`

चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने लगानी बोर्डको योजना

काठमाडौँ । सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने योजनासहित लगानी बोर्ड नेपालको ‘रणनीति तथा व्यावसायिक योजना २०८१–८६’ स्वीकृत भएको छ ।

गत आइतबार बसेको लगानी बोर्ड नेपालको बैठकले उक्त योजना स्वीकृत गरेको हो । बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आगामी चार वर्षभित्रमा विभिन्न परियोजनामा गरिसक्नुपर्ने कामको योजना र रणनीति तयार पारिएको हो ।

‘रणनीतिमा राखिएका विषयहरु निकै महत्वकाङ्क्षी छन् । न्यूनतम र अधिकतम कतिसम्म लगानी भित्र्याउन सकिन्छ भनेर लक्ष्य तोकिएको छ । लगानीका लागि राम्रो वातावरण हुने, जनशक्ति व्यवस्थापन हुने र आवश्यक कानुनहरु बन्यो भने त्यति लगानी गर्न सकिन्छ भन्ने हाम्रो अनुमान हो’, प्रवक्ता उपाध्यायले भने ।

बोर्डको संस्थागत संरचना परिवर्तन, सङ्गठन सुदृढीकरण र जनशक्ति व्यवस्थापनका लागि यो दस्तावेज महत्वपूर्ण रहेको उनको भनाइ छ ।

बोर्डको उक्त रणनीतिक तथा व्यावसायिक योजनाअनुसार आर्थिक वर्ष २०८५/८६ सम्ममा आठ अर्ब ९५ करोड अमेरिकी डलर बराबरका ११ वटा परियोजना निर्माणसम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । तर, लक्ष्यअनुसार सबै ११ वटा परियोजना सम्पन्न हुन नसकेको खण्डमा पनि कम्तीमा चार अर्ब सात करोड अमेरिकी डलरका पाँचवटा परियोजनाहरू सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ ।

त्यस्तै, आर्थिक वर्ष २०८५/८६ सम्ममा कम्तीमा दुई अर्ब ८३ करोड अमेरिकी डलर बराबर लागतका सातवटा परियोजनाहरू निर्माणको चरणमा पुगिसक्नेछन् ।

यो अवधिसम्ममा अधिकतम पाँच अर्ब ५५ करोड अमेरिकी डलरका १४ वटा निर्माणको अन्तिम चरणसम्म पुर्याउन सकिने लक्ष्य बोर्डको छ । आगामी चार वर्षमा अधिकतम २४ अर्ब ३० करोड अमेरिकी डलर बराबरका कुल ५७ वटा परियोजना ‘पाइपलाइन’मा राखी सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरिएका छन् ।

त्यस्तै, २३ अर्ब ५० करोड अमेरिकी डलरका ५२ वटा परियोजनाहरू खरिदको चरणमा पुर्याइनेछ । बोर्डका अनुसार यो अवधिसम्ममा १७ अर्ब ९५ करोड अमेरिकी डलर बराबरका ४२ वटा र परियोजनाहरू परियोजना विकास सम्झौता (पिडिए) तथा परियोजना कार्यान्वयन सम्झौता (पिआइए) वार्ताको चरणमा हुनेछन् ।

साथै, १५ अर्ब ७० करोड अमेरिकी डलर लागतका ३२ वटा परियोजनाहरू वित्तीय व्यवस्थापन र पूर्व–विकास गतिविधि सञ्चालनको अवस्थासम्म लगिने व्यवसायिक रणनीतिमा उल्लेख छ ।

निजी क्षेत्र र अन्य निकायले कार्यान्वयन गर्ने परियोजनाको अवस्था हेर्दा आगामी चार वर्षभित्रमा निजी लगानीका अधिकतम ६७ वटा परियोजनाका लागि सात अर्ब ४५ करोड अमेरिकी डलर र अन्य निकायबाट कार्यान्वयन हुने २५ वटा परियोजनाका लागि तीन अर्ब १५ करोड अमेरिकी डलर बराबरको लगानी स्वीकृती बोर्डले दिइसक्नेछ ।

लगानीको यो योजना कार्यान्वयनका लागि आवश्यक पर्ने विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाका पनि बोर्डले तयार पारेको छ । जसअन्तर्गत योजना प्रशासन तथा वित्तीय व्यवस्थापन निर्देशनालय, सार्वजनिक–निजी साझेदारी निर्देशनालय, लगानी प्रवद्र्धन तथा सहजीकरण निर्देशनालय र आयोजना विकास तथा व्यवस्थापन निर्देशनालय राखिएको छ ।

यी सबै निर्देशनालयमा कम्तीमा सहसचिवस्तरको कर्मचारी आवश्यक पर्ने रणनीतिमा उल्लेख छ । लगानी बोर्डको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय पनि बोर्डले गरेको छ । यसरी महत्वाकाङ्क्षी लक्ष्यसहित बोर्डले आफ्नो रणनीतिक योजना स्वीकृत गर्दैगर्दा विगत डेढ दशकमा भएका उपलब्धि भने कमजोर छन् ।
बोर्डले आफ्नो स्थापनाकालदेखि अहिलेसम्म विभिन्न ३८ वटा परियोजनाका लागि १२ खर्ब बराबरको मात्रै लगानी स्वीकृत गरेको छ । स्वीकृत भएको लगानी र वास्तविक प्राप्तिको खाडल हेर्ने हो भने पनि निकै ठूलो छ ।

लगानी बोर्डको कार्यालयमा एकल विन्दु सेवा केन्द्र स्थापना भए तापनि सोको प्रभावकारी सञ्चालन हुन सकेको छैन । एकल विन्दु सेवा केन्द्रमा पर्याप्त जनशक्ति छैन भने बोर्डबाट भएका निर्णयहरुको कार्यान्वयनमा ढिलासुस्ती र आनाकानी गरिरहेको छ ।

लगानी बोर्डको छुट्टै कोष स्थापना गर्ने भनिए पनि १२ वर्षसम्म हुन सकेको छैन । त्यस्तै, जग्गा अधिग्रहण कोष, सम्भाव्य न्यूनता परिपूरक कोषलगायतका कोषहरुको स्थापना हुन सकेको देखिँदैन । विज्ञ र कर्मचारी व्यवस्थापनका लागि दातृ निकायमाथि भरपर्नु पर्ने स्थिति छ ।

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाको कुनौटामा ६ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्‍याएपछि अन्य संरचना निर्माण थालिएको हो।

कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए।

कुनौटोदेखि दरखोलाको दायाँ किनार हुँदै दर गाउँको फेदीतर्फ पेनस्टक पाइप राख्ने करिब दुई किलोमिटर कच्चि सडकको ट्र्याक निर्माण भइसकेको छ। तीन वटा डोजर परिचालन गरिएको छ। सोलवाङमा निर्माण हुने विद्युतगृहसम्म पानी लैजान तीन किलोमिटर एकसय मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताए।

पाँचसय ४८ मिटर उचाइबाट विद्युतगृहमा पानी खसालेर उत्पादन गरिने विद्युत सात किलोमिटर लामो प्रसारण लाइन बनाएर डाँडाखेत सबस्टेसनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराइनेछ। सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन, विद्युत खरिद बिक्री सम्झौता, जग्गा खरिद र वित्तीय स्रोत व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माण थालिएको हो।

विसं २०८३ को फागुनभित्र विद्युत् उत्पादन गर्ने कार्यतालिका छ। रन अफ द रिभर (नदी प्रवाहमा आधारित) प्रकृतिको यो आयोजना निर्माणमा करिब एक अर्ब रूपैयाँ लगानी हुने अनुमान गरिएको छ। 

रविन्द्र मिश्रलगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत सबै आस्थाका बन्दीहरुको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले जावलाखेलमा रिले अनसन सुरु गरेको छ ।

संगठनले शुक्रबार बिहानदेखि जावलाखेलको ललित मण्डपमा रिले अनसन सुरु गरेको हो । मिश्र लगायतका नेताहरु चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।

विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलन घोषणा गरेको छ । नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले आन्दोलन घोषणा गरेको हो । परिषदले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो ।

परिषदले बब्बन मिश्रको संयोजकत्वमा आन्दोलन परिचालन कमिटीसमेत बनाएको छ । परिषदका अध्यक्ष गंगाराम तिवारीले महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको बताए ।

मनहरीमा चैते धानको परीक्षण

चितवन । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको परीक्षण गरेको छ।

कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैतेधानको परीक्षण गरिएको हो।

कार्यालयबाट आलु र मकै पनि परीक्षण भएको छ। चितवनको कालिका नगरपालिकामा मकैको परीक्षण जारी छ भने खैरहनी नगरपालिकामा आलुको परीक्षण भइसकेको छ।

मनहरीमा हर्दिनाथ हाइब्र्रिड १, हर्दिनाथ १, ५, चैते ५, सुक्खा २ र ३ जातको परीक्षण गरिएको हो । कुन जातको चैतेधान कति उत्पादन हुन्छ भनेर परीक्षण गरिएको जनाइएको छ।

परीक्षणका क्रममा रासायनिक मल, विषादी, प्राङ्गारिक मल, विषादीको प्रयोग पनि परीक्षण गरिएको छ। मल विषादीसँगै पानीको प्रयोग कति गर्दा उत्पादनमा हुने परिवर्तनबारे पनि अध्ययन भएको छ।

खैरहनी नगरपालिकामा चैते ५ मा नाइट्रोजन परीक्षण गरिएको छ। नाइट्रोटनको मात्राअनुसार धानमा आउने परिवर्तन अध्ययन गर्न परीक्षण गरिएको छ। नाइट्रोजनको प्रयोगले धानको गाँज, उचाइ र उत्पादनबारे जानकारी हुने सूचना अधिकारी त्रिपाठीले बताए। 

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए ।

उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

उपविदेशमन्त्री मामोडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिएको बताउदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिए ।

अर्थमन्त्री पौडेल र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेल र चौथाइवालेबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको आपसी सम्बन्धकाबारेमा छलफल भएको थियो ।

यसअघि चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । त्यस्तै उनले कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकलगायतका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जद्वारा राजीनामा

बीबीसी । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेपछि नियुक्त गरेका सुरुवाती उच्च अमेरिकीहरूमा वाल्ट्ज एक थिए ।

वाल्ट्जका साथ उनका सहयोगी एलेक्स वाङ्गले पनि राजीनामा दिएका छन् । राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिएका छन् ।

उनको स्थानमा केही समयका लागि विदेशमन्त्री मार्क रुबियोलाई नियुक्त गरिएको छ । वाल्ट्ज यसअघि ग्रुप च्याटमा भुलवश पत्रकारलाई आबद्ध गराएका कारण आलोचित भएका थिए ।

परराष्ट्रद्वारा केआईआईटीमा नेपाली विद्यार्थी मृत्यु छानबिनका लागि कुटनीतिक पहल सुरु

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह मृत्यु घटनाको छानबिनका लागि कुटनीतिक पहल थालेको बताएकी छन् ।

शुक्रबार बिहान सामाजिक संजालमार्फत मन्त्री राणाले परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन् ।

उनले प्रिसा आफ्नै होस्टल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको उल्लेख गरेकी छन् । कलेजको होस्टलमा बिहीबार साँझ प्रिसा मृत फेला परेकी हुन् ।

उनी स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको बताइएको छ । नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । केआईआईटी अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् ।

केआईआईटीमा फेरि नेपाली छात्रा मृत फेला

काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की नेपाली विद्यार्थी छात्रा मृत फेला परेकी छिन् ।

कलेजको होस्टलमा बिहीबार नेपाली विद्यार्थी मृत फेला परेकी हुन् । मृत्यु हुनेमा वीरगञ्जकी प्रिशा साह हुन् । उनी स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको बताइएको छ ।

नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । केआईआईटी अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् ।

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो । त्यसअघि बिहीबार दिउँसो चौथाइवालेले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापासँग पनि भेट गरेका थिए । त्यस्तै चौथाइवालेले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए ।

प्रचण्ड र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । बिहीबार खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देश तथा माओवादी केन्द्र र भाजपा पार्टीबीचको सबन्धका बारेमा छलफल भएको बताइएको छ ।

नेपाल भ्रमणमा रहेका चौथाइवालेले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए ।

Exploring the Evolution of Gaming at Golden Pharaoh Com: From Ancient Roots to Modern Live Dealer Action

Exploring the Evolution of Gaming at Golden Pharaoh Com: From Ancient Roots to Modern Live Dealer Action

When you look for a reliable online casino that serves the UK market, many players start by checking licensing, game variety, and payment speed. Industry experts often point to platforms that blend classic casino charm with cutting‑edge technology. One such platform is Golden Pharaoh Com, which has built a reputation for fast withdrawals, a rich selection of live dealer games, and the option to bet with both fiat and crypto payments.

If you’re curious about why seasoned gamblers keep returning, keep reading. We’ll walk through the key features, show how the site solves common player problems, and give you a clear roadmap to start playing today.

Why Players Choose This Platform – The Core Benefits

Golden Pharaoh Com stands out for several reasons that matter to everyday players. First, the welcome package is generous, offering a large match bonus plus reload and cashback promos. Second, the game library exceeds 3,000 titles, so you’ll never run out of options. Third, the minimum deposit is low, making it easy for newcomers to test the waters without a big bankroll.

Key advantages at a glance

  • Fast payouts – most withdrawals are processed within 24 hours.
  • 24/7 support – live chat agents are ready to help any time.
  • Mobile‑friendly design – the site works smoothly on phones and tablets.

Pro Tip: Always read the wagering requirements before you claim a bonus; it saves you from surprise conditions later.

But what really sets top players apart from the rest? They look for a casino that balances excitement with security. Golden Pharaoh Com’s licensing from reputable authorities guarantees fair play and player protection. For UK players who need non‑GamStop access, this platform offers a legal, regulated environment that respects local rules while still delivering a global gaming experience.

From Classic Tables to Live Dealer Games – How the Experience Grows

The evolution from simple slot reels to immersive live dealer games mirrors the broader shift in the industry. Early online casinos offered only computer‑generated tables, which felt distant compared to a real casino floor. Today, thanks to high‑definition streaming, you can sit at a virtual roulette wheel and watch the dealer spin the ball in real time.

Golden Pharaoh Com’s live studio features popular titles such as Live Blackjack, Live Baccarat, and Live Roulette. The dealers are professional, and the chat function lets you interact just like you would in a brick‑and‑mortar venue.

Example: Imagine you’re playing Live Roulette with a £50 stake. The dealer announces the spin, the ball lands on red 32, and you win instantly. The win is credited to your account within seconds, and you can either cash out or keep playing.

Did you know? Live dealer games often have higher RTP (return‑to‑player) percentages than their virtual counterparts because they use real cards and wheels, reducing the house edge.

If you prefer slots, the platform also hosts titles from leading providers like NetEnt, Microgaming, and Pragmatic Play. These games feature high volatility, multiple paylines, and progressive jackpots that can reach millions.

Payments Made Easy: Fiat, Crypto, and Fast Withdrawals

One of the biggest frustrations for online gamblers is slow or costly payments. Golden Pharaoh Com tackles this problem by offering a wide range of deposit and withdrawal options. Traditional methods such as credit cards, debit cards, and e‑wallets are supported, alongside popular crypto payments like Bitcoin, Ethereum, and Litecoin.

Below is a quick comparison of the most common payment methods on the site:

Method Speed Fees Crypto Support
Credit/Debit 1‑2 days Low/None No
E‑wallets Instant None No
Bank Transfer 2‑5 days Small No
Bitcoin Instant Minimal Yes
Ethereum Instant Minimal Yes

Pro Tip: Use e‑wallets or crypto for the fastest withdrawals; they typically clear within minutes.

For UK players, the platform accepts GBP, making it straightforward to fund your account without currency conversion fees. The low minimum deposit—just £10—means you can start playing with a modest bankroll. When it’s time to cash out, the site processes most requests within 24 hours, and the crypto withdrawals are often completed even faster.

Safety, Licensing, and Responsible Play – Trust Factors

When you gamble online, trust is essential. Golden Pharaoh Com holds licenses from respected regulators, ensuring that games are audited for fairness and that player data is protected with SSL encryption. The platform also follows strict anti‑money‑laundering (AML) procedures, which adds another layer of security for users.

Responsible gambling tools are built into the site. You can set daily deposit limits, loss limits, and session timers. The platform also provides links to counseling services for anyone who feels they need extra help.

Industry Secret: Casinos that display clear responsible‑gaming options tend to have higher player retention because users feel safer and more in control.

By keeping your personal information secure and offering transparent terms, the site builds a trustworthy environment that appeals to both casual players and high‑rollers alike.

Getting Started: A Step‑by‑Step Guide for New Users

Ready to join the action? Follow these simple steps to create an account, claim your welcome bonus, and make your first deposit.

  • Step 1 – Register: Click the “Sign Up” button, fill in your email, create a password, and verify your identity.
  • Step 2 – Claim the Bonus: After logging in, navigate to the promotions page and opt into the welcome package.
  • Step 3 – Deposit Funds: Choose a payment method (e‑wallet or crypto for speed) and enter the amount you wish to deposit.
  • Step 4 – Explore Games: Use the menu to browse slots, table games, and live dealer sections.
  • Step 5 – Play and Withdraw: Place your bets, enjoy wins, and request a withdrawal when you’re ready.

Pro Tip: Start with low‑risk games like European Roulette to get comfortable before moving to high‑volatility slots.

Common Mistake to Avoid: Ignoring the wagering requirements on bonuses can lead to a blocked withdrawal later. Always read the fine print before you claim any offer.

Once you’ve completed these steps, you’ll experience why many UK players trust Golden Pharaoh Com for a seamless, exciting, and secure gaming journey. Remember to gamble responsibly and set limits that match your budget.

By understanding the platform’s strengths—generous bonuses, an extensive library of live dealer games, fast crypto payments, and strong licensing—you can make an informed choice. Whether you’re a beginner looking for a safe entry point or an experienced player seeking high‑stakes action, Golden Pharaoh Com offers the tools and features to meet your needs. Dive in, enjoy the games, and may the odds be ever in your favor.

राजतन्त्र पक्षधरको अराजकता चैत १५ मै देखियोः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु सक्रिय भएकाले तिनका विरुद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।

१३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा बिहीबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरेका हुन् ।

उनले राजतन्त्र पक्षधरको अराजकता चैत १५ मा तीनकुनेमा देखिएको बताए । प्रधानमन्त्रीले भने, ‘राजावादीहरु प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरुको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ ।’

हाम्रो झण्डा ख्यालख्यालमा रातो नभएको भन्दै प्रधानमन्त्रीले मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर सेतो झण्डामा रगत लतपतिएर रातो भएको बताए ।

कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्णः सभामुख घिमिरे

ललितपुर। सभामुख देवराज घिमिरेले पारदर्शी, उत्तरदायी र कानुनी शासनको निर्माणमा लेखापढी व्यवसायीको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको नवौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले बुझिने भाषामा कानुनको व्याख्या गरी कामकाजमा सहजीकरण गर्ने कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

“नागरिक र सरकारी कार्यालयबीच सहजता कायम गर्न लेखापढी व्यवसायीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ”, सभामुख घिमिरेले भने, “जिल्ला प्रशासन, मालपोत तथा नापीजस्ता सरकारी कार्यालयमा विभिन्न प्रकारका कागजपत्र तयार गर्दा नागरिकलाई कानुनी प्रक्रिया, निवेदन लेखन, अभिलेख व्यवस्थापन जस्ता कार्यमा मार्गदर्शनसहित सहजीकरण गरी सेवाग्राहीलाई सहयोग गर्ने काममा लेखापढी व्यवसायी केन्द्रित हुन आवश्यक छ ।”

सभामुख घिमिरले भने, “सेवाग्राहीका निवेदन, लिखत तथा अन्य कागजात मस्यौदा गर्ने, घरसारका लिखत तयार गर्नेलगायत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै स्वरोजगारको बलियो माध्यम बनेको यो पेसाबाट धेरै व्यक्ति लाभान्वित भएका छन् । आमजनतासँग प्रत्यक्ष जोडिने यो पेसालाई आयआर्जनसहित अझ मर्यादित बनाउने जिम्मेवारी यहाँहरूको हो ।”

मालपोत तथा जग्गा नापजाँचसम्बन्धी ऐनमा व्यापक सुधारको आवश्यकता रहेको उनले बताए । कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधिको विकाससँगै लेखापढी क्षेत्रमा पनि आवश्यक रूपान्तरणको खाँचो रहेको धारणा राख्दै उनले सूचना प्रविधिको प्रयोगले पेसागत सहजता हुनेभएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता औँल्याए ।

सभामुख घिमिरले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने कार्यमा आमजनतासँग प्रत्यक्ष जोडिएर कामकाज गर्ने लेखापढी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रसङ्ग उल्लेख गर्दै जनताको विश्वास जित्नेगरी कानुनी राज्य र विधिको शासनका पक्षमा उभिन अनुरोध गरे । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनअन्तर्गत करिब २२ हजार सदस्य रहेका छन् । सो महाधिवेशनमा एक हजार ३०० प्रतिनिधिको सहभागिता रहेको छ । 

सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष

कसरा (चितवन) । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तुत गरेको छ। उसो त नेपालले वन संरक्षण गर्न समुदायलाई नै हस्तान्तरण गर्ने नीति अर्थात् सामुदायिक वनको अवधारणालाई विश्वका कैयौँ देशले अनुसरण गरेका छन्।

प्रकृति र वन्यजन्तु संरक्षणमा वन तथा वातारण मन्त्रालय, नेपाली सेना र स्थानीयवासीको सामूहिक सहकार्य, समन्वय र प्रयासले गर्दा विश्वमै लोपोन्मुखको सूचीमा रहेको पाटेबाघ, एक सिङ्गे गैँडा, बाह्रसिङगाजस्ता जङ्गली जनावरको सङ्ख्या पछिल्लो एक दशकभित्रै दोब्बर भएका छन्।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भन्नुभयो,“संसारमै लोपोन्मुखको सूचीमा रहेका पाटेबाघ, एक सिङ्गे गैँडा, बाह्रसिङगाजस्ता जनावरको सङ्ख्या पछिल्लो एक दशकभित्रै दोब्बर पु¥याउन सफल भएको छौँ। यो हाम्रो लागि ऐतिहासिक उपलब्धि हो। साझेदारी र सहकार्य मार्फत् प्रकृति र वन्यजन्तु संरक्षण गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिँदो रहेछ भन्ने यो गतिलो सिकाइ हो।”

उनका अनुसार सेनाले ‘वन र वन्यजन्तु सबैको लागि’ भन्ने नाराकासाथ प्रकृति संरक्षणमा वन तथा वातावरण मन्त्रालय र स्थानीयवासीसंग सहकार्य गरेको ५० वर्ष भएको छ। विसं २०३२ मा तत्कालीन सरकारले सेनालाई प्रकृति संरक्षण गर्न सुरक्षाको जिम्मेवारी दिएको थियो।

यसअवधिमा सेना, राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती व्यवस्थापन समितिबीचको सहकार्य प्रकृति र वन्यजन्तु संरक्षणका क्षेत्रमा नमूना सावित भएको छ। उनले भने,“निजामती प्रशासन र सैनिकबीच राष्ट्रिय निकुञ्जको बजेट, योजना, कार्यक्रम, रणनीतिका लागि भइरहेको सहयोग, समन्वय र सहकार्यबाट नै राष्ट्रिय निकुञ्जमा लक्ष्य प्राप्तिमा सफलता मिलेको छ। अन्य क्षेत्रमा यो विरलैछ।”

पहिलो राष्ट्रिय निकुञ्जकारुपमा विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएको हो। यद्यपि विसं २०१८ देखि सेनाबाट गैँडा जस्ती सुरु गरिएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ र मन्त्रिपरिषदबाट विसं २०६७ मा पारित स्थायी कार्य सञ्चालन विधिमा राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको सुरक्षाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउने छ,भन्ने उल्लेख भएअनुसार निकुञ्जको सुरक्षामा सेनालाई तैनाथी गरिएको हो।

हाल त्यस्ता २० संरक्षित क्षेत्र ३३ जिल्लामा फैलिएको र त्यसको सुरक्षाका लागि सेनाका आठ गण, सात अनाश्रित गुल्म र एक प्रकृति शिक्षालय गरी करिब आठ हजार सुरक्षा फौज तैनाथ रहेको जनाइएको छ।

त्यसक्रममा प्रकृति संरक्षण कार्यमा तैनाथ भएपश्चात् सेनाका ११६ जना सकल दर्जाले वीरगति प्राप्त गरेका नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयले जनाएको छ। मानव र वन्यजन्तु द्वन्दका कारण चालु आर्थिक वर्षमा मात्र विभिन्न जङ्गली जनावरको आक्रमणमा परी २१ जनाको मृत्यु हुनका साथै ५४ जना घाइते भएकामा नेपाली सेनाका सकल दर्जाका सङ्ख्या आठ छ। त्यस्ता संरक्षित क्षेत्रले मुलुकको कूल भू–भागको २३।३९ अर्थात ३४ हजार ३२४ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ।

वन तथा वातावरण मन्त्रालयक अनुसार चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लामटाङ, शिवपरी– नागार्जुन, सगरमाथा, बाँके, मकालु–बरुण, शुक्लाफाँटा र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज छन् भने, कोशी टप्पु वन्यजन्तु र ढोरपाटन शिकार आरक्षण क्षेत्रका रुपमा छ। त्यस्तै संरक्षण क्षेत्रका रुपमा अन्नपूर्ण, कञ्चनजङ्घा, मनास्लु, कृष्णसार, अपिनप्पा, गौरीशङ्कर आरक्षण क्षेत्र हुन्,भने चितवन, बर्दिया,शे–फोक्सुण्डो, खप्तड, रारा, लामटाङ, शिवपुरी नार्गाजुन, बाँके, मकालुबरुण, शुक्लाफाँटा, कोशी टप्पु, सगरमाथा र पर्सा गरी १३ मध्यवर्ती क्षेत्रका रुपमा छन्।

सेना संरक्षित क्षेत्रभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा, सरकारी कार्यालय तथा अन्य भौतिकपूर्वाधारको संरक्षण र सुरक्षामा सेना अहोरात्र खटिएको छ। सेनाले निकुञ्जको सुरक्षा र चोरी शिकारी नियन्त्रण गर्न छोटो, मध्यम र लामो दुरीका गस्ती, एम्बुस, सर्च एण्ड स्वीपसहित चेतनामूलक कार्य गर्दै आएको छ।

त्यस क्रममा १८ हजार ६३० जनालाई जनचेतनामूलक तालिम प्रदान गरिएको सेनाले जानकारी दिएको छ। निकुञ्ज तथा आरक्षण क्षेत्रको धरातलीय अवस्था र स्थान विशेषकाआधारमा सवरी साधन, हात्ती, डुङ्गा, साइकल, मोटरसाइकल र अरु साधनबाट सेनाले गस्ती गर्दैआएको छ। चालु आर्थिक वर्षमा सेनाले गस्तीका क्रममा ११ थान हतियार, एक हजार चार सय ६७ पासो, एक हजार ५६५ घरेलु औँजार, २५२ सवारी साधन र १० वटा आखेटोपहार बरामदको छ।
निकुञ्ज तथा आरण क्षेत्रको प्रभावकारी सुरक्षाका लागि विभिन्न समयमा ‘हण्ट’ र ‘महाहण्ट’जस्ता अभियान सञ्चालन गर्दैआएको छ। सोही क्रममा ठिक समयमा असरदार गस्ती, प्रभावकारी दृष्टि, सिसी क्यामेरा, स्पाई क्यामेरा, ड्रोन र भेइकल ट्र्याकिङसमेत सञ्चालन गरिएको छ। नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पहल र प्रयासको परिणामस्वरुप केही दशकभित्रै लोपोन्मुख वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटो बाघ सन् २०२२ मा आइपुग्दा ३५५ भएको छ। त्यस्तै सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एक सिङ्गे गैँडा हालको सङ्ख्या ७५२ पुगेको छ। नेपालमा हात्तीको सङ्ख्या १२० भन्दामाथि छ भने हिउँ चितुवा ३९७ र अर्ना ४४१ रहेको अनुमान गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जः शून्य चोरी सिकार

यसैबीच, अहिले चितवन राष्ट्रिय निकुञ्ज ५२९ दिनदेखि शून्य चोरी सिकारीको अभ्यासमा रहेको त्यहाँ तैनाथ नयाँ गोरखनाथ गणका गणपति शिवराम बस्नेतले जानकारी दि‌ए। तीन प्रदेशका चार जिल्ला फैलिएको चितवन ९५२ वर्ग किलोमिटरमा फैलिएको छ, भने त्यसको बफर जोन ७२९।३७ वर्गकिलोमिटर छ।

त्यसक्षेत्रमा नेपाल भारत सीमा स्तम्भ सात वटा जंगेसहित २७ वटा रहेको छ। चितवनमा हालसम्म १८ वटा यूनिट तैनाथ रहेको छ। त्यसका लागि अहिले आठ सय जनशक्तिले ६० वटा आउट पोष्टमार्फत कार्य जिम्मेवारी सम्हाली रहेको छ। त्यहाँ तैनाथ रहेका सेनाले गत वैशाख १० देखि यो वर्षको वैशाख १५ गतेसम्म ८४ हजार ६०६ पटक सञ्चालन गरेको गस्तीमा १० लाख ९६ हजार ९५२ किमी दुरीको यात्रा भएको थियो। त्यसमा तीन लाख ५२ हजार ८० जना व्यक्ति गस्तीमा सहभागी भएको नयाँ गोरखनाथगण कसरा ब्यारेकले जानकारी दिएको छ। हाल दैनिक २१५ भन्दा बढी गस्ती हुने गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाका लागि काठका २८, पक्की १४ र जीर्ण मचान ९ छन्। हालसम्म प्रकृति संरक्षणका दौरानमा सो निकुञ्जमा मात्र सेनाका ४४ जना सकल दर्जाले वीरगति प्राप्त गरेका छन्।

विश्व सम्पादा सूचीमा सूचीकृत घाँसे मैदानसहित दुर्लभ वन्यजन्तुको उल्लेखनीय विविधता रहेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्ती र गैँडा तथा गोही प्रजनन केन्द्रको अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटक बाक्लोरुपमा आउने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए। बाघको सुरक्षा, बासस्थान व्यवस्थापन र आहरा प्रजातिको उपलब्धताका आधारमा चितवन राष्ट्रिय निकुञ्ज सन् २०१५ मा बाघ पाइने देशमध्ये पहिलो राष्ट्रिय निकुञ्जकारुपमा पुरस्कृत भएको उनले जानकारी दिनुभयो। जैविक विविधताका हिसाबले चिनवन राष्ट्रिय निकुञ्जमा ४० भन्दा बढी प्राकृतिक ताल, रिउ, राप्ती र नारायणी नदी प्रणाली र वन तथा घाँसे मैदानका विभिन्न प्रकार छन्।

कसरा, माडी, सौरहा र अमलटारीबीचमा रहेको यस निकुञ्ज क्षेत्रमा १२८ वटा बाघ, ४५ हात्ती, ३८८ चौरी गाई, ६९४ घडियाल गोही, स्तनधारी ७०, चरा ५४६, सरीरसृप र उभयचर ४९ माछा १२० प्रजातीका पाइन्ने पनि जानकारी दिइयो।

यसक्षेत्रका सुरक्षाका लागि नेपाली सेनाका १७, निकुञ्ज र सेनाका संयुक्त ३४ र निकुञ्जका कर्मचारी मात्र रहने नौ समेत गरी ६० वटा सुरक्षा पोष्ट रहेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जले बासस्थान संरक्षण र व्यवस्थापन, प्रजाति संरक्षण, चोरी शिकारी नियन्त्रण, अध्ययन, अनुसन्धान र अनुगमन, मध्यवर्ती क्षेत्र व्यवस्थापन, संरक्षण शिक्षाप्रदान, पर्यापर्यटन व्यवस्थापन, सांस्कृतिक र धार्मिकक्षेत्रको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ।

चालु आर्थिक वर्षको चैत महिनासम्ममा निकुञ्जको अवलोकन र भ्रमणका लागि ९२ हजार ८९० नेपाली, १६ हजार ७९८ सार्कमूलुक तथा ७२ हजार ५३९ जना विदेशी यहाँ आएको पनि निकुञ्ज प्रशासनले जनाएको छ। निकुञ्जले यस अवधिमा करिब २३ करोड, ६४ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ।

सौरहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषकाका प्रमुख राजकुमार गुरुङले कोषले निकुञ्जलाई सहयोग र वन्यजन्तु उद्धारलाई मूल लक्ष्य राखेर काम गरिरहेको जानकारी दिए। उनले भने, “कोषले निकुञ्ज क्षेत्रमा पाइने प्राणी तथा जीवनजन्तु सङ्कलन गरी विसं २०५० देखि म्यूजियम सञ्चालन गर्दैआएका छाँै। वार्षिकरुपमा त्यसको अवलोकन गर्न आउनेको सङ्ख्या करिब ५० हजारको हाराहारीमा छ।”

नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका महासेनानी अजय गुरुङ र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङगानाले पछिल्ला दिनमा मुख्य चुनौती भनेको निकुञ्जवरपरको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र मानवबीच द्वन्दको न्यूनीकरण तथा प्रकृति र वातावरण संरक्षणको प्रभावकारी संरक्षणलाई प्राथमिकता दिएर काम गरिहेको बताए।

महासेनानी गुरुङले पर्यटन विकास, स्थानीयको रोजीरोटी र जीविकोपार्जनमा पर्नेसक्ने असरको विषय पनि जोडिएकाले त्यस पाटोमा पनि ध्यान पु¥याउनुपर्ने आवश्यकता रहेको बताए। प्रकृति संरक्षणजस्तो पवित्र कार्यले नेपालमा मात्र नभइ विश्वकै जैविक विविधता संरक्षणमा अतुलनीय योगदान हुनकासाथै नेपालमा दीगो प¥यो पर्यटनमासमेत टेवा पुग्ने नेपाली सेनाको विश्वास छ।

हिमाल सफाइ अभियान

यसैबीच, पछिल्ला वर्षमा सेनाले प्रत्येक वर्ष हाम्रा अनुपम हिमालको सौन्दर्यलाई कायम राख्न सफा हिमाल अभियान सञ्चालन गर्दैआएको छ। नेपालमा हिमालको दृश्यअवलोकन तथा आरोहणका लागि वार्षिक औषत ५४ हजार पर्यटक तथा ८० हजारको सङ्ख्यामा सहयोगी त्यसक्षेत्रको भ्रमण गर्दैआएको तथ्याङ्क छ।

हिमाली क्षेत्र जलवायु परिवर्तनको असरका हिसाबले अत्यन्त संवेदनशील र विश्व तामक्रम वृद्धिको पहिलो प्रभावित क्षेत्र हो। हिमाली क्षेत्रमा हाल १५ हजारदेखि ३० हजार फोहोर तथा ३०० देखि ४०० को सङ्ख्यामा मृत मानव शरीर भएको अनुमान गरिएको छ। नेपालको हिमाली क्षेत्र करिब दुई अर्ब मानिसको पानीको स्रोत मानिदै आएको छ।

सेनाको अगुवाइमा सन् २०१९ बाट सगरमाथा र ल्होत्सेको सफाइ अभियान सुरु गरिएकोमा हालसम्म पुमरी, मकालु, धौलागिरि, आमदब्लम, कञ्चनजङ्गा, अन्नपूर्ण, मनास्लु, बरुन्चेहुँदै हालसम्म नुप्सेसम्म पुगको छ। त्यो अभियान हिमाल र हिमाली क्षेत्रको सफाइ, दीगो पर्यापर्यटनमा टेवा तथा जिम्मेवार पर्वतारोहणको विश्वव्यापी सन्देशका लागि भएको सेनाले जनाएको छ।

हालसम्म हिमाल सफाइ अभियानमा सेनाका ११५ र शेर्पा १८० जना परिचालन भई १२ वटा शव र ४ मानव अस्थिपञ्जरसहित कुइने र नकुहिने गरी एक लाख १९ हजार ५६ किलो फोहोर सङ्कलन भइसकेको छ।

विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन सभापति देउवाको आग्रह

ललितपुर । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरि तिव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीको चाहनाअनुसारको वातावरण राज्यको सबै निकायमा बनाइ सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको बताए ।

“देशभन्दा बाहिर रहेर पनि देश र जनताको हितमा सोच्नुभएको छ, पार्टीको महाधिवेशन र महासमितिमा समेत समेट्ने प्रयास गरेको छौँ, पार्टीको विधान परिवर्तन गरेर महाधिवेशनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन प्रयास गर्ने छौँ”, उनले भने ।

सभापति देउवाले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौँ भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह गरे । उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन प्रवासी नेपालीको बलियो साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

पार्टीका उपसभापति एवम् पूर्वमन्त्री धनराज गुरुङले यस्ता अन्तरक्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरि काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विदेशमा रहेका नेपालीको भिसा नविकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमा समेत यसको सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए ।

उनले गैरआवासीय नेपालीलाई परेको समस्या समाधान गर्नेगरी नेपालमा सहजरूपमा काम गर्न सक्नेगरी लगानीमैत्री वातावरण सिर्जना गर्ने गरि छलफल केन्द्रीत भएर पार्टीलाई सुझाव दिन आग्रह गरे ।

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीको पक्षमा जनमत तयार गर्दै श्रम गर्न विदेश गएका सम्पूर्ण नेपालीको हितमा हुनेगरी पार्टीले सरकार र संसद्मा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधिले जनसम्पर्क समितिको भूमिकालाई प्रभावकारी बनाउन निरन्तर अन्तरक्रिया हुनु आवश्यक रहेको भन्दै संसारमा रहेका नेपालीलाई जोड्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा जनमत सिर्जना गर्न र आर्थिक समृद्धि रक्षाका लागि भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।

कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विभिन्न देशमा रहेका प्रवासी नेपालीको फरकफरक समस्या रहेको भन्दै उनीहरुमा नेपालको समृद्धि होस् भन्ने साझा धारणा रहेको बताए । उनले प्रवासी नेपालीको हितमा नीतिगत व्यवस्थाका लागि प्रभावकारी कानुन निर्माणमा पार्टीले जोड दिने बताए ।

पार्टीका केन्द्रीय सदस्य एवम् विभागका पूर्वप्रमुख अर्जुन जोशीले नेपालमा भन्दा प्रवासमा बढी हुने हो कि भन्ने चिन्ता रहेको भन्दै यसलाई समाधान गर्न पार्टीले उचित निर्णय लिनुपर्ने बताए । उनले पार्टी र सरकारले विदेशमा रहेका नेपालीको भावना बुझ्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

विभागका प्रमुख एव पार्टीका केन्द्रीय सदस्य किरणराज पौडेलले नेपालबाट विदेश गएर काम गर्ने आप्रवासी कामदारले नेपालमा आपतकालीन समयमा गरेको सहयोग अतुलनीय भएको बताए । उनले ‘सबै जुटौं, कोही पनि नछुटौं’ भन्ने नाराका साथ विदेशस्थित २९ देशमा रहेका ३७ वटा जनसम्पर्क समिति रहेको जानकारी गराउँदै ४० भन्दा बढी देशमा जनसम्पर्क समिति गठन गर्ने लक्ष्य रहेको बताए । 

‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बताएका छन् ।

१३६औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा उनले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाँउमा बसेर रोजगारी गर्न सक्ने बताए। “पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य चिर्दैछौँ । अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सृजना भएको छ”, उनले भने ।

मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गरेका थिए । कार्यक्रममा मे दिवसको शुभकामना आदानप्रदान गर्दै मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

“यो पोर्टल आजदेखि सुरुआत भएको छ । सबै स्थानीय तह र श्रमिकसँग मोबाइल एप्लिकेसनमार्फत यसको पहुँच पुग्नेछ । योसँगै स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न मन्त्रालयले अभियान सञ्चालन गर्नेछ”, उनले भने ।

सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लाई प्रभावकारी कार्यन्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी पुर्याउने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे ।

सरकारका मुख्य सचिव एकनारायण अर्यालले आन्तरिक रोजगार प्रवर्द्धनमा यस पोर्टलको महत्त्वपूर्ण र सहयोगी भूमिका निर्वाह गर्ने बताउँदै यसलाई सफल बनाउन तीनै तहका सरकारले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानले श्रम संसार पोर्टलमा अन्य सरोकार भएका पक्षसँगै रोजगार खोजकर्ताको विश्वास कायम राख्नुपर्ने आवश्यकता औँल्याए ।

श्रम संसार पोर्टल के हो ?

यो श्रम बजारसम्बन्धी सूचना प्रणाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको आधिकारीक सूचना प्रवाह गर्ने एउटा सामाजिक सञ्जाल हो । मन्त्रालयका अनुसार श्रम संसार राष्ट्रिय श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको एक सूचना प्रणाली हो ।

यस प्रणालीमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार, तथा श्रम बजारका अन्य सरोकार भएका निकायसमेत आवद्ध रहने भएकाले श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने छ ।

यस पोर्टल सङ्घ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुनेछ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सहिजै आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र स्वरोजगारसमेतले आफ्नो सीपको विज्ञापन गर्न सक्ने यस पोर्टलको विशेषता हो ।

पोर्टलमा निःशुल्क दर्ता तथा सञ्चालन प्रक्रियाको व्यवस्था गरिएको छ । श्रम बजार सम्बन्धित नीति, नियम तथा जानकारी पोर्टलमा उपलब्ध हुनेछ । मन्त्रालयले यसको सहज पहुँचका लागि यही वैशाखभित्र ‘आइओएस’ र ‘एन्ड्रोइड’ दुवैमा उपलब्ध मोबाइल एपस्को सुरुवात गर्ने जनाएको छ ।

पोर्टल सञ्चालन, अन्तरतह समन्वय तथा निजी क्षेत्रको आवद्धता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध मिलाउने विषयमा भएका आगामी योजनाका बारे पनि मन्त्रालयले जानकारी दिएको छ । यसअघि सन् २०२३ मा कोशी प्रदेशमा विकास गरी प्रारम्भिक रूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो ।

छोटो समया उल्लेखनीय सफलता हासिल गरेको भन्दै कोशी प्रदेशका एक सय ३७ वटै स्थानीय तह यस प्रणालीमा आवद्ध भएका थिए । देशभरका सात सय ५३ वटै स्थानीय तहलाई श्रम संसार पोर्टमा समेट्न मन्त्री भण्डारीको अग्रसरतामा प्राविधिक समितिले काम गरेको थियो ।

मन्त्रालय र स्वीसकन्ट्याक्टबीच गत मार्च १० मा सम्पन्न पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा ‘श्रम संसार’ प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्ने साझेदारीमा हस्ताक्षर भएको थियो । 

एलिना चौहानको ‘दुखें धेरै दुख्न पुग्यो’

काठमाडौं । गायिका एलिना चौहानको एकदमै मार्मिक गीत ‘दुखें धेरै दुख्न पुग्यो’ को हो म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार तथा समाजसेवी सरला श्रेष्ठको शब्द रचना लोकप्रिय संगीतकार लक्ष्मण पोखरेलको संगीतमा चर्चित गायिका एलिना चौहानले गाएको यस गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो ।

गीतमा एलिनाको वास्तविक जीवनसँग मेल खाने जस्तो भएको छ । म्युजिक भिडियो एकदमै राम्रो बनेको छ । म्युजिक भिडियोमा स्मारिका ढकाल र सुरेश कोइलको एकदम दमदार अभिनय देख्न सकिन्छ भने उत्सव दाहालको छायाँकन, मीन रावलको सम्पादन र कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ ।

भिडियो सार्वजनिकपछि गीतकार सरला श्रेष्ठले गीतको भावअनुसारको म्युजिक भिडियो निर्माण गर्न सफल भएकोमा निर्देशक रुपाखेतीलाई धेरै धेरै बधाई तथा शुभकामना दिएकी छन् । म्युजिक भिडियो गीतकार सल्लाह श्रेष्ठको आफ्नै युट्युब च्यानल एसएस क्रिएसनमार्फत ल्याएका छन् ।

https://youtube.com/watch?v=UCY7COaH60I%3Fsi%3D7A3OXKC5_lIwSwJD

नयाँ क्रान्ति सुरु गर्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेकाले नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

१३६ औँ मजदुर दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्ना मुद्दाहरुमा फेरि एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘तपाईंहरु राम्रो तयारीमा बस्नुहोस् । हामी छिट्टै अब ठूलो आन्दोलनमार्फत देशमा एउटा नयाँ राजनीतिक क्रान्तिको तयारी गर्नैपर्छ । त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ ।’

उनले श्रमिक वर्ग इतिहासको निर्माता र समाज विकासको प्रणेता भएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गको हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए ।

रुसले उत्तर कोरियालाई नयाँ युद्धपोत निर्माणमा सहयोग गरेको सियोलको भनाई

सियोल । उत्तर कोरियाको हालै अनावरण गरिएको युद्धपोतमा रुसी सहयोग समावेश हुनसक्ने दक्षिण कोरियाली सेनाले बिहीबार बताएको छ । तर सेनाले ‘अझ विस्तृत विश्लेषण’ गरिरहेको भन्दै सावधानी अपनाएको छ ।

प्योङयाङले हालै चो ह्योन नामक पाँच हजार टनको विध्वंसक–श्रेणीको जहाजको अनावरण गरेको छ । केही विश्लेषकले यो छोटो दूरीको सामरिक आणविक मिसाइलले सुसज्जित हुन सक्ने बताएका छन् ।
ज्वाइन्ट चिफ अफ स्टाफ (जेसिएस) का प्रवक्ता ली सुङ–जुनले दक्षिण कोरियामा पत्रकारहरूलाई रुसले युद्धपोतमा सहयोग गरेको हुनसक्ने बताए ।

“खुलासा भएका हतियार र उपकरणहरू हेर्दा उनीहरूले रुसबाट प्रविधि, कोष वा सहयोग प्राप्त गरेको सम्भावना छ भन्ने हामी विश्वास गर्छौं”, लीले भने, “हामी अझ विस्तृत विश्लेषण गरिरहेका छौँ ।”
उत्तर कोरियाले सोमबार पहिलो पटक युक्रेनमा मस्कोलाई युद्धमा समर्थन गर्न रुसमा सैनिकहरू तैनाथ गरेको पुष्टि गरेको थियो ।

दुवै देशले यस हप्ता उनीहरूले दुई छिमेकीलाई जोड्ने पहिलो सडक पुल निर्माण गर्न थालेको घोषणा गरेका छन् ।

प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले यस हप्ता जहाजको दुई–दिने हतियार परीक्षणको पहिलो दिनको निरीक्षण गरे । निरीक्षण अवधिमा उनले अधिकारीहरूलाई ‘नौसेनाको आणविक सशस्त्रीकरण तीव्र पार्ने’ कार्यमा काम गर्न आदेश दिए ।

उत्तर कोरियाले ‘सबैभन्दा शक्तिशाली हतियार’ ले सुसज्जित भएको दाबी गरेको विध्वंसक ‘अर्को वर्षको सुरुमा सञ्चालनमा आउने’ बताएको छ ।

परीक्षणको समयमा किमले उत्तरको जहाजमा आधारित आगो फायरवार प्रणाली ‘सबभन्दा शक्तिशाली आक्रमण साधनहरू जस्तै सुपरसोनिक क्रुज मिसाइल, रणनीतिक क्रुज मिसाइल र ट्याक्टिकल ब्यालिस्टिक मिसाइलसँग प्रभावकारी रूपमा संयोजित’ थियो भनेका छन् ।

लीले यसको तैनाथीमा थप समय लाग्ने सम्भावना रहेको बताए । “युद्धपोतहरूको मामिलामा निर्माण गर्न धेरै वर्ष लाग्छ र पूरा भएपछि पनि तिनीहरू सञ्चालनमा आउन थप समय लाग्छ”, जेसिएस प्रवक्ताले भने, “त्यसैले चो ह्योन अनावरण गरिएको भए पनि यसको (परिचालन) तैनाथीका लागि धेरै समय लाग्ने सम्भावना देखिन्छ ।”

अमेरिका भन्सार शुल्क वार्ताका लागि चीनसँग सम्पर्क गर्दै

बेइजिङ । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले आफ्ना चिनियाँ समकक्षीहरूसँग बजार र विश्वव्यापी आपूर्ति श्रृङ्खलालाई बिगारेको विशाल भन्सार शुल्कहरूका बारेमा वार्ताका लागि सम्पर्क गरेको बेइजिङ समर्थित आउटलेटले बताएको छ ।

धेरै चिनियाँ उत्पादनमा एक सय ४५ प्रतिशतमा पुगेको अमेरिकी भन्सार शुल्क अप्रिलमा लागु भएको थियो भने बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत ताजा भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।

बिहीबार राज्य प्रसारणकर्ता सिसिटिभीसँग जोडिएको चिनियाँ आउटलेट युयुआन टान्टियनले स्रोतलाई उदृत गर्दै वासिङ्टनले भन्सार शुल्कमा वार्ताका लागि ‘धेरै च्यानल’ मार्फत चीनसँग ‘सक्रिय रूपमा’ सम्पर्क गरिरहेको बताएको छ ।

“वार्ताको दृष्टिकोणबाट अमेरिका हाल बढी चिन्तित पक्ष हो”, समाचार रिपोर्टिङसँग विश्लेषण मिलाउने आउटलेटले एक्स जस्तै जस्तो प्लेटफर्म वेइबोमा भन्यो, “ट्रम्प प्रशासनले धेरै दबाबको सामना गरिरहेको छ ।”
एएफपीले टिप्पणीका लागि चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले भन्सार शुल्कहरूमा वार्ताका लागि सम्पर्क गरेको छ भन्दै बारम्बार दाबी गरेका छन् ।

बुधबार ट्रम्पले ‘हामीले सम्झौता गर्ने धेरै राम्रो अवसर छ’ भनेर दोहो¥याउनुभयो । “तर हामी यसलाई हाम्रो सर्तमा बनाउन जाँदैछौँ र यो निष्पक्ष हुनुपर्दछ”, उनले न्युजनेसनको टाउन हललाई भने ।

बेइजिङले कुनै पनि वार्ता भइरहेको कुरा अस्वीकार गर्दै संयुक्त राज्य अमेरिकालाई ‘निष्पक्ष, सम्मानजनक र पारस्परिक’ तरिकाले वार्तामा संलग्न हुन बारम्बार आग्रह गरेको छ ।

तर चीनले यदि आवश्यक परेमा व्यापार युद्धलाई अन्तिम क्षणसम्म लड्ने बताएको छ । यस हप्ता चीनको विदेश मन्त्रालयद्वारा सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोले ‘कहिल्यै पनि घुँडा नटेक्ने !’ प्रतिज्ञा गरेको छ ।

युक्रेन र अमेरिकाद्वारा खनिज सम्झौतामा हस्ताक्षर

वासिङ्टन । संयुक्त राज्य अमेरिका र युक्रेनले बुधबार दुई महिनाको ढिलाइपछि खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सैन्य सहायता समाप्त भएपछि किएभप्रति अमेरिकी प्रतिबद्धताको नयाँ रूप भनेको छ ।

युक्रेनले लामो वार्तापछि आफ्ना प्रमुख हितहरू सुरक्षित गरेको बताएको छ । यसमा आफ्नै दुर्लभ धातुहरूमाथि पूर्ण सार्वभौमिकता पनि समावेश छ, जुन नयाँ प्रविधिहरूका लागि अत्यावश्यक छन् र अहिलेसम्म धेरै जसो प्रयोग नभएका छन् ।

तीन वर्षअघि रुसले आक्रमण गरेपछि पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा पठाइएको अमेरिकी हतियारको क्षतिपूर्तिका रूपमा ट्रम्पले सुरुमा युक्रेनको खनिज सम्पत्तिको अधिकारको माग गरेका थिए ।

ट्रम्पले विश्वभरका अमेरिकी सुरक्षा प्रतिबद्धताहरूलाई तीव्र रूपमा कम गर्न खोजिरहेकाले प्रारम्भिक हिचकिचाहटपछि युक्रेनले संयुक्त राज्य अमेरिकाको दीर्घकालीन लगानी सुरक्षित गर्ने तरिकाका रूपमा खनिज सम्झौतालाई स्वीकार गरेको छ ।

वासिङ्टनमा सम्झौताको घोषणा गर्दै अर्थमन्त्री स्कट बेसेन्टले ‘युक्रेनमा स्थायी शान्ति र समृद्धिका लागि दुवै पक्षको प्रतिबद्धता’ देखाएको बताए।

अर्थमन्त्रीको वक्तव्यमा युक्रेनमा रुसको ‘पूर्णस्तरको आक्रमण’ उल्लेख गरिएको छ । यो ठूलो मात्रामा जिम्मेवारी बोक्ने ‘सङ्घर्ष’ भन्ने ट्रम्प प्रशासनको सामान्य व्याख्याबाट फरक छ । किएभमा प्रधानमन्त्री डेनिस स्मिगलले सम्झौता ‘राम्रो, समान र फाइदाजनक’ भएको बताए।

उनले दुई देशले प्रत्येक पक्षलाई समान मतदान अधिकार भएको पुनर्निर्माण लगानी कोष स्थापना गर्ने र युक्रेनले ‘आफ्नो भूमिगत, पूर्वाधार र प्राकृतिक स्रोतहरूमा पूर्ण नियन्त्रण’ राख्ने बताए ।

किएभका लागि प्रमुख चिन्तालाई सम्बोधन गर्दै उनले युक्रेनलाई सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि अमेरिकी समर्थनमा अर्बौं डलरको कुनै पनि ‘ऋण’ फिर्ता गर्न नभनिएको बताए।

युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोले सम्झौताले खनिज र तेल तथा ग्यास परियोजनाहरूका साथै ‘सम्बन्धित पूर्वाधार वा प्रशोधन’ लाई वित्तीय सहयोग गर्ने जानकारी दिए ।

ट्रम्पले प्रारम्भमा पाँच खर्ब डलर मूल्य बराबरको खनिज सम्पत्ति खोजेका थिए। यो युद्धदेखि युक्रेनलाई संयुक्त राज्य अमेरिकाले योगदान गरेको रकमको लगभग चार गुणा हो ।

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा शुभारम्भ

दमौली। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलशौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवाको आज शुभारम्भ गरेका छन् ।

लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा केन्द्रमा सो सेवा थालनी गरिएको हो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ । यसअघि तीन उपकरणबाट परीक्षणसमेत सफल भएको जनाइएको छ । सो अवसरमा मन्त्री पौडेलले स्वास्थ्य बीमाको बक्यौता रकममध्ये २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुने जानकारी दिए।

‘स्वास्थ्य बीमाको कूल बक्यौता रकमको २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुन्छ’, पौडेलले भने ‘वैशाख महिनासम्मको यदाकदा बाहेक भुक्तानी भइसकेको छ, अब साउन महिनासम्मको भुक्तानी हुन्छ ।’

मुटु उपचार सेवा विस्तार, क्यान्सर र मिर्गौला प्रत्यारोपण कार्यलाई सात वटै प्रदेशमा पु¥याउने लक्ष्यसहित अघि बढिएको उनले बताए।

जीपी श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा उपलब्ध भएसँगै मिर्गौलाका बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए । शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामील डायलासिसका लागि चितवन, पोखरा र काठमाडौँलगायतका लामो दूरी जानुपर्ने बाध्यता रहेको थियो ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी र भीमाद नगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ ।

अस्पतालमा ओपिडी सेवा, चौबीसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । यसमध्ये ४०-५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

‘माउन्ट एभरेष्ट’ होइन, सगरमाथा इज सगरमाथाः प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।

कोशी लगानी सम्मेलनको विहीबार विराटनगरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताएका हुन् ।

उनले हामीले अब सगरमाथा नै भनेर प्रचार गर्नुपर्ने बताए । उनले भने, ‘एभरेष्टसँग  समगरमाथाको कुनै लिनदिनु छैन, यो नक्कली नाम हो हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा । माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । उनी एउटा ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन ।’

कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे ।

उनले भने, ‘वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ । सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ । आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ ।’

जसपा नेतृले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद

जनकपुरधाम । जनता समाजवादी पार्टीनेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद भएको छ ।

भिडियोमा देखिएको पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको डीएसपी सरोज राईले जानकारी दिए ।

प्रहरीले ’कोमल सुप्रियाको वैशाख ११ गते भएको हल्दी कार्यक्रममा उक्त पेस्तोल पड्काएको खुलेको बताएको छ । यो पेस्तोललाई थप जाँचका लागि विधि विज्ञान प्रयोगशाला पठाउने डीएसपी राईले जानकारी दिए । एक समारोहमा नाच्दै पेस्तो पड्काएको भाइरल सामाजिक संजालमा भाइरल भएको छ ।

त्यसपछि सप्तरी प्रहरीले सिंहलाई बोलाएर सोधपुछ गरेको छ । सामाजिम संजालमा आलोचना भएपछि नेतृ सिंहले आफूले ‘रेन्जर टोय’ नामक खेलौना पड्काएको बताएकी छन् ।

उनले सामाजिक सजालमा भनेकी छन्, ‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलनअनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइबहिनीको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोय’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाइदिनुहुन यहाँहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।’

परिवारको भविष्य खोज्नेहरु…

-हिमाल लम्साल, वीरगञ्ज (पर्सा), १८ वैशाखः वीरगञ्ज महानगर–१५ भिष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगञ्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तब्यमा पु¥याउनको लागि भ्याइनभ्याई हुने गथ्र्यो । त्यही कर्मबाट आफ्नो पाँच सन्तानलाई राम्रैसँग पढाइलेखाइ पनि गराउँदै आइरहेका थिए ।

तर, विगत पाँच वर्षयता भने उनी जस्तै वीरगञ्जमा भाडाको रिक्सा चलाउनेको अवस्था भने निकै दयनीय बन्दै आइरहेको छ । अहिले ४७ वर्षे महतोलाई वीरगञ्ज आसपासमा रिक्सामा सवार गर्ने यात्रु भेट्टाउन पनि मुस्किल पर्ने गरेको गुनासो सुनाउँछन् ।

“२० साल अघिसम्म त रिक्सामा सवार गर्ने यात्रुलाई गन्तब्यमा पु¥याउन भ्याइनभ्याई हुने गथ्र्यो । त्यतिबेला पनि आम्दानी पनि राम्रै हुने गथ्र्यो,” उनले भने, “अचेल त चोक–चोकमा छ्याप्तछयाप्ती भेट्टिने अटोरिक्साका कारण हामीजस्ता भाडाका रिक्सा चालकको काम खोसिएको छ । अचेल त दिनको ७०० कमाउन पनि मुस्किल पर्ने अवस्था आइसकेको छ ।”

तीन छोरी र दुई छोराका पिता महतोलाई रिक्सा चलाएर नै आफ्नो परिवारको गुजारा चलाउन हम्मेहम्मे परेको गुनासो पोखे । “अहिले महङ्गीले आकाशै छुम्ला जस्तो गरिसक्यो । बिहान ०३ बजेदेखि बेलुका ८ बजेसम्म घोटिदा पनि मुस्किले ७०० कमाउन धौ धौ भइसकेको छ,” उनले भने, “त्यो सात सयमा पनि २०० त रिक्साको साहुलाई भाडा तिर्नुपर्ने अर्को बाध्यता छ ।” यहाँका अधिकांश रिक्साचालकको आफ्नै रिक्सासमेत छैनन् । अधिकांश रिक्सा चालकले दैनिक औसतमा १५० देखि २०० भाडा तिरेर साहूको रिक्सा चलाएर आफ्नो गुजारा चलाउँदै आइरहेका छन् ।

“रिक्साको भन्दा अटो रिक्साको भाडा धेरै सस्तो र छिटो गन्तब्यमा पुगिने लोभले सर्वसाधारण रिक्सामा चढ्न खासै रुची देखाउँदैनन्,” रिक्सा चालक महतोले भने “मेसिनबाट चल्ने अटोरिक्सा र हाम्रो रगत पसिनाबाट चल्ने रिक्साको रेट एउटै त कहाँ राख्न सकिन्छ र ?”

वीरगञ्जको घण्टा घर चोकदेखि बसपार्कसम्म अटोरिक्सामा १० मात्र नै यात्रा गर्न सकिन्छ भने रिक्सामा भने कम्तिमा पनि ३० पर्ने भएकाले पनि भएकाले पनि सर्वसाधारणको रोजाईमा भने अचेल रिक्सा खासै पर्दैन । उनले अटोरिक्सा किन्न नसकेकै कारणले भाडाको रिक्सा चलाउँदै आइरहेको दुखेसो पोखे । “५० हजार पर्ने रिक्सा त आफैं किन्न सकेको छैनौ भने कहाँ चार लाख पर्ने अटोरिक्सा किन्ने कुरो त सपना जस्तै हो ।” चालक महतोले भने ।

प्राचीन तथा व्यापारिक सहर वीरगञ्ज बजारमा पहिला जस्तो रिक्सा गुड्न पनि कमी आएको छ । अहिले वीरगञ्जमा औषतमा २०० भन्दा धेरै रिक्सा चालक रहेका छन् । वीरगञ्जकै घण्टाघर आसपासमा रिक्सा चलाउँदै आइरहेका ४६ वर्षे बसन्त गिरी पनि रिक्सा चलाएर गुजारा चलाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताए । “अचेल रिक्सा सवारी गरेर पेट पाल्न पनि गाह्रो हुने अवस्था भइसकेको छ,” उनले भने, “रिक्सा चलाउने बाहेक अन्य कुनै सीप छैन । तर यस्तै अवस्था रहिरहने हो भने त एक दिन नचाहेर पनि विस्थापित हुनुपर्ला कि ।”

वीरगञ्जमा नेपाली नागरिक मात्रै नभएर भारतीय नागरिक पनि रिक्सा चलाउँदै आइरहेका छन् । भारतको विहार राज्यअन्तर्गतको बेतिया जिल्लाका ६० वर्षे सुरेश रामको अनभुवमा पनि पछिल्लो समय रिक्साका चढ्ने यात्रु घटेको अनुभव सुनाउँछन् । “मेरो त जिन्दगी नै रिक्सा चलाएर बित्योभन्दा पनि हुन्छ,” उनले भने, “वीरगञ्जमै रिक्सा चलाएको पनि ४५ वर्ष बितिसक्यो । तर अचेल रिक्सा चढ्ने यात्रुभने घटेको घट्यै छन् । यस्तै अवस्था रहीरह्यो भने त घर फर्किनुपर्ला भन्ने लागिरहेको छ” उनले भने, “बेटरीवाला अटोरिक्साले हाम्रो काम जति सबै खोसेका छन् । कसरी टिक्नु खोई १” रिक्साचालक रामका अनुभवमा अटोरिक्सा नपाएको बेला र अत्यावश्यक परेको खण्डमा मात्रै यात्रु रिक्सा चढ्ने गर्छन ।‘छोटो रुट, अटोरिक्सा नगुड्ने ठाउँमा मात्रै यात्रुको रोजाइमा रिक्सापर्ने गर्छ,” उनले भने,“पहिले त रिक्सा चढ्न हानाथाप हुने गथ्र्यो । अचेल त पुराना बुढापाका मात्रै चढ्ने गर्छन् ।”

पछिल्लो समय वीरगञ्जमा रिक्सा र टाँगा हराउँदै पनि गइरहेको छ । वीरगञ्ज आसपासमा टाँगा र रिक्सा न्यून सङ्ख्यामा मात्रै सडकमा देखिन्छन् । पछिल्लो समय युवा पुस्ता भने इलेक्ट्रिक तथा पेट्रोलियम पदार्थबाट चल्ने अटोरिक्सा चलाउनेतर्फ आकर्षित भइरहेका छन् वैदेशिक रोजगारीबाट फर्किएका युवा भने धमाधम अटोरिक्सा ९टेप्पो०तर्फ आकर्षित भइरहेका छन् ।

वीरगञ्ज महानगर–१५ नगवा मोहम्मद सविरु पनि वैदेशिक रोजगारीको लागि तीन वर्ष युनाइटेड अरब इमिरेट्स गए । तर यहाँको खासै रमाउन नसकेपछि एक वर्षदेखि वीरगञ्ज बजारमा भाडाको अटो रिक्सा चलाउँदै आइरहेका छन् । “अरबको खाडी सहर दुबईभन्दा त आफ्नो घरआँगनमा अटो रिक्सा गुडाउँदा झनै रमाइलो लाग्ने रैछ,” उनले विगत स्मरण गर्दै भने, “दुबईमा भन्दा यहाँ आठ–दश हजार आम्दानी कम होला तर, परिवारको साथै बसेर काम गर्दा छुट्टै आनन्द महसुस हुने गरेको छ ।” सबिरुले दैनिक ७०० भाडा तिरेर भाडाको अटो रिक्सा गुडाउँदै आइरहेको बताए । “पहिला–पहिला रिक्सा चढ्ने खुवै भेट्टिन्थे,” उनले भने, “अचेल छिटो र सस्तो अटोरिक्सा हुने भएकाले सबैको रोजाइमा त्यही पर्ने गर्छ ।” उनले अटोरिक्सा चलाएर दैनिक औसतमा दुई हजारसम्म आम्दानी गर्न सकिने बताए । “अहिले अटोरिक्सा चलाएर परिवारलाई खुसीपूर्वक पालनपोषण गर्दै आइरहेको छु,” उनले भने ।

वीरगञ्जमा १० वर्षदेखि इलेक्ट्रिक रिक्सा चलाउँदै आएकी निशाचन्द्र ठकुरी पनि ईरिक्साको पनि आम्दानी पनि घटेको अनुभव सुनाउछिन् ।“यहाँ अहिले पाइला–पाइला अटोरिक्सा र इ–रिक्सा पाइने भएकाले पनि कमाई घट्दै गइरहेको छ,” उनले भनिन्, “अहिले त दैनिक एक हजार ५०० आम्दानी गर्न पनि मुस्किल भइरहेको छ,” उनले भनिन्, “टेप्पो र अटोरिक्सा चालकको हानाथापको कारणले पनि कुनै बेला त रित्तै पनि गुडाउनुपर्ने बाध्यता आइसकेको छ ।” चन्द्र वीरगञ्जमा पहिलो महिला इ–रिक्सा चालकको रूपमा परिचित छिन् । उनले इ–रिक्सा चलाउन थाल्दा वीरगञ्जमा १० वटा मात्रै इ–रिक्सा गुड्ने गरेको दावी गरिन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट वीरगञ्ज बजार क्षेत्रमा अत्यधिक मात्रामा अटोरिक्सा चल्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको बताउँछन् । “वीरगञ्जबजार क्षेत्रमा यात्रु ओसार्ने सवारीसाधन भनेकै अटोरिक्सा हो । स–साना सवारीको कारणले पनि पिकआवरमा ट्राफिक व्यवस्थापनमा पनि समस्या थपिदैँ आइरहेको छ ।” वीरगञ्ज बजार क्षेत्रमा अटोरिक्सा, रिक्सा, टाँगा र दुईपाङ्ग्रे सवारीसाधन अत्यधिक मात्रामा गुड्ने गर्छन् । यसको कारणले पनि पछिल्ला समय यहाँका सडक अटोरिक्सा र ससाना सवारीसाधनले भरिभराउ हुने गरेका छन् ।

वीरगञ्ज महानगर आसपासमा चल्ने अटोरिक्साको एकिन तथ्याङ्क भने छैन । यद्यपी यहाँका सरोकारवाला निकायले भने करिब चार हजारको हाराहारीमा गुड्ने अनुमान गर्छन् । वीरगञ्ज महानगर सडक तथा यातायात शाखा प्रमुख विजय गुप्ताले महानगरमा ७५० को हाराहारीमा अटोरिक्सा दर्ता भएको बताए । “पर्साका १४ वटै पालिकाबाट वीरगञ्जमा अटोरिक्सा चल्ने भएकाले पनि सङ्ख्या एकिन गर्न र व्यवस्थापनमा पनि चुनौती थपिदैँ आइरहेको छ,” उनले भने, “जनशक्तिको अभावको कारणले पनि अटोरिक्सा तथा टेप्पोलाई व्यवस्थित गर्न समस्या भइरहेको छ ।” 

निजी क्षेत्रदेखि सबैलाई लगानीका लागि प्रधानमन्त्रीको आह्वान

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको लगानी सम्मेलनबाट समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेश लगानी सम्मेलनको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबाट लगानीसम्बन्धी छलफल र नयाँ लगानी भित्रिने अपेक्षा राखिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण रहेको भन्दै लगानी गर्न सबैलाई आग्रह गरे । कोशी प्रदेशमा यातायात पूर्वाधार पर्याप्त रहेका कारण उद्योगबाट उत्पादित सामग्री बजारीकरणका लागि समस्या नरहेको प्रधानमन्त्री ओलीले बताए ।

हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग, मदन भण्डारी मार्गसहित पर्याप्त सडक सञ्जाल रहेका कारण बजारीकरण गर्न सहज हुने उनको भनाइ छ । उनले निजी क्षेत्रदेखि लिएर सबैलाई लगानीका लागि आह्वान गरेका छन् ।

ओलीले सम्भावना पर्याप्त भएकाले जुनसुकै क्षेत्रमा लगानी गर्दा पनि हुने बताए । हुलाकी राजमार्ग निर्माणको क्रममा रहेको भन्दै उनले अहिले लगानी गरेको उद्योगबाट उत्पादन सुरु हुँदा पूर्वपश्चिम मार्ग एसियन मापदण्डको बन्ने बताए ।

सडक पूर्वाधारले बजारीकरणका लागि सहज हुने बताउँदै ओलीले लगानीको उपयुक्त वातावरण रहेको स्पष्ट पारेका छन् । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजनालाई ‘सोकेस’मा राखिएको छ ।

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन्। त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको संख्या दुई हजार १८१ रहेको छ।

सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताए। उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन्।

सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। कात्तिकमा ३१६, मंसिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन्।

उनका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ । आव २०८०/८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए।

आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । विसं २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ।

दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ।

नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठुलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ।

निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, बाह्रसिंगा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन्।

निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन्। रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुंगी पाइन्छन्।

निकुञ्जमा १२ प्रजातीका घस्रने वन्यजन्तु, २० प्रजातीका उभयचर, २४ प्रजातीका माछा र ३५ प्रजातीका पुतली पाइन्छन्।

संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक

काठमाडौँ । बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिएको छ ।

वैदिक अनुसन्धान गुठी र भाना फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा बालबालिकालाई आफ्नो पूजापद्धति, देवता, तीर्थ, नदी, चाडपर्व, जात्रा, परम्परा र सनातन मूल्यमान्यताका बारेमा जानकारी दिई नैतिक चेतना दिने संस्कार शिक्षाको मूल उद्देश्य रहेको पुस्तकका लेखक डा स्वामी केशवानन्द गिरीले बताए ।

पुस्तकको पाठ एकमा कुमारीवन्दना, जानकीवन्दना, पृथ्वीवन्दना, बुद्धवन्दना, गोवन्दना, गण्डकीवन्दना, किरातेश्वरवन्दना, भैरववन्दना, प्रकृतिवन्दना, वैदिकस्तुति, हिमालयवन्दनालगायत विषयवस्तु राखी बालबालिकालाई आदरसम्मान भावको विकास गर्ने उद्देश्य राखिएको छ । यसैगरी पाठ दुईमा स्वच्छता, शास्त्रको मर्यादा, मित्रता, बुद्धको जीवनी, गाई, कालीगण्डकी, देवालयको प्रातःकालीन भ्रमण, नित्य विद्याभ्यास, बगैँचाको हेरचाह, शयननियम, षट्कर्मलगायत विषयसम्बनधी जानकारीमूलक सामग्री समावेश गरिएको छ ।

पुस्तकको पाठ तीनमा बालिकासम्मान, बोट वनस्पति, क्षमाशीलता, गाली आफैँतिर, गाईको सेवा, नदी स्नान, मुन्धुमका आचारपक्ष, सरसफाइ, सम्पदाको संरक्षण, आफ्नो धर्मको पालना, कर्मनिष्ठालगायत विषय राखिएका छन् । पाठ चारमा गुन्युचोली, तुलसीविवाह, संसार साझा घर, पञ्चशील, कामधेनु, नदीमा तोरण तार्ने, किराँत संस्कृतिमा शिवपार्वती, कुकुरपूजा, रक्षाबन्धन, असारको पन्ध्र, मकरसङ्क्रान्तिजस्ता उपयोगी एवं जानकारीमूलक सामग्री समावेश गरिएको छ ।

पाठ पाँचमा पौराणिक विषयसँग सम्बन्धित ११ वटा कथा राखिएका लेखकले जानकारी दिनुभयो । कुमारीको उत्पत्ति, जानकीको उत्पत्ति, पृथ्वीको जन्म, धैर्यधन, अनुमति, यक्षसंवाद, पाशुपतास्त्र, भैरवको शक्ति, बालागुरु षडानन्द, जुठो पानी, मिल्दा साथीजस्ता विषय राखिएको छ । आवरणसहित एक सय २४ पृष्ठको पुस्तकले बालबालिकालाई अनुशासनमा हिँड्नसमेत प्रेरणा दिने विश्वास गरिएको स्वामी केशावनन्दले बताए ।

पुस्तक विमोचन कार्यक्रममा स्वामी केशवानन्दले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकाले संस्कार शिक्षा भाग एकलाई पाठ्यक्रममा समावेश गरेको जानकारी दिए । संस्कार शिक्षाको तेस्रो भाग पनि अन्तिम चरणमा पुगेको सो अवसरमा उनले बताए ।

कार्यक्रममा सत्सङ्ग परिवार जावलाखेलका अध्यक्ष दीपक रिमालले प्रत्येक घर र विद्यालयमा संस्कार शिक्षाका पुस्तक पुर्याएर पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताए ।

भाना फाउन्डेसनकी अध्यक्ष श्रीमती नानीबाबा रिसालले संस्कृतमा जति ज्ञान अन्यत्र नभएकाले संस्कार शिक्षा प्रकाशनका लागि फाउन्डेसनले सहयोग गरेको बताइन् ।  फाउन्डेसनका कार्यकारी अतुल्य रिसालले पिता भाष्कर रिसाल र आमा नानीबाबाको नाममा खोलिएको संस्थाले आध्यात्मिक जागरणमा काम गरिरहेको जानकारी दिइन्। सो अवसरमा संस्कार शिक्षा पुरस्कार पनि प्रदान गरिएको थियो । 

मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार

मुस्ताङ । हिन्दु तथा बौद्धमार्गीहरुको साँझा धार्मिक तिर्थस्थल मनाङको मुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ।

यहाँस्थित प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहयोगमा मुक्तिनाथ मन्दिरमा लागेर बिरामी परेका धार्मिक पर्यटकलाई निःशुल्क स्वास्थ्योपचार सेवाको व्यवस्था गरिएको हो।

समूद्री सतहको करिब तीन हजार ८०० मिटरको अग्लो उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न पुग्ने कतिपय धार्मिक तिर्थालु पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ।

मुक्तिनाथमा लेक लागेर बिरामी हुने धार्मिक तिर्थालुलाई छिटोछरितो आपत्कालिन प्रारम्भिक उपचारको व्यवस्थापन गर्न प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहकार्यमा मुक्तिनाथ मन्दिर परिसरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोरले जानकारी दिए।

प्रदेश अस्पतालले जनशक्ति व्यवस्थापन र अक्सिजनको व्यवस्था गरेको तथा गाउँपालिकाले व्यवथापन एवं औषधि लगायतमा सहयोग गर्दै आइरहेको स्वास्थ्य संयोजक बोहोराले बताए। मुक्तिनाथ स्थित ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’मा प्रदेश अस्पताल जोमसोमले दुई हेल्थ असिस्टेन्ट करारमा खटाएको छ। अस्पतालले ट्रिटमेन्ट सेन्टरका लागि आवश्यकताअनुसार अक्सिजनको व्यवस्था गरेको छ।

लेक लाग्ने बिरामीको उपचार सेवाका लागि हेल्थ असिस्टेन्ट सरोज घर्तीमगर र विकास ठाकुर २४ सै घण्टा बिरामीको सेवामा खटिएका छन् । हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत हेल्थ असिस्टेन्ट घर्तीमगरले लेक लागेका बिरामीलाई उपचार सेवा पुर्याउन तीन वटा शय्या र तीन अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको जानकारी दिए।

उनका अनुसार दुई शय्या र दुई सिलिन्डर मन्दिरको केही पर व्यवस्थापन भएको तथा एक शय्या र एक सिलिन्डरको व्यवस्था मन्दिर परिसर नजिकै राखेर सेवा दिने गरिएको छ।

मुक्तिनाथ मन्दिर परिसरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना भएदेखि हालसम्म करिब दुई हजार बढीले सेवा प्राप्त गरेको हेल्थ असिस्टेन्ट घर्तीमगरले बताए। उनका अनुसार चैतमा मात्रै १७९ जना लेक लागेका बिरामीले हाइअल्टिच्युड ट्रिटमेन्ट सेवाबाट स्वास्थ्य लाभ प्राप्त गरिसकेका छन्।

मुक्तिनाथमा धार्मिक तिर्थालुका लागि स्थापना गरिएको ट्रिटमेन्ट सेन्टरको प्रारम्भिक कक्ष साँघुरो हुँदा बिरामीको उपचारमा केही असहज भएको देखिएको छ। यसका लागि मन्दिर परिसर नजिकै सुविधायुक्त हाइअल्टिच्युड पूर्वाधार भवनको व्यवस्था आवश्यकता रहेको छ।

मुक्तिनाथमा लेक लागेका बिरामीलाई प्राथमिक उपचार गरेपछि जोमसोमस्थित प्रदेश अस्पतालमा रिफर गर्ने गरिएको अर्का हेल्थ असिस्टेन्ट ठाकुरले बताए । मुक्तिनाथमा ४५ देखि ९४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई लेक लाग्ने समस्याको उपचार प्रदान गरिसकेको ठाकुरको भनाइ छ।

समूद्री सतहको कम उचाइबाट उच्च स्थानमा विश्राम नलिइ आउने धार्मिक तिर्थालुलाई लेक लाग्ने समस्या बढी हुने गरेको छ। दीर्घ रोगका बिरामी र शारिरीक रुपले कमजोर तथा उमेर कटेका ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा दर्शन गर्न आउँदा लेंक लाग्ने समस्या बढी हुने गर्छ।

उच्च स्थानमा पुग्दा अक्सिजनको मात्रा कम हुँदा देखिने समस्यालाई लेक लागेको भन्ने गरिन्छ। लेक लागेका बिरामीलाई बान्ता हुने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, शरिर भारी हुने र अल्छि लाग्ने जस्ता लक्षण देखिने गर्छन्।

उच्च स्थानको मुक्तिनाथमा जाने धार्मिक तिर्थालु कुन ठाउँबाट कसरी आइपुगेको हो लेक लाग्ने समस्या त्यसैमा निर्भर हुन्छ । मुस्ताङमा कम उचाइको स्थानबाट आउने भारतीय पर्यटकलाई बढी मात्रामा लेक लाग्ने समस्या देखिने गरेको पाइएको छ।

यसैगरी मुक्तिनाथमा गएर खाली पेटमा १०८ धाराको पानी सेचन गर्ने, चिसो कुण्डमा डुबुल्की मार्ने र खाली पेटमै दर्शन गर्ने गर्दा शरिरले तापक्रम व्यवस्थापन गर्न नसक्दा धार्मिक तिर्थालुलाई लेक लाग्ने समस्या देखिने गरेको स्थानीय बताउँछन्।

जिल्ला प्रहरी कार्यालयले मुक्तिनाथ आउने धार्मिक पर्यटकलाई लेक लाग्ने समस्याका बारेमा सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ। ‘सवारी चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ अभियान सञ्चालन गरेर धार्मिक तिर्थयात्रीलाई लेक लाग्ने समस्याका बारेमा जानकारी दिने र लेक लाग्ने समस्याका बारेमा पर्चा, पम्प्लेट र ब्रोसर वितरण गर्ने अभियान सञ्चालन भइरहेको छ।

मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई लेक लाग्ने जाखिमबाट जोगाउन म्याग्दी र मुस्ताङको सिमावर्ती क्षेत्र घाँसामा लेक लाग्ने समस्याका विषयमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ। घाँसामा रहेका सुरक्षाकर्मीले समेत लेक लाग्ने समस्याका बारेमा धार्मिक तिर्थालुलाई जानकारी दिने गरेका छन्।

मुस्ताङमा बर्सेनि दुई दर्जन बढी धार्मिक तिर्थालुको लेक लाग्ने समस्याबाट मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। त्यसमध्ये मृत्यु हुनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गरे। 

विदेशबाट फर्किएर मौरीपालन

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन छन्। विगत छ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेका हुन्।

राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचे जस्तो राम्रो नभएपछि नेपाल फकिएको र उनी नेपाल आएर मौरीपालन व्यवसायमा लागेका हुन्। उनले करिब २५ घारबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले १३५ घार पुर्याएका छन्। विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उनले यो व्यवसाय सुरु गरेका हुन्।

उनले भने, ‘अहिले पनि कहिले काहीँ कमाउनका लागि विदेश जाउँकी भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ।’

परिवारले सामान्य रुपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उनले व्यावसायिक रुपमा मौरीपालन गरेका छन्। आरकेएम पशुपंक्षी कृषि फर्म दर्ता गरेर उनले मौरीपालन व्यवसाय सुरु गरेका हुन्। उनले भने, ‘नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ।’

मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उनले बताए। चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ। मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उनको भनाइ छ।

आफ्नो ससुरा बाले गरेको देखेर उत्साहित भएर मौरीपालन गर्न सुरु गरेका मुक्तानले अहिले वार्षिक एक हजार ९५० किलो मह उत्पादन गर्दै आएका छन्। घारलाई बढाएर १५० पुर्याउने योजना उनको रहेको छ।

सुरुआतमा व्यवसायमा सोचे जस्तो नहुँदा निराश भएका मुक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० घार र कृषि विकास कार्यालयले कृषि उद्यमशीलता कार्यक्रमअन्तर्गत ९० घार सहयोग गरेपछि उनले मौरीपालन व्यवसायलाई अझै प्रभावकारी रुपमा अघि बढाएका छन्।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फकिएका युवालाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रमअन्तर्गत युवाहरुलाई समेटिएको बताए। 

ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु

तनहुँ  । तनहुँको ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल निर्माण सुरु गरिएको हो ।

पुल सम्पन्न भएपछि जिल्लाका ऋषिङ, व्यास र देवघाट गरी तीन स्थानीय तहका बासिन्दा लाभान्वित हुने छन् । तीन पालिकाका करिब ४०० घरधुरीलाई आवतजावतमा सहज हुने गाउँपालिकाका इन्जिनियर श्रीकृष्ण खनालले जानकारी दिए ।

उनले भने, “पुल बनेपछि दमौलीबाट दिउली खोला पुल हुँदै देवघाटको दुबुङ र खाल्टे पुग्न सहज हुनेछ ।” पुल निर्माणको जिम्मा पशुपति आर्कडी असेस जेभीले पाएको छ । हाल पुलको एउटा पिल्लर निर्माण भइसकेको र अर्को छेउको पिल्लर निर्माण भइरहेको पालिकाका न्जिनियर अखिल सुबेदीले बताए ।

उनका अनुसार ४० मिटर ‘स्पान प्रिस्ट्रेस्ड क्रङ्क्रिट’ प्रविधिबाट पुल निर्माण गर्न लागिएको हो । पुलको हालसम्म वित्तिय प्रगति ३० प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत छ । विसं २०८० माघ २३ मा सम्झौता गरी पुल निर्माण सुरु गरिएको हो । यहाँ पुल नहुँदा ऋषिङका बासिन्दाले समस्या भोग्दै आएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाइले बताए । 

छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन्। मौसम शुरू हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा संकलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए।

“कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्,” उनी भन्छन्, “मौसम बिग्रिएर दुःख दिइरहेको छ।” चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइन्छ। यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ। चुमनुब्रीको वडा नं ३ र धार्चे गाउँपालिकाको वडा नं ३ का लेकमा पनि यार्सागुम्बा पाइन्छ।

छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न वैशाखको पहिलो सातादेखि नै लेकतिर जान थालेका निवर्तमान वडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन्। “स्थानीय जान त गएका छन्, तर लेकमा अझै हिउँ जमिरहेको छ,” उनी भन्छन्, “यो वर्ष हिउँ ढिला पर्‍यो, लेक गएका पनि हिउँ पन्छाउँदै होलान्।” वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र फर्किने गर्छन्। स्थानीय बासिन्दाले करिब दुई–अढाइ महिनालाई पुग्ने गरी याक–चौँरीलाई रासनपानी तथा लत्ताकपडा बोकेर लैजान्छन्।

यार्साको मोसम शुरू भएपछि अधिकांशले घरमा ढोका लगाएर जहान परिवार, घरपालुवा पशुचौपाया सबै लेकमै लिएर जान्छन्। “लेकमा अस्थायी क्याम्प बनाउँछन्, बालबच्चा पनि लेकमै लान्छन्, याक, चौँरी पनि लेकमै लान्छन्,” लामा पासाङ भन्छन्, “कसै–कसैका घरमा हिँड्न नसक्ने बुढाबुढी छन् भने रोङ्बा (तल्लो भेगका मान्छे)लाई घर कुरुवा राखेर आफू सबै लेकमै जान्छन्।”

यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो। उनीहरूले यार्सागुम्बा बेचेर २ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउने गर्छन्। “अचेल लेकमा किरा पाउनै छोड्यो, दिनभरि खोज्दा एउटा, दुईटा मात्र पाइन्छ,” छिरिङ फुञ्जो भन्छन्, “अब केही वर्षपछि त त्यही पनि पाउन छोड्छ होला।” यार्सागुम्बा संकलनका लागि प्रत्येक घरले स्थानीयस्तरको समितिलाई ५०० र पालिकाका लागि ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।

दक्षिण कोरियाली पूर्व राष्ट्रपति युनमाथि अधिकारको दुरुपयोगका लागि अभियोग

सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई बिहीबार उनको मार्सल ल घोषणामाथि अधिकारको दुरुपयोगका लागि थुनाबिना अभियोग लगाइएको अभियोजकहरूले बताएका छन् । यसले महाभियोग लगाइएका पूर्व राष्ट्रपतिको कानूनी खतरा थप बढाएको छ ।

नयाँ अभियोग त्यस बेला आएको छ जतिबेला युनले आफ्नो डिसेम्बर ३ को मार्सल ल प्रयाससँग विद्रोह गराएको आरोपमा मुद्दा चलिरहेको छ । मार्सल लले प्रजातान्त्रिक दक्षिण कोरियामा नागरिक शासन निलम्बन गर्न खोजेको थियो ।

आदेश अन्तर्गत सशस्त्र सैनिकहरू संसद्मा तैनाथ गरिएका थिए, तर विपक्षी सांसदहरूले त्यसलाई छिटो मतदान मार्फत अस्वीकार गरेकाले आदेश मात्र लगभग छ घण्टा मात्र रह्यो । मतदान गर्न विपक्षी सांसदहरू भवनमा प्रवेश गर्न बार चढेका थिए । पछि उनीहरूले मार्सल ल घोषणाका कारण युनमाथि महाभियोग लगाएका थिए ।

चौँसठ्ठी वर्षीय युनलाई अप्रिलमा संवैधानिक अदालतले महाभियोग प्रस्तावलाई समर्थन गर्ने सबै शक्ति र विशेषाधिकारबाट वञ्चित गरेको थियो । उनी चाँडै राष्ट्रपति निवासबाट बाहिर निस्कन बाध्य भए ।

‘विद्रोहको प्रमुख’ का रूपमा राष्ट्रपति रहँदा अभियोजकहरूले पहिलो पटक जनवरीमा युनलाई अभियोग लगाएका थिए । उक्त महाअभियोगलाई राष्ट्रपति उन्मुक्तिले समेट्दैन ।

“हामीले त्यसपछि अधिकारको दुरुपयोगको आरोपमा पूरक अनुसन्धान गर्दै (विद्रोह) मुद्दा अगाडि बढाएका छौँ, जसले यो अतिरिक्त अभियोग निम्त्याएको छ”, अभियोजकहरूले बिहीबार एक विज्ञप्तिमा भने ।

अनुसन्धानकर्ताहरूले सियोलमा युनको निजी निवासमा छापा मारेको एक दिनपछि उनकी पत्नी किम केओन ही र पूर्व प्रथम महिलाका तर्फबाट भव्य उपहार प्राप्त गरेको आरोपमा एक शामन संलग्न घुसखोरीको आरोपको अनुसन्धानको एक भागका रूपमा नयाँ आरोप आएको छ ।

विद्रोहको अभियोगमा दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ । यद्यपि दक्षिण कोरियाले सन् १९९७ देखि मृत्युदण्डमा अनौपचारिक रोक लगाएको छ ।

युन पदबाट हटाइएका दोस्रो दक्षिण कोरियाली राष्ट्रपति र संसद्द्वारा महाभियोग लगाइएका तेस्रो राष्ट्रपति थिए ।

युन पदबाट बाहिर भएपछि दक्षिण कोरियाले जुन ३ मा आकस्मिक चुनाव गर्ने तयारी गरेको छ । 

बङ्गलादेशमा तीन दिने सामूहिक राजनीतिक र्‍याली सुरु

ढाका। गत वर्षको विद्रोहपछि उत्सुकताका साथ प्रतीक्षा गरिएको चुनावका लागि समर्थन जुटाउँदै प्रतिद्वन्द्वी समूहहरूले ढाकामा सामूहिक प्रदर्शन गर्ने तयारी गर्दै बिहीबार बङ्गलादेशमा तीन दिने राजनीतिक र्‍यालीहरू सुरु भएका छन् ।

अगस्टमा भीडले स्वेच्छाचारी प्रधानमन्त्री शेख हसिनाको दरबारमा आक्रमण गर्दा उनी निर्वासनमा भागेपछि अन्तरिम सरकारको नेतृत्व गरेका नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मुहम्मद युनुसले डिसेम्बरको सुरुमा र पछिल्लोमा सन् २०२६ को मध्यसम्ममा चुनाव हुने बताएका छन् ।

निर्वाचन जित्ने धेरै सम्भावना रहेको बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) ले ढाकामा मे दिवस र्‍याली आयोजना गर्ने भएको छ ।

“यो हालैको समयमा सबैभन्दा स्मरणीय भव्य र्‍याली हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौंँ”, बिएनपीका मिडिया अधिकारी साइरुल कबिर खानले भने ।

सबैभन्दा ठूलो इस्लामिक राजनीतिक पार्टी जमात–ए–इस्लामी पनि बिहीबार राजधानीका सडकहरूमा निस्कनेछ ।

पहिले हसिनाको शासनको नजिक रहेको जातीय पार्टीले पनि र्‍याली गर्नेछ । हसिनाको अवामी लिगलाई सत्तामा टाँसिरहन मद्दत गरेको आरोपमा अक्टोबरमा यसको कार्यालयहरू तोडफोड भएपछि यो यसको पहिलो बाहिरी राजनीतिक कार्यक्रम हुनेछ ।

शुक्रबार हसिनालाई अपदस्थ गर्ने युवा नेतृत्वको विरोध प्रदर्शनको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नेसनल सिटिजन्स पार्टी (एनसिपी) ले र्‍याली गर्नेछ ।

पार्टी गठन गर्न राजीनामा दिनुअघि एनसिपी नेता नाहिद इस्लाम सुरुमा युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारमा सामेल भएका थिए ।

“राजनीतिक कार्यक्रमहरूले हामीलाई सार्वजनिक संलग्नता निर्माण गर्न मद्दत गर्दछ”, एनसिपीका वरिष्ठ अधिकारी अरिफुल इस्लाम आदिबले भने, “यो र्‍याली शक्ति देखाउनका लागि होइन, तर हामी २० हजारदेखि ३० हजार सहभागी हुने अपेक्षा गर्दछौँ ।”

इस्लामिक शिक्षालयहरूको मञ्च हेफाजत–ए–इस्लामले शनिबार ‘भव्य र्‍याली’ गर्नेछ । “हाम्रो र्‍यालीले सरकारलाई हामीले गरेका बलिदानको सम्झना गराउँछ”, यसका नेता मामुनुल हकले भने । उनीहरूले आफ्नो मागहरू प्रस्तुत गर्न यस कार्यक्रमको प्रयोग गर्नेछन् ।

तीमध्ये मुख्य भनेको महिलाविरुद्ध भेदभावपूर्ण प्रावधानहरू अन्त्य गर्नाका लागि सरकारी महिला आयोगले गरेको सिफारिसहरू खारेज गर्नु हो, जुन वर्षौंको दमनपछि कट्टरपन्थी, धार्मिक रूपमा उत्प्रेरित सक्रियता कसरी बलियो भइरहेको छ भन्ने कुराको थप सङ्केत हो ।

“हामी चारवटा मागहरू प्रस्तुत गर्नेछौँ । तीमध्ये प्रमुखले महिला अधिकार आयोगका सिफारिसहरू खारेज गरिरहनुभएको छ”, हकले भने, “यदि मुहम्मद युनुस वा अझ प्रख्यात कोही पनि जिम्मेवारीमा भए पनि हामीलाई फरक पर्दैन, हामी सडकमा उत्रनेछौँ ।”

भारतमा स्व–निर्वासनमा रहेकी हसिनाले मानवता विरुद्धको अपराधको आरोपमा ढाकाबाट गिरफ्तारी वारेन्टको अवहेलना गरिरहेका छन् । 

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

सान फ्रान्सिस्को । पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उनका समर्थकहरूको आलोचना गरेकी छिन् ।

पराजित डेमोक्रेट ह्यारिसले समर्थकहरूलाई पछिल्ला तीन महिनामा देखिएको ‘अराजकता’ वास्तवमा कन्जरभेटिभहरूको लामो समयदेखि चाहेको योजनाको प्रतिफल हो भन्दै यसले ट्रम्पलाई संयुक्त राज्य अमेरिकालाई आफ्नै फाइदाका लागि प्रयोग गरिरहेको बताइन् ।

‘वास्तवमा, हामी जे देखिरहेका छौँ त्यो एक उच्च गतिको घटना हो, जहाँ दशकौँदेखि बनाइरहेको एजेन्डाको द्रुत कार्यान्वयनका लागि एउटा माध्यम प्रयोग भइरहेको छ,’ उनले सान फ्रान्सिस्कोमा स्राेताहरूलाई भनिन्, ‘सार्वजनिक शिक्षामा कटौती गर्ने एजेन्डा, सरकारलाई संकुचित गर्ने र त्यसपछि यसका सेवाहरूको निजीकरण गर्ने एजेन्डा, सबैभन्दा धनीलाई कर छुट दिइरहेका छन्, अमेरिकाको एक साँघुरो, स्वार्थी दृष्टिकोण जहाँ उनीहरूले सत्य बोल्नेहरूलाई दण्डित गर्छन्, वफादारहरूलाई पक्षपात गर्छन्, आफ्नो शक्तिको दुरुपयोग गर्छन् र सबैलाई आफ्नै भरमा छाड्छन् ।’

ट्रम्पको सत्तामा पहिलो एक सय दिन आप्रवासनदेखि विदेशी सहायतासम्म सबै कुरालाई सम्बोधन गर्ने कार्यकारी आदेशहरूको चाखलाग्दो शृंखलाले चिह्नित गरेको छ । अदालतसँगको भिडन्तसहित लोकतान्त्रिक र संवैधानिक मापदण्डहरू लापरबाहीपूर्वक उल्लंघन गर्ने प्रतिशोधात्मक प्रशासन भएको भन्दै आलोचकहरू स्तब्ध भएका छन् ।

ट्रम्पका समर्थकहरूले केही द्रुत परिवर्तनहरूको प्रशंसा गरेका छन्, तर हालैका सर्वेक्षणले देशको बहुमत राजनीतिक र आर्थिक हलचलप्रति विशेष गरी उनको बारम्बार परिवर्तन हुने भन्सार शुल्कबाट निराश हुँदै गएको देखाएको छ ।

सन् २०२६ मा आफ्नो गृहराज्य क्यालिफोर्नियाको गभर्नर पदको दौड वा सन् २०२८ मा ह्वाइट हाउसको सम्भावित दौडका लागि विचार गरिरहेकी ह्यारिस जनवरीमा वासिङ्टन छोडेपछि धेरै हदसम्म चर्चाबाट टाढा रहेकी छिन् । बुधबार उनी डेमोक्रेटिक महिलाहरूलाई सार्वजनिक पदका लागि भर्ती र तालिम दिने राजनीतिक संस्था इमर्जद्वारा सञ्चालित कार्यक्रममा अतिथि वक्ता रहेकी छन्।

उनले भिडलाई ट्रम्पले विपक्षीलाई डराउन चाहेकाले विश्वविद्यालयहरू र अदालतहरूलाई लक्षित गरिरहेका बताइन् । ‘राष्ट्रपति ट्रम्प, उहाँको प्रशासन र उहाँका सहयोगीहरूले डर संक्रामक हुन सक्छ भन्ने धारणामा भरोसा गरिरहेका छन्,’ उनले भनिन्, ‘उनीहरू विश्वास गर्छन् कि, यदि उनीहरूले केही मानिसलाई डराउन सके भने, यसले अरूमाथि चिसो प्रभाव पार्नेछ ।’

तर, उनले त्यहाँ न्यायाधीशहरू, शिक्षाविद्हरू, राजनीतिज्ञहरू र साधारण मानिसहरू छन् जो सरकारको विरुद्ध उभिरहेका बताइन् । ‘डर मात्र संक्रामक कुरा होइन । साहस संक्रामक हुन्छ,’ उनले भनिन्, ‘यी सबै अमेरिकीहरूको साहसले मलाई प्रेरणा दिन्छ ।’

पेस्तोल डान्स गर्ने बबी सिंह भन्छिन्– रमाइलो गर्ने अधिकार पुरुषको मात्रै हो ?

काठमाडौँ । पेस्तोल डान्स गरी भाइरल बनेकी जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादवले आफूले खेलौना पेस्तोल चलाएको दाबी गरेकी छन् ।

बिहीबार सामाजिक संजालमार्फत यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसप्रति आपत्ति जनाएकी हुन् ।

उनले भनेकी छन्, ‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु।’

उनले वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार सबैलाई हुने समेत विज्ञप्तिमा उल्लेख गरेकी छन् । यादवले पेस्तोल डान्स गरेको दृष्य सार्वजनिक भएपछि प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पेस्तोल पड्काएर नृत्य गरेको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि बोलाएको जानकारी दिएका छन्् ।

यस्तो छ सिंहको भनाई

हिजोदेखि सामाजिक सञ्जालमा भाइरल बनाइएको एक भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरुको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।

मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एकछिन भाइबहिनी र परिवारका सदस्यहरुसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘यूट्युब पत्रकार’ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भत्र्सना गर्दछु । साथै, वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार के पुरुषहरुको मात्रै हो ? महिलाले एक छिन नृत्य गर्दा वा रमाइलो गर्दा आकाश नै खसेकोजस्तो सोच्ने पितृसत्तात्मक मानसिकताप्रति म गहिरो खेद प्रकट गर्दछु । धन्यवाद !

सरकार र महासंघबीच भएको सहमतिमा विद्यालय कर्मचारी परिषदको विरोध

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । बिहीबार विज्ञप्ति जारी गरी परिषदले सहमतिको विरोध जनाएको हो ।

परिषदले भनेको छ, ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ ।’

प्रारम्भिक बाल विकास सहजकर्ता (बाल विकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने, सो पदबमोजिम (प्रति महिना ३२,९० २) तलब उपलब्ध गराउने, विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम २६,०८२ रुपैयाँ उपलब्ध गराउने र सो रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने प्रस्ताव महासङ्घले गरेको थियो । तर, सहमतिपछि भने नेपाल सरकारले तोके बमोजिम पारिश्रमिक हुने भन्ने व्यवस्था गरिएको हो ।

सरकार र शिक्षक महासङ्घबीच बुधबार नौबुँदे सहमति भएको थियो । शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने सहमति भएको छ ।

त्यस्तै अस्थायी प्रकृतिका शिक्षक, राहत, अस्थायी, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने जनाइएको छ ।

प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकेबमोजिम व्यवस्था गर्ने, आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने सहमतिमा उल्लेख छ ।

स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने समति भएको छ ।

नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने, नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने तथा निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षकसरह हुनेगरी कायम गर्ने सहमति भएको छ । २० चैतदेखि काठमाडौंमा चलेको आन्दोलन बुधबारको सहमतिपछि टुंगिएको छ ।

नेकपा एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने

काठमाडौँ । नेकपा एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।

एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको जानकारी दिए । उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ ।

‘नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,’ उनले भने, ‘त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।’

सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । उनले भने, ‘आगामी विधान महाधिवेशनसम्म सात लाख ५० हजार पु–याउने हाम्रो लक्ष्य हो ।’ एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।