काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेनिकट मानिने नेता दीपक बोहराले पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
तत्कालीन विदेश विभाग प्रमुख डोलप्रसाद अर्याल (डीपी) सभामुख भएपछि रिक्त ठाउँमा डीपीले जिम्मेवारी पाएका हुन् ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिएको हो ।
यस्तै, बैठकले वैशाख १५ गतेबाट जिल्ला अधिवेशन गर्ने निर्णय पनि गरेको प्रवक्ता मनिष झाले बताए ।
काठमाडौं । बर्दियामा मोबाइल चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिले मादक पदार्थ सेवनपछि चोरी गरेको स्वीकार गरेका छन्।
पक्राउ परेका तुलाराम राजीले प्रहरीसमक्ष दिएको बयानमा जेलबाट छुटेको भोलिपल्टै पुनः चोरीमा संलग्न भएको बताएका छन्।
प्रहरीका अनुसार राजी यसअघि पनि मोबाइल चोरी मुद्दामा पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा उनलाई ३ महिना कैद सजाय तोकिएको थियो र सो सजाय भुक्तान गरी उनी हालै मात्र कारागारबाट छुटेका थिए।
राजीले आफ्नो बयानमा भनेका छन्, ‘कारागारबाट छुटेको दिन बेलुका रक्सी खाएर गाउँमा चोरी गर्ने उद्देश्यले घुमिरहेको थिएँ। बिहान करिब १ बजे शान्तिटोलस्थित एक घरमा झ्यालको तारजाली च्यातेर भित्र पसेर मोबाइल, चार्जर र एरफोन चोरी गरें।’
उनले चोरीपछि भाग्ने क्रममा अत्यधिक मादक पदार्थ सेवनका कारण टाढा जान नसकेको समेत बताएका छन्।
‘रक्सी धेरै खाएको कारण घरबाट करिब १००-१५० मिटर टाढा गहुँबारीमा गएर सुतेँ,’ उनले बयानमा उल्लेख गरेका छन्।
घटनापछि पीडित पक्षले आफ्नो मोबाइलमा फोन गर्दा आएको घण्टीको आवाजका आधारमा प्रहरी टोलीले उनलाई फेला पारेको जनाएको छ।
‘फोनको घण्टी बजेको आधारमा प्रहरीसहित आएको टोलीले मलाई लुकेको स्थानबाट पक्राउ गर्यो र मेरो साथबाट चोरीका सामान बरामद गर्यो,’ राजीले बताएका छन्।
काठमाडौं । प्रहरीले लागुऔषध कोकिनसहित चार जनालाई पक्राउ गरेको छ ।
गोरखाको पालुङटार नगरपालिका–९ का २७ वर्षीय सुनिल लामा, झापाको मेचीनगर नगरपालिका–९ का ३१ वर्षीय विवेक गौतम, भारतीय नागरिक २७ वर्षीय हर्षित डाँगी र भारतकै ३९ वर्षीय मानिक गुलाटीलाई प्रहरीले पक्राउ गरेको हो । छन् ।
उनीहरुबाट ३३ ग्राम कोकिन बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।
यसका साथै ब्युरोले औषधिजन्य लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको ।
पक्राउ पर्नेहरुमा नुवाकोट घर भएका २८ वर्षीय अनिल तामाङ, काभ्रेका २२ वर्षीय प्रदीप थापा मगर, नुवाकोटका २३ वर्षीय सरोज राई र मनाङका २६ वर्षीय सुमन गुरुङ छन् । उनीहरुबाट ट्रामाडोल १२ हजार ६ सय पिस बरामद भएको छ ।
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एकदिन प्रधानमन्त्री बन्ने बताएका छन् ।
उनले प्रधानमन्त्री भएछि बालेनजस्तो नबोल्ने नभई कम्तिमा एकचोटी महिनामा प्रेससँग बोल्ने बताए ।
प्रधानमन्त्री बालेन नबोल्दा के हुँदैछ भन्ने पत्तो नभएको र त्यसरी सुशासन सम्भव नहुने साम्पाङको तर्क छ ।
सुशासनका लागि पारदर्शी अनिवार्य हुने भन्दै उनले प्रश्न सोध्ने वातावरण मिलाउने पनि बताए ।
‘हर्क साम्पाङ आज सांसद छ, भोलि मन्त्री हुन सक्छ, एकदिन प्रधानमन्त्री हुन सक्छ । तर, जति नै जानेको भए पनि म तपाईंहरूलाई माया गर्छु । म प्रश्न सोध्ने वातावरण दिन्छु । हप्तामा एकचोटी नभए पनि महिनामा एकचोटी बोल्नुपर्छ प्रेसमा,’ उनले भने, ‘के हुँदैछ, के हुँदैछ, थाहै छैन । त्यस्तो चाहिँ होइन, म प्रश्नको उत्तर दिन्छु । किनभने पारदर्शीताबिना सुशासन सम्भव छैन ।’
काठमाडौं। जगद्गुरु रामभद्राचार्य सन् १९५० जनवरी १४ मकर संक्रान्ति मा भारतको उत्तर प्रदेश राज्यको जौनपुर जिल्लाको साण्डीखुर्द गाउँमा जन्मिएका एक अत्यन्त विलक्षण प्रतिभाका धनी, विद्वान्, शिक्षाविद्, बहुभाषाविद्, साहित्यकार, दार्शनिक, प्रवचनकार तथा हिन्दू धर्मगुरु हुन्। उनको पूर्वाश्रम नाम गिरिधर मिश्र हो।
उनी वसिष्ठ गोत्रीय सरयूपारीण ब्राह्मण परिवारमा जन्मिएका थिए, जहाँ धार्मिक वातावरण र संस्कृत अध्ययनको परम्परा थियो। जन्मेको दुई महिनामै आँखामा भएको रोगको गलत उपचारका कारण उनले आफ्नो दृष्टि सधैंका लागि गुमाए, तर यही अवस्थालाई कमजोरी नबनाई उनले आफ्नो जीवनलाई अद्भुत ज्ञान र साधनामा रूपान्तरण गरे। त्यसयता उनी ‘प्रज्ञाचक्षु’ अर्थात् आन्तरिक दृष्टि भएका महापुरुषका रूपमा चिनिन्छन्।
बाल्यकालदेखि नै उनको स्मरणशक्ति असाधारण थियो। उनले केवल सुनेर सिक्ने अद्भुत क्षमता विकास गरे। पाँच वर्षको उमेरमै उनले मात्र पन्ध्र दिनमा सात सय श्लोकसहित सम्पूर्ण भगवद्गीता कण्ठस्थ गरेका थिए भने सात वर्षको उमेरमा सम्पूर्ण रामचरितमानस पनि कण्ठस्थ गरेका थिए।
उनले वेद, उपनिषद्, संस्कृत व्याकरण, पुराण तथा अन्य धेरै ग्रन्थहरू पनि कण्ठस्थ गरेका थिए। उनले कहिल्यै ब्रेल लिपि प्रयोग गरेनन्; उनी सुनेर सिक्ने र आफ्नो रचनाहरू अरूलाई सुनाएर लेखाउने गर्थे। उनी २२ भन्दा बढी भाषाहरूमा दक्ष छन् र संस्कृत, हिन्दी, भोजपुरी लगायत भाषाहरूमा आशुकवि तथा साहित्यकारका रूपमा प्रसिद्ध छन्।
उनको औपचारिक शिक्षा संस्कृत व्याकरणमा केन्द्रित थियो। उनले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट स्नातक शास्त्री र स्नातकोत्तर आचार्य तहमा उच्चतम अंकसहित उत्तीर्ण गरे र सात स्वर्ण पदक जिते। पछि उनले पीएचडी विद्यावारिधि र डी.लिट् वाचस्पति उपाधि पनि प्राप्त गरे।
उनको विद्वत्ता यति व्यापक थियो कि उनलाई विश्वविद्यालयले सबै विषयहरूमा आचार्य घोषित गरेको थियो। उनले अध्यापनको अवसर अस्वीकार गरेर आफ्नो जीवन धर्म, समाजसेवा र आध्यात्मिक कार्यमा समर्पित गरे।
सन् १९८३ मा उनले संन्यास दीक्षा लिएर ‘रामभद्रदास’ नाम धारण गरे। सन् १९८८ मा उनलाई रामानन्द सम्प्रदायको जगद्गुरु रामानन्दाचार्यको रूपमा प्रतिष्ठित गरियो। उनले प्रस्थानत्रयी ब्रह्मसूत्र, भगवद्गीता र प्रमुख उपनिषद्हरू माथि संस्कृतमा ‘श्रीराघवकृपाभाष्य’ नामक भाष्य लेखेर पाँच सय वर्षपछि पुनः संस्कृत भाष्य परम्परालाई जीवित बनाएका छन्। यस योगदानका कारण उनी आधुनिक युगका अत्यन्त महत्वपूर्ण वैदिक दार्शनिक मानिन्छन्।
साहित्यिक क्षेत्रमा उनले २५० भन्दा बढी कृतिहरू रचना गरेका छन्। उनका प्रमुख महाकाव्यहरूमा श्रीभार्गवराघवीयम्, अष्टावक्र, अरुन्धती आदि पर्छन्। उनले रामचरितमानसमा ‘भावार्थबोधिनी’ नामक विस्तृत हिन्दी टीका लेखेका छन् र यसको एक प्रामाणिक संस्करण पनि सम्पादन गरेका छन्।
उनी तुलसीदासका प्रमुख विशेषज्ञमध्ये एक मानिन्छन्। उनका काव्य, भाष्य, स्तोत्र, नाटक, प्रवचन संग्रह आदि विभिन्न विधामा फैलिएका छन्, जसले उनलाई आधुनिक संस्कृत तथा हिन्दी साहित्यका प्रमुख हस्ती बनाएको छ।
समाजसेवा र शिक्षाको क्षेत्रमा पनि उनको योगदान अत्यन्त महत्वपूर्ण छ। सन् १९८७ मा उनले चित्रकूटमा ‘तुलसी पीठ’ स्थापना गरे, जहाँ धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिहरू सञ्चालन हुन्छन्।
त्यसपछि सन् २००१ मा उनले ‘जगद्गुरु रामभद्राचार्य विकलांग विश्वविद्यालय’ स्थापना गरे, जुन विश्वकै पहिलो विश्वविद्यालय हो जहाँ केवल अपाङ्ग विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गरिन्छ। यस संस्थाले हजारौँ अपाङ्ग विद्यार्थीहरूलाई शिक्षा र आत्मनिर्भरता प्रदान गरेको छ।
उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो विचार प्रस्तुत गरेका छन्। सन् २००० मा संयुक्त राष्ट्रसंघको विश्व शान्ति सम्मेलनमा उनले सम्बोधन गर्दै शान्ति, मानव एकता, गरिबी उन्मूलन र आतंकवाद विरुद्ध विश्व समुदायलाई एकजुट हुन आह्वान गरेका थिए। उनको प्रवचन शैली अत्यन्त प्रभावशाली छ र उनी रामायण तथा भागवतका प्रसिद्ध कथावाचक पनि हुन्, जसका कार्यक्रमहरू भारत तथा विदेशमा नियमित रूपमा आयोजना गरिन्छन्।
उनको योगदानका लागि उनलाई धेरै सम्मान र पुरस्कारहरू प्राप्त भएका छन्, जसमा सन् २०१५ मा भारत सरकारले दिएको ‘पद्मविभूषण’ विशेष उल्लेखनीय छ। साथै साहित्य अकादमी पुरस्कार लगायत विभिन्न राष्ट्रिय सम्मानहरूले पनि उनलाई सम्मानित गरिएको छ।
धार्मिक दृष्टिले उनलाई ‘प्रज्ञाचक्षु’ भनेर सम्बोधन गरिन्छ, जसको अर्थ भौतिक दृष्टि नभए पनि ज्ञानको दृष्टिले संसार देख्ने व्यक्ति भन्ने हुन्छ।
उनले के भने प्रधानमन्त्री शाहलाई ?
उनले जानकी नवमीको अवसरमा जनकपुरधाम आएका उनले शाहको मन भारतविरोधी रहेको र हिन्दुत्वप्रति सकारात्मक दृष्टिकोण नदेखिएको आरोप लगाएका हुन्। साथै उनले बालेनको कार्यशैलीमा राजनीतिक अनुभव र गाम्भीर्यको कमी रहेको टिप्पणी गरेका छन्।
रामभद्राचार्यले बालेन युवा भएकाले उनलाई मार्गदर्शन गर्ने विषयमा प्रश्न उठाउँदै यस्तो नेतृत्व शैली उचित नभएको धारणा राखे।
नेपाल भ्रमणका क्रममा उनले नेपाल आत्मनिर्भर हुनुपर्ने, साथै चीन वा अमेरिकामाथि निर्भरता बढ्न नहुने बताए। उनले देशमा धर्मान्तरण बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।
त्यसैगरी उनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको धारणा पनि राखे। भारत र नेपालबीच सहकार्यबाट ठूलो शक्ति निर्माण हुन सक्ने भए पनि उनले दिएको राजनीतिक टिप्पणीप्रति भने विभिन्न पक्षबाट आलोचना भइरहेको छ।
सम्पूर्ण मित्रहरुलाई हार्दिक नमस्कार छ, मित्रहरु। यहाँहरुलाई बेलाबेला म केही जानकारीहरु दिइरहन्छु। मेरा बिचारहरु म राखिरहन्छु।
त्यसैक्रममा, अहिले विभिन्न ठाउँहरुमा सुकुम्बासी बस्तीलाई डोजर लगाएर भत्काइराखेकोहरु देखिन्छ। यो विषयमा सदनमा कुरा पनि उठाएका छौँ हामीले। खासमा पहिलाका जनप्रतिनिधिहरु भनौँ या दलहरु भनौँ। जे होस्, राज्यको तर्फबाट जनतालाई बस्ती बसाउने इजाजत, स्वीकृति दिसकेपछि अहिले आएर त्यो ठाउँ सरकारी जग्गा हो भनेर भत्काइदिँदा खेरी के हुन्छ?
त्यहाँनेर वर्षौँ पहिलादेखि बनेका संरचनाहरु जुन हुन्छन्, ती संरचनाहरुमा लगानी लागेको हुन्छ जनताको। सरकारी जग्गा यदि थियो भने पहिल्यैदेखि सरकारले, त्यतिखेरको जनप्रतिनिधिले, त्यतिखेरका दलहरुले, जे भनौँ, राज्यको तर्फबाट त्यतिखेरैबाट नै त त्यो जग्गाहरु संरक्षण यदि गरिदिएको भए, त्यहाँनेर १५औँ वर्ष, २० औँ वर्ष, ३०औँ वर्षदेखि मान्छेले आफ्नो लगानी लगाएर एउटा सानो बाँसकै टहरा भए पनि, सामान्य अस्थायी प्रकारकै टहरा भए पनि जनताको लगानी त हो त्यो।
त्यो जनताको लगानी अहिले एक्कासी आएर भत्काइदिँदाखेरी जनतालाई त घाटा हुने भो। त्यसो गर्नु हुँदैन भन्ने तर्क म चाहिँ राख्छु। अब हामीले, मैले, श्रम संस्कृतिले, हाम्रो टिमले यही कुराहरु राख्दै आएको हो। तर अब जनताहरुले अ बुझ्नु पनि भएन। यतिखेर हामी सरकारमा छैनौँ। कुरा उठाउने ठाउँमा छौँ। कुरा हामीले उठाइराखेका छौँ। सदनमा, सामाजिक सञ्जालमा, हैन, सम्बन्धित ठाउँहरुमा, सम्बन्धित मन्त्रालयहरुमा हामीले कुरा उठाइराखेका छौँ।
तर, काम गर्ने अधिकार हाम्रो हातमा यतिखेर छैन। यो कुरा जनताले पहिल्यै बुझ्दिएको भए सायद यस्तो खालको दुर्दशा भोग्नु पर्दैन थियो होला। तथापि, हामी पीडित जनता, दुःखी जनताको पक्षमा सधैँभरि थियौँ, छौँ र रहिरहने छौँ। यो कुरालाई बुझ्नलाई मान्छेले ढिलो गर्नु हुँदैन। मैले यहाँ के भनिरहेको छु भन्दाखेरी यदि सरकारी जग्गा पहिला थियो, छ भने विगतमा १० वर्ष, १५ वर्ष, २०, २५, ३० वर्ष पहिला नै सरकारले त्यसलाई संरक्षण गर्न सक्नुपर्थ्यो। त्यो सरकारले संरक्षण गर्न सकेन।
यतिखेर बनिसकेपछि एउटा टहरामा परिवार बस्छ। त्यो परिवारमा मान्छे जन्मिन्छ। त्यो बालक हुर्किएर ठूलो हुन्छ। ऊ पढ्छ, जागिर खान्छ अथवा कहीँ कतै विदेश जान्छ। पैसा कमाएर ल्याउँछ। उसले त्यही ठाउँमा घर बनाउँछ। पहिला उसको आमाबाबु गरीब थियो। त्यसले गर्दा छोराछोरी पनि गरीबै हुनुपर्छ, नातिनातिनी पनि गरीबै हुनुपर्छ भन्ने मान्यता त हुँदैन। त्यसरी धन आर्जन, पैसा आर्जन गरिसकेपछि पैसा कमाइसकेपछि त्यो मान्छेले त्यही ठाउँमा जहाँ उसको बाँसको टहरा थियो, त्यो ठाउँमा अलि गुणस्तरीय घर बनाउँछ। लगानी त उसको त्यहाँ फस्छ। अनि, अहिले आएर सरकारले डोजर लिएर, पूरै प्रहरी लगाएर बन्दुक देखाई भत्काइदिँदा त वर्षौंदेखि लगानी त लगायो।
त्यो लगानीको क्षति कसले दिने ? प्रश्न रहन्छ। म राज्यलाई भन्छु। त्यसो गर्नु हुँदैन। यदि त्यसो गर्ने हो भने, ठाउँ खाली गराउने हो भने, कन्स्ट्रक्सनको क्षतिपूर्ति सरकारले दिएर मात्रै त्यसो गर्नुपर्छ। अहिले हेर्छु-सानो काख नानीहरु च्यापेर, नानी, महिला दिदीबहिनीहरु रोइराखेको देख्छु। ए तमाशा ! छक्क पर्छु। पब्लिकले चुनावभन्दा अगाडि हामीले भनेकै पनि हो। बुझ्नु पनि भएन। अब जनताले बुझेको कुरालाई फेरि गलत बुझ्नु भो भने भन्नु मिल्दैन।
काठमाडौं। तुलसी पीठका पीठाधीश जगद्गुरु रामभद्राचार्यले प्रधानमन्त्री बालेन शाहको आलोचना गरेका छन्।
जानकी नवमीको अवसरमा जनकपुरधाम आएका उनले शाहको मन भारतविरोधी रहेको र हिन्दुत्वप्रति सकारात्मक दृष्टिकोण नदेखिएको आरोप लगाएका हुन्। साथै उनले बालेनको कार्यशैलीमा राजनीतिक अनुभव र गाम्भीर्यको कमी रहेको टिप्पणी गरेका छन्।
रामभद्राचार्यले बालेन युवा भएकाले उनलाई मार्गदर्शन गर्ने विषयमा प्रश्न उठाउँदै यस्तो नेतृत्व शैली उचित नभएको धारणा राखे।
नेपाल भ्रमणका क्रममा उनले नेपाल आत्मनिर्भर हुनुपर्ने, साथै चीन वा अमेरिकामाथि निर्भरता बढ्न नहुने बताए। उनले देशमा धर्मान्तरण बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।
त्यसैगरी उनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको धारणा पनि राखे। भारत र नेपालबीच सहकार्यबाट ठूलो शक्ति निर्माण हुन सक्ने भए पनि उनले दिएको राजनीतिक टिप्पणीप्रति भने विभिन्न पक्षबाट आलोचना भइरहेको छ।
काठमाडौं। नेपालमा बर्डफ्लु संक्रमण फैलिँदै गएको छ। सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीको पछिल्लो प्रतिवेदन अनुसार हालसम्म ६ जिल्लामा संक्रमण पुष्टि भएको छ।
यस आर्थिक वर्षको पहिलो संक्रमण २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाको सुन्दरहरैँचा-४ र उर्लाबारी-८ बाट सुरु भएको थियो। त्यसपछि रोग विस्तार हुँदै विभिन्न प्रमुख पोल्ट्री क्षेत्रसम्म पुगेको छ।
हालसम्म देशभर ३३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि सरकारले हालसम्म १ लाख ३० हजारभन्दा बढी कुखुरा नष्ट गरेको छ। साथै २ लाख ३७ हजारभन्दा बढी अण्डा र करिब ३३ हजार केजी दाना समेत सुरक्षित रूपमा नष्ट गरिएको छ।
जिल्लागत विवरण अनुसार सुनसरी सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ, जहाँ १७ वटा फार्ममा संक्रमण देखिएको छ। मोरङमा १० फार्मका ५३ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।
अन्य प्रभावित जिल्लाहरूमा चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) रहेका छन्। चितवनमा एउटा फार्ममै करिब १८ हजार कुकुरा नष्ट गरिएको छ भने झापामा तीन फार्मका १५ हजारभन्दा बढी कुखुरा मारिएका छन्। बारा र नवलपरासीमा पनि सयौं कुखुरा नष्ट गरिएको छ।
संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रहरू सिल गरिएको छ। तीनै तहका सरकारको समन्वयमा सुरक्षात्मक र नियन्त्रणका उपायहरू अपनाइएको सम्बन्धित निकायले जनाएको छ।
काठमाडौं। स्मार्टफोन अहिले हाम्रो दैनिक जीवनको अत्यन्त महत्वपूर्ण हिस्सा बनिसकेको छ । खाना बिना केही समय बाँच्न सकिए पनि स्मार्टफोन र इन्टरनेट बिना जीवन चलाउन कठिन जस्तै भएको छ । यसका धेरै फाइदाहरू भए पनि केही सम्भावित बेफाइदाहरू पनि छन्, जसमा मोबाइल विकिरणको विषय धेरै चर्चामा आउने गर्छ ।
मोबाइल फोनले काम गर्नका लागि नेटवर्क आवश्यक हुन्छ । यही नेटवर्क उपलब्ध गराउन दूरसञ्चार कम्पनीहरूले विभिन्न स्थानमा मोबाइल टावरहरू स्थापना गर्छन् । मोबाइल टावरबाट निस्कने विकिरण र मोबाइल फोनबाट निस्कने विकिरण गरी मुख्य रूपमा दुई प्रकारका विकिरण हुन्छन् । टावरको विकिरण सामान्यतया प्रत्यक्ष सम्पर्कमा नआउने भएकाले यसको असर तुलनात्मक रूपमा कम मानिन्छ भने मोबाइल फोन निरन्तर शरीरसँग नजिक रहने भएकाले यसको प्रभावबारे बढी चर्चा हुने गर्छ ।
मोबाइल फोनले सञ्चारका लागि विद्युत चुम्बकीय तरंग उत्सर्जन गर्छ जसलाई विकिरण भनिन्छ । यस विकिरणका कारण लामो समयसम्म प्रयोग गर्दा स्वास्थ्यमा केही असर पर्न सक्ने सम्भावना विभिन्न अध्ययनहरूले देखाएका छन् ।
मोबाइल विकिरणका कारण ध्यान केन्द्रित गर्न कठिनाइ, तनाव, निद्रा सम्बन्धी समस्या, आँखामा असहजता, प्रजनन स्वास्थ्यमा असर पर्ने सम्भावना तथा स्नायु प्रणाली सम्बन्धी समस्या जस्ता असरहरू देखिन सक्ने बताइन्छ । तर यी सबै असरहरू वैज्ञानिक रूपमा पूर्ण रूपमा प्रमाणित भइसकेका छैनन् र अझै विस्तृत अनुसन्धान आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ ।
मोबाइल विकिरण मापन गर्न प्रयोग गरिने मानकलाई एस ए आर भनिन्छ जसको पूरा रूप स्पेसिफिक अब्जोर्प्सन रेट हो । यसले शरीरले मोबाइलबाट निस्कने विकिरण कति मात्रामा अवशोषण गर्छ भन्ने कुरा देखाउँछ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि मोबाइल, ट्याब्लेट वा स्मार्ट उपकरणको एस ए आर मान १.६ वाट प्रति किलोग्राम भन्दा बढी हुनु हुँदैन । यो मापदण्ड शरीर र उपकरणबीच करिब १० मिलिमिटर दूरी रहेको अवस्थामा लागू हुन्छ ।
केही मोबाइल फोनमा विकिरण सम्बन्धी जानकारी जाँच गर्न विशेष कोड प्रयोग गर्न सकिन्छ । मोबाइलमा तारा ह्यास शून्य सात ह्यास डायल गरेपछि केही उपकरणहरूमा एस ए आर सम्बन्धी विवरण देखिन सक्छ, जसमा हेड एस ए आर र बडी एस ए आर को जानकारी हुन्छ । यसले फोन प्रयोग गर्दा टाउको र शरीरमा पर्ने विकिरणको स्तर देखाउँछ ।
निष्कर्षमा भन्नुपर्दा, मोबाइल फोनलाई पूर्ण रूपमा हानिकारक वा विष समान भन्ने निष्कर्ष वैज्ञानिक रूपमा स्पष्ट रूपमा प्रमाणित भइसकेको छैन । तर लामो समयसम्म अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ । सन्तुलित प्रयोग, आवश्यक दूरी कायम राख्ने बानी र सीमित प्रयोगले सम्भावित जोखिम कम गर्न सहयोग पुर्याउँछ ।
काठमाडौं। जेलबाट रिहा भएपछि नेपाली कांग्रेसका नेता रमेश लेखक पहिलो पटक बैठकमा सहभागी हुन पुगेका छन्। रिहाइपछि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षका नेताहरूको बैठकमा लेखक काठमाडौंको धुम्बाराही पुगेका हुन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनविरुद्ध देउवा-खड्का पक्षले दायर गरेको रिट खारेज गरेपछि कांग्रेसभित्रको आगामी रणनीतिबारे छलफल तीव्र बनेको हो।
यसअघि शनिबार गोल्फुटारस्थित खड्का निवासमा छलफल भएको थियो भने आइतबार धुम्बाराहीमा दोस्रो चरणको बैठक बसेको हो।
छलफलमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, कुन्दनराज काफ्ले, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने, गणेश लामालगायत नेता सहभागी छन्।
गत चैत २६ गते प्रहरी हिरासतमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र लेखक रिहा भएका हुन्।
काठमाडौं। विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली फेला पारेको छ। काठमाडौं महानगरपालिका-१५, शोभाभगवतीस्थित क्षेत्रमा सरसफाइका क्रममा हतियार भेटिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार फेला परेका पेस्तोल टाइप-५४ रहेका छन्। साथै सात थान म्यागजिन पनि बरामद गरिएको छ।
महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले काम गरिरहेका बेला आइतबार बिहान हतियार भेटिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भुको टोलीले हतियार र गोली संकलन गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार बरामद हतियार प्रहरीकै हुनसक्ने आशंका गरिएको छ। यसलाई जेनजी आन्दोलनका क्रममा लुटिएको वा हालै फालिएको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं। ‘पारिजात सम्मान २०८२’ अन्तर्गत चार जना स्रष्टा सम्मानित भएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गरिएको हो।
‘पारिजात सृजन सम्मान’ साहित्यकार नवीन विभासलाई प्रदान गरिएको छ। त्यस्तै ‘पारिजात बालसाहित्य सम्मान’ रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान’ गीतकार तथा संस्कृतिकर्मी शरद पौडेल र ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ राजनीतिक अभियन्ता देवी खड्कालाई प्रदान गरिएको छ।
उनीहरूलाई जनही २५ हजार रुपैयाँ राशिसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
सम्मानित स्रष्टा नवीन विभास समसामयिक राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित साहित्य लेखनका लागि परिचित छन्। रामबाबु सुवेदी बालसाहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। शरद पौडेल साहित्य, संगीत र नाट्य क्षेत्रमा सक्रिय छन् भने देवी खड्का महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा संघर्षरत अभियन्ता हुन्।
कार्यक्रममा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। सो अवसरमा ‘वेदना’ पत्रिकाको लोकार्पण पनि गरिएको थियो।
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू काठमाडौंको धुम्बाराहीमा छलफलमा जुटेका छन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनविरुद्ध देउवा–खड्का पक्षले दायर गरेको रिट खारेज गरेपछि कांग्रेसभित्रको आगामी रणनीतिबारे छलफल तीव्र बनेको हो।
यसअघि शनिबार गोल्फुटारस्थित खड्का निवासमा छलफल भएको थियो भने आइतबार धुम्बाराहीमा दोस्रो चरणको बैठक बसेको हो।
छलफलमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, कुन्दनराज काफ्ले, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने, गणेश लामालगायत नेता सहभागी छन्।
पोखरा। पोखराको लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरानी दिने तथा लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले १६ जना महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने, हैरानी गर्ने र अनैतिक गतिविधि गर्ने गुनासो बढेपछि कारबाही गरिएको हो।
वैशाख ५ गते राति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले विशेष अपरेसन सञ्चालन गरेको थियो।
सो क्रममा १६ जना महिलालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।
काठमाडौं। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई १-० ले पराजित गरेको छ।
खेलमा युनाइटेडको जितका लागि म्याथियस कुन्हाले गरेको एकमात्र गोल निर्णायक बन्यो। ब्रुनो फर्नान्डेसको क्रसमा ४३औँ मिनेटमा कुन्हाले बक्सभित्रबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए।
यस जितसँगै म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ५८ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ। समान खेलबाट चेल्सी ४८ अंकसहित पछाडि परेको छ।
काठमाडौं। गत शुक्रबार वैशाख ४ गते सार्वजनिक गरिएको नेपाली फिल्म ‘लालीबजार’ को ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता र सेलिब्रेटीहरूले समेत ट्रेलर र यसको विषयवस्तुको प्रशंसा गरिरहेका छन्।
षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मको ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको छ। हाल ट्रेलर मुभी चार्टमा नम्बर ३ स्थानमा रहेको छ।
ट्रेलरमा देखाइएको आमा र छोरीबीचको भावनात्मक कथाले दर्शकको ध्यान आकर्षित गरेको छ। विशेषगरी अभिनेत्री स्वस्तिमा खड्काको बादी समुदायकी आमाको भूमिकामा गरिएको अभिनयको व्यापक प्रशंसा भइरहेको छ।
ट्रेलरमा रवीन्द्र सिंह बानियाँ, बाल कलाकार समाइरा थापा, तथा डेब्यु कलाकार प्रशंसा सुवेदी र विशाल देवकोटाको अभिनयलाई पनि सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। फिल्मले बादी समुदायमा विद्यमान सामाजिक कुप्रथा ‘नाथिया’ लाई समेत उजागर गरेको छ।
आमाले छोरीको रक्षाका लागि गर्ने संघर्षलाई मुख्य विषय बनाइएको फिल्म यम थापाको निर्देशनमा तयार भएको हो। निर्देशक प्रदीप भट्टराईले कार्यकारी भूमिकामा रहेर कथा विकासमा सहयोग गरेका छन्।
यसअघि सार्वजनिक भएका फिल्मका दुई गीतहरू ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ पनि दर्शकमाझ लोकप्रिय बनेका छन्। फिल्मको प्रदर्शन मिति २०८३ वैशाख १८ गते तोकिएको छ।
नेपालगन्ज। बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका-७ तुलापुरमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो ।
दुर्घटनामा गुलरिया नगरपालिका-५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्स लामिछानेको मृत्यु भएको प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए। मृतक लामिछाने योग शिविरमा सहभागी हुन जाँदै गरेका बेला दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा मृतककी ५० वर्षीया श्रीमती सीता लामिछाने र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। घाइते दुवै जनाको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ।
प्रहरीका अनुसार एम्बुलेन्स चालक र सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ।
एजेन्सी। उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा तनाव पुनः चुलिएको छ। केही दिनअघि संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले उत्तर कोरियाले आणविक हतियार विकासमा ‘गम्भीर प्रगति’ गरेको चेतावनी दिएको पृष्ठभूमिमा यो घटना भएको हो।
दक्षिण कोरियाली सेनाका अनुसार सिन्पो क्षेत्रबाट प्रक्षेपण गरिएका मिसाइलहरू करिब १४० किलोमिटर टाढा पूर्वी समुद्रमा खसेका थिए। घटनापछि दक्षिण कोरियाले सम्भावित उक्साहटको जवाफ दिन तयारी अवस्थामा रहेको जनाउँदै अमेरिका र जापानसँग समन्वय बढाएको छ।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले आकस्मिक बैठक गर्दै उत्तर कोरियाका बारम्बारका क्षेप्यास्त्र परीक्षणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यो प्रक्षेपण राष्ट्रपति ली जे म्युङ विदेश भ्रमणमा निस्कनुअघि भएकोले समयलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
अमेरिका र जापानले पनि मिसाइल प्रक्षेपणको पुष्टि गर्दै यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय शान्तिलाई खतरा पुर्याएको बताएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन भएको भन्दै जापानले कडा विरोध जनाएको छ।
विश्लेषकहरूका अनुसार यदि यो प्रक्षेपण पनडुब्बीबाट गरिएको हो भने चार वर्षपछि उत्तर कोरियाको पहिलो पनडुब्बी-आधारित ब्यालेस्टिक मिसाइल परीक्षण हुनेछ। यसले क्षेत्रीय सुरक्षा चुनौती थप जटिल बनाउने अनुमान गरिएको छ।
उत्तर कोरियाले पछिल्ला वर्षहरूमा आफ्नो हतियार र आणविक कार्यक्रम तीव्र रूपमा विस्तार गर्दै आएको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि किम जोङ उन नेतृत्वले सैन्य क्षमता विस्तारमा जोड दिँदै आएका छन्।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि उत्तर कोरियामा आणविक गतिविधि तीव्र रूपमा बढिरहेको पुष्टि गरेको छ, जसले यस क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनाएको छ।
एजेन्सी। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप २०२६ का खेल भारतमा हेर्न नपाइने सम्भावना बढेको छ। विश्वकप जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुँदैछ।
ब्रोडकास्टिङ अधिकार खरिद गर्न कुनै पनि भारतीय कम्पनीले चासो नदेखाएपछि भारतमा प्रसारण अनिश्चित बनेको हो। फिफाले ब्रोडकास्टिङ अधिकारको मूल्य ६५ प्रतिशतसम्म घटाएर ३५ मिलियन अमेरिकी डलरमा झारे पनि हालसम्म कुनै सम्झौता भएको छैन।
यसअघि सन् २०२२ को कतार विश्वकपका लागि भारतीय कम्पनीले करिब ६२ मिलियन डलर खर्च गरेको थियो। तर यसपटक विज्ञापन बजारको संकुचन, रियल मनी गेमिङमाथिको प्रतिबन्ध र व्यापारिक अनिश्चितताका कारण चासो घटेको बताइएको छ।
भारतमा खेलहरू राति १२ बजेदेखि बिहान ७ बजेसम्म हुने भएकाले दर्शक सहभागिता कम हुने अनुमान पनि गरिएको छ। स्टार इन्डिया र भायकम-१८ मर्जर भएर बनेको जियोस्टारले सीमित रकम खर्च गर्न सक्ने देखिए पनि फिफाको मूल्य निर्धारणका कारण सम्झौता हुन सकेको छैन।
यदि स्थिति यस्तै रहेमा फिफाले आफ्नै डिजिटल प्लेटफर्ममार्फत विश्वकप खेलको लाइभ स्ट्रिमिङ गर्नुपर्ने अवस्था आउन सक्ने चर्चा समेत सुरु भएको छ।
एजेन्सी। भारतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘फेमिना मिस इन्डिया २०२६’को उपाधि गोवाकी साध्वी सैलले जितेकी छन्। ओडिशाको भुवनेश्वरस्थित केआईआईटीमा शनिबार आयोजित ६१औँ संस्करणमा उनले देशभरका ३० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हासिल गरेकी हुन्।
उनीलाई ‘मिस इन्डिया वर्ल्ड २०२४’ की विजेता निकिता पोरवालले ताज पहिर्याएकी थिइन्। अब साध्वीले अन्तर्राष्ट्रिय स्तरको ‘मिस वर्ल्ड’ प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन्।
विजेता घोषणा हुँदा साध्वी भावुक देखिएकी थिइन् भने बलिउड अभिनेत्री नेहा धुपियाले उनलाई मञ्चमा सम्मान गर्दै बधाई दिएकी थिइन्।
प्रतियोगितामा महाराष्ट्रकी राजनन्दिनी फस्ट रनरअप र कश्मीरकी अद्वैता सेकेन्ड रनरअप घोषित भएका छन्। कार्यक्रममा अभिनेता ईशान खट्टरले नृत्य प्रस्तुत गरेका थिए भने गायक जुबिन नौटियालले गीतमार्फत माहोललाई थप उत्साहपूर्ण बनाएका थिए।
गोवाकी साध्वी सतीश सैल को हुन्?
गोवाकी साध्वी सैलको यात्रा निकै राम्रो रह्यो। उनले अर्थशास्त्र (इकोनॉमिक्स) र अन्तर्राष्ट्रिय सम्बन्ध (इन्टरनेशनल रिलेसन्स) मा स्नातक अध्ययन गरेकी छन्। साथै, उनी सात वटा भाषामा पनि रुचि र ज्ञान राख्छिन्। यही प्रतिभाका कारण उनी अन्य प्रतिस्पर्धीहरूभन्दा फरक देखिइन्।
उनलाई पहिले देखि नै मोडलिङमा रुचि थियो, जसका कारण उनले धेरै प्रतियोगिताहरूमा भाग लिएकी थिइन्। अन्ततः उनले ६१औँ फेमिना मिस इन्डिया वर्ल्डको उपाधि जित्न सफल भइन्।
उनी एक उद्यमी (एन्त्रेप्रेनर) पनि हुन्। उनले धेरै ठूला फेसन शोहरूमा र्याम्प वाक गरेकी छन् र विभिन्न प्रसिद्ध ब्रान्डहरूको विज्ञापनमा पनि काम गरेकी छन्। उनको पहिचान केवल ग्ल्यामर दुनियाँसम्म सीमित छैन; उनी निर्माण तथा विकास (कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट) क्षेत्रमा काम गर्ने एक कम्पनीकी सह-संस्थापक पनि हुन्।
एजेन्सी। दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गतको गस्ती टोलीमाथि भएको आक्रमणमा एक फ्रान्सेली शान्ति सैनिकको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनले घटनाको पुष्टि गर्दै साना हतियारबाट गरिएको गोली प्रहारमा एक सैनिकको ज्यान गएको र दुई गम्भीरसहित तीन जना घाइते भएको जनाएको हो।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले यस आक्रमणका लागि हेजबुल्लाहलाई जिम्मेवार ठहराएका छन्। तर उक्त समूहले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
दक्षिणी लेबनानमा हेजबुल्लाह र इजरायलबीच पछिल्लो समय तनाव बढिरहेका बेला यो घटना भएको हो। मार्च २ देखि द्वन्द्व चर्किएको र अप्रिल १६ मा १० दिने युद्धविराम लागू भए पनि अवस्था अझै संवेदनशील रहेको बताइएको छ।
फ्रान्सकी रक्षा मन्त्रीका अनुसार आक्रमण नजिकैबाट गरिएको थियो र घाइते सैनिकलाई बचाउने प्रयास असफल भएको थियो।
संयुक्त राष्ट्रसंघले घटनाको निन्दा गर्दै प्रारम्भिक रूपमा गैरराज्य पक्षबाट आक्रमण भएको संकेत गरेको छ। लेबनानका राष्ट्रपति र प्रधानमन्त्रीले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्।
काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य ५ हजार १३० रुपैयाँ रहेको थियो।
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा जाँदैछन् । देशमा राजा फर्काउने भन्दै आएको दल राप्रपामा २१ फागुनको निर्वाचनपछि कचिङ्गल बढ्दा शाह पोखरा जान लागेका हुन् ।
शाहको सचिवालयका अनुसार उनी यही साता पोखरा जाने भएका हुन् । गत वर्षको फागुनमा पोखरादेखि नै काठमाडौं फर्किँदा त्रिभुवन विमानस्थल काठमाडौंमा ठूलो भिड देखिएको थियो ।
त्यसपछि राजतन्त्र पक्षधर दल र समूहहरू हौसिएर १५ चैतमा काठमाडौंको तीनकुनेमा ठूलो प्रदर्शन गर्यो । तर, प्रदर्शन हिंसात्मक भयो । प्रहरी हस्तक्षेप भयो ।
आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, राप्रपा नेता रवीन्द्र मिश्र, धवलशम्शेर जबरालगायत थुप्रै पक्राउ परे । १५ जेठमा गणतन्त्र घोषणाो दिन पारेर पनि आन्दोलन गरे तर पार लागेन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउन सकेनन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि नारायणहिटी राजदरबार प्रवेश गराउने राजतन्त्रपक्षधरहरूको सपना चकनाचुर भयो । अहिले त राप्रपा विभाजनको डिलमा पुगेको छ । यस्तोमा ज्ञानेन्द्र पोखरा जान लागेका हुन् ।
काठमाडौं। चितवन र मकवानपुरका ९ जना चेपाङ विद्यार्थीले निर्माण गरेको ‘स्लिपर्स टु स्याटलाइट’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण भएको छ। उक्त स्याटलाइट बुधबार बिहान नेपाली समयअनुसार १० बजेर १ मिनेटमा चिनियाँ रकेटमार्फत प्रक्षेपण गरिएको हो।
कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूको टोलीलाई अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरूले सहयोग गरेका थिए। स्याटलाइटमा जडान गरिएका दुई क्यामेरामार्फत नेपालको वनस्पति र जलस्रोतसम्बन्धी तथ्यांक संकलन गरिनेछ। साथै, भूकम्पको पूर्वसूचना सम्बन्धी अध्ययन गर्ने प्रणाली पनि समावेश गरिएको छ। स्याटलाइट करिब डेढ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान गरिएको छ।
करिब १.२ किलोग्राम तौलको उक्त स्याटलाइटले प्रक्षेपणपछि अन्तरिक्षबाट संकेत पठाउन सुरु गरिसकेको जनाइएको छ। विपन्न समुदायका विद्यार्थीले छोटो समयमै यस्तो उपलब्धि हासिल गर्नु महत्वपूर्ण मानिएको छ।
कार्यक्रम करिब दुई वर्षअघि सुरु भएको थियो, जसमा आधारभूत कम्प्युटर ज्ञानबाट सुरु गरी स्याटलाइट निर्माणसम्मको यात्रा पूरा गरिएको हो। अहिले ती विद्यार्थी रोबोटिक्स क्षेत्रमा पनि सक्रिय रहेको बताइएको छ।
‘स्लिपर्स टु स्याटलाइट’ अभियानले विपन्न समुदायका बालबालिकालाई प्रविधिमा पहुँच दिलाउने उद्देश्य राखेको छ। यसैबीच, अन्तरिक्ष प्रतिष्ठान नेपालले ‘स्लिपर्स टु स्याटलाइट-२’ परियोजना अघि बढाउने तयारी गरेको छ।
उक्त स्याटलाइटमार्फत संकलित तथ्यांकले प्राकृतिक प्रकोपको पूर्वतयारी तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौं। सरकारले आइतबार र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि वितरण गरिरहेको जनाएको हो ।
स्वास्थ्य सेवा विभागका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि दिइँदैछ।
कार्यक्रम सञ्चालनका लागि देशभर पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरिएका छन् भने करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। जुकाको औषधिले पेटका किरा हटाउनुका साथै कुपोषण, रगतको कमी र पेटसम्बन्धी समस्याबाट जोगाउन मद्दत गर्छ।
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम २०५० सालमा आठ जिल्लाबाट सुरु भई २०५९ देखि देशभर विस्तार गरिएको हो। जुकाको औषधि वितरण कार्यक्रम २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ। प्रत्येक वर्ष कात्तिक र वैशाखमा यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज आइतबार दिउँसो ३ बजे वनस्थलीस्थित पार्टी मुख्यालयमा बस्ने भएको छ। बैठक सभापति रवि लामिछानेको आह्वानमा बस्न लागेको हो।
बैठकमा पार्टीको सांगठनिक विस्तार, महाधिवेशनको तयारीसहित विभिन्न विषयमा छलफल हुने जनाइएको छ। जिल्ला अधिवेशन कार्यविधि २०८३ पारित गर्ने तथा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, आर्थिक पारदर्शिता सुनिश्चित गर्न बैंक खाता सञ्चालनसम्बन्धी व्यवस्था, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूको मनोनयनबारे पनि छलफल हुने बताइएको छ।
यसका साथै विज्ञहरूको सुझाव संकलन, योजना निर्माण तथा समसामयिक विषयहरू पनि बैठकका एजेन्डामा समावेश गरिएका छन्।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना गलत भएको बताएका छन्। उनले उनले सामजिक सञ्जाल फेसबुकमार्फत चुनावमा पराजित हुँदैमा कुनै पनि राजनीतिक दलको भविष्य समाप्त नहुने उल्लेख गरेका हुन्।
उनले लेखेका छन्,‘राप्रपा सिद्धिन्छ,सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन।’
लिङ्देनले राप्रपा धेरै कार्यकर्ताको योगदान र संघर्षबाट निर्माण भएको पार्टी भएकाले यसलाई कमजोर आँक्नु गलत हुने बताए। उनले पार्टी आफ्नो मूल एजेण्डा जस्तै राजसंस्था, सनातन हिन्दू राष्ट्र र प्रदेश संरचनासम्बन्धी धारणा बाट पछि नहट्ने स्पष्ट पारे।
‘न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ।’
उनका अनुसार पार्टीभित्रका कमजोरी सच्याउँदै राप्रपा पुनर्गठित भएर अझ सशक्त रूपमा अघि बढ्नेछ।
‘आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ।’
एजेन्सी। क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोको राजधानी पोर्ट अफ स्पेनबाट करिब ४० किलोमिटर पूर्वमा रहेको कुमुटो क्षेत्रको एक चिहानमा सामूहिक रूपमा शव फेला परेको छ। शनिबार कम्तीमा ५० शिशु र ६ वयस्कका शव फालिएको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार वयस्कमध्ये पाँच शवमा पहिचानका लागि प्रयोग हुने ट्याग लगाइएको पाइएको छ भने दुई शवमा पोस्टमार्टम गरिएको चिन्ह समेत देखिएको छ।
ट्रिनिडाड एन्ड टोबागो प्रहरी सेवाले यो घटना दाबी नगरिएका शवको गैरकानुनी विसर्जन हुन सक्ने आशंका गरेको छ। शव कहाँबाट ल्याइएको र कुन प्रक्रियामा त्रुटि भएको हो भन्नेबारे फरेन्सिक अनुसन्धान जारी रहेको जनाइएको छ।
सुरक्षा अधिकारी एलिस्टर गुभाराले घटनालाई अत्यन्तै गम्भीर र चिन्ताजनक भन्दै प्रत्येक शवको सम्मानजनक व्यवस्थापन हुनुपर्ने र दोषीलाई कडा कारबाही गरिने बताएका छन्।
गम्भीर अपराध र हिंसाको चुनौती सामना गरिरहेको अवस्थामा यो घटना सार्वजनिक भएको हो। उक्त देशमा २०२४ डिसेम्बरदेखि संकटकाल लागू छ भने सन् २०२४ मा मात्र ६२३ जनाको हत्या भएको तथ्यांक सार्वजनिक गरिएको छ। साथै सन् २०२३ मा उक्त देशलाई विश्वका उच्च जोखिमयुक्त राष्ट्रहरूमध्ये एकका रूपमा वर्गीकृत गरिएको थियो।
काठमाडौं । नेपाल-भारत सिमानामा लागू गरिएको १०० रुपैयाँभन्दा माथिको भन्सार कर नीतिको खारेजीको माग गर्दै शनिवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
सिमानावर्ती क्षेत्रका व्यापारी, सर्वसाधारण र विद्यार्थीसमेत सहभागी उक्त प्रदर्शनमा वक्ताहरूले भन्सार नीतिले सिमापार व्यापार, साना व्यवसायी र दैनिक उपभोक्तालाई प्रत्यक्ष असर पारेको भन्दै विरोध जनाए।
प्रदर्शनकारीहरूले ‘१०० रुपैयाँ कर नचल्ने’, ‘सीमावासीमाथि अन्याय बन्द गर’ लगायतका नारा लगाउँदै भन्सार नीतिलाई तत्काल खारेज गर्न सरकारसमक्ष माग राखेका थिए।
उनहरूले प्रदेश र संघीय सरकार दुवैको ध्यानाकर्षण गराउँदै सिमावर्ती क्षेत्रका नागरिकको आवाज सुनिनुपर्ने र भन्सार नीतिले पैदा गरेको समस्याको तत्काल समाधान खोजिनुपर्ने चेतावनी दिएका छन्।
काठमाडौं। यो प्रयोगमा एक व्यक्ति आफ्नो टाउकोमाथि तानेर राखिएको बन्दुकसँग बसिरहेको छ। यो कुनै साधारण बन्दुक होइन, यो क्वान्टम सिद्धान्तमा आधारित बन्दुक हो जसले कुनै क्वान्टम कणको स्पिन नाप्न सक्षम छ। जब पनि बन्दुकको ट्रिगर दबाइन्छ, एक क्वान्टम कण वा क्वार्कको स्पिन नापिन्छ। स्पिनको मापनका आधारमा गोली चल्ने वा नचल्ने निर्णय हुन्छ। यदि क्वार्कको स्पिन घडीको सुईको दिशामा छ भने बन्दुकबाट गोली चल्छ। यदि क्वार्कको स्पिन घडीको सुईको विपरीत दिशामा छ भने गोली चल्दैन, केवल ट्रिगरको क्लिक मात्र हुन्छ।
डराउँदै त्यो व्यक्ति गहिरो सास लिन्छ र ट्रिगर दबाउँछ। बन्दुकबाट क्लिक मात्र हुन्छ। उसले फेरि ट्रिगर दबाउँछ, क्लिक; फेरि ट्रिगर, फेरि क्लिक। त्यो व्यक्ति बारम्बार ट्रिगर दबाइरहन्छ तर परिणाम सधैँ उही हुन्छ,गोली कहिल्यै चल्दैन। यद्यपि बन्दुक ठीकसँग काम गरिरहेको छ र त्यसमा गोली पनि भरिएको छ, उसले जतिपटक ट्रिगर दबाए पनि गोली कहिल्यै चल्दैन। ऊ यो प्रक्रिया अनन्तसम्म दोहोर्याइरहन्छ र ‘क्वान्टम इमोर्टल’ रहन्छ।
अब हामी समय यात्रा गरेर यो प्रयोगको सुरुमा फर्कन्छौँ। त्यो व्यक्तिले पहिलो पटक ट्रिगर दबाउँछ, बन्दुकमा क्वार्कको दिशाको मापन घडीको सुईको दिशामा हुन्छ। बन्दुकबाट गोली चल्छ। त्यो व्यक्ति अब मृत हुन्छ।
उसले पहिलो पटक ट्रिगर दबाएको थियो र त्यसपछि अनन्त पटक ट्रिगर दबाएको थियो, र हामी पहिले नै जान्दछौँ कि बन्दुकबाट गोली चलेको थिएन। अब त्यो व्यक्ति मृत कसरी हुन सक्छ? त्यो व्यक्ति आफैँलाई थाहा हुँदैन कि ऊ जीवित र मृत दुवै अवस्थामा छ। जब पनि ऊ ट्रिगर दबाउँछ, ब्रह्माण्ड विभाजित हुन्छ र दुई ब्रह्माण्ड बन्ने गर्छन्। यो विभाजन बारम्बार हुन्छ,दोस्रो पटक, तेस्रो पटक, चौथो पटक,प्रत्येक पटक ट्रिगर दबाउँदा ब्रह्माण्डको नयाँ विभाजन हुन्छ।
यस वैचारिक प्रयोगलाई ‘क्वान्टम आत्महत्या’ भनिन्छ। यसलाई प्रिन्सटन विश्वविद्यालयका सैद्धान्तिक भौतिकशास्त्री म्याक्स टेगमार्कले सन् १९९७ मा प्रस्ताव गरेका थिए। वैचारिक प्रयोग केवल मस्तिष्कमा गरिने प्रयोगहरू हुन्। क्वान्टम स्तर मानवद्वारा ब्रह्माण्डमा खोजिएको पदार्थको अत्यन्त सूक्ष्म तह हो। यो यति सूक्ष्म हुन्छ कि यस स्तरमा परम्परागत रूपमा वैज्ञानिक प्रयोग गर्नु लगभग असम्भव हुन्छ।
वैज्ञानिक विधिको प्रयोग बिना अनुभवजन्य प्रमाणहरूको परीक्षणका लागि क्वान्टम स्तरमा यस्ता वैचारिक प्रयोगहरू गरिन्छन्। यद्यपि यी प्रयोगहरू अवधारणात्मक मात्र हुन्छन्, तर क्वान्टम स्तरमा यी प्रयोगहरूको परिणामहरूले क्वान्टम भौतिकीका तथ्यहरूलाई पुष्टि गर्छन्।
विज्ञानको क्वान्टम स्तरमा गरिएका अवलोकनहरूले उत्तर दिनुभन्दा बढी नयाँ प्रश्नहरू उठाएका छन्। क्वान्टम कणहरूको व्यवहार अनियमित देखिन्छ र हाम्रो बुझाइमाथि निरन्तर प्रश्न उठाउँछ। उदाहरणका लागि फोटोन, जुन प्रकाशको अत्यन्त सूक्ष्म कण हो, कण र तरंग दुवैको दोहोरो व्यवहार देखाउँछ र एकै समयमा दुई अवस्थाहरूमा रहन सक्छ। कणहरूको गति पनि एकै समयमा दुई दिशामा देखिन्छ,जबकि हाम्रो अनुभवले भन्छ कि कण एक समयमा एकै दिशामा मात्र चल्न सक्छ। जब हामी क्वान्टम संसारको अध्ययन गर्छौँ, हामी पाउँछौँ कि हामी अझै पनि बाहिरी पर्यवेक्षक मात्र हौँ र यो संसारले हाम्रो ज्ञानलाई चुनौती दिन्छ।
यस सबैबाट यो देखिन्छ कि क्वान्टम भौतिकीबारे हाम्रो ज्ञान ती प्राचीन सभ्यताहरू जस्तै प्रारम्भिक अवस्थामा छ, जसका खगोलविदहरूले सूर्यलाई देवता मान्थे। केही वैज्ञानिकहरूको विश्वास छ कि भविष्यमा क्वान्टम भौतिकीको अध्ययनले वर्तमानको अनियमितता हटाएर गणनायोग्य र पूर्वानुमानयोग्य व्यवस्था ल्याउन सक्छ। तर के सम्भव छ कि क्वान्टम प्रणालीलाई हाम्रो परम्परागत वैज्ञानिक ढाँचामा पूर्ण रूपमा बुझ्न नसकिने हो?
अब हामी बुझ्ने प्रयास गर्छौँ कि क्वान्टम अवलोकनमा सबैभन्दा आधारभूत समस्या के हो, जसको व्याख्या हाइजेनबर्गको अनिश्चितता सिद्धान्तले गर्छ। क्वान्टम प्रयोगहरूमा सबैभन्दा ठूलो समस्या मानवद्वारा साना क्वान्टम कणहरूको स्थिति र अवस्थालाई प्रभावित नगरी अध्ययन गर्नु हो।
जब हामी कुनै पनि क्वान्टम कणको अवलोकन गर्छौँ, यो अवलोकनले उनीहरूको अवस्था वा गति परिवर्तन गरिदिन्छ र हाम्रो अवलोकन सटीक रहँदैन। यो एक निराशाजनक अवस्था हो। यस समस्यासँग जुझ्नका लागि वैज्ञानिकहरूले ठूला, विस्तृत ‘पार्टिकल एक्सेलेरेटर’ जस्ता मेसिनहरू बनाएका छन्, जसमा मानवीय प्रभाव कम हुन्छ र कणलाई उसको प्राकृतिक गतिबाटै गुरुत्व दिइन्छ।
तर यसको बाबजुद पनि क्वान्टम भौतिकीका वैज्ञानिकहरूले जब ती कणहरूको जाँच गर्छन्, मिश्रित परिणाम प्राप्त हुन्छन्, जसले देखाउँछ कि हाम्रो अवलोकनले क्वान्टम कणहरूलाई प्रभावित गरिरहेको छ। उदाहरणका लागि सबैभन्दा सानो कण ‘फोटोन’ जसको द्रव्यमान शून्य हुन्छ र आवेश हुँदैन, त्यो पनि अन्य कणसँग ठोक्किँदा उसको गति वा अवस्था परिवर्तन गर्न सक्षम हुन्छ।
यही नै हाइजेनबर्गको ‘अनिश्चितता सिद्धान्त’ हो। जर्मन भौतिक वैज्ञानिक वेर्नर हाइजेनबर्गले बताएका थिए कि हाम्रो अवलोकनले क्वान्टम कणहरूको व्यवहारलाई प्रभावित गर्छ। यो सिद्धान्त बुझ्न अलि कठिन लाग्छ र यसको नाम पनि डर लाग्दो जस्तो लाग्न सक्छ, तर वास्तवमा यसलाई बुझ्न त्यति कठिन छैन। यदि तपाईंले यसलाई बुझ्नुभयो भने तपाईंले क्वान्टम यान्त्रिकीको सबैभन्दा आधारभूत नियम बुझ्नुहुनेछ।
अब एक प्रयोगबाट बुझौँ- कल्पना गर्नुहोस्, एक दृष्टिहीन व्यक्ति टाढा रहेको वस्तुको दूरी मापन गर्न ‘एक्सरसाइज बल’ प्रयोग गर्छ। ऊ कोठामा रहेको स्टूलतर्फ बल फ्याँक्छ। यदि बल छिटो फर्कियो भने स्टूल नजिक छ भन्ने बुझिन्छ। यदि सडकपारको स्टूलतर्फ फ्याँकियो भने बल फर्किन धेरै समय लाग्छ, जसले स्टूल टाढा छ भन्ने देखाउँछ।
तर समस्या के हो भने जब तपाईं ठूलो एक्सरसाइज बल फ्याँक्नुहुन्छ, त्यो बल स्टूलसँग ठोक्किँदा स्टूलको स्थिति परिवर्तन गरिदिन्छ। बल फर्किँदा तपाईंलाई स्टूल पहिले कहाँ थियो भन्ने थाहा हुन्छ, तर अहिले कहाँ छ भन्ने थाहा हुँदैन, किनकि स्टूल सरेको हुन्छ।
हाइजेनबर्गको सिद्धान्तले यही समस्यालाई स्पष्ट गर्छ। कुनै क्वार्कको गति थाहा पाउन हामीले मापन गर्नुपर्छ, तर मापन गर्दा नै त्यसको स्थिति र गति परिवर्तन हुन्छ। त्यसैले कणको वास्तविक अवस्था पूर्ण रूपमा थाहा पाउन सकिँदैन।
वैज्ञानिकहरूले क्वार्क नाप्न बल फ्याँक्दैनन्, तर सानो हस्तक्षेप (जस्तै ‘फोटोन’) पनि ती कणहरूको व्यवहार बदल्न पर्याप्त हुन्छ। यसै कारण वैज्ञानिकहरू क्वान्टम स्तरमा वैचारिक प्रयोग गर्न बाध्य हुन्छन्। यी प्रयोगहरू वास्तविक परिणामहरूमा आधारित हुन्छन् र सिद्धान्तको व्याख्या परीक्षण गर्न प्रयोग गरिन्छ।
क्वान्टम आत्महत्या नामक वैचारिक प्रयोग समानान्तर ब्रह्माण्डको अवधारणामा आधारित छ, जसलाई सन् १९५७ मा प्रिन्सटन विश्वविद्यालयका शोधकर्ता ह्यू एभरेट तृतीयले प्रस्ताव गरेका थिए। यो अवधारणा लामो समयसम्म विवादित रह्यो तर पछि म्याक्स टेगमार्कको प्रयोगपछि यसलाई गम्भीर रूपमा लिन थालियो।
समांतर ब्रह्माण्ड अवधारणाअनुसार कुनै पनि क्रियाका सबै सम्भावित परिणामका लागि ब्रह्माण्ड विभाजित हुन्छ। प्रत्येक ब्रह्माण्ड मूल ब्रह्माण्डको प्रतिकृति हुन्छ, तर परिणाम फरक हुन्छ। उदाहरणका लागि यदि तपाईंले लटरी जित्नुभयो भने, एक ब्रह्माण्डमा तपाईं जित्नुहुन्छ, अर्कोमा तपाईंको प्रतिकृति जित्दैन। तर दुवै एकअर्काबाट अनजान हुन्छन्।
क्वान्टम आत्महत्याको प्रयोगमा पनि दुई सम्भावना हुन्छन्,गोली चल्छ वा चल्दैन। प्रत्येक पटक ट्रिगर दबाउँदा ब्रह्माण्ड विभाजित हुन्छ र प्रत्येक शाखामा फरक परिणाम देखा पर्छ। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ,यदि एक ब्रह्माण्डमा व्यक्ति मरेको छ भने अर्कोमा ऊ जीवित छ भने ऊ कसरी अनन्त रूपमा जीवित रहन्छ? यसै विचारलाई ‘क्वान्टम इमोर्ताल’ भनिन्छ, जसअनुसार व्यक्तिको चेतना सधैँ त्यस्तो ब्रह्माण्डमा जान्छ जहाँ ऊ बाँच्छ भन्ने मान्यता राखिन्छ। समांतर ब्रह्माण्ड अवधारणाअनुसार कुनै पनि क्रियाका सबै सम्भावना ब्रह्माण्डमा विभाजित हुन्छन्, र यसमा अवलोकनकर्ता बाहिर रहन्छ जसले परिणामलाई प्रभावित गर्दैन। यो दृष्टिकोण हाइजेनबर्ग सिद्धान्तसँग केही हदसम्म फरक मानिन्छ। तर यो अवधारणा आज पनि धेरै वैज्ञानिकहरूद्वारा स्वीकार गरिएको छ।
पहिले कोपेनहेगन व्याख्या सबैभन्दा बढी स्वीकार गरिएको थियो, जसलाई नील्स बोहरले प्रस्ताव गरेका थिए। यस अनुसार कुनै पनि कण एकैसाथ धेरै सम्भावित अवस्थाहरूमा रहन सक्छ, तर हामीले अवलोकन गर्दा मात्र त्यो कण एउटा निश्चित अवस्थामा देखिन्छ। यस अवस्थालाई सुपरपोजिसन भनिन्छ, जसको अर्थ कण एकैसाथ कण र तरंग दुवै रूपमा व्यवहार गर्न सक्छ भन्ने हो।
जब हामी कुनै कणलाई हेर्छौँ वा नाप्छौँ, त्यसको सुपरपोजिसन अवस्था समाप्त हुन्छ र त्यो कण एउटा मात्र निश्चित अवस्था ग्रहण गर्छ। यस विचारलाई बुझाउन इर्विन श्रोडिङ्गरले श्रोडिङ्गरको बिरालो भन्ने प्रयोग प्रस्ताव गरेका थिए। यस प्रयोगमा एउटा बिरालोलाई बाकसभित्र राखिन्छ, जहाँ रेडियोधर्मी पदार्थ, गाइगर काउन्टर र विषालु प्रणाली हुन्छ। यदि रेडियोधर्मी विकिरण भयो भने बिरालो मर्छ, नभए बाँच्दछ।
तर बाकस नखोलेसम्म हामीलाई बिरालो जीवित छ कि मृत भन्ने थाहा हुँदैन। त्यसैले अवलोकन नगरेसम्म बिरालो जीवित र मृत दुवै अवस्थाको रूपमा मानिन्छ। कोपेनहेगन व्याख्याअनुसार वास्तविक अवस्था तब मात्र निश्चित हुन्छ जब अवलोकन गरिन्छ। तर यही व्याख्याले क्वान्टम आत्महत्या भन्ने विचारलाई स्वीकार गर्न कठिन बनाउँछ, किनकि अन्ततः कुनै न कुनै अवस्थामा व्यक्ति मर्नै पर्छ भन्ने निष्कर्ष निस्कन्छ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गरिएको ६ दिनपछि शनिबार साँझ उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो। डिस्चार्जपछि उनी भक्तपुरको गुण्डुस्थित आफ्नै निवासतर्फ गएकाे उनकाे सचिवालयले जनाएको छ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ओलीलाई पक्राउ गरेको थियो। पक्राउपछि सोही दिन स्वास्थ्य परीक्षणका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमै भर्ना भएका थिए र प्रहरीले त्यहीँ हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो।
यसबीच, ओलीकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सो रिटमाथि सुनुवाइ गर्दै अदालतले चैत २६ गते उनलाई रिहा गर्न परमादेश दिएको थियो। त्यसपछि प्रहरीले अस्पतालमै उनलाई पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो।
यद्यपि, रिहा भएपछि पनि उनले तत्काल अस्पताल नछोडी उपचारलाई निरन्तरता दिएका थिए। यसअघि नै पित्तथैलीमा पत्थरी देखिएको हुँदा चैत ३० गते उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि थप ६ दिन उपचार गराएपछि अन्ततः उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।
काठमाडौं । इरानले महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज पुनः बन्द गरिएको घोषणा गरेको छ। उक्त मार्ग खुला गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै फेरि बन्द गर्ने घोषणा गरिएको हो।
इरानी सेनाका अनुसार, अमेरिकाले लगाएको नाकाबन्दी हटाएपछि मात्र जलमार्ग पुनः खोलिनेछ। यसबारे अल जजीराले पनि पुष्टि गरेको छ।
इरानका सैन्य अधिकारीहरूले अमेरिकी नाकाबन्दी कायम रहेसम्म होर्मुज जलमार्ग खुला राख्न नसकिने स्पष्ट पारेका छन्। साथै, इरानले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै कडा आपत्ति जनाएको छ।
यसअघि हिजो साँझ इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामको बाँकी अवधिसम्म” जलमार्ग व्यापारका लागि पूर्ण रूपमा खुला राखिने घोषणा गरेका थिए। तर उक्त घोषणा गरेको २४ घण्टा नबित्दै पुनः बन्द गर्ने निर्णय गरिएको हो।
हर्मुज विश्वको प्रमुख तेल आपूर्ति मार्ग हो, जहाँबाट करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुन्छ। यस क्षेत्रमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय तेल बजार र समुद्री व्यापारमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
काठमाडाैं। नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षीय नेताहरूको बैठकमा शेखर कोइराला समूह सहभागी भएकाे छैन।
खड्काले पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरू सहितकाे बैठक ४ बजेदेखि उनकाे निजी निवासमा बसिरहेकाे छ। बैठकको मुख्य उद्देश्य हालको राजनीतिक परिस्थिति, सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि उत्पन्न अवस्थाको समीक्षा र आगामी रणनीति तय गर्नु रहेको बताइएको छ।
तर, बैठकमा प्रमुख समूहमध्ये एक मानिने शेखर कोइराला पक्ष सहभागी नहुने स्पष्ट भएको छ। यसले पार्टीभित्रको आन्तरिक विभाजन अझ गहिरिँदै गएको संकेत दिएको छ। केही दिनअघि मात्र एउटै मञ्चमा देखिने देउवा र शेखर समूहबीचको दूरी अहिले फेरि स्पष्ट रूपमा देखिन थालेको छ।
सर्वोच्च अदालतको निर्णयपछि पार्टी संरचनामा आएको परिवर्तनले कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण बनिरहेको छ।
शुक्रबार सर्वोच्च अदालतले गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिने फैसला गरेको थियो। फैसलापछि पुसको २७-२९ सम्म भएको कांग्रेसको विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरु अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा जुटिरहेका छन्। सोही क्रममा खड्काले आजलाई बैठक बोलाएका थिए।
कांग्रेस भित्र नेताहरूबीचका छुट्टाछुट्टै परामर्श र छुट्टाछुट्टै छलफलहरू तीव्र बनेका छन्। यसले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षलाई निकै पेचिलो बनाएको देखिन्छ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाका सन्दर्भमा र आगामी कार्यदिशाको बारेमा छलफल गर्ने शेखर समूहले पनि आजै छुट्टै बैठक बोलाएको छ।
उक्त समूहको बैठकको आह्वान नेता धनराज गुरुङले गरेका हुन्। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको मूल्याङ्कन, संगठनभित्रको भूमिकाबारे छलफल र आगामी रणनीति तय गर्ने विषयमा केन्द्रित हुने बताइएको छ।
कांग्रेसभित्र अहिले देखिएको गतिविधि विवाद सामान्य असहमति मात्र नभई भविष्यको नेतृत्व र शक्ति सन्तुलनसँग सम्बन्धित छ। सर्वोच्च अदालतको आदेशपछि पार्टी संरचना र वैधानिकताको विषयले पनि आन्तरिक प्रतिस्पर्धालाई थप चर्काएको छ।
देउवा पक्षीय नेताहरू भने पार्टी एकता र संगठन सुदृढीकरणको पक्षमा उभिँदै आएका छन्। उनीहरूका अनुसार वर्तमान अवस्थामा विभाजन होइन, समन्वय र सहकार्य आवश्यक छ। तर शेखर समूहले भने आफ्नो राजनीतिक अडान र संगठनात्मक भूमिकालाई अलग ढंगले अघि बढाउने संकेत दिँदै आएको छ।
दुई पक्ष छुट्टाछुट्टै बैठकमा केन्द्रित भएपछि कांग्रेसभित्रको आन्तरिक दूरी झन् स्पष्ट देखिन थालेको छ। एउटै पार्टीभित्र फरक फरक रणनीतिक बैठकहरू हुनुले आगामी दिनमा कांग्रेसको राजनीतिक दिशा अझ जटिल बन्न सक्ने देखिन्छ।
यो विवादलाई मथ्थर पार्न कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई समन्वय गर्ने जिम्मा दिएको छ। सर्वोच्चले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेपछि उनीमाथि यो जिम्मेवारी अझै बढेर गएको छ। उनीमाथि विशेष महाधिवेशनमा सहभागी नभएको देउवा पक्ष र शेखर पक्षलाई मिलाएर लैजाने ठुलो कार्यभार छ। त्यो गगनले कसरी गर्लान् ? हेर्न भने बाँकि नै छ।
तर पछिल्ला दिनमा विकसित घटनाक्रमले कांग्रेसको आन्तरिक एकता कति टिकाउ छ भन्ने प्रश्न एकपटक फेरि उजागर गरेको छ ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको गम्भीर समीक्षा र पुनर्गठन नै अहिलेको मुख्य कार्यसूची भएको बताएका छन्।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले निर्वाचन परिणामलाई गम्भीर रूपमा लिएर आत्मसमिक्षा गर्दै पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
‘निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो,’ उनले भने।
यसैबीच, पछिल्लो समय उठाइएको वामपन्थी एकताको बहसप्रति उनले असन्तुष्टि जनाएका छन्। उनले यस्तो चर्चा असान्दर्भिक रहेको उल्लेख गर्दै यसले पार्टीभित्रको वास्तविक मुद्दाबाट ध्यान विचलित गर्न खोजिएको आशंका व्यक्त गरे।
‘यस यथार्थबाट ध्यान मोड्ने गरी पर्दा पछाडिबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले र किन चलाइरहेका छन् भन्ने स्पष्ट हुनुपर्छ,’ पौडेलले प्रश्न उठाए।
उनको भनाइले एमालेभित्र आगामी दिनमा आत्मसमिक्षा र संगठन पुनर्गठनको बहस थप तीव्र हुने संकेत गरेको छ।
बालेन्द्र शाह (बालेन)को सरकारले २०६२/६३ को जनआन्दोलनपछि प्रमुख पदमा बसेका राजनीतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। यो निर्णयलाई कतिपयले भनेका छन्- भ्रष्टाचार नियन्त्रणका लागि प्रारम्भिक कदम हो । कतिपयले यसको प्रशंसा गरिसकेको अवस्था छ। कतिपयले भने विरोध गरेका छन् ।
अर्को, बालेन सरकारका १६ जना मन्त्रीको ८०० तोला सुन देखिनु र करोडौं मौज्दात देखिएपछि सम्पत्तिको स्रोत के हो भन्ने प्रश्न पनि सार्वजनिक वृत्तबाट उठिरहेको छनि ? ।
यो सँगै २३ गतेको घटनामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र उनका सरकारका गृहमन्त्री रमेश लेखकविरुद्ध ज्यान सम्बन्धी अपराधमा अनुसन्धान अघि बढाउँदा २४ गतेको घटनामा अब के हुन्छ?
बालेन सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरिसकेको अवस्था छ र १२ वटा चाहिँ राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। यसअनुसार अगाडि बढ्दा के पाँच वर्षमा साँच्चै नेपाल बन्छ? यिनै विषयमा राष्ट्रियस्वतन्त्रपार्टी (रास्वपा)की सांसद समीक्षाबास्कोटासँग गरिएको संवादको सम्पादित अंश :-
सर्वप्रथम त हामीले काम गर्ने शैलीलाई अहिले जुन रफ्तार भनिएको छ, अहिलेसम्म कसैले गर्नुपर्ने न्यूनतम काम पनि नगर्दिएकोले यसलाई अलि ‘स्पिड’ भनेर भनिरहेका छन् । यो ‘स्पिड’लाई ‘मेन्टेन’ मात्र गर्यौँ भने हामीले आगामी ५ वर्षमा गर्ने भनेका कामहरू गर्न सक्छौं। अर्को, धेरै विषय किन नभएको रहेछ भन्दाखेरि गर्ने भन्ने तर कसैले नगर्ने । भोलि, पर्सि भन्दै सार्दैसार्दै यत्तिकै थाति राख्ने । कति कामहरू त यस्ता छन्, जसलाई मन्त्रालयले सानो निर्णय गर्दिनाले, कहीँ अल्झिएका बाटाहरू फुकाइदिनाले महिनौँ-दशकौँदेखि अल्झेका कामहरू पनि सरक्क भए। स्थानीय निकायमा जो प्रशासकीय अधिकृतहरू नभएर रिक्तताको अवस्था थियो। मन्त्रालयले सबैलाई खटाएर पठाइदिएपछि त्यो भइहाल्यो। हरेक व्यक्ति सिंहदरबार त्यसकै लागि धाउनै परेन के। गर्नुपर्ने काम पनि राजनैतिक भागबण्डाका लागि अड्काएर राखेका थिए। त्यो काम नअडकिँदाखेरि काम सरक्क हुने भयो र यही रफ्तारमा जाँदाखेरि हामीले अल्पकालिन रूपमा र दीर्घकालिन रूपमा गरिनुपर्ने कामहरू थालनी गर्छौं र अबको १० वर्षमा भनेको लक्ष्यसम्म पुगिहाल्छौं।
त्यसकोप्रारम्भभइसकेकोहो ?
प्रारम्भ भयो कि भएन भनेर तपाईं आफैँले मूल्यांकन गर्न सक्नुहुन्छ र नागरिकले यसलाई कसरी विश्लेषण गरिरहेका छन् भने हामी नयाँ परिवर्तनको ‘एरा’मा पुग्यौं, युथहरूको ‘एरा’मा पुग्यौं। तपाईं मन्त्रीमण्डलको आकार हेर्नुस्, संसदमा प्रतिनिधित्व गर्ने व्यक्ति, प्रतिनिधिसभा सदस्यहरूको नम्बर हेर्नुस्, उहाँहरूको अहिलेको स्थिति हेर्नुस्। यो १५-२० दिनमा एउटा रफ्तार पक्रिएको छ, एउटा ट्रयाक पक्रिएको छ। नयाँ व्यक्तिहरू भर्खरका युवा छन्, के गर्लान् भन्ने थियो, अहिले त ए ! ठीक गरिरहेका छन् भनेर चौतर्फी प्रशंसा भइरहेको छ । नागरिकको अपेक्षा बढी राखेको, नागरिकको ओनरशिप फिल भएको हिसाबले हामी त्यो दिशातिर काम गरिसकेका छौं।
सुशासनको पहिलो खम्बा भनैकै यही विषय हो र हामीले बिर्सनु नहुने । तपाईंले भने जस्तै जेन्जी विद्रोह पछाडि जसरी देशको परिस्थिति चेन्ज भयो र जेन्जी विद्रोहले उठाएको दुइटा मुद्दा- एउटा त त्यतिखेर सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको थियो, त्यो खोलोस् भन्ने। अर्को भ्रष्टाचार अन्त्य होस् भन्ने मुद्दा। त्यो जगमा नागरिक सरकार बन्यो, नागरिक सरकारको एउटै ‘प्रायोरिटी’ चुनाव थियो। चुनाव गराएर अहिलेको परिवर्तनकारी शक्ति जो राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरिरहेको छ, त्यो शक्ति स्थापित भएको छ र हामीले सुरुवातकालदेखि उठाउँदै आएको मुद्दा पनि सुशासनको मुद्दा हो, भ्रष्टाचार अन्त्यको मुद्दा हो। हाम्रो बाचापत्रमा पनि त्यही थियो। सुशासन, सुशासन, सुशासन हाम्रो पहिलो ‘प्रायोरिटी’ थियो। सरकारले जुन १०० दिने कार्यसूची निकाल्यो, त्यसमा पनि सुशासन, सेवाप्रणाली, यी विषयहरूलाई नै प्रमुख ‘प्रायोरिटी’को रूपमा राखेको छ।अर्को, विषय चाहिँ यो सुशासन स्थापित नभएसम्म भ्रष्टाचार अन्त्य पनि हुँदैन। कामहरूमा ढिलासुस्ती भइरहन्छ । नागरिकले अनुभूत गर्ने भनेको पनि यहीँनेर हो र हामीले १०० दिने कार्यसूचीमा 0४८ सालपछिका चरणबद्ध सम्पत्ति छानबिन भनेका छौँ । अहिलेलाई भनेको 0६२/६३ पछि प्रमुख राजनीतिक पदमा बस्नेहरु र ‘इन्क्लुडिङ’ कर्मचारीहरू पनि छन् । हामीले बोक्नुपर्ने मान्छे छैन। हामीले बोक्नुपर्ने संस्था छैन। हामीले बोक्नुपर्ने समूह छैन। हामी नेपाली नागरिकले बनाएको पार्टी हो। हामी नेपाली नागरिकले झन्डै २ तिहाइ उन्मुख मत दिएर त्यहाँ पुगेको पार्टी हो। भनिसकेपछि हामीले बोक्नुपर्ने नेपालका नागरिक मात्र हो। नागरिकको पक्षमै यो सरकारले काम गर्छ। जति दिन गरिराखेको छ, नागरिकले वावाही र वेलकमै गर्नुभएको छ, ओनरसिप लिनुभएको छ। अबको दिन पनि यसरी नै अगाडि बढ्छ र हामीले सुशासनका पक्षमा गर्नुपर्ने काम खुट्टा नकमाइ, नडराइकन गर्छौं।
राज्यले तपाईंको सम्पत्तिमाथि छानबिन गर्न सक्छ भनेपछि उहाँहरू चाहिँ कुन अर्कै ‘प्लानेट’बाट आउनुभएको त होइन। यही देशको हिजो प्रधानमन्त्रीजस्तो पदमा काम गरेको व्यक्ति हो। भनेपछि त उहाँहरू त झन् स्वतः स्फूर्त यसलाई वेलकम गर्नुपर्ने । केही व्यक्तिहरूले हामीले उठाएको मुद्दा रास्वपाले उठाइरहेछ भनेर वेलकम पनि गरिरहनुभाछ। सो हामीलाई पूर्वप्रधानमन्त्री हो कि, पूर्वमन्त्री हो कि, के हो ? गौण हो हिजोको दिनमा लाभको पदमा बसेका हरेक व्यक्तिहरू, चाहे हाम्रै नजिकका मान्छे नै किन नहुन्। उहाँहरू सबै त्यो दायरामा आउनुहुन्छ र छानबिन हुन्छ। हामी निष्पक्ष छानबिनको पक्षधर हौं।
सम्पत्ति छानिबनमा असहयोगहुन्छभन्नेलाग्दैन?
यो दुई तिहाइ उन्मुख सरकार हो। नागरिक यो सरकारको साथमा छन्। नागरिकले चाहँदाखेरि दुई दिनमा जेन्जी विद्रोह भएर के के हुँदो रहेछ भन्ने अनुभव हामीले देखिसकेका छौँ। जब नागरिक जागिसकेका छन्, नागरिकले महत्त्वपूर्ण आवाजहरू उठाइसकेका छन्। हाम्रा अड्डा अदालतहरूलाई सही ठाउँमा ल्याएर, हाम्रो कर्मचारीतन्त्रलाई सही ठाउँमा ल्याएर हामीले काम गरिरहेको स्थितिमा यो सबै हुन्छ।
अर्को कुरा, मैले मेरो सम्पत्तिको स्रोत वैध छ भनेर ‘क्लेम’ गर्ने हो। ‘ल छानबिन गर’ भनेर खुल्ला किताबजस्तो छोड्दिने हो त्यहाँनेरी जालसाजी केही गर्नु छैन, ‘फेक’ कागजहरू केही उत्पादन गर्नु छैन, उहाँहरूको स्रोत जायज छ भने छानबिन केही हुँदैन । ल स्रोत जायज भने उहाँहरूको लागि धेरै राम्रो विषय हो । बुझ्दाखेरि त नागरिकले अहिलेसम्म यिनीहरूले दशकौँसम्म पैसा कमाए, चप्पलबाट आएका मान्छेहरूले कसरी महल ठड्याए ? हिजोको दिनमा अवस्था के थियो, यिनीहरूको सम्पत्तिको स्रोत के हो भनेर पटक-पटक आवाज उठाइरहेका छन् त। अनि, भ्रष्टाचारका विभिन्न काण्डहरूलाई पनि सार्वजनिक भइरहेको छ । विभिन्न मन्त्री, प्रधानमन्त्री, पूर्वमन्त्रीहरू मुछीराखेको छ। यो स्थितिमा छानबिन गर्दैगर्दा स्रोत वैध रहेछ भने त उहाँहरूलाई पनि स्थापित हुने मौका हो र मलाई जहाँसम्म लाग्छ- उहाँहरूले जति सहयोग गर्नुभयो, त्यति राम्रो हुन्छ उहाँहरूको लागि। जति असहयोग गर्नुभयो, राज्यले त फेरि सम्पत्ति छानबिन त गर्छ, हेर्नुस्। राज्य निर्मम हुन्छ। राज्य कोही व्यक्ति प्रति पनि दया-माया राख्दैन राज्य भनेको त राज्य हो। राज्यले सबैलाई सम्मान व्यवहार गर्नुपर्छ।
हामीले सबै भनिसकेपछि त्यसमा ‘एक्सेप्सन’ कोही नै भएन। लाभको पद लिएका उच्चपदस्थ व्यक्तित्वहरू भनिसकेपछि कानुन तपाईंको लागि छुट्टै कानुन, मेरो लागि छुट्टै भन्ने हुँदैन। त्यो दायराभित्र को-को पर्नुहुन्छ, उहाँहरू सबैजना पर्नुहुन्छ।
पहिला त समिति गठन भएको छ। जुन चाहिँ एकदमै स्वागतयोग्य निर्णय छ। त्यो समितिले छानबिन गरेपछि ‘रिकमेन्डेसन’ देला। त्यसपछि सरकार सञ्चालनमा बसेका ‘क्याबिनेट मिनिस्टर्स’हरू, प्रधानमन्त्रीले यसलाई यो ढङ्गबाट अगाडि बढाऊ, हाम्रो देशको कानुनले के भन्छ, के गर्ने भन्छ। त्यो सबै प्रक्रियामा गएपछि थाहा हुन्छ। अहिले हामीले के कुरामा खुसी हुनुपर्यो भन्दाखेरि समिति बनेको छ, त्यो स्वागतयोग्य हो। भोलि समितिको प्रतिवेदन आउला, त्यो प्रतिवेदनले ककसलाई ‘रिकमेन्ड’ गर्ला, कुन कानुनी प्रक्रिया अवलम्बन गर्ला, ती भोलिका तफ्सिलका विषय भए।
नेपालले ल्याकत त धेरै राख्न सक्छ। सम्भावना नै सम्भावना भएको देश। हामीले चारैतिर प्वाल पारेर चुहाउने भाँडो या त माग्ने भाँडोको रूपमा मात्रै ‘युज’ गरेको। हामीले यसलाई सक्षम देशको रूपमा अगाडि बढाएनौँ। खाली माग्ने, मागिएको छ, दातृ निकायहरूसित लम्पसार परिएको छ । राष्ट्रिय हितका मुद्दामा काम नगर्ने, भ्रष्टाचार गर्ने, चारैतिर यो व्याप्त भयो । यो मैले पटक-पटक भनिरहनुपर्दैन र हाम्रो ‘टार्गेट’ न्यून आय भएको देशबाट मध्यम आय भएको देशमा रूपान्तरण गर्ने, गरि खाने वातावरण यहीँ सिर्जना गर्ने, रोजगारीका अवसरहरू सिर्जना गर्ने, विदेशमा गएका नेपाली नागरिकलाई पनि लगानीमैत्री बनाएर फेरि स्वदेश फिर्काउने । यो सरकारले जसरी काम गरिराखेको छ, सेवा प्रणाली सुधार गर्न यो सरकारले जसरी ‘डिजिटलाइज’गर्ने विषयलाई अगाडि सारिरहेको छ, यो हेर्दाखेरि हामी ‘ग्राजुअली’ भनौ न यो वर्ष अलि माथि होला, अर्को वर्ष अलि माथि होला। ‘ग्राजुअली’ हामी भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर सरकार अगाडि बढेको छ। हामी ‘अपलिफ्ट’ हुन्छौँ।
हरेक व्यक्तिले कमाउन पाउँदैन भनेर कहीँ पनि लेखेको छैन। राजनीतिलाई पेशा बनाएर बस्नु भएन। मेरो व्यवसाय कहीँ न कहीँ हुनुपर्यो। मेरो ‘फाइनान्स’को स्रोत के हो, मेरो कमाईको स्रोत के हो ? मन्त्रीज्यूहरू ‘इन्क्लुडिङ’ प्रधानमन्त्री, उहाँहरूले आफ्नो सम्पत्तिको स्रोत देखाउन सकेको खण्डमा या स्रोत जुन देखाउनुभएको छ, उहाँहरू सार्वजनिक पदमा हुनुहुन्छ, पब्लिकको अगाडि हुनुहुन्छ, उहाँहरूले त मेरो यो यो सम्पत्ति छ है भनेर देखाइदिनुभयो।
पहिलाकाले या त थोरै देखाउँथे या त देखाउँदै देखाउँदैन थिए। अनि भित्र चाहिँ यति धेरै अकुत सम्पत्ति छ भनेर सधैँभरि चर्चा र बहस सिर्जना भइराख्थ्यो। अहिलेका मन्त्रीज्यूहरूले आफूसित भएको पैतृक सम्पत्ति, आफूले इन्कम गरेको सबै कुरा देखाइदिनुभएको छ र मलाई जहाँसम्म लाग्छ, भोलि सांसदले पनि त आफ्नो बुझाउनुपर्छ सम्पत्ति विवरणहरू, सबैजनाले आफ्नो सम्पत्ति विवरणको स्रोत चाहिँ के हो भनेर पहिचान गर्न सक्ने अवस्थामा छन्।
तपाईंले पहिला कुरा के हेर्नुपर्यो भने अहिले सामाजिक सञ्जाल आफैँ ‘ट्रेन्डिङ’ छ। सामाजिक सञ्जालबाट मिलियन त के ट्रिलियन डलर कमाका व्यक्तिहरू पनि छन् र नेपालमै पनि तपाईंले हेर्नुभयो भने सामाजिक सञ्जाल या टिकटकबाट मात्रै पनि देख्छौँ त कति टिकटकरहरूले ‘डोनेसन’ पनि गरिरहनुभएको छ। काठमाडौँमा करोडौँको घरजग्गा जोडिरहनु भएको छ र सामाजिक सञ्जाल अहिले नेपालको सबैभन्दा ‘स्ट्रंगेस्ट’ छ भने प्रधानमन्त्री बालेन्द्र शाहको छ। चाहे त्यो युट्युब होस्, टिकटक होस्, फेसबुक होस् या ट्विटर होस्। सबैभन्दा धेरै उहाँको छ र उहाँले त्यहाँ लेख्नु पनि भएको छ। उहाँले प्रधानमन्त्रीको शपथ गर्नुभन्दा एक दिन अगाडि जुन म्युजिक भिडियो सार्वजनिक गर्नुभयो, उहाँले ‘प्रधानमन्त्री हुँदा नकमाउने पैसा यही म्युजिक भिडियोबाट कमाइसकेँ’ भनिसकेपछि स्रोत ‘जेनुइन’ छ भने त्यो स्रोत त फेरि बाहिरबाट आउने नै हो। आउँदाखेरि ट्याक्समा, प्यानमा सबै नम्बरहरू हालेर आउने हो। भनेको तपाईंको स्रोत ‘जेनुइन’ छ भने हामीले कति कमायौँ भन्ने कुरा गौण हो जस्तो लाग्छ।
त्यसमा शंका गर्नुपर्ने कारण म देख्दिनँ। यद्यपि, कसैलाई शंका लाग्छ भने फेरि हामी त ‘पब्लिक स्पेस’मा छौँ। कमाईको स्रोत के हो? वैद्य तरिका हो कि होइन भन्ने छानबिन गर्ने । त्यसलाई विवादको विषय बनाउनुभन्दा पनि स्रोत ‘जेनुइन’ हो कि होइन भन्नेतिर गए भइहाल्यो ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन आयो, त्यो प्रतिवेदन अब विभिन्न तरिकाले सार्वजनिक भयो। पब्लिक डोमेनमा आयो भनौँ न। हाम्रा त कयौँ प्रतिवेदनहरू अहिलेसम्म सार्वजनिक पनि भएका छैनन्। ४६ साल पछाडि हरेक आन्दोलन पछाडि समितिहरू बनाएका छन्। जुन समितिका प्रतिवेदनहरू पनि सार्वजनिक भएको छैन। यो सरकारले त्यस्ता प्रतिवेदन पनि सार्वजनिक गर्छु भन्यो ।
गर्छु भन्यो तर गरेन नि ?
त्यो नागरिक सरकारको कुरा भयो र कारबाहीको दायरामा ल्याउँदै गर्दाखेरि भदौ २३ को विषय त्यहाँ (प्रतिवेदनमा) उठिसकेको थियो। त्यसलाई कारबाहीको दायरामा ल्यायौँ। २४ लाई अलि समय नपुगेको भन्ने विषय थियो। त्यसमा पनि काम भइराखेको छ। एउटा बुझ्नुपर्ने चाहिँ के हो भन्दाखेरि यो सरकारले दोषीलाई कसैलाई पनि छोड्दैन। मेरो नजिकको नातेदार नै किन नहोस्, वरिष्ठ नेताको नजिकको नातेदार किन नहोस् या आफन्त किन नहोस् या मेरो सभापतिको जोसुकै नजिकको मान्छे किन नहोस्। उहाँहरूले भन्नुभएको के छ भने हामीले बोक्नुपर्ने मान्छे कोही छैन। हामीले बचाउनुपर्ने मान्छे कोही छैन। हामीले बोक्ने भनेको नेपाली नागरिकलाई हो। हामीले बचाउनुपर्ने भनेको यो देशलाई हो। यदि दुइटा काम भइसके पछाडि बाँकी अरू केही नभएपछि त हामीले फराकिलो ढंगले काम गर्न पाउँछौँ। र, दोषीलाई कारबाही हुनुपर्छ। दण्डहीनता यो सरकारले ‘इम्प्लिमेन्ट’ गर्दैन। दण्डहीनतामा जाँदैन। यसले दोषीलाई कारबाही गराउँछ।
अनुहारहेरेर, दलीयआस्थाहेरेरजोगाउनेकामहुँदैन ?
यदि कसैले त्यस्तो सोचेर राष्ट्रिय स्वतन्त्र पार्टीसित नजिकिन खोज्नुभएको छ। नजिक रहन चाहनुभएको छ भने तपाईं गलत ठाउँमा हुनुहुन्छ। यदि तपाईं दोषी हुनुभयो या तपाईं त्यस्ता गतिविधिमा संलग्न हुनुहुन्छ भने तपाईंलाई पनि छोड्दैन।
अहिले त सामान्य समिति गठन गरिएको छ । त्यो समितिको रिपोर्ट के आउँछ ? त्यो हिसाबले अब अर्को आयोग पर्ने भयो भने आयोग गठन हुनसक्छ या कसरी जान्छ ? सरकारले एउटा ‘स्टेप’ चालिसकेको छ। ‘फर्दर’ के-के गर्छ, त्यो सरकारको पाटोको विषय हो ।
हामीले के बुझ्नुपर्यो भन्दाखेरि स्वतस्फूर्त जेन्जी युवा पुस्ताले गरेको आन्दोलन हो। युवापुस्ताले गरेको आन्दोलनमा हामीजस्तो ननजेन्जी पनि सामेल भएका थियौँ। यो समग्र नेपाली नागरिकले गरेको आन्दोलन हो। किन यो आन्दोलन भयो भन्दाखेरि दशकौँदेखि नागरिकका मुद्दामा काम नगर्ने, भ्रष्टाचार गर्ने, दशकौँदेखि नागरिकलाई गरेको थिचोमिचोमाथिको एकैचोटी नागरिकले उपचार खोजेको हो- जेन्जी आन्दोलन। त्यो जेन्जीले स्टार्ट गर्यो तर त्यसलाई रिजल्टसम्म पुर्याउन हरेक समुदायले, हरेक व्यक्तिले, हरेक नेपाली नागरिकले, त्यत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ- एक। दोस्रो, मलाई बालेन्द्र शाहको त्यो स्टेटस पनि याद छ। जहाँ उहाँले, यो तिमीहरूको आन्दोलन हो। जेन्जी पुस्ता भन्दा बाहिरका साथीहरू नगइदिनु पनि भन्नुभएको थियो नि त। अघिल्लो दिन त्यो भन्नुभएको थियो त। त्यो विषयलाई हामीले किन ‘हाइलाइट’ गर्दैनौँ ? अघिल्लो दिन भन्नुभएको थियो उहाँले। त्यस्तै गरेर जेन्जी पुस्ताले यो आन्दोलन हुँदै गर्दाखेरि सबैभन्दा ‘डिमाण्ड’ गरिएको अनुहार को थियो त ? बालेन्द्र शाह नै थिए नि, उहाँ महानगरको मेयर हुँदै गर्दा पनि बालेन्द्र शाह आइदिनुपर्यो, प्रधानमन्त्री बन्दिनुपर्यो भनेर ‘डिमाण्ड’ गरेको पनि उहाँलाई नै थियो। भनिसकेपछि हामी जबर्जस्ती कोही मान्छेको ‘कनेक्सन’ त्यतातिर जोड्न खोजिराछौँ भने हामी ‘रङ ट्र्याक’मा गइराख्या छौँ।
तर, स्टाटसले त्यो (उहाँ कमान्डर भएको) जनाउँदैन ?
उहाँले कसैलाई उकास्नुभएको होइनर अघि पनि मैले भने- उहाँको जस्तो सामाजिक सञ्जाल ‘स्ट्रङ’ नेपालमा कसैको पनि छैन। केही म्यासेज उहाँले ‘फ्लो’ गर्नुभयो। भनेको, विध्वंसतिर गइरहेको छ भने घर फर्क भन्या त राम्रो कुरा हो नि त। त्यो न भनेको भए त अझै पनि जेन्जी पुस्ताका भाइबहिनीहरूको ज्यान जान सक्थ्यो। त्यस्ता प्रयासहरू भए।
बालेन सरकारको मुख्य प्राथमिकता भनेकै सुशासन, सुशासन, सुशासन, काम, काम, काम। काम भन्नुको अर्थ के हो भन्दाखेरि, हामीले जुन भन्या छौँ, बाचापत्रमा न्यून आय भएको देशबाट मध्यम आय भएको देशमा रूपान्तरण गर्ने। त्यसका लागि हामीले रोजगारी सिर्जना गर्नुपर्यो, एक। दोस्रो, हामीले देशमै गरि खाने वातावरण सिर्जना गर्नुपर्यो। व्यवसायीहरूको मनोबल कमजोर भएको छ, तिनलाई उठाउने काम गर्नुपर्यो । विदेशी लगानी भित्राउनको लागि हामीले राम्रो वातावरण सिर्जना गरिदिनुपर्यो ? स्वदेशमै रोजगारीका कलकारखानाहरू खुल्नुपर्यो। विदेश पलायन भएकालाई पनि नेपाल फर्किने राम्रो वातावरण सिर्जना गर्नुपर्यो। शिक्षा, स्वास्थ्यमा काम गर्नुपर्यो। सेवा प्रणालीमा सुदृढ गर्नुपर्यो। घण्टौँ लाग्ने चिजलाई घटाएर कसरी हुन्छ, समय सापेक्ष बनाउनुपर्यो। यी विषयहरूमा काम गर्ने हो। र, सेवा प्रणाली सुधार, सुशासन र भ्रष्टाचार अन्त्यको लागि काम गर्दा धेरै कामहरू चाहिँ ट्र्याकमा आउँछन्। ट्र्याकमा आउन साथै राज्यले गर्ने अन्य धेरै कामहरू ट्र्याकमा राखेर गर्न सकिन्छ।
अन्तिममा, रास्वपाकासभापतिरविलामिछानेरप्रधानमन्त्रीबालेनबीचकेहीविषयमामतभेदचाहिँसिर्जनाहुनथाल्योभन्नेछ।मन्त्रीपरिषदगठन,उपसभामुखराप्रपाकिश्रमसंस्कृतिलाईदिनेभन्नेविषयमामतभेदभयोभन्नेछ, हो ?
मैले सभापति ज्यूसित भेट्दाखेरि जहिले पनि भन्ने हो- बालेनजी र तपाईं एकअर्काको परिपूरक हो। उहाँहरू एकअर्काको परिपूरक हो। उहाँहरूबीच केही पनि छैन। यो जे-जे छ, सबै मिडियामै छ, मिडियामै आउँछ, मिडियामै जान्छ, मिडियामै सेलाउँछ। सो, उहाँहरू दुई जना यति मिलेर काम गरिरहनुभएको छ नि, उहाँहरूलाई स-सानो विषयमा यस्तो पो हो कि उस्तो पो हो कि भनेर काँहीँ पनि अड्किने छुटै छैन र उहाँहरू एकअर्का बीचमा एकदम विश्वासको जगमा काम गरिरहनुभएको छ। नेपाली नागरिकले यति विश्वासको मत दिएको छ, यो विश्वासलाई हामीले कायम राखेर अगाडि बढ्नुपर्छ भन्नेमा उहाँहरू एकदमै सजग हुनुहुन्छ, जिम्मेवार हुनुहुन्छ। उहाँहरू एकदम राम्रोसित, ‘इभन’ यतिसम्म मिल्नुहुन्छ कि उहाँहरू संसदीय दलको बैठकमा पनि एकअर्कालाई पर्खेर ठ्याक्क दुईजना आएर पुरै सल्लाह गरेर काम गरिरहनुभएको छ। उहाँहरू दुई जनाको बीचमा दरार छ भनेर मिडियाले बरु लेख्दा लेख्दा थाक्ला। उहाँहरू बीच केही पनि छैन।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका-१६, फारमस्थित पूर्व पश्चिम राजमार्गमा शनिबार (वैशाख ५) दिउँसो जेसीबीमा कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन्।
झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीमा सोही दिशातर्फ नारायणगढबाट बुटवल जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, तीन वर्षीय छोरा आयान, नौ महिनाका छोरा वेदाक्ष र ५६ वर्षीया आमा कमला ज्ञवाली घाइते भएका जिल्ला प्रहरी कार्यालयका एसपी युवराज खड्काले जानकारी दिए।
मोटरसाइकललाई जोगाउने प्रयास गर्दा कार जेसीबीमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
घाइतेहरूको उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले किसानको घरबाट बोका चोरी गर्ने एक युवकलाई आजै पक्राउ गरेको थियो ।
चन्द्रपुर नगरपालिका-५ का शिवम माझीको घरबाट वैशाख ४ गते राति करिब सवा ८ बजे बोका चोरी भएको थियो। प्रहरीले अनुसन्धानका क्रममा चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर बोका फिर्ता भएको हो ।
धरान ।धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त टोलीले शनिबार बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबाबु राईका अनुसार गाडीको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ ल्याइँदै गरेको अवस्थामा गाँजा फेला परेको हो।
गाडी चालक भारत बिहार राज्य सुपौल जिल्ला बलुवा बजार–६ का २२ वर्षीय सुबिध कुमार, सोही ठाउँका २२ वर्षीय रोहित कुमार र सुपौल बजार–१ का ४० वर्षीय मोहम्मद जमशेरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडाैं। कुनै पनि राज्य सञ्चालनका लागि राजस्व शरीरमा बग्ने रगत जस्तै अनिवार्य तत्व हो। रगतको काम शरीरलाई जीवन्त राख्नु हो, न कि यसलाई निचोरेर शरीरलाई नै कमजोर बनाउनु होइन। जब राज्यले राजस्व संकलनलाई केवल ‘प्रशासनिक खर्च धान्ने’ र ‘सत्ता टिकाउने’ औजार बनाउँछ, तब त्यसको नैतिक आधार धर्मराउन थाल्छ।
मानवीय विचारधाराको कसीमा आजको राजस्व संकलन प्रक्रिया र राज्यको व्यवहारलाई पुनरावलोकन गर्न ढिला भइसकेको छ।
सिंहदरबारमा बसेर १०० रुपैयाँको नियम बनाउनेहरूले मधेशको सामान्य घरको पीडा बुझेका छन् ? जहाँ एउटा कोठा नेपालमा अनि अर्को कोठा भारतमा हुन्छ।
सरकारले भन्छ, ‘१०० रुपैयाँभन्दा बढीको सामान लिएर आउँदा भन्सार तिर्नुपर्छ’ तर सरकार आजको महँगीमा १०० रुपैयाँमा के आउँछ? १ केजी चिनी या १ लिटर पेट्रोल? सीमापारी ४ सय ४० मा पाइने आलु नेपालको बजारमा एक हजारभन्दा बढी तिर्नुपर्छ । अनि नागरिकले कुन बजार रोज्ने ?
आफ्नो देशको बजार पुग्न घण्टौं लाग्छ । सामान उस्तै महँगो छ । बजार र सामान दुवै नभएपछि सीमा पारी जानु रहर होइन बाध्यता हो सरकार।
तपाईं हामीले प्रयोग गर्ने सबै सामानहरू नेपाल भित्रै बन्दैनन्। हामीलाई आवश्यक परेका सामान अर्को देशमा उत्पादन भएको हुन्छ । चकलेट, मोबाइल फोन, कपडा, जुत्ता आदि विदेशबाट ल्याइन्छ। हाम्रो देशले उत्पादन गर्ने चिया, कफी, अलैंची जस्ता वस्तु विदेशमा पठाइन्छ। यसरी देशभित्र ल्याइने सामान र देश बाहिर पठाइने सामानको चेकजाँच गर्ने, त्यसबाट रकम उठाउने, गैरकानुनी अर्थात् कानुनले ल्याउन, लैजान नहुने भनेर तोकिएका चिजबिज रोक्नका लागि एउटा निकाय तोकिएको हुन्छ, जसलाई भन्सार भनिन्छ।
तर अहिलेको प्रक्रियामा शरीरभित्रको रगत निचोरेर कमजोर बनाउने कार्य गरिँदै छ, त्यो सरासर गल्ती हो। यो कार्य चाँडोभन्दा चाँडो रोकिनुपर्छ , नभए ठूलो क्षति हुने सम्भावना देखिन्छ।
मानवीय विचारधाराको मूल मन्त्र हो, ‘कानुन मान्छेका लागि बनेको हो, मान्छे कानुनका लागि होइन।’ यदि कुनै नियम वा भन्सार ऐनको अक्षरले ठूला तस्करलाई उन्मुक्ति दिने तर दैनिक गुजारा गर्ने सीमा वारपार गर्ने गरिब नागरिकको भान्छामा प्रहार गर्छ भने, त्यस्तो कानुनले आफ्नो ‘नैतिक वैधता’ गुमाउँछ।
सीमा क्षेत्रका बासिन्दाका लागि सिमाना केवल एउटा राजनीतिक नक्सा होइन, यो उनीहरूको जीवन निर्वाह र सामाजिक सम्बन्धको आधार हो। उनीहरूको विशिष्ट स्थितिलाई नबुझी लागू गरिने ‘एकहोरो’ नीतिले नागरिकलाई अपराधी बनाउने काम मात्र गर्छ।
एक ‘प्रहरी राज्य’ ले आफ्ना नागरिकलाई सधैं शंकाको घेरामा राख्छ र सानो गल्तीमा पनि दण्ड दिन उद्यत रहन्छ। तर, मानवीय विचारधाराले राज्यलाई ‘संरक्षक’ को भूमिकामा देख्न चाहन्छ। मानवीय विचारधाराले ‘मान्छे कानुन’ का लागि नभएर ‘कानुन मान्छे’ का लागि बन्नुपर्छ भन्ने धारणा राख्दछ, जसमा राज्यले आफ्ना नागरिकलाई ‘अपराधी’ को नजरले होइन, ‘संरक्षक’ को नजरले हेर्नुपर्छ।
आफ्नो देशको बजार पुग्न घण्टौं लाग्ने भएपछि नागरिकले नजिकको र सस्तो बजार खोज्दछ। त्यसै सिलसिलामा तराईका जिल्लामा सीमा नजिक वा बोर्डर नजिक बसोबास गर्ने धेरैजसो नागरिक सामान खरिद गर्न भारतको बजारमा पुग्छन्। सिमापारी पुग्नु ती नागरिकको रहर होइन, बरु बाध्यता हो।
कानुन जहिले पनि समाजलाई हेरेर निर्माण गर्नुपर्दछ। समाज नहेरी बनाएको कानुन जबरजस्ती लागू गराउन खोज्दा उल्टो समाजलाई दुर्घटनामा धकेल्नु हो। एउटा समाज दुर्घटनाको स्थितिमा पुग्नुले समग्र राज्यको सामाजिक सामञ्जस्यता कमजोर बन्छ।
सीमाक्षेत्रमा सशस्त्र प्रहरीले लाउडस्पीकरबाट घोषणा गर्दै सामान जफत गर्नु सामान्य नागरिकलाई अपराधीकरण गर्नु हो। मानवीय विचारधाराले प्रत्येक व्यक्तिको आत्मसम्मानको रक्षा गर्ने माग गर्दछ। दैनिक उपभोग्य वस्तु किन्न जाँदा राज्यबाट खेप्नुपर्ने हेपाहा प्रवृत्तिले नागरिक र राज्यबीचको सामाजिक सद्भावमा खलल पुग्ने खतरा उत्पन्न हुन्छ।
सशस्त्र बल प्रयोग गरेर वा अपमानित गरेर संकलन गरिएको राजस्वले राज्यको ढुकुटी त भरिएला, तर त्यसले नागरिकको आत्मसम्मानमा ठेस पुर्याइरहेको हुन्छ, जसबाट नागरिकको मनमा विद्रोहको बीउ पलाउँछ। मानवीय मर्यादाको हनन गर्दै नागरिकको आत्मसम्मान र मर्यादा नै गुम्ने गरेर उठाइएको करले राष्ट्रलाई कहिल्यै समृद्ध बनाउन सक्दैन।
स्क्यान्डिनेभियन देशका नागरिकहरू उच्च कर तिर्न गर्व गर्छन्। किनकि उनीहरूलाई थाहा छ- उनीहरूले तिरेको पैसाले उनीहरूकै छोराछोरीले गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा पाउँछन्।
नेपालमा राजस्व संकलनलाई ‘आतंक’ बाट ‘स्वैच्छिक सहभागिता’ मा बदल्न आवश्यक छ। जब नागरिकले राज्यबाट सुरक्षा र सम्मान महसुस गर्छ, उसले कर छली गर्ने सोच नै राख्दैन। राज्यले नागरिकलाई ‘राजस्व दिने मेसिन’ मात्र ठान्नु ठूलो भूल हो।
दमनले केही समयका लागि तथ्यांकमा राजस्व बढेको देखिन सक्छ तर दीर्घकालमा यसले लोकतन्त्र र अर्थतन्त्र दुवैलाई ध्वस्त पार्छ। वास्तविक समृद्धि तब मात्र आउँछ, जब एउटा नागरिकले गर्वका साथ भन्न सक्छ- ‘मैले तिरेको करले मेरो देश बन्दैछ र राज्यले मेरो सम्मान गर्छ’।
राज्यको उद्देश्य नागरिकलाई ‘निचोर्नु’ होइन, उनीहरूको आर्थिक उन्नतिमा ‘साझेदार’ बन्नु हो। दमनले ढुकुटी त भरिन सक्छ तर नागरिकको विश्वास बिनाको देश रित्तै हुन्छ। त्यसैले अबको बाटो ‘पुलिस राज्य’ होइन, ‘कल्याणकारी राज्य’ हुनुपर्छ।