`

पूर्व मन्त्री रायमाझी कारागार फर्किए, सम्पर्कमा छैनन् पाण्डे

काठमाडौं । जेन–जी आन्दोलनका बेला भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । उनी सोमबार साँझ सुन्धरा कारागार फर्किएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री रायमाझी आफै कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन् ।

उनका अनुसार भुटानी शरणार्थी प्रकरणकै कारागारमा रहेका पूर्व गृहसचिव टेकनारायण पाण्डे भने सम्पर्कमा छैनन् । कतिपयलाई खोज्ने काम भइरहेको उनले बताए । कतिले आफै आउने जानकारी समेत गराएका छन् । सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) पनि बुधबार नै कारागार फर्किएको कारागार प्रमुख चापागाईंले बताए । नख्खु कारागारबाट बाहिर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यसअघि नै कारागार फर्किसकेका छन् । देशभरका विभिन्न कारागारबाट भागेका धेरै कैदीबन्दी अझै फर्किएका छैनन् ।

 

बेनीमा कपडा बैङ्क सञ्चालन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैङ्क स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने गरिब विपन्नलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैङ्क स्थापना गरिएको हो ।

बैङ्कबाट गरिब तथा अतिविपन्न परिवार, प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएकालाई दसैँ, तिहारलगायत चाडपर्वको समयमा कपडा उपलब्ध गराउने बेनी नगरपालिका–७ का वडा सदस्य विश्वास श्रेष्ठले बताए।

लायन्स र लियो क्लब अफ बेनी लभ्लिहिलका प्रतिनिधिहरुले सोमबार बेनीमा घरदैलो गरेर बैङ्कका लागि आवश्यक पर्ने कपडा सङ्कलन गरेर वडा कार्यालयलाई उपलब्ध गराएका छन् । पहिलो दिन दुईवटा बोलेरो गाडीमा अटाउने कपडा सङ्कलन भएको लायन्स क्लब अफ बेनी लभ्लिहिलका अध्यक्ष ओमप्रकाश शर्माले बताए।

“घरदैलोका क्रममा बजारवासीहरुले प्रयोगमा नभएका लगाउन योग्य तथा फेन्सी व्यवसायीहरुले नयाँ कपडा पनि उपलब्ध गराएको छ,” उनले भने, “चाडपर्वको समयमा गरिब विपन्नलाई न्यास्रो नहोस् भनेर थप कपडा जुटाएर एक÷दुई दिनमा वितरण गर्छौं ।”

आवश्यक पर्नेले वडा कार्यालयमा आएर आफूखुसी रोजेर लुगा लैजान पाउनेछन् । वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, अशक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा बजारवासीले उपलब्ध गराएका छन् । जाडो मौसम नजिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यहोर्नु नपरोस् भन्ने उद्देश्य पनि कपडा बैङ्क स्थापना गर्नु रहेको छ ।

विदेशको अनुभव, स्वदेशमा उपयोग

भोजपुर । वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन् । विदेशको भोगाइ र अनुभवलाई सँगालेर थालेका व्यवसायबाट उनीहरूले मनग्य लाभ उठाइरहेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यसको एक उदाहरण हुन् । लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि सोचेजस्तो आम्दानी नभएपछि बस्नेत गाउँ फर्किएर व्यवसायमा जोडिएको छन् । अहिले गाउँमा नै बाख्रापालन तथा जडीबुटीखेतीबाट राम्रै आम्दानी भइरहेको उनले बताए । परिवारसँग बसेर गाउँमा गरिरहेको उद्यमबाट घरखर्च चलाउन कुनै समस्या नरहेको बस्नेतको भनाइ छ ।

“विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन”, बस्नेतले भने, “अहिले आफ्नै गाउँमा बसेर बाख्रापालनसँगै जडीबुटीखेती गरिरहेको छु । गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ । मेहनत गरे यही राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभूति भयो ।”

विदेश जान चाहनेहरूका लागि गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उनको भनाइ छ । व्यवसायमा निरन्तरता दिन सक्ने हो भने त्यसबाट क्रमिक रूपमा लाभ लिन सकिने उनले आफ्नो अनुभव सुनाए । “हामी छोटो समयमा धेरै लाभ लिन सोच लिन्छौँ”, उनले भने, “तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य राख्न सक्नुपर्छ । निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ ।”

उद्यममा जोडिन चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्ने उनको अनुभव छ । कुनै पनि व्यवसाय गर्न न्यूनतम सीप आवश्यक हुने उनले बताए। राज्यका तहहरूले कृषकलाई उद्यममा जोडिनुपूर्व आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित भइरहेका छन् । तर उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान, तालिम तथा पशुचिकित्सकीय सेवाको अभाव झेल्नु परेको गुनासो गर्ने गरेका छन् ।

राज्य तहबाट प्रदान हुने सेवाहरू सरल र पहुँचयोग्य भए गाउँमा नै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरुको भनाइ छ ।

झापामा खुकुरी प्रहार गरी युवकको हत्या

झापा । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । मङ्गलवार बिहान खुकुरी र बसिला प्रहार गरी ३६ वर्षीय फूर्वा तामाङको हत्या भएको हो । घटनमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका घटना संलग्न बिर्तामोड–७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको छ । खड्काले उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको खुकुरी र बसिला समेत बरामद भएको बताए । तामाङको के कारणले हत्या भयो भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

 

सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय–व्यवसाय बन्द

बेइजिङ । सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मङ्गलबार कम्तीमा १० वटा सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ ।

यी उपायहरूले लाखौँ मानिस प्रभावित हुनेछन् भने चीनको प्रमुख उत्पादन क्षेत्रका हजारौँ कारखानामा क्रियाकलाप रोकिँदै गएको छ । गुआङ्गडोङ प्रान्तको आपत्कालीन व्यवस्थापन ब्युरोले रागासाले २४ घण्टाभित्र प्रान्तको मध्य र पश्चिमी तटीय क्षेत्रमा अवतरण गर्ने जनाएको छ ।

“प्रमुख क्षेत्रहरूले निर्णायक उपाय अपनाउनुपर्छ, मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ र क्षति कम गर्न सक्दो प्रयास गर्नुपर्छ”, विज्ञप्तिमा भनिएको छ ।

रागासा नजिकिँदै गर्दा गुआङ्गडोङले आँधीका लागि उच्चतम आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । हङकङ मौसम सेवाअनुसार यसले दुई सय ३० किलोमिटर प्रतिघण्टासम्मको हावा बोकेको छ ।

सेन्जेनले चार लाख मानिसलाई खाली गर्न आदेश दिएको छ । अधिकारीहरूले ‘तीव्र हावा, वर्षा, छाल र बाढी’ को चेतावनी दिँदै आकस्मिक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् । बजार र काम दिउँसोदेखि बन्द हुने जनाइएको छ ।

झुहाई, डोङ्गगुआन र फोसानलगायत अन्य प्रमुख सहरमा पनि निलम्बन आदेश जारी गरिएको छ । फोसानको आपत्कालीन मुख्यालयले ‘तीव्र हावा र भारी वर्षाले सहरलाई गम्भीर असर पार्नेछ’ भन्दै चेतावनी दिएको छ ।

रागासा हाल दक्षिण चीन सागर हुँदै अघि बढिरहेको छ । यसअघि फिलिपिन्समा यसले प्रभाव पारेको थियो । त्यहाँ एक व्यक्तिको मृत्यु भएको थियो ।

चिनियाँ राज्य प्रसारक सिसिटिभीले जलमार्गको उत्तरी भाग, ताइवान स्ट्रेटको दक्षिणी भाग, बाशी च्यानल र गुआङ्गडोङ नजिकै सञ्चालन हुने जहाजहरूलाई सुरक्षा सचेतना अपनाउन आग्रह गरेको छ ।

वैज्ञानिकहरू मानवसिर्जित जलवायु परिवर्तनले आँधीबेहरीलाई अझ शक्तिशाली र बारम्बार बनाउँदै गएकोमा एकमत छन् ।

रास्वपाको बैठकमा रविको मार्गप्रशस्त र नख्खु प्रकरण छानबिनको माग गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बसिरहेको छ। मंगलबार बिहानबाट पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हो ।बैठकमा समसामयिक राजनीतिक परिस्थितिसहित सात एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

भदौ २३ गतेको जेन्जीको आन्दोलनको विषयलाई लिएर रास्वपाभित्र मतभेद छ । जेन्जीको आन्दोलनपश्चात सांसदहरुले सामुहिक राजीनामा दिएका थिए । पूर्व सांसद सुमना श्रेष्ठका अनुसार पार्टीका नेताहरुले झण्डा नलैजाने तर व्यक्तिगत रुपमा आन्दोलनमा सहभागी हुन पाइने कार्यकर्तालाई निर्देशन दिइएको थियो ।

यता भदौ २४ गते नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई निकाल्न रास्वपाका शीर्ष नेताहरु नै पुगेका थिए । लामिछाने विजयी भावमा कारमा बाहिरिएका थिए भने त्यसपश्चात कारागारमा आगजनी भएको थियो । रास्वपाका सहमहामन्त्री विपिन आचार्यले प्रदर्शनको उग्रताको नेतृत्व वा संलग्न पदाधिकारी वा मभन्दा तल्लो तह जुनसुकै स्तरबाट भएपनि छानबिन र कारबाहीको दायरामा आउनु पर्ने बताएका थिए ।

‘रास्वपाको ठूलो समर्थन आधार युवाहरू हुन् । तसर्थ शान्तिपूर्ण रूपमा युवाहरूले राखेका मागमा पार्टीको नैतिक समर्थन हुनु र शान्तिपूर्ण र स्वस्फुर्त सहभागिता स्वभाविक हो । तर यदि रास्वपाका नेतृत्व र जिम्मेवार तह र तप्कामा रहेका कुनै पनि व्यक्तिहरू सो स्थानमा भीडलाई बोलाउने, उक्साउने वा भीडलाई उत्तेजित पार्ने कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न छन् भने सो कार्य क्षम्य हुनु हुँदैन ।’

उनले भने, ‘नख्खु कारागार वरपर त्यस दिन भएका प्रदर्शनको सरकारले सकेसम्म छिटो छानबिन र अनुसन्धान गर्छ भन्ने विश्वास छ । उग्रताको नेतृत्व वा संलग्नता चाहे म, मभन्दा माथिल्लो तहका पदाधिकारी वा मभन्दा तल्लो तह जुनसुकैस्तरबाट भए पनि छानबिन र कारबाहीको दायरामा आउनु पर्छ । अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आवद्धता छाड्न र अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गर्दछु ।’

आचार्यले भनेका छन्, ‘भदौ २४ गते नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछाने बाहिर निस्किएपछि कारागार परिसरमा भएको आगजनी तथा तोडफोडमा रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न रहेको पाइएमा सरकारले कानुनअनुसार कारबाही गर्दा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’

बैठकमा कम्तीमा ४ जना प्रदेश सभापतिहरूले रास्वपा सभापति रवि लामिछानेले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव राख्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । रास्वपामा प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ । आजको केन्द्रीय समिति बैठकमा प्रदेशहरुबो राजनीतिक प्रस्ताव पेश गर्न भनिएको थियो । त्यसमा चारवटाले सभापतिले आफ्नो मुद्दाको कानूनी निरुपण नहुञ्जेलका लागि पद त्याग गर्न वा संरक्षणको भूमिकामा बस्न प्रस्ताव गर्न लागेका हुन् ।

स्रोतका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेश समिति सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा छन् । कोशीका सभापति सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले केन्द्रीय समिति बैठकमा यो प्रस्ताव गर्ने बुझिएको छ । बाँकी तीन सभापतिको भने लाइन क्लियर भएको छैन ।

सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग : भण्डारीको व्यापक नीति, सिन्हाको फर्निचर केन्द्रीत

काठमाडौँ। अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयमा नेपालमै उत्पादित काठबाट बनेका फर्निचर मात्र प्रयोग गर्नुपर्ने निर्णय गरेका छन् ।

यसअघि उद्योगमन्त्री रहेका दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरी नेपाल राजपत्रमा प्रकाशित गराइसकेका थिए । भण्डारीले पदभार ग्रहणसँगै स्वदेशी वस्तु प्रयोगसम्बन्धी प्रस्ताव अघि सारेका थिए भने स्वदेशी वस्तु प्रयोग नगर्ने निकायलाई बेरुजु समेत निकाल्ने तयारी गरेका थिए ।

साथै, उनले सबैभन्दा बढी स्वदेशी वस्तु प्रयोग गर्ने निकायलाई पुरस्कार दिने समेत जनाएका थिए ।

तर हालै परिवर्तन भएको अन्तरिम सरकारको कानुन तथा भूमि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका उद्योग मन्त्री सिन्हाले भने सार्वजनिक निकायमा प्रयोग हुने सामग्रीमध्ये फर्निचरमा मात्र स्वदेशी काठको प्रयोग अनिवार्य गर्ने निर्णय गरेका छन् ।

सिन्हाले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै मुलुकमा सुशासन र स्थायित्व कायम गर्ने लक्ष्यसहित यो निर्णय गरिएको बताएका छन् ।

१३ बर्षीय अफगान बालक जहाजको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे

नयाँदिल्ली । एक १३ वर्षीय बालक जहाज (प्लेन) को ल्यान्डिङ गियरमा लुकेरै भारत पुगेका छन् । आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको छ । अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई एयरपोर्टबाट भारतीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा उडान भरेको थियो । बिहान १० बजेर २० मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टको टर्मिनल ३ मा अवतरण भयो ।

अवतरणपछि एयरलाइनका कर्मचारीहरुले फ्लाइटनजिक एक बालिक घुमिरहेको देखे । तत्काल सुरक्षा अधिकारीलाई खबर गरेपछि विमानस्थलका सुरक्षा अधिकारीले हिरासतमा लिए र प्रहरीलाई सुम्पिए । भारतीय सञ्चारमाध्यमका अनुसार ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइट ल्यान्डिङ गियरमा बसेको बयान दिए । नाम र विवरण नखुलाइएका ती बालक अफगानिस्थानको कुन्दुज शहरका हुन् ।

काबुल एयरपोर्टमा प्रवेश गरेका ती बालक विमानस्थलका सुरक्षा अधिकारीबाट बच्दै विमानको पछिल्लो ल्यान्डिङ गियरमा लुकेको इन्दिरा गान्धी एयरपोर्टका अधिकारीहरुले बताएका छन् । विमानको पूरा जाँच गरेपछि सुरक्षित घोषणा गरिएको थियो । आइतबार नै ती बालकलाई सोही फ्लाइटबाट अफगानिस्तान फिर्ता पठाइएको छ ।

सुरक्षा जाँचमा ल्यान्डिङ गियर कम्पार्टमेन्टमा एक सानो रातो स्पिकर फेला परेको छ । जसलाई ती बालकलाई आफ्नो साथमा ल्याएका थिए । सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ । ३० हजार फिटको उचाइमा तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्छ । र अक्सिजन पनि निकै कम हुन्छ । जसकारण केही क्षणमै बेहोस हुने वा मृत्यु हुनेसम्मको सम्भावना बढ्छ ।

यद्यपि यस घटनामा ती बालक कसरी जिउँदै भारतसम्म पुगे भन्नेबारे विमानस्थलका सुरक्षा एजेन्सी पनि अचम्मित छन् । किनकि ल्यान्डिङ कम्पार्टमेन्ट विमानको सबैभन्दा मुनि हुन्छ । यसमा सुरक्षा उपकरण, ब्रेक सिस्टम र हाइड्रोलिक पाइप हुन्छन् । एक अध्ययनअनुसार यो तरिकाले लुक्ने प्रयासमा जीवित रहने दर निकै कम हुन्छ । विश्वभरमा यसरी लुकेर यात्रा गर्नेमध्ये २० प्रतिशत मात्र जीवित बचेका छन् ।

अफगानिस्तानमा १५ अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि कैयौं मानिस देश छोड्नका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा घुसपैठ गरेका थिए । अफगानी नागरिक कुनै पनि तरिकाले देश छाडेर बाहिर निस्कन खोज्दै थिए । अमेरिकाले आफ्ना नागरिक र सेनालाई फिर्ता बोलाउनका लागि सैनिक विमान पठाएको थियो । त्यसबेला सैयौं अफगान नागरिक अमेरिका जानका लागि अमेरिकन सैनिक विमानमा सवार भएका थिए । केही नागरिक जहाजमा झुन्डिएका समेत थिए । सोही क्रममा आकाशमा जहाजबाट खसेर कैयौंले ज्यान समेत गुमाए ।

 

अमेरिकी सांसदको चेतावनीः चीनसँग सैन्य ‘गलतफहमी’ को जोखिम

बेइजिङ । चीनका लागि अमेरिकी कङ्ग्रेस प्रतिनिधिमण्डलका नेताले मङ्गलबार दुई देशका सेनाबीच ‘गलतफहमीको जोखिम’ बढ्दै गएको चेतावनी दिएका छन् । रक्षा प्रविधि तीव्र गतिमा अघि बढिरहेका कारण आपसी द्वन्द्वको सम्भावना उच्च रहेको उनले बताए ।

वासिङ्टनको सशस्त्र सेवा समितिका वरिष्ठ डेमोक्रेट एडम स्मिथले बेइजिङमा पत्रकारलाई चीनले विश्व शक्तिसँग ‘द्वन्द्व निवारणका लागि थप संवाद गर्नुपर्ने’ धारणा राखे । “हाम्रा जहाज र विमान तिनीहरूको जहाज र विमानसँग धेरै नजिक आउँदैछन् । द्वन्द्व टार्न अझ राम्रो संवाद आवश्यक छ”, उनले अमेरिकी दूतावासमा भने ।

चार सदस्यीय प्रतिनिधिमण्डलमा डेमोक्रेट रो खन्ना र क्रिसी हौलहानसँगै रिपब्लिकन सांसद माइकल बाउमगार्टनर पनि छन् । समूहले सोमबार चिनियाँ रक्षामन्त्री डोङ जुनसँग भेट गरी ‘मतभेदमार्फत काम गर्ने’ र संवाद बढाउने विषयमा छलफल गरेको थियो । डोङले आपसी सम्बन्धमा ‘विघटनकारी कारकहरू हटाउन’ आग्रह गरेको चीनको सिन्ह्वा एजेन्सीले जनाएको छ ।

मङ्गलबार अन्य सांसद र अमेरिकी राजदूत डेभिड पड्र्युसँगै बोल्दै स्मिथले भने, “एआई, ड्रोन, साइबर र अन्तरिक्ष युद्ध तीव्र गतिमा विकसित भइरहेका छन् । क्षमताको गलत बुझाइको जोखिम ठूलो छ, त्यसैले स्पष्ट संवाद अत्यावश्यक छ ।”

– कर र टिकटक –

द्विदलीय प्रतिनिधिमण्डल राष्ट्रपति सी जिनपिङ र डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको केही दिनपछि चीन पुगेको हो ।

ट्रम्पले आगामी महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समिटमा सीसँग भेट्ने र अर्को वर्ष चीन भ्रमण गर्ने बताएका छन्। सीले पनि कुनै समयमा अमेरिकाको भ्रमण गर्ने छन् ।

यसअघि दुवै देशले एकअर्काविरुद्ध भन्सार शुल्क बढाउँदा आपूर्ति शृङ्खला प्रभावित भएको थियो । पछि वासिङ्टन र बेइजिङबीच सम्झौता भई अमेरिकी आयातमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क घटाएका थिए । तर यो सम्झौता नोभेम्बरमा समाप्त हुनेछ ।

स्मिथ नेतृत्वको टोलीले सोमबार चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग व्यापार वार्ता, फेन्टानिल, महत्त्वपूर्ण खनिज र टिकटकको भविष्यबारे छलफल गरेको थियो ।

ह्वाइट हाउसका अनुसार टिकटकको अमेरिकी संस्करणले एल्गोरिदमको घरेलु मोडेल प्रस्तुत गर्नेछ, जसले अमेरिकामा चिनियाँ स्वामित्वको प्लेटफर्म सञ्चालनको अवरोध हटाउन सक्छ । तर स्मिथले ‘यो मुद्दा अझै सतप्रतिशत समाधान भएको छैन’ भनेका छन् ।

प्रतिनिधिमण्डलले चीनको नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजी र विदेशमन्त्री वाङ यीलाई समेत भेट्ने कार्यक्रम छ ।

‘अझै पनि प्रणालीगत समस्या समाधान नभए युवामा थप निराशा बढ्छ’

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठले जेनजी आन्दोलनपछि पनि देशको प्रणालीगत समस्या र झन्झटिलो प्रक्रियामा सुधार नआए युवामा थप निराशा छाउने टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रियामा बोल्दै श्रेष्ठले प्रणालीमा सुधार नभए देशबाट युवा पलायन दर अझ बढ्ने देखिएको बताए ।

उनले भने, ‘जेनजी आन्दोलन ठूला राजनीतिक मुद्दाभन्दा पनि दैनिक जीवनमा भोग्नुपरेका प्रक्रियागत अवरोध र सानोतिनो भ्रष्टाचारविरुद्धको आक्रोश भएको हो । आज कक्षाकोठामा सोध्ने हो भने ९०–९५ प्रतिशत युवा बाहिर जान चाहन्छन्। देशको मायाले भन्दा पनि पारिवारिक वा अन्य बाध्यताले मात्र केही युवा बसेका छन् ।’

श्रेष्ठले वितृष्णाको मूख्य कारण ठूला नीतिगत भ्रष्टाचारभन्दा पनि हरेक सरकारी कार्यालयमा काम गर्न जाँदा भोग्नुपर्ने दुःख र निरुत्साहन रहेको स्पष्ट पारे । उनले भने, ‘एउटा युवाले सानो व्यवसाय दर्ता गर्न खोज्दादेखि नै अनेकौं बाधा सुरु हुन्छ । काम गर्नलाई भन्दा रोक्नलाई हजारवटा बाटा छन् ।’

उनले ‘सार्क ट्यांक’ बाट लगानी पाएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा एउटा सामान्य कामका लागि दुई महिनासम्म झुलाइएको घटनाले प्रणालीगत समस्याको गहिराइ देखाउने बताए । जेनजीको आन्दोलन र बहसपछि पनि फेरि उही सरकारी कार्यालयमा गएर उस्तै ठोक्कर खानुपर्ने हो भने युवाको मनोबल झनै खस्किने बताए ।

श्रेष्ठले युवालाई देशमै टिकाइराख्ने हो भने सरकारले तत्काल प्रणालीगत सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले उद्यम गर्न चाहने युवालाई लक्षित गरी ‘वान–स्टेप सोलुसन’ सहितको पूर्ण डिजिटल सेवा, सरकारी लगानीमा ‘इन्क्युबेसन सेन्टर’ को स्थापना, स्टार्टअपहरूलाई निःशुल्क कानुनी तथा लेखा परामर्श, र साना व्यवसायीका लागि विना धितो ऋणको व्यवस्था गर्न सुझाव दिए ।

युवालाई रोजगारी दिने र उद्यमशील बनाउने ठोस योजना र सहज वातावरण नबनेसम्म देशको अर्थतन्त्र पुनरुत्थान हुन नसक्ने श्रेष्ठले बताए । सरकारी निकायहरूले समेत नेपाली सफ्टवेयर र उत्पादनलाई प्राथमिकता दिए मात्रै युवामा देशप्रति भरोसा जाग्ने उनको तर्क थियो ।

अध्यक्ष ओली गुण्डुमा सार्वजनिक, पार्टी नेताहरुसँग छलफल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरस्थित गुण्डुमा पार्टीका नेता र कार्यकर्तासँग निरन्तर छलफलमा छन् । २ असोजमा सेनाको सुरक्षाबाट बाहिर आएर भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बसेका ओली नेता र कार्यकर्तासँग निरन्तर छलफलमा छन् ।

ओलीले ३ असोजदेखि पार्टीका नेताहरूसँग छलफल गरिरहेको महेश बस्नेतले जानकारी दिए । ओलीले त्यसयता पार्टीका अधिकांश पदाधिकारीहरूसँग छलफल गरिसकेका छन् । त्यससँगै ओलीले कार्यकर्ताहरूसँग पनि छलफल गरेका छन् । महेश बस्नेतले सार्वजनिक गरेको भिडियोमा ओली पार्टीका कार्यकर्तासँग फोटो खिच्न व्यस्त छन् ।

जेन–जी आन्दोलन चर्किएपछि ओलीले गत २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । २३ गते सुरु भएको विद्रोहमा गोली चलेपछि २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै उनले राजीनामा दिएका थिए । ओली नेतृत्वको सरकार ढलेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।

विप्लवले बनाए पार्टी एकता गर्न वार्ता टोली, प्राथमिकतामा कुन दल ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विचार मिल्ने शक्तिहरूसँग एकता गर्नका लागि वार्ता टोली बनाएको छ । हालै बसेको बैठकले नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि भन्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा सबै कम्युनिष्ट समूह र पार्टीहरूसँग छलफल गर्ने उद्देश्यले वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा समितिमा स्थायी समिति सदस्य अनिल सी, शिलु सी, सुशील सी, पोलिटब्युरो सदस्य चिरण र केन्द्रीय सदस्य जितेन्द्र सी छन् । बैठकले माओवादी घटक र चौथो महाधिवेशन समूहसँग प्राथमिकताका साथ वार्ता गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले यसअघि नै विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ ।

नेकपाको बैठक बस्नुअघि माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकताबारे गरेको निर्णय विप्लवको घरैमा पुगेर जानकारी गराएका थिए । नेकपा समाजवादी मोर्चामा पनि आबद्ध छ । मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी छ । मोर्चालाई पार्टी एकतासम्म लैजानेगरी छलफल समेत अघि बढाइएको छ ।

महाराजगन्ज प्रहरी वृत्तको मर्मत सम्भार गरिदै (तस्बिरहरु)

काठमाडौँ । जेन जी आन्दोलनको क्रममा भदौ २४ काठमाडौँको महाराजगन्जस्थित प्रहरी वृत्त तोडफोड तथा आगजनी गरिएको थियो, त्यतिमात्र नभएर प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको मृत्यु समेत भएको थियो ।

सुरक्षा अवस्था निकै कमजोर र भवनमा आगजनी गरिँदा बाँकी प्रहरीलाई सेनाले हेलिकप्टरबाट उद्धार समेत गरियो थियो ।
आगजनी, तोडफोड र प्रहरीको मृत्यु पछि उच्च आत्मबलका साथ नेपाल प्रहरी र समुदायको सहकार्यमा प्रहरी वृत्त महाराजगन्जको भवन फेरी चिटिक्क बनाइँदै छ ।

अहिले महाराजगन्ज प्रहरी वृत्तको मर्मत अन्तिम चरणमा पुगेको छ। रंगरोगन, झ्याल-ढोका राख्ने काम भइरहेको छ। कम्प्युटर, इन्टरनेट, टेबुल कुर्सी जस्ता आवश्यक सामग्रीहरूको व्यवस्थापन भइरहेको छ ।

 

धादिङको पहिरो छल्न यी वैकल्पिक सडक प्रयोग गर्न सकिने

चितवन । जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं–मुग्लिन यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोलामा आज (मंगलबार) बिहान खसेको सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।

प्रशासनका अनुसार, वैकल्पिक मार्गका रूपमा गोरखा, लम्जुङ पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनले मलेखु–धादिङबेँसी–आरूघाट मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्य पहाडी राजमार्ग हुँदै डुम्रेको सडक प्रयोग गर्न सक्ने छन् ।
‘अन्य स्थानतर्फ जाने ठूला तथा साना सवै सवारी साधनले सुरक्षा निकायसँग समन्वय तथा निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्नु हुन हार्दिक अनुरोध छ’, प्रशासनले भनेको छ । मंगलबार (आज) बिहान ९ः४५ बजे निकालिएको सूचनाअनुसार, पहिरो पन्छाउन करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको छ ।

पहिलो विकल्प

यदि काठमाडौंबाट पश्चिमतर्फ जाँदै हुनुहुन्छ भने नौबिसेबाट हेटौंडा निस्किएर जान सकिन्छ । पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो प्रयोग गर्न सक्छन् । यो बाटो अलि साँघुरो र धेरै घुम्ति छ ।

दोस्रो विकल्प

दोस्रो विकल्प धादिङको मलेखु (फुर्केखोला) नेरबाट छ । फुर्केखोला भन्ने ठाउँबाट धादिङको सल्यानटार हुँदै गोरखाको आरुघाट हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । आँबुखैरेनीबाट पोखरा–पाल्पा हुँदै बुटवल निस्किएर पश्चिम जान सकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अथवा आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ निस्किन सकिन्छ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ । यद्यपि तुइन खोलानेर पहिरोको जोखिम भने कायमै छ ।

तेस्रो विकल्प
काठमाडौंबाट बाहिरिएर पश्चिमतर्फ जाने वा पश्चिमतर्फबाट काठमाडौं भित्रिनेहरुका लागि नुवाकोट हुँदै यात्रा गर्न सकिने मध्यपहाडी लोकमार्ग तेस्रो विकल्प हुनसक्छ । यो बाटोबाट काठमाडौं, नुवाकोट, सामरी भञ्ज्याङ, गोरखा बजार हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । तर यो बाटो अलि अप्ठ्यारो भएकाले यात्रा गर्दा फोर ह्वील र ग्राउण्ड क्लियरेन्स राम्रो भएको गाडी चाहिन्छ ।

नख्खु र झुम्का कारागारबाट भागेका कैदी पक्राउ

संखुवासभा । जेनजी प्रदर्शनको मौकामा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी संखुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिएका छन् ।

त्यस्तै सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पनि पक्राउ गरिएको छ ।

तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन् भने राई नख्खु कारागारबाट भागेका थिए । पक्राउ परेका तीनै कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागारका प्रमुख जेलर राजन घिमिरेले बताए । जिल्ला कारागार खाँदबारीमा भने हाल एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन् ।

सुनचाँदीको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । आज पनि सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ । मूल्य बढेर दुवै धातुको मूल्य आज पनि हालसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्य आज फेरि अहिलेसम्मकै महँगो बनेको हो ।

सुनको मूल्य आज तोलामा तीन हजार नौसय रुपैयाँ बढेर दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख १७ हजार आठ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो ।

बालकको अपहरणपछि हत्या : आफन्तसहित आठ छिमेकी पक्राउ

सिरहा । सिरहामा बालकको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ ।

बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन ।
सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।

परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेका थिएनन् । सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।

फिरौती सन्देशमा के छ ?
‘तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’

नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कति ?

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको छ । पहिरो ठुलो भएकाले पन्छाउन दिनभर लाग्ने देखिएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिएका छन् ।

उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ । चितवन र धादिङको सीमाना नजिक बाँदरेमोड भन्ने स्थानमा सुरुमा राति साढे १० बजेतिर पहिरो खसेको थियो । राति नै पहिरो पन्छाएर ११ बजेतिर एकतर्फी खुलाइएको थियो । तर साढे ११ बजेतिर पुनः पहिरो खसेर बाटो बन्द भयो । आज बिहान साढे २ बजेदेखि पुनः पहिरो पन्छाइरहेका बेला आज बिहान ५ बजे झन् ठूलो पहिरो खसेर बाटो ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

हाल तीवटा साना मेशिन पहिरो पन्छाउन परिचालन गरिएको छ । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काम गर्न सकिएको छैन । पहिरो खस्न रोकिएपछि मात्र पन्छाउने काम सुरु हुने प्रहरीले जनाएको छ । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेलाको सडकमा परेको गाडीको चाप सामान्य नहुँदै पुनः धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् । दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

विशेष महाधिवेशन माग्दै कांग्रेसमा शेखर–गगन समूहले थाल्यो हस्ताक्षर अभियान

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अध्ययन गर्दै महामन्त्री गगनकुमार थापा र डा. शेखर कोइराला समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन् ।

सोमबार काठमाडौँमा भएको एउटा बैठकपछि सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।

अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बताइएको छ । पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ २ अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह पनि गरिएको छ ।

कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिको रहेको उल्लेख गरेको छ । पार्टीको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने जनाएको छ ।

झलनाथ पत्नी रविलक्ष्मीलाई एयर एम्बुलेन्समार्फत लगियो भारत

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरसँगै जल्दा गम्भीर घाइते भएकी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा पूर्ण सुधार नभएपछि चित्रकारलाई थप उपचारको लागि सोमबार राति नौ बजे भारत लगिएको एकीकृत समाजवादीकी नेतृ आरती लामाले जानकारी दिइन् ।

पत्नीको उपचारको लागि नेता खनाल आफै भारत गएका छन् । चित्रकारको अपोलो अस्पतालमा थप उपचार हुनेछ । ‘हिजो दिउँसै उहाँलाई लैजाने तयारी थियो,’ लामाले सुनाइन्, ‘तर, पासपोर्टसहितका डकुमेन्ट पनि आगोमा जलेका थिए । त्यसको प्रोसेसको लागि हिजो दिनभरि थप बस्नु पर्‍यो । राति मात्रै उहाँहरू उता जानु भएको हो ।’

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको थियो । भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन् । बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो । तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेको थियो । ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन् ।

सिरहामा फिरौती माग्दै अपहरण गरिएका बालकको हत्या

सिरहा । सिरहामा फिरौती माग्दै अपहरण गरिएका एक बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका सञ्जय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो ।

अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु पनि थिए । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो । घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको उनले बताए । परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।

असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुवैमा ५ करोड उल्लेख गरिएको छ । अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेन्ट लागेर मृत्यु भएको थियो । एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँग गोलबजारमै बस्दै आएका थिए । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।

सुदन गुरुङको चेतावनी : देश र मेरीबीचमा नपर्नुस् गाह्रो पर्ला

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई आक्रमण गर्न एउटा समूह घरसम्मै धाइरहेको बताउँदै देश र आफ्नो बीचमा कोही परे गाह्रोपर्ने चेतावनी दिएका छन् । आज (मंगलबार) बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेको बताएका हुन् । गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनु परेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन् ।

‘हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ’, उनले भिडिओ सन्देशमा भनेका छन्, ‘मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है ।…गुरुङ सोझो छ भनेर सोच्नु भएको होला । म सोझो छैन है फेरि । म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु । त्यही भएर तपाईंहरूलाई मेरो सजेसन–मेरो बाटोभन्दा टाढा बस्नू ।’

गुरुङ अहिले मन्त्रिपरिषद्मा राम्रा–राम्रा मन्त्रीहरू गएको उल्लेख गर्दै आफूलाई हमला गर्न लगाउने शक्ति देश बनाउनेतिर लगाउन सुझाव पनि दिएका छन् । उनले भनेका छन्, ‘यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनु होला । मेरो यो वार्निङ हो– तपाईंहरूलाई, उनले भनेका छन्, मैले भेट्टाए भने चाहिँ गाह्रो हुन्छ । अस्ती सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ ।’

हेर्नुस् सुदन गुरुङको पूरा सन्देश “

अहिले मेरो फ्यान फलोइङ एकदम बेसी भए जस्तो लाग्छ मलाई । मेरो एकदम राम्रो फ्यान फलोइङ छ जस्तो लाग्छ क्या । हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई । कस्तो हाँसो उठिसक्यो मलाई । कति साह्रो मेहनत गरेको। कति साह्रो माया गरेको, फलो गरेको गर्‍यै गर्ने ? त्यति साह्रो फलो त के भन्ने ?

यति साह्रो फ्यान फलोइङ मलाई चाहिएको छैन । फेरि जुन दिन भेट्छु नि मैले– मेरो हात मात्र पर्‍यो भनेचाहिँ म त आफ्नो प्रोटेक्सन आफै गर्नुपर्‍यो, हैन, आफ्नो प्रोटेक्सन त आफै गर्नुपर्‍यो । मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है । मेरो वार्निङ हो, तपाईंहरू सबै जनालाई, धेरै फ्यान हुनु पर्दैन के यसरी । बरु कहाँ आउनु पर्छ, भन्नु, म आउँला । यसो फलो गरेर पूरा मलाई डराउने धम्क्याउने गर्‍यो सोच्या होला । मैले सुरु दिनदेखि नै जब यो मेरा भाइबैनलाई गोली हानियो, मैले त्यहाँदेखि नै सोचिसकेको थिएँ– म कसैसँग डराउनेवाला छैन ।

यो कुरा चाहिँ प्लिज विचार गरिदिनु तपाईंहरू । यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनु होला । मेरो यो वार्निङ हो, तपाईंहरूलाई । मैले भेट्टाए भने चाहिँ गाह्रो हुन्छ । अस्ती सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ । अब सोच्नुहोला कि मैले प्रोटेक्सन गर्‍या छैन भन्ने सोच्नु होला । गुरुङ सोझो छ भनेर सोच्नु भएको होला । म सोझो छैन है फेरि । म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु । त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू । मेरो बाटो अवरोध गर्न नखोज्नूस् । म प्रयास गरिरहेको छु–तपाईंहरूको सबैको भविष्य राम्रो होस् ।

मन्त्रिपरिषद् विस्तारमा धेरै राम्रो मन्त्रीहरू जानु भाछ । कति राम्रा निर्णयहरू भएका छन् । सबै क्षेत्रमा हामीले परिवर्तन गर्नुपर्नेथ्यो । मेरो जति पनि फ्यान फलोइङ छ नि, सिंहदरबारदेखि घरसम्म मलाई फलो गर्ने । कहिले कता फलो गर्ने । बरु आउनूस्, म तपाईंलाई राम्रो फोटो खिचेर सिग्नेचर पनि गरिदिन्छु । अरुलाई धम्काए जस्तो सोच्नु होला । मलाई धम्क्याउन गाह्रो छ । तपाईंहरूकै सुरक्षाका लागि भनिरहेको छु– मलाई फलो गर्ने काम नगर्नु होला । जति जना तपाईंले ट्राई गरिरहनु भएको छ । मेरो देश र मेरो बीचमा आउन खोज्नु भयो भने तपाईंहरूलाई गाह्रो पर्छ ।

भिडिओ

नमोबुद्धका पूर्व मेयर शर्माको निधन

काभ्रे । नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टंकप्रसाद शर्माको निधन भएको छ । उनको मंगलबार बिहान उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको हो ।

शर्मा साउन १० गते नमोबुद्धस्थित बीपी राजमार्गमा दुर्घटनामामा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । भकुण्डेबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका थिए । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उनी दुर्घटनामा परेका हुन् । गम्भीर घाइते उनी धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत थिए । तिमल्सिनाका श्रीमती र दुई छोरा छन् ।

जवाङखोलामा पहिरो : मुग्लिन–काठमाडौं सडक बन्द

चितवन । पृथ्वी राजमार्गको जवाङखोला नजिकै ठूलो पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको धादिङ जिल्लातर्फ वेनिघाट रोराङ गाउँपालिका–१० नम्बरमा पर्ने जवाङखोलामा गए रातिदेखि नै पहिरो खस्न सुरु भएको थियो ।

रातिको पहिरो ८० प्रतिशत फालेर सकिएपछि बिहान साढे ५ बजे माथिबाट पहाडै खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले जानकारी दिएका छन् ।

उनले पहिरो पन्छाउन कम्तीमा पाँच घण्टा लाग्ने जानकारी दिए । एसपी रिजालका अनुसार पहिरो पन्छाउन तीन वटा मेशिनले काम गरिरहेको छ । तर, माथिबाट पहाड नै चिरा परेको कारण अझै पनि ठूलो पहिरो खस्ने सम्भावना छ ।

यता नारायणगढ मुग्लिङ सडक खण्डको तुइनखोलामा पनि अहिले सडक अवरुद्ध रहेको छ । बिहान खसेको पहिरोले बन्द भएको सडक खुलाउन करिब एक घण्टा लाग्ने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले आग्रह गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४५ घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेला सडकमा परेको गाडीको चाप सामान्य नहुँदै धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् । दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आज र भोलि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आज र भोलि सञ्चालन गर्दैछ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तयारी गरिएको यो परीक्षा जेनजी आन्दोलनपछि मुलुकमा विकसित विषम परिस्थितिको कारण पछि सारिएको थियो ।

बोर्डले आज अनिवार्य अंग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।

त्यस्तै असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ ।

यस वर्ष कक्षा १२ को परीक्षाफल गएको साउन १९ गते सार्वजनिक भएको थियो । परीक्षामा ५ लाख १० हजार ९८७ जना परीक्षार्थी सहभागी थिए। जसमध्ये २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका थिए भने १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेड भएका थिए ।

डेम्बेलेले जिते बेलन डे’ अर

काठमाडौं । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले सोमबार पेरिसमा आयोजित विशेष कार्यक्रमबीच विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बेलन डे’अर जितेका छन् । उनको महत्वपूर्ण योगदानको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।

पीएसजीले आफ्नो इतिहासमा च्याम्पियन्स लिग जितेको यो पहिलो पटक हो । महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन् । डेम्बेले भने यो अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी भएका छन् । पीएसजीले पछिल्लो सिजनको च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानलाई ५–० ले हराएको थियो ।

यस्तै पीएसजीले फ्रान्सेली लिग र कप दुवै उपाधि पनि जितेको थियो । बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबाट पनि खेलिसकेका २८ वर्षीय डेम्बेले सन् २०१८ को विश्वकप विजेता फ्रान्सेली टिमका सदस्य पनि हुन् । अवार्ड जित्ने होडमा बार्सिलोनाका किशोर खेलाडी लामिन यामल दोस्रो स्थानमा रहे ।

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा मंगलबार बिहान ८ बजे बस्ने बैठकमा ६ वटा कार्यसूची तय गरिएको छ ।

प्रवक्ता मनिष झाका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ । यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए ।

चौथो कार्यसूचीमा पार्टी संगठन एवं विभागबारे छ। केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना छ । पाँचौं कार्यसूचीमा आगामी फागुन २१ गतेलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीतिबारे पनि छलफल हुनेछ । त्यस्तै बैठकमा पार्टीको पहिलो महाधिवेशनबारे पनि छलफल हुनेछ । महाधिवेशन फागुन ७, ८, ९ गते तय गरिएको छ ।

कामपाद्वारा २० हजार बिद्यार्थीलाई सवा दुई अर्बको छात्रवृत्ति वितरण

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहलमा पछिल्लो तीन वर्षमा ५२ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । मेयर बालेन शाहले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कानून कार्यान्वायनको पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार र यो वर्ष २० हजार दुई सय ८२ जनाले छात्रवृत्ति पाएका छन् ।

महानगरअन्तर्गतका संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्ने कानूनलाई लागू गर्दा २० हजारभन्दा धेरै विद्यार्थीले सवा दुई अर्बको छात्रवृत्ति पाएका हुन् । नियमअनुसार छात्रवृत्ति नदिने शैक्षिक संस्थालाई कारबाही गरिने बालेनको चेतावनी छ ।

यस शैक्षिक सत्र २०८२ मा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ, जसअनुसार १६,९८० जनाले छात्रवृत्ति पाएका हुन्।केही बिद्यालयले हालसम्म विवरण बुझाएका छैनन् ।

‘उहाँहरुलाई यथाशिघ्र विवरण बुझाउन अनुरोध गर्छौ, विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ बालेनले लेखेका छन् ।

प्राप्त भएको विवरणको पनि महानगरले अनुगमन गर्ने र फरक पाइएमा कानुन बमोजिम कारबाही हुने उनले बताएका छन् । ‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं,’ उनले भनेका छन् ।

झलनाथ पत्नीलाई थप उपचारका लागि भारत लगिंदै

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । छोरा निर्भिकसहित भारत जाने तयारी रहेको परिवारका एक सदस्यले बताए । उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो । उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो । अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार, अब चित्रकारको ज्यान खतरामा भने छैन ।

तर, उनलाई निमोनिया भने निको हुनका लागि समय लाग्छ । आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको डा. राईले जानकारी दिए ।

उनको स्वास्थ्यमा सुधार देखिएको भए पनि निमोनिया चाँडो निको गराउन पनि परिवारकै सल्लाह अनुसार भारत लान लागिएको हो ।डा. राईका अनुसार चित्रकारको शरीरमा १५ प्रतिशत जलन भएको छ ।

दुई महिनादेखि अवरुद्ध अरनिको राजमार्ग निरीक्षणमा पुगे मन्त्री घिसिङ

सिन्धुपाल्चोक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले  दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

पहिरोका कारण गएको दुईमहिनादेखि सो सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा हजार बढी कन्टेनर अलपत्र परेका छन् । दसैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामान समयमा आइपुग्ने सम्भावना कम भइरहेका बेला मन्त्री घिसिङ स्थलगत अनुगमनका लागि सो क्षेत्रमा सोमबार स्वयम् पुगेका हुन् ।

मन्त्री हुनेबित्तिकै कुलमानले सरोकारवालाको बैठक बोलाएर सडक खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

त्यस्तै देशभरका हरेक सडकलाई चौबीसै घण्टा कडा निग्रानीमा राख्न र दशैभर आवतजावतामा कुनै बाधा पर्ने नदिने गरी व्यवस्थापन गर्न समेत उनले आइतबार निर्देशन दिएका थिए ।

शिक्षामन्त्री पुन मन्त्रालयकै कोठामा बस्ने, आफै पकाएर खाने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । आज (सोमबार) पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले सुत्ने खाट र खाना पकाउने व्यस्थापन गर्न भनेका हुन् ।

‘म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी छ । मन्त्रालयमै एउटा कोठा बनाउनुस्, खाट र कुर्सी चाहिन्छ । किचन भए पुग्छ, म आफै पकाएर खान्छु’, मन्त्री पुनले भने । उनले आफूलाई प्रहरी वा सेनाको सुरक्षा आवश्यक नपर्ने बताएका छन् । ‘अहिलेसम्म आएको सुरक्षा टोलीलाई कमाण्डरलाई रिपोर्ट गरेर फर्कन भनेको छु । मेरो अघिपछि आउनु पर्दैन’, पुनले भने । उनले मन्त्रालयको कामका लागि बाहिर जाँदा गाडी भने प्रयोग गर्ने बताएका छन् । ६ महिनाका लागि मन्त्री भएको बताउँदै उनले आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाए ।

पुनले गरे पहिलो निर्णयमै हस्ताक्षर नगर्ने जिद्दी
नव नियुक्त शिक्षामन्त्री महावीर पुनले पदभारग्रहण गरेका छन् । केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्रीलाई पहिलो निर्णयमा हस्ताक्षर गराउने प्रचलन छ । तर, मन्त्री पुनले पहिलो निर्णयमा हस्ताक्षर नै गर्न मानेनन् ।

मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा मन्त्रीको सही गराउन खोजेको थियो । तर, मन्त्री पुनले यस्ता समिति कति बन्छन् कति भनेर हस्ताक्षर नगर्ने जिद्दी लिए । त्यसपछि कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै निकै बेर सम्झाएपछि उनी तयार भए । मन्त्री पुनले भने, ‘अहिले हस्ताक्षर चाँहि गर्छु, तर, यो निर्णयलाई पछि मेरो टिमले हेर्नुपर्छ ।’

 

पुनःनिर्माणमा देशमै उत्पादित सामाग्रीको प्रयोग गर्न उद्योगमन्त्रीको निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका छन् ।

पदबहालीपछि उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामाग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे ।

त्यस अवसरमा उनले पुननिर्माण गर्दा केही महङ्गो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरीकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने,“अहिलेको मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो । युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ । यसमा लाग्छौँ ।”

मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले चुनाव गराउने र राज्य सञ्चालनको जिम्मा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रष्ट्याए। उनले आगामी चुनावमा नयाँ अनुहारलाई सदनमा देख्न पाउने आशा व्यक्त गरे ।

“छ महिनामा धेरै उपलब्धि हासिल गर्ने आशा नराखौँ । कार्यविधिगत कुरामा सहजीकरण गर्नेका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु”, मन्त्री सिन्हाले भने,“जेनजीहरूले दिएको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ ।”

मन्त्री सिन्हाले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भएर काम गरिसकेका छन् ।

भक्कानिँदै उद्योगमन्त्री सिन्हाले भने–जेनजी शहीद परिवारलाई रोजगारी दिलाउन पहल गर्छु

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । आज (सोमबार) मन्त्रालयमा पदभार सम्हाल्दै उनले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरुको परिवारलाई रोजगार दिनसके उनीहरुलाई केही सहज हुने बताएका छन् ।

उद्योगसँगै कानुुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका उनले आफू कानुन क्षेत्रमा रहँदा पनि कर, वैदेशिक लगानी तथा उद्योग वाणिज्यसम्बन्धी विषयमा नै काम गरेको उल्लेख गरे। ‘जो अहिले सहादत प्राप्त गर्नु भएको छ, घाइते हुनुहुन्छ, उहाँहरुलाई देशमा भएका उद्योग, उद्यमीहरु जति हाल चलिरहेको छ या चलाईरहेको छ,’ मन्त्री सिन्हाले भने, ‘उहाँहरुलाई म आह्वान गर्न चाहन्छु, उहाँहरुको परिवार कसैलाई रोजगारी दिने । त्यो भएपछि केही हदसम्म पनि उहाँहरुलाई सान्त्वना हुन्छ की भन्ने जस्तो लागेको छ । त्यतातिर म एकचोटी छलफल गर्छु ।’

उनले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने, अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गरेका छन् । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा पदभार ग्रहण गर्दै गर्दा भक्कानिएका थिए ।

उनी जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्झिँदै भक्कानिएका हुन् । ‘अप्ठ्यारो परिस्थितिमा छौं हामी सबै । पूरै देश नै आक्रान्त भएर बसेको अवस्था छ । राजनीतिक स्थायित्व र जुन प्रयोजनका लागि आन्दोलन भएको थियो । सुशासनको अभाव, अवसरबाट वञ्चित लगायत चुनौतीहरूविरुद्ध जुन जेनजीको आन्दोलन भयो । अत्यन्तै दुःख लाग्छ । ७० जनाभन्दा बढिले ज्यान गुमाउनु भयो ।’ एकछिन भन्दै मुन्टो निहुराएर उनी भक्कानिए ।

जनतालाई अनुभूत हुने गरी केहि काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज (सोमबार) मन्त्रालयमा पदभार ग्रहणपछि उनले यस्तो बताएका हुन् । उनले नेपालको कर्मचारीतन्त्रलाई विश्वास गर्न सकिने देख्न रहर भएको बताएका छन् ।

‘खरानी र धुलो टकटक्याउँदै अब हामी जनतालाई अनुभूत हुने गरी केही पक्कै गर्छौं । यो सरकारमा रहेका हामी जति पनि मन्त्रीहरू छौं, हामीले देश पहिला, जनता पहिला अनिमात्रै अरु कुरा आउँछ । देश र जनता बनाउने कुरामा अघि बढ्छौं,’ खरेलले भने ।

‘स्वतन्त्र बनियो भने, कुनै नेताको गोटी बन्न परेन भने, नेपालको ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक कर्मचारी दख्खल राख्छन् । लोकसेवा त्यतिकै पास गरेको हुँदैन,’ उनले भने । एउटा मन्त्री मात्रै भएर काम गर्न नसकिने भन्दै उनले कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

‘सचिवज्यू तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ । काम अघि बढाउनुस् । मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन । म तपाईंबाट सिक्छु,’ उनले भने, ‘म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु । मलाई विश्वास छ होइन, विश्वास गर्न चाहन्छु । म हस्तक्षेप गर्दिनँ यो मेरो प्रतिबद्धता हो ।’

मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिलाई सम्झिएर भावुक समेत भएका छन् । उनले आन्दोलनका क्रममा घाइते र मृतकका परिवारलाई सम्झँदै ६ महिनामा मन्त्रीले त्यति धेरै काम गर्न नसिके समेत बताए। त्यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु र भ्रष्टाचारलाई नियन्त्र गरी सुशान कायम गर्नुपर्नेमा उनले जोड दिए । तर भ्रष्टाचारलाई नियन्त्र गरी देशमा सुशान कायम गर्न ५ वर्ष लाग्ने उनको भनाइ छ ।

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० प्रमुख शहरका सार्वजनिकस्थलमा निःशुल्क इन्टरनेट

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पाँच महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिकस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।

पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए । निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

मन्त्री घिसिङले गरे जलविद्युत आयोजनाको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको आज दोस्रो दिन सञ्चालन भइरहेको छ ।

चिलिमे जलविद्युत कम्पनीको प्रवन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो । उक्त आयोजनाबाट परीक्षणका क्रममा पूर्ण १०२ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ । तर, जुरेको पहिरो, भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी, स्थानीय अवरोधलगायतका कारण आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो ।

जलविद्युत् कम्पनीलाई कानुन नबन्दै आईपीओमा रोक्न मिल्दैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिन उचित हुने सुझाव दिइएको भए पनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताएका छन् । आज (सोमवार) स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खनालले जलविद्युत कम्पनीको आईपीओ जारी गर्ने सम्बन्धमा थप कानुन नबन्दै निवेदन दिइसकेका कम्पनीको आईपीओ नमिल्ने बताएका हुन् ।

भेटमा जलविद्युत कम्पनीहरूको धितोपत्रको निष्काशन तथा बिक्रीका सम्बन्धमा कुरा गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले धितोपत्र बोर्डले २८ महिनादेखि जलविद्युत कम्पनीको आईपीओ रोकेका कारण प्रवद्र्धक र राज्यलाई गरी समग्रमा एक खर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भइसकेको बताए ।

अध्यक्ष कार्कीले पाइपलाइनमा भएका ४ दर्जन कम्पनीको २३ अर्ब रुपैयाँभन्दा बढीको सार्वजनिक निष्काशन यथाशिघ्र गरिनुपर्ने, जलविद्युत कम्पनीहरुलाई आईपीओको अनुमति पाउन नेटवर्थ नचाहिने व्यवस्था गरिनुपर्ने, ठूलो रकम लगानी हुने भएकैले ऊर्जा आयोजनाले निर्माणाधीन अवस्थामै स्थानीय र सर्वसाधारणलाई सेयर जारी गर्नैपर्ने कानुनी व्यवस्था गरिएकोले बिना कुनै कानूनी आधार विद्युत उत्पादन सुरु नगरेसम्म आईपीओको निवेदन नै नलिने धितोपत्र बोर्डको बदनियनपूर्ण निर्णय खारेज गरी ५० प्रतिशत निर्माण पुरा भएपछि आईपीओको निवेदन दिने र ६५ प्रतिशत निर्माण पुरा भएपछि आईपीओको अनुमति पाउने नियम कार्यान्वयन गरिनुपर्ने र सिडीएससीले सर्वसाधारण र प्रवर्द्धकहरूलाई छुट्टाछुट्टै आइजीन नम्बर दिने भन्दै सार्वजनिक निष्काशन गरिसकेका जलविद्युत कम्पनीको सेयर नेप्सेमा सूचीकृत नगरेकोले दोहोरो आइजीनको व्यवस्था खारेज गरी ती कम्पनीको सेयर सूचीकृत हुनुपर्ने माग अर्थमन्त्री खनालसामु राखेका थिए ।

त्यस्तै आईपीओ धितोमा ऋण लिएका कम्पनीहरुलाई बैंकले ऋण चुक्ता गर्न ताकेता गर्न थालेको र बत्ति नबलेका आयोजनालाई यस्तो ऋण दिन बन्द गरेको र आईपीओबाट समेत पैसा आउने बाटो अनिश्चित भएकाले बत्ती बाल्ने चरणमा पुगेका दर्जनौ जलविद्युत आयोजनाको निर्माण लम्बिएर ठूलो रकम दायित्व बढिसकेकाले समस्या समाधानका लागि गम्भीर भइदिन पनि अध्यक्ष कार्कीले खनाललाई आग्रह गरे ।

चालु आर्थिक वर्षको बजेटमा नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) मा लिऊ र तिर (टेक एण्ड पे) व्यवस्था समावेश गरेकोमा बजेट पारित हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्था जलविद्युत विकासको विरुद्धमा हुने देखिएर फिर्ता गरिएको भनी प्रतिनिधिसभामा सम्बोधन गरे पनि हालसम्म बजेटबाट नहटाइएकोले १० मेगावाटभन्दा साना आयोजनाको नियमित रुपमा हुँदै आएको पीपीए पनि रोकिएको र अध्ययन सकेर पीपीएको पाइपलाइमा बसेका १३ हजार मेगावाट बराबरका आयोजनाको पनि पीपीए अनिश्चित भएकोले बजेटबाट टेक एण्ड पे पीपीए को व्यवस्था हटाएर पीपीए खुला गर्नका लागि सहजिकरण गरिदिन पनि इप्पानले अर्थमन्त्री खनाललाई आग्रह गरेको छ ।

त्यस्तै विद्युत ऐनमा नै जलविद्युत आयोजनाका स्पेयर्स पार्टस् आयात गर्दा १ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था हुँदा हुँदै सरकारले पछिल्लो दुई वर्षदेखि २८ प्रतिशत भन्सार लिएर मात्रै स्पेयर्स पार्टस् आयात गर्न दिइरहेकाले विद्युत ऐनको व्यवस्थामा टेकेर स्पेयर्स पार्टस् आयातको व्यस्था गरिदिन र जलविद्युत आयोजनालाई स्थानीय सरकारले आफूखुसी कर तोकेर पत्र काट्ने, सेयर माग्ने काम गरिरहेकाले यस्ता गतिविधि रोक्न पनि इप्पानले अर्थमन्त्री खनालसँग माग गरेको छ ।

इप्पान प्रतिनिधि मण्डलको कुरा सुनेपछि अर्थमन्त्री खनालले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओको अनुमति दिनु उपयुक्त हुने सुझाव आफूले दिएको भएपनि उक्त सुझाव कार्यान्वयनका लागि आवश्यक कानुन बनिनसकेको र अहिले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल नयाँ कानुन बन्ने वा संशोधन हुने अवस्था पनि नरहेकोले साविककै कानुन अनुसार सबै कम्पनीले आईपीओ अनुमति पाउनुपर्ने बताए ।

कर्मचारीले घुस मागे सिधै फोन वा इमेल गर्न सकिने
अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका निकाय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गर्नुपर्ने काम नगरेमा सिधै मन्त्रीलाई गुनासो गर्न मिल्ने व्यवस्था गरेका छन् । सोमबार मन्त्री खनालले आफ्नो इमेल वा मन्त्रालयको टोल फ्री नम्बरमा उजुरी गर्न सूचना जारी गरेका हुन् ।

सोमबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यकाको लागि दबाब दिएको र घुस तथा रिसवत मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।

अर्थमन्त्री खनालले घुस वा रिसवत माग गर्ने लगायतका कुनै पनि अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ भएको अवस्थामा अर्थमन्त्री खनालको अफिसियल इमेल वा टोल फ्री नम्बरमा गुनासो गर्न सकिने भएको छ । अर्थमन्त्री खनालले यसको लागि उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई सम्पर्क व्यक्ति पनि तोकेका छन् ।

शान्ति र स्थिरताका लागि संयुक्त राष्ट्रको दृढ प्रतिबद्धता

संयुक्त राष्ट्र । संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई ‘सहकार्य र समझदारीको पुल बनाउन र स्थिरता तथा समृद्धि स्थापना गर्न’ अपिल गरेका छन् । उनले भने,“द्वन्द्वले ग्रस्त संसार शान्तिको लागि तात्कालिक आवाज उठाइरहेको छ ।”

विश्वमा द्वन्द्व र त्यसको प्रभाव

गुटेरेसले विश्वका विभिन्न भागमा बढ्दो द्वन्द्वका कारण धेरै मानिसहरूको जीवन ध्वस्त भएको, बाल्यकाल हराएको र आधारभूत मानव अधिकारहरूको अवमूल्यन भइरहेको उल्लेख गरे । “हामी द्वन्द्वको विस्फोट देखिरहेका छौं, अन्तर्राष्ट्रिय कानून उल्लङ्घन भइरहेको छ र अभूतपूर्व सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य छन् ।”

शान्ति सबैको साझा जिम्मेवारी

महासचिवले शान्ति सबैको साझा जिम्मेवारी भएको भन्दै, दिगो विकासले शान्ति स्थापना गर्न सहयोग गर्ने तर अहिले विकासमा पछाडि रहेका अधिकांश देशहरूमा द्वन्द्व जारी रहेको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय समुदायलाई जातीय विभेद, मानवीय अपमान र गलत सूचना जस्ता द्वन्द्व बढाउने कारणहरूलाई अन्त्य गर्न आह्वान गरे र सबैलाई ‘सम्मान र सहिष्णुताको भाषा बोल्न’ आग्रह गरे।

शान्ति नै आशाको प्रतीक

“जहाँ शान्ति हुन्छ, त्यहाँ आशा पनि हुन्छ,” गुटेरेसले भने । “शान्तिका कारण परिवारहरू पुनः एकताबद्ध हुन्छन्, समुदायहरू पुनर्निर्माण हुन्छन्, र बालबालिकाहरूले सुरक्षित वातावरणमा शिक्षा र खेलकुद गर्न पाउँछन ।”

अन्तर्राष्ट्रिय शान्ति दिवसको महत्व

अन्तर्राष्ट्रिय शान्ति दिवस सन् १९८१ मा संयुक्त राष्ट्र महासभाद्वारा स्थापना गरिएको हो । सन् २००१ मा यस दिनलाई विश्वव्यापी अहिंसा र युद्धविरामको समयका रूपमा घोषणा गरिएको छ ।

कृषिमन्त्री परियारले गरे पदभार ग्रहण : मल अभावको समस्या हटाउने प्रयास गर्छु

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । उनले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले मल बिना कृषिको उत्पादन बढाउन नसकिने बताएका हुन् ।

मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उनले बताए । मल आयात भएको खबर सार्वजनिक भइरहँदा पनि यसको अभाव हुने कुराको आफूले गहिरो अध्ययन गर्ने उनले बताए । उनले भने, ‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन । मैले यो विषयमा अझै अध्ययन गर्न जरुरी छ कि आखिर भएको के रहेछ ।’ उनले कृषकको हित हुने काम गर्ने बताए । वर्तमान सरकारको मुख्य प्राथमिकता चुनाव गराउने, सुशासन कायम गर्ने र बेतिथि नियन्त्रण गर्ने भएकाले सोहीअनुरुप आफूहरुले काम गर्ने उनको भनाइ छ ।

नेपालको सामाजिक न्याय, समावेशीकरण र विकासका बहसमा डा. मदन परियार एउटा विशिष्ट नाम हो । दलित पृष्ठभूमिबाट आएको व्यक्तित्वले शैक्षिक सफलता, पेशागत योगदान र राजनीतिक जिम्मेवारीसम्मको यात्रा तय गरेका छन् । अन्तरिम सरकारमा उनलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

कार्की नेतृत्वको सरकार गठन भएपछि डा. मानबहादुर विकसहित दलित समुदायबाट विभिन्न नाम चर्चा चलिरहँदा मदनको नाम गुमनाम थियो । तर, एकाएक परियारको नाम टुंगियो । सप्तरीको सामान्य परिवारमा जन्मिएका डा. परियारले आफ्नो बाल्यकाल सामाजिक विभेदका छायाँमा बिताए । तर, संघर्षका बीच उनले उच्च शिक्षा हासिल गर्दै देशमै दुर्लभ उपलब्धि हासिल गरे ।

भारतस्थित इलाहाबाद एग्रीकल्चर इन्स्टिच्युटबाट कृषि इन्जिनियरिङ अध्ययन पूरा गरेपछि उनले थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट स्नातकोत्तर र विद्यावारिधी अर्थात पीएचडीको डिग्री प्राप्त गरे । यसैमार्फत उनी प्राविधिक विज्ञ मात्र नभई अनुसन्धानकर्ता र नीति विश्लेषकको रूपमा स्थापित भए ।

रोबोटिक गाडीमा फर्किँदै युक्रेनी सेना

डोनेट्स्क क्षेत्र (युक्रेन) ।  घातक रूसी ड्रोनले भरिएको युद्धभूमिमा, युक्रेनी सैनिकहरू बढ्दो रूपमा फुर्तिलो, रिमोट–नियन्त्रित बख्तरबन्द सवारी साधनहरूमा फर्किरहेका छन् । यी सवारी साधनले सम्भावित जीवनलाई जोखिममा पार्ने मिसनहरूबाट धेरै कार्यहरू र अतिरिक्त सैनिकहरू प्रदर्शन गर्न सक्छन् ।

साढे तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा सैनिकहरूको अभावको सामना गरिरहेको कारण युक्रेनी सेना विशेष गरी सैनिकहरूलाई ‘रोबोट अन ह्विल्स’ भनेर सम्बोधन गर्न उत्सुक छ । सवारी साधनहरू सानो ट्याङ्कीजस्तै देखिन्छन् र आपूर्ति गर्न, खानीहरू सफा गर्न र घाइते वा मृतलाई निकाल्न सक्छन् ।

“यसले मानिसहरूलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन”, बोलाउने चिह्न मियामीबाट चिनिने र सैन्य नियमहरू अनुरूप नाम नछाप्ने सर्तमा २०औँ ल्युबार्ट ब्रिगेडको प्लाटुनका कमान्डरले भने, “म यसलाई यसरी भन्छुः एकजना व्यक्ति त्यहाँ जान सक्छ, तर मानिसका लागि यो (कहिलेकाहीँ)धेरै खतरनाक हुन्छ ।”

रोबोटिक सवारीहरू प्रायः युक्रेनी कम्पनीहरूद्वारा बनाइएका हुन् र तिनीहरूको आकार र क्षमताहरूमा निर्भर गर्दै लागत लगभग एक हजार डलरदेखि ६४ हजार डलरसम्म हुन्छ ।

तिनीहरू एक हजार किलोमिटर (छ सय २० माइल)फ्रन्ट लाइनमा युक्रेनी सेनाका लागि महत्त्वपूर्ण भए तापनि त्यस्ता सवारी साधनहरू युद्धका लागि नयाँ होइनन् ।

जर्मन सेनाले दोस्रो विश्वयुद्धमा रिमोट–नियन्त्रित लघु ट्याङ्क प्रयोग गरेको थियो । यसलाई तारले बाँधिएको थियो–जसलाई गोलियाथ भनिन्छ ।

रणनीतिक अध्ययनका लागि अन्तर्राष्ट्रिय संस्थानका फेलो बेन ब्यारीका अनुसार हालैका दशकहरूमा अमेरिका, इजरायल, बेलायत र चीनले लडाइँ इन्जिनियरिङ र अन्य युद्धभूमि भूमिकाहरूका लागि प्रयोग गरिएको आधुनिक संस्करणहरू विकास गरेका छन् ।

“तर युक्रेनले यी सवारी साधनहरूको व्यापक तैनाती उल्लेखनीय छ र यसले प्रगति निम्त्याउन सक्छ”, ब्यारीले भने ।

रुसी सेनाले रिमोट–नियन्त्रित सवारी साधनहरू पनि प्रयोग गर्दछ ।

– ड्रोनदेखि स्वायत्त सवारीसम्म –

सन् २०२२ फेब्रुअरी २०२२ मा मियामी रुसको पूर्ण आक्रमणको पहिलो दिन सेनामा सामेल भए। उनले आफ्नो पछिल्लो कार्यभार अघि पैदल सेना र पछि ड्रोन अपरेटरका रूपमा सेवा गरे । उनको मार्गले युद्ध कसरी विकसित भएको छ भनेर प्रतिबिम्बित गर्दछ ।

“म कल्पना पनि गर्न सक्दिनँ कि म (ड्रोन)पाइलट बन्नेछु”, उनले भने, “तर युद्ध प्रगति हो र हामी अलग रहन सक्दैनौँ ।”

उनको टोलीले तैनाथ गर्ने रोबोटिक सवारी साधनहरू बख्तरबन्द हुन्छन् र कुनै पनि पाङ्ग्रा वा ट्र्याकहरूमा राखिएका हुन्छन् । सैन्य रङमा चित्रित, तिनीहरू हिलो वा माटोका सडकहरूमा बिस्तारै क्रल गर्छन्, सजिलैसँग इलाकामा नेभिगेट गर्छन् जुन सैनिकहरूका लागि गाह्रो–वा धेरै खतरनाक हुन्छ ।

“तिनीहरू एउटा सर्तमा आइपुग्छन् र हामी तिनीहरूलाई सुधार गर्छौं”, मियामीले भने, “रुसको अनुहारमा हामी नियन्त्रणहरू राम्रोसँग काम गर्न अनुकूलन गर्दछौँ, इलेक्ट्रोनिक युद्ध ताकि जडान काट्दैन ।”

मियामीको १० सदस्यीय टोलीले प्रायः तिनीहरूलाई फ्रन्ट नजिकका सैनिकहरूलाई खाना र गोलाबारुद पु¥याउन प्रयोग गर्दै भर्खरै आफ्नो मिसनमा मेसिनहरू समावेश गर्न थालेको छ ।

“रिमोट–नियन्त्रित वा पहिलो–व्यक्ति दृश्य, ड्रोनहरू जस्तै, यी सवारी साधनहरूको प्रयोग मात्र बढ्नेछ” नाम नछाप्ने सर्तमा बोलाउने चिह्न अकिमबाट चिनिने मियामीको युनिटका एक सिपाहीले भने, “जब एफपिइभी ड्रोनहरू पहिलो पटक देखा प¥यो, तिनीहरू लोकप्रिय थिएनन्, तर जसले तिनीहरूलाई अग्रगामी बनाए, (अब)(उत्कृष्ट)परिणामहरू देखाउँछन् ।”

– एउटा स्वायत्त गाडी ‘थकित हुँदैन’ –

रिमोट–नियन्त्रित गाडी अगाडि पठाउनुअघि अकिमले अवरोध वा खानीहरू जाँच गर्न योजनाबद्ध मार्गमा ड्रोन उडाँउछन् ।

अगाडिबाट १० किलोमिटरभन्दा कम दूरीमा रहेको कोस्टियान्टिनिभ्का नजिकैको साँघुरो तहखानाबाट सञ्चालन गर्दै अकिमले हवाई बमको मफल्ड थड्स, तोपखानाको धारिलो दरार र ड्रोनको हल्ला सुन्न सकिन्छ ।

कुनै समय ६७ हजार मानिसको घर रहेको कोस्टियान्टिनिभ्का, बख्मुतको पश्चिममा युक्रेनी–नियन्त्रित क्षेत्रको सङ्कुचित प्याचमा रहेको ठूलो मात्रामा सुनसान सहर हो । यो रूसी सेनाद्वारा तीनैतिरबाट लगभग घेरिएको छ । अपार्टमेन्ट ब्लकहरू आक्रमणले दाग लगाएका छन्, हालैका बम विस्फोटहरूबाट अझै धुवाँ उठ्छ र नजिकैको पोक्रोभस्कतर्फ जाने सडकहरू जलेका कारहरूले भरिएका छन् ।

हवाई ड्रोनले अकिमलाई आफ्नो जीवनलाई जोखिममा नपार्दै सहर र मार्गहरू पत्ता लगाउन अनुमति दिन्छ ।

“प्रत्येक पटक ड्रोन वा रोबोटले केही गर्छ भने यसको अर्थ हाम्रो लडाकूहरू मध्ये एकले गर्नुपर्दैन”, अकिमले भने, “यसबाहेक, मेसिन थकित हुँदैन । यसले आवश्यकता अनुसार धेरै बोक्न सक्छ ।”

अकिम जोयस्टिकले रोबोटिक गाडी चलाउने अर्का सिपाहीसँग मिलेर काम गर्छन् । गाडीमा कुनै क्यामेरा छैन् यसको सट्टा, अकिमको ड्रोन फिडले यसको ‘आँखा’ प्रदान गर्दछ ।

हालैको एउटा मिसनमा, टोलीले यसलाई दुई सय किलोग्राम(चार सय ४० पाउण्ड)आपूर्ति–गोला बारुद, इन्धन, पानी र खानाले लोड गरेको थियो र यसलाई धेरै किलोमिटर अगाडि नजिकका ड्रोन अपरेटरहरूलाई पठाएको थियो । मेसिन लगभग छ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढ्यो, यसको कार्गो जङ्गलमा राम्रोसँग लुकेको स्थानमा पुग्यो र आधारमा फर्कियो।

– सडकको छेउमा

रोबोटिक सवारी साधनहरू कार वा ट्रकहरू भन्दा बिस्तारै सर्छन् र सामान्यतया खुला मैदानभरि तिनीहरू एक सजिलो लक्ष्य हुन् र यो तिनीहरूको अपनाउने सुस्त पार्ने एक कारक हो ।

“त्यसैले हामीले धेरै घाइतेहरूलाई (यी सवारी साधनहरूमा) निकाल्न सकेनौँ”, मियामीले भने, “केहीले छोड्न अस्वीकार गर्छन् किनभने यो खतरनाक छ ।”

त्यहाँ लागतका विचारहरू पनि छन् । उनको प्लाटुनले प्रयोग गर्ने सवारी साधनहरू लगभग चार लाख ह्रिवनियास (नौ हजार सता सय डलर) का छन् । “यो धेरै महँगो छैन, तर जब एक हप्तामा तीन वा चार नष्ट हुन्छन्, कुल धेरै खँर्च हुन्छ”, मियामीले भने ।

उनीहरूलाई कम असुरक्षित बनाउन, मियामी र उनका सिपाहीहरूले मेसिनहरूमा वेल्डिङ ग्रिल–जस्तो पिँजडाहरू वा खानीहरू पत्ता लगाउन अगाडि धातुको रोलरहरू संलग्न गर्ने प्रयास गरेका छन् । युद्धले वास्तविक–समय प्रतिक्रिया प्रदान गर्दछ जुन निर्माण भइरहेको नयाँ मोडेलहरूमा समावेश गरिएको छ ।