`

‘चीन र भारतको प्रभाव घटाउन अमेरिकाद्वारा नेपाली युवामाथि एकै वर्ष आधा अर्ब लगानी’

काठमाडौं । अमेरिकी संस्थाले नेपालमा युवाहरूलाई राजनीतिक रूपमा प्रयोग गरेर चीन र भारतको प्रभाव घटाउने प्रयास गरेको खुलासा भएको छ ।

द सन्डे गार्जियनले अक्टोबर ५ मा प्रकाशित गरेको रिपोर्टअनुसार, अमेरिकास्थित इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटका आन्तरिक कागजातहरूले अमेरिकाले गोप्य रूपमा नेपाली युवाको राजनीतिक सक्रियतासम्बन्धी योजना सञ्चालन गरेको देखाएका छन् ।

‘युवा नेतृत्व : पारदर्शी नीति (युथ लिडरशिप एण्ड ट्रान्सपेरेण्ट पोलिसी)’ नाम दिइएको उक्त योजना अमेरिकाको नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनईडी) को ३ लाख ५० हजार अमेरिकी डलर बराबरको कोष सहयोगमा सञ्चालन गरिएको थियो ।

रिपोर्टअनुसार, उक्त योजनाको सतही उद्देश्य युवाको राजनीतिक सहभागिता बढाउने, शासन प्रणाली पारदर्शी बनाउने र युवाका सरोकारका विषयमा ध्यान केन्द्रित गर्ने जस्तो देखिए पनि, वास्तविक उद्देश्य भने नेपालमा अमेरिकाप्रति अनुकूल युवा नेतृत्व विकास गरी चीन र भारतको प्रभाव घटाउने थियो ।

रिपोर्ट अनुसार, यो योजना सन् २०२१ जुलाईदेखि २०२२ जुनसम्म सञ्चालन गरिएको थियो । यसअन्तर्गत १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई राजनीतिक प्रशिक्षण, आन्दोलन र विरोधका रणनीति, डिजिटल मिडियाको प्रभावकारी प्रयोग जस्ता सीपहरू सिकाइएका थिए । योजनाको कार्यान्वयनका क्रममा अमेरिकाले नेपालको सलुसन कन्सल्टेन्ट प्रालिसँग सम्झौता गरी युवाको राजनीतिक सहभागिता सम्बन्धी अनुसन्धान गराएको थियो । उक्त अनुसन्धानमा हुवावे र जेटिइ जस्ता चिनियाँ कम्पनीका उपकरणहरू प्रयोग नगर्न स्पष्ट निर्देशन दिइएको पनि कागजातमा उल्लेख छ ।

रिपोर्टले जनाएअनुसार, यो परियोजना श्रीलंका लगायतका देशहरूमा आईआरआईले अघि सारेको ‘इमर्जिङ लिडर एकेडेमी’ को मोडलमा आधारित थियो । त्यस मोडलमार्फत अमेरिकाले स्थानीय युवाहरूको सञ्जाल निर्माण गरी राजनीतिक नेतृत्वमा प्रभाव पार्ने रणनीति अपनाएको बताइएको छ ।

इजरायली साइबर खुफिया कम्पनी ‘सायब्रा’ द्वारा गरिएको अनुसन्धानमा नेपालका हालैका ‘जेनेरेसन जेड’ आन्दोलनमा पनि बाह्य हस्तक्षेपको सम्भावना देखिएको उल्लेख छ । सायब्रा अनुसार, सो आन्दोलनसँग सम्बन्धित झण्डै ३४ प्रतिशत सोशल मिडिया गतिविधि नक्कली खाताहरूबाट सञ्चालन गरिएको देखिएको छ ।

द सन्डे गार्जियनको दाबी अनुसार, अमेरिकाले नेपालमा युवा नेतृत्वको नाममा गोप्य राजनीतिक अभियान सञ्चालन गरेर आफ्नो रणनीतिक स्वार्थका लागि प्रयोग गरेको देखिन्छ । नेपालमा लोकतन्त्र र युवाको राजनीतिक भूमिकामा यस किसिमको बाह्य हस्तक्षेपले स्वाधीनता र राजनीतिक स्थायित्वमा चुनौती निम्त्याउन सक्ने विशेषज्ञहरूको चेतावनी समेत उद्धृत गरिएको छ ।

बाढी–पहिरोबाट ६२ ले गुमाए ज्यान, इलाममै ३९ जना पुगे

काठमाडौ । गत १७ देखि १९ गतेसम्म परेको अलिरल वर्षा र त्यसपछिको बाढी, पहिरो र अन्य विविध कारणबाट ६२ जनाको ज्यान गएको छ। सरकारी तथ्यांकअनुसार कोशी, मधेश, बागमतीमा बाढी र पहिरोबाट ४६ जनाको मृत्यु भएको हो । यीबाहेक १६ जनाको अन्य विविध कारणबाट मृत्यु भएको छ ।

इलाममा बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्लाखोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेलापछि मृतकको संख्या ३९ पुगेको हो । सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तीदेखि बेपत्ता थिए ।

उनको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको वडा सदस्य गुरुङले जानकारी दिएका छन् । योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको हो । एक जना बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता छन् । उनलाई पहिरोले घरसहित बगाएको थियो ।

 

साउनयता १५ अर्बको बिजुली विक्री

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले साउनयता १५ अर्ब रुपैयाँ बराबरको बिजुली विक्री गरेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्ष २०८२–८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब बराबरको विद्युत् निर्यात भएको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

बढी भाडा असुल्नेलाई कारबाही

चितवन । राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारीसहितको टोलीले सडकमा जाँच गरी कारबाही गरेको हो ।

सो क्रममा बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिइएको छ । यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो । सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार चलानीबिना यात्रु लिएर हिँडेका सवारी चालक र बढी भाडा असुल गरेकालाई सचेत गराइएको, भाडा फिर्ता गराइएको, जरिवाना लगाइएको र नियन्त्रणमा लिइएको छ । अटेर गरेकालाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

चितवन हुँदै काठमाडौँतर्फ गुड्ने सवारीसाधनमा अनुगमन गरिएको हो । दसैँ मानेर काठमाडौँ फर्किनेको चाप बढेपछि यातायात व्यवसायीले उनीहरुबाट चर्को भाडा असुल्ने गरेको गुनासो सुनेपछि नियमित रुपमा अनुगमन गर्न थालिएको प्रहरी उपरीक्षक पुरीले बताए ।

पाकिस्तानी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

‘नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्’, सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।

सुत्केरी र शिशुको हेलिकप्टरबाट उद्धार

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी संगीता राईले जानकारी दिइन् ।

रामप्रसाद राई–४ ओख्रेस्थित स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो । सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र शिशुको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

कोशी सरकारले हेलिकप्टरबाट इलाम पुर्‍यायो राहत

विराटनगर । पहिरोले सडक मार्ग अवरुद्ध भएपछि कोशी प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत इलामका पहिरो प्रभावित क्षेत्रहरूमा राहत सामग्री पुर्‍याएको छ । आज बिहानैदेखि मुख्यमन्त्री हिक्मतकुमार कार्की स्वयं फिल्डमा खटिएर राहत वितरण कार्यमा सहभागी भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा चामल, दाल, नुन, तेल, आलु, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल जस्ता दैनिक उपभोग्य सामग्रीहरू हवाईमार्गबाट माङसेबुङ र इलाम नगरपालिका क्षेत्रमा पुर्‍याइएको हो । मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार, स्थलमार्ग अवरुद्ध भएपछि हवाई विकल्प रोजिएको हो ।

मुख्यमन्त्री कार्की स्वयं इलाममा
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय सरकारसँगको समन्वयमा माङसेबुङ र इलाम नगरपालिकामा पुगेर राहत वितरण गरेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले दुवै पालिकामा करिब २०० जनालाई पुग्ने गरी राहत सामग्री लिएर टोली इलाम पठाइएको जानकारी दिए ।

अन्य प्रभावित पालिकामा पनि राहत पठाउने तयारी
आजै माई नगरपालिका क्षेत्रका प्रभावितहरूलाई समेत राहत वितरणको तयारी भइरहेको मन्त्री भण्डारीले बताएका छन् । उनले थपे, ‘जेन–जी आन्दोलनका क्रममा मन्त्रालयका धेरै सवारी साधनमा क्षति पुगेकाले प्रारम्भिक उद्धार तथा राहत कार्यमा असर परेको छ ।’

राहत गोदाम विराटनगर र इनरुवामा
प्रकोप नियन्त्रणका लागि कोशी सरकारले विराटनगर भन्सार कार्यालय र इनरुवास्थित गोदामहरूमा राहत सामग्रीको मौज्दात राखेको छ । सडक अवरुद्ध भए पनि हवाई र सम्भव अन्य माध्यमबाट सबै प्रभावित क्षेत्रमा आजै राहत पुर्‍याइने प्रदेश सरकारको भनाइ छ ।

सात स्थानीय तहमा क्षति
पछिल्लो बाढी–पहिरोले सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको हो ।

जेनजी अलायन्स प्रतिनिधिले अख्तियार प्रमुखको राजीनामा माग्दै बुझाए पत्र

काठमाडौं । जेनजी अलायन्सको टोली अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गरिएको निवेदन दर्ता गरी फर्किएको छ ।

आज (मंगलबार) बिहान अलायन्सका पाँच प्रतिनिधि अख्तियारको कार्यालय टंगालमा पुगेर राजीनामा माग गरिएको निवेदन दर्ता शाखामा दर्ता गरी फर्किएका हुन् । दर्ता गर्न अमित खनाल, रिजन राना मगर, मोनिका निरौला, हेम चौधरी र पेमा लामा पुगेका थिए ।

उक्त अलायन्सले सोमबार प्रेस विज्ञप्ति जारी गरी राईको स्वेच्छिक राजीनामाको माग गरेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ नगरी प्रेम राईलाई नियुक्त गरिएको र विभिन्न मुद्दामा समेत मुछिएको आरोप लगाउँदै राजीनामाको माग गरेको छ ।

राईको नाम नेपाल आयल निगमनको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरिद प्रकरणमा मुछिएको आरोप छ । आयोगका पदाधिकारीलाई पदबाट हटाउन महाअभियोग लगाउनु पर्छ। जसका लागि संसदको आवश्यकता छ । संसद नभएको अवस्थामा उक्त काम सम्भव नरहेको भन्दै राजीनामाको माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

सुनको मूल्य निरन्तर अकासिँदो, आज तोलाको कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपालका स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई लाख ३५ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।

सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिद बिक्री भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ९३० मा क्रय विक्रय भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

मलेसियाविरुद्धको चौ‌थो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् । मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् । नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

प्रधानमन्त्रीलाई शाहीको सुझाव : दबाबमा होइन, विधिको शासनले देश चलाउनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीलाई देश विधिको शासनमा चलाउन सुझाव दिएका छन् ।

विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार नचलाउन भन्दै उनले विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउन आग्रह गरेका हुन् ।

‘आन्दोलनको म्यान्डेटलाई नबिर्सिनुहोस् शहीद र घाइते एवं पीडितलाई न्याय दिनुहोस् यो देश कुनै एउटा समूह कुनै एउटा व्यक्तिको होइन यो सबैको साझा मुलुक हो,’ सामाजिक सञ्जालमा लेख्दै शाहीले भने, ‘त्यसैले विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन । विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो ।’

 

प्रमुख आयुक्त प्रेम राईसहितको राजीनामा माग्दै अख्तियार पुगे जेन–जी युवा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितको राजीनामा माग गर्दै जेन–जी आन्दोलनका अगुवा अख्तियारको कार्यालय पुगेका छन् । जेन–जीको एक समूह ‘जेन–जी मुभमेन्ट अलाइन्स’ ले आज अख्तियारको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएर राईको राजीनामा माग गरेका हुन् ।

अलाइन्सले हिजो इमेलमार्फत राजीनामा मागेका थिए । प्रमुख आयुक्त राई वाइडबडी, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत काण्डमा जोडिएकोले पदमा रहनु उपयुक्त नहुने अलाइन्सले बताएको छ ।

अलायन्सले आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । केही समयअघि विशेष अदालतले आयोगले व्यक्ति विशेषलाई प्रभावित हुने गरी मुद्दा दर्ता गर्ने गरेको उल्लेख गरेको थियो । अलाइन्सले यो मुद्दालाई पनि आधार बनाएर राईमाथि प्रश्न उठाएको छ ।

अदालतको निर्णयमा प्रमुख आयुक्त राईको ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ सम्बन्धी टिप्पणीले राईको राजीनामा माग झनै बलियो भएको अलाइन्सको तर्क छ । विगतमा राईको नाम जोडिएका केही मुद्दाको विषयमा पनि अलाइन्सले उल्लेख गरेको छ । अलाइन्सका अनुसार नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुख राईको नाम मुछिएको छ ।

कांग्रेस नेता शर्माको प्रश्न : नेतृत्वको निन्द्रा कहिले टुट्छ ?

काठमाडौं । ‘वरमेको गुणी पुत्रो न त मूर्खशतोऽपि वा ।’
(अर्थात् सयौं मुर्ख सन्तानभन्दा एक जना गुणी सन्तानको जन्म नै उत्तम हो ।)

यो प्राचीन उक्ति आजको नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक ठहरिँदै आएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस नेता सुनिल शर्माले नेपाली कांग्रेसको वर्तमान नेतृत्वप्रति प्रष्ट, तर गहिरो र चित्त छुने शैलीमा गम्भीर प्रश्न उठाएका छन् । नेता शर्माले कांग्रेसको नेतृत्व, संगठन र त्यसभित्र मौलाउँदै गएको बेथिति, निष्क्रियता तथा गुटगत प्रवृत्तिविरुद्ध कडा आलोचना गरेका छन् ।

‘सच्चा नेतृत्व बिना देश बदलिँदैन’
शर्मा भन्छन्, ‘आज मुलुकलाई सयौं नेताको भीड होइन, एक जना सच्चा, निष्ठावान र दूरदर्शी नेताको आवश्यकता छ । हामीले आँखा चिम्लेर समर्थन गर्ने होइन, अन्धो विरोधमा रमाउने पनि होइन । समयले माग गरेको कुरा हो—इमानदार र प्रतिबद्ध नेतृत्व ।’

नेविसंघ र तरुण दलप्रति चिन्ता
उनले ’पार्टीको नर्सरी’ भनिने नेविसंघ र तरुण दल गुटबन्दीमा फसेकोप्रति पनि चिन्ता व्यक्त गर्दै महामन्त्रीहरूको मौनतालाई कटाक्ष गरेका छन् । ‘हुक्कामा भौतारिएको नेविसंघ र ठेक्कामा चलेको तरुण दल देख्दा पनि तपाईंहरू किन चुप बस्नु भएको ?’ भन्ने सवाल उनका शब्दमा स्पष्ट सुनिन्छ ।

‘गुट होइन, गुणी नेताको खोजी हो’
नेता शर्माले चेतावनी दिंदै भनेका छन्, ‘१०–२० जना अघि–पछाडि लगाएर गुट चलाएर, असल कार्यकर्ता लत्याएर, हुके–चाम्चा उत्पादन गरेर नेतृत्व जन्मिँदैन मित्रहरू ! अब समय हो–साहस गरेर भन्नु पर्छ, ‘हामी असल नेतृत्व निर्माण गर्छौं ।’

‘बीपी, गणेशमान, कृष्णप्रसादको मार्गमा फर्कनु पर्छ’
उनले नेपाली कांग्रेसको पुनर्जीवनका लागि बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता नेताहरूको इमान, आदर्श र जनप्रतिबद्धताको बाटो समात्न जरुरी रहेको स्पष्ट पारेका छन् ।

‘नत्र इतिहासले माफ गर्ने छैन’
उनले चेतावनी दिंदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि नेतृत्वले अब पनि आँखा नखोल्ने हो भने समयले तपाईंहरूलाई माफ गर्ने छैन, इतिहासले धिक्कार्ने छ ।’

‘अब नेतृत्वले बोल्नुपर्छ–हामी देश निर्माणमा लाग्छौं !’

कांग्रेस नेता सुनिल शर्माले भनेका छन्, ‘यो अभिव्यक्ति केवल एक व्यक्तिगत आक्रोश होइन, यो हजारौँ असल कार्यकर्ताको मौन चित्कार हो । नेतृत्व अब पनि मौन रहने हो भने कांग्रेसको पतनलाई कसैले रोक्न सक्ने छैन ।’

प्रधानमन्त्री निवास र अख्तियारमा कमाण्डो टोली तैनाथ

काठमाडौं । जेन–जी समूहद्वारा दिइएको धम्कीपछि राजधानी काठमाडौंका प्रमुख संवेदनशील क्षेत्रहरूमा सोमबार रातिदेखि सुरक्षा सतर्कता उच्च बनाइएको छ । सुरक्षा चुनौतीको सम्भावनालाई ध्यानमा राख्दै आज (मंगलबार) बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा विशेष प्रहरी कमाण्डो टोली परिचालन गरिएको हो ।

बिहान ७ बजेदेखि नै ‘छनोट गरिएका’ प्रहरी अधिकृतहरूलाई रणनीतिक स्थानहरूमा खटाइएको प्रहरी स्रोतले जनाएको छ । भिडभाड बढेमा वा कुनै किसिमको सुरक्षा चुनौती उत्पन्न भएमा बल प्रयोग गर्ने तयारीसहित सुरक्षा टोली तैनाथ गरिएको छ ।

सुरक्षा रणनीतिमा कडाइ
प्रहरीका एक वरिष्ठ कमाण्डो अधिकारीका अनुसार सम्भावित भिड नियन्त्रणका लागि टोलीलाई प्रारम्भिक चेतावनी दिने, आवश्यक परे बल प्रयोग गर्ने अधिकार दिइएको छ । राजधानीमा शान्ति–सुरक्षाको अवस्था नियन्त्रण बाहिर जान नदिन सरकारले उच्चस्तरीय सुरक्षा रणनीति अपनाएको देखिन्छ ।

प्रधानमन्त्री, गृहमन्त्री र आईजीबीच राति बैठक
सोमबार राति प्रधानमन्त्री निवासमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुवेर खापुङबीच सुरक्षा स्थितिबारे सोमबार राति उच्चस्तरीय छलफल भएको थियो । बैठकमा आईजी खापुङले जेन–जी समूहले प्रहरी मुख्यालयमै आएर धम्की दिएकोप्रति गम्भीर आपत्ति जनाएका थिए । प्रधानमन्त्री कार्कीले प्रहरीको मनोबल खस्किने कार्य स्वीकार्य नहुने स्पष्ट रूपमा बताएको जनाइएको छ ।

सुधन गुरुङको नेतृत्वमा सरकारविरुद्ध कडा दबाब
यसैबीच, ‘हामी नेपाल’ नामक समूहका संस्थापक सुधन गुरुङ नेतृत्वको टोलीले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीमा उपस्थित भएको थियो । तर प्रहरी पक्षले भदौ २३–२४ को घटनाको छानबिन जाँचबुझ आयोगमार्फत भइरहेको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । यो अस्वीकृतिपछि गुरुङको समूह ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै आन्दोलनको तयारीमा उत्रिएको छ ।

मुद्दा हार्ने निश्चित भएपछि इजलासमै न्यायाधीशको गोली हानी हत्या

काठमाडौं । अल्बानियामा अदालतभित्रै गोली हानी न्यायाधीशको हत्या गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अल्बानियाको राजधानी तिरानास्थित पुनरावेदन अदालतमा सोमबार मुद्दा सुनुवाइ गरिरहेका बेला न्यायाधीश एस्ट्रिट कालाजाको हत्या गरिएको हो ।

प्रतिवादीले आफूले मुद्दा हार्ने देखेपछि अदालतमा भिडभाडका बीच न्यायाधीशमाथि गोली हानेका हुन् । गोली लागेर अन्य दुई जना घाइते पनि भएका छन् । घटना हुनासाथ प्रहरीले आक्रमणकारीलाई तत्काल पक्राउ गरेको जनाइएको छ ।

प्रहरीको विज्ञप्ति अनुसार, गोली लागेर गम्भीर घाइते न्यायाधीशलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर बाटोमै उनको मृत्यु भयो । मुद्दामा अर्को पक्षका एक पुरुष र उनका छोरालाई पनि गोली लागेको छ । उनीहरूलाई पनि अस्पताल लगिएको छ । उनीहरूको अवस्था हाल स्थिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोली चलाउने ३० वर्षीय संदिग्धलाई भाग्न खोज्दा पक्राउ गरिएको हो । उनको साथबाट रिभल्भर बरामद गरिएको छ ।स्थानीय मिडिया रिपोर्टका अनुसार, मुद्दा सम्पत्ति विवादसँग सम्बन्धित थियो । जब अभियुक्तले आफूले मुद्दा हार्ने थाहा पाए तब न्यायाधीशमाथि गोली चलाएको दाबी गरिएको छ । अधिकारीहरूले भने संदिग्धको मनसायबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइसकेका छैनन् ।

 

किन गइरहेको छ छिनछिनमा बिजुली ? मन्त्री घिसिङले गरे भार प्रेषणको अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरी मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् । देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङ सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित भारप्रेषण केन्द्रको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिएका थिए ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा छलफल गरी आवश्यक निर्देशनसमेत दिएको उनको सचिवालयले जनाएको छ ।

छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मन्त्री कुलमान घिसिङले निर्देशन दिए । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री समेत रहेका घिसिङले बाढी, पहिरोले क्षति पुर्‍याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनु पर्ने बताए ।

विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा—ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न पनि प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए । कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्‍याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही वमोजिम काम भइरहेको बताए ।

विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक बस्न लागेको हो ।

बैठकमा बाढी–पहिरोबाट आइपरेको विपत्तिका विषयमा छलफल हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जनाएका छन् । बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ ।

बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।

असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भारी वर्षासँगै आएको बाढी पहिरोले ६० जनाकोृ ज्यान गएको थियो । सबैभन्दा धेरै क्षति इलाममा भएको छ । बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौंको क्षति पुगेको छ ।

बैठकमा अर्थमन्त्री, ऊर्जामन्त्री, गृहमन्त्री, उद्योगमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ । साथै विज्ञ सदस्यको रुपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुनेछन् ।

१८ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि सम्पर्कविहीन १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन आग्रह गरेको छ ।

कानुन शाखामार्फत मंगलबार सार्वजनिक गरिएको सूचनामा ती प्रहरी कर्मचारीलाई तत्काल आफ्नो कार्यस्थलमा हाजिर हुन निर्देशन दिइएको हो । सूचनामा भनिएको छ, ‘आफूखुसी कार्यालयमा गैरहाजिर रही खोजतलास गर्दा समेत सम्पर्कमा नआएको र प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि हाजिर नभएकाले यो सूचना प्रकाशित गरिएको हो ।’

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर भई गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ । सूचनामा थप चेतावनी दिइएको छ कि तोकिएको म्यादभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावली अनुसार आवश्यक अनुशासनात्मक कारबाहीका साथै सेवाबाट हटाइने प्रक्रिया अघि बढाइनेछ ।

हेर्नुस् सूचना

देशका मुख्य राजमार्गमा पहिरोको असर : बीपी, कोशी र पासाङल्हामु अवरुद्ध

काठमाडौं । देशभरको मौसममा केही सुधार आए पनि बाढी र पहिरोका कारण विभिन्न प्रमुख राजमार्गहरू अझै अवरुद्ध छन् । काठमाडौं उपत्यकामा अहिले सवारी आवागमन सामान्य भए पनि केही राजमार्ग खण्डमा यात्रु तथा सवारी साधनलाई समस्या भइरहेको छ ।

काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश नाकाहरूमा सवारी सञ्चालन सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । तर, बीपी, कोशी, पासाङल्हामु जस्ता राजमार्गहरूमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।

बीपी राजमार्ग : काभ्रेको तीन स्थानमा पहिरो
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित माम्तीखोला, बुलढुंगा र डालावेसीमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । यातायात सेवा ठप्प छ भने पहिरो पन्छाउने काम जारी रहेको जनाइएको छ ।

कोशी राजमार्ग : संखुवासभामा सवारी ठप्प
संखुवासभाको मकालु गाउँपालिका–३ को एकुवा र भोटखोला गाउँपालिका–४ को बरूण क्षेत्रमा पहिरो खस्दा कोशी राजमार्गमा पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

पासाङल्हामु राजमार्ग : रसुवामा तीन ठाउँमा समस्या
रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल–चीन नाका अझै अवरुद्ध
रसुवागढीस्थित मितेरी पुलमा असार २४ गते आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि नेपाल–चीन नाका हुँदै सञ्चालन हुने सवारी आवागमन अझै सम्भव भएको छैन । पुल मर्मत तथा पुनर्निर्माण प्रक्रिया जारी रहेको जनाइएको छ । केही राजमार्गमा सामान्य सुधार देखिए पनि पहिरोका कारण प्रमुख राजमार्गहरूमा अझै पनि अवरोध कायम रहेको छ । सम्बन्धित निकायहरू सडक खुलाउने प्रयासमा सक्रिय छन् ।

Expert Bankroll Management for Live Casino and Sports Betting at Win Diggers Uk Com

Expert Bankroll Management for Live Casino and Sports Betting at Win Diggers Uk Com

Many players start with excitement but soon hit a wall.
They chase big wins, ignore limits, and lose their bankroll fast.
If you have felt the sting of a sudden loss, you are not alone.

The real issue is a missing plan. Without a clear strategy, luck decides your fate.
A solid bankroll system gives you control, protects your funds, and lets you play longer.

Players looking for a trustworthy platform that supports smart money habits often discover Win Diggers no deposit bonus.
Win Diggers Uk Com offers fast withdrawals, transparent terms, and a bonus that lets you test the system without risk.
This early advantage helps you start a bankroll plan on solid ground.

Core Principles of a Solid Bankroll Plan

A good bankroll plan is simple, yet powerful.
Follow these steps and you will see steadier results.

  • Set a dedicated bankroll. Use money you can afford to lose. Do not mix daily expenses.
  • Choose a stake percentage. Most experts recommend betting 1‑2 % of your bankroll per session.
  • Adjust after each win or loss. When the bankroll grows, increase the stake slightly. When it shrinks, lower the stake.
  • Track every bet. A notebook or spreadsheet works. Record game, stake, result, and new balance.

By keeping the stake low, you survive inevitable losing streaks.
When a winning streak arrives, the low‑percentage stake still lets you profit without blowing up.

Applying Strategies to Live Casino Games

Live dealer tables feel real, but they can also be fast‑paced.
Here’s how to keep your bankroll safe while enjoying the action.

  1. Pick games with lower house edges. Blackjack, baccarat, and some roulette variants give you better odds.
  2. Use the 1‑2 % rule for each hand. If your bankroll is £500, limit bets to £5‑£10.
  3. Take advantage of the no‑deposit bonus. Win Diggers Uk Com’s welcome offer adds extra funds, letting you practice without touching your own money.

Remember, live games often have higher minimum bets than slots.
If a table’s minimum exceeds your 2 % limit, skip it until your bankroll grows.

Translating Tactics to Sports Betting

Sports betting shares the same risk profile as casino play.
Your bankroll must stretch across multiple matches and markets.

  • Define a sports bankroll separate from casino funds. This keeps each activity clear.
  • Bet a flat percentage per wager. Many bettors use 1 % for low‑risk bets and up to 3 % for high‑confidence selections.
  • Focus on value odds. Look for bets where the implied probability is lower than your own assessment.
  • Use the platform’s live betting feature wisely. In‑play markets can be volatile; stick to your stake rule even when the excitement rises.

Win Diggers Uk Com’s fast payout system means you see winnings quickly, allowing you to reinvest responsibly.

Tools, Support and Responsible Play

Win Diggers Uk Com provides several tools that help you stay on track.

  • Deposit limits. Set daily, weekly, or monthly caps directly in your account.
  • Self‑exclusion options. Take a break for a set period if you feel urges growing.
  • Live chat support. The site’s team answers questions about withdrawals, bonuses, and responsible gambling 24/7.

The casino’s licensing from a reputable authority assures fair games and player protection.
Fast withdrawals mean you never wait long to access your funds, reinforcing disciplined bankroll habits.

Quick Checklist

  • Set a dedicated bankroll for each activity.
  • Bet 1‑2 % of that bankroll per session.
  • Track every result in a simple log.
  • Use low‑edge games and value bets.
  • Employ Win Diggers Uk Com’s limits and self‑exclusion tools.

Frequently Asked Questions

Q: How often should I adjust my stake?
A: Review your bankroll after each session. Increase the stake by a small amount only when the bankroll rises noticeably.

Q: Can I use the same bankroll for casino and sports betting?
A: It’s best to keep them separate. This prevents one area from draining the other and gives clearer performance data.

Q: What is the fastest way to withdraw winnings?
A: Win Diggers Uk Com processes e‑wallet withdrawals within hours and bank transfers within 1‑2 business days.

Q: Are there any hidden fees on the platform?
A: No. The site is transparent about all charges, and the no‑deposit bonus comes with clear wagering requirements.

Q: How can I gamble responsibly while still having fun?
A: Set limits, take regular breaks, and never chase losses. Use the platform’s self‑exclusion tools if needed.

Final Verdict

Managing a bankroll is the foundation of long‑term success in both live casino and sports betting.
Win Diggers Uk Com equips you with fast payouts, a generous no‑deposit bonus, and robust responsible‑gaming tools.

Start with a clear plan, stick to the 1‑2 % rule, and track every bet.
With discipline and the right platform, you can enjoy the thrill of a UK‑based casino while protecting your money.

Ready to test a solid bankroll strategy? Visit Win Diggers Uk Com today and claim the no‑deposit offer to begin your journey safely.

ठूला भ्रष्टाचारमा जोडिएको भन्दै जेनजीले मागे अख्तियार प्रमुख राईको राजीनामा

काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ । जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको अभियान समेत रहेकाले त्यसमा सहयोग गर्न प्रमुख आयुक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा मागिएको हो ।

समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् ।’

अलायन्सकाअनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको आरोप उनीमाथि छ । जेनजी मुभमेन्ट अलायन्सले विशेष अदालतको हालसालैको निर्णयलाई समेत उद्धृत गर्दै आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरेको छ ।

अदालतको निर्णयमा प्रमुख आयुक्त राईको ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ सम्बन्धी टिप्पणी उल्लेख भएपछि उनीहरूको राजीनामा माग झनै बलियो बनेको समूहको तर्क छ ।

विज्ञप्तिमा राईको संलग्नता देखिएका ठूला मुद्दाहरू पनि समेटिएका छन् । तीमध्ये नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुखको संलग्नतासँग जोड्दै उनीमाथि नैतिक जिम्मेवारी लिने माग गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यी घटनाहरूमा प्रत्यक्ष वा नियामक हैसियतमा संलग्न रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ । अतः तत्काल राजीनामा दिनु नै अख्तियारको गरिमा र विश्वास पुनःस्थापना गर्ने बाटो हो ।’

विज्ञप्तिमा अहिले संघीय संसद् नहुँदा महाअभियोग प्रक्रियामार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै पद रिक्त गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, गठित अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्तहरू नियुक्त गर्न पनि आग्रह गरिएको छ । यसरी सार्वजनिक रुपमा अख्तियार प्रमुख राईलाई अनुरोध गरेको यो समूहले उनलाई व्यक्तिगत रुपमा इमेल गरेको जनाएको छ । जेनजी मुभमेन्ट अलायन्समा ३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह छन् ।

बाढी–पहिरो : ज्यान गुमाउनेको संख्या १५ नाबालकसहित ६० पुग्यो

काठमाडौं । देशका विभिन्न जिल्लामा दुई दिनको भारी वर्षापछि आएको बाढी–पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।बाढी–पहिरोका कारण ११ जिल्लाका १५ नाबालकसहित ६० जनाको ज्यान गएको हो । इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै पाँचथरमा ३ पुरुष, ४ महिला र १ नाबालक, उदयपुरमा २ महिला र १ नाबालक, खोटाङमा २ पुरुष, सुनसरीमा १ पुरुष, रौटहटमा १ महिला र २ नाबालक, मोरङमा १ महिला, महोत्तरीमा १ महिलाको ज्यान गएको छ । त्यस्तै सिन्धुपाल्चोकमा १ नाबालक, काभ्रेमा २ महिला, सिन्धुलीमा १ जना महिलाको ज्यान गएको हो ।

 

 

फागुन २१ को निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आउँदो २१ फागुनमा हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्म समय सीमा तोक्ने र त्यसपछि दर्ता हुने दललाई निर्वाचनमा भाग लिन नदिने तयारी गरेको छ ।

उम्मेद्वारहरुले भौतिक रुपमा करिब १५ दिन मात्रै प्रचारप्रसार गर्न पाउने गरी निर्वाचन आयोगले कार्यक्रम तालिका तय गरेको छ । निर्वाचन आयोगमा तयार भएको कार्यक्रमको खाकामाथि पदाधिकारीहरुले छलफल गरिरहेका छन् । आयोग स्रोत भन्छ, ‘पदाधिकारीहरुको बैठक टुंगिनासाथ कार्यक्रम तालिका सार्वजनिक हुनसक्छ ।’

आयोगसम्वद्ध स्रोतका अनुसार, नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समय सीमा तोक्ने तयारी छ । त्यसपछि दर्ता हुने दलले आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन पाउने छैनन् । आयोगले त्यसपछि निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ताको आह्वान गर्नेछ । त्यसका लागि १० मंसिर हाराहारीको समय तोक्ने तयारी छ । नयाँ दर्ता हुने दलहरुले पनि त्यही समयभित्र फेरि निर्वाचनका लागि दर्ता गर्नुपर्नेछ ।

आयोगले करिब डेढ महिनाको समय राखेर उम्मेद्वारहरुको मनोनयन मिति तोक्नेगरी छलफल अघि बढाएको छ । माघको पहिलो साताभित्र उम्मेद्वारहरुले मनोनयन दर्ता गर्नुपर्नेछ । विगतका निर्वाचनमा मनोनयन दर्ता गर्नासाथ उम्मेद्वारहरु प्रचारप्रसारमा जान पाउँथे । यसपटक निर्वाचन आयोगलाई त्यसलाई साँघुरो बनाउने तयारी गरेको छ ।

त्यसो हुँदा ६ फागुनभन्दा अघि उम्मेद्वारहरुले भौतिक रुपमा सभा सम्मेलन, प्रचारप्रसार र कोणसभा गर्न पाउने छैनन् । ‘खर्चिलो प्रचारप्रसारका कारण बेथिती बढ्यो भनेर विगतमा व्यापक गुनासो आएको थियो’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यसैले निर्वाचन प्रचारप्रसारका लागि दुई साताभन्दा बढी समय राख्नु हुँदैन भन्ने कुरा आएको छ । त्यसै अनुसार नै कार्यक्रम तालिकाको खाका बनेको हो ।’

आयोगको बैठकले निर्वाचन कार्यक्रम तालिका तयार गरेपछि मंगलबार बृहत छलफल गर्ने तयारी छ । प्रधानमन्त्रीको उपस्थितिमा आयोगका पदाधिकारीहरुसहित सबै मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, मुख्यसचिवसहित सबै सचिवहरुको बैठकमा निर्वाचन तयारीबारे छलफल गर्ने योजना बनेको हो ।

बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित

रौतहट । गत शनिबार र आइतबार आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ । पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ रहेको लालबकैया नदीको बाढी पसेपछि गौर जलमग्न भएको हो ।

बाढीबाट हालसम्म ४१२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । सबैभन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार विस्थापित भएका छन् । उक्त क्षेत्रमा एक हजारभन्दा बढी घरभित्र बाढी पसेको थियो । झाझखोला र बागमती नदीको बीचमा रहेको सो गाउँपालिकाको वडा नं ४ पचरुखी र वडा नं ५ बर्डहवा बढी प्रभावित भएका छन् । बाढीले धान बाली नष्ट गरेको छ ।

गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा बाढीबाट ८९ परिवार विस्थापित भएका प्रहरी उपरीक्षक गिरीले बताए । सबैभन्दा बढी वडा नं ८ र ९ प्रभाबित बनेका छन् । बाढीले गौर, राजपुर, गुजरा, कटहरिया, इशनाथ, माधव नारायण, गढीमाई, वृन्दावन, मौलापुर, फतुवा विजयपुर नगरपालिका तथा यमुनामाई गाउँपालिमा बढी क्षति पुगेको छ ।

सडक अवरुद्ध
बाढीले रौतहटभित्रका ठूला सडक समेत अवरुद्ध भएका छन् । गौर भन्सारदेखि बिपीचोकसम्म सडकमा पानी जमेको छ । बाढीले मौलापुर, सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने मुख्य सडक खण्ड बगाएको छ । भारी वर्षासँगै आएको बाढीले कालोपत्र सडकको ठूलो भाग बगाएपछि सो मार्गमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए ।

सरकारी कार्यालय डुबानमा
बाढीकै कारण गौरमा रहेका सरकारी कार्यालय डुबानमा परेका छन् । बागमती नदी र बकैया नदीको विभिन्न स्थानबाट बाढी पसेपछि उक्त क्षेत्र डुबानमा परेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मङ्गलबारदेखि कार्यालय खोल्न निर्देशन प्राप्त भएपनि सेवाग्राही आउने अवस्था नरहेको बताए । बाढीले जिल्ला प्रशासन, गौर नगरपालिका, मालपोत, नापी, पूर्वाधार, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, गौर भन्सार, जिल्ला निर्वाचन, जिल्ला हुलाक कार्यालयलगायत कार्यालय डुबानमा परेका छन् ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ नं हेड क्वाटर हजमनियाको कार्यालय पनि पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए । लक्ष्मीपुर बेलबिछुअवा, गौर, औरैया, सरमजुअवाको बिओपीका कार्यालय समेत डुबानमा परेका छन् । रौतहटमा नदीमा डुबेर एक जना तथा चट्याङमा परी तीन जनाले ज्यान गुमाएका छन् ।

पार्टी एकताबारे प्रचण्ड : माधव नेपाल र महिन्द्र यादव सकारात्मक, विप्लव तयार छैनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान गरेको हो । बैठकले विपद् प्रतिकार्यमा खटिइएका पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सामान्य कुराकानी भएको उल्लेख गर्दै उनले दुई दिनपछि बस्ने सचिवालय बैठकमा यसबारेमा विस्तृत छलफल हुने बताए । बैठकमा पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारलगायत विषयमा भइरहेको प्रगतिबारे अध्यक्ष दाहालले ‘ब्रिफिङ’ गरेका थिए । उनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको पहलको कदम सकारात्मक रहेको बताएका छन् । त्यस्तै प्रचण्डले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको विषय सकारात्मक रहेको बताए ।

‘समाजवादी मोर्चामा भएका सबैसँग पार्टी एकताका निम्ति पहल गर्ने काम भइरहेकै छ,’ प्रचण्डलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘माधव नेपाल र महिन्द्र रायहरूसँग एकताको विषय सकारात्मक छ ।’ त्यस्तै प्रचण्डले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भने अहिले एकता प्रक्रियाको सुरुवात नै नभएको ब्रिफिङ गरेका छन् । बैठकमा प्रचण्डले भने, ‘विप्लव चाहिँ अहिल्यै पार्टी एकता गरेर जाने विषयमा त्यति धेरै तयार भई नसकेकोले संवाद जारी राख्ने कुरा भइरहेको छ ।’

बैठकमा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न विघटित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जानकारी गराएका थिए ।

‘चुनावमा सहभागिता सम्बन्धमा सबै पार्टीभित्र सकारात्मक छलफल भइरहेको छ, अन्य पार्टीको पनि बैठकहरू बस्दै छन्, चुनावमा जानेमा आमसहमति जस्तै बन्दै छ, माओवादीले त्यसमा नै जोड गरिरहेको छ’, संयोजक दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, ‘निर्वाचन सम्पन्न गरेर मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिलाई जोगाउन सकिन्छ, त्यसकारण चुनावलाई माओवादीले उच्च प्राथमिकतामा राखेको छ ।’

बैठकमा महाधिवशेनको कार्यविधि बनाउने, आयोजक समिति निश्चित गर्ने र विचार, संगठन तथा राजनीतिक कार्यदिशाका बारेमा सामान्य छलफल भएको जानकारी दिए ।

तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

काठमाडौं । चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार शरीरको प्रतिरक्षा प्रणालीबारे अध्ययन गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिएको छ । उनीहरूले शरीरको रक्षा प्रणालीलाई अझ राम्ररी बुझ्न सहयोग पुर्‍याउने खोज गरेका थिए ।

द नोबेल पुरस्कार समितिले २०२५ को चिकित्सातर्फ मरी ई. ब्रुन्को, फ्रेड राम्सडेल र शिमोन साकागुचीलाई प्रदान गर्ने घोषणा गरेको हो । मरी र फ्रेड अमेरिकी हुन् भने शिमोन जापानी हुन् ।

मरी सिस्टम्स बायोलोजी इन्स्टिच्युट, सिएटल र फ्रेड राम्सडेल सोनामा बायोथेराप्युटिक्स, सान फ्रान्सिस्कोका हुन् । शिमोन भने ओसाका विश्वविद्यालय, ओसाका, जापानसँग आबद्ध छन् ।

नोबेल पुरस्कारले उल्लेख गरेअनुसार ‘पेरिफेरल इम्युन टोलेरेन्स’ मा उनीहरूले प्रतिरोधात्मक प्रणाली कसरी नियन्त्रणमा रहन्छ भन्ने महत्वपूर्ण अनुसन्धान गरेका कारण यस वर्षको चिकित्सातर्फ नोबेल पुरस्कार प्रदान गरिएको हो ।

बाढीले बगायो ऊर्जा आशा

काठमाडौं । देशभर दशैंको उल्लास दुई दिनको अलिरल भारी बर्षाले हरेको छ । असोज १७ देखि १९ गतेसम्मको भीषण वर्षाले तीन प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजनालाई गम्भीर रूपमा प्रभावित बनायो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अनुसार, बाढी र पहिरोले गर्दा १८० मेगावाट उत्पादन क्षमताका १७ सञ्चालनमा रहेका आयोजना र ३३८ मेगावाटका १५ निर्माणाधीन आयोजना प्रभावित भएका छन् ।

इलाम : जलविद्युत् संकटको केन्द्रबिन्दु
पानीको उर्जा बनाउने सपना साकार पार्दै आएको इलाम जिल्ला यस पटक सर्वाधिक प्रभावित रह्यो । सञ्चालनमा रहेका १७ आयोजनामध्ये १५ इलामकै हुन्, जसको उत्पादन अहिले पूर्ण रूपमा ठप्प छ ।
यी आयोजनामा समावेश छन् :-

–सानिमा माई (२२ मेगावाट)
–माई खोला क्यासकेड (८ मेगावाट)
–सुपर माई र सुपर माई–ए
–जोगमाई श्रृंखला (तीन आयोजना)
–माईबेनी, माई–सी क्यासकेड, माथिल्लो माई आदि ।
यस बाहेक, कोशी प्रदेशकै पाँचथर र बागमती प्रदेशको लिखु–४ आयोजना पनि प्रभावित भए । यद्यपि, लिखु ४ को उत्पादन एक घण्टा मात्र बन्द भयो भने बाँकी सबै अझै पुनः सञ्चालनमा फर्किन सकेका छैनन् ।

निर्माणाधीन आयोजना : बाटोमै रोकिए ऊर्जा सपना
वर्षाले निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई पनि पछाडि धकेलेको छ । विशेष गरी पहुँचमार्गहरू बग्दा निर्माण अवरुद्ध भएको इपानले जनाएको छ ।

जसमा उल्लेखनीय छन् :-
–मनाङको दाना खोला (४९.९५ मेगावाट)— १२ किमी सडक भत्कियो
–इलामको सिद्धिखोला (१० मेगावाट)— उत्पादन मिति अनिश्चित
–पाँचथरको सभाखोला बी र हेवाखोला— उपकरण नै बगायो

–सिन्धुपाल्चोकको ब्रम्हायणी श्रृंखला (४ आयोजनाहरू)— पहुँचमार्ग ध्वस्त
अन्य प्रभावित क्षेत्रहरूमध्ये रसुवा, भोजपुर, म्याग्दी, लमजुङ, रामेछाप र धादिङ पनि पर्दछन्, जहाँ उत्पादन ढिलाइ हुन लागेको छ ।

चेतावनी मानेपछि बच्यो जीवन
इपान अध्यक्ष गणेश कार्कीका अनुसार, यस वर्ष विभागसँग सहकार्य गर्दै बाढीको पूर्व सूचना समयमै पाएको र पूर्व तयारी गरिएको कारण मानवीय क्षति हुन पाएन । तर भौतिक संरचनामा भने नोक्सानी हुनबाट रोक्न सकिएन । विशेष गरी, पहुँच सडकको सुरक्षामा राज्यले गम्भीरता नअपनाएसम्म हरेक मनसुनमा ऊर्जा सपना बारम्बार बग्ने खतरा कायम नै रहने विज्ञहरूको चेतावनी छ ।

बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनर्निर्माण थालियो

काठमाडौं । गत शनिबार र आइतबारको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः बनाउन थालिएको छ । नमोबुद्ध र रोशी गाउँपालिकाको सीमाना चौकीडाँडाबाट बगेको डाइभर्सन बनाउन सुरू भएको हो ।

खोलाको बहाव केही कम भएपछि डाइभर्सन बनाउन सुरू भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुनर्निर्माण गर्न लागेको हो ।

पानीको बहाव कम हुँदै गएकाले सडक निर्माणको तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । ‘प्लान बन्दै छ, चौकीडाँडाको एक स्थानबाट भन्दा पनि ३-४ स्थानबाट सडक बनाउन शुरु गर्ने भन्ने छ । सम्भावना भयो भने हाम्रो मेशीनहरु जहाँजहाँ छन त्यहि स्थानहरुमै डाइभर्सन निर्माण सुरु गर्छौं,’ सूचना अधिकारी विन्दू अधिकारीले भनिन् ।

नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादको विचमा चाँडो भन्दा चाँडो बीपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरु निर्माणको लागि विशेष पहल गर्ने सहमति भएको छ ।

बीपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुनः बगाइदिएपछि अहिले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो

काठमाडौं । भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ ।

काठमाडौंबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौँ आउनेछ । यद्यपि यात्रु संख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको छ । निगमले आरए १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौँ उडानको तालिका बनाएको भए पनि निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउन लागिएको हो ।

वायुसेवा निगमले उद्धार उडानमार्फत देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ । उक्त उडानमा काठमाडौँबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार भाडादर तोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रुपमा उडान सञ्चालन भइरहेको जानकारी दिए।

उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवामा उल्लेख्य संख्याका यात्रु उडानको प्रतीक्षामा छन् । ‘विमानस्थलमा धरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुलाई गन्तव्यमा पुर्‍याउन विमानस्थल लागिपरेको छ’, महाप्रबन्धक तिवारीले भने ।

सात सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । असोज १२ गतेको मन्त्रिपरिषद बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । आज सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरिएको हो ।

हेर्नुस् सरुवा सूची

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ बजेदेखि बन्द

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा आज (सोमबार) राति ९ बजेपछि बन्द गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले आज राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिने भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले चितवनबाट पोखरा र काठमाडौंतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको बताए । यसअघि नै जिल्ला भित्रने सवारीसाधनका लागि समेत ९ बजेभित्र जिल्ला प्रवेश गर्न सूचना जारी गरिसकेको उनले बताए ।

खनालले भने, ‘मौसम यथावत् रहेमा बिहान चाँडै सडक सञ्चालनमा ल्याउन सकिने छ । अन्यथा स्थानीय प्रशासनले निर्धारित गरेको होल्डिङ सेन्टरमा नियमानुसार रहनुपर्ने छ । अत्यावश्यक अवस्थामा आएका सवारीसाधनलाई भने रोकिने छैन ।’

बर्षातका कारण रोकिएका सवारीसाधनलाई आज बिहानदेखि आवश्यकता अनुसार गन्तव्यमा पठाइएका र स्थानीय प्रशासनको समन्वयमा आज मात्रै पाँच वटा सवारीसाधनको व्यवस्था गरी विमानस्थलबाट यात्रुलाई काठमाडौं पठाएको थियो ।

हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सडकमा पनि राति बन्द
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सडकमा बेलुका ६ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबैखाले सवारी चलाउन रोक लगाएको छ ।

आज (सोमबार) सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म उक्त रोकावट लगाइएको हो । आवतजावतमा रोक लगाइएको समय बाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाई यात्रा गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

निदाएका बेला ओच्छ्यानमै श्रीमानको हत्या

दाङ । दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकै ६२ वर्षीया श्रीमती छाँयादेवी चौधरी पक्राउ परेकी हुन् ।

शनिबार राति १० बजेतिर आपसी विवादका क्रममा श्रीमती छाँयादेबीले श्रीमान ढालबहादुरको टाउकोमा टर्च लाइट प्रहार गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । टर्च प्रहारबाट ढालबहादुरको टाउको फुटेको थियो । अत्यधिक रक्तश्रावका कारण बिहान ढालबहादुर मृत फेला परेका थिए ।

घरको छुट्टै कोठामा बुहारी र नाति नतिनाहरु पनि थिए । सँगसँगै मदिरा पिएपछि उनीहरूबीच भनाभन भएको थियो । त्यसपछि निदाएका ढालबहादुरलाई छायादेवीले ओछ्यानमै टर्चलाइटले हानेकी थिइन् । प्रहरीले हत्या आरोपी छायादेवीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको डिएसपी शाहले जानकारी दिए ।

घोषित मितिमै चुनाव हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनको पक्षमा माहौल बनाउनको लागि आफूहरूले सबै राजनीतिक दलहरूसँग कुराकानी गरिरहेको पनि जानकारी दिएका छन् ।

उनले भने, ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ, हामी सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्नेमा छौं । हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ ।’ उनले अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको जानकारी दिँदै केही समयपछि त्यसको परिणाम देखिने बताए ।

एजेण्डा मिल्नेसँग मोर्चा, विचार मिल्नेसँग एकता
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज (सोमबार) बसेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिका बारेमा ब्रिफिङ दिएका थिए ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक दाहालले वर्तमान विपद् र राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेको जानकारी दिए ।

‘वर्तमान परिस्थितिबारे सामान्य समीक्षा भयो । दुई दिनपछि फेरि सचिवालय बैठक बस्ने छ,’ सापकोटाले भने, ‘समाजवादी मोर्चालाई फेरि बिस्तार गर्ने सन्दर्भमा, पार्टी एकताका सम्बन्धमा कमरेड अध्यक्षले ब्रिफिङ गर्नुभयो ।’

सोही क्रममा पार्टी एकताका सन्दर्भमा पनि बृहत् र सकारात्मक छलफल भइरहेको कुरा संयोजक प्रचण्डले भनेको उनले जानकारी दिए । ‘एजेण्डा मिल्नेसँग मोर्चा बिस्तार, विचार मिल्नेसँग एकताका लागि सकारात्मक छलफल भइरहेको छ,’ सापकोटाले भने ।

ज्योति मगरको प्रश्न : ‘मनमौजी’ खर्च गर्नेलाई भ्रष्टाचारी भन्न मिल्छ कि मिल्दैन ?

काठमाडौं । गायिका ज्योति मगरले कलाकारको सम्पत्ति पनि शुद्धीकरण हुनुपर्ने धारणा राखेकी छन् । उनले नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौं बजेट लिने र २, ४ लाखको भिडियो बनाउनेहरूको सम्पत्ति शुद्धीकरण हुनुपर्ने बताएकी छन् ।

‘नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौं बजेट लिएर यसो २, ४ लाखको फिल्म भिडियो बनाएर बाँकी रकम सबै कुम्ल्याएर आफ्नो ठूलो–ठूलो प्राइभेट कम्पनी खोल्ने कलाकार महानुभावहरूको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन होला ?, सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अनि उहाँहरूलाई भ्रष्टाचारी भन्न मिल्छ कि मिल्दैन होला ? ।’

जेनजी आन्दोलनपछि विभिन्न दलका शीर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने चर्को आवाज उठिरहेको बेला मनोरञ्जन वृत्तमा पनि प्रभाव देखिन थालेको हो । यहि बेला लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरले कलाकारको सम्पत्ति छानबिनको माग गरेकी हुन् । कलाकारको पारिश्रमिकसम्बन्धी ठोस नीति नहुँदा सरकारी बजेटमा मनमौजी गर्ने कलाकारहरुले उन्मुक्ति पाउँदै आएको चलचित्र समीक्षकहरुको विश्लेषण छ ।

ओमानी भूमिमा आज कतारसँग भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो तथा अभ्यासको अन्तिम खेलमा कतारसँग भिड्दै छ । सोमबार खेल ओमानको ओमान क्रिकेट ऐकेडेमी ग्राउन्ड–१ मा नेपाली समय अनुसार बेलुका ४ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यो अभ्यास खेल आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेलिएको हो ।

ओमान आउनुअघि नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला खेलेर अनि जितेर फर्किएको छ । नेपालले इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध खेल र शृंखला दुवै जितेर इतिहास रचेको थियो ।

क्याम्पस प्रमुख खनालको निधन

चितवन । बालकुमारी बहुमुखी क्याम्पस नारायणगढका प्रमुख जगदीश्वर खनालको निधन भएको छ । उनको आइतबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

तनहुँको साबिक तनहुँसुर गाउँ विकास समिति वडा नम्बर १ आमडाँडा चुदीमा विसं २०२२ मा जन्मिएका खनालको ६० वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको हो ।

विसं २०५३ देखि बालकुमारी क्याम्पसमा प्राध्यापन गर्दै आएका खनाल नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनको अध्यक्ष, नवचितवन साकोसका निवर्तमान अध्यक्ष एवं सल्लाहकार, नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाका पूर्वसभापति एवं सल्लाहकार, खनाल सेवा केन्द्रीय समिति भरतपुरको सदस्य, अरोमा इङ्गलिस स्कुल भरतपुरको संस्थापक सदस्यजस्ता सामाजिक एवं शैक्षिक संस्थामा रहेर काम गरेका थिए ।

निडर र प्रस्ट वक्ताका रूपमा रहेका खनालका एक श्रीमती, एक छोरा र एक छोरी छन् । उनका आठ दाजुभाइ र एक दिदीबहिनीमध्ये उनी तेस्रो सन्तानका रूपमा रहेका थिए । विगत केही वर्षदेखि खनाल क्यान्सर रोगसँग लड्दै आएका थिए । उनको आज देवघाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

पानीको सतह घटेपछि विस्थापित फर्किदै घर

उदयपुर । बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन् ।

आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका–८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलका अनुसार अवस्था सामान्य बन्दै गएपछि बाढीबाट विस्थापित आ–आफ्नो घर फर्कन थालेका हुन् ।

बेलकाको कोशी टप्पु क्षेत्रमा बाढीको खतरामा परेकाहरुलाई आफन्तकहाँ तथा बेलका नगरपालिकाको सिटीहलमा राखिएको थियो । बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले कोशी नदीको सतह घट्न थालेपछि अहिलेका लागि खतरा टरेको र सो क्षेत्रका जनजीवन समान्य बन्दै गएको बताए ।

नेपालबाट बाहिरिन थाल्यो मनसुन, यी प्रदेशमा छैन प्रभाव

काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । आज (सोमबार) देशका केही भू–भागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘आज मिति २०८२ असोज २० का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको छ’, महाशाखाले सोमबार दिउँसो जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा उल्लेख छ ।

देशमा मनसुनी वायु कमजोर हुँदै गएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । मनसुन भित्रने सरदर मिति जुन १३ हो । तर, ठ्याक्कै यही मितिमा मनसुन भित्रने र बाहिरिने भन्ने हुँदैन । हरेक वर्ष फरक–फरक हुनसक्छ । यो वर्ष सरदरभन्दा १५ दिनअगावै अर्थात् मे २९ मा नेपालमा मनसुन भित्रिएको थियो । तर, देशभर विस्तार हुन २३ दिन लागेको थियो ।

बंगालको खाडी हुँदै मनसुन कोशी प्रदेशबाट भित्रन्छ र क्रमशः देशभर फैलिन्छ । सुदूरपश्चिमबाट क्रमशः कोसी प्रदेश नै हुँदै मनसुन बाहिरिन्छ। अंग्रेजी क्यालेन्डरका चार महिना–जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । मनसुन अवधिमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत हाराहारीमा पानी पर्ने गरेको मौसमविद्को भनाइ छ ।

लगातारको झरीबाट प्रभावित जनजीवन सहज हुँदै

धनुषा । तीन दिनको लगातारको अविरल वर्षाका कारण प्रभावित जनजीवन सहज हुँदै गएको छ । मौसम सुधार भएसँगै सर्वसाधारणले राहत महसुस गरेका हुन् । यहाँ आइतबार रातिदेखि वर्षा रोकिएको र आज बिहानदेखि घाम लागेको छ ।

‘निरन्तर वर्षा भइरहँदा बाहिरी कामकाज छाडेर घरमै बस्न बाध्य थियौँ’, क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका तरकारी व्यवसायी जीवछ साहले भने, ‘बल्ल घाम लागेपछि राहत महसुस भएको छ ।’

निरन्तरको वर्षाका कारण ग्राहकको अभावमा २० हजार बराबरको फलफूल, सागसब्जी सडेको साहले दुःखेसो सुनाए । वर्षा रोकिएर घाम लागेपछि अहिले बजारमा चहलपहल समेत बढेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ की गृहणी ज्योति गुप्ताले घाम लागेपछि बिस्कुन एवं लुगाफाटा सुकाउन सहज भएको बताए ।

मान्यजनकहाँ दसैँको टीका, जमरा ग्रहण गर्न जानु परे पनि लगातार झरी परिरहँदा सबै घरमै थुनिएका थिए । दसैँ मनाएर राजधानी काठमाडौँलगायत स्थानमा फर्किन समस्या भएको थियो । आज भने यात्रुहरू बस बिसौनीहरूमा गाडीको प्रतीक्षामा बसेका देखिएका छन् ।मौसमविद्हरूले अब मौसम सफा हुँदै जाने र तापक्रम पनि क्रमशः घट्दै गई प्रचण्ड गर्मीबाट उन्मुक्ति मिल्ने बताएका छन् । लामो झरीले कामकाज गर्न नपाएका यहाँका बासिन्दा काममा निस्कन थालेका छन् ।

‘हेर्नोस् न, झरीले केही गर्न दिएको थिएन, सबै काम असरल्ल थियो’, क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयाकी किसान अनितादेवी यादवले भनिन्, ‘बल्ल कति दिनपछि राम्ररी घाम देख्न पाइयो, अब भने खेत गोडमेल, वस्तुभाउको चरण गर्न पाइने आश जाग्यो ।’

मौसममा सुधार देखिएसँगै अब धान, तरकारी गोडमेल गर्न अनुकूल हुने यहाँका किसानहरू बताउँछन् । मौसममा आएको सुधारले तरकारीबारी गोडमेल गर्न सकिने रमदैयाका किसान उमेश यादवको भनाइ छ । पशुपालक किसानले गोठमै बाँधिएका घरपालुवा पशुवस्तु (गाई, भैँसी, बाख्रापाठा) फुकाउन, डुलाउन पाएका छन् । चरन क्षेत्र पानीले डुबाएको भए पनि पशुवस्तुलाई डुलाउन पाइएको पशुपालक किसानको भनाइ छ ।

दुई–तीन दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । ‘धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परिरहेर घरमै थुप्रिएको थियो’, क्षीरेश्वरनाथ नगरपालिका–५ का अमिन साफी धोबीले भने, ‘अब भने काम गर्न पाइने भइयो ।’

लाङटाङ यात्राका क्रममा बेपत्ता चार जना अझै भेटिएनन्, १२ जनालाई स्याफ्रुबेशी ल्याइयो

काठमाडौं । लाङटाङमा ट्रेकिङ यात्राका क्रममा बाढी–पहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीले स्याफ्रुबेशी ल्याएको छ ।सोमबारसम्म १२ जनलाई रसुवाको स्याफ्रुबेशी ल्याइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उनीहरूलाई स्याफ्रुबेशी ल्याएको हो । उनीहरू १६ जनाको टोली लाङटाङ ट्रेकिङ गएका थिए । जसमध्ये चार जनालाई बेरिङ खोलाले बगाएर बेपत्ता बनाएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरी बलले खोजी तथा उद्धार गरिरहेको छ ।

पाँच वटा स्थानमा खोजी जारी छ । शनिबार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोलाले चार जनालाई बेपत्ता पारेको थियो । बेपत्ता हुनेमा मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने रवि श्रेष्ठ छन् ।