`

जेनजी आन्दोलन : मृतकको संख्या १४ पुग्यो, घाइतेको संख्या यकिन छैन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । सिभिल अस्पतालमा थप एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आइसकेको छैन । घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो । हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन प्रहरी टोलीले विभिन्न अस्पतालमा मुचुल्का उठाउँदै छ ।

‘मुलुकमा रहेका भाषाको संरक्षण गर्नुपर्छ’ – राष्ट्रिय मानवअधिकार आयोग

काठमाडौँ, २३ भदौ : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मुलुकमा रहेका भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ भाषा आयोगको १० औँ स्थापना दिवसमा आयोजित ‘अन्तरराष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) नेपालको राष्ट्रिय कार्ययोजना’ विषयक अन्तरक्रियामा उहाँले सरकारी कामकाजको भाषामा अन्य भाषा पनि प्रयोगमा ल्याउनुपर्ने आयोगले जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालका मृत हुन थालेका भाषा जोगाउन सबैको कर्तव्य रहेको बताउनुभयो ।

आयोग अध्यक्ष मगरले सबै ठाउँको भाषाको विकास गर्न सके मात्र मुलुकको विकास हुने बताउनुभयो । उहाँले सरकारले आफूले पनि केही काम गर्न सिफारिस गर्न निर्देशन दिए पनि जम्मा १५ प्रतिशत कार्यान्वयन गरेको उल्लेख गर्दै भाषामा आयोगको सिफारिस भने सरकारले ३० प्रतिशत कार्यान्वयन गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले लोपोन्मुख भाषा बचाउन एकद्वार प्रणाालीमा काम गर्न आग्रह गर्नुभयो । उहाँले मातृभाषामा शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

अन्तरराष्ट्रिय भाषाविद् महेन्द्र लावतीले राज्यले सबै समुदायलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशको समृद्विका लागि विभिन्न भाषाभाषीमा पठनपाठन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा एकल भाषिक शिक्षा नीतिको कारणले मानव संसाधन विकासमा समस्या पारेको बताउनुभयो । “देशलाई समृद्ध बनाउनका लागि मानव संसाधनको विकास गर्नुपदर्छ । त्यसका लागि प्राथमिक तहमा आ–आफ्नो भाषामा पठनपाठनको व्यवस्था गर्नु पर्दछ,” उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ आदिवासीसम्बन्धी एसिया क्षेत्रको पूर्वप्रतिनिधि परशुराम तामाङले देश बहुभाषिक भए पनि एक भाषामा मुलुक चलेको बताउनुभयो ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले त्रिभुवन विश्वविद्यालय र नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई भाषा संरक्षण गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले हामी सबै लागेर भाषा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले शिक्षामा मातृभाषाको प्रयोगका सम्बन्धमा जनस्तरबाट राम्रो अभ्यास भएको बताउनुभयो । उहाँले नेपालमा बोलिने भाषाहरूको बृहत् भाषिक सर्वेक्षण गर्न जरूरी रहेको बताउनुभयो ।

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कूल १४२ जातजाति, १२४ भाषा र १० धार्मिक सम्प्रदाय रहेका छन् ।

जिब्रो छेडेर महाद्वीप बोकी पार गरे ‘मध्यपुरथिमि–भक्तपुरसम्मको यात्रा’

भक्तपुर ।  साँझ ढल्किँदै थियो । नेपाल संवत् तिथिबमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमि नगरपालिका–४ र ५ को सिमाना दिगुटोलस्थित दिगु भैरब अगाडि डबलीमा मानिसहरुको भीड बाक्लिँदैै थियो । बेलाबेलामा परेको वर्षाले भीड तितरबितर भए पनि पानी रोकिने बित्तिकै भीड उत्तिकै हुन्थ्यो ।
साँझ ७ बजे बिज्रो छेडेर यस वर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिर पुग्ने रुट तय भएको थियो । बेलाबेलामा परेको पानीले जात्रा सुरु गर्ने कार्यलाई बिथोलिरहे पनि रातलाई छिचोल्दै बत्तीको उज्यालोले भीडलाई तानिरहेको थियो । मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु, मध्यपुरवासी, भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो ।
जात्रा आयोजक येँयाः पुन्हिया लसताय् म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिले साँझ ७ बजे नै जात्रा सुरु गर्ने भनिए पनि राति ८ः३० बजे बल्ल बाँसको चिम्टी बजाउँदै एक हूल मानिसहरु हातको साङ्लो बनाएर दिगु भैरब अगाडिको डबलीमा आइपुगे । जात्रालु सबैको ध्यान त्यतै केन्द्रित भयो ।
एक छिनपछि कर्मी नाय बाबुकाजी नाय श्रेष्ठलाई लिएर एक समूह आइपुग्यो । त्यसको केही क्षणमै अर्को समूहसँग थिमि लाय्कुको नायो पमा ७२ वर्षीय श्यामकाजी पमा श्रेष्ठ परम्परागत पोसाकमा हनुमान ढोका दरबारबाट ल्याएको राज खड्ग लिएर डबलीमा आएका छन् । दिगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेपछि ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रालाई जिब्रो छेडेर निरन्तरता दिन मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठलाई परम्परागत पोसाक लगाएर डबलीमा ल्याइयो । यहाँका बासिन्दाले जयजयकार गरे ।
जिब्रो छेड्न तयार भएका वीरेन्द्रभक्तलाई छोएर कर्मी नायले वरिपरि अक्षता फूल छर्किएर देवीदेवता पुकारे । राति ८ः३० बजे दिगु भैरब अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीनवटा चुच्चो भएको १० इन्च लामो फलामको सियोले जिब्रो छेडिदिए । वरिपरि रहेका सबैलाई दुई हात जोडेर नमस्कार गर्दै ४० किलो तौलको १७ वटा दीप रहेको चन्द्राँकारका महाद्वीप(भोय) बोकेर खाली खुट्टा मध्यपुरथिमिदेखि भक्तपुरसम्मको यात्रा पूरा गर्न लम्किनु भयो वीरेन्द्रभक्त । छिपिँदो रातको बेवास्ता गर्दै उनलाई साथ दिन जयजयकार गर्दै उनको पछिपछि लम्किए मध्यपरथिमिका बासिन्दा ।
चौथोपटक जिब्रो छेडेर भक्तपुर पुगेर बिहान ४ फर्किए बालकुमारी 
वीरेन्द्रभक्तले दिगु भैरव मन्दिरअगाडि जिब्रो छेडेर महाद्वीप बोकेर बालकुमारी मन्दिर पुगेका थिए। त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हँुदै पुन शङ्खधर चोक फर्कियो । शङ्खधर चोकबाट मुख्य सडक हुदै राधेराधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्धपोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर पुगेर परिक्रमा गरेपछि क्वाठण्डौ, हँुदै नवदुर्गा मन्दिर(द्यो छें)पुग्यो ।
रात छिपिँदै थियो । आकाशमा चन्द्रग्रहण लागिरहेको थियो तर पनि वीरेन्द्रभक्तको पाइला रोकिएन, आठ किलोमिटरको धार्मिक यात्रा सकेर महाद्वीप बोकेर फेरि अर्को आठ किलोमिटरको यात्रा तय गर्न पाइला लम्कियो । नवदुर्गा मन्दिरमा साक्वः लान हुँदै पुन पाँचतले मन्दिरबाट वंशगोपाल, सिद्धपोखरी, सल्लाघारी चोङ्गा गणेश, मध्यपुरथिमिको निकोसेरा, मध्यपुरथिमि नगरपालिका चोक, पाटी विहार, गुङ चिवा, भीमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्धिगणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, भुलाँखेल, चोडे, दुई पोखरी हुँदै १६ किलोमिटरको यात्रा बिहान ४ बजे बालकुमारी मन्दिर पुग्यो । जिब्रोबाट सियो निकालेर बालकुमारीको माटो घाउमा नाय पःमाले लगाई दिएपछि आज बिहान द्योःलित तवनेगु अर्थात् विसर्जन पूजा गरी सियोलाई मन्दिरभित्र काठमा ठोकेपछि जात्रा विसर्जन भएको वीरेन्द्रभक्त बताएका छन् ।
लोप भइसकेको जात्राले पायो पुनर्जीवन 
ऐतिहासिक यो जात्रा ३५० वर्षदेखि चल्दै आए पनि विविध कारणले २०२६ सालपछि लोप भएको बताउनुहुन्छ ७२ वर्षीय नाय पःमा श्यामकाजी पःमा श्रेष्ठ । जात्राका बारेमा स्थानीयले धेरै खोजबिन गरी पुराना गुरु र नाय पःमालगायतहरुसँगको छलफलपछि २०५० सालमा स्थानीय चोडे निवासी कृष्ण नानी श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमि परिक्रमा गरेपछि जात्राले पुनर्जीवन पायो भने नयाँ पुस्तामा पनि जात्राप्रतिको मोह जागेर आयो ।
येँयाः पुन्हिया लसताय् म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले २०५० साल ०५७ र ०६३ गरी तीनपटक कृष्णनानी श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए पनि जात्रा पुनः रोकिएको बताउछन् । जात्रा गर्दा पुजा सामग्री, विभिन्न सामान र भोजमा मात्रै लाखौँ खँर्च हुन र त्यो रकमको भार पनि जिब्रो छेड्ने व्यक्तिलाई नै पर्ने भएपछि यो जात्रा रोकिँदै आएको उनी बताउछन्। जात्रा जोगाउन समिति गठन गरेको भन्दै समितिका अध्यक्ष श्रेष्ठ अहिले जात्रा सम्पन्न गर्न करिब आठ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको बताए ।
विसं २०७४ मा पुनः स्थानीय युवाको सक्रियतामा जात्रा सञ्चालनका लागि पहिलोपटक समिति नै गठन गरेर वडा नं ४ बालकुमारीका वीरेन्द्रभक्तले जिब्रो छेडेर मध्यपुरथिमिको विभिन्न टोल एवं मन्दिरहरुको परिक्रमा गरी जात्रा सञ्चालन भयो । २०७५ सालमा भने मध्यपुरथिमि–५ चोडेका बालकराम श्रेष्ठले जिब्रो छेडाएर मध्यपुरथिमिको परिक्रमा गरेका छन्। त्यसपछि कोरोना महामारीले तीन वर्ष रोकिएको यो जात्रा २०७९ मा पुनः वीरेन्द्रभक्तले नै जिब्रो छेडेर मध्यपरथिमिको परिक्रमा गरे ।
यो जात्रामा २०८० सालमा भने पशुपतिनाथ मन्दिरमै पुग्ने सङ्कल्प गरेर बालकराम नानी श्रेष्ठले दिगुटोलमा जिब्रो छेडेर मध्यपुरथिमिको परिक्रमा गर्दै पेप्सीकोटाबाट गुहेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको परिक्रमा गरी सोही रुटबाट २६ किलोमिटरको यात्रा महाद्वीप बोकेर खाली खुट्टाले नै पूरा गरे । २०८१ सालमा पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर सोही रुट हुँदै पशुपतिनाथका परिक्रमा गरेर फर्केका छन् । यस वर्ष २०८२ मा पनि वीरेन्द्रभक्तले नै जिब्रो छेडेर मध्यपरथिमि हुँदै भक्तपुरसम्मको रातभरिको १६ किलोमिटर यात्रा आज बिहान ४ बजे पूरा गरेका छन् । जात्राले मध्यपुरथिमिको इतिहासलाई जीवन्त राखेको र विश्वमा जात्राबारे प्रचार पु¥याउँदै पर्यटन विकासमा टेवा दिन नगरपालिका लागिरहेको मध्यपरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
यसअघि ३५० जनाले जिब्रो छेडेको दाबी 
जात्राका नाय पःमा श्यामकाजी पःमा श्रेष्ठ यो जात्रामा ३५० जनाले जिब्रो छेडेको दाबी गरेका छन् । श्रेष्ठ भन्छन्, “म आठ नौ वर्षको हुँदादेखि नै यो जात्रा देख्दै आएको हुँ । त्यतिखेर राजाले नै जात्रा चलाउथेँ । लायकू दरबारमा जिब्रो छेडिन्थ्यो । हनुमान ढोका दरबारबाट राज खड्ग ल्याएपछि मात्र जिब्रो छेडिन्थ्यो । सबै प्रक्रिया मेरै घरमा हुन्थ्यो । मलाई थाहा छ, एउटै परिवारका पाँच जनाले र अर्को एकजनाले गरि एकै दिन छ जनाले जिब्रो छेडेर परिक्रमा गरेको देखेको छु, त्यतिखेर एकै पटक १७ जनाले जिब्रो छेडेको बुबाले सुनाउनु हुन्थ्यो ।”
विसं २०३६ सम्म सरकारी अमानीबाट जात्रा चलेको सय वर्षअगाडि पनि पशुपति मन्दिरसम्म जात्रा गएको बताए । जिब्रो छेडेर पशुपति, चाँगुनारायण मन्दिर र काभ्रेको नमोबुद्धसम्म पुगेको पुर्खाबाट आफूले सुनेको उहाँले बताए। उनी भन्छन्, “अहिले पनि बालकुमारी मन्दिरमा आएर सियो हेरे हुन्छ, एकै पटक ६ जनाले, १७ जनाले जिब्रो छेडेको सियौ एकै ठाउँमा ठोकिएको छ, गन्दा ३५० भन्दा बढी सियो अहिले पनि देखिन्छ, त्यसैलाई आधार मान्दा पनि जात्रा ३५० वर्ष पुरानो र ३५० जनाले जिब्रो छेडेको पुष्टी हुन्छ ।”
यस्तो छ पौराणिक कथन  
परापूर्वकालमा मध्यपुरथिमिका बासिन्दामा विभिन्न रोग, डर र भयले त्रसित बनाई बस्ती आसपासमा भूत, प्रेत र पिचासले दुःख दिए । एक दिन एक तान्त्रिकले आराध्येदेवी श्री बालकुमारी माईको साधना गरी उनको दिव्य उपदेशअनुसार भाद्र शुक्ल पुर्णिमाका दिन एक साहसिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर नगर परिक्रमा गराइयो ।
ती साहसिक व्यक्तिले आफ्नो बस्तीबाट भूत, प्रेत, पिचास भगाउन र बस्ती नजिकका अर्को बस्तीहरु चाँगुनारायण, गुह्वेश्वरी, पशुपतिसम्म रहेका भूत, प्रेतले पनि दुःख नदिऊन् भनेर जिब्रो छेडेर थिमिबाट चाँगुनारायण, पशुपतिसम्मका बस्तीहरुमा महाद्वीप बोकेर घुमेर यहाँका बासिन्दालाई भयरहित बनाउन, बस्तीमा सुरक्षा एवं सहकाल भित्र्याउन जिब्रो छड्ने गरेको पौराणिक कथन रहेको छ ।
जात्राका लागि एक महिनाअगाडि नै नातु (सुइरो)बनाउन पूजा लिएर नकर्मीको घरमा खबर गर्ने परम्परा छ । नकर्मीले तीन तिर भएको नातु बनाई एक महिना शुद्ध तोरीको तेलमा डुबाएर राख्ने परम्परा छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने, त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाउने परम्परा छ । जिब्रो छेड्ने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने, आकाशदीप बोक्ने मानन्धरहरु नै हुनुपर्ने प्रचलन छ । जात्राका लागि गुरु कवीन्द्र जामन श्रेष्ठ, बाबुकाजी कःमी श्रेष्ठ, रामभक्त नकर्मीको संलग्नता रहेको छभने राजखड्ग लिन जाँदा खड्गीहरुले नाखि बाजा बजाउने र कुस्ले ९कपाली० ले मुहाली बजाउने परम्परा रहेको छ ।
जात्रामा सरकारको सहयोग 
यस जात्राका लागि मध्यपुरथिमि नगरपालिकाले विगत वर्षजस्तै यसवर्ष पनि रु तीन लाख सहयोग गरेको छ । यस वर्ष वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले जात्रालाई रु दुई लाख र वैशाख २ गते बोडेको जिब्रो छेड्ने जात्रालाई रु दुई लाख हरेक वर्ष नियमति आउने गरी बजेटको व्यवस्थापन गरेको मन्त्री सुरेश श्रेष्ठले जानकारी दिए ।
नगरपालिका र प्रदेश सरकारबाट आएको रकमबाट अपुग रकम भने स्थानीयवासी, समितिका पदाधिकारी एवं सदस्यहरुबाट स्वेच्छाले सङ्कलन गर्ने समितिको निर्णय भएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ: रास्वपादेखि प्रसाईंसम्मको घुसपैठ

काठमाडौँ । काठमाडौँमा सोमबार भएको जेनजीको प्रदर्शनमा घुसपैठ भएको ब्रिफिङ सुरक्षा प्रमुखहरूले गृहमन्त्री रमेश लेखकलाई गराएका छन्।

केहीबेरअघि भएको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले गृहमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए।

जेनजीहरू फर्किसकेको अवस्थामा दलका कार्यकर्ताहरू तथा दुर्गा प्रसाईं र राजावादीहरूको टोलीसँगै रास्वपाका कार्यकर्ताको घुसपैठ भएको बैठकमा गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूले भने ।

जेनजी आन्दोलन : ज्यान गुमाउनेको संख्या १० पुग्यो

काठमाडौं । काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । ज्यान गुमाउने सबैको पहिचान खुलिसकेको छैन । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको छ ।

झ्यालको सिसा छेडेर पसेको गोली लागेर हिमालयन जाभाका सञ्चालक मेहेता घाइते

काठमाडौं । प्रहरीले चलाएको गोली लागेर नयाँ बानेश्वरस्थित हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता घाइते भएका छ्न् । मेहेतालाई सिसाबाट छिरेको गोली लागेको प्रतिक्षदर्शी रमिला नेपालले जानकारी दिइन् । आफूसहित १५-२० जना अहिले जाभाभित्रै रहेको उनले जानकारी दिएकी छन् ।

जेनजीको आन्दोलन भड्किएसँगै बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ । अहिले यहाँ सेना परिचालित छ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या अहिलेसम्म आठ पुगेको छ । घाइते भएपछि उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएकामध्ये २ प्रदर्शनकारीको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै ट्रमा सेन्टरमा ५ जना, काठमाडौँ मेडिकल कजेलमा एक जना गरी आठ जनाको मृत्यु भएको हो ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

जेन जी पुस्ता सडकमा निस्किएपछि कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाउँदैछ।

पोखरामा पनि अनिश्चितकालीन कर्फ्यू

पोखरा । पोखरामा पनि कर्फ्यू आदेश जारी भएको छ । सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति निकालेर कर्फ्यू आदेश जारी गरेकी हुन् । सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्म कर्फ्यू आदेश जारी भएको हो । पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन र सभा गर्न नपाइने आदेशमा उल्लेख छ ।

जेनजी आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् । आज भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्‍यो । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ ।

दक्षिण कोरिया–अमेरिकी सम्बन्धमा नयाँ चुनौतीः आप्रवासन छापाको प्रभाव

अमेरिका । अमेरिकाको जर्जिया राज्यस्थित हुन्डाइ र एलजी एनर्जी सोलुसनबीचको संयुक्त लगानीमा बनिरहेको ब्याट्री निर्माण कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले ठूलो छापा मारी करिब ४७५ जनालाई नियन्त्रणमा लिएका छन् । यसमा थुप्रै दक्षिण कोरियाली कामदारहरू पनि परेका छन्, जसले दक्षिण कोरियाली सरकार, सांसद र लगानीकर्तामा गहिरो चिन्ता र आक्रोश उत्पन्न गरेको छ ।

दक्षिण कोरियाली सरकारले अमेरिकालाई आफ्ना नागरिक र लगानीकर्ताको अधिकारको सम्मान गर्न आग्रह गर्दै पक्राउ परेकाहरूलाई छिटोभन्दा छिटो फिर्ता ल्याउन चार्टर विमान पठाउने तयारी गरिरहेको छ ।

घटनाको विवरण
बिहीबार अमेरिकी आप्रवासन विभागले हुन्डाइ–एलजी ब्याट्री कारखानाको निर्माण स्थलमा व्यापक छापा मार्दा करिब ४७५ कामदार पक्राउ परेका थिए । यो अमेरिकी इतिहासमा एकै ठाउमा गरिएको सबैभन्दा ठूलो आप्रवासन छापामारीमध्ये एक मानिएको छ । सार्वजनिक भिडियोमा पक्राउ परेका कामदारहरूलाई हात र खुट्टामा साङ्लो लगाएर राखिएको देखिन्छ ।

हुन्डाइ–एलजी कारखानाको महत्व
यो परियोजना करिब ४.३ अर्ब अमेरिकी डलरको लगानीमा बनिरहेको छ र सन् २०२६ मा सञ्चालनमा आउने योजना छ । यसले हजारौं रोजगारी सिर्जना गर्नेछ र विद्युत् सवारी साधनहरूको लागि ब्याट्री उत्पादन गर्नेछ । एलजी एनर्जी सोलुसनले छापामारीका कारण उत्पादन कार्यमा कुनै ढिलाइ नहुने जनाएको छ, तर विशेषज्ञहरूले यसले लगानी योजनामा असर पार्न सक्ने बताएका छन् ।

कामदारहरूको भिसा स्थिति
पक्राउ परेका धेरै कामदारहरूले व्यवसायिक भिसा (बी–१)मा अमेरिका प्रवेश गरेका थिए, जुन भिसाले निर्माण कार्य गर्न अनुमति नदिएको बताइएको छ । निर्माण कार्यका लागि विशेष एच–१बी भिसा आवश्यक पर्छ, जसको प्रक्रिया कडा र जटिल छ । यस कारणले यो घटना अझ विवादित बनेको छ ।

आगामी कदम र प्रभाव
यो छापामारीले दक्षिण कोरियाली कम्पनीहरूको अमेरिकी लगानीमा बाधा पुर्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । कम्पनीहरूले अब आवश्यक कामदार मात्र अमेरिका पठाउने र भिसा प्रक्रियामा थप सतर्कता अपनाउने सम्भावना छ । दक्षिण कोरियाली सरकारले अमेरिकासँग समन्वय गर्दै पक्राउ परेका कामदारहरूको रिहाइ र स्वदेश फिर्ताको प्रक्रिया अघि बढाइरहेको छ । केही कामदारहरूले आप्रवासन अदालतमा आपत्ति जनाउन सक्ने अधिकार भने राख्नेछन् ।
यस घटनाले दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धमा नयाँ चुनौती थपेको छ । तर दक्षिण कोरियाली सरकार र अमेरिकी प्रशासनले मिलेर संवेदनशील र कूटनीतिक तरिकाले यस समस्यालाई समाधान गर्न प्रयास गरिरहेका छन् ।

प्रदर्शनका क्रममा पाँचको मृत्यु, ट्रमा सेन्टरमा मात्रै चार जना

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर हालसम्म पाँच जनाको मृत्यु भएको बताइएको छ । जेनजीको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर घाइतेमध्ये ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । घाइते कसैको पनि पहिचान खुलिसकेको छैन । प्रदर्शनका क्रममा १०० बढी घाइते भएका छन् । घाइतेमध्ये केहि केहिको अवस्था गम्भीर रहेको बताइएको छ ।

व्यापार वृद्धिमा चीनको अग्रसरता, विश्व बजारमा सशक्त उपस्थिति

चीन । चीनको अगस्ट महिनाको निर्यात वार्षिक आधारमा ४.४ प्रतिशतले वृद्धि भए पनि यो वृद्धि आर्थिक विश्लेषकहरूले गरेका पूर्वानुमानभन्दा कम भएको देखिएको छ । अमेरिकातर्फको निर्यात घटे पनि दक्षिणपूर्वी एसिया र युरोपतर्फको निर्यातमा उल्लेखनीय सुधार देखिएको छ ।

यस वर्ष चीन र अमेरिकाबीचको व्यापार सम्बन्धमा चर्को उतारचढाव आएको छ, जसअन्तर्गत दुबै देशले एकअर्काको वस्तुहरूमा उच्च टारिफ (मासुल) लगाएका छन् ।
आधिकारिक तथ्याङ्क अनुसार, अगस्टमा अमेरिकातर्फको निर्यात अघिल्लो महिनाको तुलनामा ११.८ प्रतिशतले घट्यो भने गत वर्षको सोही महिनाको तुलनामा ३३.१ प्रतिशतले कमी आएको छ ।

यद्यपि, युरोपेली संघतर्फको निर्यातमा १०.४ प्रतिशत र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूतर्फको निर्यातमा २२.५ प्रतिशतले वृद्धि भएको छ ।
तर कुल निर्यात वृद्धि ब्लूमबर्गद्वारा गरिएको ५.५ प्रतिशतको पूर्वानुमानभन्दा कम रह्यो । उता, आयातमा पनि कमजोरी देखिएको छ । अगस्टमा आयात १.३ प्रतिशतले मात्र बढ्यो, जुन ३.४ प्रतिशतको पूर्वानुमानभन्दा कम हो ।

टारिफको डरले चाँडै सामान पठाउने प्रवृत्ति अब घट्दै
पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङले बताएअनुसार, विगतमा टारिफ बढ्ने डरले व्यवसायीहरूले चाँडै सामान पठाउने (फ्रन्टलोडिङ) प्रवृत्ति देखिएको थियो, तर अब त्यो प्रभाव क्रमशः कम हुँदै गएको छ ।
उनले थपे, “चिनियाँ व्यवसायीहरूले अन्य देशहरूमा आफ्नो बजार हिस्सा बढाउने प्रयास गरिरहेका छन्, जुन कमजोर घरेलु मागका कारण पनि देखिएको हो ।”
दक्षिणपूर्वी एसिया र चीनबीचको आपूर्ति श्रृङ्खला (सप्लाइ चेन) निकै गहिरो रुपमा जोडिएको छ । अमेरिकाले चिनियाँ सामानहरू अरू देशहरू हुँदै पुनःनिर्यात(ट्रान्सशिपमेन्ट)गरिरहेको आरोप लगाउँदै आएको छ,जसको उद्देश्य उच्च टारिफबाट जोगिनु हो । इकोनोमिस्ट इंटेलिजेन्स युनिटकी प्रमुख अर्थशास्त्री युए सुका अनुसार,“व्यापार मार्ग परिवर्तन भइरहेको स्पष्ट देखिन्छ, जुन टारिफबाट जोगिन आपूर्ति श्रृंखलाको विविधिकरण गर्ने प्रयासको भाग हो ।”

चीनले यस वर्ष आर्थिक वृद्धि करिब ५ प्रतिशत हुने लक्ष्य राखेको भए पनि हाल घरेलु मागको कमजोरी, घरजग्गा क्षेत्रमा ऋणसम्बन्धी समस्या र युवा बेरोजगारीजस्ता कारणले पूर्ण पुनःउत्थानमा कठिनाइ भइरहेको छ ।
अगस्टमा कारखानाहरूको उत्पादन थोरै बढे पनि पाँचौं महिनासम्म पनि उत्पादनमा संकुचन रहिरह्यो, जसले देखाउँछ कि व्यापार तनावले निर्यातमुखी अर्थतन्त्रमा असर पारिरहेको छ ।

अमेरिकी प्रस्तावलाई हमासको समर्थन, युद्धविरामको सम्भावना बलियो

हमासले युद्धविराम सम्झौताका लागि बन्धकहरूको रिहाइ सम्बन्धमा छलफल गर्न तयार रहेको जनाएको छ । गाजा क्षेत्रमा जारी द्वन्द्व अन्त्य, इजरायली फौजको पूर्ण फिर्ता र स्वतन्त्र प्यालेस्टिनी प्रशासन समिति गठनको सर्तमा हमासले सबै बन्धकहरूलाई मुक्त गर्ने विषयमा वार्ता गर्न इच्छुक भएको हो ।

मध्यस्थकर्ताहरू मार्फत् अमेरिकी पक्षले प्रस्तुत गरेको युद्धविराम प्रस्तावलाई हमासले स्वागत गरेको छ । तर, विगतका सम्झौताहरू जस्तै यसपटक पनि इजरायलबाट स्पष्ट र प्रत्यक्ष प्रतिबद्धता नआए निराशा हुने सम्भावना रहेको हमासले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखे,“इजरायलले मेरो शर्तहरू स्वीकार गरिसकेको छ । अब हमासले पनि स्वीकार गर्नुपर्ने समय आएको छ । यो मेरो अन्तिम चेतावनी हो ।”

इजरायलका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा बताएअनुसार, इजरायलले राष्ट्रपति ट्रम्पको प्रस्तावलाई गम्भीरतापूर्वक विचार गरिरहेको छ । प्रस्ताव अनुसार, गाजा सहरमाथिको आक्रमण स्थगित गरिने र युद्धविरामको पहिलो दिनमा करिब ४८ जना बन्धकमध्ये जीवित रहेका सबैलाई रिहा गरिने । यसका बदला हजारौं प्यालेस्टिनी बन्दीहरू रिहा गरिनेछन् ।

युद्ध अन्त्यका लागि वार्ता राष्ट्रपति ट्रम्पको मध्यस्थतामा सुरु हुने र वार्ताका क्रममा युद्धविराम कायम रहने अपेक्षा गरिएको छ ।

प्रहरी दमनले हिंसात्मक बन्यो जेनजी आन्दोलन : गोली लागेर तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौँमा जेनजीको प्रदर्शनमा घाइते तीन जनाको निधन भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृत्यू हुनेहरुको पहिचान खुलिसकेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गर्‍यो । अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढलेका थिए । उनको ‘अन द स्पट डेथ’ भएको हो ।

यस्तै ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन । उपचारका लागि ट्रमा सेन्टर लैजाँदै गर्दा ती प्रदर्शनकारीको मृत्यु भएको हो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको हो ।

सिभिल अस्पताल मेडिकल सुपरिटेन्डेन डा. बद्री रिजालका अनुसार उपचारका लागि ल्याइएका थप एक जनाको मृत्यु भएको हो । रिजालका अनुसार अस्पताल आउँदा नै मृत्यु भएको हो । ट्रमा अस्पतालमा ३० जना घाइते प्रर्दशनकारीको उपचार भईरहेको छ । यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । सिभिलमा १०० बढी घाइतेको उपचार जारी छ । घाइते केहिको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीको गोली लागेर घाइते भएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा आन्दोलन चर्काएका थिए । यस्तै प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कफ्र्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कफ्र्यू लगाइएको छ । तर ‘कर्फ्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । त्यसपछि प्रहरीले आन्दोलकारीमाथि दमन सुरु गरेको छ ।

कोलम्बियामा २७ जना सैनिकको उद्धार, ४५ जना अझै विद्रोहीको नियन्त्रणमा

कोलम्बियाको दक्षिणपश्चिमी क्षेत्रमा विद्रोहीको कब्जामा परेका ७२ जना सैनिकहरूमध्ये २७ जनालाई उद्धार गरिएको छ । बाँकी ४५ जना अझै विद्रोहीको नियन्त्रणमा रहेको सैनिक अधिकारीहरूले जानकारी दिएका छन् ।

यस क्षेत्र विद्रोही गतिविधि र लागू औषध खेतीले प्रभावित रहँदै आएको छ । त्यहाँ सरकारी उपस्थिति निकै कमजोर मानिन्छ, जसले यस्ता घटनालाई दोहोरिन सहज बनाएको छ ।
सैनिक अधिकारीका अनुसार, सैनिकहरूलाई काउका क्षेत्रमा दिउँसोको समयमा नियन्त्रणमा लिइएको थियो । घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
पछि सेनाले वक्तव्य जारी गर्दै भनेको छ, “२७ जना सैनिकको सफल उद्धार गरिएको छ । बाँकी ४५ जना अझै पनि नियन्त्रणमा छन्, तर उनीहरूको सुरक्षाका लागि सेना सक्रिय रूपमा कार्यरत छ ।”

अवैध कार्यविरुद्धको अभियानमा अवरोध
सेनाले जनाएको अनुसार, मिकाय क्षेत्रको सैन हुयान नगरमा करिब ६ सय जना स्थानीयले सैनिकहरूको गतिविधिमा अवरोध गरेका थिए । ती सैनिकहरू लागू औषध ओसारपसार र अवैध खानी नियन्त्रण गर्न खटिएका थिए ।
यो क्षेत्र कोका नामक लागू औषधको मुख्य खेती हुने ठाउँ हो, जहाँ पूर्व विद्रोही संगठन फार्कबाट अलगिएको ‘केन्द्रीय मुख्य समूह’ सक्रिय छ ।

राष्ट्रपतिबाट शान्तिपूर्ण समाधानको आह्वान
राष्ट्रपति गुस्ताभो पेत्रोले सामाजिक सञ्जालमार्फत अपहरणमा परेका सैनिकहरूलाई स्वतन्त्र पार्न आग्रह गर्दै भन्नुभयो,“तिनीहरू तपाईंका छोराहरू हुन् । कोलम्बियाका छोराछोरीहरूले आफ्ना बाबुआमाभन्दा बढी बाँच्छन् भन्ने हामी सबैको चाहना हो ।”
उहाँले भन्नुभयो,“मिकायका कृषकहरूले अब अवैध खेतीको सट्टा शान्तिपूर्ण विकल्प रोज्नुपर्ने समय आएको छ । यो परिवर्तनको अवसर हो ।”

यसअघि पनि यस्ता घटना दोहोरिएको थियो
सरकारी तथ्याङ्क अनुसार, यस्ता घटनाहरू विद्रोही समूहहरूको निर्देशनमा स्थानीय बासिन्दाहरूबाट गरिन्छ । ती क्षेत्रमा राज्यको उपस्थिति झनै कमजोर छ ।
यसअघि असार महिनामा पनि सोही क्षेत्रमा ५७ जना सैनिकलाई नियन्त्रणमा लिइएको थियो । पछि सेनाको हस्तक्षेपपछि उनीहरूलाई मुक्त गरिएको थियो ।
साउनको अन्त्यमा, देशको दक्षिणपूर्वी भागमा पनि ३३ जना सैनिकलाई तीन दिनसम्म नियन्त्रणमा राखिएको थियो ।
सन् २०१६ मा कोलम्बियाले प्रमुख विद्रोही संगठन फार्कसँग शान्ति सम्झौता गरेको भए पनि त्यसलाई अस्वीकार गर्ने केही समूह  थियो ।

 

हुथी विद्रोहीद्वारा: विमानस्थलमा ड्रोन आक्रमण, गाजामा आक्रमण तीव्र बनाउँदै

इजरायल । यमनस्थित हुथी विद्रोहीहरूले आइतबार इजरायलको दक्षिणी भागमा पर्ने रमान अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन मार्फत आक्रमण गरेका छन् । इजरायली सेनाले यस घटनामा विमानस्थलका काँच फुटेको, एक जना व्यक्ति सामान्य घाइते भएको र केही घण्टाका लागि उडानहरू रोकिन पुगेको बताएको छ ।
विमानस्थलमा पुगेको क्षति सानोतिनो रहेकोले उडानहरू पुनः छिट्टै सञ्चालनमा आएका थिए । हुथी विद्रोहीहरूले यस आक्रमणको जिम्मेवारी लिएका छन् र यसलाई इजरायलमाथिको आफ्नो सैन्य अभियानलाई तीव्र पार्ने सन्देशका रूपमा व्याख्या गरेका छन् ।

हुथी सैन्य प्रवक्ताले ८ वटा ड्रोन प्रहार गरिएको बताए । उनले इजरायलका विमानस्थलहरू सुरक्षित नभएको चेतावनी दिए ।
इजरायली सेनाले केही ड्रोनलाई रोक्न सफल भए पनि यस ड्रोनलाई समयमै नियन्त्रणमा लिन नसकेको कारणहरूको अध्ययन गरिरहेको जनाएको छ ।

हुथी विद्रोही र इजरायलबीच तनाव बढ्दो क्रममा
इजरायलले यमनमा हुथी विद्रोहीहरूको प्रधानमन्त्री अहमद अल–राहावी र अन्य वरिष्ठ अधिकारीहरूको हत्या गरेको केही दिनमै हुथी विद्रोहीहरूले इजरायलमाथि आक्रमणहरू तीव्र पार्ने प्रतिज्ञा गरेका छन् ।

हुथी विद्रोहीहरूले आधुनिक हतियार तथा क्लस्टर बमको प्रयोग गर्दै इजरायलमाथि आक्रमण गरिरहेका छन्, जसले इजरायली सुरक्षा प्रणालीलाई चुनौती दिइरहेको छ ।

गाजा सिटीमा इजरायली आक्रमण तीव्र
इजरायली सेनाले गाजा सिटीमा पनि आफ्नो आक्रमणलाई थप तीव्र बनाएको छ । आइतबार अल–रइया नामक सात तल्ले भवन ध्वस्त पारिएको छ, जहाँ विस्थापित फलिस्तीनीहरू बस्दै आएका थिए । इजरायली सेनाले उक्त भवनलाई हामासको खुफिया केन्द्र भएको दाबी गरेको छ, तर हामासले यो अस्वीकार गरेको छ ।
इजरायली सेनाले स्थानीय नागरिकहरूलाई सुरक्षित दक्षिणतर्फ सर्न अनुरोध गरेको छ । तर, धेरै विस्थापितहरू बारम्बार विस्थापनको कारण त्यहीँ बस्न इच्छुक देखिएका छन् ।
गाजा क्षेत्रमा अहिलेसम्म ६४ हजारभन्दा बढी मानिसहरू मारिएका छन्, जसमा महिलाहरू र बालबालिका पनि ठूलो सङ्ख्यामा छन् ।

इजरायली सर्वोच्च अदालतको महत्वपूर्ण फैसला
इजरायलको सर्वोच्च अदालतले प्यालेस्टिनी कैदीहरूलाई पर्याप्त भोजन र आधारभूत जीवनयापनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । यो फैसला मानवअधिकार समूहहरूको निवेदनमा आएको हो, जसले कैदीहरूमा कुपोषण भएको उजुरी गरेका थिए ।

यो निर्णयले इजरायलमा युद्ध नीति सम्बन्धी कानुनी पक्षमा महत्वपूर्ण प्रगति मानिएको छ र अन्तर्राष्ट्रिय रूपमा प्रशंसा पनि प्राप्त गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायलले आफ्नो शान्ति प्रस्ताव स्वीकार गरेको र अब हामासले पनि सहमति जनाउनुपर्ने बताए । उनले यसलाई आफ्नो ’अन्तिम चेतावनी’ भनेका छन् ।
तर, इजरायली अधिकारीहरूले यस दाबीको पुष्टि गरेको छैन । हामासले भने अमेरिकाबाट केही प्रस्तावहरू प्राप्त गरेको र युद्ध अन्त्य गर्नका लागि कुनै पहललाई स्वागत गरेको जनाएको छ । तर हामासले पूर्ण इजराली फिर्ती र गाजाको स्वतन्त्र प्रशासनको मागमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।

जेनजी आन्दोलनबारे प्रचण्ड : स्थिति थप बिग्रन नदिन सरकारले कदम चालोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘आजको दुःखद घटनाले मलाई स्तब्ध र गम्भीर बनाएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गर्छु,’ अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन् ।

अध्यक्ष प्रचण्डले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार विरूद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माग गरेका छन् । ‘स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्,’ सोमबार दिउँसो गोरखामा रहेका अध्यक्ष प्रचण्डले भनेका छन् ।

तेल बजारमा सुधारको सङ्केत, ‘ओपेक प्लस’ले उत्पादन बढाउने

खाडी मुलुकहरूको पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको सङ्गठन र त्यसका सहयात्री मुलुकहरूको समूह (ओपेक प्लस)ले आइतबार एक भर्चुअल बैठक गरी आउँदो अक्टोबर महिनाबाट दैनिक एक लाख ३७ हजार ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्ने निर्णय गरेका छन् ।

साउदी अरेबिया, रसिया, इराक, संयुक्त अरब राष्ट्र, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानजस्ता आठ देशहरूले विश्व बजारको पछिल्लो अवस्था र भावी सम्भावनाको समीक्षा गरेपछि सो निर्णय गरिएको हो ।

ओपेकको सूचनामा भनिएको छ,“२०२१ मार्चमा गरिएको १६ लाख ५० हजार ब्यारेल दैनिक स्वैच्छिक कटौतीमध्येबाट अहिले एक लाख ३७ हजार ब्यारेल उत्पादन फेरी सुरु गर्ने निर्णय गरिएको हो ।”

ओपेकले विश्वको आर्थिक अवस्था हाल स्थिर रहेको र बजारको अवस्था सन्तुलित रहेको उल्लेख गरेको छ । तेलको भण्डारण न्यून रहेकोले बजारमा सुधारको सङ्केत देखिएको बताइएको छ ।
सो कटौती सन् २०२६ को अन्त्यसम्म लागू हुने गरी लम्ब्याइएको थियो । अहिलेको उत्पादन वृद्धिलाई बजारको अवस्थाअनुसार क्रमशः थप घटबढ गर्न सकिने ओपेकले जनाएको छ ।

ओपेक प्लस समूहले आगामी निर्णयहरूका लागि अक्टोबर ५ गते पुनः बैठक गर्ने जनाएको छ ।

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार अहिले दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । ‘जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनकै बारेमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने ।

जेनजी प्रदर्शनकारीले संसद भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । घाइते भएकाहरूको सिभिललगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु लगाइएको भए पनि अहिले प्रदर्शनकारीले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।

कर्णालीका जलविद्युत् आयोजना अगाडि बढाइनेछ :ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनासँगै कर्णाली प्रदेशका अन्य आयोजना अगाडि बढाउन सरकार लागिपरेको बताए ।

फुकोट कर्णाली जलविद्युत् आयोजनाको कामलाई चाँडो अगाडि बढाउनुपर्ने मागसहित मन्त्रालयमा आएको कालीकोटको सर्वदलीय बैठकमा उनले कर्णाली प्रदेशको समृद्धिका लागि मन्त्रालयले फुकोट कर्णालीसँगै अन्य जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन खोजेको बताए ।

उनले आयोजना निर्माणका लागि सम्झौता भएको भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँगको सहकार्यमा आयोजनाको कामलाई अगाडि बढाउन विद्युत् उत्पादन कम्पनीलाई निर्देशनसमेत दिए । “देशभरका आयोजनालाई सरकार एक्लैले लगानी गर्न सक्दैन भनेर कम्पनी खोलेका हौँ, भियुसिएलले भारतको भरपर्दो कम्पनी एनएचपिसीसँग सहकार्य गरेर फुकोट कर्णालीलाई अगाडि बढाउन खोजेको छ, ‘टाइमलाइन’ अनुसार काम गर्न कम्पनीलाई परिपत्र गर्नुस्,” उनले भने ।

मन्त्री खड्काले मुलुकलाई नोक्सानी नहुने र लगानीकर्तालाई लगानीको सुरक्षा हुने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे। ऊर्जामन्त्री खड्काले गरिब र विपन्न नागरिकलाई बिनाधितो सरकारले ऋणको व्यवस्था गरेर जलविद्युत्को शेयर खरिद गर्ने वातावरण निर्माण गरेको उल्लेख गरे।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का नेता एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्झौता भइसकेको आयोजनालाई चाँडो कार्यान्वयनमा लैजानुपर्ने बताए ।

कांग्रेस कालीकोटका सचिव नगेन्द्रबहादुर विष्टले कर्णाली प्रदेशको समृद्धिका लागि उक्त आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धनबहादुर बुढाले कालीकोट र सिङ्गो कर्णालीको विकासका लागि उक्त आयोजनालाई चाँडो बनाउनुपर्ने बताए । ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडको लगानीमा निर्माण हुनेगरी सम्झौता भएको थियो ।

संसद भवन परिसरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं । संघीय संसद भवनको मुल गेट (पश्चिम गेट) भित्रै प्रदर्शनकारीले आगो लगाएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक झन तनावग्रस्त बनेको छ । सरकारले यस क्षेत्रमा कफ्र्यु आदेश जारी गरे पनि प्रदर्शन झन उग्र बन्दै गइरहेको छ ।

प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली समेत चलाएको छ । संसद् परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा प्रहार गरेको छ । अहिले प्रदर्शनकारीले संसद् परिसरमा आगो लगाएका छन् । बानेश्वरकै सिभिल अस्पतालमा १०० बढी घाइतेको उपचार जारी छ ।

प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्तकको पहिचान खुलिसकेको छैन । अर्का एक जना गम्भीर घाइते भएका छन् । त्यस्तै अन्य अस्पतालमा पनि घाइतेको उपचार जारी छ । यस्तै समाचार संकलन गर्न पुगेका चार पत्रकारलाई पनि प्रहरीले चलाएको रबरको गोली लागेको छ ।

‘मुलुकमा रहेका भाषाको संरक्षण गर्नुपर्छ’

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मुलुकमा रहेका भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ भाषा आयोगको १० औँ स्थापना दिवसमा आयोजित ‘अन्तरराष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२)नेपालको राष्ट्रिय कार्ययोजना’ विषयक अन्तरक्रियामा उनले सरकारी कामकाजको भाषामा अन्य भाषा पनि प्रयोगमा ल्याउनुपर्ने आयोगले जोड दिनुपर्ने बताए । उनले नेपालका मृत हुन थालेका भाषा जोगाउन सबैको कर्तव्य रहेको बताए।

आयोग अध्यक्ष मगरले सबै ठाउँको भाषाको विकास गर्न सके मात्र मुलुकको विकास हुने बताए । उनले सरकारले आफूले पनि केही काम गर्न सिफारिस गर्न निर्देशन दिए पनि जम्मा १५ प्रतिशत कार्यान्वयन गरेको उल्लेख गर्दै भाषामा आयोगको सिफारिस भने सरकारले ३० प्रतिशत कार्यान्वयन गरेको बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले लोपोन्मुख भाषा बचाउन एकद्वार प्रणाालीमा काम गर्न आग्रह गरे । उनले मातृभाषामा शिक्षा प्रदान गर्नुपर्ने बताए ।

अन्तरराष्ट्रिय भाषाविद् महेन्द्र लावतीले राज्यले सबै समुदायलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा जोड दिए । उनले देशको समृद्विका लागि विभिन्न भाषाभाषीमा पठनपाठन आवश्यक रहेको बताए । उनले नेपालमा एकल भाषिक शिक्षा नीतिको कारणले मानव संसाधन विकासमा समस्या पारेको बताए । “देशलाई समृद्ध बनाउनका लागि मानव संसाधनको विकास गर्नुपदर्छ । त्यसका लागि प्राथमिक तहमा आ–आफ्नो भाषामा पठनपाठनको व्यवस्था गर्नु पर्दछ,” उनले भने।

संयुक्त राष्ट्रसङ्घ आदिवासीसम्बन्धी एसिया क्षेत्रको पूर्वप्रतिनिधि परशुराम तामाङले देश बहुभाषिक भए पनि एक भाषामा मुलुक चलेको बताए ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले त्रिभुवन विश्वविद्यालय र नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई भाषा संरक्षण गर्न सहयोग गर्नुपर्ने बताए । उनले हामी सबै लागेर भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए ।

भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले शिक्षामा मातृभाषाको प्रयोगका सम्बन्धमा जनस्तरबाट राम्रो अभ्यास भएको बताए । उनले नेपालमा बोलिने भाषाहरूको बृहत् भाषिक सर्वेक्षण गर्न जरूरी रहेको बताए ।

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कूल १४२ जातजाति, १२४ भाषा र १० धार्मिक सम्प्रदाय रहेका छन् ।

मीनभवनको यातायात कार्यालय छेउमा आगजनी

काठमाडौं । मीनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी भएको छ । केहीबेरदेखि यहाँ आगजनी भइरहेको हो । जेनजीहरूको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । सरकारले कफ्र्यू लगाए पनि अहिलेसम्म प्रदर्शन रोकिएको छैन । यसैबीच जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ । नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।

जेनजीले गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार पत्रकार घाइते भएका छन् । प्रहरीले चलाएको रबरको गोली लागेर नेपाल वान एचडीका नरेश खतिवडासहित चार जना घाइते भएका हुन् । उनीहरु समाचारका लागि फोटो, भिडियो खिच्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका हुन् ।

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा समाचार संकलनका लागि पुगेका पत्रकार खतिवडालाई प्रहरीले चलाएको रबरको गोली दाहिने हातको पाखुरामा लागेको हो । यस्तै प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।

यस्तै आन्दोलनको समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रशासनले दिउँसो साढे १२ बजेबाट कफ्र्यू आदेश जारी गरेको थियो । यद्यपि अहिले पनि प्रदर्शन रोकिएको छैन ।

राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न निस्किएपछि बैठक स्थगित भएको हो ।

बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल भइरहेको थियो । गृहमन्त्री, रक्षामन्त्री र गृहसचिव बैठकबाट बाहिरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकारको प्रतिनिधिको उपस्थितिबिना विधेयकमाथिको छलफल अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री केही समयका लागि अनुमति लिएर बाहिरिनुभएको जानकारी दिँदै बैठकलाई निरन्तता दिने प्रस्ताव गरेका छन् । छलफलमा सहभागी सांसद रामहरि खतिवडा, ज्ञानेन्द्र शाहीलगायतले गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक उपस्थित नभएका बेला प्रहरीसम्बन्धी विधेयक अघि बढाउन उपयुक्त नहुने विचार व्यक्त गरेका छन् ।

अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति न्यौपानेले आजको बैठक स्थगित भएको घोषणा गरे । त्यसअघि बैठकमा सांसदहरू मैना कार्की, प्रतिमा गौतम, अशोककुमार चौधरीलगायतले संशोधन प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका थिए। सो विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा विभिन्न ६४८ वटा विषयमा संशोधन दर्ता भएको छ । विधेयकको प्रस्तावनामा नै २२ वटा संशोधन परेको छ ।

लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले प्रत्येक वर्ष लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै आएको छ । केन्द्रले खरी, जमुनपारि, सिन्हाल, शुद्ध बोर, बोर क्रस प्रजातिका बाख्रा लक्ष्यभन्दा बढी उत्पादन गरेको छ ।

कार्यालयका वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यका अनुसार आर्थिक वर्ष २०८१/८२ मा खरी बाख्रा ३४ उत्पादन गर्ने लक्ष्य राखिएकामा ५४ उत्पादन भएको छ । त्यस्तै, सिन्हाल छ उत्पादन गर्ने लक्ष्य राखिएकामा ११, जमुनापारि क्रस तीन उत्पादन गर्ने लक्ष्य रहेकामा पाँच, शुद्ध बोर ८० उत्पादन गर्ने लक्ष्य राखिएकामा १०९ र बोर क्रस १७३ उत्पादन गर्ने लक्ष्य राखिएकामा २०२ उत्पादन भएको छ ।

आचार्यका अनुसार शुद्ध सानन १५ उत्पादन गर्ने लक्ष्य रहेकामा १३, सानन क्रस ३३ उत्पादन गर्ने लक्ष्य रहेकामा ३७ उत्पादन भएको छ । केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० खरी बाख्रा उत्पादन गरेको थियो । केन्द्रले त्यस वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका १७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५ र सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको जनाएको छ ।

यस्तै, केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा सानन दूध दुई हजार लिटर उत्पादन लक्ष्य राखेकामा तीन हजार ११४, सानन चिज २०० किलो उत्पादन लक्ष्य राखेकामा ३२८ किलो उत्पादन गरेको आचार्यले बताए ।

केन्द्रमा उत्पादित बाख्रा नेपालका अधिकांश जिल्लामा वितरण हुने गरेको छ । बाख्राको अनुसन्धानका लागि विभिन्न जिल्लामा स्रोतकेन्द्र स्थापना गरिएको छ । तनहुँको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।

केन्द्रमा बाख्रालाई चरिचरनको घाँसहरूमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै, हिउँद तथा सुक्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ ।

कुल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राका लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ ।

झापाको जेनजी आन्दोलनमा चल्यो गोली, एक जना घाइते

झापा । झापाको दमकमा पनि जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको छ । दमक नगरपालिकामा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर कमल गाँउपालिकाका प्रकाश भट्टराई घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले अहिले दमक नगरपालिका घेराउ गरेका छन् । उनीहरू मुठभेडमा उत्रिएपछि प्रहरी पछि हटेको छ । प्रहरी हटेसँगै प्रदर्शनकारीले नगरपालिकामा रहेका गाडी र मोटरसाइकल जलाएका छन् । दमक चोकमा भेला भएका जेनजी पुस्ता नगरपालिकातर्फ बडेपछि प्रहरीले प्रदशनकारीलाई रोक्न गोली र अश्रुग्याँस प्रहार गरेको थियो ।

जेनजीले कोशी प्रदेशका अन्य जिल्लामा पनि प्रदर्शन गरेका छन् । प्रदेश राजधानी विराटनगर, सुनसरीको इटहरी, दमक विर्तामोडलगायतका शहरमा प्रदर्शन जारी छ । अधिकांश कलेज पोशाकमा छन् । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरमा प्रदर्शन गरिरहेका युवा पुस्ताले ‘हामीलाई दलाल होइन, सरकार चाहिन्छ’ भन्दै प्रदर्शन गरेका छन् ।

चिउरीको तेल पेल्न भ्याइनभ्याइ

घोराही । घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उनलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।

दसैँ र तिहारका लागि रोटी पकाउनेदेखि ‘सिजन’मा चिउरीको तेल बिक्री गरेर दुईचार पैसा कमाउनका लागि तेल पेल्न थालेको उनी बताँउछन् । उमेरले ५६ वर्ष पुगेका विकले यस वर्षदेखि चिउरी पेल्नका लागि आधुनिक कोलसमेत निर्माण गरेका छन् । त्यसका कारण आफूसँगै अन्य स्थानीयलाई समेत तेल पेल्न सहज भएको बताए ।

“जङ्गलमा ठूला–ठूला रूख भएका कारण यस वर्ष धेरै चिउरी टिप्न सकेन, तर पनि एक सिजनमा रु एक लाख ५० हजार बढी आम्दानी हुन्छ”, उनले भने, “चिउरीले गर्दा जीविकोपार्जनमा ठूलो भूमिका खेलेको छ ।” उनले यही तेलबाट दसैँ र तिहारका लागि रोटी पकाउनाका साथै तेल बिक्री गर्ने र त्यहाँबाट आएको पैसाले अन्य सामान किनमेल गर्न सहज हुने बताए ।

उनले अहिले एक धार्नीलाई रु ८०० का दरले बिक्री गर्दै आएका छन् । अहिले आधुनिक कोलसमेत निर्माण गरेकाले विभिन्न ठाउँबाट तेल पेल्न आउने भएकाले झन् व्यस्तता बढेको उनको भनाइ छ । परम्परागत कोलमा पेल्दा जनशक्ति र समय धेरै लाग्ने गरेकामा हाल भने धेरै सजिलो भएको उनले बताए ।

विकले अन्यबाट किलोको रु १० मा तेल पेलेबापत लिने गरेका छन् । उनले हाल दैनिक छ क्विन्टल चिउरीको तेल पेल्दै आएका छन् । उनले बिजुला कुट्ने मिल समेत आफैँले राखेका छन् । यसको तेल जैविक भएकाले स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको उनी बताँउछन् ।

घोराही–१३ तुरुन्तपुरका रामकली घर्तीले पनि चाडपर्वका लागि चिउरीको तेल पेलिसकेका छन्। “विशेष गरेर दसैँ, तिहारका लागि १५ धार्नी चिउरीको तेल जोहो गरेको छु, हरेक वर्षको सिजनमा चिउरीको बिजुला टिप्ने र पेल्ने गर्दै आएका छौँ, स्वास्थ्यका लागि पनि निकै फाइदा जनक रहेकाले यसैको तेल मन पर्छ”, घर्तीले भने, “त्यसैले चाडपर्वमा रोटी बनाउनका लागि मात्रै भए पनि चिउरीको तेल पेलेर राखेका छौँ ।”

घरका लागि पु¥याएर पनि केही तेल बिक्री गर्ने गरेको उनी बताँउछन् । जङ्गल गएर फल टिप्नुपर्ने, घर ल्याएर कुटेर र कोलमा पेलेर तेल निकाल्दा मेहनत धेरै लाग्ने गरेको उनको भनाइ छ । स्थानीयस्तरमै आधुनिक कोल निर्माण भएसँगै यहाँ मौलाकोट, लापे, धानछरे, बगाले, डुम्बर गाउँलगायतबाट मानिस तेल पेल्न आउने गरेको उनको भनाइ छ ।

चिउरीको तेल स्वास्थ्यका लागि फाइदासँगै पकाएका रोटी बास्ना आउने भएकाले यहाँका अधिकांश स्थानीयले दसैँ तथा तिहारका अवसरमा चिउरीको तेल पेल्ने गरेको घर्ती बताउँछन् । “अन्य समयमा तोरीको तेलले काम चलाए पनि चाडपर्वमा चिउरीको तेल खाने गर्दछन्”, उनले भने, “जसले गर्दा आजभोलि कहिलेकाहीँ चिउरीको तेल पेल्नलाई समेत पालो कुर्नुपर्छ ।”

अधिकांश स्थानीयले चाडपर्वमा घरका लागि चिउरीको तेल पेल्ने गरे पनि ठूलो परिवार हुने र मेहनत गर्ने परिवारले चिउरीको तेल बेचेर राम्रो आम्दानी गर्ने गरेको उनी बताउछन् । घोराही–१३ भिउँडरका डल्ली विकले दसैँ, तिहारसँगै वर्षदिनसम्म खान पुग्ने चिउरीको तेल जोहो गर्न थालेको बताए । घरमा पुगेपछि बिक्री पनि गर्ने गरेको उनले बताए । पहिले परम्परागत कोलबाट तेल पेल्न समस्या भएको र हाल भने सहज भएको उनको भनाइ छ ।

“चिउरीको तेल उत्पादनका लागि मेहनत गर्नुपर्छ, तर मानिसहरू सुविधा खोज्छन्”, उनले भने, “जसले गर्दा घर नजिकै भएको जङ्गलका फलहरू खेर जान्छन्, आजभोलि आफ्नोसँगै साथीहरूको तेल पेल्नका लागि बिहान ५ बजेदेखि राति ९ बजेसम्म पनि भ्याउँदैन ।”

अर्का स्थानीय कृष्ण गुरुङले घोराही उपमहानगरपालिकाका पहाडी क्षेत्रका विभिन्न स्थानका स्थानीयले बर्सेनि जङ्गलबाट चिउरीको फल ल्याएर तेल पेल्ने गरेका छन् । उनका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैतमा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ । त्यसपछि तेल पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई कोलमा हालेर पेलेर तेल निकाल्ने गरिएको उनको भनाइ छ ।

जेनजीको प्रदर्शन : बानेश्वरमा चार पत्रकारलाई लाग्यो गोली

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा जेनजीले गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार पत्रकार घाइते भएका छन् । प्रहरीले चलाएको रबरको गोली लागेर नेपाल वान एचडीका नरेश खतिवडासहित चार जना घाइते भएका हुन् । उनीहरु समाचारका लागि फोटो, भिडियो खिच्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका हुन् ।

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा समाचार संकलनका लागि पुगेका पत्रकार खतिवडालाई प्रहरीले चलाएको रबरको गोली दाहिने हातको पाखुरामा लागेको हो । यस्तै प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।

यस्तै आन्दोलनको समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो । यस्तै प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कफ्र्यू आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेर आगजनी गर्न थालेपछि प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।

 

जेनजीको प्रदर्शन : गोली लागेर एक जनाको मृत्यु, ७० बढी घाइते

काठमाडौं । काठमाडौंमा जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत रहेको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन् ।

जेनजीको प्रदर्शन : बानेश्वरमा चार पत्रकारलाई लाग्यो गोली

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा जेनजीले गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार पत्रकार घाइते भएका छन्  । प्रहरीले चलाएको रबरको गोली लागेर नेपाल वान एचडीका नरेश खतिवडासहित चार जना घाइते भएका हुन् ।

उनीहरु समाचारका लागि फोटो, भिडियो खिच्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका हुन् । नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा समाचार संकलनका लागि पुगेका पत्रकार खतिवडालाई प्रहरीले चलाएको रबरको गोली दाहिने हातको पाखुरामा लागेको हो ।

यस्तै प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।

यस्तै आन्दोलनको समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो । यस्तै प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्यू आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेर आगजनी गर्न थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

 

गुरुङ संस्कृति बुझाउने ‘रिमै’

काठमाडौँ । पछिल्लो समय नेपालमा विभिन्न जातजातिका संस्कृतिमा आधारित चलचित्र बन्ने क्रम बढेको छ । लिम्बू संस्कृतिमा ‘जारी’, राई संस्कृतिमा ‘गाउँ आएको बाटो’, मगर संस्कृतिमा ‘घर ज्वाइँ’, शेर्पा संस्कृतिमा ‘कार्साङ’ लगायतका चलचित्र निर्माण भइसकेका छन् । ती चलचित्रको कथामा उल्लिखित समुदायको संस्कृति जोडेर तयार गरिएको थियो । यही क्रममा आजदेखि प्रदर्शन भएको चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति समावेश छ ।

एउटा व्यक्तिको जन्मदेखि मृत्यसम्मको संस्कृतिलाई देखाइएको चलचित्र गुरुङ संस्कृति बुझ्ने महत्वपूर्ण दस्तावेज बन्न सक्नेछ । विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार र संस्कृति समेटिएको चलचित्रले प्रेमकथामार्फत संस्कृतिलाई देखाएको छ । यस अगाडि गुरुङ भाषाका चलचित्रमा ती संस्कृतिलाई देख्न पाइएता पनि मूलधार अर्थात् नेपाली भाषामा निर्माण भएको ‘रिमै’ ले गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामलाई गैरगुरुङमाझ पनि परिचित गराउने विश्वास छ ।

चलचित्रको सुरुआतमै ठागु (दयाहाङ राई)र रुपा (रिश्मा गुरुङ) को अभिभावकले धागो बाँधेर विवाह गर्ने निधो गर्छन् । ठागु आफ्नै मामा ९माओत्से गुरुङ० को छोरीसँग बाल्यकालदेखि नै प्रेममा पर्छन् । सम्बन्धले सोल्टिनी भए पनि ठागुले रुपलाई आफ्नो श्रीमती मानिसकेका हुन्छन् । तर, रुपलाई ठागु मन परेको हुँदैन । बाल्यकालदेखि नै विविध कारणले रुपाको मनमा सोल्टी ठागुका लागि माया छैन । उनलाई पनि पत्तो नभई घृणा विकसित हुँदै जान्छ । बरू रुपाकी बहिनी गोरी(गौमाया गुरुङ)ले ठागुलाई मन पराउँछिन् ।

समयसँगै ठागु आफ्नो आर्थिक अवस्था सबल बनाउन वैदेशिक रोजगारीमा जान्छ । त्यहाँबाट बिदामा फर्किएको समयमा ठागु आफ्नो बाल्यकालको प्रेम रुपलाई श्रीमती बनाएर घर भित्र्याउन चाहन्छ । तर, रुपा गाउँमा खच्चड लिएर आउने गोविन्द (अर्पण थापा) नामक व्यापारीसँग नजिक हुनेछ । सोल्टी ठागुसँग टाढिएकी रुपमालाई गोविन्दसँग प्रेम हो कि आकर्षण आफैँलाई थाहा छैन ।

एक दिन ठागु आफ्नो बुबालाई लिएर मामा कहाँ रुपालाई माग्न आउँछ । बाल्यकालमै धागो बाँधेर एक अर्कासँग विवाह पक्का भएकाले मामाले सहजै विवाहका लागि स्वीकारोक्ति दिएर प्रक्रिया अगाडि बढाउँछन् । ठागु गुरुङ संस्कृतिअनुसार आफ्नो सोल्टिनी रुपालाई श्रीमतीका रुपमा घर भित्र्याउन जन्ती लिएर आउँछन् । तर, सोही समयमा रुपमा गोविन्दसँग भाग्छिन् । त्यसपछि आउने उतारचढावलाई चलचित्रको विषय बनाइएको छ ।

चलचित्रको कथा अगाडि बढ्दै गर्दा गुरुङ संस्कृतिलाई पृष्ठभूमिमा देखाएइको छ । यसको मुख्य विषय पनि संस्कृतिसँग जोडिएको छ । गुरुङ समुदायमा छोरी नभई अन्तिम संस्कारको विधि अगाडि बढ्ने परम्परालाई देखाउँदै छोरीको महत्वलाई दर्शाइएको छ । त्यसो त ‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरी–चेली’ भनेर बुझिन्छ ।

चलचित्रको प्रचार सामग्री हेर्दा ‘कबड्डी’ झैँ लागे तापनि यो पूर्ण रुपमा फरक छ । गुरुङ समुदायको फूल बाँध्ने, विवाहको प्रचलन, अन्तिम संस्कारको प्रचलनलाई चलचित्रमा विस्तारपूर्वक देखाएइको छ । नयाँ पुस्ताका गुरुङ वा गैरगुरुङलाई चलचित्रले गुरुङ समुदायको कला र संस्कृतिसँग जोडेर थोरबहुत जानकार बनाउँछ ।

चलचित्रमा अभिनेता दयाहाङ राईले ‘ठागु’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । पछिल्लो समय प्रायः समुदायको चलचित्रमा अभिनेताका रुपमा काम गर्न पाउनुभएका अभिनेता राईले ती चलचित्रमार्फत नेपालको समुदायपिच्छेको विविधता र सौन्दर्यतालाई बुझ्ने मौका पाएको बताए ।

“मैले धेरै समुदायको कथालाई पर्दामा प्रतिनिधित्व गर्ने मौका पाएको छु । यो एउटा अभिनेताका लागि गौरवको कुरा हो । मैले ती समुदायको पात्र भएर काम गर्दा उनीहरूको मौलिकता, संस्कृति, संस्कार र कला बुझ्ने मौका पाए । ती विविधता हाम्रो सौन्दर्य हुन्”, उनले भने।

अभिनेता राईले ‘रिमै’ अहिले झट्ट हेर्दा सामान्य चलचित्र झैँ लागे तापनि यसमा देखाइएको विषय मौलिक र गम्भीर रहेको बताए । गाउँमा रोजगारीको अवसर नरहेकोसँगै इमान्दार केटाले गर्नुपर्ने सङ्घर्षलाई समेत चलचित्रमा समेटिएको उनले बताए । “भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न यो चलचित्र उपयोगी हुने मैले ठानेको छु । गुरुङ भाषामा चलचित्र बनेका छन्, तर सबैले नेपालभर बुझ्ने भाषामा यो चलचित्र तयार भएकाले महत्वपूर्ण छ । प्रवासमा बस्ने गुरुङ समुदायका अभिभावकले आफ्नो छोराछोरीलाई यो चलचित्र देखाए मात्र पनि यसले कला र संस्कृतिबारे जानकार बनाउन सक्छ”, अभिनेता राईले भने ।

चलचित्रकी अभिनेत्री रिश्मा गुरुङले चलचित्र हेरेपछि गुरुङ समुदायमा छोरीको महत्व झनै प्रस्टिने जानकारी दिएकी छिन्। आफैँ गुरुङ समुदायको भएकीले पनि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई चलचित्रले बृहत् रुपमा प्रचार गर्ने अभिनेत्री गुरुङले विश्वास व्यक्त गरेकी छिन् । उनले भनीन्, “म यो चलचित्रमा काम गर्न तयार हुनुको एउटा कारण संस्कृतिलाई जोडेर तयार गरिएको कथा हो । पुर्खाले सिकाएको संस्कार र संस्कृति समेटिएको पटकथा पढेपछि यसमा काम गर्नुपर्छ भन्ने प्रेरणा मलाई प्राप्त भएको हो । मनोरञ्जन चाहनेका लागि पनि यो चलचित्र उत्तिकै राम्रो छ । यो गुरुङ समुदायले हेर्नैपर्ने चलचित्र बनेको छ ।”

उनले चलचित्रमा ‘रुपा’को भूमिका निर्वाह गरेका छन् । एउटी छोरीले जीवनमा गर्नुपर्ने सङ्घर्ष र परम्परागत चलनले पार्ने अप्ठ्यारालाई पनि चलचित्रमा देखाइएको उनले बताए । झन्डै आठ वर्षको अन्तरालमा उनले यो चलचित्रमा अभिनय गरेका छन्। चलचित्रमा अर्पण थापा, गौमाया गुरुङ, कविता आलेमगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

खिलबहादुर गुरुङले निर्देशन गरेको चलचित्रमा काम गरेपछि आफूले पनि गुरुङ समुदायको संस्कृतिलाई नजिकबाट बुझेको अभिनेता पुस्कर गुरुङले बताए । “म ब्राह्मण, क्षेत्री समुदायको बाहुल्यता भएको समाजमा हुर्किए । मलाई गुरुङ भाषा राम्रोसँग बोल्न आउँदैन र मैले संस्कृतिलाई नजिकबाट बुझ्न पनि पाएको छैन । तर, चलचित्रमा काम गर्दै गएपछि मैले गुरुङ मात्र नभई अन्य समुदायको संस्कृतिलाई पनि बुझ्ने मौका पाएको छु । यस्ता चलचित्र नेपालमा बन्नुपर्छ”, अभिनेता गुरुङले भने ।

विभिन्न समुदायको संस्कृति समेटेर कथा तयार गरिए तापनि त्यो मनोरञ्जनपूर्ण हुनु आवश्यक छ । विदेशी चलचित्रमा समुदायको कथा आउन थालेको धेरै भए तापनि नेपालमा भने त्यसको सङ्ख्या न्यून नै छ । लगानीकर्ताको अभावसँगै सबै दर्शकलाई हुने पटकथा तयार गर्न नसक्दा समुदायका कथा न्यून रुपमा ठूलो पर्दा अर्थात् चलचित्रमा देखिने गरेको छ । चलचित्र ‘रिमै’ का सम्पादक मित्रदेव गुरुङले चलचित्रले जुनै समुदायको कथालाई उठान गरेता पनि मनोरञ्जन आवश्यक रहेको बताए ।

“संस्कृतिले सम्बन्धित समुदायलाई मनोरञ्जन प्रदान गर्ला तर त्योसँगै सबै समुदायलाई हुनेगरी पटकथा तयार गर्न सके मात्र त्यो चलचित्र सफल मानिन्छ । म आफैँ गुरुङ समुदायको भएकाले पनि हामीले तयार गरेको चलचित्र ‘रिमै’ हाम्रै संस्कृतिमा भए तापनि मनोरञ्जक हुनुपर्छ भनेर तयार गरेका हौँ । यो चलचित्रले गुरुङ समुदायमा जन्म भएदेखि मृत्य भएर अन्तिम संस्कार हुँदासम्मको संस्कारलाई देखाएको छ । त्यसकारण पनि सम्पूर्ण समुदायका लागि महत्वपूर्ण चलचित्र बनेको छ, जस्तो हामीलाई लागेको छ”, सम्पादक गुरुङले भने ।

मौलिक विषय र समुदायको कथाको आगमन भएसँगै नेपाली चलचित्र विदेशीबाट प्रभावित भएको भन्ने आरोप कम हुने गरेको छ । कथासँगै गीतसङ्गीत, वेशभूषा, लवजमा समेत मौलिकता देखिन थालेको छ । नेपाली चलचित्रमा ग्रामीण भेगको सौन्दर्य र गाउँले जीवनको खुसीलाई देखाइनु नयाँ पुस्ताका लागि नवीनतम अनुभव पनि हुनसक्छ । गुरुङ समुदायकै कथामा आधारित रहेर तयार गरिएता पनि ‘रिमै’ ले संस्कृति बुझाउँदै आम दर्शकलाई पनि मनोरञ्जन दिन्छ । चलचित्र भदौ २० देखि नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा समेत प्रदर्शन भइरहेको छ ।

जेनजीको प्रदर्शन : नेपाल वान एसडीका खतिवडालाई लाग्यो गोली

काठमाडौं । नयाँ बानेश्वरमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा नेपालवान एचडीका पत्रकार नरेश खतिवडालाई गोली लागेको छ ।

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा समाचार संकलनका लागि पुगेका पत्रकार खतिवडालाई प्रहरीले चलाएको रबरको गोली दाहिने हातको पाखुरामा लागेको हो ।

 

 

बानेश्वरमा पुग्यो सेना

काठमाडौं । जेनजीको प्रदर्शन उग्र भएपछि कर्फ्यू आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भइसकेको जानकारी दिए।
जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो । जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।

बाघको आक्रमणबाट महिनामा चारजनाको मृत्यु

बारा । बाघको आक्रमणबाट बारामा गत एक महिनामा चार जनाको मृत्यु भएको । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेको प्रहरी उपरीक्षक सन्तोष तमाङले जनाकारी दिए।

जिल्लाको जीतपुरसिमरा–४ स्थित प्रगतिशिल सामुदायिक वनमा बाघको आक्रमणबाट आइतबार एक पुरुषको ज्यान गएको थियो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार जीतपुरसिमरा–१ का ५५ वर्षीय छेवाङ्ग लामाको बाघको आक्रमणबाट ज्यान गएको हो ।

लामालाई आइतबार च्याउ टिप्न जङ्गल जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघले आक्रमण गरेको हो । घाँस काट्न गएका स्थानीयले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बाघलाई नियन्त्रणमा लिन चितवनबाट डार्ट टोली परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए । दुई वटा हात्ती सौराहाबाट बाघको खोजीका लागि आएको उनले बताए । बाघलाई डार्ट गर्न पशु चिकित्सकसहितको टोली जङ्गल क्षेत्रमा परिचालन गरिएको छ ।

बञ्चरो प्रहार गरी काकीको हत्या

दशरथचन्द । बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको सिगास गाउँपालिका–२ पिणेगोदाका ३० वर्षीय यज्ञसिंह धामीले अन्दाजी ३४ वर्षीय बेलमती धामीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

आइतबार राति ११ बजेतिर घरमा सुतिरहेको अवस्थामा नै घाँटीमा बञ्चरो प्रहार गरी बेलमतीको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिए । “मृतक बेलमती यज्ञकी आफ्नै काकी हुन्, उनको घाँटी र मुखमा बञ्चरो प्रहार गरिएको छ”, उनले भने, “घटना के कति कारणले भएको हो अनुसन्धान भइरहेको छ ।”

हत्या गर्ने यज्ञसिंह हुलाकका अतिरिक्त कर्मचारी हुन् । कैलालीमा रहेका उनी यही भदौ १९ गते मात्रै घर आएका आफन्त जयसिंह धामीले जानकारी दिए । चार दिनपहिले मात्रै घर आएका उनले यसअघि आफ्नै आमालाई समेत कुटपिट गरेको आफन्तले बताएका छन् ।

“चार दिनपहिले मात्रै घर आएका थिए, आएकै दिन आफ्नै आमालाई समेत हातपात गरेका हुन्, हिजो त आफ्नै काकीलाई बञ्चरोले घाँटीमा हिर्काएर घरभित्रै मारिदिए”, जयसिंहले भने । मृतकका श्रीमान्को यसअघि मृत्यु भएको थियो । बेलमतीका चार छोरी र एक छोरा छन् । शवपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । हत्या गर्ने यज्ञलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालन

मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा आएको छ ।

आर्थिक वर्ष २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकलाई मात्रै बाह्रै महिना खुल्ला गरिएको यहाँको कोरला नाका आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । यहाँको सो नाकालाई व्यापारिक मार्गका रुपमा विस्तार गर्न भन्सार विभागले विभागमा कार्यरत भन्सार अधिकृत रमेश खड्कालाई मुस्ताङ भन्सार कार्यालयको प्रमुखको रुपमा सरुवा गरेको छ ।

यसैगरी यहाँको भन्सार कार्यालयका लागि रसुवागढी नाकामा कार्यरत दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटर गरी तीन जना जनशक्ति खटाइएको कार्यालय प्रमुख खड्काले बताए । यहाँ साबिक एक जना कम्प्युटर अपरेटर रहेको र कार्यालयको मुख्य काम गर्ने पाँच जनशक्ति भन्सार जाँचका लागि तयारी अवस्थामा रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । कार्यालयमा विभागले खटाएका सबै कर्मचारी आइतबारदेखि हाजिर भइसकेको उनले जनाए।

कोरला नाकाबाट चिनियाँ सामान आयात गर्न विभागले मुस्ताङ भन्सारलाई सक्रिय बनाउन थालेको छ । गत असारमा रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढीपहिरोले चिनियाँ सामान नेपाल ढुवानीमा अवरोध सिर्जना भएपछि भन्सार विभागले यहाँको नाकालाई गतिशील बनाउने योजना अघि बढाएको हो ।

रसुवागढी नाका र तातोपानी नाकाको सडक अवरुद्ध छ । दुवै नाका बन्द भएपछि दसँै र तिहारजस्ता महत्वपूर्ण चाडपर्वका लागि चाहिने चिनियाँ सामान आयातमा समस्या परेपछि आयातकर्ता व्यापारीहरुले अर्थ मन्त्रालय र भन्सार विभागमा सामान ल्याउने वातावरण बनाइदिन अनुरोध गरेका थिए ।

सोही आयातकर्ता व्यापारीहरुको अनुरोधलाई मध्यनजर गर्दै विभागले यहाँको मुस्ताङस्थित नेपाल–चीन कोरला नाकालाई औपचापरिक रुपमा व्यापारिक मार्गका रुपमा सञ्चालनमा ल्याएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख खड्काको भनाइ छ ।

रसुवागढी नाका र तातोपानी नाकामा बाढी पहिरोले समस्या आएपछि यहाँको कोरलानाका वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याउन खोजिएको भए पनि यहाँको नाकामा आयात निर्यातमा कुनै समस्या नपर्ने भन्सार कार्यालय प्रमुख खड्काले उल्लेख गरेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री निवाससहित संवेदनशील क्षेत्रमा पनि ‘कर्फ्यू’

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसरलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यू थप गरेको हो ।

यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिसकेको छ ।

बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैनः अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यत् आयोजना निर्माणको काम नरोकिने बताएका छन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्तरगत गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले भने, “स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, हालसम्म झण्डै रु ५० अर्ब जति खर्च भइसकेको छ ।”

आफू प्रधानमन्त्री रहेका बेला बुढीगण्डकी आयोजना निर्माणका लागि वालुवाटारमा पटकपटक बहस र छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त आयोजना निर्माणले गोरखाको मात्र नभएर सिङ्गो राष्ट्रको अर्थतन्त्रमा प्रभाव पार्ने उल्लेख गरे।

अध्यक्ष दाहालले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्न चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताए । “चीनको एउटा टोलीले नेपाल आएर अध्ययनको काम समेत गरिसकेको छ,” उनले भने, “पालुङटारमा नै कृषि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ ।”

वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेको अध्यक्ष दाहालको आरोप थियो ।

जेनजी आन्दोलन : पत्रकार श्रेष्ठलाई लाग्यो गोलीे, प्रदर्शनकारी पनि घाइते

काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा जेनजीले गरेको आन्दोलनको समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो । यस्तै प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्यू  आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेर आगजनी गर्न थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

पितृ तर्पण सुरु

महोत्तरी । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज असोज कृष्ण प्रतिपदासँगै पितृ तर्पण सुरु भएको छ । असोज कृष्ण पक्षमा दिवङ्गत परिवारजनको सम्झना गरिँदै हिन्दू मैथिल परम्पराअनुसार दिइने तर्पण आज सुरु भएको हो ।

पितृपक्ष भनिने असोज कृष्णपक्षमा पितृ श्राद्ध र तर्पणअघि मैथिलहरुले भदौ पूर्णिमाका दिन आइतबार घरका कुलदेवता, ग्रामदेवता र देवर्षिहरुलाई आह्वान गर्दै देव तर्पण गरेका थिए । मिथिलामा पितृपक्षको तर्पण धार्मिक महत्वका नदी, तलाउ, सरोवरसहितका पवित्र जलाशय रहेका तीर्थस्थलमा गरिने परम्परा छ ।

यसअनुसार कतिपय मैथिल यो तर्पण र पितृश्राद्ध गर्न भारतको विहार प्रदेशमा पर्ने गया जाने गरेका छन् । यस्तै यहीँकै धार्मिक तलाउ, नदी, कुण्ड र सरोवरहरुमा दिवङ्गत परिवारजनलाई तर्पण दिने क्रम आज सुरु भएको छ । मैथिल यो पितृपक्षभरि नै दिनहुँ पितृ तर्पण दिन्छन् ।

यो पक्षमा गरिने श्राद्धलाई पार्वण र एकोपार्वण भनिन्छ । यो भने पिता वा पितामहको तिथि पारेर घरमै गरिने परम्परा रहेको मैथिल लोकपरम्परा तथा शास्त्रीय कर्मकाण्डका जानकार मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउछन् ।

पितृपक्षमा पार्वण श्राद्ध अन्य पक्षमा दिवङ्गत भएका र एकोपार्वण यसै पक्षमा तिथि हुने पितृहरुको सम्झनामा गरिन्छ । पार्वणलाई महालय पनि भनिन्छ । पिण्डदानसहितको श्राद्ध पक्षभरिमा एक दिन गरिए पनि तर्पण भने दैनिक गरिन्छ । अहिले पितृपक्षले गर्दा महोत्तरीका धार्मिक महत्वका नदी माण्डवीगङ्गा (मडहा), रातुठाकुर एबं मटिहानीस्थित लक्ष्मीसागर, जलेश्वरस्थित भार्गव सर, वरुणसर र पुरन्दरसर एबं बलवाको धमौरास्थित ध्रुवकुण्डमा तर्पण र पितृपक्षको श्राद्ध गर्ने भरिभराउ छन् ।

एकै दिन कैयौँ यजमान (जजमान) को श्राद्धको निम्ता मान्नुपर्ने हुँदा पुरोहितहरुलाई अहिले भ्याइनभ्याइ छ । यो पितृपक्षमा दिवङ्गत पितृहरु पितृलोकबाट पृथ्वीमा विचरण गर्न झर्ने र आफ्ना सन्तानले दिने तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।

यसैगरी यसपक्षको श्राद्ध दसैँ, दीपावली र छठसहितका पर्वअघि पूर्वजको सम्झना गरिने चलन बसाइएको जलेश्वर–५ पतैलीका बासिन्दा मिथिला संस्कृति र परम्पराका ज्ञाता अवकाशप्राप्त सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।

जेनजीले गरे महान्यायाधिवक्ताको वेबसाइट ‘ह्याक’

काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा जेनजी (युवापुस्ता) ले आज देशभर प्रदर्शन गरिरहेका बेला केहि वेबसाइटहरू ‘ह्याक’ भएको छ । युवाहरूले भ्रष्टाचारविरोधी प्रदर्शन गरिरहँदा केही समूहले वेबसाइटहरू ह्याक गरी आफ्ना नाराहरू प्रकाशित गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयको वेबसाइट पनि ह्याक गरेर जेनजीहरूले नारा लेखिदिएका छन् । ‘जेनजी राइजिङ नेपाल’ ह्यासट्याग उल्लेख गरी उनीहरूले वेबसाइटमा उनीहरूले बानेश्वरको प्रदर्शनमा सहभागी हुन अपिल पनि गरेका छन् । यस्तै पद्मकन्या स्कुल, होटल एशोसिएसन नेपाल लगायत अन्य संस्थाका वेबसाइट पनि ह्याकरले कब्जामा लिएका छन् ।