनी सल्लाहकारका रूपमा अर्यालको सक्रिय भूमिका थियो । तर बालेनको दाबी छ–आफ्नो ‘अदृश्य योगदान’ बेवास्ता गर्दै अर्याललाई मात्र श्रेय दिइएको छ । त्यसैले बालेन आफूलाई ‘उपेक्षित’ महसुस गरिरहेका छन्। अर्यालले भने आफू प्रधानमन्त्रीको सल्लाहकार मात्रै बन्न चाहेको तर परिस्थितिले मन्त्री बनाएको बताएका छन् ।

भदौ २३–२४ को घटनापछि सत्ता सन्तुलनको द्वन्द्व
जेन–जी आन्दोलनपछि देश राजनीतिक संक्रमणमा फसेको बेला बालेन, रवि र अन्य युवा नेतृत्वबीच अन्तरिम सत्ता व्यवस्थापनको ‘अदृश्य प्रतिस्पर्धा’ चलेको थियो । ईः ईः ले भनेका छन्, ‘भदौ २४ गते बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउने तयारी थियो, तर परिस्थिति विकराल भएपछि योजना स्थगित भयो । त्यसपछि कल्याण श्रेष्ठ र अन्ततः सुशीला कार्कीलाई अघि सारियो ।’ उनका अनुसार, अहिलेको सरकार ‘कानुनी सन्तुलन र जनआन्दोलनको म्यान्डेटबीचको असहज सम्झौता’ हो ।

सत्ताभित्रको तातो प्रतिस्पर्धा
भित्रभित्रै विभिन्न शक्ति केन्द्रहरू सक्रिय छन्—निर्मल निवासदेखि दलका शीर्ष पदाधिकारीसम्म । बालेन–अर्यालबीचको खटपट सत्ता सन्तुलन, आन्दोलनको म्यान्डेट र भविष्यको राजनीतिक बाटोबारेको मतभेद हो । स्रोतहरूका अनुसार, प्रधानमन्त्री कार्की अहिले ‘विधिसम्मत तर सहकार्यात्मक’ बाटोमा हिँड्ने अडानमा छिन्, जबकि बालेन ‘जनआन्दोलनको म्यान्डेट’ कार्यान्वयन गर्नुपर्ने पक्षमा छन् । ईः ईः ले भनेका छन्, ‘सबै पक्षले बेलैमा आफ्नो भूमिका स्पष्ट नगरे थप दुर्घटना टार्न गाह्रो हुन्छ । विधिसम्मत ढङ्गले अपराधीले सजाय पाउनु पर्छ, चाहे ओहदा जोसुकैको होस् । चुनाव समयमा हुनुपर्छ । रगत बगाएर देश जलाउने राजनीतिले कसैलाई फाइदा दिँदैन ।’

संयुक्त संघर्ष समिति नेपालको माइतीघरमा प्रहरी घेराभित्र प्रदर्शन

काठमाडौँ । संयुक्त संघर्ष समिति नेपालले माइतीघरमा प्रहरीको घेरा भित्र प्रदर्शन गरेको छ ।

साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौं , राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एकजुट होऔं भन्ने नारा सहित संयुक्त विरोध कार्यक्रम भएको हो ।

कात्तिके झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं। पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालको मौसममा परेको छ ।

देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र वर्षा समेत भएको छ ।

झरीले चिसो बढाउँदा जनजीवन प्रभावित बनेको छ ।

दल दर्ताको निवेदनपछि प्रकाण्डले भने–आजको दिन ऐतिहासिक र विशेष

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपालका कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन आफूहरूले प्रयास गर्ने बताएका छन् । निर्वाचन आयोगमा कम्युनिष्ट पार्टी नेपाल दल दर्ता गर्न निवेदन दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कम्युनिष्ट पार्टी एकताबद्ध गर्ने उद्देश्यले समाजवादी मोर्चा गठन गरेको बताए ।

उनले भने, ‘अहिले माओवादी, नेकपा एस, नेकपा मसालसँग पनि छलफल जारी छ । एमालेसँग पनि हामीले छलफल गरिरहेका छौँ । नेपालको सबै माओवादी र कम्युनिष्ट धारहरूसँग छलफल चलिरहेको छ । कतिपयसँग घनिभूत छलफल गरिरहेका छौँ भने केहीसँग प्रारम्भ गरेका छौँ ।’

संवादमा रहेका दलहरूसँग छलफल सकारात्मक रहेको रहेको बताए । उनले थपे, ‘वैचारिक दृष्टिले हामी निकट पुगेका छौँ । अहिले बहस क्रान्तिकारी कम्युनिष्ट पार्टी र त्यसको लिडरसिपको विषयमा चलिरहेको छ । अहिले एकताको विषय कसैसँग भाँडिसकेको छैन । कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त, नेतृत्वबारे छलफल चलिरहेको छ । यसमा गम्भीर प्रयास गर्‍यौँ भने केही समय लाग्छ हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ प्रकाण्डले आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने दाबी गरेका छन् । पहिलो पटक संसदीय प्रणालीमा भाग लिएको दिन भएकाले आजको दिनलाई ऐतिहासिक भएको उनको प्रष्टोक्ति थियो । ‘आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुँदैछ,’ प्रकाण्डले भनेका छन्, ‘निर्वाचन सहभागी हुने पहिलो दलको अभ्यास

हाम्रो पार्टीको विधानमा नयाँ छ । त्यसकारण मैले यहाँ सबैको बीचमा यो दिन ऐतिहासिक हुनेछ भनेको हुँ ।’ झण्डै ११ वर्षदेखि आफ्नो पार्टी देश र जनताको पक्षमा काम गरिरहेको जिकिर गर्दै प्रकाण्डले जनताको चाहनालाई कुनै अवरोध विना फैसला गर्न पाउने विधि भनेको निर्वाचन नै रहेको बताए ।

‘कम्युनिष्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव
नेत्रविक्रम चन्द ‘विप्लव’ का नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिष्ट पार्टी नेपाल’ ना राख्न प्रस्ताव गरेका हुन् । आफूहरूले संसदीय राजनीतिमा सहभागी हुनको लागि दल दर्ता गर्न आएको प्रवक्ता प्रकाण्डले बताए । उनले भने, ‘निर्वाचनको लागि हाम्रो लागि नयाँ अभ्यास हो । नेपालको राजनीतिक आन्दोलनमा नयाँ दृष्टिकोणसहित हामी आएका हौं । जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफै फैसला गर्ने विधि निर्वाचन भएकाले हामी आएका हौं ।’

 

जेनजी आन्दोलनमा क्षतिग्रस्त तीन ठूला पार्टीका कार्यालय कसरी आए पुनः सञ्चालनमा ?

काठमाडौं । भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यलयहरु आन्दोलनकारीको मुख्य निशानामा परे । आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यलयमा तोडफोड तथा आगजना गरे । आगजानीमा पार्टीका कार्यालयमा भएका कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिए ।

आगजानीले भवन जीर्ण बनेका छन् । हाल क्षतिग्रस्त पार्टी कार्यलयमा राजनीतिक दलहरुले सरसफाई गरेर आफ्ना नियमित कामहरु गर्न थालेका छन् । नेकपा एमाले र माओवादी केन्द्रले पार्टीको पुनर्निर्माणको काम समेत थालनी गरिसकेको छ । राजनीतिक दलहरुले हाल भवन सुरक्षा तथा इन्जिनियरिङ मूल्याङ्कन, डिजिटल र प्रशासनिक डाटाको पुनःसंरचना, आकस्मिक रूपमा उपलब्ध स्रोतबाट कार्यलय सञ्चालन निरन्तर राख्ने, स्थायी पुनर्निर्माणका लागि योजना र स्रोत व्यवस्थापनका कार्यलाई प्राथामिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन् ।

नेकपा एमालेका केन्द्रिय कार्यालय सचिव डा. भीष्म अधिकारीकाअनुसार पार्टी कार्यालयमा रहेको सबै भौतिक सामान र पार्टीका दस्तावेज आगोले नष्ट भएका छन् । उनले करिव १० करोड बराबरको सामाग्री र भवनको क्षति भएको बताए । उनले कार्यालय सञ्चालनको लागि आवश्यक कम्प्युटर तथा अन्य आवश्यक सामग्री खरिदको लागि प्रवासमा रहेको पार्टीका सदस्यहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले हाल अस्थायी टेन्ट हालेर पार्टीको नियमित कार्य सञ्चालन गरेको बताए । भवन पुनर्निर्माणको लागि क्षतिग्रस्त भवनको इन्जिनियरिङ जाँच भइसकेको उनले जानकारी दिए । उनकाअनुसार ६ वटा कोठाहरु पूर्णरुपमा नोक्सान भएका छन् । यसलाई कम खर्चमा एक महिनाभित्र पुनर्निर्माणको काम सक्नेगरी काम अगाडि बढाइएको कार्यलय सचिव डा. अधिकारीले जानकारी दिए ।

उनले भने, ‘हामीले पुनर्निर्माणको लागि सबैभन्दा पहिला भवनलाई इन्जिनियर साथीहरुबाट भवनको परीक्षण गरायौँ । भवनको परीक्षण गराईसके पछाडि हाम्रा ६ वटा कोठाहरु आगजानीका कारणले पुरै ड्यामेज भएको स्थिति छ । त्यसलाई आगजानीको कारणले ड्यामेज भएको भवन निर्माणको लागि उहाँहरुले विशेष किसिमको तरिका अपनाइरहनु भएको छ । अरु आगलागीबाट भएका क्षतिको बारेमा हामीले भवनलाई पुननिर्माण गरेर अगाडि बढाउन लागिरहेका छौँ । काम शुरु भईसकेको छ ।’
उनले हालै पार्टीको सहयोगी दाताहरुको सहयोगमा पार्टी प्यालेसमा केन्द्रिय समितिको बैठक सम्पन्न गरेको जानकारी दिए । उनले पार्टीको महाधिवेशन आउन लागेकाले अस्थायी रुपमा कार्यलयमा टेन्ट हालेर संगठनको काम थालिएको बताए । उनकाअनुसार एमालेको महाधिबेशन आउन ७ हप्ता मात्रै बाँकी छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय कार्यालय मुख्यसचिव गणेशमान पुनले कार्यालय क्षतिपश्चात सरसफाई गरेर कार्यालय पुनः सञ्चालनमा ल्याइएको बताए । उनले हाल झ्याल–ढोका परिवर्तन गर्ने, रंगरोगन गर्ने लगायतका कामहरु भईरहेको जानकारी दिए । निर्माणाधीन भवनबाट नै पार्टीको पदाधिकारी तथा स्थायी समिति बैठकहरु सञ्चालन गरिरहेको उनको भनाई छ । उनकाअनुसार जनवर्गीय संगठनहरुको सहयोग र केन्द्रिय कार्यलयको संयोजनमा मर्मत कार्य भइरहेको छ । उनले पार्टीका डिजिटल डाटा, सदस्यता प्रणाली, वेवसाईट तथा मोबाइल एपलाई अपग्रेड गर्ने कार्यहरु एउटा कोठाबाट भइरहेको जानकारी दिए ।

उनले भने, ‘कार्यलयलाई हामीले अभियानकै रुपमा रंगरोगन गर्ने, जहाँ जहाँ जलेको छ, त्यहाँ बनाउने । यहाँ हामी जहाँ बसेका छौँ, यो सबै जलेको ठाउँ हो । यसलाई हामीले झ्याल ढोका चेन्ज गरेर, रंगरोगन गरेर अब यो निर्माणाधीन नै छ । यसमा केही कोठाहरु, रिसेप्सन लगायत बन्दैछ । मिटिङ हललाई पनि हामीले यहीँबाट सञ्चालन गरेका छौँ ।’

मुख्यसचिव पुनले आगजानी तथा तोडफोठबाट ५ करोड रुपैयाँ बराबरको क्षति भएको बताए । उनले क्षतिग्रस्त भवनलाई रेट्रोफिट डिजाइनमार्फत नयाँ ढङ्गले पुनर्निर्माण गर्ने जानकारी दिए । उनले कार्यालयको सबैभन्दा तल्लो तला, आवास क्षेत्र, ग्राउण्ड फ्लोर र पहिलो तला निकै क्षति भएको जानकारी दिए । रेट्रोफेटको डिजाईनको काम इन्जिनियर टोलीले गरिरहेकोले छिट्टै पुनर्निर्माण सम्पन्न गर्ने उनले बताए । उनले भने, ‘कार्यालयको सबभन्दा तल्लो तला, आवास एरिया, ग्राउण्ड फ्लोर, पहिलो तला निकै क्षति भएको छ । रेट्रोफेटको डिजाईन हाम्रो इन्जिनियर टोलीले गरिरहेको छ । यसलाई हामीले पुनर्निर्माण गर्दै यो कार्यलयलाई नयाँ ढंगले कसरी लान सकिन्छ, कसरी बनाउन सकिन्छ भन्ने बारेमा अबको पार्टीको सचिवालयको बैठकबाट निर्णय गरेर त्यसलाई हामी अझै अगाडी बढाउँछौँ ।’

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले कार्यलयमा भएका सबै समान लुटपाट भएको बताए । उनकाअनुसार दुई कोठामा तोडफोड र आगो लगाइएको छ भने ल्यापटप, कम्प्युटर, कुर्सी–पंखा सबै लुटिएको छ । पार्टीका आवश्यक कागजातहरु जलेर नष्ट भएका छन् । उनले प्रारम्भिक मूल्याङ्कन गर्दा करिव १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताए । उनले हाल सहयोगी दाताहरुसँग चन्दा संकलन गरी कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिए ।

उनले भने, ‘हामी अहिले पार्टीलाई जेनतेन यसो भएका पुराना समानहरु जोडजाड गरेर, साथीभाइसँग भएका सामानहरु जोडजाड गरेर चलाइरहेका छौँ, अहिले हामीले यसलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ । मर्मतसम्भार शुरु भएको छैन । अहिले हामीले भएका चीजलाई जोडेर मात्रै चलाईरहेका छौँ । अब यो सबै समाल्न र हाम्रो क्षति नै हेर्दा अस्ती सामान्य मूल्याङ्कन गदौखेरी झण्डै एक करोड २५ लाख बराबरको सामान लुटेर लगेको र क्षति भएको देखिन्छ ।’ उनले कार्यालय भाडाको घरमा रहेकोले घरको मर्मत सम्भार गर्ने जिम्मेवारी पनि पार्टीको नै रहेको बताए । एकीकृत समाजवादी पार्टी राजावादीहरुको आन्दोलनका क्रममा पनि क्षति भएको थियो । राजावादीको आन्दोलनका क्रममा क्षति भएको घर मर्मत गर्न २४ लाख रुपैयाँ

लागेको उनले जानकारी दिए । हाल त्यो भन्दा बढी क्षति भएकोले मर्मत लागत बढ्ने उनको भनाई छ । राजनीतिक दलहरुले आफ्ना पार्टी कार्यालयहरुको पुनर्निर्माण आफै गर्न थालेका छन् । नेकपा एकीकृत समाजवादीका उपमहासचिव भट्टराई पुनर्निर्माणको काम क्षति विवरण संकलन गरेर सरकारले गर्नुपर्ने भए पनि हालसम्म त्यसो हुन नसकेको बताए । सहयोगी तथा दाताहरुसँग चन्दा संकलन गरेर दलहरुले कार्यालय पुनर्निर्माण तथा सञ्चालन थालेका छन् । – न्युज एजेन्सी नेपाल

विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि दियो निवेदन

काठमाडौं । । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। नेताहरूले ‘कम्युनिष्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन्। दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कर्णजित बुढा लगायतका नेताहरू पुगेका हुन्।

दल दर्ता गरेसँगै विप्लव नेतृत्वको नेकपा पनि अब चुनावमा जाने भएको छ। देश र जनताको चाहना र अहिलेको वस्तुस्थितिलाई बुझेर आफूहरूले आयोगमा आएर दल दर्ताको लागि निवेदन दिएको प्रवक्ता प्रकाण्डले बताएका छन्।

 

बीपी राजमार्गबाट कार खस्दा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

सिन्धुली । सुनशोसी गाउँपालिका–६, चैनपुरस्थित बीपी राजमार्गमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मोरङ, विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गर्दा आज (मंगलबार) बिहान करिब ११ः १५ बजे सडकबाट करिब ४२ फिट तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अर्जेललाई उपचारका क्रममा १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन् । सुनिताको दाहिने हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने निशान्तको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाइएको छ । दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक रामकाजी कार्की र सहायक प्रहरी निरीक्षक धर्मराज फुयालको कमाण्डमा संयुक्त प्रहरी टोली खटिएको थियो । प्रहरीले घाइतेको तत्काल उद्धार गरी नजिकैको आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा पुर्‍याएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।

दल दर्ताका लागि नेकपा विप्लवका नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

नेपाली सेनाबाट बर्खास्त शाही जेनजी आन्दोलनमा तोडफोड र आगजनीको ‘नाइके’

काठमाडौं । गत भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न एक जना व्यक्ति नेपाली सेनाबाट बर्खास्तीमा परेको खुलेको छ । काठमाडौं प्रहरीले बानेश्वरको ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा तोडफोड गर्ने एक जनालाई सोमबार पक्राउ गरेको छ । त्यसमा संलग्न एक जना पूर्व सैनिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका घर भई टोखाको धापासी बस्ने २७ वर्षीय भुवन शाही रहेको उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनीबाट एउटा मोटरसाइकल, कलेजको ट्रफी कप, गणेशको मूर्ति, डिएसएलआर क्यामरा बरामद भएको छ । शाही २०७४ सालमा नेपाली सेनामा भर्ना भएका थिए । उनले नक्कली चालक अनुमति पत्र पेस गरी सेवामा प्रवेश गरेको खुलेपछि नेपाली सेनाले २०७५ सालमा बर्खास्त गरेको थियो ।

यसपालि भएको क्रान्ति होइन, अराजकता र भाँडभैलो हो : ज्योति मगर

काठमाडौं । गायिका ज्योति मगरले पछिल्लो समय नेपालमा क्रान्तिको नाममा अराजकता र भाँडभैलो मच्चिएको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आज जे भइरहेको छ, यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो ।’ नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको हकहितका लागि नै भएको पनि उनले बताएकी छन् । तर, परिवर्तनपछि नेताहरूले जनताको अपेक्षा पूरा नगरेको ज्योतिको भनाइ छ ।

उनले जेन–जी आन्दोलनपछिको परिस्थितिलाई ‘केटाकेटी आए गुलेली खेलाए मट्यांग्राको नास’ समेत भनेकी छन् । अन्तिममा भनेकी छन्, ‘ल अब गाली बर्साउनुस् देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरू ।’ गायिका मगरले केहि दिनअघि मात्र वर्तमान सरकारको मन्त्री नियुक्ति प्रक्रियाप्रति व्यङ्ग्य गरेकी थिइन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूले सहजै मन्त्री पद पाइरहेको भन्दै कटाक्ष गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘पहिले : एउटा साबुन किन्नुहोस्, सलाई सित्तैमा पाउनुहोस् । अहिले : केपी ओलीलाई गाली गर्नुहोस्, मन्त्री सित्तैमा बन्नुहोस् ।’

उनैको यो पोस्टमा एक प्रयोगकर्ताले अब केपी ओलीको सत्ता फर्केको दिन, ज्योतिलाई संस्कृति मन्त्री पक्का ! भनी प्रतिक्रिया दिएका थिए । उक्त कमेन्टको जवाफमा मगरले चाणक्य नीतिको उदाहरण दिँदै आफूलाई अबोध र अन्जान नागरिक भएको बताएकी थिइन् । उनले जवाफमा लेखेकी छिन्, ‘चाणक्य नीति भन्छ, सबैले एउटै नेतामाथि प्रहार गर्छन् भने बुझ्नुहोस्, त्यो शासक सत्यको बाटोमा छ । म बिचरा अबोध, अन्जान नागरिक, जे देख्छु त्यही बोल्छु ।’ उनले आफूलाई संस्कृति मन्त्री नचाहिने तर दर्शक तथा शुभचिन्तकको ‘दिलको मन्त्री’ बनाइ दिए पुग्ने भन्दै रमाइलो जवाफ फर्काएकी छिन् ।

फसे अन्नपूर्ण पदयात्री, उद्धारका लागि टोली परिचालन

काठमाडौँ । मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा गए रातिदेखि भारी मात्रामा हिमपात भइरहेको छ ।

अत्यधिक मात्रामा पर्यटकको आगमन भइरहेको र सञ्चारको पहुँच नभएकाले पर्यटक बिरामी पर्ने तथा अलपत्र पर्ने जोखिम भएकाले गाउँपालिकासँगको समन्वयमा पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिएका छन् ।

उनकाअनुसार हिमाली उद्धारकर्मीका रुपमा परिचित इन्द्रसिंह शेरचन समेत सहभागी उक्त टोली नारच्याङ भएर हुमखोला हुँदै आधार शिविर क्षेत्रमा प्रस्थान गरेको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएका कारण पर्यटक भारी हिमपातका कारण समस्यामा पर्नसक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा रोक लगाइएको हो ।

सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उद्धार टोलीका एक सदस्य शेरचनले विभिन्न स्थानमा मानिसहरु फसिरकेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु परिचालित भएको बताए । अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसम बुलेटिनअनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले उक्त अवधिमा अन्नपूर्ण आधार शिविर जान पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गाउँपालिकाले समेत सूचना जारी गरेर मौसम खराबीका कारण हिमपात भएका अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।

ओली–लेखकसहित पाँच जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी (पासपोर्ट) रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रेमराज सिलवालले आज (मंगलबार) रिट दायर गरेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली, लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेको थियो ।

मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन् । उक्त निर्णय गैरकानुनी भएको, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको भन्दै रिट दायर भएको छ । रिटमा उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेश माग गरिएको छ । यो रिट सर्वोच्च प्रशासनले अध्ययनकै क्रममा रहेको बताएको छ ।

नेपाल एकीकरण इतिहासको जीवन्त साक्षी नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय (फोटो फिचर)

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई तिब्र बनाउन बनाएको ऐतिहासिक नुवाकोट दरबार ९साततले दरबार० को पुनर्निर्माण कार्य अझै जारी छ ।

२०७२ को विनाशकारी भूकम्पले आधिक क्षति पु¥याएको यो सम्पदाको पुनस्र्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ ।

नुवाकोट दरबारलाई साततले दरबार पनि भनिन्छ । काठमाडौंबाट करिव ७५ किलोमिटर उत्तर–पश्चिममा अवस्थित यो दरबार वि.सं. १८१९ मा पृथ्वीनारायण शाहले ललितपुरका कालिगढहरूलाई लगाएर निर्माण गरेका थिए ।

मल्ल शैलीको वास्तुकलामा बनेको यो दरबार नौतले संरचना थियो । जसलाई नब्बे सालको भूकम्पले सात तले बनाइदियो । भूकम्पपछि दरबारको मुख्य भवनका साथै रङ्गमहल, गरढघर, तलेजु भवानी मन्दिर, सेतोपाटी, लाम्पाटी र विष्णु मन्दिर जस्ता संरचनाहरू ध्वस्त भएका थिए ।

पर्यटकहरूलाई प्रवेशमा प्रतिवन्ध लगाइएको थियो । स्थानीयहरूले वर्षौंसम्म यसको संरक्षणको माग गर्दै आएका थिए । चीन सरकारको सहयोगमा नुवाकोट दरबार संरक्षण कार्यालयले पहिलो चरणमा दरबारको मुख्य द्वारबाट नै काम शुरु गरेको छ । अहिले काम धमाधम भएपनि सम्पन्न भइसकेको छैन ।

चिनियाँ प्राविधिक टोलीले स्काफोल्डिङ राखेर निर्माण सामग्री भण्डारणका लागि दुईवटा झुपडी बनाएका छन् । दरबारको मौलिकता कायम राख्दै गरढघर र रङ्गमहलको पुनर्निर्माण प्राथमिकतामा छ । यसपछि तलेजु मन्दिर, सेतोपाटी र विष्णु मन्दिरहरूको पालना हुनेछ ।

पुनर्निर्माण सम्पन्न भएपछि यो क्षेत्रलाई पर्यटकीय हब बनाउन सकिन्छ । नुवाकोट दरबार नेपालको एकीकरण इतिहासको जीवन्त साक्षी हो ।

यसको पुनस्र्थापनाले सांस्कृतिक धरोहर मात्र होइन पर्यटन अर्थतन्त्रलाई पनि बलियो बनाउनेछ । स्थानीय, सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा यो कार्य छिट्टै सम्पन्न होस् भन्ने अपेक्षा सबैको छ ।

संगीत बमको १० सेकेण्डको अनौठो पत्रकार सम्मेलन

काठमाडौं । नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो । पत्रकार सम्मेलन गर्न लागेका बमले ‘द गेम अफ लुसिफर’ भन्दै सांकेतिक विरोध स्वरुप पत्रकार सम्मेलन गरे । आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर दुई औंला ठड्याए र बाँकी औँला खुम्च्याएर विरोध जनाए ।

समाचार बनाउन उनले पत्रकारहरुलाई जिम्मा दिए । यसमा कुनै प्रतिक्रिया दिएनन् । पत्रकार सम्मेलन त्यत्तिकै सकियो । फोटोमा देखिए जस्तै सेतो परम्परागत पोशाकमा सजिएका संगीत बम दाहिने हातमा भि साइन (भिक्ट्री वा शान्ति चिन्ह) देखाउँदै मञ्चमा उभिएका थिए । यो इशारा र सम्मेलनको समग्र शैलीले पनि नेपालको वर्तमान राजनीतिको विद्रोही स्वरलाई प्रतिविम्वित गर्दछ ।

युवा प्रदर्शनहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा निम्त्याएपछि संगीत बमले भि साइनलाई लडाईंको पहिलो जितको प्रतिकका रुपमा चिन्हित गरेका छन् । भि भनेको भिक्ट्री होइन यो युवा शक्तिको आवाज हो । जसले पुरानो व्यवस्थालाई धुलोमा मिलाउने उनको संकेत रहेको बुझ्न सकिन्छ । बालेन्द्र साहको नेतृत्वमा युवा गठबन्धनलाई समर्थन गर्दै उनले अन्तरिम सरकारको आलोचना गरेका छन् । केहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लुसिफरको संज्ञा दिँदै आएका छन् । यो उनको युवा विद्रोहको प्रतिक हो । भि साइनले शान्तिपूर्ण विजयको संकेत गर्दछ । –न्युज एजेन्सी नेपाल

 

 

 

एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएन) ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ । जेन–जी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलार एक कार्यक्रमका बीच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौंको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको थियो । विपदमा परेका बेला मात्तृभूमिलाई सहयोग गर्नुपर्ने दायित्व अन्तर्गत सो कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनआरएनएका उपाध्यक्ष श्रेष्ठले बताए । उनले सो रुम दीर्घकालसम्म सञ्चालनमा आउने गरी पुनर्निर्माणको काम गरिएको पनि उनले जानकारी दिए ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘यस कन्ट्रोल रुममा केवल सुधारको पक्ष मात्रै होइन, सस्टेनविलीटी, अपरेटरको सहजतालाई ध्यानमा राखेका निर्माण गरेका छौं । यस परियोजनामा जडित भएका सबै उपकरणहरु दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको छ । विश्वका विकसित सहरहरुको ट्राफिक व्यवस्थापनले धेरै कुरा सिकाएको छ । सिंगापुर, दुबई, लण्डन जस्ता शहरहरुमा स्मार्ट टाफ्रिक प्रहरी म्यानेजमेन्ट सिष्टम लागू भइसकेको छ । नेपालमा पनि त्यो सिष्टम लागुपर्ने छ ।’ कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सो रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिदिएकोमा गैरआवासीय नेपाली संघप्रति आभार व्यक्त गरे । उनले मातृभूमिप्रतिको मायाको रुपमा सो काम भएको समेत उल्लेख गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने, ‘म गैरआवासीय नेपाली संघलाई यो काम सम्पन्न गरिदिनु भएकोमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । यो मुलुक बाहिर भन्दा मुलुकको अझ धेरै चासो र चिन्ता गर्नुभएको छ । मुलुक छोडेपछि मुलुकको चिन्ता र चासो अझ बढी हुन्छ। यही भावका साथ यो मातृभूमिप्रतिको उहाँहरुको माया प्रदर्शन भएको रुपमा यो कार्यलाई लिएका छौ । यसका लागि फेरि पनि संवद्ध सबै पक्षलाई धेरै धन्यवाद ।’ सो कन्ट्रोल रुमबाट काठमाडाैं, ललितपुर र भक्तपुर काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको ट्राफिक व्यवस्थापनको काम हुने गर्दछ । त्यसको पुनर्निर्माण कार्यले ट्राफिक व्यवस्थापनको काममा धेरै ठूलो सहजता प्राप्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

विप्लव दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएका छन् । दल दर्ताका लागि महासचिव ‘विप्लव’ को नेतृत्वमा पौने १ बजे आयोगको कार्यालयमा जान लागेको उक्त पार्टी एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

नेकपाले केही समयअघि नै स्थायी समिति कर्णजित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य एवं काठमाडौं सेक्रेटरी चिरञ्जीवि ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल रहने गरी ३ सदस्यीय पार्टी दर्ता गर्न समिति बनाएको थियो । नेकपा नाममा यसअघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले पार्टीको नाम समेत परिवर्तन गर्ने गरी पार्टी दर्ताको तयारी छ ।

मलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरि छन् : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, निवर्तमान सांसद तथा उद्योगी विनोद चौधरीले राजनीति र उद्योग–व्यवसायमा आफूले निर्वाह गरेको भूमिकाको अन्तिम मूल्यांकन इतिहास र जनताले गर्ने बताएका छन् । गत भदौं २४ गतेको जेनजी आन्दोलनमा क्रममा भएको आगजनीबाट क्षतिग्रस्त पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ बेलहानीस्थित आफ्नो निजी निवासको निरीक्षणपछि प्रतिक्रिया दिँदै चौधरीले घटनाप्रति आफ्नो कसैप्रति गुनासो नरहेको स्पष्ट पारेका हुन् ।

भावुक मुद्रामा प्रस्तुत भएका चौधरीले आफूले जीवनभर राष्ट्रको आर्थिक विकास र रूपान्तरणलाई केन्द्रमा राखेर काम गरेको स्मरण गरे । उनले भने, ‘मैले सधैँ आर्थिक विकासलाई राज्यको केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने कुराको वकालत गरेँ । सुरुमा व्यावसायिक मञ्चहरूबाट र पछि नीति निर्माण र कार्यान्वयनको तहमा नबसीकन केही नहुने रहेछ भन्ने मान्यताका साथ राजनीतिमा प्रवेश गरेको हुँ ।’

चौधरीले देशमा युवापुस्ता (जेनजी) माझ बढ्दो निराशा र पलायनप्रति गहिरो चिन्ता व्यक्त गरे । ‘दैनिक २५ सय बढी नेपाली युवाहरू देश बाहिरिइरहेका छन् । एक करोड बढी नेपाली देशमै बस्न नसक्ने स्थिति सिर्जना भएको छ,’ उनले भने, ‘युवाको मनमा भोलि यो नेपाल बन्छ भन्ने आशा पटक्कै छैन । यो हतोत्साहित मनस्थितितर्फ हामी सबै जिम्मेवार व्यक्तिहरूको ध्यान जानुपर्छ ।’

२०७९ सालको निर्वाचनमा नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको स्मरण गर्दै उनले भने, ‘४५ दिनको छोटो अन्तरालमा म यो क्षेत्रमा आएर एकसेएक महारथीहरूसँग निर्वाचन लडेँ । मलाई लाग्छ, त्यो बेला पनि यो मान्छेले विकासको बाटोमा केही गर्छ भन्ने भावनाले नै यहाँका जनताले मलाई जिताउने काम गर्नुभयो ।’ आफ्नो राजनीतिक यात्रा नाम वा दामका लागि नभएको प्रस्ट पार्दै चौधरीले भने, ‘एउटा सम्पन्न नेपाल नेपालीले हेर्न पाउनु पर्छ, त्यो नेपालीको न्यूनतम अधिकार हो । एउटा युवाले स्वाभिमानी भएर विश्वमा टाउको उठाएर हिँड्न पाउनु पर्छ र त्यो गर्ने जिम्मेवारी हाम्रो हो ।’

उनले परिवर्तनका लागि आफ्नो प्राणको आहुति दिने युवाहरूको आत्माको चीरशान्तिको कामना समेत गरे । आफ्नो क्षतिग्रस्त घरअगाडि उभिएर उनले भने, ‘जेन–जीको भावनालाई कदर गर्नुपर्छ र त्यसलाई बिथोल्न खोज्नेहरूलाई पाखा लगाउनुपर्छ । यदि नेपालमा नयाँ परिवर्तन आयो भने मभन्दा ठूलो सन्तुष्ट व्यक्ति कोही हुने छैन । यो कुरा म मेरो जलेको घर अगाडि उभिएर भनिरहेको छु ।’

वीरगञ्जको घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न (तस्बिरहरू)

वीरगञ्ज। वीरगञ्जस्थित ऐतिहासिक घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरूले  बिहानैदेखि पोखरीमा उभिएर उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न गरिएको हो ।

हरेक वर्ष कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखोनितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।

मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।

त्यस्तै, षष्ठी तिथिको दिन अर्थात सोमबार सन्ध्याकालीन र आज मङ्गलबार प्रभातकालीन सूर्यको अर्घ्य दिएपछि चार दिनसम्म मनाइने  छठ पर्व विधिवत् रूपमा समापन गरिएको हो ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।

 

पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं। पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मौसममा परेको छ ।  देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ ।

काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र हल्का पानी परेको छ ।

बंगालको खाडीमा शक्तिशाली ‘मोन्था’ चक्रवात सक्रिय, कस्तो पर्ला नेपालमा प्रभाव ?

काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामको चक्रवातले आज (मंगलबार) भारतमा शक्तिशाली आँधी सिर्जना गर्ने भारतीय मौसम विभागले जनाएको छ । मोन्था हाल बंगालको खाडीमा सक्रिय रहेको भारतीय मौसम विभागले जनाएको छ । यो चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएको छ ।

जसका लागि आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ । भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ ।’ विज्ञप्तिअनुसार, त्यतिबेला हावाको गति ९०–१०० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ ।

यसैबीच मोन्था चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना रहेको यहाँका मौसमविद्ले बताएका छन् । यस विषयमा आज बुलेटिन जारी गर्ने तयारी भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले बताए । ‘मोन्था चक्रवातले खासगरी नेपालको पूर्वी क्षेत्रमा वर्षा र हावाहुरी हुने सम्भावना छ’, उनले भने, ‘यस विषयमा विस्तृत जानकारी दिन हामी बुलेटिन तयार पार्दैछौं । केही समयपछि जारी गर्दैछौं ।’ भारतीय मौसम विभागले चक्रवात ‘मोन्था’ को प्रभावका कारण मंगलबार (आज) देखि बिहीबारसम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार त्यो समयमा हावाको गति ९०–१०० किलोमीटर प्रति घण्टासम्म पुग्न सक्ने छ । मौसम विभागले सोमवार ‘मोन्था’ को प्रभावबाट महाराष्ट्रको विदर्भ क्षेत्रमा २८ देखि ३० अक्टोबारको बीच मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो । ‘मोन्था’ को प्रभाव नेपालमा पनि देखिनेछ । मौसमविद्हरूका अनुसार भारतमा सक्रिय भएको केही दिनमै यो नेपालमा प्रवेश गर्नेछ । बंगालको खाडीमा विकसित भएको यो प्रणाली पूर्वी नेपालमा प्रवेश गर्नेछ । बिहीबार यो पूर्वी नेपालमा सक्रिय हुने पूर्वानुमान छ ।

यसको प्रभाव कोशी प्रदेशका साथै मधेश हुँदै मध्य नेपालसम्म पर्नेछ । चक्रवातलाई ध्यानमा राख्दै भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले आन्ध्र प्रदेश, ओडिसा, तमिलनाडु, पुडुचेरी र अन्डमान र निकोबार टापुका पार्टी एकाइलाई राहत र सहायताका लागि तयार रहन निर्देशन दिएका छन् ।

गोलीले मारिएका ३९ जनामा सबैजसोको कम्मरमाथि प्रहार

काठमाडौं । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ३९ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार मृत्यु भएका अधिकांशलाई कम्मरभन्दा माथिल्लो भागमा गोली लागेको छ ।

काठमाडौं उपत्यकामा गोली लागेर ३५ जना मारिएकामा १९ जनाको छातीमा, १० जनाको टाउकामा, ४ जनाको पेटमा र २ जनाको घाँटीमा गोली लागेको भेटिएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, ‘सबैजसो मृतकको कम्मरमाथि गोली लागेको भेटियो । त्यसमा पनि धेरैको छातीमा गोली लागेको छ, टाउकोमा पनि गोली लागेको छ । एक जनालाई तीन वटा रबर बुलेट लागेको देखिन्छ, अरू सबैको शरीरमा मेटल बुलेट लागेको देखिन्छ ।’

उनले मारिएका सबैलाई ‘हाई भेलोसिटी’ (राइफललगायत घातक) हतियारबाट गोली लागेको पाइएको बताएका छन् । २३ र २४ भदौको प्रदर्शनमा ४१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना प्रहरी पनि मारिएका थिए । प्रहरीको मृत्यु प्रदर्शनकारीको कुटपिटबाट भएको थियो भने कैदीबन्दी भाग्ने क्रममा प्रहरी र सेनाले चलाएको गोली लागेर मारिएका थिए । १० कैदीबन्दीमध्ये चार जनालाई सेना र ६ जनालाई प्रहरीको गोली लागेको थियो ।

दोस्रो दिन मारिएका ४१ प्रदर्शनकारीमध्ये १७ जनालाई गोली लागेको थियो, अरू २४ जना आगजनीसहितका घटनामा परेर मारिएका थिए । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा मात्र सात जनाको शव जलेको अवस्थामा भेटिएका थिए । सुनसरी र मोरङको भाटभटेनीमा पनि पाँच जनाको शव त्यही अवस्थामा फेला परेका थिए । तर डेढ महिनासम्म पनि यी मृतकहरूको पहिचान खुल्न सकेको छैन । चुच्चेपाटीमा भेटिएका कंकालहरू त्रिवि शिक्षण अस्पतालमा प्लास्टिकका पोकामा राखिएको छ भने डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल प्रहरीमा पर्याप्त तालिमको अभाव र सेवा विशिष्टीकरण नहुँदा बारम्बार एउटै गल्ती दोहोरिने गरेको बताउँछन् । उनले प्रहरीले अझै पनि युद्धमा प्रयोग गर्ने हतियार भीड नियन्त्रणमा चलाइरहेको भन्दै गैरघातक हतियारको अभावमाथि जोड दिए । स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति कायम गर्न नसकिने परिस्थितिमा अन्तिम विकल्पका रूपमा मात्र सुरक्षाकर्मीले गोली हान्न मिल्ने र त्यो पनि घुँडामुनि लाग्ने गरी गोली चलाउन आदेश दिन सकिने परिकल्पना गरेको छ । तर जेन–जी आन्दोलनमा भने घातक हतियारबाट कम्मरभन्दा माथि गोली चलाउँदा यति ठूलो मानवीय क्षति भएको छ । प्रहरीको रिपोर्टअनुसार, देशभर दुई दिनमा १३ हजार १८२ पटक फायरिङ गरिएको थियो, जसमध्ये २ हजार ६ सय ४२ ‘लाइभ एम्युनिसन’ अर्थात् धातुका गोली प्रहार भएका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगले यस घटनालाई गम्भीर रूपमा लिई सदस्य लिली थापाको नेतृत्वमा छानबिन गरिरहेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रारम्भिक अनुसन्धान सकेर बयान लिने काम भइरहेको र मानवअधिकारका दृष्टिले पहिलो दिनको गोली प्रहारका घटना बढी गम्भीर रहेकाले त्यसलाई प्राथमिकता दिएर अनुसन्धान भइरहेको जानकारी दिए । आयोगको प्रतिवेदन ढिला हुँदा त्यसको औचित्य कम हुने भएकाले सकेसम्म छिटो ल्याउनु पर्छ भनेर काम भइरहेको पोखरेलको भनाई छ ।

गगन थापाले आपराधिक जत्थाको विरोध गर्न नसकेको शंकर पोखरेलको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनमा भएको विध्वंसमा संलग्न आपराधिक जत्थाको बिरोध गर्न नसकेको भन्दै कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गरेका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस महामन्त्री थापालाई लक्षित गर्दै लेखेका छन्, ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ।’

महामन्त्री थापाले केही दिन अघि एक अन्तर्वार्तामा आफ्नो घर एमालेका कार्यकर्ता र त्यसमा पनि अध्यक्ष केपी ओलीसम्म पहुँच भएकाले आफ्नो घर लुटपाट र आगजनी गरेको दाबी गरेका थिए । थापाको उक्त दाबीपछि महासचिव पोखरेलले थापाले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसकेर एमालेलेलाई दोषारोपण गर्न खोजे भन्दै रोष प्रकट गरेका हुन् ।

कांग्रेस महामन्त्री थापाले जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध सार्वजनिक रूपमा अझै गरेका छैनन् । महासचिव पोखरेलले राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जोकोही भए पनि सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जोकोही भए पनि सबैलाई कारबाही गरौँ । देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ ।’

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । एघारौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक यही कात्तिक १५ गते बस्ने पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने उनले जानकारी दिए । गत असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७–२९ मा गर्ने निर्णय गरिसकेको छ ।

सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिबारे निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ ।

बैठकमा महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल हुनेछ । पार्टीको गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् । भदौ २४ गतेको विध्वंसमा च्यासलस्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यलय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा.अधिकारीले जानकारी दिए ।

सिंगापुरमा देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर पुगेका छन् । उपचारका लागि भन्दै सोमबार राति काठमाडौँबाट सिंगापुर प्रस्थान गरेका उनीहरू त्यहाँको विमानस्थलमा देखिएका छन् । देउवा दम्पती सिंगापुरको विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका छन् ।

जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते देउवा दम्पती काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए । त्यतिबेला आरजु परराष्ट्रमन्त्री थिइन् । सांघातिक आक्रमणबाट कांग्रेस सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने आरजु पनि घाइते भएकी थिइन् ।

त्यसबेला नेपाली सेनाले उद्धार गरी लगिएका उनीहरू उपचारपछि पहिलोपटक असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए । त्यस दिन सभापतिको कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ ।

गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश जटिल अवस्थामा रहेको भन्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत साझा आन्दोलनमार्फत अघि बढ्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ । यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी सक्तीहरूबिच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ ।’

राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रचण्डले भनेका छन्, ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झन्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु । साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु ।’

 

जेनजी आन्दोलनको सरकार : प्रतिबद्धता हावामा, ‘स्टन्टबाजी’ मा मन्त्री–प्रधानमन्त्री

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरु यतिबेला काम भन्दा भेटघाटमै व्यस्त छन् । प्रधानमन्त्री बन्नुभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्न २४ घण्टाको समय लाग्दैन भन्ने सुशीला कार्की प्रधानमन्त्री बनेको डेढ महिनासम्म नियमित काममै अल्झिएकी छिन् ।

जेनजीका मागहरु सम्बोधन गर्ने भन्दै अन्तरिम सरकारको नेतृत्व सम्हालिरहेकी कार्कीले सरकार गठन हुँदा जेनजीका मागहरु सम्बोधन गर्ने पहिलो दिनमै प्रतिबद्धता जनाएकी थिइन् । तर उनले जनाएका प्रतिबद्धताहरु अहिलेकै नेपालको संविधानभित्रबाट पुरा हुन्छन् त ?

यसअघिका आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारले के राज्यको तर्फबाट सबै सहयोग पाएका छन् ? आन्दोलनमा ज्यान गुमाउनेहरु सबैलाई शहीद घोषणा गरिएको छ ? के यो जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरु सबैलाई शहीद घोषणा गर्न सकिन्छ ? के यो संविधानले प्रधानमन्त्री कार्कीले दिएका प्रतिबद्धताहरुलाई पुरा गर्न मार्ग प्रशस्त गर्छ ? यो सबै भन्दा गम्भिर प्रश्न बनेको छ ।

यस्ता विविध विषयकाबीच प्रधानमन्त्ती कार्कीले सरकार गठन भएको ४६ दिन बितिसक्दा पनि मन्त्री परिषदलाई पूर्णता दिइसकेकी छैनन् । तीन पटक गरेर उनले मन्त्रिपरिषद विस्तार गरे पनि मन्त्रीका लागि सिफारिस भएका केहि व्यक्तिहरु विवादित देखिएपछि उनको दूरदृष्टिमा समेत प्रश्न उठ्न थालेको छ । जेनजी आन्दोलनको रापतापबाट भदौं २७ गते उनी अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । त्यस दिन उनीसँगै चार मन्त्रीले पनि नियुक्ति पाउने र शपथ ग्रहण हुने बताइएको थियो । तर त्यो पुरा भएन । उनी एक्लैले शपथ ग्रहण गरिन् र सबै मन्त्रालय आफ्नै मातहतमा राखिन् ।

त्यसपछि प्रधानमन्त्ती कार्कीले कातिक ९ गतेसम्म आईपुग्दा आफूसहित १० जनाको मन्त्रिपरिषद विस्तार गरेकी छन् तर उनको मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन । यसबीच नियुक्त गरिएका मन्त्रीहरु काम भन्दा पनि जेनजी आन्दोलनका घाइतेहरु भेट्न अस्पताल–अस्पताल धाएका मात्रै देखिन्छन् ।

जेनजीका मागहरु सम्बोधन गर्नमा भन्दा पनि ‘स्टन्टबाजी’ गरिरहेका देखिन्छन् । मन्त्रालयमा घाइतेहरु भेट्न आउँदा गेटबाट प्रहरी लगाएर प्रवेश निषेध जस्तो गरिरहेका छन् । तर उनै मन्त्रीहरु अस्पतालमा भने घाइते भेट्न भन्दै गएका तस्वीरहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्छन् ।

मन्त्रीहरु फरक अस्पतालमा जेनजी आन्दोलनका घाइतेहरु भेट्दै जाने क्रममा फरक–फरक प्रतिबद्धता जनाउँदै गईरहेका छन् । के उनीहरुले घाइतेसँग गरेका प्रतिबद्धता पुरा हुन सक्छन् त ? यदि ती बाचा पुरा नभए यो त घाइते र ज्यान गुमाउने युवाहरुको परिवारप्रति धोका हुँदैन र ? चुनाव गराउनका लागि गठन भएको सरकारका मन्त्रीहरुले पुरा गर्नै नसक्ने प्रतिबद्धता जनाउँदै जाँदा फेरि निरासाको अवस्था सिर्जना नहोला भन्न सकिन्नँ । ६ महिनाभित्र चुनाव गराउन गठन भएको सरकार यतिबेला दलहरुसँग सघन छलफलमा व्यस्त हुनुपर्ने हो । तर उल्टै दलहरुमाथि नै आरोप प्रत्यारोप लगाउन व्यस्त देखिन्छ । जेनजी आन्दोलनका क्रममा जेलबाट फारार भएका कैदीबन्दी लुटिएका हातहतियारको विषयमा उतिसारो गम्भिर नभएको देखिन्छ ।

गृहमन्त्री ओमप्रकाश अर्याल उल्टै लुटिएका हातहतियार दलहरुले चुनावमा प्रयोग गर्दैनौं भन्ने प्रतिवद्धता गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । यो अवस्थामा सरकारले फागुनको २१ गते चुनाव गराउँला कसरी गराउँला भन्ने प्रश्न र आंशका पैदा गरेको छ । जेनजीका मुख्य मुद्दालाई नै छोडेर अहिले यो सरकार उल्टै जेनजी युवाहरुमाथि धरपकडमा समेत देखिन्छ । आफ्ना माग लिएर सिंहदरबार पुग्दा गेटबाट पक्राउ गर्ने जस्ता गतिविधिबाट जेनजी युवा सरकारविरुद्ध असन्तुष्ट हुन थालेका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीहरुको रुखो बोली र व्यवहारले जेनजी युवाहरु नै फेरि यहि सरकारविरुद्ध उत्रिन समय नलाग्ने अवस्थासम्म देखिन थालेको छ ।

 

 

साम्बा चम्कँदा नेपालसँग भारत पराजित

काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ ।

शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिषमा श्रीरभोइकारले गोल गरिन् ।

ट्राईनेसन्स कपमा इरानले भारत  र नेपाललाई हराएर यसअघि नै उपाधि जितेपछि यो खेल प्रतिष्ठाको लडाईँको रुपमा रहेको थियो । जहाँ नेपालले भारतलाई उसैको मैदानमा हराउन सफल भयो ।

भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन् । उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन् । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन् ।

पहिलो खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको थियो । त्यसअघि भारत इरानसँग २-० ले पराजित भएको थियो । नेपाली टोली उपाधि जित्ने लक्ष्य लिएर शिलोङ पुगेपनि पहिलो खेलमै पराजित भएपछि सम्भावना सकिएको थियो ।

पछिल्लो समयम महिला फुटबलमा भारत विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारत विरुद्धको नेपालको यो चौथो जित हो । यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारतलाई उसैको मैदानमा नेपालले दोस्रो पटक पराजित गरेको हो ।

यस्तै काठमाडौंसमा सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो । यो जितसहित पछिल्लो पाँच खेलमा नेपालले भारतसँग अपराजित छ ।

भारत विरुद्धको खेलबाट युवा फरवार्ड मिना देउवाले पनि नेपालको सिनियर महिला टिमबाट डेब्यु गरेकी छिन् । नेपाल यू१९ महिला टिमकी फरवार्ड उनले उनले ७६औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमबाट डेब्यु गरेकी हुन् ।

यस्तै मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि महिला टिमको प्रशिक्षकको रुपमा पहिलो जित आत्मसाथ गरेका छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको कमल पोखरी गौरीघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालु महिलाहरूको भिड लागेको छ । सोमबार फलफूल तथा पूजा सामग्रीसहित सूर्यलाई अर्घ्य दिन व्रतालुहरूको भिड लागेको हो ।

देशका विभिन्न स्थानमा सूर्यलाई अर्घ्य दिन व्रतालुहरू नदी तथा तालका छेउमा पुगेका छन्।

मधेशको गाउँगाउँमा मनाइयो छठ

पर्सा । छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका ब्रतालुहरु छठ घाटमा रात बिताउन घाट पुगी सकेका छन् ।
आज अस्ताउँदो सुर्य लाइ अर्घ दिई कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

कसैले धूप हाल्दैमा कांग्रेस फुट्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैले धूप हाल्दैमा नेपाली कांग्रेस नफुट्ने बताएका छन् । आज (सोमबार) सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले पार्टीभित्र भइरहेको छलफललाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै उनले पार्टी विग्रहमा नजाने बताए ।

‘नेपाली कांग्रेस पार्टी सहज छलफल गरेर निष्कर्षमा पुग्छ । नेपाली कांग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप बालेको छ भने विल्कुलै नसोचे हुन्छ,’ उनले भने, ‘मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन । नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले नेपाली कांग्रेसका शुभचिन्तकलाई भन्छु–कांग्रेस एक ढिक्का रहन्छ । बद्लिएको परिस्थिति बमोजिम आफूलाई बदल्छ र समाजलाई बदल्ने गरी अगाडि जान्छ ।’

उनले पार्टीभित्र भइरहेको छलफललाई लिएर नै विभाजनसम्मको विषय जोडेर चर्चा गरिएको बताएका छन् । ‘पार्टीभित्र ठूलो स्वर भयो, यो हुनुपर्छ त्यो हुनुपर्छ भन्ने भइरहेको छ । यो त लोकतन्त्र हो नि, अनि नेपाली कांग्रेस हो नि । जहाँनिर सभापतिले ‘यस’ भन्दा ‘यस’ भनेर गोडाफाट भन्दा ‘यस’ भन्दै उभिने होइन नि त । यहाँ फरक मत आउँछन् फरक विचारहरू आउँछन् । एक भएर अघि बढ्छौं ।’