`

१९ दिनसम्म चलेको ८ औं बिआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न (तस्बिरहरु)

काठमाडौँ । १९ दिनसम्म चलेको ८ औं बिआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्र समूहमा मातृभूमि स्कुलले उपाधि हात पारेको छ भने छात्रा समूहमा चाँदबाग स्कुल विजेता बनेको हो ।

शुक्रबार सम्पन्न फाइनल खेलमा छात्र समूहतर्फ आयोजक बौद्ध इन्टरनेशनल स्कुललाई हराउँदै मातृभूमि स्कुलले उपाधि जित्यो । त्यस्तै छात्रा समूहतर्फ काष्ठमण्डप विद्यालयलाई पराजित गर्दै चाँदबाग स्कुलले उपाधि हात पारेको हो ।

प्रतियोगितामा २५ वटा विद्यालयका ३७ टोलीले सहभागिता जनाएका थिए । यस वर्ष २१ छात्र टोली र १६ छात्रा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

व्यक्तिगत विधातर्फ छात्रा समूहमा काष्ठमण्डपकी वनिता अधिकारी सर्वाधिक स्कोरर घोषित भइन् भने चाँदबागकी सौग्या बराकोटी ‘एमभीपी’ बन्न सफल भइन् । छात्र समूहमा बौद्ध इन्टरनेशनलका आयुष लामा सर्वाधिक स्कोरर बने भने मातृभूमिका आरोह राउत ‘एमभीपी’ बने ।

यसैगरी ‘फेयर प्ले’ अवार्ड मेरिडियन इन्टरनेशनल स्कुलले हात पारेको छ ।

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै

काठमाडौँ । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ ।

क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए ।

बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत्लगायतमा हासिल भएका उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, सदस्य डा प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत थिए ।

बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले ‘क्रेडिट रेटिङ’सम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए ।

अन्तरराष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङका लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले ‘बिबी माइनस’ पाएको थियो ।

जापानमा चुनावी हारपछि प्रधानमन्त्री इशिबाको पुनरागमन

जापानका प्रधानमन्त्री शिगेरु इशिबाको लोकप्रियता फेरि बढेको छ । एक महिनाअघि भएको चुनावी पराजयले उनको पद सङ्कटमा परे पनि सोमबार सार्वजनिक भएका विभिन्न सर्वेक्षणहरूले उनको समर्थन दर बढ्दै गएको देखाएका छन् ।
गत वर्ष लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व लिएका इशिबाले जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा संसद्को दुवै सदनमा बहुमत गुमाएका थिए ।  तर स्व–घोषित रक्षा नीति विशेषज्ञ एवं मोडेल जहाज निर्माणप्रति रुचि राख्ने इशिबाले पार्टीभित्रैबाट आएको राजीनामा मागलाई बेवास्ता गरेका छन्। एलडिपीले सन् १९५० को दशकदेखि लगभग निरन्तर रूपमा जापान शासन गर्दै आएको छ ।
योमिउरी सिम्बुनले सोमबार प्रकाशित गरेको सर्वेक्षणअनुसार इशिबाको मन्त्रिमण्डलको स्वीकृति दर ३९ प्रतिशत पुगेको छ । यो जुलाई २० को निर्वाचनपछि १७ अङ्कले वृद्धि भएको हो । सोही सर्वेक्षणमा उत्तरदातामध्ये ५० प्रतिशतले इशिबाले पदमा रहनुपर्ने बताएका छन् भने ४२ प्रतिशतले राजीनामा दिनुपर्ने मत दिएका छन् । जुलाईमा भने उल्टो परिणाम आएको थियो—५४ प्रतिशतले राजीनामा दिनुपर्ने र ३५ प्रतिशतले बसिरहनुपर्ने बताएका थिए ।
क्योदो न्युजको अर्को सर्वेक्षणले पनि समर्थन दर ३५ दशमलव चार प्रतिशत देखाएको छ । यो गत महिनाको तुलनामा १२ दशमलव पाँच अङ्क बढी हो । अस्वीकृति दर भने अझै उच्च रहँदै ४९ दशमलव आठ प्रतिशत रहेको छ । मैनिची सिम्बुनको तेस्रो सर्वेक्षणमा पनि समर्थन दर चार अङ्क बढेर ३३ प्रतिशत पुगेको छ । यो फेब्रुअरीयता पहिलो पटक ३० प्रतिशत नाघेको हो ।
– विशाल सम्झौता –
योमिउरीले समर्थन बढ्नुमा अमेरिकासँग हालै भएको व्यापार सम्झौता र चामलको मूल्य नियन्त्रण गर्न सरकारको प्रयासलाई कारण मानेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ‘विशाल’ व्यापार सम्झौताको घोषणा गरका थिए । सम्झौताअनुसार अमेरिकाले कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याएको छ भने कारमा लगाइएको कर पनि समान दरमा झारिएको छ ।
मतदातामध्ये अमेरिकी व्यापार वार्तामा इशिबाको भूमिकालाई समर्थन गर्नेहरू २९ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेका छन् । साथै, ८६ प्रतिशत उत्तरदाताले धान उत्पादन बढाउने सरकारको निर्णयलाई अनुमोदन गरेका छन् ।
गत वर्षको ‘मेगाक्वेक’ चेतावनीपछिको आत्तिएको खरिद र सन् २०२३ को गर्मीका कारण आपूर्ति समस्याले चामलको मूल्य आकासिएको थियो । यसलाई नियन्त्रण गर्न इशिबाले लोकप्रिय नेता तथा सम्भावित चुनौतीकर्ता ४४ वर्षीय शिन्जिरो कोइजुमीलाई नयाँ कृषिमन्त्री नियुक्त गरका छन् । साथै, सरकारले आपत्कालीन भण्डार बजारमा ल्याएर मूल्य घटाउने प्रयास पनि गरेको छ ।
मिडिया रिपोर्टअनुसार एलडिपीले चुनावको समीक्षा गर्ने र त्यसपछि पार्टी नेतृत्व चुनाव गर्ने वा नगर्ने निर्णय लिने योजना बनाएको छ ।
अठसठ्ठी वर्षीय इशिबाले हालै एलडिपीको पूर्ण बैठकमा केही सांसदहरूले राजीनामा मागेपछि भनेका थिए, “म अनुसन्धानको नतिजालाई उचित रूपमा विचार गर्नेछु । विभिन्न कुरा एकैसाथ भइरहेका भएकाले म आफ्नो सोचलाई अझ गहिरो बनाउन चाहन्छु ।”
नेसनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टीडजका राजनीति विज्ञ मिकिताका मासुयामाका अनुसार, “एलडिपीभित्र पार्टी नेतृत्व चुनाव गराउने जोश क्रमशः घट्दै गएको छ । यदि अहिले नेतृत्व परिवर्तनमा जोड दिइयो भने, दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित मुद्रास्फीति जस्ता समस्याको समाधान नगरी केवल आन्तरिक राजनीति गर्ने भन्दै एलडिपीले आलोचना भोग्न सक्छ ।”

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारीसाधन वितरण

धनुषा । मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित सुरक्षा निकायका कार्यालयहरूलाई सवारीसाधन उपलब्ध गराएको छ । आज जनकपुरधाममा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले देश र जनताको शान्तिसुरक्षा र सुव्यवस्थामा अहोरात्र खटिने सुरक्षा निकायले स्रोत र साधनको अभाव झेल्न नहुने बताए।

मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश र विभिन्न जिल्लास्थित रहेका कार्यालयहरूलाई चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी २६ थान सवारीसाधन उपलब्ध गराएको हो । गृह मन्त्रालयका प्रदेश सचिव विमलप्रसाद बरालका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई एक थान पिक अप गाडी र २१ मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

त्यस्तै, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरी र रौतहटलाई एक–एक थान पिक अप गाडी वितरण गरेको छभने राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरी र धनुषालाई एक–एक थान इलेक्ट्रिकल इभी गाडी वितरण गरेको छ ।

गृहमन्त्री लेखीका अनुसार प्रदेशका आठवटै जिल्लास्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालयहरूलाई केही दिनभित्रै एक–एक थान चारपाङ्ग्र्रे सवारीसाधन वितरण गरिने छ ।

 

 

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरु)

काठमाडौँ । कवाडी व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगर कार्यलय घेराउ गरेका छन्।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

 

 

पोखराको आर्वामा माइक्रोबस दुर्घटना, २३ जना घाइते

कास्की । पोखरा–१३ आर्वास्थित मडकेल्नाको ओरालोमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग१ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका हुन् । स्थानीय रबि बरालका अनुसार यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको बस मडकेल्नाको ओरालोमा सडकको दायाँतर्फको भित्तामा ठोकिएको थिए ।

घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । दुर्घटनाका घाइतेमध्ये टङ्कप्रसाद देवकोटा र जमुना बरालको अवस्था मध्यम रहेको छभने अन्य सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले दिएको छ ।

घाइतेमध्ये ११ जना उपचारपछि घर फर्किसकेका छन् । ‘डिस्चार्ज’ हुनेहरूमा चालक ४२ वर्षीय तेजबहादुर मगर, ४६ वर्षीय चन्द्रबहादुर आले, १५ वर्षीया सिम्रन बराल, ४४ वर्षीया मनमाया सुनार, २५ वर्षीया कविता पाण्डे, १० वर्षीय एञ्जल परियार, ४० वर्षीया नानुमाया परियार, २३ वर्षीया रचना बराल, ६ वर्षीय दिव्यान बराल, ४६ वर्षीय शरद बराल र ७० वर्षीय पदमराज बराल रहेका छन् ।

अस्पतालमा उपचाररत अन्य घाइतेहरूमा पोखरा–१३ कै २० वर्षीया अञ्जली परियार, ३२ वर्षीया अनिता सापकोटा, ६५ वर्षीया अम्बिका ढकाल, ३० वर्षीया सुष्मा परियार, ९ वर्षीया सुप्रिया परियार, ६५ वर्षीया मनशोभा परियार, ५२ वर्षीया कोपिला बराल, ६२ वर्षीय टङ्कप्रसाद देवकोटा, ३२ वर्षीय मधु अधिकारी, ३७ वर्षीय चन्द्र पराजुली, ३४ वर्षीया पार्वती बराल र ५५ वर्षीया जमुना बराल रहेका छन् ।

मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न अध्यक्ष नेपालद्वारा आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गरेका छन् ।

पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले देशको सार्वभौमिकता रक्षाका लागि सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आह्वान गरे ।

मजदुर, किसान तथा उत्पीडित वर्गलाई राजनीतिक तथा सामाजिक अधिकार उपलब्ध गराउने उद्देश्यले कम्युनिष्ट आन्दोलनको मूल उद्देश्यले स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले चार वर्ष पूरा गरेको जनाउँदै अध्यक्ष नेपालले सम्पूर्ण पार्टी पङ्क्ति, समर्थक, शुभचिन्तकलगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्दै जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकाको प्रश्नलाई प्रमुख ‘एजेण्डा’ बनाउँदै आएको एकीकृत समाजवादीले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आफ्नो आधार मानेर श्रमिक–किसान, दलित, महिला, उत्पीडित तथा अवसरबाट वञ्चित वर्गको हितमा दृढतापूर्वक अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

समाजवाद उन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने सङ्कल्प गर्नुपर्ने बताउँदै उनले कम्युनिष्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गरी आन्दोलनलाई शुद्धीकरण तथा एकीकरण गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु अहिलेको आवश्यकता भएको बताए ।

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उनको घर भत्काएको हो ।

सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले घर भत्काउन सुरु गरेपछि भागेर ज्यान जोगाएको भाटले बताए । उनका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको धान, गहुँलगायत खाद्यान्न नष्ट भएको छ ।

हात्तीले घरभित्रको खाद्यान्न खानुका साथै घर भत्काएपछि भाट परिवारको विचल्ली भएको छ । ऐश्वर्या सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीका अनुसार यही भदौ ४ गतेदेखि जङ्गली हात्ती बस्तीमा छिर्न सुरु गरेका हुन् । हालसम्म २७ परिवारको १० बिघा जग्गामा लगाइएको धानबाली, मकैबालीमा हात्तीले क्षति पुर्‍याएको उनले जानकारी दिए ।

सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसोखेती र १५ हेक्टर क्षेत्रफलमा लगाइएकोघाँ नेपियर घाँस खाएर सखाप पारेको जोशीले बताए । “यहाँ उत्पादित अम्रिसोबाट कुचो तयार गरी बेच्दै आएका थियौँ”, उनले भने, “वर्षमा अम्रिसोबाट मात्रै रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो, हात्तीले पूरै खेतीमा क्षति पुर्‍याएको छ ।”

सामुदायिक वनको आम्दानी गुमेको उनले बताए । सचिव जोशीका अनुसार बस्तीमा जङ्गली जनावर छिर्न नदिनका लागि लगाइएको मेसवायर हात्तीले ठाउँठाउमा तोडेको छ ।

सामुदायिक वनको अम्रिसो खाँदै हात्ती बस्तीमा छिर्ने गरेको स्थानीय मदन नेपालीले बताए। “हात्ती नियन्त्रणका लागि माग गर्दै आएका छौँ”, उनले भने, “सरोकार भएका निकायले अहिलेसम्म चासो दिएका छैनन् ।” तत्काल हात्ती नियन्त्रणको पहल गर्न उनले सबैलाई आग्रह गरे ।

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज । वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ।

गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै आज गौर प्रादेशिक अस्पतालका डा परशुराम यादव र डा विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा आइपुगेको हो।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिए।

“दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौँ”, उनले भने, “चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगञ्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुने छ।”

वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन्भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन्।

राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्वले अब अलमल र व्यक्तिगत महत्वाकाङ्क्षाबाट मुक्त हुनुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’द्वारा लिखित मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ विमोचन कार्यक्रममा उनले अलमलबाट देश मुक्त हुनुपर्नेमा जोड दिए। “विसं २०८४ मा मेरो पालो आउँलारनआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ,” उनले भने, “डर र लोभबाट टाढा रहनुपर्छ । बरु पाँच वा दश वर्ष कुर्नुपरे पनि मनभित्रको दियो निभ्न दिनु हुँदैन । महत्वाकाङ्क्षी धेरै राख्नु हुँदैन ।”

नेता थापाले सिर्जनशीलता र साहित्य समाजलाई अगाडि बढाउने प्रेरणाको स्रोत भएको उल्लेख गर्दै कवि शाहीको मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष मनोजमणि अधिकारीले लोकतन्त्र र साहित्यबीच गहिरो सम्बन्ध रहेको बताउँदै यस कृतिले साहित्यप्रेमीलाई नयाँ दृष्टिकोण दिने अपेक्षा व्यक्त गरे।

कवि शाहीले आफ्नो मुक्तक सङ्ग्रहमा जीवनका विविध आयाम, सङ्घर्ष र अनुभूतिलाई समेट्ने प्रयास गरिएको बताए । कार्यक्रममा साहित्य, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उच्च अदालत पुगे रवि, निकिताले भनिन्- ‘न्यायका हरेक ढोका ढक्ढक्याउने छु’

काठमाडौँ ।  सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उच्च अदालत पुगेका छन् ।

जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि रवि सोमबार उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन लिएर पुगेका हुन् ।

लामिछाने पत्नी निकिताले सोमबार आफूले न्यायका लागि उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएको बताएकी छन् ।

निकिताले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘मेरो श्रीमान् भन्नुहुन्छ, यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसकेको छ, एउटै रावणका फरक टाउका गन्न छाडिदेऊ। तर, श्रीमतीको नाताले मेरो पनि जिद्दी छ—संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढकढक्याउँछु।

उनले राजधानी ल्याउनुअघि भैरहवा कारागारमा लामिछानेलाई राखिएको अवस्थामाथि प्रश्न उठाउँदै अझै पनि जीवन सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले झुटा मुद्दा लगाएर सत्ता र शक्तिको दुरुपयोग गर्दै लामिछानेलाई थुन्ने मात्र नभई संसदमै प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले धम्क्याउने कार्यसमेत भइरहेको दाबी गरिन् ।

निकिताले बिगो तोकी बराबरको बैंक जमानत लिएर जेलबाहिरबाटै मुद्दा लड्न दिनुपर्ने माग गरेकी छन् । तर बिगो तोकी सोही बराबरको बैंक जमानत लिएर रिहा गर्न माग गर्दै दायर यसअघिको मुद्दा जिल्ला अदालत रुपन्देहीले खारेज गरिदिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि कारागारमा छन् । हाल नख्खु कारागारमा रहेका लामिछानेको पछिल्लो आदेश बदर गरीपाउँ भनेर निवेदन दर्ता भएको सूचना अधिकारी राम बहादुर कुँवरले जानकारी दिए ।

लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।

लामिछानेले आफ्नो भागको ठगी रकमको बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

 

 

पाँच कलाकारका कला: काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म

काठमाडौँ ।  प्रायः क्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ तर काठमा पनि क्यानभासमा झैं महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो। यसमाथि रङ पोतेर होइन, बालुवा चालेर। त्यो पनि थाङ्का कला सिर्जना गर्न दृष्यचित्र उतार्नभन्दा निकै कठिन काम हो। नयाँनयाँ कलाको अभ्यास गर्न रुचाउने कलाकार छेपाल दोर्जे शेर्पाले यसपालि ठमेलमा भइरहेको कला प्रदर्शनीमा त्यही नौलो प्रस्तुति दिएका छन्।

सिसौको काठमा उनले पहिले रेखा कोरे। यसमा गम लगाए। फरकफरक रङ मिसाएर तयार पारिएको रङ्गिन बालुवा चुहाएर उनले मण्डला तयार पारे। मण्डलाको बीच भागमा हरित तारा (ग्रीन तारा) बनाएका छन्।

ठमेलस्थित छायाँ सेन्टरमा रहेको ‘द कला सलोन’ मा पाँच जना कलाकारमध्ये शेर्पाको एउटा मात्रै कला प्रस्तुत भएको छ, ‘हरित तारा मण्डला’। झट्ट हेर्दा ‘वाउ लाग्ने’ कला क्यान्भासमा बनाइएको ठानिए पनि चित्र काठको फ्ल्याकमा रङ्गिन बालुवाको प्रयोग गरी सिर्जना गरिएको हो। बालुवामा पनि थाङकाको प्रभाव राम्ररी प्रस्तुत गर्न कलाकार सक्षम देखिन्छन्। मण्डला जस्तो कला पनि बालुवाबाट बनाइएको सिर्जना हेर्नलायक छ।

उनी भन्छन्, “केही नयाँ दिउँ भनेर यो कला सिर्जना गरिएको हो, धार्मिक मान्यताअनुसार ने बालुवाको यो थाङ्का तयार पारिएको हो।”

विविधता बोकेको नेपालमा कलाको पनि विविधताछ। थाङ्का पौभा जस्ता मौलिक परम्परागत कलाका साथै थारु, अवधि, मिथिला जस्ता लोक कलाका साथै आधुनिक, समसामयिक कलाले नेपाललाई चिनाइरहेको छ। यस्तै कलाकृतिहरूसँग बनेको छ यहाँको कला प्रदर्शनी ‘द हिमालयन नाउ’।

ठमेल स्थित ‘द कला सलोन’मा जारी प्रदर्शनीमा ३२ थान कलाकृति सजिएका छन्। प्रदर्शनी संयोजक अर्का कलाकार उमेश श्रेष्ठका आठ थान कलाकृति प्रदर्शनीमा राखिएका छन्। घण्टीलाई मुख्य विषय बनाइ आफ्नो भावना पोख्ने श्रेष्ठले प्रदर्शनीमा धार्मिक विषय समाजसँग जोडेर कला सिर्जना गरेका छन्।

उनका ‘द होली किस’, लिभिङ गणेश, ‘विट्विन डिभोशन एण्ड सर्कल, दोलखाको भीमसेन, कुमारी जस्ता चित्रमा नेपाली कलामा आधुनिक चेतको आभाष पाउन सकिन्छ। उनी भन्छन्, “नेपाली समसामयिक तथा आधुनिक कलामा आफ्नोपन कसरी ल्याउने अभ्यास भएका कलालाई कसरी आधुनिक रूपमा परिभाषा गर्ने भन्ने सोच आफ्नो रहेकाले हिमालयनलाई जोडेर पहिचान विश्वमा पुर्‍याउने आफ्नो प्रयास हो।” उनले यो विषयमा सिरिजमा कला प्रदर्शनी गर्ने योजना रहेको सुनाए।

उनले नेपाली समसामयिक कलालाई पुनर्परिभाषित गरेर नेपाली कलालाई विश्व पहिचान दिने यात्रामा लागेको उनले बताए। १३ वर्षअघिको एउटा युवतीका वास्तविक कथा उतारेर उनले ‘प्रणय दिवस’ शीर्षकमा चोखो माया के हो त भनेर प्रस्तुत गरेका छन्। आफ्नै घरमा डेरा गरेर बसेका केटासँग ती युवतीको लभ पर्छ। दुई वर्ष जीवित रह्यो। त्यसपछि खटपट भयो। तैपनि ती केटीले उसका लागि उपहार दिन कुरिरहेकी हुन्छिन्। चिमा ती युवती हिउँ परिरहेका बेला पनि केटालाई उपहार दिन कुरिरहेको दृष्य निकै मार्मिक लाग्छ।

अर्की वीरगञ्जकी कलाकार राखी कर्णका १० कलाकृतिमा मिथिला कलाको सुगन्ध यहाँ  पाइन। उनले विष्णुलोक, दश अवतार, राधाकृष्ण, मयुर, भगिरथ गङ्गा, छिन्नमस्ता जस्ता विषयमा कलाकृति सिर्जना गरेका छन्।

भगिरथ गङ्गा जब पहिलोपटक धर्तीमा अवतरण गर्दा, गङ्गाले भने, “मेरो भार धर्तीले थाम्न सक्दैन, त्यसकारण भागीरथले तपस्या थाल्नुभयो, भगवान शङ्करले आफ्नो जटाले साथ दिएर थाम्नुहुन्छ भनेपछि भागिरथ गङ्गा धर्तीमा अवतरण गरेको धार्मिक विषयलाई उहाँले मिथिला कलाको सुगन्धका साथ प्रस्तुत गर्नुभएको छ। ”

अर्का कलामा कलाकार कर्णले प्राय: सुतिरहने नारायणको जागृत मुद्रालाई समेटेर प्रस्तुत गरेका छन्। अर्काे कलामा बुद्धका जन्म, बाल्यकाल, घर छाडेको र देहावसानलाई एउटै क्यान्भासमा समेटेका छन्।

उनी भन्छन्, “टिपिकल मिथिला आर्टबाट अलिकति फरक कन्सेप्चुअल आर्टलाई अगाडि बढाउँदै छु, दुनियाँको अगाडि मिथिला कला राम्रो मूल्यमा पठाउन सकिन्छ भन्ने उद्देश्य मेरो हो, कलरलाई पनि खेलाएर प्रस्तुत गरेकी छु।”

सानैमा भित्तामा कला कोरेर कला सिर्जनामा लागेकी कर्ण १० वर्षदेखि भने क्यान्भासमा कला भर्दै आएकी छन्। उनले यमा मिथिला फ्यूजन गरेकी छन्। मिथिया आर्टको विशेषता स्टोरी टेलिङ हो अनि कला आकर्षक हुन्छ। त्यही कलालाई आर्ट भ्यालु जोडेर उनले नयाँ प्रयोग गरिरहेकी छन्।

त्यस्तै कलाकार शुभाद्री शुभाले पनि मिथिला शैलीमै ११ थान कला प्रदर्शनीमा राखेकी छन्। उनका कलामा माछा, कृष्ण बाललिला, मयुर, दश अवतार जस्ता विषय समावेश गरेकी छन्।

यस्तै कलाकार कुमार थापाका दुई थान आधुनिक मूर्ति राखिएका छन्। मुर्तिहरू ‘स्टेनलेस स्टिल’बाट बनाइएको छ। विविध धारमा बगिरहेको कलामा नेपालीपनको खोजी प्रदर्शनीको उद्देश्य रहेको प्रदर्शनी संयोजक उमेश श्रेष्ठ बताउँछन्।

उनी भन्छन्,“यसै कारण विविध विधामा काम गरिरहेका कलाकारलाई एकै स्थानमा ल्याउने प्रयास गरिएको हो।”

सो स्टुडियोले प्रदर्शनीको संयोजन तथा योजना बनाएको जनाउँदै श्रेष्ठले जारी प्रदर्शनी आउँदाे भदौ २४ गतेसम्म रहने  बताए।

सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार

भीमदत्तनग।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ ।

महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्चिममा विभिन्न उजुरीमाथि छानबिन गरी विस्तृत अनुसन्धान सुरु गरेको हो । आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टले गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग तथा अनियमितासम्बन्धी एक हजार ६९६ उजुरी परेको बताए। उहाँका अनुसार त्यसमा ४८९ उजुरी अघिल्लो आवको जिम्मेवारी सरेर आएका हुन् भने एक हजार १९८ नयाँ दर्ता भएका हुन् ।

आयोगको महेन्द्रनगरस्थित कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी ४०४ उजुरी कैलालीका छन् भने सबैभन्दा कम डडेल्धुराका ११० उजुरी परेका छन् । त्यस्तै दर्ता भएका उजुरीमा कञ्चनपुरका २४६, अछामका २१०, बाजुराका १९५, बझाङका ११७, अछामका २१०, डोटीका १०४, बैतडीका १६१ र दार्चुलाका १४९ उजुरी रहेको कार्यालयको तथ्यांक छ । आयोगमा परेका उजुरीमध्ये करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सूचना अधिकारी भट्टको भनाइ छ ।

त्यस्तैगरि अछाम र बैतडीका १३-१३ उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ भने बाजुरा, बझाङ र कञ्चनपुरमा समान छ-छ वटा उजुरीउपर विस्तृत अनुसन्धान चलिरहेको आयोगले जनाएको छ । त्यस्तै कैलालीका नौ, दार्चुलाका सात, डोटीका तीन र डडेल्धुराको एक उजुरीमाथि पनि विस्तृत अनुसन्धान हुँदैछ ।

विस्तृत अनुसन्धानपछि अनियमितता पुष्टि भए आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नेछ । आयोगमा पर्ने अधिकांश उजुरी आशङ्का, व्यक्तिगत टकरावका कारण पनि आउने गरेको आवश्यक प्रमाण नभेटिँदा आयोगले स्क्रिनिङ्क र प्रारम्भिक अनुसन्धानबाटै फछ्र्योट गर्ने गरेको छ । आयोगले गत आवमा दर्ता भएका उजुरीमध्ये एक हजार २३४ उजुरी फछ्र्योट गरिएको छ ।

स्क्रिनिङ्गबाट ४८१, प्रारम्भिक छानबिनबाट ७५३ उजुरी फछ्र्योट गरिएको आयोगको कञ्चनपुर कार्यालयले जनाएको छ । साथै आयोगले ७३५ उजुरी तामेलिमा पठाएको छ भने दुई उजुरी सुझावसहित तामेली, २६० उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई लेखी पठाएको र १७२ उजुरी अन्यमा गाभिएको छन् ।

नेपाल रुबेला-मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला–मुक्त देश घोषित भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठन तथा  संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई रुबेला निवारणको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

योसँगै रुबेला निवारण गर्न विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ । विश्व स्वास्थ्य संगठनले २०८२ साल भदौ २ गते नेपाल रुबेला रोग निवारण गर्न सफल भएको हो ।

मन्त्री पौडेलले यो घोषणा सम्पूर्ण नेपालीका लागि अत्यन्तै गर्वको विषय भएको बताए । उनले यो उपलब्धिलाई दिगो राख्न र नेपालका बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न अन्य खोप–रोकथाम योग्य रोगहरू उन्मूलनतर्फ काम गर्न निरन्तर प्रयासका लागि आह्वान गरे ।

उनले भने, ‘यो हाम्रा स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र आम नागरिकको सक्रिय सहभागिताको अटुट समर्पणको परिणाम हो । नेपाल यो उपलब्धि हासिल गर्ने दक्षिण–पूर्वी एसिया क्षेत्रको छैटौं देश बनेको छ ।’

स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले नेपालले २०२५ मा रुबेला उन्मूलन गरेर एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका गरेको बताउँदै अबको लक्ष्य दादुरा उन्मूलन गर्नुरहेको बताP । ‘दादुरा निकै छिटो फैलिन्छ । यदि हामीले यसको निगरानी प्रणालीलाई बलियो बनाएर यसलाई उन्मूलन गर्न सक्यौँ भने, त्यही प्रणाली अन्य रोगहरूको नियन्त्रणका लागि पनि उदाहरणीय बन्नेछ,’ उनले भने ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले दशकौँको निरन्तर प्रयासपछि यो सफलता प्राप्त भएको विस्तृत जानकारी दिए । उनले यो घोषणा नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा रहेको बताउँदै सरकारले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।

नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा राजेश सम्भाजीराव पान्डवले नेपाल सरकार र साझेदारहरूलाई बधाई दिँदै यो नेपालका लागि गर्वको क्षण र क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यमा एक महत्त्वपूर्ण योगदान रहेको बताए । उनले सफलता निरन्तर उच्च खोप, बलियो निगरानी प्रणाली र प्रकोपको द्रुत प्रतिकार्यबाट सम्भव भएकोमा जोड दिए ।

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं। विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघले अर्को आन्दोलनका कार्यक्रम सोमबारदेखि नै सुरू गर्न लागेका बेला निजी विद्यालयका शिक्षकहरू पनि सडकमा उत्रिएका हुन् ।

तस्बिरहरू:-

उखु किसान अनुदान माग्दै दोस्रो दिन पनि सडकमा (तस्बिरहरू)

काठमाडौं।  गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरू काठमाडौं आएका छन् ।

उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रतिक्विन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

हिजोदेखि उखुसहित माइतीघरमा धर्ना बसेका उनीहरूले आज पनि यसलाई निरन्तरता दिएका हुन् ।

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका यी चार आकांक्षीमध्य बडु बन्ने सम्भावना बढी

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चुन्नका लागि सभामुख देवराज घिमिरेले समय तोकेका छन् ।

यही भदौ ११ गते निर्वाचन हुने भएसँगै उक्त पदमा सम्भावित चार जना सांसदहरू आकांक्षी देखिएका छन् ।

राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णवहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।

राज्य व्यवस्था समितिमा रहेका कांग्रेसकै सदस्यहरूबाट सभापति चुन्ने तयारी छ । यसमध्ये दिलेन्द्रप्रसाद बडूको नाममा सहमतिको प्रयास जारी छ । यसका अलावा अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानीको नाम चर्चामा छ ।

चर्चा बिच नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने तयारी गरेको छ । यद्यपि निर्णय भने भइनसकेको छैन् ।

कांग्रेसका सांसद एवं समितिका एक सदस्यका अनुसार बडुलाई सभापति बनाउने गरी गृहकार्य सुरू भएको हो । बडु पूर्वमन्त्री समेत भइसकेका छन् ।

सभामुख देवराज घिमिरेले समिति सभापतिको निर्वाचनको मिति बुधबारलाई तय गरेका छ्न । नियमावलीको व्यवस्थाअनुसार सभापति रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ । गठबन्धनको दलको सहमति अनुसार समितिको सभापति नेपाली कांग्रेसले पाउने छ ।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।

शिक्षक महासंघको पहिलो चरणका आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो

काठमाडौँ । नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम आज देखि सुरु भएको छ ।

घोषणा गरिएको कार्यक्रमअनुसार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा-सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाए । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताएका छन् ।

महासङ्घले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५% आन्तरिक र २५% खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।

 

गाउँपालिकास्तरीय फुटबलमा झोङ र आर्चरीमा मुक्तिनाथ विजयी

मुस्ताङ । यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित फल्याकमा गाउँपालिकास्तरीय ‘प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यहाँ आयोजित हाइअल्टिच्युड सेभेन ए साइड फुटबलतर्फ वारागुङ-२ को युथक्लब (झोङ) र आर्चरी प्रतियोगितातर्फ जनप्रिय युवा क्लब (मुक्तिनाथ) विजयी भएका छन् ।

फुटबलको फाइनल प्रतिस्पर्धामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित जनशान्ति माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै झोङ युथक्लब उपाधिको च्याम्पियन बनेको हो । प्रतियोगितामा काग छोेदे गुम्बाको फुटबल समूहले तृतीय स्थान हासिल गरेको छ ।

गाउँपालिकाअन्तर्गतका कूल ११ समूहको सहभागिता रहेको फुटबल प्रतियोगिता २०/२० मिनेट गरी ४० मिनेटको समय निर्धारण गरी नकआउट चरणमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी झोङ युथक्लबका सन्तोष श्रीस र सर्वोत्कृष्ट गोल किपर झोङकै छिरिङ धावा गुरुङ भएका छन् । यसैगरी सर्वाधिक गोलकर्ता जनशान्ति माध्यमिकका खेलाडी सन्तोष नेपाली घोषित भएका हुन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजना तथा सेर्घुङ ल्हुङ्बुग युथक्लब फल्याकको सहआयोजनामा बिहीबारदेखि सुरु भएको प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी (धनुषवाण) तर्फ जनप्रिय युवाक्लब (मुक्तिनाथ) ले निर्धारित १५ डोरअर्थात् १५० पूर्णाङ्कमा १४१ अङ्कको योगफल जोड्दै च्याम्पियन बनेको हो । क्लबलाई पछ्याउँदै निर्धारित १५ डोरमा १३७ अङ्कको योगफल जोड्दै सेर्घुङ ल्हुङ्बुग युथक्लब (फल्याक) उपविजेता बनेको छ भने थोरङ्लापास युथक्लब (खिङ्गा) तेस्रो भएको छ ।

आर्चरीतर्फ सेर्घुङ ल्हुङ्बुग र थोरङ्लापास युवाक्लबको समान (१३८) अङ्कको योगफल भएपछि दुवै समूहलाई थप एक डोर थपिएको थियो । थपिएको अतिरिक्त डोरमा सेर्घुङ ल्हुङ्बुगले आठ अङ्क र थोरङ्लापासले सात अङ्क जोडेका हुन् ।

आर्चरीतर्फ जनप्रिय युवाक्लबका छिरिङ नर्बु गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने सवार्धिक अङ्क जोड्न सफल जनप्रियका अम्रित गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । आर्चरीतर्फ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका कूल १६ समूहको सहभागिता रहेको आर्चरी खेल संयोजक छिरिङ ङुटुक गुरुङले जानकारी दिए ।

प्रथम गाउँपालिकास्तरीय लामो दूरीको घोडा दौड प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र–१ झारकोटका नम्डुल गुरुङको ‘धुङ्कर’ घोडा प्रथम भएको छ । शनिबार सम्पन्न घोडा दौड प्रतियोगितामा गुरुङको घोडाले निधारित पाँच किलोमिटरको दूरी छ मिनेटमा पूरा गर्दै च्याम्पियन बनेको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार वारागुङ-२ छेङ्गुरबाट ‘पुनम’नामक घोडाले निर्धारित दूरी छ मिनेट ३० सेकेण्डमा पूरा गर्दै दोस्रो भयो भने वारागुङ-१ खिङ्गाका निमा धोर्जे गुरुङको घोडा तेस्रो भएको हो ।

अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत महिलाका लागि डोरी तान्ने र घैटो फुटाउने खेल समावेश गरिएको थियो । फुटबल प्रतियोगिताको उपाधि च्याम्पियन बनेको युथक्लब झोङले ६० हजार नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजतेता जनशान्तिले नगद ३५ हजार र तेस्रो भएको कागछोदे गुम्बा विद्यालयले २० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र हात पार्‍यो ।

आर्चरी प्रतियोगिताको च्याम्पियन बनेको जनप्रिय युवाक्लब (मुक्तिनाथ) ले ५० हजार पुरस्कारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सेर्घुङ ल्हुङ्बुग युवाक्लबले ३५ हजार र तेस्रो हुने थोरङ्पास युवा क्लबले २० हजार पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका आयोजकले जनाएको छ ।

घोडा दौडतर्फको विजेताले ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगिताका विजेता सहूहलाई गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, उपाध्यक्ष दिकी गुरुङ, वडाध्यक्ष गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । यहाँ आयोजित खेलकुद प्रतियोगितामा सफलता प्राप्त गरेसँगै विभिन्न क्लब, आमा समूह र गाउँलेले स्थानीय भाषामा गीत गाउँदै खुसीयाली साटासाट गरेका थिए । मुस्ताङमा आन्तरिक खेलकुद प्रतियोगितालाई स्थानीयहरूले प्रतिष्ठाका रूपले लिने गर्छन् ।

तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।

निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।

राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

राज्य व्यवस्था समिति नेतृत्वबीहिन हुँदा समितिमा रहेका विधेयक भने अड्किएका छन् । समिति सचिवालयका अनुसार चार वटा विधेयक दफावार छलफलमा छ ।

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा। गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ ।

भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि दूधमा अनुदान उपलब्ध गराउन रु १५ लाख बजेट विनियोजन गरेको छ । ‘जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्दै जाने उद्देश्यसहित नगद अनुदान कार्यक्रम सञ्चालन गरिएको हो’, प्रमुख कोइरालाले भने, ‘यसले किसानलाई थप सहयोग पुग्नेछ ।’

कार्यक्रमले किसानलाई पशुपालनतर्फ आकर्षित गर्न मद्दत पुग्ने उनको भनाइ छ । ‘केन्द्रमा सहकारी संस्थालाई सूचीकृत गरेर सूचीकृत भएका सहकारी संस्थामार्फत उत्पादित दूध बिक्री गर्ने कार्यविधि छ’, प्रमुख कोइरालाले भने, ‘थोरै दूध उत्पादन गर्ने किसानले पनि सङ्गठित रूपमा काम गर्न सकोस् भन्ने उद्देश्यसहित सहकारीमार्फत काम गराउने व्यवस्था गरिएको हो ।’

सहकारीमार्फत सङ्कलन र बिक्रीको व्यवस्था गर्दा साना किसानले पनि घरघरमा उत्पादित दूध बजारसम्म पुर्‍याउन सक्ने र अनुदान कार्यक्रमबाट लाभ लिनसक्ने उनले बताए ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँँपालिकामा दूध उत्पादन राम्रो हुने गरेको पाइन्छ । केन्द्रले पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअन्तर्गत यस वर्ष जिल्लामा तीन लाख लिटर दूधलाई अनुदान दिन सकिने केन्द्रले जनाएको छ । त्यस्तै सूचीकृत भएका सहकारी संस्थाले न्यूनतम २०० लिटर दूध सङ्कलन तथा बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘केन्द्रले सहकारीमार्फत किसानलाई नगद अनुदान उपलब्ध गराउने हो’, उनले भने ।

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेकी सुआन राष्ट्रपति पौडेललाई भेट्न सोमवार बिहान शीतल निवास पुगेकी हुन्।

सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए।

“यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक छ”, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरुमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएका थिए।

आन्ह सुआनले विशेषतः बौद्ध धर्म हाम्रा दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुको रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुशीको विषय भएको पनि बताइन्।

सो अवसरमा भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले  नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देश बीच वृहत सम्बन्धको फ्रेम वर्क बनाउन जरुरी भएको उल्लेख गर्नुभएको उनको भनाई उद्यृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्। सुआन भ्रमण सम्पन्न गरी सोमवार नै स्वदेश फिर्ता हुने तालिका छ।

वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

पर्सा । वीरगञ्ज महानगरपालिका क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आएका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला परेको जानकारी दिए । ‘आइतबार बेलुकी ८:०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए,’ उनले भने, ‘सोमबार बिहानसम्म थप आठ जना हैजाका सङ्क्रमित भेटिएका छन्।’

अहिलेसम्म १०३ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचार भइरहेका छन् । ‘हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने, ‘विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँको पानीको परीक्षणलगायतका काम गरिरहेका छन् । सम्भवत् आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ।’

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिए । ‘नारायणी अस्पतालमा हैजाको उपचारका लागि श्यया र जनशक्ति दुवैको अभाव देखिएको छ,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक सहयोग आइपुगेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचार सामग्री आइपुगेका छैनन्।’

प्रवक्ता सिंहले हैजाको महामारीसँगै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गरे । ‘हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा व्यवस्थापन गर्न मुस्किल भइरहेको छ,’ उनले भने, ‘भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन।’

प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत् आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमण देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा सङ्क्रमित बिरामी भेटिएका छन् ।

त्यस्तै वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्पताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा/कलेरा सङ्क्रमित बिरामी भेटिएका छन् । थप आठ जना बिरामी सोमबार बिहान थपिएका छन्, तर ती कुन अस्पतालमा परीक्षण गरिएको हो भन्ने विवरण खुल्न सकेको छैन।

सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना

काठमाडौँ । नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ ।

सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्‍याउन दुई करोड ५६ लाखको लागतमा ती आयोजना सम्पन्न गरिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

गतवर्ष उपत्यका पृतनाअन्तर्गत एक, पूर्वी, मध्यपूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतनाअन्तर्गत तीनरतीन वटा शीध्र प्रभावी आयोजना कार्यान्वयनमा ल्याएको थियो ।

इतिहाससँगै स्थानीय संस्कृतिको जगेर्ना तथा नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवं ऐतिहासिक महत्वका विभिन्न मठमन्दिर, कोटगढी र दरबारको मर्मत–सम्भार गरिएको छ ।

सेनाले पुरातत्व विभागसँगको समन्वयबाट परम्परागत निर्माण सामग्रीको प्रयोग गरी बाजुरा स्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ ।

गत वर्ष सेनाले उदयपुरस्थित चौदण्डी गढी, ओखलढुङ्गाको तलुवागढी, चितवनको उपरदाङ्ग गढी, नुवाकोटको बेलकोट गढी, लमजुङको पुरानकोट, सुर्खेतको बयलकाँडा गढी, डडेलधुराको अमरगढी र पाल्पाको माथागढी तथा गुल्मीको मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत–सम्भार गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

त्यसैगरी सामाजिक मूल्य र मान्यतालाई अक्षुण्ण राखी एकताभाव जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्वकाविभिन्न सम्पदाको जगेर्ना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरिएको छ ।

चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्ध स्थलमा ट्रसघर, पर्वतको कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरिएको छ ।

महिला तथा विकट क्षेत्रका छात्ररछात्राको विद्यालय पहुँचमा सहजता पुर्‍याउने उद्देश्यले छात्रा शौचालय निर्माण गरिएको छ । सेनाले महोत्तरीको सोनम गाउँपालिकास्थित सरस्वती जनता माविमा छात्रालाई लक्षित गरी चार कोठे छात्रा शौचालय तथा दैलेखको दुल्लु नगरपालिका स्थित तीर्थस्थल पञ्चकोशी मावि वेद विद्या आश्रममा अध्ययनरत छात्रका लागि सेड घर निर्माण गरेको छ ।

यस्तै ‘एक पालिका, एक हेलिप्याड’को नीतिमा सहयोग पुर्‍याउने लक्ष्यका साथ मुगुको मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । यसले जटिल प्रसूति समस्यामा पर्न सक्ने सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार एवं विपद् तथा विभिन्न दुर्घटनाका दौरान आकस्मिक उद्धार कार्यमा समेत सहज बनाउने विश्वास गरिएको छ ।

डडेलधुरा र डोटीका स्थानीयलाई खानेपानीको सहज पहुँच पु¥याउन पिउने पानी ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा धाराको जडान गरिएको छ । पर्यटन तथा पर्यावरणलाई टेवा पु¥याउने उद्देश्यले काठमाडौँको नारायणहिटी सङ्ग्रहालय परिसरमा रहेको झिल पोखरीको मर्मत सम्भारका साथै बाराको कलैया बजारमा नेपालको झन्डा तथा मोनोग्राम निर्माणको कार्य सुरु गरिएको पनि सेनाले जानकारी दिएको छ ।

गत आवमा सम्पन्न भएका शीघ्र प्रभावी आयोजना सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको पनि सेनाले जनाएको छ । शीघ्र प्रभावी आयोजनाको कार्यान्वयनबाट स्थानीय जनतामा आफ्नो टोल तथा सहरको विकास निर्माण सरसफाइलगायत सौन्दर्यीकरणमा अपनत्व जागृत गराउनुका साथै जनसमुदायमा राष्ट्रिय एकताको भावना समेत अभिवृद्धि हुने विश्वास लिएको छ ।

ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

ढोरपाटन । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई ।

जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ ।

गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ । तर विकास र प्रचारप्रसार अभावमा यो गाउँ ओझेलमै छ । ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ प्राकृतिक सुन्दरताले भरिएको छ । ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार कत्ति पनि हुन सकेको छैन । प्रकृति र मौलिकतासँग साइनो गाँस्न चाहनेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् ।

गाउँको मौलिकता र सुन्दरतालाई बाहिर प्रचार गर्न नसक्दा आगन्तुक दिज गाउँ पुग्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताए । लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्लगायतका पूर्वाधार नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको उनको भनाइ छ ।

दिजलाई पर्यटकीय गाउँ बनाउनका लागि नगरपालिकाले नीति बनाएर काम सुरु गरेको अध्यक्ष घर्ती मगर बताउँछन् । “यो पर्यटनका लागि भर्जिन गाउँ हो, पर्यटकसँग जोड्न नगरपालिकाले नीति बनाउँदै छ, गाउँलाई घरबास (होमस्टे)का रूपमा विकास गर्ने र स्थानीयलाई आय आर्जनसँग जोड्ने प्रयास गरिरहेका छौँ,” अध्यक्ष घर्तीमगरले भने, “स्थानीय उत्पादनलाई बढाउने र बजारीकरणलाई ध्यान दिएका छौँ ।”

दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले बजारबाट बोकेरै उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् । यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले बनेका घर छैनन् । विस्तारै विकासले गति लिन थालेको स्थानीय मनबहादुर घर्तीले बताउनुभयो । पहिलेदेखिनै समय-समयमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि धेरै सङ्ख्यामा भित्र्याउन नसकेको उनको भनाइ छ ।

यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समयमा पर्यटक आउने गर्छन् । पछिल्लो समय निसेलढोर जाने पर्यटक दिज गाउँ पस्ने गरेका छन् । गर्मी छल्न ढोरपाटन आउने पर्यटक घुम्दैफिर्दै दिज गाउँ आउने गरेका छन् । गाउँमा आइपुग्न उत्तरगङ्गा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नका लागि पनि पर्यटक दिज आउने गर्छन् । गाउँ निकै सुन्दर भए पनि बास बस्न व्यवस्थित ठाउँ नहुँदा ढोरपाटनमै आउनु परेको भैरहवादेखि आउनुभएका कुशलराज बेलवासेले बताए ।

“हाम्रो नेपालमा पनि यति सुन्दर ठाउँ छन्, तर यी ठाउँमा अहिलेसम्म विकास नपुग्दा ओझेलमा परेका छन्, मलाइ त ढोरपाटनभन्दा दिज गाउँ धेरै राम्रो लाग्यो तर बस्नका लागि समस्या रैछ,” उनले भने, “राज्यले सडकलगायत अन्य पूर्वाधार विकास गरेमा भविष्यमा पर्यटकीय सम्भावना छ, गाउँका नागरिकलाई शिक्षित र व्यावसायिक बनाउनु पर्ने जरुरी देखियो, यहाँ आउँदा साँच्चिकै गाउँघरमा आएको महशुस भयो ।”

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं । तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस साङला खोलामा खसेको छ । काठमाडौं नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो ।

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

 

 

राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको अवस्था (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब ६० मानिसमध्ये २० लाख जतिले सवारीसाधनमा यात्रा गर्छन् । करिब ४० लाख मानिस फुटपाथमा पैदल हिँड्ने हुन् ।

काठमाडौंमा जताततै फुटपाथ अतिक्रमित छ । भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन् । दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् । अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन ।

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ । यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ । साथै कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ ।

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ ।

राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको अवस्था ।

विप्लव निवास पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। चन्दको सचिवालय अनुसार प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित निवासमा पुगेको हुन्।

उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो। नेकपाले भने भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ।

 

राज्य व्यवस्था समिति सभापति निर्वाचनका लागि कांग्रेसको निर्णय कुर्दै सभामुख

काठमाडौं – नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारको टुंगो नलगाउँदा निर्वाचनको सूचना प्रकाशन गर्न समस्या भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

‘कुलिङ अफ् पिरियड’ प्रकरणमा संसदीय छानबिन समितिले नेतृत्वबाटै कमजोरी भएको निष्कर्ष निकालेपछि सभापति रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए। त्यसपछि सभापति पद रिक्त छ।

पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गर्नुपर्ने बाध्यात्मक प्रावधान छ। खतिवडाले साउन २८ गते राजीनामा दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने बाध्यता सभामुखसँग छ।

नयाँ सभापति चयन प्रक्रिया अगाडि बढाउन सभामुखले आइतबार दिनभरि गरेको प्रयास सफल नभएको उनको सचिवालयले दाबी गरेको छ।

कांग्रेसले उम्मेदवार टुंगो लगाएर पठाएमा निर्वाचन तालिका सार्वजनिक गर्ने बाटो खुल्ने छ। कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन।

निर्वाचनको सूचना प्रकाशनका लागि सभामुख घिमिरेले आइतबार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग पटकपटक छलफल गरेका थिए। कांग्रेस सचेतकले पार्टीको निर्णय पर्खिन अनुरोध गरेपछि निर्वाचन सम्बन्धी सूचना प्रकाशनमा ढिलाइ भएको हो।

सभामुखको सचिवालयले भनेको छ, ‘राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको सूचना प्रकाशन गर्न सभामुखले आइतबार दिनभर गरेको प्रयास सफल हुन सकेन । अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुई पटक छलफल गर्नुभएको थियो । तर आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन आग्रह गर्नुभएको थियो । आज बिहान कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाउने उहाँको भनाइ छ । आज बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति सभामुखले बताउनुभएको छ ।’

वीरगन्जको हैजा नियन्त्रणका लागि मेडिकल टोलीसहित सुरक्षाकर्मी खटाइने

काठमाडौँ ।  केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन पनि दिए । “आवश्यकताअनुसार टोली परिचालनका निम्ति तत्काल तयारी थाल्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ”, प्रवक्ता काफ्लले भने ।
गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा मुलुकको शान्तिसुरक्षाको समीक्षा भएको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच वीरगञ्ज हैजा सङ्क्रमण नियन्त्रणबारे छलफल भएको छ ।
स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवं निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ । ड्रोन आक्रमणबाट युक्रेनी स्वतन्त्रता दिवसको अवसरमा आणविक ऊर्जा संयन्त्रमा आगलागी गराएको छ भने हालैका शान्ति प्रयासहरूको आशा मेटाएको छ ।

रुसी र युक्रेनी राष्ट्रपतिहरू बीच शिखर बैठकका लागि मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबलाई लिएर भ्लादिमिर पुटिन र भोलोदिमर जेलेन्स्कीबीच तत्काल कुनै बैठक नहुने घोषणा रुसले गरेपछि शुक्रबार शान्ति सम्भावना कमजोर भएको थियो ।

साढे तीन वर्षदेखि जारी युद्धले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ । सङ्घर्ष अब गतिरोधमा पुगेको देखिए पनि रुसले पूर्वी डोनेट्स्क क्षेत्रमा दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ ।

युक्रेनले आइतबारको नयाँ आक्रमणमा रूसी भूभागमा ड्रोन आक्रमण गर्दा पश्चिमी रुसको कुस्र्क आणविक ऊर्जा संयन्त्रलाई लक्ष्य बनाएको थियो । आक्रमणपछि विस्फोट र आगलागी भयो । तर संयन्त्रका अधिकारीहरूले आगो निभाइसकेको र कुनै हताहत वा विकिरण स्तर बढेको नदेखिएको जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए० ले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि नै आणविक संयन्त्र नजिकका लडाइँहरू गम्भीर जोखिम भएको चेतावनी दिँदै आएको छ ।

रूसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता टाढा क्षेत्रसम्म खसालिएको बताएका छन् । फिनल्यान्डको खाडीस्थित उस्ट–लुगा बन्दरगाहमा १० ड्रोन आक्रमणपछि रूसी ऊर्जा समूह नोभाटेकको स्वामित्वमा रहेको इन्धन टर्मिनलमा आगलागी भएको गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले टेलिग्राममार्फत बताए ।

विशेषगरी रुसको तेल पूर्वाधारलाई निशाना बनाएर मस्कोको युद्धका लागि आवश्यक आम्दानीमा प्रहार गर्ने उद्देश्यले युक्रेनको सानो तर लडाइँमा प्रतिबद्ध सेना ड्रोनमाथि ठूलो भर परिरहेको छ । युद्ध सुरु भएदेखि रुसमा इन्धनको मूल्य बढेको छ ।

यसैबीच युक्रेनले रुसले रातभर ब्यालेस्टिक मिसाइल र ७२ इरानी निर्मित ‘साहेद’ ड्रोन आक्रमण गरेको दाबी गरेको छ । ती आक्रमणमा युक्रेनी हवाई सेनाले ४८ वटा खसालेको बताइएको छ । रूसी ड्रोन आक्रमणमा पूर्वी ड्निप्रोपेट्रोभस्क क्षेत्रमा ४७ वर्षीया महिलाको मृत्यु भएको गभर्नरले जनाएका छन् ।

– युक्रेन लडाकू हो –

सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै स्वतन्त्र बनेको युक्रेनले यसपटक स्वतन्त्रता दिवस युद्धबीच मनाएको छ ।

“युक्रेनले शान्तिको आह्वान गर्दा पनि यस्तो आक्रमण भइरहेका छन्”, राष्ट्रपति जेलेन्स्कीले आफ्नो सम्बोधनमा भने्, “आज अमेरिका र युरोप दुवै सहमत छन् ः युक्रेन अझै पूर्ण विजय हासिल गर्न सकेको छैन, तर पराजित पनि भएको छैन । युक्रेनले आफ्नो स्वतन्त्रता सुरक्षित गरेको छ । युक्रेन पीडित होइन यो लडाकू राष्ट्र हो ।”

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि किएभमा पुगेर ‘युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति’ को माग गर्दै ऐक्यबद्धता जनाएका छन् ।

जेलेन्स्कीले ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, बेलायती राजा चाल्र्स र पोपलगायत अन्य विश्व नेताहरूले पठाएका सन्देशप्रति आभार व्यक्त गरेका छन्।

रुसले हाल क्रिमियन प्रायद्वीपसहित युक्रेनको करिब पाँचौँ भाग नियन्त्रणमा लिएको छ । क्रिमियन प्रायद्वीप रुसले सन् २०१४ मै कब्जा गरेको थियो । युद्धले लाखौँ मानिसलाई घरबारविहीन बनाएको छ र पूर्वी तथा दक्षिणी युक्रेनका सहर तथा गाउँहरू ध्वस्त पारेको छ ।

पुटिनले युक्रेन र पश्चिमतर्फबाट आएका तत्काल र बिना शर्त युद्धविरामका आह्वानलाई बारम्बार अस्वीकार गर्दै आएका हुन् ।

शुक्रबार रूसी विदेशमन्त्री सर्गेई लाभरोभले ‘पुटिन र जेलेन्स्कीबीच कुनै बैठकको योजना नरहेको’ बताएका थिए। उनले ट्रम्पको मध्यस्थता प्रयास अवरुद्ध भएको देखिएको बताएका छन्।

यसैबीच, जेलेन्स्कीले रुसमाथि आक्रमणलाई लम्ब्याउने आरोप लगाएका छन् ।

मनसुन सङ्कट : पाकिस्तानको पञ्जाब बाढी उच्च सतर्कतामा, १९ हजारलाई सुरक्षित स्थानमा सारियो

मनसुनको नयाँ चरण सुरु हुनुअघि प्रान्तका विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएसँगै पाकिस्तानको पञ्जाब प्रान्तलाई उच्च सतर्कतामा राखिएको डनले आइतबार रिपोर्ट गरेको छ ।

पञ्जाब सरकारले शनिबार सतलज नदी किनारका हजारौँ मानिसलाई उद्धार गरेको छ । उद्धार ११२२ का प्रवक्ता फारुख अहमदलाई उद्धृत गर्दै डनले प्रान्तका धेरै बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी नागरिकलाई निकालिएको बताएको छ ।

यो सङ्कटको केन्द्र सतलज नदी भएको बताइएको छ । त्यहाँ अधिकारीहरूले उद्धार र निकासी प्रयासलाई प्राथमिकता दिइरहेका छन् ।

नयाँ मनसुन चरण नजिकिँदै गर्दा आगामी ९६ घण्टा पाकिस्तानको पञ्जाबका लागि निकै महत्त्वपूर्ण हुने चेतावनी दिइएको छ ।

यसैबीच, यस मनसुनले गिलगिट–बाल्टिस्तानमा समेत भारी वर्षा र आकस्मिक बाढी ल्याउने अपेक्षा गरिएको छ । त्यहाँ यसअघि नै लगातार बाढीले जनजीवन अस्तव्यस्त बनाएको डनले उल्लेख गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा बाँचेका मानिसहरूले पिउने पानी र सिँचाइका लागि पानीको अभावले गम्भीर अभावको सामना गर्नुपरेको बताइएको छ ।

पाकिस्तान मानव अधिकार आयोगका गिलगिट–बाल्टिस्तान संयोजक इसरारुद्दीन इसरारलाई उद्धृत गर्दै डनले घिसर जिल्लाको तालिदास गाउँमा हालै आएको हिमताल फुट्दा आएको बाढीका कारण करिब तीन सय ३० परिवार अर्थात् तीन हजारभन्दा बढी मानिस आन्तरिक विस्थापित(आइडिपी) भएको उल्लेख गरेको छ ।

उनका अनुसार यो घटनामा भएको विस्थापन सन् २०१० को अट्टाबाद प्रकोपपछि दोस्रो ठूलो हो ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयका अनुसार गम्भीर मौसमको प्रभाव सेप्टेम्बरको सुरुआतसम्म जारी रहने सम्भावना छ । यसले थप बाढी, भूस्खलन र बालीको क्षतिको जोखिम बढाएको छ ।

पाकिस्तानले पछिल्ला वर्षहरूमा मनसुनका कारण व्यापक विनाश झेलेको छ । सन् २०२२ मा आएको अभूतपूर्व बाढीमा एक हजार सात सयभन्दा बढी मानिसले ज्यान गुमाएका थिए, लाखौं नागरिक विस्थापित भएका थिए र करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको थियो ।

सामान्यतया पाकिस्तानले जुनदेखि सेप्टेम्बरसम्म मनसुनका कारण बाढीको सामना गर्छ । बाढीका कारण विशेष गरी घना जनसङ्ख्या भएका वा निकासी व्यवस्था कमजोर रहेका क्षेत्रमा घातक भूस्खलन, पूर्वाधारको नोक्सानी र ठूलो सङ्ख्यामा मानिसहरूको विस्थापन हुने गर्दछ ।

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानाडाका प्रधानमन्त्री किएभमा

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन किएभ आइपुगेका छन् । उनले विश्व नेताहरूले युक्रेन–रुस युद्ध अन्त्य गर्न दबाब दिइरहेका बेला आफ्नो उपस्थितिलाई ऐक्यबद्धताको प्रतीकका रूपमा व्यक्त गरेका हुन् ।

“यस युक्रेनी स्वतन्त्रता दिवसमा र आफ्नो देशको इतिहासको यो महत्त्वपूर्ण घडीमा, क्यानाडाले युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति दिलाउने हाम्रो समर्थन र प्रयासहरूलाई अझै बढाइरहेको छ”, कार्नीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

क्यानाडाली प्रसारक सिबिसीका अनुसार कार्नीलाई स्वतन्त्रता दिवस मनाउन ‘विशेष अतिथि’ का रूपमा किएभमा आमन्त्रित गरिएको थियो ।

“युक्रेनका लागि क्यानाडाको समर्थन दृढ छ । हामी तपाईंको सार्वभौमिकताको रक्षा गर्न र तपाईंको सपनाहरू साकार पार्न तपाईंको सङ्घर्षको प्रत्येक चरणमा तपाईंको साथमा छौँ”, कार्नीले किएभ आइपुगेपछि आफ्नै एक्स खातामा सार्वजनिक गरिएको भिडियो सन्देशमा भनेका छन्।

तीन वर्ष लामो द्वन्द्वबीच मस्कोले शनिबार पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रका दुई गाउँ कब्जा गरेको घोषणा गरेको बेला उनको यो भ्रमण भएको हो । यसले रुसी सेनाले ढिलो गतिमा भए पनि केही लाभ हासिल गरिरहेको सङ्केत गर्दछ ।

यद्यपि, कार्नीको भ्रमण त्यस्तो समयमा भएको छ जतिबेला रुसी र युक्रेनी राष्ट्रपतिहरूबीच शिखर बैठक हुने सम्भावना क्रमशः घट्दै गएको छ । यो सम्भावित समाधानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध अन्त्य गर्ने आफ्नो प्रयासको एक अंशका रूपमा समर्थन गरेका थिए ।

हालै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले समेत रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीलाई भेटवार्ताका लागि आह्वान गरेका थिए ।

चालु खाता चार खर्ब नौ अर्ब र शोधनान्तर पाँच खर्ब ९४ अर्ब बचतमा

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो ।

प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता रु चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ । आव २०८०/८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो ।

गत आवमा शोधनान्तर स्थिति रु पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । आव २०८०/८१ मा शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब अर्ब ४९ करोडले बचतमा थियो । गत आवमा खुद पुँजीगत ट्रान्सफर रु नौ अर्ब ८४ करोड छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

गत आवमा आर्थिक वृद्धि चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । जसमध्ये कृषि क्षेत्रको वृद्धि तीन दशमलव २८, उद्योग क्षेत्रको चार दशमलव ५३ र सेवा क्षेत्रको वृद्धि चार दशमलव २१ प्रतिशत रहेको अनुमान छ । गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ दशमलव १६, १२ दशमलव ८३ र ६२ दशमलव शून्य एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, गत आवमा कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको छ दशमलव ५५ प्रतिशत रहेको छ । कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २४ दशमलव शून्य सात र ३६ दशमलव २४ प्रतिशत रहेको छ ।

गत आवमा कूल विद्युत्को जडित क्षमता वृद्घि भई तीन हजार ५९१ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् तीन हजार ३९० मेगावाट रहेको छ । त्यस्तै, कूल पर्यटक आगमन एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई दशमलव ६६ प्रतिशतले अवमूल्यन भएको छ ।

सुनील पौडेललाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीसँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।

पौडेलमाथि केन्द्रबाट आर्थिक वर्ष २०७६/७७ मा ‘हाइ कम्प्युट इन्फास्ट्रक्चर’ खरिद गर्दा गुरुयोजना बिना मिलेमतोमा महँगो मूल्यमा गुणस्तरहीन उपकरण खरिद गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले पौडेलसहित केन्द्रका चार कर्मचारी, ठेकेदार कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि र त्यसका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध १५ करोड ८८ लाख रुपैयाँ बराबर जरिवाना माग गरेको थियो ।

उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिव १६ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप थियो ।

सूचना प्रविधि क्षेत्रका अनेक खरिद अनियमितता प्रकरणमा मुछिएका कारण पौडेल विशेषको पछिल्लो आदेशकै कारण रिहा हुन भने पाउने छैनन्‌ । पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा विशेषले नै पौडेललाई नौ वर्ष कैद र २३ करोड २७ लाख रुपैयाँ जरिवाना तोकिसकेको छ ।

समाजवादी यात्राको आधार उत्पादन होः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन भएको एका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा उनले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने त्सको मूल आधार उत्पादन हो । उत्पादनका निम्ति सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।”

हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन सङ्र्घ’निर्णय कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने अध्यक्ष दाहालले बताए।

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरूले अनुभव आदानप्रदान गर्नुका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको हो ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले दुई देशबीच सरकार–सरकार, व्यवसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको जानकारी दिए ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् ।

जेलमा रहेका पूर्व नेतालाई श्रीलङ्काका पूर्व राष्ट्रपतिहरूको समर्थन

श्रीलङ्काका तीन पूर्वराष्ट्रपतिले आइतबार जेलमा रहेका पूर्व नेता रनिल विक्रमासिङ्घेसँग एकता प्रकट गरेका छन् । उनीहरूले विक्रमासिङ्घेको कारावासलाई लोकतन्त्रविरुद्धको ‘सुनियोजित आक्रमण’ भन्दै निन्दा गरेका छन् ।

सन् २०२२ जुलाईदेखि सन् २०२४ सेप्टेम्बरसम्म राष्ट्रपति रहेका विक्रमासिङ्घेविरुद्धका आरोपहरू निरर्थक भएको पूर्व राजनीतिक प्रतिद्वन्द्वीहरूले बताए ।

सन् २०२३ सेप्टेम्बरमा हवाना भएको जी–७७ शिखर सम्मेलन र न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घीय महासभापछि घर फर्कने क्रममा बेलायतमा रोकिएको बेला ५५ हजार डलर खर्च गरेको आरोप उहाँमाथि लगाइएको छ ।

छयत्तर वर्षीय विक्रमासिङ्घेलाई हिरासतमा लिएको भोलिपल्ट शनिबार कोलम्बोको मुख्य सरकारी अस्पतालको सघन उपचार कक्षमा सारिएको थियो ।

चिकित्सकहरूका अनुसार उनी गम्भीर डिहाइड्रेसनका साथै तीव्र मधुमेह र उच्च रक्तचापबाट पीडित छन् ।

“हामीले देखिरहेको अवस्था हाम्रो लोकतान्त्रिक मूल्यप्रति गरिएको योजनाबद्ध आक्रमण हो”, पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुङ्गाले एक विज्ञप्तिमा भनेका छन् ।

असी वर्षीया कुमारातुङ्गाले विक्रमसिङ्घेलाई जेलमा हाल्नु केवल एक व्यक्तिको भाग्यसँग सीमित नभई सम्पूर्ण नागरिक अधिकारमाथि प्रहार भएको बताए ।

“यस किसिमका प्रयासहरूको प्रतिरोध गर्नु सबै राजनीतिक नेताको कर्तव्य हो र म यस कार्यको विरोधमा पूर्ण हृदयले जोड दिन्छु”, उनले भने।

कुमारातुङ्गाका उत्तराधिकारी ७९ वर्षीय महिन्दा राजापाक्षले पनि विक्रमसिङ्घेसँग ऐक्यबद्धता जनाएका छन् । उनले कुमारातुङ्गालाई सघन उपचार कक्षमा सारिनुअघि शनिबार जेलमै भेट्ेका थिए ।

विक्रमसिङ्घेलाई सन् २०१८ अक्टोबरमा प्रधानमन्त्री पदबाट बर्खास्त गरेका ७३ वर्षीय मैत्रिपाला सिरिसेनाले पनि उनलाई दिइएको जेल सजायलाई ‘डाइन शिकार’ का रूपमा चित्रण गरेका छन् ।

“हामीले देखिरहेको कुरा भनेको नयाँ सरकारका विरोधीहरूलाई चुप गराउने व्यवस्थित अभियान हो”, सिरिसेनाले भने, “उनीहरूले लोकतन्त्रलाई गाड्ने कफिनलाई पालिस लगाइरहेका छन् ।”

विक्रमासिङ्घेको आफ्नै युनाइटेड नेसनल पार्टी ९युएनपी० ले पनि शनिबार विज्ञप्ति जारी गर्दै उनी पुनरागमन हुनसक्ने डरले मुद्दा लगाइएको विश्वास व्यक्त गरेको छ ।

गत सेप्टेम्बरमा उनले अनुरा कुमार दिसानायकेसँग राष्ट्रपति चुनाव हारेका थिए । कुनै निर्वाचित पद नभए पनि उनले अझै राजनीतिक रूपमा सक्रिय हुनुहुन्छ ।

सन् २०२२ मा देशले सामना गरेको सबैभन्दा खराब आर्थिक मन्दीबाट निस्केपछि भएको भ्रष्टाचारविरुद्धको अभियानकै क्रममा दिसानायकेले उनलाई पक्राउ गराएको बताइएको छ ।

विक्रमासिङ्घेले भने आफ्नी पत्नीको बेलायत भ्रमण खँर्च व्यक्तिगत रूपमा व्यहोरेको र राज्य कोष प्रयोग नगरेको दाबी गरेका छन् ।

सन् २०२२ जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले आर्थिक सङ्कटका कारण महिनौँ लामो सडक प्रदर्शनपछि पदत्याग गरेपछि विक्रमासिङ्घे राष्ट्रपति बनेका थिए।

भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिवलाई उन्मुक्ती दिएको भन्दै सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ  । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्त शुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा पुनरावेदन दिएको छ।

विशेष अदालतले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिएको थियो। त्यसमाथि चित्त नबुझेपछि अख्तियारले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हाे ।

अख्तियारले १२ जनाविरूद्ध २०८१ असार ९ गते विशेष अदालतमा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

अन्त शुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन समयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहेका अर्याललाई पनि मुद्दा दायर गरिएको थियो।

उक्त मुद्दामा विशेष अदालतले गत सालको मंसिरमा फैसला गर्दै केही प्रतिवादीलाई आंशिक दोषी ठहर गरेको र केहीलाई सफाइ दिएको थियो । अर्याल सफाइ पाउनेमध्येका एक हुन् ।

मस्कको मेगारकेट असफलतापछि नयाँ महत्त्वपूर्ण परीक्षणको तयारी

एलन मस्कको स्पेसएक्स आइतबार आफ्नो स्टारसिप मेगारकेटको अर्को परीक्षणका लागि तयार भइरहेको छ । हालैका असफलताहरूले यसको व्यवहार्यतामाथि प्रश्न उठाइरहेका बेला यो उडानलाई निकै महत्त्वपूर्ण मानिएको छ।

विश्वकै सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन दक्षिणी टेक्सासको स्टारबेसबाट स्थानीय समय साँझ ६ः३० बजे ९२३३० जिएमटी० १०औँ उडानका लागि प्रस्थान गर्ने योजना छ ।

यस मिसनको लक्ष्य रकेटलाई परीक्षणहरूको शृङ्खलाबाट गुजार्दै विश्वको आधा बाटो उडाएर अन्ततः हिन्द महासागरमा खसाल्ने हो । यस पटक भने कम्पनीले प्रक्षेपण टावरको विशाल ‘चपस्टिक’ हात प्रयोग गरी बुस्टर समात्ने प्रयास नगर्ने बताइएको छ ।

स्टारसिप मस्कको मङ्गल ग्रह उपनिवेश योजनाको केन्द्र हो । नासाले पनि यसलाई संशोधित संस्करणमार्फत आर्टेमिस चन्द्र ल्यान्डरको रूपमा प्रयोग गर्ने तयारी गरेको छ ।

तर सन् २०२५ मा भएका सबै तीन परीक्षण उडानहरू दुई पटक क्यारिबियन टापु नजिक र एक पटक अन्तरिक्ष पुगेपछि माथिल्लो चरण विस्फोटमा समाप्त भएका छन् । यसै वर्ष, ‘स्टाटिक फायर’ परीक्षणमा जमिनमै अर्को माथिल्लो चरण विस्फोट भएको थियो ।

स्पेसएक्सले अपनाएको ‘फेल फास्ट, लर्न फास्ट’ संस्कृतिले कम्पनीलाई फाल्कन रकेट परिवारमार्फत प्रक्षेपण उद्योगमा अग्रणी बनाएको थियो । तर स्टारसिपका लगातार अवरोधहरूले यसै किसिमको सफलता दोहोर्‍याउन सक्ने क्षमतामा शङ्का उत्पन्न गरेको छ ।

– दबाब बढ्दै –

एनालाइसिस मेसनका अन्तरिक्ष विज्ञ डलास कासाबोस्कीले भने, “यो मिसनमा निकै दबाब छ । धेरै परीक्षण भए तर अझै भरपर्दो साबित भएको छैन—असफलताहरू नै बढी छन् ।”

पूर्व इन्जिनियर एवं विश्लेषक विल लकेटले भनेका छन्, “भारी पेलोड परीक्षणको कमीले स्टारसिपको अवधारणामै समस्या देखाउँछ ।”

उनका अनुसार, स्पेसएक्सले पुनः प्रयोगयोग्य बनाउन हल्का बनाइएका स्टारसिपहरू आवश्यकताभन्दा कमजोर भएका छन्, जसले हालैका परीक्षणहरूमा संरचनात्मक असफलता निम्त्याएको हो ।

यसैबीच, ‘के एलन मस्कको स्टारसिप बर्बाद भयो ’ जस्ता हेडलाइनहरूले ध्यान तानेका छन् ।

मस्कले कम्पनीको भविष्य नै स्टारसिपमा लगानी गरेका छन् र अन्ततः हालका रकेट तथा अन्तरिक्ष यानलाई अवकास दिन चाहन्छन् ।

दशौँ परीक्षण सफल भए पनि, प्रणालीलाई पूर्ण पुनः प्रयोगयोग्य बनाउने, कक्षामा सुपर–कुल्ड इन्धन भर्ने र गहिरो अन्तरिक्ष मिसन सम्भव बनाउन अझै ठूलो प्राविधिक चुनौती बाँकी छ ।

यद्यपि स्पेसएक्सले प्रक्षेपणको आवृत्ति बढाउँदैछ । वातावरणीय समूहहरूको आलोचनाका बीच फ्लोरिडामा नयाँ प्रक्षेपण र अवतरण सुविधा निर्माण पनि भइरहेको छ ।