`

गृह मन्त्रालयले भन्यो–संवादबाट समस्याको समाधान खोजौं

काठमाडौं । सरकारले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन आमनागरिकसँग अपिल गरेको छ । गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो ।

नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवं छलफलमार्फत समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको उल्लेख गर्दै मन्त्रालयले धर्ना जुलुसलगायतका कार्यक्रम गर्नुअगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्ने खोज्न अनुरोध गरेको छ। नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्तिसुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशमा शान्तिसुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आमनागरिकको समेत दायित्व भएको मन्त्रालयले स्पष्ट पारेको छ ।

बागमतीका मुख्यमन्त्रीलाई माओवादीको ज्ञापनपत्र : मन्त्रालय आधा घटाऊ, संसद वैठक तत्काल बोलाऊ

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आठ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । माओवादी बागमती प्रदेश सभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेललाई ज्ञापनपत्र बुझाएका हुन् । माओवादीले प्रदेश सभाको बैठक तत्काल बस्ने व्यवस्था मिलाउन माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘देशको बदलिदो परिस्थितिको चुनौतिलाई मध्यनजर गर्दै चालू खर्च कटौती गर्न, सुशासन कायम गर्न र सरकारलाई प्रभावकारी बनाउन प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको संकल्पसहित प्रदेश सरकारको मन्त्रालयको संख्या १४ बाट घटाई ७ कायम गर्ने र कार्य जिम्मेवारी कम भएका निर्देशनालय, परिषद्, प्रतिष्ठान, आयोगजस्ता संरचनाहरू खारेज गर्नुपर्ने ।’

जेनजी आन्दोलनका कारण प्रदेशमा पुगेको सबै प्रकारको क्षतिको अविलम्ब मूल्यांकन गरी सार्वजनिक गर्न पनि माग गरेको छ । यस्तै तत्लका प्रदेशसभा बैठक राख्न, गत हप्ताको बाढी र पहिरोबाट पीडित स्थानीय तहको पहिचान गरी क्षतिका आधारमा राहत÷ अनुदानलाई पुनः मूल्यांकन गरी छुटेकाहरूलाई समेट्न, देशको बदलिँदो परिस्थिति विचार गरी चालु खर्च कटौती गर्न, सुशासन कायम गर्न र सरकारलाई प्रभावकारी बनाउन प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको संकल्पसहित मन्त्रालय घटाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट पारित गर्नुपूर्व सरकारले प्रदेशसभामा गरेको प्रतिबद्धताअनुसार कार्यान्वयन गरी पूरक बजेट नल्याउन प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले माग गरेको छ । ‘प्रतिनिधि सभाको विघटन गरी नयाँ निर्वाचनको मितिसमेत घोषणा गरिसकेकोले जेनजी विद्रोहका कारण क्षति भएका भौतिक संरचनाको पुनः निर्माण चालु आर्थिक वर्षमा हुन नसक्ने कारण र मर्मत–सम्भार गर्नुपर्ने संरचनाहरू नियमित बजेटबाट नै रकमान्तर गरी गर्न सकिने भएकाले पूरक बजेट नल्याउन माग गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ ।

हेर्नुस् ज्ञापनपत्र

भक्तपुरमा एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्दै

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका– ७ गुण्डुमा आयोजना गरेको ओलीले विशेष कार्यक्रमलाई सम्बोधन गर्नेछन् । अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पारेका हुन् ।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेललगायत पार्टीका विभिन्न तहका नेताहरु पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए। भक्तपुर जिल्ला कमिटीले बिहान ११ बजे भेटघाट कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्रीबाट राजीनामा दिएपश्चात अध्यक्ष ओलीले दसैं अगाडि युवा संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका थिए ।

माइतीघरबाट जेनजी अभियन्ता निकोलस भुसाल पक्राउ, सुरक्षा व्यवस्था कडा

काठमाडौं । माइतीघर मण्डलामा आन्दोलन गर्न पुगेका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन।

जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो । काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो । सोही बमोजिम माइतीघर मण्डला लगायतका क्षेत्रमा कसैलाई पनि हुल बाँधर उभिन समेत दिइएको छैन । माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।

जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ । एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो । त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

तिहारको आगमनसँगै भक्तपुर गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त {तस्वीरहरु}

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानहरु मखमली फूल टिप्न व्यस्त भएका छन् । वैशाख, जेठमा बारीमा लगाएको मखमली फूल दशैं भन्दा अगाडि साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् ।

दशैंपछि तिहारका लागि फूल टिपिने उनले जानकारी दिइन् । प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरु घरमै माला लिन आउने उनले बताइन् । हाल यहाँका किसानहरूले बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरेर कारबाही गरिनु पर्ने बताएका छन् । आज (बिहीबार) बिहान सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उत्प्रेरक रहेको दाबी गर्दै उनले गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्ने बताएका हुन् ।

‘प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिसत रहेको हुनु पर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन,’ बर्तौलाले फेसबुकमा लेखेका छन्, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेज छानीछानी नष्ट गर्ने, ब्यक्तिका घर, ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन् ।’

बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकी लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियार समेत भएको आरोप लगाएका छन् । ‘शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन् कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र शपथ ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाण रहँदारहँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए,’ बर्तौलाले भनेका छन्, जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरी राज्य बिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडी बढाइनु पर्छ ।’

 

मन्त्री घिसिङले गरे क्षतिग्रस्त बीपी राजमार्ग अवलोकन {तस्वीरहरु}

रामेछाप । यही भदौ १८ गतेको रोशी खोलाको बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अनुगमन गरेका छन् । बिहीबार बिहान मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङ बीपी राजमार्गको अनुगमनमा गएका हुन् । उनले चौकीडाँडा खण्डको अनुगमन गर्दै बाढी पहिरोले बगाएको सडकको अस्थायी ट्रयाक चाँडै तयार गर्न निर्देशन दिएका छन् ।

बाढीले बीपी राजमार्गको करिब चार किलोमिटर सडक बगाएको छ । सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गर्न लागिएको हो । मन्त्री घिसिङले शुक्रबार साँझसम्म सडकको अस्थायी ट्रयाक तयार गर्न निर्देशन दिएका छन् । संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग चाडपर्वको बेला बन्द हुँदा यात्रीले सास्ती पाउँदै आएका छन् । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।

आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सि बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए । बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।

 

आज कहाँ–कहाँ छन् सडक अवरुद्ध ? (सूचीसहित)

काठमाडौं । अविरल भारी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अझै अवरुद्ध छन् । आज (बिहीबार) बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका नौं ठाउँका सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीन सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–एकुवामा सडक अवरुद्ध भएको छ । बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्णरुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरूद्ध रहेको छ । यस्तै, पहिरोले बीपी रागममार्ग अन्तर्गत रहेको काभ्रेको रोशी खोला गाउँपालिका–११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ भने बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक सडक अवरूद्ध भएको छ ।

यस्तै कर्णाली प्रदेश अन्तर्गत रहेका हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका–५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका–८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ । कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका–१स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ । यस्तै बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका–८ वगुवा खोला र बकैया गाउँपालिका–११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

हेर्नुस् अवरुद्ध राजमार्ग र सडकको विवरण

 

विपिन जोशीको अवस्थाबारे ठोस जानकारी केहि छैन : राजदूत पण्डित

काठमाडौं । इजरायल–हमास युद्धविराम भए पनि गत वर्ष हमासको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे अझै स्पष्ट जानकारी आइसकेको छैन । इजरायलमा रहेका नेपालका राजदूत धनप्रसाद पण्डितले विपिनको अवस्थाबारे इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् तर ठोस सूचनाको अभाव रहेको बताएका छन् ।

राजदूत पण्डितका अनुसार विगत केही दिनयता विपिनबारे अनेक चर्चा भए पनि उनको जीवित वा मृत अवस्थाको पुष्टि गर्ने कुनै जानकारी आएको छैन । ‘विपिनको बारेमा धेरैले सोधिरहनु भएको छ, तर उनको जीवनबारे अहिलेसम्म केही जानकारी छैन’, उनले भने ।
परराष्ट्र मन्त्रालयका एक कर्मचारीका अनुसार इजरायली पक्षबाट ‘जुनसुकै अवस्थाको सूचना आउन सक्छ’ भन्ने संकेत आएको छ । ‘त्यसैले परिवारलाई तयार रहन भनिएको छ’, मन्त्रालय स्रोतले जानकारी दियो ।

बेपत्ता विपिनको पुरानो भिडियो फेरि सार्वजनिक
कञ्चनपुरका विपिन जोशी गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएको अनुमान छ । उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिन भने त्यसपछि सम्पर्कविहीन छन् । बुधबार साँझ सार्वजनिक गरिएको ३३ सेकेण्डको एक पुरानो भिडियोमा विपिनले आफ्नो नाम र नेपाली नागरिक भएको पुष्टि गर्दै ‘अर्न एण्ड लर्न’ कार्यक्रम अन्तर्गत इजरायल आएको बताएका छन् ।

उनले गाढा निलो कपडा लगाएको देखिएको उक्त भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने पुष्टि हुन सकेको छैन । राजदूत पण्डितका अनुसार सो भिडियो नोभेम्बर १७, २०२३ तिर गाजास्थित अल शिफा अस्पतालमा खिचिएको हुनसक्छ । त्यसपछि भने विपिनको अवस्था पूर्णतः अज्ञात रहँदै आएको छ ।

आफैले बोलाएको कांग्रेस पदाधिकारी बैठकमा देउवा नजाने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज कुपण्डोलस्थित एक होटलमा बस्दै छ । बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् । पदाधिकारीबीच अनौपचारिक छलफल भएका कारण उनी सहभागी नहुने भएका हुन् । मुख्य सचिव कृष्ण प्रसाद पौडेलले स्वास्थ्यका कारण देउवा बैठकमा सहभागी नहुने जानकारी दिएका छन् ।

उनले भने, ‘पदाधिकारीबीच अनौपचारिक छलफल हो । उहाँ उपस्थित हुनुहुन्न । अरू कुनै कारण छैन ।’ देउवा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्नेछन् । सभापति देउवा स्वकीय सचिव भानु देउवाले पनि अनौपचारिक बैठक भएकाले सभापति देउवा नजाने बताए । उनले भने, ‘केन्द्रीय समितिको एजेण्डा बारेको छलफल गर्न अनौपचारिक बैठक हो । उपसभापतिले हेर्नुहुन्छ । स्वास्थ्यको कारण हैन । दिउँसो १ बजे बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ ।

 

बढ्यो विपिन जोशी रिहाइको आशा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले गाजामा शान्ति स्थापनाका लागि युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसलमार्फत अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरणमा उनीहरूले हस्ताक्षर गरेको घोषणा गरेका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउनेछ । यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’

उनले यो सम्झौता अरब र मुस्लिम देश, इजरायल तथा यसका सबै छिमेकी र अमेरिकाको लागि एक महत्वपूर्ण र ऐतिहासिक दिन भएको पनि उल्लेख गरेका छन् । अमेरिकाका राष्ट्रपति ट्रम्पले यस विषयमा मध्यस्थता गरेकामा कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन् ।

ट्रम्पले भनेअनुसार हमासले सबै बन्धक रिहा गरे नेपाली विद्यार्थी विपिन जोशी पनि छाडिने छन् । बुधबार राति मात्रै विपिन जोशी बोलिरहेको पुरानो भिडिओ सार्वजनिक भएको छ । योसँगै उनी जीवितै रहेको आशा गरिएको छ । तर भिडिओ दुई वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै स्पष्ट भइसकेको छैन ।

बीबीसीका अनुसार इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ । यस सम्झौताअनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ । गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिनेछ । एशोसिएटेड प्रेस (एपी) का अनुसार, हमासले यो साता नै सबै २० जना जीवित बन्दीहरूलाई मुक्त गर्नेछ । इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ ।

पहिरो प्रभावित इलाममा राहत लिएर पुग्यो क्षितिज नेतृत्वको युवा संघको टोली

इलाम । अविरल भारी वर्षासँगै गएको पहिरोमा परी इलाममा ठूलो जनधनको क्षति भएपछि यतिबेला नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राहत वितरण सुरु गरेको छ ।

बुधबार युवा संघका अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले इलामको माइ नगरपालिकामा राहत वितरण सुरु गरेको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार बुधवार बाढीले सबैभन्दा बढी प्रभावित माइ नगरपालिका–७ चेप्टी गाउँमा राहत वितरण गरिएको हो ।

भारी वर्षासँगै गएको बाढीले गाउँ नै ध्वस्त भएको छ । युवा संघले बाढी प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, खाने तेल दुई लिटर, नुन, मरमसला, पिभीसी, म्याट लत्ताकपडा, ब्ल्यांकेट, डस्ना, जुत्ता चप्पल वितरण गरेको छ । युवा संघले बाढी प्रभावित सबै स्थानीय तहमा राहत वितरण गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनपछि दलका नेता–कार्यकर्ता निष्क्रिय रहेका बेला युवा संघले भने बाढी पहिरो प्रभावित क्षेत्रमा राहतको प्याकेज लिएर जनताकहाँ पुगेको छ ।

देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न आज (बिहीबार) पदाधिकारी तथा पूर्व पदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

जेन–जी आन्दोलनका क्रममा घर डढेपछि देउवा भाडाको घरमा बस्दै आएका छन् । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो।

आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन । पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो ।

जेन–जी आन्दोलनपछि पार्टीभित्र सभापति देउवालाई नेतृत्व छोड्न व्यापक दबाब छ । अहिलेसम्म कार्यवाहक सभापति समेत नदिएर आफैं नेतृत्व लिइरहेकाले महामन्त्रीद्वयको पहलमा दशैं अगाडिदेखि नै विशेष महाधिवेशन बोलाउने प्रयोजनका लागि हस्ताक्षर संकलन समेत भएको छ ।

दुई महामन्त्रीले तत्काल पार्टी पुनर्गठनको आवश्यक रहेको भन्दै आगामी मंसिरभित्र नियमित महाधिवशेन गर्ने, नियमित महाधिवेशनका लागि तयार नहुँदा विशेष अधिवेशनको तयारीमा जुट्ने योजना बनाएर अघि बढिरहेका छन्।

जेन–जी आन्दोनलको क्रममा घाइते भएर स्वास्थ्य उपचार गराइरहेका देउवा आफैंले पहिलोपल्ट पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेका हुन् । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेण्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

‘बैठक बस्नुअघि सबै नेताहरुको छलफल गरी सहमतिबाटै पास हुने गरेर एजेण्डा तय गर्ने परम्परा रहेको छ, त्यही परम्पराअनुसार एजेन्डाका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ उनले भने । एक पदाधिकारीका अनुसार पार्टीको नियमित महाधिवेशन गर्ने एजेण्डादेखि निर्वाचन र संसद् पुनर्स्थापनाको मुद्दामा समेत छलफल गरी पार्टीको संस्थागत धारणा बनाउने तयारी छ ।

गुडिरहेको माइक्रो बसभित्रै युवक मृत भेटिए

जुम्ला । जुम्लामा गुडिरहेको माइक्रो बसभित्रै एक युवक मृत भेटिएका छन् । बुधबार राति साढे ८ बजे हिमा गाउँपालिका–१, आर्चाय गाउँका २२ वर्षीय गणेश रावत गुडिरहेको गाडीभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ती युवक मुगुबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ख ११८०० एसएलएम गाडीमा यात्रा गरिरहेका थिए । जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले घरमा ओर्लिनु पर्ने बेलामा हेर्दा युवक मृत भेटिएको बताए ।

उनले भने, ‘गाडी मुगुबाट सुर्खेत जाँदै रहेछ । गाडी सानो भएकाले धेरै जनाले यात्रा गरिरनु भएको भन्ने बुझिएको छ । मृतकले मादक पदार्थ सेवन गरेका रहेछन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

पोस्टमार्टमका लागि युवकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ । डीएसपी रेग्मीले मेडिकल रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा पाइने बताएका छन् ।

बीपी राजमार्ग अनुगमनका लागि मन्त्री कुलमानसहितको टोली जाँदै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अवलोकनका लागि आज (बिहीबार) काभ्रे जाँदैछन् ।

बाढी–पहिरोले क्षतविक्षत बनाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न घिसिङ काभ्रे जान लागेका हुन् । टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत पनि रहने जनाइएको छ ।

यही असोज १७, १८ र १९ गतेको वर्षा र बाढी–पहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ । कुनै कुनै ठाउँमा पैदल हिँड्ने समेत बाटो नहुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । उनीहरु भिरको पहरो समाउँदै जोखिमपूर्ण तरिकाले हिँडेको फोटो भिडियो हालै सार्वजनिक भएको थियो ।

 

‘अनलाइन भोटिङ’ प्रविधिबारे मन्त्री घिसिङले गरे यूएनडीपीका प्रतिनिधिसँग छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटमा यूएनडीपीले निर्वाचनका लागि उपलब्ध गराउन सक्ने सहयोग, हाल ऊर्जा, जलवायु परिवर्तनलगायतका क्षेत्रमा उपलब्ध गराइरहेको सहायता एवम् सञ्चालित योजना कार्यान्वयन अवस्थामा बारेमा छलफल भएको थियो ।

रोजगारीका शिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने सरकारले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री घिसिङले अन्य देशमा प्रयोगमा ल्याइएको अनलाइन मतदान प्रविधि नेपालमा पनि अपनाउन आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरे ।

उनले जलवायु परिवर्तनबाट सिर्जित प्रभाव न्यूनीकरण, ग्रामीण क्षेत्रमा लघु तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना, जोखिमयसक्त हिमतालको अध्ययन, विपद्को पूर्वसचेतना प्रणाली, पूर्वतयारी, जिवाष्म इन्धनबाट सञ्चालित सवारी साधन एवम् घरायसी प्रयोजनमा प्रयोग हुने परम्परागत ऊर्जालाई विद्युतीय ऊर्जाबाट विस्थापित गर्ने, ऊर्जा बढी खपत गर्ने उद्योगमा विद्युतीय ऊर्जा प्रयोगलाई प्रवर्धन, इँटाभट्टामा प्रयोग भइरहेको कोइलालाई प्रतिस्थापन गरी विद्युतीय ऊर्जा प्रयोग गरी कार्बन उत्सर्न घटाउनेलयागतका क्षेत्रमा आवश्यक सहयोग गर्न अनुरोध गरे । यूएनडीपीका तर्फबाट निर्वाचनका लागि सहयोग उपलब्ध गराउने, जलवायु कोषबाट नेपालले पाउने आर्थिक सहायताका लागि पहल गर्नेलगायतका विषयमा सहयोग उपलब्ध गराउने बताइएको थियो ।

 

रोनाल्डो बने पहिलो अर्बपति फुटबलर

काठमाडौं । क्रिस्टियानो रोनाल्डो एक अर्ब अमेरिकी डलर बढी सम्पत्ति कमाउने पहिलो फुटबलर बनेका छन् । उनी साउदी अरबको अल नासर क्लबबाट खेल्दै, विभिन्न प्रायोजन र व्यवसायिक गतिविधिबाट पनि ठुलो आम्दानी गर्छन् । सामाजिक सञ्जालमा ठुलो प्रभाव भएको रोनाल्डोको इन्स्टाग्राममा ६० करोड फलोअरहरू छन् । पोर्चुगलका विश्वचर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो अर्बपति फुटबलर बनेका छन् ।

इतिहासमै पहिलो पटक आफ्नो खेलजीवनको करिअरबाट उनले एक अर्ब अमेरिकी डलरभन्दा बढी सम्पति कमाउने फुटबलर बनेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार रोनाल्डोले विश्व खेल इतिहासमा नयाँ कीर्तिमान र मानक स्थापित गरेका हुन् । उनको सम्पति १.४ अर्ब अमेरिकी डलर पुगेको छ । ३९ वर्षीय पोर्चुगिज फरवार्ड अहिले साउदी अरेबियाको फुटबल क्लब अल नासरबाट ब्यबसायिक फुटबल खेलिरहेका छन् । उनले आफ्नो सम्पत्ति क्लबका सम्झौता, प्रायोजन (स्पोन्सरसिप) सम्झौता र विभिन्न व्यवसायिक गतिविधिबाट उक्त रकम बराबरको सम्पती आर्जन गरेका हुन् ।

रोनाल्डोले आफ्नो खेल करिअरमा म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टस जस्ता शीर्ष क्लबहरूबाट पाएको कीर्तिमानी पारिश्रमिकका साथै हाल साउदी अरबमा पाएको सर्वाधिक ठुलो र कीर्तिमानी सम्झौता पनि आम्दानीको हिस्साका रुपमा रहेका छन् । मैदान बाहिरको उनको आम्दानी पनि उनको अर्बपतित्वमा ठूलो कारण बनेको छ । उनीसँग नाइकीको आजीवन प्रायोजन सम्झौता छ, र उनी आफ्नै सीआर ७ ब्रान्डका मालिक समेत हुन् । जसअन्तर्गत कपडा, परफ्युम, चश्मा, जिम र होटलसम्ममा लगानि विस्तार गरिएको छ।

उनको सामाजिक सञ्जालमा पनि ठुलो प्रभाव रहेको छ । इन्स्टाग्राममा मात्र ६० करोड बढी फलोअर छन्, जसका कारण उनले विश्वमै सबैभन्दा महँगा प्रायोजित पोस्टहरूबाट ठूलो आम्दानी गर्छन् । फोब्र्सको रिपोर्टअनुसार, रोनाल्डोको खेलमैदानभित्र र बाहिर दुबैबाट भएको कुल आम्दानी एक अर्ब डलर पार गरिसकेको छ, जसले उनलाई यो स्तरमा पुग्ने पहिलो सक्रिय फुटबलर बनाएको छ । उनका दीर्घकालीन प्रतिद्वन्द्वी लिओनेल मेसी विश्वका सबैभन्दा बढी कमाउने खेलाडीहरूमा परे पनि, उनको कुल आम्दानी यो स्तरमा पुगेको छैन ।
रोनाल्डोले सन् २०२२ मा अल नासरमा सरेपछि उनको आम्दानी र प्रभाव दुबै अझ विस्तार भएको छ । उनले आफ्नो फुटबल करिअरमा विश्वकप बाहेक अधिकांश महत्वपूर्ण उपलब्धिहरु हासिल गरेका छन् ।

अखिलको जाहेरी बुझिएन, युवराज सफलको हेर्दैछौँ : काठमाडौं प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय समितिले दिएको जाहेरी बुझ्न नसकिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । अखिलका पूर्व अध्यक्ष समिक बडाल, महासचिव दीपक धामी लगायत हिजो परिसरमै पुगेर जाहेरी बुझाएको थियो । उक्त जाहेरी दर्ता नगरी प्रहरीले २४ घण्टापछि जवाफ दिने बताएको थियो ।

अखिलले बुझाएको जाहेरी केरमेट भएका कारण बुझ्न असहज भएको परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले जनाएका छन् । ‘केरमेट भएका कारण प्रष्ट हुन सकेनौं । केरमेट भएकाले हामीले त्यसलाई अघि बढाएनौं,’ भट्टराईले भने । अखिलले तीन वटा विषयलाई लिएर जाहेरी दिएको थियो । सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसी गरिरहेको विषयलाई लिएर अखिलले जाहेरी दिएको बडालले बताएका छन् । उनका अनुसार, अहिले अखिलका केही विद्यार्थी नेताहरू फेरि परिसरमा पुगेका छन्।

‘प्रहरीले नबुझेको बताएपछि अहिले हाम्रा केही नेताहरू छलफलका लागि परिसर पुगेका छन्,’ बडालले भने । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएको थियो । उक्त जाहेरी पनि प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो । भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवार जाहेरी दिन पुगेका थिए ।

भट्टराईका अनुसार बालेन र सुधनविरुद्ध अर्को जाहेरी पनि आएको छ, जुन चर्चित अभियन्ता युवराज सफलले दिएका हुन् । उक्त जाहेरी पनि दर्ता भएको छैन । जेठ २३ र २४ को घटनासँग सम्वन्धित सबै जाहेरीहरु जाँचबुझ आयोगलाई पठाइने प्रहरीले बताएको छ । ‘अखिलको जाहेरी स्पष्ट नभएकाले हामीले त्यसमा केही गरेका छैनौं । अर्को सच्याएर ल्याउनु भयो भने आयोगमा पठाइदिन्छौं । युवराज सफलको अर्को जाहेरी आएको छ । त्यो लिएर हामी हेर्दैछौं,’ उनले भने ।

खगराज अधिकारीको आरोप : सुरक्षा निकायका मान्छेहरु बिकेका हुन्

पोखरा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कुनै कदम चालिए कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने चेतावनी दिएका छन् । पोखरामा आयोजित एमाले महानगर कमिटीको कार्यकर्ता भेलामा बोल्दै उनले भने, ‘केपी ओलीलाई छोयो वा गिरफ्तार गर्‍यो भने कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउँदै विशाल जुलुस निकाल्नेछ ।’

पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशका चारै सुरक्षा निकाय ‘बिकेका’ दाबी गर्दै गम्भीर आरोप पनि लगाए । डिपस्टेट स्टेकहोल्डरहरू र विदेशी प्रभावका कारण अहिलेको राजनीतिक संकट उत्पन्न भएको उनको भनाई छ । अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा देशका चारै सुरक्षा निकायका मानिसहरू बिकेको आरोप लगाए ।

अधिकारीले देशका सुरक्षा अंगका मानिसहरू बिकेका कारण यो परिस्थिति सिर्जना भएको बताएका हुन् । अधिकारी प्रमुख वक्ता रहेको कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय समितिको बैठकका लागि सुझाव भन्दै कार्यकर्तालाई बोल्ने अवसर समेत दिइएको थियो । कार्यकर्ताले एमाले पनि सच्चिनुपर्ने र अब थप परिस्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

नेता–कार्यकर्ताको सुझावसँगै वर्तमान परिस्थिति, त्यसको कारण र अबको रणनीतिबारे संघीय सरकारका पूर्व गृहमन्त्री समेत रहेका अधिकारी बोलेका हुन् । ओलीका कारण नभई देशमा उत्तर–दक्षिण (चीन र भारत) ले खेलेका कारण अहिलेको परिस्थिति उत्पन्न भएको अधिकारीको भनाइ थियो । पूर्व गृहमन्त्री समेत भएका कारण आफूलाई सूचना आउने दावी गर्दै नेता अधिकारीले जेनजी आन्दोलनमा सुरक्षा निकायका मानिसहरू बिकेको गम्भीर आरोप लगाएका हुन् ।

‘यो पार्टी जोगाउने तपाईं पंक्तिलाई मैले भन्नै पर्छ, यी चारै सुरक्षा निकायका मान्छेहरू बिकेका हुन्, डिपस्टेट स्टेकहोल्डरबाट,’ अधिकारीको गम्भीर आरोप थियो । उनले ओली सरकारका पालामा दलाई लामाको उत्तराधिकारी घोषणा कार्यक्रम नेपालमा गर्न नदिएको, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को समानान्तर अर्थतन्त्रलाई नियमन गरेको तथा एलन मस्कलाई नेपालमा स्याटेलाइट फिड गर्न अनुमति नदिएका कारण ‘डिप स्टेट’ को प्रहार भएको तर्क गरेका छन् ।

स्थायी कमिटीमा भइसकेको, सरकारमा भइसकेको मान्छेले यस्तो किन बोल्यो भन्ने लाग्न सक्ने बताउँदै अधिकारीले डिपस्टेटका अनौपचारिक क्षेत्रबाट राज्य कब्जा गर्नेहरूको संयुक्त प्रयास भएको जिकिर गरेका छन् । त्यति मात्रै होइन, अधिकारीले पार्टी नेतृत्वमा केपी ओलीलाई कसैले छोयो भने चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।

‘नेतृत्वबाट केपी शर्मा ओलीलाई बाहिर फालेर त्यही डिपस्टेट होल्डरहरूले केही समुद्रपारिका, छिमेकका डिपस्टेट होल्डरहरूले गरेको कामको मतियार नेकपा एमाले हुन सक्दैन,’ अधिकारीले उत्तेजक अभिव्यक्ति दिए, ‘केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्‍यो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने छ । कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउने छ, यहाँबाट सुरु गरौं । किनभने, भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो । गोविन्द पौडेलले रगत बगाएको ठाउँ हो ।’ चामत्कारिक हिसाबले यो घटना कसरी घट्यो भन्ने नेता–कार्यकर्तालाई लागेको हुनसक्ने बताउँदै उनले शृंखलाबद्ध रूपमा भएको जिकिर गरे । अहिले दक्षिण र उत्तरबीचको लडाईंमा नेपाल परेको उनको भनाइ थियो ।

कांग्रेस पहिलो दिनदेखि नै राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्तिको प्रभावमा परेको अधिकारीको आरोप थियो । शेखर कोइराला, गगन थापा समेतका साथीहरूले ओली सरकार ढाल्ने प्रतिवद्धता गरेको अधिकारीले बताए । अधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि गम्भीर आरोप लगाएका छन् । प्रचण्ड पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाएर आफू प्रधानमन्त्री हुन्छु भनेर लागेको आरोप लगाएका छन् । ‘फेरि पनि राष्ट्राध्यक्ष ज्ञानेन्द्र र म प्रधानमन्त्री हुन्छु भन्नु भयो । उहाँमा प्रधानमन्त्री हुन्छु भन्ने यति धेरै धोको थियो, त्यो बाहेक उहाँले सोच्नु भएको छैन,’ अधिकारीको आरोप थियो ।

अधिकारीले आफू गृहमन्त्रालय सम्हालिसकेको व्यक्ति हुनाले पनि सुरक्षा निकाय बेखबर नभएको जिकिर गरे । जेनजी आन्दोलन र सम्भावित घटनाक्रमबारे प्रधानमन्त्री ओली पनि जानकार भएको उनको भनाइ थियो । उनले ओली नेतृत्वको सरकारलाई असफल बनाउन र नेपालको सन्तुलित परराष्ट्र नीतिलाई कमजोर पार्नका लागि यस्तो भएको दाबी गरे ।

सगरमाथा क्षेत्रमा फसेका एक हजार पर्वतारोहीको सकुशल उद्धार

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ । हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए ।

तर, सप्ताहन्तमा परेको तीव्र हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए । समाचार एजेन्सी सिन्ह्वाका अनुसार ५८० जना पर्वतारोही र ३०० भन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन् । उद्धार टोलीहरूले लगभग एक दर्जन थप पर्वतारोहीहरूलाई आपूर्तिसहित नजिकैको बस्तीमा पुर्‍याएका छन् । सबैजना सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ ।

 

सायनशास्त्रको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

काठमाडौं । सन् २०२५ रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार यस वर्षको पुरस्कार वैज्ञानिकहरू सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनले बुधबार स्टकहोममा पुरस्कारको औपचारिक घोषणा गरे । नोबेल समितिले तीनै विजेताले ‘ग्याँस र अन्य रसायनहरू बग्न सक्ने ठूला स्थानसहित आणविक संरचना सिर्जना गरेको’ उल्लेख गर्दै यी संरचनाहरू मरुभूमिको हावाबाट पानी निकाल्न, कार्बन डाइअक्साइड समात्न, विषाक्त ग्याँस भण्डारण गर्न वा रासायनिक प्रतिक्रियाहरू उत्प्रेरित गर्न प्रयोग गर्न सकिने बताएको छ ।

अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयका ८८ वर्षीय रोबसन, जापानको क्योटो विश्वविद्यालयका ७४ वर्षीय किटागावा र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलिका ६० वर्षीय याघी यस महत्वपूर्ण अनुसन्धानसँग सम्बन्धित छन् । नोबेल समितिका अध्यक्ष हेनर लिङ्केले भने, ‘धातु–जैविक ढाँचाले नयाँ कार्यहरूका लागि कस्टम–निर्मित सामग्रीमा अप्रत्याशित अवसरहरू प्रदान गर्दछ ।’

सन् १९०१ देखि सन् २०२४ सम्म १९५ जनालाई ११६ वटा रसायनशास्त्र पुरस्कार प्रदान गरिएको छ । सन् २०२४ को पुरस्कार जीवनको निर्माण खण्ड पत्ता लगाउन र नयाँ प्रोटिनहरू डिजाइन गर्न शक्तिशाली प्रविधि विकास गरेका डेभिड बेकर, डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो । सन् २०२५ को पहिलो नोबेल पुरस्कार सोमबार परिधीय प्रतिरक्षा सहिष्णुता सम्बन्धी आविष्कारका लागि मेडिसिनमा मेरी ई. ब्रन्को, फ्रेड राम्सडेल र डा. शिमोन सकागुचीलाई दिइएको थियो ।

मङ्गलबारको भौतिकशास्त्र पुरस्कार जोन क्लार्क, मिशेल एच डेभरेट र जोन एम मार्टिनिसलाई उपआण्विक क्वान्टम टनेलिङमा गरेको अनुसन्धानका लागि दिइएको थियो । यस वर्षको नोबेल घोषणा बिहीबार साहित्य पुरस्कारसँगै जारी हुनेछ भने नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार अर्को सोमबार घोषणा गरिनेछ । पुरस्कार समारोह डिसेम्बर १०, संस्थापक अल्फ्रेड नोबेलको पुण्यतिथिमा हुनेछ । नोबेल स्विडेनी उद्योगपति र डायनामाइटका आविष्कारक थिए । उनको निधन सन् १८९६ मा भएको थियो ।

पूर्व सभामुख सापकोटाले फिर्ता गरे सरकारी गाडी

काठमाडौं । पूर्व सभामुख अग्नि सापकोटाले सरकारी गाडी फर्काएका छन् । सरकारले पूर्व पदाधिकारीहरूलाई दिएको सवारी साधन फिर्ता गर्ने निर्णय गरेसँगै पूर्वसभामुख सापकोटाले गाडी फिर्ता गरेका हुन् । दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन मंगलबार संसद् सचिवालयलाई गाडी फिर्ता गरेको सापकोटाको सचिवालयले जनाएको छ ।

सापकोटाको सचिवालयले भनेको छ, ‘मन्त्रीपरिषद्को निर्णयअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटालाई उपलब्ध गराएको BAC २७३१ नम्बरको सवारी साधन दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन २०८२ असोज २१ गते मंगलबार संसद सचिवालयलाई फिर्ता गरिएको जानकारी गराउँछौं ।’ यसअघि पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीले पनि गाडी फिर्ता गरेका थिए ।

नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा ‘प्रिमियम’ बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बिमा सुनिश्चित गर्न सकिने जनाएको छ । अन्यथा बिमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बिमा नहुने कोषले स्पष्ट पारेको छ । नागरिक लगानी कोषले बिमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बिमा संस्थानमा बिमा रकम पठाई राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बिमा कोष सञ्चालन गर्दै आइरहेको छ । –रासस

जेनजी सातै प्रदेश संयोजकको कडा सन्देश : ‘म्याण्डेट मिच्याैं भने सडकमा फर्किन्छौं’

काठमाडौं । जेन–जी आन्दोलनको अग्रपंक्तिमा रहेका सुदन गुरुङ पक्षीय सातै प्रदेश संयोजकहरूले सुशीला कार्की नेतृत्वको सरकारलाई शर्तसहित समर्थन जनाएको स्पष्ट पारेका छन् । उनीहरुले आफूहरुको समर्थन अन्धो समर्थन नभएको स्पष्ट पार्दै भनेका छन्, ‘म्याण्डेट भन्दा बाहिर गए खबरदारी र प्रतिकार दुबै हुनेछ ।’।

विद्रोहको जगमा सरकार, त्यसैको सीमाभित्र रहन चेतावनी

संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘जेन–जी विद्रोहले निर्माण गरेको राजनीतिक जगमा सुशीला कार्कीको सरकार बनेको हो । त्यसैले सरकार सकारात्मक काममा सधैं साथ पाउनेछ, तर त्यो म्याण्डेट मिचिएमा हामी फेरि सडकमा फर्किनेछौं ।’
राजनीतिक नियुक्ति खारेज गर, सिण्डिकेट तोड

सातै प्रदेशका संयोजकहरूले पुराना दलहरूद्वारा गरिएको सबै राजनीतिक नियुक्तिहरू तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरुले राज्य संस्थामा देखिएको दलीय सिण्डिकेट अन्त्य, सुशासन र जवाफदेही शासन स्थापनाका लागि राजनीतिक प्रभाव हटाउन माग गरेका छन् । यस्तै शहीदका निम्ति न्याय, दमनका लागि जाँचबुझ आयोगको माग गरेका छन् । ‘राज्यद्वारा आन्दोलनमा गरिएको दमन, हत्या र ज्यादतीको निष्पक्ष छानबिन होस्’ भन्दै उनीहरूले ‘छानबिनको प्रतिवेदन सार्वजनिक र दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

‘संविधान विरोधी होइनौं, सुधारको पक्षमा छौं’

उनीहरूले आफूहरूलाई संविधान र लोकतन्त्र विरोधी भन्नु भ्रामक भएको बताएका छन् । ‘संविधानमा भएका त्रुटिहरूलाई सच्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत बनाउन हामी अग्रसर छौं ।’

‘एकता बिना विकल्प छैन’
‘जेन–जी विद्रोहलाई अपराधीकरण गर्न खोज्ने स्वार्थ समूहहरू सक्रिय छन्’, भन्दै उनीहरूले देशभरका जेन–जीहरूबीच समन्वय, सहकार्य र एकता अपरिहार्य भएको बताएका छन् ।

विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा
‘राष्ट्रिय स्वाभिमान र स्वाधीनता रक्षा सम्पूर्ण नेपाली युवाको साझा राजनीतिक कार्यभार हो’, भन्दै उनीहरूले सरकार, मिडिया, नागरिक समाज र सरोकारवालालाई जिम्मेवार भूमिका खेल्न अपिल गरेका छन् ।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने संयोजकहरूः
कोशी–उपार्जुन चाम्लिङ (संयोजक), लक्ष्मी घिमिरे (सहसंयोजक)
मधेश–शिव यादव
बागमती–अफ्साना बानु
गण्डकी–प्रदीप पाण्डे
लुम्बिनी–आदित्य आचार्य
कर्णाली–सुप्रिया शाही
सुदूरपश्चिम–खेमराज साउद

अझै ४५ जना बालबन्दी फरार

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये अझै ४५ बालबन्दी अझै फरार रहेका छन् । फरार भएकामध्ये ३३ जनालाई पक्राउ गरिएको नौबस्ता बाल सुधारगृह, बाँकेका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । उनले २९ जना बालबन्दी सम्पर्कमा आएको, तीन जना चितवन र एक जना काभ्रेमा पक्राउ गरिएको जानकारी दिँदै फरार भएकालाई पक्राउ गर्न अभिभावकसहित सबै संयन्त्र परिचालन भएको बताए ।

‘केही अभिभावकले सम्पर्कमा छन् पनि भन्नु भएको छ तर सम्पर्कमा आएको देखिएन’, उनले भने । फरार भएकाहरु १७ वर्षदेखि २५ वर्षसम्म उमेर समूहका छन् । अहिले नौबस्ता बालसुधार गृहमा १२२ बालबन्दी रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते राति प्रहरीसँग भीडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधार गृहबाट भागेका थिए । प्रमुख रानाले खोजीका लागि प्रहरीले नेपाल–भारत नाकादेखि पहाडी जिल्लामा समेत निगरानी बढाएको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले दसैँमा उनीहरू आफ्नो घरमा जान सक्ने सम्भावना रहेकाले फरार रहेकाको ठेगानामा समेत प्रहरीलाई परिचालन गरिएको जनाएको छ ।

नौबस्ता बाल सुधार गृहले फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि यही असोज २० गतेसम्मको समयसीमा दिइएको भए पनि सो समयसीमा पूरा भइसक्दासम्म फरार बालबन्दी नफर्किएको जनाएको छ । सो समभित्र बाल सुधारगृहको सम्पर्कमा नआएपछि उनीहरूलाई कारागार ऐन अनुसार कारबाही हुने बताइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालबन्दी र फरार थुनुवाको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीको नेतृत्वमा कार्यदल निर्माण भएको जानकारी दिए । उनले फरार भएकाको खोजीका लागि स्थानीय तहलगायतका स्थानमा पत्राचार भएको उल्लेख गर्दै प्रहरीले पनि आन्तरिक रुपमा खोजतलास गरिरहेको बताए । ‘आजै मात्रै पनि एक जना सम्पर्कमा आएको छ, केही दिनमा उनी कञ्चनपुरबाट आउँदै छन्’, उनले भने ।

एमालेले मधेश प्रदेश सरकारबाट फिर्ता लिंदै समर्थन

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । आज ४ बजे समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिएका छन् । मुख्यमन्त्री सतीशकुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरे पनि पछि पछाडि हटे । उनले संसद फेस गर्ने अडान लिएका छन् । जनमत संसदीय दलको निर्देशन नटेरेपछि जनमतले समेत प्रदेश प्रमुख र सभामुख रामचन्द्र मण्डललाई समर्थन फिर्ता र सरकारबाट बाहिरिएको पत्र भदौ ३१ गते नै बुझाइसकेको छ ।

एक साता अगाडि नेपाली कांग्रेसले समेत समर्थन फिर्ता लिइसकेको छ । २०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए । अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले, जनमत र लोसपाको गठबन्धनको सरकार बन्ने आन्तरिक सहमति भइसकेको छ । जसमा लोसपाले मात्र सहमति गरेको छैन । १०७ सदस्य मधेश प्रदेश सभामा नेकपा एमालेका २५ कांग्रेसका २२, जनमतका १३ र लोसपाको ९ सिट छ ।

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको आज निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएका विभिन्न कार्यालयको मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालयको निरीक्षण गर्दै क्षतिको विवरणबारे चासो राखेका थिए । त्यसक्रममा मुख्यमन्त्री पाण्डेले कार्यालयबाट हाल भइरहेका सेवा प्रवाहका बारेमा जानकारी लिएका छन् । त्यसक्रममा मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालयका विभिन्न कक्ष, प्रमुख जिल्ला अधिकारीको निवास, अदालतका इजलास, विभिन्न कक्षहरुको निरीक्षण गरेका छन् ।

उनले आन्दोलनबाट गण्डकी प्रदेशका धेरै जिल्लामा क्षति पुगेको बताउँदै वैकल्पिक व्यवस्थाका माध्यमबाट जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गरे । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले हाल कार्यालयबाट नयाँ नागरिकता र प्रतिलिपिको काम सुरु गरिसकेको जानकारी दिए ।

आगजनी र तोडफोडबाट प्रशासन कार्यालयको भवन पुनः प्रयोग गर्न असुरक्षित रहेकाले अन्य कार्यालयमा व्यवस्थापन गरेर कार्यालयको सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘हामीले केही कार्यालय हेरेर प्रशासन कार्यालय स्थानान्तरण गर्ने विषयमा पनि हे¥यौ, हालको कृषि ज्ञान केन्द्र अन्यभन्दा उपयुक्त देखिएको छ ।’ निरीक्षणका क्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, प्रहरी उपरीक्षक टेकबहादुर कार्कीलगायत उपस्थित थिए ।

बालेन र सुधनविरुद्ध देशभरबाट जाहेरी

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध देशभरबाट जाहेरी दिएको छ । उपाध्यक्ष अञ्जना शिवाकोटीले अनेरास्ववियुका देशभरका समितिले आज एकै दिन किटानी जाहेरी दिएको जानकारी दिइन् ।

‘हाम्रा मतहतका सबै कमिटीले आज नजिकको प्रहरी कार्यालयमा गएर जाहेरी दिएका छन्,’ उनले भनिन्, ‘कुनै कमिटीले आफ्नै तरिकाले दिनु भएको छ । तर, अधिकांशले एउटै व्यहोरामा जाहेरी दिनु भएको छ ।’ अनेरास्ववियुले दिएको जाहेरीमा जेनजी आन्दोलनका बेला बालेनको योजनामा आगजनी भएको सुदन गुरुङ लगायतको समूहले त्यसलाई कार्यान्वयन गरेको आरोप लगाइएको छ ।

मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध कैलाली प्रहरीमा पनि किटानी जाहेरी परेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको खड्काले बताए । जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ । कैलालीका एसपी नरेन्द्र चन्दले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए । उनले भने, ‘केन्द्रमा पनि परेको छ । हामी अहिले बुझ्छौं केन्द्रमा कुरा गरेर अघि बढ्छौं ।’

सौराहामा आउन थाले पर्यटक

चितवन । सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गरे । गत वर्षहरुमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरुमा केही उत्साह थपिएको छ ।

यहाँको अत्यन्तै राम्रो पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँ–ठाउँको पहिरोका कारण पर्यटकहरुले बुकिङ रद्द गरेपछि व्यवसायी निरास भएका थिए । क्षेत्रीय होटल संघका उपाध्यक्ष समेत रहेका थपलियाले मङ्गलबारदेखि आन्तरिक र बाह्य पर्यटक आउन थालेको बताए । उनले भने, ‘दसैँको समयमा पाँच प्रतिशत हाराहारी मात्र पर्यटक भएकामा हिजोदेखि राम्रो बढ्दै गएको छ ।’

आजको अवस्था हेर्दै गर्दा ३० प्रतिशत हाराहारी पर्यटक पुगेको उनको भनाइ छ । गत वर्ष यो समयमा सौराहामा ८० प्रतिशत हाराहारी पर्यटक पुग्ने गर्दथे । क्षेत्रीय होटल संघका अध्यक्ष ओम पाण्डेले आफ्नो होटल ल्याण्डमार्कसहित होटलहरुमा पर्यटक आउन थालेको बताए । जेनजी आन्दोलनअघि नेपाल आएका पर्यटक सडक राम्रो भएसँगै सौराहा आउन थालेको उनी बताउँछन् । नेपालीहरु न्यून भए पनि विदेशीको संख्या बढ्दो छ । उनले भने, ‘बुकिङ राम्रो नभए पनि सोझै आउनेहरु वढ्न थालेका छन् ।’ साह्रै न्यून पर्यटक रहेकामा केही आउन थालेपछि आफूहरुमा आशा जगाएको पाण्डे बताउँछन् ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे क्रमशः पर्यटक आउन थालेको बताउँछन् । तिहारसँगै स्वदेशी पर्यटकको संख्या बढ्ने उनको अनुमान छ । उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटक क्रमशः बढ्ने हामीले अपेक्षा गरेका छौँ ।’ निकुञ्जभित्रको जङ्गल सफारी समेत खुलेकाले यहाँ आउने पर्यटक बढेको उनले बताए । चितवन आउन चाहने पर्यटकका लागि सबैतिरका सडक सञ्जाल राम्रो भएको भन्दै उनले बिदाका दिनमा पर्यटकको आगमन बढ्ने बताए ।

होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आज मात्रै १४ जना टेलिफोन गरेर सौराहा आउँदै गरेको बताउँछन् । विभिन्न माध्यमबाट बुझ्ने क्रम सुरु भएकाले अब पर्यटक बढ्नेमा आफु विश्वस्त रहेको उनको भनाइ छ । सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडा रेष्टुराँहरुमा पर्यटकको आगमन बढेको बताउँछन् । हात्ती सफारी गर्नेहरु पनि क्रमशः बढ्दै गएको उनको भनाइ छ ।

विगत वर्षहरुमा दसैँको समयमा हात्ती चढ्नेहरुका लागि पुर्‍याउन मुस्किल हुने गरेको भए पनि यस वर्ष दसैँभर सुनसान अवस्थामा रहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन् । उनीहरु निकुञ्ज र सामुदायिक वनमा सफारी गर्ने गर्दछन् । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटे बाघलगायतका जनावार हेर्न उनीहरु रुचाउँछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा नै परिचित छ ।

Summer Live Dealer Secrets: How Win Diggers Org.Uk Boosts Your Play

Summer Live Dealer Secrets: How Win Diggers Org.Uk Boosts Your Play

Summer brings longer days, brighter moods, and a perfect excuse to try something new online. Many players wonder if the heat really changes the way they enjoy casino fun. The answer is yes. Live dealer games feel more social when you’re relaxed on a patio or by the pool.

Data from recent surveys shows that 68 % of UK players prefer live tables during the summer months because the atmosphere feels “real‑world.” That’s why Win Diggers Org.Uk invests heavily in high‑quality streams, crisp audio, and fast connection speeds.

If you’re curious about how this platform stands out, look at the numbers: the site processes withdrawals in an average of 18 hours, and its welcome bonus reaches a whopping 450 % over the first three deposits. Those figures are backed by a Curaçao eGaming licence, giving players a solid safety net while they enjoy live dealer games.

Ready to see the stats in action? Studies show that players who start with the play at Win Diggers offer see a 22 % faster cash‑out time compared with the average online casino. That speed can turn a casual summer session into a profitable one.

Understanding Win Diggers Org.Uk’s Cryptocurrency Payments and Welcome Bonus

Cryptocurrency payments have become a game‑changer for many online gamblers. With Bitcoin, Ethereum, and Litecoin accepted, deposits are instant, and fees stay low. Win Diggers Org.Uk makes it easy: simply choose your digital wallet, enter the amount, and you’re ready to spin.

The platform’s welcome bonus is one of its biggest draws. Here’s how it works:

  • First deposit: 200 % match up to £500
  • Second deposit: 150 % match up to £400
  • Third deposit: 100 % match up to £300

All three stages combine for a 450 % boost. The bonus applies to both fiat and cryptocurrency payments, meaning you can claim it whether you fund with cash or crypto.

Imagine you deposit £100 in Bitcoin. After the first bonus, you receive an extra £200 in play money. If you continue with two more deposits of £100 each, the total bonus adds up to £900. That’s a massive bankroll upgrade before you even start a single game.

Navigating the Game Library: From Slots to Live Tables

A diverse game library keeps players engaged, and Win Diggers Org.Uk offers more than 3,000 titles. Whether you love classic slots, progressive jackpots, or the thrill of a live dealer, there’s something for every skill level.

Top Live Dealer Games to Try This Summer

  • Live Roulette – Lightning Edition – Fast rounds with extra multipliers.
  • Live Blackjack – Infinite Betting – No table limits, perfect for high rollers.
  • Live Baccarat – Speed Mode – Quick hands that fit a sunny afternoon.

Each live game streams in HD and includes a chat function, so you can talk to the dealer and other players. The platform also hosts a sports‑book, but the focus this summer is on the live dealer experience.

For slot lovers, the site features titles from NetEnt, Microgaming, and Evolution Gaming. Many of these slots have RTP (return‑to‑player) rates above 96 %, giving a solid chance of steady wins.

Speedy Payouts and Player Support – What Sets the Site Apart

Fast withdrawals are a top priority for UK players, especially when playing with crypto. Win Diggers Org.Uk processes crypto withdrawals in under 12 hours on average, while fiat requests usually clear within 24 hours.

The casino’s 24/7 live chat support is staffed by knowledgeable agents who can help with anything from bonus queries to account verification. A quick example:

Jane, a new player, asked how to claim her welcome bonus after a crypto deposit. The support team walked her through the steps, and she received her 200 % match within minutes.

Beyond speed, the site uses SSL encryption and regularly audits its games for fairness. The Curaçao licence also means the casino follows strict anti‑money‑laundering (AML) and responsible gambling rules.

Expert Tips for Maximizing Your Summer Sessions

Expert Tip: Set a daily loss limit before you log in and stick to it. Summer vibes can make you forget time, and a limit protects your bankroll while you enjoy the live dealer action.

Here are three quick strategies to get the most out of your play:

  1. Start with the welcome bonus – Use the 450 % match to explore multiple games without risking too much of your own money.
  2. Play low‑variance slots first – These give longer sessions and keep your balance stable for longer live dealer runs.
  3. Switch to live tables when the bonus funds are low – Live dealers often have lower house edges, which can stretch your bonus further.

Remember, responsible gambling is key. Always gamble within your means and take breaks, especially during long summer evenings.

By choosing Win Diggers Org.Uk, you tap into a platform that blends fast cryptocurrency payments, a massive welcome bonus, and a top‑tier live dealer experience. Dive in this summer, claim your bonus, and let the live tables bring the casino floor straight to your patio. Happy gaming!

राष्ट्रको सम्पदा जलाउनेलाई कारबाही नभए सडकमा आउँछौँ : दीपक धामी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका महासचिव दीपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभए आफूहरू सडकमा उत्रिने चेतावनी दिएका छन् । उनले दलमा विचार र आस्था राखेकै कारण अपराधी करार गर्नु गलत भएको समेत बताए । बुधबार संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै धामीले जेन–जी आन्दोलनप्रति आफूहरूको पनि ऐक्यबद्धता रहेको बताउँदै त्यसमा घुसपैठ भएर गरिएको हत्या, आगजनी र लुटपाट गर्ने र त्यसका लागि उक्साउनेलाई कारबाहीका लागि आफूहरूले प्रहरीमा जाहेरी दिएको बताए ।

‘जेन–जीहरूका मागमा हाम्रो पनि ऐक्यबद्धता थियो, ती माग पूरा गराउन हाम्रोतर्फबाट के गर्नुपर्छ तयार थियौँ र छौँ, तर घुसपैठ गरेर राष्ट्रका सम्पदा, निजी सम्पत्तिमा आगजनी, लुटपाट र व्यक्तिहत्यामा लाग्ने र त्यसमा उक्साउनेलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो । त्यही मागसहित हामीले हिजो काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छौँ,’ धामीले भने ।

भ्रष्टाचार र अपराधमा दोषीलाई बचाउनु हुँदैन भन्नेमा आफूहरू पनि लागिरहेको बताउँदै धामीले सामाजिक सञ्जलबाट दोषी करार गरेर बदनाम गर्ने कार्यप्रति आफ्नो संगठनको आपत्ति रहेको बताएका छन् । उनले संविधान र कानुनभन्दा कोही व्यक्ति माथि नभएकाले दोषीलाई कानुनी प्रक्रियामा लग्नुपर्नेमा जोड दिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संयोजक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिएकोबारे पत्रकार सम्मेलनमा बोल्दै अमुक व्यक्तिले सरकारलाई निर्देशन दिन थालेपछि आफूहरू सडकमा आउन बाध्य भएको बताए । उनले भने, ‘अराजकतालाई मुक्त गर्नुपर्छ भनेर हामी सडकमा आएका छौँ । हामी आउँछौँ सडकमा, हामी मर्न कफन बाँधेर हिँडेका मान्छे हौं । समाज र देशको लागि मर्न तयार छौं । यो देशमा आगो लगाएर खरानी बनाउनेहरू छाती फुलाएर हिँड्ने ? निर्दोष रहेकाहरू कुनामा लुकेर बस्नु पर्ने हुँदैन ।’ उनले २३ र २४ गतेको घटनाको दोषीलाई कारबाही गर्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष केपी ओली विगतमा गृहमन्त्री हुँदा राज्यको गोली खाएर एक जना पनि मर्नु नपरेको स्मरण गरे । उनले आन्दोलनमा गोली हान्न निर्देशन प्रधानमन्त्री नदिने पनि बताए ।

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा घट्यो पर्यटकको संख्या

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यहीबेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरू हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि कारणले पर्यटक आगमन घटेको हो ।

सेप्टेम्बरमा एसियाली मुलुकका आठ हजार ५४२ र अन्य देशका १० हजार ८४४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए । ‘मुख्य पर्यटकीय याम सुरु भइरहेका बेला जेनजी प्रदर्शनले पनि असर गर्यो, कतिपय विदेशी पर्यटकले यात्रा रद्द गरे’, उनले भने, ‘मुक्तिनाथलगायत क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको संया पनि घटेको छ ।’

अन्नपूर्ण क्षेत्रका सबै गन्तव्यस्थल शान्त र सुरक्षित रहेकाले ढुक्क भएर घुम्न आउन उहाँले आग्रह गर्नुभयो । नेपालीका ठूला चाडपर्वहरू भएकाले आन्तरिक पर्यटक पनि घुमफिरमा निस्कने उपयुक्त समय यही हो । नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वमाझ दिएर पर्यटक आगमनलाई नियमित लयमा फर्काउन सरकार र सम्बद्ध सबै पक्ष लाग्नुपर्ने आयोजना प्रमुख डा. कडरियाले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्यस्थल पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनका अनुसार बुधबार झण्डै २०० विदेशी पर्यटकले घोरपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

दुई-तीन दिनदेखि पर्यटक आगमन केही बढे पनि अघिल्ला वर्षको तुलनामा घटेको उनले बताए । ‘यो याममा दिनमा ४०० सम्म विदेशी पर्यटक आउँथे, अहिले घटे’, पुनले भने, ‘विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक पनि घटेका छन् ।’ घोरपानीका होटल व्यवसायी डमबहादुर पुनले आफ्नो होटलमा आउन लागेका पर्यटकका २७ वटा समूहले ‘बुकिङ’ रद्द गरेको बताए । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे । यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रिब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय विवरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ ।
यो परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन गरिने र त्यसका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुने उल्लेख छ । सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ ।

प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको जनाइएको छ । यसअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धतासहित जर्मनीले विभिन्न क्षेत्रमा सहयोग पु–याउने बताइएको छ ।  उक्त परियोजना स्वास्थ्य क्षेत्रमा, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाउन सहयोग गर्नेछ ।

त्यसैगरी कृषि तथा निजी क्षेत्रको विकास, समावेशी र जलवायु–प्रतिकारशील आर्थिक विकासलाई प्रवद्र्धन गर्ने कार्यक्रममासमेत सहयोग पुर्‍याउने परियोजनाको लक्ष्य छ । परियोजनाले थप अध्ययन तथा विज्ञ कोषमार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान गर्नेछ । यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्ष भित्रअर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने सम्झौतामा उल्लेख छ । कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । नेपालका लागि जर्मन संघीय गणतन्त्रका राजदूत भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको उल्लेख गरे ।

चुनाव तयारीबारे छलफल गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले जानकारी दिइन् ।

आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको जनाएको छ । आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएकाले निर्वाचन कार्यक्रमलगायत विषयमा राजनीतिक दलको छलफलपछि निर्णय लिइने आयुक्त डा. तुलाधरले जानकारी दिइन् ।

कोशी सरकारले बाढी–पहिरोले विस्थापितको घर बनाई दिने

मोरङ । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी–पहिरोले विस्थापितहरुको सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइ दिने निर्णय गरेको हो । विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद बैठकले निर्णय गरेको छ ।

त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सात पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले राहत र पुनस्र्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिएको छ । सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिनेछ ।

त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गरी काम गर्नेछन् । झापा जिल्लाका लागि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। आजको परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठक निर्देशन दिएका छन् ।

जेनजी आन्दोलनका सबै शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी समूहको घोषणा

काठमाडौं । जेनजी आन्दोलनमा ठूलो भौतिक क्षति व्यहोरेका चौधरी समूह (सीजी) ग्रुपले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । यो आफूहरूको बाचा मात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उनले बताएका छन् ।

यसका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि सीजीले अनुरोध गरेको छ । ‘आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौँ । उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ । यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माणको यात्रामा अघि बढेका छौँ’, उनले भनेका छन् ।

निर्वाणले भनेका छन्, ‘हामी सँगै उभिनेछौँ, पुनर्निर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।’ निर्वाणले यसअघि आन्दोलनकारीले निवासदेखि उद्योग, शोरुमसम्म गरिएको लुटपाट, तोडफोड र आगजनी गरेपनि आफूहरूको सपना जिउँदै रहेको भन्दै उच्च मनोबल देखाएका थिए ।

हेर्नुस् भिडियो

 

महेश बस्नेतको चुनौती : हिम्मत भए ओलीलाई पक्रेर देखाऊ

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले वर्तमान सरकारलाई निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्रेर देखाउन खुला चुनौती दिएका छन् । उनले सरकारलाई भने, ‘तिमीमा हिम्मत छ भने ओलीलाई पक्राउ गरेर देखाऊ ।’

पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । केपी ओली दोषी हुनुहुन्छ र त त्यसो गरेर देखाऊ ।’ बस्नेतको यस्तो तीखो प्रतिक्रिया जेन–जी युवा आन्दोलनका अगुवाहरूले आफूविरुद्ध प्रहरीमा दिएको उजुरीपछि आएको हो । मंगलबार उनीमाथि उजुरी परेपछि, त्यसलाई सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको थियो ।

‘दूधले नुहाएका छैनौं, तर भ्रष्टाचारी पनि होइनौं’
पत्रकार सम्मेलनमा बस्नेतले सत्ता पक्षप्रति आक्रोश मात्र होइन, स्वीकृति र चुनौती दुवै मिसिएको बयान दिएका छन् । उनले भने, ‘हामी दूधले नुहाएका छैनौं, तर त्यसले अरुले यत्तिकै भ्रष्टाचारी हो भन्ने आरोप लगाउन पाउँदैन । यदि म भ्रष्टाचारी हुँ भने कारबाही गर । होइन भने नाम लिएर हिनायो भने हामी किन चुप बस्ने ?’

खनाल र घिसिङमाथि पनि छानबिनको माग
सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन विषयमा बोल्दै बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङमाथि पनि छानबिन गर्नुपर्ने माग राखेका छन् । उनको भनाइ थियो, ‘युवाहरूको बलमा सत्तामा पुगेकाहरूका बारेमा पनि हेर्नुपर्छ, नत्र त यो एकपक्षीय हुन्छ ।’

‘एमालेले चाँडै आधिकारिक धारणा सार्वजनिक गर्छ’
बस्नेतले आगामी दिनमा एमालेका शीर्ष नेताहरूले जेन–जी आन्दोलन र पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने बताएका छन् । उनले २४ गते सचिवालय बैठक र २७ गते केन्द्रीय कमिटीको बैठकपछि एमालेको आधिकारिक धारणा बाहिर ल्याइने समेत जानकारी गराएका छन् ।

 

बीपी राजमार्गमा ‘बिजोग’ यात्रा

काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बीपी राजमार्गमा पैदल यात्रा समेत कष्टकर बन्न पुगेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा यातायातका साधन रोकिएपछि तीन दिनदेखि गन्तव्यमा पुग्नुपर्ने खोलाको तिर, खोलैखोला र भिरपाखाबाट हिँड्नुपर्ने बाध्यता बनेको हो । वर्षाका कारण राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डको विभिन्न स्थानमा क्षति पुगेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो ।

राजमार्गको चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकको डाँडापारिलगायत स्थानबाट दसैँ मनाउन घर गएकाहरु ग्रामीण सडक समेत अवरुद्ध हुँदा घण्टौं हिँडेर आ–आफ्ना गन्तव्यतर्फ लागिरहेका छन् । यही सडक भएर जिल्लाको नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य भएका छन् । राजमार्गको धुलिखेलदेखि चौकीडाँडासम्म भने यातायातका साधन चलेका छन् ।

चौकीडाँडा आइपुग्न नै निकै कठिन भएको पैदल यात्री बताउँछन् । ‘हातगोडा टेकेर चौकीडाँडा आएर गाडी चढियो’, मङ्गलबार बनेपा आइपुगेका भिमखोरीका राजेन्द्र श्रेष्ठले भने । उनका अनुसार सडकको नामोनिशान नभएको स्थानमा भिर चढेर पार गर्नुपरेको छ । ‘महिला, बुढापाका र बालबालिकालाई निकै अप्ठेरो भइरहेको छ, गोरेटो बाटो बनाउन सके निकै राहत मिल्नेछ’, श्रेष्ठले भने । केही सुरक्षाकर्मीले सहयोग गरे पनि हिँड्दा ध्यान नपुर्‍याए खोलामा खस्ने समेत डर भएको श्रेष्ठको भनाइ छ ।

उक्त राजमार्गमा लामो दूरीका यात्रुले वैकल्पिक मार्ग प्रयोग गरे पनि काभ्रेपलाञ्चोक तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीको जोडिएका स्थानीय तहका यात्रुलाई भने चौकीडाँडासम्मै पैदल हिँड्नुपर्ने बाध्यता बनेको हो । पैदलै हिँड्न पनि ठाउँठाउँमा रोशी खोला तर्नुपर्ने अर्को बाध्यता रहेको छ । स्थानीय प्रहरीका अनुसार तीन दिनमा करिब दुई हजार यात्रु यहाँबाट पैदल हिँडेका छन् । सुरक्षाकर्मीले बिरामीलाई स्टे«चरमा राखेर चौकीडाँडासम्म ल्याउने गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बाढी पहिरोले राजमार्गको १७ स्थानमा क्षति पु¥याएको हो । क्षतिग्रस्त राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलाको बहाव कम हुँदै गएपछि मङ्गलबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयले रोशी र नमोबद्धको समन्वयमा बगाएको राजमार्गको सडकखण्डमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । यसअघि गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनः क्षतिग्रस्त बनाउँदै बगाएको थियो ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन÷चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गर्ने डिभिजनले योजना बनाएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिइन् । उनका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले खोलाको बहावभन्दा थप उचाइमा सडकको डाइभर्सन पुनर्निर्माण गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्तै शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि आजैदेखि पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए । उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा स्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

बालेन र सुदनविरुद्ध अर्को जाहेरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ । युवराज सफल नाम गरेका व्यक्तिले शाह र गुरुङविरुद्ध जाहेरी लिएर आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका हुन् । मंगलबार मात्रै शाह र ‘हामी नेपाल’ का संयोजक तथा जेनजी अगुवा गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडालले जाहेरी लिएर पुगेका थिए । यी दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन ।

२३ र २४ भदौमा भएका घटनाहरू छानबिन गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाइएको छ । अहिले जाहेरी परेका विषय पनि आयोगकै क्षेत्राधिकारभित्र पर्ने भन्दै प्रहरीले आयोगमा पठाउने तयारी गरेको छ । यसअघि सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध जाहेरी लिएर परिसरमा पुगेका थिए ।

२३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर २१ जनाको ज्यान जानुमा उनीहरू नै दोषी रहेकाले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग थियो । उक्त जाहेरी पनि प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो । अहिले बालेनले सिंहदबार जल्दा समेत आगो निभाउन दमकल नपठाएको र सुदनले आगजनी गरेको भन्दै जाहेरी पर्न थालेको छ ।

१५ बुँदे माग पूरा नभए अन्तिम संघर्षमा उत्रिने ‘राजसंस्थावादी जेनजी’ को चेतावनी

काठमाडौं । जेनजीका नाममा विभिन्न समूह देखापरिरहेका बेला अर्को एउटा समूह देखिएको छ– ‘राजसंस्थावादी जेनजी’ । जसले विज्ञप्ति जारी गरी संवैधानिक राजसंस्थासहित १५ बुँदे माग प्रस्तुत गरेको छ र पूरा नभए ‘अन्तिम संघर्षमा होमिने’ चेतावनी दिएको छ । तर विज्ञप्तिमा व्यक्ति कसैको नाम छैन । थप जानकारीका लागि सम्पर्क भन्दै @rajsansthabadi.com लेखिएको छ ।

हेर्नुस् विज्ञप्ति