`

एमाले महाधिवेशनको हाइटेक उद्घाटन: रिमोटबाट झण्डोत्तोलन गरेर ओलीले गरे उद्घाटन

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा सुरू भएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तलन गरेर उद्घाटन गरे ।

अत्याधुनिक प्रविधि प्रयोग गरी महाधिवेशन औपचारिक उद्घाटन गरिएको हो । उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेको कार्यक्रममा यसअघि महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए ।

अहिले पनि देशभरीबाट आएका महाधिवेशन प्रतिनिधि र कार्यकर्ता सल्लाघारीमा भेला भइरहेका छन् । एमालेले आज तीन लाख मान्छे उतार्ने घोषणा गरेको छ ।

भक्तपुरका विभिन्न स्थानबाट झाँकीसहितका र्‍यालीहरू लगातार कार्यक्रमस्थलमा प्रवेश गरिरहेका छन् । र्‍यालीमा कार्यकर्ताले नाराबाजी पनि गरिरहेको देख्न सकिन्छ । विभिन्न राजनीतिक दलका नेता पनि सल्लाघारी पुगिरहेका छन् एमालेले यसपटक विदेशी पाहुनाहरू बोलाएको छैन भने १६ राजनीतिक दललाई निम्ता गरेको छ ।

 

खरानीको थुप्रोबाट उठ्ने संकल्पको जवाफ आजको सभाले दियो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि एमाले कमजोर भएको भन्ने भाष्यलाई ११औं महाधिवेशनको उद्घाटन सभाले खारेज गरिदिएको दाबी गरेका छन् । उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै उनले षड्यन्त्रका कारण सत्ता गुमाउनुपरे पनि एमाले नेपाली जनताको हृदयमा अझै गहिरोसँग बसेको कुरा विशाल सभाले प्रमाणित गरेको बताए ।

पोखरेलले विगतमा कठिन परिस्थितिमा पनि पार्टीले आत्मविश्वास नहारेको स्मरण गर्दै भने, ‘त्यसबेला खरानीको थुप्रोबाट फेरि उठ्नेछौँ भनेर संकल्प गरेका थियौं । आजको ऐतिहासिक जनसभाले पुष्टि गरेको छ—नेकपा एमाले कमजोर भएको छैन, बरु अझ शक्तिशाली बनेर अघि बढेको छ ।’ उनका अनुसार उद्घाटन सभाको उपस्थितिले पार्टीप्रति जनसमर्थन अझै मजबुत रहेको सन्देश दिएको छ ।

उनले जेनजी आन्दोलनपछि एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योजनाबद्ध प्रचार गरिएको आरोप पनि लगाए । भदौ २३ र २४ गते भएका घटनापछि ती घटनाको जिम्मेवारी ओलीमाथि थोपर्ने प्रयास गरिएको भन्दै पोखरेलले त्यसलाई दुष्प्रचारको संज्ञा दिए । उनले यस्तो प्रचारले पार्टीलाई कमजोर देखाउने उद्देश्य राखेको बताए ।

पोखरेलले जेनजी आन्दोलनकै नाममा राजनीतिक दलविरुद्ध षड्यन्त्र भएको दाबीसमेत गरे । उनका अनुसार युवाको भावना प्रयोग गरेर राष्ट्रविरोधी, लोकतन्त्रविरोधी, गणतन्त्रविरोधी तत्वहरूले राजनीतिक दलहरूलाई बदनाम गर्ने प्रयास गरे । ‘सो घटनामा नवयुवाको भावनामा खेल्दै राजनीतिक दलविरुद्ध षड्यन्त्रपूर्ण गतिविधि भएको हामीले बुझेका छौँ’, उनले भने । उनले यस्ता चुनौतीका बाबजुद एमाले अझ एकताबद्ध र सशक्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

 

एमाले अनेक धक्का चिर्दै धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिर्दै उठ्ने शक्ति भएको दावी गरेका छन् । एमालेको ११ औं महाधिशवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण उल्लेख गरेका छन् ।

‘न्यातपोल दरबारले चार चार वटा भूकम्प झेलेको छ र पनि गौरवको रुपमा रहेको छ’ उनले भने, ‘धरहरा हामीले नव निर्माणको प्रतीकको रुपमा राखेका छौं ।’ उनले धरहरा नव निर्माणको प्रतीकको रुपमा रहेकोको उल्लेख गर्दै जस्तै धक्का चिरेर पनि एमाले उठ्ने बताए । ‘हामीले सन्देश दिन खोजेका छौं । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौं’ उनले भने ।

जेनजी आन्दोलनमा ज्यान गुमाउने युवा र सुरक्षाकर्मीप्रति मौन धारण
नेकपा एमालेले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका ज्यान गुमाएका युवा र सुक्षाकर्मीप्रति पनि मौन धारण गरेको छ । शुक्रबार भक्तपुरको सल्लाघारीमा सुरु भएको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण गरेको हो ।

एमाले महाधिवेशन : को–को नेता पुगे ?

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन उद्घाटन समारोहमा विभिन्न पार्टीका नेता पनि पुग्ने क्रम सुरु भएको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सल्लाघारी पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन उनी सल्लाघारी पुगेका हुन् । भक्तपुरको सल्लाघारीस्थित उद्घाटन स्थलमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुगेका छन् । उनलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनलाई स्वागत गरेका छन् । उनी मञ्चमा पुगेका छन् । अन्य नेता पुग्ने क्रममा रहेको ज्ञवालीले जानकारी दिएका छन् । भिडभाडले गर्दा आमन्त्रित नेताहरू मञ्चमा पुग्न कठिनाइ भइरहेको ज्ञवालीले बताएका छन् ।

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका छन् । शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गरेका हुन् ।

मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताए । उनले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तीब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।

मन्त्री घिसिङले भने, ‘पूर्वाधारको क्षेत्रमा हामीले निजी क्षेत्रलाई कसरी अगाडि बढाउने, निजी क्षेत्रलाई बढि भन्दा बढि पूर्वाधारको क्षेत्रमा कसरी लगानी गर्न लगाउने ? भन्ने विषयहरुमा ऐन, कानूनको ठूलो परिवर्तनको जरुरी छ । यो काम आगामी सरकारले गर्नुपर्छ । अहिलेको इलेक्शनको गोभर्मेन्टले इलेक्शन गरेर फेरि पनि त्यस्तै पुरानै हिसावले संचालन गर्ने सरकार भयो भने त्यसले केही पनि काम गर्दैन । अब आउने सरकार भनेको डेभलेपमेन्ट ओरेन्टेड, एउटा सही नेतृत्व दिने सरकार हुनुपर्छ ।’

उनले भने, ‘जसले देशको परिवर्तनको लागि, देशको द्रुत गतिमा विकास गर्नका लागि ठूलो परिवर्तन, चेन्ज ल्याउन सकोस । त्यस्तो नेतृत्व योङ लिडरसिप र सबै किसिमको डेभलपमेन्ट ओरेन्टेड लिडरसिपहरुको जरुरी छ । त्यस्तो लिडरसिप चुनिन र त्यस्तो लिडरसिपहरुलाई ल्याउनका लागि आगामी निर्वाचन सफल होस भन्ने पनि यहाँहरु सबैलाई शुभकामना व्यक्त गर्दै त्यतातर्फ अगाडि बढन आग्रह गर्दछु ।’ मन्त्री घिसिङले मुलुकको पूर्वाधार विकासको कामले तीब्रता नपाउनुमा निर्माण व्यवसायीहरु जिम्मेवार रहेको आरोप समेत लगाए ।

एमाले महाधिवेशनमा नेकपाका प्रचण्ड–माधव नजाने, देव गुरुङले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । कांग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ ।

एमालेले नेकपा, कांग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा बोलाएको थियो । प्रचण्ड माधव दुवै अहिले पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट नेता देव गुरुङले सम्बोधन गर्ने प्रचण्डका प्रमुख स्वकीय सचिवमा गोविन्द आचार्यले बताए ।

 

एमाले महाधिवेशन उदघाटनअघि यस्तो छ सल्लाघारीको माहोल {फोटो फिचर}

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा केहीबेरमा औपचारिक रुपमा सुरु हुँदैछ । महाधिवेशन उद्घाटनका लागि सल्लाघारीको खालि मैदानमा भव्य स्टेज बनाइएको छ । स्टेजमा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरिरहेका छन् ।उद्घाटन कार्यकम सुरु हुनु अघि देशभरीबाट आएका महाधिवेशन प्रतिनिधि र कार्यकर्ता सल्लाघारीमा भेला भइरहेका छन् ।

एमालेले आज तीन लाख मान्छे उतार्ने घोषणा गरेको छ । भक्तपुरका विभिन्न स्थानबाट झाँकीसहितका र्‍यालीहरू लगातार कार्यक्रमस्थलमा प्रवेश गरिरहेका छन् । र्‍यालीमा कार्यकर्ताले नाराबाजी पनि गरिरहेको देख्न सकिन्छ । कार्यक्रमस्थलमा नेताहरू पुग्ने क्रम पनि चलिरहेको छ । एमालेले यसपटक विदेशी पाहुनाहरू बोलाएको छैन भने १६ राजनीतिक दललाई निम्ता गरेको छ ।
तस्वीरहरु

 

 

 

 

एमाले महाधिवेशन : कुन दलबाट को–को जाँदै ?

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ । मध्यान्ह हुने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने भएका छन् ।

एमालेले देउवालाई विशेष आमन्त्रण गरेको थियो । महाधिवेशनका लागि गठित अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौलाले देउवाको निवासमै पुगेर निमन्त्रणा दिएका थिए । तर, देउवाको व्यस्तताका कारण उनी उद्घाटन समारोहमा नजाने भएका हुन् । कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुँदैछन् । खड्काको सचिवालयले उनको सहभागिता निश्चित भइसकेको जनाएको छ ।

एमालेले उद्घाटन समारोहका लागि १६ वटा राजनीतिक दललाई निम्ता दिएको अतिथि सत्कार समितिले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि आमन्त्रण गरिएको भए पनि उनी उपस्थित नहुने भएका छन् । प्रचण्डको सट्टामा माओवादी केन्द्रका नेता देव गुरुङ उद्घाटन समारोहमा सहभागी हुनेछन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्ड सोही दिन सुर्खेतमा पार्टीको एकता सन्देश सभामा व्यस्त रहने भएकाले गुरुङलाई प्रतिनिधिका रूपमा पठाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कविन्द्र बुर्लाकोटी सहभागी हुने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि उद्घाटन समारोहमा उपस्थित हुने सूचीमा छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि एमालेले आमन्त्रण गरेको भए पनि उनले असमर्थता जनाउँदै अनुपस्थित रहने जानकारी गराएका छन् । जनमत पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत निमन्त्रणा गरिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत भने काठमाडौं बाहिर रहेकाले शुभकामना सन्देश पठाएर सहभागी नहुने भएका छन् ।

राजनीतिक दलसँगै एमालेले ६ वटा सामाजिक संघ–संस्थालाई पनि उद्घाटन समारोहमा बोलाएको छ । नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बार एसोसिएसन, नेपाल उद्योग परिसंघलगायतका संस्थाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने अतिथि सत्कार समितिले जनाएको छ । एमालेको ११औँ महाधिवेशनले आगामी नेतृत्व चयन र पार्टीको भावी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताको उपस्थिति रहने भए पनि केही प्रमुख नेताहरूको अनुपस्थितिले पनि राजनीतिक वृत्तमा चासो थपेको छ ।

 

एनपीएल फाइनल : कीर्तिपुरमा नयाँ इतिहास लेखिँदै, कसले पाउँला करोडमाथिको पुरस्कार ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले आज नयाँ च्याम्पियन पाउने पक्का भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । एकातिर लगातार दोस्रो पटक फाइनल खेलेको सुदूरपश्चिम छ भने अर्कोतर्फ पहिलो पटक प्लेअफ पार गर्दै सीधै उपाधि नजिक पुगेको लुम्बिनी । जसले जिते पनि एनपीएलको इतिहासमा नयाँ नाम स्वर्णाक्षरले लेखिनेछ ।

सुदूरपश्चिम रोयल्स दिपेन्द्रसिंह ऐरीको कप्तानीमा यस प्रतियोगिताको सबैभन्दा सन्तुलित र अनुभवी टोलीका रूपमा देखिएको छ । पहिलो क्वालिफायरमै विराटनगर किंग्सलाई ७७ रनले हराउँदै उसले फाइनलको यात्रा तय गरेको हो । गत संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा पाँच विकेटले पराजित भएको पीडा बिर्साउँदै यस पटक उपाधि उचाल्ने उसको दृढ लक्ष्य छ । लिग चरणमै लुम्बिनीसँगको भेटमा सुदूरपश्चिमले सात विकेटको प्रभावशाली जित निकालिसकेको छ, जसले टोलीको आत्मविश्वास अझ बलियो बनाएको छ ।

लुम्बिनी लायन्स भने प्रतियोगिताको सबैभन्दा रोचक कथा बोकेको टोली बनेको छ । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको यो टोलीले रोहित पौडेलको नेतृत्वमा अप्रत्याशित पुनरागमन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले इतिहासमै पहिलो पटक एनपीएल फाइनल खेलेको हो । निरन्तर जितको लय, युवा खेलाडीको आत्मविश्वास र कप्तान रोहितको स्थिर प्रदर्शनले लुम्बिनीलाई उपाधिको दह्रो दाबेदार बनाएको छ । फाइनलसँगै पुरस्कारको चर्चा पनि उस्तै चर्को छ । यस पटक पनि विजेता टोलीले १ करोड १० लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ लाख प्राप्त गर्नेछ । तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ पक्का गरिसकेका छन् । टोलीगत पुरस्कारसँगै व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीहरूका लागि कारदेखि मोटरसाइकलसम्मको आकर्षक पुरस्कार पनि राखिएको छ ।

लिगभरको प्रदर्शनका आधारमा उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा कार प्रदान गरिनेछ । यो अवार्डका लागि सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी, ओपनर विनोद भण्डारी र बलर अविनाश बोहरा, लुम्बिनीका कप्तान रोहित पौडेल र बलर शेर मल्ल तथा विराटनगरका कप्तान सन्दीप लामिछाने प्रमुख दाबेदार मानिएका छन् । दिपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा निरन्तर योगदान दिँदै टोलीलाई फाइनलसम्म पुर्‍याएका छन् । विनोद भण्डारी शीर्ष रन स्कोररहरूको अग्रपंक्तिमा छन् भने अविनाश बोहराले १६ विकेटसहित बलिङ आक्रमण सम्हालेका छन् ।

लुम्बिनीका कप्तान रोहित पौडेल पनि रन चार्टमा शीर्ष पाँचभित्र छन् । अर्धशतक नजोडे पनि उनले हरेक खेलमा टिमलाई आवश्यक योगदान दिएका छन् । शेर मल्लले नयाँ बलमा प्रभावशाली प्रदर्शन गर्दै १४ विकेट लिइसकेका छन् । यद्यपि, सर्वाधिक विकेट लिने सूचीमा १७ विकेटसहित विराटनगरका सन्दीप लामिछाने शीर्ष स्थानमा रहे पनि टोली फाइनलमा नपुग्दा उनको दाबेदारी केही कमजोर देखिएको छ । क्यानले यस पटक बेस्ट ब्याटर, बेस्ट बलर र बेस्ट राइजिङ प्लेअरलाई पल्सर मोटरसाइकल प्रदान गर्ने निर्णय गरेको छ ।

ब्याटिङतर्फ विदेशी खेलाडी एडम रोसिङटन सर्वाधिक रनसहित अगाडि भए पनि फाइनल नपुगेका कारण अब नेपाली खेलाडीहरू अवार्ड दौडमा बलियो देखिएका छन् । बलिङतर्फ सन्दीप, अविनाश र शेर मल्लबीच प्रतिष्पर्धा छ । इमर्जिङ प्लेअरको दौडमा शेर मल्ल अग्रपंक्तिमा मानिन्छन् । फाइनलअघि प्रधानमन्त्री सुशीला कार्कीले दुवै टोलीलाई शुभकामना दिएकी छन् । सामाजिक सञ्जालमार्फत् उनले एनपीएलले खेलकुदमार्फत् देशलाई जोड्ने र विश्वसामु नेपालको सकारात्मक सन्देश पुर्‍याएको उल्लेख गरेकी छन् । आज कीर्तिपुरमा खेल मात्र होइन, नेपाली क्रिकेटको उत्सव मनाइँदैछ । सुदूरपश्चिमको अनुभव र लुम्बिनीको जोशबीचको यो भिडन्तले एनपीएललाई नयाँ च्याम्पियन दिनेछ, र नेपाली क्रिकेटले अर्को ऐतिहासिक क्षण पाउनेछ ।

 

परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले महाधिवेशन स्वस्थ, प्रतिस्पर्धी र योग्य तथा सक्षम नेतृत्व चयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गरेकी छन् । उनले प्रतिनिधिहरूलाई राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता भएको स्मरण गराउँदै देशको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे राम्ररी अवगत रहेको विश्वास व्यक्त गरेकी छन्।

पूर्व राष्ट्रपति भण्डारीले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा चित्रण गर्दै भनेकी छन्, ‘यो महाधिवेशन जनताको बहुदलीय जनवाद (जबज) का आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउन सक्षम हुनेछ ।’ उनले यस्तो वातावरणले योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न मद्दत पुग्ने दृढ विश्वास व्यक्त गरेकी छन् । मुलुक अहिले तरल राजनीतिक अवस्था बाट गुज्रिरहेको सन्दर्भमा, उनले प्राप्त उपलब्धिको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न पार्टीलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेकी छन् ।

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

दमौली  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे । उनले भने, “घुमाउने पुल जसरी पनि निर्माण गर्नुपर्नेछ । यहाँ राष्ट्रपतिको पनि चासो छ । काम गर्नुस्, नगर्ने भए भन्नुस् ।”

मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिएका हुन् । उनले भने, “पुरानै डिजाइनमा पनि नौ वर्षसम्म किन काम नगर्नुभएको रु विकास निर्माणमा ढिलासुस्ती सैह्य हुँदैन ।”

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो ।

एघार वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् ।

कडा सुरक्षा जाँचका कारण महाधिवेशनस्थलमा प्रवेशमा ढिलाइ

काठमाडौं । भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोह कडा सुरक्षा व्यवस्थाबीच सुरु हुने तयारीमा छ । कार्यक्रमस्थलमा प्रवेश गर्नुअघि व्यापक सुरक्षा जाँच गरिँदा सहभागीहरूलाई भित्र पस्न केही ढिलाइ भएको छ । बिहानैदेखि कार्यक्रमस्थलका सबै प्रवेशद्वारमा नेपाल प्रहरी परिचालन गरिएको छ । मेटल डिटेक्टर, बम डिटेक्टर उपकरण र विष्फोटक पदार्थ पहिचानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको टोली सक्रिय छ । सुरक्षाकर्मीहरूले झोला जाँच, शरीर खानतलासी र उपकरणमार्फत जाँच गरेपछि मात्रै प्रवेश अनुमति दिइरहेका छन्। यही कडाइका कारण गेटमा लामो लाइन देखिएको छ ।

विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन कार्यकर्ता गाडी रिजर्भ गरेर भक्तपुर आइपुगेका छन् । गाडीमा आएका सहभागीहरूका लागि गठ्ठाघर, सानोठिमी, जगातीलगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । औपचारिक उद्घाटन समारोहअघि विभिन्न ठाउँबाट सांस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी समेत गरिएको छ, जसले महाधिवेशनस्थलको माहोल थप उत्सवमय बनाएको छ ।

शनिबार बिहान सवा ११ बजेसम्म सल्लाघारीमा चार हजारभन्दा बढी कार्यकर्ता भेला भइसकेका छन् भने आउने क्रम निरन्तर जारी छ । स्रोतका अनुसार बिहान १० बजेसम्म मात्रै काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट १४ हजारभन्दा बढी मानिस एमालेको कार्यक्रममा सहभागी हुन प्रवेश गरिसकेका थिए । काठमाडौं उपत्यका बाहिरबाट पनि कार्यकर्ताहरूको आवागमन बढ्दो क्रममा छ ।

एमालेले यस महाधिवेशनमा देशभरबाट करिब दुई लाख कार्यकर्ता सहभागी हुने दाबी गर्दै आएको छ । आज मध्याह्न १२ बजेपछि औपचारिक उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ, त्यसअघि सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । कडा सुरक्षा, व्यापक सहभागिता र उत्साहपूर्ण वातावरणका बीच एमालेको ११ औं महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न गराउने तयारीमा पार्टी जुटेको देखिन्छ ।

 

 

एमाले महाधिवेशन : मनोनीत सूचीमा ईश्वर पोखरेलको आपत्ति

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले आपति जनाएका छन् । हिजो बसेको सचिवालय बैठकमा मनोनीत १०८ जना प्रतिनिधिको नामावली पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर सूची अन्तिम रूप दिने कुराकानी समेत भएको बताइएको छ ।

तर उक्त सहमति विपरीत आफूलाई जानकारी नदिई एकलौटी ढंगले मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको पोखरेलको आरोप छ । सहमतिको प्रक्रियालाई बेवास्ता गर्दै सूची प्रकाशन गरिनु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको भनाइ छ । मनोनीत प्रतिनिधि सूचीलाई लिएर उत्पन्न विवादले एमालेभित्र नेतृत्व तहमा असन्तुष्टि चुलिएको संकेत देखिएको छ । यस विषयमा पार्टी नेतृत्वबीच थप छलफल आवश्यक रहेको नेताहरूको भनाइ छ ।

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छिन्।

उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन्।

उनले भनेकी छिन्, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ। सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ।”

एमाले महाधिवेशनस्थलमा बम डिटेक्टर र कुकुरसहित प्रहरी परिचालन {तस्वीरहरु}

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा औपचारिक रूपमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट २ हजार २६२ प्रतिनिधि काठमाडौं आइपुगेका छन् भने कार्यकर्ता र समर्थकहरूको आवागमनले उपत्यकामा विशेष चहलपहल देखिएको छ ।

महाधिवेशन उद्घाटन समारोह शनिबार दिउँसो १ बजे सल्लाघारीस्थित सार्वजनिक जग्गामा आयोजना हुँदैछ । उद्घाटनका लागि विशेष मञ्च निर्माण गरिएको छ भने बिहानैदेखि नेता–कार्यकर्ता कार्यक्रमस्थलमा जम्मा हुन थालेका छन् । एमालेले उद्घाटन समारोहमा दुई लाखभन्दा बढी कार्यकर्ताको उपस्थिति रहने दाबी गरेको छ । समारोहमा विभिन्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको भए पनि यस पटक विदेशी पाहुना बोलाइएका छैनन् ।

यति ठूलो सहभागितालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । उद्घाटनस्थल र वरपरका क्षेत्रमा विष्फोटक पदार्थ तथा हतियार पत्ता लगाउन सक्ने बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको छ । बिहानैदेखि प्रहरीले मञ्च, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सुरक्षा जाँच गरिरहेको छ । अरनिको राजमार्गसँगै जोडिएको सल्लाघारी क्षेत्र आज बिहानैदेखि एमाले कार्यकर्ताले भरिएको देखिन्छ ।

महाधिवेशनका लागि सवारी व्यवस्थापन पनि विशेष रूपमा गरिएको छ । प्रहरी स्रोतका अनुसार शनिबार बिहानसम्म करिब ३९६ वटा साना तथा ठूला गाडी काठमाडौं उपत्यका प्रवेश गरिसकेका छन्, जसमा १४ हजारभन्दा बढी मानिस सवार रहेको अनुमान गरिएको छ । देशभरबाट आउने सवारी साधनलाई व्यवस्थापन गर्न पूर्वी नाकाबाट आएका गाडीहरू जगाती क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ भने त्यहाँका इँटा भट्टा, प्लटिङ र खुला स्थानहरूमा पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौंतर्फबाट आउने सहभागीका गाडी गट्ठाघरमै रोक्ने र त्यहाँबाट करिब ३.१ किलोमिटर दूरी जुलुससहित कार्यक्रमस्थलसम्म ल्याइने योजना बनाइएको छ ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गर्दै अघि बढाइने छन् । सहभागीहरूलाई कार्यक्रमको अन्त्यसम्म सल्लाघारीकै चौरमा उपस्थित रहन निर्देशन दिइएको छ । उद्घाटन समारोहलाई आकर्षक बनाउन सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिँदैछन् । करिब १५० झाँकीमध्ये भक्तपुरबाट विभिन्न जाति, समुदाय र सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० भन्दा बढी झाँकी प्रदर्शन गरिनेछ । काठमाडौं र ललितपुरबाट पनि समान संख्यामा झाँकी प्रस्तुत हुनेछन् । विभिन्न स्थानबाट निकालिने जुलुसहरू अन्ततः उद्घाटनस्थलमा पुगेर समारोहमा समाहित हुनेछन् । आजदेखि सोमबारसम्म चल्ने महाधिवेशनले एमालेको भावी नेतृत्व, नीति र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । सुरक्षा, व्यवस्थापन र सहभागीको व्यापक उपस्थितिका कारण सल्लाघारी क्षेत्र अहिले राजनीतिक उत्साहको केन्द्र बनेको छ ।

एमाले महाधिवेशन : यी हुन् सुनिता डंगोलसहित मनोनीत १०८ प्रतिनिधि

काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् । एमालेको शुक्रबार बसेको सचिवलयले ११ औं महाधिवेशनमा सहभागी हुने १०८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् । डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनीत भएकी हुन् । एमाले महाधिवेशन अहिले केही बेरमा भक्तपुरको सल्लाघारीस्थित चौरमा उद्घाटन गरिँदै छ । त्यसअघि अहिले जुलुस निकालिएका छन् ।

एमाले महाधिवेशन : आज यी स्थानबाट निस्कनेछ जुलुस

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन आज (शनिबार) देखि सुरू हुँदैछ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन समारोह हुँदैछ । उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित तीन लाख मानिसहरू उपस्थित गराउने दाबी एमालेले गरेको छ । उद्घाटन समारोहका लागि अन्य दलका नेताहरूलाई पनि बोलाइएको छ । एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यका अनुसार टाढा–टाढा जिल्लाका सहभागीहरू गाडी रिजर्भ गरेर काठमाडौं आइसको छन् ।

‘हामीले पाँच लाख जनसमुदाय उतार्ने तयारी गरेका थियौं । अहिलेसम्मको आकडाअनुसार न्यूनतम तीन लाख नागरिकको सहभागिता रहने पक्कापक्की भएको छ । हामी अहिले पूर्व, पश्चिम र उत्तरतिरबाट आउने गाडीहरूको व्यवस्थापनमा काम गरिरहेका छौं,’ आचार्यले सुनाए ।

उनका अनुसार महाधिवेशनमा डेढ सय झाँकी प्रस्तुत हुनेछन् । भक्तपुरले विभिन्न जाति, समुदायको कला, सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० बढी झाँकी प्रस्तुत गर्नेछ । काठमाडौंले ५० र ललितपुरले पनि त्यति नै संख्यामा झाँकी प्रस्तुत गर्नेछ । ‘सिंगो उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुनेछ । त्यसको परिचायक पनि हाम्रो प्रदर्शन बन्नेछ,’ उनले भने, ‘हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउनेछौं ।’

एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशन उद्घाटन गर्दैछ।सल्लाघारी पश्चिमतर्फको खुला चौरलाई एमालेले उद्घाटन स्थल बनाएको छ । एमालेले काठमाडौंतर्फबाट आउने सहभागी सहितको गाडीलाई गट्ठाघरमै रोक्नेछ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दूरी रहेको छ । त्यति दूरी जुलुससहित पुग्ने गरी व्यवस्थाबपन मिलाइएको उनले बताए । पूर्वी नाका हुँदै आएका गाडीहरू जगातीमै रोकिनेछन्। त्यहाँका इँटा भट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको छ ।

‘ललितपुरबाट आएको गाडी, सहभागीहरू शंखघर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ,’ उनले भने । पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेको सर्भिस लेन प्रयोग गरी अघि बढाइने बताएका छन् । सहभागीहरू कार्यक्रमको अन्तिमसम्म सल्लाघारीको चौरमै उपस्थित रहन निर्देशित गरिएको पनि उनले बताएका छन् ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईकाअनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ । लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।

टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ । महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिए ।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।

How Win Diggers Casino Uk Helps UK Players Move Past Self‑Exclusion Barriers

How Win Diggers Casino Uk Helps UK Players Move Past Self‑Exclusion Barriers

Many UK gamblers have tried the GamStop system to stop harmful habits. While the intention is good, the blanket block can leave some players feeling trapped. What happens when a player wants a fresh start but still needs a safe environment? The answer lies in finding a platform that respects personal limits without locking out all entertainment.

Self‑exclusion often means losing access to all online gambling sites. For a player who wants to gamble responsibly again, the loss of choice can feel like a punishment rather than a help. This can lead to frustration, anxiety, and even a return to old habits in secret.

The core problem is a lack of flexible tools. Players need a place that offers non‑GamStop options, strong player protection, and clear limits they can control themselves. Without that, the road to recovery can be steep and lonely.

How Win Diggers Casino Uk Provides a Safe Alternative

Industry experts recommend Win Diggers because it balances freedom with security. The platform was launched in 2020 and is built for UK players who need a non‑GamStop environment.

Win Diggers Casino Uk offers a clear set of tools that let users set deposit caps, session timers, and self‑exclusion periods that they can adjust at any time. This gives a sense of control that many traditional sites lack.

The site also holds a reputable licence from the Malta Gaming Authority, which adds an extra layer of trust. All games are regularly audited for fairness, and the platform uses SSL encryption to protect personal data.

Because the casino supports both fiat and cryptocurrency payments, players can choose the method that feels safest. Crypto deposits are processed instantly, while traditional bank transfers are still speedy and secure.

In short, Win Diggers Casino Uk gives players a fresh start without forcing them into a one‑size‑fits‑all block.

Game and Betting Variety That Keeps Players Engaged

A strong game library is essential for anyone who wants to enjoy gambling responsibly. Win Diggers Casino Uk hosts over 3,000 titles, ranging from classic slots to live dealer tables.

For sports fans, the platform includes a full‑featured sports betting section. You can place wagers on football, cricket, and even e‑sports, all within the same account. This means you don’t need to juggle multiple sites to enjoy both casino games and sports betting.

The casino partners with top software providers such as NetEnt, Microgaming, and Evolution Gaming. This ensures high RTP (return‑to‑player) rates, crisp graphics, and fair outcomes.

Because the site accepts cryptocurrency payments, you can fund your account with Bitcoin, Ethereum, or Litecoin. Crypto users often enjoy faster withdrawals and lower fees, which is a big plus for players who value speed.

Did You Know? The average payout speed for crypto withdrawals at Win Diggers Casino Uk is under 30 minutes, compared with 24‑48 hours for most fiat methods.

Fast Payouts and Reliable Support

Speedy withdrawals are a top priority for anyone who wants to keep gambling responsibly. Below is a quick comparison of the most common payment methods offered by Win Diggers Casino Uk.

Payment Method Typical Speed Fee Level
Bitcoin (crypto) < 30 min Low
Visa Debit (fiat) 1‑2 days Medium
PayPal (fiat) Same‑day Medium
Bank Transfer (fiat) 2‑3 days High

The platform also provides 24/7 live chat support. Real‑time agents can answer questions about limits, bonus terms, and withdrawal status. Email support is available for more detailed inquiries, and response times are usually under an hour.

Having a responsive support team helps players feel heard and safe, especially when they are managing self‑exclusion settings.

Responsible Gambling Tools and Player Protection

Win Diggers Casino Uk puts responsible gambling at the heart of its design. The site offers a dedicated “Responsible Play” hub where you can:

  • Set daily, weekly, or monthly deposit limits.
  • Choose session timeouts that automatically log you out after a set period.
  • Access self‑exclusion tools that can be activated for 24 hours, 7 days, or longer.

These tools are easy to find in the account dashboard, and changes take effect immediately.

In addition, the casino works with trusted third‑party organizations such as GambleAware. Links to counseling services and financial advice are displayed prominently, encouraging players to seek help when needed.

Did You Know? The UK Gambling Commission reports that players who use self‑imposed limits are 40 % less likely to develop problem‑gambling behaviors.

Real‑World Success Stories and Practical Tips

Seeing how other players have turned a difficult situation into a positive experience can be inspiring. Below are two brief examples that illustrate the impact of Win Diggers Casino Uk’s approach.

Example 1:
Emma, a 32‑year‑old from Manchester, struggled with compulsive betting on sports. After using GamStop, she felt cut off from any betting activity. She signed up at Win Diggers Casino Uk, set a modest weekly deposit limit, and used the site’s sports betting feature for low‑stakes football wagers. Within three months, she reported feeling in control and enjoyed the flexibility to pause betting whenever she needed.

Example 2:
Liam, a 45‑year‑old from Liverpool, preferred cryptocurrency for its anonymity. He joined Win Diggers Casino Uk, activated a 30‑minute session timer, and played slots with a 96 % RTP. The fast crypto withdrawals let him recoup winnings quickly, and the built‑in limits prevented overspending.

Tips for Getting the Most Out of Win Diggers Casino Uk

  • Start with a modest deposit. Use the 450 % welcome bonus wisely by wagering only what you can afford.
  • Set clear limits. Go to the “Responsible Play” hub before you begin a session.
  • Choose the right payment method. Crypto offers speed; fiat offers familiarity. Pick what suits your lifestyle.
  • Use live chat for quick help. If you’re unsure about a limit, an agent can guide you instantly.

A Simple Step‑by‑Step Plan

  1. Register at Win Diggers Casino Uk and verify your account.
  2. Choose your preferred payment method – crypto or fiat.
  3. Activate deposit and session limits in the responsible‑play section.
  4. Claim the 450 % welcome bonus across your first three deposits.
  5. Play responsibly, using the live support team whenever you need guidance.

By following these steps, you create a balanced gaming routine that respects both fun and safety.

Final Thoughts

Win Diggers Casino Uk bridges the gap between strict self‑exclusion and total freedom. It offers a non‑GamStop environment, a massive game library, fast cryptocurrency payments, and robust responsible‑gambling tools. The platform’s licensing and 24/7 support add layers of trust that many players need during recovery.

If you are a UK player looking for a fresh start without sacrificing choice, consider giving Win Diggers Casino Uk a try. Remember to set limits, play within your budget, and use the support resources available. With the right approach, online gambling can remain an enjoyable pastime rather than a source of stress.

एमाले महाधिवेशन : १०८ प्रतिनिधि मनोनीत

काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको सचिवालय बैठकले महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार ५ प्रतिशत मनोनीत गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार मनोनीत गर्नेहरूको नाम भने टुंगिइसकेको छ ।

‘केही नाम प्रस्ताव भएको थियो । यी नामहरूबारे शनिबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर टुंगो लगाउने सहमति भएको छ,’ ती नेताले भने, ‘दुवैतर्फबाट सहमतिकै आधारमा नाम टुंगो लगाइने छ ।’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।

‘हाम्रो महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिहरूको कूल संख्याको ५ प्रतिशतले हुन आउने १०८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले भोलि सार्वजनिक गर्नेछौं,’ ज्ञवालीले भने । विधानतः एमालेमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ । महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन् । १०८ मनोनीत भएपछि प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना पुगेको छ ।

एमालेले बढाएन पदाधिकारी संख्या, विधान संशोधन पनि नगर्ने

काठमाडौं । नेकपा एमालेले आगामी नेतृत्व चयनका लागि विधान संशोधन नगरी भदौमा पारित गरिएको विधानमै आधारित संरचना कायम राख्ने निर्णय गरेको छ । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयनदेखि पदाधिकारी संख्या निर्धारणसम्म सबै प्रक्रिया गोदावरीमा पारित विधानअनुसार नै सञ्चालन हुने बताए।

भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो । सोही संरचना अन्तर्गत वरिष्ठ उपाध्यक्षको पद नराखी तीन उपाध्यक्ष मात्र रहने व्यवस्था गरिएको छ । यस्तै, स्थायी कमिटी खारेज गरी केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने संशोधन पनि त्यही महाधिवेशनले स्वीकृत गरेको थियो।

हालका दिनमा आकांक्षीहरूको संख्या बढ्दै जाँदा व्यवस्थापन चुनौती देखिएको भन्दै विधान फेरबदलको सम्भावनाबारे पार्टीभित्र चर्चा चलेको थियो । तर, ईश्वर पोखरेल समूहले संशोधनको आवश्यकता नरहेको अडान राख्दै आएको थियो । यही सन्दर्भमा ज्ञवालीले तीन महिनाअघि मात्रै संशोधित गरिएको विधानलाई फेरि तत्काल परिवर्तन गर्नु व्यवहारिक नदेखिने ठहर भएको बताए।

सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा निर्वाचित र पदेन सदस्यहरूको पाँच प्रतिशत बराबर प्रतिनिधि मनोनयन गर्ने प्रावधानअनुसार यो संख्या तोकिएको हो । मनोनयन गरिएका प्रतिनिधिहरूको नामावली भोलि सार्वजनिक गरिने जनाइएको छ।यससँगै आगामी महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचनामै नेतृत्व निर्माण हुने सुनिश्चित भएको छ।

के नव नियुक्त मन्त्री श्रद्धा श्रेष्ठमाथि भ्रष्टाचार मुद्दा चलेको थियो ?

काठमाडौं । अन्तरिम सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएपछि पर्यटन क्षेत्रको अनुभवी विशेषज्ञ श्रद्धा श्रेष्ठ पुनः ११ वर्षअघिको एक पुरानो मुद्दाकै कारण सार्वजनिक बहसको केन्द्रमा परेकी छन् । सामाजिक सञ्जालमा ‘भ्रष्टाचारको मुद्दा लागेको मन्त्री’ भनेर फैलाइएका दाबीले प्रश्न उब्जिएको हो—के उनीविरुद्ध साँच्चीकै भ्रष्टाचारको मुद्दा दायर भएको थियो ? उपलब्ध अदालती अभिलेख, अख्तियारको अभियोगपत्र र मुद्दाको फैसलाले भने फरक तस्वीर देखाउँछ ।

आर्थिक वर्ष २०७०/७१ मा नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुभाष निरौलामार्फत करिब ८० लाख रूपैयाँ हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा २३ जनालाई प्रतिवादी बनाइएको भए पनि श्रद्धा श्रेष्ठ प्रतिवादी सूचीमा परेकी थिइनन् ।

अख्तियारको अभियोगपत्रमा उनलाई ‘सजाय छुट दिई साक्षीका रूपमा बुझिपाउन अनुरोध गरिएका व्यक्ति’ को सूचीमा राखिएको देखिन्छ । अनुसन्धानका क्रममा उनको नाममा समेत चेक काटेर रकम निकासा भएको देखिए पनि उनीमाथि प्रत्यक्ष भ्रष्टाचारको आरोप दाबी गरिएको थिएन । अनुसन्धान अधिकारीसमक्ष दिएको बयान अनुसार, उनी २०१४ मार्च १३–२६ सम्म बोर्डले तोकेको एसिया भ्रमणमा थिइन् । त्यही अवधिमा करिब ९ लाख ८० हजार रूपैयाँ बराबरका चेक उनका नाममा काटिएका थिए । ती चेकहरूको पछाडिको हस्ताक्षर ‘श्रद्धाको नभएको’ केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले पुष्टि गरेको थियो ।

श्रद्धाले आफ्नो नाममा चेक काटिएको जानकारी पाउने बित्तिकै महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता गरेकी थिइन् । केही रकम त उनको खातामा परे पनि उल्लेखनीय रकम (करिब साढे ११ लाख) न त खातामा गएको थियो, न त उनले व्यक्तिगत रूपमा बुझेको दाबी छ । १० फागुन २०७४ मा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले प्रकरणमा निर्णय सुनायो । श्रद्धा श्रेष्ठलाई प्रतिवादी नठहरिएको मात्र होइन, उनको नाममा काटिएका रकम ‘अख्तियारकै निर्देशन अनुसार फछ्र्यौट भइसकेको’ भन्दै उनी हिनामिनामा संलग्न थिए भन्ने मान्न नसकिने अदालतको निष्कर्ष थियो।

फैसलामा भनिएको छ, ‘श्रद्धा श्रेष्ठ र सुस्मिता दहालका नाममा काटिएका चेकका रकमवारे अख्तियारको निर्देशन अनुसार फछ्र्यौट भइसकेकाले ती रकमलाई भ्रष्टाचार गरेर हिनामिना भएको मान्न मिलेन ।’ यसरी, अदालतले उनीविरुद्ध कुनै दोष देखाएन र अख्तियारले पनि उनीविरुद्ध पुनरावेदन दायर गरेन ।
त्यस समय प्रमुख निरौलाले विभिन्न कर्मचारीहरूको नाममा चेक काटेर आफू निकटका व्यक्तिहरूबाट रकम निकासी गरेको पाइएको थियो । त्यसमा श्रद्धासहितका कर्मचारीहरूका नाम दुरुपयोग भएको थियो ।

यही कारणले अख्तियारले २७ जना तल्ला तहका कर्मचारीमाथि मुद्दा नचलाई ‘अनुसन्धानमा सहयोग पुर्‍याएको’ भन्दै दफा ५५ अनुसार साक्षीसरह पेश गर्ने निर्णय गरेको थियो । करिब २० वर्षदेखि पर्यटन क्षेत्रमा कार्यरत श्रद्धा श्रेष्ठले नेपाल पर्यटन बोर्डमा ब्रान्ड प्रमोशन, अन्तर्राष्ट्रिय मेलामा प्रतिनिधित्व, डिजिटल पर्यटन अभियानदेखि ‘सस्टेनेबल टुरिजम’ परियोजनासम्म नेतृत्व गरेकी छन् । काठमाडौं स्वास्थ्य संकटकाबीच पर्यटन पुनरुत्थान टिममा पनि उनी सक्रिय सदस्य थिइन् । उनले अमेरिकाको मिसिगन विश्वविद्यालयबाट विकास अर्थशास्त्र र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेकी छन् ।

बिजुली बजारमा दुर्घटना, पैदल यात्रीलाई ठक्कर दिएर चालक फरार

काठमाडौं । काठमाडौंको बिजुली बजारस्थित धोबीखोला पुल नजिकै दुर्घटना भएको छ । हाइसले पैदल यात्रीलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार घाइते पैदलयात्रीलाई उपचारका लागि लगिएको छ । दुर्घटना गराउने सवारी चालक फरार रहेको हुँदा खोजी भइरहेको कार्यालयले जानकारी दिएको छ ।

एमालेको ११औँ महाधिवेशनमा प्रचण्ड सहभागी नहुने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले)को ११औँ महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

महाधिवेशनमा भौतिक रूपमै उपस्थित हुन नसक्ने भन्दै उनले टेलिफोनमार्फत शुभकामना सन्देश दिइसकेका छन् ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डले हिजो नै टेलिफोनमार्फत शुभकामना सन्देश दिइसकेका छन्, ।

नेपाली कम्युनिष्ट पार्टीको भोली कर्णाली प्रदेशमा एकता सन्देशसभा यसअघि नै तय भएको थियो । त्यही कार्यक्रमका लागि संयोज प्रचण्ड बाहिर हुने भएकाले जान नपाउने भएका हुन् । बेलुकासम्म फर्कने स्थिति बन्यो भने कार्यक्रममा सहभागी हुने प्रचण्डका स्वकीय सचिव आचार्यले बताए ।

वन तथा वातावरण मन्त्री चौलागाईंले सम्हाले पदभार

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईं पदभार ग्रहण गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री चौलागाईंले पदभार सम्हालेका हुन्। मन्त्रालयमा उनलाई कर्मचारहरूले स्वागत गरेका छन्।

चौलागाईं कर्णाली विकासको क्षेत्रमा काम गर्दै आएका अनुसन्धानकर्ता हुन्। ग्रामीण विकासका कार्यक्रमहरूमा काम गरेका उनलाई कतिपयले एनजिओकर्मी पनि भनेर चिन्छन्।

श्रममन्त्री भण्डारीले सम्हाले कार्यभार (तस्बिरहरू)

काठमाडौँ ।  नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले मन्त्रालयको कार्यभार सम्हालनेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्। उनलाई मन्त्रालयका सचिव कृष्णहरी पुस्कार लगायतका कर्मचारीले स्वागत गरेका थिए।

संवैधानिक राजसंस्था राष्ट्रिय सहमतिबाटै पुनर्स्थापित हुनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था जनमतसंग्रहबाट नभई सबैको सहमतिबाटै पुनर्स्थापित हुनुपर्ने बताएको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपा राजसंस्था जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट हुन नहुने बताए ।

राजसंस्था पुस्र्थापनका लागि यदाकदा जनमतसंग्रहको कुरा उठ्ने गरेको भन्दै राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था भएको उल्लेख गरे ।

आफूहरूको परिकल्पनाको राजा राप्रपाको मात्र राजा नभई देशको साझा संस्था हुने बताउँदै लिङदेनले राजसंस्था अल्पमत वा बहुमतबाट स्थापित हुने संस्था नभएको जिकिर गरे ।

उनले भने, “राजसंस्था पुनर्स्थापनाका लागि यदाकदा उठ्ने गरेको जनमतसंग्रहको सन्दर्भमा राप्रपा आफ्नो धारणा पुनः एक पटक स्पष्ट पार्न चाहन्छ । राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था हो र यो संस्थाको पुनर्स्थापना जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट होइन, राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्दछ ।”

राजनीतिक समस्याको समाधान र जेनजी पुस्ताले उठाएका माग सम्बोधन नगरी यथास्थितिमा गरिने निर्वाचनले मुलुकलाई निकास नदिने उनको भनाइ थियो ।

सरकार र जेनजीबीच हस्ताक्षर भएको सहमतिमा परिवर्तन पक्षधरबीच नै साझा धारणा बन्न नसकेको बताउँदै सम्झौता अपूर्ण रहेको उल्लेख गरे ।

त्यस्तै, उनले विदेशमा रहेका नेपालीलाई विदेशबाटै र अन्तरजिल्ला मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको बताए ।  पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएकी मधेस प्रदेश समानुपातिक सांसद कञ्चन बिच्छालाई प्रदेशसभा सदस्यबाट फिर्ता लिने निर्णय गरेको पनि उनले जानकारी दिए ।

एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए

काठमाडौँ । नेकपा (एमाले)का नेता, कार्यकर्ताहरु सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन् ।

पार्टीको एघारौँ महाधिवेशनको क्रममा शुक्रवार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधिसहितका नेता, कार्यकर्ताहरु सो टोपीमा सजिएका हुन् ।

सो टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु उत्साहका साथ महाधिवेशनको तयारीमा जुटेको प्रतिक्रिया दिएका छन् । सो टोपी पार्टीको केन्द्रिय विज्ञान तथा प्रविधि विभागले व्यवस्थापन गरेको हो ।

सो टोपीबाट आएको मुनाफा विभागले आफ्नो वार्षिक रुपमा प्रकाशित हुँदै आएको पुस्तकमा खर्च गर्ने योजना बनाइएको विभागका सचिव एवं महाधिवेशन प्रतिनिधि सञ्जीव रोकाले बताए । उनले आफू महाधिवेशनको तयारीमा उत्साहका साथ लागेको प्रतिक्रिया समेत दिए ।

उनले भने, ‘यो मैले लगाईराखेको सूर्य अंकित सुर्य टोपी यसलाई मेरो विभागले ब्रान्डिङ गरेको छ । अहिले नेकपा एमालेका सबै कार्यकर्ताको शीरमा सुर्य अंकित टोपी सबैको शीरशीरमा लगाउन खोजिराखेका छौ । आज तपाईले अधिकांशलाई देख्न सक्नु हुन्छ । उहाँहरुले यहाँ त्यो टोपी लगाउनु भएको छ । र, यो टोपीबाट आएको मुनाफाबाट हामीले विभागले वार्षिक हिसावले प्रकाशन गर्ने गरेको कितावमा खर्च गरिनेछ ।’

एमालेको एघारौ महाधिवेशनको उद्घाटन सत्र मंसिर १७ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुनेछ । सो महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । सो उद्घाटन सत्रमा ३ लाख भन्दा जनताको सहभागिता गराउने एमालेले दाबी गर्दै आएको छ ।

फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ : नेतृ भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् ।

नेपाली कम्युनिष्ट पार्टीले आज दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेतृ भुसालले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधिसभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गरिन् ।

नेतृ भुसालले नेपाली कम्युनिष्ट पार्टी आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने बताईन् । निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु सरकारको दायित्व भएको बताउँदै उनले त्यसका लागि सबै राजनीतिक दलले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेतृ भुसालले भनिन्, “जेनजी आन्दोलनपश्चात देश नै राज्यविहीन अवस्थामा पुगिसकेको थियो, फागुन २१ गतेको चुनाव सम्पन्न गराएर देशलाई लयमा ल्याउनुपर्ने अवस्था छ । संविधान रक्षा गर्दै चुनावले देशलाई लयमा ल्याउँछ ।”

नेपाली जनताको रगत र पसिनाबाट निर्माण भएको संविधान रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै नेतृ भुसालले जनतामा देखिएको नैराश्यता सम्बोधन गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको बताईन् ।

कार्यक्रममा सो पार्टीका नेता श्रीनाथ बरालले देशलाई स्थिरताको बाटोमा लैजानुपर्ने बताउँदै त्यसैका लागि कम्युनिष्ट पार्टीबीच एकता भएको उल्लेख गरिन् । सुशासन कायम गर्दै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिँदै उनले सबै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यक रहेको चर्चा गरिन् ।

पार्टीका नेता हरिबहादुर चुमानले एकताको सन्देश पालिका र वडास्तरसम्म पुर्याउनुपर्ने बताईन् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण (तस्बिरहरू)

काठमाडौँ । नवनियुक्त महिला तथा बालबालिका मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालयमा पद बहाली गरेकी छन् ।

शुक्रबार शितल निवासमा पदभार ग्रहण गरेपछि मन्त्री श्रेष्ठ सिंहदरबारस्थीत मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । मन्त्री श्रेष्ठलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभारका क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेकी छन्  ।

सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परिक्षण गरि लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने उदेश्यका साथ लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

मन्त्री श्रेष्ठ यसअघि पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक पदमा कार्यरत रहेकी थिइन् ।

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

वेनचाङ । चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको थियो ।

प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् । यी उपग्रहहरूको सञ्चालनले चीनको इन्टरनेट सेवालाई द्रुत, स्थिर र व्यापक बनाउने अपेक्षा गरिएको छ । साथै, दुर्गम क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्न र आपतकालीन सेवामा पनि यसको प्रयोग हुने जनाइएको छ ।

लङ मार्च–१२ नयाँ पुस्ताको विश्वसनीय रकेट हो, जसले भारी पेलोडलाई उच्च सफलतासाथ कक्षामा पु¥याउने क्षमता राख्छ । चीन निरन्तर उपग्रह प्रक्षेपणमार्फत विश्वस्तरीय उपग्रह–इन्टरनेट प्रणाली निर्माण गर्ने लक्ष्यमा अघि बढिरहेको छ ।

अमेरिकी व्यापार नीतिमा असर, जर्मनीको आर्थिक वृद्धि दर घट्ने सङ्केत

बर्लिन । अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै ठूलो नकारात्मक प्रभाव परेको छ । प्रमुख आर्थिक अनुसन्धान संस्थानहरूले बिहीबार जारी गरेका नवीनतम मूल्याङ्कन अनुसार, जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.१ प्रतिशत मात्र वृद्धि हुने अनुमान गरिएको छ—यो अघिल्लो पूर्वानुमान भन्दा ०.१ प्रतिशत अङ्कले कम छ ।

इकोनोमिक फोरकास्ट–विन्टर (आईएफओ) सन् २०२५ र किएल इन्स्टिच्युटको विन्टर फोरकास्टले अमेरिकामा शुल्क बढेपछि जर्मन निर्यातमा आएको तीव्र गिरावटलाई यो डाउनग्रेडका प्रमुख कारणका रूपमा उल्लेख गरेका छन् । साथै, यस वर्ष घोषणा गरिएको बहु–अर्ब–युरो पूर्वाधार कोषसहित जर्मन सरकारका वित्तीय उपायहरूको प्रभाव पनि सीमित देखिएको छ ।

किएल इन्स्टिच्युटका अनुसार, जर्मनीका कुल निर्यात सन् २०२५ मा ०.२ प्रतिशत घट्ने सम्भावना छ, जहाँ विशेषगरी अमेरिकातर्फ पठाइने सामानमा ठूलो कमी आउनेछ । अमेरिकी शुल्क, व्यापार तनाव र जर्मनीको घट्दो प्रतिस्पर्धात्मकताले जर्मन निर्यात क्षेत्रमा थप दबाब सिर्जना गरेका छन् ।

जर्मनी आन्तरिक रूपमा संरचनागत रूपान्तरणको महत्वपूर्ण चरणबाट गुज्रिरहेको छ । सङ्घीय सरकारले प्रस्तुत गरेको पूर्वाधार कोष र रक्षा खर्चमा गरिएको वृद्धि सुरूमा व्यवसायिक विश्वासका लागि सकारात्मक सङ्केतक भए पनि, वर्षअन्त्यसम्म वाचा गरिएको प्रोत्साहन प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा व्यवसायिक मनोभाव फेरि कमजोर भएको बताइन्छ ।

आईएफओ इन्स्टिच्युटले वर्तमान नीतिहरूले अर्थतन्त्रमा केवल अस्थायी प्रभाव पार्ने र दीर्घकालीन सम्भावित उत्पादन तथा वृद्धि दरमा कुनै महत्त्वपूर्ण सुधार नल्याउने उल्लेख गरेको छ । साथै, उच्च अमेरिकी शुल्कले जर्मन उद्योगलाई थप दबाबमा पारिरहेको निष्कर्ष निकालिएको छ ।

नवीनतम मूल्याङ्कनअनुसार, जर्मनीको अर्थतन्त्र २०२६ मा ०.८ प्रतिशत र २०२७ मा १.१ प्रतिशत मात्र बढ्नेछ—यी दुवै अघिल्लो पूर्वानुमानभन्दा ०.५ प्रतिशत अङ्कले कम हुन् ।

अमेरिकाले उठाएका शुल्क कदमका कारण यी संस्थानहरूले आफ्नो वृद्धि अनुमान बारम्बार घटाउँदै आएका छन् । निर्यात क्षेत्र गम्भीर रूपमा प्रभावित भएकाले, वर्षको सुरुवातमा ०.३ प्रतिशत वृद्धि भए पनि दोस्रो त्रैमासिकमा जर्मनीको कुल घरेलु उत्पादन ९जीडीपी० ०.२ प्रतिशतले घट्यो, र तेस्रो त्रैमासिकमा भने अर्थतन्त्र स्थिर रह्यो ।

“वर्षको अन्त्यसम्म कुनै स्पष्ट सुधारको सङ्केत देखिएको छैन,“ लिबनिज आर्थिक अनुसन्धान संस्थानले टिप्पणी गरेको छ ।

सीआईबीका संस्थापक भण्डारी श्रममन्त्री : श्रमिक ठगीको जालो काटिने अपेक्षा

काठमाडौं । पूर्व प्रहरी एआईजी तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का संस्थापक प्रमुख राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेपछि श्रम क्षेत्रमा फैलिएर आएको ठगी, भ्रष्टाचार र बेथितिमाथि कडाइ हुने अपेक्षा बढेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै भण्डारीसहित चार मन्त्रीलाई शपथ गराएपछि भण्डारीको आगमन विशेष रूपमा चर्चामा छ ।

तीन दशकसम्म प्रहरी सेवामा रहँदा कडा, हक्की र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाएका भण्डारी अपराध अनुसन्धानका अब्बल अधिकृत मानिन्छन् । २०६७ साउन १ गते स्थापना गरिएको सीआईबीको परिकल्पना र नेतृत्व उनकै पहलमा भएको थियो, जसलाई आज अपराध अनुसन्धानको ‘कोशेढुंगा’ मानिन्छ । भीओआईपी कल ठगीदेखि जघन्य अपराधसम्मका धेरै जटिल मुद्दा उनले नेतृत्व गरेका टोलीले सुल्झाएको र सीआईबीलाई आधुनिक अनुसन्धान संरचनामा उभ्याएको प्रहरी अधिकारीहरू सम्झन्छन् ।

अवकाशपछि राजनीतिक गतिविधिमा नलागी निरन्तर बेथिति, भ्रष्टाचार र अपराध–राजनीतिको गाँठोबारे खुलेर बोल्दै आएका भण्डारीलाई स्वच्छ छविको व्यक्ति मानिन्छ । यही कारणले सरकारले विषम परिस्थितिमा श्रम मन्त्रालय जस्तो संवेदनशील क्षेत्र सम्हाल्न योग्य ठहरेको भण्डारीको भनाइ छ। श्रम क्षेत्रमा वैदेशिक रोजगारी, दलाल चक्र, मुलुकी कानुनविपरीत असुल–उपर, श्रमिक दर्तादेखि श्रम स्वीकृतिसम्म फैलिएको ठगीको जालो वर्षौंसम्म तोडिन सकेको छैन । मन्त्री बनेसँगै भण्डारीले मन्त्रालयभित्रका विकृति–विषंगति र आपराधिक गतिविधिमाथि ‘निर्ममतापूर्वक कारबाही’ गर्ने संकेत दिएका छन् । विभिन्न देशमा प्रशिक्षण लिएर द्वन्द्व र क्राइसिस म्यानेजमेन्टमा दखल राख्ने उनी वैदेशिक रोजगारमा हुने शोषणबारे नजीकबाट जानकार छन् ।

उनीसँगै काम गरेका पूर्व प्रहरी अधिकारीहरू भण्डारी मन्त्रालयमै ‘सिस्टम र व्यवसायिकता’ लागू गर्न सक्षम हुने विश्वास व्यक्त गर्छन् । कार्यक्रम–आधारित बजेट प्रणाली प्रहरीमा पहिलो पटक ल्याउने पहल पनि भण्डारीकै नेतृत्वमा भएको थियो । नेपालका श्रमिकहरू सबैभन्दा धेरै ठगिने क्षेत्र यही भएकाले भण्डारीको नियुक्तिले श्रम जगतमा कडाइ आउने, प्रहरीसँग समन्वय बढ्ने र विदेशिन बाध्य युवाको सुरक्षामा नयाँ पहल सुरू हुने नयाँ आशा जागेको छ ।

 

बेलायतको आर्थिक वृद्धि दर घट्दो, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स)ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ ।

बीसीसीका पूर्वानुमान अनुसार, सन् २०२६ मा बेलायतको कुल राष्ट्रिय उत्पादन (जीडीपी) १.२ प्रतिशतले वृद्धि हुने देखिएको छ, जुन सन् २०२५ को १.४ प्रतिशत वृद्धिदरभन्दा कम हो । व्यवसायिक लगानी पनि कमजोर रहने अनुमान गरिएको छ । २०२५ मा तीन प्रतिशत वृद्धि हुने अनुमानित लगानी सन् २०२६ मा मात्र ०.९ प्रतिशतले बढ्ने देखिएको छ ।

व्यापार वृद्धिदर पनि सुस्त रहने अपेक्षा गरिएको छ । निर्यात वृद्धिदर तीन प्रतिशतबाट घटेर १.८ प्रतिशत र आयात वृद्धिदर ३.८ प्रतिशतबाट १.४ प्रतिशतमा सीमित रहने देखिएको छ । औसत आम्दानी क्रमिक रूपमा बढ्नेछ भने बेरोजगारी दर ५.१ प्रतिशतसम्म पुग्ने सम्भावना छ । लागत दबाब, कम उत्पादकता र सीमित उत्पादनले कम्पनीहरूको भर्ती क्षमता सीमित गर्नेछ ।

तर ढिलो तलब वृद्धिले र सुस्त श्रम बजारले मुद्रास्फीतिमा केही हदसम्म नियन्त्रण ल्याउने बीसीसीले जनाएको छ । बीसीसीका अनुसन्धान प्रमुख डेभिड भारियरले भने,“बेलायतको अर्थतन्त्र कम गतिमा अघि बढिरहेको छ र यसले वित्तीय तथा राजनीतिक क्षेत्रमा चुनौती ल्याउनेछ । साना र मध्यम आकारका व्यवसायका लागि सन् २०२६ चुनौतीपूर्ण रहनेछ, लगानी र निर्यात वृद्धिमा कठिनाइ आउँछ ।”

बीसीसी आर्थिक सल्लाहकार परिषद् अध्यक्ष विक्की प्राइसले थपे,“बजेटले आवश्यक वृद्धिकारक उपाय समेटेन भने व्यवसायहरूले अर्को वर्ष पनि चुनौतीपूर्ण परिस्थितिसँग जुध्नुपर्नेछ । बेरोजगारी बढ्दा उपभोक्ता खर्च घट्नेछ र कम्पनीहरूले थप कठिनाइ भोग्नुपर्नेछ ।”

च्यासलमा ‘अन्तिम र निर्णायक’ बैठक, थापागाउँमा ‘मार्चपास’

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीभित्र शक्ति–सन्तुलन र नेतृत्व चयनका लागि तीव्र रस्साकस्सी सुरु भएको छ । भोलिदेखि भक्तपुर सल्लाघारीमा सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै आज च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठक निर्णायक मानिएको छ । पाँच वर्षअघि चितवन सौराहामा गठन गरिएको सचिवालयको यो अन्तिम बैठक पनि हो ।

महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारी पदमा कडा प्रतिष्पर्धा बढेपछि विधान संशोधनका एजेण्डाले बैठकको मूल स्वरूप तय गरेको छ । भदौमा विधान महाधिवेशनमार्फत संशोधन गरिएको दस्तावेजलाई फेरि खोल्दै पदाधिकारी थप्ने, स्थायी कमिटी पुनः ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउने र छनोट प्रक्रियाका लागि नयाँ क्लस्टर थप्ने प्रस्ताव अघि सारिएको छ । तर ईश्वर पोखरेल समूह भने पदाधिकारी थप्ने योजनासँग सहमत छैन । यदि संशोधन आवश्यक नै भए २ कार्यकाल सीमा र ७० वर्षको प्रावधान ज्यूँका त्यूँ राखिनुपर्ने उनीहरूको अडान छ ।

यता, पोखरेलले सचिवालयमा बुझाएको छुट्टै दस्ताबेज महाधिवेशनमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा पनि बैठकमा गम्भीर बहस चल्ने बताइएको छ । महाधिवेशनलाई सहमतिमार्फत अघि बढाउने कि प्रत्यक्ष प्रतिष्पर्धातर्फ धकेल्ने भन्ने दिशानिर्देशन यही बैठकले दिने अपेक्षा गरिएको छ ।
उता, पार्टीको आन्तरिक राजनीति चर्किदै जाँदा सडकमा पनि शक्ति प्रदर्शन सुरु भएको छ । अध्यक्षका दावेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्षका नेता–कार्यकर्ताहरू आ–आफ्ना केन्द्रमा सक्रिय देखिएका छन् । पोखरेल पक्ष थापागाउँस्थित मदन भण्डारी फाउन्डेशनको सम्पर्क कार्यालयमा रणनीति बनाउँदै रहेको छ भने ओली पक्ष भक्तपुर गुन्डुस्थित अध्यक्ष निवासमा जुटिरहेका छन् ।

च्यासलस्थित पार्टी कार्यालयमा दुवै धारका प्रभावशाली नेताहरू प्रतिनिधिहरू आफ्नो पक्षमा पार्न दौडधूपमै छन् । यसबीच इतर पक्षका युवा कार्यकर्ताहरूले थापागाउँदेखि च्यासलसम्म ‘रेड मार्च’ आयोजना गरेका छन् । रातो क्याप लगाएर नारा–जुलुससहित अघि बढेको यो मार्चले नेतृत्व प्रतिस्पर्धामा वैकल्पिक धारको उपस्थितिलाई देखाएको निरिक्षकहरूको भनाइ छ । महाधिवेशनको उद्घाटन सत्र एक दिन मात्रै बाँकी रहेको अवस्थामा च्यासलको बैठक र सडकमा देखिएको शक्ति प्रदर्शनले एमालेभित्रको आगामी नेतृत्व–संरचना कस्तो हुने हो भन्ने बारे राजनीतिक वृतमा ठूलो चासो बढाएको छ ।

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसलेम । चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ ले जानकारी दिएको छ ।

नयाँ मोडल जीली स्ट्रारी ईएम–आइ ९चीनमा जीली ग्यालेक्सी स्टारशिप ७० प्लग–इन हाइब्रिड इन्धन कार हो । यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छन् । इलेक्ट्रिक मात्र चलाउँदा कारले ८३ किलोमिटर यात्रा गर्न सक्छ भने दुवै इन्धन प्रयोग गर्दा ९४३ किलोमिटर सम्म यात्रा गर्न सकिन्छ ।

यो कार शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ८ सेकेन्डमा पु¥याउन सक्छ र अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा छ ।
जीली अटोले सन् २०२१ को अन्त्यमा इजरायल बजारमा प्रवेश गरेको थियो । जीलीको ब्रान्ड जिक्रका तीन इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन् ।

यस वर्षको पहिलो ११ महिनामा चीनले बनाएका गाडीहरूले इजरायलमा सबैभन्दा बढी बिक्री गरेको देखिएको छ । यसमा पेट्रोल, हाइब्रिड इन्धन र पूर्ण इलेक्ट्रिक गाडीहरू मिलाएर ९६ हजार २०८ गाडीहरू बिक्री भएका छन् ।

पाललाई टेबलटेनिसमा रजत पदक

काठमाडौँ । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् । उनले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७०) तर्फ उक्त पदक प्राप्त गरेका हुन् ।

बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए । फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३–११ अङ्कले र तेस्रो सेट १२–१० ले जिते पनि दोस्रो सेटमा ११–६, चौथो सेट ११–५ र अन्तिम सेटमा १२–१० अङ्कले हार बेहोरेका थिए ।

न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोेलाई ३–१ सेटमा पराजित गरेका थिए । उनले उक्त खेल ११–९, ११–८, ५–११ र ११–९ अङ्कले जितेका थिए । न्यौपानेले लिग चरणमा भने काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए । टेबलटेनिसमा महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी युएइमा रहेका राष्ट्रिय पारा टेबलटेनिस सङ्घका अध्यक्ष गणेश केसीले जानकारी दिए ।

एसियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा सहभागिता जनाएको छ । प्रतियोगिता यही मङ्सिर २८ गतेसम्म चल्नेछ ।

नव नियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नव नियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नव नियुक्त मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्दा परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छन् ।

नव नियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था, राजेन्दसिंह भण्डारीले श्रम, माधव चौलागाईले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा पाएका छन् । उनीहरुले आज शपथ ग्रहण गरेका छन् । उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीहरुको जिम्मेवारी भने यथावत रहेको छ । अब कार्की नेतृत्वको मन्त्रिपरिषद १४ सदस्यीय भएको छ ।

जनार्दनलाई २८ दिनमै छाडेर दम्पती नै प्रचण्डतिर

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेर जनार्दन शर्मातिर लागेका पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र पत्नी सीता दाहाल फेरि प्रचण्डतिरै फर्किएका छन् । उनीहरुले शुक्रबार प्रचण्डलाई भेटेर आफूहरू फेरि नेपाली कम्युनिष्ट पार्टीमै फर्किएको जानकारी गराएका प्रचण्डको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । गएको कात्तिक २९ गते बलंपाकी र दाहालले वक्तव्यमार्फत् माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वाम घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लाग्ने घोषणा गरेका थिए ।

महोत्तरी स्थायी घर भएका बलम्पाकी र दाहाल तीन वर्षअघि मात्रै एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नेकपा छाडेर शर्मातिर लागेका उनीहरूले २८ दिनमै जनार्दनलाई पनि छाडेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका नेता गिरीराजमणि पोखरेलसँगै प्रचण्ड निवास पुगेका उनीहरूले आफूहरु पुनः नेकपामै फर्किएको जानकारी गराएका आचार्यले बताए । नेता पोखरेलले भने आफू प्रचण्डलाई जन्मदिनको शुभकामना दिन निवासमा पुगेको जानकारी दिए । ‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डलाई आज उहाँकै निवासमा हामी भेट्न गएका थियौं । आजै उहाँको जन्म दिवस रहेछ । जन्मदिनको हार्दिक शुभकामना,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले गरे चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आउँदो प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृह जिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरु जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन् । पूर्वमन्त्री पाण्डेले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव लड्न अरुलाई मौका दिने बताएका हुन् । २०७९ को निर्वाचनमा बाजुराबाट एमालेका कर्ण थापालाई पराजित गरेका पाण्डे जेनजी आन्दोलनबाट अपदस्त भएको केपी ओली नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए ।

आफू मन्त्री भएकै बेला देशमा दुःखद घटना भएकाले पनि त्यसप्रति नैतिक जिम्मेवारी लिदै चुनाव नलड्ने उनले बताएका छन् । पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गर्दै, आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तक्र्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

यही पृष्ठभूमिमा उनले यस पटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको बताएका छन् । उनका अनुसार अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने, तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पु¥याउने कार्यमा लाग्ने कुरा उनको अहिले प्रमुख प्राथमिकता बनेको छ ।

पूर्व मन्त्री पाण्डेले आफ्नो कार्यकालमा नितिगत स्थिरता, पारदर्शिता, रचनात्मकता, निजी क्षेत्रको सहभागीता, तथा बजेट र स्रोतहरूको समानुपातिक वितरणलाई प्राथमिकतामा राखेर काम गरेको विषय राष्ट्रिय मुल्याङ्कनमा विशिष्ट श्रेणी सहित उत्कृष्ट तथा ‘पर्यटन मन्त्री वर्ष ‘ पुरस्कारबाट सम्मानित भएका उनले जिल्लाका जनताले माग गरे अनुसार आवश्यक स्रोत उपलब्ध गराउन नसकिएको भए पनि यथाशक्य प्रयास यस कार्यकालमा निष्ठापुर्वक लागिपरेको उल्लेख गरे । आगामी दिनमा आफ्नो अनुभव, दृष्टिकोण र राजनीतिक प्रतिबद्धतासहित पार्टी र पार्टीमार्फत् मुलुकका लागि अझ प्रभावकारी रूपमा योगदान गर्ने दृढता उनले व्यक्त गरेका छन् । कांग्रेस महाधिवेशनका सन्दर्भमा अहिले आफू समन्वयकारी भूमिकामा रहेको र कुन पदमा प्रतिष्पर्धा गर्ने भन्ने विषय पार्टीका साथी तथा नेताहरूसँगको सल्लाहमा तय गर्ने समेत बताए ।

 

 

 

महाधिवेशन उद्घाटन समारोहमा एमालेले तीन लाख जना उपस्थित गराउने

काठमाडौं । नेकपा एमालेले भोलि (शनिबार) भक्तपुरको सल्लाघारीमा हुने ११ औं महाधिवेशनको उद्घाटन समारोहमा तीन लाख जनालाई सहभागी गराउने घोषणा गरेको छ । एमालेले भक्तपुरको सल्लाघारीमा बनाएको मञ्च अगाडि शुक्रबार पत्रकार सम्मेलन गरेर उद्घाटन समारोहमा ३ लाखको उपस्थिति गराउने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा जनपरिचालन समितिका संयोजक राजन भट्टराईले तीन लाख उपस्थित रहने दाबी गरे । ‘एमालेले पाँच लाख उतारेछ भन्ने गरी तीन लाखको सहभागिता गराउँछौं । यो एमालेको महाधिवेशन उद्घाटन मात्र होइन राजनीतिक दलप्रति जनताको समर्थन छैन भन्नेलाई जवाफ हुनेछ,’ उनले भने ।

एमालेले महाधिवेशनलाई भयरहित बनाउन कमाण्ड संरचना अनुसार पाँच सय बढी स्वयंसेवक परिचालन गर्ने भएको छ । पत्रकार सम्मेलनमा स्वयंसेवक समिति संयोजक भानुभक्त ढकालले २४ जनसंगठनबाट प्रतिनिधित्व गराएर पाँच सय बढी स्वयंसेवकलाई विशेष ‘ड्रेस कोड’ सहित खटाउने जनकारी दिए । ढकालले भने, ‘यो कार्यक्रम भयरहित ढंगले सम्पन्न गर्नका लागि हामीले २४ वटा जनसंगठनबाट प्रतिनिधित्व गराएर पाँच सय बढी स्वयंसेवक ड्रेस कोड हुनेगरी परिचालन गर्दैछौं ।’

‘पाँच सय स्वयंसेवकभित्र पनि हामीले नेतृत्व कमाण्डको व्यवस्था गरेका छौँ,’ ढकालले भने, ‘प्रत्येक १० जना बराबर एक कमाण्डरको संरचनाबाट त्यो काम गरेका छौँ ।’ त्यस्तै महाधिवेशनपछिका कार्यक्रमलाई व्यवस्थित बनाउन खुला संरचनामा १० हजार स्वयंसेवक पनि परिचालन गर्ने छन् । ‘भोलिको कार्यक्रम व्यवस्थित गर्नका लागि हामीले १० हजार स्वयंसेवक परिचालन गर्ने कार्यक्रम बनाएका छौँ,’ ढकालले भने । यी १० हजार स्वयंसेवकहरू विभिन्न जनसंगठनमार्फत परिचालित हुनेछन्। त्यसमा अनेरास्ववियु, युवा संघ र जीफन्टलगायत हुनेछन् ।

महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउनेहरूमध्ये पश्चिमतर्फ आउनेलाई गठ्ठाघरसम्म गाडीमा र त्यसपछि जुलुसहित उद्घाटनस्थलमा पुग्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । पूर्व तर्फबाट आउनेहरू जगतेसम्म गाडीमा आउने र त्यसपछि जुलुससहित पश्चिमतर्फ आउने छन् ।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले नेपालमा अहिलेसम्म नभएको मञ्च तयार भएको जानकारी दिए । ३ किलोमिटर वरपरसम्म सुन्न सकिने गरी साउण्ड सिस्टमको व्यवस्था गरिएको उनले बताए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ९९ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चौरमा हुने उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । शनिबार मध्यान्ह ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ ।