`

नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ ।

सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल भएको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय चुरे–तराईरमधेस संरक्षण र बङ्कर टु व्यारेक कार्यक्रममा पनि सोहीअनुसार नतिजा प्राप्त भएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक महत्वको ‘काठमाडौँ–तराईरमधेस द्रूतमार्ग सडक आयोजना’को प्रगति भने उक्त आर्थिक वर्षमा ६७ दशमलव ५ मा सीमित भएको छ । दु्रत मार्गको प्रस्थान विन्दुदेखि ६.५ किमीसम्म पर्ने प्याकेज नं ११ मा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको तथा प्रस्थान विन्दु र सवारी अवागमन सम्बन्धमा निर्णय नहुँदा आयोजनाको भौतिकतर्फ वार्षिक लक्ष्य प्राप्त हुन नसकिएको मन्त्रालयले जनाएको छ ।

कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का (च्याम्ताङ्ग–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत १० दशमलव ५१, कर्णाली करिडोरको (घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला) सडक आयोजनाको दुई दशमलव पाँच र लाँलीबगर–दुल्लीकुनाको ११ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको छ ।

कर्णाली करिडोरको बोक्चे गौडा र भीर गौडामा दुईरदुई सय मिटर तथा याङ्चु भीरमा ४०० चार सय मिटर लम्बाइको सडक निर्माण र खार्पुनाथस्थित चुवाखोलामा बेलिब्रृज निर्माण सम्पन्न भएको छ । यस्तै बेनीघाट–आरुघाट–लार्केभञ्जयाङ् सडक आयोजनामा दुई दशमलव पाँच किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ । सोही सडक खण्डको तातोापनी भीरमा सडक चौडा पार्ने कार्य पनि लक्ष्यअनुसार सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडक आयोजनाअन्तर्गत गत आवसम्ममा १७ दशमलव ५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ । गत आवमा सो सडकमा एक दशमलव आठ किलोमिटत नयाँ ट्रयाक निर्माण र एक दशमलव दुई किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने वार्षिक लक्ष्य लिएको थियो । यस्तै दार्चुला–टिङ्कर सडकखण्डमा दुई दशमवल तीन किलोमिटर नयाँ ट्रयाक निर्माण भएका मन्त्रालयले जनाएको छ ।

भौगोलिक कठिनाइ भएका स्थानमा सडक पूर्वाधार निर्माणमा संलग्न नेपाली सेनाका एक सय आठ सकल दर्जाले वीरगती प्राप्त गरेका छन् । निर्माण सम्पन्न भएका त्रिशुली–सोमदाङ सडक आयोजनामा १२, कटारी–ओलखढुङ्गा सात, बेनी–जोमसोम १८, कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला)६२, नाग्मा–गमगढी एक, बेशिसहर–चामे तीन र जाजरकोट–डोल्पा एक गरी एक सय चार जनाले वीरगती प्राप्त गरेका छन् । ती सडक आयोजना निर्माणका क्रममा गैरसैनिकतर्फ २४ जनाले ज्यान गुमाएका छन् ।

हाल निर्माणाधीन सडक आयोजनातर्फ कर्णाली करिडोरमा चार जना सैनिक र निर्माणाधीन विभिन्न सडक आयोजनामा २८ जना गैर सैनिकको क्षति भएको छ । बङ्करदेखि व्यारेक कार्यक्रमअन्तर्गत गत आवमा विभिन्न ७३ वटा संरचना निर्माण भएका छन् । सोही कार्यक्रमअन्तर्गत एक हजार नौ सय ९५ संरचना निर्माण गर्न बाँकी रहेको सेनाले जनाएको छ ।

यस्तै रणनीतिक महत्वको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणमा पनि गत आवमा शतप्रतिशत सफलता प्राप्त भएको वार्षिक प्रगतिमा उल्लेख छ । विश्वविद्यालयको भौतिक संरचनाको निर्माणलाई निरन्तरता दिने लक्ष्य राखिएको आयोजनाको समष्टिगत भौतिक प्रगति ७४ दशमवल ०४ प्रतिशत र वित्तीय प्रगति ७४ दशमलव ०२ प्रतिशत रहेको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा निर्माण भइरहेको उक्त विश्वविद्यालयको भौतिक पूर्वाधार, कानुन र पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रकृति संरक्षण कार्यमा पनि नेपाली सेनाले असरदार भूमिका निर्वाह गर्दै आएको छ । सोही क्रममा उक्त आर्थिक वर्षमा दुई लाख ५४ हजार एक सय ३३ पट्रोल, ३७ हजार आठ सय ६७ एम्बुस, नौ हजार दुई सय २४ आकस्मिक छड्केलगायतका गतिविधि सञ्चालित गरिएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ । प्रकृति संरक्षणको सिलसिलामा हालसम्म एक सय १६ सैनिकले आफ्नो ज्यान गुमाएका छन् ।

बेरुजु फछ्र्योट लक्ष्यभन्दा माथि

आर्थिक वर्ष २०८१/८२ मा रक्षा मन्त्रालयतर्फ तीन अर्ब ४५ करोड ८३ लाख ४० हजार बेरुजु रहेकामा त्यसको ६१ दशमलव ३९ प्रतिशत फछ्र्योट भएको मन्त्रालयले जनाएको छ । सो वर्ष ६० प्रतिशत बेरुजु फछ्र्योट गर्ने लक्ष्य राखिएको थियो ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं।  चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार गत महिना रु एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ ।

गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ ।

साउनमा छिमेकी मुलुक भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रु १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहोरेको छ । चीनसँग रु २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रु पाँच करोड ४८ लाखको निर्यात गर्दा रु २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।

साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार रु पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, रु पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र रु चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । देशमा रु १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल, रु तीन अर्ब ४१ करोड ९२ लाखको स्मार्टफोन,  एक अर्ब ७४ करोड ४८ लाखको मोटरसाईकल, रु तीन अर्ब सात करोडको फलामजन्य वस्तु र रु एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ ।

मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । साउनमा रु १० अर्ब ६९ करोड ५८ करोड बराबरको भटमासको तेल  निर्यात भएको हो । समीक्षा अवधिमा प्लाईउड, फलफुल जुस, धागो, गलैँचा, अलैँचीलगायत उत्पादन निर्यात भएका हुन् ।

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकलाई सहज, सरल एवं न्यून शुल्कमा उपचार प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय निकायमा स्वास्थ्य बिमा प्रथम सेवा केन्द्र र सरकारी अस्पताललाई विशिष्टिकृत उपचार केन्द्रका रुपमा विभाजन गरिएको जानकारी दिए ।

नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर नै आधारभूत र विशिष्टिकृत स्वास्थ्य सेवा केन्द्रमा जटिल रोगको उपचारको व्यवस्था गरिएको उनको कथन थियो । संविधानले व्यवस्था गरेअनुसार स्थानीय निकायले आधारभूत स्वास्थ्य दिनुपर्छ भन्दै पालिकाले आफ्नो १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मागअनुसार आगामी दुई दिनमा एमबिबिएसको ३० वटा सिट थप हुने जानकारी दिँदै अन्य सरकारी शिक्षण अस्पतालले सिट थपका लागि कुनै माग नगरेका बताए ।

वर्षौंपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्। सन् १९७१ मा पृथक भएका दुई राष्ट्रबीच सम्बन्ध सुधार्ने प्रयासस्वरूप भएको यो भ्रमण विगत दशकमा उच्चस्तरीय पहिलो भेटवार्ता हो ।

इस्लामाबादले यस भ्रमणलाई ‘पाकिस्तान–बंगलादेश सम्बन्धमा एक महत्त्वपूर्ण उपलब्धि’ भएको बताएको छ । दुई देशबीच व्यापार लगायत विभिन्न क्षेत्रहरूमा समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डारले बंगलादेशका वर्तमान कार्यवाहक नेता, नोबेल शान्ति पुरस्कार विजेता डा मोहम्मद युनुससँग भेटवार्ता गर्नेछन्।

भारतको दृष्टिकोण

यस्तो पृष्ठभूमिमा छिमेकी राष्ट्र भारतले यस भ्रमणलाई विशेष ध्यानका साथ हेरिरहेको विश्लेषकहरूले बताएका छन् । गत वर्षको मे महिनामा भारत र पाकिस्तानबीच छोटो अवधिको सशस्त्र संघर्ष भएको थियो ।

साथै, सन् २०२४ को जुलाई महिनामा बंगलादेशमा भएको व्यापक जनआन्दोलनले प्रधानमन्त्री शेख हसिनाको शासन अन्त्य भएपछि, उहाँ भारततर्फ प्रस्थान गर्नुभएपछि, ढाका–नयाँ दिल्ली सम्बन्धमा चिसोपन देखिएको हो ।

“बंगलादेश अतीतमा भारतको सबैभन्दा नजिकको साझेदार रहँदै आएको थियो, तर अहिले भारतको मुख्य प्रतिद्वन्द्वी मुलुकसँग सुमधुर सम्बन्ध बनाउने प्रयासमा रहेको देखिन्छ,” अमेरिकी विश्लेषक माइकल कुगेलम्यानले बताए।

व्यापार र सुरक्षा क्षेत्रको सहकार्य

पाकिस्तान र बंगलादेशले विगत वर्ष समुद्री मार्ग हुँदै व्यापार प्रारम्भ गरेका थिए । यस वर्षको मार्च सरकारी तहमा व्यापार विस्तार सम्बन्धी सम्झौता गरिएको थियो ।

पाकिस्तानका वाणिज्य मन्त्री जाम कमाल खान हालै ढाका पुगेका थिए, जहाँ उनले बंगलादेशी अधिकारीहरूसँग व्यापार र लगानी प्रवद्र्धनका लागि संयुक्त आयोग गठन गर्ने सहमति जनाएका छन् ।

त्यसैगरी, शुक्रबार दुबै मुलुकका उच्च सैनिक अधिकारीहरूबीच पाकिस्तानमा भेटवार्ता सम्पन्न भएको थियो ।

ऐतिहासिक पृष्ठभूमि

सन् १९७१ मा पूर्वी पाकिस्तान अलग भई बंगलादेशको स्थापना भएपछि, ती दुबै देशबीचको सम्बन्ध निकै संवेदनशील रहँदै आएको छ । सो युद्धको क्रममा पाकिस्तानी सेनामाथि व्यापक हिंसा र अत्याचारको आरोप लाग्दै आएको छ । बंगलादेशका अनुसार लाखौं नागरिकले ज्यान गुमाएका थिए । धेरै नागरिकहरूले आज पनि पाकिस्तानबाट औपचारिक माफीको अपेक्षा राखेका छन् ।

स्वतन्त्रता पछि बंगलादेशले भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो । भारतले चारैतिरबाट घेरेको बंगलादेश हाल झण्डै १७ करोड जनसंख्या भएको मुलुक हो ।

तर वर्तमानमा कार्यरत अन्तरिम सरकारले भारतको भूमिमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई संरक्षण दिइएकोप्रति असन्तुष्टि जनाउँदै आएको छ । हसिनामाथि मानवता विरोधी अपराधको आरोपमा मुद्दा चलिरहेको भए पनि उनी अदालतमा हाजिर हुन अस्वीकार गर्दै भारतमै बसेका छन्।

“शेख हसिनाको सत्ताच्युत हुनु भारतका लागि रणनीतिक दृष्टिले ठूलो धक्का थियो । यसपछि पाकिस्तान–बंगलादेश सम्बन्धमा देखिएको सुधार त्यसको प्रत्यक्ष परिणाम हो,” अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक थोमस कीनले भने ।

हालै ढाकाले भारतमाथि निषेधित घोषित अवामी लिग पार्टीलाई समर्थन गरेको आरोप लगाएको थियो। भारतले भने यस्तो आरोप अस्वीकार गर्दै आफ्नो भूमिबाट अरू देशविरुद्ध राजनीतिक गतिविधि हुन नदिने स्पष्ट पारेको छ ।

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन । स्क्रब टाइफसबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।

यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ । चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आर्थिक अभावमा अपाङ्ग बालआश्रम, सहयोग गर्न आग्रह

झापा । अर्जुनधारा नगरपालिका–६ कप्तानबाडीस्थित अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आर्थिक अभाव भएको छ । अभिभावकविहीन बालबालिकाको भरणपोषण एवं शिक्षाका लागि दातामा निर्भर केन्द्रले सहायताका निम्ति याचना गरेको छ ।

केन्द्रमा आश्रित पाँच बालिकासहित १४ जना बालबालिकाका लागि मासिक रु ६५ हजारभन्दा बढी खँर्च हुने गरेको केन्द्रका अध्यक्ष कृष्ण दुलालले बताए । “दाताहरुले दयापूर्वक दिने सहयोग नै बालबालिकाहरुको बाँच्ने आधार हो”, अध्यक्ष दुलालले भनेका छन्, “अपुग साधन र स्रोत मागेर व्यवस्थापन गर्दै आएका छौँ ।” साथै उनले सहयोगका निम्ति अनुरोध गरेका छन् ।

केन्द्रका चार जना बालबालिका शौचालयसमेत जान नसक्ने अवस्थाका छन् भने कतिपय ह्विलचियर र वैशाखीको सहायतामा हिँडडुल गर्छन् । अर्जुनधारा नगरपालिकाले मासिक रु पाँच हजार सहयोग दिनेबाहेक संस्थाको अरु नियमित आय छैन । आश्रित बालबालिकामध्ये शारीरिक अपाङ्गता भएका चार जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

रूस र अमेरिका बीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफलः पुटिन

रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास ९एलएनजी० परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताउनुभएको छ । यो सहकार्य रूसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उनले जनाएका छन्।

निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक क्षेत्रका प्राविधिक तथा वैज्ञानिकहरूसँगको भेटमा बोल्दै पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख एलएनजी उत्पादक कम्पनीहरू लगायत थुप्रै रूसी कम्पनीहरूले युरोप र एसियाका साझेदारहरूसँग पहिल्यै सहकार्य गरिरहेका बताएका थिए ।

“हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भावनामा छलफल गर्दैछौं, जुन केवल हाम्रो आर्कटिक क्षेत्रमै सीमित छैन, अलास्कामा पनि हुन सक्छ,” पुटिनले टास समाचार एजेन्सीलाई उद्धृत गर्दै भनेका छन् ।

पुटिनका अनुसार, रूससँग रहेको विशेष तरल प्राकृतिक ग्यास प्रविधिले अमेरिकी साझेदारहरूको समेत ध्यान खिँचेको छ ।

कोशी राजमार्गको हुङ्गुङ खण्डमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन पूर्ण रूपमा ठप्प

खाँदबारी । कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।

खाँदबारीदेखि किमाथाङ्का नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिराका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो ।

उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ । “सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्नसक्ने अवस्था छैन । भिरालो भू–भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ”, उनले बताए ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रुसमेत समस्यामा परेका छन् ।

गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुँल्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । हाल पहिरो पन्छाउने प्रयास जारी राखेको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन ।

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

विर्तामोड । झापाको कनकाइ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कनकाइ नगरपालिका–१ खहरे खोलामा बस्ने ३७ वर्षीय पङ्कज माझीले बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गुमाएका हुन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजय श्रेष्ठले जानकारी दिएका छन् ।

बाँकेमा ८५ किलोमिटर सडक निर्माण

नेपालगञ्ज । बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ । सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन् ।

सडक पूर्वाधार कार्यालयका प्रमुख दिपक खड्काले आव २०८१÷०८२ ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिएका छन् । उनले सबैभन्दा बढी नेपालगञ्ज, खजुरा र वैजनाथ गाउँपालिकामा नाला र सडक बनाइएको बताएका छन्। सडक बनाउन रु २१ करोड खँर्च भएको जानकारी पनि उनले दिए । सात वटा कल्भर्ट र कजवे, दुई वटा पुल निर्माण गरिएको छ ।

सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा ४० किलोमिटर सडक र नाला निर्माण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी ११ दशमलव ५४ किलोमिटर ढल, ५ दशमलव ३९ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको कार्यालयप्रमुख रामआत्रेय शाहले जानकारी दिए । दुवै कार्यालयले गत आवमा यी काम गरेका हुन् ।

न्यूयोर्क राज्यमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

दुर्घटना बफेलो शहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक नजिकै भएको हो । पर्यटकहरू नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्कंदै थिए ।

प्रहरीका अनुसार, बसमा रहेका यात्रुहरू भारत, चीन र फिलिपिन्स मूलका थिए ।

“चालकको ध्यान केही समयका लागि अन्यत्र गएको, त्यसपछि गाडीको सन्तुलन गुमेको र सुधार गर्ने प्रयासमा गाडी झनै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ,” न्यूयोर्क राज्यका प्रहरी प्रमुख आन्द्रे रेले घटनास्थलमा जानकारी दिएका छन्।

बसमा ५४ जना सवार थिए। प्रारम्भिक विवरणमा बालबालिकाको मृत्यु भएको भनिए पनि पछि त्यसको पुष्टि भएको छैन । बालबालिकाको ज्यान गएको छैन ।

छ जनाजना चिनियाँ नागरिक पनि बसमा सवार थिए । पाँच जनालाई सामान्य चोट लागेर उपचारपछि घर पठाइएको छ भने एक जना अझै उपचारमा छन् ।

बसले सोही दिन सीमामा रहेको नियाग्रा जलप्रपातको यात्रा गरेर फर्कने क्रममा दुर्घटना भएको हो ।

यान्त्रिक खराबीको सम्भावना हटाइयो

प्रहरीले गाडीमा कुनै यान्त्रिक खराबी वा चालकले मादक पदार्थ सेवन गरेको प्रमाण नभेटिएको स्पष्ट पारेको छ । हालसम्म कसैलाई कारबाही गरिएको छैन ।

घटनास्थलमा विभिन्न भाषा बोल्ने यात्रुहरू रहेका कारण सञ्चारको सहजताका लागि अनुवादकहरू समेत पठाइएको थियो ।

उद्धार कार्यका लागि आठवटा हेलिकप्टर प्रयोग गरिएको थियो । उद्धारकार्यमा सहयोग गर्ने सबै टोलीलाई सराहना गरिएको छ ।

राज्यकी प्रमुख अधिकारी केथी होचुलले राज्य प्रहरी र स्थानीय तहसँग समन्वय गरेर पीडितहरूलाई आवश्यक सहयोग प्रदान भइरहेको जनाएका छन् ।

दुर्घटनापछि रक्तदानको मागसमेत गरिएको छ ।

“ज्यान गुमाएका तथा घाइते यात्रुहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिन चाहन्छु,” न्यूयोर्कका वरिष्ठ जनप्रतिनिधि चक शुमरले बताएका छन् ।

नियाग्रा जलप्रपात अमेरिका र क्यानाडाको सिमानामा पर्ने एक प्रमुख पर्यटकीय स्थल हो ।

भियतनामका उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।

उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरे ।

त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए । उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेका थिए ।

उनीसँग आजै परराष्ट्रमन्त्री डा राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । उनी यही भदौ ९ गतेसम्म नेपालको भ्रमण हुनेछिन् ।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उहाँका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नहुने कार्यक्रम छ । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं। स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म लाग्ने एकमहिने (गुँला) पर्वका अवसरमा उक्त सङ्ख्यामा भक्तजनले मन्दिर दर्शन गरेका हुन् ।

नेवार समुदायका बौद्ध धर्मावलम्बीले उक्त समयमा स्वयम्भू चैत्यको दर्शन गर्ने चलन छ । नेपाल सम्वतको नौ महिनामा पर्ने गुँला पर्वमा विभिन्न प्रकारका बाजा बजाउँदै स्वयम्भू चैत्यको पूजाआजा गर्नाले दिवङ्गत पितृको बैकुण्ठवास हुने विश्वास रहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले बताए ।

मेलामा काठमाडौं उपत्यका तथा आसपास क्षेत्रबाट धर्मावलम्बीले मेलामा सहभागिता जनाउने गरेका छन् । स्वयम्भूनाथ चैत्यको दर्शनपछि भक्तजनहरु बाजागाजासहित स्थानीय विजेश्वरी, शोभा भगवतीलगायत स्थानमा परिक्रमा तथा दर्शन गर्छन् ।

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।

जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१-८२ को साउनमा ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा रु तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको छ । जबकी आव २०८१-८२ को साउनमा रु १५ अर्ब ९२ करोडको राजस्व संकलन भएको थियो ।

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ ।

मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।

पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–४ का मनमाया चोचाङ्गीले बताइन् ।

‘धापुङ्ग र महेश गाउँका एक सय पाँच घरपरिवारलाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ,’ उनले भनिन्, ‘बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।’

५७ लाख १० हजार ८६० रुपैयाँको लागत अनुमान गरिएको पुल उपभोक्ता समितिबाट निर्माण गरिएको हो । उपभोक्ता समितिले ६४ हजार नौ सय ६१ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

११ लाख ६६ हजार ४२४ मा स्टिल पार्ट्स खरिद र उपभोक्ता समितिलाई ३१ लख ८३ हजार ९१ रुपैयाँ भुक्तानी भएको मङ्गला गाउँपालिकाका प्राविधिक शाखा प्रमुख सवइञ्जिनियर रुचेन्द्र अधिकारीले बताए ।

इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ ।

शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लुए) का आयुक्त फिलिप लाजरिनीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा सहरमा भोकमरीको अवस्था पुष्टि भइसकेको जनाउँदै यसलाई रोकथाम गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

“हामीले पटकपटक चेतावनी दिएका थियौं । अहिले स्थिति गम्भीर छ र यसलाई मानव निर्मित संकटको रूपमा हेर्न सकिन्छ,” उनले लेखेका छन् । लाजरिनीका अनुसार गाजामा आधारभूत राहत सामग्री लामो समयदेखि पर्याप्त रूपमा आपूर्ति हुन सकेको छैन ।

खाद्य सुरक्षासम्बन्धी चरणगत मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको समूहले हालै प्रकाशित प्रतिवेदनमा गाजा सहरसहितको क्षेत्रमा भोकमरी पुष्टि भएको जनाएको छ । सो प्रतिवेदनमा देइर अल–बलाह र खान युनिस क्षेत्रमा पनि संकट फैलन सक्ने चेतावनी दिइएको छ ।

प्रतिवेदनअनुसार अगस्त महिनाको अन्त्यसम्म करिब ६ लाख ४० हजार मानिस गम्भीर खाद्य अभावको स्थितिमा पुग्न सक्नेछन र ११ लाखभन्दा बढी व्यक्तिहरू आपतकालीन खाद्य असुरक्षाको अवस्थामा रहने अनुमान गरिएको छ ।

लाजरिनीले संकटको थप विस्तार रोक्नका लागि तुरुन्त युद्धविराम र निर्वाध मानवीय सहायता आपूर्तिको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले भने उक्त आरोपलाई अस्वीकार गर्दै गाजामा भोकमरी फैलाउने कुनै नीति नरहेको स्पष्ट पारेको छ । इजरायलले आफूले “भोकमरी रोक्ने नीति“ अपनाएको र सहायता आपूर्तिमा सन्तुलन कायम गर्न प्रयासरत रहेको जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुपोषण र भोकका कारण २७३ जनाको निधन भइसकेको छ, जसमा ११२ बालबालिका रहेका छन् ।

सन् २०२५ मार्च २ मा युद्धविराम समाप्त भएपछि गाजामा राहत सामग्रीको आपूर्ति उल्लेखनीय रूपमा घटेको जनाइँएको छ ।

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू)

काठमाडौँ । शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चोकमा पहिरो गएको छ ।

पहिरोमा कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा हिजो देखि विद्युत आपूर्ति बन्द भएको छ । शुक्रबार ३:३० बजेतिर पहिरो गएको स्थानीयले बताए ।

वडाले पार्क निर्माण गरेको सो लाम्पाखामा कमसल निर्माण काम गरिएको कारण पहिरो आएको स्थानीय बताए । कुनै पनि मानवीय क्षति नभएको सो पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ ।

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी, फोहर विसर्जनमा समस्या

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक वन उपभोक्ता समूहले तालाबन्दी गरेपछि नगरक्षेत्रको फोहर सङ्कलन र विसर्जन कार्य पूर्ण रूपमा अवरुद्ध भएको छ। तीन दिनअघि श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहले ११ बुँदे सहमति कार्यान्वयनको माग गर्दै केन्द्रमा तालाबन्दी गरेपछि झलारी, वन समिति, कलुवापुरलगायतका बजार क्षेत्रमा फोहर थुप्रिँदै गएको छ।

फोहरमैला व्यवस्थाप केन्द्र निर्माण भएपनि सञ्चालनमा नआउँदा नगरपालिकाले अस्थायी रूपमा सामुदायिक वनकै जग्गामा फोहर विसर्जन गर्दै आएको छ। सामुदायिक वनका उपभोक्ताले अस्थायी रूपमा फोहर विसर्जन गर्दै आएको कार्यमा रोक लगाएपछि बजार क्षेत्रको फोहर सङ्कलन र विसर्जन हुन सकेको छैन। करिब रु ३० करोडभन्दा बढी लागतमा एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो।

फोहरमैला व्यवस्थापन केन्द्र आधुनिक प्रविधिसहित निर्माण गरिएको छ। प्राविधिक अध्ययनअनुसार यस केन्द्रले दैनिक छ टनसम्म फोहर व्यवस्थापन गर्ने क्षमता राख्छ भने करिब दुई दशकसम्म सञ्चालन गर्नसक्ने अनुमान गरिएको छ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर ऐरका अनुसार केन्द्र निर्माणका क्रममा नगरपालिका र समूहबीच ११ बुँदे सहमति भएको थियो। त्यसअनुसार अन्य क्षेत्रको फोहर नल्याउने, आवासीय क्षेत्रमा मेसवायर जाली जडान गर्ने, प्रत्येक उपभोक्तालाई एलपी ग्यास उपलब्ध गराउने, वनहरा र सनवोरा नदीमा तटबन्ध निर्माण गर्ने, स्थानीयलाई रोजगारी दिनेलगायत प्रावधान राखिएका थिए।

यसबाहेक, आर्यघाट क्षेत्र व्यवस्थित गर्ने, डस्टबिनको व्यवस्था गर्ने, प्रभावित बस्तीमा सडक कालोपत्रे र बत्ती जडान गर्ने, सामुदायिक वनको सीमसार क्षेत्र संरक्षण गर्ने, स्वास्थ्य बीमा तथा निःशुल्क उपचारको सुविधा उपलब्ध गराउने, र समयावधि पूरा भएपछि जग्गा फिर्ता गर्ने प्रावधान पनि सम्झौतामा समावेश भएको थियो।

“सहमति भएको तीन वर्ष बितिसक्दा पनि नगरपालिकाले कुनै बुँदा कार्यान्वयन गरेको छैन”, अध्यक्ष ऐरले भने, “नगर कार्यपालिकाको १३५ औँ बैठकले कार्यान्वयन गर्ने निर्णय गरे पनि अझै बेवास्ता गरिएको छ।”

सामुदायिक वन उपभोक्ता समूहका पूर्वसचिव दिलबहादुर साउदले तालाबन्दी गरे पनि नगरपालिकाले हालसम्म संवाद सुरु नगरेको र मौन बसेको बताए । “हामीले बारम्बार सम्झौताका बुँदा कार्यान्वयन गर्न माग गरेका थियौँ, तर नगरपालिका बेवास्ता गर्दै आएको छ”, उनले भने, “तत्काल सहमति कार्यान्वयन भएन भने सङ्घर्षका थप कार्यक्रम सार्वजनिक गर्नेछौँ।”

झापामा छुट्टा-छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बनियानी । झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना र कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीले खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

त्यसैगरी, शुक्रबार कमल–३ केराधापस्थित भित्री सडकखण्डमा केम्पाबाट केर्खातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ८८ वर्षीय टीकाराम श्रेष्ठको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट टाउको र दाहिने खुट्टामा चोट लागेपछि स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि श्रेष्ठलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शवलाई अहिले अस्पतालमै राखिएको छभने मोटरसाइकल चालक ५१ वर्षीय मानकुमार सुवेदीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिथिलामा कुशअमबसीया पर्व मनाइँदै

महोत्तरी।  पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व मनाउँदैछन् । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा वैदिक मन्त्र उच्चारण गर्दै कुश उखलेर घरमा राख्ने यो पर्व शुभकार्य र पितृकार्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

हिन्दू परम्पराका सबैजसो शुभकार्य र पितृकार्यमा अनिवार्य मानिने कुश भदौ औँसीका  दिन वर्षभरलाई पुग्ने सङ्ग्रह गर्ने परम्परा छ । यस दिन कूल पुरोहितले पनि आफ्ना यजमानका घरमा शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएर उखालिएको कुश दलिनमा सिउरी दिन्छन् । यद्यपि मिथिलामा भने घरमूली आफैँले पनि बिहानको ब्रह्ममुहूर्तमा कुश उखलेर घरमा सिउरिने चलन छ ।

कुश उखल्दा हिन्दू परम्परामा तलको मन्त्र उच्चारण गर्नुपर्ने मान्यता छ ।
‘विरिञ्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः ।
नुद सर्वाणी पापानी दर्भ स्वस्तिकरो भव ।।
पूर्व मन्त्रं समुच्चार्य ततः पूर्वोतरामुखः ।
हूँफट्कारेण मन्त्रेण सकुच्छित्वा समुद्धरेत ।।’

यो मन्त्रले उखेलिएको कुश एक वर्षसम्मका शुभकार्य र पितृकार्यका लागि पवित्र मानिने शास्त्रीय मत छ । हिन्दू वैदिक परम्परामा प्रत्येक शुभकार्य होस् वा पितृकार्य, त्यसको सङ्कल्प कुशबिना कल्पना नै नगरिएको हिन्दू मैथिल कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले बताए ।

कुशको औँठी धारण गरेपछिमात्र कुनै व्यक्ति पितृकार्य र शुभकार्यको कर्ता हुनसक्ने स्थापित परम्परा छ । यसैगरी वैदिक कार्यका कर्ताले जलमा डुबाइएको कुशका टुक्रा, जौ, तील समातेर गरेको सङ्कल्पपछिमात्र कार्यआरम्भ गरिन्छ ।

यसबाहेक भदौ औँसी अर्थात् कुशेऔँसीका दिन घरको दलिन वा अन्यकतै स्वच्छ ठाउँमा सिउरिएको वा राखिएको कुशको मुठा विघ्ननाशक र कल्याणदायक हुने विश्वास गरिन्छ ।

शास्त्रीय मतअनुसार विधिपूर्वक यस दिन घरमा राखिएको कुशले घरसहितका भौतिक सम्पत्ति र परिवारको रक्षा गर्ने  पाका मैथिल बताउँछन् । कुश ग्रहण आचरणका दृष्टिले पनि सात्विक मानिने लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।

बाबु जीवितै हुनेले यो दिन नयाँ वस्त्र फेराएर मिष्‍टान्न परिकार भोजन गराउँछन् । यसै दिन दिवङ्गत पितृका लागि हिन्दू परम्परामा तीर्थ श्राद्धको पनि परम्परा रहेको छ ।

बाबुको मुख हेर्ने दिनको परम्पराले आज टाढाटाढाबाट बाबु भेट्न पुग्नेको चहलपहल बढेको छ । पर्वविशेषले यस भेगका सबैजसो बजारका मिठाइ पसल र कपडा पसलमा बाबुका लागि उपहार किन्नेको एकाबिहानैदेखि भीड लागेको छ ।

नेपाली जनजिब्रोमा कुशेऔँसी भनिने दिनलाई नै मैथिल जनजिब्रो कुशअमबसीया भनेको हो । यो पर्वलगत्तै हिन्दू नारीको महान पर्व हरितालिका तिज र लगतै मिथिलामा निष्ठासाथ मनाइने चौरचन पर्वले पनि यहाँ चहलपहल बढेको छ ।

मर्स्याङ्दी नदी किनारमा शव फेला

दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ ।

नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए।

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् ।

घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य हुने बताए।

उनले भने, “दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोगका सन्दर्भमा नेपालकै सहमतिबिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ । नेपालको सहमति र सहभागिताबिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ । तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।”

सुगौली सन्धिको सीमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए । सरकारको कार्यक्षमता र उपलब्धिबारे नेता पोखरेलले भने, “अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ । राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ ।”

यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिए । महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए । उनका अनुसार साढे छ लाख सदस्य छलफलमा सहभागी हुनेछन् ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउनु उचित नरहेको बताए । “पूर्वराष्ट्रपतीजस्तो सम्मानित व्यक्तिलाई कुनै गतिविधि गर्न नदिएर घरभित्रै बन्धक बनाउनुहुँदैन । सामाजिक रूपमा सक्रिय हुन कुनै रोकतोक छैन,” उनले भने, “सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने होइन, बन्धक नै बस्नुपर्छ भन्नै छैन ।”

पर्यटकीय आकर्षणको केन्द्र बागलुङको ढोरपाटन,तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । यतिबेला ढोरपाटन बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेँला, बैजनी, गुलावी वनफूलले सजिएको छ । रंगीविरंगी फुल, हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण समेत गरेको छ ।

एक दशक अगाडीसम्म सुनसान प्राय रहने ढोरपाटन क्षेत्रमा पछिल्लो समय पर्यटकहरु त्यहाँ फुलेका रंगीविरंगी वनफूलसँगै बादलमा हराउन आइपुग्ने गर्दछन् । विशेषत वर्षाको समयमा पाटनभरी फूलेका वनफूलले यहाँको सुन्दरतामा सुगन्ध थप्नुका साथै अझ रमणीय बनाउने गर्दछ ।

पछिल्लो समयमा सामाजिक सञ्जालबाट सो क्षेत्रको प्रचारप्रसारले आन्तरिक पर्यटकहरुको आगमन बढाएको छ । यस याममा मात्र दैनिक २ सय भन्दा बढी पर्यटक ढोरपाटन उपत्यकामा रमाउन, यहाँको सुन्दरतालाई नजिकबाट नियाल्न पुग्ने गर्दछन् ।

राके फूलका रुपमा स्थानीय रुपमा चिनिने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ । फूलसँग रमाउन आउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटहरुमा चहलपहल बढेको छ । देशका ठूला शहर, काठमाडौं, पोखरा, बुटवल लगायत विभिन्न स्थाहरूबाट पर्यटक रमाउन आउने गरेका छन् जसका कारण ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसाय फस्टाउन थालेका छन् ।

ढोरपाटन आउने पर्यटकहरु मध्ये केही मात्र बुकीपाटन र टिकाधारा उक्लने गर्दछन् । ढोरपाटन उपत्यकादेखि करिब ५ देखि ६ घण्टाको पैदलयात्रा पछि बुकीपाटन र तिकाधारा पुग्न सकिन्छ । जहाँ पाटनै भरी भेडा चरिरहेको सुन्दर दृश्य देख्न सकिन्छ ।

 

प्रधानमन्त्री ओलीद्वारा कुशे औँसीको शुभकामना

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीको सवैलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैका जीवित पिताहरूलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा व्यक्त गर्दै बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आज बिहानै बुबासँग आशीर्वाद लिएको समेत जानकारी गराएका छन् । “बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबा ९६ वर्षको हुनुभयो । कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनुपर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ”, प्रधानमन्त्रीले उल्लेख गरेका छन्, “बुबासँग एकछिन उतिबेलाका केही प्रसङ्गमा कुरा भए । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ ।”

प्रधानमन्त्री ओलीले आफू चार वर्षको हुँदा आमा बित्नुभएको उल्लेख गर्दै आमाको अनुहारको धमिलो सम्झना मात्र आफूसँग बाँकी रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतिकात्मकको दिन रहेको बताएका छन् । “बुबाआमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नुपर्छ । टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबुको मुख हेर्ने दिन गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको भीड (तस्बिरहरु)

काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्ष भरि प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरेर सिदा दान दिने प्रचलन रहेको छ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको बिहानै देखि भीड लागेको छ ।

            

काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्रर मन्दिर परिसरमा शनिबार बिहान कुशे अ‍ौँसीका दिन दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आएका भक्तजनको घुइँचो छ । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्रर मन्दिर परिसरमा शनिबार बिहान कुशे अ‍ौँसीका दिन दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आएका भक्तजनको घुइँचो छ । तस्बिर : हरिराम भेटुवाल / रासस
काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्रर मन्दिर परिसरमा शनिबार बिहान कुशे अ‍ौँसीका दिन दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आएका भक्तजनको घुइँचो छ । तस्बिर : हरिराम भेटुवाल / रासस
काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्रर मन्दिर परिसरमा शनिबार बिहान कुशे अ‍ौँसीका दिन दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आएका भक्तजनको घुइँचो छ । तस्बिर : हरिराम भेटुवाल / रासस

भाद्रकृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन घुइँचो

काठमाडौँ । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ।

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास रहेकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो। यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ।

गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल(जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ। यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक र गोकर्णेश्वर नगरपालिका(४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकोले यस ठाउँमा आएर पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वासका कारण भाद्रकृष्ण औँसीमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए।

गोकर्णेश्वरमा आएका भक्तजनले धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन नहुँदा दुख पाएको बताउँछन्। डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकीले गाडीको असुविधाले मेलामा दुख पाएको बताए। ‘मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,’ उनले भने।

मन्दिर क्षेत्रमा सार्वजनिक जग्गामा घर बनाइ बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको उनले गुनासो गरे। शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारको ध्यान नगएको धेरै भक्तजनले बताए।

यस क्षेत्रमा वैदिक सनातन हिन्दु धर्मावलम्बी मात्र होइन, बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ। एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गीले यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए।

बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आएर दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास गरेको पनि उनले जानकारी दिए। गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता छ।

आजैको दिन हिन्दु धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्यका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन्। कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ। त्यस्तै आफ्ना बाबुलाई मीठो खाना खुवाई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ।

भियतनामकी उपराष्ट्रपति सुआन आज नेपाल आउँदै

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आउन लागेकी हुन्।

उपराष्ट्रपति सुआनले आज भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण गर्ने कार्यक्रम छ। भियतनामकन तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हुने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि आज मलेसिया जाने भएका छन् ।

मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारको समस्या र अवस्थाबारे बुझ्न महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीसमेत तोकिएको छ ।

 

अस्ट्रेलियाको अस्पतालमा गोप्य रूपमा ४५०० भिडियो खिँचेको आरोपमा डाक्टर पक्राउ

अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिँचेको आरोपमा एक प्रशिक्षार्थी शल्यचिकित्सकलाई शुक्रबार अदालतले जमानतमा रिहा गरेको छ ।

भिक्टोरिया राज्य सर्वोच्च अदालतमा पेश गरिएका कागजातअनुसार प्रहरीले २८ वर्षीय रायन चोले सन् २०२१ देखि मेलबर्नका तीन अस्पतालका स्टाफ शौचालयमा फोनमार्फत गोप्य रूपमा रेकर्ड गरेर करिब चार हजार पाँच सय अन्तरङ्ग भिडियो तयार गरेको बताएको छ । यससँग सम्बन्धित करिब पाँच सय आपराधिक आरोप उनीमाथि लगाइएका छन् ।

न्यायाधीश जेम्स इलियटले आदेश दिँदै चो आफ्ना आमाबाबुसँग बस्ने शर्तमा रिहा हुने बताए । उनका आमाबाबु यसै उद्देश्यका लागि सिङ्गापुरबाट मेलबर्न बसाई सरेका छन् । रिहाइका लागि ५० हजार अस्ट्रेलियन डलर ९३२ हजार अमेरिकी डलर० बराबरको जमानत राख्नुपरेको छ ।

अभियोजकले यी गम्भीर आरोपहरूले चोलाई भाग्ने प्रलोभन दिनसक्ने भन्दै उनको जागिर निलम्बित भएकाले अस्ट्रेलियासँग उनको बलियो सम्बन्ध नरहेको तर्क प्रस्तुत गरे ।

चो अप्रिलमा मात्र अस्ट्रेलियाको स्थायी बासिन्दा बनेका थिए । तर यदि दोषी ठहर भई १२ महिना वा सोभन्दा बढी जेल सजाय भयो भने उनलाई निर्वासनमा पठाइनेछ ।

न्यायाधीशले चोले आफ्नो सिङ्गापुर पासपोर्ट बुझाइसकेको र उनलाई देश छाड्न मद्दत गर्ने कुनै आपराधिक सम्बन्ध नभएको देखिएको बताएका छन् ।

प्रहरीका अनुसार चोले कम्तीमा चार सय ६० महिलाको अन्तरङ्ग भिडियो खिँचेका थिए । तर ती तस्बिर वा भिडियो बाहिर फैलाइएको कुनै प्रमाण भने भेटिएको छैन ।

गत जुलाईमा, अस्टिन अस्पतालको शौचालयमा झुन्डिएको मेश ब्यागभित्र लुकाइएको फोन रेकर्डिङ भेटिएपछि चोलाई पक्राउ गरिएको थियो । उनले पिटर म्याकलम क्यान्सर सेन्टर र रोयल मेलबर्न अस्पतालको शौचालयमा पनि यस्तै रेकर्डिङ गरेको प्रहरीले आरोप लगाएको छ ।

अभियोजन पक्षले उठाएको, चोले रिहा भएमा साक्षीहरूसँग हस्तक्षेप गर्न सक्छन् भन्ने डर निराधार रहेको उनका वकिल जुलियन म्याकमोहनले बताएका छन् । उनले भनेका छन् “सयौँ साक्षीहरू उस्तै अपराधको आरोप लगाउने सम्भावना छ, तर यदि चोले कसैसँग सम्पर्क गरे पनि यसले मुद्दाको अन्तिम परिणामलाई असर गर्दैन ।”

सुरुमा चोलाई छवटा अपराधमा मात्र आरोप लगाइएको थियो, तर पछिल्लो बिहीबार थप एक सय २७ नयाँ आरोप थपिएका छन् । ती आरोपमा बिना अनुमति जानाजानी अन्तरङ्ग भिडियो खिँचेको आरोपसमेत समावेश छ ।

वकिल म्याकमोहनका अनुसार मुद्दा अदालती प्रक्रियामा जाने वा नजाने भन्ने कुरा भन्न अझै धेरै चाँडो हुन्छ । हालसम्म चोले कुनै निवेदन पेश गरेका छैनन् ।

चो सन् २०१७ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका थिए र मेलबर्नको मोनास विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका थिए ।

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरण संरक्षणमा जोड दिएकी छिन् ।

उनले युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा आज बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरिन् । सो कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण नेपाल समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताएकी छिन् ।

उनले भनिन्, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा छ । हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था छ । त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने छ ।”

नेपालले केही महिनाअघि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्थाका बारेमा आफ्ना धारणासहितको २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको जानकारी उनले दिईन् ।

मन्त्री राणाले नेपालका तर्फबाट आफूले पहिलोपटक अन्तरराष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रूपमा उठाएको स्मरण गरिन् । अब ‘कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्ड’सहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि पहल गर्ने जानकारी गराएकी छन् ।

भारी वर्षा पछिको जलमग्न काठमाडौँ तस्बिरमा हेर्नूहोस्

काठमाडौँ । काठमाडौंमा केही बेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको छ । दिउंसो ३ बजेपछि परेको भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न भएको हो ।

वर्षातको समयमा पानीको उचित निकास नहुने भएकाले हरेक पटक भारी वर्षा हुंदा सडक जलमग्न हुने गरेको छ । यसले गर्दा आवतजावत गर्ने सवारी र यात्रु सधैं मर्कामा पर्ने गरेका छन् ।

तस्बिरहरु:-

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कपछि आएको हो, जसअनुसार देशभर करिब ४५ करोड मानिसले अनलाइन जुवा खेलेर प्रत्येक वर्ष कूल २.३ अर्ब अमेरिकी डलर गुमाउँदै आएका छन् ।

नयाँ कानुनले तास , पोकर खेलजस्ता अनलाइन प्लेटफर्महरू प्रतिबन्धित गरेको छ ।

‘अनलाइन गेमिङ प्रवद्र्धन तथा नियमन विधेयक’ नामको यो कानुन बिहीबार साँझ संसदको दुवै सदनबाट पारित भएको हो । अबदेखि यस्तो जुवा खेल, यसको प्रचार वा वित्तीय लगानी गरेमा पाँच वर्षसम्म कैद सजाय हुनसक्नेछ ।

सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो कानुनले झूटो आशामा प्रयोगकर्तालाई फसाउने, लत लाग्ने, आर्थिक बर्बादी र सामाजिक संकट निम्त्याउने अनलाइन जुवा प्लेटफर्महरू नियन्त्रण गर्ने उद्देश्य राखेको छ ।”

भारतको गेमिङ उद्योग विश्वकै ठूलो बजारमध्ये एक हो, तर नयाँ कानुनले ई–स्पोट्र्स र शैक्षिक खेलहरूलाई भने छुट दिएको छ । सरकारले यस्ता सकारात्मक खेलहरूलाई डिजिटल अर्थतन्त्रको अंगका रूपमा प्रवद्र्धन गर्ने बताएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्,“नयाँ कानुनले ई–स्पोट्र्स र सामाजिक खेलहरूलाई प्रोत्साहन गर्नेछ, तर समाजलाई अनलाइन जुवाका नकारात्मक असरबाट बचाउनेछ ।”

उद्योगसम्बद्ध संघसंस्थाहरूले भने पूर्ण प्रतिबन्धको सट्टा नियमन र कर प्रणालीमार्फत समाधान खोज्न सुझाव दिएका थिए, किनकि प्रतिबन्धले प्रयोगकर्तालाई अवैध विदेशी प्लेटफर्मतर्फ धकेल्न सक्छ भन्ने चिन्ता उनीहरूको थियो ।

तर विधेयक समर्थकहरूका अनुसार सामाजिक मूल्य, मानसिक स्वास्थ्य र आर्थिक क्षतिको कारणले पूर्ण प्रतिबन्ध आवश्यक भएको हो । अधिकारीहरूले अनलाइन जुवाको तीव्र विस्तारले आर्थिक संकट, मानसिक लत र आत्महत्यासम्म निम्त्याएको जनाएका छन् ।

सरकारका अनुसार यस्ता प्लेटफर्महरूलाई ठगी, अवैध पैसाको कारोबार र आतङ्कवादको वित्तीय स्रोतसँग पनि जोडिएको पाइएको छ ।

प्रविधिमन्त्री अश्विनी वैष्णवले भनेका छन्, “नयाँ कानुनले पैसा खेलिने जुवा र सामाजिक खेलबीच स्पष्ट भेद गर्छ । यसले प्रतिस्पर्धात्मक ई–स्पोट्र्स र सुरक्षित शैक्षिक तथा सामाजिक डिजिटल खेलहरूलाई प्रोत्साहन गर्छ ।”

सरकारी जानकारीपत्रमा भनिएको छ, “यो कानुनले निर्माणात्मक डिजिटल मनोरञ्जन र ठगीपूर्ण, झुटा नाफा देखाएर प्रयोगकर्तालाई फसाँउने अनलाइन जुवा र फ्यान्टासी खेलहरूबीच स्पष्ट छुट्टयाएको छ ।”

गर्मीका कारण श्रमिकको ज्यान जोखिममा : संयुक्त राष्ट्रसंघ

विश्वव्यापी तापक्रम लगातार बढ्दै जाँदा श्रमिकहरूको स्वास्थ्य र काम गर्ने क्षमतामा गम्भीर असर परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका स्वास्थ्य र मौसम विज्ञान निकायहरूले सरकार, रोजगारदाता र स्वास्थ्य संस्थाहरूलाई श्रमिकलाई गर्मीको जोखिमबाट जोगाउन तत्काल र ठोस कदम चाल्न आह्वान गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले अत्यधिक गर्मीले बाहिर र भित्र दुवै स्थानमा काम गर्ने श्रमिकलाई असर पुर्‍याएको उल्लेख गर्दै, कृषि, निर्माण र मत्स्यपालन क्षेत्रका श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका छन् ।

उनीहरूको अनुसार, २० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढ्दै जाँदा प्रत्येक डिग्रीले श्रमिकको उत्पादकता दुई देखि तीन प्रतिशतसम्म घट्ने देखिएको छ । यसले डिहाइड्रेसन, मिर्गौला सम्बन्धी रोग जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

डब्लुएमओका उपमहासचिव को ब्यारेटले भनेका छन्, “अत्यधिक गर्मी अब केवल विषुववृत्त नजिकका देशहरूको मात्र समस्या रहेन, यो अब एक विश्वव्यापी सामाजिक चुनौती बनेको छ । श्रमिकलाई गर्मीबाट जोगाउनु केवल स्वास्थ्यको विषय होइन, आर्थिक आवश्यकता पनि हो ।”

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० को अध्ययन अनुसार विश्वका ७१ प्रतिशत श्रमिक अत्यधिक गर्मीको जोखिममा छन्, जसबाट प्रत्येक वर्ष २२ लाखभन्दा बढी चोटपटक र झन्डै १९ हजार मृत्यु हुने गरेको छ ।

आईएलओका श्रम सुरक्षा प्रमुख जोआकिम पिन्टाडो नुनेसले भनेका छन्,“यदि हामीले समयमै प्रभावकारी सुरक्षा र रोकथामका उपायहरूमा लगानी गर्‍यौँ भने विश्वले हरेक वर्ष अर्बौँ डलरको क्षति बचाँउन सक्छ ।”

प्रतिवेदनमा विशेष गरी मध्ये उमेर र वृद्ध श्रमिकहरू, दीर्घरोगी र कमजोर शारीरिक क्षमताका व्यक्तिहरूलाई उच्च जोखिममा राखेर तिनीहरूको सुरक्षामा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

डब्लुएचओका वातावरण प्रमुख रुडिगर क्रेचले भनेका छन्,“हामीले अन्तिमपटक कार्यस्थलमा गर्मीसम्बन्धी निर्देशन सन् १९६९ मा बनाएका थियौँ, तर अहिले जलवायु परिवर्तनको अवस्था निकै गम्भीर भइसकेको छ ।”

डब्लुएमओका वरिष्ठ निर्देशक जोहान स्ट्यान्डरले चेतावनी दिँदै भनेका छन्,“हामीले अब भविष्यको गर्मी होइन, अहिलेको यथार्थ सामना गर्नुपर्छ — अब विकल्प के छ भनेः या त अनुकूल बन्‍नु, या त नाश स्विकार गर्नु ।”

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्। सरकारी खर्च दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

उनी सन् २०२३ को सेप्टेम्बरमा आफ्नी श्रीमती मैत्री विक्रमसिंघेको दीक्षान्तमा सहभागी हुन बेलायत गएका थिए। उक्त भ्रमणका क्रममा उनले सरकारी खर्चको दुरुपयोग गरेको आरोप लागेको छ।

प्रहरीका अनुसार उनलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गरिँदै छ। उनीमाथि सरकारी स्रोत व्यक्तिगत प्रयोजनमा खर्च गरेको अभियोगमा मुद्दा दर्ता गरिने प्रहरीको भनाइ छ।

पूर्वराष्ट्रपति विक्रमसिंघे सन् २०२३ को सेप्टेम्बरमा हवानामा सम्पन्न विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिएपछि फर्कंदै गर्दा बेलायतको गएका थिए।

विक्रमसिंघेले उक्त यात्रा व्यक्तिगत भएको र पत्नीका सम्पूर्ण खर्चहरू निजी स्रोतबाट व्यहोरेको दाबी गर्दै आएका छन्।

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौँ । पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ भूटानिज टुर अपरेटर्स (एब्टो) बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो ।

सम्झौतापत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर गरेका छन्। सहमतिपत्रले दिगो पर्यटन प्रवर्द्धन गर्ने साझा दृष्टिकोणसहित पर्यटन विकासमा सहकार्यलाई संस्थागत गर्ने आधार निर्माण गरेको नाट्टाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

दुवै संस्था आपसी जानकारी आदान–प्रदान, विचार र सीपको साझेदारी गर्दै यात्रा व्यापार उद्योगलाई सुदृढ पार्ने र नेपाल—भूटानका साथै दक्षिण एसियाली क्षेत्रमा दिगो पर्यटन प्रवर्द्धन गर्ने विषयमा सहमत भएका छन् । सम्झौताले सांस्कृतिक संरक्षण, वातावरणीय दायित्व र सामुदायिक सहभागितालाई प्राथमिकता दिने र पर्यटनलाई सकारात्मक परिवर्तनको शक्तिमा रूपान्तरण गर्ने विश्वास लिइएको छ ।

नाट्टाका अध्यक्ष थपलियाले उक्त सम्झौताले नेपाल र भूटानबीचको आपसी पर्यटन प्रवर्द्धनलाई अझ बलियो बनाउँदै हिमाली क्षेत्रलाई दिगो पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

एब्टोका अध्यक्ष ग्याल्त्सेनले नेपाल र भूटान सांस्कृतिक, आध्यात्मिक र प्राकृतिक सम्बन्धले गाँसिएका राष्ट्र भएकाले पर्यटनबाट जनजीवनमा प्रत्यक्ष लाभ पु¥याउने, परम्पराको संरक्षण गर्ने र प्राकृतिक सम्पदाको सुरक्षा गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइने बताएका छन्।

विद्याबारे ओली- कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता नवीकरण हुँदैन्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी ९आजपा०का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितका नेता तथा कार्यकर्तालाई एमाले पार्टीमा प्रवेश गराएका हुन् ।

यस्तै, आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गरे।

अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै गलत बाटो देखाउनेको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएकोमा धन्यवाद दिए ।

“हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौँ । अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाईहरु मुक्त हुनुभएको छ । अध्यक्ष ओलीले भने, “एमालेको ठूलो परिवार भएर काम गरौँ । मिलेर देश बनाउँ । गलत काम नगरौँ ।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुनु नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने, “अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएका छन् । खासमा राष्ट्रपति भएपछि उनले पार्टी सदस्यता त्याग्नुभएको हो । कर्मचारीलाई झुक्याएर हुँदै नभएको सदस्यता रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिरबाहिर बोल्नुभएको छ ।

“पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसङ्गठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ ।”

कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताका लागि काम गर्छ भन्नु भ्रम रहेकोे भन्दै देश र जनताका पक्षमा काम गर्ने पार्टी एमाले नै हो भन्ने विश्वाससहित आजपाका नेता तथा कार्यकर्तासहित एमाले पार्टी प्रवेश गरेको बताए।

वरिष्ठ उपाध्यक्षसहित आजपाका दर्जनौं नेता एमालेमा प्रवेश, ओलीले गरे स्वागत (तस्बिरहरु )

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी उपाध्यक्ष उपेन्द्र साहसहितका दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् । च्यासलमा एक कार्यक्रमबीच अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई स्वागत गरे ।

       साह एमालेका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरू पनि एमालेमा भित्रिए ।

अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरूको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएको भन्दै धन्यवाद दिए ।

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने

लुम्बिनी । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरी, दाङमा आज बसेको बैठकले प्रदेशको विकाससँग सम्बन्धित प्रमुख विषयहरू सङ्घीयस्तरमा उठाउने निर्णय गरेको हो ।

बैठकले ढुङ्गा, गिट्टी, बालुवाबाट प्राप्त राजस्व बाँडफाँटमा प्रदेशको हिस्सा सुनिश्चित गर्न सङ्घीय ऐनमै स्पष्ट प्रावधान ल्याउनुपर्ने, प्रदेश राजमार्ग तथा सडकको अधिकार क्षेत्रमा रहेका विद्युत् पोल हटाउने विषयमा विद्युत् प्राधिकरणले नै खँर्च व्यहोर्नुपर्ने, समान प्रकृतिका कामका लागि समानान्तर कार्यालयहरूलाई खारेज गरी खँर्च कटौती गर्नुपर्ने, कृषि संरचना तथा उपकरणमा न्यूनतम प्राविधिक मापदण्ड तयार गर्नुपर्नेलगायत विषयमा नीतिगत व्यवस्था गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

यस्तै, सङ्घीय सरकारले हस्तान्तरण गरेका खानेपानीलगायत अधुरा आयोजना पूरा गर्न बजेट उपलब्ध गराउनुपर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा प्रदेश गौरवका आयोजनामा आवश्यक निर्माण सामग्री प्रदेश सरकारले तोकेको रोयल्टी बुझाई स्थानीय तहको रोहवरमा सङ्कलन गर्न दिने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।

बैठकले सडक मर्मतसम्भारका लागि सङ्कलित मर्मत दस्तुर राजस्वमा प्रदेशलाई हिस्सा दिने, कृषिजन्य उत्पादन तथा चिस्यान केन्द्रहरूमा विद्युत् महसुल छुटको नीतिगत व्यवस्था मिलाउने, कृषिमा हुने दोहोरोपन अन्त्य गर्न एकीकृत कृषि विकास ऐन तर्जुमा गर्ने, बाली तथा पशुधन बिमा प्रिमियम अनुदान कार्यविधि २०८१ संशोधन गरी सिफारिस प्रक्रिया सहज बनाउनुपर्ने जस्ता विषयहरू पनि राष्ट्रिय विकास समस्या समाधान समितिसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री आचार्यले जनताका मागलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएमा छन् । उनले अघिल्ला बैठकका निर्णय कार्यान्वयनमा सबै निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् । “निर्णय कार्यान्वयनबाट कोही पनि पन्छिन पाउँदैन । बैठकले तोकेका विषयलाई सम्बोधन गर्न मन्त्री र सचिवबीच प्रभावकारी समन्वय हुनुपर्छ”, उनले भनेका थिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले उपलब्धि र चुनौतीसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१र८२ मा प्रदेशको आर्थिक वृद्धिदर चार दशमलव ७० प्रतिशत र निरपेक्ष गरिबीको दर २४ दशमलव ३५ प्रतिशत रहेको छ । यस्तै, खानेपानी सुविधा पुगेका घरपरिवार ९२ दशमलव आठ, विद्युत् सेवा ९सौर्य ऊर्जासहित० पुगेको जनसङ्ख्या ९९ प्रतिशत, सिञ्चित क्षेत्र ५५ दशमलव सात प्रतिशत र इन्टरनेट पहुँच पुगेका घरपरिवार ७५ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा प्रदेशको आन्तरिक आय रु एक अर्ब २३ करोड पुगेको र खर्च गर्ने क्षमता पनि बढेको प्रतिवेदनमा जनाइएको छ । आव २०८१÷८२ मा ७२ दशमलव एक प्रतिशत खँँर्च भएको छभने अघिल्लो वर्ष ६५ दशमलव तीन प्रतिशत मात्रै खँर्च भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०८२र८३ का लागि बजेट तथा योजना कार्यक्रम तर्जुमा मापदण्ड तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको जानकारी गराइएको छ । मापदण्डले साना तथा टुक्रे आयोजना कटौती, प्राथमिकता निर्धारण र अधुरा आयोजना पूरा गर्ने लक्ष्य लिएको छ ।

बैठकमा सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपाने, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरी, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार, आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डे, प्रमुख सचिव बाबुराम अधिकारी, मन्त्रालयका सचिव, विज्ञलगायतको उपस्थिति थियो ।

टप इन्ड सिरिजः पाकिस्तान साहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृखंलामा नेपालले पाकिस्तान साहिन्सबाट १४५ रनको लक्ष्य पाएको छ ।

शुक्रबार डार्विनमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४४ रन बनाएको हो ।

पाकिस्तानका निम्ति अविजित रहेका कप्तान इर्फान खानले ४२ रन बनाए । इर्फानले २६ बलमा तीन चौका एक छक्का प्रहार गरे । अब्दुल समदले २६ रन बनाए । महोम्मद वासिनले समान २३ रन बनाए । यासिर खानले १८ र मेह्रान मुम्ताजले १० रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । सोमपालले चार ओभरमा ३० रन खर्चिए । नन्दन यादव, दिपेन्द्र सिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए ।

प्रतियोगितामा आज नेपाल तेस्रो जितको खोजीमा छ । नेपालले यसअघिका पाँचमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको थियो । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो ।

नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो । पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगाड्र्सलाई ३३ रनले हराएको थियो ।

यसरी हट्न सक्छ छाउप्रथा

काठमाडौँ । अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की घर थियो । तर, छाउ अर्थात् महिनावारीमा घरभित्र बस्दा देउता रिसाउँछन् । कुल पितृले सराप्छन् भन्ने डरले उनी घरमा सुत्न सकिनन् । छाउ अर्थात् महिनावारीमा गोठमा सुत्ने र समस्या भोग्ने कमला जस्ता धेरै महिला छन् ।

महिनावारी नितान्त महिलासँग सम्बन्धित विषय हो । महिनावारीको समयमा छोइछिटो बार्दा महिलाले नै समस्या भोगेका छन् । तर, पनि महिलाले नै अपनाएका छन् र अपनाउन सघाइरहेका छन् । सुदूरपश्चिमका ग्रामीण भेगमा महिनावारीमा सुत्न छाउ गोठ नै बनाइएका छन् । बेलाबेलामा सामाजिक अभियन्ताहरुले छाउ गोठ भत्काउँछन्, फेरि स्थानीयले बनाउँछन् । धेरै वर्षदेखि यो सिलसिला चलिरहेको छ । अन्य क्षेत्रमा कतै घरभित्र त कतै बाहिर बसेर छाउ अर्थात् महिनावारीमा छुइप्रथा मानिरहेका छन् । घर बाहिरका छाउ गोठ भत्किए पनि मनभित्र बनेका छाउ गोठ भत्किएका छैनन् । छाउप्रतिको सोच बदलिएका छैनन् । धर्म र परम्पराका नाममा जकडिएर बसेका छन् । यसैले हिन्दू धर्म मान्ने धेरै महिलाहरु आफूलाई समस्यामा राखेर पनि यो वा त्यो नाममा महिनावारीमा छुइ बार्ने र अछूत बन्ने गरिरहेका छन् ।

छाउ प्रथाबारे सर्वोच्च अदालतले करिब २० वर्षअघि अर्थात् २०६२ वैशाख १९ गते सरकारका नाममा आदेश नै जारी गरेको थियो । त्यसमा पश्चिम नेपालमा व्याप्त छाउ प्रथालाई कुरीति घोषणा गरी अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश दिइएको थियो । तर, छाउ गोठबारे सम्बन्धित निकायले चासो नदिएपछि किशोरीहरु महिनावारीमा छाउ गोठमा बस्ने र ज्यान गुमाउने भइरह्यो । यस्तो क्रम बढेपछि २०७६ सालमा गृह मन्त्रालयले छाउ गोठ भत्काउन र छाउको पक्षमा उभिनेलाई कारबाही गर्न नै निर्देशन दिएको थियो । कतिपय स्थानीय तहले छाउ गोठमा बसाल्नु कानुन विपरीत ठहराउँदै त्यस्तालाई राज्यबाट दिने सुविधाबाट पनि वञ्चित गरेका छन् । तर, मानिसका मनमा बसेको छाउ अर्थात् महिनावारीप्रतिको धारणा धेरै फेरिएको छैन ।

महिनावारी जैविक प्रक्रिया हो । जुन महिलाको प्रजनन क्षमतासँग सम्बन्धित छ । किशोरी उमेर सुरु भएपछि महिलाको प्रजनन् क्षमता रहँदासम्म महिनावारी कायम रहन्छ । महिनावारी महिलाको प्रजनन् प्रणालीको नियमित चक्र हो । महिनावारीको बेला प्रजनन्योग्य अण्डा फुटेर पाठेघरको भित्तामा भएको रगत र तन्तुहरू शरीरबाट बाहिर निस्कने हो । यही प्रक्रियामा निस्कने रगतलाई अशुद्ध मानेर महिनावारीमा छोइछिटो बार्ने चलन सुरु भएको हो । महिनावारी बार्ने चलन हिन्दू धर्मसँग सम्बन्धित छ । त्यो पनि धार्मिक रुपमा शक्तिशाली मानिने हिन्दू धर्मका देवीका बारेमा चर्चा गर्दा उनीहरु महिनावारी भएको चर्चा कतै छैन । लक्ष्मी, सरस्वती, दुर्गालगायतका शक्तिशाली देवी महिनावारी भएको वा त्यस्तो बेला कुनै सभा रोकिएको कतै उल्लेख छैन । मनुस्मृतिमा आएर मात्रै महिनावारीको चर्चा छ । जसमा महिनावारीको समयमा पाँच दिन अलग बस्नुपर्ने र कसैसँगै सुत्न नहुने भनिएको छ । महिनावारीको पाँच दिनसम्म स्नान, जप, हवन वा धार्मिक काम गर्नु हुँदैन भनिएको छ । धर्मशूत्रमा पनि महिनावारीलाई अपवित्र मान्ने, धार्मिक काममा निशेध गर्ने, छोइछिटो गर्ने र अलग्गै बस्नुपर्ने नियम उल्लेख छ ।

ऋषिपञ्चमी कथामा महिनावारी नबार्दा महिला आफूले पाउने समस्या मात्र होइन, आफ्ना पति र सन्तानले व्यहोर्नु पर्ने पापबारे उल्लेख गरिएको छ । यसले महिलालाई महिनावारीको समयमा अछुत ठान्दै धार्मिक, सामाजिक र पारिवारिक जीवनबाट अलग बस्नुपर्ने नियममा बाँधेको छ । अशिक्षित मात्र होइन, कतिपय शिक्षित महिलाहरु पनि धर्म नाश हुने डरले छुइप्रथा अपनाइरहेका भेटिन्छन् । गाउँ मात्र होइन, शहरका महिला पनि महिनावारीमा छोइछिटो बारेका हुन्छन् ।

पछिल्लो समय प्रश्न उठेको छ, महिलाहरु आफैँलाई पीडा दिदै र समस्या भोग्दै महिनावारी तथा छाउ किन बार्छन् रु यसको सोझो उत्तर हो, अधिकांश महिलाले धर्मलाई आफू र आफ्नो परिवारको रक्षा कवजका रुपमा लिन्छन् । धर्म कथालाई मार्गदर्शन मान्छन् । त्यसको पालना नगरे पाप लाग्छ भन्ने ठान्छन् । धेरैजसो धार्मिक नियम महिलामा केन्द्रीत छन् । तिनका नियम मिचे आफूभन्दा त्यसको पापबाट पति वा सन्तानलाई अशुभ हुने लेखिएको हुन्छ । अधिकांश महिला आफूभन्दा आफ्नो परिवार, पति र सन्तानलाई धेरै माया गर्छन् । आफ्ना कारण आफ्ना प्रियजनलाई केही हुने पो हो कि भन्ने डरले महिलाहरु आफूलाई समस्या भए पनि धार्मिक नियममा बाँधिइरहेका हुन् । यही प्रभाव महिनावारीमा पनि देखिएको हो । महिनावारीमा छाउ नबसे वा अछुत व्यवहार नगरे धर्म नासिने र परिवार एवं सन्तानलाई आपत आइलाग्ने डर देखाइएको छ । यही डरले महिलाहरु समस्या भोगेरै भए पनि महिनावारी बारी रहेका छन् ।

महिलाहरु पुरुषको तुलनामा धेरै भावनात्मक रुपमा संवेदनशील हुन्छन् । यही देखेर होला समाजले पनि सीप र शिक्षायुक्त होइन, धर्म र परम्परा मान्ने महिलालाई असल छोरी, बुहारी, आमा र पत्नीको दर्जा दिने गरेको छ । राम्रो नराम्रो जे भए पनि धार्मिक परम्परा वा संस्कार मान्नेलाई शालिन र आदर्शको महिलाको रुपमा चित्रण गर्ने गरेको छ । जीवनमा आइपर्ने समस्या कर्म गरेर भन्दा भगवान र कुलपितृ पुकारेर र पूजा गरेर समाधानको प्रयास गर्न सिकाएको छ । धर्मपालन गर्नु कर्तव्यका रुपमा सिकाएको छ । यसको प्रभावले महिनावारीमा छुइप्रथा हट्न र छाउ गोठ भत्कन नसकेको हो ।

सामान्यतया धर्म भनेको धारण गर्ने कुरा हो । अदृश्य रुपमा धारण गरिएको कुरा धारणा हो । यसले जीवन जीउने कला सिकाउँछ । पुरानो धारणा फेर्न नयाँ धारणा चाहिन्छ । छाउ अर्थात् महिनावारीको सन्दर्भमा कानुन बन्यो तर, धारणा फेर्ने काम गरिएन । यसैले कागजमा कानुन बन्यो दृश्यमा छाउ गोठ भत्किए तर मनका छाउ भत्किएनन् । छाउप्रतिको धारणा फेर्न मानिसमा सामाजिक जागरण चाहिन्छ, उत्प्रेरणा चाहिन्छ । छाउ नबार्दा अनिष्ट हुन्छ भनेर बसेको गहिरो भावना फेर्न केही हुन्न भन्ने बलियो आत्मविश्वास चाहिन्छ । त्यो आत्मविश्वास धार्मिक, सामाजिक र राजनीतिक रुपमा अगाडि बढेका व्यक्तिले देखाउनुपर्छ । समयअनुसार धार्मिक व्याख्या गरिनुपर्छ । समयअनुसार सामाजिक चेतना प्रवाह र आत्म जागरणका कार्यक्रम गरिनुपर्छ । त्यसमा राजनीतिक सामाजिक र धार्मिक अगुवा चुकेका छन् ।

प्रथा वा परम्परा कुनै व्यक्ति, क्षेत्र वा समुदायका संस्कार हुन् । तर, जुन प्रथा वा परम्पराले समाजमा विकृति ल्याउँछ । अधिकांशको अहित हुन्छ । सामाजिक भेद्भाव ल्याउँछ । त्यस्तो प्रथा वा परम्परा कुप्रथा हो । यसलाई बचाउने होइन त्याग्नुपर्छ । राज्य अभिभावक हो । सरकार नागरिकको सारथी हो । यसैले छाउप्रथा कुप्रथा हटाउन सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ । कानुनी, धार्मिक र सामाजिक जागरणका काममा सरकार अगाडि लाग्नुपर्छ । त्यसमा तीन तहकै सरकार चुकेका छन् ।

भौतिक पूर्वाधार बलियो बनाउन खटेका सरकार अब कुरीति फेर्न नागरिकको मन बलियो बनाउने अभियानमा जुट्नुपर्छ । लामो समयदेखि मनमा बसेको छाउप्रतिको डर हटाउन नागरिक अभियान चलाउनुपर्छ । निडर अभियन्ता खोज्नुपर्छ । अभियानमा छाउप्रथा नमान्ने सामाजिक, धार्मिक र राजनीतिक खटाउनुपर्छ । ताकि तिनलाई हेरेर र देखेर सर्वसाधारण महिलाले मनको छाउगोठ भत्काउन सकून्, महिनावारीमा छोइछिटो त्याग्न सकून् । महिनावारी नबार्दा अनिष्ट हुने डरले समस्या भोगेकाले केही हुन्न भन्ने आत्मविश्वास भर्न सकून् । यो काम जहिलेबाट सुरु हुन्छ छाउगोठ र महिनावारीमा छुइप्रथा व्यवहारमै हराउने छ । छाउप्रथा वा महिनावारी कुप्रथाको मारमा परेका महिलाले उन्मुक्ति पाउनेछन् ।