`

प्रचण्डलाई मेरा साथीले घेरा हालिसके, अब देख्छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना साथीहरूले प्रचण्डलाई घेरा हालिसकेको भन्दै व्यङ्ग्य गरेका छन् । नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड संकटमा परिसकेको टिप्पणी गरे। ‘एकताको नाममा नचाहिँदो काम नगर्ने खालका मान्छे, अहंकारले भरिएका मान्छे थुपारेर प्रचण्डले अब देख्छन्,’ उनले भने, ‘एक ढंगले भन्ने हो भने म खुशी छु । दोस्रो, तेस्रो, चौथो हुँदै छैटौं तहसम्मका नेता मेरै साथी हुन् । अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्।’

लामो समय नेकपा एमालेको नेतृत्व पंक्तिमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलजस्ता नेताहरूतर्फ संकेत गर्दै उनले थपे, ‘मेरा साथीले त प्रचण्डलाई घेरिसके । माओवादी पार्टी विघटन गराइसके, माओवादी पार्टी सिध्याइसके।’ ओलीले अब नेकपा माओवादीको वैधानिकता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमा मात्र रहेको बताए । ‘अब नेकपा माओवादी भनेको विप्लवजीहरूको मात्र हो । प्रचण्डहरू अब माओवादी होइनन्,’ उनले भने ।

सरकारलाई ओलीले भने–पक्राउ परेका दुर्गा प्रसाईलाई तत्काल छाडियोस्

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पक्राउ गरिएका दुर्गा प्रसाईलाई तत्काल छोड्न सरकारसँग माग गरेका छन् । आज (बुधवार) पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै उनले प्रसाईलाई बोलेबापत पक्राउ गरिएको जिकिर गर्दै तत्काल छोड्न दबाब दिएका हुन् ।

मानव अधिकार आयोगले समेत प्रसाईँको मानव अधिकार हनन गर्न नपाउने कुरा सरकारलाई भनिसकेकाले पनि सरकारले उसलाई पक्राउ गरेर राख्न नपाउने स्पष्ट पारे । अध्यक्ष ओलीले प्रसाईँलाई बोल्न नदिन सरकारले उत्तेजित भएर नियन्त्रणमा लिने काम गरेको उल्लेख गर्दै सो कुरा स्वीकार्य नहुने समेत बताए । बोलेबापत वा एउटा भिडियो सार्वजनिक गरेबापत सरकारले उत्तेजित भएर प्रसाईलाई पक्राउ गर्न नमिल्ने ओलीको भनाई थियो ।

उनले भने ‘म सरकारलाई भन्न चाहन्छु–दुर्गा प्रसाईलाई तुरुन्त छोड्नुस् । बोल्नै नपाइने पनि हुन्छ । मानव अधिकार आयोगले भनिसकेको छ–बोले बापत नै थुन्न मानव अधिकारको उल्लङ्घन हो । सरकारलाई मानव अधिकारको उल्लङ्घन गर्ने अधिकार छैन भनेर मानव अधिकार आयोगले भनिसक्यो सरकारले छोड्नुपर्छ, पछि हट्नुपर्छ । त्यसो भएर बोल्न नदिनका लागि, बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्नुहुँदैन । कसलाई को मन पर्छ, कसलाई को मन पर्छ ? तर के मा थुन्ने, के मा नथुन्ने भन्ने हुन्छ नि त । अपराधमा पो थुन्ने हो त । अनि भएको भिडियो बाहिर ल्याउँदा थुन्ने हो ?’ अध्यक्ष ओलीले सरकारले बोल्दा पनि अपराधीलाई जस्तो व्यवहार गर्ने गरेको आरोप समेत लगाए । उनले सरकारले मुसाले बिरालो खेदे जसरी एमालेलाई पेल्ने प्रयास गरिरहेको बताए ।

‘सिमरा प्रकरण’ मा ओलीको आक्रोश : सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सभा सम्मेलन र सार्वजनिक कार्यक्रममै अवरोध पुर्‍याइरहँदा स्वतन्त्र र निष्पक्ष चुनाव गराउँछ भन्नेमा विश्वास गर्न नसकिने बताएका छन् । आज (बुधबार) काठमाडौँमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलामा बोल्दै उनले बाराको सिमरामा भएको घटनालाई उदाहरण प्रस्तुत गर्दै निर्वाचन हुन नसक्ने बताएका हुन् । उनका अनुसार सिमरामा आयोजित युवासम्बन्धी कार्यक्रमका क्रममा विमानस्थल नै अवरुद्ध बनाइएपछि एमालेका नेताहरू त्यहाँ पुग्न सकेनन् ।

बाराको सिमरामा जेनजीहरूले गरेको अवरोधप्रति लक्षित गर्दै उनले भने, ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनु भएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइ दिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’

फेरि रोकिए बञ्चरेडाँडामा फोहोर बोकेका गाडी (तस्बिरहरू)

काठमाडौं ।  काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ ।

बुधबार फोहोर लिएर गएका गाडीहरू बन्चरेडाँडा जाने बाटोमै रोकिएका छन् । केही गाडी भने काठमाडौं फिर्ता आइरहेका छन् ।

सरकारसँग भएको सहमति पालना नभएको भन्दै स्थानीयवासीले फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

 

सिमरामा ‘कर्फ्यू’ तोड्दै युवाको प्रदर्शन, काठमाडौंमा पनि तयारी

काठमाडौं । बाराको सिमरा सुरु भएको तनाव थप चर्किन थालेको छ । जिल्ला प्रशासन कार्यालयले अपराह्न १२ः३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू जारी गरे पनि जेनजी युवाहरू मुख्य बजारमै ठूलो संख्यामा भेला भई नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । प्रशासन र सुरक्षा निकायले माइकिङ गर्दै घर फर्कन आग्रह गरे पनि युवाहरू ‘कर्फ्यू तोड्दै’ प्रदर्शनमा उत्रिएका छन् ।

बारामा नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बिहानै सुरु भएको झडपपछि परिस्थितिलाई संवेदनशील मान्दै प्रशासनले गण्डक नहर–पथलैया सडक खण्डको दायाँ–बायाँ ५०० मिटर तथा सिमरा विमानस्थल क्षेत्रको ५०० मिटरभित्र कुनै पनि भेला, जुलुस वा प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । तर कर्फ्यूको प्रभाव क्षेत्रमै युवाहरूको भीड बाक्लिँदै गएपछि सुरक्षा निकायलाई थप सतर्कता अपनाउनु परेको हो ।

तनावको सुरुवात जेनजी अगुवा सम्राट उपाध्यायमाथि एमाले कार्यकर्ताले सिमरा चोकमा गरेको हातपातबाट भएको हो । मंगलबार बेलुकी उपाध्यायले सामाजिक सञ्जालमार्फत एमालेको परवानीपुरमा हुने प्रदेशस्तरीय युवा भेलालाई शान्तिपूर्ण विरोधमार्फत ‘असफल पार्ने’ घोषणा गरेपछि वातावरण झनै तातिएको थियो ।

बिहानको झडपपछि आक्रोशित जेनजी समूहले सिमरा विमानस्थल नै घेराउ गर्न पुगेका थिए । एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेतसहितका नेता विमानस्थल आउने जानकारी पाएका युवाहरूले मुख्यगेट ढालेर भित्रै ढुंगा र सिसा फाल्दै नारावाजी गरेका थिए । स्थिति नियन्त्रण बाहिर जाँदा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेपछि दुवै पक्षबीच झडप भएको थियो । विमानस्थल बन्द भएसँगै पोखरेल र बस्नेत काठमाडौंमै रोकिएका छन् ।

यता, बारामा भएको घटनापछि जेनजीहरू राजधानी काठमाडौंमा पनि सडकमा उत्रिने तयारीमा जुटेका छन् । राष्ट्रिय जेनजी नेपालले एमाले कार्यकर्ताले आफ्ना अगुवा उपाध्याय र अन्य युवामाथि कुटपिट गरेको भन्दै आज अपराह्न ३ बजे माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनको घोषणा गरेको छ । सामाजिक सञ्जालमार्फत युवाहरूलाई ठूलो संख्यामा सहभागिताको आह्वान गरिएको छ । कर्फ्यू जारी हुँदा पनि सिमरामा भीड बढ्दो छ भने काठमाडौंमा जेनजीहरु सलबलाउन थालेका छन् । सिमराबाट सुरु भएको विवाद संघीय राजधानी काठमाडौं छिर्न थालेपछि चिन्ता सिर्जना गरेको छ ।

 

 

एमसीसी कार्यान्वयन गर्न थपियो पाँच करोड डलर

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

यो थप स्रोतले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउनेजस्ता सो सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्नेछ । ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी यस सम्झौताले अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ ।

उक्त सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरहरूको विस्तार पनि गर्दछ । यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको चीरस्थायी साझेदारी प्रतिबिम्बित गर्दछ । दशकौंसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गरेका छन् । एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ ।

 

 

 

 

 

सिमरा जान रोकिएपछि बस्नेतको प्रतिक्रिया : जेनजीको नाममा विभिन्न दलले अराजक भिड उतारे

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । महासचिव शंकर पोखरेलसहित पार्टीको कार्यक्रममा सहभागी हुन बाराको सिमरा जान लाग्दा जेनजी युवाहरु आन्दोलनमा उत्रिएका थिए । विमानस्थालसम्म तोडफोड गर्ने तहमा युवाहरु उत्रिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । तर, सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य भएको उनले बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अवरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो ।’

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद भएको उनको टिप्पणी छ । उनले भनेका छन्, ‘हे कठपुतली सरकार, लोकतन्त्र, बिधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ । जनता सबै बुझिसकेका छन् ।’ उनले अवरोधले विचलित नहुने भन्दै लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी राख्ने बताएका छन् ।

पार्टीका शीर्ष नेता जेनजीको विरोध र कफ्र्युका कारण जान नसके राष्ट्रिय युवा संघको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले जानकारी दिएका छन् । कर्फ्युका कारण जनप्रदर्शनको कार्यक्रम भने स्थगित भएको छ ।

सिमरा विमानस्थलमा जेनजी प्रदर्शनको विरोधका कारण जहाज नगएपछि एमालेका महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेतालगायतका नेताहरू काठमाडौंमै रोकिएका हुन् । जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्युका कारण बाटैमा रोकिएको नेता श्रेष्ठले जानकारी दिए । ‘पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ’, उनले सुनाए ।

 

 

 

 

 

कर्फ्यूपछि यस्तो छ सिमरा विमानस्थल क्षेत्रको अवस्था (तस्बिरहरू)

काठमाडौं। बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत आज सिमरा जान लागेका थिए । आज बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो ।

दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेको क्यान्टिन आसपास भेला भएका एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ ।

प्रदर्शनमा उत्रिएका जेन-जी समूहले सडकमा टायर बालेका छन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

जेन-जी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ ।

तस्बिरहरु: श्याम ठकुरी/नेपाल फोटो लाइब्रेरी

नेतालाई जनतामाझ जान रोके चुनाव हुँदैन : डा. भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई जनता माझ जान रोकिए चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । बाराको सिमरामा आज (बुधबार) नेकपा एमालेका नेताहरूलाई निषेध गरिएपछि उनले २१ फागुनमा चुनाव हुनेमा आशंका व्यक्त गरेका हुन् । ‘नेताहरूलाई आफ्ना सभा, सम्मेलनमा जान रोक लगाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ ?,’ आचार्यले प्रश्न गरेका छन्, ‘अनि यस्तो काम गर्न पाइन्छ कसरी ?’

उनले जेनजी पुस्तालाई सत्तामा रहेका आन्दोलनकारीले झनै बढी जिम्मेवार हुनुपर्ने स्मरण पनि गराएका छन् । ‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ?,’ आचार्यले प्रश्न गर्दै भनेका छन्, ‘जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु प¥यो ।’
यसअघि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि एमाले नेतामाथि बारामा गरिएको निषेधात्मक व्यवहारलाई लिएर खुलेर आलोचना गरेका थिए ।

सिमरा विमानस्थल वरिपरि जेनजी समूहको प्रदर्शन देखाउँदै एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतसहितका नेताहरूलाई विमानमै रोकिएको घटनालाई उनले ‘लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप’ भन्दै कडा प्रश्न तेस्र्याएका छन्, ‘यस्तै वातावरणमा चुनाव हुन्छ ?’ शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई प्रत्यक्ष ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘भ्रमणको वातावरण नै बन्द छ भने चुनाव कसरी गर्नु हुन्छ प्रधानमन्त्री ज्यू ?’ जनप्रतिनिधि बन्ने, प्रतिस्पर्धा गर्ने कुरा अलग आकाश हो, तर देशभर स्वतन्त्र रूपमा हिँडडुल गर्ने अधिकार कुण्ठित गर्नु लोकतन्त्रकै आत्मालाई ठाडै चुनौती भएको उनको टिप्पणी छ ।

उनका अनुसार सिमरामा देखिएको विरोध जेनजी पुस्ताको वास्तविक भावना नभई युवाहरूको नाम दुरुपयोग गरिएको नतिजा हो । ‘सामाजिक सञ्जाल बन्देजका विरोधमा उभिने जेनजी कसैको समाज भ्रमण अधिकार रोक्न उभिन सक्दैनन्’, भन्दै उनले जनआक्रोश कुनै समूहको राजनीतिक उपकरण बन्न नहुने बताएका छन् । यतिबेला मधेस प्रदेशमा एमालेले ‘सही कर्म नगरेको’ बताउँदै आलोचना गर्ने स्वतन्त्रता सबैलाई रहेको उनले स्वीकारे पनि, त्यसकै नाममा कुनै पनि पार्टीका नेतालाई प्रदेश प्रवेश नै रोकिने घटना स्वीकार्य नभएको उनको तर्क छ ।

 

 

 

बारामा कर्फ्युका कारण रोकियो एमालेको जनप्रदर्शन, युवा भेला जारी

बारा । बारामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले जानकारी दिएका छन् । कर्फ्युका कारण जनप्रदर्शनको कार्यक्रम भने स्थगित भएको छ ।

सिमरा विमानस्थलमा जेनजी प्रदर्शनको विरोधका कारण जहाज नगएपछि एमालेका महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेतालगायतका नेताहरू काठमाडौंमै रोकिएका छन् । जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्युका कारण बाटैमा रोकिएको नेता श्रेष्ठले जानकारी दिए ।

‘पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ’, उनले सुनाए । यद्यपि परवानीपुरस्थित डीएभी स्कुलसँगै चयनपुरको चौरमा निर्धारित भेला स्थलमा दुई हजार बढी मानिस भेला भइसकेका थिए । नेता श्रेष्ठका अनुसार आइसकेका कार्यकर्तालाई सम्बोधन गरिने र कार्यक्रम समापन गर्ने तयारी छ । भेलाका निम्ति मधेशका ८ वटै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भएका छन् । भेलास्थल मुख्य सडकसँगै भएकाले सजग भएर कार्यक्रम सम्पन्न गरिने श्रेष्ठले बताए ।

एमाले नेतालाई सिमरा जान रोकिएपछि विश्वप्रकाशको प्रश्न : यस्तै वातावरणमा चुनाव हुन्छ ?

काठमाडौं । एमाले नेतामाथि बारामा गरिएको निषेधात्मक व्यवहारलाई लिएर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा खुलेर आलोचना गरेका छन् । सिमरा विमानस्थल वरिपरि जेनजी समूहको प्रदर्शन देखाउँदै एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतसहितका नेताहरूलाई विमानमै रोकिएको घटनालाई उनले ‘लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप’ भन्दै कडा प्रश्न तेर्स्याएका छन्, ‘यस्तै वातावरणमा चुनाव हुन्छ ?’

शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई प्रत्यक्ष ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘भ्रमणको वातावरण नै बन्द छ भने चुनाव कसरी गर्नु हुन्छ प्रधानमन्त्री ज्यू ?’ जनप्रतिनिधि बन्ने, प्रतिस्पर्धा गर्ने कुरा अलग आकाश हो, तर देशभर स्वतन्त्र रूपमा हिँडडुल गर्ने अधिकार कुण्ठित गर्नु लोकतन्त्रकै आत्मालाई ठाडै चुनौती भएको उनको टिप्पणी छ ।

उनका अनुसार सिमरामा देखिएको विरोध जेनजी पुस्ताको वास्तविक भावना नभई युवाहरूको नाम दुरुपयोग गरिएको नतिजा हो । ‘सामाजिक सञ्जाल बन्देजका विरोधमा उभिने जेनजी कसैको समाज भ्रमण अधिकार रोक्न उभिन सक्दैनन्’, भन्दै उनले जनआक्रोश कुनै समूहको राजनीतिक उपकरण बन्न नहुने बताएका छन् । यतिबेला मधेस प्रदेशमा एमालेले ‘सही कर्म नगरेको’ बताउँदै आलोचना गर्ने स्वतन्त्रता सबैलाई रहेको उनले स्वीकारे पनि, त्यसकै नाममा कुनै पनि पार्टीका नेतालाई प्रदेश प्रवेश नै रोकिने घटना स्वीकार्य नभएको उनको तर्क छ ।

‘एमाले चुनावविरुद्ध उभिएको छ भने त्यसलाई चुनावमा आउन आग्रह गरौँ, गलत गरे विरोध गरौँ तर भ्रमण रोकेर संघर्ष झनै चर्किन्छ’, शर्मा भन्छन् । सिमरा घट्नालाई उनले ‘दुःखद् र खतरनाक संकेत’ दुवै भनेका छन् । आगामी चुनावी माहोल तातो हुँदै जाँदा सडकको आक्रोश र राजनीतिक द्वन्द्व एउटै थैलोमा मिसिन थालेको चेतावनी दिंदै उनले भनेका छन्, ‘यो समय भावनाको आगो बढाउने होइन, संयम र एकता देखाउने समय हो ।’

 

 

जलेको घरबाट हितेन्द्रदेवको प्रश्न : चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लगातार दुई दिनसम्म चलेको आगजनी र लुटपाटपछि पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घर खरानी भएको छ । जीवनभरको मेहनत, विदेशमा गरेको जोखिमपूर्ण काम, श्रीमतीसँगको संयुक्त श्रम र दशकौँमा जोडिएको कमाइ—सबै एकैपटक ध्वस्त भएपछि शाक्यले सोमबार साँझ आफूभित्रको चिरिएको मन फेसबुकमार्फत पोखेका छन् । भावुक हुँदै उनले लेखेका छन्, ‘चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?’

शाक्यले भनेका छन्, ‘आफूले नेपालको ऊर्जा क्षेत्रमा बिताएको लामो समय ‘युद्धभूमिमा काम गरेझैं ज्यान र प्रतिष्ठा दाउमा राखेर’ बितेको थियो, तर अहिले भने ‘देशले हार्दा दरबारले लान्छना लगाएको’ अमरसिंह थापाको कथा जस्तै पीडा महसुस भइरहेको छ । ‘सन्तानको दागबत्ती दिँदा आमालाई कस्तो पीडा होला–त्यस्तो अनुभूति अहिले मलाई भइरहेको छ’, शाक्यले लेखेका छन् । घरका ढोका–झ्यालदेखि प्लास्टरसम्म आफ्नो पसिना मिसिएको स्मरण गर्दै उनी भन्छन्, ‘अहिले मेरो हातमा कालो खरानी मात्र बाँकी छ ।’

शाक्यले आफूले बनाएको घर कुनै सहज आम्दानीले सम्भव नभएको बताउँछन् । अफगानिस्तानमा बम–गोलीको डरबीच मासिक ८–१० हजार डलर बचत गर्दै उनले करिब एक वर्षपछि घर बनाउने रकम जोडेका थिए । बाँकी रकम सञ्चय कोषका ऋण, चिलिमे कम्पनीका बोनस र थोरै थोरै गरेर जोडिएको सेवाको आम्दानीबाट जुटाइएको थियो । ‘इमानदार भएर जागिर खानेको घर सजिलै बन्दैन’, भन्दै श्रीमतीलाई ढाडस दिने श्रीमान–आज भने यही इमानदार कमाइले बनेको घरले आफैँलाई ‘नपुंसक’जस्तै ठट्टा गरेको अनुभूति भइरहेको उनी लेख्छन् ।

आगो र लुटपाटले शाक्यको भौतिक सम्पत्ति मात्र होइन, दशकौँको सम्झना पनि लगे । कलेज प्रमाणपत्र, छोराछोरीका सफलता–प्रमाण, विवाहको सारी, बुवाले दिएका कोट र घडी—सबै जलेर गएका छन् । उनले आफूले दीपावलीदेखि मनको अँध्यारो हटाउन लेख्दै आएका निजी डायरी, जीवनका अनुभव समेटिएका ५–६ हार्डडिस्क र फोटो एल्बम समेत जलेर नष्ट भएको बताए । ‘धन–सम्पत्ति लानु, तर यादहरू त छाडिदिनु नि—मुटु चसक्कै हो’, उनले मन बुझाए । इतिहासका काजी भीम मल्ललाई राज्यले बलिवेदीमा चढाउनु परेको प्रसङ्ग उल्लेख गर्दै शाक्यले आफू ‘बलिको बोका’ नबन्न चाहेको स्पष्ट पारे ।

थर मिलेकै आधारमा ‘सालो केटो’ को आरोप लगाइने व्यवस्थापकीय संस्कृतिप्रति उनले कडा आपत्ति जनाउँदै भनेका छन्, ‘कसैलाई सालो केटो नबनाउनू, कालो केटो पनि नबनाउनू । मेरो थर मिल्यो भन्दै बलि चढाइयो ।’ उनले आफू भीम मल्ल बन्नु नचाहेको, बरु बिशे नगर्ची जस्तो सच्चा, समर्पित नागरिक बन्ने चाहना रहेको उल्लेख गर्दै ‘देशमा कोही पृथ्वीनारायण भएर आउन’ आग्रह गरेका छन् । विद्युत् प्राधिकरणमा विभिन्न जिम्मेवारी सम्हाल्दा आफूले कुलेखानी, मस्र्याङ्दी, चिलिमेदेखि एलडीसी र योजनासम्ममा गरेको काम देशकै आत्मनिर्भरताको लागि भएको शाक्यको दाबी छ ।

उनले भनेका छन्, ‘मैले के बिराएँ ? यदि मैले अपराध गरेकै हुँ भने, राज्य, मलाई भन । तर यदि यो परिवर्तनका लागि मागिएको बलिदान हो भने, म शिर चढाउन तयार छु । तर अर्थहीन खरानी–यो स्वीकार्य छैन ।’ सबै नष्ट भएको भन्दै शाक्यले आफू पुनः उठ्ने दृढता व्यक्त गरेका छन् । तर उनले भनेका छन्, ‘सन्तानका प्रमाणपत्र, फोटो, डायरी र जीवनका स–साना यादहरू कहाँबाट फेला पारूँ ?’ आगजनी र लुटपाटले शारीरिक भने जस्तै मानसिक क्षति झनै गहिरो भएको बताउँदै उनले भनेका छन, ‘मुटु फेरि चरक्कै गर्छ ।’

 

 

 

दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित

टोकियो । दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

जापानको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार कम्तीमा १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । साथै, ७० वर्ष उमेरका एक पुरुष बेपत्ता भएपछि उद्धार टोली थप सतर्कताका साथ खोजीकार्यमा जुटिरहेको जनाइएको छ ।

आगलागी मङ्गलबार साँझ ओइटा सहरको माछा मार्ने बन्दरगाह नजिकै सुरु भएको थियो । तीव्र हावाका कारण आगो तीव्र गतिमा फैलिँदै वरपरका घरहरू र नजिकको जङ्गलमा समेत पुगेको थियो । ओइटा दक्षिणी मुख्य टापु क्युशोमा अवस्थित सहर हो । यहाँ यो दुर्लभ स्तरको आगलागीले स्थानीयहरूलाई गम्भीर विपत्तिमा पारेको छ ।

दिउँसो प्रसारित जापानी टेलिभिजन दृश्यहरूमा विस्तृत क्षेत्रभरि जलेका र क्षतिग्रस्त घरहरूबाट बाक्लो धुवाँ उठिरहेको देखिन्थ्यो । यद्यपि प्रत्यक्ष ज्वाला भने धेरैजसो निभिसकेको देखिन्थ्यो ।

एक स्थानीय बासिन्दाले क्योदो न्युजसँग कुरा गर्दै भने, “आगो आँखा झिम्क्याउँदा फैलियो । मलाई केही उठाउने फुर्सदै भएन, जीवन बचाउन मात्रै भाग्न सकेँ ।”

आगो नियन्त्रणमा लिन दर्जनौँ फायर इन्जिन प्रयोग गरिएको छ र २०० भन्दा बढी अग्निनियन्त्रक खटिइरहेका छन् । तर आगलागी सुरु भएको करिब २० घण्टा बितिसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।

ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स (जिएसडिएफ) ले पनि सहयोगस्वरूप दुई वटा युएच–१ सैन्य हेलिकप्टर परिचालन गरेको छ । ती हेलिकप्टरले आकाशबाट निरन्तर पानी छर्केर आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया व्यक्त गर्दै आगलागीबाट पीडित भएका सबैप्रति हार्दिक सहानुभूति प्रकट गरेका छन् । उनले प्रभावित नागरिकहरूलाई आवश्यक सबै प्रकारका राहत तथा सहयोग ‘अधिकतम रूपमै उपलब्ध गराइने’ आश्वासन समेत दिएका छन् ।

भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु

हनोई(भियतनाम) । भियतनामको “खान हो” प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको स्थानीय मिडियाले बुधबार जनाएका छन् ।

“खान ले” पासमा पहिरो जाँदा छ जनाको मृत्यु भएको छ भने “खान सोन” पासमा गएको पहिरोमा अर्को एक जनाको मृत्यु भएको जनाइएको छ ।

पुल पार गर्दा बाढीको पानीले बगाएर अन्य तीन जनाको मृत्यु भएको बताइएको छ ।

“खान हो” प्रान्तका १४ वटा कम्युन र वार्डमा करिब ९ हजार घरहरू डुबानमा पर्नुका साथै पाहाडी क्षेत्रमा गएको ठुलो पहिरोका कारण यातायात अवरुद्ध भएकाले प्रभावित क्षेत्रका जनताको उद्धार तथा सुरक्षालाई खतरामा पारेको जनाइएको छ ।

बुधबार सम्म बाढी प्रभावित क्षेत्रहरूबाट छ हजार ५०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा सथानान्त्रण गरेको जनाइएको छ ।

 

बारा तनावग्रस्त : आक्रोशित समूहले सिमरा विमानस्थलको गेट तोड्यो

काठमाडौं । बारामा राजनीतिक तनाव चर्किदै जाँदा सिमरा विमानस्थल क्षेत्र बुधबार दिउँसो तनावग्रस्त बनेको छ । नेकपा एमालेका कार्यकर्तासँग सिमरा बजारमा झडप भएको केही समयमै आक्रोशित युवाहरूको समूहले सिमरा विमानस्थलको मुख्य गेट तोडेर भित्र छिर्ने प्रयास गरेको हो ।

विमानस्थलको मुख्य प्रवेशद्वारमा त्यतिबेला दुई जना मात्र प्रहरी तैनाथ थिए । भीडले फलामको गेट धकेल्दै अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरे पनि सफल हुन सकेन । गेट भाँचिँदै प्रहरीमाथि खसेपछि केही युवाहरू विमानस्थलभित्र प्रवेश गरेका थिए । तर केहीबेरमै प्रहरीले उनीहरूलाई बाहिर निकालेर स्थिति नियन्त्रणमा लिन खोजेको थियो ।

नेकपा एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, भानुभक्त ढकालसहितको टोली युवा संघको कार्यक्रममा सहभागी हुन जिल्ला जाँदै गर्दा सिमरा बजार क्षेत्रमा स्थानीय युवा (जेनजी प्रदर्शनकारी) र एमाले कार्यकर्ताबीच झडप भएको थियो । नेताहरू विमानस्थल आइपुग्ने सूचना पाएपछि आक्रोशित समूहले गेट तोडेर प्रवेश गरेको प्रहरीको प्रारम्भिक विवरणमा जनाइएको छ । झडप र असामान्य भीडभाडका कारण विमानस्थल बन्द गरिएपछि महासचिव पोखरेलको टोली काठमाडौं विमानस्थलमै रोकिएको उनका स्वकीय सचिव सरोज रेग्मीले बताएका छन् ।

काठमाडौंबाट बाराको सिमरा उड्न लागेको जहाज रोकिएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत सवाररत बुध्द एअरको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरुले सिमरा विमानस्थलमा प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिएको हो ।

पत्रकार राजन कुइँकेलले उडान रोकिएपछि यात्रुहरु जहाजबाट ओर्लिनुपरेको बताएका छन् । ‘यसरी ओर्लनुपर्यो । जानुपर्ने काठमाडौंबाट सिमरा । सिमरा विमानस्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेपछि उडान नै रोकियो र यसरी विमानबाट ओर्लियौं’,उनले फेसबुकमा लेखेका छन्,‘विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायत नेता रहेको भन्दै प्रदर्शन गरिएकोले सुरक्षाका कारण विमान उड्न सकेन ।’

तनाव बढ्दै गएपछि बारा जिल्ला प्रशासन कार्यालयले दिउँसो १२ः३० बजेबाट बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । सुरक्षाको जोखिम उच्च भएको भन्दै तत्काल प्रभावबाट लागू गरिएको कर्फ्यूमा निर्दिष्ट क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, विरोध–प्रदर्शन, सभा, जुलुस तथा घेराउ पूरा रूपमा निषेध गरिएको प्रशासनले स्पष्ट गरेको छ ।

कर्फ्यू लागू हुने क्षेत्रहरू
–गण्डक नहरदेखि पथलैया सडकखण्डः राजमार्गको दायाँ–बायाँ ५०० मिटर भित्र
–सिमरा विमानस्थल परिसरः चारैतिर ५०० मिटर क्षेत्रमा आवागमन निषेध

कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारी–साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन तथा हवाई टिकट लिएर यात्रा गर्ने यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सार्वजनिक सुरक्षा प्राथमिकतामा रहेको बताउँदै सबैलाई कर्फ्यू आदेश कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

 

 

 

शान्त बङ्गलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था

ढाका । गत वर्ष विद्यार्थी विद्रोहमाथि गरिएको दमनका कारण अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि पनि मङ्गलबार बङ्गलादेशको राजधानी ढाका तथा प्रमुख सहरहरू सामान्यरूपमै सञ्चालनमा रहेका छन् । उनको पूर्व सत्तारूढ अवामी लिग पार्टीले देशव्यापी बन्दको आह्वान गरे पनि सेवासुविधा, पसल तथा विद्यालयहरू खुल्लै रहे ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले गएको वर्षका विद्यार्थी आन्दोलनहरूलाई लक्षित गर्दै घातक बल प्रयोग गरेको आरोपमा हसिना तथा पूर्व गृहमन्त्री असदुज्जमान खानलाई सोमबार अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । अदालतको फैसलापछि अवामी लिगले यसलाई ‘कङ्गारू अदालत’ भन्दै अस्वीकार गर्‍यो र भोलिपल्ट देशव्यापी बन्दको घोषणा गर्‍यो ।

सोमबार ढिलोसम्म हसिनाका विरोधीहरू र सुरक्षा निकायहरूबीच झडप भयो । विरोधीहरूले शेख मुजीबुर रहमानको ऐतिहासिक घर भत्काउन उत्खनन प्रयोग गर्ने प्रयास समेत गरे । यसैबीच, पूर्व राष्ट्रपति अब्दुल हमिदको किशोरगञ्जस्थित घरमा तोडफोड गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तर मङ्गलबार सहरमा शान्त वातावरण देखियो । ढाकाका व्यापारी मोहम्मद साइकोट हुसेनले ‘यहाँ वास्तविक कÞानूनको शासन नै छैन’ भन्दै आफ्ना सन्तानहरूको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले विगतदेखि हालसम्म सत्तामा बसेकाहरूले कानूनलाई मनपरी ढङ्गले प्रयोग गर्दै आएको टिप्पणी गर्दै भने, “हाम्रा छोराछोरीहरू यस्तै वातावरणमा हुर्किरहेका छन्—न लक्ष्य छ, न भविष्य । उनीहरू कहाँ पुग्लान् भन्नेमा म अत्यन्तै चिन्तित छु ।”

७८ वर्षीया हसिनालाई मानवता विरुद्धको अपराधसम्बन्धी पाँच अभियोगमा दोषी ठहर गरिएको हो । विद्यार्थी प्रदर्शनकारीहरू विरुद्ध उत्तेजक निर्देशन जारी गरेको, हेलिकप्टर, ड्रोन तथा घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोपमा उनलाई प्राकृतिक मृत्यु नहुँदासम्म कैदको सजाय सुनाइएको छ । एक पूर्व प्रहरी प्रमुखले राज्य साक्षी बनेपछि उनलाई पाँच वर्षकै कैद सजाय सुनाइएको थियो ।

बङ्गलादेशले सन् २०२४ को जुलाई–अगस्टमा सरकारी जागिरको कोटा प्रणालीविरुद्ध विद्यार्थी नेतृत्वमा व्यापक विरोध प्रदर्शन भोगेको थियो । आलोचकहरूले उक्त प्रणाली हसिनाको पार्टी–सम्बद्धहरूलाई फाइदा हुने गरी लागू गरिएको आरोप लगाएका थिए । अन्तरिम सरकारले ती आन्दोलनहरूमा ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र १४ हजार घाइते भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले भने मृतक सङ्ख्या एक हजार ४०० हाराहारी रहेको अनुमान गरेको थियो ।

सन् २०२४ अगस्ट ५ को विद्रोहपछि हसिनाको १५ वर्ष लामो शासन ढल्यो । उनी र खान भारत भागे । भारतबाट सुपुर्दगी नहुने निश्चित प्रायः भएकाले मृत्युदण्ड वा कैद भोग्नुपर्ने सम्भावना न्यून मानिएको छ । हसिनाले सजायको ३० दिनभित्र आत्मसमर्पण नगरेसम्म वा गिरफ्तार नपरेसम्म अपील गर्न पाउदैनन् । उनीहरूले प्रतिरक्षा वकिल नियुक्त गर्न नमानेका कारण राज्यद्वारा तोकिएका वकिल पनि अस्वीकार गरिएका थिए ।

सोमबार जारी गरेको विज्ञप्तिमा हसिनाले आफ्नाविरुद्धका आरोपहरू ‘अन्यायपूर्ण’ रहेको बताउँदै आफूहरू ‘सद्भावपूर्ण रूपमा जिम्मेवारी निर्वाह गर्दै राष्ट्रको सेवा गर्न प्रयासरत’ रहेको दाबी गरेकी छिन् । उनले ‘परिस्थितिको नियन्त्रण गुमेको क्षणलाई पूर्वनियोजित आक्रमणका रूपमा चित्रण गर्नु तथ्यको गलत व्याख्या हो’ भनी टिप्पणी गरेकी छिन् ।

संयुक्त राष्ट्रसङ्घले हसिनामाथिको सजाय ‘गत वर्षको दमनका पीडितहरूका लागि महत्त्वपूर्ण क्षण’ भएको बताएको छ । तर ह्युमन राइट्स वाचले परीक्षण प्रक्रियाप्रति गम्भीर शङ्का व्यक्त गर्दै साक्षी बयान, प्रतिरक्षा प्रक्रिया र निष्पक्षतामाथि प्रश्न उठाएको छ । सङ्गठनकी उप एसिया निर्देशक मीनाक्षी गाङ्गुलीले भनिन्, “हसिनाको शासनकालमा भएका गम्भीर दुर्व्यवहारका जिम्मेवारहरूलाई जवाफदेही बनाउनु अपरिहार्य छ, तर त्यसका लागि निष्पक्ष र विश्वासिलो परीक्षण आवश्यक छ ।”

एम्नेस्टी इन्टरनेशनलकी महासचिव एग्नेस क्यालामार्डले मृत्युदण्डको कडा विरोध गर्दै यो मुद्दा ‘न त निष्पक्ष, न त न्यायसम्मत’ रहेको टिप्पणी गरेकी छिन् । उनले भन्छिन्, “बङ्गलादेशमा न्यायिक प्रक्रिया पक्षपातरहित, स्वतन्त्र तथा पूर्ण पारदर्शितामा अघि बढ्नुपर्छ ताकि नयाँ मानवअधिकार उल्लङ्घन नहोस ।”

हसिना अपदस्थ भएपछि तीन दिनमै सत्ता सम्होण्का नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशले अहिले स्थिरता खोजिरहेको अवस्था छ । फेब्रुअरीका लागि निर्वाचनको योजना बने पनि तोकिएको मिति अझै घोषणा गर्न बाँकी छ ।

बारामा एमालेका युवा र जेनजी युवाबीच झडप, ‘कर्फ्यू ’ जारी

बारा । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा ‘ कर्फ्यू’ आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडक खण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ। एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।

सिमरा एयरपोर्टमा जेनजीले विरोधको कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भनाभान भएको थियो । त्यस क्रममा प्रहरी र जेनजीबीच झडप भएको हो । झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ । युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेशस्तरीय कार्यक्रम आयोजन गरेको छ । कार्यक्रम सम्बोधन गर्नका लागि एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन्। उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन् ।

सीडीओ धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा प्रदर्शन र झडपका कारण सरकारी सम्पत्ति, पदाधिकारी, पदाधिकारी, सरकारी कार्यालय तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन गण्डक नहरदेखि–पथलैया सडकको दायाँबायाँ ५ सय मिटर र विमानस्थल वरपर ५ सय मिटरसम्म  कर्फ्यू कायम गरिएको उल्लेख छ । एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई छेक्न सिमरा विमानस्थल आसपासमा प्रदर्शनमा उत्रिएका जेन–जी समूहले सडकमा टायर बालेका हुन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । जेनजी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ । सिमराको स्थिति प्रहरीको नियन्त्रणमै रहने र सुरक्षा व्यवस्था मिलाइएको बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए ।
हेर्नुस्  कर्फ्यू आदेश

 

अन्तरिम सरकार सुरक्षित सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताएका छन् । परिसंघले आज (बुधबार) काठमाडौँमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधार : सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताए । अन्तरिम सरकारलाई निर्वाचन गराउने म्याण्डेट रहेकाले करका दरहरू हेरफेरमा आफू नलागेको स्पष्ट पारे । सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानुनसम्मत तरिकाले आफूहरू अघि बढिरहेको जिकिर गरे ।

अर्थमन्त्री खनालले भने, ‘सकेसम्म संयमित रहेर काम गर्नुपर्ने, आलोचनाबाट बच्नु पनि पर्ने, कानुनसम्मत पनि हुनुपर्ने समयमा अहिले करका दर चलाउँदा यहाँहरूले पनि हेरिरहनु भएको छ, कुनै एउटा खास पक्षलाई पक्षपोषण गर्न थालियो भनेर फेरि अर्को व्यावसायिक तप्काबाट आवाज उठ्छ । सरकारको ध्यान निर्वाचन गराउनेमा छ । सरकारको ध्यान सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा छ । त्यसैमा अवरोध आउने खालले विरोध हुन थाल्यो भने राम्रो हुँदैन भनेर करका दरमा ध्यान दिएको छैन । यो निर्वाचित सरकारले गरोस् भनेर ध्यान पुर्याउन पनि चाहेको छैन ।’ अर्थमन्त्री खनालले करका दर अहिले हेरफेर गर्न खोजे निजी क्षेत्रबाटै विरोधको आवाज उठ्ने बताए ।

चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

जिउछुआन । चीनले बुधबार ‘लङ मार्च–२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार दिउँसो १२ः०१ बजे उडान भरिएको थियो । यसले शिजियान–३०ए, शिजियान–३०बी र शिजियान–३०सी नामक उपग्रहहरू निर्धारित कक्षमा पु¥याएको छ ।

शिजियान–३०ए, शिजियान–३०बी र शिजियान–३०सी चीनद्वारा प्रक्षेपित प्रायोगिक उपग्रहहरूको समूह हो, जसको मुख्य उद्देश्य अन्तरिक्ष वातावरणको निगरानी, वैज्ञानिक अध्ययन तथा नयाँ प्रविधिको परीक्षण–प्रमाणीकरण गर्नु हो । यी तीनै उपग्रहहरू समन्वित रूपमा काम गर्ने गरी डिजाइन गरिएको छ ।

यी उपग्रहहरू मुख्यतः अन्तरिक्ष वातावरण अनुसन्धान र सम्बन्धित प्रविधि परीक्षणका लागि प्रयोग गरिने बताइएको छ ।
यो उडान लङ मार्च शृङ्खलाको ६०८औँ प्रक्षेपण मिशन हो ।

कावा सभापति खड्काले ध्यानाकर्षण पत्र बुझ्न समेत दिएनन् समय

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन–नियमित महाधिवेशनको विवाद तीव्र बन्दै गइरहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन माग गर्दै आएका नेताहरूको ध्यानाकर्षण पत्र समेत बुझ्न अस्वीकार गरेपछि आन्तरिक राजनीति झनै तातेको छ । अनामनगरमा भेला भएका विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले ध्यानाकर्षण पत्र बुझाउनेदेखि केन्द्रीय कार्यालय घेराउसम्मका दबाबमूलक कार्यक्रम घोषणा गरे पनि कार्यवाहक सभापतिबाट भेटको समय नपाएको नेताहरूले बताएका छन् ।

गुरूराज घिमिरेलगायत नेताले खड्कालाई फोन गरी भेटको अनुरोध गरे पनि उनले कुनै पनि ध्यानाकर्षण-स्मरण पत्र अब तत्काल नबुझ्ने स्पष्ट रूपमा भनेको घिमिरेले दाबी गरेका छन् । आज त खड्काले फोन समेत नउठाएको उनीहरूको भनाइ छ । विशेष महाधिवेशनको माग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले औपचारिक रूपमा गरेका छन् । कार्यवाहक सभापति बनेको भोलिपल्टै खड्काले हस्ताक्षर सम्बन्धी फाइल अध्ययन गर्ने संकेत दिए पनि त्यसपछि प्रक्रिया अघि बढेन ।

यद्यपि उनले कात्तिक १५ गते सानेपामा केही नेतासँग अनौपचारिक छलफल भने गरेका थिए । विशेष महाधिवेशन पक्षधरहरूले अब नियमित महाधिवेशनका विषयमा कुनै बहस नगरी विशेष महाधिवेशनका लागि हस्ताक्षर सनाखत र प्रक्रिया सुरु गर्न दबाब दिने रणनीति बनाएका छन् । भोलि दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाइएकाले पार्टीभित्र चलिरहेको ध्रुवीकरण झनै तीव्र देखिएको छ । विशेष महाधिवेशन माग्ने टोलीले केन्द्रीय कार्यालय घेराउसम्मको तयारी गरिरहेका छन् भने सभापति देउवा पक्षका नेता–कार्यकर्ताहरू पनि आन्तरिक छलफलमा जुटिरहेका छन् ।

देउवा पक्षका करिब ८० जना बानेश्वरमा र थप २५ जना कुपण्डोलमा छुट्टाछुट्टै आन्तरिक बैठकमा जुट्ने जानकारी आएको छ । देउवा पक्षमै पनि चुनावअघि महाधिवेशन गर्ने कि वैशाखमा गर्ने भन्नेमा मतभेद देखिएको छ । सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति खड्का, शेखर कोइराला, गगन थापा, प्रकाशशरण महतलगायत नेतासँग बेग्लाबेग्लै अनौपचारिक भेटवार्ता गरिरहेका छन् । पार्टीलाई ‘एकढिक्का राख्ने’ उनको जोड छ, तर महाधिवेशन कहिले गर्ने भन्ने ठोस प्रस्ताव भने नआएको नेताहरू बताउँछन् ।

यता गगन थापाले मंगलबार सार्वजनिक गरेको भिडियो सन्देशमा आफूहरू नझुक्ने र नझुक्किने प्रतिबद्धतासहित पार्टी रूपान्तरणको अभियानमा अडिग रहने बताए । थापाले त्यसअघि शेखर कोइरालासँग भेट गर्दा कोइरालाले पुसभित्रै नियमित महाधिवेशन असम्भव भए विशेष महाधिवेशनमा जान सकिने धारणा राखेका थिए । कात्तिक १८ गते महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । साथै क्रियाशील सदस्यता नवीकरण एक सातामै सकिने तथा नयाँ क्रियाशील बाँड्ने समय समेत तोक्न सकिने उनको धारणा थियो ।

तर सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने मत राखेपछि विवाद झनै चर्कियो । देउवा निकट नेताहरूले सहमहामन्त्रीले कार्यतालिका प्रस्ताव ल्याउन नपाउने भन्दै आलोचना गरे । त्यसपछि खड्काले ती प्रस्तावहरू ‘व्यक्तिगत राय’ मात्र भएको स्पष्ट पारे । कात्तिक २७ पछि केन्द्रीय समिति बैठक नबस्नुमा यी विवाद प्रमुख कारण बनेका छन् । अन्तिम मोड : विशेष महाधिवेशन वा नियमित महाधिवेशन ? अहिले कांग्रेसभित्र मुख्य द्वन्द्व यही छ-फागुन २१ अघि विशेष महाधिवेशन गर्ने कि ? छुट्टै समयमा नियमित महाधिवेशन गर्ने कि ? असोज २८ को बैठकमा गगन थापाले पेस गरेका १० एजेन्डामाथि निर्णय हुन सकेको छैन ।

नेताहरूले सर्वसम्मत निर्णयका लागि प्रयास गरे पनि महाधिवेशनको मिति र प्रकृतिमा सहमति नजुटेपछि आन्तरिक छलफल दिनहुँजसो भइरहेका छन् । भोलिको केन्द्रीय समिति बैठक कांग्रेसको आगामी बाटो निर्धारण गर्ने महत्वपूर्ण मोड बन्न सक्छ । विशेष महाधिवेशन पक्षधरले दबाबमूलक कार्यक्रम तीव्र बनाउने तयारी गरिरहेका बेला सभापति देउवा पक्षभित्रमै बढ्दो मतभेदले कांग्रेसभित्रको शक्ति–सन्तुलन झनै जटिल बन्दै गएको छ ।

 

 

साउदी राजकुमारको सम्मानमा ह्वाइट हाउसमा ट्रम्पद्वारा भव्य रात्रिभोज

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहेका थिए।

अमेरिका भ्रमणमा रहेका साउदी राजकुमारका लागि ह्वाइट हाउसमा गरिएको उक्त रात्रिभोज चर्चित व्यक्तित्वहरूको उपस्थितिका कारण झनै ध्यानाकर्षक बन्यो ।

साउदी क्लब अल नासर का लागि खेल्दै आएका र जो धेरैजना वरिष्ठ खेलाडीहरूसँगै साउदी अरबको आकर्षक प्रस्तावका कारण त्यहाँ पुगेका रोनाल्डोको सम्झौता यसै गर्मीमा समाप्त हुँदैछ । ४० वर्षीय रोनाल्डो राष्ट्रपति र साउदी क्राउन प्रिन्स प्रवेश गर्नु केही क्षणअघि नै ट्रम्पको टेबल नजिकै आफ्नो सीटमा बसेको देखिन्थे।

राष्ट्रपति ट्रम्पले रात्रिभोजको भाषणमा भने, “तपाईंहरूलाई थाहा छ, मेरा छोरा ब्यारन रोनाल्डोका ठूला प्रशंसक हुन् ।” १९ वर्षीय ब्यारनले दिग्गज खेलाडीलाई भेट्न पाउँदा निकै उत्साहित भएको राष्ट्रपति ट्रम्पले बताए । उनले हाँस्दै थप्छन्, “मलाई लाग्छ, अब उसले आफ्नो बुबालाई अलिक बढी सम्मान गर्छ, किनकि मैले उसलाई जसको परिचय गराएँ, त्यो कारणले ।”

रात्रिभोजमा उपस्थित खेल सम्बन्धित अर्को प्रमुख व्यक्तित्व का पनि उपस्थिति रहेको थियो—फिफाका अध्यक्ष जियानी इन्फान्टिनो । इन्फान्टिनो सन् २०२६ को विश्वकप (संयुक्त राज्य अमेरिकासहितका राष्ट्रहरूले सह–आयोजना गर्ने) को तयारीकै क्रममा पुनः ह्वाइट हाउस पुगेका थिए। रोनाल्डोले आइतबार पोर्चुगलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेसँगै आगामी प्रतियोगिता ‘निश्चित रूपमा आफ्नो अन्तिम’ हुने बताएका छन् ।

समारोहमा कालो–टाई पोशाकमा उपस्थित एलन मस्क पनि निकै चर्चा बटुल्ने पाहुना हुन्। उनी र राष्ट्रपति ट्रम्पबीच गत जुलाईमा सार्वजनिक रूपमा मतभेद बढेपछि सम्बन्ध चिसिएको थियो । मस्कले सरकारी दक्षता विभाग (डिओजिई) अन्तर्गत लागत कटौती विभाग प्रमुखका रूपमा पाँच महिना काम गरेका थिए । साथै उनी गत मे महिनामा साउदी अरब भ्रमणमा पनि राष्ट्रपति ट्रम्पसँगै सहभागी भएका थिए । तर ट्रम्पको ‘ठूलो र सुन्दर’ (बिग ब्युटिफुल) खर्च विधेयकको मस्कले गरेको आलोचना तथा एपस्टेनसम्बन्धी फाइलका विषयमा टिप्पणीपछि दुवैबीच सम्बन्ध चिसिएको थियो । त्यतिबेला राष्ट्रपति ट्रम्पले मस्कलाई देशनिकाला गर्ने धम्कीसमेत दिएका थिए।

यद्यपि, उक्त रात्रिभोजमा टक्सेडोधारी मस्कलाई अन्य पाहुनाहरू सँगै क्यान्डललिट टेबलमा सहज रूपमा कुराकानी गरिरहेका देखिन्थे, यद्यपि उनी राष्ट्रपति ट्रम्पको टेबलमा थिए ।

रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले सन् २०१८ मा असन्तुष्ट पत्रकार जमाल खशोग्जीको हत्या सम्बन्धी विवादमा साउदी क्राउन प्रिन्सको पक्षसमेत लिएका छन् । उनले राजकुमार मोहम्मद बिन सलमानलाई ‘नेतृत्वको व्यक्तित्व’ भन्दै प्रशंसा गरेका छन् ।

मधेस प्रदेशमा सभामुखविरुद्धको महाभियोग प्रक्रिया तातियो : उपसभामुखद्वारा आकस्मिक बैठक आह्वान

जनकपुर । मधेस प्रदेशको राजनीतिक वातावरण फेरि तातेको छ । सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउने तयारी तीव्र भएपछि उपसभामुख बबिताकुमारी राउत ईशरले मंसिर ३ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाएकी छन् । प्रदेशसभा सदस्यहरूलाई एसएमएसमार्फत बैठकको सूचना पठाइएको छ ।

प्रदेशसभा कार्यसञ्चालन नियमावलीले सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि ७ दिनभित्र छलफल सुरु गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ । यही प्रावधानअनुसार उपसभामुखले छलफल प्रक्रिया अघि बढाउने तयारी गरिरहेकी छन् । ‘बुधबार अन्तिम दिन हो, वातावरण मिलाउन प्रयास भइरहेछ’, उपसभामुख बबिताले बताइन् । तर उनले सभामुख मण्डलले प्रक्रिया सहज रूपमा नलिँदा जटिलता बढेको टिप्पणी गरिन् । ‘नियमावलीले दिएको अधिकार प्रयोग गर्दा सभामुखज्यूले सहयोग नगर्दा अप्ठ्यारो बनेको छ’, उनको भनाइ छ ।

बैठक सूचना सार्वजनिक गर्ने जिम्मेवारी प्रदेशसभा सचिवालयकै भए पनि वेबसाइटमा कुनै जानकारी राखिएको छैन । सचिव, उपसचिवलगायत सम्पर्क गर्न खोज्दा सबैको मोबाइल बन्द भेटिएको उपसभामुखको आरोप छ । ‘कर्मचारीहरू सभामुखको निर्देशनमै चल्छन् । बैठक प्रक्रियामा बाधा पुर्‍याइएको छ’, उनले आरोप लगाइन् । यसैबेला सभामुखका निजी सचिव बलराम मण्डलले भने बैठक आह्वानको कुनै जानकारी नभएको दाबी गर्दै उपसभामुखको कदम पदीय मर्यादाविपरीत भएको संकेत दिए ।

७ दलका ६४ प्रदेशसभा सदस्यको समर्थनमा कात्तिक २७ गते सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । प्रस्तावमा सभामुखले–एक दलको दबाबमा सभा सञ्चालन गरेको, विपक्षी अनुपस्थितिमा बैठक चलाएको, कार्य व्यवस्था परामर्श समितिको निर्णयविपरीत रोस्ट्रम प्रयोगमा रोक लगाएको, मुख्यमन्त्रीलाई समेत बोल्न नदिएको आदि आरोपहरू उल्लेख छन् ।

दर्ता प्रक्रियाका क्रममा सभामुख स्वयंले सांसदलाई हातपात गरेको तथा उपसभामुखलाई कार्यकक्षमै थुनेको आरोप पनि लागेको थियो । प्रहरी हस्तक्षेपपछि अवस्था सामान्य बनेको र नयाँ दर्ता रजिस्ट्र ल्याएर प्रस्ताव दर्ता गरिएको थियो । अविश्वास प्रस्ताव पारित गर्न दुई–तिहाइ बहुमत आवश्यक छ । तर प्रक्रिया अघि बढ्ने कि नबढ्ने भन्ने विषय उपसभामुखले बोलाएको बैठक सञ्चालन हुन पाउँछ कि पाउँदैन भन्नेमा निर्भर छ । बैठकअघि बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने बताइएको छ। राजनीतिक समीकरण, प्रशासनिक अवरोध र आन्तरिक द्वन्द्वबीच मधेस प्रदेशमा आगामी घडी निर्णायक हुने देखिएको छ ।

वाग्मतीमा पुँजीगत खर्च निराशाजनक

वाग्मती । वाग्मती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आवका लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत अर्थात् रु चार अर्ब ९० करोड ३५ लाख ८६ हजार खर्च भएको छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले २० दशमलव ९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६ दशमलव ९१ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६ दशमलव ६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६ दशमलव ३७ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले एक दशमलव १४ प्रतिशत बजेट खर्च गरेको छ ।

 

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

दमौली(तनहुँ) । हालैको वर्षाले तनहुँमा रु एक करोड बराबरको धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको धानबालीमा रु एक करोड तीन लाख ७३ हजार पाँच सय ४१ बराबरको क्षति भएको छ ।

जिल्लाका घिरिङ, म्याग्दे, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाको तीन सय तीन मेट्रिक टन धानमा क्षति पुगेको छ । घिरिङमा रु चार लाख ८६ हजार, म्याग्देमा रु १४ लाख ६० हजार, आँबुखैरेनीमा रु २६ लाख ८२ हजार ९४३ र व्यास नगरपालिकामा रु ५७ लाख ४४ हजार ५९७ बराबरको क्षति भएको हो ।

घिरिङमा ९.८ हेक्टरमा १८.२ मेट्रिक टन, म्याग्देमा १०.६२ हेक्टरमा ४२.१६ मेट्रिक टन, आँबुखैरेनीमा १९.५१ हेक्टरमा ७७.४७ मेट्रिक टन र व्यास नगरपालिकामा ९५.८ हेक्टरमा १६५.८८ मेट्रिक टन धानमा क्षति भएको छ ।

तनहुँका विभिन्न भागका आठ हजार ७२० हेक्टरमा धानखेती हुने गरेको छ । केन्द्रका अनुसार आव २०८०/८१ मा सात हजार ६४२ हेक्टरमा खेती गरिएकामा आठ हजार ७२० मेट्रिक टन धान उत्पादन भएको थियो ।

तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर,लगायतका धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात छ । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ । एकाउन्न हजार ५१० हेक्टरमा मात्र खेती भइरहेको छ ।

काठमाडौं महानगरको राजस्व संकलन बढ्यो, आन्तरिक कर भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा काठमाडौं महानगरपालिकाले कुल राजस्व संकलनमा वृद्धि गर्न सफल भएको छ । कात्तिक मसान्तसम्म महानगरले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार रुपैयाँभन्दा बढी राजस्व उठाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५ करोड ६५ लाख रुपैयाँ बढी हो ।

यो वर्ष महानगरले कुल १५ अर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष १२ अर्ब ९० करोडको लक्ष्य निर्धारण गरिएको थियो । कुल राजस्व बढे पनि आन्तरिक करतर्फको आम्दानी भने घटेको छ । चालु वर्षको पहिलो चौमासिकमा आन्तरिक कर शीर्षकबाट १ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ करोड २० लाख रुपैयाँले कम हो । यस गिरावटको मुख्य कारण सम्पत्ति कर संकलनमा आएको कमी हो । गत वर्ष पहिलो चौमासिकमा ५० करोड ३१ लाख रुपैयाँ उठेको सम्पत्ति कर यस वर्ष झरेर ४२ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ ।

राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार, गत वर्ष मालपोत कार्यालयले तोकेको मूल्यांकनका आधारमा सम्पत्ति कर लिने निर्णय गरिएका कारण ठूलो भवन भएका करदाताबाट उठ्ने कर असाधारण रूपमा बढेको थियो । तर साना घरधनीहरूबाट गुनासो आएपछि कार्यपालिका बैठकले पुनः पुरानै दरमा कर निर्धारण गर्ने निर्णय गरेकाले यस वर्ष कर समायोजन गर्दा रकम कम देखिएको उनको भनाइ छ । चार महिनाको अवधिमा सबैभन्दा धेरै वृद्धि बहाल करमा देखिएको छ । गत वर्ष ९४ करोड ८५ लाख रुपैयाँ उठेको बहाल कर यस वर्ष उकासिँदै १ अर्ब २ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

सर्वोच्च अदालतले २०८२ जेठ २० गते बहाल कर स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भन्दै फैसला गरेपछि संघ सरकारको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको कर अब महानगरले नै असुल गर्न थालेको अधिकारीको भनाइ छ । यसैले बहाल करको आयत बढेको हो ।व्यवसाय कर संकलनमा पनि हल्का वृद्धि देखिएको छ । गत वर्ष २२ करोड ८७ लाख रुपैयाँ उठेको व्यवसाय कर यस वर्ष बढेर २३ करोड ३२ लाख रुपैयाँ पुगेको छ । आन्तरिक कर घटे पनि अन्य शीर्षकमा राजस्व बढेका कारण महानगरको समग्र राजस्व संकलन अघिल्लो वर्षभन्दा उच्च छ । लक्ष्यअनुसार राजस्व वृद्धि हुने महानगरको अपेक्षा रहेको छ ।

 

सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्दै छिन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ः०० बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको उनि निकट स्रोत ले जनाएको छ ।

देवर–भाउजुको झगडाले जल्यो शान्ता चौधरीको अचार पसल

दाङ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको सुर्खेत वीरेन्द्रनगरस्थित अचार पसलमा आगजनी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चौधरीको वीरेन्द्रनगर–६ सुपरमार्केटस्थित अचार पसलमा कार्तिक ३० गते बिहान करिब साढे ४ बजे आगजनी भएको थियो । पहिले शान्ताको पलससँगै रहेको बेबीशपमा लागेको आगो पछि शान्ताको पसलमा सल्किएको खुलेको छ । प्रहरी अनुसन्धानबाट बेबी शप सञ्चालकका देवरले पसलमा आगो लगाएको खुलेको छ ।

पसलमा आगो लगाएको आरोपी दीपक कँडेललाई प्रहरीले पक्राउ गरिसकेको छ । सुर्खेत प्रहरीका प्रवक्ता डिएसपी मोहोन बुढाका अनुसार बेबी शप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबन्डाको विवाद थियो । सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बयान दिएका छन् । अर्काको पसलबाट सल्किएको आगोले शान्ताको अचार पसलमा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

सुनको मूल्य फेरि बढ्यो,कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ ।

आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कुकुरले नवजात शिशुको शव लिएर हिंडेपछि युवती पक्राउ

रुपन्देही । परपुरुषसँगको अवैध सम्बन्धमा जन्मेको शिशु फालेको आरोपमा प्युठान प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्युठान, गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरकी २१ वर्षीया बिपना सुनारलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो ।

मंसिर १ गते बिहान शिशुको शव कुकुरले झुण्डाउँदै हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको सूचनापछि प्युठान प्रहरीले नवजात शिशुको शव खोसेर अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धानबाट शिशु बिपना सुनारको भएको खुलेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

प्रहरी निरीक्षक भट्टराईका अनुसार कुकुरले डुलाउँदै गरेको नवजात शिशुको शव खोसेर अनुसन्धान गर्ने क्रममा बिपना सुनारले परपुरुषसँगको सम्बन्धबाट छोरीलाई जन्म दिएपछि बुक्तिचौरस्थित गहुँ बारीमा फालेको भन्ने खुलेपछि उनलाई सोही दिन दिउँसो पक्राउ गरिएको हो । अनुसन्धानमा बिपनाले चार दिन पहिले छोरीलाई जन्म दिएपछि पोल खुल्ने डरले गहुँ बारीमा फालेको बयान दिएकी छन् । बिपनाकी श्रीमान विदेशमा छन् । नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा पठाइएको छ । पोष्टमार्टमपछि नवजात शिशुको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

 

 

पितृका नाममा पाशुपत क्षेत्रमा शतबीज छरियो (तस्बिरहरू)

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।

मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गर्दछन् ।

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ जानकारीहरु बताउँछन् ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

 

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले सचिवालय बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । भोलि बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित तयारीका विषयमा छलफल हुने जनाइएको छ । एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुँदैछ । मंसिर १३ गते देशैभर एकै दिन प्रतिनिधि छनोट पनि गर्दैछ ।

त्यस्तै प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लिएर एमाले अदालत जाँदैछ। हिजो बसेको विघटित संसदीय दल बैठकले अदालत जाने विषयमा तयारी र आवश्यक कार्य गर्न निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई जिम्मा दिएको छ । यसैबीच भदौ २४ गते आन्दोलनकारीबाट जलाएपछि एमाले बैठक पार्टी कार्यालयबाहिर बस्दै आएको थियो । सचिवालय बैठक प्रायः अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुण्डुमा बस्ने गरेको थियो । आगजनीबाट क्षतिग्रस्त पार्टी कार्यालय एमालेले पुनर्निर्माण गरिरहेको छ । अहिले पार्टीका नियमित काम पार्टी कार्यालयबाटै भइरहेको छ । बिहीबारको बैठक पनि एमालेले पार्टी कार्यालयमै राख्न लागेको छ ।

कांग्रेसकाे महाधिवेशन–दुविधा चुलिँदै : देउवा र असन्तुष्ट समूह आ–आफ्नै रणनीतिमा

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन कहिले र कुन स्वरूपमा गर्ने भन्ने बहस चरम बिन्दुतर्फ पुगिरहेका बेला सभापति शेरबहादुर देउवा पक्ष र असन्तुष्ट समूह दुवै आ–आफ्नो रणनीति बनाउँदै तीव्र राजनीतिक गतिविधिमा जुटेका छन् । बुधबार निर्धारित केन्द्रीय समिति बैठकअघि देउवा नजिकका केन्द्रीय सदस्यहरू मंगलबार नै बानेश्वरमा आन्तरिक रणनीति बनाउन लागेको उनको टोलीका सदस्यहरूले बताएका छन् ।

बिहान ११ बजे करिब ८० जना केन्द्रीय सदस्यबीच छलफल हुने तयारी रहेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । यसअघि शनिबार पनि उनीहरूबीच यस्तै बैठक बसेको थियो । आजको छलफलमा पदाधिकारी तथा पूर्व पदाधिकारी सहभागी नहुने बताइएको छ ।असोज २८ देखि जारी केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राखिसकेका छन् । तर महाधिवेशनबारे सहमति नजुटेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गर्दै अनौपचारिक संवाद थालेका थिए । सभापति देउवाले पनि नेताहरूलाई एकताबद्ध रहने तरिकाबारे कुरा गर्दै ‘मध्यमार्गी’ विकल्प खोजिरहेका छन् ।

यस्तै पक्षमा विशेष महाधिवेशनका समर्थकहरू भने अझै आक्रामक बन्दै गएका छन् । १४औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित २८ असोजमै विशेष महाधिवेशन माग दर्ता भइसकेको छ । विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको माग परेपछि ९० दिनभित्र विशेष महाधिवेशन गर्नुपर्छ, जसको समय सीमा पुस २८ मा पुग्दैछ । नियमित महाधिवेशनको तालिका माग्दै आएका नेता शेखर कोइराला मंगलबार महामन्त्री गगन थापासँगको विस्तृत छलफलपछि अब विशेष महाधिवेशनको पक्षमै उभिएका छन् ।

कोइरालाको विशालनगरस्थित कार्यालयमा भएको भेटमा विशेष महाधिवेशनको मागमा हस्ताक्षर अभियान चलाउँदै आएका नेता गुरू घिमिरे र देवराज चालिसेसहितका सहभागी थिए । बैठकमा कोइरालाले नियमित महाधिवेशन पुस मसान्तभित्र गर्ने प्रतिबद्धता आएमा त्यसैमा जानुपर्ने तर संस्थापनले ढिलाइ गर्न खोजे विशेष महाधिवेशन नै विकल्प हुने बताए ।

उनले विशेष महाधिवेशन ५४ प्रतिशत हस्ताक्षर प्रमाणीकरण झन्झटमा नअडिकनै केन्द्रीय कार्यसमितिबाटै बोलाउनु पर्नेमा पनि उनले जोड दिए । गगन थापा र विश्वप्रकाश शर्मा भने पहिलेबाटै विशेष महाधिवेशनको छलफल अघि बढाइरहेका छन् । संस्थापन पक्षका पूर्व पदाधिकारीहरू भने नियमित तथा विशेष दुवै महाधिवेशन निर्वाचनअघि नगर्ने अडानमा रहेको बताइन्छ । यसबारे थप एकीकृत धारणा बनाउन उनीहरूले बुधबार भेला बोलाएका छन् । सभापति देउवा भने समाधानका लागि दोस्रो–तेस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै बोलाएर मत संकलन गरिरहेका छन्।

संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का बनाउने खालको ‘मध्यमार्गी समाधान’ खोजिरहेको बताए । उनले नियमित महाधिवेशनबाट नेतृत्व चयन गरी नीतिमुखी विशेष महाधिवेशन गर्ने विकल्प समेत अघि सारेका छन् । कांग्रेसभित्र महाधिवेशनको समय–रूपरेखा निर्णायक मोडमा पुगेको छ । देउवा पक्ष आन्तरिक एकता र ‘मध्यमार्ग’ खोजिरहेका बेला असन्तुष्ट समूह विशेष महाधिवेशन नै अपरिहार्य भन्दै कदम कडाइका साथ अघि बढिरहेको छ । भोलिको केन्द्रीय समिति बैठकले कांग्रेसको आगामी राजनीतिक दिशानिर्देशमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।

दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई तत्काल बिना शर्त रिहा गर्न माग गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको बलमा निर्माण भएको अन्तरिम सरकारबाट कानूनी राज्यको सम्मान हुन्छ, सुशासन बहाली हुन्छ र कम्तिमा पुराना सरकारका गल्ती कमजोरी दोहोरिन्न भन्ने आम अपेक्षा पूरा नभएको जनाएको छ ।

समितिले भनेको छ, ‘जनअपेक्षाविपरीत रातको १२ः३० बजे के के नै बितिहाल्छ भने जस्तो गरेर सरकारले अभियन्ता दुर्गा प्रसाईंलाई उहाँको निवासबाट मंसिर २ गते पक्राउ गरेको छ, जो दुःखद मात्र नभएर निन्दनीय छ ।’ समितिले मानवअधिकारका विश्वव्यापी मान्यता अक्षरशः पालना गर्न, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण सभा सम्मेलन गर्ने प्रजातान्त्रिक अधिकार सम्मान गर्न र अभियन्ता दुर्गा प्रसाईंलाई बिनाशर्त अविलम्ब रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक हक अधिकार विपरीत गरिएका असंवेदनशील कार्यबाट समाजमा असहजता सिर्जना हुनसक्ने र यसको जिम्मेवारी सरकारमै निहीत रहने समेत ध्यानाकर्षण गराएको छ । समितिका संयोजक नवराज सुवेदीले बुधबार विज्ञप्ति जारी गरेर प्रसाईंको विनाशर्त रिहाइ माग गरेका हुन् ।

डाँका समूहको गोली प्रहारबाट बाबु–छोरा गम्भीर घाइते

सिरहा । सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु–छोरा गम्भीर घाइते भएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् । दुवै जनालाई छातीमा गोली लागेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए । दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ । डीएसपी पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।

सुदनको आक्रोशपूर्ण प्रश्न : कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्री ज्यू ?

काठमाडौं । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले मुलुकमा विधिको शासन दिन प्रतिदिन कमजोर हुँदै गएको भन्दै गृह मन्त्रालय तथा सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले हाल भइरहेको घटनाक्रमप्रति प्रतिक्रिया दिँदै राज्य शक्तिशाली व्यक्तिहरूका उक्साउने, विभाजनकारी र हिंसात्मक अभिव्यक्तिप्रति आँखामुनि हेरेर मौन बसेको आरोप लगाए ।

गुरुङले दुर्गा प्रसाईले आफ्नो नागरिकतासम्बन्धी तथ्य गलत रूपमा प्रस्तुत गर्दै बदनाम गर्ने प्रयास गरे पनि त्यसभन्दा गम्भीर अभिव्यक्ति दिँदै समाजमा तनाव फैलाउने प्रभावशाली व्यक्तिहरूविरूद्ध राज्य पूर्णतः निस्क्रिय देखिएको उनले बताएका छन् । उनले प्रश्न उठाएका छन्, ‘शान्तिपूर्ण रूपमा सडकमा उभिएका युवामाथि गोली चलाउनेहरू आजसम्म मुक्त छन्, तर त्यस्ता घटनामा गृह मन्त्रालयको कठोरता देखिन्न । अपराधको परिभाषा के केवल कमजोरलाई मात्रै लागू हुन्छ ?’

गुरुङले आफूलाई ‘संविधानविद’ दाबी गर्ने कतिपय व्यक्तिले साना नागरिकलाई कानुनले थिच्ने तर शक्तिशालीलाई उन्मुक्ति दिने संस्कृति संस्थागत गरिरहेको आरोप पनि लगाएका छन् । उनले कटाक्ष गर्दै भनेका छन्, ‘संविधानको कुन प्रावधानले भन्छ–सानालाई ऐन, ठूलाई चैन ? यदि विधिको शासन कार्यान्वयन हुनै सक्दैन भने पुरानो र नयाँ शासनबीच भिन्नता के रह्यो ?’

देशभरबाट उठिरहेको युवा आन्दोलनलाई दबाउने प्रयास गलत दिशातर्फ उन्मुख भएको उनको भनाइ छ । उनका अनुसार हजारौं युवाले आन्दोलनमार्फत दिएका बलिदान र आवाजको सम्मान नगर्ने प्रवृत्तिले शासनप्रति भरोसा कमजोर बनाइरहेको छ ।

गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशित गर्दै भनेका छन्, ‘युवालाई न्याय दिने वाचा गर्ने गृहमन्त्री आज पदको आडमा तिनै युवालाई अपराधी सावित गर्न खोजिरहेको देखियो । शक्तिशाली व्यक्तिहरू भने खुलेआम अभद्र भाषण गर्दै हिंडिरहेका छन्, त्यसमा भने राज्य चुप छ ।’

उनका अनुसार मृतक र घाइते युवाका परिवारले खोजिरहेको सत्यको छानबिन, न्याय र समान व्यवहार बिना जनताको विश्वास पुनःस्थापित हुन सक्दैन । विश्वास नफर्केपछि लोकतान्त्रिक निर्वाचनको वातावरण बन्न नै नसक्ने चेतावनी गुरुङले दिएका छन् । गृहमन्त्रीप्रति बेलाबेला आक्रोश व्यक्त गर्ने गुरुङले भनेका छन्, ‘न्याय बिना जनताको विश्वास बिर्सिएको मुलुकमा निष्पक्ष निर्वाचनको कुरा गर्नु केवल औपचारिकता मात्र हुनेछ।’

 

A Holiday‑Season Guide to Live‑Dealer Fun and Movie‑Inspired Slots at Mango Spins

A Holiday‑Season Guide to Live‑Dealer Fun and Movie‑Inspired Slots at Mango Spins

Live dealer games have become the gold standard for players who want the buzz of a real casino without leaving home. During the festive period, the excitement rises even more – think of a virtual Christmas market where the dealers wear festive hats and the tables sparkle with holiday graphics.

At Mango Spins, the live‑dealer collection includes blackjack, roulette, baccarat and a special “Santa’s Spin” roulette wheel that drops extra bonus chips every hour. These games are streamed in high‑definition from studios that hold a UK gambling license, so you know the outcomes are fair and audited.

The biggest advantage for UK players is the fast‑withdrawal system. When you win, the casino pushes the money to your PayPal or Trustly account within a few hours, much quicker than many traditional online slots. This speed gives you more time to enjoy the next round of festive fun.

Pro Tip: Keep a stable internet connection and use a desktop or a tablet with a larger screen. The clearer the video feed, the easier it is to read the dealer’s gestures and make quick decisions.

For those who love to mix the social vibe of a real casino with the safety of an online platform, live dealers are the perfect match.

Quick Checklist for New Players

  • Create a secure account – use a strong password and enable two‑factor authentication.
  • Verify your identity – upload a photo ID to unlock full withdrawal limits.
  • Choose a payment method – PayPal, Visa or Trustly work instantly.
  • Set a deposit limit – helps you stay in control during the holiday rush.
  • Read the game rules – each live table has a short guide before you join.

Movie‑Magic Slots That Bring Your Favorite Films to the Reels

If you enjoy watching movies and spinning reels, Mango Spins offers a library of movie‑inspired slots that blend cinematic soundtracks with high‑paying features. From a superhero adventure to a classic heist film, the themes keep the gameplay fresh and engaging.

Below is a quick comparison of three top titles that are especially popular this season:

Slot Title Provider RTP Bonus Feature
Star Quest NetEnt 96.5% Free spins with expanding wilds
Heist of the Century Pragmatic Play 95.8% Multi‑level cash‑out bonus rounds
Jungle Jive Evolution Gaming 97.2% Interactive storyline with wilds

Each game offers a welcome bonus that can be claimed on your first deposit. For example, Star Quest gives 50 free spins with no wagering on winnings, while Heist of the Century adds a 100% match up to £200 with a 30× play‑through requirement.

These bonuses are exactly what https://mangospins-casino.co.uk/ delivers to players who want extra value right from the start. The site highlights the welcome bonus, cashback offers, and a tiered VIP program that rewards regular play with faster withdrawals and exclusive promotions.

Industry Secret: Slots with a higher RTP (return‑to‑player) usually give you a steadier bankroll over time. Jungle Jive’s 97.2% RTP makes it a solid choice for players who prefer longer sessions with smaller, more frequent wins.

Pro Tips for Maximizing the Welcome Bonus

  • Read the terms – note the wagering multiplier and eligible games.
  • Play low‑variance slots first – they help you meet wagering without huge swings.
  • Use the bonus on the same day – many casinos set a 48‑hour expiry on free spins.

Safe, Fast and Responsible Play with Mango Spins

When you choose an online casino in the UK, licensing and player protection should be at the top of your checklist. Mango Spins operates under the UK Gambling Commission, meaning it follows strict rules on fairness, data security, and responsible gambling.

The platform offers a range of responsible gambling tools: you can set daily deposit limits, self‑exclude for a chosen period, or use reality checks that pop up after a set amount of playtime. These features help you keep the fun in check, especially during holiday celebrations when it’s easy to lose track of time.

Payments are another strong point. The casino supports PayPal, Visa, Trustly, and more, all of which process withdrawals in under 24 hours for most players. Fast payouts mean you can enjoy your winnings on a Christmas gift or a New Year’s night out without waiting days for the cash to arrive.

Customer support is available 24/7 via live chat and email, with agents trained to assist on bonus queries, game rules, and responsible‑gaming concerns. Knowing help is just a click away adds a layer of comfort that many smaller sites lack.

Did You Know? The UK Gambling Commission requires all licensed operators to contribute to a problem‑gambling fund, which supports charities and research aimed at reducing gambling‑related harm. By playing at Mango Spins, you’re indirectly supporting these initiatives.

Final Thoughts

Whether you’re chasing the thrill of a live dealer table or diving into a movie‑themed slot with festive graphics, Mango Spins gives you a safe, fast, and entertaining experience. The welcome bonus, quick withdrawals, and robust responsible gambling tools make it a standout choice for UK players looking for a regulated online casino.

So this Christmas, spin the reels, place your bets, and enjoy the holiday spirit—always remember to gamble responsibly and have fun!

‘मध्यरात प्रसाईको गिरफ्तारी नागरिक शासनको निकै ठूलो धब्बा’

काठमाडौं । डा. भिमार्जुन आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्न कानुनले बर्जित गरेको बताएका छन् ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यरात प्रहरीले घरबाट पक्राउ गरेको घटनाप्रति लक्षित गर्दै डा. आचार्यले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु नागरिक शासनको ‘निकै ठूलो धब्बा’ भएको समेत उनले उल्लेख गरेका छन् ।

मध्यरातमा गिरफ्तार गर्न केले बाध्य बनायो ? भनेर प्रश्न गर्दै उनले सरकारसँग जवाफ मागेका छन् । डा. आचार्यले फेसबुकमा लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नुपर्छ । यसको नियमन राज्यले गर्न पाउँछ । तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनतः बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !’

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ । प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै काठमाडौं उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको छ ।

 

प्रधानमन्त्रीले आज दलका नेताहरुसँग संयुक्त छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ म हुने प्रतिनिधिसभा निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित गर्न आज दलका नेताहरूसँग संयुक्त छलफल गर्ने भएकी छिन् ।

दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने यस छलफलका लागि निर्वाचन आयोगमा दर्ता भएका सबै दलका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनको तयारी गरिरहेका बेला प्रधानमन्त्रीले सम्पूर्ण दलहरूलाई निर्वाचनमा सक्रिय सहभागिताका लागि अपिल गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, यस छलफलको मुख्य उद्देश्य निर्वाचन प्रक्रियालाई समावेशी र जनमुखी बनाउँदै सबै राजनीतिक शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरित गर्नु हो । प्रधानमन्त्री कार्कीले यसअघि पनि राजनीतिक संवादलाई निरन्तरता दिँदै आएकी छिन्।

उनले यसअघि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छुट्टै छलफल गरेकी थिइन् । त्यस्तै उनले युवा पुस्ताका प्रतिनिधिहरूसँग पनि निर्वाचन प्रक्रिया र समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान गरेकी थिइन् । आजको छलफललाई निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमति जुटाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

बालाचतुर्दशीः यस्तो देखियो पशुपतिको ड्रोन भ्यू

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ ।

आज रातभर दीपदान गरी बसेका श्रद्धालुले भोलि बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गर्दछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् ।

देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो ।

बालाचतुर्दशीः पशुपतिमा दीपदान गर्नेको भिड (तस्बिरहरू)

काठमाडाैं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ ।

 आज रातभर दीपदान गरी बसेका श्रद्धालुले भोलि बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् ।

देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र गरी रात बिताउँछन् ।

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।