`

कम्युनिष्टहरु एकतावद्ध हुनुको विकल्प छैन : देव गुरुङ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव देव गुरुङले अहिलेको अवस्थमा कम्युनिष्ट एकताको विकल्प नभएको बताएका छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै महासचिव गुरुङले अहिलेको अवस्थामा कम्युनिष्ट एकता जरुरी रहेको बताएका हुन् ।

यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको बताए । गुरुङले भने, ‘कम्युनिष्टहरू एकताबद्ध हुनुको विकल्प छैन । बामपन्थी एकताको विकल्प छैन । राष्ट्रवादी शक्तिसँग सहकार्य गर्दै अघि बढ्नु पर्छ ।’ एमालेको महाधिवेशनले पनि त्यसका लागि आवश्यक निर्णय गर्नुपर्ने उनले बताएका छन् । अहिलेको अवस्थामा कम्युनिष्ट एकजुट हुनुपर्ने बताउँदै गुरुङले भने, ‘कम्युनिष्टहरूको एकीकरण अनिवार्य छ ।’

मुलुकलाई संवैधानिक बाटोमा फर्काउने उपाय निर्वाचन : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट पार्दै मुलुकलाई संवैधानिक बाटोमा फर्काउने उपाय निर्वाचन नै भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को एघारौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै खड्काले कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठानेको स्मरण गराए । उनले भने, ‘मुलुकलाई संवैधानिक मार्गमा फर्काउने एक मात्र माध्यम निर्वाचन हो ।’

उनले सरकारले निर्वाचनको वातावरण बनाउन सकिनुपर्ने पनि बताए । ‘सरकारका निर्णय, गतिविधिहरू निर्वाचनको वातावरण तयार पार्ने दिशामा अघि बढेका छन् कि छैनन् ?’ उनले प्रश्न गर्दै भने, ‘हामी यसतर्फ गम्भीर छौं र सरकार पनि यसमा गम्भीर हुनुपर्छ ।’ जेनजी आन्दोलनको घटनाबारे गठित आयोगले गरेका निर्णयले पनि निर्वाचनको वातावरण तयार पार्न पर्याप्त योगदान नगरेको खड्काले बताए । ‘नेताहरूका स्थानसम्बन्धी निर्णयहरू र अन्य कार्यहरूले शंका बढाएका छन्। आयोग सतर्क हुनुपर्छ,’ उनले जोड दिए ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू अत्यन्तै अकल्पनीय रहेको उनको भनाइ थियो । उनले यस घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्दै गएको र भविष्यमा अझ खुल्ने बताए । हालको राजनीतिक परिस्थितिमा सबै दल एकजुट भएर लोकतन्त्रलाई सुरक्षित गर्नुपर्ने खड्काको धारणा थियो । उनले विगतमा पनि लोकतन्त्र रक्षा गर्न राजनीतिक दलहरूले एकजुट भएर काम गरेको स्मरण गराए ।

 

प्रतिनिधि सभा विघटन मान्य छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट पार्दै यसलाई स्वीकार नगर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीमा भएको पार्टीको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा उनले प्रतिनिधि सभा पुनःस्थापना हुनु आवश्यक रहेको बताए। ओलीले आफ्नो भनाइमा भने, ‘प्रतिनिधि सभाको विघटन हामीलाई मान्य छैन ।’ उनले जेनजी आन्दोलनको समयमा भएको घुसपैठका कारण थप क्षति नहोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गराए ।

‘थप क्षति नहोस् भनेर राजीनामा दिएँ, काम चलाउ प्रधानमन्त्रीको हिसाबले बाटो देखाएको थिएँ’, ओलीले भने । तर, त्यसलाई आधार बनाएर प्रतिनिधि सभा विघटन गरिएको उनले आरोप लगाएका छन् । ‘अनधिकृत व्यक्तिबाट प्रतिनिधि सभा विघटनको सिफारिस गरिएको छ । यो असंवैधानिक छ, त्यसैले प्रतिनिधि सभा पुनःस्थापित हुनुपर्छ’, उनले भने ।

ओलीले सरकारले चुनावको वातावरण निर्माण गर्न असफल भएको आरोप पनि लगाए । उनले भने, ‘चुनावको जिम्मेवारी पाएको सरकारले संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, दल विरोधी षड्यन्त्र, बहसको सट्टा मुद्दा, नेताको राहदानी रोक्का र स्थान हद गरिरहेको छ ।’ उनले जनताले लोकतान्त्रिक विधिबाट चुनाव चाहेको बताए । उनले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने क्षमता राख्ने एमाले चुनावबाट भाग्दैन ।’

 

एनपीएल फाइनलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो ।

फाइनल खेल ३ः३० बजे शुरू हुनेछ । दुईमध्ये जुन टोलीले उपाधि जिते पनि एनपीएलले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित छ । खेलका लागि लुम्बिनीले जेजे स्मितको स्थानमा मोबिन सुभसिंहलाई खेलाएको छ। सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ। मिलन बोहराको स्थानमा दिपक बोहरा तथा मुख्यर अहमदको स्थानमा पुनित मेहरा आएका छन् ।

सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे, दिपक बोहरा, विनोद भण्डारी, हेमन्त धामी, हरमीत सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन, पुनित मेहरा।

लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोबिन सुभसिंहा, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।

गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनी र उपविजेतामा सीमित बनेको सुदूरपश्चिम उपाधिका लागि भिड्दा एनपिएलले नयाभँ च्याम्पियन पाउँदैछ । योसँगै एक खेलाडीले दोस्रो पटक एनपीएलको उपाधि उचाल्ने इतिहास बनाउने छन् । गत सिजन जनकपुर बोल्ट्सले उपाधि जित्दा सो टोलीमा रहेका दुई खेलाडी आज एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल र सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले गत सिजन जनकपुरका लागि उपाधि जितेका थिए । यो सिजनका लागि जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र शेरलाई लुम्बिनीयले भित्र्याएका थिए ।

त्यसैले हेमन्त वा शेर मध्ये एक खेलाडीले लगातार दोस्रो पटक उपाधि जित्ने पक्का छ । सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो । यस्तै लुम्बिनी भने प्लेअफमा स्थान पक्का गर्ने क्रममा अंक तालिकाको चौथो स्थानमा थियो। पहिलो खेल जिते पनि लुम्बिनीले त्यसपछि लगातार तीन खेल गुमायो। तर लिगका पछिल्ला तीन खेल जितेर लुम्बिनी अंक तालिकामा चौथो बन्यो । त्यसपछि एलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाज र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो ।

जेनजी आन्दोलनको नाममा देशमाथि योजनाबद्ध आक्रमण भयो : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा भएका गतिविधि सरकार परिवर्तनका लागि मात्र नभई मुलुकलाई गम्भीर रूपमा अस्थिर र घाइते बनाउने योजनाबद्ध प्रयास भएको आरोप लगाएका छन् । एमालेको ११औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ती घटनाले देशको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक एकतामाथि सीधा प्रहार गरेको बताए ।

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि पनि देशभर व्यापक तोडफोड र आगजनी भएको उल्लेख गर्दै १६ सयभन्दा बढी संरचना आगो र ढुङ्गाको निशानामा परेको बताए । उनका अनुसार ती सबै घटना सत्ता परिवर्तनका लागि दबाब सिर्जना गर्ने सामान्य आन्दोलन होइनन्, बरु मुलुकलाई अराजकतामा धकेल्ने सुनियोजित कदम थिए । उनले यस्ता गतिविधिले नेपाली समाजका संस्कार र एकतालाई कमजोर बनाउने प्रयास गरिएको दाबी गरे ।

भदौ २३ र २४ गते भएका घटनालाई ‘महाविनाश’ को संज्ञा दिँदै ओलीले ती दिनका दृश्यहरू कहिल्यै बिर्सन नसकिने बताए । असामान्य र जोखिमपूर्ण परिस्थितिमा थप क्षति नहोस् भनेर आफू केही समय सुरक्षित स्थानमा बसेको स्पष्ट पार्दै उनले हेलिकप्टर चढेर भागेको भन्ने प्रचारप्रति आपत्ति जनाए। महाभारतको प्रसंग उल्लेख गर्दै उनले नेतृत्व सुरक्षित रहँदै समग्र परिस्थितिको समीक्षा गर्नु आवश्यक भएको बताए र नेता तथा समाजका अगुवाहरू मारिनुपर्ने चाहना राख्नेहरूले आज व्यङ्ग्य गरिरहेको टिप्पणी गरे ।

ओलीले ती घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग पनि दोहोर्‍याए । देश अन्योलको अवस्थामा पुगेको बेला संवैधानिक बाटोबाट निकास दिन आफूहरूले विकल्प प्रस्तुत गरेको उनले बताए । संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने हो भने दलहरूबीच स्पष्ट सहमति, संसदमार्फत संविधान संशोधन र संसद् विघटन नगर्ने अडान आवश्यक रहेको उनको भनाइ थियो । उनले असंवैधानिक सिफारिसका आधारमा गरिएको संसद् विघटन अस्वीकार्य भएको उल्लेख गर्दै पुनस्र्थापना बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारे । देशलाई उल्टो दिशामा धकेल्ने प्रयास भएको भन्दै ओलीले लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादा जोगाउन एमाले दृढतापूर्वक उभिएको दाबी गरे ।

 

अनिर्वाचित सत्ता मञ्जुर छैन, हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौं : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनमतबाट नआएको सत्ता स्वीकार्य नहुने स्पष्ट पार्दै हिंसा र युद्धलाई परिवर्तनको माध्यम मान्न नसकिने बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको मूल आत्मा जनप्रतिनिधिमार्फत सत्ता सञ्चालन हुनु हो भन्ने धारणा दोहोर्‍याए ।

उनले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै अनिर्वाचित शक्तिको हस्तक्षेपप्रति आपत्ति जनाए । जनताको मतबाट निर्वाचित सरकार नै वैध र स्वीकार्य हुने उल्लेख गर्दै ओलीले भने, ‘जनताको मन जितेर शान्तिपूर्ण तरिकाबाट पनि समाज परिवर्तन सम्भव छ, हिंसा र युद्ध समय परिवर्तनको साधन हुन सक्दैन र हुन हुँदैन ।’ वर्तमान सरकार हिंसाबाट आएको आरोप लगाउँदै उनले एमालेले यस्तो सत्ता नस्वीकार्ने र भविष्यमा पनि स्वीकार नगर्ने प्रष्ट पारे ।

अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राजनीतिक दलहरूमाथि पछिल्लो समय संगठित आक्रमणको प्रयास भएको दाबी गरे। तीन महिनाअघि भएको तथाकथित ‘जेनजी आन्दोलन’ को स्मरण गर्दै उनले त्यसबेला देश युद्धभूमि जस्तै बनेको, आगजनी र अराजकता फैलिएको बताए । त्यही समयमा पुराना राजनीतिक दल र नेताहरूको सान्दर्भिकता समाप्त भयो भन्ने भाष्य निर्माण गर्ने प्रयास भएको उल्लेख गर्दै ओलीले भने, एमाले सकियो, लोकतन्त्र सकियो भन्ने प्रचार गलत सावित भएको छ ।

उनका अनुसार विविधता र बहुलता नेपाली समाजको शक्ति हो, कमजोरी होइन । विविधतामा एकता नै राष्ट्रिय मूल मन्त्र भएको भन्दै उनले यसै भनाइका कारण आफूहरू माथि प्रहार भएको आरोप लगाए । संविधान संशोधन गर्ने अधिकार जनताबाट निर्वाचित शक्तिकै हुने उल्लेख गर्दै ओलीले स्वतन्त्रताको प्रयोग र सदुपयोग गर्ने अधिकार पनि जनताकै प्रतिनिधिमा निहित हुने बताए । ओलीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्रबीचको सम्बन्धबारे पनि धारणा राखे । कम्युनिष्ट पार्टी जति बलियो हुन्छ, लोकतन्त्र त्यति नै सबल र पूर्ण बन्दै जाने उनको दाबी थियो ।

२०४६ साल र २०६२–६३ सालका ऐतिहासिक परिवर्तनमा कम्युनिष्ट पार्टीको निर्णायक भूमिकाका कारण लोकतन्त्र स्थापना र पुनःस्थापना सम्भव भएको उनले स्मरण गराए । कम्युनिष्ट आन्दोलन कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने भन्दै उनले राष्ट्रिय स्वाभिमान सुदृढ गर्ने र समृद्धिको यात्रालाई तीव्र बनाउने जिम्मेवारी कम्युनिस्ट पार्टीकै काँधमा रहेको बताए । महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीले एमाले केवल वर्तमानको शक्ति नभई भविष्यको पनि आधार भएको दाबी गरे । लोकतन्त्र अझै जीवित रहेको र एमाले अजम्बरी पार्टीका रूपमा अघि बढिरहेको उनको भनाइ थियो । चुनौती, आलोचना र आक्रमणका बाबजुद पार्टी अझ संगठित र सशक्त बनेर अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

ड्रोनबाट यस्तो देखियो एमालेको ११ औं राष्ट्रिय महाधिवेशन

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।

भक्तपुरको सल्लाघारीमा ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाटमहाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।

 

एमालेसँग सहकार्य गर्न नाउपाको ढोका सँधै खुला रहन्छ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले मुलुकको वर्तमान राजनीतिक अवस्थामा दलहरूबीच आपसी विश्वास र सहकार्य अनिवार्य भइसकेको बताएकी छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले एक्लो राजनीतिक यात्राबाट कुनै पनि शक्ति लक्ष्यमा पुग्न नसक्ने स्पष्ट धारणा राखिन् ।

श्रेष्ठले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र जनआन्दोलनपछिको परिवेशलाई स्मरण गराउँदै सबै राजनीतिक शक्तिहरू साझा जिम्मेवारीका साथ अघि बढ्नु पर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘एक्लै हिँडेर गन्तव्यमा पुग्न सम्भव हुँदैन । मुलुकलाई सही दिशामा लैजान राजनीतिक शक्तिहरूबीच विश्वासको वातावरण निर्माण र उच्चस्तरीय सहकार्य अपरिहार्य छ ।’

उनले राष्ट्रिय मुद्दाहरूमा नेकपा (एमाले) सँग सहकार्य गर्न नागरिक उन्मुक्ति पार्टी सधैँ तयार रहेको स्पष्ट पारिन् । राष्ट्रियता संरक्षण, देशको समग्र विकास र लोकतान्त्रिक संरचनाको सुदृढीकरण जस्ता बृहत् विषयमा एमालेसँग सहकार्यको ढोका खुला रहने उनको भनाइ थियो । तर, यस्तो सहकार्य न्याय र समानताको आधारमा हुनुपर्नेमा उनले जोड दिइन् । ‘सहकार्यको आधार बल वा संख्याभन्दा पनि न्याय र समानता हुनुपर्छ’, श्रेष्ठले स्पष्ट पारिन् ।

अध्यक्ष श्रेष्ठले एमाले महाधिवेशन उद्घाटन समारोहमा देखिएको विशाल जनसहभागितिले आफूलाई उत्साहित बनाएको बताइन् । उनले उक्त जनसागरले केवल एमाले मात्र होइन, समग्र राजनीतिक दलहरूलाई नै सकारात्मक सन्देश र हौसला दिएको धारणा व्यक्त गरिन् । लोकतान्त्रिक अभ्यासमा जनताको सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै उनले राजनीतिक दलहरूले जनभावनालाई आत्मसात् गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनको मन्तव्यलाई राजनीतिक वृत्तमा आगामी दिनमा दलहरूबीच सहकार्यको सम्भावनासँग जोडेर हेरिएको छ ।

 

 

 

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी  । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका आठ वटाको टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु चार लाख चार हजार र उपविजेतालाई रु दुई लाख दुई हजार २०० नगद पुरस्कार प्रदान गरिनेछ ।

हरेक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही रु सात हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार प्रदान गरिनेछ ।

ढुक्कले भन्छु, एमाले अजम्बरी छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गरेका छन् । आज (शनिबार) भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन्। उनले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमि जस्तै जलेको बताएका छन्।

‘जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो । आतताहीबाट जलाइएको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो,’ ओलीले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो । पूराना पार्टी सकिए, पूराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो ।’ धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज भक्तपुरमा ठूलो जनसागर ओर्लिएको उनले बताए । ‘जुन यो जनसागर यहाँ ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ । नेकपा एमाले अजम्बरी छ,’ ओलीले भने ।

नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)

काठमाडौँ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन सत्र शनिवार दिउँसोबाट सुरु भएको हो । बन्द सत्र काठमाडौंमा आयोजना हुने तयारी छ । पार्टीले उद्घाटन सत्रमा करिव ३ लाख सहभागी जुटाएको दाबी गरेको छ ।

   

देशलाई बंगलादेश बनाउने खेल भइरहेको छ : डा. सुरेन्द्र झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले नेपाललाई बंगलादेश जस्तै जनप्रतिनिधिविहीन बनाउने खेल भइरहेको आरोप लगाएका छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै डा. झाले सचेत गराएका हुन्।

जेनजी आन्दोलनका नाममा संसद् विघटन गरिएको बताउँदै उनले भने, ‘पुराना शक्तिलाई एक्ल्याउने गरी सरकार हिडिरहेको छ । मुलुकलाई बङ्लादेशको जस्तै जनप्रतिनिधिविहीन बनाउने खेल भइरहेको छ ।’ उनले समयमै चुनाव हुनेमा शंका जनाए । सरकारका क्रियाकलापले निर्वाचनको वातावारण बन्न नसकेको उनको भनाइ थियो ।

एसिया कपः नेपालले श्रीलङ्कालाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ। नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ ।

दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।

श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे । यही मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन् ।

असंवैधानिक सरकारले राजाले जस्तै संसद्को हत्या गर्‍यो : मनोज भट्ट

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गर्दै त्यसले संसद्को अस्तित्वमाथि गम्भीर प्रहार गरेको आरोप लगाएका छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै भट्टले जेनजी आन्दोलनको नाममा गठन भएको सरकारले जनप्रतिनिधिमूलक संस्थामाथि हमला गरेको दाबी गरे ।

उनका अनुसार जनताको दैनिकी र जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सरकारको पहिलो निर्णय नै संसद् विघटनतर्फ केन्द्रित भयो, जसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको छ । भट्टले भने, ‘जेनजी आन्दोलनको नाममा असंवैधानिक सरकार गठन भयो र त्यसको पहिलो निशानामा संसद् पर्‍यो ।’ उनले यसलाई लोकतान्त्रिक अभ्यासको गम्भीर अवमूल्यनको संज्ञा दिए ।

महासचिव भट्टले नेपालको राजनीतिक इतिहाससँग तुलना गर्दै विगतमा राजाहरूले संसद् विघटन गरेको प्रसंग स्मरण गराए । उनले राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संसद् भंग गरेको घटनासँग वर्तमान सरकारको कदमलाई जोड्दै उस्तै प्रवृत्ति दोहोरिएको आरोप लगाए । ‘जसरी राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संसद्को हत्या गरेका थिए, त्यसरी नै अहिलेको सरकारले पनि संसद्को हत्या गरेको छ’, उनले भने ।

उनले असंवैधानिक कदमले मुलुकलाई राजनीतिक अन्योलतर्फ धकेल्ने र जनताको अधिकार कुण्ठित गर्ने खतरा रहेको उल्लेख गरे । लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने साटो कमजोर पार्ने यस्ता निर्णयको विरोध आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा उनले राजनीतिक दलहरूलाई संविधान, संसद् र जनमतको सम्मान गर्न आह्वान गर्दै लोकतान्त्रिक मूल्यको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिए ।

एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको दावी गरेका छन् । ११ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताएका हुन् । उनले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताए ।

उनले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भए पनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताए । एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको बताए । भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको बताए । नेपालको इतिहासमा भदौ २३ र २४ गतेको घटना नवयुवाहरुको भावनामाथि खेल्ने देशविरोधी तत्वहरुको काम भएको बताए । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला आन्दोलनको नेतृत्व आफूहरुले गरेको बताए ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटनापछि यो मुलुकमा नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा संगठित र सुनियोजित रुपमा जुन प्रकारको प्रहार भइरहेको थियो, कतिपयलाई लागिरहेको थियो, अब नेकपा एमालेको भविष्य समाप्त भयो भनेर । तर हामी जे भनेका थियौँ, सरकारबाट हो हामी बाहिरिएका छौँ । तर नेपाली जनताको हृदयमा गहिरो गरी बसेका छौँ । खरानीको खोक्रोबाट फेरि हामी उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ । आजको यो ऐतिहासिक जनसभाले पुष्टि गरेको छ । नेकपा एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ ।’
महासचिव पोखरेलले महाधिवेशनमा नवयुवाहरुलाई नेपालको आधारस्तम्भका रुपमा खडा गर्ने बताए । बन्द सत्रका माध्यमबाट पार्टीको नीतिलाई कार्यान्वयन गर्नसक्ने सक्षम नेतृत्व निर्वाचित गर्ने बताए ।

स्विच थिचेर ओलीले गरे एमालेको एघारौँ महाधिवेशन उदघाटन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वीच थिचेर एघारौं महाधिवेशन उद्घाटन गरेका छन् । ओलीले स्वीच थिचेपछि दोस्रो विधान महाधिववेशनले पारित गरेबमोजिमको रातो पृष्ठभूमिमा सुनौलो हसियाँ हथौथा सहितको सुन्दर झण्डा माथि पुगेर फरफराएको छ ।

नेता तथा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका छन् । यससँगै एमालेको एघारौँ महाधिवेशन औपचारिक रुपमा सुरुवात भएको छ । कार्यक्रम सञ्चालक उपमहासचिव प्रदीप ज्ञवालीले सबैलाई गडगडाहट ताली बजाएर हर्षाैउल्लास मनाउन आग्रह गरेका थिए । त्यससँगै उद्घाटन स्थलमा उपस्थित हजारौँ एमालेका कार्यकर्ताले ताली बजाएका थिए ।

एमाले महाधिवेशनको हाइटेक उद्घाटन: रिमोटबाट झण्डोत्तोलन गरेर ओलीले गरे उद्घाटन

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा सुरू भएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तलन गरेर उद्घाटन गरे ।

अत्याधुनिक प्रविधि प्रयोग गरी महाधिवेशन औपचारिक उद्घाटन गरिएको हो । उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेको कार्यक्रममा यसअघि महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए ।

अहिले पनि देशभरीबाट आएका महाधिवेशन प्रतिनिधि र कार्यकर्ता सल्लाघारीमा भेला भइरहेका छन् । एमालेले आज तीन लाख मान्छे उतार्ने घोषणा गरेको छ ।

भक्तपुरका विभिन्न स्थानबाट झाँकीसहितका र्‍यालीहरू लगातार कार्यक्रमस्थलमा प्रवेश गरिरहेका छन् । र्‍यालीमा कार्यकर्ताले नाराबाजी पनि गरिरहेको देख्न सकिन्छ । विभिन्न राजनीतिक दलका नेता पनि सल्लाघारी पुगिरहेका छन् एमालेले यसपटक विदेशी पाहुनाहरू बोलाएको छैन भने १६ राजनीतिक दललाई निम्ता गरेको छ ।

 

खरानीको थुप्रोबाट उठ्ने संकल्पको जवाफ आजको सभाले दियो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि एमाले कमजोर भएको भन्ने भाष्यलाई ११औं महाधिवेशनको उद्घाटन सभाले खारेज गरिदिएको दाबी गरेका छन् । उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै उनले षड्यन्त्रका कारण सत्ता गुमाउनुपरे पनि एमाले नेपाली जनताको हृदयमा अझै गहिरोसँग बसेको कुरा विशाल सभाले प्रमाणित गरेको बताए ।

पोखरेलले विगतमा कठिन परिस्थितिमा पनि पार्टीले आत्मविश्वास नहारेको स्मरण गर्दै भने, ‘त्यसबेला खरानीको थुप्रोबाट फेरि उठ्नेछौँ भनेर संकल्प गरेका थियौं । आजको ऐतिहासिक जनसभाले पुष्टि गरेको छ—नेकपा एमाले कमजोर भएको छैन, बरु अझ शक्तिशाली बनेर अघि बढेको छ ।’ उनका अनुसार उद्घाटन सभाको उपस्थितिले पार्टीप्रति जनसमर्थन अझै मजबुत रहेको सन्देश दिएको छ ।

उनले जेनजी आन्दोलनपछि एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योजनाबद्ध प्रचार गरिएको आरोप पनि लगाए । भदौ २३ र २४ गते भएका घटनापछि ती घटनाको जिम्मेवारी ओलीमाथि थोपर्ने प्रयास गरिएको भन्दै पोखरेलले त्यसलाई दुष्प्रचारको संज्ञा दिए । उनले यस्तो प्रचारले पार्टीलाई कमजोर देखाउने उद्देश्य राखेको बताए ।

पोखरेलले जेनजी आन्दोलनकै नाममा राजनीतिक दलविरुद्ध षड्यन्त्र भएको दाबीसमेत गरे । उनका अनुसार युवाको भावना प्रयोग गरेर राष्ट्रविरोधी, लोकतन्त्रविरोधी, गणतन्त्रविरोधी तत्वहरूले राजनीतिक दलहरूलाई बदनाम गर्ने प्रयास गरे । ‘सो घटनामा नवयुवाको भावनामा खेल्दै राजनीतिक दलविरुद्ध षड्यन्त्रपूर्ण गतिविधि भएको हामीले बुझेका छौँ’, उनले भने । उनले यस्ता चुनौतीका बाबजुद एमाले अझ एकताबद्ध र सशक्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

 

एमाले अनेक धक्का चिर्दै धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिर्दै उठ्ने शक्ति भएको दावी गरेका छन् । एमालेको ११ औं महाधिशवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण उल्लेख गरेका छन् ।

‘न्यातपोल दरबारले चार चार वटा भूकम्प झेलेको छ र पनि गौरवको रुपमा रहेको छ’ उनले भने, ‘धरहरा हामीले नव निर्माणको प्रतीकको रुपमा राखेका छौं ।’ उनले धरहरा नव निर्माणको प्रतीकको रुपमा रहेकोको उल्लेख गर्दै जस्तै धक्का चिरेर पनि एमाले उठ्ने बताए । ‘हामीले सन्देश दिन खोजेका छौं । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौं’ उनले भने ।

जेनजी आन्दोलनमा ज्यान गुमाउने युवा र सुरक्षाकर्मीप्रति मौन धारण
नेकपा एमालेले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका ज्यान गुमाएका युवा र सुक्षाकर्मीप्रति पनि मौन धारण गरेको छ । शुक्रबार भक्तपुरको सल्लाघारीमा सुरु भएको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण गरेको हो ।

एमाले महाधिवेशन : को–को नेता पुगे ?

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन उद्घाटन समारोहमा विभिन्न पार्टीका नेता पनि पुग्ने क्रम सुरु भएको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सल्लाघारी पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन उनी सल्लाघारी पुगेका हुन् । भक्तपुरको सल्लाघारीस्थित उद्घाटन स्थलमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुगेका छन् । उनलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनलाई स्वागत गरेका छन् । उनी मञ्चमा पुगेका छन् । अन्य नेता पुग्ने क्रममा रहेको ज्ञवालीले जानकारी दिएका छन् । भिडभाडले गर्दा आमन्त्रित नेताहरू मञ्चमा पुग्न कठिनाइ भइरहेको ज्ञवालीले बताएका छन् ।

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका छन् । शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गरेका हुन् ।

मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताए । उनले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तीब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।

मन्त्री घिसिङले भने, ‘पूर्वाधारको क्षेत्रमा हामीले निजी क्षेत्रलाई कसरी अगाडि बढाउने, निजी क्षेत्रलाई बढि भन्दा बढि पूर्वाधारको क्षेत्रमा कसरी लगानी गर्न लगाउने ? भन्ने विषयहरुमा ऐन, कानूनको ठूलो परिवर्तनको जरुरी छ । यो काम आगामी सरकारले गर्नुपर्छ । अहिलेको इलेक्शनको गोभर्मेन्टले इलेक्शन गरेर फेरि पनि त्यस्तै पुरानै हिसावले संचालन गर्ने सरकार भयो भने त्यसले केही पनि काम गर्दैन । अब आउने सरकार भनेको डेभलेपमेन्ट ओरेन्टेड, एउटा सही नेतृत्व दिने सरकार हुनुपर्छ ।’

उनले भने, ‘जसले देशको परिवर्तनको लागि, देशको द्रुत गतिमा विकास गर्नका लागि ठूलो परिवर्तन, चेन्ज ल्याउन सकोस । त्यस्तो नेतृत्व योङ लिडरसिप र सबै किसिमको डेभलपमेन्ट ओरेन्टेड लिडरसिपहरुको जरुरी छ । त्यस्तो लिडरसिप चुनिन र त्यस्तो लिडरसिपहरुलाई ल्याउनका लागि आगामी निर्वाचन सफल होस भन्ने पनि यहाँहरु सबैलाई शुभकामना व्यक्त गर्दै त्यतातर्फ अगाडि बढन आग्रह गर्दछु ।’ मन्त्री घिसिङले मुलुकको पूर्वाधार विकासको कामले तीब्रता नपाउनुमा निर्माण व्यवसायीहरु जिम्मेवार रहेको आरोप समेत लगाए ।

एमाले महाधिवेशनमा नेकपाका प्रचण्ड–माधव नजाने, देव गुरुङले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । कांग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ ।

एमालेले नेकपा, कांग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा बोलाएको थियो । प्रचण्ड माधव दुवै अहिले पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट नेता देव गुरुङले सम्बोधन गर्ने प्रचण्डका प्रमुख स्वकीय सचिवमा गोविन्द आचार्यले बताए ।

 

एमाले महाधिवेशन उदघाटनअघि यस्तो छ सल्लाघारीको माहोल {फोटो फिचर}

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा केहीबेरमा औपचारिक रुपमा सुरु हुँदैछ । महाधिवेशन उद्घाटनका लागि सल्लाघारीको खालि मैदानमा भव्य स्टेज बनाइएको छ । स्टेजमा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरिरहेका छन् ।उद्घाटन कार्यकम सुरु हुनु अघि देशभरीबाट आएका महाधिवेशन प्रतिनिधि र कार्यकर्ता सल्लाघारीमा भेला भइरहेका छन् ।

एमालेले आज तीन लाख मान्छे उतार्ने घोषणा गरेको छ । भक्तपुरका विभिन्न स्थानबाट झाँकीसहितका र्‍यालीहरू लगातार कार्यक्रमस्थलमा प्रवेश गरिरहेका छन् । र्‍यालीमा कार्यकर्ताले नाराबाजी पनि गरिरहेको देख्न सकिन्छ । कार्यक्रमस्थलमा नेताहरू पुग्ने क्रम पनि चलिरहेको छ । एमालेले यसपटक विदेशी पाहुनाहरू बोलाएको छैन भने १६ राजनीतिक दललाई निम्ता गरेको छ ।
तस्वीरहरु

 

 

 

 

एमाले महाधिवेशन : कुन दलबाट को–को जाँदै ?

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ । मध्यान्ह हुने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने भएका छन् ।

एमालेले देउवालाई विशेष आमन्त्रण गरेको थियो । महाधिवेशनका लागि गठित अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौलाले देउवाको निवासमै पुगेर निमन्त्रणा दिएका थिए । तर, देउवाको व्यस्तताका कारण उनी उद्घाटन समारोहमा नजाने भएका हुन् । कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुँदैछन् । खड्काको सचिवालयले उनको सहभागिता निश्चित भइसकेको जनाएको छ ।

एमालेले उद्घाटन समारोहका लागि १६ वटा राजनीतिक दललाई निम्ता दिएको अतिथि सत्कार समितिले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि आमन्त्रण गरिएको भए पनि उनी उपस्थित नहुने भएका छन् । प्रचण्डको सट्टामा माओवादी केन्द्रका नेता देव गुरुङ उद्घाटन समारोहमा सहभागी हुनेछन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्ड सोही दिन सुर्खेतमा पार्टीको एकता सन्देश सभामा व्यस्त रहने भएकाले गुरुङलाई प्रतिनिधिका रूपमा पठाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कविन्द्र बुर्लाकोटी सहभागी हुने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि उद्घाटन समारोहमा उपस्थित हुने सूचीमा छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि एमालेले आमन्त्रण गरेको भए पनि उनले असमर्थता जनाउँदै अनुपस्थित रहने जानकारी गराएका छन् । जनमत पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत निमन्त्रणा गरिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत भने काठमाडौं बाहिर रहेकाले शुभकामना सन्देश पठाएर सहभागी नहुने भएका छन् ।

राजनीतिक दलसँगै एमालेले ६ वटा सामाजिक संघ–संस्थालाई पनि उद्घाटन समारोहमा बोलाएको छ । नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बार एसोसिएसन, नेपाल उद्योग परिसंघलगायतका संस्थाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने अतिथि सत्कार समितिले जनाएको छ । एमालेको ११औँ महाधिवेशनले आगामी नेतृत्व चयन र पार्टीको भावी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताको उपस्थिति रहने भए पनि केही प्रमुख नेताहरूको अनुपस्थितिले पनि राजनीतिक वृत्तमा चासो थपेको छ ।

 

एनपीएल फाइनल : कीर्तिपुरमा नयाँ इतिहास लेखिँदै, कसले पाउँला करोडमाथिको पुरस्कार ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले आज नयाँ च्याम्पियन पाउने पक्का भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । एकातिर लगातार दोस्रो पटक फाइनल खेलेको सुदूरपश्चिम छ भने अर्कोतर्फ पहिलो पटक प्लेअफ पार गर्दै सीधै उपाधि नजिक पुगेको लुम्बिनी । जसले जिते पनि एनपीएलको इतिहासमा नयाँ नाम स्वर्णाक्षरले लेखिनेछ ।

सुदूरपश्चिम रोयल्स दिपेन्द्रसिंह ऐरीको कप्तानीमा यस प्रतियोगिताको सबैभन्दा सन्तुलित र अनुभवी टोलीका रूपमा देखिएको छ । पहिलो क्वालिफायरमै विराटनगर किंग्सलाई ७७ रनले हराउँदै उसले फाइनलको यात्रा तय गरेको हो । गत संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा पाँच विकेटले पराजित भएको पीडा बिर्साउँदै यस पटक उपाधि उचाल्ने उसको दृढ लक्ष्य छ । लिग चरणमै लुम्बिनीसँगको भेटमा सुदूरपश्चिमले सात विकेटको प्रभावशाली जित निकालिसकेको छ, जसले टोलीको आत्मविश्वास अझ बलियो बनाएको छ ।

लुम्बिनी लायन्स भने प्रतियोगिताको सबैभन्दा रोचक कथा बोकेको टोली बनेको छ । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको यो टोलीले रोहित पौडेलको नेतृत्वमा अप्रत्याशित पुनरागमन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले इतिहासमै पहिलो पटक एनपीएल फाइनल खेलेको हो । निरन्तर जितको लय, युवा खेलाडीको आत्मविश्वास र कप्तान रोहितको स्थिर प्रदर्शनले लुम्बिनीलाई उपाधिको दह्रो दाबेदार बनाएको छ । फाइनलसँगै पुरस्कारको चर्चा पनि उस्तै चर्को छ । यस पटक पनि विजेता टोलीले १ करोड १० लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ लाख प्राप्त गर्नेछ । तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ पक्का गरिसकेका छन् । टोलीगत पुरस्कारसँगै व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीहरूका लागि कारदेखि मोटरसाइकलसम्मको आकर्षक पुरस्कार पनि राखिएको छ ।

लिगभरको प्रदर्शनका आधारमा उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा कार प्रदान गरिनेछ । यो अवार्डका लागि सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी, ओपनर विनोद भण्डारी र बलर अविनाश बोहरा, लुम्बिनीका कप्तान रोहित पौडेल र बलर शेर मल्ल तथा विराटनगरका कप्तान सन्दीप लामिछाने प्रमुख दाबेदार मानिएका छन् । दिपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा निरन्तर योगदान दिँदै टोलीलाई फाइनलसम्म पुर्‍याएका छन् । विनोद भण्डारी शीर्ष रन स्कोररहरूको अग्रपंक्तिमा छन् भने अविनाश बोहराले १६ विकेटसहित बलिङ आक्रमण सम्हालेका छन् ।

लुम्बिनीका कप्तान रोहित पौडेल पनि रन चार्टमा शीर्ष पाँचभित्र छन् । अर्धशतक नजोडे पनि उनले हरेक खेलमा टिमलाई आवश्यक योगदान दिएका छन् । शेर मल्लले नयाँ बलमा प्रभावशाली प्रदर्शन गर्दै १४ विकेट लिइसकेका छन् । यद्यपि, सर्वाधिक विकेट लिने सूचीमा १७ विकेटसहित विराटनगरका सन्दीप लामिछाने शीर्ष स्थानमा रहे पनि टोली फाइनलमा नपुग्दा उनको दाबेदारी केही कमजोर देखिएको छ । क्यानले यस पटक बेस्ट ब्याटर, बेस्ट बलर र बेस्ट राइजिङ प्लेअरलाई पल्सर मोटरसाइकल प्रदान गर्ने निर्णय गरेको छ ।

ब्याटिङतर्फ विदेशी खेलाडी एडम रोसिङटन सर्वाधिक रनसहित अगाडि भए पनि फाइनल नपुगेका कारण अब नेपाली खेलाडीहरू अवार्ड दौडमा बलियो देखिएका छन् । बलिङतर्फ सन्दीप, अविनाश र शेर मल्लबीच प्रतिष्पर्धा छ । इमर्जिङ प्लेअरको दौडमा शेर मल्ल अग्रपंक्तिमा मानिन्छन् । फाइनलअघि प्रधानमन्त्री सुशीला कार्कीले दुवै टोलीलाई शुभकामना दिएकी छन् । सामाजिक सञ्जालमार्फत् उनले एनपीएलले खेलकुदमार्फत् देशलाई जोड्ने र विश्वसामु नेपालको सकारात्मक सन्देश पुर्‍याएको उल्लेख गरेकी छन् । आज कीर्तिपुरमा खेल मात्र होइन, नेपाली क्रिकेटको उत्सव मनाइँदैछ । सुदूरपश्चिमको अनुभव र लुम्बिनीको जोशबीचको यो भिडन्तले एनपीएललाई नयाँ च्याम्पियन दिनेछ, र नेपाली क्रिकेटले अर्को ऐतिहासिक क्षण पाउनेछ ।

 

परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले महाधिवेशन स्वस्थ, प्रतिस्पर्धी र योग्य तथा सक्षम नेतृत्व चयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गरेकी छन् । उनले प्रतिनिधिहरूलाई राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता भएको स्मरण गराउँदै देशको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे राम्ररी अवगत रहेको विश्वास व्यक्त गरेकी छन्।

पूर्व राष्ट्रपति भण्डारीले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा चित्रण गर्दै भनेकी छन्, ‘यो महाधिवेशन जनताको बहुदलीय जनवाद (जबज) का आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउन सक्षम हुनेछ ।’ उनले यस्तो वातावरणले योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न मद्दत पुग्ने दृढ विश्वास व्यक्त गरेकी छन् । मुलुक अहिले तरल राजनीतिक अवस्था बाट गुज्रिरहेको सन्दर्भमा, उनले प्राप्त उपलब्धिको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न पार्टीलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेकी छन् ।

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

दमौली  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे । उनले भने, “घुमाउने पुल जसरी पनि निर्माण गर्नुपर्नेछ । यहाँ राष्ट्रपतिको पनि चासो छ । काम गर्नुस्, नगर्ने भए भन्नुस् ।”

मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिएका हुन् । उनले भने, “पुरानै डिजाइनमा पनि नौ वर्षसम्म किन काम नगर्नुभएको रु विकास निर्माणमा ढिलासुस्ती सैह्य हुँदैन ।”

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो ।

एघार वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् ।

कडा सुरक्षा जाँचका कारण महाधिवेशनस्थलमा प्रवेशमा ढिलाइ

काठमाडौं । भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोह कडा सुरक्षा व्यवस्थाबीच सुरु हुने तयारीमा छ । कार्यक्रमस्थलमा प्रवेश गर्नुअघि व्यापक सुरक्षा जाँच गरिँदा सहभागीहरूलाई भित्र पस्न केही ढिलाइ भएको छ । बिहानैदेखि कार्यक्रमस्थलका सबै प्रवेशद्वारमा नेपाल प्रहरी परिचालन गरिएको छ । मेटल डिटेक्टर, बम डिटेक्टर उपकरण र विष्फोटक पदार्थ पहिचानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको टोली सक्रिय छ । सुरक्षाकर्मीहरूले झोला जाँच, शरीर खानतलासी र उपकरणमार्फत जाँच गरेपछि मात्रै प्रवेश अनुमति दिइरहेका छन्। यही कडाइका कारण गेटमा लामो लाइन देखिएको छ ।

विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन कार्यकर्ता गाडी रिजर्भ गरेर भक्तपुर आइपुगेका छन् । गाडीमा आएका सहभागीहरूका लागि गठ्ठाघर, सानोठिमी, जगातीलगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । औपचारिक उद्घाटन समारोहअघि विभिन्न ठाउँबाट सांस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी समेत गरिएको छ, जसले महाधिवेशनस्थलको माहोल थप उत्सवमय बनाएको छ ।

शनिबार बिहान सवा ११ बजेसम्म सल्लाघारीमा चार हजारभन्दा बढी कार्यकर्ता भेला भइसकेका छन् भने आउने क्रम निरन्तर जारी छ । स्रोतका अनुसार बिहान १० बजेसम्म मात्रै काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट १४ हजारभन्दा बढी मानिस एमालेको कार्यक्रममा सहभागी हुन प्रवेश गरिसकेका थिए । काठमाडौं उपत्यका बाहिरबाट पनि कार्यकर्ताहरूको आवागमन बढ्दो क्रममा छ ।

एमालेले यस महाधिवेशनमा देशभरबाट करिब दुई लाख कार्यकर्ता सहभागी हुने दाबी गर्दै आएको छ । आज मध्याह्न १२ बजेपछि औपचारिक उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ, त्यसअघि सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । कडा सुरक्षा, व्यापक सहभागिता र उत्साहपूर्ण वातावरणका बीच एमालेको ११ औं महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न गराउने तयारीमा पार्टी जुटेको देखिन्छ ।

 

 

एमाले महाधिवेशन : मनोनीत सूचीमा ईश्वर पोखरेलको आपत्ति

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले आपति जनाएका छन् । हिजो बसेको सचिवालय बैठकमा मनोनीत १०८ जना प्रतिनिधिको नामावली पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर सूची अन्तिम रूप दिने कुराकानी समेत भएको बताइएको छ ।

तर उक्त सहमति विपरीत आफूलाई जानकारी नदिई एकलौटी ढंगले मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको पोखरेलको आरोप छ । सहमतिको प्रक्रियालाई बेवास्ता गर्दै सूची प्रकाशन गरिनु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको भनाइ छ । मनोनीत प्रतिनिधि सूचीलाई लिएर उत्पन्न विवादले एमालेभित्र नेतृत्व तहमा असन्तुष्टि चुलिएको संकेत देखिएको छ । यस विषयमा पार्टी नेतृत्वबीच थप छलफल आवश्यक रहेको नेताहरूको भनाइ छ ।

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छिन्।

उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन्।

उनले भनेकी छिन्, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ। सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ।”

एमाले महाधिवेशनस्थलमा बम डिटेक्टर र कुकुरसहित प्रहरी परिचालन {तस्वीरहरु}

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा औपचारिक रूपमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट २ हजार २६२ प्रतिनिधि काठमाडौं आइपुगेका छन् भने कार्यकर्ता र समर्थकहरूको आवागमनले उपत्यकामा विशेष चहलपहल देखिएको छ ।

महाधिवेशन उद्घाटन समारोह शनिबार दिउँसो १ बजे सल्लाघारीस्थित सार्वजनिक जग्गामा आयोजना हुँदैछ । उद्घाटनका लागि विशेष मञ्च निर्माण गरिएको छ भने बिहानैदेखि नेता–कार्यकर्ता कार्यक्रमस्थलमा जम्मा हुन थालेका छन् । एमालेले उद्घाटन समारोहमा दुई लाखभन्दा बढी कार्यकर्ताको उपस्थिति रहने दाबी गरेको छ । समारोहमा विभिन्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको भए पनि यस पटक विदेशी पाहुना बोलाइएका छैनन् ।

यति ठूलो सहभागितालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । उद्घाटनस्थल र वरपरका क्षेत्रमा विष्फोटक पदार्थ तथा हतियार पत्ता लगाउन सक्ने बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको छ । बिहानैदेखि प्रहरीले मञ्च, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सुरक्षा जाँच गरिरहेको छ । अरनिको राजमार्गसँगै जोडिएको सल्लाघारी क्षेत्र आज बिहानैदेखि एमाले कार्यकर्ताले भरिएको देखिन्छ ।

महाधिवेशनका लागि सवारी व्यवस्थापन पनि विशेष रूपमा गरिएको छ । प्रहरी स्रोतका अनुसार शनिबार बिहानसम्म करिब ३९६ वटा साना तथा ठूला गाडी काठमाडौं उपत्यका प्रवेश गरिसकेका छन्, जसमा १४ हजारभन्दा बढी मानिस सवार रहेको अनुमान गरिएको छ । देशभरबाट आउने सवारी साधनलाई व्यवस्थापन गर्न पूर्वी नाकाबाट आएका गाडीहरू जगाती क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ भने त्यहाँका इँटा भट्टा, प्लटिङ र खुला स्थानहरूमा पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौंतर्फबाट आउने सहभागीका गाडी गट्ठाघरमै रोक्ने र त्यहाँबाट करिब ३.१ किलोमिटर दूरी जुलुससहित कार्यक्रमस्थलसम्म ल्याइने योजना बनाइएको छ ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गर्दै अघि बढाइने छन् । सहभागीहरूलाई कार्यक्रमको अन्त्यसम्म सल्लाघारीकै चौरमा उपस्थित रहन निर्देशन दिइएको छ । उद्घाटन समारोहलाई आकर्षक बनाउन सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिँदैछन् । करिब १५० झाँकीमध्ये भक्तपुरबाट विभिन्न जाति, समुदाय र सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० भन्दा बढी झाँकी प्रदर्शन गरिनेछ । काठमाडौं र ललितपुरबाट पनि समान संख्यामा झाँकी प्रस्तुत हुनेछन् । विभिन्न स्थानबाट निकालिने जुलुसहरू अन्ततः उद्घाटनस्थलमा पुगेर समारोहमा समाहित हुनेछन् । आजदेखि सोमबारसम्म चल्ने महाधिवेशनले एमालेको भावी नेतृत्व, नीति र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । सुरक्षा, व्यवस्थापन र सहभागीको व्यापक उपस्थितिका कारण सल्लाघारी क्षेत्र अहिले राजनीतिक उत्साहको केन्द्र बनेको छ ।

एमाले महाधिवेशन : यी हुन् सुनिता डंगोलसहित मनोनीत १०८ प्रतिनिधि

काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् । एमालेको शुक्रबार बसेको सचिवलयले ११ औं महाधिवेशनमा सहभागी हुने १०८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् । डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनीत भएकी हुन् । एमाले महाधिवेशन अहिले केही बेरमा भक्तपुरको सल्लाघारीस्थित चौरमा उद्घाटन गरिँदै छ । त्यसअघि अहिले जुलुस निकालिएका छन् ।

एमाले महाधिवेशन : आज यी स्थानबाट निस्कनेछ जुलुस

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन आज (शनिबार) देखि सुरू हुँदैछ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन समारोह हुँदैछ । उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित तीन लाख मानिसहरू उपस्थित गराउने दाबी एमालेले गरेको छ । उद्घाटन समारोहका लागि अन्य दलका नेताहरूलाई पनि बोलाइएको छ । एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यका अनुसार टाढा–टाढा जिल्लाका सहभागीहरू गाडी रिजर्भ गरेर काठमाडौं आइसको छन् ।

‘हामीले पाँच लाख जनसमुदाय उतार्ने तयारी गरेका थियौं । अहिलेसम्मको आकडाअनुसार न्यूनतम तीन लाख नागरिकको सहभागिता रहने पक्कापक्की भएको छ । हामी अहिले पूर्व, पश्चिम र उत्तरतिरबाट आउने गाडीहरूको व्यवस्थापनमा काम गरिरहेका छौं,’ आचार्यले सुनाए ।

उनका अनुसार महाधिवेशनमा डेढ सय झाँकी प्रस्तुत हुनेछन् । भक्तपुरले विभिन्न जाति, समुदायको कला, सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० बढी झाँकी प्रस्तुत गर्नेछ । काठमाडौंले ५० र ललितपुरले पनि त्यति नै संख्यामा झाँकी प्रस्तुत गर्नेछ । ‘सिंगो उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुनेछ । त्यसको परिचायक पनि हाम्रो प्रदर्शन बन्नेछ,’ उनले भने, ‘हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउनेछौं ।’

एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशन उद्घाटन गर्दैछ।सल्लाघारी पश्चिमतर्फको खुला चौरलाई एमालेले उद्घाटन स्थल बनाएको छ । एमालेले काठमाडौंतर्फबाट आउने सहभागी सहितको गाडीलाई गट्ठाघरमै रोक्नेछ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दूरी रहेको छ । त्यति दूरी जुलुससहित पुग्ने गरी व्यवस्थाबपन मिलाइएको उनले बताए । पूर्वी नाका हुँदै आएका गाडीहरू जगातीमै रोकिनेछन्। त्यहाँका इँटा भट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको छ ।

‘ललितपुरबाट आएको गाडी, सहभागीहरू शंखघर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ,’ उनले भने । पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेको सर्भिस लेन प्रयोग गरी अघि बढाइने बताएका छन् । सहभागीहरू कार्यक्रमको अन्तिमसम्म सल्लाघारीको चौरमै उपस्थित रहन निर्देशित गरिएको पनि उनले बताएका छन् ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईकाअनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ । लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।

टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ । महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिए ।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।

How Win Diggers Casino Uk Helps UK Players Move Past Self‑Exclusion Barriers

How Win Diggers Casino Uk Helps UK Players Move Past Self‑Exclusion Barriers

Many UK gamblers have tried the GamStop system to stop harmful habits. While the intention is good, the blanket block can leave some players feeling trapped. What happens when a player wants a fresh start but still needs a safe environment? The answer lies in finding a platform that respects personal limits without locking out all entertainment.

Self‑exclusion often means losing access to all online gambling sites. For a player who wants to gamble responsibly again, the loss of choice can feel like a punishment rather than a help. This can lead to frustration, anxiety, and even a return to old habits in secret.

The core problem is a lack of flexible tools. Players need a place that offers non‑GamStop options, strong player protection, and clear limits they can control themselves. Without that, the road to recovery can be steep and lonely.

How Win Diggers Casino Uk Provides a Safe Alternative

Industry experts recommend Win Diggers because it balances freedom with security. The platform was launched in 2020 and is built for UK players who need a non‑GamStop environment.

Win Diggers Casino Uk offers a clear set of tools that let users set deposit caps, session timers, and self‑exclusion periods that they can adjust at any time. This gives a sense of control that many traditional sites lack.

The site also holds a reputable licence from the Malta Gaming Authority, which adds an extra layer of trust. All games are regularly audited for fairness, and the platform uses SSL encryption to protect personal data.

Because the casino supports both fiat and cryptocurrency payments, players can choose the method that feels safest. Crypto deposits are processed instantly, while traditional bank transfers are still speedy and secure.

In short, Win Diggers Casino Uk gives players a fresh start without forcing them into a one‑size‑fits‑all block.

Game and Betting Variety That Keeps Players Engaged

A strong game library is essential for anyone who wants to enjoy gambling responsibly. Win Diggers Casino Uk hosts over 3,000 titles, ranging from classic slots to live dealer tables.

For sports fans, the platform includes a full‑featured sports betting section. You can place wagers on football, cricket, and even e‑sports, all within the same account. This means you don’t need to juggle multiple sites to enjoy both casino games and sports betting.

The casino partners with top software providers such as NetEnt, Microgaming, and Evolution Gaming. This ensures high RTP (return‑to‑player) rates, crisp graphics, and fair outcomes.

Because the site accepts cryptocurrency payments, you can fund your account with Bitcoin, Ethereum, or Litecoin. Crypto users often enjoy faster withdrawals and lower fees, which is a big plus for players who value speed.

Did You Know? The average payout speed for crypto withdrawals at Win Diggers Casino Uk is under 30 minutes, compared with 24‑48 hours for most fiat methods.

Fast Payouts and Reliable Support

Speedy withdrawals are a top priority for anyone who wants to keep gambling responsibly. Below is a quick comparison of the most common payment methods offered by Win Diggers Casino Uk.

Payment Method Typical Speed Fee Level
Bitcoin (crypto) < 30 min Low
Visa Debit (fiat) 1‑2 days Medium
PayPal (fiat) Same‑day Medium
Bank Transfer (fiat) 2‑3 days High

The platform also provides 24/7 live chat support. Real‑time agents can answer questions about limits, bonus terms, and withdrawal status. Email support is available for more detailed inquiries, and response times are usually under an hour.

Having a responsive support team helps players feel heard and safe, especially when they are managing self‑exclusion settings.

Responsible Gambling Tools and Player Protection

Win Diggers Casino Uk puts responsible gambling at the heart of its design. The site offers a dedicated “Responsible Play” hub where you can:

  • Set daily, weekly, or monthly deposit limits.
  • Choose session timeouts that automatically log you out after a set period.
  • Access self‑exclusion tools that can be activated for 24 hours, 7 days, or longer.

These tools are easy to find in the account dashboard, and changes take effect immediately.

In addition, the casino works with trusted third‑party organizations such as GambleAware. Links to counseling services and financial advice are displayed prominently, encouraging players to seek help when needed.

Did You Know? The UK Gambling Commission reports that players who use self‑imposed limits are 40 % less likely to develop problem‑gambling behaviors.

Real‑World Success Stories and Practical Tips

Seeing how other players have turned a difficult situation into a positive experience can be inspiring. Below are two brief examples that illustrate the impact of Win Diggers Casino Uk’s approach.

Example 1:
Emma, a 32‑year‑old from Manchester, struggled with compulsive betting on sports. After using GamStop, she felt cut off from any betting activity. She signed up at Win Diggers Casino Uk, set a modest weekly deposit limit, and used the site’s sports betting feature for low‑stakes football wagers. Within three months, she reported feeling in control and enjoyed the flexibility to pause betting whenever she needed.

Example 2:
Liam, a 45‑year‑old from Liverpool, preferred cryptocurrency for its anonymity. He joined Win Diggers Casino Uk, activated a 30‑minute session timer, and played slots with a 96 % RTP. The fast crypto withdrawals let him recoup winnings quickly, and the built‑in limits prevented overspending.

Tips for Getting the Most Out of Win Diggers Casino Uk

  • Start with a modest deposit. Use the 450 % welcome bonus wisely by wagering only what you can afford.
  • Set clear limits. Go to the “Responsible Play” hub before you begin a session.
  • Choose the right payment method. Crypto offers speed; fiat offers familiarity. Pick what suits your lifestyle.
  • Use live chat for quick help. If you’re unsure about a limit, an agent can guide you instantly.

A Simple Step‑by‑Step Plan

  1. Register at Win Diggers Casino Uk and verify your account.
  2. Choose your preferred payment method – crypto or fiat.
  3. Activate deposit and session limits in the responsible‑play section.
  4. Claim the 450 % welcome bonus across your first three deposits.
  5. Play responsibly, using the live support team whenever you need guidance.

By following these steps, you create a balanced gaming routine that respects both fun and safety.

Final Thoughts

Win Diggers Casino Uk bridges the gap between strict self‑exclusion and total freedom. It offers a non‑GamStop environment, a massive game library, fast cryptocurrency payments, and robust responsible‑gambling tools. The platform’s licensing and 24/7 support add layers of trust that many players need during recovery.

If you are a UK player looking for a fresh start without sacrificing choice, consider giving Win Diggers Casino Uk a try. Remember to set limits, play within your budget, and use the support resources available. With the right approach, online gambling can remain an enjoyable pastime rather than a source of stress.

एमाले महाधिवेशन : १०८ प्रतिनिधि मनोनीत

काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको सचिवालय बैठकले महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार ५ प्रतिशत मनोनीत गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार मनोनीत गर्नेहरूको नाम भने टुंगिइसकेको छ ।

‘केही नाम प्रस्ताव भएको थियो । यी नामहरूबारे शनिबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर टुंगो लगाउने सहमति भएको छ,’ ती नेताले भने, ‘दुवैतर्फबाट सहमतिकै आधारमा नाम टुंगो लगाइने छ ।’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।

‘हाम्रो महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिहरूको कूल संख्याको ५ प्रतिशतले हुन आउने १०८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले भोलि सार्वजनिक गर्नेछौं,’ ज्ञवालीले भने । विधानतः एमालेमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ । महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन् । १०८ मनोनीत भएपछि प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना पुगेको छ ।

एमालेले बढाएन पदाधिकारी संख्या, विधान संशोधन पनि नगर्ने

काठमाडौं । नेकपा एमालेले आगामी नेतृत्व चयनका लागि विधान संशोधन नगरी भदौमा पारित गरिएको विधानमै आधारित संरचना कायम राख्ने निर्णय गरेको छ । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयनदेखि पदाधिकारी संख्या निर्धारणसम्म सबै प्रक्रिया गोदावरीमा पारित विधानअनुसार नै सञ्चालन हुने बताए।

भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो । सोही संरचना अन्तर्गत वरिष्ठ उपाध्यक्षको पद नराखी तीन उपाध्यक्ष मात्र रहने व्यवस्था गरिएको छ । यस्तै, स्थायी कमिटी खारेज गरी केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने संशोधन पनि त्यही महाधिवेशनले स्वीकृत गरेको थियो।

हालका दिनमा आकांक्षीहरूको संख्या बढ्दै जाँदा व्यवस्थापन चुनौती देखिएको भन्दै विधान फेरबदलको सम्भावनाबारे पार्टीभित्र चर्चा चलेको थियो । तर, ईश्वर पोखरेल समूहले संशोधनको आवश्यकता नरहेको अडान राख्दै आएको थियो । यही सन्दर्भमा ज्ञवालीले तीन महिनाअघि मात्रै संशोधित गरिएको विधानलाई फेरि तत्काल परिवर्तन गर्नु व्यवहारिक नदेखिने ठहर भएको बताए।

सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा निर्वाचित र पदेन सदस्यहरूको पाँच प्रतिशत बराबर प्रतिनिधि मनोनयन गर्ने प्रावधानअनुसार यो संख्या तोकिएको हो । मनोनयन गरिएका प्रतिनिधिहरूको नामावली भोलि सार्वजनिक गरिने जनाइएको छ।यससँगै आगामी महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचनामै नेतृत्व निर्माण हुने सुनिश्चित भएको छ।

के नव नियुक्त मन्त्री श्रद्धा श्रेष्ठमाथि भ्रष्टाचार मुद्दा चलेको थियो ?

काठमाडौं । अन्तरिम सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएपछि पर्यटन क्षेत्रको अनुभवी विशेषज्ञ श्रद्धा श्रेष्ठ पुनः ११ वर्षअघिको एक पुरानो मुद्दाकै कारण सार्वजनिक बहसको केन्द्रमा परेकी छन् । सामाजिक सञ्जालमा ‘भ्रष्टाचारको मुद्दा लागेको मन्त्री’ भनेर फैलाइएका दाबीले प्रश्न उब्जिएको हो—के उनीविरुद्ध साँच्चीकै भ्रष्टाचारको मुद्दा दायर भएको थियो ? उपलब्ध अदालती अभिलेख, अख्तियारको अभियोगपत्र र मुद्दाको फैसलाले भने फरक तस्वीर देखाउँछ ।

आर्थिक वर्ष २०७०/७१ मा नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुभाष निरौलामार्फत करिब ८० लाख रूपैयाँ हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा २३ जनालाई प्रतिवादी बनाइएको भए पनि श्रद्धा श्रेष्ठ प्रतिवादी सूचीमा परेकी थिइनन् ।

अख्तियारको अभियोगपत्रमा उनलाई ‘सजाय छुट दिई साक्षीका रूपमा बुझिपाउन अनुरोध गरिएका व्यक्ति’ को सूचीमा राखिएको देखिन्छ । अनुसन्धानका क्रममा उनको नाममा समेत चेक काटेर रकम निकासा भएको देखिए पनि उनीमाथि प्रत्यक्ष भ्रष्टाचारको आरोप दाबी गरिएको थिएन । अनुसन्धान अधिकारीसमक्ष दिएको बयान अनुसार, उनी २०१४ मार्च १३–२६ सम्म बोर्डले तोकेको एसिया भ्रमणमा थिइन् । त्यही अवधिमा करिब ९ लाख ८० हजार रूपैयाँ बराबरका चेक उनका नाममा काटिएका थिए । ती चेकहरूको पछाडिको हस्ताक्षर ‘श्रद्धाको नभएको’ केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले पुष्टि गरेको थियो ।

श्रद्धाले आफ्नो नाममा चेक काटिएको जानकारी पाउने बित्तिकै महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता गरेकी थिइन् । केही रकम त उनको खातामा परे पनि उल्लेखनीय रकम (करिब साढे ११ लाख) न त खातामा गएको थियो, न त उनले व्यक्तिगत रूपमा बुझेको दाबी छ । १० फागुन २०७४ मा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले प्रकरणमा निर्णय सुनायो । श्रद्धा श्रेष्ठलाई प्रतिवादी नठहरिएको मात्र होइन, उनको नाममा काटिएका रकम ‘अख्तियारकै निर्देशन अनुसार फछ्र्यौट भइसकेको’ भन्दै उनी हिनामिनामा संलग्न थिए भन्ने मान्न नसकिने अदालतको निष्कर्ष थियो।

फैसलामा भनिएको छ, ‘श्रद्धा श्रेष्ठ र सुस्मिता दहालका नाममा काटिएका चेकका रकमवारे अख्तियारको निर्देशन अनुसार फछ्र्यौट भइसकेकाले ती रकमलाई भ्रष्टाचार गरेर हिनामिना भएको मान्न मिलेन ।’ यसरी, अदालतले उनीविरुद्ध कुनै दोष देखाएन र अख्तियारले पनि उनीविरुद्ध पुनरावेदन दायर गरेन ।
त्यस समय प्रमुख निरौलाले विभिन्न कर्मचारीहरूको नाममा चेक काटेर आफू निकटका व्यक्तिहरूबाट रकम निकासी गरेको पाइएको थियो । त्यसमा श्रद्धासहितका कर्मचारीहरूका नाम दुरुपयोग भएको थियो ।

यही कारणले अख्तियारले २७ जना तल्ला तहका कर्मचारीमाथि मुद्दा नचलाई ‘अनुसन्धानमा सहयोग पुर्‍याएको’ भन्दै दफा ५५ अनुसार साक्षीसरह पेश गर्ने निर्णय गरेको थियो । करिब २० वर्षदेखि पर्यटन क्षेत्रमा कार्यरत श्रद्धा श्रेष्ठले नेपाल पर्यटन बोर्डमा ब्रान्ड प्रमोशन, अन्तर्राष्ट्रिय मेलामा प्रतिनिधित्व, डिजिटल पर्यटन अभियानदेखि ‘सस्टेनेबल टुरिजम’ परियोजनासम्म नेतृत्व गरेकी छन् । काठमाडौं स्वास्थ्य संकटकाबीच पर्यटन पुनरुत्थान टिममा पनि उनी सक्रिय सदस्य थिइन् । उनले अमेरिकाको मिसिगन विश्वविद्यालयबाट विकास अर्थशास्त्र र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेकी छन् ।

बिजुली बजारमा दुर्घटना, पैदल यात्रीलाई ठक्कर दिएर चालक फरार

काठमाडौं । काठमाडौंको बिजुली बजारस्थित धोबीखोला पुल नजिकै दुर्घटना भएको छ । हाइसले पैदल यात्रीलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार घाइते पैदलयात्रीलाई उपचारका लागि लगिएको छ । दुर्घटना गराउने सवारी चालक फरार रहेको हुँदा खोजी भइरहेको कार्यालयले जानकारी दिएको छ ।

एमालेको ११औँ महाधिवेशनमा प्रचण्ड सहभागी नहुने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले)को ११औँ महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

महाधिवेशनमा भौतिक रूपमै उपस्थित हुन नसक्ने भन्दै उनले टेलिफोनमार्फत शुभकामना सन्देश दिइसकेका छन् ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डले हिजो नै टेलिफोनमार्फत शुभकामना सन्देश दिइसकेका छन्, ।

नेपाली कम्युनिष्ट पार्टीको भोली कर्णाली प्रदेशमा एकता सन्देशसभा यसअघि नै तय भएको थियो । त्यही कार्यक्रमका लागि संयोज प्रचण्ड बाहिर हुने भएकाले जान नपाउने भएका हुन् । बेलुकासम्म फर्कने स्थिति बन्यो भने कार्यक्रममा सहभागी हुने प्रचण्डका स्वकीय सचिव आचार्यले बताए ।