`

आशिका तामाङ र ज्वाला संग्राैलासँग रवि आक्राेशित

काठमाडाै‌ं । रास्वपा सांसददेखि मन्त्रीसम्मले भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीले क्षतिग्रस्त ठाउँमा गएर फोटो खिच्दै फेसबुकमा राख्न थालेपछि सभापति रवि लामिछाने आक्रोशित भएका छन् ।

उनले निर्देशन दिँदै भनेका छन्– अनावश्यक रुपमा बाढीग्रस्त क्षेत्रमा गएर फोटो खिच्नै सामाजिक सञ्जालमा नहाल्नु ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, सांसदहरु आशिका तामाङ, टीका संग्रौला (ज्वाला)लगायत रास्वपा सांसदहरू बाढीले देश नै शोकमा रहेको बेला नदी क्षेत्रमा गएर फोटो खिचाएका थिए । त्यसपछि थुप्रैले उनीहरुको आलोचना गरे ।

उद्धार र राहत सुस्त भएको बेला सत्तारुढ दलकै मन्त्रीदेखि सांसदसम्मले तमासा देखाएको भन्दै विरोध बढ्दै जाँदा रविले अनावश्यक रुपमा नजान निर्देशन दिएका हुन् ।

उनले सके उद्धार र राहतमा सहयोग गर्न निर्देशन दिए । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा हालै आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ ।

यस्तोमा रास्वपाका सांसदहरु आशिका तामाङ, ज्वाला लगायत भने फोटो खिच्ने र स्टन्ट गर्ने गरिरहेका छन् ।

त्रिशूली थ्री–‘ए’को सुरुङ भेटियो, उद्धारकाे तयारी (भिडियाे)

काठमाडौं । पाँच दिनदेखि सुरुङभित्र फसेका त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाका कर्मचारीको उद्धारमा महत्वपूर्ण सफलता हात परेको छ।

उद्धारमा खटिएको टोलीले मानिस प्रवेश गर्न सक्ने ‘केबल एक्सेस टनेल’ फेला पारेपछि उद्धारको सम्भावना बढेको हो।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञसहितको टोलीले तीन दिनको निरन्तर प्रयासपछि विद्युत् गृहबाट केबल बाहिर निकाल्न बनाइएको सुरुङ पत्ता लगाएको हो।

प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अब उद्धार विज्ञलाई उक्त सुरुङबाट भित्र पठाएर फसेका कर्मचारीको अवस्थाबारे जानकारी लिने तयारी छ। यसअघि सुरुङभित्र हावा पुर्‍याउन पाँचवटा ड्रिल गरिएका थिए।

सांसद तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले पनि सुरुङ भेटिएको पुष्टि गरेका छन्। उनका अनुसार उद्धार टोलीले भित्रको अवस्था बुझ्ने काम गरिरहेको छ।

आयोजनाको भूमिगत विद्युत् गृहमा ओभरहलिङको काम गरिरहेका करिब ४०–४२ जना प्राविधिक सुरुङभित्र फसेको अनुमान छ। अक्सिजन पठाउने बाटो बनेकाले उनीहरू सकुशल रहेको आशा गरिएको छ।

परिवार खाेज्दै आफन्त, नचिनिएकाे भन्दै गाड्याे प्रहरीले

काठमाडौं । बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका पहिचान हुन नसकेका शव धमाधम गाडिन थालेपछि सरकारको शव व्यवस्थापन प्रक्रियामाथि प्रश्न उठेको छ।

आफन्तजन अझै बेपत्ताको खोजीमा रहेका बेला पहिचान नभएका शव गाड्नु हतारो र गलत निर्णय भएको भन्दै सरोकारवालाले आलोचना गरेका छन्।

नेपाल प्रहरीका अनुसार हालसम्म ७३४ जनाको शव फेला परेकोमा २९ जनाको मात्रै पहिचान भएको छ। ३८४ वटा पहिचान नभएका शव गाडिसकिएको छ। पूर्वी नवलपरासीमा १००, चितवनमा ९६ र गोरखामा २९ वटा पहिचान नभएका शव गाडिएका छन्।

शव गाडिएपछि पछि पहिचान गर्न तथा आफन्तलाई जिम्मा लगाउन थप कठिन हुने भएकाले यस्तो संवेदनशील विषयमा वैज्ञानिक र सुरक्षित विकल्प अपनाउनुपर्ने आवाज उठेको छ।

शवमा डीएनए परीक्षण, फोटो, औँठाछाप, दाँत तथा अन्य जैविक विवरण सुरक्षित राखेर अभिलेख तयार गर्नुपर्ने माग गरिएको छ।

सरकारले ‘डेड बडी ब्याग’मा शव सुरक्षित राख्ने बताइरहेको अवस्थामा तत्काल गाड्ने निर्णय किन गरियो भन्ने प्रश्नसमेत उठेको छ। आफन्तलाई अन्तिमपटक आफ्ना प्रियजन पहिचान गर्ने अवसरबाट वञ्चित गर्नु मानवीय दृष्टिले समेत उचित नहुने सरोकारवालाको भनाइ छ।

गृहमन्त्रीनिकट संस्थालाई मात्रै राहत वितरण गर्न दिएको भन्दै आङ्देम्बेले उठाए प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि संकलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्थालाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन् ।

गृहमन्त्री गुरुङको संस्था ‘हामी नेपाल’ हो । यो संस्थालाई मात्रै राहत वितरणको अवसर दिएको भन्दै नेता आङ्देम्बेले शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ताको क्रममा त्यसो गर्नु ठीक नभएको भनेको बताए ।

‘जति पनि राहतको सामग्री छ, त्यो राहत सामग्री सरकारले चिनेको वा सरकारमा बसेका कोही सदस्यको नजिकको संस्था (हामी नेपाल)ले मात्रै पाएको गुनासो छ, आङ्देम्बेले बैठकमा भने, ‘यदि त्यस्तो हो भने राहत पुग्नुपर्ने ठाउँमा छिटो नपुगेर भोलि मान्छे मरिसकेपछि राहत पुग्नुको कुनै अर्थ हुँदैन । स्थानीय निकाय, जिल्ला प्रशासन र राज्यले चिनेका संघसंस्थाहरूलाई राहत बाँड्न दिनुपर्छ ।’

उनले रसुवामा राहत सामग्री नपुगेको गुनासो आएको पनि बताए । नुवाकोटको विदुरमा राहत थुप्रिँदा भीषण बाढीबाट सर्वाधिक प्रभावित रसुवामा राहत नपुग्नु ठिक नभएको उनको भनाइ छ ।

आङ्देम्बेले कांग्रेस पनि विपद्को समयमा राजनीतिक प्रचारभन्दा विशुद्ध मानवीय सेवामा केन्द्रित हुनुपर्ने बताए । नेपाल तरुण दललगायत पार्टीका भ्रातृ संस्थालाई समेत पार्टीको झण्डा बोकेर राहत वितरण नगर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

उनले प्रधानमन्त्री बालेनसँग भोटेकोशी र त्रिशूलीमा बाढीमा पुल गएको भन्दै तत्कालका लागि तुइनको व्यवस्था गर्न आग्रह गरिएको पनि बताए ।

यस्तै, उनले अन्तराएष्ट्रिय उद्धार टोलीहरूलाई उद्धार गर्न तत्काल अनुमति दिइयोस् भनेर प्रधानमन्त्री बालेनसँग माग गरिएको पनि बताए ।

उनले भने, ‘नेपालको उद्धार टोलीबाट मात्रै सम्भव हुँदैन । सबैलाई त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ भनेको छु ।’

सुरुङमा फसेकाको जीवन बचाउन विदेशी विज्ञ बोलाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले त्रिशूलीकाे ‘ए’, ‘बी’ लगायत विभिन्‍न जलविद्युत् आयाेजनाकाे  सुरुङभित्र जीवन र मृत्युको दोसाँधमा रहेका नागरिकको उद्धार गर्न विदेशी विज्ञ बाेलाउन हिच्किचाउन नहुने बताएका छन् ।

सुरुङ उद्धारमा नेपाली जनशक्तिको प्रयास महत्वपूर्ण भए पनि उपलब्ध प्राविधिक क्षमता पर्याप्त नदेखिए विशेषज्ञता भएका मुलुकबाट तत्काल सहयोग लिनुपर्ने उनको जोड छ।

उनका अनुसार विपद्का बेला ‘हामी आफैं गर्न सक्छौँ’ भन्‍ने मनोविज्ञानभन्दा नागरिकको जीवन जोगाउने विषय प्राथमिक हुनुपर्छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा थापाले आफूले परराष्ट्रमन्त्रीसँग समेत विदेशी सहयोगका लागि आग्रह गरेको बताए।

‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,’ थापाले भने।

थापाको भनाइ त्यतिबेला आएको हो, जतिबेला सुरुङलगायतका संरचनाभित्र फसेकाहरूको उद्धार चुनौतीपूर्ण बन्दै गएको छ।

पछिल्लो विवरणअनुसार सरकारले यसअघि विदेशी सहयोग तत्काल आवश्यक नरहेको बताउँदै आएकोमा अहिले विदेशी उद्धार टोलीलाई समेत सहभागी गराउने निर्णयतर्फ अघि बढेको छ।

‘विदेशी सहयोग लिनु कमजोरी होइन’

सभापति थापाले विपद्का बेला छिमेकी तथा अन्य मित्रराष्ट्रबाट सहयोग लिनु स्वाभाविक भएको बताए।

विशेषगरी सुरुङ उद्धारजस्तो जटिल र प्राविधिक काममा अनुभव तथा अत्याधुनिक उपकरण भएका देशको सहयोगले उद्धारको गति र सम्भावना बढाउन सक्ने उनको भनाइ छ ।

उनको तर्कमा विदेशी सहयोग स्वीकार गर्नु सरकार वा नेपाली सुरक्षाकर्मीको क्षमतामाथिको अविश्वास होइन। बरु उपलब्ध सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत परिचालन गरेर नागरिकको जीवन जोगाउनु राज्यको जिम्मेवारी हो।

यसअघि सरकारले नेपाली सुरक्षा निकायबाटै खोज तथा उद्धार भइरहेको भन्दै तत्काल विदेशी सहयोग आवश्यक नरहेको बताएको थियो। तर, सुरुङमा फसेकाहरूको उद्धारमा थप प्राविधिक जटिलता देखिएपछि सरकार विदेशी उद्धारकर्तालाई सहभागी गराउने निर्णयमा पुगेको विवरण सार्वजनिक भएको छ।

‘उद्धारमा ढिलाइ गर्ने अवस्था छैन’

थापाले विपद्को समयमा सरकारका कमजोरी औंल्याउनु राजनीतिक आलोचना नभई सहयोग भएको स्पष्ट पारे। उद्धारमा देखिएका ‘ग्याप’ पहिचान गरेर तत्काल सुधार गर्नुपर्ने उनको भनाइ छ।

स्थानीय तहलाई समेत साथ लिएर संघीय सरकारले उद्धार अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको तर्क छ।

यसैबीच, कांग्रेसले विपद् प्रभावित क्षेत्रमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ। पार्टीका कुनै पनि तहबाट सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न थापाले निर्देशन दिएका छन्।

‘हरितालिका तीज लगायतका पर्वहरूलाई सामान्य रूपमा मनाउन सकिन्छ तर सार्वजनिक उत्सव र भड्किलो कार्यक्रम नगर्न म आग्रह गर्दछु,’ उनले भने।

जय नेपाल पार्टीमा धवलपछिकाे नेता मुकुन्दश्याम गिरी

 काठमाडौं । डा. धवलशमशेर राणा सभापति हुनेगरी प्रस्तावित जय नेपाल पार्टीले १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ।
समितिमा राणापछिकाे दाेस्राे वरियतामा नेता मुकुन्दश्याम गिरी छन् ।

पार्टी सचिवालय प्रमुख सगुनसुन्दर लावतीले सार्वजनिक गरेको नामावलीअनुसार केन्द्रीय सदस्यहरूको मर्यादाक्रम भने पछि तय गर्ने जनाएको छ।

यस्ताे छ- केन्द्रीय समिति

१. डा. धवलशम्सेर राणा, सभापति (बाँके)
२. मुकुन्दश्याम गिरी, केन्द्रीय सदस्य (सुर्खेत)
३. दिल विकाश राजभण्डारी, केन्द्रीय सदस्य (काठमाडौं)
४. नारायण प्रसाद कोइराला, केन्द्रीय सदस्य (पाल्पा)
५. कर्ण बहादुर शाही, केन्द्रीय सदस्य (काठमाडौंं)
६. केशव राज श्रेष्ठ, केन्द्रीय सदस्य (काठमाडौंं)
७. नवराज सिंखडा, केन्द्रीय सदस्य (काठमाडौंं)
८. सगुन सुन्दर लावती, केन्द्रीय सदस्य (पाँचथर)
९. धनसुर शाही, केन्द्रीय सदस्य (कालिकोट)
१०. सुरेश आचार्य, केन्द्रीय सदस्य (ललितपुर)
११. प्रज्जवल बोहरा, केन्द्रीय सदस्य (रुपन्देही)
१२. चिराग मान सिंह कुवर, केन्द्रीय सदस्य (काठमाडौंं)
१३. शशांक शम्सेर थापा, केन्द्रीय सदस्य (काठमाडौंं)
१४. रंजन कार्की, केन्द्रीय सदस्य (दोलखा)
१५. फणीराज लोहनी, केन्द्रीय सदस्य (नुवाकोट)
१६. प्रकाश जंग कार्की, केन्द्रीय सदस्य (स्याङजा)
१७. उदयराज पोखरेल, केन्द्रीय सदस्य (स्याङजा)
१८. रामराज कोइराला, केन्द्रीय सदस्य (गोरखा)
१९. कालि बहादुर शाही, केन्द्रीय सदस्य (हुम्ला)
२०. लालगोपाल अर्याल, केन्द्रीय सदस्य (स्याङजा)
२१. खड्ग बहादुर घिमिरे, केन्द्रीय सदस्य (सुनसरी)
२२. शशी कुमार सिल्वाल, केन्द्रीय सदस्य (काठमाडौंं)
२३. किरण ढुंगेल, केन्द्रीय सदस्य (रामेछाप)
२४. प्रभात योगी, केन्द्रीय सदस्य (दाङ)
२५. निराजन बम, केन्द्रीय सदस्य (कालिकोट)
२६. केदार बहादुर धमला, केन्द्रीय सदस्य (काठमाडौंं)
२७. जनक बहादुर सिंह, केन्द्रीय सदस्य (सुर्खेत)
२८. दमन बस्नेत, केन्द्रीय सदस्य (सिन्धुपाल्चोक)
२९. प्रेम देशार, केन्द्रीय सदस्य (ललितपुर)
३०. विकास कपाली, केन्द्रीय सदस्य (काठमाडौंं)
३१. यादव राज पाण्डेय, केन्द्रीय सदस्य (पर्वत)
३२. ठमान सिंह तामाङ, केन्द्रीय सदस्य (काठमाडौंं)
३३. पशुपति कठायत, केन्द्रीय सदस्य (काठमाडौंं)
३४. होमनाथ गौतम, केन्द्रीय सदस्य (मकवानपुर)
३५. जयप्रकाश बगाले, केन्द्रीय सदस्य (गोरखा)
३६. इश्वरी प्रसाद भट्टराई, केन्द्रीय सदस्य (काठमाडौंं)
३७. मनसुर सुनार, केन्द्रीय सदस्य (जुम्ला)
३८. राम नरेश यादव, केन्द्रीय सदस्य (धनुषा)
३९. भिम बहादुर शाही, केन्द्रीय सदस्य (जुम्ला)
४०. नवोदित गिरी, केन्द्रीय सदस्य (धनुषा)
४१. प्रेम चन्द, केन्द्रीय सदस्य (वैतडी)
४२. विश्वदेव शाह, केन्द्रीय सदस्य (दाङ)
४३. चेतनाथ थापा, केन्द्रीय सदस्य (झापा)
४४. कृष्ण बहादुर बस्नेत, केन्द्रीय सदस्य (दोलखा)
४५. रोशन कुमार सिंह, केन्द्रीय सदस्य (धनुषा)
४६. पवित्रा सुब्बा श्रेष्ठ, केन्द्रीय सदस्य (बाँके)
४७. मिना शाही, केन्द्रीय सदस्य (ललितपुर)
४८. राधा कुमारी शाही शाह, केन्द्रीय सदस्य (अछाम)
४९. उमा श्रेष्ठ, केन्द्रीय सदस्य (काठमाडौंं)
५०. लक्ष्मी कुमारी हमाल, केन्द्रीय सदस्य (बाँके)
५१. राधिका जोशी, केन्द्रीय सदस्य (कंचनपुर)
५२. समृद्धी राणा, केन्द्रीय सदस्य (उदयपुर)
५३. सुमिरा कार्की, केन्द्रीय सदस्य (काठमाडौंं)
५४. अन्जना शाह रावल, केन्द्रीय सदस्य (काठमाडौंं)
५५. वविना मोक्तान लावती, केन्द्रीय सदस्य (पाँचथर)
५६. अन्जु कुमारी थपलिया, केन्द्रीय सदस्य (सर्लाही)
५७. रेश्मा राणा, केन्द्रीय सदस्य (काठमाडौंं)
५८. संगीता सिलवाल (ऐर), केन्द्रीय सदस्य (काठमाडौंं)
५९. उगुना शाही, केन्द्रीय सदस्य (जुम्ला)
६०. सोनिसा रिजाल, केन्द्रीय सदस्य (पर्वत)
६१. सुषमा रिजाल (रेग्मी), केन्द्रीय सदस्य (ललितपुर)
६२. शान्ता कुमारी चन्द, केन्द्रीय सदस्य (बागलुङ)
६३. रमिता देशार, केन्द्रीय सदस्य (ललितपुर)
६४. वेवी शाह, केन्द्रीय सदस्य (बर्दिया)
६५. मनमाया भोमजन तामाङ, केन्द्रीय सदस्य (ललितपुर)
६६. गोविन्द बहादुर बोगटी क्षेत्री, केन्द्रीय सदस्य (स्याङजा)
६७. अन्जु श्रेष्ठ खत्री क्षेत्री, केन्द्रीय सदस्य (काठमाडौंं)
६८. प्रेम नाथ दुलाल, केन्द्रीय सदस्य (काठमाडौंं)
६९. कविता आचार्य, केन्द्रीय सदस्य (मोरङ)
७०. कासिन्द्रा यादव, केन्द्रीय सदस्य (सिराहा)
७१. उमेश कुमार महतो, केन्द्रीय सदस्य (सिराहा)
७२. नानी मैयाँ आचार्य, केन्द्रीय सदस्य (नुवाकोट)
७३. चम्पा देवी अधिकारी, केन्द्रीय सदस्य (काठमाडौंं)
७४. बेद बहादुर शाही, केन्द्रीय सदस्य (जुम्ला)
७५. बिन्दु चर्ति मगर, केन्द्रीय सदस्य (बाँके)
७६. डा. गोविन्द आचार्य, केन्द्रीय सदस्य (सुर्खेत)
७७. शोइजन शेर्पा, केन्द्रीय सदस्य (इलाम)
७८. विद्या शर्मा, केन्द्रीय सदस्य (दैलेख)
७९. राज कुमार जोशी, केन्द्रीय सदस्य (पाँचथर)
८०. रमेश श्रेष्ठ, केन्द्रीय सदस्य (सुनसरी)
८१. भरत मल्ल, केन्द्रीय सदस्य (बारा)
८२. जलेश्वर साह सोनार, केन्द्रीय सदस्य (पर्सा)
८३. श्याम कुमार लावती, केन्द्रीय सदस्य (सुनसरी)
८४. कृष्ण अग्रवाल, केन्द्रीय सदस्य (झापा)
८५. प्रेम बिसी, केन्द्रीय सदस्य (सुर्खेत)
८६. वरुण विक्रम राणा, केन्द्रीय सदस्य (कास्की)
८७. टीका वली, केन्द्रीय सदस्य (रोल्पा)
८८. प्रविन शेरचन, केन्द्रीय सदस्य (मुस्ताङ)
८९. देवेन्द्र खड्का, केन्द्रीय सदस्य (दोलखा)
९०. कल्याण खड्का, केन्द्रीय सदस्य (झापा)
९१. ऋषिराज देवकोटा, केन्द्रीय सदस्य (बाँके)
९२. हरिकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य (सुनसरी)
९३. डा. महेन्द्र कार्की, केन्द्रीय सदस्य (कास्की)
९४. राम बहादुर शाही, केन्द्रीय सदस्य (म्याग्दी)
९५. नरेन्द्र पौडेल, केन्द्रीय सदस्य (बाँके)
९६. ओम प्रकाश आजाद, केन्द्रीय सदस्य (बाँके)
९७. दान बहादुर विष्ट, केन्द्रीय सदस्य (खोटाङ)
९८. सत्येन्द्र सिंह, केन्द्रीय सदस्य (रौतहट)
९९. रवी रिजाल, केन्द्रीय सदस्य (मोरङ)
१००. रामनाथ सिंह, केन्द्रीय सदस्य (महोत्तरी)
१०१. सुरेश साह, केन्द्रीय सदस्य (महोत्तरी)
१०२. श्यामल कृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य (काठमाडौं)
१०३. योगेन्द्र बोहरा, केन्द्रीय सदस्य (इलाम)
१०४. राम विलास मेहता, केन्द्रीय सदस्य (सुनसरी)
१०५. मो. तजमुल मिया, केन्द्रीय सदस्य (सुनसरी)
१०६. मनोज सिंह, केन्द्रीय सदस्य (सल्यान)
१०७. केशव कुमार पोखरेल, केन्द्रीय सदस्य (महोत्तरी)
१०८. दिलीप धाडेवा, केन्द्रीय सदस्य (मोरङ)
१०९. प्रवीण शाही ठकुरी, केन्द्रीय सदस्य (म्याग्दी)
११०. सन्देश शाही, केन्द्रीय सदस्य (कालिकोट)
१११. सुरेश लिम्बु, केन्द्रीय सदस्य (ताप्लेजुङ)
११२. चन्द्रकान्त भण्डारी, केन्द्रीय सदस्य (कंचनपुर)
११३. भद्र बहादुर शाही, केन्द्रीय सदस्य (अछाम)
११४. नीतु चन्द, केन्द्रीय सदस्य (बाँके)
११५. गोविन्द पाण्डे, केन्द्रीय सदस्य (कैलाली)
११६. खेम राज ओझा, केन्द्रीय सदस्य (सुनसरी)
११७. पवन मिश्र, केन्द्रीय सदस्य (रुपन्देही)
११८. गोमा (गीता) तिमलसिना, केन्द्रीय सदस्य (सिन्धुपाल्चोक)
११९. कृष्ण गिरी, केन्द्रीय सदस्य (नवलपरासी पश्चिम)
१२०. धनन्जय पाण्डे, केन्द्रीय सदस्य (नवलपुर)
१२१. मिना कडेल, केन्द्रीय सदस्य (कैलाली)
१२२. विश्व राज पौडेल, केन्द्रीय सदस्य (कास्की)
१२३. डा. दुर्गा बहादुर अधिकारी, केन्द्रीय सदस्य (मोरङ)
१२४. सुरज जंग शाही, केन्द्रीय सदस्य (दैलेख)
१२५. शशी शर्मा, केन्द्रीय सदस्य (मोरङ)
१२६. महेश बस्न्यात, केन्द्रीय सदस्य (ललितपुर)
१२७. कुल बहादुर डाँगी, केन्द्रीय सदस्य (दाङ)
१२८. प्रदीप शर्मा (पुडासैनी), केन्द्रीय सदस्य (मोरङ)
१२९. सिवाङ्गीनी राणा, आमन्त्रित केन्द्रीय सदस्य (बाँके)
१३०. अन्जली गिरी, आमन्त्रित केन्द्रीय सदस्य (सुर्खेत

८ सदस्यीय सल्लाहकार समिति

जय नेपाल पार्टीले आठ सदस्यीय सम्मानित सल्लाहकार समिति पनि गठन गरेको छ। समितिको संयोजकमा दिलविकाश राजभण्डारी रहेका छन्।

समितिका सदस्यहरूमा प्रजापति कोइराला, मिरा राणा, डम्बर कार्की, क्या. जसबहादुर खेवाङ, लक्ष्मी माखिम, लक्ष्मी श्रेष्ठ र जगतजंग लावती रहेका छन्।

प्रस्तावित जय नेपाल पार्टीले नयाँ राजनीतिक संगठनका रूपमा आफ्नो सांगठनिक संरचना विस्तार गर्ने क्रममा केन्द्रीय कार्यसमिति घोषणा गरेको हो।

सार्वजनिक गरिएको नामावलीमा विभिन्न भूगोल, समुदाय तथा पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई समेटिएको देखिन्छ।

पार्टीको आगामी राजनीतिक तथा सांगठनिक गतिविधि भने केन्द्रीय समितिको बैठक र पार्टीको औपचारिक प्रक्रियाबाट अघि बढ्ने बताइएको छ।

त्रिशूली-३ ‘बी’ मा १२२ जना फसेकाे आशंका, खाेज्दै उद्धार टाेली

काठमाडाैं । मजदुर र प्राविधिक गरी १२२ जना फसेकाे त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धारकर्मी पुगेकाे छ ।

नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा पुगेकाे हाे । त्यहाँबाट यसअघि ९१ जनाकाे उद्धार गरिएकाे थियाे । बाँकी सम्पर्कविहीन छन् ।

साेही आयाेजनास्थलमा आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको कांग्रेसका बागमती प्रदेश सांसद रमेश महतले जानकारी दिए ।

उनका अनुसार टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धारलाई सुरक्षित रूपमा अघि बढाइरहेको हाे।

माैसम भने  प्रतिकूल छ । भाैगाेलिक अवस्था पनि चुनौतीपूर्ण रहेकाे छ । यसका बाबजुद पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको हाे ।

बाढीको मौका छोपेर पत्रपत्रिकाको विज्ञापन रकम काटियो भन्दै महासंघ आक्रोशित

काठमाडौं । भोटेकोशीको बाढीले देश शोकमा डुबिरहेका बेला सरकारले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार विज्ञप्ति जारी गर्दै सरोकारवालासँग छलफल नगरी कार्यविधि संशोधन गरेर विज्ञापनबापतको रकम घटाइएको भन्दै सरकारको निर्णयको विरोध गरेका हुन् ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भदौ ५ गते स्वीकृत गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ ले मोफसलबाट प्रकाशित हुने पत्रपत्रिकाले पाउँदै आएको रकममा ५० प्रतिशत कटौती गरेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आर्थिक वर्ष २०८३/८४ को बजेटबाटै लोककल्याणकारी विज्ञापनको बजेट बढाएर कार्यान्वयनमा आइसकेको अवस्थामा त्यससँग मेल नखाने गरी नयाँ कार्यविधि ल्याइएको हो ।

स्थानीयदेखि राष्ट्रिय तहसम्मका सञ्चारमाध्यमले नागरिकका आवाज बाहिर ल्याउने र सरकारका गतिविधिबारे जनतालाई जानकारी गराउने काम गर्दै आएको उल्लेख गर्दै महासंघले उनीहरूलाई आर्थिक संकटमा धकेल्ने निर्णय स्वीकार्य नहुने जनाएको छ ।

सरोकारवाला पक्षसँग कुनै परामर्श नगरी सञ्चारमाध्यमको भविष्यमा प्रतिकूल असर पर्ने निर्णय गर्नु निन्दनीय भएको महासंघको भनाइ छ । विज्ञापनको रकम कटौतीले सञ्चारकर्मीको रोजगारी र सञ्चारमाध्यमको निरन्तरतामै असर पार्ने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।

महासंघले कटौती गरिएको रकम तत्काल फिर्ता गरी साविककै दर कायम गर्न सरकारसँग माग गरेको छ । साथै अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको छ ।

माग तत्काल सम्बोधन नगरिए सरकारी निर्णयविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ ।

बाढीपीडितका लागि ईयूले पठायो २० लाख युरो

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि युरोपियन युनियन (ईयू) ले नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपत्कालीन अवस्थामा प्रभावित नागरिकका तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम उपलब्ध गराउने जनाएको हो । सहायता रकमबाट खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आश्रयलगायतका क्षेत्रमा सहयोग गरिनेछ ।

ईयूको सहयोग प्राप्त साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा राहत वितरणसमेत सुरु गरिसकेका छन् । बाढीपछि ती संस्थाले पूर्वतयारी अवस्थामा राखिएका आश्रय तथा राहत सामग्री तत्काल प्रभावित समुदायसम्म पुर्‍याउन थालेका हुन् ।

ईयूका अनुसार यो सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि छुट्याइएको करिब ३० लाख युरोको मानवीय सहयोगभन्दा अतिरिक्त हो ।

बाढीपछिको प्रतिकार्य समन्वय गर्न ईयूले एसियाका लागि ‘र्‍यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिन र स्थानीय प्रतिकार्यलाई सहयोग पुर्‍याउन ईयूले ‘कोपरनिकस’ भू–उपग्रह सेवा पनि सक्रिय गरेको छ ।

ईयू कमिस्नर फर प्रिपेयर्डनेस एन्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीले सडक तथा बस्तीमा ठूलो क्षति पुर्‍याउनुका साथै कतिपय गाउँलाई सम्पर्कविहीन बनाएको उल्लेख गरेकी छन् । विपद्का कारण परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेको भन्दै उनले प्रभावित समुदायलाई तत्काल स्वास्थ्य सेवा, खाद्यान्न, खानेपानी र आश्रय आवश्यक रहेको बताइन् ।

ईयूले यस कठिन घडीमा नेपालका प्रभावित समुदायलाई साथ दिने प्रतिबद्धता जनाउँदै तत्कालीन मानवीय आवश्यकताका लागि २० लाख युरो सहायता उपलब्ध गराएको जनाएको छ ।

जमिनमुनि व्यवस्थापन गरिँदै छ बेवारिसे शव (तस्वीर)

चितवन। रसुवा बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शव व्यवस्थापनका लागि चितवनको देवघाट क्षेत्रको वनभित्र खाडल तयार पारिएको छ ।

नारायणी नदीमा बाढीले बगाएर ल्याएका बेवारिसे शव व्यवस्थापन गर्न वन क्षेत्रमा खाडल खनिएको हो । करिब २ सयवटा पहिचान नखुलेका शव ती खाडलमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

बाढीपछि नारायणीमा भेटिएका शवमध्ये कतिपय सडेगलेको अवस्थामा रहेकाले संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सुरक्षित रूपमा व्यवस्थापनको तयारी गरेको हो ।


 

तस्बिर : निशा श्रेष्ठ/प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

चार दिनपछि चाउचाउ लिएर रसुवा पुग्यो सरकार

रसुवा। भोटेकोशी बाढीको चार दिनपछि विनाशको मुख्य केन्द्र मानिएको टिमुरे–रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति देखिएको छ ।

बाढीले तहसनहस पारेको क्षेत्रमा शनिबार हेलिकप्टरबाट राहतका सामग्री झार्दै सरकारले आफ्नो उपस्थिति जनाउन थालेको हो ।

गृह मन्त्रालयका अनुसार रसुवाको भयावह अवस्थालाई सामान्य बनाउन सहसचिवको नेतृत्वमा छुट्टै टोली परिचालन गरिएको छ । मन्त्रालयका सहसचिव बासुदेव घिमिरेलाई प्रभावित क्षेत्रमा खटाइएको हो ।

घिमिरेले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सम्बन्धित संयन्त्रसँग समन्वय गरी उद्धार तथा राहतलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन् ।

बुधबार आएको बाढीले सबैभन्दा ठूलो क्षति पुर्‍याएका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावतीलगायतका क्षेत्रमा उद्धार तथा राहत पर्याप्त नपुगेको गुनासो बढेपछि गृह मन्त्रालयले छुट्टै टोली पठाएको हो ।

रसुवामा गृह मन्त्रालयबाटै खटाइएका उपसचिव दर्जाका प्रमुख जिल्ला अधिकारी छन् । तर, विपद्को भयावह अवस्था र स्थानीय संयन्त्रले मात्रै व्यवस्थापन गर्न कठिन भएपछि सहसचिवकै नेतृत्वमा थप समन्वय संयन्त्र परिचालन गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।

घिमिरे यसअघि सुनसरीको कप्तानगञ्ज घटनापछि गृह मन्त्रालयमा सरुवा भएका थिए । उपसचिव हुँदा उनले रसुवाको प्रमुख जिल्ला अधिकारीका रूपमा समेत काम गरिसकेका छन् ।

बाढी गएको चार दिनसम्म उद्धार तथा राहतमा राज्यको उपस्थिति कमजोर देखिएको भन्दै आलोचना भइरहेका बेला गृह मन्त्रालयले उच्च तहको टोली पठाएको हो ।

शनिबार हेलिकप्टरबाट चाउचाउलगायत राहत सामग्री पुर्‍याउन थालिएपछि टिमुरे–रसुवागढी क्षेत्रमा सरकारी उद्धार संयन्त्र सक्रिय हुन थालेको देखिएको छ।

तीन दिनपछि खुल्यो वैकल्पिक बाटो

काठमाडौं । भोटेकोशीको बाढीले पृथ्वी राजमार्गसँग धादिङबेँसी जोड्ने पुल बगाएपछि तीन दिनदेखि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम फेरि सडक सञ्जालमा जोडिएको छ।

बाढीले मुख्य पुल नै बगाएपछि धादिङबेँसीसँगको सडक कनेक्सन टुटेको थियो। त्यसपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा ल्याएर सदरमुकामसम्मको आवागमन जोडेको हो।

शनिबारदेखि परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टसम्मको सडक सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

वैकल्पिक सडक खुलेसँगै तीन दिनदेखि सडक सम्पर्कविहीन बनेको धादिङबेँसीमा अब राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढीका कारण धादिङका विभिन्न स्थानमा सडक तथा पुलमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमन अझै चुनौतीपूर्ण रहेको छ।

देश शोकमा रहेकाले ‘ककाकिकी’को प्रदर्शन सर्‍यो

काठमाडौं। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको हास्यप्रधान चलचित्र ‘ककाकिकी’को रिलिज मिति सरेको छ।

निर्देशक विक्की अग्रवालले शनिबार सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन स्थगित गरिएको जानकारी दिएका हुन्। देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला हास्य चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षसहित रिलिज मिति सारिएको उनले बताएका छन्।

निर्देशक अग्रवालका अनुसार विभिन्न छलफल, सल्लाह र बैठकपछि अहिले चलचित्र प्रदर्शन गर्नुभन्दा विपत्तिबाट सम्हालिन देशलाई समय दिनु उचित हुने निष्कर्ष निकालिएको हो। आर्थिक रूपमा नोक्सान बेहोर्नुपरे पनि अहिलेको परिस्थितिलाई प्राथमिकता दिँदै चलचित्रको प्रदर्शन पछि सारिएको उनको भनाइ छ।

यसअघि भदौ १९ का लागि तय भएको चलचित्र अब मङ्सिर ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्देशक अग्रवालले नोभेम्बर २७ अर्थात् मङ्सिर ११ गते चलचित्र प्रदर्शन गर्ने निर्णय भएको बताएका छन्।

‘ककाकिकी’को कथा तथा पटकथा विक्की अग्रवाल, सरोज भण्डारी र विकास अर्यालले तयार पारेका हुन्।

चलचित्रमा रेखा थापा, गौरी मल्ल, तृप्ती नाड्कर, महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर र सुवर्ण थापालगायत कलाकारको अभिनय रहेको छ।

रसुवा बाढी : चितवनमा बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिँदै

चितवन। भोटेकोशीमा आएको भीषण बाढीपछि नारायणी नदीमा भेटिएका पहिचान नखुलेका शव जंगलमा गाडेर व्यवस्थापन गरिने भएको छ ।

चितवनमा भेटिएका सडेगलेका तथा बेवारिसे शवको पहिचानका लागि ट्याग लगाउने र डीएनए नमुना संकलन गर्ने कामसँगै सुरक्षित व्यवस्थापनको तयारी गरिएको हो ।

संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै शव व्यवस्थापन गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार भरतपुर महानगरपालिका–१ अन्तर्गत रामनगर–देवघाट सडकखण्ड नजिकको जंगलमा शव गाडिनेछ । त्यसका लागि सुरक्षाकर्मीको उपस्थितिमा दुईवटा डोजर प्रयोग गरी जंगलको बीच भागमा खाल्डोसमेत तयार पारिएको छ ।

चितवनमा बाढीपछि अहिलेसम्म २ सय ३३ शव फेला परेका छन् । तीमध्ये हालसम्म ६ वटा शवको मात्र पहिचान खुलेको जनाइएको छ।

विदेशी उद्धार टोली बोलाउन ढिलाइ नभएको परराष्ट्रमन्त्री खनालको दाबी

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका नागरिकको उद्धारका लागि विदेशी सहयोग लिन ढिलाइ भएको भन्ने बुझाइ गलत रहेको बताएका छन् ।

मन्त्रालयमा आयोजित प्रेस मिटमा उनले भारतबाट ११ जना सुरुङ विज्ञ उद्धार कार्यमा परिचालन भइसकेको र चीनबाट पनि विज्ञ टोली नेपाल आउने तयारीमा रहेको जानकारी दिए ।

सुरुङमा फसेकाको उद्धारका लागि तीन दिनपछि मात्रै विदेशी सहयोग मागिएको हो कि भन्ने प्रश्नमा मन्त्री खनालले घटनापछि आवश्यक प्रक्रिया क्रमशः अघि बढाइएको बताए । औपचारिक सञ्चार प्रक्रियामा सूचना सार्वजनिक हुन लाग्ने समयलाई आधार बनाएर सरकारको पहल नै ढिलो भएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो ।

‘पहिलो दिन डिजास्टर भयो, दोस्रो दिन एसेसमेन्ट भयो, तेस्रो दिन यहाँ मान्छे आयो,’ खनालले भने ।

विदेशी विज्ञ तेस्रो दिन नेपाल आइपुगेको भन्दै त्यसअघि कुनै पहल नभएको भाष्य बनाउन उचित नहुने उनले बताए । औपचारिक संयन्त्रमार्फत समन्वय र सञ्चारको प्रक्रिया त्यसअघि नै सुरु भएको उनको दाबी थियो ।

मन्त्री खनालका अनुसार भारतबाट आएका ११ जना सुरुङ विज्ञ अहिले नै उद्धार कार्यमा खटिएका छन् भने चीनबाट पनि विशेषज्ञ टोली छिट्टै नेपाल आइपुग्नेछ।

नाइजरमा १० महिना हिरासतमा रहेका पत्रकार रिहा

एजेन्सी। नाइजरको राजधानी नियामेमा रहेको निजी टेलिभिजन स्टेसन साराउनियाका पत्रकार इब्रो चाइबोउ १० महिना हिरासतमा बसेपछि शुक्रबार रिहा भएका छन् ।

साराउनिया च्यानलले विज्ञप्ति जारी गर्दै चाइबोउले १० महिनापछि स्वतन्त्रता पाएको जनाएको छ । उनलाई नियामेबाट करिब ५० किलोमिटर दक्षिणपश्चिममा रहेको कोल्लो जेलमा राखिएको थियो ।

नाइजेरियाली पत्रकार सङ्गठनका अनुसार सैन्य शासनले पूर्वपरीक्षण हिरासतमा राखेका पत्रकारमध्ये चाइबोउ अन्तिम व्यक्ति थिए । नाइजरमा सन् २०२३ देखि सैन्य शासन कायम छ र प्रेस स्वतन्त्रता उल्लङ्घन भएको भन्दै गैरसरकारी संस्थाहरूले पटक–पटक चिन्ता व्यक्त गर्दै आएका छन् ।

चाइबोउलाई गत नोभेम्बरमा सार्वजनिक व्यवस्थामा खलल पार्न सक्ने सामग्री प्रसार गरेको आरोपमा अन्य ६ पत्रकारसहित पक्राउ गरिएको थियो ।

पक्राउ परेकामध्ये साराउनियाका निर्देशक मौसा काकासहित चार जनामाथि मुद्दा चलाइएको थियो । अन्य तीन जना भने यसअघि नै जमानतमा रिहा भएका थिए ।

चाइबोउसँगै अनलाइन प्रकाशन लेस इकोस डु नाइजर का प्रधानसम्पादक युसुफ सेरिबा र ले हेरिसन का निर्देशक ओमारौ केनलाई पनि जेल चलान गरिएको थियो । सेरिबा र केन जुलाईमै अस्थायी रूपमा रिहा भएका थिए ।

पत्रकारहरूको गिरफ्तारी सेनाले जनताबाट आर्थिक सहयोग जुटाउन स्थापना गरेको कोषसम्बन्धी सूचना चुहिएको घटनासँग जोडिएको थियो । उक्त सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अपदस्थ राष्ट्रपति मोहम्मद बाजोमका समर्थकहरूले सैन्य शासनको आलोचना गर्न प्रयोग गरेको आरोप लगाइएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्ष मात्रै नाइजरमा १३ जना पत्रकार पक्राउ परेका थिए ।

बाढीका घाइतेको उपचार काठमाडौंका १३ अस्पतालमा

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट उद्धार गरी काठमाडौं ल्याइएका घाइतेहरूको उपचार राजधानीका विभिन्न १३ अस्पतालमा भइरहेको छ ।

घाइतेको उपचार सहज बनाउन तथा आफन्तलाई बिरामीको अवस्थाबारे जानकारी लिन सजिलो होस् भनेर सम्बन्धित अस्पतालहरूको नाम र सम्पर्क विवरण सार्वजनिक गरिएको छ ।

घाइतेहरूको उपचार महाराजगन्जस्थित टिचिङ अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धस्थित वीर अस्पताल, नेपाल मेडिकल कलेज, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र बलम्बुस्थित एपीएफ अस्पतालमा भइरहेको छ ।

त्यस्तै, स्वयम्भूस्थित मनमोहन अस्पताल, बसुन्धराको ग्रिनसिटी अस्पताल, धुम्बाराहीको हेम्स अस्पताल, थापाथलीको नर्भिक अस्पताल, धापासीको ग्रान्डी अस्पताल, मनमैजुको मनमैजु शुभम् अस्पताल र थापाथलीस्थित प्रसूति गृहमा समेत घाइतेको उपचार भइरहेको जनाइएको छ ।

सम्बन्धित अस्पतालमा उपचाररत घाइतेका आफन्त तथा सरोकारवालाले अस्पताल प्रशासनसँग सम्पर्क गरी बिरामीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिन सक्नेछन् ।

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी खटिए

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका भनिएका नागरिकको उद्धारका लागि सुरक्षाकर्मीले प्रयास तीव्र पारेका छन्।

शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाएर भित्र पस्ने बाटो खोल्ने कामलाई तीव्रता दिइएको हो।

उद्धारका लागि नेपाली सेनाका ६२ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली शुक्रबार रातिदेखि नै घटनास्थलमा निरन्तर खटिएको छ।

प्रतिकूल मौसमका कारण उद्धार कार्यमा चुनौती थपिएको छ। त्यसका बाबजुद सुरुङभित्र पुगेर सम्भावित रूपमा फसेकाहरूको खोजी गर्ने प्रयास जारी रहेको छ।

यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको विशेषज्ञ टोली पनि त्रिशूली पुगेको छ।

टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा प्रारम्भिक निरीक्षण गरी आवश्यकताअनुसार उद्धार अभियान अघि बढाउने तयारी गरेको छ।

बाढीको बेला गुगलमै पाइनेछ आपतकालीन सूचना

काठमाडौं । नेपालमा बाढी तथा अन्य प्राकृतिक विपद्का बेला नागरिकलाई आवश्यक सूचना छिटो उपलब्ध गराउन गुगलले ‘आपतकालीन सूचना सेवा’ सुरु गरेको छ ।

यो सेवा सक्रिय भएपछि गुगलको होमपेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ नामको लिंक देखिनेछ ।

लिंकमा गएपछि प्रयोगकर्ताले बाढी प्रभावित क्षेत्रको नक्सा, गुगलले जारी गरेका ‘फ्लड अलर्ट’ तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सम्बन्धित समाचार एउटै स्थानबाट हेर्न सक्नेछन् ।

विपद्का बेला फैलिन सक्ने गलत सूचनाबाट जोगाउँदै नागरिकलाई आवश्यक र समयमै सूचना उपलब्ध गराउन यो सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाढीमा बेपत्ता ओखलढुंगेलीको खोजी गर्न सरकारलाई खतिवडाको दबाब

काठमाडौं। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेका ओखलढुंगाका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति एवं पूर्वसांसद रामहरि खतिवडाको नेतृत्वमा गएको टोलीले गृहसचिवलाई भेटेर सम्पर्कविहीन नागरिकको अवस्थाबारे परिवारलाई तत्काल जानकारी गराउन आग्रह गरेको हो।

भेटमा खतिवडाले सम्पर्कविहीन नागरिक जुनसुकै स्थानमा रहेको भए पनि खोजीका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न माग गरे। साथै, उद्धारमा ढिलाइ नगर्न र परिवारलाई यथाशीघ्र वास्तविक अवस्थाबारे जानकारी दिन आग्रह गरिएको थियो।

जवाफमा गृहसचिवले सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि टोली परिचालन भइरहेको जानकारी दिए। केही नागरिक सुरुङभित्र रहेको सूचना प्राप्त भएको भन्दै उनीहरूको उद्धारका लागि आवश्यक काम भइरहेको उनले बताएका थिए।

बाढीपीडितका लागि राहत सामग्री व्यवस्थापन तथा वितरणलाई समेत प्राथमिकतामा राखिएको गृहसचिवले जानकारी गराएका थिए।

भेटमा कोशी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री प्रदीप सुनुवार, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, ट्रेड युनियनका पूर्वअध्यक्ष खिलानाथ दाहाल, नेता बालकृष्ण दाहाल, नेपाली कांग्रेसकी पूर्वसभापति गोमा केसी, पार्टी सचिव अजय लुइटेललगायत सहभागी थिए।

टोलीले विपद्मा परेका नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र राहत वितरणमा कुनै कमजोरी हुन नदिन सरकारलाई निरन्तर प्रभावकारी रूपमा काम गर्न आग्रह गरेको छ।

तस्वीरहरू:

सुरुङमा फसेकाको उद्धार गर्न चीनबाट दुई टोली आउँदै

काठमाडौं । सुरुङमा फसेका नेपालीको उद्धारका लागि चीनले विशेषज्ञ टोली नेपाल पठाउने भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालको आग्रहपछि चिनियाँ उद्धार तथा प्राविधिक विशेषज्ञसहितका दुई टोली नेपाल आउन लागेका हुन्। सम्भवतः टोली आजै नेपाल आइपुग्ने र भोलिदेखि उद्धार कार्यमा खटिनेछ।

बाढी प्रभावित क्षेत्रमा बाहिर जोखिममा परेका नागरिकको उद्धार जारी रहे पनि विभिन्न सुरुङभित्र फसेकाको उद्धारका लागि थप दक्ष जनशक्ति आवश्यक परेपछि नेपालले भारत र चीनसँग सहयोग मागेको थियो।

भारतले आवश्यक ११ सदस्यीय उद्धार टोली यसअघि नै नेपाल पठाइसकेको छ। उक्त टोली प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिइसकेको छ।

चीनबाट पनि दुईवटा विशेषज्ञ टोली नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् झोला [तस्वीरहरू]

धादिङ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालयमा क्षति पुर्‍याएको छ।

बाढीको लेदो विद्यालयको प्रांगणदेखि कक्षाकोठासम्म पसेको छ। कक्षाकोठाभित्र अहिले पनि लेदो जमेको अवस्थामा छ।

भदौ १० गते बिहान विद्यार्थी विद्यालय पुगिसकेका थिए। तर, बाढी आएको खबर फैलिएपछि विद्यालयमा भागदौड मच्चिएको थियो। ज्यान जोगाउने क्रममा विद्यार्थीहरूले आफ्ना झोला कक्षामै छाडेर बाहिरिएका थिए।

बाढीपछि विद्यालय सुनसान बनेको छ भने विद्यार्थीले छाडेका झोला अझै कक्षाकोठामै छन्।

विद्यालयमा अध्ययनरत सबै विद्यार्थी भने सुरक्षित रहेको जनाइएको छ।

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको प्याकेज

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले करिब १५ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्स्थापना कार्यक्रम अघि सारेका छन्।

तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्मलाई समेटेर बहुचरणीय कार्यक्रम ल्याइएको हो। यसअन्तर्गत राहत वितरण, व्यवस्थित राहत शिविर सञ्चालन, ५०० वटा अस्थायी आवास निर्माण र दीर्घकालमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने योजना छ।

पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण भइरहेको छ। फाउन्डेसनका अनुसार भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन थालिएको हो।

स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एकवटा गरी दुईवटा राहत शिविर स्थापना गरिने भएको छ। शिविरमा दैनिक भोजनसँगै बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी र सरसफाइको व्यवस्था गरिनेछ।

त्यस्तै, धुलिखेल अस्पतालसँग सहकार्य गरी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ। प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै बाढीपछि फैलिन सक्ने रोगको रोकथाम तथा नियन्त्रणमा समेत ध्यान दिइने जनाइएको छ।

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न नसक्ने अवस्थामा पुगेका परिवारका लागि सरकार र स्थानीय तहसँगको समन्वयमा ५०० वटा अस्थायी आवास निर्माण गरिनेछ। स्थायी घर नबनेसम्म प्रभावित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने योजना छ।

यस्ता अस्थायी आवास नेपालमा भूकम्पपीडितका लागि चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रविधिमा आधारित हुने बताइएको छ।

त्यसपछि स्थायी पुनर्निर्माणतर्फ अघि बढ्दै प्रभावित समुदायका लागि आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा पनि सहयोग गर्ने योजना छ।

दीर्घकालीन कार्यक्रमअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गरिने भएको छ। केन्द्रबाट रोगको निगरानी, पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना र विपद्पछि फैलिन सक्ने संक्रमण नियन्त्रणका लागि संस्थागत क्षमता विकास गरिनेछ।

चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले अहिलेको प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा र उनीहरूको आधारभूत आवश्यकता पूरा गर्नु रहेको बताएका छन्।

उनका अनुसार सहयोग तत्कालीन राहतमा मात्र सीमित नराखी अस्थायी आवास, स्थायी पुनर्स्थापना र जनस्वास्थ्य तयारीसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

राहत तथा पुनर्स्थापनाका सबै काम सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था र स्वयंसेवकसँगको समन्वयमा अघि बढाइने जनाइएको छ। सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म सहायता पारदर्शी र व्यवस्थित रूपमा पुर्‍याउने दुवै संस्थाको प्रतिबद्धता छ।

आङ्देम्बेको ९ बुँदे सुझाव : छुट्टाछुट्टै हेलिकोप्टरदेखि विदेशी उद्धार टोलीसम्म

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत प्रभावकारी बनाउन ९ बुँदे सुझाव दिएका छन्।

शनिबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा आङ्देम्बेले बाढी प्रभावित नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत निरीक्षणबाट देखिएका समस्या प्रधानमन्त्रीसमक्ष राखेका हुन्।

उनले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर तत्काल परिचालन गर्नुपर्ने बताएका छन्। नेपाली सेनाले गरिरहेको उद्धार प्रयासको प्रशंसा गर्दै उनले हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउन, क्षतिग्रस्त पुलमध्ये तत्काल कम्तीमा सात स्थानमा बेलीब्रिज जडान गर्नसमेत माग गरेका छन्।

त्यस्तै, अवरुद्ध विद्युत् तथा सञ्चार सेवा तत्काल सञ्चालन गरी उद्धार र राहतको काम सहज बनाउनुपर्ने उनको सुझाव छ।

बाढीले बगाएर ल्याएका शव तथा बेपत्ताको खोजीलाई तीव्र पार्नुपर्ने भन्दै उनले शव पहिचान र व्यवस्थापनका लागि थप टोली परिचालन गर्न माग गरेका छन्। उद्धार गरिएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्‍याउने यातायात व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिनुपर्ने भन्दै आङ्देम्बेले नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न माग गरेका छन्।

राहत तथा उद्धारमा स्थानीय तहसँग संघीय सरकारले प्रभावकारी समन्वय गर्नुपर्ने र सहयोग गर्न इच्छुक सामाजिक संघसंस्थालाई समेत सहजीकरण गर्नुपर्ने उनले बताएका छन्।

सुरुङ, भग्नावशेष वा अन्य जोखिमपूर्ण स्थानमा नागरिक फसेको सम्भावना रहेकाले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिनुपर्ने सुझाव पनि उनले दिएका छन्।

त्यसैगरी, त्रिशूलीलगायत नदी क्षेत्रमा आवतजावत सहज बनाउन तत्काल तुइनको व्यवस्था गर्नुपर्ने आङ्देम्बेको माग छ।

विपद्को अवस्थामा नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उद्धार, राहत र पुनःस्थापनाका काम तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको उनले बताएका छन्।

गृहमन्त्रीमाथि कमेन्ट गर्दा प्रहरीको केरकार?

काठमाडौं । गृहमन्त्रीबारे सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको विषयमा सोधपुछका लागि बोलाइएका जाजरकोटका गणेशमानसिंह ठकुरी अस्पताल भर्ना भएपछि घटनाले नयाँ मोड लिएको छ।

वीर अस्पतालको आकस्मिक कक्षबाट सार्वजनिक भएको उनको भिडियोमा प्रहरीले आफूलाई धम्की दिएको र मानसिक यातना दिएको आरोप लगाइएको छ ।

कुशे गाउँपालिकाका ठकुरीले आफूले केही महिनाअघि गृहमन्त्रीसँग सम्बन्धित फेसबुक पोस्टमा ‘सहकारी ठग’ भन्दै कमेन्ट गरेको र त्यसपछि साइबर ब्यूरोबाट फोन आएपछि भोटाहिटीस्थित कार्यालयमा पुगेको बताएका छन् ।

उनका अनुसार ब्यूरोमा अधिकारीहरूले गृहमन्त्रीविरुद्ध टिप्पणी गरेको भन्दै आफूलाई जेल हाल्ने धम्की दिएका थिए । पटक-पटक केरकार गरिएको र विभिन्न प्रश्न सोधेर मानसिक दबाब दिएको उनको आरोप छ ।

ठकुरीका भाइ मानबहादुरका अनुसार साइबर ब्यूरोबाट बोलाएपछि गणेशमानसिंह आइतबार कार्यालय पुगेका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी शिक्षक सेवा आयोगको तयारी गरिरहेका थिए ।

भाइको दाबीअनुसार ब्यूरोमा दिनभरजसो राखेर सोधपुछ गरिएको थियो । त्यहाँ आफूलाई माथिल्लो तहको आदेशमा बोलाइएको बताइएको उनले जानकारी दिए ।

सोमबार पनि सोधपुछ दोहोरिएको र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार पुनः ब्यूरो पुगेपछि अवस्था असह्य बनेको परिवारको भनाइ छ ।

मानबहादुरका अनुसार सोधपुछका क्रममा पानी खान बाहिर निस्किएका गणेशमानसिंहले नजिकैको औषधि पसलबाट औषधि किनेर सेवन गरेका थिए । त्यसपछि उनलाई तत्काल उपचारका लागि वीर अस्पताल पठाइएको परिवारले जनाएको छ ।

तर, साइबर ब्यूरोले भने सामाजिक सञ्जालमा फैलिएको भिडियोले घटनाको वास्तविक सन्दर्भलाई तोडमोड गरेको दाबी गरेको छ । ब्यूरोका एसपी भाग्येन्द्र पुरुष ढकालका अनुसार ठकुरीलाई गृहमन्त्रीसँग सम्बन्धित विषयमा नभई अर्कै व्यक्तिको उजुरीमाथि अनुसन्धानका लागि बोलाइएको थियो ।

उनका अनुसार इलामका एक होटल व्यवसायीले आफ्नो व्यवसायबारे भ्रामक टिप्पणी गरिएको भन्दै उजुरी दिएका थिए । उक्त उजुरी प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जालसम्बन्धी डेस्क हुँदै साइबर ब्यूरोसम्म पुगेपछि अनुसन्धानका क्रममा ठकुरीसँग सोधपुछ गरिएको ढकालले बताए ।

ब्यूरोले ठकुरीलाई हिरासतमा राखेर अनुसन्धान नगरिएको पनि जनाएको छ । सोही क्रममा उनीसँग सम्बन्धित व्यक्तिबाट कार्यालयमा फोन आएर उनले विष सेवन गर्ने चेतावनी दिएको जानकारी प्राप्त भएको र त्यसपछि उनको खोजी गरिएको ब्यूरोको भनाइ छ ।

एसपी ढकालका अनुसार औषधि सेवन गरेको थाहा पाएपछि तत्काल उनलाई वीर अस्पताल पठाइएको थियो । उनले घटनालाई गृहमन्त्रीसँग जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचारप्रति आपत्ति जनाउँदै त्यसमा वास्तविक घटनाभन्दा फरक सन्दर्भ प्रस्तुत गरिएको दाबी गरे ।

ब्यूरोले जारी गरेको विज्ञप्तिमा पनि सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री फैलाइएको र त्यसले अनुसन्धानमा समेत असर पार्न खोजिएको उल्लेख गरिएको छ ।

ठकुरीका परिवारले भने प्रहरीको दाबी अस्वीकार गरेका छन् । भाइ मानबहादुरले विज्ञप्तिमा उल्लेख गरिएका केही विवरण नै गलत रहेको दाबी गर्दै आफ्नो दाइले गरेको कमेन्टको स्क्रिनसटसमेत सम्पादन गरिएको हुनसक्ने बताएका छन् ।

उनले गणेशमानसिंहले कुनै पनि प्रकारको मादक पदार्थ सेवन नगर्ने दाबी गर्दै प्रहरीले सोधपुछका क्रममा गरेको व्यवहारप्रति प्रश्न उठाएका छन् । उनका अनुसार सामान्य सामाजिक सञ्जाल टिप्पणीका विषयमा बोलाइएका व्यक्तिमाथि मानसिक दबाब सिर्जना गर्नु उचित नभएको परिवारको भनाइ छ ।

घटनाबारे प्रहरीले भने विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान हुन सक्ने विषय रहेको जनाएको छ । साइबर ब्यूरोका अनुसार उक्त कानुनमा अधिकतम पाँच वर्षसम्मको सजायको व्यवस्था रहेकाले आफूहरूले ‘६-७ वर्ष जेल हाल्ने’ भनेर धम्की दिएको भन्ने आरोपसमेत अस्वीकार गरिएको छ ।

एकातिर अस्पतालको बेडबाट ठकुरीले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् भने अर्कोतिर प्रहरीले भिडियोले घटनाको वास्तविक पृष्ठभूमि लुकाएर भ्रम फैलाएको दाबी गरेको छ ।

आफ्नो खाजा खर्च काटेर बाढीपीडितलाई विद्यार्थीको सहयोग

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीले सयौँ परिवारको घरबार उजाडिएको छ । कतिले आफन्त गुमाएका छन्, कतिपय घाइते छन् भने धेरैको रोजगारी, व्यवसाय र वर्षौँको कमाइ बाढीले बगाएको छ ।

विपत्तिको यो पीडामा देशका कुनाकाप्चाबाट सहयोगका हात अघि बढिरहेका छन् ।

यही क्रममा रौतहटको देवाही गोनाही नगरपालिका-७ स्थित मावि प्रेमपुर गोनाहीका शिक्षक र विद्यार्थीले गरेको सहयोग अहिले चर्चामा छ । रकम ठूलो छैन, तर सहयोगको भावना भने निकै ठूलो छ ।

बाढी आएको भोलिपल्ट विद्यालय खुलेपछि शिक्षकहरूबीच पीडितका लागि सहयोग गर्ने विषयमा छलफल भयो । प्रधानाध्यापक मुकेशकुमार यादवले ‘हिमाल, पहाड वा तराई जहाँका भए पनि हामी नेपाली हौँ, नेपालीलाई दुःख पर्दा एकजुट हुनुपर्छ’ भन्ने धारणा राखे ।

त्यसपछि विद्यालयका १९ शिक्षकमध्ये १४ जनाले स्वेच्छाले सहयोग रकम जुटाए । कसैले १ हजार, कसैले १ हजार ५ सय त कसैले २ हजार रुपैयाँसम्म दिए ।

शिक्षकको सहयोगमा विद्यार्थी पनि पछि हटेनन् । कक्षामा बाढीपीडितको अवस्थाबारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गरिएपछि कक्षा ९ का २६ विद्यार्थीले आफूले खाजा खान ल्याएको पैसाबाटै रकम छुट्याए ।

कसैले १० रुपैयाँ दिए, कसैले २० र कसैले ५० रुपैयाँ । सबैको रकम जोड्दा ४७० रुपैयाँ भयो । कक्षा ११ का विद्यार्थीले पनि खाजा खर्चबाट ४०० रुपैयाँ सहयोग गरे ।

सानो उमेरका विद्यार्थीले खाजा खान खर्च गर्ने पैसाबाट रकम बचाएर विपत्तिमा परेका नागरिकका लागि दिएको यो सहयोग सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रशंसा भइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक यादवका अनुसार सहयोग जुटाउन निमावि शिक्षक निरञ्जन यादवले पनि अग्रणी भूमिका खेलेका थिए ।

सहयोग रकमको सूची सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले विद्यार्थीको भावनाको प्रशंसा गरेका छन् । कतिपयले रकमभन्दा पनि विपत्तिमा अरूको पीडा महसुस गरेर सहयोग गर्ने संस्कार महत्वपूर्ण भएको बताएका छन् ।

वास्तवमा करोडौँ सहयोग गर्नेहरूका बीच यी विद्यार्थीले दिएको १०, २० र ५० रुपैयाँ सानो देखिन सक्छ । तर, आफ्नै खाजा खर्च कटाएर अरूको दुःखमा साथ दिने बालमनको भावना भने ठूलो छ ।

भोटेकोशीको बाढीले धेरैको घर र सम्पत्ति बगायो । तर रौतहटका यी शिक्षक र विद्यार्थीले देखाएको मानवीयताले विपत्तिको बीचमा पनि नेपाली समाजमा सहयोग र सहानुभूतिको भावना उत्तिकै बलियो रहेको देखाएको छ।

बाढीपीडितका लागि क्यानले ३० लाख दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) पनि बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगमा उत्रिएको छ । क्यानले राहत, उद्धार र पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै क्यानले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको हो ।

देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्यानले संकटको समयमा राहत र पुनर्स्थापनाका काममा आफ्नो तर्फबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

क्यानले विपद्का बेला उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग र सहकार्यमा सदैव साथ दिने पनि जनाएको छ।

परराष्ट्रमन्त्री खनाल सर्बिया नजाने

काठमाडौं । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो सर्बिया भ्रमण स्थगित गरेका छन् ।

मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो । बेलग्रेडमा भदौ १५ र १६ गते अर्थात् अगस्ट ३१ र सेप्टेम्बर १ मा उक्त कार्यक्रम आयोजना हुँदै छ ।

मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलले कार्यक्रममा सहभागिता जनाउने तयारी थियो । तर, मुलुकका विभिन्न क्षेत्रमा बाढीबाट ठूलो क्षति भएपछि मन्त्री खनालले भ्रमणमा नजाने निर्णय गरेका हुन् ।

अब उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले गर्ने भएका छन् ।

ढकालको नेतृत्वमा दुई सदस्यीय नेपाली प्रतिनिधिमण्डल बेलग्रेड जानेछ ।

बाढीपछि लेदोमा डुबेको बैरेनी बजार(तस्वीरहरू)

धादिङ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बैरेनी बजार लेदोले ढाकिएको छ ।

बाढीको भेलसँगै आएको लेदोले बजारका घर तथा आसपासका संरचनामा क्षति पुर्‍याएको हो।

त्रिशूली नदी किनारमा रहेको बैरेनी बजारमा बाढी पसेपछि सडकसमेत लेदोले पुरिएको थियो । लेदोका कारण दुई दिनसम्म अवरुद्ध बनेको पृथ्वीराजमार्ग अहिले सञ्चालनमा आए पनि बैरेनी बजार क्षेत्रमा एकतर्फी रूपमा मात्र सवारी चलिरहेका छन् ।

राजमार्गमा थुप्रिएको लेदो हटाउन एक्साभेटरसहितका उपकरण परिचालन गरिएको छ । सडक सफा गर्ने काम जारी रहेकाले सवारी आवागमन अझै सहज भइसकेको छैन ।

बाढीपछि बजार क्षेत्रमा थुप्रिएको लेदो हटाउने र सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने काम भइरहेको छ।

बाढीपीडितको उद्धारमा दलका कार्यकर्ता

काठमाडौं। भोटेकोशी-त्रिशूलीको बाढीले सडक र पुलमा क्षति पुर्‍याएपछि रसुवा र नुवाकोटका प्रभावित नागरिकसम्म राहत पुर्‍याउन चुनौती थपिएको छ ।

बाटो नै अवरुद्ध भएपछि उद्धारमा खटिएका टोलीलाई समेत प्रभावित बस्तीमा पुग्न कठिन भइरहेको छ ।

देशका विभिन्न भागबाट संकलन भएको राहत सामग्री नेपाली सेनाको मैथलीस्थित तालिम केन्द्रमा जम्मा गरिएको छ । सेनाले उपलब्ध सामग्री वितरण गरिरहेको भए पनि क्षतिग्रस्त सडकका कारण सबै प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत पुर्‍याउन नसकिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

उद्धारका लागि आवश्यक जनशक्ति र साधनसमेत पर्याप्त नभएको गुनासो स्थानीय तहबाट आउन थालेको छ । कतिपय ठाउँमा पीडित नागरिक तत्काल सहयोगको पर्खाइमा रहे पनि सडक सम्पर्क विच्छेद हुँदा उद्धार तथा राहत टोलीलाई घटनास्थलसम्म पुग्नै समस्या भएको छ ।

यस्तो अवस्थामा सरकारको सहयोगी बन्न राजनीतिक दलका संगठन र स्वयंसेवकहरू पनि प्रभावित क्षेत्रमा परिचालित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय छलफलमा कांग्रेस सभापति गगन थापाले विपद्को समयमा दलगत प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

थापाले उद्धार, राहत र पुनर्निर्माणका लागि राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने धारणा राखेका थिए । सरकारको स्रोतसाधनले मात्रै ठूलो विपद् व्यवस्थापन गर्न कठिन हुने भन्दै उनले निजी क्षेत्र, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजको शक्ति पनि उपयोग गर्नुपर्ने बताएका थिए ।

कांग्रेसले आफ्ना भ्रातृ तथा शुभेच्छुक संगठनलाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार उद्धार, राहत र मानवीय सहयोगका लागि कांग्रेसका विभिन्न संरचना सक्रिय छन् ।

सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउन एकद्वार प्रणालीअनुसार सहयोग गर्ने नीति लिइएको उनले बताए । रसुवाका स्थानीय नेता तथा जनप्रतिनिधिको संयोजनमा प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउने काम भइरहेको कांग्रेसको भनाइ छ ।

एमालेका नेता तथा कार्यकर्ता पनि प्रभावित क्षेत्रमा पुगेका छन् । महासचिव शंकर पोखरेलसहितको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझेको छ । एमालेका विद्यार्थी तथा युवा संगठनका स्वयंसेवकसमेत उद्धार र राहत कार्यमा खटिएका छन् ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार स्थानीय तथा जिल्ला कमिटीमार्फत प्रभावित क्षेत्रको आवश्यकता पहिचान गर्ने काम भइरहेको छ । कुन ठाउँमा कस्तो सहयोग आवश्यक छ भन्ने विवरण लिएर त्यसअनुसार स्वयंसेवक तथा राहत सामग्री परिचालन गरिने उनले बताए ।

बाढीले सडक, पुललगायतका पूर्वाधारमा क्षति पुर्‍याएपछि अहिले प्रभावित नागरिकसम्म पुग्नु नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

राहत सामग्री संकलन भइरहे पनि त्यसलाई जोखिममा परेका परिवारसम्म छिटो पुर्‍याउन सरकारी संयन्त्र, राजनीतिक दल, सामाजिक संस्था र स्वयंसेवकबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।

सुरुङभित्र गृहमन्त्री सुधन गुरुङ? के हो भाइरल भिडियोको रहस्य?

काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री सुधन गुरुङ आफैँ सुरुङभित्र पसेको दाबी गर्दै सामाजिक सञ्जालमा फैलाइएको भिडियो गलत रहेको खुलेको छ।

फेसबुक, टिकटक र एक्सलगायत सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको उक्त भिडियो नेपालको नभई भारतको उत्तराखण्डमा भएको पुरानो उद्धार अभियानको रहेको पाइएको हो।

बाढी तथा पहिरोका कारण माथिल्लो त्रिशूली–१ र त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुरुङमा माटो तथा लेदो पसेपछि त्यहाँ काम गर्ने मजदुर र कर्मचारी फसेको सूचना सार्वजनिक भएको थियो। उनीहरूको उद्धारका क्रममा नेपाली सेना तथा सुरक्षाकर्मीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गरेका वास्तविक दृश्यहरू पनि सार्वजनिक भएका छन्।

यही घटनासँग जोडेर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतको उत्तराखण्ड प्रहरी र फायर सर्भिसको पुरानो उद्धार भिडियो गृहमन्त्री गुरुङले आफैँ सुरुङभित्र गएर उद्धार गरेको भन्दै प्रसार गरेका हुन्।

भाइरल दृश्यमा देखिएका उद्धारकर्मीको पोसाक तथा घटनास्थलको वातावरणसमेत उत्तराखण्डको पुरानो टनेल उद्धार अभियानसँग मेल खाने देखिन्छ। उक्त भिडियो ‘फायर सर्भिस उत्तराखण्ड पुलिस’ नामक फेसबुक पेजबाट गत अगस्ट १४ मा बिहान २ः४३ बजे सार्वजनिक गरिएको थियो।

गृहमन्त्री गुरुङ भने बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको समन्वयमा सक्रिय रहेको बताइएको छ। उनले सरकारी संयन्त्रलाई उद्धारमा केन्द्रित गर्न निर्देशन दिए पनि भाइरल भिडियोमा देखिएझैँ उनी आफैँ सुरुङभित्र प्रवेश गरेको कुनै आधिकारिक पुष्टि भएको छैन।

यसअघि बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा नेपाली सेना तथा सुरक्षाकर्मी खटिएका थिए। जोखिमपूर्ण अवस्थाबीच सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाइएको थियो।

विपद्को समयमा सामाजिक सञ्जालमा पुराना भिडियो तथा तस्बिरलाई नयाँ घटनासँग जोडेर फैलाउने क्रम बढ्ने भएकाले कुनै पनि सामग्रीको सत्यता पुष्टि नगरी शेयर नगर्न आग्रह गरिएको छ।

बाढीले बगाएको सेफमा लुट मच्चाउँदै थिए, २९ जना समातिए

काठमाडौं। त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर नगद निकाल्ने क्रममा २९ जना पक्राउ परेका छन्।

रसुवा तथा माथिल्लो तटीय क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको सेफ खोलेर गैरकानुनी रूपमा रकम निकालिरहेको अवस्थामा उनीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी तथा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ। उनीहरूमाथि घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रहरीले बाढी तथा विपद्को मौका छोपेर सरकारी, व्यावसायिक तथा निजी सम्पत्तिमा चोरी, तोडफोड र लुटपाट गर्ने गतिविधि रोक्न सुरक्षा निगरानी बढाएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले नियमित गस्ती तथा खोजी अभियान सञ्चालन गरिरहेका छन्।

भोटेकोशी बाढीमा मृतकको संख्या ६१६ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ६१६ पुगेको छ।

नेपाल प्रहरीले शनिबार बिहानसम्म विभिन्न जिल्लाबाट ६१६ जनाको शव फेला परेको जनाएको हो।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार थप शव फेला पर्ने क्रम जारी रहेकाले पछिल्लो विवरण संकलन भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइएको छ।

प्रवक्ता काफ्लेले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको जानकारी दिए। स्थानीय तह, सम्बन्धित निकाय तथा अन्य सरोकारवालासँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार र खोजी अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत विभिन्न स्थानमा जारी रहेको प्रहरीले जनाएको छ। खोज तथा उद्धारसँगै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ।

भोटेकोशी बाढी : चीनतर्फ ५५८ बेपत्ता

काठमाडौं। भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले नेपालसँगै चीनको सीमावर्ती क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ।

चिनियाँ पक्षका अनुसार तिब्बतको जिरोङ (केरुङ) क्षेत्रमा बाढीपछि ५५८ जना सम्पर्कविहीन भएका छन्। पाँच जनाको शव फेला परेको छ भने दुई जनालाई जीवितै उद्धार गरिएको छ।

बाढीबाट क्षतिग्रस्त क्षेत्रमा चिनियाँ उद्धार टोलीले खोजी तथा उद्धार जारी राखेको छ। बाढीले केरुङको भन्सार तथा अध्यागमन क्षेत्रसहित सडक, संरचना र अन्य भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको बताइएको छ।

उता नेपालतर्फ रसुवा र नुवाकोटमा बाढीको सबैभन्दा ठूलो प्रभाव परेको छ। भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्ती, बजार, पुल, जलविद्युत् आयोजना, सडक तथा अन्य संरचनामा क्षति पुगेको छ। ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

तर, चीनको सीमावर्ती क्षेत्रमा भएको मानवीय क्षतिप्रति नेपालका राष्ट्रपति वा प्रधानमन्त्रीबाट औपचारिक समवेदना सन्देश पठाइएको विवरण सार्वजनिक भएको छैन।

सीमावर्ती क्षेत्रमा भएको विपद्बाट दुवै देशका नागरिक प्रभावित भएका बेला चीनबाट नेपालप्रति समवेदना आए पनि नेपालबाट चीनतर्फ त्यस्तो सन्देश नजानुलाई कूटनीतिक क्षेत्रमा चासोका रूपमा हेरिएको छ।

चीनतर्फ बेपत्ता तथा मृतकको खोजी जारी रहेकाले क्षतिको थप विवरण आउन बाँकी छ। नेपालतर्फ पनि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर चलिरहेको छ।

गोपालमान श्रेष्ठको सम्झनामा बसन्तपुरमा गाईजात्रा [तस्वीरहरू]

काठमाडौं। पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको स्मृतिमा शनिबार काठमाडौंको बसन्तपुरमा गाईजात्रा निकालिएको छ।

गत साउन १२ गते निधन भएका श्रेष्ठको सम्झनामा उनका आफन्त तथा शुभेच्छुकले गाईजात्रा निकालेका हुन्। गाईजात्रामा दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको प्रतीकका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ।

नेपाली समाजमा गाईजात्रालाई दिवंगत आफन्तको सम्झना गर्ने तथा शोकलाई सांस्कृतिक रूपमा अभिव्यक्त गर्ने पर्वका रूपमा मनाउने गरिन्छ।


 
तस्बिर : नेपाल फोटो लाइब्रेरी

महतरा परिवारको रोदन,‘हामीलाई तथ्यांक होइन, छोरा चाहियो’

काठमाडौं। भोटेकोशी बाढीपछि रसुवागढी हाकु प्रहरी चौकीमा कार्यरत जवान राजेन्द्र महतराको अवस्थाबारे कुनै जानकारी छैन। प्युठान घर भएका उनको परिवारको आँखा भने छोराको खबरको प्रतिक्षामा छ। 

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हजारौँ सुरक्षाकर्मी परिचालन गरेको छ। हेलिकप्टरका उडान भएका छन्। सयौँ हजारौँ नागरिकको उद्धार गरिएको विवरण सार्वजनिक भइरहेको छ। खोजी तथा उद्धारको दायरा तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको भनिएको छ।

तर यी सबै तथ्यांकबीच प्युठानको झिम्रुक गाउँपालिका-२ मुल्पानीमा एउटा परिवार भने छोरा फर्किने आशामा रात दिन बिताइरहेको छ। त्यो परिवारले सोधिरहेको छ, ‘हाम्रो मान्छे कहाँ छ?’

रसुवागढी हाकु प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीका जवान राजेन्द्र महतरा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता छन्। बाढी आएको दिनदेखि परिवारले राजेन्द्रको अवस्थाबारे कुनै ठोस खबर पाउन सकेको छैन।

दिन बित्दै गए पनि उनको मोबाइलबाट फोन आएको छैन। चौकीबाट पनि परिवारलाई आश्वस्त पार्ने गरी कुनै निश्चित खबर पुगेको छैन। 

बाढी आएको दिनदेखि परिवारका सदस्यहरूको दैनिकी फेरिएको छ। पहिले सामान्य रूपमा चल्ने घर अहिले फोनको घन्टीको प्रतीक्षामा छ। मोबाइल बज्दा सबैको ध्यान त्यतैतिर जान्छ। मनमा एउटै कुरा खेल्छ, ‘सायद राजेन्द्रको खबर आयो कि?’

तर हरेकपटक फोन अर्कै खबरका लागि आउँछ।

सरकारले प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइरहेको छ। हेलिकप्टरमार्फत खोज तथा उद्धार भइरहेको छ। विभिन्न स्थानबाट मानिसहरूको उद्धार भइरहेको विवरण पनि सार्वजनिक भएका छन्।

परिवारले सरकारका यी प्रयासप्रति प्रश्न उठाएको होइन। उनीहरू भन्छन्-उद्धारमा खटिएका सुरक्षाकर्मी र राज्यका सबै संयन्त्रप्रति सम्मान छ।

तर उनीहरूको प्रश्न अझ व्यक्तिगत छ। ‘हजारौँ सुरक्षाकर्मी परिचालन भए भनिएको छ, तर राजेन्द्र हराएको सम्भावित क्षेत्रमा कति जना पुगे? कुन-कुन ठाउँमा खोजी भयो?  नदीको कुन भागसम्म खोजियो? ड्रोन, गोताखोर, खोजी तालिमप्राप्त कुकुर वा विशेष उद्धार टोली परिचालन भयो कि भएन? राजेन्द्रको खोजीको जिम्मेवारी कुन निकायले लिएको छ?’

परिवारलाई अहिले यिनै प्रश्नको उत्तर चाहिएको छ।

उनीहरूलाई सरकारी विज्ञप्तिमा आउने ठूलो संख्या हेर्नुभन्दा राजेन्द्रको खोजी कहाँ पुग्यो भन्ने वास्तविक जानकारी चाहिएको छ।

‘हामीलाई हेलिकप्टर उडेको हेर्नु छैन,’ राजेन्द्रको परिवार भन्छ। 

राजेन्द्रको परिवारको पीडा केवल एउटा बेपत्ता व्यक्तिको परिवारको पीडा होइन। यो बाढीपछि आफन्तको अवस्थाबारे अनिश्चिततामा बाँचिरहेका सबै परिवारको साझा पीडा हो।

आकाशमा हेलिकप्टर उडेको देख्दा खुसीभन्दा पनि एउटा प्रश्न उठ्छ,‘के यो हाम्रो राजेन्द्रलाई खोज्न गएको हो?’ राजेन्द्रको परिवारको दैनिकी हो यो। 

उद्धारका तस्वीर र विवरण सार्वजनिक हुँदा उनीहरूलाई आफ्ना मान्छे भेटिएको खबरको प्रतीक्षा हुन्छ। उनीहरूलाई ‘खोजी कार्य जारी छ’ भन्ने सामान्य जवाफभन्दा ‘यहाँ खोजी भयो, यहाँ भेटिएन, अब यहाँ खोजिँदैछ’ भन्ने स्पष्ट सूचना चाहिएको छ।

राजेन्द्र महतरा झिम्रुक गाउँपालिका-२, मुल्पानी, प्युठानका बासिन्दा हुन्। उनी नेपाल प्रहरीमा जवान पदमा कार्यरत छन् र हाल रसुवागढी हाकु प्रहरी चौकीमा खटिएका थिए। कर्तव्य निर्वाहका क्रममा रसुवामा रहेका राजेन्द्र भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका हुन्। 

अरूका लागि राजेन्द्र एक प्रहरी जवान हुन्, तर उनको परिवारका लागि उनी घरको महत्वपूर्ण सदस्य, भरोसा र भविष्यसँग जोडिएको व्यक्ति हुन्। बाढीपछि उनी सम्पर्कविहीन भएपछि परिवारको दैनिकी नै बदलिएको छ। हरेक फोनको घन्टीमा राजेन्द्रको खबर आउने आशा हुन्छ, तर अहिलेसम्म उनको अवस्थाबारे ठोस जानकारी नआउँदा परिवार गहिरो चिन्ता र अनिश्चिततामा छ।

कर्तव्य निर्वाहका क्रममा रसुवाको कठिन भूगोलमा खटिएका राजेन्द्र बाढीपछि सम्पर्कविहीन हुँदा उनको परिवार हजारौँ किलोमिटर टाढाबाट उनको खबरको प्रतीक्षा गरिरहेको छ। प्रहरीको पोसाक लगाएर नागरिकको सुरक्षामा खटिने राजेन्द्र अहिले आफैँ उद्धार र खोजीको प्रतीक्षामा छन्।

जीवित अवस्थामा भेटिए त्यो परिवारका लागि संसारकै ठूलो खुसी हुनेछ। तर यदि अवस्था त्यसविपरीत भयो भने पनि परिवारलाई सत्य जान्ने अधिकार छ।

‘हाम्रो मान्छे कहाँ छ?’ भन्ने प्रश्नको जवाफ पाउने अधिकार उनीहरूको हो। यो सरकारविरुद्धको प्रश्न होइन।  राजेन्द्रको परिवारले आफ्नो मागलाई कुनै राजनीतिक विरोधका रूपमा लिन नहुने बताएको छ।

उनीहरू सरकार असफल भएको घोषणा गर्न चाहँदैनन्। उद्धारमा खटिएका सुरक्षाकर्मीलाई दोष दिन पनि चाहँदैनन्। ‘सरकारले परिचालन गरेको स्रोत-साधन बेपत्ता नागरिकको खोजीमा पनि परिणाम देखिने गरी प्रयोग होस्,’ उनीहरुको माग हो यो। 

परिवारलाई वास्तविक अवस्थाबारे जानकारी दिइयोस्। खोजीको प्रगति बताइयोस्। सम्भावित स्थानहरू व्यवस्थित रूपमा खोजियोस्। र बेपत्ता नागरिकको खोजीलाई उद्धार अभियानको सर्वोच्च प्राथमिकतामा राखियोस्।

किनकि एउटा सरकारी तथ्यांकमा राजेन्द्र एउटा नाम हुन सक्छन्। तर प्युठानको मुल्पानीमा उनको परिवारका लागि उनी सम्पूर्ण संसार हुन्।

‘हामी अझै पर्खिरहेका छौँ,’उनको परिवारले हरेक समय भन्ने वाक्य। भोटेकोशीको पानी विस्तारै घट्दै जाला। उद्धार टोलीहरू अर्को क्षेत्रमा पुग्लान्। समाचारका शीर्षक फेरिँदै जालान्। सरकारी तथ्यांक पनि बढ्दै जाला।

तर मुल्पानीको एउटा घरमा भने प्रतीक्षा त्यहीँ रोकिएको छ।

राजेन्द्र महतरासहित भोटेकोशी बाढीपछि बेपत्ता भएका प्रत्येक नागरिकको खोजीलाई तीव्र बनाइयोस्। सम्भावित हरेक स्थान अन्तिम सीमासम्म खोजियोस्। परिवारलाई वास्तविक अवस्थाबारे जानकारी दिइयोस्।

भोटेकोशी बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा परी मृत्यु भएका ६१६ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। प्रहरीका अनुसार विभिन्न स्थानबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन्

भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना, सरकारी तथा निजी संरचनासहित ठूलो मात्रामा भौतिक क्षति पुर्‍याएको छ।

यसैबीच, अझै धेरै मानिस सम्पर्कविहीन रहेको भन्दै सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्रता दिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितका टोली परिचालन गरिएको छ। उद्धारसँगै फेला परेका शवको पहिचान तथा आफन्तलाई बुझाउने कामसमेत भइरहेको छ।

बाढीबाट प्रभावित परिवारहरू आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन् भने सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्राथमिकतामा राखेको जनाएको छ।

रसुवा जानका लागि खुले यी वैकल्पिक मार्ग

काठमाडाैं। काठमाडौंदेखि रसुवाको उत्तरगया तथा धुन्चेसम्म जान चाहने यात्रु तथा उद्धार तथा राहत कार्यमा खटिनेलाई सहजताका लागि वैकल्पिक मार्ग र स्थानीय सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको छ।

उत्तरगया क्षेत्रमा स्थानीय समन्वयका लागि टोली उपस्थित रहेको जनाउँदै यात्राका क्रममा आवश्यक सहयोग तथा समन्वयका लागि सम्पर्क गर्न आग्रह गरिएको छ। हाल प्रभावित क्षेत्रमा नेपाल टेलिकमको तुलनामा एनसेलको सञ्जाल केही राम्रोसँग सञ्चालनमा रहेको जानकारीसमेत दिइएको छ।

वैकल्पिक मार्ग तथा सम्पर्क व्यक्तिहरू :

  • काठमाडौँ-झोर-ढिकुरे-बाहुनबेँसी: आरके रोमस -९८४९२३४६८५
  • लच्याङ-श्रमथली-पार्टीखर्क: दावा छिरिङ – ९८४०१३८५१९, ९८२३२३७३७६
  • पार्च्याङ: दावा तामाङ – ९८५११५८०६२
  • भोर्ले-जिबजिबे: रामकुमार न्यौपाने – ९८६०२३५६५८
  • कालिकास्थान: पुरुषोत्तम न्यौपाने – ९८४१७४१७३२
  • उत्तरगया: माधव अर्याल – ९८५१०५९५५०

यसैबीच, बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा रहेका पीडित परिवारसँग सम्पर्क र समन्वय गर्न कठिनाइ भइरहेको भन्दै सहयोगी मनहरूलाई हाते सोलार तथा सोलार बत्ती सहयोग गरिदिन आग्रह गरिएको छ।

प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित हुँदा रातको समयमा उद्धार, राहत वितरण तथा पीडितसँग सम्पर्क गर्न समस्या भइरहेको छ। यस्तो अवस्थामा हाते सोलार तथा सोलार बत्तीले प्रभावित परिवारलाई आवश्यक सूचना आदानप्रदान तथा दैनिक गतिविधिमा समेत सहयोग पुग्ने जनाइएको छ।

पीडितसम्म राहत र सूचना पुर्‍याउन इच्छुक व्यक्ति तथा संस्थाहरूले स्थानीय सम्पर्क व्यक्तिमार्फत आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

अपर त्रिशूली-२१६ को सुरुङबाट दुई जनाको उद्धार, ‘भित्र अझै धेरै मानिस छन्’

काठमाडाैं। अपर त्रिशूली-२१६ जलविद्युत् आयोजनाको सुरुङबाट आज दुई जनाको सकुशल उद्धार गरिएको छ। सुरुङको मुखबाट हिलोको लेदोमा जोखिम मोलेर क्रलिङ गर्दै उनीहरू बाहिर निस्कन सफल भएका हुन्।

उद्धार गरिएका दुई जनाले सुरुङभित्र अझै धेरै मानिसहरू रहेको बताएका छन्। उनीहरूका अनुसार सुरुङभित्र हिलो र लेदो भरिए पनि जोखिम मोलेर घस्रिँदै बाहिर निस्कन सफल भएका थिए।

उनीहरूलाई नेपाल प्रहरीले प्रयोग गरेको थर्मल ड्रोनमार्फत पत्ता लगाएपछि नेपाली सेनाको टोलीले उद्धार गरेको हो। थर्मल ड्रोनबाट सुरुङभित्र मानिसहरू रहेको संकेत पाएपछि उद्धार टोलीले तत्काल खोजी तथा उद्धार अभियान अघि बढाएको थियो।

यसैबीच, सुरुङभित्र अझै कामदारहरू फसेको हुनसक्ने भन्दै उद्धार कार्यलाई तीव्र बनाइएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षा निकायका टोली उद्धारमा सक्रिय छन्।

सुरुङबाट उद्धार भएका कामदारहरूले भित्र धेरै मानिसहरू रहेको बताएपछि सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारका लागि परिवार तथा आफन्तहरूमा थप चिन्ता बढेको छ।

उद्धारको पर्खाइमा रहेका परिवारजनले सुरुङभित्र रहेका सबै कामदारको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्। ‘भाइ, तिमी पनि सकुशल उद्धार भएर बाहिर आउनेछौ। हामी तिम्रो सकुशल उद्धारको प्रतीक्षामा छौँ’ भन्दै आफन्तहरूले आशा व्यक्त गरेका छन्।

रसुवामा उद्धारका लागि डिजेलदेखि अक्सिजन सिलिन्डरसम्म आवश्यक

काठमाडाैं। रसुवामा बाढी तथा विपद्पछि उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन विभिन्न अत्यावश्यक सामग्री आवश्यक रहेको विवरण सार्वजनिक भएको छ। उद्धार तथा राहतका लागि २० हजार लिटर डिजेल र २ हजार लिटर पेट्रोल आवश्यक छ। 

यस्तै, २०० थान पावर बैंक, बालबालिकाका लागि आवश्यक सामग्री, खाद्यान्न तथा अन्य राहत सामग्रीको व्यवस्था गर्नुपर्ने उल्लेख छ। सूचीमा करिब २०० थान ज्याकेट, २०० थान टर्चलाइट, ५० प्याकेट स्लिपिङ सामग्री तथा करिब २ हजार थान ब्ल्याङ्केट आवश्यक रहेको जनाइएको छ। 

साथै, २ हजार थान बडी ब्याग, ९०० थान त्रिपाल, प्रेसर, सुगर र थाइराइडलगायतका औषधि तथा पोर्टेबल अक्सिजन सिलिन्डरको पनि आवश्यकता औँल्याइएको छ। पानी, सरसफाइ तथा व्यक्तिगत प्रयोगका सामग्रीसँगै सुत्ने तथा बस्ने व्यवस्थाका लागि आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्ने सूचीमा उल्लेख छ। 

विपद् प्रभावित क्षेत्रमा उद्धार र राहतलाई निरन्तरता दिन यी सामग्रीको तत्काल व्यवस्थापन आवश्यक देखिएको छ।