`

महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बडालले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिएका छन् । भदौ २४ गतेबाट लागू हुनेगरी उनको राजीनामा स्वीकृत भएको प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ । नव नियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

 

खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय (तस्बिरहरु)

काठमाडौँ । २०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति पुर्याएर रेट्रो फिटिंग गरी पुनः प्रयोगमा ल्याइएको सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको थियो ।

भाद्र २३ गते भएको जेन जी आन्दोलन र त्यस पछिको आगजनीले नेपालको प्रमुख प्रशासनिक भवनको रुपमा समेत रहेको सिंहदरबार अहिले खण्डहर बनेको छ । सो भवनको पश्चिम भाग पूर्ण ध्वस्त भएको छ ।

 

 

 

प्राण त्याग्नुअघि नरेशले नाम लिएका चार जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जानकारी दिए ।

उनीहरू अहिले प्रहरी नियन्त्रणमा रहेको र आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए । शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका–४, बैतडा २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभमा आएर प्राण त्यागेका थिए । आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरिएको आरोप लगाएका थिए । केही व्यक्तिको नाम लिँदै आत्महत्या गर्न बाध्य भएको उनले बताएका थिए ।

‘मलाई सोसल अत्याचार भयो । म मर्दैछु । सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले आत्महत्याअघि भनेका थिए्, ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो । मलाई नाङ्गै बनाएर दौडायो, गाइज ।’ मृतककी दिदी हिरा धानुक रावलले पनि राति साढे १० बजेतिर जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गर्दै आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेकी छन् ।

‘सुरुमा रक्सी पिलाएका रहेछन् । त्यसपछि नाङ्गो बनाएर कुटपिट गरे । त्यस्तो अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो, मर्ने थिएन, मलाई मर्न बाध्य बनायो भनेर उनीहरूको नाम लिएको छ’, उनले सुनाइन् । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा चार जनाविरुद्ध किटानी जाहेरी समेत दिएका छन् ।

सभापति देउवा र नेतृ राणामाथिको आक्रमण अमानवीय : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित विभिन्न नेतामाथि भएको आक्रमणलाई पनि कांग्रेसले अमानवीय भन्दै निन्दा गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आइतबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनमा युवाको ज्यान जानु र खर्बौं मूल्यको सम्पत्ति नष्ट हुनु दुःखद भएको उल्लेख छ । उनले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा संवेदना व्यक्त गर्दै घटनाको छानबिन तत्काल सुरु गर्न सरकारलाई पुनः आग्रह गरेका छन् ।

विज्ञप्तिमा आन्दोलनमा घुसपैठका कारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि निजी घर र व्यवसायिक प्रतिष्ठानसम्ममा भएको तोडफोड र आगजनी निन्दनीय र भत्र्सनायोग्य भएको उल्लेख गरिएको छ । कांग्रेसले सरकारले वास्तविक क्षतिको आंकलन तत्काल सुरु गर्न माग गरेको छ ।

मेरो नाम हटाई दिनुस्, म मन्त्रीको आकांक्षी होइन : डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले मन्त्री चयनका लागि भन्दै भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन् । जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री बनाउने भन्दै डा. केसीको नाम पनि समावेश गरेका थिए । यपछि डा. केसीले अन्तरिम सरकारको मन्त्रीहरू छान्न केही समूहले आफ्नो नाम राखेर मतदान गरिरहेको भन्दै हटाउन आग्रह गरेका हुन् ।

डा. केसीले नव युवापुस्ताको आन्दोलनको समाप्तिपछि गठन भएको अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीको नियुक्तिले यस संक्रमणकाललाई तार्किक निष्कर्षमा पु¥याउने अपेक्षा लिएको पनि विज्ञप्तिमा बताएका छन् । ‘त्यस सरकारमा अन्य मन्त्रीहरू छान्न केही समूहले अनलाइन मतदान गरिरहेको भन्ने मेरो जानकारीमा आएको छ । कुनै पनि पद तथा ओहोदामा मेरो न पहिला आकांक्षा थियो, न अहिले छ र न भविष्यमा नै हुनेछ तसर्थ मेरो नाम मन्त्रिपरिषदको सदस्यका लागि भइरहेको अनलाइन भोटिङबाट हटाउन सम्बन्धित पक्ष लगायत सबैलाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा छ ।

ढुक्क हुनुस्, मलाई कसैले कैदी बनाइएको छैन : मिराज ढुङ्गाना

काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले आफू सुरक्षित रहेको बताएका छन् । सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश पोस्ट गर्दै उनले आफूलाई कसैले कैद नगरेको जानकारी गराएका छन् । मिराजले जेन–जी आन्दोलनको सुरुवाती नेतृत्व गरेका थिए । तर आन्दोलन हिंसात्मक बनेसँगै उनी सार्वजनिक रूपमा देखिएका थिएनन् ।

जेनजीको आन्दोलनले सत्ता परिवर्तन गरिंसक्दा समेत उनी नदेखिएपछि सामाजिक सञ्जालहरुमा उनको खोजी भइरहेको थियो । अहिले सुदन गुरुङलगायतले जेन–जीको नेता आफूहरू रहेको दाबी गरेका छन् । गुरुङ त प्रधानसेनापति र राष्ट्रपतिसँग समेत वार्तामा बसेका थिए । तर, गुरुङले आन्दोलनको नेता तथा आयोजक आफू नभई स्वयम्सेवकका रूपमा मात्रै सडकमा आएको बताएको भिडियो सार्वजनिक भइसकेको छ ।

यता जेन–जी आन्दोलनका वास्तविक नेता मिराज कहीँकतै नदेखिएपछि उनको अवस्थाबारे व्यापक रूपमा चासो र चिन्ता प्रकट भएको थियो । उनलाई सार्वजनिक गर्न सामाजिक सञ्जालमा अभियान नै चलाइएको थियो । आन्दोलनपछि अन्तरिम सरकार गठन भई प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेका दिन मिराज सार्वजनिक हुँदै भिडियो सन्देश पोस्ट गरेका हुन् ।

आइतबार बिहान टिकटकबाट भिडियो सन्देश दिँदै मिराजले देशमा ठूलो परिवर्तन भएको बताएका छन् । उनले आफूहरूको आन्दोलनले धेरै राम्रो भएको र केही नराम्रो पनि भएको टिप्पणी गरेका छन् । ‘मेरोबारेमा धेरै चिन्ता गरिएको पाएँ। म एकदम सेफ छु । हामी ठूलो चेन्जबाट चाहिँ गुज्रेका छौँ । धेरै राम्रो पनि भएको छ । कति कुरा नराम्रो पनि भएको छ । ठीक छ, अब जे हुनु भयो । हामीले अन्तरिम सरकार ल्यायौँ र यो एकदम खुशीको कुरा हो । मलाई कसैले त्यो कैदी बनाएको यताउती त्यस्तो केही पनि छैन । तपाईंहरू ढुक्क हुनुस् है,’ मिराजले भनेका छन् ।

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात

काठमाडौँ । आफूलाई जेनसी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ।

रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो।

अहिले प्रहरी पुगिसकेको छ। उनलाई प्रहरी र उनका केही समर्थकले पत्रकार सम्मेलन भएकै कक्षको एक कुनामा घेरेर राखेको छ।

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । राजधानीको थापाथलीस्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका देखिन्थे ।

देशको अहिलेको स्थितिले गर्दा अलि न्यून सहभागिता थियो ।

रास्वपा छोडेको घोषणा लगतै सुमनाको चेतावनी : जेनजी आन्दोलनलाई बदनाम नगरौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) त्यागेको घोषणा गरेकी नेतृ सुमना श्रेष्ठले आफू पार्टीबाट अलग भए पनि परिवर्तनको एजेण्डा नछाडेको बताएकी छन् । अहिलेको जेनजी आन्दोलनप्रति कट्टर समर्थन जनाउँदै पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले यसलाई बदनाम गर्ने कोशिश नगर्न आग्रह गरेकी छन् ।

फेसबुक लाइभमा बोल्दै श्रेष्ठले जेनजी आन्दोलनलाई भविष्यले गरेको विद्रोहको संज्ञा दिइन् । उनले भनिन्, ‘यो भविष्यले गरेको आन्दोलन हो । यो परिवर्तनका लागि गरिएको आन्दोलन हो । सबैलाई भन्न चाहन्छु मैले परिवर्तनको एजेण्डा छोडेको छैन । भित्र बसेर गर्न सकिनँ, अब तपाईंहरु माझ आएर गर्नेछु ।’

श्रेष्ठले नयाँ सरकारमा मन्त्री खान नजाने प्रष्ट्याएकी छन् । सरकारलाई बाहिर बसेर सघाउने उनको प्रतिवद्धता छ । युवाहरुको बलिदान खेर जान नहुने पनि उनले बताएकी छन् । ‘७२ जनाको ज्यान गइसकेको छ । उहाँहरुको बलिदानलाई कसैले पनि बदनाम गर्न पाउनु हुन्न । युवाको बलिदान यत्तिकै खेर जान नदिनुहोला । यो परिवर्तनका लागि युवापुस्ताले गरेको विद्रोह हो’, उनले भनिन् ।

पुराना राजनीतिक दलका युवा नेताहरुलाई उनले पार्टी छोड्न वा पुरानालाई विस्तापित गर्न सुझाव दिइन् । श्रेष्ठले भनिन्, ‘पुराना दलहरुको तेस्रो, चौंथो, पाचौं पुस्तालाई म आह्वान गर्न चाहन्छु, कति डराउने ? किन डराउने ? आखिर हामी सबैले चाहेको परिवर्तन हो । कि हट्नुस कि हटाउनुस । तर एउटा पार्टीभित्र बसेर जेनजीको रेभुलुसनलाई बदानम गर्ने अभियानलाई साथ नदिनु होला ।’

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् । हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

नव नियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ता सिफारिस गरिसकेकी छैनन् । कार्कीले मन्त्रिमण्डल नै विस्तार गरेकी छैनन् ।

के–के छन् नयाँ प्रधानमन्त्री कार्कीका चुनौतीहरु ?

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेकी छन् । प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै आजै सानो आकारको मन्त्रिमण्डल गठन गरिने बताइएको भए पनि आज प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना झिनो देखिएको छ । अहिलेसम्म शीतल निवासमा मन्त्रीहरूलाई शपथ खुवाउने कुनै पनि सुरसार छैन।

प्रधानमन्त्री कार्की कार्यभार सम्हाले लगत्तै विभिन्न प्रशासनिक काममा व्यस्त रहेको तथा उनले मन्त्रीहरूको नियुक्तबारे कुनै सोधखोज नगरेको स्रोतले जानकारी दिएको छ । ‘आज मन्त्रिपरिषद विस्तारको सम्भावना कम छ,’ स्रोतले भन्यो ।
प्रधानमन्त्री कार्यालय स्रोतको भनाइलाई राष्ट्रपतिको सचिवालयले पनि पुष्टि गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले पनि आज प्रधानमन्त्रीले मन्त्रीहरुको नाम सिफारिस गरे पनि शपथको सम्भावना नरहेको बताए। त्यसमाथि अहिलेसम्म मन्त्रीको कुनै सिफारिस नआएको उनले जानकारी दिए ।

मन्त्रीहरुको शपथ गराउने हल आगलागीले ध्वस्त छ । राष्ट्रपति कार्यालयका विभिन्न कोठामध्ये कतै शपथ हुन सक्ने भए पनि तयारीको लागि समय चाहिने कार्की बताउँछन् । ‘प्रधानमन्त्री ज्यूले नाम पठाइहाल्नु भएछ भने पनि आजको आजै शपथ गराउने स्थिति छैन’, उनले भने । राष्ट्रपति कार्यालय जत्तिकै बिजोग छ, सिंहदरबारमा । शपथ लिएपछि मन्त्रालयमा बहाली हुनुपर्ने सबै मन्त्रीका कार्यालय दुरुस्त छैनन् । आगलागी नभएका मन्त्रालयमा पनि केही न केही क्षति भएको छ। सबै जनशक्तिलाई नव निर्मित गृह मन्त्रालयको भवनमा प्रधानमन्त्री कार्यालय स्थापनाका लागि खटाइँदा अन्य मन्त्रालयको सरसफाई हुन सकेको छैन ।

सरसफाई शुरु भए पनि सकिन अझै केही दिन लाग्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । तर, प्रधानमन्त्री एक्लैबाट सबै कार्यसम्पादन सम्भव नहुने कारण केही सीमित संख्यामा भए पनि मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ । स्रोत भन्छ, ‘शायद बेलुकीसम्म २–३ जना भए पनि मन्त्रीको नाम सिफारिस गर्नु हुन्छ कि ? यता अहिलेको राजनीतिक परिवर्तनको अगुवाइ गरेका जेनजी समूहले प्रधानमन्त्रीमा जस्तै मन्त्रीहरुको नियुक्तिमा पनि अनलाइन भोटिङ गर्ने चर्चा भइरहेको छ। यसबीचमा केहि व्यक्तिहरुमो नाम सुशीला कार्कीको मन्त्रिमण्डलमा मन्त्री बन्ने सम्भावनाका रुपमा चर्चामा आएका छन् । तर ती नामहरुमाथि ठोस निर्णय भइसकेको छैन । त्यसैले पनि नयाँ प्रधानमन्त्रीलाई मन्त्रिमण्डल विस्तार गर्न लामै समय लाग्ने देखिएको छ ।

यी त भए पहिलो महिला प्रधानमन्त्री र पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीका अगाडि देखिएका तत्कालका चुनौति । यस बाहेक प्रधानमन्त्री कार्कीका सामु देशकै भविष्यसँग जोडिएका अन्य धेरै चुनौतीहरु पनि सम्मुखमा छन् । ती चुनौती र संकटलाई कुशलता र सफलतापूर्वक पार लगाउँदै मुलुकलाई उज्यालो भविष्यतिर डोर्‍याउनु पर्ने जिम्मेवारी पनि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको काँधमा आएको छ । विशेष गरी प्रधानमन्त्री सामु अहिले ६ बटा चुनौती तत्काल अगाडि देखिएका छन् । जेन–जी आन्दोलनको जगमा प्रधानमन्त्रीको कुर्सीमा पुगेकी सुशीला कार्कीमाथि चुनौतीका चाङ छन् । लोकतन्त्रका लागि संर्घष गरेकी कार्कीले यी चुनौतीका चाङलाई कसरी छिचोल्दै र पार लगाउँदै जान्छिन् यसैमा उनको कामको मूल्याङ र देशको भविष्य निर्धारण हुने निश्चित छ ।

चुनाव गराउने पहिलो शर्त

अन्तरिम सरकारको पहिलो ध्यान भनेको चुनाव गराउने हुनेछ । २३ र २४ भदौको आन्दोलनपछि जेन–जीले अहिलेको राज्य संरचना र संसदीय प्रणालीका व्यक्तिहरूले काम गरेको भएन भनेर सन्देश दिएका छन् । ताजा जनादेश लिएर जनादेश अनुसार आएको सरकारले उनीहरूका मागलाई कार्यान्वयन गर्ने दिशामा जानेछ ।

छानबिन समिति गठन

अन्तरिम सरकारको अर्को काम भनेको २३ र २४ भदौमा भएको आन्दोलन नियन्त्रणबाहिर जाँदा भएको भौतिक क्षतिका बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता छ । यसमा राजनीतिक दलहरूको सहमति पनि लिनुपर्नेछ । राज्यको महत्वपूर्ण पक्ष राजनीतिक दल पनि हुन् । जेन–जीको आन्दोलनसँगै २०४७ यता सार्वजनिक ओहदामा बसेकाहरूको सम्पत्ति छानबनि गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग जेन–जीको छ ।

यो माग राजनीतिक दलहरूले पहिलेदखि नै गर्दै आएका छन् । त्यसले यस्तो समिति बनाउने र बन्न नसके पनि पृष्ठभूमि तयार पार्ने काम अन्तरिम सरकारले गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्ने, परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार सरकारले गर्ने बताएकी छन् । यसको कार्यान्वयन र स्रोत व्यवस्थापन पनि चुनौतीकै रुपमा रहेको छ ।

संविधान संशोधन
जेन–जीको अर्को माग छ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख । यसको लागि संविधान संशोधन आवश्यक हुन्छ । अब हुने चुनावबाटै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने हो भने संविधान संशोधन अनिवार्य छ । संविधानले संसदबाट चुनिने प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएको छ । प्रत्यक्ष निर्वाचित प्रमुखले ५ वर्षसम्म निरन्तर शासन चलाएमा अधिनायकवादतर्फ आकर्षित हुन सक्ने भन्दै संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राखिएको छैन ।

संसद विघटनको अहिलेको अवस्थामा यो विषय पनि नयाँ प्रधानमन्त्रीका अगाडि चुनौतीको विषय देखिएको छ । अझ मुख्य राजनीतिक दलहरुले संसद विघटनप्रति आपति जनाइसकेका छन् । यस परिस्थितिमा नयाँ प्रधानमन्त्रीले संसद विघटनको विपक्षमा देखिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत मुख्य आठ राजनीतिक दलहरुलाई कसरी मनाउँछिन् भन्ने विषय पनि चासो र चुनौतीका रुपमा हेरिएको छ ।

नियमित काम

सरकारले नियमित काम गर्नुपर्ने छ । प्रशासनिक कामलाई अघि सार्न क्षति भएका भौतिक संरचनाको व्यवस्थापन गर्दै सेवा प्रवाहलाई ध्यान दिनुपर्नेछ । सरकारको नियमिति काम अघि बढाउनु पर्नेछ । तीन सदस्यमात्र मन्त्रिपरिषद् हुँदा नियमित काममा दबाब पर्नेछ । साविकको २५ सदस्यीय मन्त्रिपरिषद् हुँदा पनि नभएको डेलिभरीलाई चुस्त बनाउनु पर्नेछ । अन्तरिम सरकार भने पनि नियमित काम गर्नु उसको दायित्व हो । त्यसमाथि भौतिक संरचनाले साथ दिनेवाला छैन। व्यवस्थापिका नरहे पनि न्यायपालिका छ । उसको विश्वास आर्जन गर्दै व्यवस्थापिकाको पुनर्निर्माणको दायित्व पूरा गर्नुपर्ने जिम्मेवारी सरकारको हुनेछ ।

खरानीलाई सम्हाल्नु
अहिले सरकारी कार्यालयमा खरानी मात्र छ । भवनले काम दिए पनि सुरक्षाको दृष्टिकोणले संवेदनशील छन् ती भवनहरू । चुनाव गराउन आकस्मिक रूपमा खर्चको जोहो गर्नुपर्ने छ । खरानीको थुप्रोमा सरकार बस्नेछ । किनकि नेपाल प्रहरीसँग सवारीसाधन छैनन् भन्दा पनि हुन्छ । सरकारी कार्यालयमा पनि सवारीसाधन कुनै सग्लो छैनन् । साधन बिना सेवा प्रवाह व्यवस्थित त हुने छैनन् नै नियमिति कामको चाप पनि पर्नेछ ।

आगो लागेको संसद भवन आफ्नै भवनमा त सर्ला तर सिंहदरबार, राष्ट्रपति भवनलाई निर्माण गर्नुपर्नेछ । सर्वोच्चको भवन डढे पनि नयाँ भवन बन्दै गरेकाले तुलनात्मक रूपमा कम क्षति भएको छ । तर चुनाव गराउन प्रत्येक बुथसम्म पुगेर मतपेटिका संकलन गर्ने सवारी, चुनावको सामग्री ढुवानी गर्ने सवारीको जोहो गर्नुपर्नेछ । उपत्यकाको सरकारी सवारी साधन सग्लो बसेको पाइएको छैन ।

व्यवस्थापिकाको आंशिक काम
चुनाव गराउनेदेखि आगोमा परेका संरचनाको पुनर्निर्माणमा पनि सरकारले ध्यान दिनुपर्नेछ । उसलाई आवश्यक पर्ने ऐन बनाउने व्यवस्थापिका अहिले छैन । त्यसको लागि संविधानमा टेकेर आवश्यक नियमावाली, निर्देशिका बनाउने काम पनि सरकारकै हो ।

पूर्वाधार विस्तारमा:अष्ट्रेलिया आणविक पनडुब्बी

अष्ट्रेलिया । अष्ट्रेलियाले आफ्नो भावी आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बीको निर्माण र मर्मत सम्भारका लागि पश्चिमी अष्ट्रेलियाको पर्थमा रहेको जलयान निर्माणस्थलमा प्रारम्भिक रूपमा १२ अर्ब अष्ट्रेलियन डलर (झण्डै ८ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ ।

यो लगानी आगामी दश वर्षभित्र गरिनेछ, जसअन्तर्गत पर्थस्थित ‘हेंडरसन सुरक्षा’ क्षेत्रलाई एक अत्याधुनिक जलयान निर्माण तथा मर्मत केन्द्रमा रूपान्तरण गरिने अष्ट्रेलियाका रक्षा मन्त्री रिचार्ड मार्लेसले जानकारी दिए ।

उक्त परियोजना सन् २०२१ मा बेलायत र संयुक्त राज्य अमेरिकासँग गरिएको त्रिपक्षीय सुरक्षा समझदारी ‘एयुक्यूएस’ अन्तर्गत अघि बढाइएको हो, जसको उद्देश्य अष्ट्रेलियाली नौसेनालाई आणविक पनडुब्बीबाट सुसज्जित गर्नु हो ।

रक्षा मन्त्री मार्लेसका अनुसार,“हेंडरसन एक महत्वपूर्ण एयुक्यूएस परियोजना हो । यहीँबाट हामीले भविष्यका पनडुब्बीहरूको मर्मत र सञ्चालनको काम गर्नेछौँ ।”

उनले थप भने,“यो निर्णय अष्ट्रेलियाको वर्तमान सुरक्षा परिस्थिति तथा भविष्यमा आवश्यक पर्ने सुरक्षा संरचनाको मूल्याङ्कनका आधारमा गरिएको हो ।”

आणविक पनडुब्बी मर्मतका लागि पूर्वाधार तयार
हाल अष्ट्रेलियासँग आणविक पनडुब्बीको मर्मत सम्भार गर्न आवश्यक पूर्वाधार उपलब्ध छैन । त्यसैले सरकारले आगामी १५ वर्षभित्र तीनवटा भर्जिनिया–श्रेणीका पनडुब्बीहरू अमेरिका बाट ल्याउने लक्ष्य राखेको र भविष्यमा आफ्नै देशमा उत्पादन गर्ने योजना समेत बनाएको छ ।
संयुक्त राज्य अमेरिका आफैले पनि भविष्यमा आफ्ना आणविक पनडुब्बीहरूको मर्मत हेंडरसनमै गर्ने सम्भावना रहेको जनाइएको छ ।
कुल लागत अष्ट्रेलियाली डलर २५ अर्बसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

रक्षा क्षेत्रमा लगातार बढ्दो लगानी
यो जलयान निर्माणस्थल विस्तार योजना अष्ट्रेलियाले हालै अघि सारेका विभिन्न रक्षा प्रविधि सुदृढीकरण कार्यक्रमहरूमध्ये एक हो ।

गत महिना, अष्ट्रेलियाले जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजबाट ११ वटा मोगामी–श्रेणीका युद्धपोत खरिद गर्ने घोषणा गरिसकेको छ । सो योजनाको लागत आगामी दस वर्षमा करिब १० अर्ब अष्ट्रेलियाली डलर रहनेछ । पहिलो तीन युद्धपोत जापानमै बनाइने भए तापनि बाँकी अष्ट्रेलियामै उत्पादन गर्ने योजना बनाइएको छ ।
त्यस्तै, अघिल्लो साता अष्ट्रेलियाले ‘गोष्ट शार्क’ नामक पानीमुनि सञ्चालन हुने आक्रमण यन्त्रको निर्माणमा १.७ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो, जसको पहिलो एकाइ सन् २०२६ को सुरूवातमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

आणविक सम्झौताको भविष्यमा आशावादी सरकार
केही विश्लेषकहरूले अमेरिकी नौसेनाले अष्ट्रेलियाका लागि आवश्यक पनडुब्बीहरू समयमै आपूर्ति गर्न सक्दैन भन्ने शङ्का व्यक्त गरेका छन् ।
तर, अष्ट्रेलियाको सरकार यस सम्झौताप्रति आशावादी देखिएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुई हप्ताअघि रक्षा मन्त्री मार्लेसलाई व्यक्तिगत रूपमा सम्झौता अगाडि बढ्ने आश्वासन दिएको वासिङ्टन पोस्टले जनाएको छ ।

मन्त्री मार्लेसले भने यसबारे खुलस्त टिप्पणी गर्न चाहेका छैनन् । तर उनले अष्ट्रेलियाको सार्वजनिक प्रसारण संस्थासँगको कुराकानीमा भने,“ट्रम्प प्रशासनसँग भएका सबै छलफलमा ‘एयुक्यूएस’ सम्झौताले संयुक्त राज्य अमेरिकाको हितमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट सकारात्मक भावना पाइयो ।”
अष्ट्रेलियाली सरकारले सन् २०२२ को मे महिनादेखि हालसम्म कूल ७० अर्ब अष्ट्रेलियाली डलर बराबरको थप रक्षा लगानी प्रतिबद्धता जनाइसकेको छ, जसमा यो जलयान निर्माणस्थल विस्तार योजना पनि समावेश छ ।

अमेरिका–जापान–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको निन्दा

उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानको आगामी संयुक्त सैन्य अभ्यासलाई ‘शक्तिको लापरवाही प्रदर्शन’ भन्दै तीव्र आलोचना गरेकी छिन् ।

उनले यस कदमले ‘खराब परिणाम’ निम्त्याउने चेतावनी दिएको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

आणविक हतियारयुक्त उत्तर कोरियाबाट हुने सम्भावित खतराहरूविरुद्ध तयारी बलियो बनाउन सहयोगीहरू सोमबारदेखि शुक्रबारसम्म दक्षिण कोरियाको जेजु टापुमा संयुक्त नौसेना, हवाई र मिसाइल रक्षा अभ्यास सञ्चालन गर्न तयारीमा छन् ।

दक्षिण कोरियामा करिब २८ हजार पाँच सय अमेरिकी सैनिक तैनाथ छन् । सियोल र वासिङ्टनले आफ्नो सैन्य सम्पत्तिलाई थप एकीकृत गर्ने उद्देश्यले टेबलटप अभ्यास समेत गर्ने योजना बनाएका छन् ।

किम यो जोङले यस अभ्यासलाई ‘खतरनाक विचार’ भन्दै राज्य समाचार संस्था केसिएनएमा प्रकाशित विज्ञप्तिमा भनेकी छिन्, “सहयोगीहरूले उत्तर कोरियाको वरिपरिको क्षेत्रमा गरेका वास्तविक कारबाहीमा आधारित शक्तिको लापरवाही प्रदर्शनले अनिवार्य रूपमा उनीहरूकै लागि नराम्रो परिणाम निम्त्याउनेछ ।”

प्योङयाङले लामो समयदेखि यस्ता त्रिपक्षीय वा द्विपक्षीय सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यास भन्दै अस्वीकार गर्दै आएको छ ।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनका अनुसार उत्तर कोरियाले यसपटकको अभ्यासलाई ‘सीमित वा पूर्ण स्तरको आणविक आक्रमण र यसको प्रक्षेपण प्रणालीलाई बेअसर पार्ने प्रयासको परिदृश्य’ का रूपमा हेर्छ ।

उनले भने, “उत्तरले सम्भवतः आणविक आधुनिकीकरण र परम्परागत सैन्य सुधारलाई अगाडि बढाउन यसलाई बहानाका रूपमा प्रयोग गरिरहेको छ ।”

किम यो जोङको वक्तव्य यसै हप्तामा उनका भाइ किम जोङ उनले हतियार अनुसन्धान सुविधाको निरीक्षण गरेको केही दिनपछि आएको हो । त्यहाँ उनले ‘आणविक शक्ति र परम्परागत सशस्त्र बलहरूको निर्माणलाई निरन्तर अघि बढाउने’ नीतिलाई दोहोर्‍याएको थिए ।

सन् २०१९ मा अमेरिकासँगको आणविक निशस्त्रीकरण शिखर सम्मेलन असफल भएपछि उत्तर कोरियाले बारम्बार आफ्नो आणविक हतियार कहिल्यै नत्याग्ने घोषणा गर्दै आफूलाई ‘अपरिवर्तनीय आणविक राष्ट्र’ का रूपमा प्रस्तुत गरेको छ ।

हालै युक्रेन युद्धमा रूसलाई सहयोगस्वरूप हजारौँ सैनिक पठाएपछि प्योङयाङले मस्कोबाट महत्त्वपूर्ण समर्थन प्राप्त गरिरहेको छ । गत वर्ष राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङ भ्रमणका क्रममा दुवै मुलुकबीच आपसी रक्षा सम्झौतामा समेत हस्ताक्षर भएको थियो ।

सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द, इम्बोस्ड नम्बर पनि ‘अलपत्र’

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द गरेको छ । जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी-लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएकाले सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS) सम्बन्धी सेवा अवरुद्ध भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागले अर्को सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी गराएको हो ।

इम्बोस्ड नम्बर पनि अलपत्र
सरकारले आउँदो असो १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय पनि अलत्रि परेको छ । देशभर जेनजीको आन्दोलनले सिर्जित राजनीतिक परिवर्तन र सरकारी कार्यालयहरुमा पुगेको भौतिक क्षतिका कारण निवर्तमान सरकारले गरेको इम्बोस्ड नम्बरसम्बन्धी निर्णय अलपत्र अवस्थामा पुगेको हो । जेनजी आन्दोलनपछि भएको सत्ता उलटफेरपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त भएकी छन् ।

नयाँ सरकारले मन्त्रिमण्डल विस्तार गर्न बाँकी रहेको र इम्बोस्ड नम्बर अनिवार्य गर्ने निवर्तमान सरकारको निर्णयप्रति सवारी धनीहरुको समेत विरोध रहँदै गरेका कारण तत्काल इम्बोस्ड नम्बर अनिवार्यको निर्णय अगाडि नबढ्ने निश्चित देखिएको छ । यहि भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका अगुवाहरुले समेत इम्बोस्ड नम्बर नागरिकका लागि झण्झट र आर्थिक रुपमा बोझिलो निर्णय भएको भन्दै आपत्ति जनाएका छन् । यसअघिको सरकारको निर्णय जेनजी आन्दोलनका अगुवाहरुले पनि सही नभएको बताएका छन् ।

निवर्तमान सरकारले १ असोजभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयले विवाद निम्त्याएको थियो । इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राखिएको भन्दै चर्को विरोध भइरहे पनि यसअघिको रकार अटेरी गरेपछि थप विवाद बढेको थियो । इम्बोस्ड नम्बर देवनागरी लिपिमा हुनुपर्ने माग बढिरहेको थियो । निवर्तमान सरकारलाई कमिसनका लागि मात्र होइन, नागरिकको डाटा नै असुरक्षित हुने गरी र इम्बोस्ड नम्बर अंग्रेजी बनाउन लागिपरेको आरोप लागेको थियो ।

आईसीटी क्षेत्रमा कोरियाको निर्यात उच्च बिन्दुमा

दक्षिण कोरिया । दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी)क्षेत्रको निर्यात सन् २०२५ को साउन महिनामा समेत वृद्धि भई लगातार सातौं महिनासम्म सकारात्मक गति कायम राख्न सफल भएको छ। उद्योग, व्यापार तथा ऊर्जा मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, साउन महिनामा आईसीटी क्षेत्रको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव १ प्रतिशतले वृद्धि भई कुल २२ अर्ब ८७ करोड अमेरिकी डलर पुगेको छ।

उक्त वृद्धिमा विशेषगरी अर्धचालक (चिप) को निर्यातको उल्लेखनीय योगदान रहेको देखिन्छ। अर्धचालकको निर्यात २७ प्रतिशतले वृद्धि भई १५ अर्ब ११ करोड डलरसम्म पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो। यस प्रकारको चिप प्रविधिमा डबल डाटा रेट ५ (डीडीआर५)र उच्च गतिको स्मृति यन्त्र(एचबीएम) जस्ता सामग्रीहरू समावेश छन्, जसको प्रयोग विशेषगरी प्रजनन कृत्रिम बुद्धिमत्ता प्रविधिमा गरिन्छ।

यद्यपि, अन्य केही उपसमूहहरूमा निर्यातमा केही गिरावट देखिएको छ। उदाहरणस्वरूप, दृश्य प्रदर्शक पाटी (डिस्प्ले प्यानल) को निर्यात ९ दशमलव ४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड डलर पुगेको छ। त्यसैगरी, मोबाइल फोनको निर्यातमा १५ दशमलव ४ प्रतिशत र कम्प्युटर तथा सम्बन्धित उपकरणहरूको निर्यातमा १६ दशमलव ६ प्रतिशतको गिरावट देखिएको छ। यद्यपि सञ्चार उपकरणको निर्यात भने १ दशमलव ८ प्रतिशतले बढेर १९ करोड डलर पुगेको छ, जुन सकारात्मक संकेत हो।

त्यस्तैगरी, साउन महिनामा आईसीटी वस्तुहरूको आयात पनि ७ दशमलव ६ प्रतिशतले बढेर १२ अर्ब ५३ करोड डलर पुगेको छ। मोबाइल उपकरण, कम्प्युटर तथा सञ्चार उपकरणहरूको आयातमा उल्लेखनीय वृद्धि भएको छ भने दृश्य प्रदर्शक पाटीको आयातमा सामान्य गिरावट देखिएको छ। समग्र रूपमा हेर्दा, सो अवधिमा आईसीटी क्षेत्रमा देशको व्यापार नाफा १० अर्ब ३४ करोड डलरमा कायम भएको मन्त्रालयले जनाएको छ।

मेक्सिकोमा सडक दुर्घटनामा १५ जनाको मृत्यु

दक्षिणपूर्वी मेक्सिको । दक्षिणपूर्वी मेक्सिकोमा शनिबार भएको भीषण सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

युकाटन राज्यको सुरक्षा सचिवालयका अनुसार मेरिडा र क्याम्पेचे सहरबीचको राजमार्गमा एक कार्गो ट्रक पल्टिएर निर्माण श्रमिकहरू बोकेको कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।

सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “घटनास्थलमै १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।” साथै, ट्रक चालकसहित अन्य दुई जना घाइते भएका छन् ।

यो घातक दुर्घटना एक हप्ताभन्दा कम अवधिमा मेक्सिकोमा धेरैजनाको ज्यान जाने तेस्रो ठूलो घटना हो ।

यसअघि सोमबार मध्य मेक्सिकोमा मालवाहक रेल डबल डेकर बससँग ठोक्किँदा १० जनाको मृत्यु र ४१ जना घाइते भएका थिए ।

त्यसको दुई दिनपछि मेक्सिको सिटीमा करिब ५० हजार लिटर ग्यास बोकेको ट्रक पल्टिएर विस्फोट हुँदा ठूलो दुर्घटना भएको थियो । शनिबार अद्यावधिक गरिएको तथ्याङ्कअनुसार उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने दर्जनौँ मानिस गम्भीर रूपमा घाइते भएका थिए ।

पाकिस्तानमा सैनिक कारबाहीमा १० आतङ्ककारीको मृत्यु

पाकिस्तान । पाकिस्तानको पश्चिमोत्तर खैबर पख्तूनख्वा प्रान्तमा गरिएको एक सुरक्षा अभियानमा दश सशस्त्र समूह (आतङ्ककारी) मारिएका छन् । पाकिस्तान सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो ।

विज्ञप्तिमासुरक्षा बलहरूले लोअर डिर जिल्लामा सशस्त्र समूहहरूको उपस्थिति रहेको सूचना पाएपछि खुफिया जानकारीको आधारमा कारबाही सञ्चालन गरेका भनिएको छ ।
अभियानको क्रममा सैनिक र सशस्त्र समूहबीच भएको तिव्र गोलीबारीमा दुबै पक्षका थुप्रै जनाले ज्यान गुमाएका छन् ।

अधिकारीहरूले उक्त क्षेत्रमा सशस्त्र समूहहरूको उपस्थिति पूर्णरूपमा समाप्त गर्नका लागि थप सुरक्षा अभियानहरू जारी रहने भनेका छन् ।
पाकिस्तानी सुरक्षा बलहरू देशभर सशस्त्र समूहको समाप्ति गर्दै राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने दृढ सङ्कल्पमा रहेको आईएसपीआरले जोड दिएको छ ।

‘हामी नेपाल’ संस्थासँग बारबरा फाउन्डेसनको अहिले सम्बन्ध छैन : डा. सन्दुक रुइत

काठमाडौं । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनसँग आफ्नो संस्थाको नाम जोडेर भ्रामक र अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । फाउन्डेसनले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका विषयमा ‘हामी नेपाल’ नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको हो।

कोभिड महामारीको बेलामा सहकार्य गरिएको तर सो संस्था वा संस्थाका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्वन्ध नरहेको फाउन्डेसनले स्पष्ट पारेको छ । नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनसायले फाउण्डेशनको चरित्र हत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले आग्रह गरे ।

उनले गत एक वर्षदेखि ‘हामी नेपाल’ नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको स्पष्ट पारेका छन् । आन्दोलनका लागि हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको पनि उनले बताएका छन् । पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउण्डेशनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब सात करोड ८२ लाख प्राप्त गरेको जनाएको छ । हाल करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको समेत फाउन्डेसनले जानकारी गराएको छ । सामाजिक सञ्जालहरुमा डा. रुइत हामी नेपाल संस्थाका सल्लाहकार भन्दै प्रचार भएको थियो ।

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान सशस्त्र समूहले आक्रमण गरी एक पुरुषको हत्या गरेका छन् र १८ महिला तथा बालबालिकालाई अपहरण गरेका छन् ।

‘ब्यान्डिट्स’ भनेर चिनिने अपहरण र गाईचोरीमा संलग्न हिंसात्मक समूहले शुक्रबार बिहान करिब ५ बजेको समयमा बिरनिन जरमा गाउँमा आक्रमण गरेका थिए । उक्त समय गाउँलेहरू बिहानको प्रार्थनाको तयारीमा थिए ।

गाउँका एक बासिन्दा इब्राहिम बेलोका अनुसार, आक्रमणकारीहरूले एक घरमा पसेर एक किसान, गार्बा गाम्बोलाई गोली हानी हत्या गरे र उनकी श्रीमतीलाई घाइते बनाए । त्यसपछि उनीहरूले १८ जना महिला र बालबालिकालाई जबरजस्ती गाउँबाट लगे ।

छिमेकी बुक्कुयुम शहरका बासिन्दा लावल उमरले आक्रमणकारीहरू छिमेकी अङ्का जिल्लाबाट आएको र उनीहरूले नजिकैको जङ्गलमा आफ्नो शिविर बनाएको बताएका छन् । उहाँका अनुसार, बुक्कुयुममा तैनाथ सैनिकहरू समयमै बिरनिन जरमा पुग्न सकेनन् ।

गाउँ राजधानी गुसाउबाट झन्डै १७० किलोमिटर टाढा रहेको छ । घटनापछि अपहरणकारी समूहले अहिलेसम्म फिरौतीको माग भने गरेका छैनन् ।
यस्तै, गत महिनाको अन्त्यमा गुम्मी जिल्लामा भएका आक्रमणबाट भाग्दै गरेका १५ जना, जसमा अधिकांश महिला र बालबालिका थिए, नदी पार गर्ने क्रममा डुङ्गा पल्टिँदा डुबेर ज्यान गुमाएका थिए ।

जामफारा लगायत नाइजेरियाका उत्तरपश्चिमी र मध्य राज्यहरू विगत केही वर्षदेखि यस्ता हिंसात्मक समूहहरूको बारम्बार आक्रमणको सिकार बन्दै आएका छन् ।

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै: चीनद्वारा अनुसन्धान

चीन । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुईवटा अनुसन्धान सुरु गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आइसी चिप्समाथि एन्टि–डम्पिङ अनुसन्धान सुरु भएको घोषणा गरेको हो । यस अनुसन्धानले इन्टरफेस आइसी चिप्स र गेट ड्राइभर आइसी चिप्सलाई लक्षित गर्नेछ । यी चिपहरू प्रायः टेक्सास इन्स्ट्रुमेन्ट्स र अन सेमीकन्डक्टर जस्ता अमेरिकी कम्पनीहरूले उत्पादन गर्छन् ।

मन्त्रालयले यससँगै चीनको चिप उद्योगविरुद्ध अमेरिकी कदमहरू भेदभावपूर्ण भएको भन्दै छुट्टै भेदभाव विरोधी जाँच पनि घोषणा गरेको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतबारदेखि बुधबारबीच मेड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ ।

चीनको दाबीअनुसार, अमेरिकी निर्यात प्रतिबन्ध र कर जस्ता कदमहरूले ‘उन्नत कम्प्युटर चिप्स र कृत्रिम बुद्धिमत्ता ९एआई० जस्ता उच्च–प्रविधि उद्योगहरूको विकासलाई नियन्त्रण र दमन गर्ने रणनीति’ प्रदर्शन गर्छन् ।

यो घोषणा अमेरिकाले २३ चिनियाँ कम्पनीलाई ‘एकाइ सूची’ मा थपेको भोलिपल्ट आएको हो । सूचीमा परेका कम्पनीहरूले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति हितविरुद्ध काम गरेको आरोपमा प्रतिबन्धको सामना गर्नुपर्नेछ । तीमध्ये दुई कम्पनीलाई प्रमुख चिनियाँ चिप निर्माता एसएमआइसीका लागि चिप उत्पादन उपकरण उपलब्ध गराएको आरोप छ ।

मेड्रिडमा हुने बेसेन्ट–हे बैठक व्यापार तनाव न्यूनीकरण गर्ने, उच्च कर स्थगित गर्ने र पारस्परिक समझदारी बढाउने प्रयासका रुपमा आयोजित वार्ताको अर्को चरण हुनेछ ।

यसअघि दुवै पक्षबीच मे महिनामा जेनेभा, जुनमा लन्डन र जुलाईमा स्टकहोममा छलफल भएको थियो । ती वार्ताहरूले पारस्परिक करमा धेरै पटक ९०–९० दिनको अस्थायी विराम ल्याएका थिए, जसले पूर्ण व्यापार युद्ध रोक्न मद्दत गरेको हो ।

बेसेन्टले स्टकहोम वार्तालाई ‘धेरै परिणाममुखी’ भनेका थिए । उनले भने, “हामीले दुर्लभ खनिज तत्व, अर्धचालक ९सेमीकन्डक्टर० वा औषधि जस्ता केही रणनीतिक उद्योगहरूसँग जोखिम कम गर्न आवश्यक छ । साथै, सम्बन्धलाई सन्तुलनमा ल्याउन हामीले संयुक्त रूपमा के गर्न सक्छौँ भन्ने विषयमा छलफल गरेका छौँ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टरमा पहुँच नदिने नीतिअनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाएका थिए ।

वासिङ्टनले यो कदमलाई राष्ट्रिय सुरक्षासँग जोडे पनि चीनको भनाइमा यी प्रतिबन्धहरू यसको प्रविधिक वृद्धि रोक्न अमेरिकाले अपनाएको रणनीतिको हिस्सा हुन् ।

सुमनाले छाडिन् रबिको साथ, रास्वपामा गएको पहिरो थामिएला कि बढ्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले आज एकाएक पार्टी छोडेको घोषणा गरिन् । आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा तीन विषयमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको घोषणा गरेकी हुन् । रास्वपा प्रवक्ता मनिष झाले ग्रुपमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरे पनि पार्टीमा औपचारिक पत्र आइनपुगेको बताएका छन्।

अर्का एक केन्द्रीय सदस्यका अनुसार सुमनाले ग्रुपमा आफूमाथि मिडिया ट्रायल गरेको, आफ्ना कुराहरू पार्टीले सुनुवाइ नगरेको र पार्टीमा काम गर्ने अवस्था नभएको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । आफूले पार्टीलाई गल्ती सुधार गर्न पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताएकी छन्।

‘कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ’, रास्वपा परित्यागपछि श्रेष्ठले भनिन् । उनले थपिन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइ दिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला ।’

उसो त केहि दिनअघि भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीको शपग ग्रहण कार्यक्रममा नेतृ सुमना श्रेष्ठ भौतिक रुपमै उपस्थित भएका थिइन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बाहेक ठूला अन्य पूर्व प्रधानमन्त्री र विटघित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समेत अनुपस्थित शपथ ग्रहण समारोहमा सुमना श्रेष्ठ उपस्थित थिइन् ।

उक्त शपथ ग्रहण समारोहमा सुमनाको उपस्थितिलाई लिएर सामाजिक सञ्जालहरुमा उनी जेनजी आन्दोलनतिर समाहित हुन लागेको हो कि भन्ने अनुमान गरेका थिए । रास्वपामा रहँदै पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विचार नजिकको भन्ने आरोप खेप्दै आएकी सुमनले शपथ ग्रहण समारोहमा आफ्नो उपस्थितिका बारे सामाजिक सञ्जालबाटै स्पष्टिकरण दिएकी थिइन् ।

सामाजिक सञ्जालहरुमा उनी सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न लागेको हो कि भन्ने अनुमान गरिएको थियो । तर उनले लगतै रास्वपा छाड्न लागेको कुनै जानकारी नदिई आफू सुशीला कार्कीको सरकारमा नजाने स्पष्ट पारेकी थिइन् । उनले जेनजीको आन्दोलनपछि सरकारमा जाने नभई जनताको सेवाका बारेमा सोच्नु पर्ने बताएकी थिइन् । आज नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै मन्त्रिमण्डल गठनका लागि छलफल अघि बढाइरहेका बेला नेतृ श्रेष्ठले रास्वपा त्यागेको घोषणा गरेकी हुन् ।

नेतृ श्रेष्ठले कार्की नेतृत्वको सरकारमा नजाने सामाजिक सञ्जालबाट बताइसकेको भए पनि मन्त्रिमण्डल विस्तार भइनसकेका कारण र शपथ ग्रहण समारोहमा भौतिक रुपमै उपस्थित भएकी सुमना कतै सरकारमा जाने बाटो खुल्ला गर्न रास्वपा त्यागेकी त होइनन् भन्ने आशंका र कौतुहलता भने बाँकी नै रहेको छ ।

पछिल्लो समय संकट, चुनौति र विभिन्न अप्ठ्याराहरुसँग लड्दै आएको रास्वपामा पार्टीको प्रभावशाली नेतृ श्रेष्ठको यो पार्टी परित्यागको घोषणाले अर्को संकट थपिएको छ । सुमनाबाट सुरु भएको पार्टी परित्यागको लहर बढ्ने हो कि भन्ने चिन्ता नेतृत्वपंक्ति देखिएको छ । रास्वपामा नेताहरुले खुलेर नबोले पनि भित्रभित्रै पार्टी नेताहरुमा असन्तुष्टि चुलिँदो अवस्थामा रहेको राजनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।

उसो त हिजो मात्र रास्वपा सभापति रवि लामिछानेले पुनः नख्खु कारागार फर्किदै गर्दा पार्टीका नेताहरुलाई एकतावद्ध भएर वर्तमान राजनीतिक परिस्थिति अनुसार चल्न आग्रह गरेका थिए । सँग उनले कसैलाई पार्टीप्रति रुची हराएको र बाहिरिन मन भए आफू वाधक नबन्ने बताएका थिए । सभापति लामिछानेको यस्तो अभिव्यक्तिपछि सुमनको पार्टी परित्यागको घोषणा आएको हो । सुमनाको पार्टी त्यागको घोषणाले रास्वपामा सानो भए पनि पहिरो गएको छ । यो पहिरो थामिन्छ कि अझ बढ्दै जान्छ त्यो भने भविष्यले बताउने छ ।

मृतकका परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने भएको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरिएको जानकारी गराएकी हुन् ।

मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने सरकारले गर्ने निर्णय भएको उनले जानकारी दिइन् । ‘अहिले मृतकका परिवारहरु काठमाडौं भ्यालीमै छन् । उनीहरु बसेको, खाएको त्यो खर्च हेरिदिने,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन कसैले चाहन्छ भने सवारीको पनि व्यवस्था गरिदिने आदि निर्णय भएको छ ।’

त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको उनले बताइन् । ‘पछिसम्म अपांगको परिभाषाभित्र परेछन् भने उपचारको सुविधाको व्यवस्था गर्ने भनेर यति हामीले गरेका छौं,’ उनले बताइन् । निजी क्षेत्रमा पनि केही गर्न सकिन्छ कि भनेर कोशिस भइरहेको उनले बताइन् । ‘प्राइभेट सेक्टरमा पनि केही गर्न सकिन्छ कि भनेर हाम्रा मित्रहरूले कोशिस गरिरहनु भएको छ,’ उनले भनिन् ।

सर्वोच्च अदालत आगजनी गर्ने अपराधी हुन्, अपराधीले हामीलाई चुनौती दिए : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन् । आज पदभार ग्रहणपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन् ।

उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन् । उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म भयो । अपराधीले हामीमाथि गरेको चुनौती हो । यो मुलुकको विरुद्ध गरेको चुनौती हो । जनतालाई साथमा लिएर हामी सबै मिलेर पुनर्निर्माण गर्नुपर्छ ।’

सिंहदरबार, सर्वोच्च अदालत जल्दा महत्वपूर्ण कागजात जलेर नष्ट भएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । भवन जल्नुभन्दा पनि महत्वपूर्ण कागजात जल्दा शून्य अवस्थामा पनि पु¥याइएको बताइन् । उनले व्यक्तिका घर र सम्पत्ति आगजनी गरेर २४ गते आतंक फैलाइएको उल्लेख गरिन् । उनले सरकारी तथा व्यवसायी, उद्योगीको सम्पत्ति समेत क्षति भएको बताइन् । उनले उद्योगी व्यवसायीलाई सरकारले लोन दिएर हुन्छ कि के गरेर हुन्छ प्रोत्साहन गर्नुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका व्यापारीको सम्पति जलाउने काम भएको भन्दै त्यसबाट ठूलो असर परेको बताएकी छिन् । ‘व्यक्तिको सम्पति, व्यापारी, उद्योगीहरूको सम्पति पनि डढाउने, नमास्ने काम भएको छ,’ उनले भनिन्, ‘तिनलाई पनि हामीले जसरी उभिन्छौँ, उभेउ भन्न भएन ।’

यसमा राज्यले कसरी सहयोग गर्न सकिन्छ भन्नेमा विचार गर्ने समेत बताइन् । ‘व्यक्तिगत सम्पतिको क्षति भएर कतिपय व्यापारीहरू त उठ्न नसक्ने भएका छन्,’ कार्कीले भनिन्, ‘त्यसमा पनि राज्य विचार गर्छ। हामी विचार गर्छौं कि उनीहरुलाई कसरी उठाउने ?’

उनले अगाडि भनिन्, ‘कुन सहयोग दिने ? बैंकको सस्तो ऋणबाट हुन्छ कि अरु केहीबाट हुन्छ ।’ आगजनीबाट साना व्यापारीलाई पनि क्षति भएको कार्कीको भनाइ छ । ‘सटर खोलेका साना साना व्यापारीहरू पनि लुटिएका छन्,’ उनले भनिन्, ‘मैले समाचारमा पनि सुनेँ–जो व्यापारीको क्षति भएको छ, उहाँहरुले हामी फेरि उठ्ने कोशिस गर्छौं । हामी हार्दैनौं ।’ त्यसका लागि उनले धन्यवाद दिँदै कार्कीले भनिन्, ‘उहाँहरुले आन्तरिक बल देखाउनु भएकोमा उहाँहरुलाई धन्यवाद पनि दिन चाहन्छु ।’

तस्बिरहरुमा हेर्नूहोस् प्रधानमन्त्री कार्कीको पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्की द्वारा पदभार ग्रहण

तस्बिरहरु :-

 

मैले पार्टी छाडें, तपाईंहरू पनि सोच्नुहोस् : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्याग्दै पूर्व शिक्षामन्त्री सुमनाले श्रेष्ठेले नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलमा रहेका तेस्रो पुस्ताका नेताहरूलाई पनि पार्टी छाड्ने सही समय भएकाले विचार गर्न आग्रह गरेकी छन् । पूर्वमन्त्री श्रेष्ठले आइतबार रास्वपा परित्यागको घोषणा गर्दै नेतृत्वले गरेका गल्तीहरूको भारी बोकेर पार्टीभित्र नस्बन तेस्रो पुस्तालाई आग्रह गरेकी हुन् ।

‘मैले पार्टी छोडें । कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्’, उनले भनिन्, ‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यहोराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’ नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै सुमना श्रेष्ठले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेकी छन् ।

आफूले पार्टीलाई गल्ती सुधार गर्न पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताइन् । ‘कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ’, रास्वपा परित्यागपछि नेपालखबरलाई प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन् । उनले थपिन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइ दिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला ।’

प्रधानमन्त्री कार्कीलाई वधाइ दिंदै पाकिस्तानले भन्यो–सहकार्यका लागि तत्पर छौं

काठमाडौं । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन् । नेपालस्थित पाकिस्तानी राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानी प्रधानमन्त्री सरिफले प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । प्रधानमन्त्री कार्कीले आजै मात्र सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिसअनुसार शुक्रबार राति नै संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरिसकेका छन् ।

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । आज प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जना सहिद भएका छन् भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् । यसैगरि, १३४ प्रदर्शनकारी घाइते भएर उपचार गराइरहेका छन् । प्रहरीहरु ५७ जना उपचाररत छन् ।

आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ । मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।

म रहरले प्रधानमन्त्री भएको होइन : सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै कुराहरु सिध्याएर देशलाई शून्यतामा पुर्‍याइएको टिप्पणी गरेकी छन् । आज पदभार ग्रहणपछि बोल्दै कार्कीले यो घटना योजननावद्ध षडयन्त्र हो कि भन्ने आफूलाई आशंका रहेको बताएकी छन् । उनले भनिन्, ‘२७ घण्टाको आन्दोलनबाट जनधनको व्यापक क्षति भएको छ । सबै सरकारी विवरणहरू जलेर नष्ट भएका छन् । नेपाली नै भएर यो काम गरेको हो भने कसरी नेपाली भन्ने ?’

कार्कीले अत्यावश्यक संस्थाहरुमा छानिछानि प्रहार भएकाले आशंका उत्पन्न भएको बताइन् । ‘प्रहरी, अदालत, सिंहदरबारजस्ता देशका अत्यावश्यक संस्थाहरुमाथि छानि छानि प्रहार भयो । मलाई त योजनतावद्ध रुपमा षडयन्त्र भएको हो कि जस्तो लागेको छ,’ उनले भने । कार्कीले यो सबै घटनाको छानबिन हुनुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नबनेको बताएकी छन् । उनले आफू जनभावनाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएको बताएकी हुन् ।

‘जुन परिस्थितिमा म आएँ, रहरले आएको होइन,’ उनले पदभार ग्रहणपछि सम्बोधनका क्रममा भनिन्, ‘सडकबाटै मलाई जिम्मा दिँन आग्रह भएपछि म आएको हो । म सत्ताको रसस्वादन गर्न आएको होइन। उमेर पनि मेरो त्यो होइन । सेवा गर्न आएको हो ।’ उनले ६ महिना भन्दा बढी सत्तामा नबस्ने पनि बताइन् । ‘नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट म गर्छु । मलाई उहाँहरूले साथ दिनुपर्छ । सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भवन छैन ।’

पूर्वशिक्षामन्त्री सुमनाले छोडिन् रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

रास्वपा छोडेको जानकारी दिँदै उनले,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको बताएकी छिन् । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

उनले ग्रुपमा लेख्दै भनेकी छन् । कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अ

झ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।

सुमनाले अर्को पार्टी ज्वाइन गर्ने वा अहिले बनेको नयाँ सरकारमा मन्त्री बन्ने तयारी नरहेको निकट स्रोतको भनाइ छ । उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो । तर सुमना स्वयम्ले आफू मन्त्री अहिले नबन्ने र बाहिरैबाट सरकारलाई सघाउने बताएकी छन् ।

सुमनाले केही महिना अगाडि रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन् । उनी निवर्तमान सांसद हुन् ।

इजरायली सेनाद्वारा गाजाको बहुतले भवनमा आक्रमण, दर्जनौं नागरिक मारिए

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र) । इजरायली सेनाले शनिबार गाजा सिटीमा रहेको एक बहुतले आवासीय भवनमा हवाई आक्रमण गरेको छ। इजरायली रक्षा बल(आईडीएफ) का अनुसार, उक्त भवनमा हमासले आफ्नो कमाण्ड र नियन्त्रण केन्द्र स्थापना गरी इजरायली सेनामाथि आक्रमण योजना बनाउने तथा कार्यान्वयन गर्ने गरेको थियो। तथापि, यो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरिएको छैन।

हमासले इजरायली पक्षको भनाइलाई पुनः अस्वीकार गर्दै यसलाई नागरिक पूर्वाधारमाथिको आक्रमणलाई झूटा बहाना मात्र भनेको छ।

प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार, टेल अल-हावा क्षेत्रमा अवस्थित ‘अल-नूर टावर नामक आवासीय भवन आक्रमणमा पूर्ण रूपमा ध्वस्त भएको छ। यो भवनमा युद्धका कारण विस्थापित भएका थुप्रै परिवारहरू आश्रय लिइरहेका थिए।

सप्ताह दिनभित्र गाजा सिटीभरि ५०० भन्दा बढी हमासका लक्ष्यहरूमा आक्रमण गरिएको आईडीएफले जनाएको छ। ती लक्ष्यहरूमा स्नाइपरहरूका अड्डा, सुरुङ मार्ग, हतियार भण्डारणस्थल र अन्य सैन्य पूर्वाधारहरू समावेश थिए।

शनिबार, गाजा सिटी र त्यस आसपासका क्षेत्रमा इजरायली हवाई आक्रमण तीव्र भएको वाफाले जनाएको छ। अल-रिमालको अल-थवरा सडकमा एक घरमाथि गरिएको आक्रमणमा केही सर्वसाधारण घाइते भएका छन् भने अल-यारमुक क्षेत्र नजिकका बासिन्दाहरूको घरमा ड्रोनबाट आक्रमण गरिएको छ।

यस्तै, वाफाले मध्य गाजामा मानवीय सहायता लिन लाममा उभिएका नागरिकमाथि इजरायली बख्तरबन्द सवारीबाट गोली प्रहार गरिएको जनाएको छ। यसबारेमा भने आईडीएफले कुनै प्रतिक्रिया दिएको छैन।

चिकित्सा स्रोतको हवाला दिँदै वाफाले पछिल्ला २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तीमा ४७ प्यालेस्टिनीको मृत्यु भएको र २०५ जना घाइते भएको उल्लेख गरेको छ।

यो युद्ध २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिण इजरायलमा आक्रमण गरी करिब १,२०० जनाको हत्या र २५० जनालाई बन्धक बनाएको घटनापछि सुरु भएको हो। त्यसयता इजरायली सैन्य कारबाहीमा गाजामा ६४,००० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

 

प्रधानमन्त्री कार्कीद्वारा लैनचौर स्थित शहीद स्मारकमा श्रद्धान्जली अर्पण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौर स्थित शहीद स्मारकमा श्रद्धान्जली अर्पण गरेकी छन् ।

आज सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु पूर्व लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धान्जली अर्पण गरेकी हुन ।

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, आजै सानो आकारको मन्त्रिमण्डल

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन्। केहीबेरअघि सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । मुख्यसचिव एकनारायण अर्याललगायत विभिन्न मन्त्रालयका सचिव एउवं कर्मचारी स्वागत गरेका छन् ।

त्यसअघि कार्कीले लौनचौरमा पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरेकी थिइन् । जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ ।
आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन् ।

कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास आगजनी र तोडफोले क्षतिग्रस्त भएकाले कार्की अहिले निजी निवासमा बसिरहेकी छिन् । आन्दोलनमा घाइतेहरुको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ ।

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोनलमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । सिंहदरबारमा पद सम्हाल्दै प्रधानम्त्रीले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले बताए ।

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गरिने, परिवारलाई १० लाख

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्ने भएको छ । त्यस्तै मृतकको परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको हो । आन्दोलनमा घाइतेहरुको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ ।

जेनजी आन्दोलनमा ज्यान गमाुउनेको संख्या ७२ पुग्यो
यता यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोनलमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो ।

प्रधानमन्त्री कार्कीद्वारा सिंहदरबार पुगेर पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ।

आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन्।

कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास आगजनी र तोडफोले क्षतिग्रस्त भएकाले कार्की  अहिले निजी निवासमा बसिरहेकी छिन्।

वीर अस्पतालमा उपचाररत थप दुईको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनबाट गम्भीर घाइते थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले उहाँहरुलाई बचाउन सकेनौं ।’ मृतकको परिचय खुलिसकेको छैन ।

प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलबारको आन्दोलनबाट ५१ जनाको मृत्यु भएको थियो । आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन् । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन । योसँगै मृतकको संख्या ५५ भन्दा बढी पुगेको छ । मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ । हालसम्म ४१ जनाको मात्र सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कार्कीद्वारा शहीदका शालिकमा माल्यापर्ण (तस्वीरहरू)

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यापर्ण गरेकी छन् । उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर शहीदका शालिकमा माल्यापर्ण गरेकी हुन् । प्रधानमन्त्री कार्की माल्यापर्णपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

जेनजी आन्दोलन : ५५ को मृत्यु, यी हुन् सनाखत भएका ४१ जना (नामावली)

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका ५५ जनामध्ये हालसम्म ४१ जनाको मात्रै सनाखत भएको छ । यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्युसँगै ज्यान गुमाउनेको संख्या ५५ पुगेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । आन्दोलनका क्रममा झण्डै एक हजार पाँच सय घाइते भएका छन् ।

आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो । जेनजीतर्फ २१ जना, कैदी नौ जना, प्रहरीतर्फ तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा अन्य १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेरसहितका कारणले मारिएका छन्। कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

टिचिङ अस्पतालमा १८ शवको पोस्टमार्टम
त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)का फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा अहिलेसम्म आएका ४० मध्ये १८ वटा शवको मात्रै पोस्टमार्टम भएको छ । त्यसमध्ये १४ शव मृतकका परिवारलाई शव हस्तान्तरण गरिएको छ । पोस्टमार्टम भएका अन्य चार शव लिन परिवारका सदस्य नआएकाले हस्तान्तरण भएको छैन । हस्तान्तरण गरिएका १४ शवमध्ये प्रहरीतर्फका तीन छन् । पोस्टमार्टम भएका ११ जना जेनजीसहित १४ वटा शव परिवारका सदस्यले लगेका छन् ।

यी सनाखत भएका ४१ जना

जेनजी आन्दोलनमा ५५ जनाको मृत्यु भए पनि अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । श्रीयम चौलागाई, आयुष थापा (नेपालगन्ज), सुलभराज श्रेष्ठ (बाँके), बुद्धिबहादुर तामाङ (कीर्तिपुर), गौरव जोशी (धनगढी), सन्तोष विक (उदयपुर), ईश्वरबहादुर अधिकारी (वनस्थली, काठमाडौँ), योगबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक) को सनाखत भएको छ । उनीहरुको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
त्यस्तै साजन राई (धरान) को नेपाल कोरिया मैत्री अस्पताल र गोपाल सेढाईं (झापा) को बीएन्डसी अस्पतालमा मृत्यु भएको छ ।

यस्तै रसिद खतिवडा, छत्रमान कुसुमी (धनकुटा), राजेशसिंह गोला (भारतीय नागरिक), अनिश पराजुली (गोरखा), सन्तोष राई (उदयपुर), अर्जुन भट्ट (गोरखा), धीरज श्रेष्ठ (काठमाडौँ), देवबहादुर सुवेदी (सर्लाही), उमेश महत (सिन्धुपाल्चोक), प्रवीण गुरुङ (सङ्खुवासभा), निकिता गौतम (चितवन), अविशेक चौलागाईं (दोलखा), विजय चौधरी (सिरहा), महेन्द्र परियार (काठमाडौँ) को पनि सनाखत भएको छ ।

उनीहरुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु हो । त्यस्तै पारुहाङ उथुमी राई (धनकुटा), निश्चिल सारूमगर (अर्घाखाँची), विमल भट्ट (गोरखा) को सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सौरभकिशोर श्रेष्ठ र सुसन बोहरा (बझाङ) को केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको हो । विनोद महर्जन (ललितपुर), दिलनारायण तामाङ (काभ्रे), योगेन्द्र न्यौपाने (भक्तपुर) को एभरेस्ट अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै अभिशेक श्रेष्ठ (इटहरी), मोहन सरदार (इटहरी) को बिपी अस्पताल धरानमा मृत्यु भएको छ । प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापाको प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो । त्यस्तै प्रहरी सहायक हबल्दार अमृत गुरुङको बीएन्डबी, महेश बुढाथोकी (दोलखा) र सरोज खत्री (काभ्रे) को पाटन अस्पतालमा मृत्यु भएको छ । वीरसिंह धामी (बझाङ) को वीर अस्पताल र सरोज गुरुङ (भरतपुर) को पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकीको पनि सनाखतको प्रयास जारी छ ।

बौद्ध भाटभटेनीभित्र भेटियो चार जनाको शव

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टारमा चार जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन् । डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।

राष्ट्रपति पौडेल र प्रधान सेनापतिको प्रशंसा गर्दै अमेरिकाले भन्यो–नेपालको साथमा छौं

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवाहरूको प्रशंसा गरेको छ । हालै भएको आन्दोलनपछि लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि भन्दै दूतावासले राष्ट्रपति पौडेल र युवाहरूको प्रशंसा गरेको हो ।

‘हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुःखद् समयमा हामी नेपालसँग शोकमा साथमै छौं’, दूतावासले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा भनेको छ ।

दूतावासले नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनस्र्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान प्रकट गरेको छ । ‘अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं’, दूतावासले भनेको छ ।

प्रधानमन्त्री कार्कीले आज साढे ११ बजे कार्यभार सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) साढे ११ बजे कार्यभार सम्हाल्ने भएकी छन् । सरकार निर्माणमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका अधिवक्ता ओमप्रकाश अर्यालकाअनुसार विहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण हुनेछ ।

सिंहदरबारस्थित गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरिएको छ । पुरानो कार्यालय आन्दोलनकारीले जलाएपछि नयाँ कार्यालयबाट काम गर्न लागिएको हो । जेनजीको आन्दोलनपछि ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो ।