`

‘पेड्डी’ फिल्म विवाद: जाह्नवी कपुरको च्याट भाइरल

एजेन्सी। दक्षिण भारतीय फिल्म ‘पेड्डी’ प्रदर्शनपछि सुरु भएको विवादले नयाँ मोड लिएको छ।

फिल्ममा अभिनेत्री जाह्नवी कपुरको चरित्रलाई प्रस्तुत गरिएको शैलीलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला उनको भनिएको एउटा कथित निजी च्याट सार्वजनिक भएको छ, जसले विवादलाई थप चर्काएको छ।

सामाजिक सञ्जालका विभिन्न फ्यान पेजहरूले सार्वजनिक गरेका स्क्रिनसटहरूमा जाह्नवीले फिल्मको छायांकनका क्रममा केही क्यामेरा एङ्गलप्रति असन्तुष्टि व्यक्त गरेको दाबी गरिएको छ।

ती सन्देशहरूमा उनले आफ्नो भूमिकालाई अभिनयभन्दा बढी शारीरिक बनावटमा केन्द्रित गरेर देखाउन खोजिएको भन्दै आपत्ति जनाएको उल्लेख छ।

भाइरल स्क्रिनसटअनुसार जाह्नवीले एक सन्देशमा लेखेकी छन्, ‘मैले फिल्ममा छाती र कम्मरलाई केन्द्रित गर्ने कुनै पनि सट नराख्न स्पष्ट रूपमा भनेकी थिएँ।’ यद्यपि, यी च्याट वास्तविक हुन् वा होइनन् भन्नेबारे अभिनेत्री वा उनको आधिकारिक टोलीले अहिलेसम्म कुनै पुष्टि गरेको छैन।

सार्वजनिक भएका कथित च्याटहरूमा फिल्मका मुख्य अभिनेता राम चरणले पनि जाह्नवीको पक्ष लिएको उल्लेख गरिएको छ। स्क्रिनसटमा निर्देशकलाई यस्ता दृश्य नखिच्न आग्रह गरिएको र त्यसपछि छायांकन शैली परिवर्तन भएको दाबी गरिएको छ।

तर, यस विषयमा राम चरण वा फिल्म निर्माण टिमका अन्य सदस्यहरूले पनि कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

फिल्म ‘पेड्डी’मा जाह्नवीले निभाएको ‘अचियम्मा’ पात्रलाई लिएर सुरुदेखि नै मिश्रित प्रतिक्रिया आएको थियो। धेरै दर्शकले उनको चरित्रको कथावस्तुभन्दा पनि पहिरन, ग्ल्यामर र क्यामेरा एङ्गललाई बढी प्राथमिकता दिइएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले महिला पात्रलाई कथाको आवश्यकताभन्दा बढी आकर्षणको वस्तु बनाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। यही बहसबीच कथित च्याट सार्वजनिक भएपछि विवाद झन् बढेको हो।

विवाद चर्किएपछि फिल्मका निर्देशक बुच्ची बाबु सनाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) मार्फत वक्तव्य जारी गर्दै माफी मागेका छन्।

उनले सिनेमाको उद्देश्य मनोरञ्जनसँगै दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्नु भएको उल्लेख गर्दै कसैलाई अपमानित गर्ने वा असहज बनाउने नियत नरहेको बताएका छन्।

निर्देशकले आफ्नो वक्तव्यमा भनेका छन् कि फिल्मका केही दृश्यले दर्शकमा नकारात्मक अनुभूति गराएको भए त्यसलाई गम्भीर रूपमा लिइएको छ र उनीहरूको भावनाको सम्मान गर्दै आवश्यक सुधार गरिनेछ।

दर्शकको आलोचनापछि निर्माण पक्षले आपत्तिजनक ठानिएका केही दृश्यहरू पुनः सम्पादन गर्ने निर्णय गरेको जनाएको छ। निर्देशक सनाले समयसँगै दर्शकको संवेदनशीलता र सामाजिक चेतनालाई ध्यानमा राख्नु फिल्मकर्मीको जिम्मेवारी भएको स्वीकार गरेका छन्।

उनले महिलाहरूको सम्मान र गरिमाप्रति आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सशक्त महिला पात्र भएका कथालाई प्राथमिकता दिने बताएका छन्।

यद्यपि, सामाजिक सञ्जालमा भाइरल भइरहेको कथित च्याटबारे जाह्नवी कपुर, उनका प्रतिनिधि वा फिल्म निर्माण टिमले कुनै औपचारिक पुष्टि गरेका छैनन्। त्यसैले सार्वजनिक भएका स्क्रिनसटहरूको सत्यताबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको देखिन्छ।

भाइरल च्याट :

बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, को-को बने सभापति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

पार्टीका प्रवक्ता भनिष झाले दिएको जानकारीअनुसार चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने सिन्धुपाल्चोकको अधिवेशन विविध कारणले स्थगित गरिएको छ ।

हालसम्म सम्पन्न अधिवेशनबाट निर्वाचित जिल्ला सभापतिहरूको सूची हेरुनुहोस् :

  • काठमाडौं – राजा शाक्य
  • भक्तपुर – रामेश्वर बस्नेत
  • काभ्रेपलाञ्चोक – प्रबिन ढकाल
  • सिन्धुली – अविनाश बस्नेत
  • रामेछाप – रमेश रायमाझी
  • दोलखा – दिनेश बस्नेत
  • नुवाकोट – रामेश्वर गजुरेल
  • धादिङ – राजन अर्याल
  • मकवानपुर – सन्जिव पाठक

रास्वपाले देशव्यापी संगठन सुदृढीकरण अभियानअन्तर्गत जिल्ला अधिवेशनहरू सञ्चालन गरिरहेको छ । बाँकी जिल्लाको अधिवेशन सम्पन्न भएपछि बागमती प्रदेशको नेतृत्व चयन प्रक्रिया थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

विश्व टेक्टोनिक परिवर्तनको भुइँचालोमा नेपाल(भिडियाे)

राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले हालको विश्व परिवर्तनलाई साधारण भूराजनीतिक उतारचढाव मान्ने भूल गर्न नहुने बताएका छन् । उनका अनुसार यो एउटा ‘टेक्टोनिक प्लेटको हलचल’ सरहको गहिरो, संरचनात्मक र अपरिहार्य परिवर्तन हो। ‘सन् १९५० को दशकमा अमेरिकी डिजाइन र ‘एंग्लो-स्याक्सन’ नेतृत्वमा निर्मित लिबरल ग्लोबल अर्डर (उदार विश्वव्यवस्था) यतिखेर विघटनको मुखमा छ,’ उनले नेपालवन एचडीसँगको भिडियो वार्तामा भने। 

सोभियत संघ पतनपछि एकध्रुवीय रुपमा स्थापित यो व्यवस्था, जुन संयुक्त राष्ट्र संघको चार्टर, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संरचनामा टेको थियो, अहिले पूर्वी शक्तिहरू (विशेषगरी चीन) को उदय र पश्चिमी शक्तिहरू (विशेषगरी ट्रम्पको अमेरिका) को अन्तरविरोधका कारण धराशायी भइरहेको मोक्तानको धारणा छ । 

मोक्तान भन्छन्, ‘नेपालजस्ता ‘बफर स्टेट’ का लागि यो टेक्टोनिक परिवर्तन प्रत्यक्ष धक्का बनेर आएको छ।’ पुरानो विश्वव्यवस्था मरेर नयाँ बहुध्रुवीय व्यवस्था जन्मिने क्रममा नेपालको हरेक संस्था, राजनीति र भूराजनीतिक हैसियत पुनर्परिभाषित भइरहेको उनले बताए ।

उनले बालेन्द्र शाहको वर्तमान सरकारलाई कानुन र संसदीय व्यवस्था स्वीकार गर्दै पनि तानाशाही र तमुडिउरे प्रवृत्तिको रुपमा व्याख्या गरे । उनले बालेनलाई नेचुरल इन्टेलिजेन्स(प्राकृतिक बुद्धि) भन्दा करिअरवादी टेक्नोक्र्याटको रुपमा चित्रण गरेका छन् । ‘रास्वपा सभापति रवि लामिछानेलाई पपुलिस्ट फेरेंजी र बालेनलाई ‘प्रो-स्टेट एस्टाब्लिस्मेन्ट’ का रुपमा व्याख्या गर्दै दुवैको उदय सामाजिक सञ्जालको मद्दत बिना अधुरो रहन्छ,’ माेक्तानले भने । उनले उनीहरूलाई ‘नेचुरल इन्टेलिजेन्स’ भन्दा सोशल मिडिया मेट्रिक्स मा काम गर्ने रोबोटिक एक्सन बताए।

उनका अनुसार बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन पछाडि पनि अमेरिकी एजेन्डा छ। यो अतिरञ्जन हो वा गम्भीर विश्लेषण ? जवाफ दिन दस्ताबेजको कमी छ। सेनालाई ‘आपनो प्यारलल सम्बन्ध’ विश्वभर छ भन्ने तर्कलाई पुष्टि गर्ने प्रमाण भने प्रस्तुत भएको छैन।

उनले पुराना नेताहरू- ओली, प्रचण्ड, शेरबहादुर माथि सेनाले विश्वास नगरेको, र नयाँ पुस्ता-बालेन, रविलाई करिअरवादी टेक्नोक्र्याट’ को संज्ञा दिए। उनका अनुसार पोलिटिकल फ्रेमवर्क भन्दा टेक्नोक्र्याटिक पावर बढी हाबी भएको यो अवस्था लोकतन्त्रको लागि खतराको संकेत हो।

(मोक्तानको विचारको सम्पादित अंश)

‘दोस्रो विश्वयुद्धपछि विजयी शक्तिको रुपमा उदाएको अमेरिकाले ‘लिबरल ओडर’ भन्ने एउटा अद्भुत संरचना बनायो। यो संरचना उदार पुँजीवाद, मानवअधिकार, लोकतन्त्र र संयुक्त राष्ट्र संघीय बहुपक्षवादमा आधारित थियो। तर व्यवहारमा यो अमेरिकी स्वार्थको परिधिमा मात्र सीमित थियो।

सन् १९९० को शुरुवाती दशकमा सोभियत संघको विघटनपछि यो व्यवस्था अझ विश्वव्यापी बन्ने दाबी गरियो, तर चीन, रुस र दक्षिणी गोलार्धका धेरै देशले यसलाई ‘पश्चिमी आधिपत्य’को रुपमा मात्र बुझे। यही बीचमा, चीनले सन् १९७१ मा संयुक्त राष्ट्र संघमा सोभियत संघको सहयोगमा आफ्नो स्थान बनायो, तर व्यवस्थाको डिजाइनमा उसको हात थिएन। पश्चिमी आलोचनाको जवाफ दिन असमर्थ यो व्यवस्था लोकतन्त्र र मानवअधिकारको नाममा अरब देश, अफ्रिका र एसियामा रङ क्रान्तिको हतियार बन्न पुग्यो। ट्युनिसियादेखि युक्रेनसम्मको अस्थिरतामा अमेरिकी प्रायोजित एनजीओ र सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम) को भूमिका अहिले खुला रहस्य बनिसकेको छ।

चीनले अमेरिकी लिबरल अर्डरको विकल्प प्रस्ताव गर्न १९९० को दशकबाटै थालेको थियो। तर मुख्य प्रस्ताव सन् २०१४ पछि मात्र बलियो रुपमा अघि आएको हो। सी चिनफिङले राखेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (वैश्विक शासन पहल) ले चारवटा स्तम्भ प्रस्ताव गरेको छ।

पहिलो, बेल्ट एण्ड रोड इनिसिएटिभ जुन पूर्वाधार र अर्थतन्त्र केन्द्रित छ। दोस्रो, ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ जसले विभिन्न सभ्यता र संस्कृतिको सम्मानलाई केन्द्रित गरेको छ। तेस्रो, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जुन दिगो विकास लक्ष्यहरूको साझा कार्यान्वयनको कुरा गर्छ। चौथो, ग्लोबल सेक्युरिटी इनिसिएटिभले सुरक्षाको गैर-पश्चिमी दृष्टिकोण प्रस्तुत गरेको छ। नेपाल बिआरआईमा सहमत भैसकेको छ, जीसीआई र जीडीआईमा समेत नेपालको सहभागिता छ। तर जीएसआई मात्र यस्तो पहल हो जुन नेपालको सैन्य र रक्षा संरचनासँग जोडिन सक्छ। यसले अमेरिकी गठबन्धनलाई नरमी देखिएको छैन।

डोनाल्ड ट्रम्पको नेतृत्वको अमेरिका फर्स्ट नीति आफैमा विरोधाभासी छ। एकातिर, अमेरिकाले चीन र रुसलाई रोक्न नेपाल र दक्षिण एसियाली देशहरूलाई आफ्नो सहयोगी बनाउन चाहन्छ। अर्कातिर, उसको अमेरिका फर्स्टको परिभाषाले भन्छ- ‘अमेरिकी स्वार्थ भन्दा बढी अरूको स्वार्थ हुन सक्दैन।’

यसको प्रतिक्रियामा भारतले इन्डिया फर्स्ट नीति अख्तियार गरेको छ, जसलाई विदेशमन्त्री एस. जयशंकरले स्पष्ट रुपमा अमेरिकी मोडल सरह व्याख्या गरे। तर नेपालका लागि प्रश्न गम्भीर छ : नेपाल ‘फर्स्ट’ कहिले हुने ? जवाफको अभाव उत्तिकै पीडादायी छ। नेपालको असंलग्न परराष्ट्र नीति अमेरिकी भिक्टरी पार्कको सहभागिता मात्र बन्न पुग्यो। चीनमा विक्ट्री परेड (जापानविरुद्धको दोस्रो विश्वयुद्धको स्मारक) मा ओलीको सहभागिता त्यसैको प्रतीक हो।

बालेन साह सडकमा उत्रिएर विद्रोह गर्ने राजनीतिक व्यक्तित्व होइनन्। उनी पश्चिमा लबीको परियोजना हुन्। विशेष चर्चा रवि लामिछाने र बालेन्द्र साह बीचको सम्बन्धमा छ। यी दुवैले पश्चिमा-समर्थित एजेन्डाको परिधिमा काम गरिरहेका छन् ।

सबैभन्दा संवेदनशील विषय नेपाली सेना हो। सेनाले आफूलाई असफल शासनको विकल्प होइन, राष्ट्रिय अखण्डताको अन्तिम सहाराको रुपमा प्रस्तुत गर्छ। तर वार्ताले सेनाको प्यारलल डिप्लोमेसी माथि प्रश्न उठाएको छ। सरकारभन्दा सेनाको विदेशी लबी बलियो छ। जलाउन रोक्ने नाममा सेनाले प्रदर्शनकारीमाथि प्रहार गरेको, मानवअधिकार हनन भएको आरोप पनि छ। तर अन्तर्राष्ट्रिय समुदाय मौन रहेको तर्क  पनि छ। किनभने त्यो लिबरल गठबन्धनको बलियो गढ हो।

कांग्रेस र एमालेलाई लिबरल गठबन्धनको परिधि भित्र कैद गरिएको छ। गगन थापा र स्वर्णिम वाग्लेको आलोचना यस अर्थमा गरिन्छ कि उनीहरूले पुरानो संरचना तोड्ने हिम्मत देखाएनन्। नयाँ शक्ति (बाबुराम भट्टराई, उज्ज्वल थापा) को प्रयोग पनि औपचारिकता मात्र रह्यो। यदि अहिलेको यो यथास्थिति जारी रह्यो भने, अबको दुई/चार वर्षमा नेपालको युवा पुस्ताले सडकबाटै ‘एलिट’ को अनुहार बदल्न बाध्य हुनेछ। तर त्यो परिवर्तन सहज हुनेछैन। बंगलादेश, श्रीलंका, थाइल्याण्डको हालको सैन्य र गैर-सैन्य उथलपुथल जस्तो परिवर्तन नेपालमा पनि हुन सक्छ ।

नेपालले प्रायः दुईवटा भाष्य सुन्छ- यो तिब्बत-भारतको प्राकृतिक बफर हो, वा यो दुई महाशक्ति बीचको हातहतियार हो। यी दुवै भाष्यले नेपालको संप्रभु परराष्ट्र नीति माथि नै गम्भीर आक्रमण गर्छन्। विडम्बना चीनले नेपाललाई ग्लोबल सेक्युरिटी इनिसिएटिभभित्र ल्याउन चाहन्छ, जसको अर्थ नेपालको सुरक्षा नीति बहुपक्षीय हुनेछ। अमेरिका र भारत चाहन्छन्-नेपाल उनीहरूको परम्परागत परिधिभित्र रहोस्। यता भने नेपाली सत्ताको हरेक इनार अमेरिकी पैसा वा चिनियाँ पूर्वाधारले भरिएको छ। साँच्चो ‘नेपाल फर्स्ट’ को आवाज कसैले बोल्दैन।

नयाँ ओल्ड अर्डरको स्थापना नभएसम्म नेपाल एउटा प्रतिस्पर्धाको बजार मात्र रहनेछ। यदि दुई महाशक्ति अमेरिका र चीनबीचको टकराव नेपालको भूमिमा सीमित भयो भने, नेपाली सेनाले ह्यान्डलिङको जिम्मा लिनुपर्ने अवस्था आउन सक्छ।

बजेटका सन्दर्भमा 

अहिलेको बजेट नै एउटा नमूना हो। तलब बढाउने, कर्मचारी राजनीतिक नियुक्ति बढाउने, र आउँदो चुनावलाई लक्षित गर्दै पपुलिस्ट बजेट ल्याइएको छ। यसमा एउटा श्लोक सम्झिन चाहन्छु- ‘यावज्जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिबेत्,’ अर्थात् जति बाँचे, खुसीले बाँचे, ऋण नै किन नलिओस्, धेरै घिउ पिउनु पर्छ।

तर यो ऋणको भारी आउँदो पुस्ताले तिर्नुपर्छ। एकातिर राष्ट्रिय ऋण चुक्ता गर्न नसक्ने अवस्था छ। अर्कातिर विदेशी मुद्रा सञ्चिति घट्दो स्थितिमा छ।  तेस्रो भनेको गरिबीको रेखामुनीकोको जनसंख्याबढीरहेको छ । अहिले नेपाली अर्थतन्त्र चुनावी गोलमाल र लिबरल अनुशासनबीच फसेको छ।

सन्तुलित बजेटको नारा त केवल बाहिरी रोगन मात्र हो। भित्र ऋणको भारीले सरकार आफैँ ‘डिसोल्भेन्सी’ को संघारमा पुगेको छ। चुनाव आउँदै गर्दा जनतालाई राहतभन्दा पनि पदाधिकारीको तलब र सुविधा बढाउनमा बजेट केन्द्रित हुनु दुःखद हो।

मोक्तानले हेनरी किसिन्जरको उक्त भनाइ उद्धृत गर्दै निष्कर्ष निकालेका छन्, ‘टु बी अ फ्रेन्ड अफ अमेरिका इज फेटल’ (अमेरिकाको साथी हुनु घातक हुन्छ)। बालेन्द्र शाहलाई समर्थन गर्ने अमेरिकी लबीले नै जुन दिन यो साथ फिर्ता लिन्छ, त्यस दिन नेपालको वर्तमान ‘कृत्रिम शासन’ ढल्नेछ।

सद्दाम हुसेन, बिन लादेन, र हालै युक्रेनका जेलेन्स्की- जो जहिले पनि अमेरिकाको मित्र बने। अन्ततः ती सबै विपत्तिमा परे। नेपालले पनि यदि आफ्नो स्वार्थ र राष्ट्रिय हितलाई मध्यमा नराखी कसैको उपग्रह बन्न खोज्यो भने नियति त्यस्तै हुन्छ। भारतले पनि इन्डिया फर्स्ट भन्दै अमेरिकाको माइनर ब्रदरको भूमिकाबाट बाहिर निस्कने संकेत दिएको छ। तर नेपाल अझै माइनर चाइल्डको मानसिकतामा फसेको तर्क गरिन्छ। यही मानसिकता नै नेपाललाई बफर स्टेट मात्र होइन, प्रपञ्चको एक कोष्ठक बनाइरहेको छ।

नेपालका सबै संस्था कमजोर भइसकेका छन्। एलिट डिसिप्लिन भनेको के हो भन्ने जान्दैनन्। संविधान संशोधनको बहस टाढाको सपना बन्न पुगेको छ। यदि संविधानलाई पुनर्जीवित गर्न सकिएन र सामूहिक सहमति बन्न सकेन भने अमेरिका, चीन र भारतको प्रतिस्पर्धाको पाटो बन्नु नै नेपालको भाग्य हुनेछ।

प्राकृतिक बुद्धिमताको ठाउँमा कृत्रिम बुद्धिले शासन गर्न थालेको छ। यो एआईको शासन सामाजिक सञ्जालको मेट्रिक्स, एल्गोरिदम र डाटा केन्द्रित छ, जुन जनताको वास्तविक पीडा र आकांक्षाभन्दा टाढा छ। यसलाई टेक्नोक्र्याटिक तानाशाहीको नाम दिन सकिन्छ। विश्व टेक्टोनिक परिवर्तनले नेपालको अस्तित्वलाई उत्तिकै चुनौती दिइरहेको छ। यो चुनौतीको जवाफ झुण्डिएको तटस्थताले होइन, स्पष्ट अनुशासित र बहु-गठबन्धन नीतिले दिनुपर्छ। अन्यथा, नेपाल एक्लो बफर राज्यको रुपमा मात्र होइन, एउटा असफल राष्ट्रको सूचीमा पर्नबाट बच्न सक्दैन।

अनुशासित एलिट, सुदृढ संस्था, र जनताको सचेत सहभागिता बिना कुनै पनि विश्वव्यवस्था नेपालको पक्षमा आउँदैन। पुरानो लिबरल अर्डर मरिसकेको छ। नयाँ अर्डर को जन्म भइसकेको छैन। यो संक्रमणकाल नै नेपालको लागि सबैभन्दा जोखिमपूर्ण समय हो। अब नेपालीले आफैँ निर्णय लिनुपर्छ- बहुध्रुवीय विश्वमा बहु-साझेदारी गर्ने तर कसैको पराधीन नहुने।’

भिडियाे:

 

रोनाल्डोको अन्तिम नाच

२०२६ विश्वकप नजिकिँदै गर्दा पोर्चुगल एक बलियो दाबेदारको रूपमा देखिन्छ। प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको यो टोलीसँग उत्कृष्ट प्रतिभा, गहिराइ र सन्तुलन छ। 

क्रिस्टियानो रोनाल्डोले अत्यन्त गरिबीमा बाल्यकाल बिताए। १२ वर्षको उमेरमा उनी स्पोर्टिङ एकेडेमी पुगेपछि नजिकको म्याकडोनाल्ड्समा बाँकी बर्गर माग्थे। उनी १४ वर्षको उमेरमा शिक्षकमाथि कुर्सी फ्याँकेर विद्यालयबाट निष्कासित भएका थिए। यी घटनाहरूले उनको संघर्षपूर्ण यात्रालाई उजागर गर्छन्। निकै संघर्षमार्फत विश्व फुटबल जगतको उचाई चुमेका रोनाल्डोले यो विश्वकपमा पोर्चुगललाई उपाधी दिलाउन सक्लान् ? 

यो विश्वकप रोनाल्डो आफ्नै लागि पनि प्रतिष्ठाको विषय बनेको छ। उनले हालसम्म ६ वटा विश्वकप खेलिसकेका छैनन्।  तर, कुनै पनि विश्वकप उनका लागि सम्झनलायक रहेन।  फिफा विश्वकप २०२६ भने उनको लागि अन्तिम विश्वकप हुनसक्छ। सायद विश्व फुटबल जगतका धेरै समर्थकले यसपछि रोनाल्डोलाई पोर्चुगलबाट खेल्दै गरेको देख्ने छैनन्। यही विश्वकपमा रोनाल्डो पोर्चुगलको जर्सीमा एक अन्तिम पटक मैदानमा चक्कर लगाउनेछन्।   

यसपाली यदि पोर्चुगलले अपेक्षित क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई हराउन सक्यो भने उसको आत्मविश्वास उच्चतम बिन्दुमा पुग्नेछ। दशकअघि युरोपेली च्याम्पियन बनेको टोलीबाट अहिले क्रिस्टियानो रोनाल्डो मात्र बाँकी छन्, तर अहिलेको टिमले गत गर्मी सिजनमै नेसन्स लिगको उपाधि जितिसकेको छ।

पोर्चुगलको सबैभन्दा ठूलो शक्ति भनेको विश्वस्तरीय मिडफिल्ड र रणनीतिक लचिलोपन हो। मार्टिनेजले ४-२-३-१ वा ४-३-३ फर्मेसन प्रयोग गर्छन्, जहाँ मुख्य सिद्धान्त बल पोजेसनको माध्यमबाट खेल नियन्त्रण गर्नु हो। टोलीसँग उत्कृष्ट गहिराइ, सन्तुलन, र उत्कृष्ट उमेर तथा फर्ममा रहेका प्रशस्त खेलाडीहरू छन्। पोर्चुगलले वाइड क्षेत्रबाट क्रसहरू र सेन्ट्रल क्षेत्र ओभरलोड गरेर प्रहार गर्न सक्छ।

तर, टोलीको मुख्य कमजोरी भनेको प्रभावशाली सेन्टर-ब्याकको अभाव हो। रुबेन डियाजको जोडीका लागि त्यस्तो डिफेन्डर छैन, जसले गर्दा सेट-पिस र क्रसबाट उनीहरू जोखिममा पर्छन्। छनोटमा हंगेरी र रिपब्लिक अफ आयरल्यान्डले यही कमजोरीलाई लक्षित गरेका थिए। डब्लिनमा भएको पराजयले देखायो कि गहिरो रक्षापंक्ति बनाएर शारीरिक रूपले बलियो खेल्ने टोलीसामू पोर्चुगल संघर्ष गर्न सक्छ।

यसपटको विश्वकपमा पोर्चुगलबाट नजर राख्नुपर्ने खेलाडीहरूमा भिटिन्या अग्रपङ्क्तिमा छन्। एक समय वुल्भ्समा असफल रहेका उनी अहिले पिएसजीका मेट्रोनोम र बालोन डी’ओरमा तेस्रो स्थानमा रहेका छन्। ब्रुनो फर्नान्डिसले २०२५-२६ प्रिमियर लिगमा एक सिजनमा २१ असिस्टको रेकर्ड बनाए। तर ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो नै सर्वाधिक चर्चित छन्। उनी र लियोनल मेस्सी छैटौं विश्वकप खेल्ने पहिलो पुरुष हुनेछन्, तर रोनाल्डोले बनाएका आठ विश्वकप गोलमध्ये कुनै पनि नकआउट चरणमा भएको छैन।

स्पेनी प्रशिक्षक रोबर्टो मार्टिनेजको यो तेस्रो विश्वकप हो। उनले २०१८ मा बेल्जियमलाई तेस्रो स्थान दिलाएका थिए। उनी २०२३ मा पोर्चुगलको प्रशिक्षक बनेका हुन् र यस गर्मीमा उनको सम्झौता सकिँदैछ। छनोट चरणमा पोर्चुगलले डब्लिनमा पराजय भोगे पनि तीन दिनपछि आर्मेनियाविरुद्ध ९-१ को ऐतिहासिक जित निकाल्दै समूह विजेता बन्यो, जुन टोलीको इतिहासमै दोस्रो ठूलो जित हो।

यो टोलीका लागि ०२६ विश्वकप अत्यन्त भावनात्मक प्रतियोगिता हुनेछ। पोर्चुगलले यस शताब्दीको हरेक विश्वकपमा छनोट पाएको भए पनि उनीहरू १९६६ पछि मात्र एक पटक सेमिफाइनल पुगेका छन्। रोनाल्डोले यो नै आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका छन्, यद्यपि मार्टिनेजले उनी २०३० मा पोर्चुगल सह-आयोजक रहेको विश्वकपमा पनि खेल्न सक्ने संकेत दिएका छन्।

 

अन्तर्राष्ट्रिय कानुनको नजर र नजिरमा बालेनको अभिव्यक्ति

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिपछि  नेपाल-भारत दुवै देशको राजनीतिक वातावरण तरंगित छ । नेपालमा उक्त भनाइलाई लिएर संसद् र सडक तातेका छन् । राजनीतिक र कुटनीतिक वृत्तबाट शाहकाे चर्काे आलाेचना भइरहेकाे छ।  

प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय हित र नेपालको स्थापित सीमा सम्बन्धी अडानविपरीत रहेको भन्दै विपक्षी दलहरू आन्दाेलित छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा तथा अन्य विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने अडान राखेका छ्न् । 

प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्य र आधार सार्वजनिक गर्नुपर्ने माग उठिरहेका छन् भने कतिपयले यसलाई नेपालको राष्ट्रिय अडान कमजोर बनाएकाे भन्दै आलोचना समेत हुने गरेको छ । 

प्रधानमन्त्रीको भनाइविरुद्ध विभिन्न राजनीतिक संगठन तथा विद्यार्थी संगठनहरूले प्रदर्शन गर्दै देशभर पुत्ला दहन पनि गरेका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किए । उनले  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखि लिएर भाजपा अध्यक्ष नितिन नवीनका साथै सरकारमा रहेका उच्च अधिकारीहरूसँग भेट गरे । 

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनीतिक संवादमार्फत अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘दुई देशबीचका कुनै पनि विषय कुटनीतिको माध्यमबाट, कुटनीतिक च्यानललाई एक्टिभ गराउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। तीनको आवाज एकदमै हल्ला गरेजस्तो, ढोल बजाएर हुँदैन । ढोल नबजाइकन आफ्नो देशको कुराहरु चरणवद्ध तरिकाले गर्नुपर्छ ।’ 

यसको मतलब सीमाविवादबारे उनले दरो अडानका साथ कुरा नराखेको देखिन्छ।

उता भारतले नेपाल- भारत सिमा विवादकाे द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् ।

प्रधानमन्त्री शाहकाे याे अभिव्यक्तिपछि नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तटबन्ध निर्माणमा रोक लगाएको छ।  

स्थानीय बासिन्दाले नदी कटानको जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सुस्ता बचाउ युवा अभियानले पनि तटबन्ध रोकिँदा समस्या थप गम्भीर बन्ने चेतावनी दिएको छ। 

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भारत पुगेका हुन्।  अब उनले सीमा विवादको विषयलाई अडानका साथ राख्लान भन्नेतिर सबैको ध्यानकेन्द्रित छ। उनले भारत जानुपुर्व  दिएको अभिव्यक्तिले उनले पनि राष्ट्रिय अडानलाई दरिलो ढङ्गले प्रस्तुत गर्छन यो भन्न नसकिने स्थिति छ। 

यही कारणले प्रश्न उठिरहेको छ बालेन सरकारमाथि प्रश्नका तीरहरू सोझिएका छन् । जनमानसमा चर्को त्रास छ। नयाँ भनेर आएको बालेन सरकारको सीमासम्बन्धी अडान के हो ? किन प्रधान मन्त्रीले सम्मानित संसदको रोष्टममा उभिएर उक्त अभिव्यक्ति दिए ? कुन स्वार्थ समूह पोस्न ? वा कसलाई रिझाउन ? यी प्रश्नहरू अनुत्तरित छन्। 

के प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय अडानलाई धरासायी बनाएकै हो ? के कुनै प्रधानमन्त्री वा राष्ट्रप्रमुखको सार्वजनिक अभिव्यक्तिले साँच्चै कुनै मुलुकको कानुनी दाबी कमजोर बनाउन सक्छ ? 

अन्तर्राष्ट्रिय कानुनले के भन्छ ?

सामान्य बुझाइमा कुनै देशको सीमा, भूभाग वा सार्वभौमसत्ताको प्रश्न लिखित सन्धि, नक्सा वा औपचारिक सम्झौताबाट मात्रै तय हुन्छ भन्ने लाग्न सक्छ। तर अन्तर्राष्ट्रिय कानुनको अभ्यास त्यसभन्दा धेरै जटिल छ।

स्थायी अन्तर्राष्ट्रिय न्यायालय (पीसीआईजे) र त्यसपछि बनेको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले विभिन्न फैसलामार्फत एउटा सिद्धान्त स्थापित गरेका छन्। राज्यलाई प्रतिनिधित्व गर्ने उच्च अधिकारीले आधिकारिक हैसियतमा दिएको सार्वजनिक प्रतिबद्धता वा घोषणा पनि निश्चित परिस्थितिमा कानुनी रूपमा बाध्यकारी हुन सक्छ।

यस अवधारणालाई अन्तर्राष्ट्रिय कानुनमा ‘युनिल्याटरल डिक्लेरेसन’ अर्थात् एकपक्षीय घोषणा भनिन्छ। यसको अर्थ कुनै राज्यले अर्को पक्षसँग औपचारिक सम्झौता नगरी एकतर्फी रूपमा व्यक्त गरेको प्रतिबद्धताले समेत कानुनी दायित्व सिर्जना गर्न सक्छ।

यससँगै अर्को महत्त्वपूर्ण सिद्धान्त  ‘एस्टोपेल’ हो। यसको अर्थ कुनै राज्यले एकपटक आफ्नो धारणा वा व्यवहारमार्फत कुनै कुरा स्वीकार गरिसकेपछि पछि गएर त्यसको ठीक विपरीत दाबी गर्न पाउँदैन।

त्यस्तै, लामो समयसम्म कुनै विषयमा विरोध नगर्नुलाई ‘ट्यासिट एक्सेप्टेन्स’ अर्थात् मौन स्वीकृतिका रूपमा समेत व्याख्या गरिने गरेको छ। 

यी सिद्धान्तहरूलाई विश्वसामु स्थापित गर्ने नर्वे र डेनमार्कबीचको पूर्वी ग्रीनल्यान्ड विवादको  घटना हो। 

सन् १९१९ मा नर्वेका तत्कालीन परराष्ट्रमन्त्री निल्स क्लाउस इहलेनले डेनमार्कका प्रतिनिधिसँगको कुराकानीमा नर्वेले ग्रीनल्यान्डमाथि डेनमार्कको दाबीको विरोध नगर्ने आशय व्यक्त गरेका थिए। त्यो कुनै औपचारिक सन्धि थिएन, न त संसदबाट पारित दस्तावेज नै थियो। त्यो एउटा मौखिक कूटनीतिक अभिव्यक्ति मात्र थियो।

तर, वर्षौँपछि जब ग्रीनल्यान्डको विषय अन्तर्राष्ट्रिय अदालतमा पुग्यो, डेनमार्कले यही अभिव्यक्तिलाई आफ्नो प्रमुख प्रमाणका रूपमा प्रस्तुत गर्‍यो।

सन् १९३३ मा स्थायी अन्तर्राष्ट्रिय न्यायालयले इहलेनको अभिव्यक्तिलाई बाध्यकारी घोषणा मान्दै डेनमार्ककै पक्षमा फैसला सुनायो। यो निर्णयसँगै नर्वेको दाबी कमजोर बन्यो र अन्तर्राष्ट्रिय कानुनमा एउटा नयाँ मानक स्थापित भयो। उच्च सरकारी अधिकारीका सार्वजनिक वा कूटनीतिक अभिव्यक्तिहरूले पनि कानुनी परिणाम निम्त्याउन सक्छन्।

अन्तर्राष्ट्रिय कानुनमा कहिलेकाहीँ बोल्नु मात्रै होइन, नबोल्नु पनि महँगो पर्ने गरेको छ।

कम्बोडिया र थाइल्यान्डबीचको प्रिएह विहियर मन्दिर विवाद त्यसको उत्कृष्ट उदाहरण हो। सन् १९०८ मा फ्रान्सेलीहरूले तयार पारेको सीमा नक्सामा उक्त मन्दिर कम्बोडियातर्फ परेको देखाइएको थियो। थाइल्यान्डका अधिकारीहरूले त्यो नक्सा पाए, तर तत्काल कुनै औपचारिक विरोध जनाएनन्।

त्यसपछि दशकौँसम्म उनीहरूको मौनता कायम रह्यो। पछि गएर थाइल्यान्डले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्‍यो। तर सन् १९६२ मा अन्तर्राष्ट्रिय न्यायालयले थाइल्यान्डको अघिल्लो मौनतालाई नै स्वीकारोक्तिका रूपमा व्याख्या गर्‍यो।

अदालतले ‘एस्टोपेल’ सिद्धान्त प्रयोग गर्दै एकपटक स्वीकार गरिसकेको विषयमा पछि फर्कन नमिल्ने ठहर गर्‍यो। फलस्वरूप, थाइल्यान्डले उक्त ऐतिहासिक मन्दिर क्षेत्र गुमायो।

 यद्यपि, अन्तर्राष्ट्रिय कानुनले प्रत्येक राजनीतिक भाषणलाई बाध्यकारी प्रतिज्ञा भने मानेको छैन।

बुर्किना फासो र मालीबीचको सन् १९८६ को सीमा विवादमा मालीका राष्ट्रपति मोउसा ट्राओरेले पत्रकार सम्मेलनमा सीमा आयोगको निर्णय स्वीकार गर्ने बताएका थिए।

अदालतमा यो अभिव्यक्तिलाई कानुनी प्रतिज्ञाका रूपमा व्याख्या गर्न खोजियो। तर अन्तर्राष्ट्रिय न्यायालयले त्यसलाई राजनीतिक अभिव्यक्ति मात्र ठहर गर्‍यो।

अदालतले स्पष्ट रूपमा भन्यो। कुनै अभिव्यक्तिलाई बाध्यकारी मान्न त्यसमा कानुनी रूपमा बाँधिने स्पष्ट मनसाय हुनुपर्छ। केवल राजनीतिक सन्देश वा कूटनीतिक शिष्टाचारलाई कानुनी प्रतिज्ञा मान्न मिल्दैन।

यसले एउटा सन्तुलित सिद्धान्त स्थापित गर्‍यो। हरेक सार्वजनिक भनाइले कानुनी असर पार्दैन। तर केही विशेष परिस्थितिमा त्यसले ठूलो प्रभाव पार्न सक्छ। 

सन् १९७४ मा अस्ट्रेलिया र न्युजिल्यान्डले फ्रान्सविरुद्ध दायर गरेको आणविक परीक्षणसम्बन्धी मुद्दा पनि अन्तर्राष्ट्रिय कानुनको इतिहासमा महत्त्वपूर्ण मानिन्छ।

विश्वव्यापी दबाबपछि फ्रान्सका राष्ट्रपति र अन्य उच्च अधिकारीहरूले सार्वजनिक रूपमा वायुमण्डलीय आणविक परीक्षण बन्द गर्ने बताएका थिए। पछि फ्रान्सले आफ्नो धारणा परिवर्तन गर्न खोज्यो।

तर अन्तर्राष्ट्रिय न्यायालयले सार्वजनिक रूपमा व्यक्त गरिएका ती प्रतिबद्धताहरूलाई नै बाध्यकारी मानेको थियो। अदालतले राज्यका उच्च अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई दिएको सार्वजनिक वचनलाई हल्का रूपमा लिन नमिल्ने व्याख्या गर्‍यो।

इतिहासमा यस्ता धेरै घटनाहरू छन्। जहाँ एउटा वाक्यले सम्पूर्ण राजनीतिक परिस्थिति परिवर्तन गरिदिएको छ।

सन् १९८९ मा पूर्वी जर्मनीका प्रवक्ता गुन्टर साबोव्स्कीले पत्रकार सम्मेलनमा नयाँ यात्रा नियम ‘तत्काल लागू हुन्छ’ भनेपछि हजारौँ नागरिक बर्लिन पर्खालतर्फ ओइरिए। सुरक्षाकर्मीहरू अन्योलमा परे र अन्ततः पर्खाल खुल्यो। त्यसै रात बर्लिन पर्खाल ढल्ने प्रक्रियाले गति लियो।

त्यस्तै, दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानी प्रधानमन्त्रीले प्रयोग गरेको ‘मोकुसात्सु’ शब्दको विवादास्पद अनुवादले पनि ठूलो बहस जन्माएको थियो। उक्त शब्दलाई मित्रराष्ट्रहरूले ‘पूर्ण अस्वीकार’ का रूपमा बुझेपछि युद्धको दिशा थप कठोर बनेको इतिहासकारहरूको विश्लेषण छ।

यी घटनाहरूले देखाउँछन् कि अन्तर्राष्ट्रिय राजनीतिमा शब्दहरू केवल शब्द हुँदैनन्। तिनले कहिलेकाहीँ कूटनीति, सुरक्षा र इतिहासको दिशा नै बदलिदिन सक्छन्। 

पुन: सन्दर्भ नेपाल

नेपाल-भारत सम्बन्धको सबैभन्दा संवेदनशील विषयमध्ये सीमा विवाद पनि एक हो। कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर नेपालले आफ्नो दाबीलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्ने प्रयास गर्दै आएको छ। २०२० मा नयाँ नक्सा जारी भएपछि यो विषय अझ बढी राजनीतिक र कूटनीतिक बहसको केन्द्रमा रह्यो।

यस्तो अवस्थामा राज्यको कार्यकारी प्रमुखबाट आउने कुनै पनि अभिव्यक्तिलाई छिमेकी मुलुक, अन्तर्राष्ट्रिय समुदाय र कूटनीतिक वृत्तले गम्भीर रूपमा हेर्नु स्वाभाविक हो।

यद्यपि, केवल एउटा अभिव्यक्तिका आधारमा कुनै देशले आफ्नो सम्पूर्ण कानुनी दाबी गुमाइहाल्छ भन्ने निष्कर्ष निकाल्नु पनि हतार हुनेछ। अन्तर्राष्ट्रिय अदालतले कुनै पनि विवादमा ऐतिहासिक प्रमाण, सन्धि, प्रशासनिक नियन्त्रण, नक्सा, व्यवहार र सम्बन्धित पक्षहरूको समग्र मनसायलाई सँगै मूल्याङ्कन गर्ने गर्छ।

तर इतिहास र अन्तर्राष्ट्रिय कानुनका स्थापित नजिरहरूले एउटा कुरा भने स्पष्ट रूपमा सिकाउँछन्। राज्यको नेतृत्वमा रहेका व्यक्तिहरूका अभिव्यक्ति  व्यक्तिगत विचार मात्र हुँदैनन्। तिनले कहिलेकाहीँ भविष्यका कूटनीतिक बहस, अन्तर्राष्ट्रिय वार्ता र कानुनी प्रक्रियामा समेत उद्धृत हुने आधार तयार गर्न सक्छन्।

त्यसैले सीमा, सार्वभौमसत्ता र राष्ट्रिय हितजस्ता संवेदनशील विषयमा उच्च नेतृत्वबाट आउने प्रत्येक अभिव्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक हुन्छ। अन्यथा अपरिपक्वताको परिणाम स्वरुप राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने अवस्था न आउला भन्न सकिन्न।

प्रधानमन्त्री हो कि विदेशी दलाल भन्दै श्रम संस्कृति पार्टीको आन्दोलन (तस्बिरहरू)

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले ‘प्रधानमन्त्री हो कि विदेशी दलाल ?’ लगायतका नारा लगाउँदै सरकारको आलोचना गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र जनभावनामा चोट पुगेको दाबी गर्दै उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले प्लेकार्ड र ब्यानर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। श्रम संस्कृति पार्टीका नेताहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने र विवादास्पद भनाइप्रति जिम्मेवारी लिनुपर्ने बताएका छन्।

पार्टीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर जनतासमक्ष क्षमायाचना नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। आन्दोलनका तस्बिरहरू नेपाल फोटो लाइब्रेरीले सार्वजनिक गरेको छ।

जन्तर-मन्तरमा कक्रोच जनता पार्टीको शक्ति प्रदर्शन, के के छन् माग ?

काठमाडौं । कक्रोच जनता पार्टी(सिजेपी) को दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गरिरहेका छन्। कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपके आज बिहान भारत फर्केपछि दिल्लीको जन्तर मन्तरमा ठूलो विरोध प्रदर्शन सुरु गरेका हुन् । 

भारी सुरक्षा व्यवस्थाबीच भइरहेको यस प्रदर्शनमा मुख्य माग केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो। तर प्रदर्शनमा सहभागी विद्यार्थी, अभिभावक र युवा पेशाकर्मीहरूले प्रधानको राजीनामासँगै अन्य पाँचवटा ठोस माग पनि राखेका छन्। यी मागहरूले भारतीय शिक्षा प्रणालीको गहिरो सङ्कटलाई उजागर गर्दछन्।

यस्ता छन्, सिजेपीका माग:

केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

जन्तर-मन्तरमा जारी प्रदर्शनमा सिजेपीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शिक्षा क्षेत्रमा देखिएका समस्याप्रति गम्भीर नबनेकोमा आपत्ति जनाउँदै राजीनामाको माग गरेको छ।

प्रदर्शनकारीहरूले परीक्षा प्रणाली, डिजिटलाइजेसनमा देखिएका विवाद र हालैका अनियमितताका घटनालाई उद्धृत गर्दै शिक्षामन्त्री प्रधानको नेतृत्वमाथि प्रश्न उठाएका छन्। उनीहरूले मन्त्रालयको वर्तमान कार्यशैलीले शिक्षा क्षेत्रमा सुधारभन्दा बढी संकट बढाएको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूको भनाइमा, बारम्बार देखिने परीक्षा लीक, मूल्यांकन प्रणालीमा देखिएका विवाद र जवाफदेहिताको अभावले सम्पूर्ण शिक्षा प्रणालीप्रति अविश्वास बढाएको छ। उनीहरूले तत्काल जिम्मेवारी तय गरी उच्चस्तरीय छानबिन गर्नुपर्ने माग पनि गरेका छन्।

तालिकापछि मात्र शिक्षामा डिजिटलाइजेसन

जन्तर मन्तरमा जारी प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा हतारमा गरिएको डिजिटलाइजेसनको कडा विरोध गरेका छन्। कुनै पनि प्रविधि शिक्षा क्षेत्रमा ल्याउनुभन्दा पहिले शिक्षक र विद्यार्थी दुवैलाई पर्याप्त तालिम दिनुपर्ने प्रदर्शनकारीको तर्क छ । अन्यथा, डिजिटलाइजेसनले समस्या समाधान नगरी नयाँ चुनौती थप्ने उनीहरुकोको भनाइ छ।

हालैका विभिन्न परीक्षा लीकका घटनाहरू र सिबिएसइको अन-स्क्रिन मार्किङ प्रणालीमा देखिएको अनियमिततापछि प्रदर्शनकारीहरूले डिजिटलाइजेसनको कार्यान्वयन प्रक्रियाप्रति गम्भीर प्रश्न उठाइरहेका छन्। उनीहरूको भनाइ छ कि बिना तयारीको डिजिटलाइजेसनले पारदर्शिता ल्याउनुको सट्टा थप जटिलता सिर्जना गर्दैछ।

मणिपुरमा शिक्षाको सामान्य सञ्चालन

प्रदर्शनमा सहभागी प्रदर्शनकारीले पछिल्ला वर्षहरूदेखि निरन्तर अशान्ति भइरहेका कारण मणिपुरकाे शैक्षिक अवस्था अत्यन्त प्रभावित भएको बताएका छन्।  उनीहरुले भनेअनुसार तीन वर्षभन्दा लामो समयदेखि जारी तनावका कारण विद्यालय र कलेजहरू नियमित रूपमा सञ्चालन हुन सकेका छैनन्, जसले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पारेको छ।

अशान्त अवस्थाका कारण शैक्षिक संस्था बारम्बार बन्द हुने र नियमित कक्षा सञ्चालन नहुँदा विद्यार्थीहरूमा मानसिक दबाब बढ्दै गएको उनीहरुले बताए । उनीहरुको भनाइमा, विद्यार्थीहरू अनिश्चित भविष्यको सामना गर्न बाध्य छन्, जसले उनीहरूको मनोवैज्ञानिक अवस्था र अध्ययन दुवैमा नकारात्मक प्रभाव पारेको छ।

जन्तर मन्तरबाट उनीहरुले माग गरेका छन्, ‘शैक्षिक संस्थाहरूको अनियमित सञ्चालनले हजारौं विद्यार्थीको भविष्य जोखिममा परेकोले तत्काल स्थिर वातावरण र दीर्घकालीन समाधान आवश्यक छ । साथै, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सामान्य शैक्षिक गतिविधि पुनः सुरु गर्नुपर्ने आवश्यकता छ।’

प्रतिस्पर्धी परीक्षाहरूमा निष्पक्षता

राजस्थानबाट आएका एकै परिवारका सदस्यहरुले नीट परीक्षा प्रणालीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार नीट तयारीमा रहेका विद्यार्थीहरू लामो समयदेखि कोचिङ सहरमा कठिन परिश्रम गर्दै आए पनि बारम्बार देखिने अनियमितताका कारण उनीहरूको भविष्य अनिश्चित बनेको छ।

उनीहरूका अनुसार परीक्षा नतिजा आउनुअघि नै देखिएका प्रश्नपत्र लीकका घटनाले विद्यार्थीहरूको मनोबल कमजोर बनाएको छ। कम र्याङ्किङ भएका कलेजमा प्रवेश पाउने सम्भावना हुँदाहुँदै पनि लीक प्रकरणका कारण पुनः परीक्षा दिनुपर्ने अवस्थाले ठूलो निराशा सिर्जना गरेको उनीहरूको भनाइ छ।

उनीहरूले परीक्षा प्रणाली पूर्ण रूपमा पारदर्शी र विश्वसनीय हुनुपर्ने माग गरेका छन्। साथै, सीबीएसईको अन-स्क्रिन मार्किङ प्रणालीमा पनि अनियमितता देखिएको आरोप लगाउँदै सुधारको आवश्यकता औंल्याए ।

परिवारहरूले यस्तो अवस्थाले विद्यार्थीहरूमा मानसिक दबाब बढाएको र उनीहरूको भविष्यप्रति अनिश्चितता सिर्जना गरेको बताएका छन्। उनीहरूले सम्बन्धित निकायलाई तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेका छन्।

विद्यार्थी र अभिभावकका साझा समस्या सम्बोधन

एक १८ वर्षीय सहभागीले राजनीतिक गतिविधि र शिक्षासम्बन्धी मुद्दाहरूले युवाहरूलाई आकर्षित गरिरहेको बताएका छन्। उनका अनुसार उनी केही समयदेखि एक राजनीतिक समूहलाई अनलाइन माध्यमबाट पछ्याइरहेका थिए र बिहान अफिस जाने क्रममा अचानक प्रत्यक्ष कार्यक्रममा सहभागी हुने निर्णय गरेका थिए।

उनले पार्टीको दीर्घकालीन भविष्यबारे अनिश्चितता रहेको बताए पनि अहिले उठाइएका विषयहरूले विद्यार्थी र अभिभावक दुवैलाई प्रत्यक्ष रूपमा छोएको उल्लेख गरेका छन्। उनका भनाइमा, शिक्षा क्षेत्रसँग सम्बन्धित समस्या केवल एक वर्गमा सीमित नभई समाजका विभिन्न तहका मानिसहरूलाई प्रभावित गरिरहेका छन्।

यस प्रकारका अभिव्यक्तिहरूले शिक्षासम्बन्धी मुद्दाहरू व्यापक सामाजिक सरोकारका विषय बनेका छन् भन्ने देखाउँछन्। सहभागीहरूले विद्यार्थीहरूको भविष्य, परीक्षा प्रणाली र शैक्षिक अवसरसँग जोडिएका विषयहरूले सबै वर्गका मानिसहरूमा समान रूपमा चिन्ता उत्पन्न गरिरहेको बताएका छन्।

जवाफदेहिता र विद्यार्थीको मानसिक स्वास्थ्य

अर्का एक प्रदर्शनकारीले परीक्षा प्रणाली र हालैका घटनाहरूले विद्यार्थीहरूमा गम्भीर मानसिक दबाब सिर्जना गरेको बताएकी छन्। उनका अनुसार केही विद्यार्थीहरूले आत्महत्या गरिसकेको र लाखौं विद्यार्थीहरू निरन्तर तनाव र मानसिक दबाबमा रहेका छन्।

उनले परीक्षा लीकसम्बन्धी घटनापछि पनि कुनै पनि जिम्मेवार निकायले स्पष्ट जवाफदेहिता नदेखाएको आरोप लगाएकी छन्। उनका भनाइमा, यसले विद्यार्थी र अभिभावक दुवैमा असुरक्षा र अविश्वास बढाएको छ।

उनका अनुसार सम्बन्धित निकायहरूले उठेका गम्भीर प्रश्नहरूलाई बेवास्ता गरिरहेका छन् र जनताले उठाएका सरोकारका मुद्दाहरूलाई उचित रूपमा सम्बोधन गरिएको छैन। उनले घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने र दोषीहरूलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएकी छन्।

प्रदर्शनमा सयौंको संख्यामा मानिसहरू सहभागी छन्, जसमध्ये अधिकांश युवा हुन्। धेरैले सरसरौटा (ककरोच) को मास्क लगाएका छन् र फूलहरू बोकेका छन्। विद्यालयका बालबालिका अभिभावकसँगै आएका छन्। भीडमा विद्यार्थी र युवा पेशाकर्मी दुवैको व्यापक उपस्थिति छ। उनीहरूले ‘शिक्षा मन्त्री राजीनामा दिनुहोस्’ र ‘निट लीकको छानबिन गर’ जस्ता नाराहरू उठाइरहेका छन्।

सिजेपीको यो प्रदर्शन सामान्य राजनीतिक नाराभन्दा माथि उठेको देखिन्छ। यसले शिक्षामा प्रणालीगत समस्यालाई सम्बोधन गर्दै विद्यार्थीको मानसिक स्वास्थ्यदेखि मणिपुरको विसंगति, डिजिटलाइजेसनको अव्यवस्थित कार्यान्वयन र परीक्षा निष्पक्षता जस्ता विविध माग राखेको छ। सहभागीहरू स्वयं असन्तुष्ट विद्यार्थी र उनीहरूका परिवार हुन्। यदि सरकारले यी माग सम्बोधन नगरेमा, यो आन्दोलन आगामी दिनहरूमा झनै व्यापक बन्न सक्छ। शिक्षामा सुधारका लागि यो एउटा चेतावनी हो।

सिजेपी भारतमा उदाएको एक युवा केन्द्रित सामाजिक तथा डिजिटल आन्दोलन हो। यो परम्परागत राजनीतिक दलका रूपमा नभई सामाजिक सञ्जालमार्फत सुरु भएको व्यंग्यात्मक अभियानका रूपमा परिचित छ। आन्दोलनको सुरुआत बेरोजगारी, परीक्षा प्रणालीमा देखिएका अनियमितता, प्रश्नपत्र लीक, तथा युवाहरूका सरोकारका विषयलाई लिएर भएको थियो।

कक्रोच शब्दलाई आन्दोलनका संस्थापक र समर्थकहरूले भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधिश सुर्याकान्तले अदालती बहसका क्रममा प्रयोग गरेको अपमानजनक टिप्पणीविरुद्ध प्रतिरोधको प्रतीकका रूपमा प्रयोग गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा तीव्र रूपमा लोकप्रिय बनेको यो अभियानले लाखौं युवाहरूको समर्थन प्राप्त गरेको बताइन्छ।

यस आन्दोलनको नेतृत्व अभिजीत दिपकेले गरेका छन्। सुरुआतमा अनलाइन अभियानका रूपमा रहेको सिजेपी पछि सडक आन्दोलनमा समेत रूपान्तरित भयो। शनिबार नयाँ दिल्लीस्थित जन्तर मन्तर मा आयोजित प्रदर्शन यसको पहिलो ठूलो सार्वजनिक शक्ति प्रदर्शन हो । 

सिजेपी आफूलाई राजनीतिक दलभन्दा बढी युवाहरूको दबाब समूह र जनआन्दोलनका रूपमा प्रस्तुत गर्छ। यसको मुख्य एजेन्डा शिक्षा, रोजगारी, जवाफदेहिता र सुशासनसँग सम्बन्धित विषयहरू रहेका छन्। यद्यपि यसको भविष्य र राजनीतिक प्रभावबारे विभिन्न मतहरू रहेका छन्, तर छोटो समयमै यसले भारतीय युवामाझ उल्लेखनीय चर्चा र बहस सिर्जना गर्न सफल भएको छ।

(भारतीय संचारमाध्यमहरुको सहयोगमा तयार पारिएको)

 

रत्नाकर डाकु कसरी महर्षि वाल्मीकि भए ?

महर्षि वाल्मीकि रामायणका रचयिता तथा आदिकवि हुन्। उनलाई विश्व साहित्यमा अत्यन्त सम्मानका साथ स्मरण गरिन्छ। तर उनी वास्तवमा को थिए र कसरी वाल्मीकि बने भन्ने विषयमा विभिन्न जनश्रुति तथा पुराणिक कथाहरू पाइन्छन्।

प्रचलित मान्यताअनुसार वाल्मीकि नेपालको गण्डकी प्रस्रवण क्षेत्रमा जन्मिएका थिए। उनको जन्म मिति स्पष्ट रूपमा उल्लेख नभए पनि असोज शुक्ल पूर्णिमासँग उनको सम्बन्ध जोडेर वर्णन गरिएको पाइन्छ।

उनका पितालाई महर्षि प्रचेता मानिन्छ र उनी दश भाइमध्ये कान्छो सन्तान भएको उल्लेख पनि केही स्रोतहरूमा भेटिन्छ। बाल्यकालमा उनको नाम अग्नि शर्मा थियो।

सानै उमेरमा बाबु प्रचेता तीर्थाटनका क्रममा उनलाई लिएर विभिन्न स्थान घुमिरहेका थिए। त्यस क्रममा पूर्वी नेपालतर्फ पर्ने किराँत क्षेत्रमा पुग्दा परिवार विछोड हुन पुग्छ। बालक एक्लै जंगलमा हराउँछ।

डर र असहायताबीच रोइरहेका उनलाई शिकार खेल्दै आएका एक किराँत दम्पतीले भेट्छन् र आफ्नै सन्तानझैँ पालनपोषण गर्छन्। निःसन्तान भएकाले उनीहरूले उनलाई ‘रत्नाकर’ नाम राखेर हुर्काउँछन्।

उनी त्यही परिवारमा हुर्कँदै जान्छन्, विवाह गर्छन् र सन्तानसमेत हुन्छन्। तर समयसँगै पालक अभिभावकको मृत्यु भएपछि घरको जिम्मेवारी उनकै काँधमा आउँछ। आर्थिक अभाव बढ्दै जाँदा उनले वैकल्पिक बाटो खोज्न बाध्य हुन्छन् र अन्ततः डकैती तथा लुटपाटको जीवनमा प्रवेश गर्छन्।

संयोग वा उनको भाग्य एकदिन नारदजीसँग उनको भेट भयो । उनले नारदजीलाई पनि लुट्ने विचार गर्दै भने

‘ए सन्यासी ! कता हिँडेका एक छिन पख ।’ रत्नाकरले भने।

नारदजीले भने, ‘किन भाइ ? के भयो र ?’

‘के भयो भन्ने, साथमा केके छ दिएर जाऊ ।’ रत्नाकरले भने।

नारदजीले भने,  ‘मसँग त यही पुरानो वीणा बाहेक केही छैन ।’

‘त्यही भने पनि दिएर जाऊ ।’ रत्नाकरले भने।

नारदको मनमा दया लाग्यो । केही शिक्षा दिने विचार गर्दै भने

‘हे नौजवान् ! किन लुटपाट गर्छौ ?’

रत्नाकरले कट्केर भने, ‘लुट्नु मेरो पेशा हो, यसैबाट परिवार पाल्ने गरेको छु ।’

‘यस्तो काम पाप हो भन्ने थाहा छैन ?’ नारदले प्रत्युत्तर दिए।

‘जे सुकै होस्, मेरो काम लुट्नु हो ।’  रत्नाकरले भने।

– ‘लुटेको सम्पत्ती के गर्छाै ?’

रत्नाकरले भने,‘परिवारले खान्छन्, उनीहरूको भरण पोषण हुन्छ ।’

‘तिम्रा परिवारले लुटेको सम्पत्ती मात्र खान्छन् कि तिमीले गरेको पाप पनि बोक्छन् ?’ नारदले भने।

रत्नाकरले भने, ‘बोक्छन् नि किन नबोक्ने, यो पनि सोध्ने कुरा हो र ? मैले कमाएको धन उनीहरूको हुन्छ भने पापमात्र नहुने भन्ने हुन्छ र ?’

‘त्यसो भए सोधेर आऊ न त हुन्छ ?’ नारदले भने।

‘हुन्छ, हुन्छ किन नहुने ?’  यति भन्दै उसले घरमा गएर समग्र वृतान्त बतायो । उसको कुरा सुनेर परिवारबाट प्रष्ट धारणा आयो।

‘परिवार पाल्नु तपाईँको कर्तव्य हो । कसरी कमाउनुहुन्छ तपाईँले जान्ने कुरा हो । त्यसैले तपाईँले गर्नुभएको पापमा सहभागी हुन सक्दैनौँ ।’

बल्ल रत्नाकरको आँखा खुल्यो । आफ्नो कामलाई आफैँले धिक्कार्दै नारदजीको अगाडि गएर भने,

‘मान्यवर ! तपाईँले भन्नुभएको ठीकै रहेछ । संसार स्वार्थी रहेछ । सबै सुखका मात्र सँगसाथी हुँदा रहेछन्, दुःखमा त एक्लै परिने रहेछ । त्यसैले संसारदेखि नै वैराग्य लागेर आयो । उचित मार्गदर्शनको अपेक्षा गर्छु ।’

त्यसपछि नारदजी रामनाम मन्त्र जप गर्ने उपदेश दिएर बाटो लागे । उनले हतपतमा नारदले रामराम भनेका वाक्य मरामरा भन्ने सुनेछन् र सोही अनुसार जप गर्न लागे । जप पनि यति अचल भएर गर्न लागे कि शरीरमा धमिराले गोलो लगाएको समेत पत्तो पाएनन् ।

समयक्रममा नारद पुनः त्यहाँ आइपुग्दा उनलाई उक्त अवस्थामा देख्छन् र उनलाई ‘वाल्मीकि’ नामले सम्बोधन गर्छन्। त्यसपछि उनी वाल्मीकि ऋषिका रूपमा परिचित हुन्छन्।

पछि उनी कृष्णगण्डकी आसपासको क्षेत्रमा आश्रम बनाएर बस्छन्। एक दिन गङ्गा स्नानका क्रममा क्रौञ्च पक्षीको जोडीमध्ये एकलाई व्याधाले मारेको दृश्य देख्दा उनको मन द्रवित हुन्छ र करुण रसले भरिएको पहिलो श्लोक अनायासै उनको मुखबाट निस्किन्छ। यही श्लोकलाई संस्कृत साहित्यको पहिलो काव्यात्मक अभिव्यक्तिको रूपमा लिइन्छ।

त्यसै अनुभव र नारदको उपदेशलाई आधार मानेर उनले २४ हजार श्लोकमा विस्तारित ‘रामायण’को रचना गरे, जसलाई ‘वाल्मीकीय रामायण’ भनिन्छ।

यही कृति उनलाई आदिकवि र विश्वविख्यात महर्षिको रूपमा स्थापित गर्ने आधार बन्यो।

ईश्वरी भुजेल हत्या प्रकरण : जानकारी लिन पूर्वगृहमन्त्री गुरुङ पुगे बालाजु प्रहरी वृत्त

काठमाडौं । पूर्वगृहमन्त्री सुदन गुरुङ शनिबार ईश्वरी भुजेल हत्या प्रकरणबारे जानकारी लिन बालाजु प्रहरी वृत्त पुगेका छन्।

नेपाली सेनामा कार्यरत गोरखा निवासी भुजेलको गएराति हत्या भएको घटनापछि गुरुङले प्रहरी अधिकारीहरूसँग भेट गरी घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेका हुन्।

उनले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका कुमार थापा मगरमाथि निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई अनुरोध गरेका छन्।

प्रहरी कार्यालय पुग्नुअघि गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। भेटका क्रममा उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

हत्या हुनुको कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

भारतको अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं। भारतीय आर्थिक वर्ष २०२५/२६ (अप्रिल २०२५–मार्च २०२६) मा भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यसअघि आर्थिक वर्ष २०२४/२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि रहेको सरकारी तथ्याङ्कले देखाएको थियो ।

शुक्रबार सार्वजनिक तथ्याङ्कअनुसार भारतको अर्थतन्त्रले जनवरी–मार्च त्रैमासिकमा मात्र ७.८ प्रतिशतको वृद्धि हासिल गरेको छ । मध्यपूर्वमा जारी भूराजनीतिक तनावका बीच पनि भारतीय अर्थतन्त्रले मजबुत प्रदर्शन गरेको देखिएको छ ।

तथ्याङ्क अनुसार प्राथमिक क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि भएको छ, जसमा कृषि र मत्स्य क्षेत्रको योगदान प्रमुख रहेको जनाइएको छ ।

त्यसैगरी उत्पादन, व्यापार, होटल, यातायात, सञ्चार तथा प्रसारण र अचल सम्पत्ति जस्ता सेवा क्षेत्रहरूमा दोहोरो अंकको वृद्धि देखिएको छ । सेवा क्षेत्रको विस्तारले समग्र आर्थिक वृद्धिलाई थप बल दिएको विश्लेषण गरिएको छ ।

समग्रमा सार्वजनिक तथ्याङ्कले भारतीय अर्थतन्त्र आगामी आर्थिक वर्षमा पनि उच्च वृद्धिदर कायम राख्ने संकेत गरेको छ, यद्यपि विश्वव्यापी अस्थिरताका जोखिम भने कायमै रहेको उल्लेख गरिएको छ ।

यी चार खेलाडी अन्तिम पटक खेल्दैछन् विश्वकप ?

काठमाडौं। यही जुन ११ देखि सुरु हुन लागेको फिफा विश्वकप २०२६ का लागि ४८ राष्ट्रका अन्तिम टोली घोषणा भइसकेका छन्। अब अमेरिका, मेक्सिको र क्यानडा संयुक्त रूपमा आयोजना गर्ने यो विश्व फुटबलको महाकुम्भका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

विश्वकप इतिहासमै पहिलो पटक ४८ टिम सहभागी हुने यस संस्करणलाई सर्वाधिक ठूलो विश्वकपका रूपमा हेरिएको छ। यस प्रतियोगितामा कुल १०४ खेल खेलिनेछन्।  भने ३९ दिनसम्म उत्तर अमेरिकाका १६ वटा फरक-फरक स्टेडियममा रोमाञ्चक प्रतिस्पर्धा हुनेछन्।

यसपटक ४८ राष्ट्रका टोलीमा २६-२६ खेलाडी समावेश गरिँदा कुल १ हजार २४८ खेलाडी विश्वकप मैदानमा उत्रिनेछन्। तीमध्ये केही खेलाडी पहिलो पटक विश्वकपको अनुभव लिँदै छन् भने केहीले पहिले नै विश्व उपाधि जितेर इतिहास रचेका छन्।

आंकडाअनुसार, २२ खेलाडी यसअघि विश्वकप विजेता भइसकेका छन् भने ३ सयभन्दा बढी खेलाडीले कम्तीमा एक पटक विश्वकप खेलिसकेका छन्। तर, सबैभन्दा रोचक तथ्य भने चार यस्ता खेलाडी छन् जो दुई दशकभन्दा लामो समयदेखि विश्वकपसँग जोडिँदै आएका छन् र अहिले पनि आफ्नो करियरको अन्तिम विश्वकप खेल्ने तयारीमा छन्।

सन् २००६ को जर्मनी विश्वकपदेखि २०२६ सम्म निरन्तर टोलीमा रहन सफल यी चार खेलाडी हुन्— अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, क्रोएसियाका लुका मोडरिच र मेक्सिकोका गुइलेर्मो ओचोआ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सन् २००६ मा विश्वकप डेब्यू गर्दै अन्तर्राष्ट्रिय फुटबल यात्राको सुरुवात गरेका थिए। त्यसयता उनले लगातार पाँच संस्करणमा विश्वकप खेलेका छन्।

मेस्सीले अहिलेसम्म विश्वकपमा २६ खेल खेल्दै १३ गोल गरेका छन्। उनी विश्वकप इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन्। सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि दिलाउँदै उनले आफ्नो करियरलाई पूर्णता दिएका थिए।

उक्त प्रतियोगितामा उनले ७ गोल गर्दै गोल्डेन बल जिते र फाइनलमा फ्रान्सलाई हराउँदै विश्व च्याम्पियन बने। २०१४ मा ब्राजिल विश्वकपमा पनि अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउँदै उनले गोल्डेन बल जितेका थिए।

यदि २०२६ विश्वकपमा उनले थप केही गोल गर्न सके, उनी मिरोस्लाभ क्लोजको सर्वाधिक गोलको कीर्तिमान तोड्ने नजिक पुग्नेछन्।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि सन् २००६ को विश्वकपबाट अन्तर्राष्ट्रिय मञ्चमा उदाएका हुन्। त्यसयता उनले लगातार पाँच विश्वकप खेलेका छन्।

४१ वर्षको उमेरमा पनि रोनाल्डोले अझै खेलाडी करियरलाई निरन्तरता दिँदै २०२६ लाई आफ्नो अन्तिम विश्वकप बनाउन सक्छन्। उनले अहिलेसम्म विश्वकपमा २२ खेल खेल्दै ८ गोल गरेका छन्।

सन् २०१८ को रूस विश्वकपमा स्पेनविरुद्धको ह्याट्रिक उनको विश्वकप करियरको सबैभन्दा यादगार क्षण बनेको थियो। तर अहिलेसम्म विश्वकप उपाधि भने उनको करियरमा अधुरो सपना बनेको छ।

पोर्चुगल २००६ पछि सेमिफाइनलभन्दा माथि जान सकेको छैन। त्यसैले यो संस्करण रोनाल्डोका लागि ‘अन्तिम अवसर’ को रूपमा हेरिएको छ।

क्रोएसियाका कप्तान लुका मोडरिचले सन् २००६ मा विश्वकप डेब्यू गरेका थिए। सुरुका वर्षमा सीमित अवसर पाए पनि पछि उनले क्रोएसियालाई विश्व फुटबलको शक्तिशाली टोली बनाउने अभियानको नेतृत्व गरे।

सन् २०१८ को रूस विश्वकप मोडरिचको करियरको स्वर्णिम क्षण बन्यो, जहाँ क्रोएसिया फाइनलसम्म पुग्यो र उनी गोल्डेन बल विजेता बने। २०२२ मा पनि क्रोएसिया सेमिफाइनलसम्म पुग्दा उनले ब्रोन्ज बल प्राप्त गरे।

२०२६ विश्वकपमा उनी पाँचौँ पटक विश्वकप खेल्दै कप्तानको भूमिकामा मैदानमा उत्रिनेछन्। उनको अनुभव क्रोएसियाका लागि अझै पनि ठूलो सम्पत्ति मानिन्छ।

मेक्सिकोका अनुभवी गोलकिपर गुइलेर्मो ओचोआले सन् २००६ मा टोलीमा स्थान बनाए पनि सुरुवाती वर्षहरूमा खेल्ने अवसर पाएनन्। तर सन् २०१४ पछि उनले लगातार विश्वकपमा मेक्सिकोको पहिलो रोजाइका गोलकिपर बने।

२०१४ मा ब्राजिलविरुद्धको उनको उत्कृष्ट प्रदर्शन र क्लिनसिट विश्वकप इतिहासमा स्मरणीय बनेको थियो। २०१८ मा पनि उनले लगातार ४ खेल खेले भने २०२२ मा लेवान्डोस्कीको पेनाल्टी बचाएर चर्चामा आए।

ओचोआले अहिलेसम्म विश्वकपमा ११ खेल खेलेका छन् र उनी पाँच विश्वकपमा टोलीमा परेर पनि लगातार प्रदर्शन गर्ने दुर्लभ खेलाडीमध्ये पर्छन्।

फुटबल इतिहासमा मेस्सी, रोनाल्डो, मोडरिच र ओचोआ खेलाडी मात्र होइनन्, एक युगका नायकहरु हुन्। सन् २००६ देखि २०२६ सम्मको यो दुई दशक लामो यात्रा विश्व फुटबलको सुनौलो अध्यायका रूपमा रहनेछ। 

भारतका प्रसिद्ध कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगे [तस्वीरहरू]

काठमाडौं। भारतका चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत शनिवार काठमाडौँ आइपुगेका हुन् ।

टेरेन्स लुइस शनिवार साँझ ५ बजे झम्सिखेलस्थित द प्लाजामा हुने ‘वाड अफ डान्स’को ग्रान्ड फिनाले कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।

तस्वीरहरू:

औषधि अभाव हटाउन मन्त्री मेहताको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा देखिएको अत्यावश्यक औषधिको अभाव तत्काल हटाउन र नियमित आपूर्ति नगर्ने कम्पनीमाथि कडा नियमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

शुक्रबार औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले दुवै निकायको सेवा प्रवाह, कार्यसम्पादन र विद्यमान समस्याबारे जानकारी लिँदै उच्च अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् ।

छलफलका क्रममा उनले औषधि आपूर्ति प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक सुधारका काम तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । बजारमा केही अत्यावश्यक औषधिको अभावबारे जनगुनासो बढिरहेको उल्लेख गर्दै उनले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन ठोस र प्रभावकारी कदम चाल्न निर्देशन दिइन् ।

मन्त्री मेहताले औषधि आपूर्ति तथा वितरणको अनुमति प्राप्त गरे पनि बजारमा नियमित रूपमा औषधि उपलब्ध नगराउने कम्पनीमाथि तत्काल नियमन प्रक्रिया अघि बढाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिइन् । अनुमति लिएर पनि जिम्मेवारीअनुसार काम नगर्ने कम्पनीलाई कानुनी दायरामा ल्याइने उनको भनाइ थियो ।

नयाँ औषधि आपूर्ति तथा वितरण अनुमतिका लागि निवेदन दिएर लामो समयदेखि प्रक्रियामा रहेका कम्पनीहरूको विषयमा पनि उनले विशेष चासो व्यक्त गरिन् । यस्ता कम्पनीहरूको स्थलगत निरीक्षण, आवश्यक जाँचबुझ र बाँकी प्रक्रिया छिटो टुंग्याउन विभागलाई निर्देशन दिइएको छ ।

औषधि व्यवस्था विभागको नियामक क्षमता अभिवृद्धिका लागि आवश्यक सुधार, स्रोतसाधन र जनशक्ति व्यवस्थापनको योजना तयार गरी मन्त्रालयमा तत्काल पेस गर्न पनि मन्त्री मेहताले निर्देशन दिएकी छन् ।

उनका अनुसार औषधि आपूर्ति तथा वितरण अनुमतिपत्र प्रदान गर्ने प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता छ ।

मन्त्री मेहताले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारिन् ।

उनले राष्ट्रिय औषधि प्रयोगशाला र औषधि व्यवस्था विभागलाई ती औषधिको नियमित गुणस्तर परीक्षण तथा प्रभावकारी अनुगमन सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएकी छन् ।

तनावबीच इरानी खेलाडीलाई बल्लतल्ल दियो अमेरिकाले भिसा

लस एन्जलस । संयुक्त राज्य अमेरिकाले द्वन्द्वबीच इरानका राष्ट्रिय फुटबल खेलाडीहरूलाई भिसा दिएको छ।

आगामी फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो खेल सुरु हुनुभन्दा करिब १० दिन अघि इरानी टोलीलाई अमेरिका प्रवेश अनुमति दिइएको हो।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार इरानको राष्ट्रिय टोलीलाई भिसा प्रदान गरिएको छ। यद्यपि, इरानी टोलीका केही प्राविधिक तथा प्रशासनिक सदस्यहरूलाई भने भिसा नदिइएको समाचार पनि सार्वजनिक भएको छ।

यसअघि इरानका लागि मेक्सिकोका राजदूत अबोल्फाजल पसान्डिदेहले बिहीबार रातिसम्म पनि अमेरिकी भिसा प्राप्त नभएको बताएका थिए। तर त्यसपछि टर्कीका लागि अमेरिकी राजदूत टम ब्यारेकले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै इरानी टोलीलाई अमेरिका प्रवेश अनुमति दिइएको पुष्टि गरेका छन्।

इरानी फुटबल संघले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

मे महिनाको अन्त्यतिर भिसा नपाएको कारण इरानले आफ्नो प्रशिक्षण शिविर मेक्सिकोमा सारिएको थियो। पछिल्ला घटनाक्रमले भिसा प्रक्रियामा देखिएको अनिश्चितता अन्त्य भएको देखिए पनि सम्पूर्ण टोलीलाई पूर्ण रूपमा प्रवेश अनुमति नदिइएको विषयले प्रश्न उठाएको छ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सांसदहरूलाई इरानको प्रतिनिधिमण्डलमा इस्लामिक रिभोलुसनरी गार्ड्ससँग सम्बन्धित व्यक्तिहरूलाई प्रवेश अनुमति नदिइने स्पष्ट पारेका थिए।

फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु हुँदैछ, जसको संयुक्त आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले गर्दैछन्।

यार्सागुम्बासहित चार जना पक्राउ

तेह्रथुम । तेह्रथुममा यार्सागुम्बासहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा संखुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने जिपटारे सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट १३ थान यार्सागुम्बा र ९ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय तेह्रथुममा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बिगार्न बाहेक केही नजान्ने बालेन सरकार – हर्क साम्पाङ [भिडियो]

काठमाडौं। एक पैंसाको जागिर दिन नसक्ने सरकार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कडा आलोचना गरेका छन्।

उनले एसईई र कक्षा १२ परीक्षा अवधिमा सिराहामा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोनहरू सरकारले नष्ट गरेको विषयलाई आधार बनाएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

उनका अनुसार सरकार जनताका आधारभूत समस्या समाधान गर्न असक्षम छ, तर प्रतीकात्मक वा कडा देखिने कदमहरू भने सजिलै चाल्छ।

उनले एक पैसाको जागिर पनि दिन नसक्ने सरकार भनेर बेरोजगारी र रोजगारी सिर्जनामा राज्य असफल भएको आरोप लगाएका छन्।  साथै, विद्यार्थीका अभिभावकले किनिदिएका मोबाइल नष्ट गर्नु अनावश्यक कठोरता भएको भन्दै आलोचना गरेका छन्।

उनले यो कदमलाई  प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारसँग जोडेर ‘बालेन सरकार’ भन्दै व्यंग्य पनि गरेका छन्। 

यसमार्फत उनले स्थानीय सरकार वा नेतृत्वले समस्या समाधानभन्दा बढी कठोर निर्णयमा ध्यान दिएको संकेत गर्न खोजेका छन्। 

उनको स्टाटस जस्ताको त्यस्तै:

एक पैसाको जागिर विद्यार्थीलाई दिन नसक्ने सरकारले विद्यार्थीहरुलाई आमाबाले किन्देको मोबाइल पानीमा हालेर नष्ट गर्ने सरकार बालेन सरकार नै हो ! बिगार्न बाहेक केही नजान्ने !

 

बिकिनीमा बनर्जी देखिएपछि…’इन्टरनेटमा लाग्यो आगो’

काठमाडौं। भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री नायरा बनर्जी एकपटक फेरि आफ्नो नयाँ फोटोसुटका कारण चर्चामा आएकी छन्।

अभिनयसँगै आकर्षक फेसन सेन्सका लागि परिचित नायराले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूले फ्यानहरूको ध्यान खिचेका छन्।

हालै सार्वजनिक भएका तस्बिरहरूमा नायरा समुद्री किनारमा बिदा मनाइरहेको देखिन्छिन्। हल्का र आकर्षक बीचवेयरमा देखिएकी उनले समुद्रको छालबीच विभिन्न पोज दिएकी छन्। विशेषगरी भिजेको कपालसहितको उनको शैली र आत्मविश्वासी प्रस्तुति सामाजिक सञ्जालमा धेरैले रुचाएका छन्।

तस्बिर सार्वजनिक भएसँगै उनका समर्थकहरूले विभिन्न प्रतिक्रिया जनाएका छन्। धेरैले उनको नयाँ लुकको प्रशंसा गर्दै कमेन्ट गरेका छन् भने केहीले उनलाई ‘ग्ल्यामरस’ र ‘स्टाइल आइकन’को संज्ञा दिएका छन्।

नायरा बनर्जी सामाजिक सञ्जालमा निकै सक्रिय कलाकारमध्ये एक हुन्।

उनी बेला-बेलामा आफ्ना नयाँ तस्बिर र भिडियोमार्फत फ्यानसँग जोडिँदै आएकी छन्।

तस्वीरहरू:

देउवादम्पतीविरुद्धको ‘रेड नोटिस’ इन्टरपोलले किन रोक्यो ?

काठमाडौं। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको दायरामा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजुविरुद्ध नेपाल प्रहरीले अघि बढाएको इन्टरपोल रेड नोटिस प्रक्रिया तत्कालका लागि रोकिएको छ।

स्रोतका अनुसार नेपाल प्रहरीले रेड नोटिस जारी गरिदिन इन्टरपोललाई पत्राचार गरे पनि इन्टरपोलले आवश्यक थप प्रमाण र कानुनी आधार माग गरेपछि उक्त प्रक्रिया ‘होल्ड’मा परेको हो।

देउवादम्पती विगत तीन महिनादेखि विदेशमा रहेका छन्। यसअघि जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा नेपाल प्रहरीले इन्टरपोल प्रक्रियालाई अगाडि बढाएको थियो। तर, सर्वोच्च अदालतले उक्त पक्राउ पुर्जी बदर गरेपछि कानुनी प्रक्रिया पुनः प्रभावित बनेको हो।

अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतबाट नयाँ पक्राउ पुर्जी लिने तयारी गरिरहेको स्रोतले जनाएको छ। विशेष अदालतबाट कानुनी आदेश प्राप्त भएपछि आवश्यक प्रमाणसहित पुनः इन्टरपोलमार्फत रेड नोटिसको प्रक्रिया अघि बढाइने तयारी रहेको बताइएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेकाले यस विषयमा थप कानुनी प्रक्रिया अगाडि बढ्ने सम्बन्धित निकायले जनाएको छ।

विश्व बजारमा एआई : मध्यपूर्व तनावबीच पनि कारोबार मजबुत

एजेन्सी। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा विभिन्न चुनौती देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार अपेक्षाकृत मजबुत रहेको विश्व व्यापार संगठन (डब्लुटीओ) ले जनाएको छ।

विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधार र प्रविधिमा बढ्दो लगानीले अन्तर्राष्ट्रिय व्यापारलाई सकारात्मक ऊर्जा दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

शुक्रबार सार्वजनिक गरिएको डब्लुटीओको नवीन वस्तु व्यापार सूचकांक १०१.७ मा पुगेको छ। यद्यपि यो जनवरीमा रहेको १०२.३ को तुलनामा केही कम हो।

यसले आगामी महिनाहरूमा व्यापार वृद्धि केही सुस्त हुन सक्ने संकेत गरे पनि समग्र अवस्था औसतभन्दा राम्रो रहेको देखाउँछ।

डब्लुटीओका अनुसार सूचकांक १०० भन्दा माथि रहनु व्यापार औसत प्रवृत्तिभन्दा बलियो रहेको संकेत हो भने १०० भन्दा तल झर्नु व्यापारमा कमजोरी आउन सक्ने अवस्थाको सूचक मानिन्छ।

प्रतिवेदनमा एआईसँग सम्बन्धित उपकरण र पूर्वाधार निर्माणका लागि आवश्यक विद्युतीय पुर्जाको माग उल्लेखनीय रूपमा बढेको उल्लेख छ।

यही बढ्दो मागले मध्यपूर्व द्वन्द्वबाट सिर्जित नकारात्मक प्रभावलाई केही हदसम्म सन्तुलनमा राख्न सहयोग पुर्‍याएको जनाइएको छ।

सूचकांकका विभिन्न अवयवमध्ये विद्युतीय पुर्जासम्बन्धी सूचक १०५.५ पुगेको छ, जुन औसत स्तरभन्दा निकै माथि रहेको डब्लुटीओले जनाएको छ। अन्य अधिकांश सूचक भने १०० को आसपास कायम छन्।

त्यस्तै, निर्यात आदेशसम्बन्धी सूचक १००.५ मा रहेको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक गतिविधि निरन्तर रहेको संकेत गर्छ।

यसअघि गत चैतमा सार्वजनिक गरिएको विश्व व्यापार पूर्वानुमान तथा तथ्यांक प्रतिवेदनमा सन् २०२६ मा विश्वव्यापी वस्तु व्यापार १.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको थियो।

यो वृद्धि अघिल्लो वर्षको तुलनामा केही सुस्त भए पनि सकारात्मक रहने अपेक्षा गरिएको छ।

डब्लुटीओले ऊर्जा मूल्य निरन्तर बढिरहेमा विश्व व्यापार वृद्धिदर १.४ प्रतिशतमा सीमित हुन सक्ने चेतावनी दिएको छ।

तर, कृत्रिम बुद्धिमत्ता क्षेत्रमा लगानी र प्रविधिको विस्तार यही गतिमा अघि बढिरहेमा व्यापार वृद्धिमा थप ०.५ प्रतिशत बिन्दुसम्म योगदान पुग्न सक्ने आकलन गरिएको छ।

दिल्लीमा रविका लागि बिछ्याइएको रातो कार्पेटकाे अर्थ के ?(भिडियाे)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हालै सम्पन्न भारत भ्रमण केवल एउटा नियमित राजनीतिक भ्रमण मात्र थिएन। 

पाँचदिने भ्रमणका क्रममा नयाँदिल्लीमा उनले पाएको स्वागत, भेटघाट र सम्मानले नेपाल र भारत दुवैतर्फ राजनीतिक तथा कूटनीतिक वृत्तमा व्यापक चर्चा सुरु गरेको छ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा दिल्ली पुगेका लामिछानेलाई पुष्पवृष्टि, रातो कार्पेट र उच्चस्तरीय राजनीतिक स्वागत प्रदान गरियो। अझ महत्वपूर्ण कुरा, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भाजपा नेतृत्वसँग प्रत्यक्ष भेटवार्ता गर्ने अवसर पाए।

विश्लेषकहरूका अनुसार कुनै नेपाली दलका नेताले छोटो समयमै भारतीय सत्ताको लगभग सम्पूर्ण शक्ति केन्द्रसँग एकसाथ संवाद गर्ने अवसर पाउनु असाधारण घटना हो। त्यसैले यो भ्रमणलाई केवल रास्वपा र भाजपाबीचको सम्बन्ध विस्तारका रूपमा मात्र होइन, भारतले नेपालको नयाँ राजनीतिक नेतृत्वप्रति दिएको रणनीतिक सन्देशका रूपमा पनि हेरिएको छ।

लामिछानेको भ्रमण त्यतिबेला भयो, जतिबेला प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले भारतीय राजदूतसँग दूरी कायम गरेको, भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भेट गर्न अस्वीकार गरेको तथा संसदमा सीमा विवादबारे कडा अभिव्यक्ति दिएको चर्चा चलिरहेको थियो। यही पृष्ठभूमिमा दिल्लीले लामिछानेलाई दिएको महत्वलाई धेरैले प्रधानमन्त्री शाहप्रति अप्रत्यक्ष सन्देशका रूपमा व्याख्या गरेका छन्।

यद्यपि भारतको नीति नयाँ राजनीतिक शक्तिहरूसँग प्रारम्भिक चरणमै सम्बन्ध विस्तार गर्ने पुरानै अभ्यास रहेको कूटनीतिक वृत्तको बुझाइ छ। नेपालमा नयाँ नेतृत्व उदाउँदा वा राजनीतिक शक्ति सन्तुलन बदलिँदा भारतले त्यससँग चाँडै संवाद र सहकार्यको ढोका खोल्ने गरेको इतिहास छ।

भ्रमणकै क्रममा लामिछानेले विकास कूटनीति, आर्थिक साझेदारी र नेपाल-भारत सहकार्यका नयाँ सम्भावनाबारे जोड दिएका थिए। भारतले पनि नेपालले प्राथमिकता तय गरे त्यसमा सहयोग गर्न तयार रहेको संकेत दिएको बताइन्छ। यही सन्दर्भमा परराष्ट्रमन्त्री शिशिर खनालको दिल्ली भ्रमणलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ।

रवि लामिछानेको दिल्ली भ्रमणले एउटा स्पष्ट सन्देश दिएको देखिन्छ। 

भारत नेपालका उदाउँदा राजनीतिक शक्तिहरूसँग सम्बन्ध विस्तार गर्न इच्छुक छ। साथै, दिल्लीले नेपालको राजनीतिक नेतृत्वसँग संवादका लागि आफूसँग विभिन्न विकल्प र माध्यमहरू रहेको संकेत पनि दिएको विश्लेषकहरूको निष्कर्ष छ। अब यो भ्रमणले नेपाल-भारत सम्बन्धको आगामी दिशालाई कति प्रभावित गर्छ, त्यो भने आगामी कूटनीतिक गतिविधिले निर्धारण गर्नेछ।

कक्रोच जनता पार्टीले सुरु गर्यो दिल्लीमा प्रदर्शन

नयाँ दिल्ली । कक्रोज जनता पार्टी (सीजेपी) ले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा पहिलो पटक विरोध प्रदर्शन सुरु गरेको छ। पार्टीका संस्थापक अभिजित दिपकेको उपस्थितिमा हजारौं समर्थकहरूले प्रदर्शनमा सहभागिता जनाएका छन्।

प्रदर्शनकारीहरूले विभिन्न परीक्षाका प्रश्नपत्र बाहिरिएको प्रकरणसहित शिक्षा क्षेत्रमा देखिएका अनियमितताबारे आपत्ति जनाउँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।

सीजेपीका संस्थापक दिपके शनिबार बिहान ७ बजेर ४५ मिनेटमा नयाँ दिल्ली अवतरण गरेका थिए। यसअघि उनी अमेरिका बस्दै आएका थिए। एयरपोर्टबाट बाहिरिनेबित्तिकै उनले अम्बेडकरको पुस्तक हातमा बोकेका थिए र सोही पुस्तकसहित जन्तर–मन्तरमा भइरहेको प्रदर्शनमा सहभागी भएका हुन्।

परीक्षा प्रणाली, विशेषगरी चिकित्सा प्रवेश परीक्षासहितका विभिन्न परीक्षामा प्रश्नपत्र बाहिरिएको आरोपलाई लिएर आन्दोलन चर्किएको हो।

सामाजिक सञ्जालमार्फत लोकप्रियता हासिल गरेको सीजेपीले पहिलो पटक सडक प्रदर्शन गरेको हो। यद्यपि पार्टी हालसम्म औपचारिक रूपमा राजनीतिक दलका रूपमा दर्ता भएको छैन।

सात वर्षपछि उत्तर कोरिया जाँदै सी

काठमाडौं । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङ आगामी सोमबार दुईदिने राजकीय भ्रमणका लागि उत्तर कोरिया जाने भएका छन्। चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सीको सात वर्षपछि उत्तर कोरियामा दोस्रो राजकीय भ्रमण हुन लागेको जनाएको छ।

विदेश मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोन उनबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा तथा साझा चासोका विभिन्न विषयमा विस्तृत छलफल हुनेछ।

चीनले राष्ट्रपति सी र नेता किमको रणनीतिक नेतृत्वमा चीन–उत्तर कोरिया सम्बन्ध निरन्तर सुदृढ र स्थिर बन्दै गएको बताएको छ। यसबाट दुवै देश र जनताले प्रत्यक्ष लाभ प्राप्त गरिरहेको चिनियाँ पक्षको दाबी छ।

यस वर्ष चीन–उत्तर कोरिया मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धिको ६५औँ वार्षिकोत्सव पनि परेकाले भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। चिनियाँ विदेश मन्त्रालयले भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

विश्लेषकहरूका अनुसार राष्ट्रपति सी र किमबीचको यो उच्चस्तरीय भेटवार्ताले कोरियाली प्रायद्वीपको सुरक्षा अवस्था, आर्थिक सहकार्य तथा क्षेत्रीय शक्ति सन्तुलनबारे महत्वपूर्ण सन्देश दिन सक्नेछ।

नेपालगन्जमा सुरु भयो प्रविधि राष्ट्रिय सम्मेलन

कोहलपुर, बाँके । प्रविधि र नवप्रवर्तनमार्फत समाज रूपान्तरणका उपाय खोज्ने उद्देश्यसहित ‘रुपान्तरणका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु हुँदैछ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो।

इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी प्रयोगमार्फत समाजमा देखिएका विभिन्न समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनका अनुसार सम्मेलनमा विभिन्न विषयसँग सम्बन्धित नौ वटा प्राविधिक सत्र सञ्चालन गरिनेछ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले सम्मेलनमा युवा अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धानमूलक कार्य प्रस्तुत गर्ने जानकारी दिए। साथै प्रविधिलाई लुम्बिनी प्रदेशको समग्र विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष प्यानल छलफल पनि आयोजना गरिने उनले बताए।

उनका अनुसार सम्मेलनमा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकासका क्षेत्रमा कार्यरत विभिन्न विज्ञ तथा विशेषज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ।

उपकुलपति ढकालले नेपालगन्जलाई प्रविधि तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सम्मेलनले सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक रेगबहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउन सम्मेलन उपयोगी हुने बताए। उनले यस्ता कार्यक्रमले अनुसन्धान, नवप्रवर्तन र स्थानीय आवश्यकताबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

जेलेन्स्कीको वार्ता प्रस्ताव पुटिनद्वारा अस्विकृत

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गरेको प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेका छन्। साथै उनले जेलेन्स्कीको टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्दै उनको व्यवहारको आलोचना गरेका छन्।

शुक्रबार सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा आयोजित एक कार्यक्रममा बोल्दै पुटिनले जेलेन्स्कीले पठाएको खुला पत्रबारे प्रतिक्रिया दिएका हुन्। जेलेन्स्कीले बिहीबार पुटिनलाई सम्बोधन गर्दै युद्धविराम र शान्ति प्रक्रियाबारे छलफलका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका थिए।

पत्रमा जेलेन्स्कीले पुटिनको लामो सत्तायात्रा, रूसको कमजोर बन्दै गएको अर्थतन्त्र र युद्धमा बढ्दो सैन्य क्षतिको उल्लेख गरेका थिए। उनले लेखेका थिए, “२६ वर्ष सत्तामा रहेपछि उमेरले आफ्नो प्रभाव देखाउन थाल्छ। समयसँगै तपाईंप्रतिको निराशा अझ बढ्दै जानेछ।”

यसको जवाफमा पुटिनले आफ्नो उमेरबारे गरिएको टिप्पणीको प्रतिवाद गर्दै नेतृत्व क्षमतामाथि जोड दिए। उनले भने, “उनले मेरो उमेरको कुरा गरेका छन्। विश्वमा मभन्दा पनि ज्येष्ठ नेताहरू छन्। मुख्य कुरा उमेर होइन, आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सकिन्छ कि सकिँदैन भन्ने हो।”

पुटिनले आफूले वार्ताको सम्भावना कहिल्यै बन्द नगरेको दाबी गरे। तर कुनै पनि वार्ताअघि आवश्यक तयारी र सहमतिको आधार तयार हुनुपर्ने उनको भनाइ थियो। उनले गत वर्ष अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको सहमतिलाई सम्भावित समाधानको आधारका रूपमा उल्लेख गरे। उक्त सहमतिमा युक्रेनले डोनबास क्षेत्रबाट पछि हट्नुपर्ने प्रस्ताव समावेश रहेको बताइएको छ।

युक्रेनले भने त्यसप्रति असहमति जनाउँदै आफ्नो पत्रमा लेखेको छ, “हामीले सुनेका छौँ कि अलास्कामा युक्रेन र युरोपका केही मुद्दाहरू समाधान गर्ने आश्वासन दिइएको थियो। तर युक्रेन र युरोपसम्बन्धी निर्णय एन्कोरेजमा होइन, सम्बन्धित पक्षहरूको सहभागितामै हुनुपर्छ।”

रूसले लामो समयदेखि युक्रेनलाई आफूले दाबी गरेका चार क्षेत्रबाट सेना फिर्ता लिन दबाब दिँदै आएको छ। पुटिनले वर्तमान अवस्थामा वार्ताप्रति रुचि देखाउने पक्ष युक्रेन मात्र रहेको दाबी गर्दै युक्रेनले सैन्य दबाब कम गर्नका लागि मात्र संवादको प्रस्ताव गरिरहेको आरोप लगाए।

उनले आफ्ना सैनिकहरूलाई सम्बोधन गर्दै युद्ध अभियान जारी राख्न आग्रह गरे। “काम जारी राख,” उनले भने।

पुटिनको अभिव्यक्तिपछि राष्ट्रपति जेलेन्स्कीले शुक्रबार साँझ प्रतिक्रिया दिएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले रूसले फेरि पनि युद्धको बाटो रोजेको आरोप लगाए।

“दुर्भाग्यवश, रूसले फेरि युद्ध नै रोजेको छ। उसले यो युद्ध अन्त्य गर्न चाहेको देखिँदैन। यस्तो कमजोर प्रतिक्रियाले धेरै मानिसहरू निराश हुनेछन्,” जेलेन्स्कीले भने।

उनले रूसमाथि थप आर्थिक दबाब सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै युद्ध सञ्चालनका लागि प्रयोग हुने रूसी आर्थिक स्रोतहरू कमजोर पार्नुपर्ने बताए। युक्रेनले पछिल्लो समय रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउँदै आएको छ, जसलाई युद्ध कोषमा असर पार्ने रणनीतिक प्रयासका रूपमा हेरिएको छ।

रास्वपाले आज कुन कुन जिल्लामा गर्दैछ अधिवेशन? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठनात्मक संरचना सुदृढ बनाउने अभियानअन्तर्गत आज देशका ३७ जिल्लामा जिल्ला अधिवेशन गर्दैछ।

पार्टीको संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार शनिबार र आइतबार जिल्ला अधिवेशन आयोजना गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

आज कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा र सुनसरी गरी ८ जिल्लामा अधिवेशन हुँदैछ। यस्तै मधेस प्रदेशका महोत्तरी र रौतहट, बागमती प्रदेशका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा पनि अधिवेशन आयोजना गरिएको छ।

त्यसैगरी लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुलामा समेत जिल्ला अधिवेशन सम्पन्न गरिनेछ।

पार्टीका अनुसार विशेष संगठनात्मक परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि सारिएको छ।

निर्धारित कार्यतालिकाअनुसार रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। यससँगै पार्टीको मुख्य संगठनात्मक संरचना अधिकांश जिल्लामा पूर्ण हुने अपेक्षा गरिएको छ।

बुर्लाकोटीका अनुसार बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि क्रमशः आयोजना गरिनेछ।

रास्वपाले प्रदेश अधिवेशनको प्रक्रिया पनि सुरु गर्दैछ। पहिलो प्रदेश अधिवेशन जेठ २६ गते बागमती प्रदेशबाट प्रारम्भ हुनेछ।

पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ।

‘सलल कर्णाली’ सार्वजनिक भएपछि…

काठमाडौं । ‘प्रमोद एण्ड परम्परा ब्याण्ड’को अफिसियल गीत ‘सलल कर्णाली’ सार्वजनिक गरिएको छ।

काठमाडौंस्थित एप्रिकस क्याफेमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो।

कार्यक्रममा गीतको निर्माण टिम, कलाकार तथा सहयोगी संस्था गाउँबेशी लजिस्टिकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट प्रमोद खरेलको मुख्य स्वर रहेको छ भने जुम्ला सिन्जाकी १४ वर्षीया सृष्टि बुढाले सहगायन गरेकी छन्।

गीतका शब्द तथा संगीत सुरज थापाले तयार पारेका हुन् भने संगीत संयोजन परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो।

गीतको भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय रहेको छ। कर्णालीका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो अर्जुन तिवारीको टिमले खिचेको हो भने निर्देशन लक्ष्मण पौड्यालले गरेका छन्। भिडियो सम्पादनको जिम्मेवारी मिलन विश्वकर्माले सम्हालेका छन्।

कार्यक्रममा बोल्दै गायक प्रमोद खरेलले ‘सलल कर्णाली’लाई आफ्नो ब्याण्डको प्रतिक्षित परियोजनाका रूपमा लिएको बताए। अडियो र भिडियो दुवै पक्षमा निकै मेहनत गरिएको उल्लेख गर्दै अब यसको मूल्यांकन दर्शक र श्रोताले गर्ने उनको भनाइ थियो। उनले मौलिक आवाजको खोजी गर्ने क्रममा सृष्टि बुढालाई पहिलोपटक गायनको अवसर प्रदान गरिएको पनि जानकारी दिए।

गीत प्रमोद खरेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यसैबीच, सोही कार्यक्रममा कुरिअर सेवा कम्पनी गाउँबेशी लजिस्टिकले गायक प्रमोद खरेललाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ।

पत्रकार भेटघाट कार्यक्रममार्फत कम्पनीले औपचारिक रूपमा खरेलसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै सहकार्यको सुरुआत गरेको जनाएको छ।

कम्पनीले सेवाग्राहीमाझ आफ्नो पहुँच र विश्वास अझ विस्तार गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताएको छ।

अफसिजनमा फूल नबिक्दा फूलबारी निखार्न व्यस्त [तस्वीरहरू]

धादिङ। धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्ने तयारीमा जुटेका छन्।
धान तथा विभिन्न तरकारी खेतीको सिजन सुरु हुन लागेकाले उनीहरूले फूल खेती समापन गर्दै नयाँ बाली लगाउने तयारी गरेका हुन्।
किसानहरूका अनुसार दशैं–तिहारको समयमा सयपत्री फूलको माग र मूल्य दुवै उच्च हुने गरे पनि अहिले अफसिजनमा मूल्य उल्लेख्य रूपमा घटेको छ। पर्वका बेला प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने सयपत्री फूल अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानहरू बताउँछन्।
दुई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएकी स्थानीय किसान फूलमाया तामाङले सिजनमा व्यापारीहरू बारीमै आएर फूल खरिद गर्ने र राम्रो मूल्य दिने गरे पनि अहिले अवस्था फरक रहेको बताइन्। उनका अनुसार अहिले फूल सिधै गाडीमार्फत काठमाडौँको कालिमाटी बजार पठाउनुपरेको छ।
‘मूल्य पनि घटेको छ, अब फूल खेतीको अन्तिम समय भएकाले बारी निखार्ने बेला भएको छ,’ उनले भनिन्। फूलबारी खाली गरेपछि धान तथा मौसमी तरकारी खेती सुरु गरिने उनले जानकारी दिइन्।
स्थानीय किसान सुन्तली तामाङ र उनका श्रीमान् पनि यतिबेला फूल टिप्न व्यस्त छन्। उनीहरूका अनुसार सयपत्री फूलले सिजनमा राम्रो आम्दानी दिए पनि अफसिजनमा उचित मूल्य नपाउँदा किसानहरू निराश हुने गरेका छन्।
मनसुन सुरु भएसँगै फूल खेतीमा थप चुनौती देखिएको छ। वर्षायाममा फूलमा रोग तथा कालो दाग लाग्ने समस्या बढ्ने भएकाले उत्पादन खेर जाने गरेको किसानहरूको भनाइ छ।
काठमाडौँको सीतापाइला देखि धादिङको धार्के सम्मको सडक सञ्जाल विस्तार भएपछि यस क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको छ।
सडक पहुँच सहज बनेसँगै किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको छ, जसले स्थानीय कृषि व्यवसायलाई थप टेवा पुर्‍याएको छ।

श्रीमतीको हत्या आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

नेपाल प्रहरीका अनुसार पैँयुटार निवासी ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए।

शुक्रबार राति करिब १०ः१० बजे भएको उक्त घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो।

उपचारकै क्रममा भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

‘डिजेल–पेट्रोल खपत कसरी घटाउने ?’

काठमाडौं। नेपालमा डिजेल-पेट्रोल मूल्यवृद्धि दैनिक जीवन, उत्पादन प्रणाली र समग्र विकास संरचनालाई नै प्रभावित पार्ने गम्भीर राष्ट्रिय संकटको रूपमा देखा परेको छ ।

नेपाल आयल निगम निरन्तर घाटामा सञ्चालन भइरहँदा र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार अस्थिर भइरहँदा उपभोक्ता दैनिक रूपमा महँगो इन्धनको दबाब झेल्न बाध्य भएका छन् । सामान्य जनमानसमा गाडी चढ्ने कि नचढ्ने, तेल हाल्ने कि खर्च बचाउने भन्ने जस्तो दुविधा उत्पन्न गरेको छ ।

यो समस्या व्यवस्थापनको कमजोरी मात्र होइन। विश्व ऊर्जा बजारको अस्थिरता र विशेषगरी मध्यपूर्व क्षेत्रमा देखिएको निरन्तर भू राजनीतिक तनावसँग समेत जोडिएको छ।

तेल आपूर्तिको प्रमुख मार्गहरूमा देखिएको असुरक्षा, ढुवानी अवरोध, बीमा खर्चमा वृद्धि र राजनीतिक अनिश्चितताले विश्व बजारमा कच्चा तेलको मूल्यलाई निरन्तर दबाबमा राखिरहेको छ । यस्तो परिस्थितिमा नेपालजस्ता पूर्ण रूपमा आयातमा निर्भर मुलुकहरूमा यसको प्रभाव अझ तीव्र र प्रत्यक्ष रूपमा देखिन्छ ।

विशेषगरी मध्यपूर्वीय क्षेत्रमा देखिएको तनावले लाल सागर र स्वेज नहर, हर्मुज जलडमरू जस्ता विश्व व्यापारका महत्वपूर्ण मार्गहरूलाई अस्थिर बनाएको छ । यसले ढुवानी समय मात्र होइन, लागत र जोखिम दुवै बढाएको छ, जसको अन्तिम असर उपभोक्ता मूल्यमा परेको छ ।

ओपेक द्वारा उत्पादन नियन्त्रण, खाडी मुलुकहरूको राजनीतिक अस्थिरता र वैकल्पिक ऊर्जा स्रोतहरूको सीमित विकासले पनि बजारलाई थप अस्थिर बनाइरहेको छ ।

इन्धन  उपभोग्य वस्तु नभई सम्पूर्ण अर्थतन्त्रको मेरुदण्ड हो । यसको मूल्यवृद्धिले ढुवानी महँगो बनाउँछ। उत्पादन लागत बढाउँछ। खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्छ र अन्ततः मुद्रास्फीति बढाउँछ । यसरी हेर्दा इन्धनको समस्या केवल पेट्रोल पम्पमा सीमित नभई सम्पूर्ण आर्थिक प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको बहुआयामिक समस्या हो ।

तर नेपालको सन्दर्भमा समस्या केवल बाह्य कारणमा मात्र सीमित छैन। आन्तरिक संरचनात्मक कमजोरी पनि उत्तिकै जिम्मेवार छ। अत्यधिक सवारी निर्भरता, अनियन्त्रित मोबिलिटी, कमजोर सार्वजनिक यातायात प्रणाली र सरकारी तथा निजी तहमा अनावश्यक सवारी प्रयोगले इन्धन खपतलाई अस्वाभाविक रूपमा बढाइरहेको छ ।

विशेषगरी सरकारी संयन्त्र स्वयं ठूलो उपभोक्ता बनेको छ, जहाँ इन्धन कुपन प्रणाली, अनावश्यक यात्रा र कमजोर व्यवस्थापनले ठूलो आर्थिक बोझ सिर्जना गरेको छ ।

हालका केही नीतिगत प्रयासहरूले सीमित तर महत्वपूर्ण परिणाम देखाएका छन् । सार्वजनिक बिदा व्यवस्थापन, इन्धन सुविधा कटौती र केही प्रशासनिक नियन्त्रणपछि करिब ११ प्रतिशत इन्धन खपत घटेको तथ्य छ ।

इन्धन बचतको अर्को महत्वपूर्ण माध्यम डिजिटल रूपान्तरण हो । कोभिड १९ पछि विकसित भएको वर्क फ्रम होम अभ्यासलाई संस्थागत रूपमा विस्तार गर्न सके दैनिक आवतजावत घट्छ र इन्धन खपत स्वतः कम हुन्छ । बैंकिङ, प्रशासन, शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रका धेरै कार्यहरू अनलाइन प्रणालीमा रूपान्तरण गर्न सकिन्छ । कम यात्रा भनेको सीधा कम इन्धन खपत हो भन्ने तथ्य अब व्यवहारमै प्रमाणित भइसकेको छ ।

सहरी क्षेत्रमा साइकल र पैदल यात्रालाई प्राथमिकता दिनु पनि दीर्घकालीन समाधान हो । छोटो दूरीका यात्रामा निजी सवारी प्रयोग घटाउन सके इन्धन खपत उल्लेखनीय रूपमा घट्छ । साथै सार्वजनिक यातायातलाई सुरक्षित, नियमित र भरपर्दो बनाउने हो भने निजी सवारीको निर्भरता स्वतः कम हुन्छ । आजको शहरी संरचनामा निजी सवारी सुविधा होइन, बाध्यता बन्दै गएको सन्दर्भमा सार्वजनिक यातायात सुधार अत्यन्त आवश्यक देखिन्छ ।

दीर्घकालीन दृष्टिले पेट्रोलियमबाट विद्युत तर्फको ऊर्जा रूपान्तरण वर्तमान आवश्यकता बनेको छ । विद्युतीय सवारी साधन, चार्जिङ पूर्वाधार विस्तार र सरकारी स्तरमै यसको प्रयोगलाई प्राथमिकता दिन सके पेट्रोल डिजेलमाथिको निर्भरता क्रमशः घटाउन सकिन्छ ।

ग्रामीण तथा पहाडी क्षेत्रमा रोपवे र केबल यातायात जस्ता वैकल्पिक प्रणाली विकास गर्न सके लामो दूरीको ढुवानीमा लाग्ने इन्धन खपत उल्लेखनीय रूपमा घटाउन सकिन्छ । सडक विस्तारलाई मात्र विकासको एक मात्र सूचक मान्ने परम्परागत दृष्टिकोण अब पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ ।  कम इन्धनमा बढी सेवा दिन सक्ने प्रणाली नै दिगो विकासको आधार बन्न सक्छ ।

शिक्षा क्षेत्रमा पनि अनावश्यक सवारी निर्भरता ठूलो चुनौतीको रूपमा देखिएको छ । शहरमा टाढाबाट विद्यार्थी बसमा ल्याउने अभ्यासले इन्धन खपत मात्र होइन, ट्राफिक व्यवस्थापन, समय उपयोग र बालबालिकाको मानसिक स्वास्थ्यमा समेत असर पारेको छ । स्थानीय विद्यालय सञ्जाल सुदृढ गर्ने र नजिकको शिक्षालाई प्राथमिकता दिने नीति अनिवार्य देखिन्छ।

मध्यपूर्वीय तनावका कारण विश्व ऊर्जा बजारको अस्थिरताले नेपालजस्ता देशलाई अझ संवेदनशील बनाइरहेको छ। तसर्थ: व्यवहार परिवर्तन, संरचनात्मक सुधार, नीतिगत कडाइ र दीर्घकालीन ऊर्जा रूपान्तरण आजको आवश्यकता मात्र नभई अनिवार्यता हो।

कर्णालीमा एचआईभी संक्रमण घट्दो, ७७० जना उपचारमा

सुर्खेत। कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा क्रमशः घट्दो क्रममा देखिएको छ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८० जनामा संक्रमण देखिएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म यो संख्या घटेर ३१ मा सीमित भएको छ।

निर्देशनालयको तथ्यांकअनुसार २०७९/८० मा ५७ जना, २०८०/८१ मा ३८ जना र २०८१/८२ मा ३९ जनामा संक्रमण पुष्टि भएको थियो। हाल प्रदेशभरि ७७० जना एचआईभी संक्रमित विभिन्न एआरटी केन्द्रमार्फत नियमित उपचारमा रहेका छन्।

प्रदेश अस्पताल सुर्खेतसहित दैलेख, सल्यान, कालिकोट, रुकुम पश्चिम, राकम कर्णाली आधारभूत अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र, मेहलकुना अस्पताल र दुल्लु अस्पतालमार्फत उपचार सेवा प्रदान भइरहेको छ। तीमध्ये सबैभन्दा बढी संक्रमित सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचाररत छन्।

पीएमटीसीटी कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ३३ हजार ७४० गर्भवती महिलाको एचआईभी परीक्षण गरिएको छ, जसमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

त्यस्तै पछिल्ला वर्षहरूमा एचआईभी संक्रमितको मृत्यु दर पनि घट्दै गएको देखिएको छ। तर परीक्षणको दायरा विस्तार, औषधि तथा किट आपूर्ति, सबै जोखिम समूहसम्म सेवा पहुँच र संक्रमितप्रति सामाजिक लाञ्छना जस्ता चुनौती अझै कायम रहेको सरोकारवालाले बताएका छन्।

सरकारले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्यसहित ९५–९५–९५ रणनीति लागू गरिरहेको छ। विभिन्न संस्थाहरूले पनि सचेतना, परीक्षण, उपचार र परामर्श सेवामा सहयोग गर्दै आएका छन्।

रास्वपा सांसद इन्दिराकाे ठहर : प्रधानमन्त्रीले भारतीय भूमि नेपालले ‘मिच्याे’ भन्नु गलत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाकी सांसद इन्दिरा राना मगरले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतकाे भूमि धेरै ठाउँमा ‘मिचेको’ भन्‍नु गलत भएकाे बताएकी छन् ।

उनका अनुसार ‘मिचेको’ जस्ता शब्द कूटनीतिक रूपमा उपयुक्त हाेइन । त्यही शब्दलाई लिएर विपक्षी दलहरू भने अल्झिन नहुने बताइन् ।

संसद् जनताको थलो भएको उल्लेख गर्दै उनले नेपालवान एचडीसँग भनिन्, ‘एउटा शब्दलाई लिएर जनताको काम रोक्नु राम्रो होइन।’

उनले विपक्षी दलहरूकाे मागअनुसार माफी कि क्षमा माग्‍ने भन्‍ने विषय प्रधानमन्त्रीमा निर्भर रहने बताएकी छन् । उनीसँग गरिएकाे पूरा संवादको सम्पादित रुप :

०००
प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ’ भनेपछि विवाद उत्पन्‍न भयाे । यसबारे तपाईंको धारणा के हो ?
‘मिचियो’ भन्ने शब्द ठिक होइन। नेपाल र भारतबीच खुला सिमाना छ। खोलाले दिशा परिवर्तन गर्दा कतिपय अवस्थामा नेपालीहरू पारिपट्टि (भारत) पुगिरहेका हुन्छन्। नेपाली नागरिकता भएका व्यक्तिहरूले पनि पारिपट्टि गएर खेतीपाती गरिरहेका छन्, यो सिमानाको व्यावहारिक पाटो हो।

सुरुवाती समयमा कहीँ पनि सिमाना थिएन, यो मेरो वा तेरो भन्‍ने भावना नै थिएन। अमेरिका पनि कोलम्बसले पछि पत्ता लगाएको ठाउँ हो। त्यहाँका आदिवासी (रेड इन्डियन्स) हरूलाई अहिले पनि आफू कुन राज्यभित्र छु भन्‍ने थाहा नहुन सक्छ। भारतमा पनि कतिपय आदिवासीहरू जङ्‍गलमै बस्‍नुहुन्छ, उहाँहरूलाई यो राज्य मेरो हो भन्ने थाहा छैन। जस्तै, लुक्लाबाट माथितिर जानुभयो भने त्यहाँ राज्यको उपस्थिति निकै कम छ । दुई जना प्रहरी नाम दर्ता गरेर बसिरहेका हुन्छन्, जसले सुरक्षा भन्दा पनि सूचना मात्र दिन सक्छन्। हाम्रै देशमा पनि धेरै आदिवासीहरू छन्, उनीहरूको अवस्था अझै उस्तै छ।

नेपाल र भारतबीच खुला सिमाना भएकाले कतिपय भारतीय भूमिमा उनीहरू बस्दैनन्। त्यस्ता खाली जमिनमा नेपाली आदिवासीहरूले वर्षौँदेखि, बाजेपुर्खाको पालादेखि खेतीपाती गर्दै आएका छन्। यो उनीहरूको आदिवासी अधिकार हो। प्रधानमन्त्रीले यही सन्दर्भलाई लिएर सामान्य रूपमा हाम्रो पनि मान्छे पारिपट्टि रहेछन् भन्‍न खोज्‍नु भएको होला। तर, शब्द चयन भने उपयुक्त छैन। कूटनीतिक हिसाबले हामीले भारतले पनि ‘मिच्यो’ भन्‍न मिल्दैन। उदाहरणका लागि, इजरायलले प्यालेस्टाइनलाई त्यत्रो मिचिरहँदा पनि धेरै देशहरू कूटनीतिक रूपमा मौन रहन्छन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा आएर देशवासीसँग माफी वा क्षमायाचना गर्नुपर्छ भनिरहेका छन्। उहाँले के गर्नुपर्छ होला? यसले संसद्को गतिरोध कसरी अन्त्य हुन्छ?

प्रत्येक नेताको आफ्नै नेतृत्व शैली हुन्छ, त्यो नेतृत्वको व्यक्तिगत गुण हो। कसैले ‘यस्तो गर’ भन्दैमा त्यसै गर्नुपर्छ भन्‍ने हुँदैन। उहाँले आफ्नो दृष्टिकोणबाट भन्‍नुभयो होला। तर, सत्य के हो भने खुला सिमानाका कारण दुवैतर्फका मानिसहरू आवतजावत गर्ने, खेतीपाती गर्ने र विवाह गर्ने गर्छन्। हामी शब्द-शब्दमा अल्झिन थाल्यौँ भने देश कहाँ पुग्छ? हाम्रो प्राथमिकता अहिले नेपाल निर्माण गर्ने हुनुपर्छ। यदि समस्या छ भने संवादमार्फत मिलाउनुपर्छ। सुगौली सन्धिका कारण नेपाल कतिपय भूभाग र व्यावहारिक कुरामा अप्ठ्यारोमा छ, त्यसलाई कसरी समेटेर लाने भन्‍ने विषय महत्त्वपूर्ण हो।

आजको भूमण्डलीकरणको युगमा ‘मानवताको कुनै सिमाना हुँदैन’। भारतमा झन्डै तीन करोड नेपाली बस्छन् र भारतीय नागरिकहरू पनि पशुपतिनाथ लगायतका मन्दिरहरूमा आउँछन्, धर्म र संस्कृतिले हामीलाई नजिक बनाएको छ। त्यसैले शब्दमा विवाद गरेर देशलाई फाइदा हुँदैन। एक असल नागरिकको दृष्टिकोणबाट हेर्दा उहाँले क्षमा मागिरहनु पर्दैन, तर त्यो उहाँकै व्यक्तिगत निर्णयको कुरा हो। उहाँको आफ्नै दृष्टिकोण होला।

हामी यस्ता स-साना शब्दका विवादमा अल्झिएकै कारण प्रविधिको विकास र सञ्जाल हुँदाहुँदै पनि पछि परेका छौँ। यदि हाम्रा प्रधानमन्त्रीले राम्रो काम गरेर जनतालाई फाइदा पुर्‍याउनुहुन्छ भने उहाँको कामको मूल्याङ्‍कन हुनुपर्छ। बोले पनि माफी माग्नुपर्ने, नबोले पनि माफी माग्नुपर्ने परिपाटीले देश चल्दैन।

तथ्यात्मक त्रुटि त बोल्नु भएन नि, होइन?

हो, उहाँले उपयुक्त शब्द चयन गर्नुपर्थ्यो। ‘मिचेको’ भन्ने शब्द सही होइन। तर, यहाँ कति धेरै नेताहरूले के-के बोलेका छन्, के ती सबै माफी माग्दै सदनमा आउँछन् त ? संसद् माफी माग्ने ठाउँ मात्र होइन, यो जनताको थलो हो र त्यहाँ जनताका आवाजहरू गुन्जिनुपर्छ। सरकारको काम जनतालाई सहजता प्रदान गर्ने हो।

हामी पुराना सन्धि र शब्दमै अल्झिएका कारण नारायणी नदीको पानी सिँचाईका लागि उपयोग गर्न सकेका छैनौँ। हाम्रो ठूलो क्षेत्र डुबानमा पर्छ किनभने त्यसको चाबी छिमेकीसँग छ। कतिपय कुरामा मानवताको आधारमा दुवै देशका जनताको हित हुने गरी छिमेकी देश भारत र चीनसँग मिलेर जानुपर्छ भन्ने मेरो धारणा हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हालै भारत भ्रमण गरेर फर्कनुभएको छ। उहाँको आगमनपछि लिम्पियाधुरा, कालापानी र लिपुलेक जस्ता सीमा विवाद समाधानका लागि केही पहलकदमी होला?

पुराना सन्धिहरू कस्ता छन् र सन्धिका मापदण्ड के हुन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। उहाँले त्यहाँ के-कस्ता कुरा गर्नुभयो, त्यसको जवाफ पार्टीका सभापति वा प्रवक्ताले नै दिनुहुनेछ। म अहिले त्यो तहमा पुगेकी छैन। म पनि एक नेता हुँ, तर नेतृत्वले गरेका सबै कुराको जवाफ मैले नै दिनुपर्छ भन्ने हुँदैन।

विपक्षी सांसदहरूले प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रिया र यसका प्रावधानमा फरक मत राख्दै आपत्ति जनाएका छन्। विशेष गरी सभामुखलाई विवेकाधिकार दिएकाे र फौजदारी मुद्दा लागेका सांसदलाई पनि निलम्बन नहुने प्रावधान राखिएको भनिन्छ। के यो रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गरेर ल्याइएको हो?

म यो कुरा मान्दिनँ। म तपाईंलाई यसको प्रक्रिया बुझाउँछु। संसद्‍मा प्रत्येक विषयका लागि संसदीय समितिहरू गठन गरिएका हुन्छन्। नियमावलीका लागि पनि समिति बनाइएको थियो, जहाँ ६ वटै दलका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले विस्तृत छलफल गरेर पारित गरेपछि मात्र सदनमा ल्याइएको हो। समितिबाट आएका विषयलाई सदनले अनुमोदन गर्नु एउटा संसदीय अभ्यास र परम्परा हो।

सभामुखलाई रुलिङ गर्ने अधिकार दिनु नयाँ व्यवस्था होइन, यो पहिलेदेखि नै थियो। संसद् व्यवस्थित रूपमा चलाउन यो अधिकार आवश्यक पर्छ।

जहाँसम्म फौजदारी मुद्दाको कुरा छ, आजभोलि राजनीतिक प्रतिशोध साध्नका कारण पनि जोसुकैलाई झुटो मुद्दा लगाइदिन वा मिडिया ट्रायल गरिदिन सक्छन्। निर्वाचित प्रतिनिधिलाई जनताले चुनेर पठाएका हुन्छन्। आरोप लाग्नु र अदालतबाट दोषी ठहर हुनु फरक कुरा हुन्। अदालतमा समेत कहिलेकाहीँ नक्कली कागजपत्र पेस हुन सक्छन्। मलाई पनि विगतमा विभिन्न आरोप लगाइयो तर के ती प्रमाणित हुन सके त?

राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाएर कसैको राजनीतिक जीवन समाप्त गर्ने प्रयास हुनु हुँदैन। विदेशमा पनि जस्तै: डोनाल्ड ट्रम्पलाई कति धेरै मुद्दा लागेका छन् तर उनी राजनीति र राष्ट्रपतिको दौडमा छन्। यो व्यवस्था कुनै एक व्यक्ति (रवि लामिछाने) का लागि मात्र होइन, भविष्यमा जुनसुकै दलका सांसदलाई पनि पर्न सक्ने हुनाले सबैका लागि समान कानुन बनाइएको हो।

संसद् नियमावली कार्य सञ्चालन सम्बन्धी कानुन हो। यसले कसैलाई कानुनभन्दा माथि राखेको छैन। यदि कुनै सांसदले बदमासी गर्छ, संसद्को नियम उल्लङ्‍घन गर्छ वा बिना सूचना लामो समय अनुपस्थित रहन्छ भने उसलाई निलम्बन गर्ने वा निष्कासन गर्ने कानुन नियमावलीमा स्पष्ट रूपमा छ।

केही दिन अगाडि नियमावली पारित गर्ने दिन एमाले एमाले सांसद रिंगला यादव, सोही दलका प्रमुख सचेतक ऐन महर र कांग्रेस सांसद सन्तोष सुब्बा सभामुखको ड्यासतिर अगाडि बढ्न खोजेका थिए। उनीहरूलाई कारबाही गर्ने उद्देश्यले यो प्रावधान राखिएको हो?

संसद् मर्यादित हुनुपर्छ। अरूले जे नराम्रो गर्छन्, त्यही सिक्नुपर्छ भन्ने छैन। अन्तर्राष्ट्रिय संसदीय अभ्यासहरू र हाम्रै पुराना अभ्यासहरूबाट सिकेर नराम्रा कुरालाई हटाउँदै विचारको बहस गर्ने थलोका रूपमा संसद्लाई विकास गर्नुपर्छ। सांसदहरूले उभिएर पनि विरोध गर्न सक्छन्, सभामुखको ड्यास वा वेलमै चढ्नुपर्छ भन्ने छैन।

विपक्षीहरूले सभामुख निष्पक्ष नभएको आरोप लगाए छन् नि ?

सभामुखले प्रमुख सचेतक र दलका नेताहरूसँग बहस र संवाद गरेरै सदन चलाउनुपर्छ र संवादको यो प्रक्रिया निरन्तर हुनुपर्छ।तर, विपक्षी भन्दैमा सबै कुराको विरोध मात्र गर्नुपर्छ भन्ने छैन। सरकारले ल्याउने कानुन र अध्यादेशहरू देश र जनताकै लागि आवश्यक हुने भएकाले सांसदहरूले यसको गम्भीरता बुझ्नुपर्छ।

अन्तिममा, सरकारले सुकुम्बासी व्यवस्थापन र अव्यवस्थित बसोबास हटाउन डोजर चलायाे। तर, जब रास्वपाका सांसदहरूको घर भेटिएयाे, त्यो अभियान रोकियो ?

रास्वपाका सांसदहरूले बदमासी गरेका छन् भने उनीहरूको घर पनि भत्काउनुपर्छ, यसमा कुनै दुई मत छैन। तर, रास्वपाको घर अगाडि पुगेर अभियान रोकियो भन्नु विपक्षी पार्टीहरूको राजनीतिक भ्रम मात्र हो।

वास्तवमा, वर्तमान सरकार (जुन गठन भएको दुई महिना जति भएको छ) ले सुकुम्बासीहरूको वास्तविक तथ्याङ्क सङ्कलन गर्न प्रत्येक वडामा विवरण मागिरहेको छ। जो वास्तविक सुकुम्बासी हुन्, जसको वैकल्पिक व्यवस्था छैन, उनीहरूलाई सिधै विस्थापित गर्नु मानवीय हिसाबले सही हुँदैन। हामीले जनताको प्रतिनिधि हुनुको नाताले पहिले उनीहरूको पुनर्स्थापना र उचित व्यवस्थापन गर्नुहोस्, अनि मात्र भत्काउनुहोस् भनेर यो अभियान रोक्न पहल गरेका हौँ।

नगरपालिका वा सरकारको नाममा रहेका जग्गाहरू अनाधिकृत रूपमा हडपेर वा व्यापारिक उद्देश्यले भाडामा दिइएका छन् भने, सहरको गुरुयोजनाअनुसार त्यस्ता संरचना हटाउनु स्वाभाविक हो। तर, वर्षौँदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई हटाउँदा राज्यले मानवीय र व्यावहारिक दृष्टिकोण अपनाउनुपर्छ। भत्काउनु मात्र समाधान होइन, नवीन सोचका साथ व्यवस्थापन गर्नु आवश्यक छ।

विपिन कार्की र विजय कुमार पाण्डे मिलेर नयाँ कथानक फिल्म बनाउने

काठमाडौं। अभिनेता विपिन कार्कीले वरिष्ठ पत्रकार तथा लेखक विजय कुमार पाण्डेसँग सहकार्य गर्दै नयाँ कथानक फिल्म निर्माण गर्ने भएका छन्। फिल्म विपिन कार्की अध्यक्ष रहेको ‘लाइट बेन्डर्स प्रा.लि.’ को ब्यानरमा बन्ने भएको हो।

विपिन कार्कीले शुक्रबार सामाजिक सञ्जालमार्फत विजय कुमारसँगको भेटपछि आगामी सहकार्यबारे उत्साह व्यक्त गरेका छन्। उनले यो भेट केवल औपचारिक भेटघाट मात्र नभई भविष्यमा संयुक्त रूपमा सिर्जनात्मक काम गर्ने दिशातर्फको महत्वपूर्ण सुरुवात भएको बताएका छन्।

उनले लेखेका छन्, ‘आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन। यसले आगामी दिनहरूमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो।’

विपिनले विजय कुमार पाण्डेसँगको सहकार्यलाई आफ्नो लागि सौभाग्यको अवसरका रूपमा उल्लेख गर्दै अनुभवी, सिर्जनशील र दूरदर्शी व्यक्तित्वसँग काम गर्न पाउनु गौरवको विषय भएको बताएका छन्।

फिल्मको लेखन तथा निर्देशन विजय कुमार पाण्डेले गर्नेछन्। निर्माण पक्षका अनुसार फिल्मको विस्तृत घोषणा आगामी सेप्टेम्बर अन्त्य वा अक्टोबरमा गरिनेछ। त्यसबेला कलाकार तथा अन्य प्राविधिक विवरण सार्वजनिक गरिनेछ।

यसै फिल्मसँगै सोही कथामा आधारित पुस्तक पनि प्रकाशित गर्ने तयारी गरिएको छ। फिल्म रिलिजपछि पुस्तक सार्वजनिक गर्ने विषयमा पनि छलफल भइरहेको अभिनेता कार्कीले बताएका छन्।

राप्रपाबाट उछिटिएका धवललाई दुर्गाको काँध,यस्तो छ ११ बुँदे समझदारी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित औपचारिक रूपमा एकजुट भएका छन्।

आज आयोजित एक कार्यक्रममार्फत उनीहरूले आपसी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपछि प्रसाईँले आफ्नो नेतृत्वमा रहेको ‘नागरिक बचाउ महाअभियान’ औपचारिक रूपमा विसर्जन गरिएको घोषणा गरेका छन्।

कार्यक्रममा बोल्दै प्रसाईँले अबको राजनीतिक यात्रा संयुक्त रूपमा अघि बढाइने र राजसंस्था पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाइने बताएका छन्।

यसैबीच, धवलशम्शेर राणाले नयाँ राजनीतिक दल गठनको तयारी भइरहेको जानकारी दिँदै पार्टीको नाम र झण्डा विज्ञ तथा सरोकारवालासँग छलफल गरेर टुंगो लगाइने बताएका छन्।

उनले भने, ‘पार्टीको नाम र झण्डा हामी विज्ञहरूसँग बसेर टुंगो लगाउनेछौँ। मलमासपछि नयाँ पार्टीको घोषणा हुन्छ।’

समझदारीसँगै उनीहरूको समूहले आगामी राजनीतिक रणनीति र संगठन निर्माणलाई औपचारिक रूपमा अघि बढाउने संकेत दिएको छ।

यस्तो छ ११ बुँदे समझदारी

रास्वपाले राजसंस्था र हिन्दू राष्ट्र ल्याउँदैन – दुर्गा प्रसाईं

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईं र राप्रपा परित्याग गरेका डा. धवलशम्शेर राणाबीच राजनीतिक सहकार्यको घोषणा भएको छ।

आज आयोजित एक कार्यक्रममार्फत दुवै नेताले औपचारिक रूपमा एकताको घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै दुर्गा प्रसाईँले धवलशम्शेर राणालाई आफ्नो अभिभावकसरह व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै अबदेखि सहकार्यको यात्रामा अघि बढ्ने बताएका छन्। उनले दुवै पक्षबीच कुनै प्रकारको भागबण्डा वा व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पारे।

प्रसाईंले भने, ‘हामीबीच केही पनि भागबण्डा गर्नु छैन। हाम्रो एक मात्र उद्देश्य देशलाई सही बाटोमा ल्याउनु हो।’

उनले आफ्ना समर्थक तथा कार्यकर्ताहरूलाई आजदेखि धवलशम्शेर राणालाई पनि नेतृत्वको रूपमा स्वीकार गर्न निर्देशन दिएका छन्।

त्यसैगरी प्रसाईँले हाल विभिन्न पक्षबाट फैलाइँदै आएको राजनीतिक भ्रमप्रति सचेत रहन आग्रह गर्दै रास्वपाले राजसंस्था र हिन्दू राष्ट्र ल्याउने भन्ने प्रचार झुटो भएको जिकिर गरेका छन्।

कार्यक्रममा दुर्गा प्रसाईँ नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ र धवलशम्शेर समूहबीच समझदारीपत्रमा हस्ताक्षरसमेत गरिएको छ।

समझदारीसँगै दुवै पक्षले आगामी राजनीतिक गतिविधि संयुक्त रूपमा अघि बढाउने बताएका छन्।

यस्तो छ नेपाली समयको फिफा विश्वकप २०२६ को खेल तालिका

काठमाडौं। फिफा विश्वकप-२०२६ को समूह चरणको खेल तालिका सार्वजनिक भएको छ। ४८ टोली सहभागी यस विश्वकपमा १२ समूहमा विभाजित टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाली समयअनुसार प्रतियोगिताको उद्घाटन खेल जेठ २९ गते राति १२:४५ बजे आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। सोही दिन दक्षिण कोरिया र चेक रिपब्लिकबीचको खेल राति ७:४५ बजे खेलाइनेछ।

पाँच पटकको विश्वकप विजेता ब्राजिलले आफ्नो पहिलो खेल जेठ ३१ गते मोरक्कोसँग खेल्नेछ। साविक विश्वविजेता अर्जेन्टिनाले असार ३ गते अल्जेरियाविरुद्ध मैदान उत्रिने तालिका छ। यस्तै फ्रान्स, जर्मनी, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र बेल्जियमजस्ता बलिया टोलीहरू पनि समूह चरणबाटै उपाधि यात्राको सुरुआत गर्नेछन्।

समूह चरणका खेलहरू जेठ २९ गतेदेखि असार १४ गतेसम्म सञ्चालन हुनेछन्। प्रतियोगितामा समूह ‘ए’ देखि ‘एल’ सम्मका १२ समूहमा रहेका टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

विश्वकपको नकआउट चरण असार १५ गतेदेखि सुरु हुनेछ। राउण्ड अफ ३२ का खेलहरू असार १५ देखि २० गतेसम्म, राउण्ड अफ १६ का खेलहरू असार २० देखि २४ गतेसम्म तथा क्वार्टरफाइनलका खेलहरू असार २६ देखि २८ गतेसम्म खेलाइनेछन्।

त्यसैगरी सेमिफाइनल खेलहरू असार ३१ र ३२ गते आयोजना हुनेछन्। तेस्रो स्थानका लागि हुने खेल साउन ३ गते हुनेछ भने विश्वविजेताको टुंगो लगाउने फाइनल खेल साउन ४ गते नेपाली समयअनुसार मध्यरात १२:४५ बजे खेलाइनेछ।

यसपटकको विश्वकपमा विश्व फुटबलका परम्परागत शक्तिशाली राष्ट्रहरूसँगै नयाँ र उदीयमान टोलीहरूको पनि सहभागिता रहेकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। फुटबल समर्थकहरू विश्वकपको रोमाञ्चक यात्रा सुरु हुन केही दिन मात्र बाँकी रहँदा उत्साहित देखिएका छन्।

एउटै मैदानमा उत्रँदै चार देशबाट चार दाजुभाइ

काठमाडौं। फुटबलको महामेला फिफा विश्वकप २०२६ नजिकिदै छ। विश्वकप,खेलाडीको क्षमता प्रदर्शन गर्ने मैदान मात्र नभएर देशको पहिचान संसारसामु  चिनाउने माध्यम पनि हो। 

यस पटकको विश्वकपमा यस्तै एउटा दुर्लभ र रोचक दृश्य देखिने भएको छ। जहाँ दुई परिवारका चार दाजुभाइ चार फरक राष्ट्रिय टोलीबाट मैदान उत्रने सम्भावना छ। विलियम्स परिवारका इनाकी विलियम्स र निको विलियम्स तथा डुए परिवारका गुएला डुए र डिजायर डुएले आ-आफ्नो फरक देशको जर्सी लगाएर खेल्ने तयारी गरिरहेका छन्।

इनाकी र निको विलियम्सको कथा आधुनिक आप्रवासी परिवारको संघर्षसँग जोडिएको छ। उनीहरूका बुबाआमा पश्चिम अफ्रिकी मुलुक घानाका नागरिक हुन्।

राम्रो भविष्यको खोजीमा उनीहरू सन् १९९० को दशकमा स्पेन पुगेका थिए। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार परिवारले निकै कठिन परिस्थितिको सामना गर्दै युरोपको यात्रा तय गरेको थियो। त्यही संघर्षको परिणामस्वरूप परिवारले स्पेनमा नयाँ जीवन सुरु गर्‍यो र त्यहीँ दुवै दाजुभाइ हुर्किए।

दाजु इनाकी विलियम्सको जन्म सन् १९९४ जुन १५ मा स्पेनको बिल्बाओमा भएको हो। उनले सानैदेखि एथलेटिक बिल्बाओको युवा एकेडेमीमा फुटबल सिके र पछि क्लबका मुख्य खेलाडी बने। उनको गति, शारीरिक क्षमता र निरन्तरताले उनलाई स्पेनकै उत्कृष्ट फरवार्डमध्ये एक बनायो। 

उनले सन् २०१६ मा स्पेनको राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेका थिए। तर फिफाको नियमअनुसार आधिकारिक प्रतिस्पर्धात्मक खेलमा स्थायी रूपमा आबद्ध नभएकाले उनले पछि राष्ट्रिय टोली परिवर्तन गर्ने अवसर पाए। सन् २०२२ मा उनले आफ्ना पुर्ख्यौली सम्बन्धलाई सम्मान गर्दै घानाबाट खेल्ने निर्णय गरे र त्यसयता घानाको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य बनेका छन्।

भाइ निको विलियम्सको जन्म सन् २००२ जुलाई १२ मा भएको हो। उनी पनि एथलेटिक बिल्बाओकै एकेडेमीबाट अघि बढेका हुन्। 

उत्कृष्ट ड्रिब्लिङ, तीव्र गति र आक्रमण क्षमताका कारण उनले कम उमेरमै स्पेनको सिनियर टोलीमा स्थान बनाए। युरोपेली फुटबलमा चम्किरहेका निकोले युरो २०२४ मा स्पेनलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। दाजुले पुर्ख्यौली भूमि रोज्दा भाइले आफू जन्मेर हुर्किएको देश स्पेनलाई आफ्नो अन्तर्राष्ट्रिय पहिचान बनाएका छन्।

यसैगरी डुए परिवारको कथा पनि आप्रवासनसँगै जोडिएको छ। परिवारको मूल सम्बन्ध पश्चिम अफ्रिकी राष्ट्र आइभोरी कोस्टसँग भए पनि उनीहरू फ्रान्समा बसोबास गर्न थालेपछि दुवै दाजुभाइ त्यहीँ हुर्किए।

दुवैले फ्रान्सेली क्लब रेनेसको एकेडेमीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका थिए। सँगै अभ्यास गर्दै हुर्किएका उनीहरूले अन्तर्राष्ट्रिय फुटबलमा भने फरक बाटो रोजे।

दाजु गुएला डुए मुख्यतः रक्षापङ्क्तिमा खेल्ने खेलाडी हुन्। उनले आफ्नो पारिवारिक जरा र पुर्ख्यौली सम्बन्धलाई महत्व दिँदै आइभोरी कोस्टको राष्ट्रिय टोलीबाट खेल्ने निर्णय गरे। अर्कोतर्फ, भाइ डिजायर डुएले फ्रान्सको युवा टोलीहरू हुँदै सिनियर टोलीसम्म आफ्नो स्थान बनाएका छन्।

आक्रमण र मिडफिल्ड दुवै भूमिकामा प्रभावशाली खेल्न सक्ने उनी युरोपका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एक मानिन्छन्।

यी दाजुभाइले फरक-फरक देशबाट खेल्न पाउनुको कारण फिफाको पात्रता नियम हो। फिफाअनुसार कुनै खेलाडी आफ्नो जन्मस्थान, बाबुआमा वा हजुरबा-हजुरआमाको नागरिकता तथा वंशजका आधारमा एकभन्दा बढी देशबाट खेल्न योग्य हुन सक्छ।

यही व्यवस्थाका कारण इनाकीले घाना रोज्न पाए भने निकोले स्पेनबाट खेल्ने निर्णय गरे। त्यस्तै गुएलाले आइभोरी कोस्ट र डिजायरले फ्रान्सलाई आफ्नो अन्तर्राष्ट्रिय टोलीका रूपमा छनोट गरे।

फुटबल इतिहासमा फरक राष्ट्रिय टोलीबाट खेलेका दाजुभाइका उदाहरण यसअघि पनि भेटिन्छन्। जेरोम बोआटेङले जर्मनी र उनका भाइ केभिन-प्रिन्स बोआटेङले घानाको प्रतिनिधित्व गरेका थिए। तर एउटै विश्वकप संस्करणमा दुई फरक परिवारका चार दाजुभाइ चार फरक राष्ट्रिय टोलीसँग जोडिनु भने अत्यन्तै दुर्लभ घटना मानिएको छ। 

 

मोबाइलबाटै आँखा जाँच 

काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिकामा अब प्राथमिक स्वास्थ्य संस्थामै मोबाइल प्रविधिको प्रयोग गरेर बिरामीको आँखा परीक्षण गर्न सकिने भएको छ।

नेपाल नेत्रज्योति संघको ‘पिकभिजन’ कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सेवा लुम्बिनी प्रदेशमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो।

नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयमार्फत सञ्चालनमा आएको यस कार्यक्रमको शुभारम्भ संघका कार्यवाहक अध्यक्ष श्यामकुमार पोखरेल तथा जिल्लास्थित नेतृत्वले गरेका छन्। 

कार्यक्रममार्फत स्वास्थ्य संस्थामा आउने बिरामीको प्रारम्भिक आँखा परीक्षण मोबाइल एप्लिकेसनमार्फत गरिनेछ भने थप उपचार आवश्यक देखिएमा उनीहरूलाई आँखा उपचार केन्द्रमा सहज रूपमा रिफर गर्न सकिने व्यवस्था गरिएको छ।

नेपाल नेत्रज्योति संघ गुल्मीका सचिव पदमप्रसाद पाण्डेका अनुसार यस प्रविधिले गाउँस्तरमै आँखा स्वास्थ्य सेवा विस्तार गर्न तथा बिरामीलाई समयमै उपचारको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत रेसुङ्गा नगरपालिकाका १६ वटै स्वास्थ्य संस्थालाई विशेष सफ्टवेयर जडान गरिएको एक–एक थान स्मार्ट मोबाइल उपलब्ध गराइएको छ। ती मोबाइलमार्फत गरिएको परीक्षणको सम्पूर्ण विवरण जिल्ला आँखा उपचार केन्द्रको सर्भरमा स्वतः अभिलेख हुने व्यवस्था मिलाइएको छ।

नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीका अनुसार स्वास्थ्य संस्थाबाट रिफर गरिएका बिरामी उपचार केन्द्रमा नपुग्दासम्म प्रणालीले नियमित रूपमा फलोअप सन्देश पठाउने व्यवस्था रहेको छ। यसले उपचारका लागि पठाइएका बिरामी छुट्ने सम्भावना न्यून हुने विश्वास गरिएको छ।

कार्यक्रम सञ्चालनअघि स्वास्थ्यकर्मीहरूलाई प्रविधि प्रयोगसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो। नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक रञ्जन शाह, सूचना प्रविधि विशेषज्ञ शैलेन्द्र मानसिंह, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेत तथा सूचना अधिकारी वीरबहादुर कार्कीले स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिएका थिए।

यो कार्यक्रम बेलायतस्थित अन्तर्राष्ट्रिय संस्था पिक फाउन्डेसन र नेपाल नेत्रज्योति संघको सहकार्यमा सञ्चालन भइरहेको हो। सूचना अधिकारी कार्कीका अनुसार पिकभिजन कार्यक्रमका तीन फरक मोडलमध्ये रेसुङ्गामा ‘हेल्थ पोस्ट मोडल’ लागू गरिएको छ।

नेपाल नेत्रज्योति संघ गुल्मीले वार्षिक रूपमा ४० हजारभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ। केन्द्रले प्रत्येक वर्ष करिब ५०० जनाको आँखा शल्यक्रिया, १० हजारभन्दा बढी विद्यार्थीको निःशुल्क आँखा परीक्षण तथा करिब ५०० जनालाई निःशुल्क चस्मा वितरण गर्दै आएको छ।

वि.सं. २०४९ मा स्थापना भएको नेपाल नेत्रज्योति संघ गुल्मीको सदरमुकाम तम्घासमा शल्यक्रिया केन्द्र रहेको छ भने जिल्लाका विभिन्न स्थानीय तहमा छ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन्।

संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेका अनुसार यी सेवाका कारण गुल्मीसँगै छिमेकी जिल्लाका नागरिकले पनि सहज रूपमा आँखा उपचार तथा शल्यक्रिया सेवा प्राप्त गरिरहेका छन्।

भन्सार छलेर नेपाल भित्र्याइएको ७७५ ईभी गाडी प्रहरीको नियन्त्रणमा [तस्वीरहरू]

मुस्ताङ। मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै विभिन्न स्थानमा राखिएका छन्। तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५, सुइखेतमा सशस्त्र प्रहरीको निगरानीमा रहेका छन्।

सशस्त्र प्रहरी बलको विशेष टोलीले जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायत विभिन्न स्थानबाट ती गाडीहरू नियन्त्रणमा लिएको थियो।

विशेष सूचनाका आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा भन्सार छली गरी विद्युतीय गाडी नेपाल भित्र्याइएको आशंका भएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो। त्यसका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट विशेष टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीहरू नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा राखिएका छन्। पोखरा महानगरपालिका–२५ सुइखेतमा मात्रै ९६ वटा ईभी सुरक्षित रूपमा राखिएको छ भने बाँकी गाडीहरू अन्य स्थानमा निगरानीसहित राखिएको जनाइएको छ।

घटनाबारे सरकारले छानबिन समिति गठन गरि अनुसन्धान अघि बढाएको छ। गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन् भन्ने विषयमा छानबिन प्रक्रिया अघि बढाएको हो।

तस्वीरहरू:

‘खुट्टामा पलाएको ऐँजेरु झरेको हो’ : धवलको बहिर्गमनबारे लिङ्देनको टिप्पणी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छाडेका नेता डा. धवलशम्शेर राणाप्रति खुट्टामा पलाएको ऐँजेरु झरेको टिप्पणी गरेका छन्।

राप्रपा गोरखाको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीलाई कमजोर बनाउने उद्देश्यले लाग्नेहरूले पार्टी छाड्दैमा कुनै असर नपर्ने दाबी गरे।

लिङ्देनले पार्टीभित्र समय-समयमा विभिन्न प्रवृत्तिहरू देखिने गरेको उल्लेख गर्दै हालै केही नेताहरूले पार्टी छाडेको प्रसंगलाई संकेत गरे।

उनले भने, ‘पार्टी जीवनमा केही सानोतिनो कुराहरू आउँछन्। केही प्रवृत्तिहरू कहिलेकाहीँ देखा पर्छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना कालदेखि केही यस्ता प्रवृत्तिहरू हामीले देख्यौँ र बेहोर्‍यौँ। त्यसको अन्तिम कडीको रूपमा हामीले भर्खरै केही साथीहरूको बेहोरालाई देखेका छौँ। तपाईँहरूले चिन्ता लिनु पर्दैन।’

लिङ्देनले महामन्त्री धवलशम्शेर राणाले पार्टी छाडेर जाँदैमा राप्रपालाई कुनै क्षति नपुग्ने दाबी गरे।

उनले थपे, ‘खुट्टामा पलाएको ऐँजेरु, जुत्ता लगाउन पनि काम नदिने, अप्ठ्यारो हुने, हिँड्न पनि अप्ठ्यारो हुने, काटेर फ्याँक्नुपर्ने, आफ्नै जिउको मासु फ्याँक्नुपर्ने जस्तो अवस्था थियो। त्यस्तो अवस्थामा आफैँ झरेर गयो भने त्यसमा के दुःख मान्नुपर्‍यो ?’

लिङ्देनले पार्टीका उम्मेदवार चयनदेखि चुनावी अभियानसम्म धवलशम्शेरको भूमिका प्रभावकारी नरहेको आरोपसमेत लगाए।

उनले भने, ‘पार्टीले उम्मेदवार सिफारिस गरेर पठायौँ। तर उहाँ कतै आउनुभएन। उठ्ने बेलामा पनि अरू साथीहरू उठेर सीट खाली गरिदिनुभयो। मनोनयनपत्र दिएर आफैँ गायब हुनुभयो। भोट दिन पनि आउनुभएन। यस्तो अवस्थामा पार्टी छाड्दैमा राप्रपामा कुनै भुईँचालो आउँदैन।’

अध्यक्ष लिङ्देनले पार्टी छाड्ने घटनाबाट कार्यकर्ताहरू विचलित नहुन आग्रह गर्दै राप्रपा अझ सुदृढ भएर अघि बढ्ने दाबी गरे।

१५ जिल्लाका सिडिओ हेरेफेर (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको व्यापक सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले जेठ १३ र २२ गते गरेका निर्णयअनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिव तहका कर्मचारीहरूलाई विभिन्न जिल्ला र निकायमा खटाएको हो।

सरुवाअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिव निराजन घिमिरे स्याङ्जा, कुमानसिंह गुरुङ कास्की, लक्ष्मी पाण्डे गौतम धादिङ र बलराम निरौला भैरहवास्थित अध्यागमन कार्यालयमा सरुवा भएका छन्।

त्यसैगरी मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समेत हेरफेर गरेको छ। नयाँ पदस्थापनासँगै सम्बन्धित जिल्लाहरूमा प्रशासनिक नेतृत्व परिवर्तन हुने भएको छ।